बाबुराम रणनीति: ‘हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने

‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्।

तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्।

महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी फेरी जंगल फर्किनकालागि ‘मुस्ताङ्’जस्तो सस्तो र सजिलो गाडी लिएको हो भन्ने हाम्रो आशंका छ।

मुलधारको राजनीतिमा नआएसम्म प्रधानमन्त्री र उनको पार्टीसँग हाम्रो सहकार्य हुनै सक्दैन । ‘
-नेकपा अलमले, अस्पष्ट संपर्क मञ्च


‘बाबुराम प्रचण्डभन्दा उग्र ‘उत्तरपन्थी’ देखिए । किनभने उनको सपथग्रहण समेत चिनियाँ प्रभावबाट मुक्त रहन सकेन । सबैलाई थाहा भएको कुरा हो- ‘मुस्ताङ्’ चिनियाँ (तिब्बती) संस्कृति प्रभावित क्षेत्र हो । सपथ ग्रहण कार्यक्रममा ‘मुस्ताङ्’ नामको गाडी चढेर उनले चिनियाँहरुलाई रिझाउने दुस्प्रयास गरेकाछन् । बाबुरामको ‘मुस्ताङ्’ प्रेम भोली नेपालमा बढ्ने उत्तरी हस्तक्षेपको ‘ग्राण्ड डिजाईन’मात्रै हो ।’

– नेपाली कम-रेस, दक्षिण संपर्क समिति

‘हुलास’ भारतीय मूलका नेपालीको कंपनी हो । प्रधानमन्त्री भट्टराईले ‘हुलास’ कै गाडी किन रोजे, त्यसको उच्च स्तरीय छानबिन हुनु जरुरी छ । यदी उनीसँग अलिकति पनि क्रान्तिकारिता थियो भने ‘ज्याङ्लिङ’ नामको चाइनिज बाइक चढ्न सक्थे । तर ‘हुलास’को ‘गाडीकाण्ड’ मार्फत कमरेड बाबुराममा ‘दक्षिणपन्थी दुर्गन्ध’ रहेको कुराको थप पुष्टी भएको छ ।’ -एनेकपा माओवादी (उदण्ड समुह)

‘अन्तत: बाबुराम भट्टराईपनि मधेश बिरोधी नै निस्किए । उनले ‘मुस्ताङ्’ गाडी चढेर ‘पहाडिया अहंकारबाद’को कुरुप तस्विर दिखाएकाछन् । यदि भट्टराइवा मधेसियाको पनि प्रधानमन्त्री हुन् भने पहाडको लागी बनाइएको ‘मुस्ताङ्’ गाडीमें नही, मधेशमा चल्ने ‘टाँगा’ वा ‘वयलगाडा’मा चढ्ने आँट करलजाय ।’

-गन-तान्त्रिक कराई मुक्तिमोर्चा (गोलाबारुद समुह)

‘हामीले ‘बबुवाराम भोटेराई’लाई ‘आलु-चनात्मक’ समर्थन गरेका हौं । प्रचण्डजीलाई ‘आलु’ बनाएर भारतलाई ‘चना/चटपटी’ खिलाउने शर्तमा हामी तेह्रवटा मन्त्रालय पाइलिएका हौं । जदी, भोली प्रधानमन्त्रीले हाम्रो ‘आलु-चना’को सट्टा हिसिला भाभीको ‘मम:-छोयला’ भन्न थाल्नु भयो भने एक मधेश- उत्तर प्रदेश !’

-मधेशी सत्तायुक्त मोर्चा, नयपाल

‘प्रधानमन्त्रीले सपथग्रहणमा भादगाउँले टोपी लगाएर ‘राष्ट्रियता’को सम्मान गरेझैं देखिएता पनि ‘लेनिनकालिन’ सुट-पाइन्टबाट अझैपनि उहाँमा ‘कम्युनिष्ट अतिबाद’ कायम छ भन्ने देखिन्छ । अध्यक्ष ‘प्रचण्को-वीरेन्द्र’ अघोषित सहकार्य भएझैं ‘बाबुराम-ज्ञानेन्द्र’ सरकारसँग घोषित सहकार्य गर्ने हो भने बाबुराम ‘राम’ हुन्, नत्र ‘बिराम’ हुन् ।’
-थाप्रपा, नेपाल

‘हिसिला मैंचाले भनेको कुरा मान्यो भने ‘बाबुरामचा:’ हाम्रो ज्वाई ख:, आफ्नै तालमा हिंड्न थाल्यो भने ज्वाईं न स्वाँई- बाहुन ख:, लौ जा !’
-ससुराली संयुक्त मोर्चा, कामठण्डौ

‘नेपालमा कम्युनिष्टहरुलाई खुईल्याउने यो उत्तम अबसर यही हो । सके हाम्रो योजना अनुसार प्रयोग गर्ने, नसके माओवादीकै अर्को पक्ष उचालेर असहयोग गर्ने र सरकार बिफल बनाउने ! क्यों कि-‘सत्ता, तब तक रहेगा ‘बाबु’में – जवतक रहेगा हमारे ‘काबु’में ।’
-छिमेकी सुदावास, लाजचम्पट

‘हिजोसम्म ‘बाबुराम !’ ‘बाबुराम !’ भन्नेहरुका लागि उचित अवसर आएको छ । ‘भिजन’ भएपनि ‘जादुको छडी’ नभएका बाबुराम ‘अप्ठेरो परिस्थिति’मा प्रधानमन्त्री भएकाछन् । अवसर पाएमा ‘केही’ गर्छन् कि भन्ने संभावना पनि देखाई सकेकाछन् । ‘वाह, बाबुराम’ बन्ने कि ‘कठै बबुरा’ रहने- त्यो उनको क्षमतामा भर पर्ने कुरा हो । जहांसम्म हाम्रो कुरा छ, पार्टी र जातीभन्दा माथी उठेर ‘राष्ट्र् निर्माण’मा लाग्ने कि उनलाई ‘लाष्ट’ बनाउन ‘खुट्टा तान्ने’ खेलमा रमाई रहने हो, सोच्ने बेला यही हो । समय सकिएपछि ‘राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न !’

-मनोज गजुरेल, हास्यव्यंग्यकार

54 Comments

  1. होइन मनोज दाई पुरै योजना हसोमै उडाउनु भो ठिक छैन है चाला माला

  2. तलका केहि कमेन्ट पढ्दा एस्तो लाग्छ, उनीहरु कि त रचना पुरै नपढी कमेन्ट गर्छन , कि त हास्य व्यंग्यको मर्म बुझ्दैनन् ! प्रस्ट रुपमा मनोज गजुरेलले बाबुरामका बिरोधीहरुलाई दानक दिएर बाबुरामलाई सहायोग गर्न आवहान गरेका छन – (हेर्नुस-‘हिजोसम्म ‘बाबुराम !’ ‘बाबुराम !’ भन्नेहरुका लागि उचित अवसर आएको छ । ‘भिजन’ भएपनि ‘जादुको छडी’ नभएका बाबुराम ‘अप्ठेरो परिस्थिति’मा प्रधानमन्त्री भएकाछन् । अवसर पाएमा ‘केही’ गर्छन् कि भन्ने संभावना पनि देखाई सकेकाछन् । ‘वाह, बाबुराम’ बन्ने कि ‘कठै बबुरा’ रहने- त्यो उनको क्षमतामा भर पर्ने कुरा हो । जहांसम्म हाम्रो कुरा छ, पार्टी र जातीभन्दा माथी उठेर ‘राष्ट्र् निर्माण’मा लाग्ने कि उनलाई ‘लाष्ट’ बनाउन ‘खुट्टा तान्ने’ खेलमा रमाई रहने हो, सोच्ने बेला यही हो । समय सकिएपछि ‘राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न !’)

    कि त अर्थ बुझ्नु, कि त पुरै पढ्नु ! कुरै नबुझी कमेन्ट गर्नुलाइ खै के भन्ने !

  3. I got a chance to look the comments, rather I would like to say SICK COMMENTS.

    By seeing the comments – it is true that Nepal and its politics were flying with air. You guys are ready to show the seeds of conspiracy. You guys do not have nationalism. You guys just want to comment – sick to death. You guys don’t have personal pride – My Country My Pride – Nepal. You guys don’t have any respect to anybody. How you guys are living – living and working in other country as a renouned hardworker – with the remittance and you don’t want to do anything for your country – if somebody stood there – you will pass above comments like to Baburam – can you guys reach even to 10 percent of Baburam, I doubt even 99 percent of you guys wont pass even pass 1 percent and even you comment like HAWADARI.

  4. हेलो गजुरेल जी, तपैन्को यो संचार gaejaatra को लागि लेख्नु भएको त होइन? एदी होइन भने तपाईं को सोच्ने / हरेक चीज हेर्ने तरिका change गर्नु पर्यो. जे कुरा लै पनि शंका को दृष्टि ले त हेय्र्नु भएन/ मेरो बाबु राम bhatrai वा उसको पार्टी संग केहि लिनु दिनु छैन तर एदी कसैले देश को लागि राम्रो गर्छ वा गर्ने आश गर्न सकिन्छ भने किन negative दृष्टि ले हेर्ने? एक त अहिले को अवस्थामा नेपाल मा नेपालको सांचै माया गर्ने कोहि छ जस्तो लाग्दैन.
    हरेक कुरा मा तुरन्तै comments दिन पनि उचित हुदैन. कसैले केहि राम्रो कुरा गर्न चाहन्छ भनी सबै ले साथ दिन राम्रो हुन्छा होला. हेरौं के हुन्छ.

  5. होइन मनोज दाई व्यंग्य गर्न लायेक्को नेता नभेटेर प्रम लाई व्यंग्य हान्न भाको रहेछ आफैबाट सुरुवात गर्नु भाको छ प्रमले अनि एस्तो स्वागत योग्य काम गर्दा हौसलाको व्यंग्य गर्नु त कता ७ बर्से बच्चा बच्चीले आगो ताप्ने भन्दै परालको गुन्तामा आगो सल्काको जस्तै लाग्यो सफल भए पनि व्यंग्य गर्न पाइन्छ किन आत्तिनु भाको हो मनोज दाई

  6. लेखाइ राम्रो छ तेस्मा संका छैन . तर व्यंग गर्न उचित समय होइनकी जस्तो लाग्यो . सबै नेपालि जनाताले एक पट हेर्न चाहेको प्र. म. भनेको व्यक्ति नै डा. भट्टराई हुन् मनोज दाइ बरु ब्यङ्गय गर्नको सट्टामा सबै मिलेर सप्पोर्ट पो गर्ने हो की. बादरले आफ्नो घर पनि बानौदैना र आरु लाइ पनि बनाउन दिदैन भने जस्तै खुट्टा तान्ने हरु धेरै छ बरु एस्तो बेलामा उहालाइ हामी सबै नेपालि जनता कलाकार, पत्रकार मनाबधिकारबादी सबैले उहाले गर्नु भएको राम्राकुरा हुरा हरु को स्वगात गर्ने र वयेका कमि कम्जरी हरुको बारे मा सुझाब अनि सल्लाहा दिन सके उहालाइ पनि काम गर्ने हौसाला मिल्ने थियो की!

    • हरे,शंकर महादेवन !
      यो सस्तो चड्ने बाबुरामलाई व्यंग्य होइन, महँगो चड्ने नेकपा आलमले, नेपाली कमरेस, मधेसी हरुलाई हो ! मनोज जीले आफ्नो कलात्मक व्यंग्य मार्फत अरुलाई थाचारेका छन्, अनि बाबुराम जी प्रति आशा र सम्मान जाहेर गरेकाछन ! अलि मन लगाएर पढ्नुस त !

  7. यदि बाबुराम ले महँगो गाडी चडेको भए कस्तो व्यंग्य गर्नु हुन्थियो मनोज गरुरेल जी ? नेपाल को के नै छ र ? त्यति धेरै गर्भ गर्नु पर्ने ? हामीले खाएको अन्न पनि हाम्रो देश को होइन तेसो भए हामी खान नै नखाने ? हास्य कलाकार को काम हसाउने हो तर राम्रो पक्ष्य लाइ पनि हासो बनाउनु भने नराम्रो पक्ष्य हो . कलाकार कुनै पार्टी को हुदैन तर देश को त हो नि ? राम्रो कुरा को सपोर्ट गर्नु पर्यो महोदय, म पनि कुनै पार्टी को होइन मलाई पनि कुनै नेता हरु मन पर्दैन राम्रो गर्न खोज्ने लाइ भने साथ दिनु पर्छा जस्तो लाग्छ अनि , बाबुराम ले महँगो गाडी चडेको भए अझै रमाइलो व्यंग्य भन्ने थियो होला तर सस्तो चडेर देश को पैसा बचाएर पनि सुख चै छैन ……

  8. बाबु राम… बाबुराम …बाबुराम जता ततै यत्र तर्त ..हामी सबैले यो बुज्नु पर्य्यो कि उनि नेपाली हुन् ..माओबादी पनि हुन् …माओबादी vaya पनि बिगत १० वर्ष लै हेर्ने हो भनि उनि कहिल्यै पनि आफ्नो अडान बाट बिचलित छैनन..भूमिगत काल मै कारबाही मा परेको सबैलाई थाहा छ….आँखिर काँग्रेस एमाले लाई सुप्पोर्ट गर्ने हामी जनता हरु लाई पनि चाहिने त देस विकास नै हो ..फाइदा सबैलाई हो ..बाबुराम मा औता vision पक्कै छ vanne सबिलाई लागेकै छ…..गर्छन होला पनि..but अब बर्समान पुन लाई अर्थ मन्त्रि बनायर क गर्न खोजेको हो….नेपाल केटा केटि को खेल हो कि के हो खै ..कि थपना मात्र भए पनि हुन्छा नेपाल मा मन्त्रि को लागि सम्बन्धित बिसए मा ज्ञान हुनु जरुरि छैन र? कि पुन अर्थ विद हुन्? लाटा देश को गाडा तन्नेरी…..

  9. मनोज दाई आफ्नो आदर्स को पत्र के.पी ओली लाई त केहि भन्नु भएन छ त कि छिमेकी भनेर छूट दिनु भाको कि ख्वामित रिसौलन भनेर नाम नलिनु भाको नि???

  10. ल बधाई छ,
    मालदार मन्त्रालय जति मधेश मोर्चालाई, गजब छ लड्डु नै लड्डु
    लुट्ने भए लुट्ने
    मधेशको नाममा आफ्नै भलो

  11. मनोजजीको ब्यङ्ग चोटिलो र खत्तम छ | बर्मेली भाषामा राम्रोलाई “खत्तम” भन्छ भन्ने कुरा आजै थाह पाइयो | अनि “खत्तम” लाइ चैं के भन्दो होला, बढो कौतुहौल पो भयो| ससुराली संयुक्त मोर्चाले भनेको चाहिं साह्रै घत लाग्यो : “आफ्नै तालमा हिंड्न थाल्यो भने ज्वाईं न स्वाँई- बाहुन ख:, लौ जा !’”

  12. हा..हा..हा… मनोज दाई कुरो र कुलो जता लगे पनि मिल्छ भनिन्छ, कुलोलाई नमिले पनि कुरालाई चही मिल्दोरहेछ, म शुरमा अलमलमा परे,बाबुराम जिको मन्त्रिमण्डलमा केही मन्त्रीहरु दिए फल, नदिए काटी दाउरा बालेर पनि रापलिने दाउमा होलान तर पनि हामी सबैले कामना गरोउ यो दुर्भाग्य बाट देश र हामी जनता बच्न जरुर छ ,

  13. गोकर्ण बिस्ट नेता जत्तिकै बन्न सके पनि स धन्य हो, नत्र बिनासकाले बिपरित्तम बुध्ही माने, विनाशले बोलाएको बेला विद्वानको बुध्हिले पनि काम दिदैन भन्ने हो !
    कतै आफु मुस्तान्गको गाडी चढ्ने र पार्टीका नेता कर्येकर्ता अनि सचिब महासचिभारुलाई चैं उही महँगो गाडी छोडेर तुम्लोग एस्करो मे मुस्तांग को गाडी चढेर सर नेपालीको भेडा बनादुन्गा भन्दा केहि फरक पर्ने देखिदैन ! प्रधान मन्त्रीको काम नीति निर्माण बेबस्थित गर्ने हो र कार्य मा उतार्ने र उतार्न लगाउने हो न कि सस्तो प्रचार ! के त अब सबै महँगो पजेरो लिलाम बढवा गरि बदलामा मुस्तांग गाडी या त्यो भन्दा सस्तो गाडी दिने होइन ?
    मनोज जी को ब्येंगे संधर्भिक छ त्यो बेन्गेलाई गलत साबित गराउने काम उही, डा. राम, साबित भए भन्छन सबैले बाबुराम !

    • अरे यार;बाबुरामले सुरु गरेपछि उनका पार्टीका अरु नेताहरुले आफैं बुझ्नु पर्यो नि, हो!सबै कुराको ठेक्का बाबुरामले नै लिएका छन् कि क्या हो यार? जब प्र म नै त्येस्तो गाडीमा चढ्छ भने बाँकी अरुले कुन नैतिकताले महंगा गाडी चढ्ने? बुझ्ने मान्छे हो भने संकेत काफि;नबुझ्ने वा बुझेर पनि बुझ पचाउने भिम रावल र खड्ग वली जस्ता पतित्लाई जनताले लात नहाने सम्म केहि लाग्दैन साथि!

  14. मनोज जी , ठट्टा राम्रो छ तर देशको गम्भीर कुरालाई हासोमा उदाएको मन परेन ……………

    • मित्र; ठट्टा भन्ने थाहा हुदा हुदै पनि अति देसभक्त बन्न खोजेको झनै मन परेन ………

    • स्तरीय व्यंग्य नबुझ्नेलाई के भनौ र खोइ – तिमि हास हो, मै भनौला ओइ !

  15. बर्माका नेपालीहरुले राम्रो छ भन्नलाई खत्तम छ भन्दो रहेछ| भने पछी मनोज जीको लेख पनि खत्तम छ नै भन्नु पर्यो!

  16. मुस्तांग गाडी प्रयोग गरेको मा प्रमलै बधाई छ ! तर माओबादी भित्र महँगा र आलिसान गाडी प्रयोग गर्ने कति छन् सरकारमा जाँदा मात्र होइन पार्टीमा बस्दा पनि त्यो मुस्तांग गाडी प्रयोग गर्न सकिन्दैन र ?

  17. …….यो लेख र येहा लेख्यका words हरु पढ्दा कुनै पनि कलाकार या लेखक ले कुनै कुरा लेखन र बोल्न हाम्रो नेपाल मा छुट छ जस्तो लाग्छ ….नै ….मनोज जी औटा व्यंग्य कलाकार हो र सबै कुरा मा हासो र व्यंग्य मा र नउडाऔ हामी नेपाली जनता ले उहा बाबुराम प्रति धेरेई आश गरेका छौ ……..अरु नालायक प्रधान मन्त्रि लाई जस्तै उहा लै पनि असफल बनाइयो भने देश सायदै माथि जाला जस्तो लाग्दैन …….
    बल्ल त देशले चाहिएको जस्तो एउटा प्रधान मन्त्रि पाएको छ, उसले चलाएको कदम हरुमा साथ दिन नसके पनि खुट्टा तान्ने काम चाही कसैले नगरौ ……..यो पार्टी र त्यो पार्टीको प्रधान मन्त्रि को कुरा होइन कि ????? ऐले को नेपाल को राजनीति परिपछे मा असल पार्टी होइन कि व्यक्ति को खोजि गर्नु राम्रो होला जस्तो हामी धेरै नेपाली जनता लाई लागिरहे छ…..धन्नेबाद …….

    • कठैबरा सरला ! तिमीलाई मेरी बासै वा तेस्तै फन्टुस कमेडी मात्र बुझ्ने हैसियत राक्छेउ जस्तो छ ! स्तरीय व्यंग्य पढ्ने, बुझ्ने र तेस्को सार तत्व बुझ्ने प्रेणाना पशुपतिनाथले दिउन !

      • आसुतोष जी …तपाई ले राम्रै कुरा भन्नुभयो तपाई र म दुवै नेपाल आमा का सन्तान त हौ नही तपाई लाई नेपाल को जति माया छ मलाई पनि छ नै ….मेरो भनाइ एती मात्र हो कि ….कुनै कलाकार ले कुनै व्यंग्य र कमेडी गर्न सकछ उनि हरु ले कुनै बस्तु लाई हेर्दा कमेडी को रुप मा हेर्छन…कुनै नौलो कुरा होइन,तेस लाई जनमानसमा प्रफुसतित् गर्ने वा नगर्ने भन्ने मात्र हो …..तपाई ले मलाई जुन वाकय लेख्नु भयो त्यो सब्ध लेख्नु पर्ने थियन,,,सायद तपाई कुनै राजनीति नेता को झोले कायकर्ता या राजनीति पालन पोषण मा पालित व्यक्ति हुनु होला जस्तो मलाई लाग्छ …किन कि देश को हालत यो अबस्ता मा उधो गति मा दौडी रहेको अवस्था मा तपाई ले कुनै व्यंग्य र कमेडी लाई महत्तो दिनु भयको छ …बाबुराम को कायेकाल राम्रो नहोला तर ९०% जनता ले आश गरेका छन् …ति ९०% जनतालाई मनोज जी ले जस्तै तपाई ले पनि आपमान गर्दै हुनुहुन्छ ……तर म कुनै राजनीति पार्टी प्रति आस्था राख्दिन नि …सबै राजनीति दल का नेता हरु कुत्ता जस्तै छन् …
        अर्को कुरा, हैसियत कुरा पनि गर्नु भयको रहेछ,,तपाई चै कुन हैसियत र क्य्तागोरी को नेपाली मानब पर्नु भयो नि ….तपाई पनि कुनै राम्रो हैसियत को मानिस भयको भय यो मईसंसार को एस्तो लेख म आल्मिलुनु थिएं नै ……जे भय पनि कमेन्ट गर्नु भयो ….THANKS HAVE A GOOD DAY ….

  18. बाबुराम भट्टराई ले प्रधानमन्त्री भयर जुन कदम चाल्नु भयको छ त्यो अबिस्मरनिया छ र त्यो कदम भीमसेन थापा देखि झलनाथ खनाल सम्म को कुनै पनि प्रधानमन्त्री ले गर्नु भय को छैन. morning shows the sign of the day भने जस्तै एदी अरु राजनीतिक दलले उहा को यो कदमलाई आत्मसात गरेर देश बनाउन लागेमा आउने दिनमा हामिले साचिनै नया नेपालको परिकल्पना गर्न सक्छौ..आज हामीले हाम्रो युवा हरुलाई जसरि विदेशको भूमिमा बेची राखेको छौ त्यो परम्परा लाइ तोडेर हाम्रा मन्त्रि हरुले उनीहरुलाई सोदेश्मै की गर्ने बाताबरण बनैदिनु भयमा देश बनाउन समय लाग्ने थियन!!
    ALL THE BEST DR. BABURAM

  19. हा हा हा , माई नोज जी ले झटारो हान्नु भो कसलाई लाग्ने हो कुन्नि … मधेसी हरु लाई गृह रक्षा संचार जस्ता महत्वपुर्ण मन्त्रालय दियर ठुलो गल्ति भा छ झैँ लाग्छ . भारत वर्षे नेपाल खण्डे बाट पनि अझै तल झारिने हो कि भन्ने भ्रम उत्पन्न भो अब त् ………

  20. लेख रचनात्मक लाग्यो,अनी ज्ञान्बर्दक पनि………”मनोज” सोल्टी को लेख पढेर एकछिन भएपनि भयङ्कर एन्जोय लिए…….हाहाहा… बिसेस “टपिक” चोवाक छ है देस्प्रेमी सथिहो…………बोअरिंग भएको बेला रेफ्रेश को खुराक देलिसिऔस् छ …………………………………….

  21. एउटा गीत मलाइ सारै याद आयो, हुनत हिन्दी गीत हो तर सन्दर्भ सारै मिलेको छ , ” औरों को भला क्या सम्झाते जब अपनो ने समझा ही नही”

  22. व्यंग्य राम्रो र समसामयिक छ |
    अहिलेको परिस्थितिमा देशले एउटा कुशल र इमान्दार राजनेता पाएको छ र उनलाई हामी सबै नेपालीको सहयोगको जरुरत छ | त्यसैले खुल्ला दिलले बाबुरामलाई सहयोग गरौँ | बाबुरामले केहि गर्ने अवसर पाएनन भने अरु नालायक नेताहरुमा केहि गर्ने इच्छा र क्षमता दुवै छैन | यो हामी सबैले बुझ्न जरुरि छ |

  23. अहिलेको स्थिति मा डाक्टर बाबुराम प्रति किन यो व्यंग्य गर्नु जरुरि छ र …? उनले तेस्तो देश नै डुबाउने कार्य नै के गरेका छन् र …? बरु नेपाल ले यौटा गर्व गर्न लायक मान्छे प्र म पायको छ, यति बेला कुनै पनि मेडिया र कलाकार अनि नागरिक वर्ग हरुले रिस गर्ने, व्यंग्य गर्ने अनि खुट्टा तान्ने र गलत खबर फैलाउने भन्दा पनि हौसला र साथ दिनु देश को लागि कल्याण होला…. साथै मनोज गजुरेल जी..!तपाई राम्रो कलाकार हुनुहुन्छ यद्दपी तपाई पनि सबै कुरामा निपुण पक्कै हुनुहुन्न होला र यो व्यंग्य सहि मान्छे लाइ गलत ठाउँ र गलत समय मा प्रयोग गर्नु भयको मा दु:ख अबश्य लागेको छ …तपाई हरु जस्तो मिडिया मा छाउने मान्छे ले त राम्रो काम को चर्चा र आवाज बजाउनु पर्ने हो तर यो कुरामा तपाइँ पछाडी पर्नु भयो…तपाई हतारिनु भयो परिक्षा भन्दा अगडी नै नतिजा खोज्नु भनेको फेल-असफल हुनु हो बुद्दी र सोच निरिह अनि मानसिकता कम्जोर हुनु हो
    आज सकिन्छ भने उहालाई सहयोग गरौ हैन भने गर्न खोज्नेलाइ निरुत्साही नगरौ देश ले शान्ति र प्रगति पायो भने यो तपाई हामी र भावी पिडि सबैको भलाई हुने हैन र ?
    म कुनै पार्टी को मान्छे हैन म देशको साधारण नागरिक हु र मलाइ मेरो देश को माया छ

    • रुपक जी, मनोजजीले आफ्नो व्यंग्य मार्फत तपाईं भन्दा एक कदम कदम अगाडी बाबुरामलाई समर्थन गर्नु भएको छ ! भित्तामा पुराउनु भएको छ ! ध्यान दिएर पढ्नुस !
      >>>>>
      ‘हिजोसम्म ‘बाबुरानो म !’ ‘बाबुराम !’ भन्नेहरुका लागि उचित अवसर आएको छ । ‘भिजन’ भएपनि ‘जादुको छडी’ नभएका बाबुराम ‘अप्ठेरो परिस्थिति’मा प्रधानमन्त्री भएकाछन् । अवसर पाएमा ‘केही’ गर्छन् कि भन्ने संभावना पनि देखाई सकेकाछन् । ‘वाह, बाबुराम’ बन्ने कि ‘कठै बबुरा’ रहने- त्यो उनको क्षमतामा भर पर्ने कुरा हो । जहांसम्म हाम्रो कुरा छ, पार्टी र जातीभन्दा माथी उठेर ‘राष्ट्र् निर्माण’मा लाग्ने कि उनलाई ‘लाष्ट’ बनाउन ‘खुट्टा तान्ने’ खेलमा रमाई रहने हो, सोच्ने बेला यही हो । समय सकिएपछि ‘राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न !’

      • राजेन्द्र जी…! मेरो बुझाइ मा कमि पक्कै छ, फेरी पनि यो अनुकुल समय हैन व्यंगात्मक माहोल सिर्जना गर्नको लागि भन्ने मेरो आग्रह हो …
        अहिले र आजको यो स्थितिमा हरेक क्षत्र बाट जसरि सकिन्छ बाबुराम जी लाइ सहयोग गर्नु र देशलाई शान्ति र प्रगति तिर लैजानु नै सबैको कल्याण हुन्छ अनि सबै जन-जन को भित्रि इच्छा पनि यहि हो चाहे त्यो जुन सुकै पार्टी को नागरिक होस् या कार्यकर्ता वा अन्य व्यक्ति तथा कलाकार वर्ग ….

  24. मनोज जी यसरी सबै कुरालाई हासोँ-ठट्टामा उडाउनु राम्रो हैन!राम्रो कामको सुरुवात गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तपाई जस्तो बुद्दीजिबी सचेत नागरिकहरुको सल्लाह सुझाप सहयोग र समर्थन गर्ने यो अत्यान्तै सम्बेदनशिल र उपयुक्त समय हो।कुनै पनि राम्रो कामलाई केवल हाँसोमा उडाउदा यसले सर्ब-साधरण जनतामा नराम्रो म्यासेज पनि जान सक्छ।

  25. व्यंग्यात्मक र सटिक लेखको लागि धन्यवाद मनोज जी! अहिलेको नेपालका बोक्रे टिप्पणीवाला हरुको हाल खासमा यहि प्रकारको सतही, पूर्वाग्रही, इर्ष्यापूर्ण र एक पक्षीए देखिन्छ-यिनलाई राम्रो कामको प्रशंशा गर्ने या रचनात्मक टिप्पणी गर्नुभन्दा पनि कसरि बाबुरामको शाख गिराएर फेरी सत्ताको शिनोमा नंग्रा र दार्हा गाड्ने मौका जुटाउने खेति गर्नु छ/नेता त नेता-बाँकी अरु धेरैको बिचार देख्दा पो दया लागेर आयो नेपाल आमा प्रति नै!यस्ता घटिया र निम्न स्तरका चाकरी अनि चाप्लुशीवाला खोक्रा प्राणीहरु भएको देश कहिलेइ उंभो लाग्छ?अनि नेताले यिनलाई धोत्तिको गन्ध सुँघाइदिन्नन त?कमसेकम बाबुरामको सकारात्मक कामको सर्हाना गरेर उनीलाई हौसला दिंदै बाँकी अरु जनमुखी काम गर्न प्रेरणा देनु नै अहिलेको सच्चा नागरिकको काम होइन? उनि असफल भए भने को छ यहाँ बिकल्प? हिम्सक र पतित ब्वाँसो भन्दा साधु भेडो नै उत्तम होइन र? बरु उनले जनमुखी काम गर्दा तराइका भ्रस्ट र पतित धोत्तिहरुले आफ्नो हात झिक्ने दुस्साहस गरे भने तिनलाई सबै जनताहरु मिलेर छाला काड्नु पर्दैन? देशका बुद्धिजीवी,मिडियाहरु,नागरिक समाज आदि सबै मिलेर तराइका भ्रस्ट र अवसरवादी मधिसेहरुलाई खबरदारी गरेर बाबुरामको राम्रो कामलाई टेवा दिंदै देशलाइ नै सहयोग गर्ने बेला होइन यो? यो बेला बाबुरामको जनमुखी कामको खिल्ली उडाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हानेर बन्चरोलाई दुख दिएँ भन्दै हाँसे झैं होइन र? छि छि हाम्रो मोटो बुद्धि र घृणित सोच!!!!! यो अवसर नेपाली जनताले गुमाए भने देश कहिल्येई पनि दलदलबाट माथि उठ्ने छैन/

  26. हा …..हा …हा…..हा….नेताको नाटक!!! कोहि सस्तो गाडी छड्ने !!!कोहि दौरासुरुवाल नेपाली पोसाक रस्टिया पोसाक हुनुहुदैन भन्दै जुलुश गर्ने !!!कोहि सफत खादा भगवानको नाम लिन्न भन्ने हे नेता हो ….कति आको नाटक ? मुखमा राम राम बगलीमा छुरा ……..

  27. धन्यवाद मनोज जी! अहिलेको नेपालका बोक्रे टिप्पणीवाला हरुको हाल खासमा यहि प्रकारको सतही, पूर्वाग्रही, इर्ष्यापूर्ण र एक पक्षीए देखिन्छ-यिनलाई राम्रो कामको प्रशंशा गर्ने या रचनात्मक टिप्पणी गर्नुभन्दा पनि कसरि बाबुरामको शाख गिराएर फेरी सत्ताको शिनोमा नंग्रा र दार्हा गाड्ने मौका जुटाउने खेति गर्नु छ/नेता त नेता-बाँकी अरु धेरैको बिचार देख्दा पो दया लागेर आयो नेपाल आमा प्रति नै!यस्ता घटिया र निम्न स्तरका चाकरी अनि चाप्लुशीवाला खोक्रा प्राणीहरु भएको देश कहिलेइ उंभो लाग्छ?अनि नेताले यिनलाई धोत्तिको गन्ध सुँघाइदिन्नन त?कमसेकम बाबुरामको सकारात्मक कामको सर्हाना गरेर उनीलाई हौसला दिंदै बाँकी अरु जनमुखी काम गर्न प्रेरणा देनु नै अहिलेको सच्चा नागरिकको काम होइन? उनि असफल भए भने को छ यहाँ बिकल्प? हिम्सक र पतित ब्वाँसो भन्दा साधु भेडो नै उत्तम होइन र? बरु उनले जनमुखी काम गर्दा तराइका भ्रस्ट र पतित धोत्तिहरुले आफ्नो हात झिक्ने दुस्साहस गरे भने तिनलाई सबै जनताहरु मिलेर छाला काड्नु पर्दैन? देशका बुद्धिजीवी,मिडियाहरु,नागरिक समाज आदि सबै मिलेर तराइका भ्रस्ट र अवसरवादी मधिसेहरुलाई खबरदारी गरेर बाबुरामको राम्रो कामलाई टेवा दिंदै देशलाइ नै सहयोग गर्ने बेला होइन यो? यो बेला बाबुरामको जनमुखी कामको खिल्ली उडाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हानेर बन्चरोलाई दुख दिएँ भन्दै हाँसे झैं होइन र? छि छि हाम्रो मोटो बुद्धि र घृणित सोच!!!!! यो अवसर नेपाली जनताले गुमाए भने देश कहिल्येई पनि दलदलबाट माथि उठ्ने छैन/

  28. बल बल देशले चाहिएको जस्तो एउटा मान्छे पाएको छन् उसले चलाएको कदम हरुमा साथ दिना नसके पनि अप्रोद खुट तान्ने काम चाही नगरो हो!

  29. पक्का हो समय सकिए पछि राम राम भन्न सकिन्छ बाबुराम भन्न सकिन्न Please Please यदि नेपाल आमाको माया छ भने बाबुरामलाई केहि गनेॅ मौका, समय दियौ जसकालागि तपाई हामीसबैको Strong support को खाँचो छ नतृ भने भोली न्याउरी मारि पछुतो नहोस हामी नेपालीलाई……के गनु॔ सतीले शरापेको देश भन्ने अबस्था भेरी नआओस तेस बेला सतीलेहैन नेपालीले बाबुरामलाई शरापेको भन्नु पनेॅ हुन्छ आशा गरौ त्यो अवस्थआ आउने छैन । बाबुराम जिन्दाबाद !!! जय नेपाल !

  30. निस्वार्थ भाव ले कार्य गर्न सक्ने व्यक्ति देश को प्रधानमन्त्री हुनुभएको बेला नेपाल लाई माया गर्ने तपाई हामी सबैले बाबुराम जी लाई मन बचन र कर्म ले सामर्थ्य ले भ्याए सम्म सहयोग गर्न जरुरि छ | यदि उहा लाई पनि असफल बनाइयो भने देश सायदै बन्ला फेरी, सोच्न जरुरि छ है………कि कसो ?

  31. आज सलोक्ह्यो लाई किन ?? सनक चढ्यो
    भनेयको त मनोज दाई ले पो लेख्यको रयेछ !!!!!!हे हे हे ….THANKS मनोज दाई ….

  32. दामी छ ल मनोज ब्रो | सेक्री (धराने भाषा) छ यार |

  33. गजबको छ व्यंग्य | समय समयमा पस्किरहनुस न यस्ता व्यंग्यबाणहरु | धन्यबाद मनोज गजुरेललाई |

  34. बाबुराम बाट बाबु – राम नबन्नु होला .

  35. ज्यन्ग्लिंग मोटरसाइकल अलिक मिल्दैन होला अर्को कुनै कार भन्दा राम्रो होला हो टुप्पी एन्टेना जी !

  36. हाहाहा कस्तो थ्रिलर तरिकाले हसको हौ,,,, म त सुरुमा अलमल्ल पो परेको थिए साच्चिकै बिरोध सुरु भएछ भनेर…… मनोज गजुरेल लै धन्यबाद राम्रो खुराकको लागि…………..

  37. सुपर सुपर सुपर ……..मनोजले मौका मा दिन्छ झंकार………

  38. अहिले को अवस्था मा हामी सबै नेपाली हरु पार्टी भन्दा माथि उठेर प्रधानमन्त्रि को साथ मा लागेर हातेमालो गर्नु जरुरि छ. जसरि भारत मा अन्ना हजारे को साथ मा पुरा देस उठेको छ हामी पनि जाग् जरुरि छ.

  39. Outside how much political leaders speaks diplomatically……but inner sound is this….good satire to politicians….
    Nowadays international community doesn’t believe any NC or UML leaders……
    Dr. Baburam has to address all democratic Nepali Public’s views….and also be a chief affectionate person of India’s …..and in another hand Badya, Mahara, Thapa have to take care to China…..and Prachanda needs to give continuity to his role (bend one side or other according to the political situation)…..Which makes Maoist party as a balance party and Nepal as a balance Country …..previously I was thinking it is a hard job for Dr. Baburam, but now I feel Dr. had already penetrate to Delhi……..i am proud of Dr. Baburam……these are the main BRAINS which can play in between India and China, and make profit to Nepal…..

  40. मनोज ब्रो, you simply rock. मेरो क्रान्तिकारी नमस्कार | भात तिहुन मिठा |

Comments are closed.