तीजको लहर….थप फोटो र भिडियोसहित


बसन्तपुर दरबार क्षेत्रमा देखिएको तीजको रमझमका १० वटा फोटो यसअघि अपलोड गरेकोमा धेरैले रुचाउनुभएकोले थप केही फोटो र भिडियो यहाँ राख्दैछु। यी फोटो र भिडियो एक घण्टाको अन्तरमा खिचेको हुनाले एउटै अनुहार धेरै पटक देखिएका छन्। खासमा मैले तीजको मूड खिच्न खोजेको हुँ, कतिको सफल भएँ, कमेन्ट लेख्नुहोला।

तीजमा यी युवतीहरु छमछमी नाचेको भिडियो हेर्न क्लिक गर्नुस‌्-


सबै फोटो एकै ठाउँमा हेर्न क्लिक गर्नुस्

27 Comments

  1. कसैले गलत अर्थ नलाउने भए एउटा कुरो भन्दिन्छु. केटि हरु साडी मै सेक्सी देखिने है.मिनी स्किर्ट त केहि होइन.

  2. यो तीजां मायाजाल बुन्ने गीत काँ बाट आयो..ऊ बेलां त चेलीको बेदनाले भरिने गीत गाउथे …गीत सुनेर नै श्रीमतीलाई माइत पठाउन मन हुन्थ्यो ….. तीज आयो भन्छन सबै माइत जान्छन म चेली कसको माइत जाने हो…भन्ने खालको …अहिले त राम राम …..

  3. तीजको डान्सलाई अलि नायाँ पन दिनु पर्ला जस्तो छ /

  4. कुन्नी आजकाल तीज भएका नभएका गहना देखाउने पर्व जस्तो लाग्न थालेको छ । हिजो सुनसरीमा पनि तीज भव्यताका साथ चेलीहरुले मनाउनु भयो मैले पनि एक दुई कार्यक्रममा सहभागीता जनाए । कार्यक्रम मार्फत नै शुभकामना पनि दिए । तर मलाई यो वर्षको तीजना खड्केको कुरा के हो भने । के तीज पर्व गहना प्रर्दशन गर्ने पर्व हो । सुनेको थिए । कोही महिलाहरु गहना नभएको करण नै महिलावादी संस्थहरुले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागीता जनाएका थिएनन् । कारण अरुको सामु कसरी नाङ्गो ज।नु । केही साथीहरु संग ख्याल पनि गरियो । तोलाको ५० हजार भन्दा उकालो लागेको बेला दुई माला तानौ की क्या हो भनेर । तर पछिल्लो समयमा तीज को विशेषतानै हराउदै गएको छ । यस विषयमा भने कसैले सोचेको छैन । ले ख्याल गरे झै कसैले कुनै एक चेलीको सुन मात्र तानेको भए हालत के हुन्थ्यो उसै पनि ब्रत बसेका चेलीहअरु तीजको दिन कमजोर हुने गर्दछन् ।

  5. बिदेशमा भएर पनि नेपाली कार्यक्रमहरुको झलक हेर्न पाउदा सारै आनन्द आउछ | कहिलेकाहीका प्रोग्राम र उत्ताउला गीतहरु हेर्दा डर लाग्छ कतै विसंगतिले चाडबाडको हाम्रो मौलिकता हराउछकी भनेर|

  6. परदेशमा भए पनि देशको झल्को आयो उमेश जी तपाइको फोटोहरुले | धन्यबाद उमेश जी .

  7. तोरीलाउरे गित
    :-)(-)(-)(-)(-:
    कल्पना ,
    मैले तिम्लाई सकिन बिर्सन ,
    कल्पना ,
    मोई को हैन ,माया को तिर्सना ,
    कल्पना ,
    खोला माझ ढडिया ,थापेको ,
    कल्पना
    तिम्रो माया मुरिमा नापेको
    कल्पना
    दिन मा भोक ,रात मा निद छैन ,
    कल्पना ,
    भत्क्यो महल भट्टा मा इट छैन

  8. हे प्रभो !! यो तीज अब तीज रहेन! पबित्र पर्ब, महिलाका दुख-शुख पोख्ने दिन, महिलाका रोदन सुन्दा पनि मन कुटु कुटु खान्थ्यो! अब त यो तीज डिस्स्कोनाइज्ड बन्दैछा! यो तरुनिहरुको( माफी पाऊ) नाच हेरेर त मन कुटु कुटु होइन बरु तन भुतु भुतु हुन थाल्यो! हेरु कि नहेरु खोई? गृहस्थी समस्या हुने हो कि भन्ने डर! नारी तिम्रो जय होस्!

  9. २१ सताब्धि को माग होला ब्राजिलको साम्बा डान्स को हाराहारीमा पुराउनु पर्छ हाम्रो तीज डान्स लैपनी… सोदेसी मात्र होइन बिदेशी पर्यटकहरु र मेडिया समेत लाए झन् राम्रो. अनि सच्चि मिस नेपाल पर्तियोगिता तेतै गर्दा झन् राम्रो !!!!!!

  10. महिना भरि दर खाने पैसा पनि दिनु पर्ने अनि गीत मार्फत गाली पनि खानु पर्ने …………….कस्तो रैछ यो लोग्नेमान्छे को जात भने बरु यो तीज भन्ने चाड को लागि एउटा कानुन छुटै बनाउनु पर्यो लोग्ने लाई गाली गर्न नपाउने भनेर |

  11. तीजले पनि गर्नु गर्यो आजभोली… अब विभिन्न तडकभडक अनि मै धनि मै राम्री अनि म नै सम्पन्न छु भनेर देखाउने चलन को बिकाश भएको छ हाम्रो समाजमा.!!!! अब हुने लाई त ठिकै छ छ देखाऊछन् नहुनेले के पो गर्ने र… यहाँ त चाड भन्दा पनि देखाउने प्रतिस्पर्धा को बिकाश भएको छ!!!! कन्ट्रोल कन्ट्रोल 😛

  12. हैन के हो आहिले त तीज पनि दोहोरि प्रतियोगिता जस्तो केटा हरु तछाड मछाड तीज को गीत गाउँन

  13. के गर्नु चरेश, भंग, धतुरो खाने जताधारी शिव जस्ता वर् पाउन का लागि नेपाली महिला वृन्दहरु ब्रत बस्न थालेकोमा आश्चर्य लाग्छा, अब त सिदा साधा केटाहरुले केटि नै नपाउने भए .
    जय शम्भो गाँजा कम भो !!!

  14. २०६८ सालको तीजको उपलक्षमा भगवान देवादिदेव महादेवले सम्पूर्ण नेपालीमा शु–संस्कार र सद्बुदी प्रदान गरुन शुभकामना ………………….
    हरेक कुरामा बिसंगती र बिक्रिती ले सबै कुरामा त्यतकिै असर पारेको छ । जान्ने बुझ्ने हरु नै यस्ता बिसंगती निम्त्याउन लागि परेका छन । तीज हिन्दु महिला हरुले मनाउने एउटा संंसकृतीक पर्ब हो । दर खाने बहानामा तारे होटेल देखि फस्ट पुट रेस्टुरेन्ट र पार्टि प्यालेस महिनौ देखि बुकिङ्ग हुनु र दर खाने बहानामा चन्दा असुली (टिकट बचेर) हुनु यस्ता बिसंगती निम्त्याउन पढेलेखेका महिला नै लागि गरेका छन् । कतै दर खाने बहानामा वाइन र मासुको सुरमा लठ्ठी र डिस्कोमा छोटा छोटा लुगा लागएर नाच्ने जस्ता बिक्रिती देखाउने तिनै सहरीया महिला हुन जस्ले मलिा अभिकार र ३३ प्रतिशत कोटाका कुरा माग गर्छन् । कहिले आउने तिनिहरुमा संस्कृती प्रेम , नेपालीपन र आफ्नो स्वाभिमान जसले संस्कृतमिाथी बिसंगती भित्राउछ त्यसले के तीज मनाउनु र नाच्नुको सर्थकता रहला ?

  15. उमेश जी, तिजमा नाच्ने सुन्दरीहरु देखेर घर-जम गरेर तातो-तातो डिनर खाएर ब्लग स्लग केहि नलेखी बसम जस्तो लाग्दैन तपाइँलाई ??? 😉

  16. तीजको सबै Nepali दिदि बहिनीलाई शुवाकमाना छ!!!! एन्जोय साथी हरु.

  17. मित्र, तस्विरहरु मात्र हेर्ने अनि लेखिएका कुराहरु चाहिं नपढ्ने अनि सोध्ने कहाँको फोटो हो भनेर? भएन नि……

  18. यो त दोहारी गीत को भिडियो जस्तो छ नि तीज मा पनि दोहारी कैले बाट सुरु भयो र नेपाल मा

  19. हैन उमेशजी को क्यमरा को राज हो कि मेरा आँखा को दोष हो ?जति हेरे पनि नपुग्ने…हाम्रा सुन्दर चेलेबेटी हरु ………..

  20. यो त तीज गीत नै होइन नि,यसलाई त बहारामसे झ्याउरे गीत भन्छ,तल न बेताल मा तीजको गीत रे !!!!!!! हरे नयाँ नेपाल मा के भाको हो !!!!!!!!

  21. हैन इ चेलीहरु बर्त लिएरै नाचेका हुन् त!! कस्तो फुर्ति..नाच को त के कुरा गराई भो र?? Salaokya जी video angle राम्रो छ lol ..

  22. हजुर यो कहाँ को तीज गीत को भिडियो हो ? जान्न पाए राम्रो हुन्थ्यो

Comments are closed.