महासभामा नेपालका प्रधानमन्त्री

-उत्तम बाबु श्रेष्ठ-
DSC_8017

‘देशले आशा गरिएका’ भनिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हिजो राति अमेरिकीबाट नेपाल रवाना भइसकेका छन् । यो हरपहरु टाइप गरिरहँदा उनी सायद मध्यपुर्वको ट्रन्जीटमा बसेर आराम गर्दै होलान् । नेपालमा हिजो भएको प्लेन दुर्घटनाको दुखद खबर सायद उनले सुनिसकेको हुनुपर्छ । त्यसो त देश छाड्ने बेला पनि उनलाई दुखद समाचारले बिदाई गर्यो, भुकम्पको कारण । त्यसकारण आगमनमा पनि बग्रेल्ती समस्याहरुले स्वागत गर्ने पक्का छ । नेपालका अखबारहरु प्रधानमन्त्रीको राष्ट्रपति ओबामासँग खिचिएका फोटोले रंगिइराख्दा म गुगलको समाचारमा नेपाल खोज्छु । त्यँहा प्रधानमन्त्रीको अमेरिका भ्रमण राष्ट्रसंघमा बोलेका कुराहरु न त कतै समाचार बनेका छन्, न त कतै उनको विदेशी पाहुनाहरुसँगको भेट चर्चाको विषय नै बनेको छ । बरु यतिखेर अन्तरराष्ट्रिय मिडियाहरुमा नेपालको विमान दुर्घटनाको समाचार मुख्य बनिरहेको छ । समाचारको महत्व बुझ्ने हो भने काफि छ, नेपाल जस्तो अतिकम विकसित देशको विदेशनितिले विश्व मानचित्रमा न त कुनै महत्व पाउँछ, न त हाम्रा राजनेताहरुले संयुक्त राष्ट्रसंघमा गरेका सम्वोधनहरुले ।

संयुक्त राष्ट्रसंघको महासभाको समयमा न्युर्योकको प्रहरी (NYPD) लाई भ्याइनभ्याइ हुनेगर्छ । भिआइपीको सुरक्षा, यातायात व्यवस्थापन मात्रै होइन, संयुक्त राष्ट्रसंघको भवन अगाडि हुने बिरोध प्रर्दशन र मिडियाकर्मीको व्यवस्थापनले उनीहरुलाई नयाँ चुनौति थपिदिन्छ । करिब ७० लाख डलर सुरक्षामा मात्रै खर्चमा हुने उक्त कुम्भमेलामा थपिएका काला ‘लक्स्जरी’ गाडीहरुले विश्वकै राजधानी शहरलाई नयाँ ‘चार्म’ दिन्छ हरेक बर्ष । तर हल भित्र महाशक्ति राष्ट्रका शक्तिशाली राष्ट्रपति र केहि शक्तिशाली देशका प्रमुखहरुले बोल्दा बाहेक अरुहरुले बोल्दा बडे बडे राष्ट्रप्रमुख, सरकार प्रमुख तथा उनका टिमहरु एकअर्कामा कानेखुशी गर्ने, फोन उठाउने, फोटो खिच्ने कार्यमा लागेको दृष्य सामान्य देखिन्छ । कर्मकाण्ड जस्तो लाग्ने यो बार्षिक तिर्थाटनमा ठुला राष्ट्रका अलावा, इरानका राष्ट्रपति, भेनेज्युला र क्वुवाका सरकार प्रमुखहरुले भनेका कुराहरुले अन्तरराष्ट्रिय एवं अमेरिकी मिडियाहरुको ध्यान तान्न सफल हुन्छन् । तर हाम्रो जस्तो अतिकम विकसित राष्ट्रहरु वा ‘आवाजहिनहरुको आवाज’ संयुक्त राष्ट्रसंघको ३९ तल्ले भवनको भित्ताहरुमा हराउँछ । हाम्रो जस्तो हरितन्नम देशका ‘डेलिगेट्स’हरु विकसित देशका ‘डेलिगेट्स’ लाई भेटन् सकेकोमा गर्व गर्दै त कसैले हेपेर टाइम नदिएकोमा मुर्रमुरिदै स्वदेश फिर्छन् । तर यति भन्दाभन्दै पनि उक्त सम्मेलनको आफ्नै महत्व पनि छ । बिशेष गरि बर्षेनी एकदुई थान सरकार फेरिरहने नेपाल जस्तो देशका नयाँ प्रमहरुलाई अन्तरराष्ट्रिय सम्पर्क विस्तारमा यसले ठुलो टेवा पुराउँछ । त्यसको अवाला यस सम्मेलनको महत्व दुईपक्षीय भेटघाटमा पनि छ । भेटन चाहनेहरुलाई यसले ठाँउ र समय उपलब्ध गराँउछ । बर्तमान सन्दर्भमा नेपालको शान्तिप्रकृया जटिल मोडमा पुगिरहेको अबस्थामा त्यसलाई सघाएको संरासको यससभामा भागलिनुको धेरै महत्व हुन्छ नै ।

अघिल्ला प्रधानमन्त्रीहरुको भन्दा प्रधानमन्त्री बाबुरामको भ्रमण उनले ‘इकोनोमी क्लास’मा यात्रा गरेर, नेपालको इतिहास कै सानो भ्रमणदल ल्याएर वा आफ्नो स्वकिय सचिवलाई राजदुत निवासमा बस्न लगाएर मात्रै होइन् । उनले यसपटकको सम्मेलनमा आफु विश्व कै एकमात्र माओवादी देशको कम्युनिष्ट प्रधानमन्त्री भएको प्रष्ट संकेत दिन चाहे, कहीं खुलेर त कहीं लुकाएर । संयुक्त राष्ट्रसंघमा उनले बोलेका भाषण उनी स्वंयले पुर्नलेखन गरेको भएर होला, त्यसमा आफ्नो सैदान्तिक अडानलाई घुसाउँदै नयाँपन दिन खोजे । पुँजीवादी अमेरिकाको विश्वविद्यालयमा त्यहाँका दिग्गज प्राध्यापक र विद्यार्थीहरुलाई मार्क्क्सवाद/साम्यवादको कोचिंग कक्षा दिने अवसर समेत चुकाएनन् । साथै भुमण्डलीकरणको प्रचुर फाइदा उठाँउदै विश्वभरबाट सोधिएको प्रश्नको तत्काल जवाफ पनि फर्काए । तर उनकै शब्दमा प्रधानमन्त्रीको रुपमा होइन, मार्क्क्सवादको एक अध्येता र क्रान्तिकारीको रुपमा । प्रवचनमा २१ औं शताब्दीमा पुँजीवादमा आएको संकटको कारण २० औं शताब्दीमा धुलोमा फालिएको मार्क्क्सवादलाई एक्काइसौ शताब्दीको शुरुमा मानिसहरुले फेरि पल्टाउन थालेको बताउदै अबको शताब्दीमा मार्क्क्सवाद फेरि सबैभन्दा सान्दर्भिक राजनैतिक र दार्शनिक मान्यता हुने दाबी गरे । अमेरिकी स्वयंसेवक केल्भिन वुभ्रीस्कीले लेखेको ‘माओवादी’ पुस्तक ग्रहण गर्दै मार्क्क्सवादको उच्चरुप माओवाद भएकोले आफुहरुले त्यो अंगालेको बताए । त्यसो त उनले भ्रमणको क्रममा आफ्नो सैदान्तिक विचारसँग मिल्दोजुल्दो क्युवा, बोलिभियाका प्रतिनिधीसँग मात्रै भेट गरेनन्, नेपालको विकासलाई सघाएका फिनल्याण्ड, नर्वेका सरकारप्रमुखलाई पनि भेट्ने चाँजो मिलाए । भारत, श्रीलंका, माल्दिप्सको प्रमुख र चीनको विदेशमन्त्रीलाई भेटेर क्षेत्रिय मित्रता दर्शाए । न्युर्योकबाट २ घण्टा टाढा कनेटिकट स्थीत आफ्नो स्कुलको शिक्षकको निवासमा गाडी मै गएर आफ्नो वाल्यकाल संझदै भावविभोर भए । आफ्ना त्यतिबेलाका लुइटेल स्कुलका केहि सहपाठीहरु समक्ष भलाकुसारी गदै नेपाली रेष्टुरेष्टमा ‘डिनर’ गर्न भ्याए । न्युर्योकमा नेपाली मिसनले उनको सम्मानमा आयोजना गरेको ठुलो जमघटमा ‘चार कालो झण्डा’ को सामना गर्दै विदेशीएका नेपालीलाई देशको मुहार फेर्न सहयोगको अपिल गरे । समग्रमा, आफ्नो सैदान्तिक अडान र दृष्टीकोणलाई आफ्नो बौद्विक क्षमता मार्फत विश्वसमक्ष राख्न खोजे प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ।

प्रधानमन्त्री स्वयंले अमेरिका उत्रेको भोलिपल्ट आफु नयाँ प्रधानमन्त्री हुँदैमा तत्काल विदेश नितिमा खासै फरक नपर्ने बताएका थिए हामीसँग । र, नेपाल रवाना गर्नेक्रममा पत्रकारहरुसँग आफ्नो भ्रमणको सबैभन्दा सुखद पक्ष आफ्नो गुरुआमाहरुसँगको पुर्नमिलन बताए । उनको भ्रमण आफैमा सफल हुने नहुने कसी भनेको उनले शान्ति प्रकृयालाई टुंगोमा पुराउने र नयाँ संविधान लेख्ने कार्यभार पुरा गर्नु नै हो । जुन उनले विगतमा देशभित्र प्रतिवद्वता जनाउँदै आएका थिए र अहिले अन्तराष्ट्रिय जगतको सामु । नेपालका एलिटहरुले थाकिन्छ ‘बिजनेस क्लास’मा जाउ भन्ने सुझावलाई लत्याउँदै प्रधानमन्त्रीले साधारण जनता चढ्ने ‘इकोनोमी क्लास’ करिब २० घण्टाको दोहोरो यात्रा तय गरेका छन् । मध्यपुर्वबाट नेपाल जाने प्लेनमा नेपाली यात्रीहरुले भोगेका तिता भोगाईहरु उनले आफैले प्लेनभित्र देखे/सुने भने । र, असी बर्षको हजुरआमा समक्ष उहाँले जस्तै निस्वार्थ भई देश र जनताको सेवामा लाग्ने भनेर गरेको प्रणलाई भुलेनन् भने पक्कै कुनै दिन राष्ट्रसंघको महासभामा हाम्रो कुरा सुन्ने सुनाउने दिन आउलान् ?

Baburam_New School

DSC_7834

DSC_7721

DSC_7905

DSC_7758 (1)

[सबै फोटोहरु उत्तम बाबु श्रेष्ठले खिचेका हुन् । साभार गर्दा स्रोत खुलाउनु भएमा आभारी हुने थिएँ ।]

88 Comments

  1. बाबुराम को देश प्रतिको सकारातमक सोचलाई सम्मान गर्नु पर्छ . तर उहाको पछी त्यति राम्रा मान्छे हरु छैनन्, भन्नु सजिलो छ तर काम गर्नु गाह्रो छ.

  2. भेडाको छाला वोडेको ब्वासा हरु ,
    लस्करै राजधानी छिरेका खबर आयो ,,
    सबैले कुखुरा जोगाउन लागे ,
    गोठ को ढोका हरुमा किल्ला ठोके ,
    जता ततै साबधान ध्वनि गुन्जिरहेकै थ्यो ,
    सतर्कताको अनुपम अभ्यास ,
    अनायास पर्दा उत्र्यो,नियालेर हेरेको त् ,
    येस्पाली ,
    पुरै सहर नै भेडो बनाइदियेछन् ,
    न खोर को कुखुरा लागे ,
    न गोठ को पाठो हरायो ,

    जनताहरु राजा मिदास भएका ,
    नेतृत्त्व बर्ग डामेको साढे जस्तो ,
    खयाली पुलाउ ,र आत्म रतिमै रमाउदै ,
    हावाको महल ठड्याउ दै ,
    नसामा गुनगुनाउदै ,

  3. सबैको प्रतिक्रिया पढ्दा रमाइलो लग्यो सबैले आफ्नो तर्क खुल्ला राखेको छ यो श्रेय चाही mysansar लै जान्छ. म जस्ता साधारण व्यक्तिले पनि केहि जान्ने मौका पाएको छ धन्यवाद. एस लेखमा प्रा. म डा. बाबुराम भट्टराई संयुक्त राष्ट्र संघ को बार्षिक सम्मेलन को शिर्षक मा कडा तर्क बितर्क एस अंकमा भएको छ. आशा छ यो यात्रामा धेरै उपलब्धि वार्धक काम पक्का पनि भएको हुन पर्छ बाबुराम जी को ठाउमा अरु पनि कति आए गए के भयो र ? आजसम्म का कति संयुक्त राष्ट्र संघको बार्षिक सम्मेलनमा बनभोज खान पर्यटक भएर प्रथम श्रेणी हवाई यात्रा गर्थे.के भाथियो र ? आज भएन ? बाबुराम जी भर्खरै मात्र सरकारमा औना भा छ काम गर्न पाको छैन सबैलाई जादुको लड्डु चाहिएको छ. प्रा.म हुने बितिकै जादुको डाँडा हाथमा औछा र? समय दिनु पर्छ अनि काम गरेना भने घोक्रे थ्यक लाउनु पो ठिक हुन्छ भन्ने मलाई लाग्छ. कमसे काम गर्छु भन्ने लै काम गर्न दिन पर्छ .
    आफु साधारण नेपाली जनताको नाताले समय सापेक्छ चाहिं प्रा. म डा. बाबुराम भट्टराई नै हुनकी भन्ने मलाई आशा लागेको छ सक्दो सहायो पुराएर नेपाल र नेपाली को खाँचो लै पुरा गर्नु नै नेपाल र नेपाली को हितमा हुने छ भन्ने मेरो सानो राय छ.

  4. प्रधानमन्त्रीज्यूमा, देशको नेतृत्व पंतिमा हुनुपर्ने जोश र जुझारूपन पाए / तपाइको नेतृत्व खहरे नै भए पनि खहरेको भेलले भ्रस्टाचार र दण्डहीनतालाइ बगाएर लागे मात्र पनि कोशेढुंगा साबित हुनेछ /
    – संबिधान, शान्ति प्रक्रिया र हतियार व्यवस्थापन गर्नु आजको मुख्य मुद्धा हो भने अरू तपशिलका भंगीमामात्र !
    समग्रमा प्रधानमन्त्रीको सम्बोधन सन्तोषजनक लाग्यो / धन्यबाद उत्तमबाबुजी !

  5. २० सताब्दी मा मिल्किएको मार्क्सबाद लै २१ औ सताब्दी को सफलता को चाबी भनि त्यसको गायत्री मन्त्र पाठ गर्ने हाम्रा डाक्टर प्र म ज्यु र अफगानिस्तान/पाकिस्तान का मुल्लाह जसले १४ औ सताब्दी मा लेखिएको कुरान मा आधारित सहरिया कानून को अछारश पालना गर्न वकालत गर्छन मा के फरक रहयो ? मदरशा मा एकहोरो धमान्धता को पाठ पढेका बाट एस्तो विचार कुनै अनौठो होइन तर भारत मा बिद्या वरिधि गरेका हाम्रा प्र म ज्यु बाट हामीले मार्क्सबाद को एकहोरो रटन सुन्दा उदेक लागेर औछा |
    २१ औ सताब्दी को आर्थिक बिसमता र प्राबिधिक छलांग लै आँकलन गर्न के मध्ये युग मा लखिएको मार्क्सबाद सक्छम छ त ? डेंग सो पिंग ले ८० को दसक मा नै माओ बाद लै तिलान्जली दिएर पुजिबाद मा प्रवेश नगरेको भए आज चिन दोस्रो ठुलो अर्थ तन्त्र हुने पक्कै थिएन | हामीले के बिर्सन हुन्न भने पुजिबाद आफै मा एक फूल प्रुफ सिस्टम होइन तर अहिले सम्म बिस्वमा देखिएको र प्रयोग गरिएको सिस्टम मध्ये को उत्क्रिस्ता हो त्यसैले एसको विकल्पमा बिस्व बाट तिरस्कृत मार्क्सबाद को वकालत गर्नु हास्यास्पद छ |

    • श्याम सुन्दरजी ! पहिले मार्क्सवादको कखरा पढौं, अनि कमेन्ट गर्नुहोला | पुँजीवाद पनि मार्क्सले नै परिकल्पना गरेको सामाजिक बिकासको एउटा खुडकिलो हो|

      • शशांक जी,
        कतै तपाईं त्यही मार्क्सवादको कखरा पढाउदै त होइन अमेरिकामा?

        • राजजी ! अमेरिकामा मैले किन मार्क्सवाद पढाउनु पर्यो ? यहाँको राष्ट्रपतिको भाषण सुन्ने गर्नु भएको छ ? वहांले मार्क्सवादमा आधारित समाजवादकै त वकालत गरिरहनु भएको छ, भलै त्यसमा कार्ल मार्क्सको नाम किन नसुनियोस|

      • लामा जी ,
        तपाइको सुझाव ( पहिले मार्क्सवादको कखरा पढौं, अनि कमेन्ट गर्नुहोला ) ले मलाई तपाई द्वन्द्वात्मक भौतिकबाद र एसको सफल प्रयोग बिषय मा बिध्यबरिधि लिएको आभाष हुने गरि सल्लाह दिनु भयो | होला तपाई NY मा बसेर बिस्व को सेरो फेरो बुझेको मान्छे हाम्लाई पनि येसो मार्क्सबाद को सफल प्रयोग भएको देश को मेसो दिनुहुन्थ्यो कि ? ……… होइन भने jackson Height को प्रचण्ड-बुद्धिजीवी सैली मा अरु को बिचार र पक्छा लै होच्याई पुर्बग्र्ही भई अर्ति बुद्धि दिनु भन्दा बिचार को प्रतिवाद तार्किक सैली मा विचार बाटै गर्दिनु भए सबै लाभान्वित हुने थियौ | अन्यथा नलिनु होला केवल सानो सुझाव मात्र हो |

    • सुन्दरजी ! अध्ययनशिल, बिश्लेषनात्मक र दम्युक्त छ तपाइको लेख !

  6. सबैले आफु संग भएको क्षमता देखाउने हो त्यो देखाउनु भयो उत्तम जी ले ,,, राम्रो नराम्रो हामीले बुझम ,,,,मेरो आफ्नो मत बाबुराम लाई छ ,

  7. मैंले बुज्न र सोध्न नपाएको केहि यक्छ प्रश्न हरु.

    १) २०५२ साल मा जब माओबादीले बन्दुक बोक्यो धेरै निम्न र मा जस्ता निम्न मध्यम बर्गले त्येस्लाई एक हद सम्मको मौन समर्थन गरे. तर जनकारवाही का नाममा जो बर्बर तवरले मारिए र जसलाई केहि कारवाही हुनु पर्ने थियो ति उम्केको देखेपछि मेरो आत्माले त्येस्लाई जना यौध्हा कम ज्यान र अन्तका यौध्हा ज्यधा भनेर बुझ्यो. होइन भने विजय गच्छदार, जय प्रकाश गुप्त, चिरन्जीवी वाग्ले, भिम रावल, सुजाता कोइराला, बल बादुर के सी आदि आदि कसरि कुनै जना कारवाही मा नै परेर्नन त प्रभु? (यो प्रश्न सोध्नु को मूल उद्धेस्य हिंसालाई प्रसय दिन खोजेको होइन, बरु माओबादी को जनायुध्हा खासमा केहि सोझालाई आँखामा धुलो च्यापेर आफु सत्तामा बस्नु सिबहेक अरु केहि होइन भन्ने आम मानिसको विचार हो. )
    २) भ्रस्तार्चार मा जिरो तलारेंस भनेर भनेका बाबुराम क उप प्रधानमत्री को छन्? एक चोटी हेरामना? के त्येही हो निष्ठा को राजनीति? मा यो प्रश्न बाबुराम र उनका अन्ध भक्तलाई गर्न चाहन्छु.
    ३) धेरै ले २४० बर्षको ताना दिने गरेका छन् आजकल, हुन पनि त्यो दुइ शब्द बोल्यो भने बडो क्रान्तिकारी भइनछ भन्ने धेरैलाई लागेको छ. अब प्रिथिवी नारायण शाह ले गल्ति गरेर नेपाल एक बनाए त्यसैले अब हामी तुक्रेनी ठिक भन्ने मुर्ख प्राणीलाई त के भन्ने? तर २४० बर्षमा जे भएन त्यो त बिगत ५ /६ बर्षमा त केहि हुनुपर्थ्यो नि. राजा चौन्जेल राजालाई सराप्ने, राजा गयेची इतिहासलाई सराप्ने र आफु इतर्कलाई जैलेनी आफ्नो अकर्मन्यता लुकौना सराप्ने प्रबिती हाबी भको पार्टी र त्येसका नेताले के निकाश दिन सक्छन?
    ४) बाबुरामकी पत्नी हिशिला यमीले आफु मन्त्रि भको बेला नातागोता लाइ राजनीति भर्ति दिएर गरेको भ्रस्टाचार को बारेमा किन खो हि मौन छ? मरेको २४० बर्षको राजतन्त्र लै सरापेर क्रान्तिकारी हुने कि जिउँदा भ्रस्टचारी लाइ कानुनी दयेरमा?
    ५) दौरा सुरुवाललाई सामन्ती देख्ने ले साम्राज्यबादी को पोशाक छैन किन सिरुधार्य गरेको? बरु कमिज कचाद लाएर उन मा गएको भए हुन्थ्यो नि? के जनता सबै पाखण्डी हुन् भन्न खोजेको?

    अर्को कुरा त मैंले न्यु स्चूल मा भएको कार्यक्रममा गएको थिएँ. राजनीति सश्त्रका माहिर प्रोफेस्सोर ले गरेको प्रश्न हाम्रा डाक्टर साहेबलाई दिन र बुजौना कति कठिन भएको थियो त्यो उनलाई र हेर्ने सबैलाई थाहा छ. अन्गुथा चाप कार्यकर्ताको दिमाग भुटेको जस्तो हुँदैन अन्तरास्ट्रिय मन्चमा भन्ने कुरा उनले बुज्नु जरुरि छ. फेरी सबै एस दि मुनि (र एजेन्ट ) जस्ता प्यारा प्रोफेस्सोर नि कहाँ हुन्छन र? फेरी त्यो कार्यक्रम मा प्रोफेस्सोर रेड्डी ले बाबुरामलाइ के भने त्यो बारेमा उत्तम जी ले मौन ब्रत लिनु भएछ.

    • कि त अंग्रेजीमा कि त सुद्द नेपाली भाषामा लेखौं न हो मित्र!!! कुरा त गतिलै हुन् तर मिलाएर पढ्न पनि कस्तो गारो!! सारमा मेरो पनि समर्थन चाहिं छ है!!!

  8. बाबुराम RAW को agent हो यो सबैलाई थाहा छ, बाबुरामको सरकार नेपालको सबै भन्दा पंगु हुनेछ! किनकी येही सरकारले भारत संग ऐर मार्शल तथा सुपुर्दुगी सन्धि (जुन एस अघिका सरकारले गर्न मानेको थिएन) मा हस्ताछेर गरेर देशमा भारतीय सेना हुल्दै छ, भारतको नाङ्गो हस्तछेप निम्तौदै छ, अनि संघियताको नाममा देश टुक्रा टुक्रा पारेर धोतीलाई बुझाउदै छ!
    एतिबेला मलाई कबि माधव घिमिरे को गित याद आयो

    नेपाली हामी रहूला कहाँ नेपालै नरहे,नेपालै नरहे
    उचाई हाम्रो चुलिन्छ कहा हिमालै नरहे
    तराई हाम्रो सुनका टुक्रा हिमालै हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको
    ये कहाँ बाट संसारै हेर्छौ संझनै नरहे,संझनै नरहे,संझनै नरहे!!!!!
    …………………………………….

    • लघुताभासले पिडित भएर एमान्ग्रेस बलरामले बाबुरामलाई यो कपोलकल्पित आरोप लगाउनु र शंकर पोखरेलको बिषबमन के संयोग मात्र होला र ?

    • भारतीय सेना चै आइहाल्छ भनेर न भनेको भए हुने ? औनुनै थ्यो भने कुनबेला बाबुराम पी एम होला र नेपाल छिरौला भनेर पर्खेर बसेको थियो र ?

    • आहा क्या सजिलो ! आफुलाई मन नपर्ने जति सबै RAW को एजेन्ट ! कांग्रेस त जन्मजात एजेन्ट भैहाल्यो, एमाले सत्तामा छँदा त्यसका नेता लाइ पनि RAW को गुलाम भनिन्थ्यो, अब आएर बाबुराम त्यसको एजेन्ट ! अनि स्वच्छ छविको चाहिं को हो त ? ज्ञानेन्द्र ?!

  9. बाबुराम ले आकाश कै तारो खसाल्छ भनेर २ बित्तामाथी उफ्रानेलाई के भन्नु र खै ?
    तर पनि बोर्ड फस्ट भएको र राजनीतिक अभ्यास गरको व्यक्ति हुन् | तर्क पूर्ण लेख लेक्थे र आजकाल सरल जिबन को अभ्यास गरेर देखाउदै छन् | त्यो राम्रो पक्ष्य हो ?
    धारे हात लगाएर बिरोध गर्ने हरुले एक चोटी राम्रो पी यम को हुन् सक्थ्यो चिनाइदिनु पर्यो ??
    को माधब ?बामदेब ? सुर्यबहादुर ?कमल ?प्रचण्ड ? बादल ?बैद्द्य ?ओली ?सुजाता ?सुशील ? महन्थ ठाकुर ? उपेन्द्र ?रामचन्द ?देउबा ?
    कृपया आफ्नो पी यम को राम्रो कुराहरु ३ -४ लाइन पनि लेख्नु होला ?

    • द्रोणजीले ठिक भन्नुभयो: बाबुराम स्रहर्स हात भएका देवता होइनन क्यार! न त उनको हातमा मेलम्चीको सुरुंग काटने सुदर्शन चक्र नै छ !

      • मेरो गोरुले तेरो बाली खाए तिरो तिरौला, तेरो गोरुले मेरो बाली खाए गोरु नै बांधुला…किनकि मेरो गोरु भनेको मेरो गोरु हो नि !!

  10. कालो झण्डा देखाउनु उनीहरुको गणतान्त्रिक अधिकार हो| तर तीनवटा कालो झण्डाले केहि माने राख्छ र ?

  11. बाबुराम सरले अहिले सम्म गरेको काम हेर्दा त पक्कै नि केहि गर्लान जस्तो देखिन्छ . Doctor साब को बिसय नि The Nature of Underdevelopment and Regional Structure of नेपाल भएको ले त झनै यिनी ले त केहि गर्ने पर्ने हो भन्ने भान हुन्छ.

    तर उहाले आहिले प्रधान मन्त्रि हुन्जेल सम्म लाइ म माओबादी हो भन्ने कुरा बिर्सिन सक्नु पर्ने हो. हामी नेपाली लाइ आहिले शान्ति र development चाहिएको छ. बेरोजगारी हाम्रो सबै भन्दा ठुलो प्रोब्लेम हो. डाक्टर साब ले आहिले पार्टीको उप अदक्ष्य भन्दा नि म मेरो देश को कार्यकारी प्रमुख हो र मेरो सबै काम देश को उन्नति प्रगति मा लक्षित हुनु पर्छ भन्ने कुरा बुझ्दिनु भयो भने र तेही आनुसार काम गर्नु भयो भने, डाक्टर साब संग जनता को support पनि छ. wisdom को हिसाब ले नि उहा जस्तो शायद नै कोइ होला.
    येसरी माओबादी को main लक्ष्य सत्ता कब्जा नि automatically हुन्छ. जसले देश को लागि राम्रो गर्न सक्छ जनता ले त उसै लाइ साथ् दिने नै भए, अनि त भैहाल्यो नि सत्ता कब्जा.

    प्रचण्ड जी ले नि येस्तै सत्ता कब्जा गर्ने मौका त पाएका थिए, तर उहा ले त जन सेना लगाएर कब्जा गर्ने विचार गर्नु भयो क्यारे तेही भएर fail हुनु भाको हो. तपाई ले एस्तो mistake गर्नु हुन्न होला बाबुराम sir . किनकि नेपाली जनता लाइ अब तेसरी त सकिन्न तपाई ले त यो कुरा बुझ्नु नै भाको होला. नेपाल develop गर्न तपाई जस्तै पढे लेखेको मान्छे को खाचो छ sir. नत्र आज I Am नेपाली भनेर गर्भ गर्ने ठाउँ नि हरायो वा लागि सक्यो.

    . तपाई ले हामीलाई फेरी एकचोटी गर्भ गर्न सक्ने बनैदिनु हुन्छ भनेर मा जस्ता धेरै नेपाली ले आश गरेका छन्

    • ए मित्र तपाहीको कुरामा असहमती भयपनी रातो टिक लगाउन चाँही सकियन किनकी केही सहमती पनि थियो! बाबुराम स्वोतन्त्र बाट प्रधानमन्त्री भएएको नभयर बिभिन्न नेपाल भनेको मैले मात्र बनाउने हो म भन्दा अरुले बन्नौनै सक्दैनन र म भन्दा राम्रो बिचार र क्षमताको मान्छे ब्यक्तित्वो अरु कोहि छैन् भन्ने मानशिकता ले ग्रसित लोभि र स्वार्थी हरुको भिड अन्य ठुला भनाउदा तर माओवादीको आधा भन्दापनी सानो पार्टीको बिरोध र असहमती बाबजुद पनि केही क्षत्रिय पार्टीको सहमती र सहभागितामा बनेको बहुमतिय सरकारको नेत्रित्वो गरि बनेको प्रम हुन! तेसैले तिनीहरुलाई पुर्ण तया बेवास्ता गरि म नेपाली जनताको प्रम हुन मैले नेपाली जनताको लागि नेपाली जनताको चाहनामा जे पनि गर्न सक्छु भन्ने कुरा कथामा सिमित छ या तेसो गर्ने कोशिस गरेमा बाबुराम नेपालको प्रम नरहने निस्चित छ तर पनि यस्को बाबजुद र तेतिहुदा हुँदै पनि देश् र जनताको लागि गरेका र गर्न खोजेका उन्का कुराहरु सह्राहनिय छन्! उहाँलाई देश् र जनताक लागि काम गर्न पनि बिभिन्न पक्षलाई मनाइ फकाइ त्यहाँ अड्नु जरुरी छ! तेसीले म भन्छु यहाँ बाबुराम नालायक होइनन र हुने छैनन् बरु नालायक त हामि छौ जो हाम्रो लागि गर्ने गर्न खोज्ने हाम्रो देश् र जनताको पक्षको एउटा ब्यक्तित्वो लाई देश् र जनताको पक्षमा काम गर्दा र गर्न खोज्दा पनि त्यहाँ अडाउन सक्दैनौ उनी आफै त्यहाँ जसरी भयपनी अद्नु पार्ने बाध्यता र बिबसता छ! हामिले यस्तानेता यो युगमा निस्चयनै पाउने छैनौ र अर्कोयुगको कुरा म गर्न सक्दिन तेसैले हामिले यो प्रधानमन्त्रीलाई जसरिपनी त्यहाँ अडाइ भरपुर सहयोग गर्नु पार्ने छ!

  12. सयुक्त राष्ट्र संघको घुरमईलो मन्चमा विश्वभरिका नेताहरु आएर झा टा (झारा टराई) भाषण गर्छन, आआफ्ना देशका दुखेसो पोख्छन, जान्छन| स्खलित भैसकेको राष्ट्रसंघसंग समस्या समाधान गर्ने श्रोत, साधन र शक्ति छैन| बर पिपलको छहारीमुनी चौतारीमा गफ पिटेको जस्तै हो यहाँ गरिएको भाषण | बरु न्युयोर्कस्थित THE NEW SCHOOL मा भएको मार्क्सवाद्ब बारे प्रवचन गोष्ठीमा डा बाबुराम भट्टराइ खरो रुपमा उत्रिए| त्यस भेलामा सहभागी भएका प्रतिष्ठित अमेरिकी बिश्वबिधालयका प्रोफेसरहरुले उनको धारणाप्रति समालोचनाभन्दा बढी आलोचना गरे| प्रत्युत्तरमा डा, भट्टराइले सामाजिक बिकासमा मार्क्सीय सिद्वान्तलाई लागु गर्ने क्रममा आफुले प्राप्त गरेका लामो व्यवहारिक अनुभव र सैद्वान्तिक ज्ञान बढो तार्किक रुपमा प्रस्तुत गरे र मार्क्सवादनै समाज विकासलाई चाहिने सबभन्दा अत्युत्तम सिद्वान्त हो भन्ने कुरा भेलामा उपस्थित भएका विद्वत वर्गलाई जानकारी गराए| उनको भाषा राज्य प्रमुखको जस्तो नभएर प्राज्ञको जस्तो थियो| कम्युनिष्ठ नेताहरुले भाषण गर्दा मुठ्ठी उज्याउन्छंन, तर उनले त्यसो गरेनन|

    • प्रोफेस्सोर ले आलोचना होइन उनको विचार र त्येसको ब्येभारिक्तालाई ठाडो चुनौती दिएका हुन्. जसको जवाफ बाबुराम संग थिएन. त्येसैले आले ताले राजनीतक भासन सिबयेक केहि दिन सकेनन. रेसेअर्च उदारहण र तार्किक सक्ति दुवै को कमि थियो. पार्टीका अनपढ लाइ उचालेको जस्तो हुन्दाना नि .

      • बिनयजी ! प्रोफेसरहरुसंग सैद्वान्तिक ज्ञान प्रशस्तै होला, तर बाबुरामसँग सैद्वान्तिक र व्यवहारिक ज्ञान दुवै छ| Theory र Practical मा कति अन्तर हुन्छ भन्ने कुरा त बिनयजी जानकार राख्नुहुन्छ नै होला !

      • कसै कसैलाई तेस्तो लाग्न सक्छ साथि, अझै कसै कसै त त्यो भन्दापनि तल्लो लाग्न सक्छ किनकि आफ्नोआफ्नो दिमागको क्षमता र तेस्ले संग्योग गर्ने बिचारको उपजको कुरो जो छ! अब बिनय अधिकारि लाइ तेस्तो लागेन भन्न पनि सकिदैन किनकि, कहाको राजा राम कताको गाणे भडारी.
        कि कसो हो साथि?

      • गोरो छालाले भनेको सबै कुरा जायज हुन्छ भन्ने केहि छैन| उनिहरुसंग भलै सैद्वान्तिक ज्ञान प्रशस्त होला, तर बाबुराम सैद्वान्तिक र त्यसको कार्यन्वयनमा पोख्त छ भन्ने कुरा हालैको जनायुद्वाले नै प्रष्ट्याउन्छ| प्रवचन गोष्ठीमा उनि खरो उत्रिएको सबैले महसुस गरेका थिए | बिनय अधिकारीले कस्तो आँखाले हेरेका थिए, त्यसैमा भर पर्छ |

  13. मलाई सबै थोक ठिक लग्यो, ड़ा साबले दौरा सुरुवाल लगाउनु भएको भए म बिदेशी भुमिमा नेपाली हु भनेर गर्ब गर्न सक्थे, नभए सब्बै नेपाली कि त भारतीय कि त आर्को छिमेकि चाइनिज जस्तो! दौरा सुरुवालले साचै नै नेपालीपन को प्रतिनिधित्व गर्छ, चाहे तपाई नेपाल हुदा नालागौनुस तर नेपालको प्रतिनिधित्व गर्दा हरेक प्रतिनिधिहरुले दौरा सुरुवाल लगाई दिनुस! याद राख्नुस नेपाल हुदा तपाई नेपाली नभएर मधेशी, भोटे, बाहुन, मुस्लीम, पहाडिया, यो जात को त्यो जातको भन्न रुचाउनु हुन्छ तर तपाई बिधेश मा नेपाली भएर पो प्रतिनिधित्व हुनु हुन्छनि हौ गाठे!

  14. नेपाल मा केहि गर्न नसकेका भगौडा हरुले अमेरिका मा प्रधानमन्त्री लाई कालो झन्डा देखाउदा रत्ति भर लाज लागेन है, जसले देशमै बसेर केहि गर्न नसकी अवसर पाउना साथ अमेरिका पलायन हुने अबसरबादी ले नेता हरु जति नै चोर भय पनि गालि गर्ने अधिकार हुदैन, सक्छौ भने यहि देशमा बसेर केहि गरेर देखाऊ न, गर्ने नेता ले मात्र होइन नेपाली नागरिक हरेक ले आ आफ्नो पक्ष बाट योगदान दिन सक्नु पर्छ

  15. भ्रमण शमन छोडेर लुरुलुरु देश बिकाशको काममा खुरुखुर लाग्दा हुदैन / फेरी भारत अनि चीन भ्रमण अनि कता / त्यो बेला सम्म पद चेट अनि कसले ,कहिले देशलाई अगाडी बढाउने / जुन जोगी आएपनि उस्तै भन्ने उखान / डाक्टर सबलाई पनि लग्न सक्छ / चेतना रहोस /

  16. उत्तम जी !
    धेरै कुरा छुटाएर लेख्नु भएछ यो लेख !
    लेख लामो हुन्छ भन्ने सोच्नु भएर पो हो कि ! —
    प्रम बाबुराम जी ले अमेरिका निबासी नेपाली बासिन्दाहरुसंगको अन्तरक्रियामा यसो भन्नु भएको थियो : ” द्वन्द कालमा कब्जा गरिएका व्यक्तिका घर – जग्गा –
    सम्पत्तिहरु फिर्ता गराउन त्यसलाई कार्यान्बयन गर्नको निम्ति हामीले सरकारको
    तर्फबाट निर्णय गरेर प्रशासनलाई निर्देशन दिइसकेका छौ ! स्थानीय रुपमा
    बिभिन्न पार्टीहरुको चै सहयोग र समर्थन लिएर त्यो सम्पति घर जग्गा फिर्ता गर्ने
    भन्ने चै निर्देशन पुगिसकेको छ ! र त्यो चै कार्यान्बयन हुदै छ ! यो बिस्वास म
    तपाईहरुलाई दिलाउन चाहन्छु ! जो जो साथीहरुहरुका घर जग्गा फिर्ता भएका
    छैनन् तपाइहरुले गएर त्यो प्राप्त गर्न सक्नु हुन्छ , यसमा तपाईहरु ढुक्क रहन
    सक्नु हुने छ ” प्रम बाबुराम भट्टराई
    मैले बुझ्न नसकेको कुरा के हो भने द्बन्द कालमै भए पनि व्यक्तिहरुको घर – जग्गा – सम्पति — भन्नाले के ५-१० बिघा मात्रै भएको जग्गा पनि लुटिएको थियो
    र ? ( त्यो थाहा भएन मलाई ) अब यदि यसो हो भने यो त महान गल्ति नै
    भएको थियो —
    होईन ५-१० बिघाका कुरा होईन – सयौ – हजारौ बिघा ( रोपनी आदि के के भन्छ
    त्यै त्यै ) जग्गा हडपेर बस्ने सामन्तीहरुको जग्गा खोसेको हो भन्ने कुरा हो
    भने त्यो त माबोबादिले ठिक काम गरेको थियो ! फेरी किन सामन्तीको सामु
    घुंडा टेकेर फिर्ता दिनु पर्यो ??? के यो कुरालाई आफन्त साथी गुमाएर देशको
    लागि ज्यान खुकुरीको धारमा राखेर लडेका कार्यकर्ताहरुले स्बिकार्लान ???
    जग्गा फिर्ता नै दिए पनि एउटा आधार त बनाएकै होलान राज्यलाई ब्यापक
    रुपमा कर तिर्ने — होईन साधारण ( जुन तिर्दै आएका छन् त्यै हदकै ) कर मात्रै
    हो भने त त्यस्तरी ज्यान हत्केलामा राखेर लडेकाहरु मौन बस्लान भन्ने नसोचे
    हुन्छ — यो हिसाबले मुलुकमा शान्ति कसरि होला ???—
    आँप पनि झर्ने लट्ठी पनि नभाचिने — दुरदृस्टीकोणले त हेरेकै होलान् —
    आशा गरौ सबै सकारात्मक होस् !
    अर्को कुरा धेरैले नपचाएको त्यो मधिसे नेताहरु संग गरेको सम्झौता — गलत
    सम्जौताको सबालमा उत्तम जीले क्यै पनि लेख्नु भएन !? हुन त तपाईलाई ऐले
    त्यो लेख्न सान्दर्भिक नलागेर पो हो कि ! तर त्यस्तो अत्यन्तै सम्बेदनशील कुरा
    लाई सधै सान्दर्भिक रुपले हेर्नु पर्छ र मौका पर्यो कि बेस्मारी कुरा कोट्त्याउनु
    पर्छ — भोलि भित्र भित्रै क्यान्सर हुनु भन्दा ऐले नै कोट्त्याए कस्तो घाउ हो
    त्यो बारेमा छलफल होला —

    • लुनाजी! पुराना घाउ कोट्ट्याएर पाप्रा निकालेर केहि फाइदा छ र ? जनयुद्वताका भएका गल्तीलाई अहिले आएर कसैले सच्च्याउनु खोज्दै छ भने त्यसलाई सर्हाना गर्न पनि सक्नुपर्यो, होइन र ? सधैंभरी कटाक्ष मात्र गरेर कति बस्ने ?

      • सत्तर चुहे खाके बिल्ली निक्ली हज कर्ने! बिगत मा मरेनी अब त्येसको सजाए नदेम है-कति सजिलो भन्न लै. आफ्नो घरको परिवार परेको भए था हुन्छ. दण्डहीनता येस्तई मानसिकता को उपज हो.

        • जनयुद्वताका जानी नजानी भएका घटनाहरुमा संलग्न शाही सेना र जनसेना अवस्य निन्दनीय छ | तर शाही सेनाले गरेका जघन्य अपराधहरु बारे मानिस किन बोल्दैन, प्रहरीले गरेका कुकर्महरु बारे किन बोल्दैन, ठुला ठुला महलहरुभित्र रक्सीमा चुर्लुम्म डुबेर बस्ने शासक र प्रशासकहरुका बारे कोहि किन बोल्दैन, साधारण नेपालीलाई हरुवा, चरुवा, पाले, हुक्के, चौकीदार, कान्छा र कान्छी ठान्ने र तिनलाई मानसिक र शारीरिक यातना दिने सामन्ती, शोषक, परजीवी जुकाहरुका बारेमा किन कोहि बोल्दैन ? अब त भैन्चालो र बाढी आए पनि माओवादीलाई दोष दिन बेर लाउन्दैन ! माओवादी पनि दुधले नुहाइएको त अवस्य पनि होइन, उसले पनि जघन्य अपराधहरु गरेका छन् | अब कोहि सच्चिन चाहन्छ भने तँ सच्चिन पाउन्दैनस भन्नु त भएन| कांग्रेसले पनि ७देखि १७ सालसम्म लुटपाट, हत्या गरेका थिए, एमाले पनि टाउको गिन्ड़ेर नै आएको हो, झन् राजतन्त्रले त सम्पूर्ण नेपाललाई दासै बनाएका थिए, त्यतिबेला मानिस कति बेपत्ता भए त्यसको हिसाब किताब छैन | सम्पति फिर्ताकै कुरा गर्ने हो भने नेपाली जनताबाट लुटेको सम्पति ज्ञानेन्द्रले किन फिर्ता गर्दैन ? उनीहरुका बाजे बराजुको कुरा गर्ने हो भने प्रिथिवी नारायण खांडीको पटुका बाँधेर हिँडथे, उनिहरुसंग भएको अरबौं सम्पति नेपाली जनताको रगत र पसिना हो |

          • तपाइंको प्रश्नको जवाफ मुक्ति अधिकारी उनको परिवार संग छ, तपिन्को प्रश्नको जवाफ चितवन माडीका जनता संग छ. त्येस्तै तपाइको जवाफ मर्लान्ना परेर धेलेको ले पानि माग्दा ढुगा वा बन्चरो ले टाउको छिया छिया परेको रगत को चित्त मा छ. क्रान्तिका कुरा धेरै नगरम, मेरो पोस्तिंग हेरम र कति बुर्जुवालाई जना कारवाही गरियो त्यो दाता राख्नुस मित्र.

            सेना ले मर्यो भन्ने कुरा छ, सेना पैले त राज्य को हो त्येश्लाई चलाउन जाने को थियो? सेनाले गरेको दोरम्भा लगाएत का युध्हा अपराधका मुद्धा चलेका कित बर्खास्त भएका छन् कित कोर्ट मार्शल खपेक छन्, सबै नहोलान तर केहि त छन्. खोइ त माओबादी kaa ? एक जना छन्?
            बरु उल्टै मन्त्रि र संसद भएका छन्. मार्ने आदिम मानसिकता बाट उठेका त्येस्ता ले झन्डै आफ्नै नेतालाइ नि मारी सकेको? हो कि होइन? बबरम लै मर्ने योजना कसले बनाएको नि?

            चार जना मान्छे संग संगै बस्दा पच्ने कुरा गरम मित्र. होइन भने चुप बस्नोस. माओबादी को त्रास प्रबाशमा बस्नेलै नि उत्तिकै छ. येहान धेरेई बोलेर नेपालमा परिवार जनालाई पो के हुने हो कि भन्ने दरले बाबुरामलै धेरैले चाहेर पनि कालो झन्डा देखौना सकेनन. तीनजनाले त बहादुरी देखायेनी. नेपालमा भए वाई सी यल लागैन्थियो होला. यो अम्रिका पर्यो क गर्ने?

            • साउनमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ भने जस्तो कुरो नगरुँ न हौ विनयजी! माओवादीलाई तथानाम गाली गर्ने अहिले नेपालमा बग्रेल्ती छन्, खोइ तिनलाई कसैले केहि गरेका छैनन्| बरु युथफोर्स र तरुणहरु पो मान्छे कुटेर हिंड्दैछन्| वाईस्यालले गरेका जघन्य अपराधहरूबारे बोल्न किन डराउने? उनीहरुले गरेका कुकर्महरुको म पनि
              बिरोध गर्छु| त्यस्तोमा मेरो कहिल्यै समर्थन थिएन र भविष्यमा पनि रहने छैन | तर देशमा भएको परिवर्तन र परिवर्तनवाहकहरुलाई होस्टेमा हैंसे गर्नु हाम्रो कर्तब्य होइन र ?

  17. शाह जी ,
    तपाइको बिरोध ले हामि जस्ता निमुखा जनता को प्रतिनिधित्व गर्दैन ति ४ जना को बाहेक …. देशले आज खोजेको व्यक्तित्व प्रधान मन्त्रि को रुपमा पाएका छौ* जसले आफ्नो सटिक विचार संयुक्त राष्ट्रसंघको महासभामा राखेर आउनु भएको छ यदि वहा* लाइ काम गर्न दियो भने अवश्य देश र जनताले केहि परिवर्तन महशुश गर्ने छ ..बाबुरामजी लाई शुभकामना ..!

  18. I think has sufficient education and capacity for facing with those problems comes into during his government holding ! He is a last hope pm in nepal .Rest politicians are ridiculous mouth ,uneducated mind ,sin of stomach ,undiscipline ,bad master ,corrupters ,protecting dons ,killer ,etc .they are bad masters and country virus !!!!last chance for save nepal from Dr PM

  19. @विशाल शाह
    के बेदिसी को गुलामी गरेर गोही आसु चुहौदैमा देसभक्त भइन्छ ? सतब्दिऔ सम्म देशलाई लुटेर भिकारी बनाएको हिसाब किताब दिन सक्नुहुन्छ ? सक्ने भए त देशमै बसेर देसको सेवा गर्नु हुन्थ्यो होला…. बल्ल बल्ल पलाएको जनता को आसमाथि तुसारापात गर्न लागिपर्ने तपाई हरु जस्ता को कुरा गर्नु नै बेकार छ?
    आफ्नो लाछ्या मा अगाडी बढ्दै जाऊ बाबुराम हामी तिम्रो साथ छौ !!!!

  20. नयाँ कामको थालनी आँफैबाट सुरु गरनु पर्छ भन्ने डा. बाबुराम भट्टराईको बिचारलाई हामी नेपालीले हेरनै बाँकी छ तै पनि हुने बिरुवाको चिल्लो पात भनेझै डा. बाबुराम भट्टराईले लछेण त देखाइ सक्नु भयको छ भनेर भन्दा अतियुक्ती नहोल
    केवल तपाईं हामीको अटुत साथको खाचो छ जस्तो लाग्छ
    र साथीहरु को धेरै प्रकारको तर्क बितर्कहरु आय केहि कुराहरुमा मा पूर्ण सहमत छु
    इतिहासले त हामीलाइ धेरै पाठ सिकाइ सकेको छ हरेक व्यक्तिमा दिनहु राजनीतिक परतिको utarchadab बढ्दै छ हाम्रो देशमा सायद यक प्रकारको जातीय बिभेद त हटिनै सकेको छ तर अर्को जातीय भेद भाब को सिर्जना भयको छ त्यो हो त यो पार्टी म यो पार्टी यसरि हेर्दा हाम्रो देश पछाdi परनुको मुलभूत कारण नै यहि हो . तेसैले सबैको दिमाग बाट यो प्रकारको जातीय भेद भाब हटायर हामी नेपाली हाम्रो नेपाल भन्ने भाब सिर्जना हुदैन तब सम्म हाम्रो देश बिकासको गतिमा अजइ बिस वर्ष पछी पर्छा जस्तो मलाइ लागछ .

  21. नेपाली हरु को बुद्धि देखेर गज़ब लाग्यो. बाबु राम RAW को agent bhanera सबै लै thaha छ. यो देश लुटेरा नकचरो हरु नेता बनएको हो. एअस्त इंडिया कम्पनी मा भर्ना pathayeko पनि राना हरु ले पनि यिनी हरु जस्ता राष्ट्र घटी सन्धि गर्ने तयारी गरेको छैन. यिनी हरु लै नेपाल मा निहु खोजि भारतीय सेना राख्ने र रस्त्रघती सुपर्दगी सन्धि गर्ने पुरा तयारइ गरेको छ. यिनी हरु sugauli सन्धि गर्ने हरु भन्दा पनि गए गुज्रेको चना. यिनी हरु ले न नया नेपाल बनुन सकेको छ न पुरानो भन्दा राम्रो गर्न सकेका छ यिनी हरुको ध्यान नेपाली जनता लै मुर्ख बनुअने र अहिले सम्म को सबै भन्दा लुटेरा सरकार बनार आफु र आफ्नो सन्तान लै मोझ गराउने. धरै कुर्न परदैना चंदैना नि हामी ले यिनी हरु को राष्ट्र घटी कदम देखने pauni छ. बेकार गयो सहिद हरु को रगत. यिनी हरु ले सहिद को रगत संगै व्हिश्केय सति सको छ.

  22. पंचायती कालमा कमायको सम्पत्ति खोसेर भूमिहीन जनतालाई बाडीदियो त के भयो, जे गर्यो ठिकै गर्यो

  23. सब टिक भन्नु पर्यो !तर खोइ?????राष्ट्रिय पहिचानको चिनारी दौरा सुरुवाल डाका टोपी ?????????????

  24. मरेर जानेको पनि हिसाब हुन्छ? तिनीहरु काम नलाग्ने कम्जोर हरु पो त. त्यसमा pani हाम्रो board – first भएको बाबुरामले मारेको को कुरा गर्दो र छ
    हिजो मारेको भर पो हाम्रो अद्याछ्या प्रचण्ड Kahile कून कहिले कून रिसोर्ट जान पाउनु भएको त. हामि त रास्त्रबादी हो, एक्कै पल्ट Sikkim बन्न दिनछौ र, पहिले भोलि को मधेसको Abbas ( Gupta, Yadav ) लाइ un मा सजिलो बनाउन अहिले Palestine लाइ समर्थन गरि नजर बनायौ, भोलि sambhidhan बनाउदा मधेश बनाई हाल्छु, त्यसपछि अब्बास ले अलग राष्ट् भन्छ, अनि un जान्छ, un मा हाम्ले boolne ठाउ नै हुन्न. अनि फेरी अब्बासले referendrum मार्फत भारतमा गाभिने भन्छ. अर्को अब्बास पूर्व तिर, अनि सबै तिर. पुरै घाभिये पछी अनि हामि भारत बिरुद्द लड्छु र नया Nepal बनाउछौ. संका नगरे हुन्छ

  25. उत्तम जी नाम जस्तै लेख पनि उत्तम छ धन्यवाद
    बाबुराम भट्टराई नेपालको राजनीति र प्रधानमन्त्री पदमा जे जसरि आय पनि अहिले सम्म प्रधानमन्त्री भयका मध्ये सबैले आफ्नो महत्वाकान्क्ष्या र स्वार्थको लागि मात्र लागे तर बाबुराम यो राष्ट्र प्रति अतिनै संबेदन शिल, जिम्मेवार र राष्ट्रको लागि अतिनै आवस्यक व्यक्ति हुन्. सारा राष्ट्रप्रेमी र विकासप्रेमी जनताको आशाका किरण हुन् तेसैले हामी सबैले उनीले गर्न सक्ने र गर्ने गल्तीलाई सजग गराउंदै हरेक तर्फ बाट सहयोग गर्नु पर्छ.

    यो नै अहिलेको आवस्यकता हो
    सबैलाई चेतना भया !!!

  26. बिबेक ज्यु ,
    तिमीहरुका पुज्य मालिक शाह हरुले बिगत २४० वर्ष देखि नेपाल र नेपाली लाई कति लुटेका छौ, त्यसको हिसाब किताब पनि हामीले राखेका छौ, ज्ञाने ले गरेको ज्यादतीको हिसाब राखेका छौ, रेडियो बन्द गरेर,मोबाइल बन्द गरेर, पत्रिकाको कार्यालयमा सेना परिचालन गरेर,हामि नेपाली जनतालाई हैकम चलाउन दुस्साहस गरेको हिसाब पनि राखेका छौ.
    अनि अर्को कुरो, अमेरिका गएर, उतैको पासपोर्ट बोकेर, नेपालीको बारेमा यत्रो चिन्ता गर्नु पर्ने कुनै जरुरि छैन

    • भोला ज्यु . खाली टेलिफोन बन्द गरेको कुरा याद रैछ तपाइलाई . अनि माओबादी ले देश का लाखाओ करोदाओ संरचना भत्काको जसले गर्दा देश अहिले सम्ममा पनि माथि उठ्न सकेको छैन एस्लाई पनि सम्जिदिनु भए नेपाली हरु आभारी हुने थिए .

  27. उत्तम जी:
    १. उत्तम जी, रिपोर्टका लागि धन्यबाद! बाबुराम जी ले महासभामा बोल्दा एउटा मार्क्सवादी-कम्युनिष्ट प्रधानमन्त्रीले गर्नु पर्ने जस्तो भाषण त मैले केहि देखिन/ मैले डा भट्टराईको पूर्ण पाठ पढें! त्यस्तो भाषण त एकजना बर्तमान मार्क्सवादी विचारका न्यायाधिस, (जो मेरा मित्र पनि हुनुहुन्छ) का सब्दमा भन्ने हो भने त ‘लोकेन्द्र बहादुर वा शेर बहादुरले UN को महासभामा गएर गरिने भन्दा कुनै फरक कोटीको थिएन’ / मलाइ पनि तेस्तै लाग्य छ, तपाईलाई कसरी फरक लग्यो कुन्नि!!

    २.डा भट्टराईले तेहा न त विश्व साम्राज्यबाद को दादागिरीको बिरोध मा चुइक्क बोल्नु भो, न त पुजिबाद को खराबीका बारेमा! Neoliberalism ले बर्तमान बिश्वलाई कति पिरोलेको छ भन्ने माओबादी agenda को उठान गर्ने र बिस्व समूदायलाई प्रतिरोधका लागि तयार रहन आह्वान गर्ने काम त वहा बाट पटकै भएन! कम्तिमा पनि भेनीज्वेला र बोलिभियाका समाजबादी नेताले गरेको जति पनि एउटा सर्बहारा नेताको हैसियत देखिएन, होइन र? अनि वहा कसरी माओबादीले नेतृत्व गरेको सरकारको प्रधानमन्त्री भन्न सुहायो र? कसरि फरक देख्नु भो ? होला डा भट्टराईले बाहिर कुनै सानो भेलामा केहि यस्तै ‘जारगन’ प्रगोग गर्नु भो होला, तर महासभा जस्तो ठाउ मा खोइ त?

    २. कुनै नौलो कुरा नभएकोले होला वहाका भनाइलाई संसारका प्रेसले एउटा जहाज दुर्घटना भएको जति पनि महत्व दियेनन, तपाइले पनि यहि गुनासो गरेको होइन र ! UN मा गएर रातो झण्डा फहराउने किसिमको बिचार दिएको’भे आज संसारकका अखबारमा मा छाएको हुन्थ्यो ! अब त कारण बुझ्नु भो होला नि….

    ३ तपाइँ एरिका मा हुनुहुन्छा, तेहा भेनीज्वेला र बोलिभियाका नेताले बोलेको कुरा बारे पनि लेखि दिनु भै हामीलाई सूसुचित गर्नु हुनेछ …
    उही, शीला

    • शिला जी वास्तबमा तपाइको विस्लेषण चाही ठिक हो भन्ने मेरो सानो दिमागको ठम्याई रह्यो /

  28. He is educated….he is proud to be Nepali….he has dignity….higher level talks…..
    But most of our other politicians are selfish and disrepute…..they show lower class attitude in front of foreign delegates…..
    We have to choose one between Madhav, Jalnath, Koirala, Deupa, prachanda and Baburam…..
    Baburam is my priority…..
    Shah and Rana empire already collapsed…..few flags…. have no significance…..

  29. मुस्तांग गाडी छाडेर देशको उद्योग लै पर्बर्दन रे !!! भाका जति कलकारखाना बन्द गराउने जलाउने, धोस्त पार्ने तिमीहरु नै त् होउ नि , देश लै ४० बर्स पछाडी धकेल्ने!!
    दिल्लीको सरकारी क्वाटरमा बसेर नेपालमा जनयुद्द्को निर्देशन गर्ने अनि खोक्रो रास्त्र्बाद्को नारा खोक्नेहरु ले त्यो भारत नेपाल को १९५० को असमान सन्धि खारेज गर भनेर भित्ताभित्तामा लेख्नेहरुले किन चुइक्क बोलादैनौ तेस्को बारेमा!!!
    भारतीय दलाली र को Agent हरु संग ४ बुदे सम्झौता गरेर देश टुक्राउने अनि ठुल्दाईलई जिम्मा लगाउने त् हौउनी तिमोहार्ले !!

    • हो र साथी??!!! त्यसो भए देश कसलाई सुम्पिने त अब, टनकपुरे कांग्रेसलाई, कि महाकालीवाला एमालेलाई????

      • नेपालको ८ जिल्लामा (बारा,पर्सा, रौतहट, सर्लाही,सुनसरी,महोत्तरी , धनुषा, कपिलबस्तु) छिरेका बिहारिहरुले आज आधा जनसंख्या मधिसेको आवाज नसुन्ने भनेर पुरा नेपाल हल्लाको छ, जो मधेसी नेता भनौदाहरु छन तिनीहरु नेपालका मधेसीहरुको नेत्रुत्वो गर्दैनन्, भारतको स्वार्थको लागि जन्माईएका कथित लेन्द्दुपेहरु हुन् !!
        हिजो सुजाता र सिटौलाले ४० लाख बिहरिहरुलाई नेपाली बनाए, अब गद्दार थारु ले ८० लाख लै बिहारी लै नेपाली बनाउदै छ , नेपालमा जे भा छ, भारत कै चाहना र game प्लान मा भा छ, नेताहरु त् उस्ज्का गोटी मात्रै हुन्, अलि छैठौ इन्द्रिये खोलेर विचार गरौ साथी हामी कता जादै छौ भनेर, देश कता जादै छ भनेर !

      • A shrestha ji नेपालको तराई टुक्राएर २२ जिल्ला बनाउने धम्की दिने समर्थक ले समर्थन गरेको सरकार लाई ../

    • बलराम जी, तपाई माओ बादिलाई दोष दिने बेला भाको छैन किनकि यक त उसले आफ्नो मात्र सरकार चलाउन पाको छैन अनि फेरी यो संग्क्रमण काल मा . अनि धेरै समय नि चालको छैन. एमाले र कन्रेस्सले जस्तो ६ महिना तटस्थ त १८ पटक हार्दा नि प्रधान मन्त्रि को लागि मारी मेटेको छैन अनि अर्को १८ /१९ वर्ष सम्म राज्य चलायर यो हालतमा ल्याउने कांग्रेस को थोरै राम्रो योजना नि थियन भाको भय देश यस्तो भ्रस्टाचार ले घुडा टेक्ने थियन खाली माओ बादिलाई सब ध्वस्त पर्यो भनेर सरापेर हुन् छ? खैदेशमा भिजन भकोले चलाको शासन? सो यकि चोटी माओ बदिले गर्न सक्दैन बाबुरामले नि मात्र थालनी गर्ने हो यस्तो गच्छेदार जस्तो लै लियर चलाउनु परेको छ क गर्ने मर्नु भन्दा बहुलाउनु बेश भनेको जस्तै भाको हो बाबुराम लै ….

  30. @ बिशाल शाह,
    नेपाल आएर देश चलाए भै हाल्यो नि धेरै ठुला कुरा र कालो झन्डा देखाउनु भन्दा ….

  31. तपाई को लेख अति नै प्रुबग्रही भएर लेखिएको छ , कुनै स्वतन्त्र मुल्यांकन नै छैन , एउटा कुरा के बुझौ भने – भन्छन नि ” केहि नहुनु भन्दा ,केहि हुनु बेस ” हामि लाई अहिले ‘ केहि हुनु’ नै ठुलो कुरा हो /
    अहिले को सबै भन्दा ठुलो कुरो नेपाल मा थोरै भएपनि सान्ति आओस भन्ने हो . यो पुरा गर्न पनि तेत्ति सजिलो चाही छैन ,रामचन्द्र लाइ अझै pm बन्नु छ, येस्पछी को पालो kp को छ ,तेस्पछी शेर ………….. आदि आदि . कसैलाई केहि मतलव छैन यहाँ जनता को . तपाई बाबुराम लाइ ढोंगी र नौटंकी बाज भन्नु हुन्छ भने कसलाई आस गर्नु भएको छ ???? छाती मा हात राखेर भन्नुस !!

  32. A new way, i.e., for every sector, class, society, and the policy making process as well as road to reconstruction and development of Nepal is needed at this point of time, which the top most body of government should have recognized. Lets hope, something different than the usual course will be done to prove that they (new government) are capable to guarantee what they had promised to the mass (citizens of Nepal) while forming the government.

    Jay matribhumi Nepal.
    Gyanendra Niraula

  33. बाबुराम अब राजनीति छोडेर फिल्म खेल्न लागे हुन्छ अजि चर्चा कमाइन्छ कि

  34. एकदम ईसतरीय लेख छ / बाबुराम एकमात्र आशा का केन्द्र बिन्दु भएका छन् / देउबा, पौडेल, ओली, खनाल,प्रचण्ड , कोइरालाहरु नपढेका नाम मात्र का नेता जस्तो लाग्छ , येस्ता नेता हरु २०४६ – २०६८ (२२ वर्ष ) चलाय देश केहि भएन/ बाबुराम मात्र एक सच्हाम नेपाली जनताका नेता हुन् र यिनलाई ५ वर्ष प्रधानमन्त्री हुन् दिनु पर्दछ तेश पछि देश मा केहि होलाकी ? नत्र देउबा , पौडेल, कोइराला, प्रचण्ड, ओली, खनाल हरु मा केहि दम छैन यी जेल मा बसेका केहि दम नभएका नपढेका नेता मात्र हुन् /

  35. बाबुराम महासभामा भाग लिन किन गएका होलान ???????????????????????????यो खर्च त गाँउमा बाटोको लागि प्रयोग गरेको भए !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • वाह वाह … कस्तो राम्रो तर्क… तिम्रै बुद्धि ले देश चलाउनु पर्ला जस्तो छ अब… 😀

  36. उत्तम जी,
    नमस्कार
    तपाई ले धेरै राम्रो छोटो लेख दिनु भयो .

  37. I would like to say Baburam Bhattarai is the third great primeminister of Nepal after Bhimsen Thapa , Bisheswor prasad Koirala .He is the only one primeminister who at least make a unique identity in UN conference .Let his period of ruling our country be successful and extended .

    • I think its too early to tag him as “the third great prime minister of Nepal”. First, let him do the works towards the nation to be tagged as great PM of Nepal. So far now, he has not done that much things to be “great”. Hope, one day he will be a great leader and prime minister of Nepal….

  38. उत्तम जी,

    तपाइको लेख रोचक छ. तर किन चार वटा कालो झण्डा देखियो, त्यो भन्न चाहन्छु.
    निर्दोष जनताको हत्याको हिसाब मागेका हौ, लुटिएको अरवौ को हिसाब मागेका हौ, अरवौको सम्पति धोस्त पारेर नेपालको विकासलाई पछि धकलेको दोषी ठहराएका हौ.
    नेपालमा बनेको गाडीमा हिडेको ढोंग राम्रै संग गरे. किन बाबु राम हायत होटेलमा बसे? नेपालीको घरमा बसेको भए हुन्न थियो?
    इकोनामी क्लासमा सवार गरेको ढोंग किन, लुटेको सम्पतिको विवरण यिनले कहिले दिएका छन्?
    बाबु राम ढोंगी मात्र हुन्. सत्ता को लागि जे पनि गर्न सक्छन. राजनीति गर्न जनता मार्न सक्नेले, सत्ताको निमित्त यिनले कति झुट बोले, सहमतिको सरकारको कुरा गरे, तर सत्ताको निमित्त नेपाललाई सिक्किम बनाउने खालको ४ बुदे सहमति गरे. बाबु राम ढोंगी मात्र हुन्. तत्काल यिनलाई थुनामा राखी सजाय दिलाउनु पर्छ.

    विशाल शाह
    न्यू योर्क.

    • तिमिहरुले सैयौ वर्ष देखि देश लाइ लुटेको सम्पति भूमिहीन हरुले लुटे त के भो? यो त प्राकृतिक न्याय को सिद्धान्त जस्तै भएन र? तिमीहरुले (राजतन्त्रको आशे पाशे) हरुले सक्ने बेला तिमीहरु लुट्यौ..भूमिहीनलाइ माओबादी ले दिएको सक्ति प्रयोग गरेर उनीहरुले लुटे..Tit For Tat भन्या त्यहि हो.

      आफु हरु .New York बस्ने, जग्गा बाझै छोड्ने अनि श्रमिक किसानहरु भोकै मर्ने? राजतन्त्र मा त्यो सम्भव भए पनि अबको नेपाल मा त्यो सम्भव हुदैन मित्र.

      • Sudip जी,
        हजुरले विशाल शाहलाई दीएको जवाफ सार्है चित्त बुझ्यो/ तर बिडम्बना भनौ कि के भनौ सुदिप जी, डा भट्टराईले पनि ती भूमिहीनहरुले फिर्ता लिएर खेति लाएको न्युयोर्कमाबस्नेहरुको ‘बाझो जग्गा’ फेरी ‘सन्दिप शाह’ जस्ताहरुलाई फिर्ता गर्ने ‘निर्णय’ गरेर उनी UN गएका हुन्/ विशाल शाह लाइ थाहा भए छ!

        अब त ‘विशाल शाह’ हरु र डाक’साब मा के फरक भो र? साह्रै दुख लाग्य छ! तर डाक’साबले फर्मान जारी गर्दैमा गरीबहरुले ‘हवस् हजूर’ भनी फिर्ता गर्लान जस्तो चाहि पटक्कै लाग्दैनन्/ किनकि यता नेपालमा तेस्ता जग्गा र सम्पती फिर्ता गर्ने होइन बरु अझ कब्जा गर्नु पर्छ भन्ने आवाज र बिचार झन् दरो रुपमा उठन थालेको छ …! अब चाहि ‘साच्चिकै बाघ’ आको हो कि!

    • विशालजी,

      के नेपालका युवाहरूलाई तत्कालीन इष्ट इण्डिया कम्पनीको ‘दस्ता’मा भर्ती गराउने चलन चलाएर नेपालको अस्मिता अनि विकासमा खलल पुर्याउनेहरूसँग हिसाब माग्न सक्नुहुन्छ ? के नेपालका नदीनाला बेच्नेहरू र बेच्दा चुप बस्नेहरू अनि नेपालका भूभाग मिच्दासमेत चुइँक्क नबोल्नेहरूसँग हिसाब माग्न सक्नुहुन्छ ? के राजदरबार हत्याकाण्डमा उठाइएका प्रश्नहरूको उत्तरको जवाफ सम्बन्धितहरूसँग माग्न सक्नुहुन्छ ? अहँ, म ठोकुवा गर्छु तपाईं यी कुनै पनि प्रश्नको उत्तर माग्ने ल्याकत पनि राख्नुहुन्न ।

      यदि तपाईं बाबुरामसँग हिसाब माग्नुहुन्छ भने के नेपाल एकीकरणका क्रममा भएका जनधनको क्षतिको हिसाब बडामहाराजाधिराजसँग माग्न सक्नुहुन्छ ? बडामहाराजाधिराजले एकीकरण गरेर बनाएको नेपालका लागि उनीमाथि औंला ठड्याउने साहस कमैले गर्लान् । तसर्थ उनको सुकार्यका लागि भएको क्षतिको हिसाब माग्नु जति औचित्यहीन छ, देशमा सुशासन अनि राष्ट्रिय अस्मिता रक्षाका पक्षमा जनयुद्धका क्रममा भएको क्षतिको हिसाब माग्नुको कुनै तुक छैन ।

      हो, सरकार गठनका लागि मधेशीको भनिने ‘मोर्चा’सँग गरिएका केही सम्झौता अवश्य पनि गलत छन्, जुन न त माओवादीले नै पूरा गर्न सक्छ न त यो अरु कसैलाई स्वीकार्य नै हुनेछ । तसर्थ, जसरी माओवादीमाथि अनेकथरि शर्त-सम्झौता पालना नगरेको आरोप लाग्ने गरेको छ, त्यसैगरी यस्ता राष्ट्रघाति सम्झौता पनि पालना नगरोस् भन्ने कामना गरौं ।

      • पुस्प जी

        कुरा गर्दा गर्दै तपैले ४ बुदे सहमतिलै राष्ट्र घाती हुन सक्ने आसंका पनि ब्यक्त गर्नुभयो / म यसको बिज्ञ हैन तैपनि मेरा केहि विचार राख्न चाहन्छु /

        मलाई थाहा भयसम्म ब्रिटिस आर्मीमा पनि नेपालीहरुको छुट्टै टुकडी छ, इन्डियन आर्मी मा पनि गोर्खा भनिने हरु को छुटै टुकडी छ यसरि भिन्दा देस का आर्मी को टुकडी राख्दा त राष्ट्र घाती काम भयको छैन / ति देसमा भिन्दै देसको नागरिक आर्मी हुदा पनि यो बिसयमा सायद कहिले विवाद आयको छैन होला र राष्ट्र घाती काम पनि भयको छैन होला /

        मधेस त नेपाल नै हो फेरी ४ बुदे सहमतिमा इन्डियन मूल का मधेसी समुदाय लै मात्र इंगित गरियको छैन होला / मधेसी भनियको छ (अर्थात् मधेस मा बस्ने) मधेस मा त राइ, लिम्बु, थारु, बाहुन, छेत्री, मुस्लिम हिन्दु सबै को बसोबास छ तेह बाट योग्य १०,००० सेना भर्ति गर्दा विवाद उठाउनु को कुनै तुक छ र ? अनि रस्त्रघती काम कहाँ भयो अर्थ्यौना सक्नु हुन्छ ?

        मधेसमा खुलेका लडाकु समूह जना सक्ने युवाहरु औता राष्ट्रिय सेनामा जाने छन् यस अर्थ मा पनि राम्रो देख्छु म /

        तेसैले यो केहि हैन यो विवाद केवल सरकार म जान एमाले ले गरेको प्रपंचा मात्र हो या बाबुराम सरकार लै कम्जोर बनाउन गरेको चाल हो जस्तो मात्र लाग्यो /

        अब कुरा उठ्ला बैधको / गणितीय गदाना गर्दा पनि हास्यास्पद देखिने १००००० नेपाली सेना संग लडेर जित्ने माओ बादी सेना जम्मा ७,००० मात्र रे अनि मधेस बाट १०,००० सेना भर्ना गर्ने भने पछि कन्परा को रौ त तात्ने भै हाल्यो नि /

        बैध ले यो आफ्नै सरकार हो भन्ने होस् पुर्याउनु पर्यो सकेसम्म बिरोद हैन मिलेर जानु पर्ने बेला हो // यति सम्म त लचिलो भै सक्यो भने १ कदम अझै के फरक पर्छा सान्ति को लागि देस को लागि //

        • मनोजजी,

          कृपया मेरो प्रतिक्रिया राम्ररी पढ्नुस्, विदेशी सेना (इष्ट इण्डिया कम्पनी) मा नेपालीलाई हुल्ने काम नै राष्ट्रघाति भएको भनेर भनिसकेको छु । तसर्थ, भारतीय वा ब्रिटिश सेनामा नेपाली युवा भर्ती हुने कामले गर्दा पनि हाम्रो राष्ट्रियता बलियो हुन नसकेको हो ।

          चारबूँदे सम्झौतामा सबैभन्दा घातक बूँदा भनेकै १० हजार ‘मधेशी’लाई सेनामा हुल्नु हो । यदि ‘मधेशी’ शब्दलाई तपाईंको (मेरो पनि) अर्थमा बुझ्ने हो भने त यस्तो खालको सम्झौता हुने नै थिएन । तर यहाँ मधेशी भनेपछि मधेशबासी नभई, भारतीय मूलका नागरिकका रूपमा व्याख्या गरिएको छ, जसको कारण आज मधेश ‘नेपालको मध्य भागको समथर स्थान’ नभई भारतीय मूलका नागरिकको वासस्थानका रूपमा परिचित भएको छ । यसअर्थमा १० हजार ‘मधेशी’लाई नेपाली सेनामा हुल्ने सम्झौता राष्ट्रघाति भनिएको हो ।

          • पुष्पजी
            “मधेसी १०००० सेना राख्ने कम राष्ट्रघाती हैन समाबेशी हुन्छ- बाबुराम भट्टराई ” मैले यो “समाबेसी” सब्द बुझेको छैन र सब्दकोशमा पनि हेरेको छैन / यो छेत्रियता को आधारमा हुन्छ कि जातीयताको आधारमा या दुवै आधार मा /

            जनसंख्याको आकडा हेर्ने हो भने मधेस को जनसंख्या लगभग १ करोड ४० लाख छ / जुन नेपाल को कुल जनसंख्याको झन्डै ५० प्रतिसत हुन आउछ / यदि यो समाबेसी भनेको क्षेत्रीयता को आधार मा हुन्छ भने यस अर्थ मा पनि १०,००० सेना मधेसबाट राख्न खोज्नु अनुपयुक्त होइना जस्तो लग्छा /
            ___
            मदेशी जाति आधार को कुरा हो भने यो अहिले भयको बिरोध नै मधेसी पार्टी को जित हो / बिरोध भयको खण्डमा बाकी पार्टी पहाडे को पार्टी हो भन्ने मौका यी मधेसी पार्टी ले कहिले गुमौदैनन जो कुरा लै विश्वास गर्न मधेसीहरु लै करै लाग्छ / यिनी हरु मदेह्स को जनता लै २ ध्रुब मा बढ्ने कोसिस गरिरहेका छन् / कस्तो राजिनिती बा बिरोध गरे नि उसकै जित / नगरे नै उसकै जित /

            • मनोजजी,

              पहिला यो कुरामा प्रष्ट हुनुस् कि कानुनीरूपमा समेत अहिले ‘मधेशी’ भनेर तपाईं र मैले बुझेजस्तो क्षेत्रीयताको आधारमा नभई जातीयताको आधारमा व्याख्या गरिराखिएको छ, जुन सच्चिनुपर्छ भनेर मैले बारम्बार ‘मेरो संसार’मा भनिरहेको कुरा हो । क्षेत्रीयताको आधारमा हुन्थ्यो भने समावेशिताको कुरा उठाउनुले खासै अर्थ राख्दैन, यदि उठिहाले पनि त्यो कसैका लागि अमान्य हुने थिएन ।

              अब कुरा गरुँ जनसंख्याको, हुन त ५० लाखभन्दा बढी भारतीयलाई नेपाली नागरिकता बाँडेर गएका कारण अबको जनगणनाको परिणामले ‘मधेशी’को संख्या नबढाउला भन्न सकिन्न । तर नयाँ तथ्यांक प्रकाशित नै नभइसकेको आधारमा ‘मधेशी’को संख्या ५० प्रतिशतजति छ भन्दा म तीनछक्क पर्छु । शायद तपाईं पनि विकिपेडियाको http://en.wikipedia.org/wiki/Nepal मिथ्यांकको शिकार हुनुभो होला; तथ्यांक हेर्ने हो भने केन्द्रीय तथ्यांक विभागको २०५८ को जनगणना तथ्यांक http://www.cbs.gov.np/Population/Caste%20Ethinicity%20Population.pdf हेर्नुस्, जसले भारतीय मूलका जस्ता लाग्ने जसलाई ‘मधेशी’ भनी प्रचारबाजी गरिराखिएको छ, उनीहरूको प्रतिशत २० भन्दा बढी छैन ।

              ‘मधेशी’लाई नेपाली सेनामा भर्ना हुन कसैले रोक लगाएको छैन । समावेशीको कुरा गर्ने हो भने सेना भनेको जयजयकार गर्नेहरूको जमातको होइन, यसको निश्चित मापदण्ड हुन्छ । एउटा बन्दुक बोकेर दौडन नसक्नेलाई पनि सैनिक भन्नुको कुनै तुक छैन । तसर्थ सेनामा समावेशिताको नियम लगाउँदा सेना कमजोर हुने भएकाले यसमा समावेशिताको कुरा गर्नु आफैंमा राष्ट्रघाति काम हो ।
              फेरि जनसेना समायोजनमा पनि यो नियम लागू हुन्छ भन्नुहोला । जनसेना समायोजन गर्ने त शान्तिप्रक्रियाको पाटो भएको र यसले जनसेनाले त्यागको प्रतिफलका रूपमा लिनुपर्छ । १० हजार ‘मधेशी’लाई नेपाली सेनामा हुल्नुपर्ने कुनै कारण वा तुक देखिँदैन ।

        • मधेश के हो मधेसी को हो?
          पहिला यहि कुराको छिनो फानो भएको छैन/ मधेश बनाउनु पर्ने भनिएको तराईमा नेपाली नागरिकता लिएका बिहारी आप्रबाशिहरु, थारु मैथिली भोजपुरी देखि राई लिम्बु नेवार छेत्री ब्राम्हण सबै बस्छन/ तर मधेसी नेताहरुको भाखामा तराईमा बस्ने सबै मधेसी होईनन/ त् मधेसी भन्ने को हो त्?

          तराईलाई मधेश बनाउनु पर्ने भन्नेहरुले तराईमा बसेको सबै नेपालीलाई मधेसी मानेको भए तपाईंको कुरा सहि हुने थियो र मधेश वादको मुद्दामा कुनै बिबाद पनि सायद नै हुने थियो होला/

          मधेशी नेताहरु आफै पनि उनीहरुको नेपाली सिट कुनै नाता नभएको तर बिहारी सिट रगतको नाता भएको र नेपालको तराई पृथ्बी नारायण शाह ले जवर्जस्ती नेपालमा गाभेको भन्दै आएकोछ/ ती नेताहरुको भाखामा “मधेसी” भनेको बिहारी मुलको मात्रै हुन्/

          तराईको मुलबासी थारु लगायत ले आफुहरु मधेसी नभएको कुरा उठाउँदै आएको पनि छ/ थारुहरुको मधेश बिरोध आवाज उठे पछी मात्रै मधेसी नेताहरुले थारुहरुलाई पनि मधेसी मान्ने कुरा गर्दै आएको हो/

          मधेसी नेताहरुले नेपालको रास्त्रिये सेनालाई समाबेसी गराउन ५० हज्जार मधेसीहरुलाई यकमुस्त भर्ति गरेर नेपालको रास्त्रिये सेनामा छुट्टै मधेसी बटालियन बनाउनु पर्ने भन्दै आएको छ/ उनीहरुले पछी तराईमा तिनै मधिसे सेना मात्रै राखिनु पर्ने माग त् माग्नेनै छन्/ अनि फेरी ती मधेसी सेनाको जनरल पनि मधिसेनै राख्नु पर्ने नभन्ने कुरा त् हुने सकिंदैन/ तेस्पछी समान्नान्तर मधेसी कमान्डर ईन चिफ पनि हुनु पर्ने भन्नेनै छन्/ यो सबै तराईलाई बिखन्डन गर्ने खुड्किलाहरु मात्रै हुन्/ ई मधेसी नेताहरु हाम्रो बन्दुक हामि माथिनै ताक्ने षड्यन्त्र गर्दै छ/

          हाल नेपालको रास्त्रियेसेना ४९ हज्जार्को हाराहारीमा छ भनिन्छ र नेपाली रास्त्रिये सैनिककै बोलीमा अहिले पनि मधिसे जातको ७ हज्जार सैनिकहरु नेपाली सेनामा कार्यरत छन्/ अहिले नेपालको रास्त्रिये सेनामा बाहुन बटालियन नेवार बटालियन छेत्री बटालियन लिम्बु बटालियन आदि जातीय बटालियनहरु छैनन् / त् मधेसीको मात्रै किन जातीय बटालियन चाहियो?

          अहिले बाबुरामजी लाई प्रधान मन्त्रि बन्न मधेसी नेताहरुको समर्थन पाउन हाललाई १० हज्जार मधिसेहरुलाई नेपालको रास्त्रिये सेनामा यक मुस्ट भर्ना गरेर तिनीहरुको छुट्टै मधेसी बटालियन बनाउने भनिएकोमा तराईमा बसोबास गर्दै आएका कुन कुन जातिलाई मधेसी मान्ने हो कसलाई मधेसी नमान्नेहो?

          अहिले भर्खरै रछ्या मन्त्रि बन्नु भएको मधेसी नेताले १० हजार मधेसी हरुलाई सेना मा भर्ना गर्ने प्रक्रिया थालि सकेको भन्नु भएको छ/ तर कुन जातिलाई मधिसे मानेको छ यो कुरा गोप्य राखिएकोछ/ एसको अतिरिक्त
          रछ्या मंत्रिले मधेसी जातिको छुट्टै सैनिक ईकाई बनाउने कुराको बिरोध गरेमा मधिसेहरुले नेपालको २२ जिल्लाहरु नेपाल बात टुक्रिएको घोसना गर्न सकिने सम्म पनि भनेको छ/ नेपाल टुक्राउने कुरा गर्ने व्यक्ति त् देसको रछ्या मन्त्रि बनाईएको छ भने यो सरकार बात के आसा गर्ने?

    • विश्व इतिहास पढ्नुस राजनीतिक रुपमा भएका शसस्त्र आन्दोलन हरु नियाल्नुस अनि आफै सग गर्नुस त्यो प्रश्न
      देशमै दुख गर्नुस देशकै लागि सोच्नुस अनि उत्तर आफै खोज्नुस हत्या नभएका हैनन् पुर्बधर ध्वस्त नभएका हैनन् तथापी तपाई अब त्यो सब सम्झेर बिरोध गर्दैहुनुहुन्छ भने अरु २० वर्ष पछाडी धकेलिदैहुनुहुन्छ
      राम्रो लाई राम्रो भन्न डराउनु हुन्छ भने आफुलाई कहिलेसम्म ढाटन सक्नुहुन्छ त्यो पनि हामी हेर्ने छौ
      वास्तविकता यो हो बाबुराम भट्टराई अरु भन्दा फरक यस अर्थमा छन् कि उनि सग केहि गर्न सक्ने खुबी र धैर्यता छ उनकै सब्दमा भन्दा यो लोकतन्त्रमा बिरोध गर्ने अधिकार सबैलाई छ पहिलेका शासकहरुले जस्तो हामी बिरोध गर्नेलाई सिध्याउन कसरत गर्दैनौ बरु त्यसको स्वागत गर्दै कसरि अगाडी बढ्न सकिन्छ त्यसरी अगाडी जान्छौ

    • विशाल शाह जी,
      तपाइँ र सुदिप को बार्तालाप मा मैले सुदिप जी लाइ लेखेको कमेन्ट हेर्न नभुल्नु होला…

    • यी कालो झन्डा देखाउनु हरु विदेश मा बसेर अरु को भाडा माझ्दै देश को प्रगति नचाहने दलाली प्रवृतिका कुकुर हरु हुन् | यिनी हरुलाई न देह्सको माया छ न नाफ्ना आफन्त को माया यी पैसामा बिकेका अनि पैसाको लागि जे पनि गर्ने प्रवृतिका manchhe बाहेक केहि हैनन्

    • बिशाल जी,
      तपाइले अन्डा नफोरी अम्लेट बनाउन सक्नु हुन्छ र ?

    • ‘बि स्याल’ सरकार ‘ख्वामित’ र यो नाथे प्रजा ‘बाबुरामे’ मा फरक भनेकै येत्ति हो कि ‘ख्वामित’ को राजपाठ मा तेस्ता कर्तुत(अहिले हजुर को बहुली बाट प्रदर्सित श्याम ध्वोजा)गर्ने को गर्दन क्षेदन हुन्थ्यो भने ‘नाथे’ ले ‘ख्वामित’ लाई ‘तपाई हरु ले देखाउनु भो मैले देखे धन्यवाद’पो भने/

    • बिशाल शाह जी, तपाई जस्तो बुझ्ने मान्छे ले यो कुरा पनि आत्म साथ लिनु पर्छ कि नया बनाओंनु को लागि पुरानो भात्काओनु पर्छ , सान्ती को लागि क्रान्ति जरुरी छ, (झन सान्ती स्थापना को लागि हतियार आवस्यक छ ) मान्छे जन्मिनु को लागि त आमा को … भत्किनु जरुरी छ भने नेपाल मा भएको घटना त १० बर्षे जनयुद्ध को क्रम मा भएको हो नि ….. अब त्यहि कुरा को पछि लाग्ने हो भने त तपाई पनि सामन्ती रोग ले ग्रस्त हुनुहुन्छ ….
      सिग्र लाभ को कामना |

      उद्य लिम्बु

    • बिशाल शाह
      तिम्रा शाह हरु को लुट को स्वार्थ र २४० बर्ष सम्म को लुट को परम्परा लाइ बाबुराम हरु ले भत्काइदिएको ले मानासिक स्थिति गुमाएका हौ तिमि हरु ले. तिमि राजाबादी हौ, जुन कुरा प्रस्ट छ. राजाबादी भएका ले तिमि लाइ ज्ञाने र शाह हरु को हर्कत संग जोडेर प्रश्न उठाउन सकिन्छ र नैतिक दृस्टी ले पनि उत्कृस्ट हुन्छ. १२००० जनता को हत्या गर्ने, दाई भाउजु भतिजा भतिजी को हत्या गर्ने तिम्रा ज्ञाने लाइ पुजा गरेर अझै “मानिस मरेको” भनेर गोही को आशु बगाउने तिमि हरु हौ ढोंगी? ज्ञाने को फुपाजु मोहन बस्नेत को को बारा को ५०० बिघा जमिन बाझै राख्ने, तेही का भूमिहीन नेपाली भोकै बस्ने? तिमि हरु जस्ता ले बिरामी बाउ लाइ भेट्न जादा लिमोजिन को दुरुपयोग गर्ने लाइ जायज देख्दचाउ भने राजनीतिक नेता ले न्युनतम सुबिधा लिन पर्दछ भन्ने लाइ ढोंगी देख्दछु भने मानसिक रोगि तिमि हरु हौ. एकोनिमिक क्लास मा यात्रा गर्दा र साधारण गाडी चददा त दोंगी भन्ने तिमि हरु ले बाबुराम नेपाली को घर मा बसेको भए पनि तेस्लाई अर्को ढोंगी भन्ने थिएऔ. ए मुर्ख! हेर त येसो आखा लाइ घुमाएर चारै तिर, थियो आज सम्म कुनै एस्तो निस्वार्थी प्रधानमन्त्री नेपाल को कहिलेई? के बाबुराम को कुरा गर्दछौ? तिम्रा कित्ता को सबै भन्दा “राम्रो” मान्छे र बाबुराम को तुलना गरेर हेर त, त्यो बाबुराम को १% मा आए ! आफ्नो लुट को स्वर्ग गर्ल्याम्मै भत्केको र त्यो भत्काउने लाइ आफ्नो अघि देख्दा दुइ बित्ते कालो टालो देखाएर तेही कुण्ठा मा रमाउने भन्दा अरु के छ र बिकल्प!

    • I am writing this in relation to the responses below by Sudip dahal, pushpa ji and others. If you think letting go of people who killed 10,000 people in the name of future is fair then I think you are mistaken. You would not have said that if it were your family member that were killed without any mistake, being a teacher, being a farmer and so on. Many have died in the civil war against maoist both from side of Maoist and Army. Those who have died in battle, there is nothing to say about that, people die in war. But what about civilians those who were killed without being involved. Whoever are responsible from both side for torture and civiilian killings should be brought to justice. If you give general impunity to those, as BabuRam bhattarai’s government wants to do and on the basis of which his government was formed then this is against even the basic rule of justice. You keep refering to past in the times of Maharaja..if you dont learn from those mistakes and dont punish gulity this kind of war will continue in Nepal with breach oh human rights. Today Maoists and Madhesis parties will get pardoned. Tomorrow 100 more party may form on similar basis and be involved in human rights abuse. Do you give pardon to all of them. If this continues Nepali society will fall into the abyss of darkness where the party cadres are beyond the law of rule. So be careful of what you support. I am not against Babu Ram bhattarai’s effort but he should first try to short out mess created by themselves.
      Also he wants to integrate the 10,000 madhesis into Army plus Maoists combatants. Does Nepal need such a big army and who would pay for that. Will the savings he has done by travelling in economy class and riding Mustag be enough to pay for the new army.
      We have problem, we follow a person. But the person is not the only improtant we should also look into his policy and political standing. No doubt Babu Ram is a well read and intelligent person. But the above mentioned agendas through which he became prime minister is not from the mind of intelligent person. Also look at the industries being closed in Nepal due to Maoists. We can go and on about this..but the point is gibe him a chance but not at the cost of impunity..

      • mahesh ji,

        You hit the nail right in center. We need a policy not a person, need a good governance not a good government. Person can be a well-read, learned, top of his classes and government can be one that is composed of flock of Ph.D.s, but all those attributes matter little as far as peace, prosperity, and good governance are concerned.

      • महेशजी,

        व्यक्तिगत रीसईवी, लेनदेनका कारण वा राजनीतिक मुद्दाभन्दा बाहिर भएका जनधनको क्षतिको मुद्दा हुन् भने सम्बन्धितले त्यसको सजाय पाउनुपर्छ । तर यसको ‘हिसाब-किताब’ कसैको व्यक्तिगत उजुरबाजुरका आधारमा अदालतले गर्ने होइन; सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगले गर्नुपर्छ । जसको गठनमा स्वयम् माओवादीइतरहरू नै उदासीन छन् ।

        ‘मधेशी’को भनिने मोर्चासँग सरकार गठनका क्रममा माओवादीले गरेको ‘मुद्दा फिर्ता लिने’ सम्झौतालाई गलत व्याख्या गरी अनेकथरि आरोप लगाउनु बुद्धिमानी होइन । सीधा भाषामा भन्दा, “राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दालाई पुनः छानविन गरेर फिर्ता लिने सहमति भएपनि राजनीतिक आवरणमा भएका घटनामा संलग्नलाई उन्मुक्ति नदिइने” आशयको सम्झौता भएको हो । यो पूर्णरूपमा जायज कुरा हो । यदि यो कुरालाई नाजायज भन्ने हो भने नेपालका सबैजसो नेताहरूमाथि जनहत्याको मुद्दा (भ्रष्टाचारको होइन) चलाइनुपर्ने हुन्छ , किनकि आधाभन्दा बढी जनहत्या राज्यका तर्फबाट भएको थियो । यदि सबका सब नेताहरूमाथि मुद्दा चलाएर सजाय दिने हो भने यो देश कसलाई जिम्मा लगाउनुहुन्छ ? हामीले बिर्सनुहुन्न कि चाहेजतिसुकै खराब भएपनि हामीले रोज्नुपर्ने छान्नुपर्ने तिनै नेताहरूमध्येबाट नै हो । नयाँ नेपालको खाका कोर्न सहयोगी नयाँ स‌ंविधान बनाउने र शान्ति बहाली गर्ने दिशामा हामी नेपाली जनताका सामु यसको विकल्प छैन ।

        जहाँसम्म, १० हजार ‘मधेशी’ नेपाली सेनामा हुल्ने कुरा छ, त्यो पूर्णरूपमा गलत रहेको मैले पहिलेदेखि नै भन्दै आएको हुँ । र, यदि माओवादीइतरहरूमा अलिकति पनि राष्ट‍्रियता बाँकी छ भने माओवादी जनसेनालाई समेत नेपाली सेनामा समायोजन गर्ने सहमति कार्यान्वयन गर्नमा आलटाल गर्ने उनीहरूले यो सम्झौता पनि कदापि पूरा हुन दिने छैनन् । शायद यसैकारण माओवादीले यो शर्तलाई स्वीकार गरेर सरकार गठनमा ‘मोर्चा’को साथ लिएको हुनुपर्छ ।

    • बिशाल साह जी
      तपाई पक्कै पनि कांग्रेस को मण्डले हुनु पर्छ तपैले बाबुराम ले मरेको मात्र देखु भो त्यति बेला सरकारबाट कति मारिया कति अझै बे पता छन् तपैले हिसाब दिन सक्नु हुन्छ ?? त्यो बेला नै त्यस्तै थियो …..तपाइलाई अर्काले चड्कन हान्यो भने तपाई चुप लगेर बस्न सक्नु हुन्छ ?? त्यसो भय तपाइको काँग्रेस ले लगभग २० वर्ष सरकार चलायो क गर्यो त नेपाली जनतालाई के दियो त्यो प्रस्ट पारिदिनु होला……………

    • for baburam only four black flag were shown. for royalist people and for corrupted uml and congress leader, nepalese people has already shown more than millions black flag from their heart.

Comments are closed.