तपाईँ कुन खालको ज्वाइँ?

-चर्चित ढुङ्गेल-

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

२) लिब्रिके ज्वाइँ— यी ज्वाइँहरु कस्ता हुन्छन् भने साह्रै नै सस्ता। लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तीसँग प्रेमगीत गाइरहने यिनको बानी हुन्छ। महिनाका सबैजसो दिन ससुरालीमै बिताउन चाहने यस्ता ज्वाइँहरु लाजघिन पचेका र इज्जत नबचेका हुन्छन्। यस्ता ज्वाइँहुरु यसरी ससुराली धाउँछन् कि मानौं घर चैँ ससुराली र ससुराली चैँ घर हो झैँ। यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढी मिल्छ। तर पनि यिनीहरुको नजर ससुरालीतिरै हुन्छ। ससुरालीमा साली रहुञ्जेल र साँझबिहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको बास ससुरालीमै हुन्छ।

‘ज्वाइँ कहिले फिर्नुहुन्छ?’ भनेर सासुससुराले नसोधेसम्म यस्ता ज्वाइँले पिर्नसम्म पिर्नुहुन्छ। यस्ता ज्वाइँदेखि सावधान हुनु जरुरी भैसकेको छ। लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइँलाई लिब्रिके भनेको हुँ। तपाईँ जेसुकै भन्नुहोस्।

३) घर ज्वाइँ— ससुरालीघरमा केही साल वा सदाबहार रुपमा बस्ने ज्वाइँलाई घरज्वाइँ भनिन्छ। छोराबिहीन ससुरालीमा यस्ता ज्वाइँहरुले आश्रय पाउँछन्। कतिपयले धनको लोभमा घरज्वाइँ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले। तर घरज्वाइँ बस्नेको हविगत धोबीको कुकुरको झैँ भएको देख्छु म त। ‘ज्वाइँ ! पाहुनालाई पिरा दिनु त।’ भनेर सासु वा जेठीसासुले नोकरको ब्यवहार गरेको देखेर ज्वाइँ कहिल्यै छोरो हुँदैन, छेपारा बढेर गोहोरो हुँदैन भन्ने कुरो स्पष्ट हुन्छ। कति घरज्वाइँ होलान् जसले छोराको स्थान पाएका होलान्? यो धर्तीमा कुन ज्वाइँले स्वास्नीका, उस्तै परे सासुका लुगा नधोको होस्। जे होस्। घरज्वाइँ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिँदै गरेको मकैको टुसो जस्तै होला। सासु वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनुँला भनेर यस्ता ज्वाइँको जुनी बितेको देखेको छु। अरुको के कुरा गर्नु। मेरै कुरो गर्छु।

नेपालमा हुँदा नभएको घरज्वाइँ कतारमा भइएको छ। तानेको भिसामा कतार पालेको म यहाँ आइपुग्दा पो थाहा पाएँ ससुराली आएको कुरो। ससुराबाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्री चढ्ने पजेरोमा के चढेको थेँ मभित्रको अँधेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आँगन टेकिहालेँ। केही हप्ताहरु किचनमा खाना खान बाहेक नपसी बिते। जसै कतार टेकेका दिनहरु लम्बिँदै गए र म पनि घरज्वाइँ हुँदै गइराछु। अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँबीचका मर्यादाहरु नांगिनेछन्। त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके। तर पनि खुम्चिने क्रम जारी छ मेरो। चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरुलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ। तपाईँ चैँ घरज्वाइँ नहुनुहोला। जय होस् !

42 Comments

  1. तेसो भए मा के लिप्रिके जुवाई मा परे त ? आफ्नो त सालिहरु टन्नै छन् ,न जाउ भन्दा पनि जान मन लाग्छ, के गर्नु सालिहरु को माया असाध्धै लाग्छा,आ@@@ जस्ले जे सुकै भनोस्, ससुराली जान चै न छोड भैरे…………

  2. एति राम्रो कथा भनेर मुस्कुराउँदै पढेको त तपाँइ को आफ्नै कथा पो परेछ तर केहि छैन विदेश मा छिमेकि ले त हेप्दैननिमेकि ले त हेप्दैनन

  3. तपाई कुन ज्वाइ भन्ने प्रश्नमा म पहिलो अर्थात भलादमी ज्पाई हो । तर माथि भनिए जस्तै यी भलादमी ज्वाइलाई न ससुरालीको ख्याल हुन्छ न त सालीकै भन्ने शब्द चाही अलि चित्त बुझेन किनभने पहिलो कुरा त फुर्सद नै हुदैन । तर पनि आजभोलीको समयमा भेटनलाई ससुराली नै धाउनुपर्छ भन्ने छैन । फोनबाट नै भेटघाट, सन्चोविसन्चो आदि कुरा थाहा पाइ हालिन्छ । अनि किन हुदैन ससुरालीको ख्याल ।
    त्यस्तै अर्को पक्ष हेर्दा यदि फुसर्द भए पनि ससुराली भन्ने कुरा चार्डपर्व लगायत कहिले काही जाने ठाउ नै हो । लुखुक लुखुर गइरहने ठाउ पनि होइन नि कि कसो हाहाहा

  4. ज्वाई छोरीको जीबन साथी बने पछी उनी घरको सदस्य नै हुन् नि !
    के को यस्तो खाले ज्वाई र उस्तो खाले ज्वाई नि !
    अर्काको छोरी छोराले घरमा ल्याए पछी गृह लक्ष्मी हुन्छ भने ज्वाई पनि
    गृह नारायण ( ज्वाई नारायाण भन्छ नि हो त्यै ) हुन्छ नि ससुरालीमा .
    भन्ने बेलामा चै छोरा र छोरी बराबर भन्ने अनि समाजमा ब्यबहारमा चै
    यो र त्यो नाम दिदै किन भेद भाब ???
    कुनै केटि मान्छेले छोरी पायो , उसको पेटमा समस्या भएर या रोगि भएर अब
    उनी अर्को बच्चा ( छोरा नै भनू ) पाउन नसक्ने बन्यो , त्यो पछी उनको त्यै
    छोरीको लोग्ने अब त्यो घरको लागि कति महत्व हुन्छ ! किन भने त्यो घरमा
    छोरा छैन , अब ज्बईले छोराको भूमिका निभाउनु पर्ने हुन्छ .
    अब यस्तो मात्रै किन ??? साला ( बुडिको भाई ) नै किन नहोस , साला पनि त
    भिनाजु को भाई झैँ हुन सक्छ नि पारिबारिक मायाले .
    अब सालाको भाई या दाई छैन भने ( एक्लो साला हो भने ) उसको लागि भिनाजु
    बा पछीको दाई झैँ हुन पुग्छ .
    हामीले हाम्रो सोचाईलाई फराकिलो अनि मायालु बनाएर सोच्नु पर्यो !

    • तपाई को भनाइ सिदंताता ठिक छ तर नेपाल मा घर ज्वाई बस्ने हरु ससुराका सम्पति ताक्ने वाला हरु ९९% छन्. मैले अहिले सम्म कुनै ज्वाई गरिब ससुराल मा गएर बसेको छैन . खाली ससुरा को सम्पति ताक्ने, लोविए पापी हरु नै हुन् तिनी हरु ! उस्तै परे सासु ससुरा लै छिट्टै माथि पुरौना पनि भर छैन यिनीहरु बाट ! सावधान हुनु पर्छा सबैले समय मै !

  5. अरु देश को पढे-लेखेका मान्छे को सोचाई र हामि पढे-लेखेका नेपाली हरु को सोचाई मा यहि फरक छ/ हामि अरुलाई खिस्सी गर्ने र म नै ठुलो, मैले नै गरेको काम ठुलो, अरु सबै झार-पात भन्ने नीच सोच राख्ने र अरुको चियो गर्ने र अरुलाई हासो को पात्र बनाउने भ्रस्ट बुद्दी भएका हामीहरुको कहिले सद-बुद्दी आउला हँ ?

  6. सार्है नकारात्मक पक्श्यबता मात्रै लेखियको तुच्छ लेख लग्यो मलाई त , खोइ मेरो समाजमा त शालिलाई पनि आफ्नै बहिनीजस्तै मानेर हेर विचार गरिन्छ नकी कु – दृस्टी / जसरि बुहारी घरको आफ्नै सदश्य हुन्छिन तेसै गरि जुवे पनि शाशुरलिको एउटा महत्तोपुर्ण सदश्य हो र उसको पनि आफ्नो शासुराली पार्टी आफ्नै दयित्तो र कर्तब्य हुन्छ /

  7. यो आर्टिकल नकारात्मक सोचाई ले भरिएको छ. ज्वाई लै पनि आफ्नो घर को सदस्य मान्नु पर्छः खुसि र दुख मा साथ तब मात्र सम्भब होला.

    • चर्चित जी,
      आउंदा दिनहरुमा लेख सार्वजनिक गर्दा शिक्षा दिने खालको लेखहरु मात्र यसरि पस्किनु होला / तपाईंको लेखले परिवर्तनतिर उन्मुख हाम्रो समाजमा जरुर नकारात्मक असर पार्नेछ /
      तपाइंले “ज्वाईं” लाइ जुन तरिकाले बर्गिकरण गर्नु भएको छ (३ प्रकारले) त्यसले कसैलाई खोक्रो अडम्वर देखाउन प्रोत्साहित गर्छ भने कसैलाई आत्म सम्मान गिरेको अनुभव गराउँछ /
      “श्रीमतीको कपडा धुनु” लाइ त्यत्ति ठुलो बेइजतीको रुपमा प्रस्तुत गर्नु भएको छ / तपाईं जस्ताको बिचारले गर्दा नै हाम्रो समाज जहीं को त्यहीं छ आज अरु मुलुकको समाजहरुको तुलनामा / भन्ने बेलामा जोइ पोइ रथका दुइ पांग्रा भनेर ब्याख्या गर्ने अनि घर गृहस्तिको सवालमा सिन्को नभाँच्ने श्रीमानहरुको जमात बढाउने छ तपाईंको यस्ता लेखहरुले /
      समाजमा परिवर्तन ल्याउने, बिकृति, विसंगतिहरुलाई सुधार्ने खालको लेखहरु लेख्ने प्रयास गर्नु होला न कि समाजलाई उही ५० साल पहिलेको अवस्थामा धकेल्ने खालको /

  8. घर ज्वाई बसेर सासु ससुराको स्याहारसुसार गर्दै छोरा सरह बनेर बस्नु नराम्रो कुरा हो र ? आफ्नो कपडा स्वास्नीले धुनु पर्ने स्वास्नी को कपडा धुन नहुने भनेर कुन चाही धारा या उपधारामा लेखेको छ र ? लेखकको जस्तो तुच्छ विचार भएकालाई चाही कुन ज्वाई भन्ने ..ससुरालीमा दुख सुख पर्दा गैरहनु पर्ने बाध्यता हुन सक्छ ..त्यस्तालाई लिब्रिके भन्न त भएननी …सालीलाई लाइन हान्न र सासु ससुरालाई धुत्न जाने मध्य को पर्नुभएछ कि कुन्नि ….जे होश भिन्न किसिमको रमाइलो छ लेख

  9. म पनि भलादमी ज्वाईं बन्ने कोसिस गर्दा गर्दै ,लिब्रिकेको सिकार भयको छु,तर ससुराली गएर चाई होइन है ..!!सकेसम्म भलादमी नै बन्ने कोसिस गर्नुपर्छ है साथीहरु…

  10. लौ खुशी को खबर खुशी को खबर..मा त १ नम्बर को ज्वाई मा परेछु नि गाठे ..

  11. त्यो बोंगाली रुबेल कुन ज्वाई हो ? तेस्को ससुराली नेपाल हैन किन भने तेस्ले बिहे गरेकी केटि नेपाली हैन , तर नेपाल मा अपराध गर्छा एसो ज्ञानी साथी हरुले प्रस्ट पर्नु पर्यो |

  12. मा चै कुन खालको जुवाई परेछु, म वर्ष मा यक चोटी मात्र ससुराली जान्छु. किनभने मा यहाँ बाहिर देश मा छु वर्ष मा यक चोटी छुट्टि पौचु अनि कति चोटी जानु त ससुराली????

  13. रुबेल चौधरी जस्त्ता ज्वाई डाँका वगॅमा पछ॔न् हैन ???

  14. राजनीति गफले गिदी भएको बेला, यो लेख पढेर फ्रेश भईयो | धन्यवाद |

  15. त्यसो त आफू पाँच पैसाको कमाई नगर्ने तर बाबु आमा र दाजुभाइको सम्पतिमाथि रजाइँ गर्ने थुप्रै छोराछोरी वा दाजुभाइहरु पनि होलान् । त्यस्ता कुलङ्घारहरुलाई समाजले कुनै नाम दिएको छैन जसरी घरज्वाइँको बारेमा कुरा गरिन्छ । सासुससुराको सम्पति वा सालीमाथि गिद्धे दृष्टि लगाउने कुरा पक्का पनि गलत हो तर ज्वाइँ भएकै कारणले ससुरालीमा आतेजाते गर्नुहुन्न वा ससुराली पक्षलाई सधैँ नकारात्मक रुपमै हेरिनुपर्छ भन्ने सोचाइ सर्वथा गलत हो । तपाइँ हाम्रो प्रयास परिवार परिवारबीच सौहार्दता र सद्भाव कायम गराउने हुनुपर्छ न कि फुट वा विखण्डन ल्याउने । चर्चितजीको यो लेखले ससुराली आतेजाते गर्ने धेरै ज्वाइँहरुलाई सोच्न बाध्य गराउन सक्छ । पहिला कहिले नजागेको खोक्रो आदर्शलाई बिउँताएर परिवारबीच रहिआएको सुमधुर सम्बन्धको अन्त्य हुन सक्छ कि भन्ने मेरो डर हो । यदि त्यसो भयो भने चर्चितजीको कलम गलत ठाउँमा र गलत विषयमा चल्यो भन्ने मेरो ठम्याई छ । अन्य मुलुकहरु (भारतलाई छोडेर) मा पनि ज्वाइँ र ससुराली पक्षबीच यस्तै जुङ्गाको लडाइँ हुन्छ कि हुँदैन थाहा भएन । तर जे भएपनि हाम्रो सोचाइको दायरा अलि फराकिलो बनाउन चाहिँ जरुरी भएको देख्छु । चर्चितजीले ज्वाइँको बारेमा यत्रो अनुसन्धान गर्नुभएपछि घरज्वाइँलाई अङ्ग्रेजीमा के भनिन्छ त्यो पनि खुलाई दिनु भएमा आभारी हुने थिएँ ।

    • घर ज्वाईलाइ अंग्रेजीमा SPONGING SON IN LAW भनिन्छ / लेख पढेर चर्चितजी सारै पिडित हुनुभएको जस्तो लग्यो / एक धारको मात्र बर्णन गर्नुभयो / जो ज्वाई ससुरालीमा बर्षको एक चोटी मात्र टिका थप्न पुग्छन, त्यो ज्वाई मान खोज्ने ज्वाईमा पर्यो(*Condition Apply) / तर तेस्ता ज्वाईहरु पनि समाजमा छन् जसले आफ्नो ससुरालीलाइ पनि आपत परेको बेलामा आफ्नो परिवारसरह मद्दत गरिरहेका हुन्छन/ र तेस्तो ज्वाईलाई चै क नाम दिनु हुन्छ नि???

  16. मलाई तपाई ले लेखेको सब्द हरु धेरै मन परियो .कसैलाई पनि घर जोई बस्न नपरोस है …..

  17. मेरा २ ओटा भाई चै लिब्रिके जोवई छन, १ ओटा कि साली छैन ( तैपनि त्यसलाई लिब्रिके ) नै भन्नु पर्छ, म चै साल मा १ पटक ससुराल जान्छु. साली पनि राम्रा र ३ ओटी छन. तर हाल ससुराल नगाको १.५ साल हुन् थाल्यो. ससुराली को सुख दुख मा सभागी हुनु चै पर्छ, तर धेरै गैरहनु हुन्न भन्ने मेरो मान्यता हो. मेरो मान्यता अनुसार लिब्रिके ज्वाई छुचो हो भने घर ज्वाई चै लोभी हो , सक भर आफु लै भलाद्मी ज्वाई नै बनाउनु पर्छ. यो आफ्नो हात को कुरो हो .

  18. घर जुवाई हुनु भन्दा बिहे नै नगरी बस्न उचित हुन्छ,तेसैले साथीहरु हो बिहे नै गरेको भए ससुराल कमै मात्रामा जानु होला.

  19. कति ज्वाई त ससुराली पीडक पनि हुन्छन. अनी ससुराली ले दुख र पिडा दिएको ज्वाई लै चाही के भन्ने नि?ज्वाई बाट फाइदा लिनु सम्म लिने अअनी तेही ज्वाई लै दुख सास्ती दिने ससुराली को ज्वाई चाही कुन वर्ग को पर्छन? के लेखक ले सबै वर्ग लै समेटेको छन्?

  20. सुजाता को सत्ता रा पॉवर को अदम ससुराली देशको धन लुंटने बंगलादेशी ज्वाई रूबेल चौधरी जस्तो नभायर भलाज्मी ज्वाई हूँ न मन पर६

  21. ज्वाईं पनि कस्तो खालको ज्वाईं हुनुहौं !!! चर्चित ढुंगेल माइसंसारको ज्वाईं जस्तो निस्सै पनि म होइन होला | हुनत मलाई ससुराली जानुलाई अति झ्याउ लाग्छ श्रीमतीको करले बडादशैं मा एक चोटी मात्र जान्छु सालमा | कारण सासु ससुराली घर टाढा भएको ले गर्दा |

  22. चर्चित जी, तपाई चै कुन खालको ज्वाइँ?
    म त भन्नु पर्दा खस मा भलादमी ज्वाइँ हो / तर कहिले कहिँ काम पर्दा लिब्रिके पनि हुनु पर्दो रहेछ /
    म ठोकेर भन्न सक्छु चर्चित जी पनि कुनै जमाना को लिब्रिके ज्वाइँ हुनुन्छ / यो लेख उहा ले पिडा मा लेखेको जस्तो छ /
    घरज्वाइँ चै मलाई सबै भन्दा मन नपर्ने ज्वाइँ हुन् / थुक्क ससुराली मा बसेर पनि हसुर्नु/ घरज्वाइँ भनेका तेस्त हुन्छन , जसलाई यो जिन्दगि भरि लाज सरम केहि लाग्दैन , कुनै इज्जत हुदैन , …………….

    बले ( भलादमी ज्वाइँ)

  23. के गर्नु र बिदेसको ठाउँ त यस्तो त भैहाल्छ नि तर नेपाल मा त घर ज्वाई त बस्नु हुदैन है

  24. ढुंगेल जी ले किन यो समयमा ज्वाईं को कुरा निकाल्नु भएको बुझिएन.

    हिजो आज देशमारा, जनताको अधिकार मारा, प्रजातन्त्रको धज्जी उडाउने, संसद बिघटन गर्ने, स्थानीय निकायका को किरिया गर्ने ज्वाईं कि बिगबिगी बढेको बेलामा फेरी ज्वाईं महात्म्य किन सुरुभयो ?

    कतै शाहीहरुको बाँकी जुठो खाने बेला भएको त हैन यी ज्वाईंले.

  25. लिब्रिके जुवाई लाइ काईदा रहेछ साली संग मस्किन पाउने हेहेहेहेहे

  26. अनि साला जेठान ससुरालीमा हुदा हुदै पनि स्वास्नीलाई उचालेर ससुराको सम्पति चिपल्याउन खोज्ने, ससुरालीमा कलह ल्याउने अनि साला जेठानलाई बिचल्लीमा पर्न खोज्ने ज्वाईलाई चाही के भन्ने नि,

  27. मा चै कस्तो ज्वाई परे होला ? बेहुली माइत मा छ भने गएको गइ गर्ने छैन भने ससुराली को सम्झना नै न आउने :p

  28. होइन तपाइको पनि येस्तै गति छ कि कसो हो ? नत्र कसरी तपाईलाइ थाहा भयो सर…..जे होस् दुख भोगेको मानिस लाई राम्रो संग थाहा हुन्छ….

  29. एउटा ज्वाईको किसिम अझ छुटे जस्तो छ | डाक्दा पनि नआउने, ससुरालीको नाम लिना साथ् बुरुक्क उफ्रने र ससुरालीलाइ अलि अलि मदत गरेर आफैले पालेर राखेको जस्तो गर्ने यस्ता ज्वाई लाई गम्के ज्वाई भन्नु पर्ला | नेपालमा यस्ता ज्वाइको संख्या त कमै होला तर यस्ताका ससुरालीले भने ज्वाईबाट निकै सास्ती पाउछ |

  30. अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँबीचका मर्यादाहरु नांगिनेछन्। त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके। तर पनि खुम्चिने क्रम जारी छ मेरो। चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरुलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ। तपाईँ चैँ घरज्वाइँ नहुनुहोला। जय होस् !

  31. तपाइको दुखेको घाउ चर्केको देख्दा यस लेखलाई हास्यव्यङ्गको साटो पीढालेख लेख्दा राम्रो हुन्थ्यो कि?
    अर्को कुरा ज्वाईंलाई छोरोको ठाउँमा देख्न चहानुहुन्छ भने सासुले पीरा माग्दा ज्वाईंसाबको जुँगाको सवाल पनि नसोचिदिए तपाई कै मनलाई शान्ती हुन्थ्यो होला.

  32. खै त रुबेल चौधरी जस्त्ता ज्वाई कस्तो प्रकार को ज्वाई मा परे कुन्नि ?

  33. गजब लेख्नु’भो ढुंगेलजी !
    नढाँटि भन्नुपर्दा तपाइको परिभाषा अनुसार म भलाद्मी (नेपालमा छँदा वर्षमा काम पर्दा बाहेक दसैमा १ पटक टिका थाप्न मात्र जान्थ्ये) ज्वाईमा परें / भित्र भित्रै गमक्क परें..नाक फुलाए /
    – मलाइ सबैभन्दा मन नपर्ने चाँही लिब्रिके ज्वाई हो / सालीलाई श्रीमतीले थाहा नपाउने गरि डियर भनि पनि हाल्ने / सालीसंग गफ गर्न मात्र भएपनि हप्तामा दुइ तिन पटक ससुराली बाटो परेर पसेको भन्दै गैरहने ज्वाई पटक्कै मन पर्दैन /
    – त्यस्ता लिब्रिके ज्वाईले त अझ बेला बेलामा सालीलाई फिलिम हेर्न जाउ, खाजा खाना जाउ भनेर छुट्टै किसिमको आनन्द लिने पनि गर्छन /
    – खास गरि त त्यस्ता लिब्रिके ज्वाई ससुरालीमा सालीको हातले ल्याईदिने अण्डा दुध खाना अनि ताल परे भात बजाउन जान गर्छन /

  34. दुन्गेल सरले घर जोइंको बारेमा जो लेख लेख्नु भयो अति वास्तविक छ हाम्रो समाजमा यो लिब्रेके जोइले सोस्निका कुरा सुनेर भाई ,दाइ आमा बुवा मार्ने घरलाई भाई हरुमा दुस्मनी को संजाल निकाल्ने येही २ नाम. जोवई र लिब्रेके को कारण हो जोवई होस् त भलाद्मी होसना होइनारा ?

    • तपाई ले भनेको सत प्रतिशत सहि हो कृष्णजी, यस्ता हरु बाट बच्न सार्है गार्हो छ !

Comments are closed.