अब फन्दामा पर्ने भए नेपालको ऐतिहासिक हतियार अमेरिका पुर्‍याउनेहरु

गत डिसेम्बर २७, २०१० मा नेपालका पुरातात्विक महत्त्वका हतियारहरु गुपचुप अमेरिका पुर्‍याइएको खुलासा माइसंसारको ब्लगमा हुँदा त्यसरी पुर्‍याउने काममा संलग्न हुनेहरुलाई खासै केही चिन्ता गर्नुपरेन। तर अब देशको सशक्त मिडिया कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकले यस विषयमा निरन्तर समाचार प्रस्तुत गर्न थालेपछि आशा जागेको छ, पक्कै फन्दामा पर्नेछन् अब उनीहरु। स‍ंसदको राज्यव्यवस्था समितिले यस विषयमा छानबिन थाल्ने भइसकेको छ। रक्षा मन्त्रालयले पनि यस विषयमा छानबिन गर्ने बताएको छ। संस्कृति मन्त्रालयले पनि १०० वर्ष पुरानो सामान देशबाहिर पठाउनु गैरकानुनी हुने बताइसकेको छ। ढिलोचाँडो पक्कै दोषीहरुको पर्दाफास हुने नै छ। यहाँ ७ महिनाअघि माइसंसारले यस विषयमा लेखेको ब्लग सान्दर्भिक भएकोले पुनः प्रकाशन गरिएको छ।

कसरी पुग्यो नेपाली हतियार अमेरिकामा?
-राजेन्द्र राई, कोलोराडो-

काठमाडौँको लगनमा एउटा पुरानो दरबार रहेको छ। त्यहाँ ऐतिहासिक हतियारको भण्डार थियो।

  • ५० हजारभन्दा बढी बन्दुकहरु,
  • अनगिन्ती खुकुरीहरु,
  • राइफलका सङ्गिनहरु,
  • १८० तोपहरु
  • अनि गोलीगठ्ठाहरु

४ लाख ३० हजार किलोग्राम वजनका ट्रकका ट्रक ऐतिहासिक हतियार नेपाली जनतालाई थाहै नदिई गुपचुप अमेरिकाको न्युजर्सी पुर्‍याइयो।

सन् २००३/२००४ मा क्रिस्चेन क्रेन्मर नामका एक अमेरिकीले हतियार भण्डारमा आई छानी छानी हतियार लगे।

उनको डकुमेन्ट्रीमा हतियार छान्न र प्याक गर्नमा वर्दीधारी सैनिकसमेत संलग्न देखिएको छ (नजिकैको फोटो हेर्नुस्)

• उनले ती सब हतियार कसरी अमेरिका ल्याए ?
• उनलाई कसले त्यो हतियार बेच्यो ? नेपालको तत्कालीन श्री ५ सरकारले ? नेपाली सेनाले ? राजाले ? वा कुनै नेता ले ?
• के प्रक्रिया अन्तर्गत बिक्री गरिएको थियो?
• त्यस्तो ऐतिहासिक महत्वको सामाग्री नेपाल सरकारले किन जतन गर्न नसकेको?
• त्यो हतियार बिक्रीको बारेमा किन समाचार आएन?
• के यो सब काम षड्यन्त्रपूर्वक गरिएको थियो?

हेर्नुस् त एक जना नेपाली सैनिक पनि हतियार अमेरिका लैजान प्याक गर्दै गरेको बेलामा देखिन्छन्।

पुरातात्विक महत्त्वका यी हतियारको यत्रो भण्डार कसरी एक अमेरिकीले सुटुक्क लैजान सके ?

यहाँ पनि एक नेपाली सैनिक पहिरनमा देखिन्छन्। डकुमेन्ट्रीमा दावी गरिए अनुसार ५० हजारभन्दा बढी त बन्दूक मात्रै थिए। अनगिन्ती खुकुरीहरु थिए। कसले कति रुपैयाँमा बेच्यो यो हतियार ? रकम क-कसको खल्तीमा पुग्यो ?

डकुमेन्ट्रीमा दावी गरिए अनुसार काठमाडौँको लगनस्थित पुरानो दरबारबाट ४३० टन हतियार सन् २००३/२००४ मा उठाएर अमेरिकाको न्युजर्सी लगिएको थियो। यो समाचार किन अहिलेसम्म गुपचुप राखियो ? को को संलग्न छन् यसमा ?

डेढ सय वर्षभन्दा पुरानो नेपाली राइफलहरु (भरुवा बन्दुक) अहिले अमेरिकामा करिब ३५० अमेरिकी डलर मूल्यमा किन्न पाइन्छ। ऐतिहासिक हातहतियारका सामाग्रीहरुको संकलक एवं बिक्रेता इन्टरन्यासनल मिलिटरी एन्टिक यूसएको साइटमा ऐतिहासिक हतियार विवरणसहित बिक्रीमा रखिएका छन्।

नेपालमा बनाइएका यी राइफलहरु तत्कालीन ब्रिटिश p-1853 enfield rifle musket मोडेलका बन्दुकहरु हुन्। यो मोडेलको बन्दुकहरुको महत्व किन छ भने यस्तै खाले बन्दुकहरु नै सन १८५७ को भारत विद्रोह (Indian mutiny) मा, सन् १८६० को सुरुवातमा भएको अमेरिकाको गृहयुद्धमा र अन्य तत्कालीन समयका प्रमुख लडाईंहरु जस्तै क्रिमियन युद्ध, न्युजिल्यान्डको युद्ध मा समेत प्रयोग भएको थियो।


नेपालको प्रथम वैज्ञानिक भनिने गेहेन्द्रशमशेरले बनाएको राइफल बिक्रीमा।

तत्कालीन ब्रिटिश सैनिक निर्देशनमा ती बन्दुकहरु नेपालमा बनेको अनुमान गरिएको छ। बन्दुक संकलनका सौखिनहरु, बारुदी बन्दुकबाट सिकार गर्न रहर गर्नेहरु, अमेरिकन सिभिल वारको प्रदर्शन गर्नेहरुका लागि यो बहुमूल्य सामाग्री हो।

सो वेबसाइटका अनुसार वेबसाइट प्रमुख क्रिस्चेन क्रेन्मरले २००३/२००४ मा नेपाल गएर नेपालको पुरानो हतियार खरखजानाघर लगन सिलखानाबाट हजारौं ऐतिहासिक हातहतियार फेला पार्न सफल भएका थिए। त्यसमा ५० हजारभन्दा बढी बन्दुकहरु, अनगिन्ती खुकुरीहरु, राइफलका सङ्गिनहरु, १८० तोपहरु अनि गोलीगठ्ठाहरु थिए। सय वर्षभन्दा बढी थान्को लागेका ती हतियारहरु काम नलाग्ने गरी सडिसकेका थिए। ती बन्दुकहरु अहिले अमेरिकामा ल्याएर कुनै त्यतिकै अवस्थामा र कोही मर्मत गरी राम्रो पारेर बिक्रीमा राखिएका छन्।

क्रिस्चेन क्रेन्मरले नेपालमा गएर त्यो हतियार भन्डारन कसरी फेला पारे भन्ने बारे डकुमेन्ट्री पनि बनाएका छन्, हेर्नुहोस्


यसका साथै उनले यससम्बन्धी एउटा पुस्तक पनि लेखेका छन् Treasures where you find it

 

45 Comments

  1. Let us publish a tender notice to rule Nepal by India, USA, UK, Australia, China for 50 years. We can handover Nepal to the highest bidder and share the money eqaually to all Nepalese. By doing this at least the poor people can servive for the rest of his life.

    I am sure the higest bidder will be happy to rule the country.

  2. Dont understand what fuss this really is about?…. If this guy had not come in, these weapons would have got rusted, lost and forgotten anyway like any other old weapon that got hidden and wiped away beneath the earth.. These were of no use for nepal.At least they are now in good hands who can preserve them and with it bring out the tales of Nepal.

  3. अहिले सम्म नेपाल मा त्यो सामान भएको भए अहिले कुहिएअर माटो भैसक्थ्यो, तेसैले बेचेको नै ठिक हो/ कि सम्रक्ष्यन् गर्नु पर्यो कि आम्दानी गर्नु पर्यो… फ्याक्न भएन/

    • बेच्नु भन्दा samrakshhan गर्नु राम्रो हो..नेपाली को बुद्धि ढिलो पलौछं भनेको येई हो /

    • @yogi थोत्रो भयो भन्दैमा आफ्नो प्रेमिकाको चिनो त फल्नुहुन्ना होलानी |
      तपाइलाई स्वाभिमान भनेको थाहा छ ? छैन भने तपाई संग कुरा गर्नु बेकार छ |

  4. above shown is the not the first Rifal created by our first own scientist Gahendra Shamser rather show the picture of manual automated stand gun which was around 2 pieces. Above one is muskat used by east india company for a short while. Ali research garnu paryo. Also you can see they are saying it is the first ever to be found antique weapons with such a abundance. Check this website where this gun are sold in the price of amazing price and just calculate. Even the muscat balls in the number of thousands found under earth. Today they are selling each of those for the price of US $ 9 each.

    http://www.militaryantiquesmuseum.com/military_antiques.php?pz=1&searchunder=category&searchfor=Antique+and+Deactivated+Firearms ( for the price being tagged for each weapons taken from us)

  5. कुकुर नै हो आफ्नो देसको सामान बाहिर पठाउने

  6. सजाए त यिनी हरु ले पाउनु नै पर्छ. तर माथि ठुला बडा टाउके हरु को सामेल बिना यो काम सम्भव छैन. तसर्थ राजा, मन्त्रि, प्रधानसेना पति जो कोहि होस् पत्ता लगाई सुडान काण्ड मा जस्तो धरौटी मा निस्कने नभई जेल नै हाल्नु पर्छ. फटाहा हरु लाई.

  7. केकोकर्वाही
    कारवाही गर्ने ले हरुलेनै बेचेको होला ? बुत्रोको कारवाही ? कारवाही बया पनि पाले र गार्ड लाई कारवाही हुन्छ | सुडान काण्ड जस्तये |नेपालमा कसता कसता काण्ड त सेलायो ब्रस्ताचार गरेर कमाउने हरु हिरो वयो |जनता हरु जिरो बय| नेपाली जनता हरु मोटर साइकल मा पेट्रोल पाएन बने मात्र आन्दोलन गर्छ | देसको माया बारेमा सोच्न कसलाई फुर्सद छ ? दिक्क लागेर अयुछा| जय नेपाल | गए नेपाली |

  8. अब नेपाल प्रहरी को सुडान काण्ड अनि सेना को पुराना हतियार बेचेको काण्ड गर गर कुकुर हरु नेपाल को बेइजत यी चोर हरु लाई हामी नेपाली जनता ले कसरि विश्वास गर्नु ? हाम्रो जन धन र देश को कठै दुर्गति नै हुने भयो नि ! हामी जनता ले खुन पसिना ले तिरिको तिरो बाट तलब त खायकै छौ नि हो मुर्दार हरु किन देश को बेइजत गर्दछौ ! तिमि हरु ले खायको सपथ लाई नबिर्सन ! कुकुर हरु! यस्तो भयो भने नेपाल प्रहरी र सेना लाई जनता ले कसरि विश्वास गर्नु ! सुध्र है सुध्र बेलई मा सुध्र पछि जनता को पालो आयो भने धेरै पछुताउनु पर्ला अजै पनि यो बहादुर को देश मा देसभक्त जनता को कमि छैन!
    जय देश !

  9. धेरै दु:ख लाग्दो कुरा हो यो !राष्ट्रको एतिहासिक महत्तो र परिचय बोकेको यस्ता सामान (सम्पति)हरु आमजनताले सुइकोसम्म नपाउनेगरी बर्सौ पहिले बेची पठाइसकेको भन्ने थाहापाउदा त्यो पनि ३५ करोड रुपैयामा, के नेपाल राष्ट्रमा ३५ करोडको लागि त्यस्ता सामान हरु बेच्नुपर्ने अबस्था आएको थियोर ? यो सबै कमिसन खाने र कमाउने उदेस्यले गरेको कुकार्य हो !ढिलै भय पनि घटना सार्बजनिक भएकोछ ,सत्य तथ्य के हो? छानबिन गरि दोसिहरुलाई कारबाही गर्नु पर्छ ,यस्ता राष्ट्रघाती मुलूकमाराहरुले त पैसा पाए भने आफ्नै आमा, मातृभूमि पनि बेच्न पछी पर्दैन ,यस्ताहरुलाई हामि आमजनताले नै सजक र सतर्क गराउदै जानु पर्छ ! जय नेपाल

  10. अमेरिका लाइ देश पनि बेचे हुन्छ हो भनाउदा हरुले …

  11. आफ्नी आमा (देश) बेच्नेलाई केही नहुने देशमा पुरनो सडेगलेका (बेच्नेहारुको भाषामा) हतियार बेच्नेलाई केको कारबाही होला भनेर आशा गर्नु…

  12. वास्तवमा हामी नेपाली भेडा नै हौ. कान्तिपुरले के के न भेटे झैँ यसलाई यति अतिरन्जित बनिदियो अनि सबै अलिकति पनि नसोची हो मा हो मिलाउन थालिहाले. गाँठी कुरो त्यो पैसा कहाँ गयो, त्यसको सदुपयोग भयो भएन, राजस्व मा आयो आएन पत्रकारले त्यसको खोजि गर्नु पर्छा. थोत्रा सडेका हतियार सधै किन राख्नु पर्यो? दुइ चार ओटा नमुनाको लागि museum मा राखेर अरु बेच्दा के फरक पर्छ र? के हामी खाली शिशि पुराना कागज पुराना भाँडा साट्ने वा बेच्ने गर्दैनौ र? पुराना machine furniture पनि त लिलाम गर्ने गरिन्छा. त्यो पैसा अरु रचनात्मक काममा लगाउन पो दवाब दिनु पर्छ. कि आफुले भाग पाइएन भनेर यत्रो होहल्ला गरेको हो?

    • टन का टन हतियार बेच्दा कमसेकम जनतालाई थाहा त हुनु पर्यो नि पुरु जी के हतियार नेपाली सेना को मात्र होर ? त्यो त सिंगो नेपालीको सम्पति हो कुरा राजस्वो को मात्र आएन ठाउँ पायो भन्दैमा कुनियेत राखिहाल्ने नेपालका ठुला बडा भनौदाहरुलाई कारबाही गर्ने हो भने भबिस्यमा भ्रस्टाचार नहुन पनि सहयोग गर्ने कदम हो यो तेसैले अनुगमन त हुने पर्छ एस्तो लुकी चोरी कामको /

      • तपाइको कुरा ठिक हो बच्चु जी, हो त्यो अनुगमन भनेको हतियार बेच्ने निर्णय विधिसंगत थियो थिएन र त्यसबाट आएको रकम सदुपयोग भयो bhayena खोजि गर्नु हो जस्तो लाग्छ/ तर देश बेचेको, इतिहास बेचेको भनेर जुन किसिमले अतिरन्जित गरिदैछ त्यसबाट यो हामीलाई भेडा बनाएर ध्यान अन्तै मोड्ने चाल त होइन कतै भन्ने शंका लाग्छ/

        • तपाइको कुरा त ठिकै हो/ तर पुरु जी पहिलो पटक नेपाली सेना भित्रको एउटा खुरफातिको सानो झिल्को जनता सामु आएको कुरा हो यो/ शाही सरकारको इतिहासमा येस्ता कति भ्रस्टाचार भयेहोलान? नेपाली सेना भित्र? अनुमान गर्न गारो छ/ तैपनि अबको गणतान्त्रिक सैन्य भित्र एस्तो नहोस भन्न चाहनु हुन्छ भने ? अनुगमन गर्न दिनुहोस/ एदी अनियेमिता र भ्रस्टाचार नै यो काण्ड मा लुकेको भए जनताले थाहा पाउन र अर्को चोटी नेपाली सेना भित्र येस्ता खुराफाती को अन्त होस्/ येही मेरो सुभकामना/

  13. हाम्रा नानीबाबुहरुलाई इतिहासको बारे सुनाउनु पर्दा ति समान हेर्ने हो भने अमेरिका जानु र अध्यन गर्नु भन्न पर्ने भो

  14. यो त पक्का पनि त्यतिबेलाको गृह मन्त्रालय, पुरातत्व बिभाग, संस्कृति मन्त्रालय, राजा, नेता मिलेर बिचेको हुनु पर्छ नेपाली शाहीसेनाको त प्रत्यक्ष संलग्नता रहेछ हामीले कुनै मुर्ति नेपाल बाट ल्याउनु पर्यो भने पुरातत्व विभागले प्रमाणित गरेर मात्र ल्याउन पाइन्छ नत्र तेत्रो हतियार कसरी पुग्यो त अमेरिकनको हातमा ? पैसानै ठुलो होइन पुरातात्विक सामान भनेको इतिहास चिनाउने समान हरु हुन् कसरी बेच्न सकेका थुइक्क देशमारा !!

  15. अब चन्द्र सुम्शेर ले पचास हजार मा महाकाली बेचेय्को कुरा पनि खोतल्ने होकी? भुसन दाहाल लै सुझाव छ

  16. कत्रो आँट कुकुरहरूको !!? एकदिन पर्दा खस्ने डर पनि कस्तो नलागेको ?!
    हुनत आफुसंग हुन्जेल सांग्ला र धमिराको गोलोको रूपमा रह्यो.. अहिले तातो लागेर के गर्नु न फिर्ता ल्याउन मिल्नु !
    आफुसंग हुन्जेल मर्मत सम्भार गरेर संग्रहालयमा सुरक्षित राख्ने विचार कसैलाई फुरेन अब अहिले…
    यस्तो कार्य गर्ने देशद्रोहीलाइ चाही झुन्ड्याउनु पर्छ /

    • Better late then never ..ढिलो भएनी सम्बन्धित निकाएको बुद्धि पलायो ! अब चै संग्रालयमा राख्ने होला /

  17. पुरात्त्तिक हतियार भनेका देसका शान,मान र इतिहाश हुन् ..यस्ता अमुल्य कुराको पनि अलिकति महत्वो नबुझ्ने कस्ता नेता हुन् हो हाम्रा?यिनीहरु सिधै देस्द्रोयी हुन् ….!

  18. बल्ल मान्छेलाई सजाए दिने मृत्यु दण्ड दिने कुरा येस्तोमा पो गर्न सुहौचा त कहाको जनावरलाई मारेर खाने माथि मृत्यु दण्ड दिने कुरा गर्छन साला नेता हरु राजा हरु देस बेचेर खाई सक्यो त भेडो जनता हरुको अगाडी नै तर पनि त भेडो हरु अझै तेही गोबरलाई गणेस र गाईलाई आमा भनेर पूजा गरि बस्छन जाग केहि कदम अगाडी बडु सबै जना भेद भब नराखी ठुलो सानो को हेल होचाई मनमा नराखी सबै मिलेर अगाडी बढे एस्तो दलाल हरु जारी बत्त उखेलेर फाल्नु सक्छौ किन अझै पनि तिमि जनता हरु एक अर्कामा लड्छौ किन एक ले अरक्लाई त सानो मा ठुलो को भावना राख्छौ हेर यी दलाल हरुले तेरो आमा बेचेर खाएको तराई आखा अगाडी तराई घरको दोबाटो बाट बैरीलाई तराई देस बेचेको किन अझै पनि घैटओ मा घाम नलागेको सोचा केहि गर्ने हिम्मत गर देसका जनतालाई एक बनाउने आट राखेर कदम अगाडी बढौ

  19. फन्दामा पर्ने भो हैन, थोरै धरौटी तिरेर सफाई पाउने मौका मिल्ने होला र लुकेर गरेको कालो काम अब सेतो हुने होला / अहिलेसम्म यस्तै, यस्तै हुदै आएको देखिएको छ / अब त्यसो नहोस /
    यसबारे सरकारले एकदम चांडो सत्य तथ्य खोजबिन गरेर दोषीहरुलाई कडा कारबाही गर्नु चुक्नु हुदैन /

  20. त्यस बेला माओबादीहरु के खेलेर बसेका थिए ? साना सेना प्रहरीहरुको घर घर मा अनगिन्ती सुराकीहरु खटाएर कहाँ खटिएको छ ? कतिखेर घर आउछा? सेनाले भारत बाट कतिखेर हतियार भित्र्यौछा ? सेकेण्ड सेकेन्डको सुराक पत्ता लगाउने, त्यति ठुलो मात्रामा हतियार बाहिर जाँदा के तिनीहरु सिपाइकै घरमा कतिकेरा बाहिर निस्कंछा भनेर कुरिहेका थिए या कट्टुको जुम्रा मार्दै थिए ? के त्यतिबेला सिपाहीका रगतको नसाले छोडेको थिएन? यत्रो देशको जिम्मा लिन रगत बगाएकाहरू, यति ठुलो घटना घट्दा सुइँको पनि नपाउनु सत्ताको मात्र सपना देख्नु , खोइ त जिम्मेवार देखिएको?

  21. मैले नबुझेको कुरा के भने नि कसले बाजेको पालाको थोत्रो कसौडी घरमा सजाएर राख्छ ? दुई चार ओटा मुसेउम मा राखे पुगिहल्यो नि, बाकी त्यों मुसा लुकने ठाऊ बनाएर किना राख्नु पर्यो?
    मूल कुरा कवाड बेचेर आएको पैसा राजस्व मा जम्मा गरेको छ की छैन भन्ने हो?
    अब कुन चाहि खैरेले गोर्खेको नाम बेचेर पैसा कमौछु भनेर तेहि कवाड लाइ बेच्छ भने कसको बाउको के लाग्छ ? पहिलो कुरा तेसले बिग्यापन गारे जस्तो तेती पैसा हालेर कुन अमेरिकन ले किन्छ ? अमेरिकाको नेपालीले बन्दुकैकिन्न डरौछ, खैरे लाइ के को गोरखे के को तुरी लाहुरे ; उस्तै उस्तै हो . काइतेले बन्दुक भन्दा बरु किताब बेचेर खाओ होला.
    तेसैले काइते बंधू हरु हो, कवाड बेचेको मा होइना, बर्सको 3 खरब, यानी ३०० अरब, यानि ३०,००० करोड़ बजेट मा कटी लुटेका छन, तेता ध्यान दिएमा देसले केही राहत पाउछ होला. प्रति परिवार दामासाहिले बाड़े पनी ६० हजार भागमा पर्छ .

  22. http://www.ima-usa.com/gurkha-bira-gardner-gun-of-the-victorian-era. मैले यो लिंक मा गएर click गरेर( फोटो मा जूम गरेर) हेरेको त आबुई हाम्रो General Knowledge मा पढेको पहिलो scientist भनेर पढेको गेहेन्द्र शमशेर ले बनाको रैछ यो त ! मेरी बास्सै ! त्येसको टाउको के भाको यो, आफ्नो देशको एस्तो बहुमुल्य कुरो त न्यु जेर्सी को खैरे ले तेल लगायर चिल्लो पारेर हजारौं dollar मा बिक्रि मा पो राखेछ त ! लौ न केहि गर्नु पर्यो अब!

  23. मिडिया मा जे आयो तेस्को पछि लाग्ने? इतिहास बताउन ५ , १0 ओटा हतियार मुसियेम मा राख्यो भने पुगिहाल्छ नि .पुरानो हतियार को बयबस्तापन गर्न पनि सक्नुपरो नि देस ले ” सिटामोल किन्न नपुग्ने देस ले सोर्णभस्म बाडने “

  24. लौ अब फेरी सन् २००२ – २००३ का गृह, रक्षा, र अर्थ मन्त्रि हरुले यो हामीलाई थाहा नै छैन भन्ने भय…. पुरातत्व बिभाग लाई सबै थाहा छ नि देशको ऐतिहासिक सम्पति र खर-खजाना को बारेमा तिनलाई घाँटी समाते पछी थाहा भै हाल्छ नि को को मिलेर यो महान कर्तुत सम्पन्न भयो भनेर… ,,,तर खाने नै तिनीहरु होलान कसले घाँटी समात्ने र ?
    खाय खाय नराम्रो संग खाय पुर्खाको चिनो देश को रगत मस्त चुसे दानव हरुले …
    तिनका अंग अंग मा किरा परोस …तिनको सत्यानाश होस् तिनको सर्वस्व हरण सहित आजीवन काराबास होस् ……

  25. chaanbin garnuparcha ति हतियार बेच्नेलाई कठघरामा उव्यारा ति ऐतिहासिक हतियार नेपाल फिर्ता ल्याउनु parcha

  26. गेह्न्द्र ले तोप बनायको थियो रे भनेर हामीले पढेको पनि झुठो रहेछ क्याहो |बेच्न राखेको वेब सिटे मा त “Purported to have been invented by General Sri Sri Sri Maharajah Gehendra Shamsher Jang Bahadur Rana (1871-1905) the “Bira” Double Barreled Quick Fire Rifle was no less than a virtual copy of the British Gardner Gun”.
    आर्मी मा पनि अझै पनि राणाकाल को जस्तो रबैया भयका अफिसर हरुको हालीमुहाली छ क्यारे| देश को सेवा गर्न को लागि बनायको पद थोरै को मात्र प्रतिष्पर्धा बाट पायको र धेरै को चाकडी नातावाद वा भनसुन बाट मिलेको हुन्छ | अफिसर को पद छ बहाली रहुन्जेल साम दाम दण्डभेद जे गरेर भय पनि आफ्नो र अफन्तो को मात्र उभो लग्नु पर्छ भन्ने मानसिकता तिनीहरुमा छ| कसले कसलाई रोक्न र कारबाही सक्ला र भन्ने होला नि | हेरौं के हुन्छा यो केसमा |

  27. जाबो बजारमा किनेको गणेशको मुर्ति एउटा विदेश लान पुरातत्व विभागको अनुमति लिनु पर्छ भने यो सबै सन् २००२-२००३ का गृह, रछ्या र अर्थ मन्त्रीहरुको काम हो / समातेर जेलमा राख्नु पर्छ / सुडान काण्ड जस्तै अलि अलि खाएका कर्मचारीहरु वलीको बोका बन्ने भो /

  28. हाम्रो देशमा अरु पनि के के सडेगलेका छन् ? मिल्छ भने बेचेर कर्णालीमा चामल पठाउनु परो, त्यो विदेशीले नकिनेको भए कुहियेरै जानेतथियो नि.कमसेकम कसैको घर सजौना कम त आएछ. हाम्रा छोरा नातीहरुलाई नेपालमा बनेको बन्दुक हेर्न अब पीर हुदैन.अमेरिकामा गए हेर्न पाइन्छ यहाँ भाको भएत कुन्नि,बरु कसले बेचेको रैछ पैसा पुरा माग्नु अनि कर्णालीमा चामल लैजानु धन्येबाद

  29. सबै राजा हरु को काम हो , आम जनता ले बेचेको छैन , नेता र राजा बादी मिलेर बेचे होलान , उस जमाना मा काम क छैनानन भनेर बेचे होलान , आज पो तो चिज को अमुल्य भयो र पो,

  30. गाईको दुध गन्हाउने तर ढलको फोहोर नगन्हाउने हामि नेपालीलाई किन चाहियो त्यस्ता पुराना थोत्रा खुकुरी बन्दुक बेचिदिए हुन्छ त्यस्ता कुरा बेच्दा कसैले महल बनाउछ राखेर के काम नारायण हिटीमा भएका पनि बेचीदिए हुन्छ !बैंकका पैसा लुटेर जनताको सम्पति लुटेर मल बनाउने नेता भएको देशमा जवा थोत्रा हतियार !!!

  31. अखितियारले समाते यिनीहरु दरौटिमा chutinchan , अब यिनलाई जना कारबाहीका साथ तेही बन्दुक बोकाएर १४ अंचल ७५ जिल्ला गुमाउनु पर्छ.

  32. लौ ! आर्मी ले कौडी मा बेचेको तोप को मुल्य २ करोड ($27,500.00)

  33. केहि लाख रुपियाँ जरिवाना पछि छोडिन्छ . त्यहि त हो नि . तै पनि ति व्यापारीलाई चाहिं कारवाही हुने पर्छ है . मैले त त्यो घर भूतबंगला होला भन्ठानेको त हतियार गृह पो रहेछ . किन कहिले पनि त्यहाँ मान्छे बसेको देख्दिन, केवल गार्ड बाहेक .

    • मैले पनि तेही भन ठानेको हो……. सानोमा तेही लगन टोल मा गएर खेलिन्थ्यो

Comments are closed.