इन्द्रजात्रामा रमाएको काठमाडौँ

इन्द्रजात्राको तेस्रो तथा मुख्य दिन आज कुमारीको रथयात्रा पुरानो काठमाडौँका तल्ला टोलहरुमा (क्व:नेयाः) गरियो। आउनुस्, आज म तपाईँलाई फोटोबाटै इन्द्रजात्राको रमझम मसँगै हेराउन काठमाडौँ लैजाँदैछु। सुरुवात जीवित देवी कुमारीको फोटोबाट-

रथमा विराजमान कुमारी। फोटो सौजन्यः एएफपी

कुमारीसहितको रथ आउन बाँकी छ। आज रथ चिक‌ंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, कोहिति, भीमसेनस्थान हुँदै बसन्तपुर पुग्छ। बसन्तपुर दरबार क्षेत्रमा रथको प्रतीक्षामा बसेका जनसमुदाय।


हेर्नुस् त मन्दिर भर मान्छे नै मान्छे। ठाउँ अलिकति पनि खाली छैन।

म तपाईँहरुलाई यो दृश्य देखाउन कुमारी घरअगाडि रहेको दशअवतार देखाउने मन्दिरमा छु।

लौ कुमारीको रथ तान्दै ल्याइँदैछ।


कुमारीको रथलाई अब कुमारी घर बाहिरको रथ पार्क गर्ने ठाउँमा राखियो। सफलतापूर्वक रथ त्यहाँ राखेकोमा उपस्थित सबले ताली बजाएर स्वागत गरेका छन्। ड्याङ्ग…..अहो, के आवाज आएको यो ! तपाईँले जुन धुँवा देख्नुभएको छ नि फोटोमा, त्यो बन्दूक पड्काउँदाको धुँवा हो। कुमारीको रथ त्यो ठाउँमा राखिसकेपछि तीन पटक पड्काइन्छ बन्दूक। त्यसपछि कुमारीलाई बोकेर कुमारी घरभित्र लगिन्छ।


कुमारी भनेर नझुक्किनुस् नि। यिनी त गणेश हुन्। आज कुमारीको मात्र हैन, गणेश र कुमारको पनि गरी तीन वटा रथको यात्रा हुन्छ। गणेश र कुमारलाई पनि कुमारी घरभित्रै लगिन्छ सुरुमा। तर यिनीहरु त्यही घरमा भने रात बिताउँदैनन्। कुमारी घरमा कुमारी मात्रै बस्छिन्।


आउनुस् अब म तपाईँलाई बसन्तपुरबाट हनुमानढोकातर्फ लैजान्छु। हनुमानढोकाबाहिर यो श्वेतभैरवको मूर्ति हो।


यो मूर्ति इन्द्रजात्राको अवसरमा आठ दिन मात्र खुला राखिन्छ। अरु बेलामा छोपेरै राखिन्छ।


यो मूर्तिको मुखमा जुन धारा जस्तो छ, त्यसबाट अहिले एकैछिनमा विशेष जाँडको प्रसाद बग्छ। त्यो पिउन यहाँ हानाथाप हुन्छ।


ल हेर्नुस्, बहाउन थालियो प्रसाद।


खानेको भीड पनि लाग्न थालिसक्यो।

अहो, आज त दागीँ र बौमतः पनि निकाल्ने दिन हो। त्यसका लागि फेरि काष्ठमण्डप जाउँ।


दागीँ निस्कन अझै केही समय लाग्छ होला। इन्द्रजात्राको दिन कुमारीको रथ तान्न सकिएपछि काष्ठमण्डप मन्दिर पछाडिबाट निस्कन्छ दागीँ। यहाँ घुँन्या घुमाउने काम भने सुरु भइसकेको छ।


लौ हेर्नुस् दागीँ पनि निस्कियो। आज त साढे नौ बजे नै निस्कियो। नत्र मध्यरातसम्म लम्बिन्थ्यो। दागीँलाई इन्द्रकी आमाको प्रतिकका रुपमा लिइन्छ। उनकै पछि यो वर्ष मरेकाहरुको परिवारबाट मृतात्माको शान्तिको कामना गर्दै सेतो लुगा लगाएका आफन्तहरु जान्छन्। अगाडि संगीत ढ्यान ट्यान ढ्यान ट्यान। अनि फटाफट हिँड्दै अघिअघि दागीँ, पछि पछि सेतो लुगा लगाएकाहरुको ठूलो भीड।


अनि काष्ठमण्डप कै छेउमा यो बौमतः निकाल्ने तयारी हुँदैछ। बाँसको लामो लहरमा बत्ती बालेर सहर डुलाउने प्रक्रिया हो यो। दागीँ र बौमतःले एकआपसमा देख्न हुन्न भनिन्छ। त्यसैले दागीँले खड्ग आकारमा काठमाडौँका भित्री इलाका घुमिसकेपछि बौमतः त्यही बाटो पछ्याउँदै हिँड्छ। बौमतःमा सायमि अर्थात् मानन्धरहरु सहभागी हुन्छन्।


अब एक पटक बसन्तपुर क्षेत्रको रमाइलो दृश्य हेर्ने कि।


मन्दिरहरु बत्तीको झिलिमिलीले रमाइलो देखिन्छ।


गद्दी बैठक पनि राति रमाइलो देखिन्छ। यहीँ अघि साँझ राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुले कुमारीको रथ यात्रा सुरु भएको दृश्य हेर्छन्।

19 Comments

  1. म U S A मा बसेर पनि कुमारी जात्रा दर्सन गर्न पाएकोमा आभारी ब्यक्त गर्न चाहन्छु |जय नेपाल |
    कुमारी मत जन जनको कल्याण होस् | सुबुड्डी प्रदान गरुन |

  2. धेरै धेरै धन्यवाद सालोक्य जी तपाइँ अनि प्रत्येक ति व्यक्तिहरुलाई धन्यवाद जो यहाँ उपस्थित भएर हाम्रो अमुल्य संस्कार लाइ जोगाउन लागि पर्नु भएको छ ! यि संस्कार हाम्रा धरोहर हुन् र यहाँ उपस्थित यो जनसागर कुनै आम-सभामा उर्दी जारि गरेर ल्याईए जस्तो होइन त्यसैले आशा छ यो संस्कृति प्रति त कसैलाई नजानिँदो दासत्वको गन्ध न आउला कि ? फेरी पनि शंकै छ किनकी यि परम्परा पनि देशको झण्डाको उदयकाल देखिकै हुन् सायद अनि अपवाद छाडेर अधिकांश नेपाली लाइ गर्व र शान छ यि माथि !

    असाध्यै मन पर्यो धन्यवाद

  3. It seems everyone loves indra jatra…
    How many would agree to make your child as kumari? To make her live in that house for few years? No decent education… no normal life…. nothing.

  4. कला, परम्परा, संस्कृति, सद्भावको धनी देश नेपाल- सधै हांसी रहोस, फैलियोस, झांगीयोस!
    🙂

  5. हाम्रो कला, संस्क्रिती, भाषा, धर्म, संस्कार सबै हाम्रा अनमोल धरोहर अनि सम्पती हुन् । गर्व छ मलाई मेरा यी अनमोल धरोहरप्रति । ईन्द्रजात्राको फोटोहरु तुरुन्तै Update गर्नु भएकोमा हार्दिक धन्यवाद उमेश जी ।

  6. सबै ले नपाल र नेपाली कति गरिब मात्र भन्न ठानेका होलान तर उनि हरु लाई के थाहा हामी हाम्रो संस्कृति मा कति धनि छौ भनेर !!

    यो त हाम्रो देश को बिडम्बना हो कि यहाँ का शासक हरु ले गर्दा हाम्रो देश आज एस्तो भयो

    सलाक्यो जी लाई यो लेख र फोटो को लागि धन्यवाद

  7. This is one the few cultures which has given an immense recognition of the Nepalese society and the culture of the Nepal around the world. These cultures must be kept alive to the new generations of our own society and the rest of the world.

    These kind of the culture will certainly make every nepali feel proud to be the part of this Nation and the society.

    I am proud to be Nepali and love my Nepal more than my own soul.

    Jay Matribhumi Nepal.
    Gyanendra Niraula

  8. सालोक्य जी यो कुमारी को रथमा को को बस्न pauchha कि नियम ले नै तोकेको हुन्छा यो यो बस्ने वनेर कृपया मलाए बतेदेनु होला dhanyebad

  9. धन विदेश मा छ …..मन नेपाल मा छ……नेपालीहरुको.!!!!!
    नेपाल मा बस्दा , नेपाल का सबै चिज लाइ गालि गरियो…अब विदेश बाट चाही ठिक्क पार्न मन लाग्ने !!!
    यो मन त मेरो नेपाली हो …..
    दोधार मा परेको हाम्रो समाज ….चक्रव्यू मा फसेका हामि नेपाली..

  10. एकदम राम्रो छ उमेश जी. धन्यबाद छ तपाई को यो काम लाइ ! नेपाली मै रहेको जस्तो अनुभूति भो !

  11. जहिलेदेखि जसरी परम्पराको रूपमा स्थापित भएको भएपनि हाम्रो संस्कृति,चाडबाड,मेलाजात्राले हाम्रो जनजीवन सुन्दर सुसंस्कृत र मनोरंजनमय बनाइ सामाजिक यक्यबद्धता कायम राख्न सफल भएको छ /
    मानिसलाई खाना लाउन र बस्न पुगेर मात्र जीवन सहज हुदैन, समयसमयमा हुने मेला जात्राले थप उर्जा प्रदान गरिरहेको हुन्छ /
    – म आफु पनि ढोलकको तालमा ख्यालिलाई भगाउने लाखे नाच नाच्ने गर्थ्ये / कस्तो याद ताजा भयो / तस्बिरहरूको लागि धन्यबाद सालोक्यजी !

  12. सलोक्याजी इन्द्रजात्राको रमाइलो जानकारी दिनुभयकोमा धेरै धेरै धन्यवाद

  13. काठमाडौँको सांस्कृतिक गौरव सचित्र पस्किदिनु भएको मा हार्दिक आभार!

  14. धेरै धेरै धन्यवाद सालोक्य जी तपाइँ अनि प्रत्येक ति व्यक्तिहरुलाई धन्यवाद जो यहाँ उपस्थित भएर हाम्रो अमुल्य संस्कार लाइ जोगाउन लागि पर्नु भएको छ ! यि संस्कार हाम्रा धरोहर हुन् र यहाँ उपस्थित यो जनसागर कुनै आम-सभामा उर्दी जारि गरेर ल्याईए जस्तो होइन त्यसैले आशा छ यो संस्कृति प्रति त कसैलाई नजानिँदो दासत्वको गन्ध न आउला कि ? फेरी पनि शंकै छ किनकी यि परम्परा पनि देशको झण्डाको उदयकाल देखिकै हुन् सायद अनि अपवाद छाडेर अधिकांश नेपाली लाइ गर्व र शान छ यि माथि !

Comments are closed.