‘झलनाथलाई झल्ला बना’को कति सुहायो’ र ‘अल इज फेल’ गाईजात्रा व्यङ्ग्य

प्रधानमन्त्री झलनाथ खनालले २८ गते राजीनामा दिन्छु भने पनि गाईजात्राको शुभ अवसरमा २९ गते राति राजीनामा दिए। गाईजात्राको दिन राजीनामा दिने उनी नेपालका ३४ जना प्रधानमन्त्री मध्ये पहिलो हुन्। अब आउँदा वर्षहरुमा गाईजात्रा आउँदा यही दिन उहिलेका एक जना झलनाथ खनाल भन्ने प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए भन्ने सँधै याद रहनेछ।

प्रधानमन्त्रीले राजीनामा दिए पनि यसअघि नै गाईजात्राका अवसरमा उनलाई कलाकारहरुले कस्नु व्यङ्ग्य कसिसकेका थिए। तिनैमध्ये एक हो- कमल गाउँलेको प्यारोडी ‘कति सुहायो, कति सुहायो झलनाथलाई झल्ला बनाको कति सुहायो’। गाईजात्राका थप केही व्यङ्ग्यको भिडियो हेर्न भित्र आउनुस्।

प्रधानमन्त्री झलनाथ खनालले २८ गते राजीनामा दिन्छु भने पनि गाईजात्राको शुभ अवसरमा २९ गते राति राजीनामा दिए। गाईजात्राको दिन राजीनामा दिने उनी नेपालका ३४ जना प्रधानमन्त्री मध्ये पहिलो हुन्। अब आउँदा वर्षहरुमा गाईजात्रा आउँदा यही दिन उहिलेका एक जना झलनाथ खनाल भन्ने प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए भन्ने सँधै याद रहनेछ।

प्रधानमन्त्रीले राजीनामा दिए पनि यसअघि नै गाईजात्राका अवसरमा उनलाई कलाकारहरुले कस्नु व्यङ्ग्य कसिसकेका थिए। तिनैमध्ये एक हो- कमल गाउँलेको प्यारोडी ‘कति सुहायो, कति सुहायो झलनाथलाई झल्ला बनाको कति सुहायो’।

भिडियो हेर्न क्लिक गर्नुस्-

नेता बने हाँसोको पात्र

गाईजात्राको दिन न्युज२४ टिभी, रेडियो अडियो कमेडी एफएम र सिस्नुपानी नेपालले बानेश्वरमा हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा कलाकार किरण केसीले नेपालका नेताहरुको फोटोमा चोरऔँलाले देखाएर हाँस्न आह्वान गरे। नेताहरुको हाँसोको पात्र बने। भिडियो हेर्नुस्-

अल इज फेल

अर्का कलाकार जितु नेपालले थ्री इडियट्स फिल्मको अल इज वेललाई गाईजात्रेकरण गर्दै भने- अल इज फेल, सबै नेता फेल, ६०१ पनि फेल। उनले नेताको पछिमात्रै लाग्ने मिडियाको पनि उछित्तो काढे। अनि सहमति गर्न नेताहरु बैठक बस्दा के हुँदो रैछ भन्ने क्यारिकेचर प्रस्तुत गरे, कांग्रेस नेता रामचन्द्र पौडेलको बोलीको सहारा लिए।

भिडियो हेर्नुस्-

27 Comments

  1. गाइजात्रा कै दिनमा राजिनामा दिनु देश गाइजात्रा हुने छ l सम्भिधान केहि बन्नेवाला देखेन l ५० बर्षमा सम्भिधान बन्दैएन् l ५० बर्ष पछी सम्भिधान बने देश उर्कैको नाम भै सकेको होला वा तुक्री सकेको होला l नेपालीले देश प्रगति नगरी उरुको घर जग्गा लुट्ने ठग्ने मार्ने चन्दा उठाएर आन्तंक मचाउन बाहेक केहि जानेको देखेंनl “जिरे च्यान्से बाहुन”

    • झल्लु लाई होइन झल्लु र अरु नेताहरु ले नेपाली लाई झल्ला बनाएको कसैले नि थाहा पाएनन् कि कसो ?

  2. साच्चै अब त सबै हास्य कार्यक्रम सुन्न पनि झ्याउ लाग्न थाल्यो! नेतालाई गालि गर्ने भन्दा अरु व्यंग्य नै आउन छोड्यो! व्यंग्य त अरु पनि हुन्छ नि नेताको ब्यङ्ग नै गर्नु पर्छ भन्ने त छैन होला नि हौ? गाईजात्रामा पनि नेतालाई नै उडाछ, प्रहसनमा पनि नेतालाई……. साथि हो अरु पनि त छ ब्यङ्ग गर्ने ठाउ, सधै नेताको सुन्दा सुन्दा कानै बन्द हुन लाग्यो….. केहि नया ल्याम न यार………..

  3. यो पनि ब्यङ्ग हो त यो त गाली भो कसैलाई गाली गरेर पनि कोहि कलाकार हुन्छ, केहि श्रीजना गर्नु पर्यो मौलिक अनि गाली गर्न लै हाम्रो देश मा नेता मात्रै छन् त अरु चिज सबै ठिक छ? हाम्रा नेता हरु सबै ठिक भए,यी गाली गर्ने हरु कता जानछन् , कोरिया?

  4. जो सुकै मान्छे प्रधान मन्त्रि बने नि ति सबै झल्लु प्रसाद जस्तै हुने सिबाय केहि पनि छैन./ झल्लु प्रधान मन्त्रि बनाउने बाताबरण कसले बनाए त भने देखि यी नेता हरु नै हुन् जो निकै स्वार्थी छन्/यिनलाई कसले तह लगाउने? लगाउने त जनता नै हो तर जब सम्म यी खैराते नेता हरु सभासद भै रहन्छन तब सम्म यिनकै हात मा कानुन निर्माण र संसोधन गर्ने अधिकार परि रहन्छ तब सम्म यिनीहरु ले जनता लाई झुक्कायी देशलाई खाडल तिर लाग्छन/

  5. एउटा काम चाँही राम्रो गरे है झलनाथले । त्यो के भने धेरै लफडाबाजी नगरि समयमै रजिनामा दिए नि । कम से कम गिरिजा, माकुने जस्तो जुका सारी टाँसिइ त बसेनन् कुर्सीमा ।

  6. झलनाथ आफू त असक्षम भए नै तर प्रधानमन्त्री बन्ने हल्ला राम्ररी चल्न नपाउँदैदेखि झलनाथलाई फेल गराउन लागि परेका माकुने र काजु कान्छा ओली चाँही उनलाई फेल गराउनमा पास भए । माकुने र काजु कान्छा ओलीभन्दा यी झलनाथ केही राम्रै होलान कि भनेको तर राम्रो काम गर्न नसके पछि के पो राम्रो भन्नु र ? अब हाँसको भाले जस्तै “स्याँक स्याँक” गर्दै रामचन्द्र बाजेले आफ्नो अंश दावी गर्ने होला प्रमको कुर्सीमा अस्ति प्रम हुन नपाउँदा रोस्टममै ढलुंला झै गरेथे यी स्याँक स्याँके बाजेले । फेरि भक्भकिदै देउवा पनि आउने होला अब प्रमको यो कुर्सीयुद्धमा । प्रचण्डको त दिनरातको सपना जपना नै प्रमको कुर्सी हो । अब यता नेकपा ढुल्मुलेबाट काजु कान्छा, बिद्या मैसाब, इश्वर सरहरु पखुरा सुर्किदै होलान् । बाह्रै मास, सातै दिन, चौबिसै घण्टा यी नालायक नेताहरुले गाइजात्रा देखाइ राखेको हाम्रो नेपालमा बर्षमा एक दिन आउने गाइजात्रा पर्वको महत्व नै घटी सक्यो नि ।
    बरु यही गाइजात्राको अवसर पारेर एउटा निर्णय गर्न लागि परौं न । त्यो के भने ‘यो ६०१ सभासदको सुपर जम्बो टोलीलाई नै सभासदको सट्टा प्रधानमन्त्री भने पगरी गुथाइ दिउं’ अनी सबैको लालसा पुरा हुन्थ्यो र संविधान बनाउने काम हुन्थ्यो कि ?

  7. अब हाम्रो नेपालमा हेर्ने भनेको तेही हास्य कार्यक्रम / टी. भी हास्य कार्यक्रम न रहयो |

  8. लौ, अब झलनाथ ले फेरी झापड खाने हुनकि, एती धेरै मान्छे रिसाएका छन् , अर्को देवी प्रसाद हात सुर्केर बसिरहेको होलान…….

    अर्को प्रधानमन्त्री को ? अर्थात् “अब जनता को अर्को झापड कसलाई ?”

  9. PM को पालो १४ वर्ष बनबास बसेर फर्कने राम को आउने हो कि

    जस्तो छ होसियार हुनुस है जनता हो बेलैमा
    आफै गाइजात्र देखायर हिड्ने नेता हरु लाई सिदै गयर भन्दा त् सुन्दैन्न हाम्रो हास्य कलाकार हरु को गाइजात्र ले के नै गर्ला र लाज नभयको नेता
    हरु लाई …

  10. एक जना बिरामीको रक्तचाप बढेर डाक्टर कहाँ जादाँ तपाई नेपाली राजनीतिमा चाख राख्न छोड्नुस तपाइको रक्तचाप आफै घट्छ भनेर सल्लाह दिएका थिए रे| नेपालको राजनीति देख्दा मलाई अहिले त्यस्तै भएको छ! सुन्न, पढ्न र लेख्नपनि बिरक्त लाग्न थाल्यो अब त! भगवानले रक्षा गरुन नेपाल र नेपालीको!

  11. खराब झलनाथ / माधव नेपाल प्रधानमन्त्री बनेपछि जलेका झलनाथ को प्रधानमन्त्री बने पछि यो कम गर्छु भन्ने कुनै मुद्दा थिएन / केवल प्रधानमन्त्री को फोटो सिघदरबार मा टाग्नु मात्रै थियो / जे हो उन को इच्छा पनि पुरा भयो ,अब भने देश ले निकाश पाउछ कि ?
    १००% असफल प्रधानमत्री / धिक्कार छ तिमीलाई / संजय अधिकारी

  12. नेता हरु माथि व्यङ्ग्य गर्दा नेता हरु ले आफ्नो गल्ति सुधार गर्नु भन्दा अर्को गल्ति कसरि गर्ने भन्ने तिर सोच हुन्छ उनि हरु माथि व्यङ्ग्य गरिदा आफ्नो चर्चा भयको ठान्दछन तेसैले उनि हरु को चर्चा हुने व्यङ्ग्य भन्दा तिरस्कार गर्नु राम्रो होला

  13. आज सम्म नेपाल को इतिहास मा झलनाथ भनेको सबै भन्दा खत्तम अनि फटाहा प्रधान मन्त्रि हो भन्ने कुरा प्रमाणित भयो / झलनाथ लाई कसैले झल्लु बनाउनु नै पर्दैन किनकि उ आफै नै झल्लु हो /
    जे भयो राजिनामा दियर झल्लु ले राम्रै काम गर्यो / नत्र अझै कत्ति दिन झल्लु ले देश लाई नै झल्लु बनायर राख्ने थियो /

  14. साँस्कृतिक पर्वको आडमा राष्ट्रिय कलाकारहरुले कम गुणस्तरको मनोरञ्जन र पैसा कमाउनको लागी गरेको हर्कत वास्तविकता भन्दा अलि वढी भयो कि ।

  15. झलनाथले गाईजात्राकै दिनमा राजिनामा दिएर नेपालमा लोकतन्त्रको गाईजात्राको दोश्रो अध्याय सुरु गरेको छ/ यो दोश्रो अध्य्यायको ट्रेलर त् अस्ति भारत बात फर्केको लगतै रास्त्रपतिले “लोकतान्त्रिक संबिधान बहुमत बात बन्नु नहुने” संखनाद गरेर सुरु गरेको थियो/

    जनताले हराएको संबिधान सभाको बिरोधिलाई माधव नेपाललाई बनाएकै दिन बात सुरु भएको यो लोकतन्त्रको गाईजात्राको दोश्रो अध्यायमा अर्को कुन व्यक्ति प्रधान मन्त्रि बन्ने होला? चुनाव जित्ने पनि असफल हार्ने पनि असफल अब सायद लुट्ने मार्ने अपहरण गर्नेको त् पालो होला/

    लोकतन्त्र तिर उन्मुख नेपालमा धेरै प्रभाव शालि नेताहरुको भ्रमण भयो, धेरै ले धेरै सलाह दिएर गय/ तर भारतिय प्रधान मन्त्रि को बिशेस अधिकार लिएर आएको शरणले भने जस्तो बाहेक देसमा केहि भएनन्/ किन होला?

    “झलनाथको राजिनामा बात खुसि हुनेहरुमा मावोबादी भित्र बाबुराम”, यो दृश्य सबै भन्दा बढी रोमान्चक भएकोछ/

  16. बिचार झलनाथ खनाल गाइ जात्राको दिन जत्रै देखाउनु बद्ध्या परे रै छाड्यो | एमालेको अधिबेसन बुटवल मा त्यति धेरै मत फरक परि हरेको के पी ओली, को धक र धम्की पार्शु राम ढकाल को फोर्स बाटनै राजिनामा दिनु बद्ध्या नै गरायो प्लस माकुने पनि ….. |

  17. सानो सानो क्लिप भएपनि राखेर गाईजात्रे हास्यव्यंग्यको मजा लिने मौका दिनु भएकोमा धेरै धेरै धन्यबाद छ | जितुको व्यंग्य सटिक लाग्यो |

  18. हैन जितु नेपालले रामचन्द्र पौडेलको क्यारीकेचर कस्तो दुरुस्तै गरेको ह ….?

  19. होसियार नेता हो, अब गाइजात्रे चाला ले चल्दैन….. भनेर मात्र के गर्ने..? झापड हान्दा त केहि भएन, बरु लात को प्रयोग गर्ने कि एक पटक बरु…!!

  20. गाई जात्रा गाई जात्रा ?यसपाली त झल्लु ले पो देखाय है जात्रा त /जादा जादा अर्को इतिहासमा पनि नाम लेखे गाई जात्राको दिनमा राजिनामा गर्नी pradhanmantri bhaera aba ta fare naholan

  21. गाईजात्रा त बिदाको दिन होईन र ? फेरी राजिनामा पनि राति पो दिनु भएछा !
    गाइजात्राको दिन राजिनामा दिनु पर्ने त्यस्तो के बाध्याता परेछ ! भोलिको दिन
    पनि त आउथ्यो नि !
    अरु प्रम हुदा राजीनामाका कुराले धेरै अगाडी देखि नै तहल्का मच्याउथ्यो , खनाल जी प्रम हुदा त्यो हदमा पुगेर तहल्का नमचिए पनि अचानक राति त्यो पनि गाईजात्राको दिन मा नै ???!!!
    यदि बाबुराम जी लाई प्रम बनाए भने पनि यस्तै गाईजात्रे राजनीति नहोला भनेर
    कसरि भर पर्नु !
    बाबुराम जी ! होशियार बनेर कदम चाल्नु होला —
    प्रचण्ड जी लाई पछार्नेहरुले तपाईलाई कुन नाताले माया गर्दा हुन् र ! —–
    प्रम त तपाई बन्नु नै पर्ने हो मुलुक उँभो लगाउन तर यै गाईजात्रे राजनीति
    हेर्दा भने ‘होशियार’ ! —- बनेर मात्रै है !

    • यो भट्टराइ हरु लाइ चै युज मात्र गर्नु पर्छ है भनेर मर्ने बेलामा गिरिजा बुढा ले प्रचण्ड को कान फुकेको जस्तो लाग्छ है | येसैपानी बामपन्थी कांग्रेस भन्दा बढी टुक्रिने गरेको इतिहास छ |
      कृष्ण प्रसाद तपोबन गयेथे, बाबुराम कुन बन जाने हुन् नया पी यम को नियुक्ति पछी | उता सेरबहादुर ले दौरा सुरुवाल मा इस्त्री गर्न थालिसक्यो , एता बाबुराम प्लुग जोडदै होलान | प्रचण्ड ले येस्पाली पी यम हुन् पाए कति पर्ने खाट मा सुत्ने हुन् ,
      कुन हेयर स्ट्याल गर्ने हुन् ,कुन हिरोइन सग नाच्ने हुन् ? त्यो चैहेर्दै जाउ |

  22. संधैको गाई जात्रा देखाउने नेताहरुको के गाई जात्रा ? अल इज फेल मात्र होइन अल्वेज फेल हुन् | कहिले त जनता, पत्रिका, मेडियाले देशै बर्बाद गर्ने यी नेताहरुको कुरा गरेर समय बर्बाद गरेको जस्तो मात्र लाग्छ |

  23. झल्लु मात्र झल्लु होइन कि सर नेता भानाउदाहरू नि उस्तै हुन् उही द्यांग्को मुला त हुन् नी,के गर्ने खायो नेपाल !!!!

  24. लौ है साथी भाई हो नेपाल मा को पोस्ट खाली छ| तपाई ले पनि शिंगदरबार मा आफनो फोटो झुनडाउने कोशिश गर्नु होला जलानाथ जी ले गरेजस्तै…..

Comments are closed.