केपी ओली र बाबुराम भट्टराईको घोचपेच

गाईजात्रा हिजै सकियो। तर मूल गाईजात्रामात्रै सकिएको हो। एक हप्तासम्म व्यङग्य सप्ताह मनाउने क्रम जारी छ। राजनीतिक गाईजात्रा पनि उस्तै। एक सातासम्म राष्ट्रिय सहमतिका लागि समय दिइएका कारण यो बीचमा उनीहरुले सहमतिको राग अलापेर हँसाउनु हँसाउने छन् हामीलाई। बरु आउनुस् हेरौँ गाईजात्रा कै केही व्यङ्ग्य।

गाईजात्राका अवसरमा सिस्नुपानी नेपाल, रेडियो अडियो एफएम र न्युज२४ टिभीले बानेश्वरमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यहीँ एमाले नेता केपी ओली र बाबुराम भट्टराई आए। साँच्चिकैका हैन, तर ठ्याम्मै उनीहरु जस्तै हाउभाउ र बोलीका। उनीहरुकै शैलीमा साँचो कुरा गर्दा पनि हामीलाई व्यङ्ग्य लाग्यो र हाँस्नुबाहेक अरु विकल्प रहेन। भिडियो हेर्न भित्र आउनुस्।

गाईजात्राका अवसरमा सिस्नुपानी नेपाल, रेडियो अडियो एफएम र न्युज२४ टिभीले बानेश्वरमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यहीँ एमाले नेता केपी ओली र बाबुराम भट्टराई आए। साँच्चिकैका हैन, तर ठ्याम्मै उनीहरु जस्तै हाउभाउ र बोलीका। उनीहरुकै शैलीमा साँचो कुरा गर्दा पनि हामीलाई व्यङ्ग्य लाग्यो र हाँस्नुबाहेक अरु विकल्प रहेन।

खासमा यिनीहरु नेपाल टेलिभिजनको सिरियलमा केपी ओली र बाबुराम भट्टराईको भूमिकामा देखिने कलाकारहरु हुन्। गाईजात्रे कार्यक्रममा पनि उनीहरु त्यही शैलिमा देखा परेका थिए। उनीहरु अर्थात् सीताराम कट्टेल र ज्योति काफ्ले।

भिडियो हेर्नुस्-

एबीसी टेलिभिजनमा उनै डुप्लिकेट ओली र भट्टराई-

पासपोर्ट बेचेँ गाडी किनेँ मैले के बिराएँ ?

सभासदहरुलाई गाईजात्रा नभए पनि व्यङ्ग्य कसिन्छ। केहीले त झापड पनि पाइसकेका छन्। सराद्धे गर्नेदेखि जुत्ताले हान्नेसम्मका काम गाईजात्रा बिनै भइरहेका छन्। यस्तो अवस्थामा गाईजात्रामा उनीहरु कसरी बच्न सक्थे ? कमल गाउँलेले आफ्नो गाईजात्रे प्रस्तुति नोट अफ डिसेन्टमा तिर्खा लाग्यो, पानी पिएँ- मैले के बिराएँ गीतको प्यारोडी यसरी बनाएका छन्। भिडियो हेर्नुस्-

23 Comments

  1. डा. ओली र डा. बाबुराम बीच को घोच पेच प्रहसन निकै राम्रो लाग्यो? आखिर दुवै डाक्टर नै हुन् नि एउटा नक्कली अर्को सक्कली हैन त?

  2. I left the comment, however mysansar did not publish it. The comment did not have any foul language or anything, but mysansar has not published it.

    I wonder if mysansar only publishes comments that are aligned to their point of view. Any response from mysansar?

    • Mysansar will not approve comments with fake email and names. Please write down your correct name and email address so that there will not be any misunderstanding between you and us. In your case please check your name. We received comments from this name before as well and your comment was not published because of fake name i.e BHAKTAPUR. We are approving this comment as an example so that all readers and commenter will be clear in this topic. Thank you.

  3. एउटा कुहिन बाकी नेता भनेकै बाबुराम भट्टराई नै हो, ठिकै छ यिनलाई पनि सड्न दिउ !!!!!!!!!!!

    • कहाँको पिएचडी बाबुराम ,कहाँको एस.एल.सी.खाते के.पी.ओली,हरे पित्तललाई सुन बनाएर हुन्छ
      र भने?

  4. ओली ले पनि त्यो कुन हो ठग उनिवेर्सिटी को डाक्टर पाको हैन र भन्या ?

  5. ओली म्याट्रीक पास बा हुन् या होइनन.. बाबुराम पी एच डी

  6. केपी ओली र बाबुराम भट्टराईको घोचपेच गरेर केगर्ने गाईजात्रा हिजै सकियो। के.पी.ओली को महेश बस्नेत, परसुराम ढकाल जिउंदै छ | बोडी गर्ड्स हरु गाइजात्रले के गर्छा के.पी.ओली लाई ठाडो खाएर तेर्सो हग्ने नाक नभएको लाई !!! बाबुराम भट्टराई मंच मा भासण गर्दामात्रै हो बौला कुकुर उफ्फ्रे झैँ उफ्फ्रिने | मंच बाट बहिरीयापछी कुकुर को पुच्छर तंग्मुनी हाली हल्छा लुरुन्ग्गा |

  7. we cant compare dr. baburam bhattarai and kp oli….bhattarai is infinite times super most superior then KP oli.

  8. गाइजात्राको व्यंग्यले हाम्रो नेताहरुलाई छुने भए त हुन्थ्यो नी कान र आँखा बन्द गरे पछी त काम कुरा एकातिर कुम्लो पुग्यो ठिमी तिर भने जस्तै हो

  9. ब्यङ्ग हानेर मात्र के गर्नु गैडा को छाला भन्दा मोटो छाला छ हाम्रा नेताहरु को, ब्यङ्ग ले त के गोलि ले पनि घोच्न सक्दैन ! ब्यङ्ग त यस्ता नेताहरु को पछि लाग्ने कार्यकर्ता , टुलु टुलु नेता हरुको चर्तिकला हेरेर बस्ने लाचार जनता र सबै भन्दा बिसेस अपाहिज युवा (के गर्नु बोल्न बाहेक केहि गर्न सक्दैन) लाइ हान्नु पर्ने हो ! नेताहरु लाई त ज्यानजाला असर गर्दैन यस्ता ब्यङ्ग ले तर जनता लाई असर गर्ने प्रोबबिलिटी अलिक बढी छ ! यदि गाइजात्र को मुख्य उदेस्य ब्यङ्ग मात्र प्रहार गर्नु हो भने अर्कै कुरो हो हैन त्यो ब्यङ्ग को मुख्य उदेस्य यी निच राष्ट्र का सत्रु हरु लाई यिनीहरुको औकात याद दिलाउनु हो भने अब देखि ब्यङ्ग जनता लाई hanau

  10. (के पी ओली) होइना (उप नाम पर्शुराम) हो काहको पर्शुराम काहको बाबुराम तरवार र कलम दाज्न मिल्छा र भने ?

    • सक्कली पीएचडीको खिल्ली उडाउने नक्कली पिएचडीका समर्थकलाइ धन्यबाद नदिई रहन्न सक्दिन,देश त्यसै बिग्रिएको होइन”लिटिल नोलेज इज भेरी ड्यान्जरेस”यस्तै नेताले गर्दा कर्मचारी
      मात्र होइन मिस्त्री,ज्यामी,खलाँसी,ड्राइभर समेत भ्रष्ट हुन् थाले |

  11. ल क्याम्पस पढे देखि मैले एमाले पार्टीमा लागेl प्रदिप नेपाल देखि सी पी मैनालीकोको तमाशा हेरे l भोजपुरमा चापल लगाएर हिडेका मंगढ़ानते मन्त्रि भएपछी करौदैको सम्पति जोडे l अहिले झलनाथ के पी ओली बीच भित्र लडाई छ l माउबदीको हत्या अपहर्ण रोकेको छिएँन/अहिलेको स्थितीमा सिर्फ गोकर्ण बिष्टलाई मात्र प्रधानमन्त्री दिएको खण्डमा देशमा शान्ति सम्भिधान बन्न सक्छ / नत्र खुरापाती कांग्रेस मधेशी दल माउबादी बामदेव गौतम जस्ता देश द्रोहिले नेपाल सिक्किमीकरण तिब्बत प्रान्त केहि महिना भित बनाउने गोप्य दस्ताबेच सुनियो l

  12. ओली र भट्टराई को गाई जात्रे interview मा उनि हरुको तुलना गरिरहेको छ भन्न मिल्दैन . उनीहरु त केवल पात्रहरु हुन, एउटा movie मा राजेस हमाल र मुन्द्रे को अभिनय छ भन्दै मा उनि हरुको बिचमा तुलना गरेको भएन भन्न मिल्ला र ?
    birendra

  13. भट्टराई पनि उस्तै हो साथी हो, भरम मा नपरौं | स्टालिन राम्रो कि ख्रुस्चेव राम्रो भने जस्तै हो | पैसा मन्त्रि भएर अलि लामो समय बस्न पाएको भए असली भट्टराई देखि सकिने थियो | हुनत तेती बेला नै पनि कुराहरु सुन्नमा नआएको चाहिं होइन है |

    • बाबुराम भट्टराइ एउटा आर्किटेक्चर पिएचडी इन्जिनियर हो,पैंसा कै कुरा गर्ने हो भने अरुले जस्तो पैसा आफ्नो सिप र कौसलले उसले पनि कमाउन सकिन्छ,यहाँ धेरै जावो एउटा ओभरसियर पढेर कसरि भ्रष्टचार गरेर पैंसा कमाउँ भन्नेहरु पनि नभएका होइनन, तर बाबुराम भट्टराइ पैंसाको पछी होइन राष्ट्र राष्ट्रियत र देश बिकासको पक्षमा पैंसाको लोभ लालचमा नफसेर त्याग गर्ने व्यक्ति हो भनेर पनि चिन्न सक्नु पर्छ|बाँदर न आफुले घर बनाउँछ न अरुले बनाएको घर देख्न हेर्न सकिन्छ,के.पी.ओली. भनेको राष्ट्र राष्ट्रियता र देश बिकासको पक्षमा कुनै भिजन नभएको व्यक्ति हो ,त्यसको काम भनेको भाँड भैलो मच्चाउने बिदेशी दलाल भएर करोडौं ल्याएर देशमा डाँका गुण्ड संचालन गर्नलाई मात्र उपयुक्त देखिन्छ|

  14. हो यो ओली त झेली पो हो कहाँ बाबु राम संग ओली को तुलना गर्न मिल्छ र कहाको सुन कता को लसुन

  15. भीजिउल गर्दा त रातो पस्स्पोर्ट पो देखाउनु पर्थ्यो त हरियो पासपोर्ट देखाएर |

  16. के पी ओली र डा. भट्टराई को तुलनै हुन सक्दैन..भट्टराई संबिधान सभाको चुनाब मा सबै भन्दा धेरै मत ल्याएर बिजयी .ओली जनता बाट तिरस्कृत…भट्टराई नेपाल को अब्बल दर्जा को बौद्धिक व्यक्तित्व..ओली म्याट्रीक पास पनि हुन् या होइनन..ओली पधेर्नी को जस्तो गालीगलौज को क्ष्यमता भाको भट्टराई राजनैतिक र आर्थिक दुरद्रिस्ती भएको नेता…गाइजात्रा मा त जसो गरेपनि भो..यथार्थ मुल्यांकन मा चाही दुबैजनालाई गोलमटोल एकै ठाउमा राखेर बिस्लेषण गरिनु त्यति जायज जस्तो लाग्दैन ..

Comments are closed.