तीजको रमझमका १० क्षण


आज हिन्दु महिलाले देशविदेशमा तीज मनाइरहेका छन्। दिउँसो यस्तै रमझमको माहौलमा मैले खिचेका फोटोमध्ये १० वटा यहाँ राखेको छु। भिडियो र थप फोटोहरु पछि राख्‍नेछु।




49 Comments

  1. तीज को पर्ब उतौलो गरी मनाउना लागेकोमा मलाई चिन्ता लागेको छ | जे पनि धेरै भय पछि तीतो हुन्छ | यो कुरा हामी नेपाली सबैले बुज्नु जरुरि छ | धेरै के comment गरौ ?

  2. लौ के भयो त …पुरुष हरु चै चाड बाड को नाम मा जस्ती सक्दो रक्सि धोक्दा हुने ,,,यो चेली हरु ले एकदिन तीज मा तनमन खोलेर नाच्दा चै नाइटो देख्यो रे…..नाइटो मा थोडी हेर्ने हो….डान्स हेरौ न k

  3. मलाई त तेस्रो फोटो वाली सार्है राम्री लाग्यो !! कास उनि मेरी …………………
    anyway thanks for nice pictures for Teej

  4. सालोक्यजीले हामी पाठकहरुलाई तीजको रमझमका फोटोहरु देखाउने निहु बनाएर आफ्नै लागी सुयोग्य बधुको खोजि गर्नु भा’को त पक्कै होइन होला???

  5. सालोक्य जी लाई माथिको पिङ्क सारी लागाउने(पहिलो र पाँचौ फोटोमा) चाहि सारो मन परेको जस्तो छ मलाई पनि एकदम मन पर्यो ।

  6. क्यामरा म्यान त ठाक्कै मजस्तै हुनुहुदो रहेछ. राम्री राम्री अनि उत्तौली छानेर फोटो खिच्नु भएछ :p

  7. जे भए पनि नाच्ने केटी हरु ले राम्रो नाचेका छन्

  8. नेपाली दिदि बैनीहरु खुशी संग रमौदा मन पनी सारई आनन्दित हुदो रहे छ /

  9. फोटो हरु देख्दा त अहिले नै नेपाल जाउ जस्तो लाग्यो .

  10. salokyaji ले यो share गरे मनोरंजन त दिनु भयो धन्यबाद तर हामि बेदेशिएकालाई त कता कता काउकुती लाग्यो यी चेलीहरु पनि के के गर्छन गर्छन |

  11. ढल्की ढल्की नाच्छु म त जे जे परे पर्ला,
    मैले लाको रातो साडी भुइमा झरे झर्ला !!
    यस्तै हो लुना जी अहिलेको चलेको गीत नेपाल मा,
    उनीहरूले लाको रातो साडी भुइमा झरे त अप्ठेरो नै पर्ला नि खोइ के खोइ के !
    पहिलेका गीत – अहिलेको तीजमा माइत जान पाइन, भदौरे तामा र खाजा खान पाइन बरिलै आमालाई भन्दिनु अर्को साल जसरि नि भाई मलाई लिनु आओस भन्दै दुख पिडाको बहहरु पोख्ने गर्थे अहिले का गीतहरु त खोइ कता बाट सुरुवात भयो भयो यस्तो कोमली दिदि ले नै शुरुवात गरेकी हुन् जस्तो लाग्छ मलाई चाहिँ !!!

    • कोमल ओलीलाई कहिले काहीं झोंक चल्छ होला बु.क. हुन थालियो भनेर;
      अनि झोंक पोख्छिन तीजका गीतमा बिबादास्पद सामाग्री हालेर!
      कहिले शिव भगवानलाई गाली गर्छिन, कहिले डिस्कोमा तीज नाच्ने भन्छिन,…!

      बुढा पाकाले भन्थे-
      डिङ्गो(गोरु) बुढो भयो भने भीर खोज्छ;
      मान्छे बुढो भयो भने निहुँ खोज्छ|
      खै,-
      कन्या बुढी हुन थालें भनेर यस्तै उटपट्यांग खोज्या हो कि!

      ल है साथी हो, सुयोग्य उमेदबार कोहि हुनु हुन्छ भने खडा हुनुस है, सुन्दरी, कोमल ओलीको बिहे धुमधामले गरि दिउँ! बुढी भै सकेकी छैनन उनी! कसो?

  12. उमेश जी !
    तिजको गित पनि राखिदिनुस है मिल्छ भने .
    हिजोआजको तिजको गित कस्तो हुन्छ होला ! सुन्न मन लागेर हो ,

    • के सु्न्नु हौ तीजका गीत त। झन् माथि सार्‍यो, झन् तल झर्छ, हाइ मेरो फरिया रे यसपालिको सबैभन्दा चलेको गीत
      http://www.youtube.com/watch?v=Rf2JpClwQIU

      अनि अर्को, नरिसाउनु कोइ, मैले नि पाल्न सक्छु मेरो आफ्नो पोइ

        • उत्ताउलो त मलाइ थाहा भएन तर भजन र गितमा केहि फरक चाहिं पक्कै हुन्छ !

      • थुक्क मैले facebook status देखेको थियो के राखेको एस्तो status भनेको त गीत पो रैछ 🙂

      • उत्ताउलो गित झन् मोडेलका ड्रेस उस्तै उत्ताउलो पाराले लगाको छ ,हात्ती जत्रो जिउ भाको मोडेल राखेर घर खाएर हाड मात्रै बाँकि छ भन्दै नाच्याछ / कुनै गित भेटि छोडदिन तिर्सना नमेटी रे खोइ के यस्ता गित गाउन थाल्या हुन् ?तीज पनि दिदि बहिनीलाई भन्दा दाजुभाई लाई पो लाग्य होकी !दाजुभाई नै बढी नाच्ने गाउने बढी छ , सबैलाई तीजको शुभकामना !

      • बिहे नै नगर्ने भनेपछि किन तीज मनाउनुपर्यो कोमल ओलीले ? अनि किन तीजको गीत गाउनुपर्यो ? महादेवलाई गाली गर्न नपुगेर अचेल त तीजमा महादेवस्थल नगई डिस्को पो जाउँ भन्न थालिछन् । “झ्वाँक तन्नेरीसँग पोइल जान नपार” साह्रै झोंक चल्याजस्तो छ महादेवसँग ।

      • मैले त मुलुकको राजनीति सम्बन्धि गित हुन्छ होला भन्ठान्या त यो गित त
        रत्यौली गित नाच जस्तै पो रैछा ( बिहा हुदा केटा पक्ष्यका स्वास्नी मान्छेहरुले मात्तेर गाउने गित — ( म सानी छँदा मेरो आमाले मलाई रत्यौली हेर्न जान दिनु हुन्नथ्यो ‘ स्बास्निमान्छे आईमाई मात्तेर गित गाउने ठाउँ भनेर )
        अबको तिजको गित नाच उस्तै पो हुन थाल्यो त !
        गीतमा दुखका कुरा त छन् तर हाउभाउ मा दुख बेदना देखिदैन , ओठ टोकी टोकी हासी हासी हिप भकुण्डो झैँ हल्ल्लाई हल्ल्लाई नाचेको देख्दा सिनेमामा कोठी नाच नाच्ने नतार्की जस्तो पो देखियो —
        नया नेपालमा छलांग मारे छ तिजको गीतले पनि —————-

        • दिदि अब २/४ बर्ष पर्खनुस यो तीज गीत र्याप र पप मा पनि निस्कन्छ /
          त्यहि भएर होला सबैले नया नेपाल भनेको !!

      • संगीतको काम समय काल परिस्थिति अनुसार विभिन्न पुस्तालाई मनोरंजन दिनु हो भने यी गीतहरू पनि सुनुन्जेल रमाइलो, छमछमी नाच्नलाइ फुर्तिलो छ /
        सामान्य शब्दहरू राखेर गीत बनाए तत्काल चर्चामा नआउने अनि के गरोस त ?!

      • हाहाहाहा लुना दिदि को रहर पुरा गर्दिएको मा खुसि पो लागो!! के यस्तो बन्न लग्यो तीज गीत पनि!! हहहः झन् माथि तान्यो झन् तल झर्छा haai मेरो फरिया!!

      • सालोक्य जी तपाइले गित राम्ररी सुन्नु भएनछ जस्तो लाग्यो ! किनकी गीतले त भनेको नै छ नि खानै नपाएर हड्डी मात्र छ रे त अनि माथि साडी अडिन त मासु हुनु पर्छ कम्मरमा ! त्यसैले होला साडी तल झरेर त्यो कम्मरको हड्डीको हेंगरमा झुण्डीएको…..जे होस् गित राम्रो छ नाच त झनै राम्रो……..

    • नाइटो देखाएर केटाहरु पट्टाउने भए पछी फरिया तल त झर्छ त कहाँ माथि बस्छ|अव ब्रा झर्न मात्र बाँकी छ| तीजमा ब्रत बसेर पाठ पुजा गर्ने नाममा नाइटो देखाएर सेक्सी नाच नाच्दा कुन बोका र साँडेको आँखा तत्ताउन्दैन् |

  13. तीजको शुभकामना सबै नेपाली चेलीबेटिहरुलाई ।

  14. राम्रा मान्छे को राम्रो नाच,
    तर कता कता मनमा चिसो पस्यो हाम्रा चेली हरु पर्ब मनाउन गएका हुन् कि नाइटो देखाउन?

  15. लाजवाब छन् हाम्रा चेलीहरु…….. जति सुन्दर छन् त्यति नै सांस्कारिक …..(अपवादको टिप्पणी मात्र आज कति गर्नु त ) जे होस मन देखि नै रमाएर मनाउनोस है यो बर्ष दिनको रमाइलो चाड तिज ……..सबै दिदि-बहिनीहरुमा तिजको शुभ-कामना ………

  16. मा त अझै कुंवारा नै छु. मेरो लागि कोहि बर्त बसेछ कि ?

    • आफै बस्नु नि बरु, राम्री पाइयोस् भनेर। के अर्काको आश गरिर’नु भा’को 😛

  17. राम्रा राम्रा तरुनी को दर्सन गर्ने अबसर दिनुभयको मा धन्यवाद

  18. तिज को सबै नेपाली आमा , दिदि बहिनीहरुलाई शुभ कामना .

  19. नारीहरुको चाड तिज…..फोटोहरु हेरेर म पनि संगै कम्मर भाचु..२ लाग्यो हे.. हे..हे..

  20. नाईतो मुनि साडी लगाऊने चलन आयछ / पोइल जान पाम भन्ने गीत पनि आयछ / ल ल सप्पै पावोश./साडी जहाँ लागाय पनि लगावोश

  21. के हो सालोक्य जी, तीज मा फोटो खिच्ने भन्दै आफ्नै लागि अर्को वर्ष तीजमा बर्त बस्ने खोज्दै हो कि क्या 😛

  22. हरितालिका तीज को उपलक्ष्यमा सम्पूर्ण नेपाली लाइ शुभकामना, तस्विर हरु अति सुन्दर छन्, उमेश जी अनुहार छान्न त निक्कै सिपालु हुनुहुदो रहेछ 🙂

  23. त्यो शाड़ी लगाउनुपर्ने ठाउँ मा लगाई दिए देखि सुन मा सुगन्ध हुन्थ्यो..त्यो भन्दा तल लगाउन थाले भने के हुन्छ होला…..भारतीय टिवी सिरिअल का बिकृति हो त्यो शाडी को लगाउने style …..

    • भारतिय टि भि सिरिय त नेपाली समाजमा भाइरस बनि पसिसक्यो। हरेक कुरामा बिकृती लिएरआएको छ। ठुलो माछोको संस्कृतीले सानो माछोको संस्कृती क्वाप्पै खाएर केहि बाँकी नरहला जस्तो छ। सोच्न पर्नेहरुले बेलैमा सोचौं, सबैले आ-आफ्नो ठाँउबाट बिकृती बिरुद्ध चेतना फैलाऔं।

  24. तथाकथित स्वोघोसित मिस नेपाल भन्दा कोहि पनि कम छैनन् तस्बिर हरुमा, सबै नारीहरु सुन्दर छन् , बिना तालिम, बिना पूर्व अभ्याश.

    तीज को सम्पूर्ण दिदि बहिनीहरु मा मंगलमय सुभकामना ! !

  25. अर्काका बुडी हरु लाइ के हेर्नु आफ्नो मरे बिहे भा हैन !! जे होस् राम्रा छन् फोटो हरु !!

Comments are closed.