तिनको नकचरो पोइ

बुद्ध चेम्जोंग

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

सबिता निकै खुशी थिइन दिपकदेखि, ऊ निकै रोमान्टिक अनि हँसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले। ती बिहे पछिका दिनहरू अनि दिपकसँग बिताएका सम्झनाहरू सविताको मनमा ताजै छ । दिपकसँग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाई ज्यादै प्रभाब परेको छ । त्यसैले अझ पनि सासू ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासू ससुरा पनि बुहारी सबितालाई आफ्नो छोरी झैँ माया गर्छन‌्।

सबिता आज अलिक दिक्दार छे कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुनु जान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाई निन्द्रा लागिरहेको छैन । आखिर मैले त्यस्तो के नै खर्च गरे होला, खालि क्याम्पस फी, किताब कापी अनि केही लुगाहरू अनि स्रिंगगार पटारका सामानहरू त होनी । अरुका लोग्नेले आफ्नो श्रीमतीलाई निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासो गरिरहेकी छे । ऊ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाई । हुन पनि नाना भाति कुराहरू सुनेकी छे, दुबई सहरमा गएर धेरै मान्छेहरू बिग्रिएको, बिहे भएको केटाहरू पनि अरु बिदेशी केटीसँग लाग्छन रे, संगै बस्छन रे इत्यादी । के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिता भावनामा बग्छे, कल्पना गर्न थाल्छिन । आज दिपक आफुसंगै काम गर्ने कम्पनीको एउटी बिदेशी फिलिपिना केटीलाई लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ, दिपक र त्यो केटी एक अर्कालाई अँगालो मारेर बसेका छन् । त्यो अंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ । डु यु लाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ” एस एस, इट्स नाइस मुभी” उसले उतर दियो ।

अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसँग बदला लिन चाहन्छिन, ऊ भन्दा म के कम, जाबो आइ. कम. त पास गरेको छ दिपकले । म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोही मन मिल्दो हेन्डसम केटा भेटेमा साथी बनाउनु पर्ला । के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला, रमाइलो गरौला । अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरू । यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् ।

बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासूले बोलाउदा पो सबिता झसँग ब्युँझिन् । अनि सासू ससुरालाई हतार हतार चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् । सबिताको दिउसोको क्लास थियो पदमा कन्या क्याम्पसमा, दिउसो क्याम्पसमा साथीहरूले सोधे सबितालाई एई! सबिता के छ अनि तिम्रो बुडोको हाल खबर, कतै अरु केटीसँग त लागेको छैन, अलि विचार गर है । विदेशमा त जे गरे पनि हुन्छ रे, कसैले चिन्दैन रे, यहाँ नेपालमा बिहे गरे पनि, म अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे । ” खोइ! ठिकै छ, हिजो फोन गर्नु भएको थियो उहाले” सबिताले छोटकरीमा उतर दिइन् ।

आज पनि किन हो सबितालाई हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरूले “अलि विचार गर है” भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ । सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमा घुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसँग हास्दै होला, तिनले कहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाई मनमनै कल्पना गरी । यो छोरा मान्छेको जात नै यस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु, आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे । तिनलाई अचानक रिस उठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएन नि । तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरू अनि तिनीहरूको बोय फ्रेन्डहरू, कति मोज गर्छन, घुम्छन, संगै बस्छन, आफु चाही सासू ससुरालाई स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरूसँग पनि । सबिता दोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर ऊ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र? लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाई यौबन, जवानीको मजा लिने बानी परिसकेको छ दिपकसँग बिहे भए पछि, आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजा लिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु । “हे! मेरो मन पनि” सबिता आफैलाई सम्हालिन्छे, जे भए पनि उहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई सान्त्वना दिन्छे ।

शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन्, साझ ७ बजे बोलाएको थियो, निकै अरु साथीहरू पनि रहेछन । आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरू पनि वाइन पिउदै रहेछन । सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनि वाइनको गिलास समाइन् । वाइनको साथ साथै केही मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनाले पहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाई खुवाए । सबै जना वाइनले मातिदै गए, केटाहरू चाही कोही व्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केही दिमाग रिन्गाएको जस्तो लाग्यो । त्यहा संगीतको धुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरू आफ्नो बोय फ्रेन्डसँग कम्मरमा पक्रेर नाच्दै, कोही कुरा गर्दै थिए, सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तो गर्नु मन लाग्यो । साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, ” एई सबिता आइज न नाच्न” रिनाले कर गरी, ज्याकसँग भिडाई दिइ, अब सबिता ज्याकसँग नाच्न लागि, ज्याकले हातमा पक्रेर घरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो, अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताको नितम्ब छुदा तिनी लाजले रातो हुन्थिन । आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन् सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता । साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउन आए ।

अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा । दिपक आज साझ त्यो बिदेशी केटीसँग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दै हास्दै होलिन् । दिपक पनि खुशीले त्यो केटीसँग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला । छोरा मान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासँग नाच्दाको मिठो कल्पना गरिन्, ज्याकले पनि जान अन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन् । दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाई च्याप समातेर लाडीन्दै ” आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन” भन्दै होलिन् । दिपक पनि ” एस बेबी, आइ लभ यु टू” भनेर चुम्बन गर्दै होला । आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अब म पनि बोय फ्रेन्ड बनाउछु । आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधै मलाई घुरेर हेरी रहन्छ, आखिर ऊ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् ।

यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु । यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनी बन्द भयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाई घर पठाउँदै छ । कम्पनीले तलब पनि ३ महिनादेखि दिएको छैन, म सँग बचेको केही पैसाले ” सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु । मैले तिमीलाई एकदमै मिस गरिरहेको छु” भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो । कन्स्ट्रक्सनमा काम गर्न कति गाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेर फोनमा भनेको कुरा याद गरिन् । मलाई यति माया गर्ने श्रीमानलाई नाना भाति कुरा सोचे, साथीहरूको लहलहैमा कुरा सुनेर, सबिता आफैलाई दोषी ठानी । तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुन थालिन् । (साभारः साहित्यघर)

[तपाईँ पनि आफ्ना कथा माइस‌ंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

62 Comments

  1. तपाइको लेख वा कथा अबिस्मर्निया छ जहाँ सत्य र वास्तविक कुराहरु गुन्जिएका छन् प्रेम प्रेमिकाको वास्तविक चोखो मायाँ ममताको लाली गुराँस छाएको छ,धन्न्यबाद चेम्जोंग जी / दाइ देबेन्द्र सोम्बाहान्ग्फे किराँत याक्थुंग चुम्लुंग भाइस प्रेसिडेन्ट अमेरिका सेप्तेम्बेर १३ २०११/

  2. कथा समय सान्दर्भिक छ ,मन पर्यो ……..

  3. कथा को संधर्व राम्रो छ तर लेखकी भने राम्रो छैन . आज काल को साहित्य मा मज छैन . मिठास छैन . बिषय बस्तु लाइ मैले १० मा १० दिन्छु तर प्रस्तुति लाइ १० मा २ दिन्छु … यो त मेरो विचार हो नि किन कि यो पढ्दा मैले समय खर्च गरेको छु र मूल्य उठेन …ह्हेहेहे

  4. कथा अहिलेको समय र परिस्तिथी अनुकुल लाग्यो, बिदेसिनु पर्ने बाध्यता र बिछोडको पिडा समग्रमा समेटिएको छ

  5. कथा धेरैनै सान्धरबिक छ | अहेलेको नेपाली बजारलै टपक्कै टिप्न खोजेको देखियो | तर थोरै थोरै पत्रहरुको सोचाईलै भरिभरकम लादिएको छ | जस्तै B.com पढेको केटि त्यो पनि धेरै असल , अनि उसको सोचाई…….. “आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजा लिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु… “

  6. कथामा हामी परदेसीका आबस्थालाई अलि राम्रो संग उल्लेख गरियको पाईएन तर पनि कथा सारै मन पर्यो

  7. यो कथा मलाई समय सान्दर्भिक लाग्यो साथीहरुलाई कस्तो लाग्यो होला ?

  8. बर्तमान नेपाली परिवेशमा, पुरुष मुग्लान पसेको र लामो समयसम्म घर नफर्किंदा नारीमा जुन उत्पीडन हुन्छ, समाजमा उसका वरिपरिका साथि संगी अनि छर-छिमेक्द्वारा जुन शंका उप-संकाको बिज रोपन गरिन्छ र अर्को कुरा नारीमा अहिले जुन किसिमको आवश्यकता भन्दा बढी खुलापनको फेसन आएको छ त्यसबाट निम्तिन सक्ने बर्बादीको ज्वलन्त अभिव्यक्ति हो यो कथा ! कथा सामान्य छ तर संदेश निश्चित रुपमा तार्किक छ! कथाको कमजोरी भनेको शब्द चयन र कथाको शिलशिला हो!

  9. कथा यथार्थ परक लाग्यो शंका ले पश्चाताप को बाटो देखाउछ
    शंका गर्ने मानिस सधै दुखि हुन्छ

  10. चाणक्य नीतिमा लेखिएकोछ ” संसारमा तिन चिज अतिनै महत्वपूर्ण छ, यिनै तिन चिजले संसार चलेको छ तर यी तिन चिज संसारको सबैभन्दा विनाशकारी पनि हुन् / यिनीहरूलाई सहि तवरले प्रयोग गरे उपयोगी छ नत्र बिनाश मात्र / यी तिन चिजलाई सधै नियन्त्रणमा राख्न अति नै जरूरी छ नत्र हानि मात्र पुर्याउछ /” “आगो, पानी र स्त्री ” /

    • कुनै पनि चिजलाई तपाई मुठी मा बेस्सरी कस्नु vayo भने wu स्वतन्त्र हुन खोज्छा.तसर्थ तेस्लाई आफ्नै भेल मा बग्न दिनु parchha . अर्को कुरा स्त्री कुनै नियन्त्रण गर्ने बस्तु हैन…तपाई पुरुषहरु सरह हो…तपाईको comment पददा आफ्नी श्रीमती लाई खुब नियन्त्रणमा राख्नु हुन्छा जस्तो लग्यो / i did 1st time thumb down in your comment .,

      • सबिनाजी !
        धन्यबाद ! पक्कै पनि स्वतन्त्र स्वच्छन्द हुनु खोज्नु मानबिय स्वाभाव हो / मैले महिला पुरुष भन्दा कम छ भन्न खोजेको होइन / र सबै स्वतन्त्र नै छन् तपाइँ र तपाइको सोच जस्तै ! रह्यो कुरा मेरो श्रीमतीको मैले मेरो श्रीमतीलाई काबुले भ्याएसम्म कस्नु पर्ने ठाउमा कसेको र फुकाउनु पर्ने ठाउमा फुकाएको छु / मेरो चिन्ता नलिनुस /

  11. यो कथा पढ्दा मलाई कुनै ८ कक्षा मा पदने विधार्थीले लेखेको कथा जस्तो लाग्यो.समसामिक बिसय मा लेखिएको भएपनि लेखाई अलि कच्चा देखिन्छ. कथाको अन्त सारै मनछुने छ.तेत्ति मात्र कारणले यो कथा राम्रो लाग्यो

  12. कथा पढ्दा लाग्छ सुरु मा लेखक आनन्द ले लेख्दै गए अनि अन्तिम मा गएर कुनै हतार ले कथा लै पुर्णबिराम लाएको जस्तो भन हुन्छ
    कोसिस राम्रो छ
    सुरुवात जस्तै आन्त हुनापयेना दुख लग्यो

  13. कथा राम्रो अनि संदेशमूलक लग्यो| तर त्यस्तो आफ्नो स्वामी दीपकलाई मन पराउने सबिताले मनमा आशंका गर्दै अर्को साथी बनाउनु पर्यो भन्ने बिचार आएको घुम्ती (turning point) अलि साँघुरो जस्तो लाग्यो!

    समग्रमा भन्दा- राम्रो!

  14. लेख उत्कृस्ट लग्यो तर title ले कथा को अर्थ नसमेटेको जस्तो लग्यो, sorry

  15. चेम्जोंग जीका कथाहरुमा प्राय डायस्पोरा साहित्यलाई समेटिएको पाएको छु | मैले तपाईका हरेक रचनाहरु उच्च कोटिमा रहेको महसुस गर्दै आएको छु | पाए सम्म हरेक वेबसाइटमा प्रकाशित तपाईका रचनाहरुलाई पढ्ने गरेको छु | आशा छ अझ राम्रा रचनाहरु पस्कनु हुनेछ |

  16. कथा मार्मिक छ. कथाको सुरुवात र अन्त मन पर्यो. छोटो अनि मनछुने कथा. संकाले लंका जालाउछ-बिना वित्थामा संका गर्ने बानी छाडौ.

  17. नारी हरुको येही संकालु बानि म केटि भए नि मन पर्दैन बिचरा विदेशको जीवन कस्तो हुन्छ आफ्नो परिवारको लागि कति दुख गरेका हुन्छन ,म आफै उहा संग बिदेस आएपछि था पाएको छु | लेख सारै राम्रो अनि यथार्थ परक छ | यस्ता लेख रचना फेरी फेरी पढ्न पाइयोस धन्यवाद लेखक जी …………………………..

  18. हा हा हा ……………………………….. मलाई सारै हासो लग्यो ……………….राम्रो छ .

  19. यस माइ संसार ब्लगमा प्रकाशित यस कथा माथि मिठो कमेन्ट गरि दिनु हुने सम्पूर्ण साहित्य प्रेमी महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु | मैले बिगत २ वर्ष देखि बिभिन्न वेबसाइट तथा पत्र पत्रिकामा कहिले कहिँ समसामयिक लेख, कविता तथा कथाहरु लेख्ने गर्दछु |

    बिशेष गरि http://www.majeri.com मा मेरा १५/१८ वटा रचनाहरु प्रकाशित छन्, हेर्नु सक्नु हुनेछ |

    यस माइसंसार ब्लग संचालक टिमलाई पनि मेरो कथा प्रकाशित गरि दिनु भएकोमा बिशेष धन्यवाद दिन चाहन्छु |

    बुद्ध चेम्जोंग, न्युयोर्क

  20. वास्तविक घटनालाई कथाकारले राम्रो संग मिलाएर लेखेनुभाकोमा कामनाको लहर लेखक जी ,मैले देखएको परिबेशमा केटा भन्दा केटि धेरै बिग्रिएको मेरो आगाडी छ ,,,,,

  21. धेरै राम्रो लेख र अन्त्य पनि निकै राम्रो छ यो लेख त मेरो बुढीलाई पनि पढ्न भन्नु पर्यो लेखमा भने जस्तै खाली कच् कच् गर्छ ।

    • राम जी ले भनेझैं प्राय जसो सबैका श्रीमतीहरुले शंका गर्छन र कच कच पनि तर कतिपय श्रीमानहरु श्रीमतीलाई ढाँटेर बिदेशी केटिहरुको बहुपासमा मस्ती गरिरहेकाछन यो पनि सत्य हो | चेम्जोंग जी तपाईंलाइ साधुबाद ! बडो शान्दर्भिक मार्मिक र वास्तविकतालाइ उजागर गरि प्रस्तुत गर्नुभएको छ फेरी पनि धन्यबाद !

  22. कथा अतिनै उत्तम छ, लेखकलाई धेरै धन्न्यबाद ! पैला२ ”नजाऊ बिदेश नेपाल मै पाइन्छ जागिर” भनेर गीत गाउथे, अनि जानेहरुको वास्तविक जीवन यहि माथिको कथा जस्तै हुन्थ्यो, हिज-आज बल्ल प्राय सबैजसोले बास्ताबिक्मा भोग्दैछन् ! र यो कथाले राम्ररी पाठ दिलायको छ !

  23. विदेश बस्ने हरु को लाभाग कथा लाई समेट्ने कोसिस गरेको छ | मलाई मन पर्यो | धन्यवाद |

  24. एकदम सान्दर्भिक छ | विदेश बस्ने हरुको समस्या लाई लगभग समेट्ने कोसिस गरेको fiction रहेछ | मन पर्यो धन्यवाद |

  25. कस्सो दिपक ले बेलैमा फोन गरेछ , अलिकता ढिलो मात्र गरेको भए…..?? कथाको अन्तिम भागले कथालाई रोचक बनाएको छ!

    • कथाले राम्रै संदेश दिन खोजेको हो तर अलि हतार हतारमा सुरुवात अनि अन्त्य पनि गरेको जस्तो लाग्यो /
      यो श्रीमान् अनि श्रीमतीको सम्बन्धमा understanding वा समझदारी कायम गर्ने भन्ने कुरा जति भन्नु सजिलो छ त्यत्ति नै व्यवहारमा लागु गर्न गार्हो हुँदो रहेछ /
      म बिदेशमा छु बिगत लामो समय देखि अनि मेरी श्रीमती पनि म सितै छिन बिदेशमा / हामी समग्रमा हाँसी खुसि राम्ररी नै दिनहरु बिताउदै छौँ / उनि पनि काम गर्छिन अनि म पनि काम गर्छु / फरक त्यहि हो कि काम गर्ने ठाउँ फरक परिदियो अनि फरक कम्पनि / फरक फरक समय /
      प्रायःह म घरमा हुँदा उनि काममा हुन्छिन अनि म काममा हुँदा उनि घरमा / उनि काममा हुँदा मेरो मनमा पनि अनेक प्रकारका कुराहरु खेल्ने गर्छ / जस्तो कि कतै कुनै केटाहरुसित पो छिल्लिंदै छिन कि काम गर्ने ठाउँमा वा कतै केटा म्यानेजरले पो अवसरको फाइदा लिन खोज्दै छ कि आदि इत्यादी / अनि कहिले कहीं अलि ढिलो घर आइन भने वा फोन सम्पर्क भएन भने पनि अनेक शंका उपशंकाले घेर्ने /
      मेरी श्रीमतीको पक्षको त बर्णन गरेर साध्य नै छैन / कहिले कहिँ त हे भगवान कुन मति बिग्रेर बिहे गरेछु भन्ने सम्म पनि बनाई दिन्छिन / म काम गर्ने कम्पनीको केटि म्यानेजरको फोन आयो भने पनि किन फोन गरि ? भनेर हैरान पार्छिन / कामको प्रकृति नै त्यस्तै छ कि फोनबाट नै अघिल्लो कार्यक्रमको बारेमा निर्देशन दिनुपर्ने म्यानेजरले / अनि कामको सिलसिलामा कम्पनि वारम्वर गइ रहनु पर्ने हुन्छ रिपोर्ट बुझाउन अनि उता मेरी श्रीमती कुरा सुनाउन थाल्छिन … त्यहि डंकिनिलाई भेट्न अनि हेर्न त वारम्वर त्यहाँ गैरहनु पर्ने ???
      मैले मेरी श्रीमतीलाई कहिले पनि धोकामा राखेको छुइन र उनीले पनि मेरो कदम भड्किएको कहिले पनि पाएकी छैनन् / त्यसै गरि उनि पनि कहिले पनि त्यस्तो व्यवहारको अनि गलत कदम उठाउने खालको पाएको छुइन / फेरी पनि हामी दुवैजना मा यो कमजोरी छ अनि कहिले कहिँ त यस्ता यस्तै अनावस्यक कारणहरुले गर्दा हामी विच ठुलो ठुलो झगडा पनि हुने गर्छ /
      हामी बिदेशमा संगै छौ र पनि यस्तो अवस्थाबाट गुज्रीरहेका छौ भने माथिको कथामा जस्तो श्रीमती नेपालमा अनि श्रीमान् बिदेशमा हो भने कस्तो अवस्था हुन्छ त्यो म सजिलै अनुमान गर्न सक्छु /
      फेरी सत्यता पनि त छ नि कि श्रीमती नेपालमा छोडेर विदेश जाने प्रायःह श्रीमानहरु भड्किने गरेका मेरै आँखाले यहि वरिपरी देखिरहेको छु अनि श्रीमती हरु पनि लोग्ने छोरा छोरीहरु नेपालमा छोडेर बिदेशमा बंगाली, पाकिस्तानी, इन्डियन अनि गोरा हरुसित मोज मस्तीमा /

  26. नेपालि हरु ले जन्म दिन मा किन केक काटछन्? किन वाइन खाएर नाच्ने भनेको के हो? यो कुरा मलाइ कहिले पचेन !

    म अमेरिका बसेको बाह्र पुगेर तेह्र बर्ष लाग्यो, आज सम्म मैले मेरो श्रीमती बच्चा हरु कसैको जन्म दिन मनाएको, केक के जाति काटेको थाहा छैन, हामि त मन्दिर जान्चम, नसके घरमै महा मृत्युन्जय पाठ गर्चम; नेपाल के सारो कुहिएको? कति बिदेशी हावा लागेको? के खान नेपालि हरु लाइ “केक” काट्नु पर्ने? बर्थ डे मनाउनु पर्ने? पहिला उपनिवेश्काल मा अंग्रेज हरुले यस्ता कुरा जबर्जस्ति लादने गर्थे, अहिले हाम्रा नेपालि हरु आफ्नै देश मा कुनै अंग्रेज को उपस्थिति र प्रेशर नभएको स्थिति मा पनि तिनीहरु कै संस्कार को अनुसरण गरि रहेका छन् ! किन यो अज्ञान?

    • महाशय चैँ अंग्रेजले एशिया छोडे पनि अंग्रेजकै पछि लागेर तेतै तेही अंग्रेज को खै के जाति काम गरेर बस्ने अनि फेरी फुर्ति लगाउने? जन्म दिनमा केक काटुन कि पूजा गरुन, आखिर नेपालमै बसेर त गर्दै छन |

    • म पनि सहमत छु तपाई को कुरामा । हामी पनि खिर पकाएर खान्छौँ, पुजा पाठ मन्दिर जान्छौँ, । यस्तै यस्तै काम गर्छौ । केक काट्ने हाम्रो संस्कृति नै हैन । अनि हेरे न मान्छेहरूलाई तपाईको कुरा नपचेको ? बाबा, के सारो हो मान्छेहरू !

    • क्या फुर्तिसाथ सुनाउनु भयो १२/१३ वर्ष अमेरिका बसेको कुरा. केक काट्नु अपराध त पक्कै होइन. मुस्लिम जस्तो धर्ममा कट्टर तेही पनि साउदी जस्तो ठाउमा त ह्याप्पी बर्थडे टु यु भनेर जन्मदिन मनाउछन्.तपाई तेहा श्राद गर्ने बाहुन होकी क्या हो? अमेरिका मा टन्नै पिण्ड दान पाइन्छ भनेर ढुकेर बस्ने अनि नेपाललाइ कुहिएको भन्ने? आज अंग्रेज को पो कुरो गर्नु भो बा! साचिकै देश को माया लाग्छ भने कमसेकम जहाँ बसेनी गाली त नगर्नु. तपाई जस्ताको कुहिएको अख मा सब चिज कुहियेकै देखिन्छ. केक काट्यो भनेर ३ छक्क परेको रे!! संसार भरि आजकल इन्ग्लिश चल्छ तपाइले लगाको कट्टु पनि इंग्लिश नै हो अब बनारसी लंगौटि लाउनु हुन्छ भने तपाई पियोर नेपाली बन्नु भो तपाई कै हिसाब मा. वा वा वा

  27. उच्ह स्तर को कथा रहेछ ,दौलत बिक्रम बिस्ट को याद आयो | कृपया लेख्दै जानु होला |

  28. बास्तबिकतामा आधारित साह्रै मन छुने लेख रहेछ लेखक लाइ साधु बाद छ

  29. बिदेश मा कस्तो हुन्छ भनया बिदेश मा बश्ने लाई नै थाहा छ ……….

  30. हामी पनि अरबी चाउरे परियो, मन छुने लेखको लागि धन्यवाद |

  31. कथा धेरै नै मार्मिक अनि वास्तविक छ, हाम्रो परिवेश अनि देखावटी संसारको एउटा पाटोलाई छर्लंग पारेको छ, नेपाली नारीहरुको लागि पदने पर्ने कथा छ

  32. सारै मार्मिक कथा …… मेरो त मुटु नै दुख्यो… ….विदेशमा सबै मोज मज्जा नै गर्छन भन्ने भनाइ लाई गलत साबित गर्यो यो कथाले …… तर सबै विदेश जाने ले यो सब काम गर्दैनन् भन्ने छैन …… कोहि कोहि हुन्छन पनि ………

  33. कथा अलि बढी नै काल्पनिक भएपछि अन्तमा राम्रो सन्देश दिएको छ।

  34. बिदेशिएका युवा हरु को घर परिवारको आर्थिक अवस्था राम्रो भए पनि उसको जाहन ले मानसिक पिडा खेप्नु पर्ने कुरा को राम्रो प्रस्तुति, अन्तिम मा मान छुने खाल को एथार्थ कथा

  35. धेरै राम्रो लेख, वास्तविक लेख ……………आहिले नेपालमा भै राको घटना मा आधारीत………………………….
    ती आइमाईहरु (जसका श्रीमान् बिदेश गएका छन्) ले यो लेख पढी दे देखि तिनी हरु को बुद्धि फिर्थ्यो कि …।
    —–रबि

  36. कथाकार को बेजोड प्रस्तुति को लागि यो अन्जान को सलाम | निरन्तरता दिनु होला ……..| किशोर तिवारी [अन्जान] मलेसिया

  37. कथा राम्रो छ ,हाम्रो समाजमा घट्ने वास्तविकता हो यो कथा ,रोजगारविहीन हाम्रा युबाहरु बिदेसिने अवस्था र त्यसबाट उत्पन्न पारिवारिक समस्या लाई उठाएको छ यो कथाले |धन्यबाद लेखकलाई |

  38. अति राम्रो लेख छ l बुद्ध जी राम्रो प्रस्तुति को लागि धन्यबाद …………..रंगहीन सपना मा एथार्थ लाई बुज्दै नबूजी दौडने को लागि प्रेणा हुन सक्छ ……………….!!!!!!!!!!!!!

  39. छोरी मान्छेको को वास्तविक सोचाई….. हतारमा निर्णय अनि फुर्सदमा पश्चाताप….:)

  40. सुरुमा पढ्दा त के एस्तो लेख लेखेको होला जे पायो तेई भनेको त पढ्दै जादा अन्तिम मा त सारै मन छुने रैछ ……..राम्रो लाग्यो मलाई…..

  41. बुद्ध जी राम्रो प्रस्तुति/सम्पर्क नभयको धेरै भय पनि तपाई का प्रकाशित रचना नबिराई हेर्ने गर्छु/दाई डम्बर

    • डम्बर दाइ, अहिले कता हुनुहुन्छ? धन्यवाद दाइ, अझ राम्रो कथाहरु लेख्ने प्रयास जारी छ |

  42. वास्तविक लेख ………धेरै राम्रो लेख ……आइले नेपाल मा भै राको घटना मा आधारीत् .
    ति आइमाई हरु ले यो लेख पढी दे देखि तिनी हरु को बुद्धि फिर्थ्यो कि ….
    कमल

    • प्राय ७५% पुरुष हरु विदेश गएछि मस्ती नै गर्छन.विदेश मा आफ्नै श्रीमती संगै हुदा hudai त गर्छन…

Comments are closed.