गाडी मोडल हैन, मान्छे मोडल हेर्न भीड


भृकुटीमन्डपमा अहिले भइरहेको नाडा अटो सो खासमा गाडीको मोडल शो गर्ने प्रदर्शनी हो। तर त्यहाँ भीड भने मान्छेको मोडल हेर्न भइरहेको देखिन्थ्यो। यो नाडा भनेको चैँ के हो भन्ने तपाईँलाई लाग्यो होला। नाडा- नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनलाई छोटकरीमा भनिने शब्द हो। अर्थात् गाडीका थोक विक्रेताहरुको संस्थाले गरेको प्रदर्शनी। सस्तोमा टाटा नानो कारदेखि महँगोमा भक्सवागन र पजेरो, प्राडोसम्म देखिन्थ्यो यहाँ। नेपालको भने मान्छे मोडल मात्रै देखियो, प्रधानमन्त्रीले चढेपछि चर्चामा आएको मुस्ताङ त्यहाँ थिएन।

अनौठो लागेको त के भने त्यहाँ एउटा स्टलमा ५० रुपैयाँ तिरेर मान्छे मोडल र बाइकको मोडलसँग बसेर फोटो सेसन गर्न पाइने सुविधा पनि दिइएको रहेछ। मोडलहरु धेरै भएको स्टलमा दर्शकको पनि भीड थियो। हेर्नुस् केही फोटो-



के साँच्चिकै दावी गरिए अनुसार होला ?

थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्।

50 Comments

  1. आब आफु मोडेल को मात्र फोटो हाल्ने अनि आफु जस्तै अरु पनि मोडेल नै मात्र हेर्न आएको भन्ने, अलि मिलेन नि साथी . सबैलाई आफु जस्तै बोका ठानेको छ कि कसो यो फोटो लिने ले ..

  2. “बोल्नेको पिठो बिक्छ” भन्ने नेपाली उखान तर समय अनुसार देखाउने को समान बिक्छ तेसैले नेपाली मोडेलहरुको प्रयोग भएको होला तर कपडा धेरै भो मात्र २ पिस भए काफी .

  3. हैन सालोक्य जी तपाइँ ले गाडी मेला को फोटो खिच्नु भयको कि? मोडेल मेला को? बुज्ने गारो छ बा’

  4. गाडी त हैन लड्की सारै राम्रो लग्यो / नेपालमा पनि यस्ता राम्रा राम्रा लड्की हरु छन् भनेर गर्ब गर्नु पर्छ / संसार का एक से एक मोडेल लड्की भन्दा नेपाली मोडेल लड्की के कम ? हो कि हैन ?

  5. विदेशी संस्कृतीसँगै भित्रिएको मार्केटिङ्ग रणनीति हो यो, यसमा कुनै आश्चर्यको कुरा छैन ।

  6. ए गाडीका मोडल केटिहरु!!! लल अलि विचार गर्नु छोटो लुगा खस्ला नि विचार पुरानु ल तिमीहरु अरुको अजर मा राम्रो भय पनि….

  7. भैसी किन्दा पाडो उपहार भनेजस्तै गाडी किन्दा मोडल उपहारको कार्यक्रम राखे त नाडा मालामाल हुन्थ्यो। यस्तो चिल्लो गाडीमा राखेर घुमाउन सुहाउने यिनीहरु नै त छन्।

  8. राम्री केटीहरु राखेर मेलाको सौन्दर्य बढाउने राम्रो कुरा हो , यो भनेको घरमा राम्रो फूलहरु राखेर सिंगार गरे जस्तै हो. यसका फाइदाहरु :
    १. ती केटीहरुले केहि पैसा पनि कमाउछन् ,
    २. अनि आयोजकहरुले पनि बढी मान्छे तान्न सक्छन.
    ३. अनि दर्शकहरुलाई पनि २ तर्फी आनन्द .
    जित कसको त? – सबैको .

    मलाई चाही त्यो ३ औ मोडेल (काली काली , half मात्र फोटो भएको वाला ) मन पर्यो, हजुरहरुलाई नि ?

  9. हाहाहा …..त्यो त हो है योगेशजी ,तर बाईक को नया मोडेल लग्यो भने त फेरी अर्को नया मोडल आयो भने साट्न नि मिल्छ तर त्यो केटि मोडल लागिसके पछी अर्को साट्छु भन्दा नपाइने..त्यै भएर बाईक नै ठिक छ…….

  10. गाडी किन्ने हैसियेत हुनेहरु नेपाल मा थोरै छन्, तर लड्की हेर्ने खालका चै थुप्रै छन् भन्ने कुरा एसले देखाउछ

    बले

  11. क्यामराले पनि मान्छे नै खिचेछ! गाडी त मुस्किलले देखिन्छन कसो?

  12. के गर्ने त अब प्रवेश शुल्क तिरे पछी सबै नेपालीको गाडी किन्ने छेमता त हुन्न बरु मोडलहरु हेरेर भए पनि पैसा त उसुल्नु पर्योनी |

  13. जहिले नि महिलाहरुलाई उपेक्ष्या गरियो, पछाडी पारियो मात्रै भन्ने ?? अब त अगाडी परियो होला नि …..!!!

  14. मैले नबुझेको कुरा, नेपालमा मोडेल, अभिनेत्री, गायिका सबै राम्रा, मान्छे हेर्न चै झुत्ति हाल्ने तर तिनीहरु कै बिहे चाई हुन गारो किन होला (सबै चाई हैन अपबाद त जहाँ नि हुन्छ नि !)?
    “beauty ony for see not for touch ” भनेर हो कि “beauty is not only outer appearance ” भनेर हो ?

  15. मेला (नाडा सो) को अन्तमा गाडी र कुडी को हिसाब किताब त अउलानी…कसले के कति व्यापार गर्यो भनेर …कि कसो ????.

  16. होइन हो…………….. यी साचिकै मोडेल हुन् र भन्या? कोरियन र जापानिज गाडी को प्रदर्शनी मा त सारै राम्री राम्री केटि हरु देखिन्छन त, फेरी नेपाली हरु ति कोरियन भन्दा त राम्री हुन्छन त, सस्तो मोडेल हरु ल्याए जस्तो छ 🙂 ………तर जोसले जे भने पनि गाडी बिकाउन राम्री केटि राख्नु र राम्री केटि हेर्न भिड लाग्नु कुनै नौलो र नराम्रो कुरा होइन जस्तो लाग्छा है मलाई चाहि.

  17. आखिर सुन्दर महिला भनेका पुजिपतिहरुका खेलौना हुन् भन्ने कुरा साबित भएको त छानी. यो मेलामा गाडी किन्ने होकी महिला हेर्ने? गाडी किन्ने ले महिला पनि पाउनु पर्ने हो यो फोटो हेर्दा नत्र भने किन महिला ?

  18. बिचरा केटीहरु….राम्री भए भने तेस्तै शो पिस मात्र भइन्छ ……..सबले हेर्छन अनि छाडेर जान्छन…

  19. नेपाली हरुले ५० रुपैया तिरेर गाडी त तेस्तै हो राम्रीराम्री तरुनीहरु चै दर्शन गर्न पाएछ. अब २०० प्रतिशत कर तिरेको गाडी चढ्न त बिचरा नेपाली हरुको बाउ बजेको भन्सारमा जागिर पनि छैन, नेता मन्त्रि पनि छैन. एस जे होस् यस कार्यक्रम आयोजनाले “पशुपतिको यात्रा सिद्राको व्यापार”” चै भएछ नेपाली हरुलाई.

  20. अनि खै त अहिले हाम्रा महिला अधिकारबादीहरु चाहिँ किन चुप? वहाहरुले बोलिदिए सिचुएसन अलि स्पाईस अप हुन्थ्यो कि!!

    • अनि तपाई चैही जानु भएन त ती मोडेल हरु हेर्न लै “`?????

      • भोलि जान्छु – मेरो नातिनी पनि मोडल बनिछे एउटा स्टलमा। उसलाई ईनकरेज गर्न भए नि जानु पर्यो।

        • तपाई कसरि जानु हुन्छ र तपाई त युरोप मा हुनुहुन्छ नि हैन र?

    • तोपजी ! अब महिला अधिकारकर्मीले यस्तो पनि पच्छ्याउदै हिड्ने हो भने न्यूरोडको स्कर्ट पसल पनि बन्द गराउनु पर्ने हुन्छ /
      त्यति मात्र हो र उस्तै परे न्यूरोडमा ४/५ बजे तिर आपतकालीन पच्छौरा बोकेर ५०/६० जना अधिकारकर्मी बस्नुपर्ने हुन्छ !

      • सहि भन्नु भो – मेरो आशय महिला अधिकारबादीहरुले मिस नेपाल प्रतियोगितामा महिलाहरु कमोडिटिको रुपमा प्रयोग भए भनेर पिट्दै गरेको डंका यो कार्यक्रममा चाहिँ किन सुनसान भएछ भन्ने मात्र हो।

      • नांगै हिडे पनि के भो र, हामीले त हेर्ने न हो .. समौनै को जान्छ र ..

  21. मलाई त कोहि नि मोडेल राम्री लागेन, हेर्दै ……….पाण्डब सुनुवार जस्ता

    • बिचरा! मरिसकेका पाण्डव सुनुवारलाई पनि खेदो गर्न छाडेनन् कसैले। लाखौ नेपालीको प्रिय र अग्रज सन्चारकर्मीलाई हामीले दिने सम्मान यही हो त??

      • मैले त उता उखान मात्र रेखेको हो, बस्ताब मा पाण्डब सुनुवार लाई कुनै किसिमले अपमान गर्न खोजेको होइन, अन्यथा अर्थ लागेमा छेमा प्राथी छु /

  22. नेपालको सबै तेस्तै हुन् अनि मोडेल नि अलि गतिलो राखेको भए पो मोडेल भन्ने हह्हा कस्तो अचम्म

  23. राखेको नै हेर्न लाई हो अनि नहेरेर आँखा बन्द गर्नु त l

  24. नेपाली को बानि नै साह्रो
    चौचौ भन्दा उपाहार प्यारो

    • राम्रा तरुनी हरु को फुर्ति नै निकै हुन्थोयो दिन भरि खिस्स दात देखायो बस्यो कति पिडा यिनी हरु लाई र यिनका Boyfriend हरु लाई . यो भन्दा त मेरी काली नै राम्री.

  25. खै के खै के!!नेपाली र नेपाल देश नी मोडेल हरु ले चलायको देश हो जस्तो लाग्छ….

Comments are closed.