शान्ति प्रकिया र संविधान निर्माणमात्र होइन भट्टराईको प्राथमिकता

-दीपक भट्टराई-

सभासदहरुको टोलीको नेतृत्व गर्दै गत वर्ष भारतीय राज्य बिहार पुगेका बाबुराम भट्टराईले त्यहाँका मुख्यमन्त्री नितिश कुमारलाई बिहारको उन्नतिको रहस्य बारेमा सोधेका थिए। टोलीमा सँगै गएका काँग्रेस नेता गगन थापाका अनुसार पाँच मिनेट लामो भट्टराईको प्रश्नको उत्तरमा मुख्यमन्त्री नितिश कुमारले प्रगतिको कारणमा तीन शब्द मात्र भने- ‘रुल अफ ल’ अथवा कानुनी शासन।

आर्थिक वृद्धिदर ११ प्रतिशतको हारहारीमा गरिरहेको बिहारको मुख्यमन्त्री इन्जिनियर नितेशको सल्लाह अर्का इन्जिनियर नेपालका प्रधानमन्त्री भट्टराईले लागु गर्न सके देशले प्रगति गर्न सक्छ। देश विकासका लागि कानुनी शासनको महत्व भट्टराइले बुझेकै छन्।

त्यो लागू गर्न उनले कोशिश गरिहाले पनि सक्षम हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न टड्कारो छ। तर कोशिश नै गरेनन् भने चाहिँ भट्टराई प्रतिको जनविश्वासमा पुग्ने चोटको परिणाम अकल्पनीय हुन्छ। चाहे सरकारी ठेक्का पट्टा टेन्डर होस् वा रक्तचन्दनको कारोबार नै वा चन्दा आतंक नै धेरै प्रकारका अपराध घटनामा आजभोलि राजनीति नेताको संरक्षणमा हुने गरेका जो कोही प्रहरी अधिकारीलाई थाहा छ।

राजनीतिक संरक्षणमा हुने गुण्डागर्दी रोक्नुस्
अझ त्यसमा पनि आपराधिक घटनामा माओवादी नेता कार्यकर्ताको नाम धेरै नै जोडिन थालेको छ। उनकै गृह जिल्ला गोरखामा सरकारी टेन्डरका विषयलाई लिएर माओवादी पार्टी भित्रकै दुई खेमाका बीच भएको एक अर्का माथिको आक्रमण धेरै भएको छैन। के कानुनी शासनका लागि भट्टराईले आफ्ना नेता कार्यकर्ता नभनीकन अपराधीलाई सँजाय दिलाउन् सक्छन् ? शान्ति प्रकिया टुङ्याउने माओवादी लडाकु चाहे सात हजारलाई सेनामा समायोजन गरियोस् या आठ हजार त्यसले सरकारको लोकप्रियतामा ठूलो असर गर्दैन। न समायोजन नहुने माओवादी लडाकुलाई दिइने सात, आठ वा १० लाख रुपैयाँले नै पनि जनस्तरमा ठूलो बबन्डर मच्चाउँछ। त्यस्को विरोध संसदमा नेपाली काँग्रेस र नेकपा एमालेले गर्लान्। तर राजनीतिक दलका नेताको संरक्षणमा हुने गुण्डागर्दीले कानुनको शासनको खिल्ली उडाउँछ र भट्टराई प्रतिको विश्वासमा पनि कमी ल्याउँछ।

बिना काममा विदेश भ्रमण गर्ने मन्त्री, उपचारका नाममा लाखौं सरकारी ढुकुटी रित्याउने नेताका विषयमा जनता सँधै चनाखो भएर बसेका हुन्छन्। भ्याट छल्ने उद्योगपति हुन् वा घुस खाने कर्मचारी तथा कालोबजारी गर्ने व्यापारीलाई देखिने गरी कारबाही भएन भने जनताको आशा मर्छ। होइन यो त मेरो पार्टीको मानिस, मेरो खेमाको भातृ संगठनको मानिस, भोलि चुनावमा काम लाग्ने मानिस, हिजो जनयुद्धमा सहयोग गरेको मानिस, गठवन्धन दलको मानिस भनेर आपराधिक गतिविधिमा संलग्नलाई छुट दिने हो भने यस अगाडि भन्दा पनि स्थिति बिग्रन सक्छ।

आफन्तको घेराबाट उम्कनुस्

कानुनका आँखामा सबै बराबर हुन्छन्। तर यहाँ हरेक नियुक्तिमा आफन्तलाई प्रश्रय दिने, नजिकका लागि प्रश्रय दिने चलन एउटा खराब व्यवस्थापनको नजिर बनेर बसेको छ। पूर्व प्रधानमन्त्री माधव नेपालका पालामा उनका भाइ हङकङका लागि वाणिज्य दुत नियुक्त हुँदा निकै विवाद भएको भट्टराईलाई सम्झना होला। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका पिताम्बर शर्माले आफूसँग सल्लाह नै नगरी भट्टराई पत्नी हिसिला यमीका एक जना आफन्तलाई आयोगको सदस्यमा नियुक्ति गरिएको भन्दै आयोगबाट राजिनामा दिएका थिए।

प्रधानमन्त्री निर्वाचित भइसकेपछि। फोटोः एएफपी

प्रधानमन्त्री भट्टराई जस्तै सुपठित उनका परिवारका सदस्य यमी र छोरी मानुसीको पनि यस्ता कुरामा ध्यान जाला। धेरै सरकार प्रमुख र मन्त्रीहरु परिवार र आफन्तको घेराबाट उम्कन नसकेर बिग्रेका उदाहरण प्रशस्त छन्।

सरकारी निकायको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुस्

विभिन्न सरकारी निकायमा गरिने नियुक्तिलाई खुला प्रतिस्पर्धाबाट गराउने चलन सुरु भइसकेको छ। निवर्तमान उर्जा मन्त्री गोकर्ण विष्टले विद्युत प्राधिकरणमा प्रतिस्पर्धा मार्फत प्रबन्ध निर्देशकमा गरेको नियुक्ति सहितका कारण प्रधानमन्त्री बन्नु अगाडि भट्टराईले नै विष्टलाई पुरस्कार दिएका थिए। यो देशमा तत्काल धेरै गर्न नसकेपनि भट्टराईले सकेसम्मका धेरै सार्वजनिक नियुक्ति प्रतिस्पर्धाबाट सबैभन्दा राम्रो योजना भएकालाई छानेर गर्ने हो भने पनि जनतामा नेताहरु प्रतिको वितृष्णा कम हुन सुरु भइहाल्छ।

भट्टराई असफल भए जनतामा डिप्रेसन हुन्छ
जन अपेक्षा अनुसार काम गर्न नसकेपछि जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने व्यापक निराशा रहेकाले त्यसलाई हटाउन प्रधानमन्त्रीको उम्मेदवारी दाबी गरेको भट्टराईले संसदमा भनेका थिए। अबका दिनमा पनि उनीबाट त्यो भावना नहटोस्। फरक फरक राजनीतिक विचारधारा भएका र भट्टराईसँग मत नमिल्ने मानिस पनि यसपटक प्रधानमन्त्रीको चुनावी परिणामबाट खुशी छन्। तर भट्टराई असफल भए भने यिनी आफू मात्र असफल हुन्नन् निराशाको बादलले घेरिएका जनतामा ‘डिप्रेसन’को रोग पनि लाग्न सक्छ।

नेपालकै गाडी चढ्ने
अरुले करोडौँ पर्ने गाडी चढ्न हानाथाप गरिरहेका बेला प्रधानमन्त्री भट्टराईले नेपालमै बनेको करिब २० लाख रुपैयाँ पर्ने मुस्ताङ गाडी चढ्ने भनेर पहिलो आशा जगाउने प्रयासको थालनी गरिसकेका छन्। यसअगाडिको सबैजसो प्रधानमन्त्रीले नेपालमा पाइने मध्येका ७०/८० लाख रुपैया भन्दा मंहगो विदेशी गाडी चढ्ने गर्दथे।

भट्टराईको असफलताले मानिसहरु राजनीतिको दोस्रो पुस्ताबाट पनि दिक्दार हुनेछन् र तेश्रो पुस्ताले नेतृत्व नसम्हालेसम्म जनतामा उत्साह र उमंग हराउन सक्छ। अहिलेको राजनीतिक वातावरणमा तेस्रो पुस्ताले नेतृत्व सम्हाल्न अझै वर्षौं लाग्न सक्छ। जुन देशका जनतामा उत्साह र उमंग हुँदैन तिनले विकास निर्माण गर्न सक्दैनन् र देश उँभो लाग्दैन।

[भट्टराई बीबीसी साझा सवालका प्रोड्युसर हुन्। उनको आफ्नै ब्लग dipakbhattarai.com.np मा हेर्न सकिन्छ।]

95 Comments

  1. बल्ल नेपालको घैटो मा घाम लाग्ने भो भन्ने सबै नेपाली हरुको मनमा आशा को दियो बलेको छ. भट्टराईजीको काँधमा ठुलो कर्तब्यको बोझ आएको छ . नेपाल र नेपाली को भविष्य लेख्ने भावीको बन्न भा छ. नेपाल र नेपाली को निधार मा भाग्यमानी लेख्ने मौका नाचुकौना होला नत्र भोलिको सन्ततिले थुक्का भनेर थुक्ने मौका नदिनु होला है .

  2. अधिकांश नेपाली जनताले आशा र भरोसा गरेको नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्रीमा चुनिनु खुसिको कुरा हो / तर मधेशबादी दलहरुको ढोडको बैसाखी को सहारामा उभिएको वहांको सरकारको चुनौतीहरु पनि धेरै छन् /आफ्नै पार्टीभित्र र बाहिरको चुनौतीहरुलाई चिदै शान्ति र संबिधानको वहांको एजेन्डालाइ पुरा गर्नु भनेको लगभग (सुबथा ले कुनै बेला भने जस्तो) थान्गना भोगटा बोकेर सगरमाथा चढ्नु जति कै हो / यसको लागि काँग्रेस र एमालेको अनि आफ्नै पार्टी अधक्ष्य प्रचण्डको साथ् र सहयोगको आबश्यकता छ/ लौ न काँग्रेस , एमाले र माओबादीका युवाहरु हो ! पार्टी भित्रका बुढापाकाहरुलाई सन्यास दिलाएर भए पनि एक पटक शान्ति र संबिधानलाइ निस्कर्ष पुर्याउने अभियान चलाउनुहोस /तपाईहरुको योगदानको कदर भोलि देश र जनताले गर्नेछन / त्येसो हुन सकेमा सफलता बाबुराम को मात्र होइन सिंगो देशको हुनेछ /होइन भने बाबुरामसंगै वहाको छबि पनि शहीद बन्नेछ /शान्ति र संबिधान एकदेश को कथा हुनेछ /

    • अब सबै नेपाली एक जुट भएर राम्रो कम को बिरोद गर्ने को पर्तिकार गर्नु पर्छ र मात्र बाबुराम ले काम गर्ने मौका पौन्छा नत्र उही हो

  3. सडक मा बसेर बिरोध गर्न सजिलो छ , राम का बाबु !
    तर घर मुली भयर घर चलाउनु गारो छ ,राम का बाबु !!

    थरि थरि सन्तान का थरीथरी माग !
    यउटा लाई चित बुझाउदा अर्को को पित्त फाट्ने !!
    घर मुली भयर घर चलाउनु गारो छ ,राम का बाबु !!!

    कति घर मुली आय कति गय यस घरमा !
    तर हामी बीर गोर्खाली लाई गोरु खाली बनायर गय !!
    त्यसैले इतिहास मा नाम लेखौने घर मुली बन्न त झनै गारो छ ,राम का बाबु !!!

    • सहि भन्नुभो उहा हुन् राम का पनि बाबु ,”प्राण जाए पर बचन ना जाए” येही बचन हो रामका बाबुको …….

  4. परिस्थिति निकै अफ्ठेरो छ , सरकारको समीकरण पनि उत्तिकै गाह्रो छ तर अब जनताले कसैलाई छुट दिनेवाला छैनन्
    प्रधानमन्त्री ज्यु, सल्लाह, सुझाव र गुनासो सबैको सुन्नुस्, धैर्यतापुर्वक गहन विश्लेषण गर्नुस् र स्वविवेक प्रयोग गरेर अगाडी बढ्नुस् । जसवाट जनतालाई सितलता प्राप्त होस्

  5. “फरक फरक राजनीतिक विचारधारा भएका र भट्टराईसँग मत नमिल्ने मानिस पनि यसपटक प्रधानमन्त्रीको चुनावी परिणामबाट खुशी छन्। तर भट्टराई असफल भए भने यिनी आफू मात्र असफल हुन्नन् निराशाको बादलले घेरिएका जनतामा ‘डिप्रेसन’को रोग पनि लाग्न सक्छ”

  6. बधाई छ प्रम डाक्टर बाबुराम भट्टराई लाइ अब भने नया नेपाल को आशा गर्न सकिन्छ
    कि भन्ने मन मा लागेको छ

  7. कम्युनिष्ट (माओबादी) भए पनि बाबुराम भट्टराई मा नेपालका कम्युनिष्ट र माओबादीको जस्तो बानी नदेखियोस र नदोहोरियोस 😀

  8. नमस्कार
    भट्टराईजी को प्रधानमन्त्रीको कुर्सि मदेशी पार्टी लाई दीयको कुर्सिसंग गासियको छ .गचयदार जस्तो नकचरो अबसरबादी कुर्सि ढुकी लुटन तयार भयको मान्छे सित कसरि काम गर्नुहुन्छ ?
    धन्यबाद

  9. रास्ट्रपति र प्रधानमन्त्री दुवै डाक्टर…..कम्तिमा यो त राम्रो कुरा हो !

    • धेरै राम्रो नि ,, अब त कहिँ केहि हुन्छ कि साथीहरु ,,,,देश र हामी जनताले धेरै दुख पाईसक्यौ Dr we are eager to do anything now you need to make a rule and law so that we can live. If you are fail then we all are sorry,, you are the first then we all are vanished inside earth…we want to live and see our NEPAL be proud to be a well educated PM we know your political partner are not like you but please don’t forget we all are with you just don’t betray us and if anybody came in your way to stop you to develop our nation KILL them this is time to DO or DIE……………..

    • तेतिमात्र कहा हो र, हर्के!
      रास्ट्रपति भैसी चराउने परेको छ भने प्रधानमन्त्री गाइ चराउने! दुवै गरिब र किशान अनि ग्रामिण क्षत्रका हुन्!

    • हर्के जी
      घुंडा टेकेर प्रभुलाई दण्डवत गर्दै गरेको व्यक्तिको छायाको आकार कुन देसको नक्सा सिट मिल्छ; नेपालको कि भारतको? नेपालको तराई टुक्राउन भनि आतंक मच्चाउन्दै आएको जघन्य अपराधीहरुको मुद्दा फिर्ता लिने, तिनिहरुकै समुहको ग्रिह मन्त्रि बनाउने, उनीहरुकै समुह को १० हजार सेनाको छुट्टै ईकाई बनाउने, राज्य संरचना समिति भंग गरेर उनीहरुकै यक मधेस मागमा लम्पसार परेका डाक्टरहरुको उपचार कतै घाँटीको ब्यथा लागेकिको स्वस्थ पाठेघर निकालेको जस्तो नहोस/ तव राम्रो मानुँला हुन्न हर्केज्यु?

  10. सन्दिपजी अब बिहानी भैसक्यो! उठ्नुस, सधै सुतेर काम चल्दैन! अनि हरेक कुरालाई नकारात्मक पारा ले हेर्नु हुदैन र आफु लाई थाहा नभएको कुरा मा बोल्नु पनि हुदैन!

  11. फोहोरो नलीको फोहोरो पानी पवित्र नदीमा मिसियो भने त्यो नदि दुसित हुने होइन बरु त्यो नालाको पानी पनि पवित्र हुन जान्छ तेसैले मधेशबादी दल पनि बाबुराम जीको निर्देशन र नियन्त्रण मा चल्छ कि भन्ने आशा गरौ, मधेश पनि नेपाल हो र मधेसी पानी नेपालि नै हुन्, यो नेपाल लाइ सहि मार्ग मा लैजान को निम्ति मधेशको सहयोग पानी अपरिहार्य छ । दिपक भट्टराई ज्युको लेखले आजको हरेक नेपालीको चाहना लाइ समेटेको छ । आशा गरौ हाम्रो आशामा तुषारापात हुने छैन…

    • “चोर-डाका पनि समाजमै हुन्छन…तर चोर-डाकाहरुलाई सामाजिक भनिदैन !
      मधेस त नेपाल नै हो….तर एक मधेश-एक प्रदेश खोज्नेलाइ नेपाली भनिदैन !” ……………चेतना भया !

  12. मलाई सबभन्दा रमाइलो अथवा अचम्म यो पो लागिरहेको छ कि सबै भन्दा पुरानो जेठो बाठो नेपाली कांग्रेस पार्टी र कांग्रेसको भाई नाममात्रको एकीकृत मार्स्कबाद लेनिनवाद (ना.ए.मा.ले.) पार्टीका बरिष्ठ नेताज्युहरुले न्वारन देखिको बल निकालेर एक स्वरमा माओवादीलाई नेतृत्व स्वीकार्दैनौं भनेर यत्रो २/३ बर्ष त्यसै खेर फाल्यो / माओवादीसंग मिलेर २०६३ सालमा जनान्दोलन गर्दा, संबिधान सभाको चुनाब गर्दा, राजा फालेर गणतन्त्र ल्याउँदा र प्रचण्डलाई प्रधान मन्त्री बनाउदा चाँही यी पार्टीहरुलाई केहि वाधा अड्चन भएन / अहिले जाबो माओवादी नेतृत्वमा संयुक्त सरकार बनाएर देशलाई अगाडी बढाउँ भन्दा छेद्की हानेको छ छ / माओवादी नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरेन भने सबै पार्टी मिलेर प्रचण्डलाई जस्तै घोक्रेठ्याक लगाउन सकी हाल्छ / माओवादी भन्दा दोब्बर सानो पार्टीहरुले कि त गरेर देखाउनु पर्यो नभए माओवादी नेतृत्वमा संयुक्त सरकार सामेल भएर बचे खुचेको इज्जत जोगाई राख्नु / भविष्यमा कांग्रेस र एमाले पार्टी पनि थियो र? भन्नु पर्ला /

  13. मदन बज्रचार्ये जी को कमेन्ट सदैब हसाउने र गम्भीर बनाउने खालको हुन्छ, मलाई अन्नको कमेन्ट भन्दा मदन्जिको कमेन्ट सार्है मन पर्छ ! उनको त्यो कमेन्ट भट्टराई बाजेले बुझ्ने हुन् कि बुज पचाउने हुन् ! यो पटक एमाले कांग्रेस थान्ग्नामा सुते अब भट्टराई बजेको कुरा मधेशीहरुले नमाने, मधेसी जति एकै पटक सबै थान्ग्नामा सुत्ने छन्!!!!! थान्ग्नामा सुत्ने पालो चाँही चण्डी आउछ !

  14. नेपालमा गाडी बन्यो र प्रधान मन्त्रीले त्यो चढ्ने कुरा धेरै राम्रो….!
    उमेश जी, त्यो गाडीले कस्ता-कस्ता सुरक्षा तथा गुणस्तर मापदण्ड पास गरेको छ, त्यो जान्ने उत्सुकता जागेको छ !

    नेपालीले अर्को एउटा बामपन्थी नेतालाई मोटर दुर्घटनामा गुमाउन नपरोस……चेतना भया !

  15. बाबुराम कुनै पार्टी बिशेष को होइन…उ सबै नेपाली को मन मा बस्न सफल छ…. बधाई छ तर नेपाली लाई नेपाली दौरा सुरुवाल मा नै राम्रो देख्छ….तेयो फोटोमा तपाई निकै काइते देख्नु भो….लौ अब नेपाली को मन राख्न भएपनि दौरा सुरुवाल लाउनु पर्यो…..के बाहुन, के नेवार, के तामांग सबैले परम्परागत रुपमा नै दौरा सुरुवाल लगाउन्दछन्….मदेशी जनताले पनि बिरोद गएको होइन खाली इन्डियन दलाल मदेश बादी पार्टीले मात्रै बिरोध गरेको हो….

  16. डाक्टर साब, सबैले तिमीलाई अकबरे सुन ठानेकाछन् निरासा र lodadseing पछिको मैनबत्ती मान्याछन् . तिमि को हौ अकबरे सुन या नक्कली सुन को जलप – हेर्नेबेला आएकोछ भगवानसंग प्राथनासंगै ठुलो आशा गर्छु म पनि-
    चुनौती हरुको भुंग्रोमा तिमि अझै चम्केर आइदेउ. अनि दिन सके देउ नसके नदेउ त्यो जाबो नौटंकी संबिधान तर भ्रस्टचारमुक्त नेपाल, विधिको शासन, महंगी नियन्त्रण र आर्थिक परिबर्तन संगै शान्ति देउ. नेपाल र नेपालीलाई …
    Like · · 2 seconds ago

  17. बाबुराम,
    बिजय गद्दार जस्ता फटाहा,गुण्डाको नाईके गृहमन्त्री
    अनि अरु को को भारतीय दलालिहरू, र का agent हरु तथा देश टुक्राउन जन्मिएका मधेसी पार्टीहरुलाई लिएर तिमि कसरि साशन चलाउन सक्छौ?
    katai तिम्रो राजनैतिक अस्तितो समाप्त पार्ने प्रचण्डको खेलमा त् फसेनौ ?

  18. Congrats to Dr. Bhattrai. I feel like, he is the last hope for the Nepalese people. I just wish he gets support from other people. The only thing I am worried is about his speeches where he seems too aggressive, I don’t want him to make big promises that he cannot fulfill or make any harsh comment on anyone. He must work with a long term vision and a strategic plan rather than taking unnecessary short term drastic steps to gain popularity and making compromise with the long term goals.

  19. Dr साप , बिहान उठेर काम मा जानु अगाडी हिन्दि फिल्म हरु ‘नायक’ , शिवाजी राव मान्छे हरु गोकर्ण बिष्ट, राम प्रसाद श्रेष्ठ etc लै सम्झेर येस्तई हुने काम गर्छु भन्नुस अनि प्रचण्ड, झलनाथ etc लै सम्झेर एस्तो बदनामी हुने काम गर्दिन भन्नुस …………नेपाली ले रोजेको जस्तै खोजेको जस्तै प्रम बन्नुहुन्छा .सुभकामना

  20. डा. बाबुराम भट्टराईलाई बधाई !
    सफलता को कामना !!
    सम्भिधान बनोस र शान्ति होस् नेपालमा !!!

    सुरज श्रेष्ठ

  21. डा, भट्टराई प्रधानमन्त्री भए पछि नेपाल मा बनेको हुलास को मुस्तांग गाडी चढ्ने इक्षा राख्नु भा रहेछ , यो राम्रो सुरुवात हो. स्वदेसी उत्पादन प्रोत्सान दिनु ठिक हो , तर डा, भट्टराई लाई नेपालका उधोगपति ले आफु ले उत्पादन गरेको बस्तु लाई कति माया गरेका छन् भनी हेक्का राख्नु भएको होला ? यहाँ हुलास ग्रुप ले आफुले बनाएको गाडी चढेर हिडेको देखिन्न. जसले चाउ चा उ उत्पादन गर्छ उसले चाउचाउ खादैन ,जसले शुद्द तेल उत्पादन गर्छ उसले त्यो तेल प्रयोग गर्दैन ,जसले बिस्कुट उत्पादन गर्छ उसले त्यो बिस्कुट खादैन ,. किनकि नेपाल का उधोगपति लाई आफ्नो उत्पादन प्रति विश्वास नभएर यस्तो भएको होला ? उपभोक्ता लाई विश्वास दिलाएर आफ्नो उत्पादन बिक्रि गरे पनि , उधोगपति आफ्नो उत्पादन आफै ले प्रयोग नगर्नु को कारण आम उपभोक्ता ले सोच्ने बेला आएको छ>?तर पनि डा. भट्टराई ले नेपाल को उत्पादन गाडी चढ्ने कुरा ल्याएर नेपाल का उधोगपति लाई झापड हानेकै हुन?……….

  22. खै मलाइ चाइ खासै यिनले पनि केही गर्न सक्दैनन जस्तो लाग्छ, भन्छन् नी ” खुर्पाको छन्द बिड हेरेर चालपाइन्छ ” उनी एक्लैले केहिगर्न सक्दैनन यो त ” टिम वर्क ” बाट मात्र सम्भव छ ! कस्ता कस्ता लाई लिएर अघि बढेका यिनले छ्या छ्या छ्या ।।! फेरि त्यो तीन्बुदे कस्तो डर्लाग्दो हो ? लौ बाजे अब तिमी पनि भित्तामा टासिने मात्र का हुने भयौ !
    अब तिमिले आफ्नो छबी बचाउन पार्टीलाई समेत छोड्नुपर्ने परिस्थिती न आउला भन्न सकिन्न !

  23. एउटा नेपालीलाइ मन पर्ने लेख…!
    साधुबाद दीपक जी !

    • “डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएकोमा हार्दिक बधाई”

      १)प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो प्राथमिकता शान्ति र संविधानलाई पूर्णता दिनु र राजनितिक दलहरु संग लडाकु समायोजनको खाका तयार पारी सहमती जुटाउन नै शान्ति र संविधान निर्माणका बारेमा गरेका प्रतिबद्धताहरूको कार्यान्वयनको आरम्भ गर्नुपर्छ ।

      २)प्रधानमन्त्री भएपछि राणाकाल, पञ्चायतकाल वा बहुदल कालको जस्तो सड़क वरीपरी शुरक्षा गार्ड राखी सडकै जाम हुने गरी सवारी चलाउने प्रथा हटाई सर्व साधारण जनतालाई दुख दिने प्रथाको अन्त गरिनु पर्छ|
      ३)संविधानसभाका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले सरकार भन्दा बाहिर परेका छन् । ती जिम्मेवार दलहरूलाई आश्वस्त पार्न सक्नुपर्छ । बाबुराम भट्टराई काम गर्नकै लागि प्रधानमन्त्रीमा आएको हो भन्ने कुरा कामकै माध्यमबाट प्रमाणित गर्दै कांग्रेस-एमालेलाई विश्वास दिलाउने र उनीहरूलाई ‘अब माओवादीलाई बेवास्ता गरेर जानु गाह्रो छ’ भन्ने बोध गराउन सक्नुपर्छ ।

      ४) डा. बाबुराम भट्टराई यसअघि अर्थमन्त्री हुँदा देशको आर्थिक विकास दर बढेको थियो |त्यसैले उहाँको छवि निर्माण भएको हो | आर्थिक क्रान्ति सुरु गर्नुपर्छ । देशमा राजनीतिक क्रान्ति धेरै भयो, अब खाँचो आर्थिक क्रान्तिको हो । भट्टराईले आर्थिक क्रान्तिको अर्थनीति बनाउनुपर्छ |सच्च इमानदार ब्याक्तिहरू जून सुकै दलमा भए व रहे पनि सही कार्य गर्नेलाई मूल्याकन गरेर अवश्य सहोयग र साथ दिनेछ,आखिर जून सुकै दलको भए पनि सव नेपाली नै हुन तसर्थ नेपाल र नेपालीको भविष्य उज्जवल देख्न चहाने नेता र जनताले अवश्य पनि साथ दिने छ|

      ५)मुलुकको हरेक निकाय र क्षेत्रमा भ्रष्टाचार मौलाएको छ |भ्रष्ट्चारका कारण सर्वसाधारणको जनजीवन प्रत्येक दिन कष्टकर हुँदै गएको मात्र नभएर बिश्वमा राष्ट्र कै बेईज्जेत भएको छ| भ्रष्टाचारको कारण सुशासन स्थापना र विकास निर्माणमा प्रत्यक्ष असर परेको छ । देशलाई समृद्ध बनाउन देशलाई भ्रष्टाचार मुक्त बनाउनु आवश्यक छ । भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । भ्रष्टाचारलाई रोकेर तत्काल सुशासन कायम गर्नुपर्छ |प्रधान मंत्री डा.भट्टराईले भ्रष्टाचारलाइ पूर्ण नियन्त्रण गर्नको लागी भ्रष्टचार सम्बन्धी ऐन कानुनलाई कढाईका साथ तुरुन्त लागू गरिनु पर्छ ।

      ६)अहिलेको अवस्थामा उहाँले जनजीविकाका समस्याहरू महँगी कम गर्ने, गरिबहरूका लागि रासनकार्ड वितरण गर्ने, जनताले दैनिक सामना गरिरहेका समस्याको सम्बोधन गर्ने र विकास निर्माणमा ध्यान दिने गर्नुपर्छ | जनताले थाम्न नसक्ने गरी महँगी बढेको छ | महँगीका कारण सर्वसाधारणको जनजीवन प्रत्येक दिन कष्टकर हुँदै गएको छ |जनताको आधारभूत आवश्यकता पूरा नहँुदा जनता मारमा छन् । यसको समाधानका लागि तत्कालै कदम चाल्नुपर्छ । त्यों हो ‘आर्थिक क्रान्ति”

      ७)सरकारको पहिलो काम शान्ति र संविधान दिने हो । यो सरकारबाट देश र जनताले चाहेको पनि यही हो । यीबाहेक अरू कामतिर ध्यान दिनु त्यति उपयुक्त हुँदैन । राजनीतिक संरक्षणमा हुने गुण्डागर्दीका कारण जनता त्रसित छन् । राजनीतिक आवरणमा हुने सबै खालका गुण्डागर्दीलाई रोकेर जनतालाई शान्ति-सुरक्षा दिनका लागि ठोस काम सुरु गर्नुपर्छ | अहिले मुलुकमा दिनहुँजसो आपराधिक घटना घटिरहेका छन् | तर, कसैलाई कारबाही हुन सकेको छैन |दण्डहीनताको अवस्थालाई तत्कालै अन्त्य गर्नुपर्छ |

      ८)बेरोजगारी समस्या पनि मुलुकको अर्को ठूलो समस्या हो । बेरोजगार युवाको संख्या बढ्नाले विकृति बढिरहेका छन् । युवा रोजगारीका लागि विदेश जान बाध्य छन् । युवालाई देश भित्रै रोजगारी सिर्जनाका लागि देश भित्र भएका प्राकृतिक श्रोत र साधनलाई संचालन गर्ने योजना सुरु गर्नुपर्छ |माओवादीलाई ‘हतियारमोह’ भएको पार्टीको आरोप छ । यस्तो आरोप चिर्न प्रधानमन्त्री भट्टराईले माओवादीलाई हतियार बाट विच्छेद गर्नुपर्छ ।

      ९)डा. भट्टराई बौद्धिक व्यक्तित्व हुनुहुन्छ । उहाँले शिक्षा क्षेत्रका समस्या पनि राम्ररी बुझ्नुभएको छ । अझै पनि धेरै जनता शिक्षाबाट वञ्चित छन् । धेरै बालबालिका विद्यालय बाहिर छन् । यो सरकारले यस्तो शैक्षिक कार्यक्रम ल्याओस्, जसले गर्दा कोही पनि शिक्षाबाट वञ्चित नहोस् । सबै शिक्षित भए देश समृद्ध हुन्छ ।त्यसैले शिक्षा नीतिलाई तुरुन्त कार्यन्वयन गरिनु पर्छ|

      प्रधान मंत्रीको पहिलो फेज शान्ति र संविधान नै हो ।

  24. ‘मात्र आशा गरौँ’! माथिका थुप्रै सल्लाह’रु डा.ले लिनेछन र जनताले चै ‘साथ’ दिनेछौं..! साथ मिल्यो भने त सल्लाहले केहि नया इतिहास मात्रै नभएर अहिलेसम्मको उनीमाथिको ‘विश्वास’ पनि उनीमा कायम रहला ! नत्र त ‘बाबुराम’ पछी तेस्रो पुस्ताको लागि मात्रै ‘नेपाल’ हुनेछ I ‘केहि त अवस्य होला’ होइन साथी हो..?

  25. बाबुराम तिमि लाई एउटा देश भक्त ठानेको थिए तर तिमि राष्ट्र घाती निक्ल्यौ. मधेशी संग राष्ट्र मारा सम्झौता गरेर गठन गरेको सरकार अपवित्र सरकार हो

  26. सरकार बाहिर रहेका राजनीतिक पार्टीहरुले सहयोग नगर्ने लक्षण देखि सक्यौ हामीले .. सरकार भित्रबाट पनि पदको लागि ठुलो अवरोध आउनेछ…यस्तो अवस्थामा हामी नेपाली जनताले उनलाई व्यापक समर्थन गर्न जरुरी छ.. त्यसले उनको अभियानमा बल पुग्ने छ यदि उनि साँचै नेपालको लागि केहि गर्न चाहन्छन भने.. बरु थोरै समय काम गर्नुस राम्रो काम गरेर देखाउनुस बाबुरामजी…जनताले तपाईं राम्रो छबी भएर मात्र समर्थन गरेका हैनन्.. अरु सबै नालायक साबित भएर पनि हो…त्यसैले जनता को emotional sentimet माथि खेल नखेलनु होला…तपाईलाइ धेरै सुभकामना अनि बधाई….

  27. देशलाई प्रधान्मन्त्रीको आवस्यकता भन्दा देशलाई के आवस्यकता छ ??भन्ने कुराको बोध भएको व्यक्तित्व प्रधानमन्त्री पदमा मिल्यो भन्ने महसुस भएको छ ,जस्तो सुकै निच पूर्ण सम्झौताको चुनावी घुषपैंठ भएपनि ……आशा नमरोस निरिह नेपाली जनताको बस ……

  28. नेपाल डाका, चोर, अस्ति, पापी, कुक्कुर, आतंग्क्बादी हरु को फलिफाप हुने देश हो; तेस्ता पापी हरु को बिनाश भएपछि मात्र देश मा न्याय र शान्ति हुन सक्छ र न्याय र शान्ति भएपछी मात्र देश मा बिकास सम्भव छ
    बाबुराम ले पनि यीनै पापी हत्यारा हरु को साथ् मा काम गर्नु परेको छ र यो काम सजिलो छैन,
    बाबुराम लाइ पनि धेरै धब्बा लाग्ने छ; शायद पर्चंड को यहि दाउ होला, बाबुराम लाइ असफल बनाउन छबिलाल ले जोर शोर छल छाम गर्नेछन जसले पार्टी मा उनलाई माइनस गरि आफु मात्र एकल नेतृत्व मा रहन पाइयोस

  29. परिस्थिति निकै अफ्ठेरो छ , सरकारको समीकरण पनि उत्तिकै गाह्रो छ तर अब जनताले कसैलाई छुट दिनेवाला छैनन् |

  30. बाबुराम भटराई p m हुनु बायेकोमा देरै खुसी लगेउ तर सुरुमै पन्चेयत कल देखी गुण्ड को नेता को रुप प्रचीत ब्येअक्ती पो ग्र्हमंत्री हुनु पुग्ध उहाको बभीस्य मन्त्री कल तेस्तो हामीले सोचे जस्तो सफल हुन नसक्ला ,,,,,,,

  31. आशा अपेक्षा को बाढी धेरै देखियो निरस जनता को यो स्वभाविकता हो तर बुझ्नु पर्ने यथार्तता के हो भने महात्मा गान्धीले भनेका थिए “हिंसात्मक क्रान्ति ले हिंसात्मक स्वतन्त्रता मात्र दिन्छ जुन राष्ट्र को लागि नै खतरा हुन्छ ”
    चाणक्य ले भनेका छन् “धेरै ठुलो त्याग ,परिश्रम , गलत वा दुस्मन सित सम्झौता गरेर पाएको पद वा सम्पति ले अन्तत पीडा मात्र दिन्छ ” देश र बाबु राम मा यो दुइ भनाइ लागु हुन्छ .
    माओबादी को हिंसात्मक क्रान्ति को परिणाम देश ले दण्डहीनता को शर्मनाक चरम अबस्थामा पुगेको छ .बिपरित नीति र काम सित सम्झौता गरेर पद लिएका छन् ,राष्ट्रिय सहमति को सरकार बनाउन असफल भएका हुन् उनि अहिले को मुख्य आबस्यकता भनेको ‘ल एण्ड अर्डर “कायम गर्ने हो सारा अपराधी लाइ आम माफी दिने शर्त लाइ सम्झौता गरेर पद हासिल गरेका बाबु राम केहि समय पस्चात बिचरा मा परिणत हुने छन् .

  32. बाबुराम ले चाही देश मा सान्ति ल्यौलन कि जस्तो लागेको थियो के गर्नु गृह र रक्षा दुवै मन्त्रालय फोरम लाई दिएको रहेछ अब झन् असान्ती हुने भयो देश मा फोरम ले तराई मा बाकी भएका पहाडे लाई पनि लखेट्ने भए अब फोरम ले !!!!!!!!! जय देश जय नेपाल !!!!!!

  33. एस्तो मन्त्रि मण्डल (गच्छदार, गुप्ता जस्ता भ्रस्ट ) लिएर प्रधानमन्त्रि बन्नु भन्दा त, नबनेकै ठिक थियो, हामी जस्तो आसे जनताको येऊतै मात्र आस लागेको नेताको पनि यो चाला मलाई चै चित्त बुझेन, इनले काम गर्न देलान र ? यो त Made in India जस्तो पो लाग्यो है मलाई त, खै के खै के

    • सल्लाह र सुझाव भन्दा,हल्ला ज्यादा भो,
      माया गर्नेहरु भन्दा,मार्ने ब्याधा ज्यादा भो,
      एऊटा घरमा नौ जना मुख्य भयो भने
      मंगशिरमा अनिकाल लाग्छ ,
      धेरै बिरालो भयो भने मुसा मार्दैन,
      नेता हुन् भक भक बोलेर मात्र हुँदैन
      टेक्नोलोजीको जमाना छ,
      योग्यता र भिजन राम्रो हुनु पर्छ,
      बहुदल आयो भ्रष्टचार छायो,
      लोकतन्त्र आयो ज्ञाने भगायो,
      नेताहरुको चरित्र देखेर देशका नागरिक सव अघायो,
      लौ डा. बाबुराम भट्टराई बधाई छ,केहि गरेर देखाओ ,

  34. दिपकजी ! साह्रै राम्रो समीक्षात्मक लेख प्रस्तुत गर्नु भयो /
    बरू यो लेखलाइ डा.भट्टराइ समक्ष पुर्याउने काम कसैले गर्नुपर्यो /
    तपाइको लेख अनुसार अन्य चुनौती त छदैछ, अझ बढ्ता त आफ्नै पार्टी इतरबाट रहेको महसुश गरे /
    आशा छ, उहाँले ति अकर्मन्यताको घेरा पार गर्न सफल हुनुहुनेछ /

  35. प्रधानमन्त्री बन्नु भएकोमा भट्टराईज्यु लाइ हार्दिक बधाई तथा सुभकामना अब जनता ले तपाई बाट धेरै आस गरेको छ तेसैले अब तपाईले कुर्सीमा बस्नेहरुको भन्दा सडकमा रहेको बालबालिका र गाउँ बस्तिको छाप्रो मा बस्ने जनताको समस्यालाइ बुझ्न जरुरि छ साथै नेपाली युवाहरु रोजगारी अवसर,देस को आर्थिक विकास सान्ति सुराच्या आदि को पनि विकास हुन जरुरि छ हामी जनताले नया प्रधानमन्त्री बाट यहि आस गरिराखे को छौ निरास नबनाउनु होला |..

  36. हार्दिक बधाई नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईलाई ।

    फेरि एकपटक मेरो सुझाव नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईलाई:
    १ लोभीपापीहरुको घेराबाट टाडै रहनुहोस् र चनाखो बस्नुहोस् । अरु त अरु हिसिला यमीबाट पनि सतर्क हुनुहोस् । तपाईंको श्रीमती मात्रै भएर के गर्नु उहाँ मन्त्री हुँदा उहाँको गतिबिधी देखिसकेका छन नेपाली जनताहरुले । तपाईंलाई छिर्के हानेर असफल बनाउन कम्मर कसेर लागि पर्नेहरु तपाईंकै पार्टीमा छन, त्यो कुरा हामीलाईभन्दा तपाईंलाई राम्रोसंग थाहा छ । तिनिहरुसंग होसियार रहनुस् । अफ्नो सुरक्षाको लागि उच्च सतर्कता र सबै उपायहरु अपनाउनुस् ।
    २ पार्टीलाई कन्विस गरेर अविलम्ब मुलुकका बिद्यमान सममस्या सम्वोधन गर्ने गरी खास गरी संविधान निर्माण, शान्ति प्रकृयालाई तार्किर्क निश्कर्षमा पुर्याउने, शान्ति सुरक्षा र भ्रष्टचार नियन्त्रणका लागि ठोस योजना ल्याउनुस् ।
    ३ हुन त तपाईंको मात्रै विचार र निर्णय चल्दैन तर पनि सकेसम्म राम्रा छवी भएका मनिसहरुलाई मन्त्रिमण्डलमा ल्याउने कोशीस गर्नुस् । तुलानातमक रुपमा राम्रो नियत र कार्यसम्पादन क्षमता भएका सचिव र उच्च पदस्थ कर्मचारीहरुलाई उचित जिम्मेवारी दिनुस् । खराब रेकर्ड भएकाहरुलाई फाजिलमा पठाइ दिनुस् ।
    ४ आफ्नो कार्य सम्पादन गर्ने क्रममा पार्टी भित्र बाहिरबाट बाधा अवरोध श्रीजना भएमा प्रकृयागत ढंगले कुरा राख्नुस् । सुनवाइ नभएमा सिधै जनतामा जानुस् । त्यस्तै परे प्रमको कुर्सी र पार्टी दुबै छोड्नुस् तर जनाताको भरोसा र विश्वास नतोड्नुस् ।
    ५ सकेसम्मका राम्रो कामहरु गर्दै जानुस्, नसके नराम्रो नगर्नुस् । अरु नेताहरुको नियत र व्यबहारबाट वाक्कदिक्क भएका संसारभरी छरिएर बसेका हामी नेपालीहरु तपाईंको साथमा छौं । हामीलाई कुनै पार्टी हैन कुशल र असल राजनेता चहिएको छ ।

    अबको दिनमा देश बिदेशमा बस्ने हामी नेपालीहरुको भूमिका:
    १ नेपाल र नेपालीको हित चाहने सबै नेपालीहरुलाई समेटेर एउटा गैरराजनितिक, गैरधार्मिक, गैरजातिय ‘बाबुराम सहगयोग समूह’ बनाउ ।
    २ सो समूहलाई प्रतिपनिधित्व गर्ने गरी एउटा फेस बुक पेज निर्माण गरौं, संभव भए वेबसाईट पेज नै बनाउं या यस्तै कुनै किसिमको संगठित गतिबिधी गरौं ।
    ३ उक्त पेजहरु मार्फत बाबुरामका राम्रा कामहरुको प्रचारप्रसार र पक्षपोषण गरौं । नराम्रा कामहरुको आलोचना गर्दै सुधारका लागि सुझाव र सल्लाहहरु दिउं ।
    ४ बाबुराम चालेका राम्रा कदमहरुको समर्थनमा आवश्यक परेमा सडकदेखि सिंहदरवारसम्म आवाज उठाउं । बाबुराम बिरोधी गतिबिधिहरुको खुलेर हदैसम्म प्रतिकार र बिरोध गरौं ।
    ५ नेपाल र बिदेशमा रहेका आफन्त, साथीभाइ र परिचितहरुलाई बाबुरामको समर्थन र सहयोगमा एक हुन आव्हान गरौं ।

    प्रचण्ड र माओवादीहरुलाई अनुरोध:
    बाबुरामले राम्रो काम गर्दा तपाईं प्रचण्ड र सिङ्गो माओवादीले हिनतावोध हैन गर्व गर्नु पर्छ त्य्सैले बिद्यामान फोहोरी राजनीतिक मानसिकताबाट बाहिर निस्केर उहाँलाई सहयोग गर्नुस् । अलिक उदार हुन सिक्नुस् कमरेड प्रचण्ड । यो बेला भनेको बाबुरामको हैन तपाईंको अग्निपरिक्षाको समय हो कि, तपाईं कति उदार, देश र जनताप्रती जिम्मेवार हुनुहुन्छ भनेर । अब त्यै जम्मरकट्टेल र जम्मरकट्टेल जस्तालाई नै अगाडी पछाडि लगाएर हिडदा तपाईं खुशी र सन्तुष्ट हुनुहुन्छ भने तपाईंको स्थान पनि जनाताको मनमा गिरिजा, सुजता, माकुने र केपी ओलीकै ठाउँमा हुनेछ । यो क्षणिक सन्तुष्टिले तपाईंलाई पनि कुन रसातालमा पुर्याउने छ तपाईं जत्तिको बुद्धिमानले अनुमान गर्न सक्नु पर्ने कुरा हो । तसर्थ संकुचितता, हिनताबोध, टिकडमबाजी आदी त्याग्नुहोस् र बाबुराम सरकारलाई सहयोग गर्नुस् । नेपाल र नेपाली सँगै तपाईंको पनि भलो हुनेछ र तपाईंको स्थान उचो हुनेछ ।

    पार्टीगत, क्षेत्रिय, जातिय, धार्मिक जस्ता संकुचित मनसिकताबाट माथि उठेर बाबुराम सरकारलाई समर्थन गरौं । संभवत यो नै हाम्रो लागि उपयुक्त र अन्तिम मौका पनि हुन सक्छ । अहिलेको परिस्थितीमा बाबुराम नभए को त ? हामीलाई देश ठुलो कि पार्टी ? हाम्रो जात ठुलो कि हाम्रो नेपालीत्व ? सोचौं, आफ्नो विवेक प्रयोग गरौं, पुर्वाग्रह र वैमनस्यता त्यागौं । हामी नेपाली र हाम्रो नेपाल भन्ने भावनाका साथ नेपाल र नेपालीको हितमा अगाडि बढौं । बाबुरामसंग संगै हाम्रो प्यारो मातृभूमी नेपाललाई असफल राष्ट्र हुनबाट जोगाऔं ।

  37. सर्बप्रथम बाबुरामजीलाई बधाई छ देशको प्रधानमन्त्री हुनु भएकोमा त्यो पनि यस्तो कठिन अबस्थामा, देशको उन्नति को लागि अरु केहि गर्नु पर्दैन खाली खाँचो छ दण्ड हिनताको अन्त्य
    तपाई प्रति जनताको ठुलो आशा छ यस्तो अबस्थामा पार्टीलाई होइन जनतालाई सर्बोपरी ठानेर कम गर्नुस यहि नै शुभकामना छ ,

  38. आज देश ले पहिलो चोटी सकक्षम प्रधान मन्त्रि पायको छ साथै विभिन्न प्रतिक्रिया पनि आयका छन् कोहि भन्नछन बाबुराम अहिले बल्दो आगो मा हाम्फालेका छन् हो “भनिन्छ असली सुन को पहिचान आगोमा हुन्छ समय अनुकुल भयको बेलामा सबैले सम्हाल्छन अप्ठारो अबस्थामा मात्र सकक्षम मानिस चाहिन्छ जे डा साब गरेर देखाउने बेला यहि हो “

  39. देश दिशाहीन छ/अन्योल अराजकताको भुमरीमा फसेको छ/असुरछ्या,अशान्ति ,अब्यबस्थाले देश पुरिएको छ/कानुन ब्यबस्था छैन/यस्तो बिसम परिस्थितिमा प्रधान मंत्री बन्न पुगेका बाबुराम र पत्नी हिसिलाको दंदासी चेहरा,छल्किएको खुशीले मलाइ लाग्छ राम्रो लछ्यन होइन/आर्थिक तंगी आएको युरोप .अमेरिका अथवा सुनामीले बगाएको जापान होइन उहा त साउदी अरब बा यु ए इ को प्रधान मंत्री भए जस्तो पो देखन्छ त/ बास्तबमा अहिले प्रधान मंत्री बन्नु भनेको फासिको निर्णय भएको बन्दीको हालत जस्तै हो/नियुक्तिमा खुशी नहुनुस,जनता र देश हासे पछी हास्नुस/नितिस कुमारको अर्तीलाई मनन गर्नु भयो भने बिहारको हालत भन्दा पनि खराब हालत भएको नेपाललाई उठाउन सकिएला/अन्यथा तपाइँ पनि अर्को नाकाम लिस्टमा दर्ता हुने बाहेक के हुने?

  40. धन्यबाद साधारण किसानको छोरा देशको कार्यकारी प्रधानमन्त्री भयो तर सछ्यम बेक्तिलाई असछ्यम बनाउनेहरु पनि धेरै छन् तेस्को लागी राम्रैसंग सोच्नु जरुरि छ. पूर्ण सम्बीधानको खाका संसदबाट पारित हुन देयना भने पुरै जनताको आगाडी लैजानुहोस बाबुराम भट्टराई जु त्यो तपाइको साहसिक कामको मुल्ल्यांकन जनताले गर्ने छन् र पुरै तपाइको कामको जनताले अनुमोदन गर्नेछन ती तपाई भन्दा पहिलाका पिचासहरुलाई चुनेर पठायाकै हो तर हातमा लग्यो सुन्ने तही भयर जनताले तपाई प्रति धेरै बिवाश गरेका छन्. तपाइले अझ बडी लोकप्रिय काम गर्नुहोला भन्ने पुरै नेपाली जनताले आशा गरेका छौ र पुरै जनता तपाइको पछ्यामा छन् र ढुक्क भयर जनताको गरे बेलैमा सम्बीधान देनुस तपाइलाई पुरै जनाको तर्फबाट सुभकामना / कृष्ण अधिकारी

  41. दीपक जी कसकसलाई कारबाही गर्ने हो ? एमालेले अकुत सम्पत्ति कमाएकोमा छानबिन गरि भरत मोहनलाई कारबाही गर्ला ? कांग्रेसले सुजातालाई कल बाई पास र सुडान घोटालामा ज्वाइलाई सहयोग गरेको भन्नेमा छानबिन गर्ला ? यस्तै यस्तै लहरो तान्दा पहरो गर्जने भएर होला कसैलाई नि कारबाही नगर्ने . तै चुप मै चुप .

  42. गाडिको सेफ्टी ईस्यु के कस्तो छ जानकारी लिएर मात्र बल्ल प्रमले त्यो गाडि चढ्नु पर्छ। फेरी नेपाली गाडि चढ्न प्रमनै हुनुपर्छ जस्तो लाग्दैन। भोलिको दिनमा प्रमले म साईकल चढेर अफिस जान्छु भन्ला – त्यसो गर्न नपाएन नि। यस्ता झिनामसिना कुरालाई प्रमले ठूलो बनाउनु भएन। फेरी पनि, नेपाली उत्पादन प्रति माया देखाउन प्रम नै बन्नु पर्दैन।

    • बाबुराम त महान हुन् ,देख्नु भएन करिना बेगम ले आफु लाई लिन नया गाडी नपठाएको मा सी.डि.ओ. लाई पिटेको , अहिले सम्म को नेता माथिल्लो पदमा पुगे पछी सस्तो गाडी चढेको छ र ?उनले त नेपालकै उत्पादनलाई टेवा पुग्ने काम गरेका छन्.सबै नेता बाबुराम जस्ता भए बल्ल देशको बिकाश हुन्छ तर बाबुरामको पद पनि दुइ दिनको रम झम हो,भ्रस्ट नेताहरुलाई देशमा सुशान्ति फाप्दैन, त्यसैले अशान्ति नै मच्चाई रहेने छन् .

      • मेरो तत्तपर्य देशको उत्पादनलाई टेवा पुर्याउन हामी प्रधानमन्त्री नै बनिराख्नु पर्दैन भन्ने मात्र हो। करिनाले के गरे वा बाबुरामले नै पनि नेपाली गाडि चढ्छन् चढ्दैन त्यो ठुलो विषय होईन। हामी नागरिकले के गरेका गर्दै आएकाछौ, हामीले नेपाली उत्पादनलाई टेवा दिन के गरेकाछौ – मेरो प्रश्न त्यतिमात्र हो। डा भट्टराई प्रम हुनु अघि कुन गाडि चढ्दथे? जवाफमा त्यहि नेपाली गाडी हो भने म तिनलाई सलाम हान्ने थिए।

  43. He is the only one person who we belive !! dear all pleases support him every coner of your side.we have to bulid new nepal.if we dont support him then we are going back to 200 years.!!!!let,s suooprt him.!!!!!

  44. कुरो एकदमै सहि हो र हाम्रो प्र म डा भट्टराइ ले यी कुराहरुमा निश्चयनै ध्यान दिनुहुने छ!
    जहासम्म धेरैको मधेसी दल हरुसंगको सहकार्यको बारेमा तुलनात्मक नकारात्मक धारणा छ तेस्को लागि नकारात्मकता लाइ सकारात्मक परिणामको लागि पहल गरि हामीले तेसबात सकारात्मक परिणाम ल्याउनु पर्छा र तेस्को लागि डा भट्टराइको मुख या ल्याकत ताक्नु भन्दा उसलाई सहयोग गर्नु जरुरि छ! यसरि हेर्दा,
    डा भट्टराइ जति जनप्रिय र जनाशातित छ तेहिनेर उहाको नियुक्ति उपप्रम गच्छेदार त्यो भन्दा बढी घृणित र गनैयकोव्यक्तिमा पर्दछ! तर पनि यहानेर हामीले बुझ्नुपर्ने के छ भने चाहे आफ्नो निहित स्वार्थलेनै किन नहोस जनताले रुचैयाको र देशले चाहेको व्यक्तिलाई प्रधामन्त्री बन्न सहयोग गरेर गच्छेदार र अन्य बिबिध आच्छेप लागेका नेताहरुले देश र जनतालाई गुन लगाउदै सह्राहनीय कार्य गरेको मान्ने पर्छ र मा चाहि मान्दछु!
    आफ्नो लाइ पराया बनाउन उध्धत्ता हरुलाई मा के भन्छु भने आफ्नो लाइ पराया बनाउने तिर सोच्ने हैनकी बरु सकिन्छ भने परायालाई पनि आफ्नो बनाउन तिर लागु, तेसो हेर्दा यी मधेश बादी दल हरुलाई पनि विभिन्न जिम्मेवारी दिदै उनीहरुलाई पनि नेपाल हाम्रो हो भन्दै नेपालित्वो जगाउनु तिर लाग्नु छ नाकी भारत तिर धकेल्नु!
    सायद मधेशबादी दल संग सहकार्य गर्नु डा बाबुरामको पनि पहिलो चाहना थियन होला तर के गर्नु यो बाध्यता पनि त हुनसक्छ अब आफ्नो ठानेका हरुले ढोका दियापछी पराया भानिबसेकालाई आफ्नो बनाउन कोशिस गर्ने पर्यो नि!
    हामि आबस्यक र देखि बुझेका सुझाब हरु निरन्तर दि रहनेछु र डा भट्टराइको सफलता हामीसंगै जोदियाको कारण ले तेस्को कामना निरन्तर गरि रहने छौ र आबस्यक सकेको सहयोग पनि दिने बिश्वाश दिदै भट्टराइको सफल कार्यकालको शभ-कामना छ अहिलेलाई!
    मन्त्रीमंडल ठुलो नबनाउनुस, प्रतिस्पर्धी तबरले योग्य व्यक्तिलाई मन्त्रि बनाउनुस हाललाई सबैको सुझाब र आशा यहिनै हो!

  45. ठिकलाई ठिक र बेठीकलाई बेठिक भन्ने बोलीलाई जबसम्म उल्तोतारिकाले ब्याख्या गरिन्छ तबसम्म केहिहुनेवाला छैन …………..र पनि सकारात्मक सोचौ/

  46. डाक्टर बाबुराम प्रधानमन्त्री भए राम्रै भो, धेरै जनताले चाहेको मान्छे प्रधानमन्त्री हुँदा मनमा केहि आशा पलाएको छ तर मावोबादिले मधेसी मोर्चालाई गृह तथा उपप्रधानमन्त्रीसहित आधा मन्त्रालय दिन सहमति गरेछ।
    राष्ट्रपति मधेसी, उपराष्ट्रपति मधेसी र अबको सरकारमा ६० प्रतिशतभन्दा बढी मन्त्री मधेसी हुँदैछन् । यसैपनि समावेशीका नाममा कर्मचारीतन्त्रभित्र मधेसीको बाहुल्यता बढिरहेको छ । रक्षा मन्त्रालय माग गर्नुको मतलव सेनामा १०००० मधेसीलाई सामुहिक रुपमा घुसाउने नियत प्रष्टै छ । लौ है पशुपतीनाथ रक्षा गर..!!

  47. सम्पूर्ण नेपाली जनताको आशाको केन्द्र बिन्दु भनेकै डा.भट्टराई हो ! र थियो पनि!आशा गरौ उहाको कार्यकालमा नेपाली जनताले निराशा हुनु नपरोस,हुन त अप्ठेराहरु त धेरै छ किन कि यी बाँदर प्रबिर्तिको ए माले र कांग्रेश विपक्ष मा छ यिनीहरु भनेको देशको गद्दरिहरु हुन्!तर पनि भट्टराई ज्यु देश बिकाशको लागि अगाडी बढ्नुस सारा नेपालि जनता तपाइको साथमा रहनेछ सदैब राम्रो कामको लागि!!!!शुभकामना!!!!

  48. बाबुरामजी प्रधानमन्त्री हुनुभएको मा बधाई छ , यो देश को लागि यस्तो काम गर्नुसकी तपाइको नाम बाट आरुलाई नसियत दिन सकुम,,,,, मेरो मुखबाट भबिस्यमा यस्तो बाक्य नानिस्कोस जुन जोगी आएपनि कानै चिरेको …..तपाई बाट धेरै आशा गरको छु………………………. निरासा नबनाउनु होला………………………..

  49. नेपाली जनताको आशा र बिश्वास डा.भट्टराईको मन्त्रि परिसदमा रहेर फेरी पनि भ्रष्टाचार गर्न र संबिधान बनाउन बाधा पुर्याउन थाल्यो भने तेस्तालाइ गोलि ठोक्न म तयार छु,अब जनताले सहन सक्दैन !! साबधान पहिलाका भ्रस्ट नेताहरु

  50. अब चाही नेपालमा केहि पक्कै होला भन्ने झैँ हामीलाई लागिराछ ! बल्ल बल्ल बुद्दिजीवी अनि अलि मनले खाका मान्छेले मौका पाए! हेरौ क्रमिक रुपमा हाम्रो नेपालको बिग्रिदै गरेको राजनीतिक अनि सामाजिक अवस्थामा केहि सुधार पो आउछ कि?

  51. धुर्ब तारा एकै मात्र हुन्छ बाबुराम धुर्ब तारा बनेर नेपाल र नेपालीको मन मश्तिष्क्मा सधै उद्हैरहने छन् यसको संकेत केहि दिनैमा महशुश हुदै जाने छ l

  52. प्रचण्ड पक्ष भनिने online news portal मा एउटा शिर्षक यस्तो थियो;

    “गणतन्त्र नेपालका प्रधानमन्त्री कस्को मत कति ? भट्टराईको सबैभन्दा कम”

    खै यो नया प्रम लाई त्यति राम्रो संकेत होला र?

  53. शहिदगेट जान अस्वीकार गर्नु भएको रहेछ !!! अब नेपालको लागि प्राण दिने सहिदलाई नमानी पार्टी बिशेषको काममा दिन बिताउने कम्युनिस्टको सालिकमा फूल माल्यार्पण गर्नु भयो रे !!! यो त प्रथम गासे मछिका पात कि के भन्छ नि त्यै भयो !!!!!

  54. बाबुराम भट्टराई हाल नेपालको ३५ औ नेपालको प्रधानमन्त्रि हुनु भयकोमा हार्दिक धन्यबाद छ . .

  55. बाबुरामलाई सुझाब दिदै गर्दा उहाको पार्टीले मधेश मोर्चासंग गरेको सम्झौता अनुसार सम्भाव्य मन्त्रिमण्डलमा एक फेर हेरम त
    विजय कुमार गछ्यादर, उपप्रधान मन्त्रि तथा गृह मन्त्री
    जे पी गुप्ता, संचार मंत्री
    उपेन्द्र यादव, उपप्रधानमन्त्रि तथा पररास्ट्र मन्त्री
    महन्थ ठाकुर, उपप्रधानमन्त्रि तथा रक्षा मन्त्री
    येसो हेर्दा इमान्दार, भलादमी, बौदिक इन्जिनीर साहेबले प्रधानमत्री भन्न धेरै कसरत गर्नु भाको देखिन्छ !!!

  56. First of all Congratulations Mr.Baburam Bhattarai for securing PM position of Republic of Nepal. You should be proud that you became 35th PM of Nepal. However I realised that, to secure PM position you can even sell your motherland. Reason being is, how can you have world’s most corrupted person like “GACHHEDAR” as a home minster and Deputy Prime Minsiter in your Cabinet. It’s great shame and I am speechless. This clearly shows how desperate nepalese politician are in the race for PM Chair.
    God bless Nepal.

  57. दिपक भट्टराई जीले “शान्ति प्रक्रिया र संबिधान मात्रै होईन भट्टराईज्युको प्राथमिकता” भन्दै उठाउनु भएको केहि बुंदाहरु केलाउँन मनलाग्यो

    ०१.कानुनि राज्य/
    भट्टराई ज्युले मधेश बादीको मत पाउन मधेश बादीहरू सिट गर्नु भएको सम्झौताको बुँदा नम्बर २मा अन्य राजनैतिक पार्टी र मधेशबादी कार्यकर्ताहरु माथि लागेको मुद्दाहरु खारिज गर्ने भनेको छ/

    मधेशबादिका कयौ कार्यकर्ताहरु हत्या लुट अपहरण र बम बिस्फोटन गर्ने अपराध लगायत रास्त्रनै बिखन्डन गर्ने तराई बात अरु नेपालीहरुलाई बिस्थापित गर्ने जस्तो जघन्य अपराधको प्रमाण सहित घटना स्थल बाटै समातिएको छ/ अब मात्र आफुलाई प्रधान मन्त्रि बन्न मत दिएको “गुण” तिर्न तेस्ता अपराधीहरुको मुद्दा खारिज गरेर जेल मुक्त गरेर “कानुनि राज स्थापना गर्न सकिन्छ?

    “कानुनि राज्य” को पहिलो आधार पिडितको न्याय पाउने अधिकार सुनिस्चित हुनु हो/ अब तेस्ता अपराधीहरु माथि लागेको मुद्दा खारिज गर्ने सम्झौता गर्ने सरकारले कस्तो कानुनि राज्य चलाउने हो?

    बाबुराम जीले त् “मत” पाउनु भयो तर जसको आफन्त मारिएको छ, जसको सम्पति लुटिएको छ, जसलाई अपहरण गरिएको छ उनीहरुले सरकार बात के पाउने भयो त्?

    मधेसबादीहरु सिट गरिएको सम्झौतामा लुट्ने मार्ने बम बिस्फोट गर्ने कार्यकर्ताले त् मुक्ति पाउने ब्यबस्था गरेको छ/ तर तिनीहरु बात पिडित नेपाली नागरिकले न्याय कसरि पाउने भयो त्यो उल्लेख छैन/

    २.तराईमा हतियार बोक्ने मधेस बादी कार्यकर्ताहरुले आतंक मच्चाईरहेको छ/ सरकारले तेस्ता हतियार बोक्ने कयौ मधेशबादी कार्यकर्ताहरुलाई जिल्ला प्रसासनले प्रचलित हात हतियार ऐन अन्तर्गत पकडेर जेल चलान गरेको छ/ तेस्ता कार्यकर्ताहरु छोड्न ऐनले दिंदैनन/ तेस्ता हतियार बोक्नेलाई पकड्ने कामलाई जिल्ला प्रसासन जस्तो अर्ध न्यायिक निकायले कानुनको दुरू पयोग गरेको मान्नै सकिंदैन/ तर मावोबादि र मधेसबादीहरु बीच भएको सम्झौताको बुँदा नम्बर ४.५ मा ” मधेशमा हतियार सम्भंदी ऐन लाई परिमार्जित गरेर अर्ध न्यायिक निकाय अर्थात जिल्ला प्रसासन बात हुने कानुनको दुरूपयोग रोक्ने” भनिएको छ/ के मधेशमा कानुनले निषेध गरेको हतियार बोक्ने मधेसीलाई समात्नु कानुन को दुरुपयोग हो?

    ३. मधेसी लगायतलाई सार्वजनिक सेवामा समाबेसी (मधेसी कोटा!!!) करन गर्ने बिधायक बनाउने कुरा सम्झौताको बुँदा नम्बर ४.१ मा उल्लेख छ/ जातको आधारमा सार्वजनिक सेवामा नियुक्त गर्ने बिधायक बनाउनु लोकतन्त्रमा उपयुक्त छ?

    बाबुरामलाई मत दिलाउन मधेस बादीहरू सिट गरिएको सम्झौताले मधेसी हरुलाई नेपालको लगभग उहिलेको राजाको खलकहरुलाई जस्तै संबिधान भन्दा माथिको दर्जा दिएको छ/ राज्य पुन संरचना आयोग जस्तो विशेषज्ञको समितिलाई निस्क्रिय पार्ने मधेश बादीहरुको मागमा पुरै घुंडा टेकेको छ/ त्यो सम्झौताको कयौं बुंदाहरु स्पस्ट सिट अब बनिने संबिधानलाई प्रभाबित् पार्ने खालको छ के एस्तो सम्झौता मात्र दुई पार्टीले गर्न सक्छ?

    येसो हेर्दा मधेश बादी पार्टीहरुले पालै पालो नेपालको प्रमुख राजनैतिक दलहरुलाई मधेसीकरण गर्दै ल्याएको देखिन्छ र आम नेपालीलाई लोकतन्त्रको ललिपप देखायर मधेस बादीहरुले सिंगो तराईलाई गुण्ड पाक बनायर खान खोजेको पुरै योजना गरेको देखिन्छ/

  58. नेपालको सबै भन्दा राम्रो नेता पर्चंदा रहेछन जसले जनतामा रहेको निरासा हतौना जुनबेला जुनसुकै कदम पनि चाल्न सक्ने रहेछन / झालानात्यलाई पम पनौदा पनि त्याग गरे अहिले बाबुरामलाई नेपाली जनताले रुचयाको देखेर उनैलाई पम हुन सक्दो सहयोग गरे / खस भन्नेनै हो भने पर्चंदा जस्तो नेता पाउनु धेरै गर्रो कुराहो /
    त्यस्तै यो मन्त्रि मण्डलामा रहेका तराई तिरका नेता हरुले आफुमा लागेको कालो दाग मेटाउने मौका पौने भय / यस पालिको मन्त्रि मण्डलामा सबै भन्दा मौका मदेस बादी दल हरुलाई छ उनीहरुलाई पहाडिया वा मदेसी सबैले पद लोलुपता र पासको लागि मात्र कम गर्ने जुन आरोप लगायका छन् उक्त आरोप बाट बच्न पनि मदेस बादी दलहरुलाई राम्रो कम गर्न आतिनै आबसेक छ /

  59. सव प्रथम त म डा. बाबुराम भट्टराई लाई नया निर्बाचित प्रधानमन्त्रि भयको मा बधाई को साथमा शुभकामना दिनचाहन्छु.हामी सारा नेपाली जनताहरुले तपाई माथि धेरै आशा लिएका छौ. नया संबिधान र शान्तिको काम पुरा गरेर सारा नेपाली जनता माझ ल्याउन अति नै आवश्यक छ.तपाइलाई नेपाली जनताहरुले एउटा सफल प्रधानमन्त्रि को रुप मा देखन चाहन्छन.तपाइको सफलता को लागि कामना!

  60. प्रधानमन्त्रि भट्टराईले खोजे पनि अहिलेनै जनताका लागि राहत हुने काम गर्न सजिलो छैन, एक्लै ले गर्न पनि सकिदैन, सबैको साथ चाहिन्छ र तेस्तो अरु पार्टी मा देखिदैन

  61. दिपक जी
    गच्छेदार ,गुप्ता हरुले घुस खान पाएँन ,विदेश घुम्न पाएँन भने ”अरे हम क्या भजन गाने के लिए ,नैबेद खानेके लिए मिनिस्टर हुवे हे ”भन्छ |
    फेरी ”हम लोग मदेसी हे यिसिलिए घुस खानेके लिए ,रोक रहा हे ,ये हमारी तौहिन हे भन्ने सोच्छ ”| अनि गुप्ताले डाइलग मार्छ ” अरे बाबुराम ,जो लोग सिसे के घर मे रहते हे ,दुसरो पर पत्थर नही फेका कराते ”|
    फेरी शान्ति कायम गर्ने ग्रिह मन्त्रीको काम हो | डा गच्छेदार ले चम्बल को घाटी बाट बिद्द्याबारिधि गर्नु भएको छ |
    डा गुप्ता ले घुस लाइ जुस ठानेर पिउने गर्नु हुन्छ |
    प्रचण्ड को निर्देसन न मान्ने हो भने झलनाथ र माकुने को जस्तो द्वान्द पनि होला |
    तर सुरुमै नकारात्मक न होउ |हेर्दै जाँउ |

  62. प्रधान मन्त्रिले एउटा अर्को निर्णय पनि गरिदिनु पर्यो मन्त्रीले नेपालमै बनेको(एसेम्बल्ड मात्र भए पनि) गाडी मात्र चढ्न पाउने |

  63. अखिकारकर झल्लु डल्लुमा गएर सधैकालागी डल्लो पर्ने भए अर्थात् झलनाथ खनाल अब झख मार्ने भए … राम राम तपाईलाई…

    अबसरबादी मधेसी मोर्चा पिपलका पात हुन् वा भनौ छेपारा हुन् यिनले कति खेर रंग फेर्छन यीनलाई नै थाहा हुँदैन भन्ने कुरा राजनितीका पण्डितहरुले राम्ररी बुझेका छन् … यस्तो अबस्थामा सर्वथा आसातित प्रम बाबुराम भट्टराईले उचित/अनुचित कस्तो कदम चाले समयक्रमसंगै प्रस्टिदै जाला तर पनि सफल कार्यकालको लागि शुभकामना …

    छबिलाल दाहाल उर्फ प्रचण्ड तपाईलाई पनि बधाई ! आखिर बाटोमा तेर्सिएको काढेझार हातले उखेल्नु भन्दा त जरामा दैनिक चिनी हाल्नु नै उपयुक्त नीति हो नि, हाल्दै जानुस हाल्दै जानुस …. …. …. हा हा हा हा हा !!!

  64. दीपक जी..सुझाब सहि छ..तर के गर्नु गृह मन्त्रालय गच्छेदार जस्तो गुन्डा को नाइकेको हात मा पर्यो..भट्टराई ले हस्तक्षेप गर्यो भने कुर्शी मा भूकम्प आउने डर..बिचरा डा. साबलाइ यो सत्ता Damocles Sword जस्तै हुने देख्छु म त/ तर हामी नेपाली धेरै cynistic भएर पनि देश बिग्रेको हो..त्यसैले अहिले प्रारम्भिक दिनहरुमा आशाबादी होउ र भट्टराई लाई राम्रा काम मा बाधा सिर्जना गर्ने तत्व लाई पहिचान गर्दै गरौ..अर्को चुनाब मा खेद्नु पर्छ तिनीहरुलाई./

  65. डा बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री हुनु भएको मा मुरी मुरी बधाई छ साथै भट्टराई जी लाइ एउटा नेपाली भएको नाताले केहि सुझाव पनि दिन चाहन्छु /
    १ बाबुराम प्रति सारा नेपाली जनता ले ठुलो आशा राखेका छन् जनता को यो आशा लाई “जुन जोगी आए नि कानै चिरेको ” भने झैं निराशा नबनाईदिनु होला/
    २ प्रचण्ड को जस्तो गरि पार्टी को स्वार्थ को लागि कुनै पनि कुरा को निर्णय हतार मा नलिनु होला/ निर्णय लिनु आगाडी तेस्को प्रतिफल के के हुन् सक्छ त भन्ने कुराको ख्याल गर्नु होला /
    ३ मन्त्रीमंडल गठन गर्दा खोपडी ( पढे लेखेका) भएका हरु लाई समाबेश गर्ने कोशिश गर्नु होला/
    ४ समयमा संबिधान दिनु होला यदी राम्रो काम गर्दा कोहि कसैले बाधा अड्चन गर्न खोज्छन भने तिनी हरुलाई जनताको आगाडी ल्याउनु होला तेस्को दण्ड जनताले नै दिने छन् /
    ५ बढी लेखना अल्छी लग्यो साथी हरु ले थप्दै जानु होला बाँकि सुझाव हरु ….

  66. मेरो बिचारमा यस अघिका नालायक बिकुवा दलालहरुमा इच्छा शक्ति नै नभएर देशको हाल यो भएको हो-अहिले जनताका आस्थाका व्यक्ति यी नया प्र म ले होस्टे मात्र गर्दिने हो भने हैंसे गर्ने कामको लागि दुइ करोड नेपालि जनता तैयार छन्/ यो सत्य हो कि भारतीय इशारामा नाच्ने उसकै पाल्तु दलालहरुको औंठा छापमा टेकेर यिनीले यो जिम्मेवारी पाएका छन्-तर यिनले जनहितका कामहरु सुरु मात्र गरिदिने हो भने त्येस्लाई पुरा जनताले रगत पशिना दिएर गर्छन अनि यस्तो काम गर्दाखेरि पनि आफ्नो हात झिके भने जनताले तराइका ती ढुटोमारा बंगुरहरुको छाला तर्छन————————-त्येसैले बाबुराम जी,निर्धक्क भएर केवल अभियान सुरु गर्नुहोस—हामि छौं तपाइंलाई साथ् दिन र तपाइको रक्षा गर्न!!!देश र जनताका लागि केहि गर्न यो भन्दा उपयुक्त समय अरु हुने छैन!!!!

  67. नेपाल मै बनेको गाडी छाड्ने कुरा राम्रो लग्यो तर सहिद गते नगएर पुस्पलाल को सालिक मा माल्यार्पण गर्ने कुरा ठिक लागेन. पुस्पलाल को सालिक मा गर्नु हुन्न भन्ने होइन. तपाई अब नेपालका पर्धान मन्त्रि हुनु हुन्छ केवल माओबादी (communist) होइन. पुस्पलाल को सालिकमा माल्यार्पण गर्नु मा आपत्ति होइन , तर सहिदहरु को सम्मान गर्न नभुल्नु भए राम्रो हुन्थ्यो. सहिद हरु कुअनी पार्टी बिसेस क नेता भन्दा धेरै माथि हुन्छन. अनि सिम्बोलिक अर्थ राख्ने कुरा मा बढी ध्यान दिएर आआफ्नो पार्टी मा मात्र पोपुलिस्ट हुने नभई राष्ट्र भरिका जनताको मन जित्ने प्रयाश गर्नु होला. कार्यकालको सुभकामना.

    • जन्मिदै नकारात्मक आशा राख्नु पनि उचित त अवश्य होइन दिपक जी तर पनि विगतले छाडेका नमिठा अनि कहाली लाग्दा डामहरुले आशा गर्ने ठाँउ निकै कम रहेको छ ! हुन् त बिगतसंग तुलना गर्दा माओवादी भित्र आशा लाग्दा नेताको रुपमा उहाँ लाइ लिन सकिन्छ तर पनि हालको परिस्थिलाई हेर्दा र हिंजो पार्टी भित्रैको अन्तर द्वन्द्द संझदा कतै यसपटक पनि पार्टी भित्रैबाट असफल बनाइ राजनीतिक छवी नै समाप्त बनाउने खेल नहोला भन्ने आधार अत्यन्त न्यून देखिन्छ किनकी त्यो खेलको लागि यो नै एउटा उपर्युक्त समय सिद्द नहोला भन्ने आधार कमै छन् ! जस्तो कि गृह मन्त्रालय गच्छेदारको अनि रक्षा मन्त्रालय जय प्रकाश प्रसाद गुप्ताको हातमा पर्नु देशको लागि त १००% दुर्भाग्य हो भन्न कुनै हिचकिचाहट मान्नु नपर्ला नै तर त्यस माथि बाबुराम जी लाइ असफल बनाउन आगामी दिनमा उनीहरुका गुण्डा हरु बाट हुने असुली ,अपहरण अनि हत्या जस्ता ज्यादतीले अथाह उर्जा प्रदान गर्ने छ ! म जस्तो सामान्य जीवन बाँचिरहेको नागरिकको निम्ति हालको सुरक्षा व्यवस्थामा सुधार आउनु पर्ने पहिलो प्राथमिकतामा पर्छ होला तर गुप्ता अनि गच्छेदार जस्ता व्यक्ति उक्त दुवै निकायमा आउनु एउटा सामान्य नागरिकको लागि पहिलो गासमै ढुंगा लाग्नु हो ! यो सरकारमा यि दुइ नेता आउनु अनि बिगतको सरकारमा दिपक बोहोरा बन मन्त्रि हुनु भन्दा फरक अवश्य हुने छैन ! यदि गृह मन्त्रालय गोकर्ण बिष्ट अनि रक्षामा राजेन्द्र जी जस्ता व्यक्ति ल्याउन सक्नु भएको भए केहि आशा गर्न सकिन्थ्यो ! ल त शुभ-कामना छ ति प्रहरीमा रहेका (जसलाई ०६२-६३ को आन्दोलन दमन गरेको आरोप हुँदा हुँदै पनि गच्छेदारको दवाबमा रोल नै मिचेर बढुवा गरिएको थियो) मिनी गच्छेदार अनि गुप्ता जी का चेला चपेटा हरुलाई ! अनि श्रदान्जली छ सामान्य नागरिकको सुरक्षित जीवन बाँच्न पाउने आयु हिन आशाहरुलाई ………….

    • १००% सहमत !

      नया कुरा गर्ने जोशमा यस्ता धुन्दुकारी कम चाही नगर्दा बेश होला/

  68. ***नया प्रधानमन्त्रि बाबुराम भट्टराईज्यू लाइ मुरी मुरी बदाई छ , यदपी जुन जोगी आए नि कानै चिरेको भन्ने उखान नदोहोरियोस्** जनताको आशा तथा भरोसामा कुठाराघात नहोस्** अझै सहमतिको महत्व उतिकै छ जति पहिले थियो**अबको मंत्रिमंडल सानो होस, हारेको हरुलाई हेर्नु नपरोस**संबिधान बनौन दिन रात कोसिस गरोस**अरुले जस्तै बिदेश भ्रमण गर्ने,उद्घाटन गर्ने काम बंद होस** कार्यकर्ता र नातेदार लाइ नियुक्ति दिने काम बंद होस**राष्ट्रीय सहमति कायम गर्दै समयमा संबिधान जारी गर्न सकून** गुटबंदी र भ्रस्ट्राचार मा नअल्झियिउन यो पार्टी वा त्यो पार्टी को भनेर होईन कि!! देशको असल नेता बनेर अब देशमा केही गर्नु होला भन्ने हामी नेपाली जनताको अनुरोधका साथै शुभकामना एबं हार्दिक बधाई ।**..

      • सरी ल सरला जी, उहाँ उपचार गर्ने डाक्टर चै होइन है । उहाँ त ईञ्जिनियर पो हो नयाँ र समुन्नत नेपालको नक्सा कोर्ने ।।।।।।।।

  69. तपाईको भनाइसंग सत् प्रतिसत समत छु बाबुराम भट्टराईस*ग जनताको धरैनै आश छ यदि त्यो निरासामा परिणत भयो भने हाम्रो देश आर्को ठुलो खाडलमा धकेलिनेछ तर त्यो आबस्था आउदैन भन्ने हाम्रो पुरा पुर बिस्वास छ हाम्रो शुभकामनाका साथ |

  70. डा. बाबुराम भट्टराई नेपालको प्रधानमन्त्रि हुनुभयकोमा हार्दीक बधाई तथा सुभकामना . नया नेपालको भाग्य निर्माणमा डा भट्टराई जस्तो सक्छम नेता नै छ .

  71. राम्रो सुजाब छ दीपक भट्टराई जी को| उ सुजभारू उनका मन्त्रि हरुलाई उन्लेनै लगेर पढेर सदन मा सुनाउनु पर्दछा| जसले यस्ता कुराको बिरोध गर्दछ र जनताका इच्छाका बिपरित नानाथरिका भास्त्रचारी गतिविधिमा लागेर अपराधी हरुलाई सगाई आफ्नो धुकुड़ी दिन दुइगुना रात चौगुना बने राखेका छन् तिन लै जेल मा हाल्ने पर्छ इनको घर जग्गा लिलाम गरि दण्ड तिराउनु पर्दछ|

    भट्टराई लाई सबभन्दा ठुलो सहयोग गर्न लाई अब नेपाली हरु मिलेर भारत मा अन्ना हजारे ले गरेको आन्दोलन नेपालमा पनि सुरु गर्ने| त्यो हुने बित्तिकै गच्छेदार, सुजाता र भस्त्र पुरण कोंग्रेस, एमाले,र भस्त्र माओबादी लाई जनताकै सहयोक बाट करबि गर्न सकिन्छ|
    फलाम तातो छंदै पिट्न थाल्ने हो भने यसलाई भनेको आकारमा ढाल्न सकिन्छा| लौ बाबुराम जी तिमि हामी उस्तै समयमा पढेका हुम्| आँट गर्यो भन्ने चातुरैका साथ कम गर्यो भने, नेपाली राज नीति गुन्दहरुलाई तह लगुना सकिन्छा| हाम्रो पनि सथ्छा तिमीलाई| तर यी कम गर्नु पहिला आफैलाई बेच्न तिर भने नलाग्नु|

  72. मुस्तांग भन्ने गाडीलाई “नेपालमा बनेको” भन्नु भन्दा “नेपालमा एसेम्बल्ड” गरिएको भन्दा उपयुक्त हुने हो कि?

    अर्को कुरा यो गाडी चड्ने लोकप्रिय निर्णय गर्दा नया प्रधान मन्त्रीले यो गाडी को उत्पादन सम्बन्धि कति जानकारी लिनु भयो कुन्नि/ नेपालका एसेम्बल्ड उद्योग हरु प्राय गरि रोजगार मुलक भन्दा पनि भन्सार र कर छल्ने उदेस्य बाट प्रेरित देखिन्छन/

    • गाडीमा लाग्ने २४०० जति पार्ट्सहरु मद्धे, कुनै पनि गाडी निर्माण कर्ताले आफ्नै देशमा बनौदैना / कोरीयन गाडीहरु को ७० प्रातिशत् पार्ट्स चीनमा बन्दछ / iPhone को करिब सबै पार्ट्स अमेरिका बाहिर बन्दछ / जे पनि कुरामा बिरोध चै गरि नहालौ न / यो राम्रो सुरुवात हो /

    • सन्दिप जी
      भारतमा बनेको टाटाको ट्रक, आम्बेसिदर फियेत, मारुती कारहरु, हिरो होन्डा, राजदुत कम्पनीले बनाउने यामाह, बाजाज को कावासाकी पार्ट बात बनिने मोटर साएकल. इनफिल्ड मोटर साईकल र रेली साईकल लगायत दांत माझ्ने कोल्गेट देखि ब्रान्डेड औशादीहरु कुन चाहि उसको आफ्नै उत्पादन हो; सबै नै जडान गरेको हो/ नेपालले जडान उद्य्योग गर्न खोजेमा मात्र भारतले बिरोध गर्दै आएको मा तपाईं पनि भारतकै बोलि बोल्नु भयो/

    • यो राम्रो काम को सुरुवात हो, यस्तो आट कुनै पनि प्रधानमन्त्रि ले गरेका थिएनन् , राम्रो काम लाई राम्रो भन्न सिकौ साथीहरु, नभए खुट्टा तान्ने नेता र हामी मा फरक हुने छैन I

  73. प्रधानमन्त्री ज्यु, सल्लाह, सुझाव र गुनासो सबैको सुन्नुस्, धैर्यतापुर्वक गहन विश्लेषण गर्नुस् र स्वविवेक प्रयोग गरेर अगाडी बढ्नुस् । जसवाट जनतालाई सितलता प्राप्त होस् ।

  74. येदि सबैको साथ पाए अबस्य हामीले सोचे भन्दा राम्रो गर्ने छन् देशको लागि.

  75. गजब गजब दीपक दाजु गजब ! :)) तपाईंका आफ्नै गाउका अर्का भट्टराई ले तपाईंका कुरा पक्कै सुन्लान ! :)) आसा गरुम देश बिकास हुन्छ यार ! :))

Comments are closed.