सम्पन्नतापछिको छट्पटी

उषा थपलिया

एउटा सरकारी कार्यालयको अधिकृत म। लामो समय नायव सुव्वाको पदमै चित्त बुझाउदा बुझाउदै भर्खर मात्रै आफ्नो पदको गरिमालाई एक तह उँचो बनाउन सफल भएको छु। पदीय दायित्व निर्वाह गर्ने क्रममा करीव १४/१५ वर्ष अघिदेखि आजसम्म आफ्ना जिन्दगीको महत्वपूर्ण दिनहरु लगातार व्यतित गरिरहेको छु। मेरो यहि जागिरले मलाई तराईका लहलह धानका फाँटहरुसंग चिनायो, हिमाली भेगको मुटु छेड्ने जाडो तर जति हेरे पनि नअघाईने हिउँका पत्रहरुसंग परिचित गरायो। यतिमात्र कहाँ हो र? जुम्लाको स्याउ चखाउँने, अनि दोलखामा चौरीको बथान देखाउँदै चिज र छुर्पीको स्वादमा भुलाउने पनि मेरो यहि जागिर नै त हो। जे होस्, सरुवाग्रस्त कर्मचारी भएर पनि मभित्र खिन्नताको आभाष थिएन। आखिर इमान्दार कर्मचारी न ठहरिएँ।


कहिलेकाँही त विरक्त पनि लागेर आउँथ्यो। खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा श्रीमतीलाई घरमा छोडेर जागिरको सिलसिलामा कहिले हिमाल र कहिले तिमाल धाउनुपर्दा। तर के गर्नु नखानु जागिर खाईसकेपछि जहाँ खटायो, त्यही जानु परिहाल्यो। कामप्रतिको लगनशीलताको कारण मैले आफ्नो व्यक्तिगत जिन्दगीलाई कहिल्यै प्रधानता दिईन। यसो भन्दैमा मभित्र जिन्दगीलाई रमाईलो तरीकाले जिउँने कुनै रहर नै नभएको भने विल्कुल होईन। ती चाहनाहरु असंख्य थिए र कुनै दिन त अवश्य पुरा होलान् भन्ने आशा पनि थियो। त्यसैले ह्दयभरी भविष्यका मिठा सपनाहरु कल्पनामा तरङ्याएर म निरन्तर जागिरकै पछि पछि दौडिरहेको थिएँ।

निकै लामो समयको व्यग्रता पश्चात मेरो आत्माले खोजेजस्तै गरी हाल मेरो जागिरले मलाई काठमाडौंमै थमौती दिईराखेको छ। अधिकांश कर्मचारीहरुको चाहनाको एउटै उत्कृष्ठ थलो काठमाडौं, जसलाई धेरै अन्तरालपछि मैले आफ्नो कर्मक्षेत्रको रुपमा उपयोग गर्ने अवसर पाईरहेको छु। हुनत मलाई राम्रोसंग थाहा छ, काठमाडौं मेरो जस्तो हैसियत भएका कर्मचारीहरुलाई चैनसंग बस्नकोलागि उपयुक्त हुने ठाउँ त विल्कुल छैन, तैपनि मात्र महिनावारीको तलवद्वारा व्यवहारिक तादात्म्यता गाँस्दै हिमाल, पहाड र तराईको ओहोर–दोहोरलाई स्वीकार्नु परिरहेको दर्दनाहक आहतको अगाडी काठमाडौंको थमौती मेरो लागि निकै राहत महसुस हुन पुग्दछ।

समय निकै परिवर्तन भईसकेछ हिजो र आजमा, काठमाडौभित्रको चमत्कारिक माहोलले मलाई यस्तो महसुस गराउँछ। म १० वर्ष अघि र हालको काठमाडौंबीच तुलना गर्न थाल्छु। परिणाम आकाश र धरतीबीचको फरक जस्तै देखिन आईपुग्छ। महंगीको उत्कर्षले निम्त्याएको जटिलता म जस्ताकोलागि कहिल्यै निको नहुने पीडा बनेको हुनुपर्छ, म मनमनै अनुमान गर्दछु। महिनाभरिको पर्खाईपछि प्राप्त हुने तलव हातमा खेलाउने रहर नपुग्दै टुक्राटुक्रा भएर विलाउँछ। टुक्रिएको एक हिस्सा ४/५ दिन अघिदेखि गनगन गरिरहेको घरधनिको मुखमा बुजो लगाउँन पुग्दछ। बालवच्चाको विद्यालयमा तिर्नुपर्ने शुल्क हिस्साले झन् रिंगटा छुटाए झै बनाउँछ। अर्को हिस्सा रित्ता टिन र बट्टाहरुमा चामल र दाल लगायतका अत्यावश्यक चिजवस्तु बनेर थन्किन जरुरी ठान्दछ। त्यस्तै अघिल्लो महिना साथीसंगबाट लिएको सापटीको रकम यस पटक पनि फिर्ता नगरे उनीहरुको अगाडी कसरी मुख देखाउनु? त्यसैले बाँकी रहेको तलवबाट अर्को हिस्सा छुट्टिएर जान्छ, साथीको पकेटमा सजिन। मन अमिलिन्छ तलब थापेको १५ दिन नपुग्दै खल्तिहरु टक्टकिएको देख्दा। महिना भरीको तरकारीको खर्च के गरी जुटाउँने हो? मान्छेको शरीर हो, कुनै बेला विरामी परिहाले औषधी उपचार गर्ने कसरी? यसका उत्तरहरु मैले कहिल्यै भेटिन। एक छाक मासु खाने महिनौं अघिदेखिको मेरो रहर हरेक महिना सागको गुजुल्टोमा मासुको स्वाद खोज्दै गुम्न पुग्दथ्यो। रुखो शरीरले नयाँ लुगाको ढकनी पाउनु त कता हो कता काल्पनिक झै लाग्दथ्यो।

मेरो यो विजोग देखेर कतिपय शुभ चिन्तक र साथीहरुले कमाई बढाउने घुमाउरा बाटाहरुका बारेमा पनि नबताएका त कहाँ हुन् र? जुन मैले चाहे सजिलै सक्थें। तर त्यस किसिमका अनुचित लाभप्राप्तीको म सख्त विरोधी। आफ्नो तलव अनुसारको जीवन भोगाई निम्नस्तरको भएपनि मलाई आफ्नो निश्कलंताप्रति खुव गर्व थियो। त्यसैले उल्टै साथीहरुलाई नै हकारेर आफ्नो सिद्धान्तप्रतिको अडानलाई कायमै राखिरहेको थिएँ। दिन, हप्ता, महिना हुँदै वर्षहरु फेरिए तर मेरो यथास्थिति भने जस्ताको तस्तै। सधै उही अभाव, महंगीको चपेटा, परिवारको रहर पुरा गर्न नसकेको खिन्नता, बहन गर्नुपर्ने दायित्वहरको बृद्धि जस्ता तिखा हतियारहरुले मेरो मानसपटलमा सधै गहिरा घाउहरु बनाई रहन्थे। अव त परिवारद्वारा पनि मरो इमान्दारीताको उपहास हुन थालिसकेको थियो तर म भने निश्कलंक बन्न इमान्दारीताको तहमा निरन्तर पौडिरहने प्रयास गरिरहेको थिएँ।

समयको अन्तराल सँगसँगै मभित्र पनि एकाएक परिवर्तित सोचाईका टुसाहरु पलाउँन थालेको आभाष हुन थाल्यो। बाहिरबाट हेर्दा म आफ्नो सिद्धान्तप्रति जति निष्ठावान देखिए पनि भित्रभित्रै अभावका सुईराहरुको रोपाईले मेरो मन मश्तिष्कलाई दिनप्रतिदिन आक्रान्त पारिरहन थाल्यो। त्यसमाथि आफु बसेको घरमा भाडा गरी बस्ने एउटा केटोको विलासीपूर्ण जीवनले मलाई आफ्नो “सादा जीवन उच्च विचार” को धारणामाथि पुर्नमुल्याकन गर्न वाध्य तुल्यायो। उमेरको हिसावले आफु भन्दा १०/१२ वर्षै कान्छो होला उ, जो प्राईभेट कम्पनीमा काम गर्दै पढाईलाई पनि अघि बढाई रहेको थियो। उसको लगन, परिश्रम र इमान्दार बानीव्यहोराबाट म निकै प्रभावित थिए। जेष्ठताको हैसियतले उ मलाई दाई भन्ने गर्दथ्यो। मेरो पनि उसंग कुनै रिसइवी थिएन, त्यसैले उ पनि मेरो लागि प्यारो लाग्ने भाई थियो।

जागिर खान थालेको धेरै सयम नभएको भएतापनि उसको जीवन भोगाई हेर्दा इर्ष्या गर्न लायक थियो। उसकहाँ कुनै कुराको अभाव थिएन। अत्याधुनिक सर–सामानको भरिभराउले त्यो सुन्दरता र सम्पन्नताको अलौकिक नमुना झै भान हुन्थ्यो। प्रत्येक महिना उसकहाँ नयाँ नयाँ सामाग्री भित्रिईरहन्थे। तर आफ्नो भने सधै उही ताल। जिन्दगी बल्लतल्लले धान्न जे जे चिज आवश्यक पर्छन् ति मध्ये अति न्युनतम सामाग्रीको भरमा म आफ्नो भुक्तमान भोगिरहेको थिएँ। आत्माग्लानीको कारण मभित्र एकाएक कु–सोचाईहरु फष्टाउन पुग्दछन्। उसको आधुनिकताको प्रदर्शन मैतिर लक्षित भएको भान हुन्छ मलाई। ऊ अगाडी पर्नासाथ आफुमा हीन भावना जागृत हुने हुनाले म भित्रभित्रै उसको खुव ईर्ष्या गर्न थालिसकेको थिएँ। त्यसैले मैले उसलाई देखाउने प्यार विस्तारै घृणामा परिवर्तन भईरहेको थियो तर उसले मप्रति गर्दै आएको सम्मानजनक व्यवहारमा भने मैले कुनै कमी देखेको थिईन। उसको कमाई सुखको होईन, धुत्याईपुर्ण पनि हैन, आफ्नो हैसियतलाई बढाउदै लैजान उसले कति मेहनत गरेको छ, त्यो मलाई राम्रोसंग थाहा छ तर गलत अर्थ लगाई दिएर आत्मसन्तुष्टि प्राप्त गर्ने झिनो आशामा अल्भि्कन्छु तर पनि आफ्नो मनले शान्ति पाएको महसुृस गर्न सक्दिन।

सुरुसुरुमा हरेक दिन २/३ घण्टा उसकै कोठामा विताउनु सामान्य दिनचर्या थियो मेरो। तर आजभोली सोही प्रक्रिया अप्ठेरोपनामा परिणत हुन थालेको छ। त्यो केवल आफ्नो अक्षमताबाट निस्केको हीनताबोध हुनुपर्छ सायद। हुन पनि हो मेरो अक्षमताहरु यसरी प्रस्तुत भईरहेका थिए कि धेरै पटक नामर्द झै प्रतित हुन्थे म आफ्नै मुल्यांकनमा पनि। परिवारका मागहरुलाई कहिल्यै पुरा गर्न सकेको थिईन मैले। व्यवहारिक कठिनाई र व्यवधानको लखेटाईबाट धपेडिँदा धपेडिँदै जिन्दगीको उत्तरार्धमा आईपुगेका बृद्ध आमाबाबुप्रतिको मेरो दायित्व निश्त्रि्कयतुल्य थियो अझै पनि। भाईबहिनीको व्यवहार उतार्नुपर्ने कर्तव्य अर्को ठूलो पहाड बनेको थियो मेरो लागि। छोराछोरीलार्इं गतिलो स्कुलमा पढाउन नसकेको पीडा मलाई छट्पटीको भूमरीमा नराम्रोसंग पछार्ने प्रमुख तत्व बनिरहेको थियो।

श्रीमतीको अनुहारमा म राम्रोसंग नियाल्न सक्दिन, किनकी त्यहाँ असंख्य रहरहरु सकि नसकि कैद भईरहेका छन्। म विवाह भन्दा अगाडिको अवस्थालाई स्मरण गर्न पुग्छु। त्यतिवेला ऊ ज्यादै खुशी थिई मसंग विवाह हुने कुराले। जागिर खाने केटासंग विवाह भएपछि सवै मनोकाँक्षा पूरा हुनेछ, सायद उसले यस्तै सोचेकी हुनुपर्छ त्यतिवेला। तर विवाह भएको यतिका वर्ष वितिसक्दा पनि एउटा गतिलो साडी समेत किनिदिन सकेको थिईन मैले। झरझट्ट गहनाले सजिएकी कुनै महिलालाई देख्दा उसका शिरदेखि पाउसम्म ऊ सर्तकतापुर्वक हेर्ने गर्दछे। म मनमनै अनुमान गर्छु, त्यस्ता चीजवस्तुमाथिको उत्कृष्ठ चाहनाको अव्यक्त अभिव्यक्ति हो उसको त्यो हेराई। उसलाई मेरो दयनीय अवस्थाको पूर्ण ज्ञान छ, त्यसैले रहरहरुलाई अघि सारेर ऊ म समक्ष अनुनय विनय गर्दिन। मलाई एकदम औडाहा हुन्छ, जवरजस्ती नियन्त्रणमा खुम्चिन बाध्य भएको उसको रहरहरु देख्दा।

एकातिर आफ्नो यस्तो दर्दनाहक स्थिति र अर्कोतिर संगै वस्ने केटाको प्रत्येक पलसंगै बढिरहेको समृद्धि। यी दुवै तत्वले मलाई खुव सोचमग्न बनाउन थाल्यो। मान्छेलाई चाहिने सवैभन्दा ठूलो कुरा स्वाभिमान तर सम्पत्तिको अभावमा त्यसको पहिचान कहिल्यै हुन नसक्ने यथार्थताको बोधले मेरा आँखाहरु क्रमशः खुल्छ थाल्छन्। घरधनीको व्यवहारले पनि मलाई यतातिर सोच्न बाध्य बनाउन थाल्यो। घरमुली लगायत उनका सवै परिवारले मलाई र उक्त केटालाई गर्ने व्यवहार एकदम फरक पाउँथे म। यति मात्र नभएर कतिपटक त घरमुलीले मेरो जीवनचर्याको पाटो केलाउदै “अहिलेको जमानामा पनि यस्तो किसिमले कसरी घर व्यवहार चलाउनु हुन्छ” भन्दै व्यंग गरेको कुराले मलाई अझ बढी नैराश्य बनाउने गर्दथ्यो। घरमालिकको रुखो व्यवहारको कारक तत्व पनि त्यहि केटा हो भन्ने निश्कर्षमा पुग्थे म। यसरी एउटा केटोको अगाडी मेरो स्वाभिमान केवल मृतप्रायः बनिरहेको थियो र त्यसलाई म जगाउँन चाहन्थे। म सवै कुरा सहन सक्थें तर आफुभन्दा निकै सानो उमेरको केटोले हर क्षेत्रमा पछार्दै अगाडी बढिरहेको दृश्य टुलुटुलु हेरिरहनु परेको तीतो यथार्थ मेरालागि सैह्य भएन। उससंग प्रतिस्पर्धाकोलागि जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने मनस्थितिमा पुगें म। फलस्वरुप अनुचित लाभप्राप्तीको माँखे साँङ्लोमा जेलिन अग्रसर रहेका पाईलाहरुलाई पनि मैले रोक्न चाहिन।

परिणामत : इमान्दार कर्मचारीको आवरणबाट म बाहिरिँए सदाकोलागि र पुगेँ भ्रष्टाचाररुपी नयाँ वस्त्रमा लपेटिन। त्यसपचि त सवै कुरा बदलियो। अर्काको घरको एउटा कोठाको डेरावाल हैन अहिले म आफ्नै भव्य महलको मालिक बनेको छु। भव्य महलभित्र सवै कुरा भव्य नै भव्य हुदै गईरहेको छ। घामपानी धुँवाधुलो केही नभनि पैदल लुखुर लुखुर गर्ने मेरो अतित, गायव भएको छ गाडीमालिकको हैसियतबाट तर्सिएर। छोराछोरीको पढ्ने स्कुल फेरियो। भाइृबहिनीहरुको कर्मकाण्ड धुमधामकासाथ सम्पन्न गर्न पाएर केही हदसम्म आफ्नो आत्माले पनि सन्तोषको अनुभूति संगाल्न पायो। श्रीमतीको छिन्न लागेको घाँटी र खिनौरा नाडीले पनि गरगहनाको भार थाम्ने सु–अवसर पायो, जुन अवसकोलागि ऊ धेरै अघिदेखि वेचैन थिई। बाबुआमाको मुहारमा प्रशन्नता झल्किन थाल्यो, अनायास बढेको घरभित्रको रजगज देखेर। म आभारी छु मेरो आकस्मिक कमाईप्रति। जसले एकाएक खुशीका भण्डारहरु छताछुल्ल हुनेगरी भरिदिएको छ। अलि अलि पछुतोको आभाष हुन्छ मलाई यसको रसास्वादन यति धेरै पछि आएर गर्नु परेकोमा। अव त असन्तोष दर्शाउने कुनै ठाउँ नै छैन जस्तो लाग्छ मलाई। सवै पक्षबाट आफु परिपूर्ण हुँदै गईरहेको कारणले अरुप्रति सदाशयता दर्शाउनु बेकार लाग्न थालेको छ। त्यसैले आफुभित्र अहंकार र अहंवाद हावी हुदै गईरहेको आभाष पाएर पनि म त्यसलाई रोक्न जरुरी ठान्दिन र जतिसक्दो बढी सन्तुष्टि प्राप्त गर्नेतिर आफ्नो ध्यानलाई केन्द्रित गराउन मात्र प्रयासरत भईरहन्छु।

आत्माले खुशीको मात्र वर्षात खोजिरहे पनि फेरी कता कता अर्को गम्भीर पीडाबोधको अनुभूतिले सताउन थालेको छ मलाई। त्यो पीडाको मुख्य कारण हो भ्रष्टाचार विरुद्धमा अख्तियार तथा न्यायिक निकायबाट बढिरहेको क्रियाशीलता। मैले कहिल्यै पनि सोचेको थिईन कि यि निकायहरुले आफ्नो प्रभावकारीता यसरी बढाउँलान भनेर। लथालिङ्गे राजनीतिमा फस्टाएको भ्रष्टाचार, राजनीतिक स्थिति त्यहि किसिमको रहदासम्म कसले छुन सक्छ र भन्ने मेरो त्यतिवेलाको मान्यता थियो। तर अहिले एकपछि अर्को गर्दै उच्च राजनीतिक ओहोदाका भ्रष्टाचारीहरु समेत कैदयात्रामा लीन हुन विवश भएकाले आजभोली मेरो निद हराम भएको छ। सम्पन्नता बढ्दै गएपछि कसैलाई मान्छे नगन्ने मेरो व्यवहारबाट आक्रान्त भएका जो कसैले मेरा विरुद्धमा पनि उजुरी गर्न के वेर? सुखसयलमा वस्ने बानी लागेपछि कसरी काट्ने कैदका त्यस्ता कहरहरु, अनि अदालतले जरिवाना वापत तोक्ने गरेको ठूलो रकम कसरी तिर्ने? यी र यस्तै तर्कनाले मैले धेरै रातहरु अनिदोमै विताउन थालेको छु। कहिले काही सपनामै अख्तियारबाट मान्छे पक्रन आएको तरंगले झस्याङि्दै व्युझन पुग्छु। मनलाई स्थीर बनाउन हरसंभव प्रयास गरेपनि लगातार असफल भईरहेको पाएको छु मैले आफुलाई। थोरै समयमा अकस्मात बढेको मेरो हैसियत देखेर दिक्दार हुनेहरु अहिले “सजाय भोग्ने अव तिम्रो पालो पनि धेरै टाढा छैन” भनेर काखी बजाउदै हिड्दा मभित्र बढ्ने गरेको तनावको म आफै वयान गर्न सक्दिन। हरपलका यस्तै सोचाईका कारण शरीरभित्र थुप्रै रोग एकाएक भित्रिएको झै लाग्छ। सोच्छु ममाथि कारवाहीको कुनै संकेत नहुदा त म यतिसारो वेचैन छु, झन् प्रक्रिया नै सुरु भएपछिको अवस्था कस्तो होला? म कल्पना नै गर्न सक्दिन। म विगतलाई सम्झन्छु– जति वेला म आर्थिक संकटसंग संघर्ष गरिरहेको थिएँ त्यतिवेला व्यवहारिक तालमेल मिलाउन केहि कठिन भएपनि म तनावमुक्त थिएँ, स्वाभिमानपूर्ण जिन्दगीमाथि कसैले धावा वोल्ला भन्ने कुनै डर र आशंका थिएन तर अहिले सम्पन्नतापछिका यी दिनहरु कति कष्टपूर्ण लागिरहेका छन्? के सम्पन्नताले छट्पटी मेटाउन सक्दो रहेछ र? म आफ्नो भव्य महलका भित्ताहरुलाई प्रश्न गर्दछु तर यतिवेला ति भित्ताहरुले समेत आफूलाई साथ नदिएको भान हुन्छ किनकी चारै भित्ताहरुले “तिम्रो छटपटी अझै बढ्नुपर्छ र तिमी सजायको भागीदार हुनैपर्छ” भन्ने सन्देश फ्याकेको अनुभूति गर्दछु परिणामतः आफ्नै भित्ताहरुसग समेत तर्सिएर सिरकले गम्ल्यांग आफ्नो टाउको लुकाउछु, के सिरकभित्र टाउको लुकाउदैमा मेरो अनिष्ट टर्ला त ?

[तपाईँ पनि आफ्ना कथा माइस‌ंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

28 Comments

  1. कथाको बारेमा आफ्नो प्रतिक्रिया राख्नु हुने सबै जनालाई म आफ्नो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु

  2. घlटी हेरेर हाड निल्नुपर्छा नि त अर्काको देखासिखी गर्ने बनि राम्रो हैन l

  3. `आजकल मानीश्मा समयेको अभाब छ ,कथा भनेको छोटो र मिठो हुनु पर्छ ,लामो गन्थन भएको कथा पडनी फुर्सद नै हुदैन ,,,,,

  4. मनको बह कसैलाई न कह …..
    कर्मचारी हुनुको पिडा .

  5. देश को बारेमा उतिसारो सकारात्मक समाचारहरु पढ्न सुन्न बिरल भै रहेको यो पलहरुलाई सनत्वोना पुय्रौने येस्तई साहितिक लेख हरु नै केहि हद सम्म खुराक भए जस्तो लाग्छा / कथा भन्दा पनि साहित्तिक लेख भन्छु एस्लाई / लेख्दै जानुहोस सुभकामन उषा जी /

  6. नेपाल मा सरकारी कर्मचारी भन्दा गरिब हरु धेरै छन्.. काठमाडौँ मै पनि … तेसैले यो कथाका पत्र को भ्रस्ताचारै गर्नुपर्ने स्थिति छैन.. private office मा काम गर्ने हरु दुइ शिफ्ट काम गरिराखेको हुन्छन..strict rule हुन्छ …. सरकारी कर्मचरी ले उनीहरु संग compare गर्न पनि सुहौदैना.. तर महंगी नियन्त्रण गर्न चाही अत्यन्त जरुरि छ.. र एस कथाका पत्र जस्ता हरु लै जेल कोच्नु पर्छ…

  7. कथाको सुरुवात भन्दा पनि अन्तिम तिरका हरफ हरु अति मार्मिक छन्! उषा जी फेरी पनि यस्तै कथा हरु लेख्नुस धेरैलाई मन पर्ने बिषय हो यो !

  8. साहित्यिक हिसाबले कथा अल्ली कथा जस्तो भएन । कथामा त घटना परिघटना हुँदै रहस्य र सस्सपेनस् पो हुनुपर्छ । यो त के ही न केही, मनमित्र खेलेको कुराहरू मात्र ।
    यो कथाको सार -> म सरकारी कर्मचारी, पहिला कर्मनिष्ट थिएँ, घरको व्यवहार गर्ने गार्हो थ्यो, एउटा केटोलाई देखेर इर्स्याले गर्दा भ्रष्टचार गरियो, अहिले अख्तियारले गर्दा रातमा निद्रा छैन”
    महको एउटा भाइरस् भन्ने टेलिसिरियल बाट कपी गरेको जस्तो नि भान हुन्छ
    ” सै रुप्याँ मा गैँडा छ त हजारमा हात्ती
    अरब खरब सपना देख्छु निदाउँदिन राती
    हजारमा हात्ती
    निँदाउदिन राती
    हजारमा हात्ती हात्ती, निँदाउदिन राती “

  9. अर्को हप्ता म कथा लेख्छु. यहाँ भाको कथा हरु नैतिक सिक्षा जस्ता बोरिंग लाग्ने

  10. नेपालमा ९० प्रतिशत कर्मचारीहरुको तलबले दाल भात डुकु खानलाई मात्र पुग्छ / कमाऊ मन्त्रालय अन्तर्गत नपरिकन घुस खाने र भ्रष्टाचार गर्ने सक्दैन / त्यस्ता कमाऊ मन्त्रालय र अन्तरगत सचिब देखि खरदार सुब्बा सम्म प्रधानमन्त्री, मन्त्री र पार्टीले सिफारिस गरेका मानिसहरु मात्र हुन्छन / यी १० प्रतिशतमा रहेका नाक चुच्चो परेका टपरी र घाँटीमा जनै बेरेकाहरुले मात्र घुस खाने र भ्रष्टाचार गर्ने गरेका छन् / यिनीहरुले गर्दा सम्पूर्ण कर्मचारीहरुलाई घुस्याहाको पदवी दिएको हो / बिहान भरी पूजा कोठामा राम राम दिउँसो र राती बगलीमा छुरा / यिनीहरु कमाउने पालो आयो भनेर जुँगा मुसारेर आफ्नो समुह बाहेक अरुलाई मान्छे गन्दैन / यी उच्चपदस्थ ठुला वडा हाकिमहरु त पार्टी र माथि लेवी बुझाउrनु पर्छ भनेर हाकाहाकी भ्रष्टाचार गर्छन /

  11. यो त मह जोडीको “भाइरस” को दुरुस्तै कथासार भएन र ??
    जे होस् लेख्न सक्नु पनि ठुलो कुरा हो / अलि सिर्जनशील हुनुभए अझ पढ्दा रोचक हुन्थ्यो / बधाई छ /

  12. अति उत्तम प्रस्तुति ,समसमायिक बिसयबस्तु, सरकारी जागिरे जीवनको वास्तविक र मनोबैज्ञानिक विश्लेषण / पढेर आनन्द लिए /
    धन्यवाद उषा जी लाइ /
    कोशिस जारि रहोस !!!

  13. दर्द, मर्म, यथार्थ र खबरदारीलाई राम्रो संग प्रस्तुत गर्नु भाछ उषा जी ले !!! हेरे उत्तम !!!

  14. भ्रष्टचारको जग के हो त ? त्यता ध्यान दिनु जरुरि छ… काठमाडौँ जस्तो ठाउँ मा ८०००-१०००० को तलब दिएर इमान्दारीले काम गरोस भनेर आस गर्नु भनेको सरकार आफ्नो जिम्मेवारीबाट पन्छिनु हो.. सहरको महंगी अनुसार तलब सुभिदा दिनु जरुरि छ…. जुन दिन सरकारले आफुलाइ कर्मचारी को खुट्टा मा राखेर सोच्चछ अनि मात्र केहि हुन्छ…

  15. यो कथा होइन यो त अब सत्य कथा हुदैछ फटाहा नेताहरुको लागि हा हा

  16. एक जना को होस् खुल्दै मा भ्रस्टाचार रोकिदैन
    एक जना भ्रस्टचारी जेल जाँदै मा भ्रस्टाचार निर्मुल हुदैन
    जब सम्म समान सामाजिक जिबन लागु हुदैन तब सम्म भ्रस्टाचार रोकिदैन

    * भ्रस्टाचार गरेको थाहा पाएर पनि सुराकी नदिने ठुलो भ्रस्टचारी हो किन कि उसले आफ्नो देश र देश मा बस्ने नागरिक प्रति को कर्तब्य बिर्सेको हुन्छ
    * भ्रस्टचारी ति कला ब्यापारी हरु पनि हुन् जोसले महँगो बेचेर राज्य लाइ उदांगो पार्दै कर्मचारी हरु गोजी भरिदिने गर्दछन

  17. आफ्नै छायाँ देखि तर्सेर हिंड्नु पर्ने दिन आयो सबै भ्रष्टाचारहरिको अब .

  18. कर्म अनुसार को फल को आशा राख्नुपर्छ सन्तोष नै ठुलो सुख हो भन्ने मूल सन्देस कथाले दिनखोजेको छ | समग्र मा सरल र सहज भाषा सैली को कारण कथा मन छुने बन्न सफल छ | निरन्तरता को आशा राख्दै कथाकार को प्रगति को कामना गर्दछु | किशोर तिवारी [अन्जान]झापा,हाल-मलेसिया

  19. The old story, in fact its exactly same as a teli serial of MAHA JODI. Writer, please try to write something creative and new so that we wont get bored after reading.

  20. धेरै राम्रो लेख| गच्छे, भिमे, शेरे, तराई का डाँका, एमाले का फटाहा, माविस्टका फट्यांग्रा,
    काग्रेस का सिनाहरुलाई यस्तै हुनु पर्ने होइनर| तर यी स्यालहरु जनताको रगत चुस्ने बनि परेकोले आफुलाई महाको चतुर सम्झन छन्| तर यी सबै माथि गनाउने झिंगा भंकाना पर्ने हो|

    • नेपाली कांग्रेस नाम को झुण्ड को एउटा गुण्ड( प्रकाश मान) ले गरेको भाषण हेर्नुस त, बाबु राम ले मिताब्यबी हुनु पर्छा भन्द उसलाई रिस उठेको ? हुन् पनि लुटेरा लाई लुट्न भन्दा अरु क नै राम्रो लाग्छा र ?

  21. उषा जी, कथा रोचक तथा राम्रो छ / कसैको मानसिकताको अन्तर्निहित बिश्लेसणमा आधारित यो कथा नेपाल सरकारको साधारण कर्मचारीको वास्तविक परिस्थिति संग अतिनै मिल्दो-जुल्दो छ / आगामी दिनहरुमा सरकारले भ्रस्टाचार उन्मुलन अभियान मात्रै नभई यसको अन्तर्निहित कारण र सबै सरकारी कर्मचारीको लागि समाजमा (बिशेस गरि राजधानीमा) बस्न, खान, र छोराछोरीहरुको लागी पढाउन ग्यारेन्टी लिनु राम्रो हुन्छ ता कि कर्मचारीको मन सधै आफ्नो कर्तव्यमा लागिरहोस /

  22. पथभ्रस्टहरुहो होसियार! आफै देखि होसियार! बनको बाघले त तिमीहरुलाई नखाला तर तिम्रै मनको बाघले तिमीहरुलाई खानेछ/ लेख धेरै राम्रो छ/ धन्न्यबाद/

  23. कथा समसामयिक र यथार्थपरक छ, हाम्रो नेता र कर्मचारीहरुले पढ्न अति जरुर …

  24. एस कथाले कर्मचारी लाई राम्म्रो पाठ दियको छ

Comments are closed.