गच्छदारको ऐतिहासिक बन्ने चाहना

-स्याटेलाइट

४६ सालको आन्दोलनपछिका अधिकांश सरकारमा बिभिन्न मन्त्रालय सम्हालेका बिजयकुमार गच्छेदार यतिबेला बाबुराम भट्टराइ नेतृत्वको सरकारमा समेत गृहमन्त्रि बनेका छन। बितेको २२ बर्षिय नेपाली प्रजातान्त्रिक अभ्यासमा सत्ताको गुलियो चाटनेमा गच्छेदार अन्य नेताभन्दा अगाडी छन। सत्ताको निम्ती दल त्यागेर नयाँ दलमा जाने, दल जुटाउने-फुटाउने खेलमा चुस्त देखिएका नेता गच्छेदारको छवी जनताका आँखामा स्वच्छ छैन। आम नेपालीमाझमात्र नभै कुटनितिक तहमा समेत उनको छवी भ्रष्टाचारिको रहेछ भन्ने कुरा केही दिन अगाडी वीकीलीक्समार्फत सार्वजनिक गरिएको अमेरिकी केवलले देखाइसकेको छ ।

प्रधानमन्त्री निर्वाचनमा बाबुरामलाइ कांग्रेस र एमालेले समर्थन नगर्नेभएपछी मधेसवादि दलहरुको महत्व बढेको हो। संविधानसभा निर्वाचनपछि चौथो ठुलो शक्तिको रुपमा उदाएको मधेसी मोर्चाको हैसियत प्रायश: निर्वाचनमा निर्णायक रहने गरेको छ। जसमा उनीहरु वास्तवमै संविधान निर्माण र देशप्रति संवेदनशील रहनेभन्दा पनी परिस्थितिको फाइदा उठाउँदै कमाउ मन्त्रालय हात पारेर मालामाल हुने दाउमा लागेको कसैबाट लुकेको छैन।
मधेश आन्दोलनको परिणामको दुहाइ दिँदै काठमाडौकेन्द्रित राजनितिमा शक्तिशाली बनेका अनुहारहरु हेरियो भने अचम्म मान्नुपर्ने हुन्छ। ती अनुहारहरुमा अधिकांश, मधेश आन्दोलनभन्दा अगाडीपनी बिभिन्न दलमा बसेर देश र जनताको नाममा झिङ्गा नमारी मह चाटेकाहरुमात्र छन। उदाहरणका लागी गच्छेदारदेखि जेपी गुप्तासम्म कांग्रेसबाट पटकपटक मन्त्रि बनिसकेका हुन। राजेन्द्र महतो त आजीवन आपुर्ति मन्त्रालय सम्हालेर बसेका छन भलै उनको पालामा अत्यावश्यक बस्तुहरुको समेत आपुर्ति सहज भएन। कुनै बिषयगत अध्ययन र अनुभवबिना मन्त्रालयको बाँडफाँड गरिने हाम्रो देशको नयाँ सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रि बनेका छन। उनको इतिहास हेर्दा उनीबाट झिङ्गा मर्ला भन्ने आशा गर्न मिल्दैन।

यसअघिका सरकारहरु बन्दा नेपाली सर्वसाधारणले ‘एउटा चोरको टोली गय, अर्काथरि आए’ भन्ने निरिह भाव प्रस्तुत गर्थे। गिरिजाप्रसाद, प्रचण्ड, माधवकुमार या झलनाथ कुनै सरकारको निर्माणले नेपालीहरुलाइ यति उत्साहित पारेको थिएन जति बाबुरामको नेतृत्वले पारेको छ। अलिअलि आशा राखिएका प्रचण्डलेपनी आफ्नो प्रधानमन्त्रित्वकालमा कामभन्दा बढी उग्रता प्रदर्शन गरे। चरम झुठ र अबिश्वाशी बानीले आममान्छेमा रहेको साख उनले स्वात्तै घटाए। बाबुरामलाइ अहिले मान्छेहरुले अन्तिम आशाका रुपमा हेरेका छन। हुन त उनी टाउकोमात्र हुन, उनका हात, खुट्टा, औँलाहरु त मन्त्रिहरु हुन जुन पहिलै सारै गन्हायका छन। के उनी यी गन्हाएकाहरुलाइ नैतिकताको पाठ पढाउन सक्लान? भ्रष्टाचारमा बिध्यावारिधि गरेका यी महारथिहरुलाइ के बाबुरामले दुइ दिनको मानव जीवनमा ‘भ्रष्टाचार गर्नु महापाप’ हो भन्ने बुझाउन सक्लान? बहुसंख्यक सज्जनको बिचमा एकाध दुर्जनहरु बस्दा उनीहरु सुध्रने संभावना हुन्छ तर दुर्जनहरुको भीडमा एउटा एकलब्य आफ्नो लक्ष्यमा पुग्न सक्ला? गुरुदक्षीणाका नाममा बुढीऔँला माग्ने द्रोणाचार्यहरुबाट घेरिएका एकलब्यका सामु यिनीहरुको सहयोगमा लक्ष्यमा पुग्ने चुनौती छ।

आइतबार सञ्चारमाध्यममा आएका दुइ बिरोधाषपुर्ण समाचारले मेरो ध्यान ताने। नागरिक दैनिकले लेख्यो ‘अभियुक्त छाडन गृहमन्त्रिको फोन’ । समाचारले भन्यो ‘कपिलबस्तुको कृष्णनगरलाइ बेस बनाएर सडकमा ढाट राखी अबैध असुली गर्ने कौसर अली मुसलमानलाइ छुटाउन गच्छेदारले राजनैतिक हस्तक्षेप गरे।‘ दिउँसो गच्छेदारले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफु उदाहरणीय र ऐतिहासिक गृहमन्त्रि हुने बताइरहँदा कुनामा बिहानको समाचार हाँसिरहेको थियो। बाटो बिराएकाहरु सुध्रिएका उदाहरणहरु छन । गच्छेदारले बिगतमा गरेका गल्तीहरुको आत्मालोचना गरेर साँच्चै नै केही काम गर्लान त, यो यसै भन्न सकिने कुरा होइन। समयले बताउनेछ तर राम्रो काम गरेर राष्ट्रपतिले झैँ सम्मान पाउने र इतिहासमा योग्य गृहमन्त्रिको छवी बनाउने उनको चाहनाको सम्मान गर्नैपर्छ।

अरुले मानुन र गनुन भन्ने चाहना राख्नु मानव स्वभाव हो। भ्रष्टाचार र अनैतिकताले जति सम्पति थुपारेपनी साँचो सम्मान ल्याउन त्यसले सक्दैन। वरिपरिका दुइ-चार चाटुकारले मान्नु र जी-हजुर गर्नु ठुलो कुरा होइन। चिरञ्जीवी वाग्लेका वरिपरि चाटुकार थिएनन र तर समयक्रममा आफ्नो कु-कर्मका कारण उनी डिल्लिबजार जेलमा छन। आम मान्छेमा श्रद्दा र आशा जगाउन सक्नु कुनै पनी नेतृत्वको साँचो सफलता हो, यसमा डा. भट्टराइ अहिलेसम्मलाइ सफल देखिएका छन। तराइबाट आएर पहाडी जिल्ला दोलखाको चरीकोटमा लामो समयदेखी सैलुन चलाइरहेका कैलाश ठाकुरले बाबुराम प्रधानमन्त्रि भएको खुसिमा तिहारसम्म कपाल र दारि काटदा पचास प्रतिशत छुटको घोषणा गरे। ठाकुरलाइ प्रधानमन्त्रिबाट कुनै ब्यक्तिगत लाभको आशा पक्कै छैन । एउटा गरिखाने गरिब नेपालीले नेताप्रति देखाएको श्रद्दा हो यो? बाबुरामले यो देश र जनताका निम्ती केही गर्नेछन भन्ने आशा हो त्यो। प्रधानमन्त्रिले भोली ठाकुरजस्ता आममान्छेको आशा र श्रद्दालाइ कति सम्बोधन गर्न सक्छन त्यो समयले बताउनेछ तर बाबुरामप्रति देखिएको अभुतपुर्व जनआशा यसअघि कहिल्यै देखिएको थिएन।

गच्छेदार लगायत गन्हायका अन्य नेताहरुका निम्ति बाबुरामको नेतृत्वमा राम्रो र उदाहरणीय काम गरेर आफुमा भएको दुर्गन्ध हटाउने अवसर हो यो । अझैपनी सरकार ढाल्ने, प्रहरी प्रशासनमा अनावश्यक राजनैतिक हस्तक्षेप गर्ने र भ्रष्टाचारलाइ जीवनको लक्ष्य बनाइरहने हो भने सम्मानित र ऐतिहासिक बन्ने अवसर गच्छेदारहरुले गुमाइरहनेछन। आशा गरौँ, नयाँ गृहमन्त्रिले केही राम्रा काम गर्नेछन। पत्रकारहरु बोलाएर मन्त्रालयमा गरेको घोषणालाइ सर्वसाधारणले महशुस गर्न सकुन, मन्त्रि सफल भएको मानिनेछ।

नयाँ गृहमन्त्रि (उनै पुराना) गच्छेदारलाइ शुभकामना ।

89 Comments

  1. बिजय गच्छेदार जी ले आफ्नो पुरानो बनि कसरि छोड्नु होला र जुन कुरा अहिले उहाँ ले गृह सचिब लाई सरुवा गरेर देखाई सक्नु भयो अब अरु ईमान्दार प्रहरीहरु सरुवा गर्नु होला जो मानिस को संगत र उठ्बैठ कुख्यात मानिस संग छ उसको नमुना कस्तो होला
    बिचारा बाबुराम लाई निकै गार्हो छ सबै कुख्यात संग काम गर्नु परेको छ

  2. नमस्ते लामो समय पछी केहि लेखुजस्तो लाग्यो यो मुलुकले केहि rahat पाउनेछ तर धुखको कुरा माओबादी पार्टी bhitara nai baburamlai अशफल बनाउने काम भएको छ, अनि नेकपा एमाले अनि नेका का नेताहरु देशको विकास अनि नौलो बिहानी देख्न चाहदैनन् ,यो आवस्थामा कोलाई राम्रो अनि कोनारम्रो यस्तो जटिल समय मा हामी shabaile सहयोग गर्नु अति जरुरी छ ,यो जन्मभूमिलाई माया गर्ने नेपालीहरुलाई ……राजन खरेल मिलानो इटाली …

  3. सानो छदा “आमा हात्ती बलियो कि हात्ती-छाप चप्पल” भनि सोद्धा आमाले उस्तै-उस्तै हुन बाबु भन्नु भयको थियो l आज “गच्छादार कि गद्दार” भनि सोद्धा आमाले बाबु यो प्रश्न त अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई लै सोध्नु पर्छ, किनकि उनले खै के विचार गरेर गृहमन्त्रीको पद दियका हुन् ? डा. जस्ता पढे-लेखेका बिद्धवानको रोजाइलाई म बुढी आमा ( नेपाल आमा) ले कसरि खण्डन गरौ…..!!!

  4. इतिहाश त रची सक्यो नि !नेपाली रास्ट्रीय पहिरान छोडे र धोति पहिरान पहिरे र !के को इतिहाश रच्नु छ …………………!

    • धोति पहिरन ??? भन्न के खोजेको himal uk ? बाहुन ,छेत्री ,शाह ,यादव ,गोल्छा,चौधरी,गूप्ता..from hill or terai ,all have indian origin. all of them wear dhoti some times .पुजा पाठ गर्दा अथवा बिहाबारी मा . who are typical nepali?? nepalese are either from indian origin or burmo-tibetian origin and mixed. in villages of terai ,or cities like janakpur,birgunj,biratnagar,nepalgunj,siraha,lahan,rajbiraj,dharan,damak… mostly people wear dhoti….. so dhoti is also nepali pahiran. if u want to say dhoti to indian. then u r a f** racist. then u may be also telling madhise,pakhe, bhote to ur own nepali , rite??

  5. बहुदल पछिको प्रायजसो सरकारमा यो मान्छेको नाम सामिल छ, खोइ त गर्ने भए पहिलै गर्ने थियो। आफ्नो अनि परिवारको जिवनस्तर उकास्ने बाहेक केही ऐतिहासिक काम गर्ला जस्तो लाग्दैन।

  6. गच्छ माने जौ,दार माने लाएक अर्थात जानालायक मान्छे ,गच्छदार लाइ सबैले राम्ररि चिनिसकेको मान्छे हो उसको नाममा कुरा गरेर समय बर्बाद गर्नु बेकार छ.

    • जे भए पनि तत्कालिन माले समर्थक अखिल ले एउटा आखा फुताइदिएक हुन् भने उसलाई काख मा राखेर हर्लिक्स खुवाएर यो ठाम मा पुर्याउन सहयोग पुर्याउने भनेका गिरिजा हुन्. गिरिजा को काख पाएर नेपाल लुट्ने मा लक्ष्मण घिमिरे, खुम बहादुर, गोविन्द राज जोशी, तारणी दत्त चटौत(लाउडा काण्ड वला) विजय गच्छेदार, जय प्रकाश गुप्ता र सुजाता मण्डली हुन्. माथि का खलनायक हरु सबै गिरिजा क प्रिय पात्र थिए, येस्कारण नेपाल मा गिरिजा जति को अपराधी कोहि पनि छैन.

  7. अहिलेका नेपाली राज्नितिग्ग्य हरु कोहि पन सम्मान गर्न लाएक को छैन सबै चोर हुन् सबै जना देस लुट्न जनता लुट्न भारत को दलाली हरु मात्र हुन् झन् यो गच्छदार जस्तो साथ मा लिएर के गर्न लाग्यो भटराई ले ! गच्छदारले न आफ्नो गुड बनाउछ न भट्टराइ लाई नै बनाउनु लाउछ!!!ऐतिहासिक त सत्ता सक्ति छोडेर औना के भोलि कुनै पनि नेपालीले तिमीहरुलाई फर्केरानी हेर्दैन किनकि यिनीहरुले गरेकोंई के चार नखाको नै के चार नगरेकोंई के छ र १ करोड को काम मा २० लाख को काम गर्छन ८० लाख खल्ती मा हल्चन रोड बनाको १८ घण्टा पछि भात्किन्चन कर्णाली बेची खानचन भारतले बढेको बध्ले नेपाली जनतालाई कत्ति दुख भाचन त्यो हेरेर बिहारी संग बसेर पार्टी मनौछं आफ्नो जमिन भारतले मिछान तर हाम्रो नेत्त हरु उल्टो समाचार बनाउनु लागौछं भारतको जग्गा हाम्रोले मिच्योरे वाह वाह एस्त राम लिला देखाउनु सक्ने नेता हरु अनि तेही माथि गछादर ऐतिहासिक नेत्ता ल हामीले हाम्रा नेता हरु माथि गर्भ गर्ने पर्छ!!!!न लाज पचेका तुहियेका छोरा हरु !!!!!!एउटा सच्चा नेपाली आमाको गर्भ बट्टा जन्मेका भए ति बिर बलभद्र कुवर लाई सम्झिन्थे ति बुढो भक्तिथापको देनलाई सम्झिन्थे हुनत बिचरा नेता हरु स्कुल पढेर हैन जेल बसेर भएका अनि नक्कली दोच्तोर ह्हसिल गरेका हरुले ति बिर पुरुस हरुको कथा कहाँ बट्टा पदोस र थाहा पाउनु !!!!!

  8. गच्छेदार नमुना बान्छा अरे
    एउटा आश्चर्य थपियो, आठोउ आश्चर्य

    अर्को भ्रस्टचारी जे पी गुप्ता सरकार असफल भयको घोसना गर्न थाली सक्यो. कस्ट कस्ट अनुहार भएका गधाहरु मन्त्रीको पदमा पुग्छन

  9. जहाज मा मुसा पस्यो रे !
    हाम्रो त घर नै राज गर्यो मुसा ले !!

    जहाज को मुसा लुकेर बसेको छ !
    हाम्रो घर को मुसा ले हामि लाई नै शासन् गर्दैछ !!

    मुसा ले उल्टो हामि लाई थर्काउछ !
    मेरो त एउटा गणेश , अरु को हेर न हजार गणेश भनेर फर्काउछ !!

    जहाज को मुसा लाई त लखेट्न सक्छौ होला !
    घर को मुसा ले त उल्टै हामी लाई नै बोकाउने छ झोला !!

  10. There is a saying: Iron Cuts Iron” and “Diamond Cuts Diamond”. So Mr. V Gaddar is a goon type highly corrupted man who my inner consience says can control Goondagardi because he has all kinds of knowledge( a PhD in hooliganism) as well as a DSc in corruption. Go on Mr. Gaddar against NC and Madhesis.

  11. सुँगुर लै स्वोर्ग नै गयपनी खान खोज्ने त्यहि नै हो नि / उहाको ऐतिहासिकता भनेको कति दिन कुहैको खाने भनाइ मात्र हो. खाने त त्यहि नै हो.

  12. बरु गंधिबदी नेता बबन सिंह ले चै गृह राम्रो संग चलौंचा तेस्लाई पानि राज्य मन्त्रि बनाउन मिल्दैन जे त पर्ला गच्छदार लाई पनि राम्रो संगत हुन्छ कि कसो ?

  13. यो कना ले त अबत अतिनि गर्ने भो हे भगवान येसले बिगतमा गरेको कुकर्म सम्झेर पनि डर लाग्छ.फेरी पनि चोर डाका रोक्ने ठाउँ मा चोर नी चोर को नयाक धन्य छ. पशुपतिनाथ/

  14. गच्छदार यो ठुलो मौका हो ,सुध्रिनको लागि ……सुधार आफुलाई
    …………………..होइन भने गयो तेरो जीवन ………ढल खोला झैँ……. जय नेपाल…….

  15. कत्तिवाता विधामा एतिहासिक रेकोर्ड राख्न खोजेको होला? मैले जाने अनुसार त 6 वटा रेकोर्ड नै कायम भै नै सकेको जस्तो लाग्छा
    (१) थारु समुदाय बाट पहिलो उप प्रधान मन्त्रि
    (२) एक मात्र आखा प्रयोग गरिरहेको महान व्यक्तित्व
    (३) कुदा भनु या उल्टा बाट पढ्दा पनि उचित अर्थ लाग्ने खाल को व्यक्तित्व (तेस्तो खालको आचरण भएको मानिस)
    (४) पहिला मन्त्रि हुदा कुम्ल्याउनु samma सम्म कुम्ल्याको महान hasti
    (५)पार्टी फुtaune काम मा bidhyabaridhi गरेको खुखर man uwa
    (६) दादा गिरि टाल को प्रभावशाली byaktitwa
    तेस्तो प्राणी lae भोट खसालेर जिताउने जनता lae pani मान्nai parchha .
    हुनत कसै कसै ले त बेकार मा भोट खसलीयेछा गधा lae भनेर पछुतावा पनि भएको hola

    अब अरु के के एतिहासिक हुन् पाठक साथी हरु ले नै थपी दिनु होला है dhanyabad

  16. अहिले को अवस्था मा धन्य मधेशी दल ले साथदिएर बाबुरामजी लाई अवसर दिएकोदिएको

    खोइ त
    अरु
    पहाडिया दल हरु
    (ती दल हरु अवश्य भट्टराई को हीत मा सोच्दैन होला ) ………पक्कै पनि साथी हो मधेशी भन्दा पहाडी नै यो देश को अवस्था यहा सम्म लाएको
    छ ……..जय थरुहट

    • नयाँ कुरो पो थाहा पाइयो त ! हैन, ‘पहाडिया दलहरु’ पनि छन र नेपालमा ?

    • सुनिलजी !
      कस्तो तिल जत्रो सोचाइ राखेर कमेन्ट लेख्नुभएको ?! के हिमाल, के पहाड, के तराइ ? सबै नेपाली होइन र ?
      आपसमा बैमनश्यताको बिउ रोप्ने खालको कमेन्ट नलेखेकै राम्रो / पहाड, हिमालमा तराइका नेपाली शिक्षक साथीहरूले अध्यापन गराई राख्नुभएको छ / अन्य तराइका कर्मचारीले पहाडमा सेवा सुबिधा प्रधान गरिरहेको छ /
      त्यस्तै पहाडका प्रहरी, अन्य निजामति कर्मचारीले तराइमा सेवा दिई राखेका छन् / नेपाल त हामी सबैको स्वतन्त्र मातृभूमी हो नि !
      राम्रो भए हामी सबैको राम्रो हो, नराम्रो भए हामी सबैको नराम्रो हो भन्ने मानसिकता आजैदेखि बोक्न थाल्नुस, अनि तपाइँमा कुनै कलेश रहने छैन /

  17. त्यसै त गच्छेदार चोर, दलाल र गुण्डाहरुको नाइके |अहिले त वैधानिक चोर हुन पुग्या छ प्रचण्ड-बाबुरामको निगाहले | एकातिर अपराधीहरुको नाइके अर्कोतिर प्रहरी र स्थानीय प्रशासकहरुको नाइके | अब यसले ऐतिहासिक अपराध गर्ने साहस किन नगरोस ?
    यो देशमा बाबुरामले के गर्लान त्यो त गर्वमै छ जो अहिले सम्म आम नेपालीको सपनाहरुको महलमा महान राजनेताको रुपमा विराजमान छन् |तर, उनको मन्त्रीमंडलका अधिकांश अनुहारहरु सपनामा पनि झस्काईरहेका छन् हामी नेपालीहरुलाई |

  18. गछादर जी तपाईत के तपाइको सात पुस्त ले पानि राम्रो कामगर्न सक्दैनन् तपाई ले गर्ने भनेअको भ्रस्टाचार मा गोल्ड मेडल हासिल गरेर बोर्ड फस्ट हुने आनी इतिहास मा नै साबभन्दा कुखात मन्त्रि हुने हो /तेसरी पनि इतिहास मा नाम लेखना सकिन्छ हैन र एदी कुनै संका भए गणेश लामा लाई सोदनु होला /जय मदेश /

  19. स्मरण रहोस १३००० नेपाली जनताको तथाकथित जनयुध्य मा हिटलिस्ट बनाउने बाबु राम पनि थिए. उनको हात पनि निर्दोस नेपाली को रगतले लतपतिएको छ भने कपुत बिजय गछेदार बाट के आश गर्ने?

  20. साथीहरु हो धमिलो पोखरीमा बिरलै कमलको फुल फुल्छ भन्ने कुरा सबैलाई थाहा छ,
    त्येस्तै गच्छेदार, गुप्ता र महतो बाहेक केहि छिट-फुट मान्छेहरु राम्रै छन् तर यिनीहरुले
    ती डाकाहरुलाई कहिल्येई उठ्न नसक्ने गरि तीन बल्ड्यांग पछारनै पर्छ, ए मधेसी जनता
    हो ती तीन जना डाकाको आश गरेर किन पछि लागेका? एक मधेस एक प्रदेश यो असम्भव
    माग हो, भारतले लुटेको भूभाग खोसेर मेची-काली होइन बरु पूर्व टिस्टा देखि पश्चिम सतलजसम्म पुरयाएर बिशाल मुलुक बनाएर बहादुरी देखाउने काम गर, येदि बाबुरामलाई
    झुक्क्याउने गरेउ भने ती तीन डाका लगाएत काँग्रेस र एमालेले तिमीहरुलाई सदाका लागि धोका दिने छन् , आँखा खोल्नु होस् बुद्धि सपार्नु होस् है, होसियार!!!……???

  21. गृह मन्त्रीले काठमान्डूमा अर्को गृह थपेको चाहि देख्न नपरोस /
    गृह मन्त्रीले अर्को गृहलक्ष्मी थपेको पनि सुन्न नपरोस /
    गृह मन्त्रीले आफ्नो गृह शान्तिमा मात्र समय नबिताओस /

  22. It is responsibility of a state to showcase its power by arresting people like Bijay Gachhedar. Lack of decision making on the part of our parties, lawmakers, bureaucrats, police force, lawyers, judges, nagarik samaj is responsible in creating people like Bijay Gachhedar. He is agent of cancer in the society.

  23. केहि ऐतिहासिक गरि देखाउने मन बनाएका बाबुरामलाई अर्को ऐतिहासिक हुने चाहना बोकेका गच्छेदारले गतिल्लाई साथ देला नि !!!!!

  24. यो गच्छेधारको आँखा प्रजातन्त्रको पक्षमा लडिरहेको मानिसहरुले फुटाईदिएको हो, किनकि उसले उ बेलाको एक बिद्यार्थी नेता फणिन्द्र तिमिल्सिनाको हत्या आफ्नै हातले पिस्तोल हानेर गरेको थियो | यो गच्छेधार त्यो बेला ने बि संघ संग सम्बद्ध थियो | त्यसकारण उसको आँखा मण्डलेहरुले होइन बरु उ मण्डलेको मतियार भएकोले फुटाई दिएको हो |

  25. चोर को खुट्टा काट भन्दा खेरि खुट्टा उचाल्ने हुन् ऊनी l र भन्छन मेरो काठमाडौँ मा एउटा पनि घर छैन मा त सात बर्ष देखि सातदोबाटो मा डेरा लिएर बसीरहेको छु l

  26. सतेलिते जी,
    निकै पछि भयपनी हजुर को लेख पढ्न पाउदा खुशि लाग्यो । साथै यो सरकार निर्मण संगै तपाईंको लेख आउने अड्कल काटेको थिय कुरा ठिकै हो तर अहीले लाई एत्ती मात्र भनौ कमल पनि हिलोमै फुल्छ”त्यो त उनले कत्तिको बुझ्छन हेर्न बाकिछ जुन कुरा बाबुरामले कत्तिको बुझ्छन फेरि माकुनेका फन्टुस विवाहका स्किम भन्दा त कम्सेकम उन्को कार्यालय जादा आफूलाई स्कर्र्ट गर्दा त्रफिक जाम बाट जनतालाई पार्ने सस्ती महसुस गरेर आफू ९:०० बजेनै कार्यलय जाने ,खानाको लागि पनि निवास नजाने,कर्यलय समय भन्दा १ घण्टा पहिले आउनेर १ घण्टा पछि मात्र बहिरिने जस्ता सामान्य (जुन व्यबहार आज सम्मका कथाकथित राजनितिग्यहरुले प्रयोग गर्न सकेनन ) किसिम को व्यबहार देख्दा खुशी लाग्नुका साथै स्वागत योग्यछ …

  27. सबैमा अहीले आशा को किरण देखियकोले यसलाई बचाएर राख्नु डा.भट्टराईको दाइत्यो हो भन्ने कुरालाई उहाले मनन गर्नै पर्छ/ अन्यथा सबैले “जुन जोगी आए पनि कानै चिरेको” भन्ने उखान झन प्रख्यात नहोला भन्न सकिदैन/ तर सबैले बुझनै पर्ने गुदी कुरा चाही कुनै पनि काम पुरा गर्न सबै अंग एकनासले सक्रिय हुन् जरुरि छ /डा भट्टराई त मात्रै टाउको मात्रै हो हात ,खुट्टा,आँखा लगायत अरु अंग सबै नै डा. हरु हुन् तर उनीहरुको बीसय चाही भ्रस्टाचार पर्यो……………..

  28. नयाँ गृहमन्त्रि (उनै पुराना) गच्छेदारलाइ शुभकामना ।

  29. हा हा हा हा गच्छेदार त अफ्फैमा एतिहासिक छस किनकी तेरो जीबन भ्रष्टचारई भ्रष्टचारसको धरतालमा उभिएको छ

  30. गच्छेदार भन्ने जन्तु कांग्रेसलाई आँफैले बदनाम गरायर कांग्रेस असफल भयो भनेर आफ्नो स्वार्थ पुरा गर्न पार्टी छोडेको मान्छे हो सरदसिंह भण्डारी उ जस्तै यौटा अबसरबादी हो यी दुइटा जन्तु पद नपाए पनि बिनाको माछो जस्तो हुन्छन

  31. डा. भट्टराइको बग्गीमा चढेर लङ् मार्चमा निस्कदा उनका घोडाहरू सिकिस्त विरामी थिए, बैध्यहरू त उनका घोडा मरिसके भन्छन् तर अाम मान्छेहरू भने भट्टराइलाइ यी चारकोसे झाडीका छेउछाउमा बसेर बस्तीका खेतीपाती सत्यानास पार्ने यी फटाहा ठग गघाहरूबाट भट्टराइलाइ असफलता मात्र हात लगाइदिन्छन् भन्ने चिन्ता ब्यक्त गर्छन् ।

  32. बहुदल तन्त्र आयो अब बिकाश हुन्छ भन्दा कोइराला तन्त्र आयो ! अब जनतन्त्र औं=छ भनेर १७ हजारको बलिदान दियो, जनतन्त्र कताहो कता फिउजन तन्त्र आयो ! त्येसैले, भ्रस्ताचारिहरुको माझमा बसेर सासन चलाउने भट्टराई बात केहिपनि आशा गर्न सकिदैन, लेखेर राखे हुन्छ!

    • भट्टराई लाई तेसो भन्दा कति को चित्त दुक्ला नि साथि उनि त आन्तिम आस का पत्र भंचन धेरी जना /तर जे होस् मा तपाई संग १००% सहमत छु /एक दिन एनलाई गरिब को अनाहक मा बगेअको रगत ले पिर्ने छ /

  33. जो राम्रो मन्त्रलाएमा छन् , उनीहरुको चरित्र पहिलेनै थाभैसकेको हो, चोरको भिडमा विदवानलाइ कतिदिन टिक्न देलान र ? , मलाई डर छ कहिँ, हाम्रो अन्तिम आसा पनि निरासामा नाबद्लियोस, नेपाललाई एउटा राजनैतिक झट्काको अवासेकता छ, हाम्रो देश बनाउन दसकौ लाग्दैन, चाहने हो भने २-४ वर्ष मै बन्न सक्छ. तर यी नेता भनौदा हरु लै ७ पुस्ता को लागि सम्पति जोड्नु छ, सबले ५० katiसकेका छन् , मर्ननि पर्छ मान्छेले भन्ने यिनले किन नाभुजेका होलान .

  34. गच्छेदार एउटा “लोटा” लिएर नेपाल पसेको … तेही बेला औता सभामा भनेको थियो.”इस देश को हम श्रीलंका बनादेंगे” तेही बेला नै सरकारले एस्लाई समाएर पाता कस्नु पर्ने थियो… हाम्रो धेसको कानुन ..प्रसासन सारैनै फितलो भयो…. हेरा त तेही गच्छेदार अहिले नेपाल को राजनीतिमा एस्तो बबण्डर मचौदैछा…. ए ब्यापारी ले जहाँ पनि व्यापार नै गर्न खोज्छन… देश अनि राजनीति मा पनि ….. मैले भने नि येसरी नै तपाई हामी चुप लगेर सरकार ले केहि गर्ला भनेर बसिम भने एनिहरुले देश नै सक्छन …

  35. पक्कै गर्ने छौ !!!! राम्रो मात्रै एतिहाँसिक काम हुन्छ भन्नु मुर्खता हो | कैयौं न राम्रा काम पनि इतिहाँस मा एतिहासीक भयर रहेका छन् \

  36. अब चां दै मर्यो भने इतिहास भैहाल्छ नि ! येस्ता चोर त गृह मन्त्रि अनि हुन्छ देश मा शान्ति सुराक्छ्या !

  37. मदेश- बादी दलमा हेर्न लाएक क त कोहि देखिदैन / एस्त नालायक हरुको भिड मा बाबुराम प्रतिमात्रै जनताका आशा खनिएका छन् / येसर्थ उनले ठुलै जिम्मेदारी बहन गर्नु सक्नु पर्छ / कम्तिमा आफ्नै छबी बचाऊनकै लागि भएपनि / उनले भाषण मा भन्दा शुशासन मा जोड दिन जरुरि छ / उनि राम्रा भाषण दिन नसक्ने नेता होइनन /बाँकि उनकै रोजाई /

  38. “एक मधेश – एक प्रदेश” बनाई पृथ्वीनारायण शाह जस्तै एतिहासिक बन्ने चाहना… शायद सपना पनि देखिसक्यो होला गच्छु दादाले !

  39. Just look at the faces of Finance Minister and Sports Minister. Mr. Barsha Man Pun is a law student and Mrs Rokka has just cleared her SLC. What can you expect from minister like these?

  40. भ्रष्टाचार र अनैतिकताले जति सम्पति थुपारेपनी साँचो सम्मान ल्याउन त्यसले सक्दैन र गच्छेदार लगायत गन्हायका अन्य नेताहरुका निम्ति बाबुरामको नेतृत्वमा राम्रो र उदाहरणीय काम गरेर आफुमा भएको दुर्गन्ध हटाउने अवसर हो यो………!!!!!!!

  41. पल्केको तिल्के घरी घरी मिल्के …….यो बिजयकुमार ले के भास्त्रचार गर्न छोड्छ र ????

  42. चोरलाइ ढुकुटीको साचो दिने अनि चोर आफैले खुलेआम मा चोर पक्रने
    छु भनेको हामी नेपाली जनताले दङ्ग परेर नबसौ यसलाई कसरि हुन्छ
    खबरदारी गरिरहनु पर्छ यदि नेपाली जनता एकजुट भएर लागेउ भने
    यी मुलाहरुलाई सहि बाटोमा ल्याउन सकिन्छा

  43. हेर हाम्रो भाग्य बिजय गद्दार बाट सुशासन को आस गर्नु परेको छ……….आत्मा मा चोर बसे पछि एक दुइ पटक लाई भ्रस्टाचार नगर्ला तेस पछि चास्नी मा नडुबि मन नै मान्दैन नि…तर पनि आस गरौ त्यो ‘चोर आत्मा’ सदाको लागि मरोस…….

  44. ??????के गर्ने त बाँकी अरु हरामी गोरुहरुले तराइका त्येस्तै डाँकाहरुलाई नै मौका दिए त जनताले पो के गर्ने?कुकुरबाट आची नखाने कुराको आशा गर्नु र गच्छेदारबाट अपराधबिनाको कामको आश गर्नु उस्तै उस्तै हो—यस पापीको त बाँकीरहेको अर्को गिद्धे आँखा पनि फुटाउनु पर्ने हो-कमसेकम महिलाहरुलाई त् राहात मिल्थ्यो कि….?

  45. गच्छेदार कि गद्दार ? बाट राम्रो कुराको आश गर्नु र आकासमा दिउँसै तारा झिल्मिलाएको देख्नु उस्तै उस्तै होला सायद | यो हुनै नसक्ने कुराको आशा गरेर निराश बन्नुभन्दा आसाही नगर्नु बेस | बाबुराम मन्त्रीमंडलमा गच्छेदार ‘चौरासी व्यंजनमा गुहे किरा हो |’

  46. ”सौ चुवा हजम करके,चले बिल्ली हज करने ” अब हुदा हुदा हामीले गणतन्त्र ल्याएउ ,हामीले परिबर्तन ल्यायेउ भन्ने जनता हरु अब विजय गच्छेदार सप्रेला र नेपाल बन्ला भनेर आश गर्न बाध्य भए |

  47. चोर “ग्रीनफोर्ड विश्वविद्यालय” बाट चोरीको PhD भिरेका गच्छेदारले बाबुरामको सरकारको छवी बिगार्ने निश्चित छ | एउटै सडेको आलुले त बिगर्छा भने बाबुरामको मन्त्रीमंडलमा अनगिन्ति सडेका आलुहरु छन् |
    ग्रीनफोर्ड ले आफ्नो website फेरी चलायो, नपत्याए http://www.giuedu.org/faq.php हेर्नुहोस | हामि सबैले ग्रिनफोर्डलाई चिट्ठी लेखौ |

  48. के गर्ने त बाँकी अरु हरामी गोरुहरुले तराइका त्येस्तै डाँकाहरुलाई नै मौका दिए त जनताले पो के गर्ने?कुकुरबाट आची नखाने कुराको आशा गर्नु र गच्छेदारबाट अपराधबिनाको कामको आश गर्नु उस्तै उस्तै हो—यस पापीको त बाँकीरहेको अर्को गिद्धे आँखा पनि फुटाउनु पर्ने हो-कमसेकम महिलाहरुलाई त् राहात मिल्थ्यो कि….?

  49. एउटा आखा फुटाई माघेर ऐतिहासिक बने…..साथै उसले चड्ने थोत्रो Rajdoot Motorcycle र लगाउने मैलो jeans pant पनि ऐतिहासिक नै हो …. अब के गर्छ ………अर्को चै हेरुला …………..

  50. महन्थ ठाकुर, यो गच्छदार, शरद सिंह , तिलक रावल भन्ने जन्तुहरु सबै पोइला जान माहीर बेस्याहरु हुन्…हाहाहा 😀

  51. धेरै आश गरेउ भने मान्न कुड़ीन्छ केटा हो… तेही हो आश गर भरनपर कसैको..

  52. भ्रष्टचार शिरोमणि गक्षदार यो सरकारमा सामेल भएर सज्जन बन्यो भने डा बाबुराम मा गधालाई दुधले धोएर गाई बनाउने क्षमता रहेछ भन्ने ठान्नुपर्छ।

  53. अब क भन्ने, गचादार जी ले नेपालको राष्ट्रिय झन्डा,जनावर देखिलियेरा राष्ट्रिय पोशाक सम्म हटाएर देशलाई धोति लगाउने बिचारमा हुनुहुन्छ. आब केहिदिन मा राष्ट्रिय पोसह्क लाइ हटाउने प्रतिबेदन प्रधानमन्त्री लाइ बुजौने अरे, संसार मंगल ग्रह मा मान्छे बस्ने कुरा मा प्लान बनौचा, हाम्रो काम नवाका नेता हरु, अझै १९औ सताब्दी मा बसी रहेका छन्, आब उप प्रधानमन्त्री भएर कहाँ-कहाँ उपद्रो मचाउने हो हेर्न बाकी रहने भयो – देश को बिकाश हेर्नु भन्दा पनि…

    जय नेपाल

  54. मलाई सबैभन्दा हाँस उठेको कुरा गणेश लामा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य….त्यसले तराई को लागि के योगदान गरेको छ होला??????

  55. कुरो ठिक हो, बाबुराम माओवादीको लागि तात्कालिक रुपमा रणनीतिक रुपले ठिक हुन् र उनि इमान्दार हुन्, सबै को आशा लग्नु स्वाभाविक हो.
    सैद्द्धैन्तिक रुपले त् माओवादिले चीन र इंडिया संग समदुरी राख्नु जरुरि ६, त्यो उसको लागि सबभन्दा कठिन कुरो हो. हुन् त यो अन्तरिम कालमा उसले वैदेशिक नीतिमा प्रभाव पार्न गार्हो कुरो हो. यो त उसको लागि राजनीतिक जीवनको प्रश्न हो.
    नेपाल सामरिक रुपले चीनको लागि बलियो पर्खाल तथा इंडिया को चाहना भताभुंग पर्खाल होस् भन्ने हो. यो कुरो बुझी सतही रुपमा हुने फाइदालाई हेरेर मुल्यांकन गर्नु ठिक छैन है.
    गच्छेदार गुप्ता जस्ता देशका अपराधी सरकारमा छन, यो अचम्मको कुरो हो, इन्दियाबाट निर्देशित छ भन्ने तेतिकै बुझिने कुरा हो. यिनले इन्दिआ को interest मा चल्ने हो. यस अर्थमा यो सरकार नितान्त कामचलाउ हो, संबिधान बने शान्ति प्रक्रियालाई टुंगोमा पुर्याएमा त्यो नै एइतिहासिक हुने६.

  56. गच्छेदार गृहमन्त्री बनेर गरेको सार्बजनिक प्रतिज्ञा सुन्दा हामी सबै देशबाशीलाई परान जानेगरी हाँस उठ्नु स्वोभाविक छ, किनकि बिरालाले मुसा खान्न भनेभन्दा पनि अपत्यारिलो भो / तरपनि यस धर्तीमा यदाकदा धेरै अचम्म लाग्दा घटना घटेका पनि छन्, जस्तो ब्याधा प्रवृतिको सिकारी पनि महर्षि बाल्मिकी बने ! आशा गरौँ हाम्रा मधेशवादी नेता हरुमा अब अभूतपूर्व परिवर्तन आउने छ र अरुलाई पनि नैतिक पाठ हुने छ /

  57. सुरुमा राजनीति प्रतिशोद को लागि लेखियको लेख हो कि भने झैँ लागे पनि यो लेखको अन्तिम परग्रफ
    “गच्छेदार लगायत गन्हायका अन्य नेताहरुका निम्ति बाबुरामको नेतृत्वमा राम्रो र उदाहरणीय काम गरेर आफुमा भएको दुर्गन्ध हटाउने अवसर हो यो ।………..” यो लेख ले पूर्ण स्वतन्त्र भयर बिस्लेसन सफल भयको छ /

    तैपनि केहि महत्वोपूर्ण कुराहरु लै ध्यान नदिदा यो लेख ले गलत पाक्छ लै फाइदा त पुगी रहेको त छैन / जस्तो बाबुरामले गठन गर्नु भयको मन्त्रि मण्डल गलत भयको भन्दै बाबुराम लै समेत रोस प्रकट गर्न लेखक को कलम चुकेको छैन //

    १) पहिले कुरा एक दुइ ओटा मन्त्रि भर्स्ताचारी छन् भन्दै मा सम्पूर्ण मन्त्रि मण्डल लै दोस दिनु उपयुक्त हुँदैन //

    २) जहासम्म मलाई थाहा छ कुनै प्रधान मन्त्रिले मन्त्रि हरुलाई चयन गर्दा देसको संबिधान मिचेर मन्त्रि बनाउन सक्दैनन् / जनता बाट नाचानियाका जस्तो डाक्टरी पेसामा राम्रा उपेन्द्र मान जस्तो या भनौ तेस्तै सार्बजनिक बेक्तित्वो अनुराधा कोइराला जस्तो बेक्ती लै मन्त्रि मा ल्याउन सक्ने अवस्था छैन //

    अर्को कुरा तेहा कसता कसता बेक्ती छन् / तेही बाट छान्ने हो // जस्तो कोहि कम गरनै नसक्ने / कोहि कम गर्न नजानेका / कोइ अल्छे // कोइ काम पनि गर्ने भ्रस्टाचार पनि गर्ने // ति मान्छे हरु को भिड मा पक्कै पनि जो सुकै प्रधान मन्त्रि भय पनि कम पनि गर्ने भ्रस्टाचार पनि गर्ने मान्छे सबैको रोजाई हुन्छ //

    काम पनि गर्नु छ सरकार पनि जोगाउनु छ तेसैले यसो गर्नु बाबुराम को बाध्यता त हैन ? यसमा बाबुराम लै आँखा चिम्लेर ठिक हो भन्न खोजेको हैन / के यो संबिधान भित्र को दयारामा बसेर काम गर्दा यसो भाको त हैन ? भन्ने मेरो विचार हो //

  58. आशा गरौ भबिष्यले के देखाउछ………राम्रा मान्छे बाट मात्र आशा गर्न सकिन्छ

  59. बाबुराम पनि सफल हुन दिएनन् भने जनताले देखाउछ

  60. हेर्नुस बाबुरामलाई एस्तो कुकुर कुखेअत चोर नै ग्रेह मन्त्री बने पछी अब हाम्रो देसको गुण्ड चोरहरुको त दसैँ नै दसैँ हुने बो एसको मूल कारण त यी चोर ने का र एमाले का नेताहरुले साथ नदिनु नै मूल कारण हो , यो चोर नेताहरु आफुले गरेको सबै कुक्येअत कामहरुको पर्दाफास हुन्छ बनी सुरुमै एसको मन्त्री कल असफल बनउने कोसीस्म लगेको छन्

    • संगत अनुसार मानिस को बानि मा परिबर्तन आउछ भन्ने एउटा मान्यता छ. हृदयेश त्रिपाठी ले बाबुराम को सिको गर्दै आफ्नो गाडी भएको ले सरकारी गाडी नलिने घोषणा गरिसके. तेस्तै विजय गच्छेदार ले पनि आफु लाइ सुधार्छं कि?

    • मैले चिनेको गच्छेदार नै अहिलेको गृहमन्त्रि हो भने म दावी गरेर भन्छु केहि आर्थिक (अहिले भएकोमा केहि थप हुने गरि) लाभ र आगामी सरकारमा पनि एउटा मन्त्रि दिने निश्चित गरिदिएर यो सरकार ढाल्ने जिम्मा गच्छेदार र जे.पी.गुप्तालाई दिए हुन्छ ! भ्रष्टाचार अनि बेइमानीमा डबल पी.एच.डी. गरेका महारथी हुन् यी ! यिनबाट खासै आशा राखेर भविष्यमा थप दुखि हुने रहर त आफुलाई छैन है !

    • गच्छेद्दार भन्नु र गद्दार भन्नु एकै हो नानु,जति हल्ला गुल्ला गरे पनि आखिर डाँकाहरुलाई नै काखी नच्यापी केहि नहुँदो रहेछ भन्ने कुरो प्रमाणित भएको छ|भ्रष्टचार सम्बन्धि तथ्यांक संकलन गर्ने नै हो भने,चित्त नदुखाउनु होला,नेपालमा एक नम्बर भ्रष्टमा तराइ बासी मित्रहरु पर्दछ|दुइ नम्बरमा पहाडिया बाजेहरु पर्दछ|एक आँखेले आँखा २०३७ सालमा घुमाएको हो भने यहि एक आँखेले अरुको ज्यान पनि घुमाए | यसलाई भन्छ गद्दार थारु,

  61. पञ्चायतकालमा मण्डले भएका कारण ‘प्रजा’तन्त्रका पक्षमा लड‍्नेहरूले गच्छेदारको एउटा आँखा फुटाएका थिए । ‘प्रजा’तन्त्र आएपछि यिनी ‘खुँखार’ कांग्रेसी भए र आफ्नो नैतिकतासमेत फुटाए । लोकतन्त्र आएपछि त यिनी मधेशी(?) जनताका मसीहा भइटोपलेका छन्, र आज देश फुटाउने कुचेष्टा गरिरहेका छन् । एउटा आँखाको मोल – ‘समग्र मधेश, एक प्रदेश’ ! यिनी र यिनीजस्ताबाट अझै पनि केही आशा गर्नु व्यर्थ हो । यस्ता भोगीरोगीहरूको उपचार समय नै हो; धैर्य गरम् ।

    • गच्छेदारको २०४६ पछिको कथा त सबैलाई थाहा छदै छ | पंचायतकालमा चाहिँ मण्डलेहरुले आँखा फुटाइदिएको भन्ने सुनेको थिएँ, सत्य चाहिँ खोइ के हो !!

      • विसं २०३६ सालमा विध्यार्थीहरुको भिषण आन्दोलन भएको थियो । उनी त्यो बेला बिरगंज क्याम्पसका बिध्यार्थी । मण्डलेका नेता । विरगंज क्याम्पसमापनि आन्दोलन चर्किने भयो । त्यो बेला पञ्चायती मण्डले बिध्यार्थी र आन्दोलनकारी विध्यार्थीबिच झडप र भिडन्त भए । गच्छदारले पञ्चायती आड र भरोसामा प्रगतिशिल विध्यार्थीहरुलाई कुटाउन, पिटाउन र गिरफ्तार गराउन लागे । सुरक्षाकर्मीको निशाना बनाए चुक्ली लगाएर । सुरक्षाकर्मीले उनैको निर्देशनमा एक जना विध्यार्थी मारिदियो । त्यसले उग्र रुक्पलियो । अनि त्यहि बेला भएको दोहोरो भिडन्तमा मौका पारेर उनको देब्री आँखो फुटाइदिएका हुन् अखिलका विध्यार्थीले ।

        • यो घटना महेन्द्र मोरङ क्याम्पस बिराटनगरको हो र घटना सायद २०३६ वा त्यसको १-२ साल पछिको हुनु पर्छ । गद्दार उर्फ गच्छेदार नेबिसंघका खुंखार नेता थिए त्यो बेला । उक्त क्याम्पसमा नेबिसंघ र अखिल बीच भएको झडपमा यसले अखिलका कार्यकर्ता फडिन्द्र तिम्सिनालाई गोली हान्यो । केही विद्यार्थीहरुले फडिन्द्र घाइते मात्रै भएको ठानेर कोशी अञ्चल अस्पताल तिर लगे, बाँकीले यो गच्छेदारलाई हराम धुलाई हानेर एउटा आँखा फुटाएर नालीमा फ्याकी दिए । अस्पातल पुगे पछि मात्रै थाहा भयो कि फडिन्द्रको बाटोमै मृत्‍यु भै सकेको रहेछ । त्यै कुरा भिन्डन्त भएकै ठाउँमा थाहा भएको भए गच्छेदार अहिले यो दुनियाँमा हुने थिएनन र “नरहेगा बाँस न बजेगा बाँसुरी” हुन्थ्यो । नेपाल र नेपालीलाई यती धेरै पिर्नु र रुवाउनु रहेछ यो कपुतले अनि किन मर्थ्यो त त्यो बेला ? अझै कती पिर्छ यसले देश र जनतालाई ?

    • संसार परिवर्तनशील छ / हिजोको बेइमान आज इमान्दार बन्न सक्छ / हिजोको इमान्दार पनि बेइमान बन्न सक्छ (गुँडपाक पसले जस्तो) / समयले मान्छेलाइ दानव वा इश्वर पनि बनाउछ / तर बेइमानी सधै टिकीरहदैन एक दिन पर्दाफास हुन्छ उसको बेइमानी (गुँडपाक पसले जस्तो) / त्यसैले Let us think +ve, see +ve, act +ve, be positive!
      उनि पनि सुध्रिउन भन्ने कामना गरौ /

  62. पानीमा फाले पनि नडुब्ने,आगोमा हाले पनि नपोलिने चतुर यो एक आखेले नेपाली जनता र राष्ट्रको बिरुद्धमा गरेको राजनैतिक,आर्थिक अपराधको कारणले जनताको आखामा यति गिरेको छ कि ….यसलाई नेपाली जनताले सधै भरि कुख्यात ज्यानमारा,भ्रस्टचारीको रुपमा चिन्ने छ

  63. मधेसी मोर्चा का नेताहरु का बारेमा सभासद बबन सिंह ले धेरै चोटी संसदमै ब्याख्या गरिसकेकै हो नि होइन र ?

  64. बाबुराम राम्रा छन् , बिपक्षीलाई हिंसाले सिध्याउनु पर्छ भन्ने पार्टीका नेता हुन् र उनकै पत्नि हिसिलाको ट्र्याक रिकर्ड र बानी व्यवहार गच्छेदार मार्काको छ ।

  65. ए हजुर एकलब्य को औला दुर्योधनले मागेका होइनन जस्तो लाग्छ मलाई त, एकलव्यको औला लिने त अर्जुनका गुरु पो थिए जस्तो लाग्छ है,

    • तुलसीजीले राम्रो सँग पढ्नुभएनछ,एकलब्यको औला दुर्योधनले होईन अर्जुनका गुरु द्रोणचार्यले नै मागेका हुन् भनेर लेखिएको छ एकचोटि फेरि पढ्नुहोला।

    • “द्रोणाचार्य’ लाई ‘दुर्योधन’ देख्नुभएछ l “द्रोणाचार्य’ ‘अर्जुन’ र ‘दुर्योधन’ दुवैको गुरु भएको त तपाईलाई थाहा नै होला l

      • तपाई हरु अलि पछी पर्नु भएछ मैले सुरुमै हेर्दा यो द्रोणाचार्य को ठाउमा दुर्योधन नै थियो पछी सच्याइएको पनि त हुन सक्छ नि होइन र?

  66. गच्छदारको सवालमा बात गर्ने हो भने राजनीति आंट, ढाँट र गांठले चलेको पाइन्छ |

  67. कालो बादल मा पनि चाँदी को घेरा हुन्छ भन्छन l अब हेर्दै जाऊ के हुन्छ l

    • कालो बादलले हाम्रो देश ढाक्ने अनि चाँदीको घेरा चाई सिमा परि !!

  68. नेपालको मन्त्रिमण्डल केटा केटीहरुले खेल्ने पुतलीको खेल जस्तै हो / कुनै पनि मन्त्रालयको सचिव र मन्त्री बन्न सम्बन्धित बिषयमा कुनै अध्धयन, अनुभब, दछ्यता, बिशेषता केहि पनि चाहिंदैन / बाबुरामलाइ कसाइहरुले घेरी राखेका छन् / कुन दिन बलीको बोका बनाउँछ /

  69. मलाई त बिजय गच्छेदार जस्तो अन्तरास्ट्रिय रुपमै कहलिएको भ्रष्टाचारिले ऐतिहासिक काम गर्ला जस्तो लागेन!
    बरु अब सुडान काण्ड जस्तै ऐतिहासिक भ्रष्टाचार गर्ला कि !!!!!!

  70. बाबुरामलाइ अहिले मान्छेहरुले अन्तिम आशाका रुपमा हेरेका छन…

Comments are closed.