एउटा त्यस्तो गाउँ, जहाँ महिला छैनन्

• घ्याङफेदीमा कल्पना नै गर्न नसकिने एउटा सामाजिक समस्या सिर्जना भएको छ। सयभन्दा बढी पुरुषले महिलाको अभावमा विवाह गर्न पाएका छैनन्। जसमा १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष छन्। सिसिपुका ५२ वर्षीय सेलबोन तामाङले विवाह गर्ने रहर पालेको पनि ३० वर्ष नाघिसकेको छ। छिमेकी गाविसहरूमा विवाहका लागि कुरा चलाए तापनि विवाह गर्न केटी नै नपाएको उनको भनाइ छ। ‘आफ्नै गाउँमा केटी भएको भए मेरो पनि विवाह हुन्थ्यो होला, घरजम्म बस्थ्यो होला,’ उनले भने।
• सिसिपुका ३२ वर्षीय आइतमान तामाङसँग ०६७ मङ्सिरमा सेलमेन्दो तामाङको विवाह हुँदा गाउँभरि नै तरङ्ग छाएको थियो। त्यस गाउँमा आठ वर्षपछि भएको त्यो एक मात्र विवाहलाई गाउँमा निकै महत्वका साथ लिइएको थियो। स्थानीय सीताराम तामाङ र कुमार तामाङका अनुसार महिला नहुँदा विवाह गर्न नपाएका पुरुषको सङ्ख्या एउटै गाउँमा ६० भन्दा बढी छ।

किन त ? आखिर कहाँ गए महिला ? विस्तृत विवरण पढ्न भित्र आउनुस्

आफन्त नै दलाल भएपछि…

-कपिलदेव खनाल-

नुवाकोटको घ्याङफेदी–६ सिसिपुकी १८ वर्षीया सेलमेन्दो तामाङलाई उनकै काका जितबहादुर तामाङले बिक्रीको प्रयास गरे। असार १, ०६८ मा माइती गएकी सेलमेन्दोलाई काकाले घुमाउन लैजाने भन्दै गाउँबाट रसुवा पुर्‍याए। सानैमा बाआमाको मृत्यु भएपछि काकाले नै पालनपोषण गरेर सात महिनाअघि विवाह गरी पठाइएकी सेलमेन्दो माइत आएकी थिइन्। माइत गएको दुई दिनसम्म श्रीमती घर नफर्केपछि श्रीमान् आइतमान तामाङले खोजी गर्दा आफ्नी श्रीमती बिक्रीका लागि भगाइएको चाल पाए। सेलमेन्दोको खोजी गरिदिन उनले प्रहरी र विभिन्न सङ्घसंस्थासँग हारगुहार गर्ने क्रममा रसुवामा छोरी बिक्री गर्न हिँडेका जितबहादुर भेटिए। प्रहरीको हातबाट उम्किन सफल भएका उनी आजभोलि गाउँमै छन् भने सेलमेन्दोलाई शक्ति समूहले उद्धार गरेर घर फिर्ता गरेको छ। ‘काकाले बेच्न लगेको भन्ने थाहा पाएपछि माइती पनि टुङ्गियो,’ सेलमेन्दोले भनिन्, ‘गोसाइँकुण्ड जाऊँ भनेर चार दिनसम्म जङ्गलैजङ्गल हिँडाएर रसुवा पुर्‍याए। प्रहरीले फेलापारेपछि मात्रै आफू बेचिन लागेको थाहा पाएँ।’

सेलमेन्दो तामाङमाथि भएको यो घटना एउटा पछिल्लो उदाहरण मात्र हो। नुवाकोटमा मानव बेचविखनका अनेक रूप छन्। आफन्तकै मिलेमतो र सक्रियतामा हुने महिला तथा बालिका बिक्रीले घ्याङफेदी गाविसमा भयावह रूप लिएको छ। यहाँका तीन हजारभन्दा बढी महिला र बालिका भारतका विभिन्न वेश्यालयमा बिक्री भइसकेका छन्। ‘केटी दलालले गाविस नै रित्तो बनाइसक्यो, कुन–कुन घरमा महिला छन् भनेर औंलामा नै गन्न सकिने अवस्था छ,’ सिसिपुका सीताराम तामाङले भने।

०२२ सालमा पहिलोपटक भारतको वेश्यालयमा बिक्री भएकी सिसिपुकै एक महिलाबाट सुरु भएको यो अपराधले अहिले गाविसलाई महिलाविहीनताको अवस्थामा पुर्‍याएको छ। गाउँमा भएका युवती सकिएपछि पछिल्लो समयमा दश–बाह्र वर्षका बालिका गाउँबाट हराउने गरेका छन्। ‘गाउँबाट कुनै बालिका वा महिला हराए भने सीधै कोलकाता र मुम्बईका यौनकोठीमा खोज्न गए हुन्छ,’ स्थानीय शिक्षक कमल सिटौला भन्छन्। उनका अनुसार गाउँकै दलाल भनेर चिनिएकाले चेली बिक्री गर्ने गरेका छन्। विकासको नाममा गाउँ भित्रिएको सडकका कारण दलाललाई महिला बिक्रीमा सहजता मिलेको छ। गाउँबाट हिँडाएको एकै दिनमा नेपालको सिमाना काटिसक्ने भएकोले प्रहरी र कानुनको आँखा छल्न सजिलो बनेको छ।

गाउँका धेरै महिला वेश्यालयमा पुगिसकेको कारण घ्याङफेदीमा कल्पना नै गर्न नसकिने एउटा सामाजिक समस्या सिर्जना भएको छ। सयभन्दा बढी पुरुषले महिलाको अभावमा विवाह गर्न पाएका छैनन्। जसमा १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष छन्। ‘गाउँका केटी दलालले ठूलो गाउँ (भारत) पुर्‍यायो, यो उमेरसम्ममा पनि विवाह गर्न पाइएन,’ सिसिपुका ५२ वर्षीय सेलबोन तामाङले भने। उनले विवाह गर्ने रहर पालेको पनि ३० वर्ष नाघिसकेको छ। छिमेकी गाविसहरूमा विवाहका लागि कुरा चलाए तापनि विवाह गर्न केटी नै नपाएको उनको भनाइ छ। ‘आफ्नै गाउँमा केटी भएको भए मेरो पनि विवाह हुन्थ्यो होला, घरजम्म बस्थ्यो होला,’ उनले भने।

सिसिपुका ३२ वर्षीय आइतमान तामाङसँग ०६७ मङ्सिरमा सेलमेन्दो तामाङको विवाह हुँदा गाउँभरि नै तरङ्ग छाएको थियो। त्यस गाउँमा आठ वर्षपछि भएको त्यो एक मात्र विवाहलाई गाउँमा निकै महत्वका साथ लिइएको थियो। स्थानीय सीताराम तामाङ र कुमार तामाङका अनुसार महिला नहुँदा विवाह गर्न नपाएका पुरुषको सङ्ख्या एउटै गाउँमा ६० भन्दा बढी छ।

गाउँका महिला सकिएपछि दलालले बालिकालाई वेश्यालयमा बिक्रीका लागि गाउँबाट भगाउन थालेका छन्। घरमा केही दिनका लागि महिला मात्रै छाडियो भने बालबच्चासहित परिवार नै दलालले भगाउने गरेको घटना पनि गाउँमा छन्। ‘तीन वर्षको बच्चा र श्रीमतीलाई घरमा छाडेर छिमेकी दावा र म गोसाइँकुण्ड गएका थियौँ, फर्कंदा दलालले बच्चासहित श्रीमती भगाए छ। चार वर्षदेखि मेरी श्रीमती कोलकाता १५ नम्बर गल्लीको कोठीमा छ,’ घ्याङडाँडाका ४५ वर्षीय वीरबहादुर तामाङले भने। श्रीमतीलाई चिनजानकै व्यक्ति बोलुङ गाउँका प्रेमबहादुर तामाङ र छोपा भनिने काले तामाङले बिक्री गरेको उनको भनाइ छ। उनी श्रीमती फर्किएर आउने बाटो हेरिरहेका छन्। ‘यो उमेरमा अर्को महिला पाइँदैन, केटाहरूले त विवाह गर्न पाएका छैनन्, म बूढाले कसरी विवाह गर्नसक्नु। बरु मेरी श्रीमती फिर्ता ल्याउन कसलाई भन्ने होला?’ वीरबहादुरले भने।

गाउँमा साना बच्चा र पुरुषहरूको बाहुल्य रहेको छ। गाउँमा भेटिने ज्यादै थोरैको सङ्ख्यामा रहेका महिला ४० वर्षभन्दा माथिमा मात्र छन्। त्यसमा पनि केही महिला एचआईभी/एड्स सङ्क्रमित भएपछि वेश्यालयबाट फर्काइएका छन् जो मृत्युको समय कुरेर बसिरहेका छन्। शिक्षक कमल सिटौलाका अनुसार घ्याङफेदी गाविसबाट वेश्यालयमा पुगेका महिलामध्ये ६० जनाले आफै वेश्यालय सञ्चालन गरेर बसेका छन्। ४० जनाभन्दा बढी महिला यता घरमा श्रीमान्लाई बच्चा हेर्न लगाएर उता यौन व्यापार गरिरहेका छन्। शिखरबेसीनिवासी एकीकृत माओवादीका जिल्ला नेता लालबहादुर तामाङ भन्छन्, ‘यही अवस्था रहिरहने हो भने गाउँमा जनशक्ति अभाव प्रमुख चुनौती बन्नेछ।’

घरको झ्यालमा बसेर हाँसेपछि बाटोबाट पैसा फाल्छन् र टिप्न पाइन्छ भनेर मुम्बई पुर्‍याइएकी राममाया (नाम परिवर्तन) अहिले गाउँ फिरेकी छिन्। उनी के गरियो के गरिएन अहिले जीवनलाई फर्किएर हेर्न चाहन्नन्। मानव बेचविखन अदृश्य तर व्यापक बनेको छ। आफन्तहरू नै महिला बिक्रीमा प्रत्यक्ष संलग्न रहने कारणले प्रहरीमा यस्ता उजुरी ज्यादै कम पर्छन्। प्रहरीका अनुसार नुवाकोटमा मानव बेचविखनमा संलग्न आठजना पक्राउ परिसकेका छन् भने ३० जना फरार अभियुक्तको खोजीकार्य भइरहेको छ।
प्रभावित गाउँका सचेत नागरिक भने प्रहरी प्रशासनले यो समस्या रोक्नका लागि खासै चासो नदेखाएको आरोप लगाउँछन्। प्रहरीको गाउँमा हुने पातलो उपस्थिति र दलाललाई हुने राजनीतिक संरक्षणका कारण समस्या विकराल बन्दै गएको शिखरबेसीका बुद्धिजीवी कुमार पण्डितको ठम्याइ छ। उनी यो समस्या रोक्नका लागि सरकारले गाउँमै रोजगारीको अवसर सिर्जना गरिदिनुपर्ने बताउँछन्।

प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०६७/६८ मा ४९ जना महिला हराएको उजुरी परेको छ। त्यसैगरी आव ०६६/६७ मा ४५ जना महिला हराएको उजुरी परेकोमा १३ जनाको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ। आव ०६५/६६ मा २८ जना हराएकामा १५ जना फेलापरेका थिए। ‘हराउने र बिक्री हुनेमा १०/१२ वर्षका बालिका बढी रहेका छन्,’ प्रहरी नायव उपरीक्षक बालकृष्ण थापाले भने, ‘फेलापारेर आफन्तको जिम्मा लगाएकाहरू पनि फेरि हराएका र बिक्री भइसकेका छन्। आफन्त नै छोरीचेली बिक्रीमा कत्तिको सक्रिय छन् भन्ने कुरा यसबाट पनि थाहा हुन्छ।’

गाउँमा मानव बिक्रीविरुद्ध आवाज उठाउनेलाई दलालले ज्यान लिनेसम्मको धम्की दिने गरेका छन्। शिखरबेसी गाविसका प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्य मानव बिक्रीविरुद्ध लाग्दा आफूलाई खतरा भएको सुनाउँछन्। त्यसैगरी शिखरबेसी– ८ का शेरबहादुर तामाङ र सत्यमान तामाङसमेत दलालको सञ्जाल गाउँमा सुषुप्त तर डरलाग्दो रहेको बताउँछन्। उनीहरूविरुद्ध लाग्नेमाथि आक्रमण हुने गरेको उनीहरूको भनाइ छ। गएको महिना घ्याङफेदी–९ बोलुङका स्याङ्जा तामाङले १० वर्षकी आफ्नी छोरी हराएर गाउँमा खोजी गर्दा दलालको हातबाट मरणासन्न हुनेगरी कुटाइ खाएका थिए। उनलाई आफ्नी छोरी हराएको कतै खबर नगर्ने सर्तमा उपचार गर्नका लागि गाउँबाहिर जाने अनुमति दिइएको थियो। उनी अहिले आफ्नी छोरी बिक्री भएको विषयमा केही बोल्दैनन्।

यो एउटा घटनालाई छाडेर महिला र बालिका बिक्रीका घटनालाई हेर्ने हो भने आफन्तकै प्रत्यक्ष संलग्नता बढी छ। आर्थिक प्रलोभनमा परेका एक दम्पतीले आफ्नै छोरी भारतीय यौनबजारमा बेचेका छन्। रालुकादेवी–२ चिलाउने गाउँकी १९ वर्षीया सीता तामाङ भारतको यौनकोठीबाट फर्किएपछि उक्त घटना सार्वजनिक भएको हो। तामाङलाई गाउँकै एक महिलाले भारतको कोठीमा पुर्‍याई यौन–व्यवसायमा लगाएकी थिइन्। भारतमा यौनकोठी खोलेकी चिलाउने गाउँकी मैया तामाङले सीतालाई तीन वर्षअघि घर–परिवारको अनुमतिमा लगेकी थिइन्। नेपाल आएपछि सीताले प्रहरीमा उजुरी दिएको आधारमा दलाल मैया तामाङ र बिक्रीका लागि सहयोग गर्ने आरोप लागेका चिलाउने प्राथमिक विद्यालयका प्रधानाध्यापक इन्द्र खतिवडा पक्राउ परेका छन्। आफ्नै शिक्षकले आफूलाई गाउँबाट सदरमुकामसम्म ल्याएका र त्यसपछि मैया तामाङले भारत लगेको सीताले बताएकी छिन्।

मैयाले सीताको घर–परिवारसँग कुरा गरेर भारत लगेको बताउँदै आफूले भारतमा सीतालाई यौन–व्यवसायमा लगाएको स्वीकार गरेकी छिन्। त्यसका लागि सीताको बुबा साइला तामाङलाई बीस हजार नेपाली पैसा दिने सहमति भएको पनि उनले बताएकी छिन्। नेपाल
आउने एक चिनजानको व्यक्तिलाई भारतबाट सहमतिअनुसारको पैसा पठाएको भए तापनि परिवारले नपाएपछि आफ्नोविरुद्धमा प्रहरीमा उजुरी दिएको मैया तामाङको आरोप छ।
मानव बेचविखनको विकराल समस्या भोगिरहेको घ्याङफेदी गाविसबाट यो रोग अब शिखरबेसीका वडाहरूमा समेत फैलिएको छ। वडा नं. ५, ६, ७, ८ र ९ मा महिला बेचविखन बढ्दो छ। ती वडाबाट पाँच सयभन्दा बढी महिला र बालिका बिक्री भइसकेका छन्। यस्तै छिमेकी गाविस गाउँखर्क, राउतबेसी, बेतिनी, रालुकादेवीमा समेत महिला र बालिका बिक्रीको अवस्था डरलाग्दो छ। यसका साथै भारतका वेश्यालयबाट फर्काइएका महिला अधिकांश एचआईभी/एड्स रोगको सिकार भएका छन्। गाउँ भित्रिएका ती महिलाका कारण घ्याङफेदी र शिखरबेसी गाविसमा एचआईभी/एड्सको महामारी फैलिएको छ। तीन वर्षको अवधिमा दुई गाविसमा ३० जनाभन्दा बढी एचआईभी/एड्स सङ्क्रमितको मृत्यु भइसकेको छ। साभार : संचारिका फिचर सेवा

(कपिलदेव इमेज च्यानल टेलिभिजनका नुवाकोटस्थित संवाददाता तथा नुवाकोटबाट प्रकाशित हुने इमेज साप्ताहिकका सम्पादक हुन्।)

57 Comments

  1. सारै दुख लाग्दो घटना रहेछ एती धेरै महिला वा केटि हरु सिमाना परि पुरौदा सम्म के गाउका मानिस हरु चुप्प लगेर बसिरहेका छन् किन के गाउका मानिस हरु सिछित छैनन् कि गाउका मान्छेनै मिलेका छन् येस्मा हाम्रो नेपाल को राज्य ले पनि ध्यान दिएको अवस्त रहेको छ

  2. यस्ता अपराधिक घटना हुनु भनेको देशको लागि, त्यस गाँउसमाज साथै हामी आम नेपालिहरुको लागिनै दु:दाइ र लाजमर्दो कुराहरु हो बास्तबमै यो अशिक्षित ,गरीब र चेतनाको कमिले गर्दा र राज्य प्रशासनको पहुच नपुग्नु अनि त्यसता अपराधिक गतिबिधि,कार्य गर्ने अपराधी दलाल ब्यक्ती हरु कानुनको हातमा परेर पनि राजनितिक बल र पैसाको बल्ले छुटेर फेरी त्यस्तै अपराधिक कार्यगर्दै हिड्नुलेनै यस्ता घट्नाहरु बढेर बिकाराल रुप लियको हो !पहिलो कुरात त्यस्ता अपराधिक गतिबिधी हुने त्यस्तो क्षत्र गाँउसमाजतिर स्वोयम गाँउलेहरुनै एकजुट भैई त्यस्ता अपराधी दलाल ब्यक्ती हरु बिरुध्दा जाइ लाग्नुपर्छ र राज्य प्रशासन,त्यस्ता कार्य बिरुध्दा काम गरिरहेका सँघ सस्थाहरुले पनि त्यस्ता ठाँउ क्षेत्रतिर चेतनामुलक कार्यक्रम गरी सचेत गराउने तर्फ कोसिस गर्नुपर्छ !
    यै बिशयको समाचार केहिदिन अगाडी `नेपाली खबर पत्रीका`साप्ताहिक मलेसिया सस्क्रन बर्ष २ अन्क ४५ भदौ १० गतेकोमा पनि सिङै गबिसका महिलाहरु बेयस्यालयमा भन्ने सृसक समाचार प्रकाशित भएको थियो!तर त्यसमा नुवाकोटको तामाङ समुदायमा बाबुआमालेनै छोरी चेलीलाई यैउन बजारमा बिक्री गर्ने परम्परा छ भनेर (कपिलदेब खन्नाल मार्फत प्रेशित्)प्रकासित समाचारले तामाङ जाती समुदाय माथी नै चोट लज्जित गराउदै तामाङ जाती माथि पुर्बाग्राही बिचारली इ गम्भिर आरोप लगाएको पाइयो !र त्यस्ता अपराधी गतिबिधी घटनाहरु भनेको कुनै पनि ठाँउ, क्षेत्र जाती समुदायमा पनि घट्न सक्छा र घटिरहेको पनि छ ! हुन सक्छ गरबि ,अशिक्षा र चेतनाको कमीले गर्दा र सोझो पनको फाइदा उठाउदै अपराधि दलाल ब्यक्ति हरुको छलकपट डर धाक धम्कि बाट बाध्यतामा परि केहि तामांग हरुले गर्दा तामांग जाति समुदायमा त्यस्ता घटनाहरु बढी देखियकोहुनासक्छा,तर केहि व्यक्ति हरुले गरेको अपराध गल्ति कार्यलाई लियर सिंगै तामांग जाति समुदायलाइनै दु:खी ,लज्जित र चोट गराउने खालको उक्त आरोपको यसै मेरो संसार ब्लग मार्फत खण्डन र बिरोध गर्दछु ! लुकेर दबियर रहेका यस्ता घटनाहरु संलग्न अपराधी दलालहरुको बारेमा सत्य तथ्य निस्क्पक्षे रहित कलम चलाउनु धेरै राम्रो कार्य हो ! तर पहाडलाई तिल ,तिललाई पहाड बनाउने खाले कार्यलेचाही कसैको भलो गर्दैन जस्तो लाग्छ !जय नेपाल

  3. so pitty news.my heart beats.puroshattam dhakal je, you are absolutely right.your words key rules to sole this problems.all dalals are prserved by the political leaders.we should have to eradicate this cruel activities.it is a big shame for new nepal.

  4. प्रतिक्रिया दिने सबै मित्रहरु धन्यवाद,नुवाकोटको पुर्बी भेग राउत्बेशीका अर्जुन नरसिंह के सी चलिश बर्ष सत्तामा रहे भने राम शरण महत , प्रकास शरण महत करिब बिस बर्ष ..लोहनी लगायत नेताहरुको कुरा नगरम, नुवाकोटको माओबादी प्रभाभित छेत्र पनि यहि ठाउँ हो र हित बहादुर र पोस्ट बहादुर पनि यहिँबाट मुक्तिको राजनीति गरेको धेरै भयो …निर्बाचित मन्त्रिहरु पनि हुन् …हरेक बिहान उल्लेखित नाम भयका नेताहरुको घरमा बिहान पुग्नु भयो भने चेली को बेच बिखन गर्ने दलालहरु कांग्रेस , एमाले , माओबादीको कार्यकर्ता हुन्छन र उनीहरु निर्धक्क यस्तो कम गरि रहेका छन् …मैले जानेका यस्ता अनुहारहरु नेता हुन् वा मन्त्रि वा प्रशासककोमा निर्धक्क गर्ब गर्दै हिडिरहेका भेटिनेछन्…अर्जुन नरसिंह के सी, हित बहादुर र पोस्ट बहादुर, राम शरण महत , प्रकास शरण महतको घरमा बिहानै उपस्थित्मध्यलाई पक्रिने हो भने पचास प्रतिशत दलाल पक्रन सकिन्छ ..म यो भेगमा समाचार संकलन गर्न गयको नाताले भन्न सक्छु बिकाशे संस्थाले गाउँ देखेकै छैन …आब के गर्नेत…उपाय भनेको …नेताहरुको घरमा सेल्टर पायक दलालहरुलाई पक्रिने …र नेताहरुलाई सेल्टर नदिन बाध्य पार्ने …बेचियारा फर्कियाका रोगीहरुलाई पहिचान गरि रोग बिमुख पर्ने , नया र पुरानो तथ्यांक जाँचेर अभिभावक हरुलाई फर्किन बाध्य पार्ने र उनीहरुलाई जिबिको पार्जन गर्ने सिपमुलक तालिम र तालिम जागरण सहित रोजगारमुलक कम हरु सुरु गर्ने र पीडकका baal बालिकालाई निसुल्क खाने बस्ने अवसर सहित पढ्ने अबसर दिने र सुरछा संयन्त्र मार्फत गाउँ गाउँडफ प्रत्यक हप्ता तथ्यांक र लागत राखी छोरी बेटीको बारेमा नियमित चासो राख्ने सामाजिक अनुगमन गर्दै जाने हो भने मात्रै समस्या निउन गरन सकिन्छ र यसको लागि प्रतिक्रिया दिने मित्र हरुले पनि कम से कम यौटा पिडित र रोगि संक्रमित बल बालिका र चेलीको पढ्ने लेख्ने र सिपमुलक तालिम र घरेलु ब्यबशयाको लागि केहि गर्नु जरुरि छ के तपाइको प्रतिक्रिया दिने हातले थोरै तर यस्तो पुण्य कम गर्न सक्छा..आउनुहोश हात मिलाउनुस आदिम बर्बरता बाट यो ठाउँलाई मुक्त गरम …

    विनित
    पुरुषोत्तम ढकाल

    छन्

    • एस्त जधन्ने अपराध हरु राजनीतिक समरक्षण मा हुने गरेका दृस्टन्त यो मुलुकको लागि दुर्भ्याग्य हुदै हो/ फाशी दिनु पर्नेमा येनिहरुपनी पर्न अउछा /

  5. (यस्तो एउटा गाउँ,जहाँ महिला छैन) अत्येन्त दुख लाग्दो समाचार जुन नेपालको कु साशनको उपज हुन्.|हुनत यस्ता कामलाई कोहि त्यहाका पुरुषहरु जगुरुक नभएको जस्तो लाग्यो यदि उनीहरु तातिएको भए केहि समाधान हुन सक्थ्यो यस्ता डरलाग्दो सामाजिक समस्या जुन लामोसमयदेखि समाजमा रहिआएको छ,यस्ता समस्याको समाधानका लागि निम्न कार्यहरु गर्न जरूरी छन्
    १)पहिलो न. यस्ता गाउँमा चेलीबेटी बेचबिखन बिरुद्ध जनचेतनामुलक कामहरु गर्ने
    २) गाउँलेलाई सिक्षित बनाएर
    ३)चेलिबेतिबेचबिखनजस्तो जघन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने
    यस्ता गाउँहरुमा विभिन्न सामाजिक संग्संस्था NGO, INGO लगायत सम्पूर्ण निकाय र सरकारको ध्यान जानुपर्छ

  6. गल्ति ति दलाल को होइन गल्ति ति केटि हरु को हुन् जो रुपैया लागि आफ्नो अमुलेया सरिर पनि बेचन को लागि तयार हुन् छ |

  7. बेच-बिखान हुन्छ भन्ने थाहा छ तर सारा गाउ नै रित्तेनी गरि ??कस्तो बिडम्बना हो ? कस्तो समय को जाल हो| किन यस्तो? को छन् त यसको दोषी ? साधारण ,सोझो हाम्रो तामांग दिदि -बहिनी जसमा शिक्षाको कमी वा आफ्नै पालन-दाता ? या त सरकार को कमजोर निती,वा आफ्नु दुर्भाग्य? हुने कुरा भयो अब हामी एउटा सामाजिक प्राणी चोट परे दुखाई त एउटी हुने नाताले सजग भई अबको दिन मा त्यहाको अँधेरो हटाऊन लाई सर्ब-प्रथम त्यहाका नाबालिग बच्चा हरु मा शिक्षा र ज्ञान को अभियान शुरु गर्नु आवश्यक देख छु |जब उनि हरु मा आत्मा ज्ञान को प्रकाश अउछा तब कसैको चुन्गल मा फस्न सक्दैन |

  8. dont’ worry brother, this is common problem of whole nepal, 1 thing i never understand is that why even educated n also so called high class ppl of nepal r sending their daughters in usa, australia,canada, uk, other european countires or… ????

    i can bet after 10-15 yrs whole nepal will b witout young ppl due to extreme level of proverty,lack of higher education, opportunities, political unstability, corruption, …. we all know every year 1000s young educated nepalis r trafficing in australia, uk, usa n other european countries or others.. as student…. there u see their struggle life care giver, car wash, dish wash, toilet wash, garden, female prostitute,male prostitute, some r pretending as eunuch to earn money just to survive(i hab seen in uk)…., some marry wid own daughters, sisters, brothers just to get citizen…..

  9. अनुराधा दिदि खै तपाई
    कता निदौउनु भयो तपाईको आवस्यकता परेको महसुस भयो है दिदि

  10. गरिबी अशिक्षा र अज्ञानताको मुख्य कारणले गर्दानै एस्तो समस्याहरु बिकराल बन्दै गएको हुन सक्छा . आफन्त र घरपरिवारका सदस्यहरुनै दलाल बनेको छ भने एस्तो कार्यलाई कानुन प्रहरी प्रशासनले पनि केहि गर्नु सकिने अबस्था देखिन्दैना .

  11. दु:ख को कुरो….. सायद त्यहाँ त छोरा होइन छोरी जन्माउन भगवाम संग प्रार्थना गर्दा हुन् ……. यो पैसा भने चिज पनि कस्तो…..? नाता पनि हुदो रहेन छ … मलाई त एउटा धोति movie को पो याद आयो… बाउ, छोराहरु पालोपालो अनि पुरै गाउ अनि एउटा आइमाईको पछाडी ………

  12. मित्रहरु, मेरा सहृदयी आफुलाई नेपाली भन्नेहरु,
    आफु एक गर्वित, स्वाभिमानी र उद्यमशील नेपाली र सगौरव भन्नपर्दा भाग्यशाली जात तामांग भएको नाताले यो ब्लग पढ्दा स्वयंलाई दुख विह्वल महसुस गरेको छु| तामांगको विद्यमान स्थिति संग थोर बहुत परिचित रहेर दुख लागे तापनि यँहा जुन ढंगले प्रस्तुत गरिएको छ र त्यसमाथि केही उदार मन्तब्यदाताहरुले पुरानै विचार शैलीमा उही तामांग प्रति दोष थुपारेर अभिव्यक्ति दिएका छन् त्यसले यो चिरा परेको नेपाली मन झन् अझ चरक्क चिरेको छ| एउटा पनि महिला नभएको समाचार बन्नु भन्दा किन यो गम्भीर मुद्दामा सरकारको निरन्तर उपेक्षालाई
    पनि औंल्याउँन सकेको भए राम्रो हुने थियो|
    अंग्रेजीमा एउटा प्रचलित भनाई छ, only the wearer knows where the shoes pinches “आफु नगई नर्क देखिन्न वा खुकुरीको चोट अचानोले मात्र जान्दछ”|

    आफ्नो हात छात्तिमा राखेर सोध्नुस| हाम्रो सुन्दर नेपालमा मा त् के यो विश्वमै कुनै जननी होली जसले आफुले पेटमा राखेर, जन्माएर हुर्काएकी छोरीलाई जानी बुझी खुशीले त्यो वेश्यालय जस्तो नर्कको आगोमा हामफाल्नदेली? यदि दिई भने त्यो वाध्यता, परिस्थिति र मजबुरी के होला कसैले बुझ्ने प्रयास गरेको होला? यो बुझ्न कुनै समाजशास्त्री, मनोबैज्ञानिक र विद्वान हुनपर्दैन| एउटा नेपालीले नेपाली भएर अर्को नेपालीको हृदय बुझ्न सके पुग्छ| जातको चश्मा लाएर हेर्दा यो देख्ने हैन|
    यसमा कुनै शंकै छैन कि तामांग जातिमा विद्यमान उदार सोचाई, सोझोपन, अशिक्षा, कतिपय संस्कार कुरिती आदिले गर्दा उनीहरु यस्ता सामाजिक र आर्थिक शोषणको शिकार हुनपरेको छर्लंग हुन्छ| यँहा प्रश्न के आउँछ भने नेपाली समाजको एउटा अंग मानिएको ठुलो जनसंख्या नै
    यसरी दलदलमा फंसेको छ भने सरकारको उनीहरुप्रतिको उत्तरदायित्व के हो? अझ त्यो भन्दा महत्वपूर्ण प्रश्न हाम्रो अघि आउंछ, यतिका दशकहरुमा किन तामांग जातिमा प्रजातन्त्रको घाम र गणतन्त्रको मिर्मिरे उज्यालो पुग्न सकेन| विकाश आफै जनतामा पुग्ला भनेर सोच्ने हो कि ओझेलमा रहेका जनतामा सरकारद्वारा विकाश पुर्याउन प्रयास गरिनपर्ने? बहुसंख्यामा तामांगहरु सरकारबाट उपेक्षित छन्, सीमान्तकृत हुँदै आएका छन्| यो सत्य हो र तथ्यले पनि साबित गरेको छ| मेरी एन्टोनीत्ले जस्तो रोटी नभए केक खाओ भन्नु र गरिबी के हो नबुझ्नु उस्तै उस्तै हो|
    राक्षसरुपी चरम गरिबीको जसले सामना गरेको छ वा बुझ्ने चिन्तना गरेको छ, उनीहरुलाई मात्र थाहा छ यसले कुन भुँवरीमा हुत्याएर लैजान्छ| शिक्षा र रोजगारीको अभावमा मान्छे वाध्यताको वन्धनमा वेस्कन कसीएर जान्छन| छोरीलाई पैसा नभएर बोर्डिंग स्कुलमा पढाउँन नसक्नु र खान नभएर स्कुल पठाउन नसक्नु फरक छ|

    बुद्ध भारतमा जन्मेको भनेर अफवाह फैलेको समाचार पढ्दा र ऋतिक रोशनको जिब्रो बांगिदा आफुलाई आन्दोलित गराउने नेपाली मन त्यो बेला कंहा थियो जब भारतको वेश्यालयमा दिनहुका रुपले लगिएर आधा लाख भन्दा बढी नेपाली चेलीहरु प्रलोभनमा पारेर वेचिएका छन्? खोई नेपाली नाक र इज्जत? फलाना तामांग र गुरुङ वा परियार लाई पर्यो भनेर किन मौन रहने वा उल्टो उनीहरुलाई नै धिकार्ने? यसको जड के हो र कसरी समाधान गर्ने भन्ने बारेमा किन गम्भीर रुपले ध्यान दीइन्दैन?
    अनुराधा गुरुङ कोईरालाको मात्र जिम्मेवारी हो यो? किन यो मुद्दा संसदमा उठाइन्दैन र यसबारे गहन र गम्भीर कदम चालिंदैन| रोकथामका लागि प्रहरीले मात्र गर्ने हैन, देशमा शिक्षा, रोजगार र उपेक्षित वर्ग का प्रति किन विशेष परियोजना सफल रुपमा गरेका छैनन्? यी सब सरकारमा बसेकाहरुले आफुलाई परे पर्छी मात्र सोच्ने र गर्ने हुन्|
    आफु आशावादी रहे तापनि वर्तमान स्थिति हेर्दा नैराश्यताको धुमिल क्षणहरुमा कैले कंहि यस्तो सोचले ठाउँ लिन्छ तामांगका लागि अब सोच्ने र गर्ने कोही छैनन्| जुन सरकार आए पनि हामीबाट टाडा रहन्छ| हाम्रो भाषा, संस्कृति र परम्परा धनी छ, हाम्रो सबैलाई समान देख्ने आँखा छन् र अरुको दुख महसुस गर्ने हृदय छ| कसैलाई होच्याउने र अरुको पालो काटेर अघि बढ्ने हाम्रो संस्कार छैन| हाम्रो पुर्ख्यौली सम्पति यहि हो र यसैमा हामी गर्व गरछौ| गरिबीको आँधीमा पिल्सिएर कुबाटोमा लाग्दा हामीलाई आफ्नै नेपाली साथीहरुले पनि खिल्ली उडाउन थालेका छन्| मुट्ठीभरका र हातका औंलामा गन्न सकिने पढेलेखेका र हुनेखाने र सबै उत्पीडित र विवेकशील तामांगहरु मिलेर भविष्यको दिशा तय गर्न पर्ने देखिन्छ त्यो जति नै जटिल र दुखदायी किन नहोस| कैले सम्म हामीले नेपाली भनेर गर्व गर्ने र हामीलाई नेपाली तुल्य समान अधिकारबाट वन्चित गराई रहने?

    देशमा हरेक पल्ट देशको पद भागबण्डामा जाँदा तामांग जातिलाई अवहेलित र उपेक्षित गरेका छन्| यो तथ्य र तथ्यांकले बताउँछ| अब फलानो नेताले फलानो जिल्लामा यतिका वर्ष हाम्रो प्रतिनिधि भएर हाम्रो लागि केहि पनि केही गरेंन भन्नु भन्दा आफै एकतावद्ध भई आफ्नो हक आफैले पस्केर लिनपर्छ|

    • खुकुरीको चोट अचानोलाई थाहा हुन्छ,शिक्षित हुँ भन्ने जति आफ्नो स्वार्थको लागि राजनीतिक दलका दलाल बन्ने,बिचरो गरीवहरु के गरुन,नुवाकोट,धादिंग,सिन्धुपाल्चोक,मकवानपुर,को रोग,
      दोलखा,रामेछाप,ओखाल्दुंगा,तिर चैं सरेको छैन,

  13. What a bad news !! Are these people still uneducated? Aren’t there any schools in that village yet? is that an isolated place by the Nepali Government? It actually seems yes, because if people are educated and given the proper education this would never happen. It all happened due to lack of education and poverties, you know who I blame for this? Government!!
    Those people and places were ignored by the Government !

  14. मान्छे बेच्ने दलाललाई सर्बस्सा सहित जन्म कैद सजाय किन बनाउदैना हाम्रो
    कानून ले ?????????????????????????????????????
    बिभिन्न एनजिओ आईऐन्जिओ आदि सस्था चलाउने सम्बन्धित अधिकारकर्मीहरु
    ले यस्तो अत्यन्तै सम्बेदनशील बिसयमा आमरणन अनशन गरेर किन मोर्दैना ?
    चेलीबेटी बेचबिखन रोक्ने काममा विश्वले सहयोग गर्दै आएको अनुराधा कोईराला
    हरुले चर्को आबाज उठाउनु पर्यो : मान्छे बेच्ने दलाललाई सर्बोस्सा हरण सहितको
    आजिबन जन्म कैद सजाय दिने कानून बनाउन !

    यदि कडा कानून लागू हुन सक्यो भने बल्ल मान्छेले यो हद सम्मको अपराध
    गर्न डराउछ , होईन भने यो समस्या घट्ने छैन —-

  15. के गर्ने अब नेपाल मा जब सम्म चोर फटाहा हरु को कुनै कारबाही हुदैन/ तब सम्म येस्तई हुदै जान्छ
    तेसै ले सबै ले राम्रो शिक्छा को आपेक्छा गर्नु पर्छ

  16. समाचार पढ्दा दुख लाग्यो ! तर मैले देखेको १९९२ तीर को कुरा मुंबईका कोठीमा हाम्रा नेपाली चेलीहरु थोरै मात्र बेचिएका र धेरै जसो आफू ख़ुशी गएकाहरु छन ! उनीहरू मज्जाले नेपाल जाने आउने गर्छन !आफ्नै दाजू भाई काका बा हरु ले लिन आउने, फेरी पुर्याउन आउने गर्छन!! अझ कुनै ग़ाऊ मा त बाऊ ले मेरो येती जना छोरी मुंबई मा छ भनेर धाक लागौछ रे !!!अब एस्तो बिकराल समस्या तेती सजिलो संग कसैले तत्काल समाधान गर्न त गार्हो नै होला !आशा गरौं हाम्रो देश मा छिट्टै संबिधान बनेर सबै जनता एजुकेटेड भै शांति सु-ब्यवस्था कायम भयो भने ढिलो चाडो प्रशासन तथा अधिकार कर्मी , माइती नेपाल जस्ता संस्था हरु ले अंकुश लगाऊन सक्लान नत्र त खै के भन्नु र !!

  17. नेपालको कानुन दैबले जानुन
    एउटा केटी ले अङालो हालेर एउटा केटीसँग फोटो खिच्दा राजनऐतिक दबाबले त्यो केटी केटाको श्रीमती हो भनेर अदालतले फैसला गर्छ अनी उक्त केटी कसैसँग यौनक्रिडा मा फेला पालेर उक्त केटाले मुद्दा चलाऊदा फेरी राजनीतिक दबाबले सामान्य गल्ती हुन्छ (यो सत्य घटना हो)
    अब बेचिने हरु बिचरा कुन कोठिमा रोइरहेका छन भने यहाँ कानुन बनाउने हरु पजेरो र मुस्ताङ बिचको कम्प्यारइजन मै ब्यस्त छन यस्तो चालले त यो समस्या नेपाल का गाउँमा फैलिएला नभन्न सकिदैन । यो त छिमिकी भारत मा बेचिएका को कुरो हो यो भन्दा अझ खाडी मुलुक मा बेचिनी को पिडा झन दर्दानक छ्

    सो मेरो बिचार मा नेपालको कानुन कि त नेता र गुण्डाले जानुन कि त पसुपतिले (जय सम्भु !! हरी ॐ )

  18. थुक्क नुवाकोटे नेताहरु हो !! थुक्क (१०८)…..!!!
    कयौ पटक त्यस जिल्ला बाट घगडान मन्त्रीहरु , प्रधन्-मन्त्रीहरु पनि भए तर …………. थुक्क (108)नुवाकोटे नेताहरु हो….

  19. नेपाल मा बिकाश गर्यो कि बडी त बिनाश नै हुन्छ कसले हेर्ने जब हेर्ने नै लाचार छ भने यो देश मा एस्त दिदि बहिनि चेली bechne लाई खुले आम बीच चौर मा काट्न सुरु गर्नु पर्छ अनि बल्ल मान मा डर हुन्छ एस्तो काम गर्ने हरु को मान मा
    आरु लाई पाठ हुन्छ यास कुरा ले

  20. अनुराधा दिदीलाई सी एन एन हिरो बनाउने हमिहरुनैता होनी ! एन जी ओ र आइ एन जी ओ हरुका kathmanduka बिसाल घर र डलरका खेति हरु अनि आफ्ना चेलीहरु लाई जोगौना नसक्ने हामी सबै लाई धिक्कार छ !!!!!

  21. हे भगवान… कस्तो आँखा बिझाउने र मुटु पोल्ने समाचार पढ्नु पर्यो…. चेलीबेटी बेच बिखन का समाचार त सुनिरहेकी हो तर पुरै गाउँ नै बेच्न सक्ने कत्रो गिरोह रैछ हो त्यो गाउमा..? अनि बिहे गर्न पाइएन भनेर रुने त्यो हिजडाको समूह हातमा दहि जमाएर बसेको छ कि हो.? नत्र अविवाहित हरु मात्र जम्मा हुने हो भने पनि त्यो कथित दलाल हरुको समूह भन्दा ठुलो समूह बन्न सक्छ, आफ्नो गाउँ र आफ्नो इज्जत को आफै सुरक्ष्या गर होइन भने जाउ तिमि हरुपनि भारतको लखनउ तिर । त्यहाँ का नवाब हरुले तिमीहरुको पनि राम्रो ‘दाम’ दिने छन्…

  22. आफै दलाल लगाएर महिला बिक्री गर्छन अनि बुदो भैसक्दा पनि बिहे गर्ने रहर जाग्छ / यदि त्यसो हो भने किने महिला विरूद्द हुने बेचबिखनप्रति किन उजुरी गर्दैनन् ?

  23. मूल कुरुत अभाब , गरिबी, अशिक्ष्य प्रमुख कारक हुदैहो / सभ्य समाजमा एस्त अमानबिय कार्य कमि मात्रामै होला भन्ने मेरो अनुमान हो / काठमाडौँ मात्र नेपाल होइन , दूरदराज तिरको नेपाल लाई पनि नियाल्नु सक्नु राज्यको दायित्व रहनु पर्छ / एस्त जधन्ने अपराध हरु राजनीतिक समरक्षण मा हुने गरेका दृस्टन्त यो मुलुकको लागि दुर्भ्याग्य हुदै हो / अनुराधा कोइराला ,चरिमाय तामांग हरुको अभियान येतातिरा पनि फैलाउनु पर्ने जरुरि देखिन्छ /

  24. यस्तो काम गरीबी /अशिक्छा/सरकार को कमजोरी ले होइन ..यस्तो हुनु को कारण तेहा का बाबु आमा को कमजोरी हो …माथि नै साथी हरु ले लेखि सक्नु भयको छ कि जनावर ले पनि आफ्नो बच्चा को रेखदेख गर्न अनेक उपाय अपनाउछ …हामी त चेतनशील प्राणी हौ ..यसको मतलब यो भयो कि हामी त जनावर भन्दा पनि निच भइयो..जे होस् यस्ता कम गर्ने लाई हदै फासी को सजाय हुनुपर्छ ….

  25. उफ्फ़ होइन यो हाम्रो देशमा के भैरहेको छ ? जता हेर्यो खाली अपराध मात्रै के भएको हो किन भएको हो एस्तो ? अब हरेक अपराधि ज्यान मार्ने र मानब बेच बिखन गर्ने घोर अपराधीहरुलाई मृत्‍यु दण्ड को सजाय् अत्यन्तै जरुरी भैसकेको छ हाम्रो देशमा पनि । एस्तो नगरिए अझ कति गाउँ वा सहरनै रित्तिने हुन्…. बेला छँदै होस् पुराउन | अहिले अरुलाई खाने बाघ ले पछि आफैलाई खाने छ |

  26. I am socked about एउटf त्यस्तो गाउँ, जहाँ महिला छैनन् . This news from our own Nepal’s I can’t belief that where is our so-called culture? Where is parenthood? Where are neighborhoods? Where are humanitarians? How many question we have now.
    We are in very hazardous situation because of women’s trafficking, girls trafficking. However, How can we success to reduce and eliminate the women, child, girls, trafficking? It is great challenge for all over the world. Subsequently we have to wake up and it’s time to catch and punish them, educate them who are directly involved in the sold innocent women and girls. I think its challenge to fulfillment of millennium development goal (2015), one of the measure goals of MDGs are women’s trafficking, education for all, poverty elimination, sustainable development etc. regarding this women’s trafficking are most dangerous for Worldwide. This is a chronic disease of our society if we are not Conesus /not wake up now it will be very dangerous for us because it will out of danger at that time we could not control. So we are stakeholder we have to do something to control women’s trafficking.
    sita bishwkarma

    • सिता जी, नेपालीमा लेख्दा झन् बुझिन्थियो कि?

  27. ………………सडक को खम्बामा सार्बजनिक स्थल मा फासी को सजाय दिनु जरुरि छ दलाल हरु लाई ………………….!!!!!! नत्र होसियार जनता ………..???

  28. सर्बपर्थम त नेपाल मा कानुन अति खुकुलो भयो / येस्ता दलाल हरु लाई त सर्व-स्वो हरण सहित आजन्म कैद गर्नु पर्छा /

  29. बिहे गर्ने केटा (पुरुष) नपाएर बुढीकन्या भएर बसेका महिलाहरु पनि छन् नेपालको कुनै ठाउमा तर नुवाकोटको घ्याङफेदीमा स्वच्छा छबी भएको मान्छे छैन जस्तो छ नि?

  30. हरे शिव! हाम्रो देशको हालत कति नाजुक छ।

  31. मान्छे पैसाको लागि कति सम्म गिर्न सक्छ र एउटा कमजोर राज्यव्यवस्थाको गहकिलो उदाहरण हो यो!

  32. कपिल देव जी, यो कटु तर सत्य घटना हो / जुन आज को युगको ठाडो चनौती हो नकि त्यहाँ को मात्रै समस्या / यो राज्यको लाचारी पन पनि हो / जे होस् जसले जहाँ बाट जे गर्न सक्छ तेस्को समाधानलाई गर्नु हाम्रो कर्तब्य हो / तपाइले लेखाबाट प्रस्तुत गर्नु भयो धन्यबाद / एक पल्ट यो प्रस्तुतिलाई कुनै TV च्यानलबाट प्रसारण गर्न पाए सबै (बिसेस गरेर सम्बन्धित निकाय) को ध्यान पुग्थियो कि ?

  33. आफनै छोरी बेच्नेहरूका बिषयमा के भन्नु . पशुले त आफ्ना बच्चाहरूको कति ख्याल गर्छा .हुन त दुइ खुट्टा टेक्दैमा मान्छे भन्न मिल्दैन ती नरपिचाशहरूलाई .सजाय आजीवन कारावास वा मृत्युदण्ड हैन . जिउभरी सख्खर दलेर नमरुन्जेल चोकमा उल्टो झूंडायर राखने त्यसको ठिक मुनि सजायको कारण लेखेर टाँसीदिनु पर्छा . कोहि आफइ दलाल खोजेर पनि आफुलाई बेच्छान रे भनेको सुन्दा यो सबै अशिक्षा, बेरोजगार र गरिबीकै कारणले हो जस्तो मलाई लाग्छा . स्वास्नी पाएन भनेर गुनासो गर्ने हरूलाइ नै सोधौं ” के गरेर आफ्नो गाउँको मुहार फेर्न सकिन्छा र तिनीहरूको समस्या समाधान हुन सकिन्छा” भनेर . हामीले आफ्ना धारणा र कार्यक्रम मात्र पस्केर केहि हुनेवाला छैन .
    सबै भन्दा ठुलो समस्यानै चेतनाको अभाव हो . गरिबी र अशिक्षा यदि कारण होइन भने उद्दार गरेर ल्याएका चेलीहरु फेरी किन बेचिन्छन त ?

  34. हैन गाऊ नै रितो हुने गरेर चेलीबेटी बेचबिखन गर्दा पनि त्यो गाउको जुन केटि बिना बिहें गर्न सकियन भाने हरु के हेरेर बसेको त
    सबै मिलेर आवाज उठाउन पर्यो नि

    • सहि कुरो हो,आवाज पनि उठाउनु पर्यो र दलाल हरु लाइ पनि गाउँ बाट खेदनु पर्यो.

  35. गरिबि अशिक्षा र अज्ञानता का कारण गाउँ नै अन्धकार तिर डुबुल्की मारिरहेको रहेछ यो नै ठुलो दुर्भाग्य हो । सृस्‍टिकर्ता हरु नै गाउँ बाट भुटिनु चान्चुने कुरो होइन । अब यस्तो अवस्था मा त्यो बिचरा गाउँलाई कसले यस्तो समस्या बाट मुक्ती दिलाओस ? राज्यको कुरा गर्ने हो भने आफ्नै मेरुदन्ड सोज्याउन सकिरहेको छैन जसलाई जनताका समस्या केलाउन फुर्सद नै छैन र चाहन्न पनि होल । अर्कोतिर देश र जनताका सुरक्षार्थ भनेर नाम मात्रै को सुरक्षा कर्मीले जनतालाई चाहिएको बेला सुरक्षा दिन चाहदैनन । अब कुरा आउछ राज्यबाट अधिकार प्राप्त महिला हक हित र अधिकारक का नाउमा बग्रेल्ती खोलिएका नारी अधिकारबादी संघ-संस्था हरुको । सबै भन्दा बढी रिस त मलाई यि संघ-संस्था देखेर पो उठ्छ त । साँच्चीकै भन्नु पर्दा यस्ता खाले संस्थाहरुले केही लुतो लाउन सकेका छैन । समस्या ज्युँ का त्युँ छ । यस्ता संस्थाहरुले डलर भित्राउने र आफुले कुम्ल्याउने बाहेक केही लछार पाटो लगाउन सकेका छैन । एकाध संस्थाहरु राम्रा होलान त्यो आफ्नो ठाउँमा छ । खाली राजधानी मुखी र शहरमुखी भएर खोलिएका यस्ता संस्थाहरुले कि त राम्रो सँग काम गर्नु पर्‍यो जसकालागि गाउँ गाउँ मा बस्ती बस्ती मा पुगेर जनताको समस्यामा हातेमालो गर्नु पर्‍यो होइन भने राज्य बाट स्विक्रित गरी डलर कमाउने मात्रै धन्दा गर्ने हो भने राज्यले यिनिहरुलाई तुरुन्तै खारेज गर्नुपर्छ । राजधानी बाट नजिक रहेको जिल्ला मा भैरहेको मानबिय बेचबिखन को यो दुर्दशा बाट के राज्य र ति संस्थाहरु बेखर छन त ? हुँदै होइन कसैले यस्लाई गम्भिर चासो को रुप्मा लिन चाहँदैनन । अझ नारी अधिकार का बारेमा वकालत गर्ने , यो बिधेयक र उ बिधेयक पारीत गरियो , भनेर छाती ठोक्नेले यो कुरा पनि बुझ्नु जरुरी छ कि हामी जस्तै नारी हरु कुनै गाउँ ठाउँ बाट रातदिन लुटिन्छन , कुखुराको भाउमा बेचिन्छन र उनिहरुको लागि हामीले के गर्न सकिरहेका छौ भन्ने कुरा ? कानुन बनाउनु ठुलो कुरा होइन बानाएको कानुन कहाँ कसरी लागु भएको छ वा छैन भन्ने कुराको हेक्का राख्नु पनि ठुलो कुरा हो । जबसम्म पूर्व मेची देखी पश्चिम महाकाली सम्मका नारीहरुको उत्थान गर्न सकिदैन तबसम्म यो देश माथि उठ्न सक्दैन । र मानब बेच बिखन गर्ने यस्ता घोर अपराधीलाई मृत्‍यु दण्ड को सजाय् जरुरी छ हाम्रो देशमा पनि ।

    • प्रकाशजी,
      मलाई तपाइको यो “संबन्धित दलाल हरुलाइ बाबुराम ले कार्यबाही गर्न सकोस ..” भन्ने वाक्य मन परेन, क्षमा गर्नुहोला l
      हो उनि कुनै बिचारको प्रतिनिधित्व गर्दै प्रधान मन्त्रि भए जुन हामीलाई मन नपर्न सक्छ तर बर्तमानमा उनि हामी सबै नेपालीका साझा प्रतिनिधि हुन् भन्ने अलिकति पनि हेक्का भएन है तपाइलाई ?
      हामीले मर्यादा नराख्दा हाम्रा प्रतिनिधिहरु को लाज र घिन हराउदै जानेछ र लज्जाबोध हराएपछि उनीहरु नीचताको हद पनि पार गर्न सक्नेछन,जसलाई हामीले सम्पूर्ण राष्ट्रको ताला-चाबी सुम्पिएका छौ l

  36. हरे!! सबै बेरोजगारीका कारण !! देशका हुने-खानेहरु हो १ जनाले कम से कम २ जनालाई रोजगार देउ, येदी आफ्नो थलोलाई माया गर्छौ भने / एस्तो दुरदसा सबै बेरोजगारीका कारण हो /

    • दलालहरुलाइ प्रोत्साहन दिनु भएको कि क्या बेरोजगारीको कारण यस्तो भएको भन्नु हुन्छ रीतिकाजी ???

      • तल योगेश आदी जी को कमेन्ट पढ्नुस् त । महिलाहरु आफै दलाल खोज्न पुग्छनु भन्नुको अर्थ के हो ? उनिहरु यस्तो किन गर्दछन् ?
        दलाल कै पनि कुरा गर्ने हो भने महिनाको २५००० को जागीर पाउने हो भने आफ्नै आफन्तले चेलीवेटी लगेर वेच्दैन होला । कानून मात्र कडा भएर हुन्छ र समस्याको समाधान ?
        यो यस्तो सामाजीक समस्या भै सक्यो जसको समाधान वैकल्पीक वाटोवाट गर्न जरुरी छ । नत्र माईली नेपाल जस्ता संस्थाहरुले प्रहरी र सरकार संग मिलेर यती धेरै वर्ष देखि यस्ता कार्यको उन्मुलनको लागी संघर्ष गरेको छ तै पनी कम भएको छ, उन्मुलन भएको छैन । किन उन्मुलन हुदैन त ? अरवमा महिलालाई जान निशेध गरिएको छ, त्यहाँ सारिरिक शोषण हुन्छ भन्ने उनिहरुलाई थाहा हुँदा हुँदै महिलाहरु आफै भारतको वाटो भएर जान्छन् । त्यो सवै वेरोजगारीको कारणले हैन ?
        मैले यहाँ भन्न खोजेको कुरा चाही तपाई जस्ता प्रीभिलेज्ड नेपालीहरु, जो राम्रो स्कुल कलेजमा पढ्न पाएका छन्, अमेरीका जस्तो देशमा जान पाएका छन, ले २-२ जानालाई रोजगारी दिनेहो भने यस्तो अवस्था आउदैन भनेको । दलाललाई अति कडा भन्दा कडा कारवाही त अवस्य गर्नुपर्दछ । त्यो अति आवस्यक र अर्कै छलफलको विषय हो ।

    • रितिकाजी,
      बेरोजगारी भन्दा पनि गरिबी र अशिक्षा र चेलिबेटी बेचबिखानबिरुद्व कडा कानुन अभावको कारणले यस्तो भएको हो।

  37. धिक्कार छ ति पापी दलालहरुलाई /आफ्नै रगतको नातालाई कसरी बेच्न सकेको /मान्छेको रुपमा राछास अनुहारहरु /समयमानै कन्ट्रोल नगरे यो एक ठुलो रोग हुनेछ/ येस्मा सम्भंदित निकायहरुले बैलैमा सचेत गरायानाभाने कुनै दिन गाउँ मात्र नभई जिल्ला नै महिला बिहिन हुनेछ /

  38. The person who ever has involved or tried to do human trafficking should be hung till death.
    छोरीचेली बेच्नखोज्ने / बेच्नेलाई फाँसीको सजाय हुन अत्यन्त जरुरि छ |

  39. घ्यांगफेदीको(सुदुर नुवाकोट, प्लेन ठोक्केको घोप्टेभिरको छेउ) कुरा गरि साध्य छैन / मेरो आफ्नै गृह जिल्लाको यस्तो हालत देख्दा मन कुडिएर आउछ / म शिखरबेशी, रालुकासम्म पुगेको छु तर घ्यांगफेदीका शिक्षकसंग चिनाजान छ /
    कयौ पटक सदरमुकाम बिदुरमा विचार गोष्टिपनि हुनेगर्छ, समोसा चिया खानलाई /
    जनयुद्ध भरि त त्यहाँ प्रहरीको त छायाँ पनि पुग्न सकेन /
    – त्यहा त दलालले फकाउने भन्दापनि आफै दलाल समेत खोज्छन रे /
    – कयौ बाबुआमाले राम्रो मुल्यमा छोरी पठाएको समेत छ रे /
    – महिला अधिकारकर्मीहरू समक्ष कोहि उजुरी गर्ने चाहदैन त /

    भन्दा नराम्रो लाग्छ, तर ति स्वास्नी पाइन भनेर गुनासो गर्ने “क ख ग” हरूले दिनभरी तास खेल्ने, जाँड खाने बाहेक कहिल्यै पनि चेलीबेटी बेचबिखन बिरुद्ध आवाज उठाएन, किन उठाएन दैब जानुन !! (त्यहा अति तास खेल्छन रे, रक्सि त कुरै नगरौ)
    स्वास्नी पाउन त सामाजिक सन्तुलन पनि मिलाउनु पर्यो नि त !

    – जिसके लिए रोए.. उनके आखोंमे आँसु नही.. त्यहाको स्थानीयबासीलाइ सबै थाहा छ / अब त संस्कृतिको रूपमा मौलाइसकेको छ /

    (चीनमा यौटा सन्तान प्रणालीले स्वास्नी बिहिन पुरुषहरू गुनासो गर्छन भन्ने सुनेको थिए..आफ्नै आगनमा अर्को गुनासो पो रहेछ !)

    • एक दम सहि कुरा गर्नु भयो योगेश जी ,
      गरिबी , अशिक्षा त चाडै छ , सबैभन्दा ठुलो त राजनैतिक संरचन
      दलाल जति सबै , पार्टीका कार्यकर्ता ,कुनै एमाले , कुनै काँग्रेस ,अनि कुनै राप्रापा

      मेरो ब्यतिगत अनुभव ,
      कास्की छोरि कसले , कहिले , कहाँ लग्यो, कति पैसा पायो,सबै थाहा हुन्छ ,
      लोकल ले , कहिले पनि बिरोध गर्दैन , किन कि उनीहरु नै सामेल हुन्छन
      बाहिरका (बिसेष गरि NGO का )पुगे भने , ठाडै ज्यान मार्ने धम्कि दिन्चन
      “बेसी बोलिस भने त्रिसुलीमा ” दलालको standard Dialog

  40. के गर्ने येस्ता नरपिचास हरुलाई जो आफुले हिफाजत गर्नु पर्ने मा आफै छोरि बेटी बेच्दै हिद६न् ,, अनि कसलाई आफ्नो छोरि बडी भएको chaara तेस नलाएक पुरुस हरुलाई दिन जो आफ्नो चेली हरुको हिफाजत गर्न सक्दैनन् ,, ६० जना मिल्यो भनेता valley भन्द हुन६ तेती चेली को बेच बिखन रोक्न सक्दैनन् हिजडाहरु

  41. साह्रै दुख लाग्दो समाचार ! कानुनी राजको अन्त्य भएको उदहारण यो भन्दा अरु के हुन सक्छ र ?

Comments are closed.