दशैँमा देवीको साइबर दर्शन

आज महाअष्टमी हो। दशैँको आठौँ दिन। दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने दिन हो आज। काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ।

आउनुस् केही मन्दिरको साइबर भ्रमण गरौँ। भिडियो हेर्न भित्र आउनुस्।

सबैभन्दा पहिला जाउँ मैतिदेवी मन्दिरमा। हेर्नुस् भिडियो-

अब जाउँ भद्रकाली मन्दिरमा। हेर्नुस् भिडियो-

आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, खड्ग पूजा, हातहतियार र सवारी साधनहरूलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ।

पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई दहि चिउरा, खिर तथा नरिवल चढाउने गर्दछन्।

हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई तथा भक्तपुरको तलेजु भवानीलाई चौरासी वस्तुबाट तयार परिएको रोटी चढाई कालरात्रि मनाउने चलन छ। शक्तिस्वरूपा देवीको पूजा गुप्तरूपमा गरिने भएकाले यस रातलाई कालरात्री भन्ने प्रचलन रहेको रे।

21 Comments

  1. कस्तो निर्दयी
    ————————–
    काट काट ,खुकुरीले काट .
    घाटिमै हान ,चत्तक्कै छिनाइ दे ,
    रगत खस्ला भै मा बाटा थाप ,
    भुत्ते खुकुरी तेरो ,छिमेकी सग साट,

    कान पोल ,टाउको टुक्रा टुक्रा पार ,
    खुत्तिमा झोल हाल ,मुटु कलेजो तार ,
    फल फल मासु सुइरोमा उन ,
    सेकुवा बना ,हाल अदुवा ,लसुन ,

  2. संसारभरी छरिएर रहेका नेपालीहरुलाई बडा दशैं र तिहारको मंगलमय शुभकामना/

  3. पाइथागोरसले भनेका छन्, ‘जनावर हत्या जारी रहुन्जेल मानिसले एक अर्काको हत्या पनि गरिरहनेछ। हत्या र पीडाको बीउ रोप्नेले आनन्द र प्रेम फलाउन सक्दैन।’ लियो टाल्स्टायको पनि अन्तर्दृष्टि छ, ‘जनावरहरु भोजनका लागि मारिने बेलासम्म युद्ध भइरहनेछ।’

    • यो कुरा को बारेमा प्रगतिशील नेपालि हरुले अमेरिका मा थ्यान्क्स्गीविंग मा क्रिस्चियन हरुले टर्की काट्ने, बकरे इद मा अल्ला को नाम मा गाइ, बाख्रा, उट काट्ने, तथा यहुदी हरुले पनि कोशैर मा बकरा को भोग लगाउने बिकसित चलन हरु सग प्रतिक्रिया गरे कसो होला? खालि आफ्नै कल्चर मा मात्र गल्ति देख्ने हामि नेपालि हरुले बिकसित देश हरु को आस्था पनि कति अन्धविश्वासी हुदो रैछ भनेर अलिकति अध्ययन गरे राम्रो हुने थियो

      बिनिता प्रसाई

    • पेजा जी
      हैन पैथागोरस ले ,र लियो तल्स्ताय ले तपाइको कान मा मात्र सुटुक्क तेस्ता कुरा भन्न भ्यायेछान कि क्या हो |कहिँ कतै तेस्तो महान बाणी सुनिएको त् छैन |
      तेसो भए आइन्साताइन ले पनि भनेछन ”सुत्ने बेलामा हप्ता मा एक चोटी आधाकिलो खसीको मासु र एक गिलास रक्सि पिए पछी ” चाहिने जो फिजिक्स त् फुरुरु दिमाग मा फुर्छ |

  4. बली चडाउन त नहुने जस्तो लाग्छ तर……मासु!!!….. आफुले पाले को खुकुरा पनि कट्न सकिन्न….. मनत तेती कोमल छ…….तर मासु त कपा कप खाइन्छ……..फेरी बाजे बराजु देखी चल्दै आएको चलन…….. के हो के हो??? म त रन भुल्लमा!!!

  5. How embarrassing it that! On one hand we kill innocent animals who can’t express themselves, in front of stone-made idols and on the other hand we boast about ‘human civilization’??

  6. दशै ,तिहार लगायत हाम्रो चाडबादहरु बिना बलि मनाउने कोशिस गर्ने होकी ?

    • त्यसको लाइ पहिला आफुले मासु मिठो मानि मानि चबाउन छोड्नु पर्यो नि

  7. देश र विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई बडा दशैंको शुभकामना !!!

  8. हाम्री देबी त हिंशाबादी परिछिन . मेरो मन्दिर मा मेरै लाटो सन्तान (सृष्टि) लाई मार, म खुसि हुन्छु भन्दिन हो . एक चोटी सोच्ने बेला आएको हैन ? मलाई थाहा छ यस मा धेरै Thumb Down हुनेछ . तर पनि एक चोटी सोचौ न है साथि हरु !!!!!!!
    I love all Nepali Culture except this portion. Why the hell we kill animal in Temple in the name of God? She never ever wants her own creation to be sacrificed right in front of her in Her NAME… Non of mother wants to kill their disable son/daughter to get satisfied.
    Please just once, Think about it before killing any animal in Temple…..

    • पहिला मासु खान छाडौ अनि मात्रै अहिंसाबदी भएर भाषण छाडौ!

      • साथी म जन्मजात शाकाहारी हुँ . संसार मा धेरै मानिस हरु छन् जसले कसैलाई दुख नदिने कुरा मा बिस्वाश मात्रै गर्दैन ब्यबहार मा पनि उतार्छ र म त्यस मा पर्दछु ..
        पन्च बस्तु निषेध भा’को कर्म एस्तो हुनु पर्छ,,
        हिंशा बाट दुर धर्म को मर्म एस्तो हुनु पर्छ ..
        मंशाहार, चोरी, जुवा, सुर्ती माधक रहित जीवन,
        अङ्गीकार गर्ने हिन्दु धर्म एस्तो हुनु पर्छ ….

  9. जन्मदै मान्छेले बिबिध प्रतिभा, स्वभाव,अनि क्षमता लियर आको huchha सबैले अन्तर्निहित क्षमता लाई प्रष्फुटन गर्न चाहेर या na hanera सकेको हुन्न माता नबदुर्गले ति adrishya प्रतिभा लाई सबैमा उजागर गर्नसक्ने क्षमता प्रदान गरि सफल batoma लाग्ने प्रेरणा ra shakti diun …… Jay hos

  10. नेपालीहरुको महान चाड बिजया दशमीको सुखद अबसरमा मातृभूमी नेपालमा बस्नु हुने अनी आफ्नो उज्वल भबिस्य को खोजिमा संसारको कुना कुनामा पुग्नु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा हार्दिक मंगल्मये शुभकामना चडाउन चाहन्छु साथै सुख सम्ब्रिदी र उत्तरोत्तार् प्रगती को शुभकामना ।

  11. भगवतीले यो देशको रक्षा गरुन भन्दा भन्दै जुनी बित्यो |

  12. Salokya

    इम्रान खाँन,तारुत आइस्ल्यान्ड ,साउदी अरेबिया

    धन्यबाद,सालोक्य जी अनि माइसंसार युनिटलाई ,
    दशैंको बारेमा,स्कुलमा पढेको भन्दा धेरै जान्न र बुझ्न पाइयो.
    आफुले दशैं नमान्ने भए नि,दशैंको मजा मैले लियेकोछु .हरेक साल दशैंको बेला,नेपाल र साथीभाईहरुको धेरै नै सम्झना आउने गर्दछ.एउटा जमानाको कविता सम्झिए :
    दशैं आयो,
    खाउला,पिउँला…..
    कहाँ बाट ल्याउँला,
    चोरी ल्याउँला……………………
    धत्त तेरिका पापी ,
    म त छुट्टै बसौंला

    सबै नेपाली हरुलाई मेरो तर्फा बाट धेरै धेरै शुबकामना

  13. सु:ख शान्ति, सु-सम्ब्रिदी सारा नेपालीलाई प्राप्त होस् / सत्यमेबा जयते!
    देश र विदेश मा बस्ने नेपाली हरुलाई शुभकामना !!!शुभकामना !!!शुभकामना !!!

  14. हामीजस्तो विदेशमा रहने हिन्दु धर्मावलम्बीहरुले प्रतक्ष्य रुपमा दर्शन गर्न नपाए पनि
    हेरेर मन शान्त भएको छ/ प्रतक्ष्य रुपमा दर्शन गर्न नपाए पनि यो मेरो संसार बाट हेर्ने व्यवस्था मिलाइदिनु भएकोमा मेरो संसार लाई धेरै धेरै धन्यवाद /

  15. वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!!

    दिर्घ, शान्ति र चएन शुखले छावस
    परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
    हरपल हरक्षण परिवार एकैसाथ रहुन
    नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
    कहिले महसुस नहोस एक्लोपन मनमा
    माया छ जहा त्यहि छ जीवन ।
    फुलो फलोस तिम्रो परिवार सुखमा
    दु:खले कहिलै प्रवेश नपावस ।
    शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!!
    मान्यजनको आशि़सले पुरा होस कामना
    दु:खका दिनले कहिलै बास नपावस तिमीमा ।

Comments are closed.