‘पराले युद्ध’ देख्‍नुभा’छ ?


स्पेनको एउटा नगरमा गोलभेडाले एक अर्कालाई हिर्काएर ‘गोलभेडा युद्ध’ विश्वभर प्रख्यात छ। हाम्रो काठमाडौँमा पनि एउटा फरक खालको ‘पराले युद्ध’ हुने गर्छ। धेरैलाई यो बारेमा थाहा नहुन सक्छ। तर निकै रमाइलो हुन्छ एकले अर्कालाई परालले हिर्काउँदा वा त्यसरी हिर्काएर रमाउँदै गरेकाहरु देख्दा। काठमाडौँको हनुमानढोकामा हिजो राति यस्तो देख्न पाइयो।



यो रमाइलो इन्द्रजात्राको अन्तिम दिन हुने गर्छ। इन्द्रजात्राको विधिवत् समापन आठ दिनअघि हनुमानढोकामा ठड्याइएको लिङ्गो ढालेपछि हुन्छ। लिङ्गो ढालेको हेर्न त्यो रात हजारौँको भीड हनुमानढोकामा लागेको हुन्छ।


लिङ्गो ढल्ने ठाउँमा पराल ओछ्याइएको हुन्छ। जब लिङ्गो बिस्तारै तलेजु मन्दिरको ढोकाभएतिर ढालिन्छ, तब हजारौँले उत्साहका साथ चिच्याएर स्वागत गर्छन्। लिङ्गो ढल्ने बित्तिकै सुरु हुन्छ, त्यहाँ ओछ्याइएको परालले एकअर्कालाई हिर्काउने खेल।


मान्छेहरु रमाइ रमाइ परालले एकअर्कालाई हिर्काउँछन्, चिच्याउँछन्, उफ्रन्छन्। फोटो खिच्छन्, भिडियो खिच्छन्।


लामो समयसम्म यो क्रम जारी हुन्छ। त्यसपछि भक्तपुरबाट छ लेनको बाटो हुँदै घिसारेर ल्याइएको यो लिङ्गोलाई त्यो दिन फेरि घिसारेर टेकुमा पुर्‍याइन्छ।


यसरी आठ दिन लामो काठमाडौँको सबैभन्दा रमाइलो जात्रा इन्द्रजात्रा सम्पन्न हुन्छ। इन्द्रजात्राको समाप्तिले पर्वहरुको लहर नजिकिएको स‌ंकेत गर्छ। इन्द्रजात्रा सकिएको दसौँ दिनमा घटस्थापना अर्थात् दसैँ सुरु हुन्छ।

10 Comments

  1. सभासद हरुलाई बाक युद्द , मल्ल युद्द को साटो पराल युद्द मा जोड दिन सल्लाह दि इ न्छ | न हार्नेले चोट पाउछ ,न जित्ने ले माला लाउछ |

  2. लिङ्गो उठावानी, लिङ्गो ढल्ने, लिङ्गो लै घिसारेर ल्याउने घिसारेर लाग्ने, गजब छ नेपाली कल्चर, एस जात्र मा महिला दीद बहिनीहरु को सहभागिता पनि हुनु पर्ने हो तर फोटो मा देखेदैना इन्द्रको जात्र मनाउने देश स्वोर्ग कहिले भयान भन्ने कार्टून हेरेको थिया धेरै राम्रो lagyo

  3. पुरानो रिति रिवाज लाई कयेम राखनु,परम्परा लाई मान्यता दिनु गौरव को कुरा हो !धन्यबाद मेरो संसार लाई !

  4. यो ‘पराले युद्ध’ आज पहिलो चोटि सुन्दैछु . धन्यवाद माईसंसार परिवारलाई यस्तो खबारको जानकारी गराउनु भएकोमा .

  5. मानव जीवनमा उत्साह जोश जाँगर अभिवृद्धी गर्न यस्ता किसिमका जात्रा मेलाहरूले उर्जा प्रदान गरिरहेको हुन्छ /
    हाम्रो परम्परा र संस्कृतिको जगेर्ना गर्ने सम्पूर्ण दाजुभाई दिदीबहिनी सबैलाई मेरो सलाम !! सालोक्यजीलाइ धन्यबाद !

  6. निक्कै रमाइलो देखियो तर सर सफाई गर्न नभुल्नु होला मित्रहरु !

  7. नदेखे पनि यो लेख पड्दा खुसि लग्यो|अझ हाम्रो बिकट स्थानमा धेरै चर्चामा नआएका पर्बहरु होलान तिनी हरु लाई पनि स्थान दिन सके लोपन्मुख पर्ब को जगेर्ना हुनु को साथै स्वदेसी तथा बिदेसी पर्यटकीय प्रबर्दन गर्नसकिन्छ| किशोर तिवारी [अन्जान] झापा ,हाल-मलेसिया

Comments are closed.