उद्धार गर्ने स्थानीयले रुँला झैँ गरी भने- कसैले वास्ता गरेन, नत्र बचाउन सकिन्थ्यो

त्यसो त काल महिमामा कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेर गएका छन्- आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो। बिहान उठ्ने बित्तिकै विमान दुर्घटनाको खबर सुन्दा त्यस्तै लाग्यो। बिचराहरु ! आत्माले चीर शान्ति पाओस्। परिवारलाई कस्तो शोक पर्‍यो होला! एक जना यात्रुको जीवितै उद्धार गरेर बीएन्डबी अस्पताल लगेको भन्ने सुनियो। चमत्कार भइदिए हुन्थ्यो भन्ने आशा त्यतिखेर निराशामा परिणत भयो, जब उनको पनि मृत्यु भएको खबर आयो। साँच्चै ‘टारेर टर्दैन त्यो..’ भएछ- यस्तै सोचिरहेको थिएँ।

विमानको भग्नावशेष। फोटो साभारः एएफपी
तर म त्यतिखेर स्तब्ध भएँ, जतिखेर एक जना स्थानीयले टेलिभिजनमा रुँला झैँ गरी बताउँदै गरेको अनुभव सुनेँ। अहो, मानवीय संवेदना नै नभएको ! छ्या….!! आधा घण्टामात्र चाँडो गर्न सकेको भए बचाउन सकिन्थ्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो- ती स्थानीय आत्तिएको आवाजमा बताउँदै थिए। उनको अनुभव र दुर्घटना स्थलका केही दृश्यको भिडियो हेर्न भित्र आउनुस्-

उनी भन्दै थिए- उद्धार गरौँ न भन्दा कसैले मानेनन्। अलि बुद्धिजीवी जस्तो मान्छेलाई गएर भनेको, टाउको पो निहुराए। हार गुहार गर्‍यौँ। प्रहरीलाई भन्दा पनि वास्ता गरेन। सामानको चासो गर्‍यो प्रहरीले। प्रहरीका कतिवटा भ्यान आए, अनुरोध गर्दा एम्बुलेन्स आउँदै छ भनेर जानुभयो। आधा घण्टा मात्रै चाँडो गर्न सकेको भए बचाउन सकिन्थ्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो।

उनको अनुभव र दुर्घटनास्थलका केही फोटो भिडियोमा हेर्न तल क्लिक गर्नुस्-

नभन्दै जीवितै उद्धार गरिएका निरन्जन कर्माचार्यको उपचारका लागि ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भइसकेको बीएन्डबी अस्पतालका चिकित्सकले बताए।

अहो, के भएका मानिसहरु ! सबैभन्दा पहिला ज्यान जोगाउनमा ध्यान दिनुपर्ने हैन र ? बाँकी त तपसिलका कुरा न हुन्। नेपालमा भएका दुर्घटनामा अहिलेसम्म कसैको ज्यान बचेको छैन क्यारे। आज एउटा दुर्लभ घटना हुन लागेको थियो। तर लापरवाहीले उनको पनि मृत्यु भएछ। मनै खिन्न भयो यो कुरा सुन्दा 🙁


दुर्घटनाग्रस्त विमान। फोटो साभारः एएफपी

61 Comments

  1. आज ओन्लाई बाचाउन सकिएको भये नेपाली को सिर अज उचा हुने थियो ।

  2. मृत्यु दण्डको कानुन बन्न पर्यो अबको संबिधान मा, यस्ता पापी हरुलाई बाँच्ने अधिकार छैन… हे तिमीहरुका आमा हरु कस्तो कुपुत्र लाई जन्म दिएछौ…………………….

  3. बुद्ध एयरको दुर्घटनामा डा. कर्माचार्य सहित उन्नाईस जना पर्नु भएको असह्य दुख र बेदना को खबर सुन्न पर्दा ह्रदय ब्याकुल हुदै छ ! दिबंगत आत्माहरुको चिर शांति को निम्ति परमात्मा परमेश्वर संग प्रार्थना गर्द छौ ! परिवारमा अचानक परिआएको एस दुखद घडिको बेला भागवानले शक्ति र साहस प्रदान गरुन ! हरि ॐ
    श्रीहरि, अंजली र श्रीराम श्रेष्ठ
    वेस्ट पाम बिच, फ्लोरिडा

  4. sarei दुख लाग्यो आत्मा ले सान्ति पाउन,निरन्जन कर्माचार्य संगै यौटै होटेल मा हामी काम गरेको उसको दाजु अमेरिका मा भनेको याद आयो फोटो देखेर
    सबै मृतक को आत्मा ले सान्ति पाउन .

  5. सुन्दा कस्तो नमिठो लाग्यो !!! I felt so numb. लाग्छ प्रहरीमा मानबताको चरम अबमुल्यन भैसक्यो !!!! यो नैतिकतामा भयावह गिरावट हो !!! डर लाग्छ कतै उनिहरुको परिचयले ठुलो छलांग त लिदै छैन ???? धन्य स्थानीय युवाहरु जसले घाइतेलाई उद्धार गरि प्राण जोगाउने पुण्य प्रयत्न गर्यो !!! धन्य होस् !!!

  6. सुन्दा पनि जिउ सिरिंगहुने……मृतक आत्माको सान्तिको कामना गर्दै परिवारमा धैर्य धारण गर्न सक्नेकामना श्री परमात्मा समक्ष्य ! सतिले सरापेको देश नेपाल मा हरेक वर्ष दशैं मा कुनै न कुनै घटना घटेकै हुन्छ ! हे भगवान रक्षा गर नेपाल र नेपाली जनताको

  7. पुलिस पाँच पैसामा भुलिस भनेको सही हो….काली युग हो आज गरेको भोली तिर्नुपर्छ….ति पुलिसहरु ले पनि पक्कै तिर्छन !!

  8. प्रहरीले घाइते उद्धार गरे प्रहरीको उद्धार ( मृतकको समान लुटपाट , गाएब ) कसले गर्ने …
    त्यहाँ गएका मानबिय समबेदनाहिन प्रहरी कमान्डर लै हदै सम्मको कारबाही गर्नु पर्छ … मान्छेको ज्यान ठुलो कि अन्य तपसिलका कुराहरु …
    धिक्कार छ नेपाल प्रहरी …
    इस्थानिये युवालाई धन्यबाद …

  9. थुक्क नेपाल पुलीस थुक्क थुक्क ….थुक्क
    उद्दार गर्न छोडेर समान को सुरक्षा गर्न जाने
    हामी जनता हरु नै मिलेर गर्नु पर्छा नेपाल को सुरक्षा निकाए को भर पर्यो भने बच्ने पनि मर्नु पर्छा जो उद्दार गरेर होस्पितल सम्म पुराएर बचाउन कोसिस गर्नु भो तपाई को आट मेहनत र कोसिस को कदर गर्छु .

  10. मैले सुनेकी थिए accedent हुदा प्रहरीले सबै भन्दा पहिला यात्रुको बहुमुल्य बस्तु भेतिन्छा कि भनेर घाइतेलाई वास्ता नगरी बहुमुल्य चिज तिर लाग्छन रे भनेर ! बास्तबमा यो हो रैछा .

  11. “ EMERGENCY FIRST AID RESPONSE” , “AIR AMBULANCE” and “Qualified Rescue Team”
    Now These words…… need to be used in practical.
    There is no use to send unqualified personals……it is useless…..and can injured additional…
    NO SYSTEM at all…….

  12. अचम लाग्छ अनि दुख पनि , पुलिस भेनेका देशका र जनता को रक्षाका लागि हुन् भन्ने कताकता सुनेको थिय तर हाम्रा देश का त मुर्दाका सरिरका सुन चादी खोज्न का लागि पो रहेछ मुर्दाका सुन चादी लुट्न छोडेर घाइते लाई कहाँ आस्पताल लगेर जानु घाइते लाई उद्दार गर्दा ड्रेस मैलो हुने रगत लाग्ने दुख हुने हात मा केहि नाउने तर मुर्दा को गार्ड हुदा मुर्दा ले टिप्स दिन्छ तेसो हुँदा पुलिस हरु मुर्दा को हेरविचार गर्न मन परौछान

    मृतक आत्मा को चिर शान्ति को कामना गर्द छु र ऊनी हरु को परिवर मा संबेधना प्रकट गर्द छु

  13. मृत आत्माको चिर शान्तिको कामना साथै यस दुखद घडीमा धर्य धारण गर्न भगवानले शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु ….

  14. बिक्षिप्तताको एउटा हद पार भयो स्थानिय वासिको त्यो क्रण्दन सुन्दा।हुन त हो हुने हार दैव नटार भन्छन् तर पनि ढुकढुकी चल्दै गरेको एक जीवित पात्रलाई पनि बचाउँन नसक्नु प्रहरी प्रसासनको लापरवाहि नै हो-जसले के भनोस्।यस्ता धेरै उदाहण छन् प्रहरी प्रसासन बाट भएका लापरवाहिहरु।जो रक्षक उहिनै भक्क्षक भएपछि कसको के लाग्छ र।अब के पो बाँकि छ र शब्दसुमन बाहेक ति मृत आत्मालाई दिन,आत्माको चिर शान्तीको कामना।

  15. कमान्डो आर्मीहरुले Rescue गरेको भनेको सुनेको हो तैपनि घाइतेले ज्यान गुमाउनु पर्यो,कस्तो दुख को कुरा | हेलिकोप्टर ल्याण्ड गर्न २ घण्टा लग्यो रे, ल्याण्ड गर्न नमिले पछी डोरी बाट तल झरना नजान्ने पनि कसरी कमान्डो आर्मी भयो भन्ने सोच्दै छु | के गर्नु हामीले तिरेको कर बाट कमान्डो training लिन्छन र परेको बेलामा गर्न सक्दैनन् … पशुपति नाथले चलेको देश भएपछी के गर्न सकिन्छ र |
    जय शम्भो गाँजा कम भो !!!!

  16. That poor soul (the gentleman who tried to save the victim) shall live with this pain for ever. I have my full empathy for him. That feeling of helplessness within him shall never disappear. My ex-girlfriend died at Bir Hospital just because of a similar attitude of the doctors working at that dilapidated hospital. I pleaded and cried but they did not take action on time; she died just in front of my eyes. Many years on, my heart still bleeds and I get nightmares. There is a scar in my heart that shall never heal. This is Nepal. This is today’s Nepal I should say because I do not think people were this cold in the past.

  17. मृत आत्माको चिर शान्तिको कामना साथै यस दुखद घडीमा धर्य धारण गर्न भगवानले शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु ….

  18. नेपालका पुलिस आर्मी को के काम ? जब घाइते ले बचाऊ बचाऊ भनेर पुकार्द पनि वास्ता नगर्ने तर सामान बटुल्ने दाउ ?!! छि छि छि अति भो प्रभु ….. सद बुद्धि दिनोस,

  19. कस्तो रहेछन हाम्रो देशको प्रहरीहरु पहिला मान्छेलाई बचैदिएको भए सायद आज मर्नेको संख्या १९ जना पुग्दैनाथियो होला देश चलाउने त खत्तम छन् झन् तिनका कार्यकारीहरु कस्तो हुनु भनेर हामीले आशा गर्नु जे भयो संसारिक नियेम भनेर चित्त बुजौनु बाहेक अरु केहि गर्न सक्ने अवस्था हामीमा भएन,मृतकका परिवार संत्वोना ब्यक्त गर्दै मृत व्यक्ति हरुमा स्राधान्जली अर्पण गर्छु /

  20. दुख को कुरा …..बचाउन सक्ने मान्छे लाई पनि प्रहरी हेल्प गरेन … एकदम दुख को कुरा हो नेपाल को लागि …. नेपाल को प्रहरी … बिदेशी हरु को बहुमुले समान खोज्दै होला साले हरु केहि आशा मा आफ्नो जात देखिहाल्यो नि कुकुर हरुको … मरेका मान्छे हरु को आत्मा चिर शान्ति मिलोस पशुपति नाथ संग यहि छ प्राथना

  21. तेस्तो आपतकालीन अबस्थामा सहयोग गर्नु राम्रो कुरा हो तर सहयोग गर्ने भन्दैमा बिना ट्रेनिंग घाइतेलाई उचाल्न खोज्नु वा बोक्नु खोज्नु झनै जोखिम हुन्छ तेसैले नेपालमा सरकारी वा गैर सरकारी तर्फबाट सम्पूर्ण पुलिस प्रशासनलाई वा सरकारी कर्मचारी वा अन्य व्यक्तिलाई एम्बुलेंस नआईपुगुन्जेल सम्म बचाई राख्ने प्राथमिक उपचारको ट्रेनिंग दिन पर्दछ तेस्पछी एम्बुलेन्समा भएका कर्मचारीले हस्पिटल पुर्यैन्जेलसम्म भएका उपकरण प्रयोग गरि बचाउने काम गर्दछन यसो भएमा मात्र झनै बढी जोखिम कम गर्न सकिन्छ भावानात्मक आबेगमा आएर मात्र हुँदैन

    • यसरी सबै प्रहरीमाथि आरोप लगाउनु हुदैन / तर यसरी गल्ति गर्ने प्रहरी माथि कडा भन्दा कडा सजाए पकै दिनुपर्छ / आशागरु भविष्यमा प्रहरीहरुले यस्तो गल्ति नदोहोरयोस /

  22. दुख को कुरा …..बचाउन सक्ने मान्छे लाई पनि प्रहरी हेल्प गर्ने … एकदम दुख को कुरा हो नेपाल को लागि …. नेपाल को प्रहरी … बिदेशी हरु को बहुमुले समान खोज्दै होला साले हरु केहि आशा मा आफ्नो जात देखिहाल्यो नि कुकुर हरुको … मरेका मान्छे हरु को आत्मा चिर शान्ति मिलोस पशुपति नाथ संग यहि छ प्राथना

  23. चोर पोलीस तेरो आफन्त लाई पनि यस्तै भयको bhaya यस्तरी नै जन्थिश विचरा बचान्ने मान्छे लाई पनि मर्नु पर्यो …………….,अनि तेहा हेर्ने मान्छे हरु तिमि हरु ले पनि हेल्प गरे हुन्थियो नि ?तिमि हरु लाई पनि यस्तो हुन्न र? , यो accident भयको बिमान कम्पनी को manager ले गर्दा हो किन कि नारामर्रोव weather मा पनि फल्लना pilot ले त flight गर्छ भन्ने अनि अर्को लाई जबर जस्ती गर्ने लग्युन्ने ले हो ” यो रेअल नै हो एक pilot को भनाइ हो” मितक को आत्मा ले हेअवें मा बाश पयुन्नु मेरो यही छ कामना जय नेपाल आमा

  24. शवमशेवकहरुको सम्बाद सुनेर आँखा रसायो ! के गर्ने, एक जनालाई सरापेर नहुने! चिर-आत्माको कामना!

  25. मृत आत्मा को चिर शान्ति को कामना तथा सोक सन्तप्त परिबार प्रति हार्दिक समबेदना!!!
    मेरो बिचार मा दुर्घटना मा सबै भन्दा पैला उद्दार कार्य जरुरि हुन्छ.न कि सामान र ठाउको सुरक्षा.पैला पुलिस प्रसासन ले ति व्यक्ति लाइ उद्दार गरेर समयमै अस्पताल पुर्यायको भय सायद उनि बाच्ने थिया होलान.किन होला एम्बुलेन्स नै पर्खनु पर्ने?अनि नेपाल का एम्बुलेन्स मा के नै सुबिधा छ र?त्यै अस्पताल सम्म पुर्याउनु त हो.अब नेपाल मा एम्बुलेन्स मा पनि चिकित्सक हरु राख्ने ब्यबस्था गर्नु जरुरि छ ता कि जरुरि केस मा प्राथमिक उपचार एम्बुलेन्स मै होस् र बिरामी लाइ अस्पताल सम्म पुर्याउदा कुनै अप्रिय घटना नहोस.

  26. पुलिसका येस्तई ब्योहार्ले त् जन आन्दोलन ताका माओबादीले लखेटी लखेटी मारेका

  27. माथि को एउटा फोटो मा हेलिकोप्टर घुम्दै गरेको देख्छु नि म त…. के खोज्दै छ तेस्ले… मान्छे बचाउन आको भनुम भने बोल्दै गरेको मान्छे पनि बचाउन सकेनछ …. यो नौटंकी को के जरुरत छ त्यहाँ??

  28. नेपालको पुलिस प्रशासनको के कुरा , उद्दार गर्न गएको टोलिले पनि दुर्घटना भएको समयमा तेहा पुगे पनि तेस्तै व्येबहार गर्छन ,अस्ति म्याग्दीमा मिनी बस दुर्घटना हुदा बच्ने खालको मान्छेलाई पनि नमर्दै बचाउनुस म बाच्छु भन्दा पनि मरेको मान्छेको समुहमा पुलिसले फालिदियो भन्ने कुरा सुनियो | एस्तो नहोस! हे भगवान!!

  29. प्रहरी प्रसासनमा सेवामुखी भावनाको खडेरी छ /
    आजको युगमा सम्भावना हुदा हुदै पनि कसैको लाहपर्वाहिले कसैको ज्यान जानु निन्दनीय कुरा हो /
    त्यो लोभी, तुच्छ प्रहरीलाइ कारबाही गरेर कर्तव्य पलायनहरूको सात्तो उडाएको हेर्न इक्छुक छु /

  30. यसपालिको बडा दशैं त राम्रै भयेछनी ति पुलिस हरुको त ! हैन तिमि पुलिश भनाउदा हरुलाई अलिकति पनि लाज लाग्दैन है ??? मानबीय सम्बेदना भन्ने कुरा त अलिकति पनि छैन है तिमीहरु मा ??? आफ्नो बर्दी को अलिकति पनि सम्मान गर्न जानेनौ है तिमीहरुले ??? हेर जनताका पहरेदार हरुको हालत .. थुइक्क लाज पचेका तिमीहरु ??? यी निरन्जन कर्माचार्य को आत्माले कति शरापे होला यार ?? जनताको रक्ष्यक नभएर भक्ष्यक हौ तिमीहरु त !!!! कति कति बेला त माओबादी ले तिमीहरुलाई जनयुद्ध मा तड्पाई तड्पाई मारेको दृश्य हेर्दा ठिकै गरेको होकी जस्तो लाग्छ !!! तिमीहरु प्रति दया पलाउनु नि बेक्कार छ !!!! यदि साच्चै तिमीहरु ले कुनै पनि दुर्घटनामा जनताको जिउज्यान लाई भन्दा चोरीडकैती अनि लुटपाट तिर priority दिन्छौ भने तिमीहरु राछ्यस हौ अनि दानव हौ !!! आफ्नो पद को त इज्जत राखिदेउ ताकी भावी पुस्ता ले नि पुसिश को जागिरलाई निच र घृणित नसंझोस !!!!!!!!!!!!
    साथै यी सम्पूर्ण मृत आत्माप्रति भाब्बिह्वल श्रध्धांजलि अनि आत्माको चीर शान्ति को कामना पनि अर्पण गर्न चाहन्छु र नवदुर्गा माताले सबै दानबिय शक्ति को नाश गरि मानबिय सक्तिको कल्याण गरुन ,………. बिजया दशमी को सुभकामना सम्पूर्ण नेपालि दाजुभाई दिदी बहिनीहरु लाई !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  31. जे पनि ठुला बडाकै रैछ | अस्ति भर्खर म्याग्दीमा बस दुर्घटना हुदा पनि यत्तिकै मान्छेहरु को मृतु भएको खबर छापिएको थियो तर त्यतिबेला यस्तरी समबेदना प्रकट गर्नेको घुइचो देखिएन | त्यो पनि त दुखद घटना नै थियो | सायद पहाडी बसमा चढ्ने गरिबहरुनै भएर होला |
    तथापि म गरिब धनि जो भएनी शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछु |
    जुन प्रहरीको कुरा छ , प्रहरी भनेको व्यापारीले नुनको बोरा बाहिर राखेजस्तै हो | सबै सामान मुल्यवान हुन्छ बन्द गर्दा भित्र राख्छ , नुन को त्यति वास्ता हुदैन | कसैले पनि चोर्दैन | त्यो जतिखेर मुल्यवान बन्छ जब खाना पकाउने बेला हुन्छ |

  32. फेरी पनि बिमान दुर्घटना , बर्समा कतिवोटा बिमान दुर्घटना हुन्छा नेपालमा ? यो के कारण ले हो pilot सक्षम नभएर या प्लेन पुरानो भएर? या अरु कुनै? दिबंगत आत्माको चिर शान्तिको कामना !

  33. दशैँको बेलामा सारै नराम्रो खबर सुनु पर्यो…………., Feeling so bad!!!!!!!!!!!

  34. मृत आत्माको चिर शान्तिको कामना साथै यस दुखद घडीमा धर्य धारण गर्न भगवानले शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु ….

  35. पेत्यक्षदर्शीहरूले घटनाक्रम चाहिँ बताएनन ? पुलस मात्रै हैन स्थानियले नि यात्रुका सामान सर्च गरिवरि अनि उद्दारतिर लाग्या धेरै पुर्ब घटनाहरू छन् यस्मा नि के बेर ??

  36. नेपाल का पोलिस हरु आर्मी हरु कहिले यस्तो घटना कहिले होला र उद्दारक्रम मा भाको पैसा सुन कुम्लायुना पाउला भनेर मौका हेरक हुन्क्षन्न !!नेपाल सरकार ले जनता सेवक होइन कुकुर हरु पालेर आपनो मेन गेट मा राखेको हो! कुकुर हरु हुन् नेपाल का आर्मी पोलिस हरु र तिनलाई पाल्ने नेपाल सरकार भुस्या कुकुर मृत आत्मा हरुमा चिरशान्ति को कामना र ति कुकुर हरुको कुनै दिन यहि हाल होस् र तेस घडी मा बचाउने कोहि नहोस भने भगवान संग पार्थना गर्छु म त ….मेरो सारै मन रोयो झन् यो खबर पढेर…..

    • नेपालको पुलिस ले जिउ र धनको उदार गर्न पर्यो भने पहिला धनको(खल्तीको) उद्दार नगरी जिउ को उद्दार गर्ने गरेका छैनन्|यस्ता कैयौं घटना हामीले नदेखेका होइनौं र नसुनेका होइन |यिनीहरुको बानी व्यहोरा नसुध्रनु को मुख्य कारण अशिक्षित हो|कम्तिमा पनि आइ ए पास गरेको व्यक्तिले मात्र प्रहरीमा आवेदन दिन सक्ने व्यवस्था मिलाएर सिपाही कन्स्टेबल सिस्टम हटाएर अफिसर को दर्जा बाट प्रहरी प्रशासनमा परिवर्तन ल्याउन सकियो भने केहि होलाकी/तत्पश्यत देशका नागरिकहरुमा शिक्षाको महत्व बुझेर उनीहरुको मानसिकत मा पनि ठुलो परिवर्तन आउँन सकिन्छ |नत्र जहिले पनि जिउको भन्दा धनको उद्दार मै सिपाहीहरु लागि पर्ने छन्| कतिपय शिक्षित व्यक्तिहरु नै नकारात्मक सोंच र कृयाकलाप बाट उन्मात नभएक पनि होइनन|
      चोर डाँका समात्ने प्रहरी प्रशासन नै चोर डाँका भए पछी नागरिकले आफ्नो जिउ धनको शुरक्षाको आशा कसरी गर्न सकिन्छ|

  37. मेरो त मन नै खिन्न भो ! timesofindia को भिडियो हेरेको थिए !!!! राति राम्ररि सुत्न नि सकिन ! देश को माया ले सताई रह्यो !!! हे भगवान !!!!

  38. यस्तै छ प्रहरी प्रशाशन नेपाल को,…. दुर्घटनाग्रस्त बिमान का यात्री का कुनै मुल्यवान सामान भए त्यो छड़कौने चक्कर को लागि सामान मा पहिला चासो दिन्छ उनि हरु को जिम्मा को कुरा हैन भनेर गरेन होला. अलि कति मानबिय संवेदना मिसाए हुन्थ्यो नि पेशा मा. धिक्कार छ तेह! हेरेर बस्ने हरुलाई.

  39. होइन यी मान्छेहरु कतिसम्म निर्दयी हुन सक्छन हँ ????…..मान्छेको ज्यान बचाउन छाडेर समान खोज्न थाल्ने …कस्तो सुन्दै दुख लाग्ने कुरो ….

  40. खै के लेख्नु एस्तो दुखद घडीमा………
    म त निकै स्तब्ध भएँ भिडियो हेरेर मात्र यत्ति भनौ उही पुरानो फिल्म् का टट्टु प्रहरी झै घट्नाको अन्त्यमा उपस्थिती जनाउने प्रहरी ज्युहरु तपाईंहरु कहीले जनताको साथमा रहनु भयन किनकी जनता कर तिर्छन न की नेता समग्रमा भन्दा देश् लाई सिनोलाई गिद्धले लुछेझै लुछ्ने भ्रस्ट माउखनेहरु (जो जन्म पछि आफ्नै आमाको सिकार गरेर पेट भर्छ ) जस्ता खैर तपाईंलाई कानुनले रोकेको होला है? के तपाईंहरुको नलयकीपनपनी कनुन सम्मत नैछ ? अर्को कुरा के प्रहरिमा मनविय समबेदना हुदैन ? भविस्यमा यो नहोस् की त्यो सुरछ्या वर्दी भित्रको आत्माहिनदानव देखेर यस्तै करुणिक ग्लानीमिस्त्रित भिडियोमा तपैहरुकै आवाज सुन्नु नपरोस जो आफ्ना आफन्त यस्तै घटनाको सिकार हुँदा तपाईंबाट निस्कनेछ ………..

  41. यी पुलिसहरु संग मुटु हुदैन, मन हुँदैन, यी लठेब्राहरु हुन्, यी स्वार्थपरक र अत्यन्त घटिया हुन्छन, जब हार गुहार मागिरहेको बेला, प्राणको भिक्षा मागिरहेको बेला, यस्ता अनेक बिपतिका परिस्थितिहरुमा समेत पुलिस जस्ता प्रशासन, जसको जिम्मेवार नै त्यहि हो र त्यस्तो स्थितिमा उनीहरु आफ्नो जिम्मेवार सम्म निभाउन सक्दैनन् भने ति चुतियाहरु नभएर को हुन् त, त्यस बाट एउटा परिवार असह्य शोक बाट अछुत हुन्थे, यी पुलिस जो हुन् समाजको लागि घुन र राष्ट्रको लागि भाइरस हुन्, यस्ता खालका पुलिसहरुलाई सरकारले निलम्बन या अवकास गर्नु पर्छ.

  42. प्रहरी को कर्तब्य देश को सेवा गर्ने तो त खोलै मा गयो .. एउटा मानबता को नाता ले पनी सहयोग नगर्ने तिनी हरुलाई भगवान ले कहिले माफ गर्ने छैनन् …!

  43. दुर्घटनाको खबरले दुख लागेको छ| तर समयमा उद्धार पुर्याउन नसकेको खबरले झन् दुख लागेको छ| बिहानीको समय, राजधानीदेखि त्यति टाडा पनि हैन र युवक यात्रु निराजनको तत्कालै उद्धार गरिएको भए बाँच्ने सम्भावना धेरै देखिन्छ|
    हाम्रो नेपालमा दुर्घटना पछी तत्कालै के गर्ने भन्ने कुरोमा अझ पनि अन्यौल नै छ| चाहे त्यो विमान दुर्घटना होस्, वा सवारी दुर्घटना वा प्राकृतिक दुर्घटना|
    ज्यान बचाउन सबैभन्दा पहिलो प्राथमिकता हुनपर्छ, प्रहरीले होस्, स्वास्थ्यकर्मी वा प्रत्यक्षदर्शीले वा कसैले पनि| त्यो तुरन्त सुचना दिएर हुन्छ कि उद्धार कार्यमा हात दिएर हुन्छ| न्यनतम रुपमा सके स्वास्थ्यको सामान्य ज्ञान भएको व्यक्ति वा जान्ने बुझ्नेको सल्लाहमा सो हुन् सके राम्रो| थाहा पाउँदा पाउँदै पनि र सुनेर पनि उद्धार कार्यमा नजानु अपराध हो, जघन्य अपराध हो| जाने सुनेको व्यक्तिले रमिते बन्नुको कुनै अर्थ छैन|

    शोक सन्तप्त परिवारजनलाई कस्तो परिरहेको होला यसबेला कल्पना गर्न मात्र सकिन्छ| आफ्ना नाता परेको भए कस्तो हुने थियो होला, यो भएको भए त्यो हुने थिएँन होला, इत्यादि| यो पनि अकल्पनीय छ|

    हामीले कैले पाठ सिक्ने हो?
    करिब तीन दशक अघि शानेवानिको ट्वीन ओटर अपरान्हतिर भोजपुरबाट फर्कदा यात्रु सहित अलि माथि ट्याम्के डांडामा खस्यो र सम्पर्क विहिन भयो| गाउँलेहरुले तल ठुलो गड्यांग आवाज सुनेर विमान झरेको शंका गरेर त्यतातिर उकालो लागे| पाइलटले बेहोशीबाट केही क्षण ब्युँझे पछी टुटेको संचार साधन जोडजाड पारेर खबर गरे| उक्त खबर काठमान्डौबाट भर्खर बंग्कोक उडेको तर्फ उडेको थाई विमानको संचारले समात्यो र तुरन्त काठमान्डौ टावरलाई खबर गरिदिए| अल्यांगटल्यांग गर्दा गर्दै शानेवानिको व्यवस्थापन र तत्कालिन सरकारले साँझ पार्यो र उद्धार कार्य भोलि विहान उज्यालो भएपछी गर्ने भन्ने निर्णय गर्यो| यात्रुहरुमा भीआईपी कोहि थिएनन र जसरि भए पनि अहिले गरिहाल्न पर्ने चाप परेंन| रात त्यसै बित्यो|
    भोलिपल्ट साँझ तिर हेलिकप्टर गएर हेर्दा एकजना बृद्ध पीडाले छटपताई रहेका बाहेक अन्य सबैले प्राण त्यागेका अवस्थामा पाए| ती मध्ये कति यात्रुहरु रातिसम्म जिवितै रहेको र सहायताका लागि गुहारिरहेका सो बृद्धले बताए| कतिपय गाउँलेहरुले राति नै यात्रुहरुका सामान छामछुम पारेर खोतली सक्केका थिए भन्ने रिपोर्टमा पछिबाट थाहा पाईएको छ|
    समयमा उद्धार गर्न सकेको भए धेरै जसो यात्रु र चालक दलका सदस्यहरुको ज्यान बच्ने थियो|

    के भयो त् त्यसपछिको खोजीको आधारमा?
    अहिले त अनुसन्धात्मक पत्रकारिता जति हुनपर्ने फस्टाउँन र अटाउन सकेको छैन भने उ बेलाको कुरै नगरे पनि हुन्छ| शानेवानिका एमडी चेयरम्यानले राजिनामा दिए, वस पुग्यो| त्यसको फलो अप हुन् सकेन|
    उक्त दुर्घटनाबाट पाठ सिक्न पर्ने धेरै थियो तर पछीबाट भएका दुर्घटनाहरुलाई अवलोकन गर्दा जति हुनपर्ने त्यति हुनसकेको जस्तो छैन| अहिले आएर खुला आकाश नीति छ, जुन राम्रो हो तर दुर्घटना घट्नबाट वच्न र दुर्घटना भए तत्काल उद्धार कार्य गर्न सक्ने उचित व्यवस्था हुन् सकेको छैन| तत्काल उद्धार कार्य कसरी गर्ने र को को जिम्मेवारी भनेर पहिले बाटै standing आदेश र नीति निर्णय भएको हुनपर्छ|
    जिल्ला जिल्लामा rapid response को व्यवस्था पहिले बाटै गरिएको हुनपर्छ न कि घटना भैसकेर| समयमा नगरीए वा लापरवाही गरे के सजाय भनेर पनि तोकिएको हुनपर्छ| सीडीओ बाहिर गएको र फलाना नभएको भन्ने अवस्था नआवस र निर्णय लिन ढिलाई नहोस भनेर त्यसको पनि उचित व्यवस्था गरिएको हुनपर्छ|

    हवाई दुर्घटना मात्र हैन ज्यान संग सम्बन्धित सबै दुर्घटनालाई तत्काल उद्धार गरिने व्यवस्था गरिनु पर्छ र नगरीए वा उलंघन र अटेरी गर्नेलाई सजायको भागि हुनपर्छ| हवाई होस् वा सवारी वा अन्य कुनै दुर्घटना, ज्यानको महत्व बराबर हो|
    हवाईलाई हेलिकप्टर पठाउने र कृष्णभिरको सवारी दुर्घटनालाई नपठाउने मिल्दैन| बिदेशीको ज्यान ठुलो र स्वदेशीको लागि पछी गरे पनि हुन्छ भन्ने खालको सोचाई राख्न हुँदैन|
    अन्तमा, शोक सन्तप्त परिवार प्रति सहानुभूति र सवेद्ना|

  44. यस्तो बेलामा प्यारमेडिक्स हरु पनि घटनास्थल मा पुग्नु पर्ने मा गएका अधिकारीहरु समेत निरिह भएको पढ्नु पर्दा कथित अधिकारीहरु प्रति धिक्कार छ / मानवीय मूल्य – मान्यता यसरी
    अव-मूल्यन हुँदै छ / दिवंगतहरुको चिर आत्मा शान्ति औ शोक सन्तप्त परिवारजनहरु लाई परमेश्वोरले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन /

  45. यस्तै हो,मानवीय सम्बेदनाजति मरेर केवल लाश नै लाशहरुको थुप्रोहरु रहेको बस्तीमा! यो त्येस्ता अभागी किराहरुको बस्ति हो, जसमा केवल एकले अर्कोलाई खानमात्र जानेको छ-बचाउन होइन—-!!! ‘क’ ले ‘ख’ लाइ खान्छ;त्येही क लाइ जिउंदै निल्न ‘ज्ञ’ तयार भएर बसेको त्येस्लाई थाहा हुँदैन; ज्ञ लाइ चपाउन ‘त्र’ तयार…!यसरि एकले अर्कोलाई खाने चक्करमा आफु,आफ्नो देश, देशको श्रोत—आफ्नो भबिष्य र शुख शान्ति सबै खाँदा पनि यिनको घैंटोमा घाम लागेन–झन् झन् अँधेरो पो हुँदै गयो……सतिकै सरापले त होला नि!हेर्नुस न–आजको घटनामा पुलिसले मान्छेको जीवन भन्दा उनीहरुको सामानमा आफ्नो स्वाद देख्यो—भोलि उ कुनै ठाउँमा भुंग्रोको आलु जसरि खँगारिंदा अरुले उसको पर्स र सिक्री अनि फुलीमा आफ्नो भविष्य देख्छ—-यस्तै यस्तै छ यहाँ!!!!!

  46. यस्तै छ प्रहरी प्रशाशन नेपाल को , उनि हरु को जिम्मा को कुरा हैन भनेर गरेन होला. अलि कति मानबिय संवेदना मिसाए हुन्थ्यो नि पेशा मा.

  47. हैन, २ बर्ष अघि लुक्लामा यतिको विमान दुर्घटना हुँदा एक जना पाइलट बचेका थिए क्यारे / आज पनि बचेको भए दोश्रो पटक हुन्थ्यो / धिक्कार छ तिनलाई / समवेदना छ सबैलाई /

  48. कस्तो दिक्क लाग्दो खवर !!! के भका पुलिस भनाउदा हरु ???

  49. अचम्म लाग्छ यो देश मा बस दुर्घटना हुँदा जति मान्छे मरे पनि ठुलो खबर बन्दैन तर प्लेन भयो भने देशमा नै के के नै भए जस्तो ..

  50. कति दुख लाग्दो कुरा आधा घण्टा अगाडी मात्र अस्पताल पुर्याउनु sakeko भए बाच्ने यात्रुलाई मर्न बाद्द्य परिएछ . धिक्कार छ तेह हेरेर बस्ने हरुलाई.

  51. पुलिस चोर हो.. दुर्घटनाग्रस्त बिमान का यात्री का कुनै मुल्यवान सामान भए त्यो छड़कौने चक्कर को लागि सामान मा पहिला चासो दिन्छ..जनता को लागि काम नगरे मिनेट भर मा जागिर खोसिदिन्छु भन्ने बिजय गच्छदार ले यो समाचार त पक्का पढेको होला..सक्छ भने मान्छे को जीवन संग खेलवाड गर्ने त्यो पुलिस लाइ कारबाही गरेर देखाओस.. मान्छे को जीवन संग खेलवाड गर्ने तेस्ता पुलिस अधिकारी लाइ कुनै पनि सरकारी सेवा मा भबिष्य मा समेत जागिर खाने अधिकार हुनु हुदैन….सक्छौ भने कारबाही गरेर देखाऊ गच्छादार होइन भने भुक्ने कुकुर ले टोक्दैन भन्ने उखान तिमीमा लागु हुनेछ

  52. नेपाल.. सम्पत्तिमा सबैको हाई-हाई ,, बिपत्तिमा कोइ छैन दाजु-भाई:: के भन्ने अब.. आत्माले चिर शान्ति पाओश::

  53. दुख पिडा जसलाइ पर् यो उसलाइ मात्र थाहा हुन्छ !!!! भाबि को लेखा दैब को लिला !!!अनि स्वार्थि सन्सार !!!

Comments are closed.