दशैँको प्रभाव !


सामान्यतया दशैँको बेला काठमाडौँमा निकै खुकुलो महसूस हुन्छ। भीडभाड हुँदैन र बाटाहरु खुला हुन्छन्। सडकमा कम सवारी साधन गुड्छन्। तर यस पटक मैले अलि फरक अनुभव गरेको छु। पोहोरपरार भन्दा यस पटक महाअष्टमीको दिन आइपुग्दासम्म पहिले जस्तै सडक खाली खाली देखिएका छैनन्। पक्कै पनि भीड पहिलेको भन्दा घटेको छ, जाम हटेका छन्। तर मान्छे कम भने भएका छैनन्।

माथिको दुई वटा फोटो हेर्नुस्। दुवै सुन्धारा हुलाक कार्यालयअगाडिको आकाशे पुलबाट खिचिएको हो। बायाँको फोटो फूलपातिभन्दा दुई दिनअघि खिचेको थिएँ। त्यतिबेला काठमाडौँका मुख्य स्थानमा सबैभन्दा बढी भीड हुने गर्छ। अनि दायाँको फोटो भने आज महाअष्टमीको दिन खिचेको हुँ। सामान्यतया फूलपातिको दिनदेखि काठमाडौँमा बसोबास गरिरहेकाहरु बढी बाहिरिने भएकाले त्यो दिनदेखि काठमाडौँ खाली हुने गर्थ्यो।

तर यस पटक पहिलेभन्दा अलि बढी भीड देखिएको छ केही मुख्य ठाउँहरुमा। माथिको फोटोमा हेर्न सक्नुहुन्छ, भीड घटेको त छ, तर कम भएको छैन। गाडीहरु पहिलेभन्दा धेरै चलेका छन्। महानवमीका दिन गाडीहरु पूजा गर्ने भएकोले भोलि भने कम गाडी गुड्लान् कि!


यो फूलपातिअघिको फोटो।


यो महाअष्टमिको फोटो।

महाअष्टमीका दिन सुन्धारामा देखिएको यही दृश्यलाई समयान्तर (टाइमल्याप्स) फोटोमार्फत् नियाल्नुस्। हेर्नुस् भिडियो-

अब अरु केही फोटो पनि हेरौँ।


भद्रकाली मन्दिरमा लागेको लाइन।


महाअष्टमीको दिन हामी कुछि भ्वय् खाने गर्छौँ। खासमा कुछि भ्वयको अर्थ दुई माना चिउराको भोज हो। तर कहाँ अहिले दुई दुई मानाको खान सक्नु र। केराको पातमा रखेर यो भोज खानु पर्ने भनिन्छ।


महाअष्टमी र महानवमीको दिन दसैँघर र कोतलगायत मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना गरिन्छ। त्यही भएर हाँस र कुखुरा बेच्नेहरु प्रशस्तै थिए सुन्धारामा। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ।


हाँस किन्ने हो त ?


कुखुरा किन्ने हो कि !


कुखुराको भाउ मिलाउँ न।


कखुरा लाने हो कुखुरा ?


ग्राहकको खोजी।

15 Comments

  1. निरिह प्राणीलाइ जथाभाबी काटेर मात्रै
    अनि जुवा खेलेर र सकी नसकी जांड खाएर मात्रै दशैं मान्नु पर्छा भने
    मलाई दशैँ न आएकै जाति.
    म जमरा र फूलपातीको दशैंलाइ पर्खी बस्ने छु
    म बाबु आमा र ठुला बडाको आसिर्बाद मात्रै थापेर
    पिंग खेल्दै साथि भै भेट्दै परिवार संगै बसेर दशैं मनाउन चाहन्छु
    साकाहारी र मांसाहारी को कुरा होइन म सबैले सुन्दर र सफा जीवन अनि मिर्त्यु पनि पाउनु पर्छा भन्ने कुरा म विश्वास गर्छु …..

  2. कस्तो घर झल्झली सम्झे…! पोहर साल त दशैमा बल्ल बल्ल मिलाएर सपरिवार नेपाल गएको थिए, यसपाली त मिलाउने सकिन… “फर्की आऊ नाती तिमी हजुरआमा भन्छिन, फर्की आऊ बाबु भन्दै आमा आँसु पुछ्छिन…”

  3. कृपया दशैं को टिका को समय पाउन पाए हुन्थ्यो . यहाँ USA मा कहिले टिका लगाउने हो . बताइदिनुस है

    • टीकाको शुभ साईत १०:३५ बजे हो है साथी…अब आफ्नो टाईम zone अनुसार समय मिलाउनु होला है…….शुभ विजया…

  4. सम्पूर्ण नेपालीहरुको दशैं मनाउने अव्यस्थित तरिका देखेर नेताहरुलाई गाली गर्न मन लाग्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  5. हो हामीले दसैमा काटमार नगर्नु नै राम्रो एदी मासु खेने हो भने मासु पसलमा किनेर खाए भैहाल्यो नि होइन भने आफ्नै घर आगन मै अलि सफा संग गर्नु राम्रो / यो देउता को मन्दिर मा गएर अमनिबया क्रुर कम गर्नु राम्रो हैन./यो मेरो आफ्नो विचार मात्रै येस्मा सबै ले मान्नु नै पर्छभन्ने होइन तर राम्रो कम को सुरुवात जसले गर्दा पनि हुन्छ
    /

  6. दसैँ अघि दिनको १ लाख उपत्यका बाहिर गएको भन्ने समाचार र मेरोसंसारले प्रस्तुत गरेको यो भिडको रिपोर्ट हेर्दा यहाँ बाहिर नजाने जनसंख्याको चाप निक्कै बडी सकेको हुनु पर्छ !!! दसैँमा पनि भिडभाड देखिनु, उपत्यकाको वायु प्रदुषण ह्वात्तै बड्नु आदिले राष्ट्रिय जनगणना २०६८ को रिपोर्टमा २६ लाख मात्र देखिनु त्रुटीपूर्ण देखिन्छ !!!!

  7. अहा!!! दशैँ….सुन्धारा …काठमाडौँ … आफ्नो जन्म घर ..गाऊ … फर्किने तयारी.. केटाकेटीलाई नया लुगा … मिठाई अनि कोसेली…किनमेल…. सबै सम्झना मात्र रह्यो… बिदेशमा न दशैँ हुदो रेछ..न तिहार… न कुनै चाडबाड….

    “कस्तो भाग्य कोरियेछ यो निधरैमा… परदेश तिर हिड्न पर्ने…..”

  8. हैन सथिहो दशैं मा खसी नखाए के मकै र भटमास खाएर मनाउने हो ? तेई मासु खान को लागि त पालेको हो खसी बाख्रा | सेकुवा चै जिब्रो पद्कौदै खाने अनि अहिले यहाँ चै मासु नखाने कुरा गर्ने यो त भयेनानी नि साथीहरु|

    • ओए मित्र सुबोध, कता देख्नु भयो नि जिब्रो पद्कौदै सेकुवा खाएको ? भटमास र मकै पो हो त जिब्रो पद्कौदै खानु पर्ने त …. तर तपाई चुइमगम पड्काउनु हुन्छ ? जे भए पनि दसैँको सुभकामना, मस्ती गर्नुस तर रातो मासु खादा अलिक होसियारी पुरौनुस !

  9. सारै मज्जा आयो फोटो हेरेर..! फोटो को लागि उमेश जी लाई मुरी धन्यबाद..!

  10. अब दसैँ मारकाट को पर्ब हो ईन पारिबारिक जमघट,र सद्वाब को चाड को रुप मा मनाउनु पर छ ।

  11. सन्देश दशैंको परदेश बाट
    —————————-
    एक-दुइ दशैं बिराउँदैमा, माटै भुल्यो नभन,
    परदेशीले फर्की आउने, बाटै भुल्यो नभन

    दु:ख लाग्छ चाड-वाड, तिमी धेरै छौ पर
    प्यारो मेरो संस्कृतिको, पाटै भुल्यो नभन

    किसानै हुँ हलो-जुवा, देख्छु हर सपनि ,
    शरद याम तोरी फुल्ने, फाँटै भुल्यो नभन

    पाखुरीमा साँद लगाई, फर्की आउँला देश ,
    तिम्रालागी केही गर्ने, आँटै भुल्यो नभन

    दशैं-तिहारको बहाना, सम्झना त उनकै
    ‘हे आमा नेपाल..’ गाउने, छाँटै भुल्यो नभन

    उनी हाँस्दा लाउँला पिरती, जय होस् नेपालको,
    प्रिय गाउँ तिम्रो मेरो , काँटै भुल्यो नभन

    एक-दुइ दशैं बिराउँदैमा, माटै भुल्यो नभन |
    परदेशीले फर्की आउने, बाटै भुल्यो नभन ||
    ———————————————–
    साथै,
    सम्पूर्ण माइसंसारका पाठकहरुलाई
    दशैं-तिहारको शुभकामना !!!

    -मनोज कार्की

  12. खसी बोका को बलि दियर नै दशैं मनाउनु पर६ भन्ने लाग्दैन कुनै पनि मन्दिरको मुर्ति ले बोलेको छइननकि मलाई दर्सन गर्न आउदा बलि दिनु पर६ भनेर कुनै प्राणी को घटी रेटेर रगत चडाउदै मा भगवान खुसि हुन६न् भन्ने अन्ध विश्वास जस्तो लग६

Comments are closed.