गुँडपाक, मुस्तांग र शास्त्री

-उत्तम बाबु श्रेष्ठ-

दैनिक हजारौं मान्छेले किन्ने, लाखौंको व्यापार गर्ने, बर्ष भरि ३६५ दिन नै सधै मान्छेहरुको भिड लाग्ने, स्वदेश विदेशमा बस्ने नेपालीहरुले लाने कोशेली उत्पादन गर्ने न्युरोडको गुँडपाक भण्डारलाई किन गर्न पर्यो होला त्यस्तो अपराध कर्म ? गुँडपाक भण्डारका मालिक नरेन्द्र मास्केले सजिलै आफ्नो व्यापारबाट पैसा कमाउँदा कमाउँदै त्यतिले नपुगेर किन त्यस्तो ‘खराब’ बाटो रोज्न पुगे होला ? भारतिय लेखक गुरुचरण दासले यस्ता धेरै प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न गरेका छन् ‘The Difficulty of Being Good’ (असल हुनका कठिनाई) भन्ने पुस्तकमा । प्रश्नहरुको जवाफ खोज्नेक्रममा उक्त पुस्तकमा लेखक दासले यस्तै प्रकृतिको भारतमा सन् २००९ जनबरी ७ मा घटेको ‘सत्यम काण्ड’को सहायता लिएका छन् । चालिस हजार मान्छेहरु काम गर्ने भारतको चौथो ठुलो आइटी कम्पनी सत्यम (असत्यम) ले कम्पनीको खातापाता फेरवदल गरि करिब ७००० करोड भारुको राजश्व घोटाला गर्न पुगेको थियो । आधुनिक मान्छेको जीवनलाई महाभारतका विभिन्न पात्रहरुको जीवनसँग तुलना गर्दै आधुनिक मान्छेको नैतिक द्विविधालाई केलाउदै गुरचरण दासले असल र खराब बाटोको बारेमा प्रसस्त व्याख्या गरेका छन् उक्त पुस्तकमा । गुरुचरण दास लेख्छन्, असलबाटो अवलम्वन गर्नको लागि नैतिकवान हुनु पहिलो सर्त हो ।

प्रकृति फरक भएपनि महाभारत जस्तै ‘जनयुद्व’ नामको लडाई लडेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिखेर नेपालमा बनेको ‘मुस्तांग म्याक्स’ गाडी चढ्छन् । भनिन्छ उनको त्यो गाडी उनको सुरक्षाकर्मीहरु चढ्ने गाडीभन्दा सस्तो छ । उनका समकक्षीहरु प्रचण्ड, झलनाथ, माधवहरु महंगा गाडी चढ्न तछाडमछाड गरिरहँदा, उनले स्वदेशमा निर्मित उक्त गाडी चढेर मितव्ययीताको सन्देश दिन खोजेका छन् । तर कतिपय मान्छेहरु उनको उक्त कर्म ‘ढाेंग’, ‘सस्तो लोकप्रियताको लागि गरिएको नाटक’ को रुपमा बुझ्दछन् । महंगो गाडी चढ्ने, ठुलो घर हुने, उच्च पद हुनेलाई ‘ठुलो’ मानिने हाम्रो जस्तो पद सोपान भएको (hierarchical) समाजमा ‘नेभर-सेकेण्ड’ प्रधानमन्त्रीको बुझे होलान् नेपालको एकनम्बर कार्यकारी पदमा पुगेपछि किन चाहियो महंगो गाडी ? त्यसैले उनले त्यो लोभको खराब बाटोलाई चटक्कै छोडेर हिडेका छन् । तर समाजमा अधिकांश मान्छेहरु ठुलो पदमा पुगेपछि सकेसम्म बढि सुविधा लिने, पैसा कमाएपछि जुनसुकै उपाए अवलम्वन गरेर भएपनि झन् बढि कमाउन खोज्ने प्रवृत्ति देखिन्छ । हामीले बाँचिरहेको पुँजीवादी समाजमा देखिने यस्ता लोभी प्रवृतिलाई पाप कर्मको रुपमा अर्थ्याएका गुरुचरण दास लेख्छन्, लोभले मान्छेलाई क्षयीकरण र भ्रष्टीकरण मात्र गर्दछ ।

सुनिदैछ, प्रधानमन्त्री राष्ट्रसंघको महासभामा न्युर्योक आउँदा सर्वसाधारण चढ्ने प्लेनको ‘इकोनोमी क्लास’को सस्तो टिकटमा आउदैछन् । गाडी र प्लेन चढ्न मितव्ययी भएका प्रधानमन्त्रीको यस्ता कार्यहरुले राज्यलाई कति फाइदा गर्ला ? दश, वीस वा तीस लाख ? पैसाको नै हिसाब गर्ने हो भने एउटा राज्यको लागि यो अत्यन्त न्युन रकम हो तर यसले निर्देश गरेको बाटो भने अमुल्य छ । नैतिकताको खडेरी हामीले वाँचेको समाजमा यत्रतत्र देखिएको बर्तमानको यथार्थ हो । अनमोल स्वीट्सदेखि गुँडपाक पसलसम्म, दुध उत्पादकदेखि फलफुल व्यापारीसम्म, नेतादेखि कार्यकर्तासम्म । जसले जनतालाई नैतिकताको पाठ सिकाउनु पर्ने हो उनीहरु आफै नैतिक छैनन् । मन्त्रीहरु पद खुस्किसकेपछि पनि सरकारी सुविधा जवरजस्ती लिन्छन्, सभासद काठमाडौंमा घर भएतापनि घरभाडा बुझ्छन्, कर्मचारीहरु काम नगरि तलव खान्छन्, व्यापारीहरु मिसावट गर्छन् । सिंगो प्रणाली नै अनैतिक आचरणले भरिएको बेला नैतिकताको पाठ पढाउने कस्ले ? नैतिकताको लागि लोभको त्याग अनिवार्य छ । त्याग गर्नु संभवत सबैभन्दा कठिन काम मध्य एक हो । निकै कम मान्छेहरु मात्रै यस्तो त्याग गर्ने खुबी राख्छन् । तर मान्छेहरुले के बुझेका हुदैनन् भने त्यागमा जस्तो तागत प्राप्तीमा कदापी हुँदैन । बाबुरामले त्यागको मार्गमा हिड्ने प्रयत्न गरेका छन्, साधारण बन्ने कोशिस गरेका छन् ।

भारतीय पुर्व प्रधानमन्त्री लालवहादुर शास्त्रीलाई सबैको प्रिय बनाएको थियो उनको साधारणपनले । मन्त्री, प्रधानमन्त्री हुँदा पनि उनी सधै साधारण पहिरनमा हुन्थे, सधै घोती कुर्ता लगाउथे । उनको साधारण पहिरनको कारणले गर्दा धेरै मानिसहरु उनको अगाडि सुट टाई लगाउन असजिलो मान्दथे । सन् १९५१ देखि १९५६ सम्म भारतको रेल मन्त्री बनेका शास्त्रीले सन् १९५६ मा रेल दुर्घटना भएकोले नैतिकताको आधारमा राजीनामा दिएर सबैलाई नैतिकताको पाठ पढाए । भनिन्छ, शास्त्रीको मृत्यु पश्चात भारतको राजनितिमा नैतिकताको खडेरी पर्दै गयो । उपल्लो पदमा बस्नेहरुले अलिकति मात्रै नैतिक आचरण देखाउन सके भने संभवत नेपालको राजनिति, सामाजिक र आर्थिक प्रणाली केहि सफा हुने थियो । किनकी नेपालमा सवैभन्दा धेरै फोहर जमेको भनेकै स्थान नै यसको मुहानमा हो । जति ठुलो नेता उति अनैतिक, जति ठुलो कर्मचारी उति भ्रष्ट, जति ठुलो व्यापारी उति ठुलो कालोबजारी हामीले अहिले देखेको/सुनेको तथ्य हो । मुहान सफा भए नै शुद्व पानी बग्ने हो । मुलुकको एकनम्बर कार्यकारीको मुहान सफा गर्ने कार्यले निरन्तरता पाओस् । गुरुचरण दास लेख्छन्, यद्यपी संसार अन्धकार र अवगुणहरुले भरिएको छ, हामी सधै असल कर्मको लागि लागीपरिरहेका हुन्छौं ।

27 Comments

  1. हेरे सबै साथीका प्रतिक्रिया ठिक्लाग्यो मान्छे बाबुराम सबैजसो नेपालीले छानेको व्यक्ति हुन् जब जब उनका राय र बिचारलाई घुन पुत्ला मुसा फट्यांग्रा जस्ता अरु थुप्रै नेताले आफ्नो स्वार्थको लागि अस्विकार गर्छन अनि नीति उल्लघन गर्छन त्यतिबेला उनलाई कर्मच्युत हुनुपरेको घडी क हामी संग घुन पुत्ला नियन्त्रण गर्ने औसधि हुनु जरुरि छ के हामी संग त्यो छ?

  2. ethic is most important thing to have as a responsible human being.. every profession has their ethic..but, unfortunately, in our country they just go to temple to worship god.. and thinks that they did very good job.. if that was a very good job .. what is this … not only those businessmen who caught in raid …moreover, so called leader, bloody hell they are bigger criminal…

  3. अरुकेही गर्न नसके पनि राम्रो कुराको सह्राहना र आभार ब्यक्तगर्न हामि चुक्नुहुन्न न त कन्जुस्याइनै गर्न उपयुक्त हुने छ!हामी सर्बसाधारण ले यति गरेमा मात्र पनि देशले परिवर्तन अनी उन्नती र प्रगतिको गोरेटो पकड्ने छ! डा बाबुराम ले जे गर्दै छन् तेसले धेरै को मन पेट पोलेको छ! उकुस मुकुस र असह्य भएएको छ हामि बुझ्न सक्छौ तिनीहरुको औडाहा र छटपटाइ देखेर! डा बाबुरामले नैतिकताको खडेरी नै पारेको यो देशको राजनीति र सरकार होस् या अर्थतन्त्रमा नैतिकता र निस्ठाको एउटा लक्ष्मण रेखा कोरी दियको छ जसलाई नाघ्न अबका नेता हुँ भन्नेले कम्तिमा पनि तीन पटक सोच्ने पक्कै छ! त्यो नै आजको अवस्था रसन्दर्भमा बाबुरामको सफलता हो!

  4. उत्तम जी, धेरै राम्रो प्रासंगिक लेख पान गर्न मौका मिल्यो l यो एकदमै सत्य कुरा हो मुहान सुद्द गर्न सक्यो भने पनि केहि हद सम्म नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्छ l प्रसङ्ग कसले पहिला सुरु गर्ने ठुलो कुरा हो l नैतिकता जोगाएर राख्न सक्ने ? नैतिकता बनाउन प्रयास गर्ने ? जमात को सिर्जना पहिलो प्रयास प्रधानमत्री श्री बाबुराम भट्टराई धेरै राम्रो छ l यो कुरा को नियमितता धेरै जरुरि पर्दछ l उहाले मार्गदर्सक को रुपमा अगाडी लैजान महत्वपुर्ण भूमिका खेल्न सक्नु हुन्छ l अब यो समस्या बाट मुक्ति पाउन तपाई हामीले जबसम्म कसम खादैनम म आफु पनि अनैतिक काम गर्दिन र म बाट अरुलाई अनैतिक काम गर्न हुन सहयोग गर्दिन l हामी तेस्मा नभई किन त्यो अनैतिक काम हुन सक्दैन l समस्या हामी आफै हो l सुरुआत हामी आफै गर्नुपर्छ l अनि मात्र यो अभियान सफल हुन्छ l

  5. करोडौ कमाउन वा बचाउन नि पैले त रु १ बाटै सुरु गर्ने हो ! भट्टराई को सुरुवात एकदम ठिक छ येदपि उनी नेपालमा सफल होलान वा नहोलान त्यो चाही हेर्न बाँकि छ, जे होस् उनि नैतिकवान नेता चाही पक्कै हुन् / तेही पार्टीका उनीभन्दा तथाकथित ठुला नेताले त्यो अबसर पाएकै हुन् ! तर उनि सुत्ने खाट नै क. पर्ने भनेर नेपाली मिडियालाई 2 दिनको काम दिय नि त !
    तेसैले “फलेको बृच्य को हागो नझुकेको कहाँ छ र” भन्ने उखानलाई मर्न नदिएका हुन् कि !

  6. राम्रो कुराको प्रशंसा त सबैले गर्छन तर अनुसरण कमैले गर्छन ।

  7. सबैले यो लेखबाट पाठ सिकुन . जय देश , जय नेपाल र जय नेपाली

  8. उत्तमजी, तपाइको लेख सार्है मन पर्यो. डा.भट्टराइको आचरण र तपाइको बिचारलाई देश चलाउछु भनि ठेक्का लिनेहरुले अनुशरण गरुन.

  9. If country stop having 18 hours load shedding then people will find a way to preserve it for freshness…… Government don’t have to educate people about the freshness of foods….Please do you job first……

  10. राम्रो लेख!
    .”…गाडी र प्लेन चढ्न मितव्ययी भएका प्रधानमन्त्रीको यस्ता कार्यहरुले राज्यलाई कति फाइदा गर्ला ? दश, वीस वा तीस लाख ? पैसाको नै हिसाब गर्ने हो भने एउटा राज्यको लागि यो अत्यन्त न्युन रकम हो तर यसले निर्देश गरेको बाटो भने अमुल्य छ|….”

    बुझ्नेलाई यो कुरा गहिरो छ,
    नबुझ्नेलाई घर परी पैरो छ!
    बुझेर पनि बुझ पचाई यस्तो “पावन अभियान”लाई पनि “प्रचारबाजी” भन्न सक्ने नेता भनाउदा “जुका, ब्वाँसा, लित, भातमारा, भ्याटमारा, कुखुराचोर, कुर्चिमारा, देशमाराहरु”का मुखमा गु(द)पाकको वैरो छ!

  11. ओह !तर के गर्ने नेपाल मा आज यस्तो प्रधानमन्त्री
    ले त्यग गरि देसमा अरु काँग्रेस र यमाले

    पार्टी ले त जन ठुलो अडको थपी शान्ति र शम्बिदन लेखना नदिने घोर छल गर्दै छन् तर हामी नेपाली जुन पार्टी को भय पनि हाम्रो देसमा यस्तो प्रधानमन्त्री को सदै आबश्यकता छ यस कुरा मा कोहि पनि बिरोद
    गर्ने छैन ! राजेश्वोर दाहाल सन् फ्रान्सिस्को
    अमेरिका

    ,
    ,

  12. नेपाल मा भट्टराई (कृष्ण प्रसाद ) पनि यस्तै नैतिक, स्वच्छा बुढा थिए. पद छोडेर निस्कदा पनि गाडी लिएनन्. तर कांग्रेसीहरुले उनीबाट सिकेनन? ठुला मान्छे लाई “ओहो , वहा त सार्है महान ” भन्ने, गुनगान गाउने, तर उनीहरु बात नसिक्ने हाम्रो प्रबित्ति कहिले सुध्रेला? मलाइ त माओवादीहरुले बाबुराम को स्वच्छा आचरण बात सिक्लान भन्ने फिटिक्कै लाग्दैन.

  13. अनैतिकको भिड मा नैतिकबान
    मरुभूमिको प्यासी यात्री बन्दछ !
    ठाउँ नपाउनेहरु पो इमान्दार छन
    भ्रस्ट सगर्ब घोषणा गर्दछ !!
    साधुको भेषमा पाए जति हसुर्छ
    तर बिर्सन्छ एक दिन
    उ पनि अबश्य मर्दछ !!!

    • हामीले येसरी नै बाबुराम को राम्रो काम को प्रसंसा गरौ, उनीले केहि गल्ति गरेमा झाकझाकाइ रहौ र आफु पनि साधारण बन्ने प्रयास गरौ. सुरुवात सानो बाट नै हुन्छ. नेपाली जनता ले औसधि र पानी नपाएको बेलामा पजेरो र बाहिरी देसमा उपचार गरि…… सम्पति लुट गर्नु भन्दा हाम्रा नेताहरु, कर्मचारी र सबै सरकारी सुबिदा लिने ले येसरी मित्ब्येयी भए र जनता को सेवा गरेमा सबै नेपाली ले समान अवसर र राहत पाउथे कि !

  14. नेपालीमा यौटा कथन छ नि ” लोभले लाभ लाभले बिलाप ”
    नैतिकवान मानिसहरुलाई यो कुराको राम्रो ज्ञान हुन्छ हुन्छ र ब्यबहारिक जीवनमा अनुशरण गर्ने गर्दछन |

  15. नाम अनुसार को लेख पनि उत्तम नै हो तर त्यो जब सम्म होला तब सम्म कुनै पद मा नहुदा कुनै ब्यबसाय नगर्दा सम्म मात्र होला कि ?

  16. भगवान बुद्ध जन्मे को देश मा उत्तमजी ले एती मेहनत गर्नु भएको छ फेरी पाठ सिकौना को लागि ति Deadly परजीबी हरुलाई. धन्यवाद छ उहालाई.
    ———————————-
    Deadly परजीबी हरु dwara lakhetiyeka उही मित्र

  17. मैले लेख्न चाहेको थिए , त्यो तपाइले लेखिसक्नु भएछ | तपाईकै बिचारमा मेरो पनि सहमति छ योगेश जी | निलो बटन पनि थिच्या छु है , धन्यवाद स्वरूप |

  18. को मान्छे राष्ट्र को जिम्मेबार पद मा रहंदा कतिको नैतिकवान रहे भनेर मापन गर्नको लागि एउटा स्केल दिजएन गर्नु पर्यो/ जसले गर्दा नेता हरु लाइ नैतिकता भन्दा बाहिर गएर कुनै काम नगर्न सजग बनावोस / अनि नेता , कार्य कर्ता , जनता , समाज हुँदै समग्र राष्ट्रमा नैतिकता को मूल्य बढ्दै जावोस / के एस्तो स्केल कुनै समाजसस्त्री + सफ़्त्वेइर् एन्जिनीअर् बाट बन्न सम्भव छ ?

  19. के गर्नु नेपालमा राम्रा मान्छे छन तर तिनीहरुका साथ साहश(हिम्मत)छैन ,जो संग नैतिकता छैन उनीहरु साहसी छन् अनि देशलाई गलत बाटो तर्फ लगिरहेका छन ….!!

  20. बिभिसण लाइ राम को सभामा मा भारि सम्मान गरियो |वह वाहि पाए ,राम को मित्र भनेर लोक ले इज्जत गर्यो ,बाचुन्जेल राजा हुन् पायो |रावण को पिडा अर्कै थियो | रावण हरुले बिभिसन नजिक आउदा पनि घृणा सम्म दिन इन्कार गरे | दिन बिते ,रात बिते ,इतिहास बदलियो ,युग परिबर्तन भयो | तर कथा ब्यथा दोर्होरिरहेछ |
    यहा बिभिसन को भूमिका मा हुनेहरु यस बटुल्ने ,एश्वर्य को भोग गर्ने ,वाह वाह बटुल्ने क्रम जारि छः , सुन को लंका किन भत्किन्छ , बैभव साली घर किन धरासायी हुन्छ ?रामको बाण भन्दा बिभिसन हरुको स्टयाल खतरनाक हुन्छ |
    तर इतिहास साक्षी छ ,बिभिसन को साथ् गएका ४ जनाले मात्र बिभिसन लाइ तैले गरेको ठिक भन्थे ?
    अमेरिका ,भारत को आशिबाद पाए ”मुकाम करोति बाचालम ,पन्गुम लंगयाते गिरीम ” हुन्छ | अमेरिका ,भारत हरु अरुको निम्ति सद्दाम जन्माउछ , होस्नी मुबारक जन्माउछ ,जिग्मे सिग्मे जन्माउछ ,आफु चै गान्धी को , लिंकन को गित गाउछ |

  21. धेरै राम्रो लेख …. कानुन र नैतिकता को पाठ सबैलाई सिकाउनु नै अहिलेको कथित नया नेपालको अपरिहार्यता ….जुन कुरा कानुनबाट प्राप्त गर्न गार्हो हुन्छा त्यो कुरा स्वयम् आफु नै नेताहरु नतिकता अबिलम्ब गर्न सके अझै नै प्रवब्कारी हुने थियो जस्तो लाग्छा भनिन्छ नि आफु जलेर अरुलाई जलाउने कोशिस गर .

  22. खोज्न जरूरी भएको छ विद्वान मित्रहरूले “मिस्टेक” कहाँनेर भएछ विगतमा ? बास्तवमा चुक्यैा कहाँनेर हामी ? यी मुक्ति किन संभव भएन हाम्रा संकृणताहरूबाट, खराव अाचरणहरूबाट वा खराव प्रणालीहरूबाट ? स्वयममुक्त हुन नसकेका हाम्रा नेतृत्वबाट मुक्ति सम्भव छ भनेर हामीले बारम्वार किन विश्वास गरीरह्यैा ? जिल्लिइरह्यैा अनि अापसमा लडिरह्यैा ? खराबी संसारमा जहाँ पनि छ तर त्यो अल्पमतमा परेको हुन्छ, हामी कहाँ मात्र खरावीको बहुमत किन छ ? कसैलाइ “ब्लेम” नगरीकन, कसैलाइ करणको रूपमा नअैाल्याइकन, एकपल्ट सोचिहेरैा की यी सबै खरावी, अबस्बस्था र नैतिकपतनहरूका लागी हामी अर्थात नितान्त हामी-स्वयम कुन हदसम्म दोशी छैा ? कोही तयार छ निर्मल मन लिएर एक मिनेट सोच्न ?…

  23. जति ठुलो नाक चुच्चो नेता उति अनैतिक, जति ठुलो नाक चुच्चो कर्मचारी उति भ्रष्ट, जति ठुलो व्यापारी उति ठुलो कालोबजारी हामीले अहिले देखेको/सुनेको तथ्य यहि हो ।

    • सत्यजी, तपाइले सोह्रै आना मेरो मनको कुरा लेख्नु भएको छ / म पनि एउटा सानो तिनो तहमा कमाउ मन्त्रालय भनिने अन्तर्गत काम गर्दछु / त्यस मन्त्रालय र अन्तरगत सचिब देखि खरदार सुब्बा सम्म प्रधानमन्त्री, मन्त्री र पार्टीले सिफारिस गरेका मानिसहरु आउंथे / तिनीहरु प्राय:सबै त्यस्तै नाक चुच्चो परेका टपरी र घाँटीमा जनै बेरेका मात्र हुन्छन / बिहान भरी पूजा कोठामा राम राम दिउँसो र राती बगलीमा छुरा / यिनीहरु कमाउने पालो आयो भनेर जुँगा मुसारेर आफ्नो समुह बाहेक अरुलाई मान्छे गन्दैन / यी ठुला वडा हाकिमहरु त पार्टी र माथि लेवी बुझाउनु पर्छ भनेर जनतासंग हाकाहाकी घुस माग्छन / बाबुराम बाजेले कतिसम्म नियन्त्रण गर्छ हेर्न बाँकि नै छ / चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचाले जस्तै रातोमा भोट बढ्दै छन् है /

Comments are closed.