सुरेन्द्र डंगोलको हत्यारालाई आजीवन कैद


हत्यामा संलग्न अपराधी एडवार्ड कोर्लिस Photo Credit: Boston Globe (Aram Boghosian)
करिब दुईबर्ष अघि बोष्टनमा एक नेपाली सुरेन्द्र डंगोलको हत्या भएको खबर माइसन्सारमा पढ्नु भएको थियो ? तपाईमध्ये कतिले त उक्त खबर पढेपछि डंगोल परिवारलाई आर्थिक सहयोग पनि पठाउनु भएको थियो। उक्त हत्यामा संलग्न अपराधीलाई हिजो यहाँको अदालतले आजीवन कैदको फैसला गरको छ । पुरा विवरण पढ्न भित्र आउनुस्

करिब दुईबर्ष अघि डिसेम्बर २००९ मा जमैकाप्लेन, बोष्टनको टेडेस्की स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएका नेपाली नागरिक सुरेन्द्र डंगोलको हत्यारा ६५ बर्षिय एडवार्ड कोर्लिसलाई यहाँको अदालतले आजीवन कारावासको सजाय सुनाइएको छ । म्यासेचुसेट् राज्यको सफोक सुपेरियर कोर्टले सेप्टेम्बर २९, २०११ विहिवारका दिन उक्त फैसला सुनाएको हो । अपराधी कोर्लिसलाई हत्या, गैरकानुनी हातहतियार राखेको तथा लुटपाट गरेको तीन वटा अभियोग लगाइएको थियो । डंगोलको हत्यामा संलग्न एडवार्ड कोर्लिस पहिले पनि एउटा हत्या र ६ वटा अपराधहरुमा संलग्न अपराधी भएको विवरण सरकारी वकिलले वहसको क्रममा न्यायधिस समक्ष पेश गरेका थिए । जसले गर्दा उनलाई अब ‘परोल’ अस्वीकार गरिएको छ । अब उनले नमरुन्जेल जेलभित्र नै बस्नुपर्ने छ । अपराधी कोर्लिसले म्यसेचुसेट्सको स्यालिवुरीमा सन् १९७१ मा पनि एकजनालाई हत्या गरेको थिए । जसको अभियोगमा जेल परेका उनी सन् २००६ मा जेलबाट छुटेका थिए । जेलबाट निस्केको ३ वर्षसम्म पनि उनी ‘परोल’ मा थिए ।

सफोक सुपेरिएर अदालतमा सेप्टेम्बर २९ मा भएको सुनुवाईमा डंगोलकी श्रीमती कल्पना डंगोल र भाई बिरेन्द्र डंगोल उपस्थित भएका थिए । उनीहरुले संवाददातासँग कुरा गर्दै अदालतको उक्त फैसलाले आफुहरुलाई न्याय दिलाएको बताएका थिए । हत्याले आफ्नो परिवारिक जीवन बर्बाद पारेको बताउदै बिरेन्द्रले भने “अपराधीलाई आजीवन कारावासको सजायले समाजको अन्य व्यक्तिलाई यस अपराधीबाट सुरक्षित बनाएको छ” । उनको थप कथन थियो “हामीलाई सात समुद्रपारी अमेरिकामा पनि न्याय मिलेको छ” । भाव विभोर अवस्थामा अदालतमा उपस्थित सुरेन्द्रकी श्रीमती कल्पना डंगोलले आफुलाई न्याय मिलेको र त्यसवाहेक अन्य कुरा केहि भन्न नसक्ने बताएकी थिइन । दोभाषे मार्फत कुरा गर्दा उनको आँखाबाट आँसु खसिरहेको थियो । हत्यारा कोर्लिसलाई न्यायधिसले तिम्रो केहि भन्नुछ भन्ने प्रश्नको जवाफमा कोर्लिसले भने “आफु अहिले म दोधारमा छु ।”


७ सय ४६ को लागि मारिएका थिए डंगोल

वोष्टन पुलिसले डिसेम्वर २९, २००९ मा सार्वजनिक गरेको सिसिटिभी क्यामेराले खिचेको लामो भिडियोको क्लिपमा देखिए अनुसार कोर्लिसले सेतो सेडान गाडीमा आएर त्यस स्टोरको वाहिर पट्टी करिव २० मिनेट जति समय विताएको थियो र स्टोरमा अन्य मानिस नआएको मौका पारेर भित्र पसेको थियो । उसले पसलभित्र पसेर हतियार देखाउदै डंगोललाई पैसा राख्न भनेको र हतियार देखिनसाथ डंगोलले दुवै हातमाथि उठाएर आत्मासर्मपण गरेको भिडियोमा देखिएको थियो । हत्यारा कोर्लिसले पेस्तोल ताकेपछि आक्रान्त डंगोलले आत्मसमर्पण गर्दै तत्काल पसलमा भएको ७ सय ४६ डलर रकम दिए पनि कोर्लिसले उनलाई छातीमा गोली हानी मरणासन्न बनाई भागेका थिए । डंगोललाई हस्पिटल लग्दा हस्पीटलमा उनको मृत्यु भएको थियो । कोर्लिसले हत्यामा ०.३८० क्यालिवरको गोली लाग्ने स्वचालित हतियार प्रयोग गरेका थिए । अरुले चिन्न सक्ने भएकोले कोर्लिसले नक्कली कपाल, स्कार्फ र लामो कोटको भेषमा भेष बदलेको थियो ।

अपराधीे एडवार्ड कोर्लिसले पैसाको समस्याका कारण उक्त अपराध गरेको थियो । सफोक डिस्ट्रीकका सहायक एट्रोनी प्याट्रिक हेगनका अनुसार डंगोललाई हत्या गर्न भन्दा अगाडि कोर्लिस पैसाको समस्याले आफ्नो घरमा छटपटाइरहेका थिए । डंगोलको हत्या भएको २६ डिसेम्बरका दिन कोर्लिस रोसलिन्डेलस्थित आफ्नै निवासमा बस्ने एक मित्रसँग सरकारले नियमित वन्दी सिदा स्वरुपमा पठाइरहेको चेक प्राप्त नभएको गुनासो गरिरहेका थिए ।

सुरेन्द्र डंगोल को थिए ?

स्वर्गीय सुरेन्द्र डंगोलको स्थायी घर साँखु हो । उनी सन् २००४ मा डिभी भिसामा अमेरिका आएका थिए । उनले नेपाल ल क्याम्पसबाट विएल गरेका थिए र उनी कानुन व्यवसायी थिए । अमेरिका आउन भन्दा अघिसम्म उनी एउटा कम्पनीमा कानुनी सल्लाहकारको रुपमा काम गर्दथे । पछिल्लो पटक उनी दशैं मनाउनको लागि नेपाल गएर अक्टोवर २२ मा अमेरिका फर्केका थिए । त्यसपछि उनी टेडेस्की फुड सपमा काम शुरु गरेका थिए । उनले काम गर्ने कम्पनी टेडिस्की फुड सफ पाकिस्तानी नागरिक स्वामित्व भएको फ्रान्चाइज कम्पनी हो । उनी त्यस कम्पनीमा दुई वर्ष अघिदेखि काम गर्दै आएका थिए । र नेपाल जाने वेलामा त्यहाँ काम छोडेका थिए । र आएपछि पुन त्यहि साहुको अर्को स्टोरमा काम गर्न शुरु गरेका थिए । उनको श्रीमती कल्पना डंगोल र छोरी सलिना डंगोल हाल बोष्टनमा बस्छन् ।

उक्त हत्याको खबर माइसंसारमा मार्फत सार्वजनिक भएपछि विभिन्न ठाँउमा बसोवास गर्ने नेपालीहरुले डंगोल परिवारलाई सहयोग गरेका थिए ।

20 Comments

  1. एस्तो हो कानुनी राज्य भनेको ,हाम्रो समाज मा पनि येस्तै कानुनी मान्यता बनोस |कुनै आपराध मा राजनीति को रंग मिसिनु हुदैन |यो शिक्षा नेपाली सम्बधित निकायहरु ले सिक्नु पर्ला |

  2. कानुन भन्दा माथि कोहि पनि हुदैन रहेछ……….. नेपालमा चाही प्रभु शाहलाइ किन कारबाइ नभएको होला……????? यो पाठ पढेर सिकुन….. कि (सुरेन्द्र डंगोल को जस्तै ) अढाई वर्षा पर्खनु नपरोस ………

  3. साढे २ वर्ष अघि म भर्खर अमेरिका आउदा यो समाचारले नेपाली समुदायमा स्थान पाएको थियो, दुख लागेको थियो / आज न्यायको आभाष भयो /
    शुरुमा मलाइ सार्है दुख लागेको थियो, किनकि म आफु पनि डंगोल, डिभी नै परेर अमेरिका आएको, फेरी म पनि नेपाल ल क्याम्पसबाट नै बिएल सकेर पब्लिक कम्पनिमा कानूनी सल्लाहकारको काम गर्दै थिए… मेरो श्रीमती र म त झसंग झस्केका थियौ !
    जे होस् विभेदपूर्ण रूपमा न्यायिक निर्णय भएको छ, कानूनी राजको महिमा सार्थक भएको छ/

  4. एडवार्ड कोर्लिस नेपालमा भएको भए बाबुराम सरकारको मंत्रिमंदलमा मन्त्रि भएर प्रभु सह जस्तै हालीमुहाली गरेर बस्थे ! बाबुरामका दुइवोता दाँत छन् एउटा लुकाउने र अर्को देखाउने !

  5. कमसेकम अमेरिका मा त नेपाली को हत्यारा ले सजाए पाउचन आफ्नै देश मा नेपाली नागरिक को हत्या गर्ने लै उन्मुक्ति दिइन्छ कस्तो बिडम्बना….

  6. २-२ चोटी हत्या गरेको व्यक्तिलाई के को आजिबन काराबास | नरक बास नै गराइदिनु पर्ने ,
    तर हामि नेपालि हत्याको को बदला हत्या हाम्रो सिद्दान्त हैन ,तेसैले यो सुन्दर न्याय हो |
    डंगोल परिबारले न्याय पायो ,उनीहरुलाई चित्त बुझ्यो भने हामीलाई पनि चित्त बुझ्यो |

  7. हत्याराले अजिबन सजाये पायेर पीडित परिवार अनी हामी शुभ चिन्तक लाई केही सान्तोना भने अबस्ये मिल्यो अबका दिनमा नेपालीहरुले अनहाकमा ज्यान गुमौन नपरोस फेरी पनि सुरेन्द्र डङ्गोल प्रती शब्द स्रदान्जलि ।

  8. जब सम्म हत्याको बदला हत्या हुदैन तबसम्म मृतकका परिबारको घाउमा मलम लाग्दैन

  9. एउटा नेपाली छोराले बिदेशी भूमीमा अनाहकमा ज्यान गुमाउनु साह्रै दु:खद कुरा हो । तर पनि कानूनको शासन भएको देश भएकोले उनको परिवारले न्याय पाएको छ । नेपालमा भएको भए पक्कै पनि त्यो हत्यारा प्रभु साह् जस्तै मन्त्री भएर देशको ढुकुटीमा हालिमुहाली गरी रहेको हुन्थ्यो होला या कम्तिमा पनि राजातिक छत्रछायामा छाती फुलाएर सडकमा हिडिरहेको र त्यस्तै प्रकृतिका अन्य अपराध गर्दै रहेको हुन्थ्यो । कानूनराज र गुण्डाराज भएको मुलुक बीचको स्पष्ट भिन्नता यही हो ।

    सुरेन्द्रको आत्मालाई शान्ति मिलोस् ।

    • एकदम सहि ! नेपाली को चाहना नै बिधि को शासन हो , अपराधी दण्डित हुनै पर्छ, पार्टी को झन्डा बोक्दैमा माफ दिन मिल्दैन | तर दुख को कुरा आज लोकत्रंत्र र गणत्रन्त्र को नाम मा देश मा अपराधी ले शासन गर्दै छन् | यदि कोइ सच्चा देशभक्त , इमान्दार, नयायप्रेमी नेता छ भने मानवता विरुद्ध आपराध गर्ने लाई कारबाई गरोस , दण्ड हिनता अन्त गरोस , कुनै अपराधी नछुटोस, अनि कुनै निर्दोस नफसोस |

  10. अपराधीलाई ठिक भयो , हाम्रो देशमा पिडितहरुले कहीले न्यया पाउदैन ,

  11. न्याय र सजाय भनेकाे त यस्ताे पाे हुनुपर्छ त । नेपालमा भए घुससुस ख्वाएर उहिल्यै बाहिर अाइसक्थ्याे हत्यारा । अखाद्यपदार्थ मिसाएर उपभाेक्ताकाे स्वाथ्यमाथि खेलवाड गर्ने नेपालका काला बजारीया ब्यापारीहरुलाई पनि यस्तै हदैसम्मकाे कारवाही हुनुपर्छ । तवमाऊ उपभाेक्ताले सहि चिजकाे उपभाेग गर्न पाउँछ ।

    • न्यायिक प्रणाली होस् त एस्तो, उफ आफ्नो देश भने? अपराधी लाइ समाउन खोज्दा नेपाल बन्द को मार सहनु पर्दछ.

  12. ढिलै भएपनि आजीवन कारावास को सजाय पायो तेस्ले ,सुरेन्द्र डंगोल को मिरित आत्माले सान्ति पाओस/ कमसेकम चुपचाप पैसा दिएपछि त आफ्नो बाटो लाग्न पर्छ नि किन निर्दोस सुरेन्द्र लाई गोलि हानेर मारेको?

  13. हो… डंगोल को हत्याले उनको परिवार को जीवन तहस नहस बनायो…. यो अपुरनिया छ्यति हो… तर येती दिन..वर्षा पछी भए पनि हत्यारा पत्ता लग्यो अनि सजाय भयो… मलाई त येत्ती शान्ति अनि दुक्का लग्यो भने उनको परिवारलाई कति शान्ति मिल्यो होला… १! अनि मृतक को आत्मा ले पनि ………….

  14. यस्तो खबर नेपाली ले मात्र हेर्ने वेब पेज मा भन्दा पनि अमेरिका मा बस्ने चोर डाँका र हत्यारा ले हेर्ने वेब पेज मा प्रकासित गर्यो भने अझ राम्रो हुने थियो कि ,,,,,,,,यस्तो समाचार आयपछी अपराध कम हुन मद्दत गर्छ होला ,,,,,,,,,,

  15. न्याय नपाए गोर्खा जानु भन्नि उखान अब न्याय नपाए america जानु भन्नु पर्ला ………. हुन त pidit pariwar लाई ke न केयी चयन महसुस भयो होला जुन २ वर्ष अगाडी को मुद्दा को फैसला bharkhar bhako chha …………अलिक ढिलो फैसला भएको हैन र?

  16. हत्यारा प्रक्राउमा परेको र उसलाई जीवन कैद सजाय भएको सुन्दा पक्कै पनि मृतकको परिवारको घाउमा केहि मलहम लागे होला; त्यसै गरी गत बर्ष यो घटना सुनेर मुटु पीरो गराउने हामीहरुको दिमागमा केहि शीतलता छायो!
    —————————-

Comments are closed.