यसरी तह लगाए उनीहरुले श्रीमान्‌लाई

भीम गौतम

उनीहरूले श्रीमान्‌लाई कसरी तह लगाउने भनेर रातोदिन छलफल गरे। कहिले श्रीमान्‌लाई थर्काउने र कहिले फकाउने प्रयास पनि गरे। तर पनि पुरुषहरूले श्रीमती कुट्न छोड्नन्। त्यसपछि भने महिलाले सामूहिक सोच बनाए, श्रीमान्‌लाई त्यागेर अन्त हिँड्नुभन्दा श्रीमान्‌लाई कुलतबाट हटाउनका लागि अभियान सुरु गर्नु नै बेस।


काभ्रेको सबैभन्दा विकट क्षेत्र डाँडापारिमा यातायात अझै पुगेको छैन। यातायात नपुगेको उक्त क्षेत्रका बासिन्दा शिक्षा, स्वास्थ्यलगायत अधिकांश विकासका पूर्वाधारमा पिछडिएका छन्। यहाँका महिलाको अवस्था त अझ दयनीय छ, तर पनि बुढाखानी र फोक्सिङटारका महिलाले गाउँलाई जुवातासमुक्त क्षेत्र घोषणा गरेर नमुना कार्य गरेका छन्। समूहमा अधिकांश अशिक्षित महिला छन् तर उनीहरूले गाउँमा विकृति, विसङ्गति भित्रिएपछि त्यसको विरुद्ध सशक्त आवाज मात्र उठाएका छैनन्, गाउँमा जुवातास खेल्न निषेध नै गरेका छन्। गाउँमा जुवातासको विकृति बढेपछि भैरवस्थान महिला समूह र स्थानीय महिलाको सामूहिक प्रयासमा गाउँलाई नै जुवातासमुक्त क्षेत्र बनाइएको हो। विकट डाँडापारिको बुढाखानी गाविस– ४ र ६ तथा फोक्सिङटार गाविस– १ को लघु जलविद्युत्को पावरहाउस क्षेत्रभित्र जुवातास खेल्न निषेध गरिएको स्थानीय भैरवस्थान महिला समूहकी अध्यक्ष पुतलीमाया घिसिङले जानकारी दिइन्। बढी पसल र जमघट हुने उक्त क्षेत्रलाई जुवातासमुक्त बनाएपछि दुवै गाविसका स्थानीय पुरुषले जुवातास खेल्न छोडेका छन्।

सशस्त्र युद्धको बेला माओवादी अति प्रभावित क्षेत्र मानिने यो गाउँमा जुवातास निषेध गरिएको थियो तर माओवादी शान्तिप्रक्रियामा आएपछि जुवातासको विकृति फेरि बढ्यो। पुरुषहरूले जुवातास खेल्नेबाहेक अरू काम नै गर्न छाडे, त्यति मात्र होइन, पहिला जुवातास खेल्न निषेध गर्ने स्थानीय माओवादी कार्यकर्ता नै जुवातास खेल्न थालेपछि र जुवातास खेलसँगै गाउँमा महिलामाथि कुटपिटका घटना बढ्न थालेपछि महिला हैरान भए र सामूहिक रूपमा छलफल गरी जुवातासमुक्त बनाए। ‘पहिला त जुवातासले गाउँका धेरै पुरुषलाई बिगारेको थियो, तर अहिले महिलाको सामूहिक प्रयासपछि धेरै सजिलो भएको छ, समाजमा यसले साह्रै सकारात्मक प्रभाव पारेको छ,’ डाँडापारिमा सामाजिक विकासमा सक्रिय नेपाल स्कुल प्रोजेक्टका अध्यक्ष रकमसिंह लामाले भने।

महिलाले गाउँलाई जुवातास निषेध गराएकाले नखेल्न र नखेलाउनका लागि सार्वजनिक रूपमा पम्प्लेट, पोस्टरमार्फत आह्वान पनि गरेका छन्। यस्तै सन्देशसहितका हस्तलिखित पोस्टर स्थानीय बजार, चौतारा, पाटी, भञ्ज्याङलगायतका सार्वजनिक स्थानमा टाँसिएका छन्। निषेध गर्नुअघि यी गाउँका अधिकांश घरमा जुवातासको खाल दैनिक जम्ने गरेको थियो। दिनभर स्थानीय बजारमा गएर जुवातास खेल्ने र राति घरमा आएर कुटपिट गरेपछि धेरै महिला यसबाट पीडित बनेका थिए। उनीहरूले श्रीमान्‌लाई कसरी तह लगाउने भनेर रातोदिन छलफल गरे। कहिले श्रीमान्‌लाई थर्काउने र कहिले फकाउने प्रयास पनि गरे। तर पनि पुरुषहरूले श्रीमती कुट्न छोड्नन्। त्यसपछि भने महिलाले सामूहिक सोच बनाए, श्रीमान्‌लाई त्यागेर अन्त हिँड्नुभन्दा श्रीमान्‌लाई कुलतबाट हटाउनका लागि अभियान सुरु गर्नु नै बेस। जुवातासमा श्रीमान्सँग स्कुले छोराछोरी पनि मस्त हुन थालेपछि उनीहरूमा झनै पीडा थपिएको थियो। ‘दिनरात जुवातास खेलेर पुरुषहरू साह्रै बिग्रन थाले, जति सम्झाउँदा पनि नहुने, हुँदैहुँदै बाबुछोरा सँगै खेल्न थाले, विद्यार्थी केटाहरूसमेत बिग्रन थालेपछि हामीले गाउँलाई जुवातास निषेध क्षेत्र घोषणा गरेका हौँ,’ अध्यक्ष पुतलीमाया घिसिङले थपिन्, ‘कसैले खेलेको थाहा पाएमा कडा कारबाही गर्छौं।’

स्थानीय महिला समूहका अनुसार, स्थानीय बुढाखानी, महादेवटार, सिमलटार र थुम्कीका सबै ३३ घरधुरीका ३३ महिला रहेको समूहले जुवातास खेलेको थाहा पाएमा पहिलोपटक पाँच हजार जरिवाना, दोस्रोपटक १० हजार र तेस्रोपटक पनि खेलेको भेटिएमा खेल्ने घरका महिलालाई महिला समूहबाट निकाल्नेगरी कडा कारबाही तोकिएको छ। प्रहरीसँग समन्वय गरी कारबाही अगाडि बढाउने महिला समूहको भनाइ छ। स्थानीय फोक्सिङटार प्रहरीचौकीले समेत उनीहरूलाई सहयोग गर्दै आएको छ। महिलाले अभियान सञ्चालन गरेपछि प्रहरीलाई पनि स्थानीय क्षेत्रमा शान्ति र अमनचयन कायम गर्नका लागि धेरै सहयोग पुगेको छ। स्थानीय महिला प्रहरीले सहयोग गरेकै कारण महिलालाई अटेर गर्ने कतिपय पुरुष चुपचाप लाग्न बाध्य छन्। गाउँलाई जुवातासमुक्त क्षेत्र बनाएपछि गाउँका स्थानीय महिला धेरै खुसी भएका छन्। अहिले श्रीमान्हरू जुवातास खेल्न छोडेर श्रीमतीहरूलाई काममा सहयोग गर्न थालेका छन् भने धेरै विद्यार्थीे स्कुल गएर पढ्न थालेका छन्। ‘पहिला श्रीमान् र छोरो साह्रै बिग्रिएका थिए, अहिले श्रीमान्ले घरको काममा सहयोग गर्नुहुन्छ, छोरा विद्यालय गएर पढ्न थालेको छ।’ स्थानीय फूलमाया मोक्तानले खुसी हुँदै भनिन्, ‘पहिला त दिनभरि जुवातास खेल्ने श्रीमान्हरूको कुटपिट र अपमानले मरौँ–मरौँजस्तो लाग्थ्यो तर अहिले पूरै परिवारमा खुसियाली छाएको छ, जीवन अझ धेरै बाँचौँजस्तो भएको छ।’

आफ्नो ठाउँलाई जुवातास निषेधित क्षेत्र घोषणा गर्दा धेरै पुरुष महिलादेखि रिसाएका पनि थिए। तर, यहाँका पुरुषले निषेध–आज्ञालाई तोड्ने प्रयास भने गर्न सकेनन्। सबै महिला एकजुट भएर आफूले घोषणा गरेको कार्य जसरी पनि पूरा गर्ने सार्वजनिक कार्यक्रम अघि सारेपछि र प्रहरीले पनि उनीहरूलाई साथ दिएपछि पुरुषहरू महिलाको निर्णय मान्न बाध्य भएका थिए। अशिक्षित र महिलाले केही पनि गर्न सक्दैनन् भनेर श्रीमतीहरूलाई बेवास्ता गर्ने धेरै पुरुष अहिले सुधि्रएका छन्। पहिला रिसाउने तिनै पुरुषले अहिले अभियानको प्रशंसा गर्न थालेका छन्। गाउँ सुधि्रएकोमा र सबै काममा सक्रिय हुन थालेकोमा उनीहरू खुसी भएका हुन्। स्थानीय महावीर मोक्तान पुरुषले जुवातासमा घरबारी सिध्याउलान् भन्ने चिन्ता हराएर परिवारमा खुसियाली छाएको बताउँछन्। ‘निषेध क्षेत्र घोषणाले गाउँमा धेरै सकारात्मक प्रभाव पारेको छ, जुवातासमा रम्ने पुरुष सप्रिएका छन्, अब जुवातासले कसैको घर सिद्धियो, कसैको ढिकुटी रित्तियो भनेर सुन्नुपरेको छैन, महिलाको यो अभियानको त प्रशंसा गर्नैपर्छ,’ उनले भने। पुरुषहरू घरको काममा सक्रिय भएपछि आम्दानी बढ्न थालेको छ। पहिला झैझगडा हुने अधिकांश घरमा मेलमिलापको वातावरण रहेको महिला समूहकी अध्यक्ष घिसिङ बताउँछिन्।

यातायात, सञ्चार, बिजुलीलगायतका विकासका पूर्वाधारबाट वञ्चित डाँडापारिको बुढाखानी र फोक्सिङटारका महिलाले गाउँलाई जुवातासबाट टाढा बनाएर लैङ्गिक हिंसामुक्त समाजको गोरेटो कोरेका छन्। डाँडापारिजस्तो विकट क्षेत्रका महिलाले गाउँमा उदाहरणीय कार्य गरेकोमा त्यसको प्रशंसा जिल्लाभरि हुन थालेको छ। डाँडापारिकै साल्मेचाकल, घर्तीछाप, गोकुलेलगायतका गाविसमा समेत जुवातास, जाँडरक्सीको कारण महिलाले धेरै समस्या भोग्नुपरेको भन्दै त्यस क्षेत्रमा समेत महिला सशक्त हुनुपर्ने आवाज उठ्न थालेको छ। जुवातासमुक्त गरेपछि अब महिला बिस्तारै जाँडरक्सी सेवनलाई न्यूनीकरण गर्नेतर्फ अघि बढेका छन्।

(भीम गौतम काभ्रेबाट प्रकाशित हुने सुनकोसी साप्ताहिकका सम्पादक हुन्।)

साभार : संचारिका फिचर सेवा

49 Comments

  1. हेर्नुस अलिना जी छोरा मान्छे जतिसुकै रक्सि खाएर हिंडे पनि , बाटामा लडे पनि इज्जत हुन्छा के गर्नु हाम्रो समाज नै येस्तई छ…..तर घर सपार्नु र बिगार्नु मा छोरी मान्छेको हात नै प्रमुख हो.जस्तो लाग्छा मलाई chhora

  2. भिम जी
    धन्यवाद
    यो पढे पछि अन्य ठाउका महिलाहरुले पनि कदम चाल्नए छन् कि

  3. काभ्रे डादापारिका महिलाले राम्रो गरेछ्न. म बसने धादिंग खानिखोलामा त्यस्तै बिकृति छ .
    पुलिस, माओबादी, बिद्ध्यालय का शिक्षक र अन्य पुरुस्हरुको दिनचर्या त्यही देखिन्छ. दिन रात पुलिस चौकी के अगाडी निर्धक्क जुवा तास हुन्छ . रोकने छेकने कोही छैन . माओबादी अहिले खओबादी भई सके पुलिस त पहिलेनै खाओबादी थी नै . दिनभर तास जुवा खेलने प्र.अ. परीक्षा फल ० हुंदा हमरा त केही नबुझने औछन भन्दै हिनेको देखिन्छ. कोही छ तहा जुवा तास रोकने माईका लाल?
    जनार्दन दाहाल

  4. सधै पुरुष लाई मात्र तह लगायको समाचार औछ / महिला पनि त बदमास हुन्छन / तिनीहरु लाई चै कसरि तह लगाउने ? महिला ले पुरुष लाई गरेको शोसन लाई के भन्ने ? आज को नेपाली समाज मा महिला को ब्रिकिती झन् बढेको छ / सधै महिला अधिकार , महिला अधिकार मात्रै भनेर हिर्दा एक दिन यस्तो पनि औछ कि महिला ले महिला लाई नै दुस्मन ठान्ने छन् /

  5. जाँडरक्सी र तासजुवा विरोधी अभियान नेपालका गाउँहरुमा फेरि जाग्न थाले जस्तो छ । २०५० सालको दशकमा यस्ता अभियान देशभरि स्वत:स्फूर्त रुपमा धमाधम उठिरहेका थिए । तर नेकपा माओवादीले त्यसमा हस्तक्षेप गरेपछि हराएका थिए । शुरुमा मानिसहरुले माओवादीहरुले ठिकै गर्दैछन् भन्ने ठाने र उनीहरुलाई साथ दिन थाले । तर माओवादीको वास्तविक ध्येय र मनसाय यस समस्याको दिगो समाधान थिएन, आफ्नो संगठन विस्तार गर्ने र चाँडै लोकप्रियता हासील गर्ने थियो । त्यसैले उनीहरुको हस्तक्षेपले त्यस्ता आन्दोलनहरु तुहिएर हराए । यसरी नेपाली समाजमा जुर्मुराएर उठेका वर्ग संघर्षको भ्रूण हत्या गरिएको थियो । जसलाई फेरि जाग्न एक दशक लाग्यो ।

  6. श्रीमान्लाई त्यागेर अन्त हिँड्नुभन्दा श्रीमान्लाई कुलतबाट हटाउनका लागि अभियान सुरु गर्नु नै बेस। घरैसी रितिरिवाज श्रीमान को मायाममता ले यो अभियान गरेको होइन होला जस्तो लाग्छा मलाई ??? किन भन्दा श्रीमान को खान्दान परिवार को केहि हिंसा खानु पाउछा कि भनेर मात्र होला जस्तो लाग्छा | आहिले को आइमाई हरु स्वार्थ मात्रै हेर्छा

    • प्रत्येक राम्रा कामहरुलाई नकारात्मक dristikon ले मात्र हेर्ने यो कस्तो दृष्टी ?

  7. माया होइन दया नै लाग्ने भइसक्यो हाम्रो देशको स्थिति त l पढेलेखेका भनाउदाहरुले केहि गर्न नसके पछी कसको के नै लाग्छ र l धन्य काभ्रेका महिलाहरु, तपाइँहरुको काम एकदमै सह्रानीय छ l तपाईहरुलाई बधाई छ l तर तपाईहरुको अन्तिम कारबाही चाही ठिक भएन l पुरुषले गरेको गल्ति को सजाएँ उसको श्रीमतीलाई किन दिने ? ऊ पनि त तपाईंहरु संग साथ् छ नि त l त्यसरी पुरुषको गल्ति मा महिला लाई सजाएँ दिने अनि महिला लाई समूह बाट निष्काशन गर्दै जाने हो भने त तपाई हरुको सामुहिक एकजुटता जुन छ त्यो त घट्दै जान्छ नि त होइन र ? त्यसैले त्यो नियम चाही परिवर्तन गरेर पुरुषमा नै लागु हुने अरु कुनै नियम बनाउनुस अनि एकजुट भएर अगाडी बढ्नुस l अझ दृढ संकल्प, एक्यबद्दता अनि सफल कार्यको लागि हार्दिक शुभकामना !!!!!!!

  8. हैन हाम्रा नेपालाँ नि कैले कैं त जातिबित्ति नाम्रो खबर सुन्न पाइदों रैच गाठे खाली हत्या, हिंशा,चोरि-डकैति,बलात्कार,भष्ट्राचार …आदि सुन्दा सुन्दा वाक्क लाइत्तो आज चैं दिल खुस भो है स-धन्यबाद सलाम गर्छु म ति दिदि बहिनीहरुलाई…..

  9. स्वास्नीलाई कुम्लो, कुम्लोमाथि बच्चा बोकाई आफूचाहिं सुकिलो लुगामा चस्मा ढल्काइ छाता ओढेर हिंडने संस्कारमा परिवर्तन ल्याउनलाई नै नेपालमा जनयुद्व भएको थियो| यस्ता खाले मानसिकतामा परिवर्तन नआउन्जेल कागजे संविधानले मात्र केहि लछारपाटो लाउन्दैन है!!!!!!

  10. जस्तो सुकै राम्रो ब्यबस्था र नेतृत्व आए पनि यदि जनतामा रहेको यस्ता कुलत नहटाउने हो भने देश बन्दैन \

    • राम्रो नेतृत्व र राजनीतिक स्थिरता छायो भने बन्छ मित्र !
      – अमेरिका यूरोपमा जति जाड रक्सि वाइन व्हिस्की जे जे भनेपनि पक्कै पनि नेपालमा नेपालीले खादैनन् / गुगलमा हेर्दा इटाली, फ्रान्स,स्विजरल्याण्ड, अस्ट्रिया हुदै अमेरीका १८ औ स्थानमा छ /
      – चुरोट खानेको हेर्दा : – सबै विकसित राष्ट्र सकेर नेपाल १०२ औ स्थानमा आउदो रहेछ/
      – अमेरिका यूरोपमा जति क्यासिनो अनि तास खेल्ने अखडा पक्कै नेपालमा छैन /
      * यसर्थ; निर्दिष्ट नीति-नियम अनि स्थिर सरकार अधिनस्त राज्य संयन्त्र पो त महत्वपूर्ण कुरामा पर्दछ /

  11. शुभकामना ………शुकर्म गरिरहुँन ………कुकर्म गर्नेहरुको लागि……

  12. गाउका दिदी र आमा हरु लाई यस्तो ज्ञान आयो तर देश बनाउने कुकुर नेता हरु लाई किन यस्तो बुढी नयको होला .. हाम्रो देश को दुर्भाग्यो

  13. ज्यादै सकरात्मक काम गरेकाछन त्यंहाका महिला दिदीबहिनीहरुले / मेरोपनि सलाम / तेसै गरि राजनीति वृत्तमा हुनेगरेका भ्रस्टचारका बिरुद्द पनि लड्ने प्रेरणा यी र येस्त घटनाहरुले / भ्रस्ट-चारी श्रीमती हरुलाई मिलुन भन्न चाहन्छु /

  14. काम निकै प्रसंसनिया छ |
    तर खेलेको भेटिएमा गरिने कारबाही मध्ये अन्तिम वा सबैभन्दा कडा भनिएको सजाए चाही मलाई मन परेन : “…………….पहिलोपटक पाँच हजार जरिवाना, …………….खेल्ने घरका महिलालाई महिला समूहबाट निकाल्नेगरी कडा कारबाही तोकिएको छ” |

    होइन फेरी पनि महिला लाइ नै कारबाही किन? महिला समूह बाट निस्कासन गर्दा निकालिएको महिला लाइ मानसिक रुपमा यातना भएन र ? लोग्ने ले जुवा खेल्न नछाड्ने अनि अन्तिम मा महिला ले नै अपमान झेल्नु पर्ने? कतै गौतम जी ले लेख्ने बेलामा गल्ति भएको हो कि?

    • मुरी- मुरी धन्यवाद ति महिला दीदी-बहिनी,आमाहरुलाई वास्तव मै स्त्री हरु महान हुन्छन् स्व-बिबेकले अनि स्वतंत्र भएर गर्ने मौक़ा पाएमा हाम्रा नेपाली ग्रामीण भेगका नारीले बिना शिक्षा पनि थुप्रै कुराहरुमा ब्यवहारिक परिवर्तन ल्याउन सक्छन जो अत्यंत बेखर्चिलो पनि हुन्छ , जो सबैको पहुँचमा पनि हुन्छ …….

  15. नेपालीहरु कम काम ज्यादा माम मा विश्वास गर्ने प्राणी मा पर्छ/ जे गरेपनि हुन् द इन

  16. धेरै राम्रो समाचार पदन् पाइयो,धन्यवाद दिन चाहन्छु मेरो संसार टीम लाई,काभ्रे जिल्लाबासी आमा तथा दिदीबहिनी हरुले चालेको यो कदम अति नै उत्तम छ.यस्तै कदम अन्य जिल्लाबासी हरु आमा तथा दिदीबहिनीहरुलाई पनि चाली दिनुहुन आग्र गर्न चाहन्छु.

  17. अति उत्तम, राम्रो कम | धेरै धेरै धन्यवाद | अशिक्षित महिला दिदि, बहिनी बाट शिक्षितहरु लाई राम्रो पाठ |

  18. परिवर्तन का लागि ३३ काफी, ६०१ नालायक हरुलाई चेतना भया /

  19. गरे के हुदैन भन्ने उदाहरण हो यो,अरुको आश गर्ने बानीले नेपाल बिग्रिएको प्रमाण हो यो

  20. दामी तरिकाले कुलतको अन्त्य भएछ हामीले एउटा लिसिस्त्रता वन्ने नाटक पढेको थिऔ त्यसमा पनि त्यसै गरि युद्ध बाट पुरुष हरुलाई छुतायाका थिय. यो निकै राम्रो उपाय हो

  21. कदम त सह्रानीय उठाएका हुन् / अब ति पुरुषहरू कोहि खेतीपातीको काममा, कोहि घरेलु उद्योगमा, कोहि शहरमा काम गर्न..आदिमा लागेको छ भन्ने पनि सुन्न पाए उत्तम हुन्थ्यो /
    सामाजिक एक्यबद्धता ठुलो कुरा रहेछ /
    – राम्रो काम गर्न साथै असल बन्न धनि हुन अनि धेरै पढ्न जरूरी छैन / दृढ संकल्प र बुलन्द अठोट नै मुख्य कुरो रहेछ /

  22. ति महान अँiटिला आमा दिदि बहिनि हरुलाई मेरो कोटी कोटी सादर नमस्कार छ |

    अरु आमा दिदि बहिनि हरुलाई पनि एस्तो कार्य गर्न सहयोग गरौ |

  23. सहर बजार तिर केरेम्बोर्ड को खालमा  झुम्ने हरुलाई सहरका महिलाहरुले ठिक पार्नु पर्यो 

  24. पढेको भन्दा परेको मानिस ले धेरै कुरा जानेको हुन्छ ! बधाई छ हाम्रा चेली हरु लाई! अरु को मुख ताक्नु भन्दा परिबर्तन को लागि आफै कसिनु पर्छ!

  25. नारी लाई एउटा खेलौना सोच्ने पुरुसबादी समाजका लागि गतिलो प्रहार हो |यस्ता जागरुक महिला का कदममा राज्य ले उपस्थिति जनाउदै उनीहरु को आत्मबल को सम्मान गर्नसके अझ उल्लेखनीय प्रगति को आस गर्नसकिन्छ | किशोर तिवारी [अन्जान] मलेसिया

  26. जे गर्दा पनि अति गर्ने नेपालीको बानि प्रति महिला समुहको अभियान उचित हो | रक्सि खायो मातिने गरि अनि सधै खानु पर्ने, तास जुवा खेल्यो ठुलै हारजित गर्नु पर्ने | मनोरन्जनको लागि enjoy मात्र गर्ने किसिमले केहि पनि हुदैन त्यसको चोट घर परिवारमा प्रत्यक्ष्य पर्छ | अतः यो राम्रो उदाहरण हो | यस्तो काममा सबैले सहयोग पुर्याउनु पर्छ |

  27. यो सकारात्मक लेखको लागि श्री भीम गौतम र माईसंसारलाई लाख धन्यवाद| जतासुकै यो भएन र त्यो मिलेन आदि नकारात्मक खबर मात्र आएको बेला यसले स्वच्छ प्रस्वास प्रदान गरेको छ|
    काभ्रेको त्यो भेकका महिलाहरु र सुधारिएका पुरुषहरुलाई बधाई र शुभकामना छ| तपाईहरुले प्रस्तुत गर्नुभएको नमुना हामी सबैलाई उदाहरणीय छ| तपाईहरुको उन्नतिको निरन्तरता र अभिवृद्धिको कामना गर्दछु|
    स्थानीय प्रहरी र प्रशासनसंगको सहकारिता र समन्वय पनि प्रशंसनीय छन|

    बाह्रमासे तास जुवा, जांड रक्सी र धुम्रपान हाम्रा समाजका क्षयरोग हुन्| यसको उन्मुलनमा परिवारको सक्रियतालाई प्रहरी र प्रशासनले तन्मयताका साथ् हातेमालो गर्न वान्छनीय छ| प्रत्येक गाउँ बि. स. मा तास जुवा, मद्पांन र धुम्रपान उन्मुलन बारे गाउँलेले बुझ्ने गरी चित्र सुचना संदेश राखेर उन्मुलन घोषणा गरी कार्यान्वायन गरीए सम्पूर्ण गाउँलाई सोझै फायदा हुने गरेर एउटा वा बढी लाभदायक सामुदायिक परियोजना प्रदान गरिनपर्छ| जस्तो, बाटोघाटोको निर्माण, खानेपानी पहुँच, स्कुल निर्माण, रोपवे निर्माण, मर्मत वा थप श्रेणी निर्माण, स्वास्थ वा उपचार केन्द्रको सुबिधा र सेवामा थप र निरन्तरता, बिजुली बत्ती, घट्ट निर्माण र संचालन, इत्यादि| यी परियोजनाहरुबाट सबै जनताले फायदा उठाउन सक्ने मात्र हैन तर उनीहरुकै प्रयासको उपलब्ध भएको बारे उनीहरुले गर्व सक्ने आधार पनि बनाईदिन सक्नु पर्छ|
    सरकारी कर्मचारीहरु, प्रहरी, सेना र अरु खटीई आएका इन्जिनियर डाक्टर न्यायधीश आदि कर्मचारीले घुस, रक्सि मासुभात टन्न खाएर काम नगरेको आँखा समू देख्दा सुधा साधा गाउँले जनतामा सरकारी कर्मचारीप्रति कस्तो छाप परेको होला त्यो सहजै कल्पना गर्न सकिन्छ| स्कुलमा मास्टर दरबन्दी छन् तर कैले कैले मात्र देखा पर्छन, त्यही अवस्था छ स्वास्थ्य चौकी र उपचौकिको|
    यसबाट गाउँलेले के पाठ सिक्ला त्? सरकारी काम भनेको पैसा कमाउने र काम नगर्ने हो भन्ने धारणा ब्यापक छ|

    खोइ कंहा गए यसबेला धार्नीका धार्नी राजधानीका शहर र राजधानी बाहिर पर्यटन केन्द्रहरुमा परियौजना चलाउने नामी संस्थाहरु र एनजीओ र आईएनजीओ? लाखौ र करोडौ खर्च गरेर उपलब्धी चैने हजारको मात्र गर्नु भन्दा र महँगो फोटो सहितको रंगीचंगी रिपोर्ट छपाएर आफ्नो कामको प्रचार गर्न भन्दा काभ्रेको उदाहरण अरु ठाउँमा पनि फैलाए नेपालका लागि भनेर खर्च गरेको धनको सदुपयोग हुने थियो भन्ने कुरोमा दुईमत नहोला|
    हाम्रा नेपाली माटोमा उब्जेका र पर जीवित संस्था र आफुलाई समाजसेवी कहलाउने व्यक्तिहरुले काभ्रेको उदाहरणलाई केस स्टडी को रुपमा लिएर यसलाई अझ सुधारी फटकारी देशव्यापी रुपमा प्रयोग गर्न सक्नपर्छ|
    खालि बिदेशी पत्रिकाले लेखेपछि मात्र आँखा खोल्ने बाने छाड्न पर्छ|
    चरिमाया तामांगलाई उनको चरम साहस, आत्माबल, लगनशीलता र समाजप्रतिको उपादेयताको कदर गर्दै अमेरिकी सरकारकी परराष्ट्र मन्त्रीले अंगालोमा हालेपछी हाम्रो नेपालमा पनि नेताहरुको लहरै चल्यो| हाम्री महिला मन्त्रीले अंगालो हालेकी पनि तस्वीर मेडियामा आयो, रास्ट्रपतिले पनि दर्शनभेट दिए| के विदेशीले कदर गरे पछी मात्र सम्झने र अनि मात्र हामी त्यसको पछी लाग्ने हो?

    भीम गौतमजीले खोजी गरेर यो मानव रुचिको लेख प्रस्तुत गर्नुभएकोमा मेरो साधुवाद! हामी सुधार आफ्ना परिवार, घर दैलो र गाउँबाट गरौँ| गर्व लागेको छ काभ्रेली भेकका जनताको यो शुभ शुरुआतमा| यसलाई निरन्तरता र स्थायित्व दिन हामी सबै प्रयत्नशील बनौ|
    गरिब भयो त् के भयो, हामी मेहनती छौ| उन्नति गर्न चाहन्छौ|
    यस्तै कुरोले फेरी एक पल्ट नेपाली हुनमा गर्व हुन्छ|

  28. अब रोजगारी सम्बन्धि पनि केहि सोंच बनाएर पुरै गाउँ का महिला पुरुष मिलेर पशुपालन, तरकारी खेति, फल फुल आदि उत्पादन गर्ने र रोजगारी को समस्या निवारण गर्ने , कोशिश गरी के नै हुन्न र ..//

  29. कुरो प्रसंसनिय छ , तर लोग्ने मान्छेले जुवा तास खेल्ने र जाड रक्सि खाने गरेको पाइएमा त्यो घरका महिला हरुलाई स्थानीय महिला समुह बाट अलग गर्न सक्ने प्राबधान कति न्यायोचितपूर्ण छ ????

  30. यो खबर चाही साचीकै मन पर्यो है ज्यान लाइ |

  31. काभ्रेली दिदि बहिनि तपाइँ हरुको यो कदम लाइ सलाम \ हो हामि अमुक प्राटी का कार्यकर्ता पार्टीको काम छलेर तास खेल्न व्यस्त हुन्थेउ \ बिचार लाइ ब्यबहारमा उतार्नुको बदला तास खेलेर ,भट्टीमा रक्सि पिएर बिपक्षी हरुको हर कुराको बिरोध र आफ्नो पार्टी र नेताको गलत कुराको पनि धाकछोप गर्थेउ \ निरङ्कुश शाशन ढाले पछी अब देश बन्छ जनताले सुख पाउछन भन्ने कल्पना गर्दै जुवा तास र भट्टी मै समय खेर फाल्थेउ जसको कारण जनताले हामि र पंचमा केहि फरक देखेनन् \ कार्यकर्ता ,नेता मिलेर संगठन को बिस्तार , विचार र ब्यबहार फैलाउनु को बदला चिया पसलमा गफ छाटेर अरु को कुरा गरि बस्थेउ \जसको कारण संगठन बढेन,बिचार फैलिएँन \ कुजो भए कार्यकर्ता,समाज ,जनता ,नेता ,पार्टी \ जसको कारण नेता बिग्रिए,कार्यकर्ता भ्रस्ट भए \ पैसा ,लोभ को खेति बढो अपराध बढ्यो \ भोट बिचार भन्दा पनि पैसा लोभ डर धम्कि को भरमा झर्न थाल्यो \ भन्न खोजेको प्रजातन्त्र,गणतन्त्र ,नेता असफल हुन् मा समाज मा ब्याप्त जुवा तास ,जाड रक्सि ,कुरीति ,अशिक्षा पनि एक हो \ जसले यो बुझेर अगाडी बढ्छ उ नै सफल हुन्छ \ घर ,परिबार ,समाज ,राज्य ,देश बन्छ \ काभ्रेली दिदि बहिनि हो सलाम सलाम सलाम \

  32. नारि जागे भने यहा जे पनि हुन् सक्ने रहेछ ,तेसैले हे नारि हरु हो ,जाग जाग अब जाग न जाग ,लाग उन्नति बिसे अब लाग |

  33. हो यस्तो समाचारले प्राथमिकता पाउनु पर्छ । मनै प्रफुल्लित भयो ।

  34. सबै गाऊ सबै जिल्ला मा यस्तै हुनु पर्छ अति राम्रो काम गर्नु भयो

  35. छोरा मान्छेले रक्सि खानु हुन्न. आइमाई मान्छे आफ्नो ठाउँमा बस्नु पर्छ.

    • “आइमाई मान्छे” बस्ने ठाउँ चाहीँ कुन होला?

      खै मैले कुरा नबुझेकी हो की तपाईंले बुझाउन नसक्नु भएको हो,तर तपाईंले सार्‍है चित्त नबुझ्दो कुरा गर्नु भयो है। अहिलेको जमानामा आएरपनि मेरो ठाउँ यो अनि तेरो ठाउँ त्यो भन्ने तपाईं को सोचाइ जति हास्यपद छ अर्को हिसाबमा उत्तिकै आपत्तिजनक पनि छ। हुन त आफ्ना भनाइ राख्ने हक सबैलाई छ अनि तपाईंका पनिआफ्नै (कु)तर्कहरु होलान् तर कसैलाई होच्याएर बोली जान्न टोपलिने तपाईंले आफ्नो ठाउँ भने बिर्सिनुभाको जस्तो छ। यस्तै ब्यहोरा कायम नै रह्यो भने कसै न कसैले पक्कै देखाइदेलान्।

      • आफ्नो ठाउँमा बस्ने भन्नाले उखरमाउलो नहुने, घरमा बच्चाहरुलाई असल संस्कार सिकाउने(आमाले बाहेक आरुले यो कुरा तेती सम्भव हुदैन), छाडा बनेर नहिड्ने, पोइल जना पाम भन्दै ननाच्ने, चोथाले बनेर मुख चलाउने भन्दा, काम गरेर देखाउने अनि राम्रोसंग घर सम्हाल्ने.

        उपरोक्त कुरा छोरा मान्छेमा पनि लागु हुन्छ. छोरा मान्छले रक्सि नखाने भन्नाले कुनै पनि मादक, पदार्थ सेवन गरि मै मत्ता भएर नहिड्ने, घरको जिम्मेवारी सम्हाल्ने, आइमाई मान्छे(आमा,श्रीमती लगाएत)लाइ बिसेस स्नेह र प्रेम गर्ने.

        दुवै आफ्नो आफ्नो ठाउमा बस्ने भनेको येही हो. एउटाले प्रेम गर्ने, आर्कोले सम्मान गर्ने. बुज्नु भो एलिना जी?

        • अहँ मैले बुझिन। झन् उखरमाउलो र चोथाले भनेको चैं के नि?

          कुनैपनि पुरुषले रक्सी नखाँदैमा उसको “ठाउँमा” बस्यो तर एउटी महिलालाई आफ्नो “ठाउँमा” बस्न कति मेहनत गर्नु पर्ने है सुशीलजी ?

    • छोरा मान्छे भएर रुनु हुन्न रे भन्ने त् सुनेको हो ,छोरा मान्छे ले रक्सि खान हुन्न भनेको चै अलि मिलेन कि ?

  36. सकारात्मक विचार र कार्यलाई प्रोत्साहन र तारिफ गर्ने पर्छ.
    एस्तो कार्य फेरी फेरी हुदै जावोस. बादी छ

  37. धेरै राम्रो खवर / डलरमुखी एनजीओ हरुले सहरमा नाना भाँतीका कार्यशाला गोष्ठी गर्नुभन्दा यस्ता महिला समूहहरुलाई सहयोग गरे झन् राम्रो हुन्थ्यो /

  38. बधाई छ पुतली माया साथै अन्य सबै महिला दिदि-बहिनि हरुमा ! तपाईहरुको त्यो सफल कार्य को कुरा पढ्न बुझ्न पाउदा मलाई अतिनै खुशी लाग्यो कारण, म पनि साधुवत हु यो जुवा-तास प्रति, साह्रै राम्रो र प्रसंसनिय काम गर्नुभएकोछ ! यसरीनै अरु-कतिपय गाउमा अझै जुवा-तास मा जम्ने अनि रम्ने हरुले पाठ/नमुना सिक्नै पर्छ ! म पनि यसको बिरोधि हु ! म-मात्रै नभएर संसारका कुना-कुनामा तपाईहरुको प्रसंसनिय हरु धेरै छन् ! अति खुशी लाग्यो, अनि अझै धेरै गर्न बाँकि छ ! स्याबास ! एकदमै राम्रो कार्य !

  39. सारै राम्रो कम भयो रक्सि खाएर रमाइलो पो गर्नु पर्छ कहाँ श्रीमती कुट्ने हो त नि !

  40. कम से कम गन्दा राजनीतिको भन्दा फरक समाचार आयो, सकारात्मक संदेश सहितको !!!
    धन्यबाद पत्रकार बन्धु !!!!!!!!

Comments are closed.