-उत्तम बाबु श्रेष्ठ-

राती अबेर सुतेर विहान आठ बज्दा नबज्दै कामको लागि तयार भइ हिड्न पर्ने अमेरिकी दैनिकीमा हिजो आज फरक आएको छ । हजुरआमाले पुजा गर्दा बजाउने घण्टीको आवाजले सबेरै निद्रा खुल्छ । जुलाई/अगष्टमा पनि पातलो सिरकमा गुडल्किएर सुत्नपर्ने काठमाडौं खाल्डोमा यस्तो अस्तव्यस्तता र प्रदुषणमा पनि चराहरुको चिर्रविर्र विहानी हावामा अझै सुनिन्छ । यहाँको विहानी हावामा अपनत्वको अथाह न्यानोपन छ । यतिखेरको बोष्टन संझन्छु, एयरकण्डीसन नभई हुदैन्, शिसिरमा त्यहाँका बस स्टेसनहरुमा बस कुर्दा बिताएका मुटुकाप्ने जाडोको कल्पना गर्दै ओछ्यानमा कोल्टे फेर्दा लाग्छ, देश साँच्चै सुन्दर छ । यहाँको हावाको कणकणमा भेटिने आत्मियता मैले अमेरिकामा कैले महसुस गरिन, आखिर देश भनेको देश नै रहेछ, भावना र भुगोलको समिश्रण । देशको यीनै सुन्दरता र आत्मियताको बयान गर्दा मेले भेटेका यो देशको मन्त्रीदेखि प्रशासकसम्म, ठुला बैकरदेखि व्यवसायीसम्म, प्राध्यापकदेखि विद्यार्थीसम्म प्राय जसो सबैले देश बिग्रीएको, भत्किएको, खत्तम भएको फेहरिस्ते सुनाउँछन् । देश खत्तम भयो, विग्रीयो, भत्कियो ल ठीकै छ । तर अहिलेसम्म त्यसलाई राम्रो बनाउने, सुधार्ने, वा बनाउने प्रयत्न वा प्रयास नै कस्ले गर्यो त ? कुन नेताले? कुन प्रशासकले? कुन व्यवसायीले? कति मितिमा? कसरी? । म प्रतिप्रश्न वर्षाउँछु । वास्तवमा बनाउनेको नाम त परै जाओस् बनाउन प्रयत्न गर्नेसम्मको एक दुइ जनाको नाम पनि दिनसक्ने अवस्थामा हामी रहेनौं । यस्तो लाग्छ, हामी प्रयत्न नै नगरि सप्रिएको देशको खोजीमा छौं ।

देशका अखबारहरु यतिखेर सुडान घोटालाका ‘ननस्टप सिरीज’ हरु पस्कन्छन् । जसले चियापसलदेखि भट्टीपसलसम्ममा गफ गर्नको लागि नयाँ मसला दिएको छ । हजारको जागिर खाएर करोडौंको धरौटी राखेर छुट्ने ‘सत्य सेवा सुरक्षणम्’ का कसम खाएकाहरुको अनुहार यतिखेर सामान्य जनताको अगाडी नांगिएको छ । अलिकति अध्ययन गर्नेहरुका लागि भने यो कुरा नयाँ होइन, ट्रान्सपेरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन भन्छ, नेपालको सबैभन्दा भ्रष्ट निकाय भनेको प्रहरी र अदालत नै हो । परिस्थीती कतिसम्म विग्रीसकेको रहेछ भने, अर्थमन्त्रीले कर उठाँउदा (डा. वावुराम भट्टराइ), प्रहरी अधिकृतले अपराधी समात्दा (रमेश खरेल), न्यायधीसले अपराधीलाई सजाय दिँदा (राम्रप्रसाद श्रेष्ठ) र प्रसाशकले अपराधीलाई उम्कन दिनु हुदैन् भन्दा (रामप्रसाद खनाल) उनीहरुले ठुलो कर्म गरेको मान्नुपर्ने अबस्थाको सिर्जना भएको छ । आफ्नो पदिय दायीत्व र कर्तव्य सामान्य निर्वाह गरेकाहरुलाई वाहवाह भन्नुपर्ने अवस्था भनेको सिंगो समाजको कर्तव्य स्खलनको प्रतिविम्व हो । जसले हाम्रो सम्रग प्रणाली पंगु भएको पुष्टी गर्दछ । जसले गर्दा देशको नेता, प्रहरी, प्रसाशन र राज्यका विभिन्न अंगप्रतिको नागरिक विश्वास घट्दो छ । तर पनि नागरिकको तहमा असल, खराब छुट्याउने र त्यसलाई माया, धृणा गर्ने परम्परा वस्नु भनेको सकारात्मक नै हो ।

यति नै खेर, हामीले त्यो कालो बादलभित्र चाँदीको घेरा खोज्नुछ । खोजिपस्ने हो भने नेपाली समाजमा त्यो चाँदीको घेरा प्रसस्त भेट्न सकिन्छ । ‘प्रतिष्ठीत’ भनिएका व्यापारिक घरानाहरु कर छलि र ठगीमा मुछिरहेको बेला, ठुला भनिएका ‘साहेव’हरुको हातमा हत्कडी बेरिरहेको बेला, नयाँ विचार, सोचाइ र कर्मले नयाँ आधारशिला खडा पनि गर्दे छन् । जसले पुरानोको विघठन र नयाँको उदयको संकेत गरेको पनि छ । जरायलबाट फर्केर तरकारी/फुल खेती गर्दै गरेको श्वर, मेरिकाबाट फर्केर कन्सलटन्सी गर्दै गरेको शोक, सियाबाट फर्केर आएर जलविद्युतमा काम गर्दे गरेको मेश, स्वीटजरल्याण्डबाट फर्केर आएर रेष्टुरेन्टको सन्जाल बनाउदै गरेको स्वीकार, क्यानडाबाट फर्केर आएर शिक्षा क्षेत्रमा काम गर्दै गरको पिल, जापानमा पढेर आएर अनुसन्धानको आधार निर्माण गर्दै गरेको नक सबैले आफ्नो क्षेत्रमा छोटो समयमा नै व्यवसायीक सफलताको श्रेणी चढिरहेका छन् यहाँको नेता, व्युरोक्रेसी र गुण्डाहरुका बाधा विचमा पनि । यहि बसेकाहरुले पनि आफ्नो क्षेत्रमा व्यवसायीक सफलता हासिल गरिरहेका छन् । स्वदेश विदेशमा प्रशिक्षित नेपाली युवा पिढीको जमात केहि गरेर देखाइदिने अठोट लिएर ज्ञान, शिप र पुँजीको प्रयोग यहि माटोमा गर्ने तरखरमा छ ।

लाजिम्पाटको ज्याज अफस्टीर्यसमा हाम्रो गफ सुनेर हामीसँग हातोमालो गर्न आइपुगेका अमेरिकामा अण्डग्याजुयट सकेर आएका भाई हुन वा दरवारमार्गमा रेष्टुरेण्ट व्यवसाय गर्ने ‘स्वीस रिर्टन’ दाई हुन्, वा डोल्पामा अरबबाट फर्केर यार्साटिप्न आएका दाई । सबैको एउटै स्वर थियो — कामै गर्नको लागि अहिले यंहि थुप्रै अवसर रहेछ । उनीहरुले आफ्नो व्यवसायीक दक्षता बढाउदै गरेको देख्दा यहाँ अवसरको ओइरो लागेको प्रतित हुन्छ । राजनितिले गति नलिएपनि थुप्रै मानिसहरु आफ्नो आफ्नो ठाँउबाट केहि गर्ने प्रयत्न गर्दैछ गृहयुदको त्राणपछि । र, त्यो पुस्ता राजनितीमा पनि आफ्नो हस्तक्षेपकारी भुमिका बढाउन उद्यत छ । उनीहरुको बुझाईमा अहिलेसम्मका नेताहरु केहि अपवादलाई छोडेर सबै ‘स्टेरियो टाइप’ भएका छन् । न त उनीहरुले केहि जोखिम मोलेका छन् न त कुनै प्रयत्न नै गरेका छन् । जनताको तहमा भएका यस्ता सकारात्मक प्रयत्नहरुलाई सुत्रबद्व गर्नसक्ने, त्यस्ता विन्दुहरुलाई जोडेर एउटा आकृति दिनेसक्ने एउटा नेतृत्व चाहे त्यो जुनसुकै पार्टीको किन नहोस, देश (डोल्पादेखि काठमाडौंसम्म) ले त्यो माग गरिरहेको छ ।

अन्त्यमा, प्रत्येक शुभारम्भको आफ्नो दिशा (सकारात्मक र नकारात्मक) हुन्छ । अहिले भइरहेका नयाँ कर्महरु सकारात्मकतातिर हिडिरहेका छन् । त्यसलाई गति दिन बाँकी मात्रै हो । स्वअनुसासनको मात्रा कम भएपनि जनताको स्तरमा नेपाली समाज अझै अनुसासनहिन भइसकेको छैनन् । काठमाडौंको आधा जनसंख्या जति दैनिक यात्रा गर्ने दिल्लीको ‘मेट्रो’ शहर वाहिर जति नै फोहर भएपनि भित्र निकै सफा र व्यवस्थित छ । उचित व्यवस्थापन हुने हो भने हाम्रो देशको जस्तो आधा जनसंख्यालाई व्यवस्थीत वनाउन सकिन्छ भन्ने उदाहरण त्यसले देखाउँछ । प्रयत्न गर्ने जोखिम र सहास नउठाइ देशको मुहार फेरिदैन ।

[यो लेख देशदर्शनको क्रममा मैले भेटेका विभिन्न पात्रहरुसँगको छलफलको नतिजा हो । उनीहरुलाई यसै लेख मार्फत धन्यवाद ।]

28 Comments

  1. केहि साथी को प्रतिक्रिया पढे ,ति साथी हरु लाई जस्तै धेरै साथी को चेतना जागेको छ / नेपाल मा नै केहि गर्ने / धन्यबाद छ उत्तम sir लाई जुन लेख ले प्रेणा दियो

  2. तेसोत, “जननी जन्मभुमि स्वोर्गादापी गरियसी” भन्नेकुरा यत्तिकै कथनगरि भनियको होइन! यहि यौटा लाइन को लय मन्त्रणा नै आफ्नो जन्मभूमिको लागि गितासार हो!
    जस्तोसुकै होस घरको गुन्द्रीमा सुत्दा आउने निन्द्रा कुनै स्टार होटेलको लाखौको सुइट को बिच्च्यौनामा भलाई औदाहुन, गाउको माटो मा फुल्ने धुर्सेली होस् वा हावामा फैलने गन्धहोस तेस्को अपनात्वोको बखान गर्न सकिन्न! यो कुरा बुझ्न त घर गुमायाको र समाज हरायको मान्छेलाई सोध्नुपर्छ! तेसैले त इथोपियन होस् वा रुवान्दाको जनाताहोस अमेरिका वा युरोप को जस्तै आलिसान बासस्थान दियर भत्ता ख्वायर पाल्दा पनि एकदिन घर फर्कने सपना साचेरै बसेका हुन्छन!
    हाम्रोदेश बिग्रियाको होइन बिगारेको हो देशको लागि गर्न चाहने र गर्नसक्ने अनि गर्न खोज्ने कहिल्यै अगाडी आउन पायना तिनीहरुले कैल्यै साथ् पायन कहिल्यै मौका पायन! त्यो बिगत अनि अगाडिको इतिहाशाको २४० बर्षे कालखण्डमा होस् या १०४ बर्षे कालरात्रीमा अनि ३० र २० बर्षे कालाबादमा होस् र अझै निरन्तर छ यो क्रम तर अब क्रम भंग हुने प्रयत्नमा छ किनकि जनता जागेका छन्!
    देश हेरेर,देश पढेर,देश सुनेर, देश दुखेर मेरा आखा धेरै रसायाका छन् भन्नुपर्दा मा धेरै पटक रोयको छु केहि पटक त म मानब धिदमै रोयको छु र आफै लाजायाको छु! देश सुन्दा र पढ्दा राजनीतिका ताण्डब गर्ने अनि देशलाई यो हालमा मृत्युतुल्य पुर्याई हु*दाराले सिनो घिसारेझई देश खाना उध्धत्ता नालायक नाइके देखि जत्ति घृणा उत्पन्न भै रिसले मुर्मुरिन्छु तेही देश देख्दा सेते कुमाल देख्छु जो अर्काको गोरु सापटी लियर अर्काको खेत जोति आफ्नो जीवन धान्न मुस्किल हुदा पनि सेतीगंगा सामुदायिक अस्पताल बनाउन आफ्नो जीवन भारको कमाइ (रु५५०००/) दान गर्न पछी पर्दैनन् अनि तेसरिनै जीवनभर स्कुलको पाले भै कमायको आलिकती पनि तेही स्कुललाई दाङ दिने दानाबिर हरु झल्झल्ती आखामा आउछ! डाक्टर सन्दुक देख्छु, महाबिर पुन देख्छु अनि तेस्तै अनगिन्ति नेपाल आमाका सपुत हरु देख्छु अनि सम्झिन्छु देशमा नराम्रो मान्छे होइन राम्रा हरुनै धेरै छन् तर कंशको ताण्डबमा ति सबै पछाडियाका छन्!
    तेसैले आज यो देश आन्तारिमाबस्थामा छ प्रसव मा छ संक्रमनाकालामा छ परिवर्तनको संघारमा छटपटाहटमा छ तेसैले यतिबेला हामीसबैले धैर्य साथ् लगन भै देश सम्हाल्नु र साथ् अनि परिवर्तनको निरन्तरता दिन सहि नेत्रित्वो र ब्यक्तित्वो रोज्नु पर्ने छ लोभ मोह त्यागेर देशको निकाशा दिदै बिकाश गर्न केहि गर्नु जरुरि छ! कपुत हटायर सपुत अनि धर्ति पुत्र पहिल्याउनु पर्ने बेला यहि हो!
    देश खत्तम छैन खत्तम त केहि व्यक्ति र नाइके मात्र हुन्!

  3. उत्तम सर को बि चार मा १०००% सहमत हुदै अब बास्तविक नेता खोज्न सम्पूर्ण नेपाली लाई आब्हान गर्न चाहन्छु

  4. यो राम्रो कुरा हो. केहि साथीहरु बिदेशमा भएपनि नेपालमा काम गरेका उदाहरण हरु छन . बिदेशमा हुनुले फाइदा पनि हुन्छ येदि मन भयो भने / यो लिंकरुमा हेर्नुस:

    http://www.aquaculturewithoutfrontiers.org/projects/completed-projects-and-field-activities/

    http://www.aquaculturewithoutfrontiers.org/wp-content/uploads/2010/04/AwF-Nepal_Project_Report_Final_Jan_2010_Revision1.pdf

  5. मेरो त अरुलाई कम दिने खुबी पनि छैन . आफ्नो गरि खान जागर पनि छैन / तर पिपल र बर को रुख पाय भने खाली ठाउमा लगेर रोपिहल्छु

  6. मैले गर्दा कसै लाइ हानि त भै राखेको छैन भनेर सोच्ने बानि बसालौ देस आफै बन्छ

  7. लेख समय सापेक्षिक , सान्दर्भिक र यथार्थपरक छ यसको लागि उत्तम जी लाइ धन्यवाद ! केहि वर्ष पहिले देखि मैले पनि यहि भन्थे हामी प्रयास बिनाको अवसर खोज्छौ अनि कहाँ बाट सफल हुन्छौ भनेर . परिबर्तन चाहनेले आफैबाट सुरु गर्नु पर्छ भने जस्तै आफूबाट केहि साहस का साथ सानो भए पनि काम सुरु गरे . तर कम को शिल शिलामा धेरै बाधा अड्चन आए तर पनि गर्दै गए अन्तत : मैले बिजनेस छाड्न बाध्य भए कारण थियो एकातिर हामीले उत्पादन गरेका समान हरुको भाउ दिनानु दिन घट्दै गयो र त्यहि समान उत्पादन गर्न चाहिने आबश्यक सामाग्रीहरु को भाउ भने दिनानुदिन आकासिदै गयो जसले गर्दा उत्पादनमा झन् पछि झन् गिरावट आयो भने अर्कातिर चोरी निकासी द्वारा बाहिर बाट सामान भित्रिन थाल्यो . हामी जस्ता गरिखाने मझौला व्यापारीलाई उभो लाग्न दिएनन् . न त कसैले चोरी निकासी रोक्न सक्यो , न त कच्चा पदार्थ को भाउ घट्ने कुनै संकेत देखियो . जसका कारण ब्यबसाय नै धराप मा परि घर न घाटको भएर बस्न बाध्य हुनु पर्यो . यसको जिम्मेवार न कुनै समाजले लिन्छ न त राज्य ले नै . हामी नागरिक हौ राज्य बाट टाढा रहन पनि त सक्दैनौ , उसको मुखै नताके पनि केहि राहत पाउनु पर्यो नि होइन र ? कुनै मिसन र भिजन त हुनु पर्यो नि नागरिक को लगानी र प्रतिफल प्रति . शिक्षा , संचार , ब्यबसाय हरेक क्षेत्रमा नचाहेर पनि राजनीतिको प्रत्यक्ष प्रभाब पर्ने रहेछ . स्वच्छ छबी र राजनीतिमा तटस्थ रहेर कुनै काम पनि गर्ने नसक्ने स्थितिको सिर्जना भयो . यसमा दोष राज्य वा नागरिक को ? यसको लागि सिस्टम बलियो हुनु जरुरि छकी छैन ? सिस्टम भित्र राज्य संचालन हुने कि राज्य भित्र सिस्टम संचालन हुने ? नेपाली मा एउटा उखान छ ‘भन्न सजिलो गर्न गाह्रो ‘ भने जस्तो उत्तम जी तपाईहरु जस्ता सचेत नागरिक देश बाहिर बस्नु हुन्छ अनि २/४ दिन नेपाल आएर यहाँ का मान्छे नै उस्तै हुन् , केहि प्रयास नै गर्दैनन् , आशा मात्रै गर्ने परिश्रम नगर्ने भन्ने आरोप लगाउनु उचित नहोला किनकि तपाईहरु जस्ता बिबेकशिल मान्छेहरु ले घटना क्रम , देशको राजनीति , नागरिकका समस्या नै नबुझी प्याच भन्दा नरमाइलो लाग्छ . तपाई हरु जस्ता सचेत नागरिकले बाहिर बसेर साहित्य मार्फत , पत्रिका मार्फत नागरिक का कमजोरीहरु मात्रै नकेलाउनुस . ठिक छ यदि तपाई पनि सच्चा नेपाली नागरिक हो र देशको भलो चाहनु हुन्छ भने फर्किनुस तपाइले बिदेशमा आर्जन गरेको सिप र दक्षता सहित अनि लगानी गर्नुस नेपाली माटोमा र आह्व्वान गर्नुस युवाहरुलाई हातेमालो गर्नको लागि . त्यस बेला पनि तपाइलाई कसैले साथ दिएनन् भने अनि भन्नुस . के तपाइँ तयार हुनुहुन्छ बेदेशी मोह त्यागेर आउन ? कदापी चाहनुहुन्न किनकि त्यहाको जस्तो दाम यहाँ कमाउन सक्नुहुन्न . जो सँग पैसा छ , जो सँग सिप छ उनीहरुनै पलायन भए पछि लगानी गर्ने को ? अनि योजना बनाउने को ? राज्य सधै निदाएर बसी रहेको छ . पैसा र सिप हुनेले सानो तिनो गरेर बसेकै छन . जो सँग न त पैसा छ न सिप . तिनीहरुलाई न कसैले काम दिन्छ न सिप नै . गरिब मुखी भनेर नाम दिएको स्वरोजगार को अवस्था कहाँ छ के हुदैछ सबैलाई अबगत नै छ . त्यसैले तितो सत्य बुझेर बोल्ने र लेख्ने गरौ मित्र बन्धुहरु . मान्छे बलवान छ , मान्छे सँग जोस जाँगर छ भनेर चुरे र तारे भिर खन्न जान , कर्णाली गण्डकी र कोशी बाट बगेको पनि लाइ बाँध बाधेर थुन्न त मिलेन नि . कुनै पनि कामको लागि योजना , उधेश्य र तत्परता चाहियो नि होइन र ? यसको लागि या त राज्य नै अगाडी बढ्न पर्यो यात कुनै निजि क्षेत्र . त्यसैले आउनुस तपाई हरु पनि फर्किनुस यो देशको माया लाग्छ भने सिस्नो र ढिडो खाएर भए पनि यो देशलाई बिकाशको गतिमा अगाडी बढाऔ . सुरु गर्ने मान्छेको खाँचो छ साथ दिने धेरै छन् . सुरु तपाइँ गर्नुस साथ् हामी दिन्छौ . कि कसो हो ?

  8. निकै राम्रो लेख्नु भा ६ उत्तम सर तपाइंलाई बधाई ६ नेपालीको फीलिंगस र सेन्टिमेन्ट लाइ समेट्नु भो नेपाली राजनीति को चुस्की मिसाएर त्यो पनि अनौपचारिक शैली मा

  9. सत्यको जित सधै हुन्छ कुर्नु पर्छ पर्खिनु पर्छ अहिले नेपालमा असत्यको हाबी भैराकोछ,तर एकदिन अबस्य सत्यको जित संगै देशको मुहार फेरिने छ समय ले कोल्टो फर्ने बेला भएको छ अब हामी सुन्दर शान्त नेपालको कल्पना होइन यथार्थमा पाउने छौ जय पशुपतिनाथ

  10. मैले जे सोचेको थिएँ त्यही कुरा पढन पाउँदा धेरै खुसी लाग्यो, देश र देशवासीले जे जस्तो दु:ख भोगिरहेपनि यस्ता यथार्थपरक लेखहरुले मनलाई एकैछिन राहतको अनुभूति गराउँदा रहेछन्, तर देशलेचाहिं आहत नै पाएको छ ! लेख्नैपर्दा गृहयुद्दको यथार्थलाई बिर्सन सकिन्न तर त्यसो नहोस भन्ने कामनागर्न छोड्न हुदैन ! यो यथार्थपरक उत्तम लेखले सार्थकता पाउँनैपर्छ !

  11. दुख मै जन्मे दुख मै हुर्के दुख मै मरुला
    सकिन बस्न अर्काको देशमा घर फर्के म आमा \

    उत्तम सर ,
    आफ्नो पनले कहिले काही यसरि रुआउछ् कि ७५ माइल प्रति घण्टा मा हाइ वे मा ड्राइभ गर्दा गर्दै आशु रसाउछ \ आफ्नो देश जस्तो अर्काको देश कहिले पनि कसैको लागि नहुने रहेछ \ मन यसरी हाम फाल्छ कि अहिले घर फर्की हालु तर फेरी सोच्दै जादा आदर्श र आवेग ले मात्र जिबन नचल्ने स्थिति आफ्नो देश मा पाउछु \ म असफल जिबन बिताई रहेछु \ लेख्दा जति आदर्श रुपी गित ,कबिता ,कमेन्ट लेख्छु ,ब्यबहारमा उतार्न सकिरहेको छैन \ अहिले आएर चेत आएको छ कि बच्चा हरुलाई नेपाल कै राम्रो स्कुलमा राखेर श्रीमान श्रीमती अमेरिकामा १० बर्ष दुख गरेर नेपाल मा राम्रो सानो सुभिधा संम्पन्न घर ,राम्रो बैक बैलेंश ,भरपर्दो आम्दानीको आधार बनाए पछी घर फर्किनु पर्ने रहेछ \ मैले नेपाल का मानिस संग मात्र होइन अन्य रास्ट्र का मानिस संग कुरा गर्दा पनि आफ्नो देश ,परिबार ,समाज ,अनुहार (काग काग संग बकुला बकुला संग रमाउछ जुन मानिस मा पनि लागु हुने रहेछ )मा मानिस बस्न ,रम्न र मर्न चाहदो रहेछ \भित्रि खुसि आफ्नै माटोमा मात्र हरेक मानिस ले पाउने धुर्ब सत्य रहेछ \ कृपया यी भाबना हाम्रा देश हाक्ने मानिस र सारा आफ्नो कर्तब्य बुझ्ने नेपालि ले बुझी दिए देश बन्न धेरै बर्ष लाग्दैन होला \तपाइँ को लेख राम्रो लाग्यो तर जसरि मेरो कबिता शुरुमा राम्रो लाग्दा नेपाल दगुरी हालौ कि जस्तो भाब जागे पनि कमेन्ट पढ्दै जादा सेलाउदै गए जस्तो तपाइको लेखको शुरुवात राम्रो भए पनि लेख को अन्त्य अलि खल्लो लाग्यो है \

  12. चेतना आउनु राम्रो कुरा हो! नेपालमा गर्न सक्ने ठाउँ र अवसर धेरै छन्. भैसकेको ठाउँ मा पो क गर्ने भनेर सोच्नु पर्छ केहि नभएको ठाउँ मा जे सुरु गर्दा नि हुन्छ- we need some positive initiations in Nepal व्हिच the writer has mentioned but most of us don’t want to go back to Nepal because there is no AC, no good roads, no life and no security. I have noticed most nepalese people in US are arrogant and like to showoff. Can’t initiate thought process and just drink and play cards whenever they get chance and are always eager to complain about Nepal. अमेरिकामा बस्ने नेपाली मध्ये कसैलाई घण्टा हानेर फुर्सद छैन, कसैलाई फुर्सद भयो कि पार्टी गरेर फुर्सद छैन. मान्छे को सोच र विकास एक आपस का पुरक हुन्. सोच र खोज बिना विकास कसरी हुन्छ.?
    अन्तमा, उत्तम दाई, dissertation पछि Green card को पछाडी चै नलाग्नु होला.

  13. भर्खरै मात्र राजा-शाषण अन्त्य भएको हाम्रो देशमा अहिले भइ रहेको परिवर्तन धेरै नै द्रुत गतिको छ, बिकास पनि त्यहि गतिमा छ, तर यस्तो गतिमा नियन्त्रण गुमाए जस्तो देखिनु स्वाभाविक नै हो | स्वतन्त्र नेपालमा अवसरहरुको बाढी आएको छ | अहिलेको नेपालमा सबै जना आफ्नो जीवन-स्तर बढाउने उद्देस्यले नया अवसर देखि नया हकको खोजीमा तल्लिन देखिन्छन |
    तर ‘बिजनेसमा एकजनाको फाइदामा अर्काको बेफाइदा’ भने जस्तै- ‘एकजनाको नया हक/अधिकारले अर्काको हक/अधिकार हनन’ हुन सक्ने प्रबल सम्भावना हुनेभएकोले अहिलेको अवस्थामा उतार-चडाव प्राकृतिक नै हो| त्यो उतार-चडावको अन्त्य पनि निश्चित छ , ढिलो-चाडो भनेको राज्यको हातको कुरा हो | प्रतिक्षा छ त्यो समयको जुन बेला नेपाल अलिक stable हुनेछ, त्यस बेला हामीलाई एक्कासि बिकसित नेपालमा ब्युजिए जस्तो भान हुनेछ |

  14. अब मैले पनि के दिने देशलाई भनेर सोच्न बाध्य पार्ने लेख !
    *समाजलाइ बदल्नु छ शुरु आफूबाट गर्नुछ…(डा.योगी बिकाशानन्द)*
    ठुलो कुरा त गर्दिन तर जो कोहिले पनि गर्न सक्ने सानो कदम…
    – मिठो बोल्न जान्नेले मिठो बोलेर, नजान्नेले नमिठो नबोलेर / हातमा फोहर हुनेले जथाभाबी नफालेर, हात खालि हुनेले अगाडिको फोहर उठाएर / घुस नदिएर बरू अर्को एक दिन पर्खेर / आफुलाई प्रतिकुल हुने त्यस्तै काम अरूको लागि पनि नगरेर /
    – तपाइँ राम्रो बन्नु भए तपाइको परिवार बालबच्चा राम्रो हुन्छ / तपाइको घर राम्रो भए छिमेकी बाध्य भएर राम्रो बन्छन / छर-छिमेक राम्रो भए सभ्य समाज बन्दछ / सभ्य समाज आफैमा बिकसित समाज हो / समाज-समाज बिकशित भए देश बिकास हुन बेर लाग्दैन /
    उत्तमजी के लेख प्रगतिशील छ / सकारात्मक पृष्ठभूमिमा उभिएको छ /

  15. खाँचो प्रयत्नको छ देश फर्किने अनि देश बाहिर सिकेका कुरा हरुलै आफ्नो देशमा implement गर्ने | त्येसैले लेखकज्यु पहिले प्रस्न आफैलाई गर्नुस गर्नु भयो प्रयत्न | म देश फर्केको ४ बर्ष भै सक्यो | केहि गर्छु भनि फर्केको | ३०-४० जना लै नेपाल मै बसेर $$$ कमाउन सक्ने हैसियेत दि सकेको छु | तर पनि म जस्ता ब्येक्ति हरु गुमनाम छौ किनकि मेडियाले हामी जस्ता देश प्रेमी लै वास्ता गर्दैन संधै नेताको नाली बेली खोतल्न मात्र अनि नेतालाई मात्रै hero banaune काम गर्नु हुन्छा | खाँचो छ त बस एक असल नेत्रित्वोको | सुरु गर्नुस हामी जस्ता केहि गर्ने हरु लै सहयोग गर्नुस खाली बिकसित देशको कुरा हेरर मात्र नाबस्नोस |||
    जय नेपाल

  16. शरीर बिदेशमा भएपनि मन देशभित्रै छ | त्यसैले होला उत्तम बाबु श्रेष्ठ आफ्नो सोधपत्रको लागि आफ्नै देश छान्छन| नत्रभने नजिकै पर्ने कुनै दक्षिण अमेरिकाली मुलुक छान्न सक्थे| बिदेश गएका मुन्ग्लानेहरुमा देशप्रेम हुँदैन, तब न देशलाई तिलान्जली गरे भनेर नेपालातिरकाले बेला बेलामा प्याच्च भन्ने गर्छन| नेपालमै बसेर आफ्नै नेपाली दाजुभाई दिदि बहिनीलाई मलेशियाको जंगलमा अलपत्र पार्ने र अरबको मरुभूमिमा बेबारिसे बनाउने देशप्रेमी कि बिदेशमा श्रम गरि पैसा बटुलेर नेपालका गाउँघरका पाठशाला, खानेपानी, पाटीपौवा,मठ-मन्दिर आदि जिर्णोद्वार गर्ने देशप्रेमी ? देशभित्र जुका झैं बाँचेर देशप्रेम हुँदैन| देश भनेको माटो होइन, त्यसभित्र बस्ने मानिस हो| तिनै मानिसलाई प्रेम गर्नु नै देशप्रेम हो| हामीले प्राय जसो सुन्दै आएको छौं : देश खत्तम भयो ! देश खत्तम भएको छैन, हामी खत्तम भयौं, हामीले आफ्नो कर्तब्य बिर्स्यौ, हामी नेपाली नभएर माओवादी, कांग्रेस, एमाले र अनेकथरीमा विभाजित भएर हामीले आफ्नो अस्तित्व गुमायौं, जात र जातीको कुरा निकालेर हामी जनजातीवादी भयौं, स्वदेशमा मात्र होइन, बिदेशमा पनि निधारमा राजनीतिक लेबल लगायौं! हामी कहिले चाहिं नेपाली बन्ने? तसर्थ नेताहरुलाई मात्र गाली नगरेर आफ्नो गाउँ आफै बनाउँ| न्युयोर्क निवासी ओलांगचुंगेहरुले त पोहोर परार देखिनै आफ्नो गाउँ बनाउन थालिसके| अहिलेसम्ममा $१००००० जति उठाएर काठमादौंमा सामुदायिक भवन, ओलांगचुन्गको गोम्बा जिर्णोद्वार,छात्रवृति र अन्य कार्यहरु सम्पन्न भएका छन्| हामीले गरेजस्तै बिदेशमा गएका अन्य गाउँबासी, जिल्लाबासीले पनि आआफ्नो ठाउँलाई माया गर्न कसले रोकेको छ र ? मथिन्गलले नभ्याउने सम्पूर्ण नेपालको बारेमा सोचेर केहि पार लाग्दैन, त्यस्तो खाले दर्शन छाँटेर केहि पनि खुतिन्दैन| सबैलाई ओलांगचुन्गेहरुको ल यो चुनौती नै भयो| अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? उत्तम बाबुले सकारात्मक संदेश छरेर अत्यन्तै उत्तम गर्नु भएको छ |

  17. आज धेरै दिन मा -उत्तम बाबु श्रेष्ठ जी को लेख पढन पाइयो धेरै खुसि लायो ! हाम्रा नेपाली पत्रकार साथी हरु ले पनि कति कुरा ( समाचार ) हरु बिना आधार का लेख्छन् ! जुन कुरा नीतानत गलत हुन्छन देश लाइ सुधार मुख बनाउन नेता पछी पत्रकार को नै हात हुन्छ र नेपाली पत्रकार साथी हरु ले पनि कसै को कुरा nagative भन्दा पनि positive तरिका ले लेखने हो भने पनि एक अर्का नेता बीच को दुरी टाढा हुनी थियन ! नेपाल को परिबेस मा यो सम्भब छैन किन की नेपाल मा त एक नेता को एउटा पत्रिका नीस्कंछ अनि काहा बाट साचो समाचार परवाहा हुन्छ र वीपछि नेता ले राम्रो कुरा बोले भने पनि अर्को वीपछि नेता लाइ राम्रो लागदैन अनि पत्रकार साथी हरु को पनि हालत तेसतै देश को खेलकुद, नेपाल फिल्म,नेपाल को जुन ठाउँ मा पनि उस्तै अनि नेपाल मा अवसर खोजे का हामी जस्ता युवा हरु को लागी कसरि सहज बाताबरण बन्छ ?

  18. उत्तम जी को भासण जस्तै लग्यो नेता को जस्तै
    यताआयो आहा क्यामजा भन्नुहुन्छ न बत्ति जान्छ न कुनै TENSION नकुनै झंजट रे !
    उता गयो फेरी एस्तो लेख ?

    [मैले कहिले पनि बत्तिको कुरालाई लिएर ‘आहा क्यामजा’ भन्दै कसैसँग पनि गफ गरेको हेक्का छैन् । भौतिक सुविधाको कुरालाई तपाईले जति ठुलो ठानेको हुन्थे भने डोल्पामा खुट्टा मर्काउन जाने कल्पना पनि म गर्न सक्दिन थिए होला त्यो पनि सपरिवार । सरी मित्र तपाई भ्रममा पर्नु भयो र पाठकहरुलाई पनि त्यसै गर्दै हुनुहुन्छ । -उत्तम]

    • खनालजी !
      उहाँले जे गर्नुहुन्छ त्यो नगरेर जे भन्नुहुन्छ त्यो गर्दा राम्रो होला कि ! चुरोट नखाउ भन्ने मास्टरले चुरोट खाँदा पनि असल विद्यार्थीले मुख लगाउदैन / मास्टरले जे गरेको छ त्यसकै पदचाप पछ्याए त मास्टर नै मास्टरले देश भरिन्छ नि / आंम से मतलव, पेड गिन्ने से क्या फाइदा…

  19. लेख राम्रो छ, बुझ्नेलाई खुर्पा नबुझ्नेलाई बिंड र देशलाई सिंगापूर बनाउछु भनेर भासन ठोकेर रासन खानेहरुको लागि बेंगात्मक पनि छ! सम्भावनाहरु प्रसस्त छन् र त्यो सम्भाबनाहरुको परोच्क्छे फाइदा बढी भन्दा बढी नेपालीको माझमा लैजान नेत्रितोको leadership को आबस्येकता पर्दछ! leadership लै राजनीतिक दयेरा भित्र मात्र राखी खोज्नु गलत हो जुन हरेक वर्ग र तप्कामा हुनु जरुरि छ !

  20. उत्तम दाई, बधाई छ तपाईलाइ अनि तपाई को लेखन शैली र भावना लाइ !!!

  21. सकारात्मक सोच को खाँचो छ हामी नेपाली मा …..

  22. मेरो नेपाल मेरो प्राण भन्दा प्यारो छ ! धन्यबाद ,मुरी मुरी ,मित्र , उत्तम बाबु श्रेष्ठ ज्यु , हरेक नेपाली लाइ ब्युताउने प्रयत्न गर्नु भएको मा … तपाईंका प्रयास एकदिन अवश्य सुनिनेछन् !

  23. यी हात
    जसमा नेपाल को प्यारो चुम्बन छ
    यो खुट्टा
    जसमा नेपाली माटो संग को मितेरी छ
    यी आखा नेपाली हिमाल को प्रिती
    यो सरिर मेरो प्यारो कोदो अनि फापर को ढिडो ले बनेको

    बेची रहेको छु म मलाई
    आफ्नो रगत ले बिदेसी भूमि भिजाई रहेको छु
    जहाँ मेरो काम को कुनै कदर छैन
    न त छ मेरो कुनै भबिस्य
    खाली दुइ छाक चामल को भात
    बस …

    भोलि यी हात हरु थाक्ने छन्
    यी खुट्टा काप्ने छन् हिड्दा खेरि
    अनि आफ्नो सरिर आफै लाई भारी हुने छ
    एती त सहन्थे तर मेरो अभिमान बेचिने छ
    सगरमाथा को जस्तो सीर मेरो
    झूकिने छ

    भो यो म सहन सक्दिन
    मेरो पुर्खा को इज्ज़त अनि सान
    बेचिएको हेर्न सक्दिन
    म त गौरब संग बाच्ने नेपाली
    खुकुरी को धार ले संसार जित्ने साहसी
    किन कि हु म बिस्व नहार्ने श्रमजीवी नेपाली

    जान्छु म आफ्नै घर नेपाल मा
    मेरा साथी हरु जहाँ रमी रहेका छन्
    उनिहरु संगै सधै बाच्ने छु
    सुख अनि दुख निरन्तर बाड्ने छु

  24. वास्तबमा म यो लेख पढेर धेरै खुसि भए l हुनत मैले गएको वर्ष बाट नै योजना बनाएको हुं अब नेपाल फर्कन्छु अनि आफ्नै माटोमा केहि गर्छु भनेर तेही पनि एउटा थप उर्जा थपिएको छ यो लेख पढेर l अब आफ्नो नेपालको भाग्य जनता स्वयम् ले बनाउने बेला आएको छ अनि आफ्नै देश मा केहि गर्न सकिन्छ भन्ने ज्ञान को बिकाश गर्नु छ l धन्यवाद सालोक्य जी l

  25. Much interesting and inspirational article. We can work in hot/desert areas of arab countries in their commercial agriculture farm, but we hesitate to take initiative to start even a small crop/livestock farm in own country. There is rarely any area in the country where some types of crops or vegetables can’t be grown. By the way, I don’t underestimate other areas which can contribute much for country’s development. Despite nation’s poor environment, those people who dared to start their own business are highly thankful. If country can create little more favorable environment, I think many youngsters are ready to contribute for prosperity of motherland. ke initiative to start even a small crop/livestock farm in own country. There is rarely any area in the country where some types of crops or vegetables can’t be grown. By the way, I don’t underestimate other areas which can contribute much for country’s development. Despite nation’s poor environment, those people who dared to start their own business are highly thankful. If country can create little more favorable environment, I think many youngsters are ready to contribute for prosperity of motherland.

  26. नया नेपालमा राम्रो काम अथवा हरेक कुरामा राम्रो पक्ष खोज्ने भन्दा पनि नकारात्मक पक्ष को बढी चर्चा गर्ने र गराउने प्रवृति मौलाउदै गएको अनुभूति हुन्छ / नेताको बोलि सुन्नुस तेस्तै लाग्छ, प्रसाशकको बोलिमा तेस्तै झल्कन्छ, सुरक्षा तथा न्याय व्यवस्था तर्फ हेर्दा सामान्य मानिस अल्झंछ /समग्रमा भन्दा हामी कहाँ नकारात्मक रुपले उत्प्रेरित तथा प्रायोजित कुरा हरु नै पस्कने तर तेस बाट उब्जने परिमाणको जिम्मेबारी लिनु नपर्ने संस्कारको विकास हुदै आएको छ / तेसैले सकिन्छ साचो बोलौ सकिदैन झुट पनि नबोलौ !!!!

    • उत्तम जी को कुरा मनन योग्य छ / सबै मा चेतना आय हुन्छ/विदेश मा घास भयर बस्नु निको कि/जो देसमा वरपिपल जस्तो लहराउने फहराउने / उत्तम जी ले पनि अमेरिकान ग्रीन कार्ड छोडे बेस/ जो आगुवा उही बाटोमा ……नहोस है / म त जान्छु है next एअर.

Comments are closed.