पत्रबाट बनेका मित्रहरुको सम्झना

पुरानो ठेगाना, पुरानो पत्रदिवसहरुको भीडमा आज एउटा दिवस छ- अन्तर्राष्ट्रिय मित्रता दिवस अर्थात् फ्रेन्डसिप डे। अगस्त महिनाको पहिलो आइतबार मनाइने यो दिवसमा कार्ड बाँडिन्छ, फ्रेन्डसिप ब्यान्ड साटासाट गरिन्छ अनि आजभोलि त अनलाइन सन्देश लेखिन्छ। तर म सम्झँदैछु पुरानो एउटा मित्रताको माध्यम जतिबेला यस्तो फ्रेन्डसिप डेको खासै चलन थिएन।

ट्विटर र फेसबुकमा रम्ने पुस्तालाई च्याट त पुरानो लागिसक्यो। कम्प्युटरमा इमेल बक्सको सेन्ट बटन थिच्न बानी लागेकालाई टिकट टाँसेर चिट्ठी पठाउने कुरा त एकादेशको कुरा जस्तो लागिसक्यो। तर ती दिन गज्जबका थिए। यो छोटो र तुरुन्त माध्यमभन्दा धेरै भावना जोडिएको र गहिराइ हुन्थ्यो पत्रमा पोखिने भावनामा। व्यवहारिक रुपमा मैले अनुभव गरेको छु यो कुरा।

अहिले प्रविधिले छलाङ मारिसक्यो। यसो सम्झिएर हेर्छु दुई दशक भइसकेछ त। स्कूल पढ्दै गर्दा त्यतिखेर फेसनमा रहेको पत्रमित्रतासँग जोडिन पुगेको थिएँ। उतिखेरको चलेको पत्रिका युवामञ्चमा फोटो र ठेगाना छापिएपछि पत्रहरुको ओइरो नै लागेको थियो। मजा आउँथ्यो प्रत्येक खामबन्दी पत्रलाई च्यात्दै कागजमा हातले लेखिएका भावनाहरु पढ्न। अन्तर्राष्ट्रिय पत्रमित्रता गर्न पाउने नाममा खै कुन चाहिँ पो हो एउटा क्लबलाई उतिबेला बाबुआमाको आँखा छली छली कति सय रुपैयाँ पो हो खाममा हाली पठाएको थिएँ। अहिलेको स्पाम मेलहरुले जस्तै ठगे नि मोराहरुले मलाई। केको छापिन्थ्यो मेरो नाम अन्तर्राष्ट्रिय पत्रमित्रताको पत्रिकामा। तैपनि एक दुई जना विदेशी मित्रहरुसित केही चरण पत्राचार भएको थियो, जुन खासै स्मरणीय भने रहेन।

युवामञ्चमा छापिएको नाम र ठेगानाबाटै मैले केही अविस्मरणीय साथीहरु पाएँ। समयक्रमसँगै केही बिलाए, केही भने सँधैका लागि सम्झनामा रहने भए। केहीसँग भने अझै राम्रो पारिवारिक स्तरको सम्बन्ध छ। तर उसित अहिले पत्राचार हुँदैन, एसएमएस, इमेल वा मोबाइलमा मात्र कुरा हुन्छ।

अहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्टमा काम गर्ने कलेज पढ्दाताकाका साथी दीपक भट्टराईसित आरआरमा पत्रकारिता पढ्दाताका उनी गाउँ गएको बेला पत्राचार हुन्थ्यो भन्ने सम्झँदा अनौठो लाग्छ। अहिलेको फोन र मोबाइल टेक्स्टभन्दा कति आत्मीय हुन्थे त्यसमा रहेका भावना। त्यसैले होला, उनका केही पत्र अझै मसित सुरक्षित छन्।

अनि सुरक्षित छन् पत्रमित्रताका क्रममा मित्रताको सम्बन्ध गाँसिएका दुई अविस्मरणीय मित्रका पत्रहरु। कालिम्पोङकी अनुपा राई र पोखराका विक्रम श्रेष्ठ। दुवैसित एसएलसीपछि पत्राचारको चरण सुरु भएको थियो। दुवैसँग आत्मीय सम्बन्ध गाँसिएको थियो।

पोखराका विक्रम अहिले स्याङ्जामा कार्यरत छन्। साथी हुँदा पश्चिमाञ्चल इञ्जिनियरिङ कलेज पढ्ने उनी अहिले इञ्जिनियर भइसक्यो। उनीमार्फत् नै चिनेका त्यतिखेरका उनका सहपाठीहरु ईश्वर अमेरिकामा, सन्देश क्यानाडामा छन्। तर उनले नेपाल छाडेका छैनन्। छाडेका भइए यति आत्मीय सम्बन्ध हुँदैन थियो कि।

पोखरा मेरो दोस्रो घर उनैका कारण भएको हो। महिनौँ बस्थेँ म उनको घरमा। उनको परिवारले पनि मलाई साह्रै माया गर्ने। आफ्नै परिवार जस्तो, एक किसिमको पारिवारिक नाता। दिदीहरुले मलाई चिनाउँदा कसरी साथी भएको भनी उहाँहरुका आफन्तले सोध्दा पत्रमित्रताबाट भन्न हिच्किचाएको सम्झना मलाई अझै छ।

पहिलो पटक मोटरसाइकलबाट पोखरा-बाग्लुङ जान लागेका बेला एक्सिडेन्ट नभएको भए उनीसित भेट पनि हुन्नथियो होला। घाइते अवस्था उनलाई भेटेपछि गाँसिएको नाता दीगो बन्यो। मलाई याद छ, उनीसित पहिलो पटक भेटेर केही दिन बसेर छुट्टिँदा मेरो आँखाबाट आँसु रोकिएको थिएन। कस्तो फिल्मी, तर त्यो पल सम्झियो भने अझै रुन आउँछ। न हामी सँधैका लागि छुट्टिएका थियौँ, न पछि कहिले भेट नहुने थियो, तर पनि छुट्टिनु पर्दा उनी र म दुवैको आँखाबाट आँसु चुहिएको थियो।

पछिका वर्षहरुमा मैले साथी हुनुको सबै फाइदा उठाएँ उसबाट। कपाल काटिदिन होस् कि नुहाउनलाई पानी तताइदिन, कुनै कुरामा ठुस्कन होस् कि उनको कुनै खुसीमा रम्न- हामी सँधै साथै रह्यौँ। नयाँ वर्षको दिन फेवातालमा पौडी खेल्न नआउने मलाई डुङ्गाको चेन समाएर बीच तालमा डुबाउन लगाएको होस् कि दर्केर परेको झरीमा रिसाएर मासबारबाट महेन्द्रपुलतिर राति हिँडेको होस्, सम्झना कहिले नमेटिने बनेको छ। अहिले औँला भाँचेर कति वर्ष भयो भनेर गन्न आवश्यकै परेको छैन मलाई। बिहान छ नै बजे उनलाई आज एसएमएस गरेको थिएँ मित्रता दिवसको शुभकामना दिँदै। उनले पनि ती सब कुरा सम्झेका रहेछन्। इन्जिनियर न पर्‍यो, अंग्रेजीमा जवाफ फर्काए- एभ्री मोमेन्ट इज ट्रेजर अफ आवर फ्रेन्डसिप।

कालिम्पोङकी महिला मित्रसित सम्पर्क नभएको भने वर्षौँ भइसक्यो। अन्तिम चरणका पत्रहरुमा ‘म मायामा परेँ’ जस्ता भावना पोखिएका थिए। शायद अहिले उनी केही सन्तानकी आमा होलिन्। एक रुपैयाँको टिकट टाँसेर पठाइने पत्र (त्यतिबेला नेपाल र भारतमा समान टिकट महसुल लाग्थ्यो) मा उनका फोटोहरु हेरेको मात्र हो, मैले उनलाई कहिले भेटेको पनि छैन तर आजभोलि प्रत्यक्ष भेट हुने साथीहरुभन्दा अझै नजिककी लाग्छिन् उनी।

म सम्झन्छु, १६-१६ पेजका पत्रहरु लेखेको त्यो पल। पत्र गह्रुँगो भएर टिकट बढी लाग्थ्यो। खै कसरी आउँथे कुन्नि कुराहरु। हाँसो ठट्टा, त्यतिबेलाको परिवेश, आफ्ना सबै कुराहरु, अरुका कुराहरु….के के हो के के। दोहोर्‍याइ तेहर्‍याइ मात्र हो र, दर्जनौँ पटक पढिन्थ्यो। पत्रभित्रै डुबिन्थ्यो। मेहनत गरी गरी पत्र लेखिन्थ्यो र साइकल चढेर सुन्धाराको गोश्वारा हुलाक कार्यालयमा गएर ‘पोस्ट’ गरिन्थ्यो। इमेल र एसएमएस मित्रतामा त्यो मजा कहिले भएन। पत्र लेखेर पोस्ट गरेपछि त्यसको जवाफ आउन झन्डै एक महिना कुर्नुपर्थ्यो, एक महिनाभन्दा अलि बढी समय लियो भने क्या रिस उठ्थ्यो। आजभोलिकाहरुले मिस कल गरेर रिस पोखे जस्तो त्यतिबेला पत्रै लेखेर रिसाइन्थ्यो, घुर्काइन्थ्यो। अहिलेको इन्स्ट्यान्ट, तुरुन्त मित्रतामा त्यो तड्पाइको मजा नै छैन।

प्रेम ? प्रेम भएको हो र ? खै थाहा छैन। हैन होला भन्छु म त। तर अझै उनको सम्झना आउँछ मलाई। कहिले नभेटिएकी र अहिले सम्पर्कमा समेत नरहेकी साथीको सम्झना किन बारम्बार आउँछ, मलाई थाहा छैन- साँचो मित्रता यही हो कि शायद। उनीसित एक पटक भेट्न पाए हुन्थ्यो भन्ने लाग्छ सँधै। तर कहाँ भेटिएला……….!!!

[माइसंसार पढ्ने सबै मित्रहरुलाई मैत्री दिवसको शुभकामना। तपाईँहरुसित पनि यस्तै केही अनुभव भए तल कमेन्टमा बाँड्नुस् है ! ]

40 Comments

  1. उमेश जीको यो संस्मरणात्मक लेखले मलाई पनि पत्र मित्रता रमाउँदाका पुराना दिनहरु याद आए । कलेजमा प्रमाणपत्र तहमा पढुन्जेल म अलिक लजालु स्वभावको थिएं । पत्रमित्रता गर्न मन गर्ने तर पत्र लेख्ने शुरुवात गर्न लजाउने । उपाय निकाले, त्यो बेलाको लोकप्रिय बिमोचन मासिकमा फोटो र नाम ठेगाना छपाउने अनि कसैले पत्र पठाइ हाल्छ कि भनेर प्रतिक्षा गर्ने । नभन्दै नाम ठेगाना प्रकाशित भएको १ महिना बित्दा नबित्दै पत्रहरु आउन शुरु भयो । धेरैसंग रुची, वैचारिक स्तर आदि इत्यादी मिलेन र १-२ पत्राचार पश्चात त्यो क्रम भङग भयो । तर ३ जना साथीहरुसंग केही समयसम्म मित्रता चल्यो र केही पछि उनिहरु पनि बिहान हुँदै जाँदा तारा हराए सरि हराएर गए । त्यसमध्ये लन्डन निवासी कला राईसँग भने सबैभन्दा लामो समयसम्म मित्रता कायम रह्यो ।
    कला जीको बौद्धिक स्तर पनि अलिक माथिल्लो थियो । लेखन शैली, अक्षर अनि भाव सबै सधैं स्तरिय हुन्थे । जहिले पनि हल्का खैरो खाममा सुन्दर अक्षरले सफा गरी लेखेर पत्रलाई मिलाएर पट्याएर पठाउने उहाँ । एक पत्रदेखि अर्को पत्र पठाउने gap पनि प्राय: प्राय: उस्तै हुन्थ्यो । पत्र सधैं पढुं पढुं लाग्ने मिठासपूर्ण र आत्मिय भाषामा हुने । यसै शिलशिलामा कलाले एउटा पत्रमा लेख्नु भयो ‘म तपाईंको आवाजसंग पनि परिचित हुन चाहान्छु, त्यसैले म तपाईंलाई फोन गर्दैछु है चाडैं नै ल’। तर शायद त्यो नै उहाँको अन्तिम पत्र हुन गयो मेरो लागि । गाउँमा एउटै VHF फोन थियो । केही दिन पर्खें, फोन आएन । करिब त्यसै बेला एउटा गैससमा जागिर पाए पछि म लागें दुर्गम पहाडको गाउँघर चाहर्न । हिंड्नु अघी सबै कुरा लेखें र पत्र पोस्ट गरें । फिल्डमा गए पछि अर्को एउटा पत्र लेखें र अफिस बन्द भै सकेकोले भोलिपल्ट रजिस्ट्री गरी पठाउन भनी हुलाकीको हातमा पत्र र पैसा दिएं । दुबै पत्रको जवाफ आएन । घर फर्के पछि पुन: एक पत्र लेखें । त्यसको समेत जवाफ नआए पश्चात भने हाम्रो मित्रता टुङियो । त्यती आत्मिय र नियमित रुपमा पत्र लेख्ने कलालाई खै के भयो ? मैले केही गल्ती गरे कि भनेर आफुले लेखेका सबै पत्रहरुको व्यहोरा सम्झी हेरें । म पनि संभव भएसम्म शिष्टता र विनम्रतालाई ख्याल गर्दै लेख्ने गर्थे । कहिलेकाही यो पापी मनमा लाग्छ मैले पत्र रजिस्टर गर्न दिएको हुलाकीले पो पत्रै नपठाइ पैसा गोजिमा राख्यो कि या म नभएको समयमा मेरा भाईबहिनीहरुले उत्सुकताबस पत्र खोली हेरेर डरले च्याती फाले कि ? या अरु नै केही भयो । खै के खै के?

    जे भए पनि एउटा शिष्ट, बौद्धिक र असल मित्रको नाताले अझै पनि कहिलेकाही कलाजीलाई सम्झने गर्छु म र जहाँ भए सफल, सुखद र खुशीका साथ उहाको समय व्यथित भै राखेको होस् भन्ने कामना गर्ने गर्छु ।

  2. धेरै राम्रो लाग्यो लेख| मा पनि आज मेरा सम्पर्ग बिहिन पुराना पत्र-मित्र हरु लाई पुन सम्पर्ग को लागि अनुरोध गर्दछु|मेरो सम्झना मा रहन सफल ति मित्रहरुमा =इलम चिसापानी कि मुना भटराई,मोरंग अमरदह सुँगा बजार कि तारा तिमल्सिना+कोपिल बस्नेत अनि खोटांग चिसापानी का रमेस बिस्ट लाई यो ब्लग पड्नु भो भने मेरो सम्पर्ग नं ०१६९७३२५१६ मा एक पटक सम्पर्ग गर्न अनुरोध गर्दछु | किशोर तिवारी{अन्जन} हाल मलेसिया

  3. “पत्र मित्र अर्थात् उहिले पेन पाल भनिने सिट गाँसिएको एउटा सम्झना”

    मेरो मित्र विजय गोपाल श्रेष्ठ र अरु ४ जना बम्बेको यर इन्डियाको हेद अफिसमा त्रेनिंगको लागि गएको थिएँ/ यक दिन विजय र अरु साथीहरु घुम्न गएको बेला म र मेरो अर्को साथि मात्रै होटेलमा आराम गर्दै थिएँ/ तेतिकैमा मेरो अर्को साथीले बिजयको डायरी तकिया मुनि देखेछ र पढ्न थालेछ/ अरे यो बिजयले त् दार्जलिंग्को केटिलाई पेनपाल बनाएको रहेछ हेर त उनिको ठेगाना पनि लेखेको छ भने/

    अनि मैले र मेरो साथीले बिजयको नाममा त्यो केटीलाई बिबाह गर्ने प्रस्ताव सहित एउटा लेटर लेखि हाले र मेल पनि गरिदिएँ/ त्यो कुरा हामीले विजयलाई पछी सम्म पनि भनेनौ/ बम्बे बात फर्केर आएको केहि महिना पछी बिजयको बिबाह हुने कुरा सुन्यौं/ केटि त् उही पो रहेछ/

    हामीले नकली लभ लेटरमा बिबाहको प्रस्ताव गरेको त् केटीले स्वीकारेको पो रहेछ/ बिजयले मन मनै त्यो केटि सिट बिबाह गर्न चाहेको तर लेख्न आँट नगरेको रहेछ/ विजय दार्जलिन्मै गयर त्यो केटि सिट बिबाह गरे/ अहिले मेरै टोलमा घर बनायर बसेको छ/ भाउज्युले त्यो कुरा पछी मात्रै थाह पाएको थियो/

    त्यो मेरो साथि विजय गोपाल श्रेष्ठ सायद अहिले पनि काथ्मान्दुको अमेरिकी दुतावासमा कार्यरत हुनु पर्छ/

  4. देखादेख नभए पनि भावनाले एकदमै नजिक बनाउने सम्बन्ध नै पत्रमित्रता रहेछ । सबै कतिपय पत्रमित्रहरुले विर्सेर जानु भयो । कतिसाथीहरु सँग अहिले पनि सुमधुर सम्बन्ध रहिरहेको छ । त्यस बेलाका मित्रताका भावनाहरु पनि अहिले कहाँ पाउनु ? देख्दै नदेखेको मान्छेलाई आफ्ना सबै कुरा पत्रमार्फत जानकारी गराईन्थ्यो । पत्रैबाट सुख दुःख सबै साटासाट हुन्थ्यो ।
    को कता पुगियो को कता ? । जहाँ जहाँ रहे पनि हाम्रो सम्बन्ध अमर रहोस । सबै साथीहरुलाई सम्झना ।

  5. क्या दिन थियो | बेग्लै मज्जा | चिट्ठी पढ्न, जवाफ लेख्न, पत्र खोलेर पढ्न आतुर | अब त कथा जस्तो हुन आउछ |

  6. हुम्म्म्म…..खुसि लग्यो….अनि मेरो रईतिंग त राम्रो रैछा है पहिला?? हेहेहेहे …. साछी त्यो समय को लेत्टर हरु औधी प्यारा छन् अहिले को मेस्सेगे भन्दा….अहिले सम्म छन् मा संग ति चिठी हरु…..कहिले कहिँ पढ़छ्हू र एक्लै हासेर बस्छु……!!

  7. बिदेशमा छु स्वदेशको मित्रहरु टाढा छन्
    अहिले नियेमित सम्पर्कमा तपाईहरुनै हो/

    कुरो र बिचार मिल्नै पर्छ यो धारणा छैन
    “रातो-हरियो” को कारण मित्रता सांघुरिन्दैन/

    तितो सुनिनुको कारण तितो बोलिनु नै हो
    माफी मै माग्छु मित्रहरु सिट दिनु हुनेनैछ/

    “मेरो संसार” मेरो “मित्र संसार” हो मनैले भन्छु
    मित्रहरुको मंगल होस्; नेपाल स्वर्ग जस्तै होस्/

  8. उमेश भाइ!
    युवावस्थाको त्यही भावुकताले ‘पत्रमित्र’ तिर डोहोर्यायो।त्यसैको फलस्वरुप आज पत्रकार जस्तो सिर्जनात्मक प्रतिभासँग तपाई बाँच्नु भएको छ।हामी पनि नया सन्देश भन्ने पत्रिकामा नाम छपाएर यसैगरी भावुकतासाथ पत्र लेथ्यौं।त्यसले आज मलाई दुइ-चार अक्षर कोर्न ठूलो मद्दत पुर्याएको छ।

  9. साथी हुन्छ

    सबै भन्दा माथी हुन्छ।
    जोचै सच्चा साथी हुन्छ।।

    परेर आए बिपत्ती कतै,
    पहिले थाप्ने छाती हुन्छ।

    दिल खोली पिर माग्दा,
    सारा पिँदा जाती हुन्छ।

    सुखमा आई दुखमा लुके,
    त्यो बिस्वाशघाती हुन्छ।

    दियालो बाली बाटो देखाने,
    साँचो मित्र राती हुन्छ।।

    ह्यापि फ्रेन्डसिप डे अल माई संसार रिदर्स्……

  10. लेखक लाई धेरै धेरै धन्यबाद
    तपाई का समय धेरै यादगार रहेछन र सुनाउनु भयको मा एकदम खुशी लग्यो
    मित्रता गास्ने राम्रो र टिकाउ र साचो अर्थको बाटो l

  11. उमेश जी मलाई पनि तपाईको यो लेखले पुरानो यादहहरु ताजा गरायो । मैले पनि एक जमाना आर.आर क्याम्पस पढ्दाताका बहुत पत्रमित्रता गरीयो लगभग ५०० भन्दा बढी संग एकै पल्ट । तपाईले भन्नुभए जस्तै कति मजा आउथ्यो पत्र पढ्न र लेख्न अहिले सम्भिmदा पनि रमाईलो लाग्छ । सुन्धारामा गएर पोष्ट बक्स खोल्दा एक पल्टमा ५० भन्दा ज्यादा पत्र आउथ्यो । तर आज ती सबै अतीत बनिसके मिठो सम्झना बनेर । अहिले प्राय सबै साथीहरु छुटिसकेका छन् सम्पर्कमा त थोरै मात्र छन् तर सम्झनामा धेरै छन् । हाल नजिकको पारीवारीक जस्तै बनेको साथी उदयपुर को बलराम राई छन्, भोजपुरका कुबेर राई अन्यको त ामत्र सम्झना मैले धेरै सम्झेर आत्मिय लाग्ने तर सम्पर्कमा नभएकाहरुमा, बाकामलां २ गेझा पाल्पाकीरुमा राना मगर, बासिखोरा ५ भोजपुरका सुमन ईशारा, आखिसल्ला ९ धनकुटाकी पुजा चाम्लिं राई, मोरं डागीहाटकी कल्पना सुब्बा आदी हुन् ।

  12. मुरी मुरी धन्यवाद साँचो अर्थमा मित्रता के हो भन्ने सम्झैदियाकोमा
    नत्र त अहिले को साथी त बन्न नपाई बिर्सी सकेको हुन्छ नाम पनि

  13. यो article ले धेरै मन छोयो, वास्तवमा मित्रताको किरण साचो छ भने यो कहिले पनि अस्ताएर जादैन

  14. युवामंच , कामना र अन्तर राष्ट्रिय पत्र मित्र क्लब आयरल्याण्ड को सहयोग ले देश विदेश मा साथि हरु बनाउन पाउदा निकै खुसि लाग्थ्यो ,सायद त्यो एउटा फेसन थियो त्यसैले दिगो साथीत्व फैलिन पाएन . तापनि एक दुइ जना संग यति घनिष्टता छ त्यसैमा मख्ख छु.गोर्खा कि दिदि सबिता (जन युद्ध को सुरुवात देखि सम्पर्क बिहिन ) तथा हेटौडा का मित्र केदार पुडासैनी यी सच्चा मित्रताका का अनुपम उदाहरण हुन् .
    बिस्वास गर्न नसकिने धेरै मित्र हरु हुनुभन्दा आँखा चिम्लिएर बिस्वास गर्न सकिने थोरै मित्र हुनु भाग्य हो.
    ” जय मित्र दिवस ” !!!

  15. मेरो जीवनमा पनि एउटी साथी थियिन तर हाम्रो पत्राचार नभाको नै धेरै भईसक्यो.

  16. यो दिन हुनत नया भन्दा पुराना आत्मीय साथी हरुलाई नया पुराना अविस्मरणीयछेण हरुलाई सम्जी आफ्ना हितेसी साथी साग खुसि मनाऊने दिन हो|
    तर के गर्नु समय र भाग्य ले भागायाको यो साथी आर्कोको मुलुक मा पसिना बगाऊदै यो पत्र द्वारा सबै साथी हरुलाई मित्रता दिवस को सुभ-कामना दिन चाहन्छु| साथै यसमा संदेश भर्ने सबै साथी हरु लाई मित्रता दिवस को धेरै धेरै सुभ-कामना पर्देसी माइला को
    सुधर्सनादिकारी@याहू.com

  17. आफ्नो पुरानो पत्रमित्र साथीहरूको याद आयो / १५/२० जना थिए पत्रमित्र साथीहरू दुइ जनालाइ भेटे, एक जना दार्जलिंगका सोनी राइ अहिले पनि मेरो बहिनिको नातामा बिगत १९ बर्षदेखि निरन्तर छ / अरू समयको रफ्तारमा कहाँ कता छुट्न गए समयलाई थाहा छ /
    अरू त सबै सालोक्यजी कै जस्तो तितामिठा रमाइला क्षण हुन् /
    इलामका प्रतीक्षा राइ भन्नेले त मेरो बिबाह भएको थाहा भए पछी त ५ पेज लामो गुनासो र गालीले झटारो हानेर अलप भइन् /
    यस्तै पत्रमित्रको कारणले मैले केहि मनको लेख्न सिकेको हुँ अनि फिलाटेलिक कलेक्सनको रुची पनि यसैको उपज हो / अहिले पनि म संग नेपालको मात्र करिब ४०० प्रकारको हुलाक टिकट सुरक्षित छ /

  18. कर्रिब १५ बर्ष अगाडी भएको थियो पत्र मित्र , २ पटक जति भेट पनि भयो ! खोइ अहिले निकै खोजे सबै तिर फचेबूक अनि अरु अरु मा पनि भेट हुन सकेन!! रमाइलो थियो तेती बेला पनि.

  19. कतिपय कुराहरु आफ्नो श्रीमतीलाई समेत नभनेर त्यही साथीलाई सुनाइन्छ| साथीको महिमा अपरम्पार छ| यो असार संसार जिउन परिवार मात्र काफी छैन, साथीसंगको रमाइलो सहवासले जिन्दगी जिउनुमा थप उर्जा प्राप्त हुन्छ|

  20. जिबनमा पत्र मित्र नभए पनि ६ पेज लामो चिठ्ठी लेखेको सम्झना छ मलाई पनि
    त्यसपछि न मसग भेट भयो न कहाँ छन् भन्नेनै थाहा छ
    सुरुमा धरै त होइन ३/४ चिठ्ठी आदान प्रदान भयो होला ……… अन्तिम चै ६ पेज को …………………

  21. पत्रमित्र चै खै बनाउन सकिएन. पत्रु मित्र चै धेरै भेटिए 😀

  22. मित्रता दिवसले थुप्रै साथीहरुको याद दिलायो । स्कूले जीवन सकेर कलेज र त्यसयता विदेशको दौडधूपमा अल्झनुपर्दा नियमित सम्पर्कबाट टाढिनुभएका मेरा किशोर अवस्थादेखिकै साथीहरु अझै पनि म तपाईंहरुलाई सम्झिरहेकोछु:

    पूर्णप्रसाद पोख्रेल ‘व्यग्र’, मेची वहुमुखी क्याम्पस, झापा
    केदार खड्का, जिरी, दोलखा
    रमेशप्रसाद पौड्याल ‘सागर’, राम्चे, सिन्धुपाल्चोक
    किशोर दूरा, म.प.वि., बबरमहल
    बौद्धराज अर्याल ‘आकास’, म.प.वि., बबरमहल
    सुरेश तिवारी, सिप्रदी ट्रेडिंग, काठमाडौं
    सुराग पौडेल ‘आँशु’, औरहीटोल, जनकपुर
    लामाकाजी साङ, शेर्पा ट्रेकिंग, ठमेल
    रमना थापा मगर, गीतानगर, चितवन
    अणराज सिलवाल ‘याहू’, वीरेन्द्रनगर, चितवन
    कृष्ण थेवे, लेखफर्सा, सुर्खेत
    मनोहर शर्मा, काठमाडौं

    र अरु थुप्रै साथीहरु तपाईंहरुको २०४५-०५० ताका चितवनमा कुनै पौडेल ‘दु:खी’ उपनामधारी पत्र-मित्र साथी थियो भने त्यो मैं हुँ, कपया जीमेल डट कम को मेरो आईडी b p o u d e l मा खाली ठाऊँ नराखी ईमेल पठाउनुहोला है ?

  23. उमेश, सम्झनाको लागि धन्यवाद ! नेपालबाट टाढिए पनि मन टाढिएको छैन है मित्र । त्यसैले मित्रता दिवशको शुभकामना तिमिलाइ पनि । प्रसङ्ग चल्दा यहाँ एउटा कुरो थप्न मन लाग्यो, मैले पत्रमित्रबाटै जिवनसाथी पाएकोमा खुशि छु ।

  24. उमेश जी बिक्रम संग सगै पढेको हो १० सम्म . उ अति राम्रो साथी थियो. इन्जिनिएर भयो भन्ने सुनेको थिए तर SLC पछी भेट भएको छैन. धेरै पहिला येही ब्लगमा उसको फोटो देखेको थिए, धेरै मिहेनती र मिलनसर छ . Hi Bikram Glad to know Your Friendship With Umesh जी..RamChandraPou

  25. सर्बप्रथम धन्यवाद सालोक्य जी सान्दर्भिक लेखको लागि!!!
    म सात कक्षा पढ्नको लागि चितवनको देवघाटस्थित श्री सीताराम संस्कृत बिद्यालयमा भर्ना भएको थिए र त्यहा मेरो सहपाठी सिर्जना पौडेल संग निकै गहिरो सथित्व थियो!!!!परिस्थितिले गर्दा १ वर्षपछी नै म मेरो घर स्यांग्जा फर्किए!!!!!पहिलेको १/२ वर्ष त हाम्रो चिठीहरु चल्यो चिठ्ठी स्कूलको ठेगानामा पठाउने गर्थ्यौं,,,SLC को परिक्षापछी पुन चिठ्ठी लेख्ने बाचा थियो हाम्रो तर घरको ठेगाना दिन भुलेछौँ २ जनालेनै येतिकै मा हाम्रो संचार टुट्यो!!! उनि कहाँ छन् अहिले मलाई केहि थाछैन तर उनको सम्झनाले निकै सताउछ ! अहिले आएर FACEBOOK मा पनि निकै खोजे पत्ता लगाउन सकेको छैन ! उनीले पनि MYSANSAR पढ्ने गरेको भए कमेन्ट गर्न अनुरोध गर्दछु सायद हाम्रो भेट हुन सकोस!!!

  26. धेरै धेरै समझना,

    शुरुमै ‘प्रीयतमा’ शब्द पढदा झस्कीयौ होला ?तर के गरु मलाइ आज यसै गरी तिमीलाइ झस्काउन मन लाग्यो ।फेरी तिम्रा वचनले कैयौ पटक म पनि त झस्कीएको छु,आज तिम्रो पालो ।कसो कसो यो ‘प्रीयतमा’ शब्द मन खाएर निस्कयो । भरिएको ब्लाडरमा प्वाल पर्दा हवा छवास खुस्कीए जस्तै खुस्कियो । खोतल्दै जांदा तिमीलाइ सम्बोधन गर्न यो भन्दा अर्को प्यारो शब्द मलाइ फुरेन ।शायद यो मेरो शब्दभण्डारको कमजोरी पनि हुनसक्छ ।नजीकै भाको भए प्रीयतमा शब्द सुन्नुपर्दा तिमीलै पक्कै पनि कान निमोठथ्यो । मुखमा आको शब्द पेट तर्फ नफर्काउने मेरो बानि तिमीलाइ थाहा छदैछ । त्यसैले अब रिसले जति दरफराए पनि, झस्किए पनि । जसोतसो स्थिती नियन्त्रणमा आउने कुरामा म ढुक्क छु ।

    अं त हाम्रो पहिलो भेट अनि तिम्रो फराकिलो मन ।यी दुबैलै शुरुवातमै अंकमाल गरेछन । त्यसैले त तिमी र म बिचको आत्मीयता शिरिषको फुल झै झागीयो ।अनि यसको असरदार प्रभावको कुरा त छदैछ । मलाइ थाहा छ तिमीलाइ अर्कोको मुखबाट प्रत्यक्ष गरीएको आफनो बखान मन पर्दैन ।विगतमा मैले कैयो पटक त्यसो गर्ने दुस्साहस पनि गरे तर तिमीले ग्रिन सिग्नल देखाइदियौ । अनि त हात मुख थपक्क ।अगाडी खाल्डो देख्दा डाइभरदाइले ब्रेक मारे जस्तो जिब्रोमा ब्रेक लाउनुपर्ने । मानौ म नियम मिच्दैछु र ट्राफिक दाइले सिटी बजाएर मलाइ रोक्दैछ । तर आज मन कसो कसो बहकिएर आयौ। शायद तिमीले पत्रका पन्नाहरु जुन स्थानबाट अहिले पल्टाइरहेकी छौ त्यहा अहिलेपनि मन्द मन्द हवा चलीरहेको होला ? यो मेरो अनुमान हैन यथार्थ हो । तिमी संग मेरो भेट भयो कि मन्द मन्द हवा चलीहाल्छ ।अनि त्यो बहकिएको हावा मा संधै झै लहराउने तिम्रो छोटो कपाल अनि त्यहि छोटा कपाल भित्रका केहि केस्रा रौ जुन तिम्रो कानको डिल डिल हुदै अघि बढछन, अनि तिम्रा औंलाको दबाबमा पछि सर्छन । हाय । यी कुरा सम्झदा मन लोभिएर आंउछ । तर के गर्नु संगै हुदा म यसरी बहकिन थाल्यो कि तिमी मुरमुरीन थालीहाल्छौ‘हामी साथी मात्र हौ के भुपेन’

    अनि त कल्पनाको आकाशमा उडान भरिरहेको मन आफनै परिधिमा थचारिन्छ । त्यसैले होला आजभोली बादल लागीसक्या त्यो आकाशमा उडान भर्ने बानि बिस्तार बिस्तार हटाउदैछु । फेरी यो मस्का लगाउने मेरो बानि खासै पूरानो पनि त होइन ।तर के हुन्छ खै ? तिमी संग भेट भयो यि मस्किला शब्द ले मगज भरिन्छ । अब यसमा मेरो के को दोष? तिमी आफै जान ।फेरि तिमीले ‘साथि’ शब्दले मलाइ साइज मा ल्याउछ । तन्काउदै लगेको रबडलाइ झवाट छोडदा आफनो साइजमा आए जस्तो । साथी भै सकेपछि बिचमा एउटा नियम बनाउनै पर्ने त्यो पनि पालना गर्ने पूर्ण प्रतिबद्धता का साथ । जस्तो सुकै परिस्थिीतीमा पनि नियमापति गनैे मिल्दैन । हैन भने नरहन्छ बांस नबज्छ बासुरि। यहि नियमले त मलाइ साइज म ल्याएको छ हैन भने त यो उडन्ते मन कहां पूगीसक्थयो होला ?

    निकटता बढाउन तिमीले तेर्सयाएको भरेङ चढन पाउनु मेरो सौभाग्य हो।यो अवसर कति ले पाएका होलान, गुमाएका होलान कति पालो कुर्दै होलान । भरेंगमा चालेका मेरा पाइला कहा पूगे त्यो त तिमी आफै मूल्याकन गर त्यो भरेगले मलाइ भने बेग्लै उचँइमा पूर्याइदियो । जहा बाट तिमी र म बिचको आत्मीयता लाइ म सुमसुम्याइरहन्छु ।अनि मक्ख पर्छु । गमक्क पर्छु । अनि के के न पाको जस्तै गर्छु । कति कति बेला अचम्म पनि पर्छु । यति छोटो समय तिमी संगको आत्मीयता यति विघन कसरी झांगीयो ?यसमा कस्को हात तिम्रो, मेरो कि यो परिवेशको ? जस्ले भौतिक रुपमा दिनरात संगै हुने मान्छेलाइ पनि भावनात्मक रुपमा कैयो कोश टाढा धकेलीदिएको छ ।र कैयो कोश टाढा का हामीलाइ यति नजिक बनाएको छ ।

    कहिलैकांहि यसै मन एकान्तको खोजी गर्छ ।वरपरको परिवेश साह्रै उराठ लाग्छ र आफुलाइ मरुभुमिमा भौतारिरहेको यात्रि संग तुलना गर्छू । अनि जसो तसो दिनमा एक दुइचोटी आउने तिम्रो फोन कल पर्खन्छु । मन निचोरेर सुनाउछु । ‘डन्ट वरि यार बी कुल’ तिम्रो यो ‘कुल’ शब्दले मरुभुमिको तापले जलीरहेको यो यात्रीमाथी पानिको मूल बर्सीन्छ । अनि अर्को कुरा मलाइ तिमीले प्रयोग गर्ने यार शब्द औधि मन पर्यो ।हुन त यसलाइ शब्दविज्ञ हरुले सकारात्मक नकारात्मक दुबै तरिकाले अर्थयाएका छन ।तर पनि मलाइ यो शब्द बडो प्यारो लाग्छ ।‘यसो गरौ न यार’ । ‘उसो गरौ न यार’तिमीले भनिरहंदा म मक्ख पर्छु , गमक्क पर्छु ,अनि के के न पाको जस्तो गर्छु । सांच्चि यो ‘यार’ शब्दले दुइ साथी बिचको निस्वार्थ ‘प्यार’ वृद्धि गर्नमा मद्यत पूर्याएकै छ प्यारी ।

    सांच्चि म प्रतिको तिम्रो आत्मीयताको अपेक्षा अनि राजधानिमा गाडि चलाउने कन्डकटरहरुको यात्रु मोह । जति भए नि पूग्दैन । कमै जस्तो लाग्ने ।यात्रु पनि फेरी आफनै गाडिमा चढनुपर्ने। यसलाइ स्वार्थ भनौ कि आत्मीयता ? तिम्रो कृपाले समयले भ्याएसम्म भेटघाट भएकै छ । तर के गर्ने चियाको कप नरितीदै समयले छुटिने आदेश दिन्छ अनि त मन खिन्न भएर आंउछ ।साथी संगी संग बसेर मज्जाले चियाको स्वाद लिन नपाउनु नै राजधानिको विशेषता हो कि जस्तो लाग्छ । गांउ घर जस्तो ‘एकछिन पछि है’भन्दै आलटाल गर्न नमिल्ने । हिन्दी एउटा भनाइ नै छ नि ‘जिन्दगी एक रेस है जितना सकते हो दौडो नहिं तो कोहि तुम्हे कुचलकर आगे चला जाएगा’।अब यति महान महान वाणी सुन्न भ्याका हामी मनुवा किन समयको आदेश नमानौला र ?फेरि थाहा हुदा हुदै जिन्दगीको दौड मा पछि रहन मन नै कसलाइ पो छ र ?अनि अर्को कुरा भेटन कर गरीरहने मेरो कुराले तिमीलाइ सताए कि जसो पनि लाग्छ । फोनमा लम्बेतान बात मारिरहने मेरो बानिले कतै तिमीलाइ झर्को लाग्यो कि भन्ने महसुस हुन्छ ।के गर्छौ त यार अरुलाइ फुर्सद नै कहा छ र कुरा सुन्ने ,भेटघाट गर्ने । त्यसैले शुरुमै तिमीलाइ प्रस्ताव गर्छु सहजै स्वीकार्छो ।धन्य छौ तिमी ।फेरी बाटो हिडदा भेटिनेहरुसंग के साइनो छ र सताउनु ?

    कहिलेकसो तिमी अलिक रिसाएको नक्कल पनि गर्छो ।नक्कल यसअर्थमा कि तिमी रिसाएको केहि समयपछि आफै फकिन्छौ । अब यसलाइ सांच्चिकै रिसाएको नै कसरी भन्नु ?तर तिम्रो रिसको नक्कल ले पनि म लोलाउंछु । त्यो नक्कली रिस ले पनि मेरो छातिमा मार हान्छ । अरुलाइ त फकाउन पनि सक्थे हुंला तर के गर्नु तिम्रो रिसको नक्कल पनि मलाइ असहैय हुन्छ ।त्यतिबेला आंखा अगाडि एउटा तस्बीर घुम्न थाल्छ‘ घर नजीकैको भटी पसल ’अनि त्यतै सुंइकुच्चा ठोक्छु । लौ जा आज यो कुरा पनि खोले, फेरि झस्कियौ कि ? कथमकदाचीत सांच्चिकै तिमी रिसायौ भने मेरो हालत के होला ?

    तिमी प्रति साह्रै नजीकिदो र पढदा झसंग— झसंग बनाइरहने यी शब्दले तिम्रो मन पक्कै पनि आतियो होला । रिसले कान पनि राता भए कि ? आज केहि मात्र अन्तर कुन्तरका कुरा खोले।केहि अझै बाँकि छन । सबै खोले भने रिसले मुर्छा परौली फेरी ।कति सम्मको रिस उठाउदा तिमी फकिन्छौ भन्ने मलाइ हेक्का छ । त्यसैले तिमी आफै फक्किन सक्ने जति नै रिस उठाए मैले । आफै फक्किनौ भने त भएन बर्बाद ? तिमीलाइ फकाउने सीप भए पो म संग ।

    अं त साथी धन्न गांठी कुरा छुटाएको । आज भोली मलाइ एउटा कुराले साह्रै पीरोल्छ‘तिम्रो मेरो साथीत्व यसैगरी कहिल्यै सम्म कायमै रहला ?

    किनकी विगतमा साथीत्वको डोरी धेरै संग कसीयो तर गांठो पर्दापर्दै फुकिहाल्ने। बढीमा २,४ वर्षको संगत त्यस पछि त उ पारी म वारी।भेट हुने कुरा त धेरै पर भयो कहिल्यै कसो फोन कन्टेक हुंदा समेत परिचय माग्नुपर्ने। कतै तिम्रो मेरो सम्बन्धका डोरी पनि यतिकैमा चुंडालीयो भने ?म त्यो विगत कदापी दोहोर्याउन पक्षमा छैन ।तरपनि एकदिन पक्कै समयले आदेश दिनेछ ‘अब बेला भयो म जहां पूर्याउछु त्यतै हिड अनि फुकाइदे यी सम्बन्धका गांठागुठी’ त्यतिबेला तिम्रँे साथ को अपेक्षा सहित म निस्फीक्रि भन्न चाहन्छु ‘हे समय त बदलीए पनि म बदलीएको छैन,तैले साथ छोडे पनि कसैको सहारामा म बांच्न सक्छु ’। तर यसका लागी तिम्रो साथ अनि विश्वास अपरिहार्य छ ।अनि के छ त विचार ‘साथ दिन्छौ त प्रीयतमा’ ?बस यति कुरामा साथ दियो भने जति टाढा भएपनि तिम्रो जीवन बाट कहिल्यै गयल हुने छैन । अन्तयमा एउटा निश्चल,निस्वार्थ,निस्कपट, एउटा अपेक्षा —‘तिम्रो मेरो सम्बन्धको डोरी यसरी नै तन्किरहोस जबसम्म त्यो चुडिने अवस्थामा पूग्दैन,चुडिनु भन्दा नतन्काएकै राम्रो ’

    भावनाको फुलबारीमा शब्दका फुल रोप्न खोजेको हुं तर पनि कता कता सिंचाइ नपूगे जस्तो लाग्यो ।मायाले पढयो भने यी फुल पक्कै पनि मगमगाउने छन ।

    ल आज लाइ यतिकैमा बिड मारे

    संधै तिम्रो भलो चिताउने साथी

    भुपेन

  27. ‘हाम्रो पाला’मा युवामञ्च निक्कै लोकप्रिय पत्रिका थियो, खासमा पत्रमित्रताकै कारण । आफ्नो फोटो, नाम र ठेगाना छापिँदा बडो गौरव महशूस भाथ्यो । काठमाडौं, भोजपुर आदि ठाउँका साथीहरू पनि बनाइए; दुइ-चार पत्रहरू पनि साटासाट भए । केहीको नाउँ अझै याद छ, केहीको छैन, तर सम्पर्कमा भने अब कोही पनि रहेनन् । जे होस्, सबै साथीहरूमा साथी दिवसको शुभकामना !

  28. पुराना दिन हरु को याद आयो धेरै धेरै लेखक ज्युलाई
    अनि सबै मित्र मा हप्पी फ्रेन्डशिप …..ऑल द बेस्ट

  29. १० क्लासमा पढ्ने ताकाको कुरा सम्झना आयो. गाउमा एक जना हजुर आमाको ८४ पूजामा निम्ता मान्न आएकी केटि संग परिचय भएको थियो मेरो . बेलुका रात भरि भजनमा संगै थियौ हामी. धेरी कुरा गरियो पहिलो भेट मै, कुरा गर्दै जादा मै संग पदने एकजना साथीको नाता पर्ने रहेछिन् उनि. रात भरि नाचगान र कुराकानी गर्नमै रमाइलो भयो, बिहानी पख सारै निन्द्रा लागेकाले सुत्न म मेरो घरतिर लाए . उनित तेही दिन बिहानै आफ्नो घर गईछिन्, त्यो बेला सम्पर्क को माद्धम भनेको land line phone मात्र थियो. तेही पनि घरमा फोन गर्दा उनको बाबा, आमाले गाली गर्छन भनेर फोन पनि गर्न डराए. पछि तेही म संग पदने साथी संग, उनको होस्टेलको ठेगाना मागेर, चिठी पनि लेखीयो . पछि सम्बन्ध अनि प्रगाड नै भाको थियो 🙂 , मैले पठाएको पछिल्लो २ वोटा चिठी को उत्तर नआए पछि, मैले पनि रीसले चिठी लेख्न बन्द गर्य. तेश पनि एस एल सी को तयारीमा बेस्त भईओ. तेशको २ बर्ष पछि, मै संग पदने साथी संग भेट भयो र फेरी उनको ठेगाना ( कलेज )को मागेर चिठी लेखए. त्यो चिठीको उत्तर आयो, ६ पाना लामो चिठीमा थुप्रै गुनासो, घुर्की र माया थियो. मैले बल्ल थाहा पाए अन्तिम ती २ वोटा चिठी उनको हातमा नपर्दै , होस्टल छाडी सकेकी रहेछिन् , तेश पछि बल्ल इमेल साटा साट भयो र अहिले सम्म हाम्रो नाता एती प्रगाड छ की कुनै शब्द छैन बाख्या गर्ने. कुनै काल खण्डमा झन्डै झन्डै love ( teenagers ) परेको थियो हाम्रो 🙂 तर अहिले अशल साथी पाएकोमा धेरै गर्व लाग्छ. मिस यु मोटी!!!! happy friendship day

  30. पुराना दिनहरुलाई सम्झाउने मित्रता दिवसको अवसरमा सम्पूर्ण साथीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु /

  31. FACEBOOK बाट बनेको सबै मित्रता साथीहरु सबै लाई गुड्मोर्निंग नमस्कार !!! आज यो रिति आन्तरराष्टिय मित्रता दिवश अर्थात् फ्रेन्डसिप डे | अगस्त महिनाको पहिलो आइतबार मा आर्थात मनाउने भएको हुन ले सबै मित्रता हरु लाई फ्रेन्डसिप ब्याण्ड सटासट गरिने भएको ले सबै लाई सम्झना | ALL THE BEST !!! GODS BLESS YOU .

  32. सान्दरभिक लेखको लागि स-धन्यबाद मित्रहरुको कदर गरौ .

  33. सबैको जीवन मा अविस्मरणीय साथी हरु हुन्छन . पुराना दिन हरु याद आए. धन्यवाद लेखक लाई .

Comments are closed.