झमकले पाइन् मदन पुरस्कार, तसलिमाले बिर्सिन् पासपोर्ट

साहित्यप्रेमीहरु यो हप्ता नेपाल साहित्य महोत्सवले निकै व्यस्त छन्। संयोगले आजै नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कारको घोषणा भएको छ। आजै बंगलादेशकी प्रख्यात नारीवादी लेखिका तसलिमा नसरिन साहित्य महोत्सवमा भाग लिन काठमाडौँ आउने कार्यक्रम थियो। झमकले मदन पुरस्कार पाएको र तसलिमाले पासपोर्ट बिर्सेर काठमाडौँ आउन नपाएको साहित्यमा मात्र हैन राजनीतिबाहेकको आजको मुख्य समाचार रह्यो।

यस वर्षको मदन पुरस्कार जित्न सफल झमककुमारी घिमिरे एक विशिष्ट साहित्यकार हुन्। Cerebral palsy रोगबाट पीडित भएर जन्मेदेखि नै हातखुट्टा नचल्ने भएर उभिन, हिँड्न, बोल्न नसक्ने उनले खुट्टाको चल्ने ३ औँलाले कलम च्यापेर साहित्य सिर्जना गर्छिन्। औपचारिक शिक्षा पाएकी छैनन्, तर यति दृढ आत्मशक्ति छ कि Cerebral palsy बाट पीडित विश्व कै १० प्रतिभावान साहित्यकारका रुपमा समेत उनको नाम लिने गरिन्छ। उनै झमकले लेखेकी आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि यस पटक मदन पुरस्कार दिन लागिएको हो।


लुला हात गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’ मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने । दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भत्रे आसिक दिए । उनले कुनै पाठशाला र गुरूबाट सिक्न पाइनन् । सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने । गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे । गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन् । अरू बालकहरू पढेनन् भने कुटाई खान्छन् । उनी पढी भनेर कुटाई खान्थिन् । कापीकलम माग्दा कुटाई खाइन् । उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भत्रे आदेशमा विलाउँथ्यो । जोखाना हेर्नेले सन्तान पिर्छे भने । मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले । पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन् । आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन् । भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानिमागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन् ।

उनलाई कसैले अक्षर सिकाएन, बहिनीलाई पढाएको सुनेर सिकिन् । बहिनी पढिरहेको, लेखिरहेको जाँदा ‘डिस्टर्ब भयो’ भनेर हप्काउँथे र उनले परै बस्नु पथ्र्यो।

उनी लेख्छिन् –– ‘बाबाले बहिनीका औँला समातेर अक्षर लेख्न सिकाएजस्तै मलाई पनि सिकादिए कस्तो जाती हुन्थ्यो भत्रे लाग्थ्यो । तर मलाई सिकाइदिनु त परै जावोस् पर बसेको हेरेको देखेर भत्रे गर्थे –– ‘तँ जान्दिनस् के हेर्छेस् तैँले जानेर पनि के गर्नु ?’ ….. म संग भोक थियो, तर भोक लाग्यो भत्रे आवाज थिएन, प्यास थियो तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । ….. जिन्दगी जसोतसो घिस्रीरह्यो ….. भोक थियो तर भोक लाग्यो भत्रे शव्द वा संकेत थिएन, म प्याक्क मुख बाइदिन थालेँ । प्यास लाग्दा पानीको गाग्रो देखाउँथे, दिसा पिसाब लाग्दा गुप्तांग देखाउँथे, कुनै कुरामा विमती जनाउन खुट्टा हल्लाउँथेँ । ….. जब घाम डाँडामाथि आउँथ्यो त्यो के होला भनेर हेरिरहन्थेँ । मान्छेहरू भन्थे –– ऊ हेर घाम डाँडामाथि आइसकक्यो । अनि म त्यो डाँडामाथिको घाम रहेछ भन्थेँ । त्यसलाई हेरेर भुँइमा सिन्काले लेख्थेँ ––‘घाम’ । जब रात पथ्र्यो मान्छे भन्थे ––‘रात परेपछि केही पनि देखिँदैन ।’ म त्यो रात रहेछ भनेर छक्क परेर हेरि रहन्थे र सिकुवामा औँलाले लेख्थेँ –– ‘रात’ । ….. ममा पनि आम बालबालिकाहरूको जस्तै हिँडेर परपरसम्म पुग्ने चाहना थियो । तर गोडाले भर दिएनन् । त्यसैले म घस्रिन थालेँ । घस्रिएर दुइचार हात टाढा पुगे पनि मलाई नयाँ देश पुगे झैँ रमाइलो लाग्थ्यो । ….. अलिपर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु, चुँड्नु मेरा लागि नौला कुरा हुन्थे । त्यसभन्दा परको संसार देखेकी थिइन ।’

आगोको फिलुङ्गोले पोलेर आमाले ‘आत्था’ भनेको सुनिन् । आत्था भनेको के रहेछ भनेर आफैले आगो समातिन्, अनि बुझिन् पोल्दा ‘आत्था’ भनिँदो रहेछ ।
यसरी मरिमेटेर र यस्ता अनेक परीक्षाहरूबाट उत्तीर्ण भएर अक्षर बुझिन्, शब्द बुझिन्, अर्थ बुझिन्, भाव बुझिन्, शब्द जोडेर बाक्य लेखिन् र वाक्यको अर्थ लगाइन् । भुईँमा, शीतको थोपाले ढुंगामा, भात खाने थालमा गोडाको औलाले लेख्ने अभ्यास गरिन् । प्रत्येक अभ्यासमा गाली वा कुटाई खाइन् । भुई कोरेर फोहोर पारी भनेर, शीत खेलाएर र छिटो भात नखाएर बदमासी गरी भनेर र गोलले लेखेर रिन लगाई भनेर । अनि लेखक भइन् । यस्तो किताब लेखिन् । झमकले यस पुस्तकमा लेखेका प्रत्येक शव्द अनुभवको आरनमा खारिएर निस्केका इस्पातका टुक्रा हुन्।

उनी लेख्छिन् –– ‘मैले भुईँ पनि धेरै कोरेँ, शीतका थोपा पनि रित्याएँ, आप्mना कलिला औँलाका छाला पटक पटक उप्काएँ र रगत पनि छरछरी बग्यो । ….. मान्छेहरू शीतलाई जूनको आँसु भन्छन्, मैले त्यही आँसुले अक्षर लेखेर जिन्दगीको नयाँ रंग भरेँछु, नयाँ खाका कोरेँछु ।’

झमक आफ्‌ना सबै काम गोडाका औलाको भरमा गर्छिन् –– खाने, दाँत मल्ने, लेख्ने आदि । मलाई यो पुस्तक नपढुन्जेल झमकले गोडाको औँलाले किताब लेख्छिन् भत्रे कुरा चमत्कार लागेको थियो । तर त्यसभन्दा ठूलो चमत्कार हो –– उनले कसरी अक्षर सिकिन्, शव्द सिकिन्, अर्थ सिकिन्, भाव सिकिन्, व्याकरण सिकिन्, शब्दभन्डार बनाइन, अभिव्यक्ति सिकिन् र सफल लेखक भइन । अनि सबै कुराले सम्पत्र आजका नेपाली लेखकहरू मात्र होइन, संसारको कुनै पनि भाषाको लेखकका लाममा अग्रपंक्तिमा उभिन समर्थ भइन् । आज उनले यस पुस्तक मार्फत आफैले आर्जन गरेको उपलव्घि हो र सानोतिनो होइन। उनका अगाडि हामी कति जना एक किसिमले ‘सबै कुराले सम्पत्र’ सबलांग लेखकहरू लघुमानव भएका छौँ ।

करिब अट्ठाइस वर्षको उमेरमा यत्तिको किताब लेखिन् जुन् संभवतः उनको जस्तो अवस्थाको कुनै पनि व्यक्तिले लेख्नु भनेको चमत्कार हो । झमक प्रेरक–सहित्यको लेखकका रूपमा नेपाली भाषा रहेसम्म अमर रहने छन्।

उनको संघर्ष, आँट, अठोट, सिक्ने र गर्ने क्षमता प्रत्येक मान्छेको लागि प्रेरणास्पद छ।

झमक प्रगतिकामी र अग्रगामी परिवर्तनको पक्षधर हन् । उनी रानीलाई भेट्न र आफूलाई प्रदर्शन गरेर सहयोग माग्न इन्कार गर्ने स्वाभीमानी हुन् । त्यसैले शाही सरकारले उनको महिनावारी एक हजार रुपियाको भत्ता बन्द समेत गर्‍यो। [साभारः जगदीश घिमिरे, कान्तिपुर]

यसैगरी नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने जगदम्बाश्री पुरस्कार यस पटक दुर्गालाल श्रेष्ठले पाएका छन्। श्रेष्ठको सबैभन्दा चर्चित रचना आनी छोइङ डोल्माले गाएको “फूलको आँखामा फूलै संसार” हो। नेपालीमा उनका अरु पनि थुप्रै रचना प्रकाशित छन्। नेपालभाषामा त उनलाई जनकविका रुपमा सम्मान गरिन्छ। मलाई एकदमै मन पर्ने उनको अर्को गीत

फूल किन फूल्छ बाबै फूल किन फूल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ

पूरा पढ‌्नुस् यहाँ क्लिक गरेर

तपाईँलाई मह जोडीको एउटा टेलिसिरियल याद छ- १५ गते ? त्यसमा एउटा गीत थियो- ‘सय थरि गोडा एउटै चाल, सय थरि बाजा एउटै ताल, मेचीदेखि कालीसम्म साझा हाम्रो देश नेपाल..’ त्यो पनि उनकै सिर्जना थियो।

उनले गरिबको राष्ट्रगान पनि लेखेका छन्। भिडियोमा हेर्न क्लिक गर्नुस्

हो,मलाई पनि त प्यारो
लाग्छ मेरो देश है
तर म देख्दिन हाय मेरो
देश खै त्यो देश खै

छैन हावा,घाम,पानीसम्म पनि सरीबरी जहाँ
कति त छन् निदै बिसाउनबाट पनि वञ्चित यहाँ

छन् सबै तर यति विचित्र
छैन हाम्रो निम्ति केही
देश मेरो पनि भए यो
खोइ त मेरो अंश खोइ
खोइ त मेरो अंश खोइ ?

हो,मलाई पनि त माया
लाग्छ मेरो देश है

यदि यहाँ छ विषाक्त हावा
सर्पको लपलप फणा
श्वासले आगो अ‍ोकेल्दै
बाँच्न कति विडम्बना
यो त हाम्रो खोस्नु हैन र
बाँच्नुको अधिकार नै
गर्छु अब विद्रोह गर्छु म
छैन यो स्वीकार है
छैन यो स्वीकार है

हो,मलाई पनि त माया लाग्छ मेरो देशको

बाँच्नु भन्दै अब कदापी म
हीनता यो सहँदिन
यो त हास्यास्पद मरण हो
अहँ अंगाल्न म सक्दिन
जिउनु हाम्रो भन्नु केही छ त
पीरकै बस भार छ
पीर हो नि लडेर गुम्ने
प्राप्ति तर संसार छ
प्राप्ति तर संसार छ

हो,मलाई पनि त माया लाग्छ मेरो देश है

यदि तिमी हामी गरिबको
गर्दछौ जो रक्तपात
किन तिमीसँग नै म गाउँ
स्वर मिलाई राष्ट्रगान
गर्नुभन्दा घोर तिम्रो
देशकै गुणगान यो
नाश तिम्रो गर्नु हाम्रो
राष्ट्र कै निर्माण हो
राष्ट्र कै निर्माण हो

हो,मलाई पनि त प्यारो
लाग्छ मेरो देश है
तर म देख्दिन हाय मेरो
देश खै त्यो देश खै
देश खै त्यो देश खै

तसलिमाले पासपोर्ट बिर्सेर नेपाल आउन पाइनन्
नेपाल साहित्य महोत्सवमा साहित्य पारखीहरु बंगलादेशी नारीवादी लेखिका तसलिमा नसरिनलाई सुन्न पर्खिरहेका थिए। लज्जा उपन्यासमा उनको इस्लाम धर्मप्रतिको आलोचनात्मक धारणा र क्रान्तिकारी महिलावादी विचारले उनलाई चर्चामा ल्यायो। तर दुर्भाग्य यही कारण कट्टरपन्थीहरुले उनीविरुद्ध फतवा जारी गरे। सन् १९९४ मा उनी आफ्नो देश बंगलादेश छाडेर भाग्नु पर्‍यो। पश्चिमका विभिन्न देशमा बसिन् उनी। स्वीडेनले नागरिकता दियो, जर्मनीमा उनी शरण लिएर बसिन्। भारतको कोलकातामा बसिन् तर त्यहाँ पनि विरोधको सामना गरेपछि छाड्न बाध्य भइन्। भारत सरकारले उनलाई नयाँ दिल्लीको अज्ञात स्थलमा नजरबन्दमा समेत राख्यो। पश्चिम बंगाल सरकारले प्रवेश अनुमति नदिएका कारण अहिले उनी भारतको नयाँ दिल्लीमा बसिरहेकी छिन्।

उनै तसलिमा आज काठमाडौँ आउँदै थिइन्। उनलाई पर्खिरहेका साहित्यप्रेमीहरु तसलिमाले ट्विटरबाट ‘मैले पासपोर्ट बिर्सेकोले काठमाडौँ आउन नपाउने भएँ’ भनी लेखेपछि हिस्स भए। त्यत्रो देशविदेश घुमिरहने तसलिमालाई नेपाल फरक देश हो भन्नेसमेत थाहा रहेनछ। नेपालीहरु ऋतिक रोशन कान्डभन्दा परिपक्व भइसकेका छन्। नेपालको बारेमा यस्तो भन्ने भनेर कुनै वाहियात राष्ट्रवाद अहिले उठ्दैन भन्ने आशा गरौँ। बरु हाम्री झमक र हाम्रा दुर्गालाल श्रेष्ठलाई बधाई दिउँ।

73 Comments

  1. झमक घिमिरे बहिनीले मदन पुरस्कार पायको सुन्दा अतेन्त गौरवको अनुभव भयको छ. छेमता आपंग हुन्न भन्ने कुरा प्रमाणित गर्न सफल भयकोमा बधाई छ.
    साथै दुर्गालाल श्रेष्ठ जस्ता आदर्निया लेखकलाई पनि सम्मान गरेकोमा पनि अतेन्त खुसि लागेको छ.

    दिन प्रतिदिन उन्नति को कामना गर्दा छु

    हस्त गौतम मृदुल

  2. झमक कुमारीलाई हृदय देखि सम्मान | हामी जस्ता हात खुट्टा चल्ने अझ त्यो भन्दा बढि मुख चल्ने तर दिमाग नचल्नेहरुको प्रेरणा बनिदिनु भएकोमा नतमश्तक छु|
    In case of what Taslima twitted, some of us are trying to prove how stupid we are. These comments show that we don’t even see the distinction between “hospitality” and “hostility”.

  3. झमक मदन पुरस्कार मात्र हैन नोबेल पुरस्कारको लायक हुन् !झमकलाई बधाई र सलाम!

  4. बलीवूडकि माधुरी दीक्षितले नेपाल इन्डियाको एउटा प्रदेश हो भनेर सोचेकी उद्गार व्यक्त गरेकी थिईन| अब मनिषा सँगैमा काटीकुटी भारतीय, बोलि चाली रहन सहन खुवाई पहिरन सबैमा र भारतको स्वतन्त्रता दिवसमा हमारी देश भनेर भनि हिंडे पछि शिक्षित अदिक्षित माधुरीलाई भ्रम पर्न जानु स्वाभाविकै होला| नत्र भए भन्नुहोला के थियो हाम्री मनिषामा नेपालीपन बलिवूडमा काम गर्दा र बस्दा रहंदा?

    यी अर्की तसलिमा पनि झुटको खेति गर्दरहिछ| यतिका पढे लेखेकी भएर पनि उनलाई भूगोल र राजनीतिको ख्याल नहुनु भनेको अनभिज्ञता हैन, हेलचक्र्याई हो| उसो भए के उनी एकै भाषा र संस्कृति रहेको, करिब एकै प्रकारको स्वभाव, खानपिन रहेको बंगलादेश र पश्चिम बङ्गालमा दुवैले नुरुल ईस्लाम र टेगोरलाई जातीय कवि मान्ने, ढाकाबाट के तसलिमा कलकत्ता आउँदा जाँदा पासपोर्ट नलिई आवत जावत गर्थिन? उनको भनाई आत्मियता दर्शाउने जस्तो देखा परे तापनि यो ढोंग मात्र हो जस्तो लाग्छ, यो वेव्कुफीपन हो| नेपालीले अब बुझे उनलाई| उनको खटपतिएको दिलमा केही साजद्गी र नम्रता अझ बचेको छ भने अर्को त्वीटर गरेर सोझै माफी माग्न पर्यो तसलिमा खातुन|
    हाम्री झमक चेली लाई लाखन वधाई!

  5. झमक बैनीका बिगतका कथा बेथा र हाल का रचना हरु का आधारमा प्रदान गरिएका यी पुरस्कारहरु पर्याप्त छैनन् / अत उनलाई राष्ट्रले नै बिसेष खालको सम्मान र पुरस्कारको घोसना गर्नु पर्दछा./ झमक बैनी लाइ हिर्दय देखि नै सलाम छ/ म पनि उनलाई सम्मान र सहयोग गर्न चाहन्छु /

  6. झमक, मदन पुरस्कार र नेपालि साहित्यलाई नै ओझेलमा पार्नेगरी तसलिमा नसरिन माथिको बिबाद र कमेन्टहरु हामि नेपालिहरुको मानशिक बिडम्बना हो भन्छु म!
    अझै म त के भन्छु भने यी नेपालि साहित्यका ठेकेदार र जिम्वाल हरुले तस्लिमालाई बिशिस्ट पाहुना बोलाउनुनै गलत हो र उनीहरुले एउटा साहित्य सिर्जक भन्दापनि बिबाद सिर्जका लाइ बोलायाको छ र बिबाद सिर्जक लाइ बोलायापछी बिबाद नआउने भन्ने कुरपनित भयानानी हैन त?
    तसलिमा नसरिनको साहित्य बिश्वबिख्यात भयको होइन उसको बिबाद बिश्वोबिख्यात भयको हो र यस्तो अवस्थाको एउटा बिदेशमा निर्वाशित जीवन बिताइरहेको व्यक्तिलाई यहा हाम्रो देशमा (नेपालको सम्बन्ध र घनिष्टता अनि दुरिपानी, धार्मिक र राजनैतिक अनि जिओलोजीकल्ली पनि, नजिक रहेको) बोलाउनु नै मुर्खाई हो! यो देशमा राजनीति र अर्थतन्त्रमा शान्ति नभयपनी शाहित्यमा त शान्ति छनी तेसैले तेही शान्तिलाई खल्बल्याउन बोलायाको?
    तेसैले हामीले तसलिमा माथि बिबाद गर्न छाडौ, उनि आइनन तेसैले जे भयो राम्रै भयो तेता नसोचौ र कुरा गरौ तसलिमा भन्दा कयौ गुणा विलक्षण प्रतिभाकी धनि झमक को चमक को बारेमा जो हामीसंग चम्किरहेकी छन्!
    कि कसो हो?

  7. तसलिमाले एरपोर्टमा गएर पासपोर्ट ल्याउन भुलें भन्नु नै गलत छ किनकि प्लेनबाट आन्तरिक यात्रा गर्दा नै कुनै न कुनै डकुमेन्ट्सहरु चाहिन्छ भन्ने कुरा बिर्सनु कुनै हालतमा पनि क्षम्म्य हुँदैन . झन् नेपाल विदेशको रुपमा नसम्झेको भन्नु त सरासर गलत वा जानाजान भनेको भन्ने लाग्छ . या त उसले इमोशनमा भनेको वा उक्साहतमा भनेको हुनुपर्छ त्यसरी .
    झमक कुमारीलाई हाम्रो पनि न्यानो माया अनि बधाई .

  8. प्रेरणाकि प्रतिमूर्ति साहित्यकार झमककुमारी घिमिरे नेपाल हुदै बिस्बकै प्रेरणा पात्र हुन् . स्तुति योग्य झमककुमारी घिमिरेलाई कोटी कोटी नमस्कार .
    अत्यन्तै मन छुने गित लेख्ने दुर्गालाल श्रेष्ठ जी ले जगदम्बा श्री पुरस्कार पाउनु
    भएकोमा खुशी लाग्यो .

    • पढ्दै नपढी लेख्ने लुना ‘राजावादी’ जी, पहिले झलककुमारी भनेर लेख्नुभो । मैले गल्ती औँल्याएपछि डिलिट गराइमाग्नु भो
      अनि तपाईँकी प्रेरणाकी प्रतिमूर्ति साहित्यकारलाई तपाईँकी प्रिय तत्कालीन रानीले के कस्तो व्यवहार गरेको थियो भनेर हेर्नुस् किताब भन्दा तपाईँको किन टाउको दुख्यो ? राजतन्त्र त्यसै जनताको मनबाट हटेको हैन । यस्तै यस्तै व्यवहारका कारण हटेका हुन् । अहिले बेल्जियम र अमेरिकाका कुनै सहरबाट फलाना आऊ देश बचाऊ भन्दैमा उनीहरुले गरेका अत्याचारहरु यहाँका मान्छेले भुल्दैनन् । चेतना भया
      हेर्नुस् र बाँकी किताबमा पढ्नुस्-
      झमक प्रगतिकामी र अग्रगामी परिवर्तनको पक्षधर हन् । उनी रानीलाई भेट्न र आफूलाई प्रदर्शन गरेर सहयोग माग्न इन्कार गर्ने स्वाभीमानी हुन् । त्यसैले शाही सरकारले उनको महिनावारी एक हजार रुपियाको भत्ता बन्द समेत गर्‍यो। [साभारः जगदीश घिमिरे, कान्तिपुर]

      • क्या झापड हान्नु भो प्रतिमा जी,
        सायद चेत खुल्ला अब|

    • प्रतिमा जी !
      हुन्छ अब देखि लुना ‘राजाबादी’ नै भन्नु होला , तर मेरो अनुरोध बरु ‘लुना लोकतान्त्रिक राजसस्थाबादी’ लेख्नु भए जायज हुने थियो . म लोकतान्त्रिक राजसस्थाबादी हु .
      हो तपाईले गल्ति औल्याई दिनु भ को हो , धन्यबाद तपाईलाई .
      आर्टिकल पढ्दै नपढी कमेन्ट लेखेको हैन प्रतिमा जी , बरु आर्टिकल पढ्दै जाँदा
      आर्टिकलको अन्ततिर पुगे पछी मुलुकसंग सम्बन्धित सम्बेदनशील कुराले बेस्मारी
      मन दुख्न पुग्दा मुख्य कुरा ओझेलमा पर्न गयो र मुलुकसंग सम्बन्धित सम्बेदनशील कुराले मन विछिप्त भईरा’को अबस्थामा हतारमा कि बोर्ड मा टाईप गर्दा अछ्यर गल्ती भा को हो .
      मेरो कप्यूटर को किबोर्डको अग्रेजी अछ्यर यसरि छ लस्करै :
      A Z E R T Y U I O P
      Q S D F G H J K L M ( हेर्नुस J K L M ) संगै छ , हतारमा टाईप गर्दा गल्ति हुन
      पुग्यो , तपाईले गल्ति औल्याईदिनु भो धन्यबाद तपाईलाई फेरिपनि )

      अब ऐश्बर्य रानीको कुरा गर्नु भो तपाईले , उनि बितिसकीन् — बितेको कुरा
      अब के गर्नु —- — अब त्यस बेलाको शाही सरकारको कुरा पनि के गर्नु र !
      त्यो बेला गल्ति हजार थियो ऐले गल्ति लाख छ —-
      प्रतिमा जी !
      हजार हुदै लाख भएको गल्तीलाई सय भन्दा तल सिमित पार्ने उपाय ” लोकतान्त्रिक राजतन्त्र ” नै देखे मैले विकल्पको रुपमा ,
      हुन्छ तपाईसंग अरु बिकल्प भए लेख्नु होला , हामि पढ्ने नै छौ .
      छलफलका कुराहरु हुनु लोकतान्त्रिक कुरा हो प्रतिमा जी .

  9. सर्वप्रथम बधाई छ झमक बहिनीलाई
    झमक को अवस्था, प्रतिभा र क्षमता देख्दा कहिले काही आफैलाई ग्लानि लगेर आउछ आफु हरेक पक्षबाट उनि भन्दा माथि भएर पनि उनको जस्तो केहि गर्न नसकेको मा
    सबैका लागि उनी उदाहरणिय पात्र र प्रेरणाको श्रोत हुन् र सबैले उनबाट कहिँ न केहि सिक्नै पर्छ . उनको जीवन काँडा कि फूल कृति साच्चिकै मन छुने खालको छ , मैले सो पुस्तक ६ पटक पढिसके तर पनि फेरी फेरी पढ्न मन लाग्छ .
    सो पुस्तकमा उनले व्यक्त गरेको ‘बाबाले बहिनीका औँला समातेर अक्षर लेख्न सिकाएजस्तै मलाई पनि सिकादिए कस्तो जाती हुन्थ्यो भत्रे लाग्थ्यो । तर मलाई सिकाइदिनु त परै जावोस् पर बसेको हेरेको देखेर भत्रे गर्थे ‘तँ जान्दिनस् के हेर्छेस् तैँले जानेर पनि के गर्नु ?’ म संग भोक थियो, तर भोक लाग्यो भत्रे आवाज थिएन, प्यास थियो तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । जिन्दगी जसोतसो घिस्रीरह्यो भोक थियो तर भोक लाग्यो भत्रे शव्द वा संकेत थिएन, म प्याक्क मुख बाइदिन थालेँ । प्यास लाग्दा पानीको गाग्रो देखाउँथे, दिसा पिसाब लाग्दा गुप्तांग देखाउँथे, कुनै कुरामा विमती जनाउन खुट्टा हल्लाउँथेँ । जब घाम डाँडामाथि आउँथ्यो त्यो के होला भनेर हेरिरहन्थेँ । मान्छेहरू भन्थे ऊ हेर घाम डाँडामाथि आइसकक्यो । अनि म त्यो डाँडामाथिको घाम रहेछ भन्थेँ । त्यसलाई हेरेर भुँइमा सिन्काले लेख्थेँ ‘घाम’ । जब रात पथ्र्यो मान्छे भन्थे ‘रात परेपछि केही पनि देखिँदैन ।’ म त्यो रात रहेछ भनेर छक्क परेर हेरि रहन्थे र सिकुवामा औँलाले लेख्थेँ ‘रात’ । ममा पनि आम बालबालिकाहरूको जस्तै हिँडेर परपरसम्म पुग्ने चाहना थियो । तर गोडाले भर दिएनन् । त्यसैले म घस्रिन थालेँ । घस्रिएर दुइचार हात टाढा पुगे पनि मलाई नयाँ देश पुगे झैँ रमाइलो लाग्थ्यो । अलिपर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु, चुँड्नु मेरा लागि नौला कुरा हुन्थे । त्यसभन्दा परको संसार देखेकी थिइन ।’ यो पढ्दा जति सुकै कठोर मनको मानिस किन नहोस उसको आँखा नरसाई रहन सक्दैन . पुस्तक पढ्दा झमकका बुबा आमा संग पनि सारै रिस उठ्छ तर सबै का आ आफ्ना बाध्यता हुन्छन . यस्ता थुप्रै घटना हरु छन् सो पुस्तक मा कमसेकम एक पटक सबैले पढौं र झमकलाई अझै माथि पुग्ने हौसला प्रदान गरौँ
    मलाई लाग्छ उनी मदन पुरस्कार मात्र हैन हरेक पुरस्कारको लायक छन् कसैले पनि उनी माथि दया नगरौं तर उनको सम्मान सधैं सबैले गरौँ.

  10. अनगिन्ति धन्यवाद झमक कुमारीलाई | बाकी तसलिमा नसरिन, खातेहरु खल्ली बल्ली |

  11. @राजेश She has written that “she did not cosider Nepal as a Foreign country”.
    If she had written that “she did not consider Nepal as a Separate country” ,then your comment would be okay.

    राजेश भाइ तिमीले कुन स्कुल पढेको हो ,.,., जे भने पनि मिनिंग ( अर्थ ) उही हो .
    if a country is seperated to another is called foreign country.

  12. झमक कुमारी हामी सबैको लागि एउटा ज्वलन्त उदाहरण बन्नुभएकोछ | बिशेष त बर्तमान परिप्रेक्षमा हाम्रा नेपाली यूवाको लागि ठुलो प्रेरणाको श्रोत हुनुभएकोछ उहाँ भन्ने मलाई लाग्छ | हामी नेपाली यो संसारमा कोहि भन्दा कम छैनौं | मात्र एउटा हात्तीले आफ्नो शक्ति बुझ्न नसकेको जस्तो, कस्तुरी मृगले आफ्नै नाभिको कस्तुरी चिन्न नसकेर पुरै जंगल घुमेर थाकेको जस्तो मात्र हो | नेपाली यूबाले यो कुरा राम्रो संग बुझ्नु जरुरि छ |

    तसलिमाले चाहिं नेपाली स्वाभिमानमा चोट पुर्याईन र आफुलाई संसारको एक नम्बरको मुर्ख साबित गरिन त्यो मेसेज ट्वीट गरेर | अरु के भनौं खोई ?

  13. धेरै धेरै बधाई छ झमकलाई । तिमि झमक मात्र होइनौ तिमि नेपाल कै चम्मक है . सलाम छ तिमि लाई .

  14. २०५६/५७ साल तिर FM हरुमा निकैनै उहाको लेख हरु सुन्न पाइन्थ्यो | मैले तेती बेला नै हो उहाको नाम सुनेको उहा हाम्रो लागि प्रेरणा हुनु हुन्छ | उहाको उतर उतर प्रगतिको कामना गर्दछु | जीवन काडा कि फुल पढ्ने धेरै नै मन छ |

  15. सँधै हाँसीरहेछ सगरमाथा
    हिऊँभित्र लुकेर पनि
    उसले गुनासो कहिल्यै गरेन ।
    ऊ हाँसिरहेछ,सेतो गुलाफ जस्तै
    घामका किरणले गर्दा
    चम्किला बनेका मूर्तिवत्,
    हिमशिखरहरु सामु उभिएर
    प्रश्न गर्न मन लाग्छ,
    जिन्दगी आक्रोश र आवेग लिएर बाँच्छ किन ? – झमक कुमारी

    मलाइृ लाग्छ यी हरफ हरु उहाको जीवन संग प्रष्ट मेल खान्छन, ….//
    पिडा दुःख र संर्घर्स के हो ? मलाइ कहिल्यै थाहै भएन सबै सरल थिए यस अवस्थामा झमक कुमारीज्यूको पिडा बुझ्न खोजेर पनि बुझ्न सक्दिन होला । महशुश गर्न खोजेर पनि महशुस गर्ने ममा झमता नै छैन होला । “त्यसैले त्यो पिडा र बाच्न चाहने जीवनको विचको अवस्थालाई सलाम, उनको जीवन र्सार्थक बनाउने त्यो सहास लाइृ सलाम….. /”
    जीवनको भिन्दा भिन्दै परिभाषा बार बार सुन्ने गर्थे “बाच्नु एउटा कला हो ।“ “जीवन संर्घष्ा हो ।“आदि आदि उसलाइृ आफ्नै परिभाषित गर्थे साच्चै यहाँको जीवनले ले त मैले अर्थ्यायका कुराहरु सबै गलत सावीत भएका छन् । बाच्नुलाइ कला किन भनिदो रहेछ । जीवनलाई संर्घष्ा किन भनिदो रहेछ साँचो अर्थमा यो नै हो की ।

  16. सबैकी प्रेरणा झमक घिमिरेलाई मुरी मुरी बधाई शाहित्यबिधाको उत्कृष्ट “मदन पुरस्कार” जित्न सफल भएकोमा…… साथै दुर्गालाल श्रेष्ठलाइ पनि….

    and how shame and ridiculous that Taslima forgot passport she doesnt even know and consider Nepal is not a foreign country ….stupid….

  17. झमकको चमक नेपालको शान हो / यो ताराले नेपाल र नेपालीको नाम सधै उचा राखने छ / यी प्रेरणाको स्रोतलाई पठेपुस्ताक्मा राखना सके साना नानीहरुको कोमल मन मश्थिसका छाउने थिइन् /

  18. तसलिमाका पछिल्ला ट्वीटर अपडेट हरु लाइ पनि राखिदिए राम्रो हुने थियो. . उनले पछिल्ला अपडेट हरुमा नेपाल लाइ आफ्नै सम्झेर, आफ्नै दाजु भाइ जस्तो सम्झेर बिदेशी देश नभई कन उनले माया गर्ने अनि उनलाई माया गर्ने दाजु भाइ हरुको देश सोचेर आफुले तेस्तो लेखेको प्रस्ट पारेकी छिन. . तेसैले जे कुरा लाइ पनि नराम्रो अर्थ लगाउनु हुदैन हामीहरुले.. उनका अरु कुरा हरु पढ्न तल क्लिक गर्नुहोस. . ..

    http://twitter.com/#!/taslimanasreen

    • You did a good job by sharing this link. People are running after things without properly analyzing it. It is like Hritik Roshan incident. People think doing this make them more patriotic.

  19. शायद नेपालप्रति आत्मियता देखाउनको लागि पो तसलिमा नसरिनले त्यसो भनेकी हुन् कि! साहित्यकारलाई भूगोलको राम्रै ज्ञान हुनुपर्ने हो | खण्डन आउला ! एकैचोटी आवेशमा आउनु भएन !

  20. झमक बैनीको अदम्य साहस, अथक प्रयास, अतुलनीय प्रतिभा अनि अनवरत संघर्षको गाथा पढेर सुनेर देखेर, म प्रभावित उर्फ प्रेरित भए / तिमीलाई मेरो ढोग !!

  21. तस्लिमा हरु झुक्किनु कुनै नौलो हैन | राम्ररि सोच्ने हो भने हामि आफै दुबिधा मा पर्ने स्थिति छ | सिमाना तिन तिर बाट जोडिएको छ ,खुला आवत जावत छ ,
    हुदा हुदा यहाको संबिधान कस्तो बन्ने , यहा कस्तो ब्यबस्था राख्ने सबै निर्णय हिन्दुस्थान मै हुन्छ आज काल को पी यम हुने भन्ने निर्णय समेत दिल्ली मै हुन्छ | अनि बाकि के रह्यो ??
    प्रचण्ड लाइ नेपालि ले रुचाए ,दिल्ली लाइ मन परेंन अब उ यहा को पी यम हुन् इन्डियाले ले रोक्छ ,तेस्तै दिल्ली लाइ नेपाल मा राज तन्त्र मन परेंन आची पुछेको टालो जस्तो फाल्यो , सुजाता जस्ता आधा दर्जन हारेका हरु को नेपाल मा चल्ती फिर्ती को राज के हो ?दिल्ली को आशिर्बाद |
    पहिले राजा को पाला मा रजौटा हुन्थे ,मुस्तांग को राजा ,बझांग को राजा तेस्तै
    नेपाल मा पनि राजा हुनुपर्ने ,काजि हुनुपर्ने ,मन्त्रि ,पियम हुनु पर्ने हरुलाई ल है तिमीहरु छौ भनेको मात्र हो कि ??नत्र यहा को मन्त्रि ,पी यम आजकाल कुकुरले पनि हेप्ने खालको भयो ?न बोलीको ठेगान न ब्यबहार को ?
    चल्ने चै सबै प्रभु कै आसिर्बाद मा अनि तस्लिमा लाइ के दोष ,भोलि निलिमा ले पनि तेही भन्छे ??

  22. झमककुमारीलाई मदन पुरस्कार दिने घोषणाले ‘मदन पुरस्कार’ कै गरिमा बढेको छ। स्यावास, झमककुमारी। तपाईं सारा युवाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

  23. सर्बप्रथम झमक जी लै हृदय देखि बधाई अनि मेरा बिद्द्वान मित्र हरु लाई १ सानो सुजाभ झमक जी ले कुमारी लेख्ने मामला आफ्नो पुस्तक मा धेरै कुरा लेख्नु भाछ त्यो कुरा नि खयाल गर्ने कि …… कृपया झमक घिमिरे मात्र ल
    जय होस् मेरो मातृभूमि को

  24. “लज्जा” होइन लज्जास्पद ! तसलिमा जस्ती प्रख्यात लेखिकाको लागि…जसलाई नेपाल भन्ने एउटा देश छ भन्ने सम्म पनि थाहा रहेनछ !!!

    • तसलिमा नसरिनको नारीको हकमा र लज्जा मैले पढेको छु / प्रगतिशील लेखिका हुन् तर प्रेरणादायी र सफल लेखिका होइनन / स्टेथेस्कोप छोडेर कलम समातेकी चर्चित व्यक्तित्व भने हुन् /
      – “नारीको हकमा” मुस्लिम देशमा नारीको बारेमा स्वच्छन्द र सिमा नाघेको मसि मानेर चर्चामा आयो केवल !
      – “लज्जा” कट्टर मुस्लिमहरूको अगाडी धार्मिक असमानताको चपेटामा परेको परिवारको बारेमा लेखिएको कारणले बिरोध भएर चर्चा पाएको मात्र हो /

      तस्लिमाले नेपालको बारेमा दिएको अभिव्यक्तिले नेपालीहरूको मन दुखाएको छ / जुन गलत हो / तस्लिमाले आम माफि नमागेसम्म म चाँही मान्ने वाला छैन !!
      – कमसेकम लेख्ने मान्छे लेख्दा बुद्धि र विवेक दुवै प्रयोग गर्न जरूरी छ /

    • hello mitra, you should read Taslima’s twitt once again. She has written that “she did not cosider Nepal as a Foreign country”.
      If she had written that “she did not consider Nepal as a Separate country” ,then your comment would be okay.

  25. साथी हो, तसलीमालाइ खासमा बोलाएको चाहिं कसले हो ? तेस्लाई कोर्रा लाउनु पर्ला | त्यो साहित्यिक भेला आयोजकले किन बंगलादेशकी लेखिकालाई बोलाएको? कि रुबेल चौधरीले नेपाल जाँदा बंगलादेशीहरु लाइ पासपोर्ट चाहिन्दैना भन्यो कि? तर एक बिचारले तसलीमाको कुरा पनि ठिकै पो हो कि, किन भने हजारौं बंग्लादेशिहरुसित नेपाली पासपोर्ट छ रे | अनि किन चाहियो र भनिन कि ? तसलीमालाई पनि रुबेलहरुले नेपाली पासपोर्ट पठाए कि ? के ठेकान? जे होस्, जो जसले भारतीय वा जो सुकै विदेशीलाई आमन्त्रण गरेपनि “His Majesty’s Government of Nepal” लेख्नु होला लेटर हेडमा, अनि मात्रै ए नेपाल त छुट्टै देश रहेछ भन्ने लागोस | “Government of Nepal” मात्र लेख्दा “Government of Bihar, Government of UP, Government of West Bengal, Government of Assam” जस्तो देखियो होला तसलीमा लाइ |

  26. “सायद …..
    तसलिमाले नेपाललाई बिदेसनै ठान्नु भएँन
    अर्काको घर आफ्नै बनाउने त् मायाले पनि हो
    त् सायद यो उहाको नेपाल प्रेम नै हो कि?

    नेपालका नेताहरु दिल्ली दरवार धाउँदै गर्थे, गर्छन
    भारतको गल्लि चोक र सेनामा नेपाली धेरै छन्
    सायद तेसैले तसलिम्ले नेपाललाई भारत ठानेकी हुन् कि?

    तेन्जिंग देखि बुद्ध सबै भारतियेहरु हुन्,
    भारतले भन्दै आएको छ, नेपालले होईन भनेन
    सायद तेसैले तसलिमा झुक्किएको हो कि?

    तसलिमाकी बंगलादेसमै रुबेललाई चोर मानिन्छ
    तेही रुबेल सुजाताकी ज्वाई राजा बनेको छ
    त् सायत यसैले तसलिमालाई आफै देस ठानेकी हुन् कि?

  27. “नेपाल कलाकार र शिल्पकारको देस हो”/ अरनिको हातले मुर्ति कोर्ने महान कलाकार हो भने झमक खुताको औलाले साहित्य कोर्ने अरनिको हुन्/ झमक अरनिको अरनिको झमक हुन्/ अरनिको हाम्रो बिगतको गौरव हुन् भने झमक हाम्रो बर्तमानको गौरव हुन्/

    हाल भारतको नया दिल्ली बस्दै आउनु भएको बंगलादेसकी “झमक” तसरिमा बेगमले आफुले कात्मान्दु आउने क्रममा पासपोर्ट भुल्नु भएको कारण “नेपाल एउटा बिदेसी मुलुक नठानेको” भन्नु भएकोले हामीलाई चकित परेको भन्दा झस्काएको पनि छ “लज्जा” जस्तो साहित्यको श्रीस्तिकारले नेपाल पनि भारत बनागला देस जस्तै स्वतन्त्र देस हो भनेर थाह नपाउनु पनि उहाको अर्को “लज्जा” हो ठान्छु/ हामीले सिंह दरवार भन्दा पर पनि पनि नेपाल एउटा स्वतन्त्र देस भएको बुझाउन नसक्ने कस्तो लाछी सरकार पाएको रहेछ/

    यो संदर्व्मा उल्लेख गर्न उपयुक्त हुने एउटा ईतिहासिक प्रमाण मैले हिजो राति मात्रै बिरेन्द्रको पालामा शाही सेनाको “सबुज” नामको उ. से. विजित राज रेग्मी ज्युले लेख्नु भएको किताब को १५औ पेजको ३८ नम्बरको हरफमा ब्रिटिश सरकारले प्रथम बिस्व युद्धमा नेपाली सेनाको सबुज गणको बहादुरीको कदर गरेर नेपाल राज्यको स्तरलाई भारतिय राज्यहरुको भन्दा माथिल्लो स्थान दिईयो र सन् १९२३ मा भएको नेपाल अंग्रेज सन्धिमा नेपालाई “नेपाललाई पूर्ण सार्वभौमसतासम्पन्न रास्ट्र” को रुपमा मान्यता दिईयो पदन पुगे/ यो कुराले गर्दा मलाई नेपालको सार्वभौमसता को जगेर्ना गर्ने ती सबुज गणका प्रत्यक नेपाली सेनाका जवानहरु प्रति श्रद्धा अर्पण गर्न चाहे/

    सन् १९२३को सन्धिले सन् १८१६मा भएको सुगौली सन्धिले त् नेपाललाई ब्रिटिश इन्डियाको एउटा राज्यको स्तरमा राखेको देखाउंछ/ तर नेपाली सैनिको बहादुरीले धन्न नेपाल बच्यो/
    भारतले १९५०को सन्धि गर्दा सन् १९५०को सन्धि भन्दा पहिला नेपाल-अंग्रेज बीच भएको सबै सन्धिहरु खारिज हुने भनेको अर्थ अंग्रेजको सरकार भएको ततकालिन भारतले सन् १९२३मा नेपाल एउटा पूर्ण सार्वभौमसतासम्पन्न रास्ट्र” को रुपमा मान्ने सन्धि समेत खारिज गर्न त् होईन? होईन भने बेगम तसरिमा जस्तिले समेत नेपाल भारत नै किन माने?

    दुर्गालाल “नेवा” भएकै कारण यति प्रतिभाशाली भएर पनि उसले जति मुस्किलले मात्रै केहि सम्मान पाएको व्यक्ति हुन्/ पंचायती कालमा नेवा- साहित्यकार कबिहरुले सरकार बात मात्र “आँसु” अर्थात “खोबी” पाउने गर्थ्यो/ नेवा साहित्य र कबितालेख्नु भएकोमा उहाँको “खोबी” धेरै बगेको छ/ नेवा साहित्यमा उहाँलाई सम्मान पुर्बक खोबिलु भनिन्छ/ उहाँ नेपाली अंग्रेजीमा पनि लेख्न सक्नु हुन्छ लेख्नु भएको पनि छ/ दुर्गालाल ज्युले खोबिलु बन्न नचाहेको भए स्व नारायण गोपाल जस्तै प्रतिष्ठित हुन् सक्थ्यो/

    म छत्रपातीको “चाकला दवु क्लब” को कार्यक्रम संयोजक भएको बेला दुर्गालाल ज्यु कै उपस्थितिमा “नेवा साहित्य” को प्रचार प्रसारमा देस भरिको नेवा साहित्य क्लब हरु यक जुट भएर लाग्न सक्ने बनाउन छ्त्रपातिको एउटा घरमा पदम रत्न गणेश सायमी आदिको उपस्थितिमा “सबै क्लब हरुको एउटा सयुक्त संयुक्त सगथान अर्थात “मंका खल:” को स्थापना गर्ने प्रस्ताव राखेको थिएँ/ यो प्रस्तावमा हार्दिक समर्थन गर्ने दुर्गालाल ज्यु पनि हुनु हुन्छ/ मंका खलको संस्थापना गर्ने काममा चाकला दवु परिवारकै पुस्तकालय साखाको मेरो मित्र तथा भाई स्व. रबि महर्जन ज्यु ज्यान दिएर लाग्नु भयो/ रविको नाम मंका खलको अभिलेखमा समेत उल्लेख छ/

  28. आज भन्दा एक वर्ष अगाडी मैले फेसबुक मार्फत यहि कुरा भनेका थिय ! एकजना साथी ले सारही नमिठो प्रतिक्रिया दिएका थिए ! आज उनले नोबेल नै नभए पनि मदन पुरुस्कार पाए ! आज मा सार्है खुसि छु र फेरी पनि भन्न चाहन्छु उनि नोबेल पुरुस्कार को बास्तविक हकदार हुन् ! उनको परिवेश र उनको सिर्जना तुलना गर्यो भने उनलाई तत्काल नोबेल पुरुस्कार दिए पनि फरक पर्दैन ! तर यसको लागि धेरै प्रचार गर्नु पर्छा ! त्यो दिन टाढा छैन जुन दिन ति नकारात्मक तिप्पदी लेख्ने साथी पनि गर्ब ले छाती फुरुक्क पार्ने छन् !

    गोतिन्गेंन, जर्मनी

  29. सर्बप्रथम झमकले मदन पुरस्कार पाएको मा धेरै खुसि लग्यो.उनिले त्यतिको संघर्षले गरेर
    आज यो अवस्थामा आई पुगे त्यो सारै नै सर्हनिये छ.
    दुर्गालाल श्रेष्ठ लै पनि बधाई छ,
    whatever tasleema nasreen wrote was highly misinterpreted by the blogger,
    what she said is she didnt consider nepal a foreign country,that doesnt mean she that she mean nepal is a part of bangladesh.I dont think she is that stupid,or anyone,a lot of people abroad things nepal is a part of India.and I get pissed off,But thats truth..I have to correct to so may americans that nepal is indeed a separate and sovereign country which was never under any foreign rule,what tasleema wrote was ,she feels nepal as her own,very closer that she didnt need passport to go to Nepal.
    Like in european countries,they dont need passport to go to another.so,nepalese and indians dont need passport to cross each others border.
    we nepalese have mentality that people in other countries always looks us down,and are very sensitive in such regards,but its not always true.
    look what happened in Hrithik incident,he didnt even utter a word about Nepal,and there was riots in kathmandu on bases of rumors that was published in a national daily newspaper,and nepalese people died because of that,we looked so foolish,
    Nepal is looked a poor and very undeveloped country.so ,thats truth.If we really feel bad about it,and gets pissed off if someone says that.then why not try to develop our country and be productive,Why dont we stop being divided and fight among ourselves on the basis of caste,religion and political affiliations,?why there is strike more than half of the year?why not anyone talk about the corruption?why people destroy the infrastructure which was so difficult to built?we dont treat our fellows nepalese,If someone is poor and doesnt dress well,people call them “pakhe”and treat them so poorly everywhere,in stores.in offices,I feel so bad when i see the nepalese people in the airport treat our fellow nepalese who r going to gulf countries to work,they r not being treated as humans,,,,what a SHAME….so ,forget about misinterpretation what tasleema said,and try to make nepal a better place to live..

  30. असाधारण क्षमता साथै प्रतिभाकी धनि झमक लाइ मेरो अभिबादन अनि मदन पुरस्कार प्राप्त गर्नु भयको मा बधाई र अगाडी अझै सिर्जनशील रहोश भन्ने शुभ-कामना!
    उहाको प्रसंसाको लागि मसंग शब्दहरुको अभाब महशुश भैरहेको छ र आर्श्चर्य मान्दै मलाइ मनमा के लागेको छ भने, हातको अभाबमा खुट्टाले लेख्नु र खुट्टालाई हातको प्रयोजनमा ल्याउनु त बाध्यता थियो र हामीकहा अन्य व्यक्ति र ब्यक्तित्वो हरुपनि छन् तेस अबस्था र बाध्यताका तर हिड्डुल गर्न र बोल्न नसक्ने अबस्थाकी व्यक्ति सिकाउने र सिक्न पनि नपायका शब्दहरु सम्हालेर तेस्को भाब र अर्थ आदिको उपयोग गरि आफ्नो कुरा पोख्ने र साहित्य सिर्जना गर्नु भनेको असाधारण मात्र नभयर विलक्षण प्रतिभाहो यसको सम्मान खातिर नोबेल पुरस्कार पनि कम हुनेछ भन्ने लाग्छ मलाई!
    साहित्य सिर्जक झमक लाइ सिर्जना गर्ने सिर्जक(भगवान) ले झमकको सरिर को अरु अंगको शक्ति सायद उहाको दिमाग र चेतनामा हालिदियर गल्तिको आत्माआलोचना गरेको होला भन्ने लागेको छ मलाइ! र तेस्को लागि रिसायारै भयपनी भगवानलाई झमकको र नेपालि साहित्यको तर्फबाट धन्यबाद चाहि दिन्छु म!

  31. झमक कुमारी अशक्त हरुको लागि मात्र नभएर सपाङ्ग हरुको लागि पनि ठुलो प्रेरणाको स्रोत हुन्. यदि केहि गर्ने उत्कट चाहना भयो र त्यहि अनुसारको लगाब भयो भने हामी जस्तोसुकै कम पनि गरन सक्छौं भन्ने ज्वलन्त उदाहरण हुन् झमक . हो उनि नोबेल पुरस्कार को लागि पनि योग्य हुन सक्छिन तर दुख क साथ भन्नु पर्छ दुनियाँको कुनै पनि प्रगतिशील लेखकले यो पुरस्कार पाउन सक्दैन / जसले पुंजिबाद को वकालत र जनबादको बिरोध गर्छ उसले नै यो पुरस्कार पाउँछ / सलाम ति लेखिकालाई….

  32. हार्दिक बधाई

    झमककुमारी घिमिरेको संघर्षलाई वर्तमान पुस्ताले प्रेरणाको स्रोत मान्ने छ भने आउने पुस्ताले आदर्श। जिवनलाई संघर्ष मानेर त्यसलाई सफल तुल्यान उनले गरेको कठोर परिश्रम विश्वकै लागि अनुकरणीय एवं उदाहरणीय हुने छ। साहित्यका लागि नोबल पुरस्कार झमककुमारीलाई दिलाउनमा नेपालले पहल गर्नु पर्दछ। झमककुमारीलाई बधाई।

    दुर्गालाल श्रेष्ठ नेपाली साहित्यका आधार स्तम्भहरु मध्येका एक हुन। दुर्गालाल श्रेष्ठलाइ बधाई।

    बी अधिकारी

  33. Plz Plz Plz guys stop throwing harsh comments to Taslima Nasreen! She never said Nepal is not an independent country. Read the original twit and understand it. Let not show that we are stupid enough to the rest of the world. Plz Plz Plz , do understand what is the theme of her twit!!!!

  34. तसलिमा ले पासपोर्ट बिर्शैदै मा उनको चरित्र माथि नै औला उठाउन कहाँ सम्म को मुर्खता होला है ……यो तेरो यो मेरो भन्ने भावना लै छोडेर यो पृथिवी हामी सबै मानब जाति को हो भन्ने भावना ले हेरौ न ….तसलिमा को भनाइ लाई सकारात्मक अर्थ मा हेरु न उनलाई नेपाल आफ्नो देश जस्तो लागेयो कुनै परदेस लागेन…. ..येही कुरा लाई सकारात्मक सोच ले हेर्ने हो भने उन को भनाइ कति महान छ……जे कुरा लाई पनि नकारात्मक सोच्ने आफ्नो सोच लाई बदलौ …झमक को किताब पड्दा साची भक्कानो छुटेर आसु आको थियो आज फेरी त्यो याद ताजा भो माइ संसार लाइ धन्यवाद ……..

  35. झमक कुमारीको बारेमा टेलिभिजनमा केहि पहिले पनि द्रिश्यलोकन गरेको थिए तर आज मेरोसंसार मार्फत केहि बिस्तृत तथा पुरस्कृतको जानकारीले मेरो गला रोकियो तर आँखाबाट आशु रोकिएन उनको कहानीले | अविरल सलाम छ प्रेणाको खानि झमक कुमारीजीलाई |
    को हुन् ति तसलिमा ? भाडामा बिकिसकेका लेखिका ? देशभक्ति तथा रास्ट्रबादी लेखक पुरस्कृत हुने बेलामा तसलिमाको उपस्थितिले अपवित्र बनाउथ्यो नआएको राम्रो भयो | कदापि उनलाई नेपालीले नचिनेको संदेश दिदा राम्रो होला |

  36. तसलिमा लाइ नेपाल प्रबेस गर्न रोक लगाउनु पर्छ

    • बिनोद जी
      कस्तो कुरा गर्नु भएको तपाईंले? भारतले नेपालमा अतिबादी कट्टरपन्थी मुस्लिमहरु हाबी भएको कुरा फैलाउंदै आएको छ/ तसलिमा पनि कत्तरबादी मुस्लिमहरु बात “फतुवा” अर्थात जसले जहा देख्यो तेही मार्ने घोसना गरिएको बिदेशमा सरन लिएर बसेकी एउटी बिचारी नारि हुन् / उनि भारतको असत्य हल्ला बात तर्सेको कारण आउन सनकेकी पनि हुन् सक्छ/

      उनि नेपालमा सुरछित हुने र भारतको हल्ला झुठ भएको बिस्वास दिलायर नेपाल आउँ प्रोत्साहन गर्नु पर्छ/ बाकि बिचार आआफ्नो/

  37. झमक को अदम्य साहस संघर्षशील जीवन र उच्चकोटिको साहित्य सिर्जनाको लागि मेरो सलाम /

  38. तसलिमा नसरिनलाई नेपाल भन्ने छुट्टै राष्ट्र हो भन्ने हेक्का रहेनछ। कति वाईहात भन्न सकेको हो। युरोप / अमेरिका तिरका चाहिं कतिलाई थाहा हुन्न भन्ने सुनेको हो, तर एउटा पढेलेखेको बङ्लादेशीलाई थाहा भएन भनेर चाहिं पत्याउन गाह्रो भो। बरु उनी आफू जन्मिदा बङ्लादेश भन्ने देश थिएन, त्यो पूर्वी पाकिस्तान थियो। हजारौं वर्षको इतिहास भएको हाम्रो देश नचिन्ने ? जे होस् उनी प्रति रहेको सारा सहानुभुती भताभुङ्ग भयो आज, नुनको सोझो गरेकी होलीन्, नसरिन जी तपाईं नआए पनि हुन्छ नेपाल।

    • हामी नेपाली हरुको यहि बानि मलाई मन पर्दैन, एउटा हल्ला सुन्यो भने वास्तविकता नबुझिकन तेसैको पछाडी दौडिने. . लेखक ले सबै कुरा राम्ररी स्टेट गरेन भन्दै मा आक्रोश मा आउनु राम्रो होइन. . तसलिमा ले नेपाल लाइ आफ्नै देश ठानेकी छिन, अनि हामीलाई आफ्नै दाजु भाइ, तर हाम्रो हावाको पछाडी दौडिने बानि ले अरुलाई दुखि मात्र बनाउछ र हामीलाई बेबकुफ. .

  39. झमक बहिनीलाई बधाई ! !
    अनि मदन पुरस्कारका निर्णायकहरुको सहि फैसलालाई धन्यवाद !

    अब अर्को काम हामी सबै नेपाली मिलेर उनलाई अन्तरराष्ट्रिय स्तरको साहित्यीक पुरस्कार जिताउनु हो | जमर्को गरौ पक्कै पनि सफल पार्न सकिन्छा |

    अन्तमा युकेमा रहेर बिसिष्ठ सहयोग पुर्याउने विश्वाद्विप तिगेला लगायत सबै मित्रहरुलाई पनि धन्यवाद नदिई रहन सकिन्न |

    – नगेन्द्र ईङ्गनाम “आठराइली”

  40. झमकको यो संघर्ष र सफलता को कथा हाम्रो देशका सबै बालबालिकाले पढ्न पाउन , त्यसको लागि बिद्यालय स्तर को पाठ्यक्रम मा समाबेस होस् / संघर्षशील स्रष्टा लाई मेरो पनि बधाई /

  41. झमकलाई हार्दिक बधाई । मदन पुरस्कार गुठीको उत्कृष्ट मूल्याङ्कन । जीवन काँडा कि फूल – प्रेरणाको असीम श्रोत, मानवीय जीवनको सजीव चित्र, समाजको यथार्थ अनुहार र ह्रदयको बोली ।

    • सहि अर्पण जी मपनि चाहन्छु त्यहि….

  42. भूगोल थाहा न हुने त्यो तसलिमा नसरिन भन्ने आइमाई laai बंगलादेश ले तेसै देश निकाला गरेको रहेनछा अब नेपाल मा पनि अब येस्ता मान्छे हरुको नाम जोडेर कुनै पनि कार्यक्रम आयोजना गर्नु हुँदैन /

  43. धेरै राम्रो अब एउटा साहित्यकार जस्तो मान्छे ले त नेपाललाई भारत नै सोचिसकेछा अनि अब भो त अनि क हाम्रो देसमा तेत्र महान सहित्येकर हरु सबै स्वर्गे भैसकेका हुन् र बिदेसी लै महान भनेर CHIEF GUEST को सिट दिनुपरेको!!!र एकदम राम्रो कुरा यो कुरा नेपाली नेत्ता नेत्री हरु अनि नेपाली कर्मचारी हरुको मनमा पसेस एउटा खुटाले मात्र काम गर्न सक्ने मान्छेले तेत्रो नाम राख्नु भयो भने यी हात खुट्टा दिमाग अख मन चल्ने गरु हरुले किन केहि गर्न सक्दैन !!!!

  44. हार्दिक बधाई छ झमक कुमारी लाई ! तसलिमा नसरिन प्रति मेरो सहनुभुति थियो उनको लज्जा पैले पनि पढेको हो तर आज देखि उनि प्रति घृणा लागेर आयो | उनि प्रति कुनै सहनुभुति बाकी रहेन |

  45. झमक कुमारीको बारेमा मैले पहिलो देखि नै सुन्दै आएको छु, अझ यो ब्लगबाट धेरै कुराहरु बुझ्न पाए धन्य छ माईसंसारलाई यो ब्लग हेर्दाहेर्दै झमकको दुख पिडा सुनेर सत्य मेरो मन रोयो, अनि उहाँको आदम्ब्या साहस र अमुल्य प्रतिभा देखि मेरो आफ्नो जिन्दगीबाट म आफैलाई लाज लाग्न थाल्यो झमक हजुरलाई मेरो हिर्दयबाट नै कोटी कोटी सलाम छ,

  46. छुट्टै किसिमको खुसी लाग्यो आज किनभने,जब सही ब्यक्ति सही ठाउमा सही ढंग बाट पुरस्कृत हुन्छ तब अरु के नै चाहियो र?धेरै खुसी लाग्यो!बधाई का साथै स्वास्थ सुधार को पनि कामना!

  47. मैले यो लेख पढ्दा पढ्दै कता कता आफु कति निर्लज अनि कमजोरी रहेछु भन्ने भयो मुटु छुने उनका लेख अनि उनका जीवन का कहानीहरु अति मर्म स्पर्शी आखा रसाउने रहेछ. म भाबुक भय नेपाल को नाम विश्वमा अनि तपाइको रचना जुनी जुनी भर इतिहासमा अजिव , ताजा भैरहनेछ कोटी कोटी नमस्कार अनि अमुल्य सम्मान हजुरलाई …… अनि दुर्गालाल ज्यु लाई पनि . देशको अवस्था ले थकान भयनी यहाँ हरुको रचना ले आत्मा फुरुङ्ग बनाउछ अनि गर्व लाग्छ म नेपाली अनि असिमित स्रोत, अनि धनि स्रष्टा र इतिहासको देश मेरो नेपाल…….

  48. कस्तो बलियो आत्माबिस्वास, कस्तो बलियो संकल्प, कस्तो हृदयास्पर्सी जिबन कथा, कस्तो लगन, कस्तो ज्ञान प्रति को भोख, कस्तो मेहेनत! मेरो हृदय देखि को नतमस्तक प्रणाम छ झमक कुमारी लाई | आफु लाई यस्सो हेर्छु, २८ बर्ष पुग्न लागे, अहिले सम्म परिक्षामा ५ पन्ना लेखे भन्दा बादी लेखेको छैन | जिबन को सुख सुबिस्ता हरु, आलासिपन हरु , समय as -a-granted लिएको छु | धन्यवाद छ झमकजी, मेरो प्रेरणा बनिदिनु भएको मा.

  49. झमक कुमारीको आत्माकथा को सानो टुक्रा कान्तिपुर मार्फत जगदीश घिमिरेज्युले लेख्दा नै मेरो आत्मा सिरिंग भयो. झमक कुमारीज्यु हजुरको आत्माकथाले धेरैलै प्रेरणा मिलोस, मिल्नेछ . एउटा सानो कथा याद आयो “बहिरो भ्यागुताको” . एउटा भ्यागुता कुवामा रहेछ , उ सधै त्यहाँबाट निस्किन को लागि असफल प्रयास गरिरहोदो रहेछ , सबै अरु भ्यागुताहरु ले तैले गर्न सक्दैनस, तँ निस्कन सक्दैनस भनेचन, तर उ बहिरो झैँ सुने-नसुने गरेर आफ्नो दृढ प्रयाश जारी राख्दो रहेछ. उसको प्रयास अलि-अलि गर्दै हिजो भन्दा आज, आज भन्दा भोलि माथि माथि सम्म पुग्न नजानिदो तरिकाले थालेछ . अझै सब उसलाई तैले सक्दैनस तेरो जीवन येही हो , येहिँ हो भन्दा रहेचहं, उ अझै बहिरो नै भैरहेछ. तर एकदिन उ बाहिर निस्केचा त्यो कुवाबाट ,शयेद उसमा भोक थियो केहि गर्ने, संसार देख्ने . तेसैले उ अरु भन्दा बलियो र आफ्नै सफलताको तेजका साथ् त्यहाँबाट उम्क्यो .
    झमक कुमारीज्यु हजुरको पनि प्रयास र संसार देख्ने,चिन्ने भोकले आज हामीलाई एस्तो मीठो कृति दिनुभो. धन्यबाद हजुरलाई अनि अझै लेख्दै जानुहोला.
    -आ’बिष’

  50. झमकको संघर्ष, उनको रोगको अबस्था र उनभित्रको उच्च चेतनाको कथा मैले अनिल पैाडेल (कवि/सम्पादक) ले अाफ्नै खर्चमा बनाएको एउटा हृदयविधारक बृतचित्रबाट थाहा पाएको हुँ । हेर्नलायक छ त्यो बृतचित्र । त्यसको बृतचित्रको प्रदर्शन मैले अनैापचारीक रूपमा धेरै साथी माझ पनि गरे । मलाइ निकै प्रेरणादायी लाग्छ झमकको कथा । यसरी, झमकले पुरस्कृत र सम्मानित हुँदा झमकको एउटा पाठक अत्यन्त खुसी भएको छ । मदन पुरस्कार गुठी पनि यसबाट धन्य भएको छ । सत्पात्रमा पुरस्कार परेको यो अबसरमा झमक जीलाइ बधाइ, धेरै धेरै बधाइ ।

    • कुसुमजी, हामीले पनि हेर्ने मिल्छ त्यो वृत्त चित्र ? कहाँ उपलब्ध हुन्छ ? हुन त “जीवन काँडा कि फूल?” नै काफी छ झमकलाई बुझ्न । तैपनी वृत्तचित्र पनि राम्रो होला अरूको नजरबाट उनलाई नियाल्न ।।।

      • अर्पण जी, झमक जी लाइ प्रभावकारी ढंगले पहिलो पल्ट मेडिया ल्याउने अनिल पैाडेल जीको मोवाइल ९८४१३३३१६९ हो । उहाँलाइ फोन गरेर लिन सकिन्छ । म हाल क्यानडामा छु नत्र म तपाइलाइ दिनसक्थेँ स्वयम पनि, त्यो बृतचित्र हेर्नका लागि ।

  51. झमक लाही बधाई र उनको नेपाली साहित्त्य प्रतिको समर्पण लाही सलाम !!!!!!!!!!!!!!
    तासमा नसरिन को भनाइ प्रति खेद योग्य छ ,नेपाल अर्कै राज्य हो भने कुरा उन्लाही ठ नभए को हैन भारतीय हरुलाही खुशी पार्ने तल्लो दर्जा को मनस्थिति को उपज हो यो, जसरि दलाही लामा बुद्ध भारत मा जन्मेको हो भनेर भन्दै हिडेका छन् , तासमा नसरिनले पनि तेही गरेको हुन्, हैन भने त्यो स्तर को बौद्धिक बेक्तिलाही सार्क राष्ट्र को सबैभन्दा पुरानो राष्ट्र बारे था नहुने प्रश्नै उठादैना !!!!!!!!!!!

    • राकेश जी
      नबुझ्ने तिब्बतीले मात्रै दलाई लामालाई मान्छन/ तिब्बत बात भाग्दा तिब्बतको ढुकुटीको सबै सुन भारत ओसारेको थियो/ बुद्ध कहा जन्मेको थाह नहुने दलाई लामा बुद्धिस्ट हो बा चीनको बिरुद्ध प्रयोग हुने भारतिय राजनैतिक मोहरा बुझ्नेले बुझेकै छ/ तेसो त् भारतको सरकारले बुद्ध भारतमा जन्मेको भन्दै भारतमा नकली लुम्बिनी बनाउंदै सन् २०१२ सम्ममा निर्माण पुरागर्ने भन्दा पनि यक सब्द बिरोध नगर्ने हाम्रा सरकार पनि कुनै दलाई लामा भन्दा कम छैन/

  52. नेपाली साहित्यकार झमक जी लै मेरो हृदय देखिनै नमस्कार छ ! मैले जिन्दगीमा कहिले पनि साधु, सन्त, बागवान र भगवानरुपी आत्मालाई बाहेक कहिले कसैलाई नमस्कार गरिन न त त्येसको आबस्येकतानै पर्यो पर्छ!

  53. बधाई छ झमक कुमारीलाई । समाजको एउटा उदाहरणिय पात्र र पेरणाको श्रोत हुन् झमक ।

    • झमक जीको अद्वितिय प्रतिभा, मेहनत, साहसको त जती प्रसंशा गरे पनि थोरै हुन्छ । उहाँको कष्टपूर्ण शारिरीक अवस्थासंग उहाँको अद्वितिय प्रतिभा, मेहनत, साहसको तुलना गर्ने हो भने सबैले भने जस्तै उहाँ नोवेल पुरस्कार कै हकदार हो ।

      झमक जीको कुरा गर्दा हामीले पट्टक्कै भूल्न नहुने व्यक्तित्व हुनुहुन्छ कवि तथा गीतकार श्रद्धेय दुर्गालाल श्रेष्ठ ज्यू । उहाँले नेपाली गीत संगीत र साहित्य क्षेत्रलाई कहिल्यै तिरी नसक्ने गुण लगाउनु भएको छ । उहाँको धेरै चर्चा गरी रहनै पर्दैन, मात्रै एउटा रचना “फूलको आँखामा फूलै संसार” नै काफी छ । यो त्यस्तो रचना हो जसले धेरैलाई साकारात्मक बाटोमा हिंडाएको छ र धेरैको जीवनमा आमुल परिवर्तन ल्याएको छ, धेरै मान्छेको जीवन गीत बनेको छ “फूलको आँखामा फूलै संसार” । नकारात्मक सोंच र प्रविती भएको मान्छेलाई समेत थोरै मात्रै किन नहोस् सकारात्मक सोंच र व्यवहार गर्न प्रेरित मात्रै गरेको हैन एक किसिमले वाध्यकारी नैतिक दवाव नै श्रीजना गरेको छ यो गीतले ।

      यस्ता अजर अमर गीतका श्रष्टा श्री दुर्गालाल श्रेष्ठ ज्यूले जगदम्बाश्री पुरस्कार पाउनु भनेको उहाँको योगदानको उचित कदर मात्रै नभै सम्पूर्ण नेपाली साहित्य जगत र नेपाली जनताकै कदर हो । हार्दिक बधाई कवि तथा गीतकार श्रद्धेय दुर्गालाल श्रेष्ठ ज्यू ।

  54. Mentality of Nepalese…..We heard most of parents saying children are like fingers, we love all of them equally….even my parents use to say……BUT when I grow up and look around the world……I find different…parents selling their children….mother throwing their children after delivery…..father killing or even raping their kids…..WHY people are so wild….similar to animals which eats their own species…..
    In Europe there are lot of facilities……big budget spends by the government on them……if Parents are thinking children as a future benefits then ALL LOVE towards their child is deceitful….!!!
    I say this is a Miracle and we Nepalese should be proud that we have Buddha, Everest and Jhamak Kumari……She is our Pride……National paragon…….lastly I want to say “WE LOVE YOU”….

  55. झमक मदन पुरस्कार मात्र हैन नोबेल पुरस्कारको लायक हुन्। सबै चिज भत्केको बिग्रेको यो देशमा उनी हामी सबैकी प्रेरणा हुन्। झमकलाई बधाई र सलाम!!

Comments are closed.