प्रा: डा. सूर्यमणि अधिकारी

शैक्षिक सत्रको मध्यतिर कलेजमा विद्यार्थी युनियनको चुनाव हुने भयो। बिद्यार्थीहरु प्रमुख रुपले दुई समुहमा विभक्त भएकाले प्रतिस्पर्धा कडा थियो। दुवै पछय भोट माग्ने दौडधुपमा व्यस्त थिए! कलेजमा पढाइ हुन छाडेकाले म आफ्नै डेरामा थिएँ। मध्याह्नमा एकजना उम्मेदवार एउटा साथीसहित मेरो डेरामा आइपुगे। उनले शिष्टतापूर्वक अभिवादन गरी आफ्नो परिचय दिए।

उम्मेदवार आएर भोट माग्दा दिन्न भन्ने कुरा आएन। शिष्टाचारवश मैले उनीहरुलाई चिया खाएर जान आग्रह गरें। भित्रबाट चिया लिएर आउँदा उनीहरुले कोठाका झ्याल ढोका थुनिसकेका रहेछन्। मलाई उनीहरुले झम्टेर अँठ्याए। मैले निकै बेर संघर्ष गरेँ तर व्यर्थ भयो। तन्नाले मुख छोपी शिथिल बनाएर पालैपालो बलात्कार गरी उनीहरु गए।

मेरो अवस्था लथालिंग भयो। शारीरिक र मानसिक बेदनाले मर्माहत भएँ। जति रोए पनि आँसुका बलिन्द्र धाराले मेरो अंतर्बेदना पखाल्न सकेनन्। आफ्नो भविष्यबारे सोच्दा म झन् कहालिएँ। यस दुर्घटनालाई मैले आफैमा लुकाएर राख्ने चेष्टा गरें तथापि मेरो मानसिक सन्ताप कहिल्यै मेटिएन। पढ़ाईमा मन लाग्न छोड्यो। जुनसुकै युबक देख्दा पनि घिन लाग्न थाल्यो। ममा हिनताबोध मौलाउँदै गयो।

एक दिन आमाले बी. ए. पढेको कुमार नामको केटासँग मेरो बिबाहको कुरा चलेको बताउनु भयो। मलाई थाहा भयो, कुमार त उही पहिलो बलात्कारी केटो। कहिलेकाँही जीवनमा अनौठो संयोग आइपर्ने रहेछ। मलाई रातभर निन्द्रा परेन। मैले प्रतिसोध लिने अठोट गरें, उसैकी स्वास्नी बनेर। पर्सिपल्ट उनीहरु मलाई हेर्न आउने भएका रहेछन्।

मलाई चिनेमा उसले मसँग बिहे गर्न इन्कार गर्न सक्थ्यो। त्यसैले मैले पुरै बदलिएर उसका सामु प्रस्तुत हुने निर्णय गरें। बजार गएर आफ्नो लामो कपाल छोटयाँए। भडकिला पोशाकहरु लगाएँ। आफ्नो बाबुलाई लिएर ऊ आयो। चिया लिएर एक झलक उसका अगाडी देखिएर म लोप भएँ। उसले मलाई चिन्न सकेनछ। मन नपराउने खालका खोट ममा थिएनन्। आखिर ऊ संगनै मेरो बिहे भयो।

उसको घरमा भित्रिएपछि मैले एकदिन एकान्तमा सबै कुरा खोलिदिएँ ।ऊ निर्निमेष दृष्टिले कुरा सुनिरह्यो। अन्तमा मैले भनें – “पाजी, पापी। तिमीहरुले बलात्कार गरेकी त्यहि निर्मला हुँ म। आज म तिम्री स्वास्नी हुन आइपुगेकी छु। नारी कसैको छोरी, बुहारी, दिदी-बहिनी अर्थात् आमा हुन् भन्ने कुरा तिमीहरुले सोचेनौ। अब मलाई के गर्न सक्छौ, गर।” ऊ भिरबाट खसेजस्तो गरि तर्सियो।

दिनहरु बित्दै गयो। त्यस दिनदेखि मैले उसको शिर कहिल्यै ठाडो देखिनँ। उसले मतिर हेर्नेसम्म हिम्मत गर्न सकेन। निन्याउरो मुख लाएर यताउता रल्लिन थाल्यो। तासको खालमा बसेको हुन्छ भन्ने पनि सुनियो। पछि पछि त रक्सी पिएर आउन थाल्यो। हुँदाहुँदै खोक्न र रगत छाद‍न शुरु गर्यो। मलाई उसको कत्तिपनि मतलब थिएन। म उसलाई तड्पिरहेको हेर्न चाहन्थे। ऊ थलिंदै गयो।

एकदिनको कुरा हो। मध्यरातमा म नजिकै ऊ लुटपुटिन आइपुग्यो। मेरो गोडामा छाँद हालेर रुन थाल्यो। निर्मला ..! तिमीले मलाई माफ गर्यौ भने म शान्तिपूर्वक मर्न सक्नेछु भनेर डांकै छोडयो। मान्छेको मनको कुनै ठेगान रहेनछ। त्यहि मन कहिले कठोर र कहिले कोमल बन्दो रहेछ। प्रतिशोधको ज्वालाले सल्किरहेको मेरो मन उसको अन्तरमनलेनै प्रायश्चित् गरेको देखेर पग्लियो। ममा उसप्रति माया पलायो।

भोलिपल्ट मैलेनै उसलाई कर गरी शहर लगें। डाक्टरलाई देखाई उसको उपचारमा रातदिन जुटें। उसलाई बिस्तारै ठिक हुँदैछ। मेरो मायाले उसको असलपन बौरिएको छ। आजभोलि म उसको चिरायुको कामना गर्न थालेकी छु।

53 Comments

  1. राम्रो प्रस्तुति र बिषयबस्तु तर अत्यन्त छोटो !

  2. कथा आखिर कथानै हो ! कथाले शब्द रचनाको तालमेलवाट समाजमा घटन सक्ने कुनै एक बिषय बस्तुलाई पाठक समक्ष् रोचक किशिमले प्रस्तुत गरेको हुनु पर्छ ! कथामा बिषय बस्तु यहि हुनुपर्छ र यो कथाले यस्तोनै शिक्षा दिनु पर्छ भन्ने छैन ! बिषय बस्तु जस्तो पनि हुन् सक्छ ! अर्को कुरा कथा शिर्षक बमोजिमको हुनु पनि जरुरि छ ! यो कथामा मानिसको मन कति सम्म कठोर र कति सम्म उदार हुन् सक्दो रहेछ त् भनेर मनको उतार-चढावको सम्बन्धमा एक बलात्कृत महिलालाई आधार मानेर ब्याख्या गरिएको पाइन्छ ! समग्रमा कथामा प्रयाप्त दम छ !

  3. कथा आखिर कथानै हो ! कथाले शब्द रचनाको तालमेलवाट समाजमा घटन सक्ने कुनै एक बिषय बस्तुलाई पाठक समक्ष् रोचक किशिमले प्रस्तुत गरेको हुनु पर्छ ! कथामा बिषय बस्तु यहि हुनुपर्छ र यो कथाले यस्तोनै शिक्षा दिनु पर्छ भन्ने छैन ! बिषय बस्तु जस्तो पनि हुन् सक्छ ! अर्को कुरा कथा शिर्षक बमोजिमको हुनु पनि जरुरि छ ! यो कथामा मानिसको मन कति सम्म कठोर र कति सम्म उदार हुन् सक्दो रहेछ त् भनेर मनको उतार-चढावको सम्बन्धमा एक बलात्कृत महिलालाई आधार मानेर ब्याख्या गरिएको पाइन्छ ! समग्रमा कथामा प्रयाप्त दम छ ! यदि कथाकार हाम्रो सामु भएको भए, म “काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ !” भन्न चाहन्थे ! धन्यवाद !

  4. प्रतिशोधको ज्वालाले सल्किरहेको मेरो मन उसको अन्तरमनलेनै प्रायश्चित् गरेको देखेर पग्लियो। सारै राम्रो कथा

  5. mysansar

    ब्यबस्थापन समुह, स्नातक तह, शैक्षिक सत्र २०५1 - ५३ ब�

    नमस्कार आदरणीय पाठक साथिहरु !
    स्व. सूर्यमणि सर हाम्रो आदर्शवान ब्यक्तित्व र आदरणीय शिक्षक! हामी वहाँको चेलाहरु ! वहाँ स्वर्गवाश हुनु भएको पनि आज ६ बर्ष हुन् लाग्यो ! वहाँको सम्झनामा वहाँद्वारानै लिखित यस कथालाई यस लोक प्रिय र साझा सम्बन्ध रहेको ब्लग माइसंसार मार्फत यहाहरु समक्ष प्रस्तुत गरेका हौँ ! कथालाई google indic द्वारा हामीलेनै type गरेको हौँ ! जसमाँ प्रबिधिक रुपमा केही शब्द वा भाषा असुद्द हुन गएकोमा क्षमाँ चाहान्छौं ! यो कथा सरद्वारा लिखित कथा संग्रह ‘आत्मावतार’ बाट साभार गरिएको हो ! प्रस्तुत कथा पाठकबृंदलाइ के कति मन पर्यो परेन यो त भबिश्यमा कुल प्रतिक्रिया द्वारानै थाहा होला ! यो बिचमा पाठक साथी भाईबाट यस कथालाई जे जसरि मुल्यांकन अनि क्रिया-प्रतिक्रिया र तर्क-बितर्क गर्नु भयो त्यसको लागि यहाँहरु समस्त पाठकलाई धन्यबाद नदिई रहन सक्दैनौं ! कंही कतै केही तीब्र आलोचना पनी देखियो जसलाई हामीले स्वाभाविक रुपमा स्वीकार गरेको छौँ ! स्वस्थ्य आलोचना बिनाको रचना वा साहित्य अधुरो र बिल्नो हुन्छ जस्तो हामीलाई लाग्छ ! जँहा सम्म कटु-आलोचना भन्ने कुरा छ त्यो त रबिन्द्रनाथ टेगौर, दार्शनिक सुकरात र लक्ष्मी प्रसादको त हुन्थ्यो भन्ने हाम्रो मान्यता रहेको छ ! यस ब्लगको साझा कठ्घरामा सबैको मनो-भावनाको कदर हुने गरी स्वस्थ्य प्रतिक्रिया पठाउनु हुनेछ भन्ने हाम्रो आशय रहेको छ ! फेरी पनी उचित मुल्यानकं र प्रतिक्रियाको लागी समस्त पाठक साथीहरुमा हृदय देखि धन्यवाद ! अन्त्यमाँ यस सुभ-दीपावली ई.सं. २०११ तद अनुशार बि.सं. २०६८ को सुखद एवं पावन सुभ-अवशरमा माईसंसारका समस्त पाठक साथीहरुमा हाम्रो तर्फबाट उत्तोरोत्तर प्रगति, दीर्घायु र स्वास्थ्य लाभको हार्दिक मंगलमय सुभ-कामना !

  6. “प्रतिशोधको ज्वालाले सल्किरहेको मेरो मन उसको अन्तरमनलेनै प्रायश्चित् गरेको देखेर पग्लियो।”
    अत्यन्त छोटो कथाको अत्यन्त गहकिलो अभिव्यक्ति ! कथाको सार र अनि निर्णायक मोड यहा रहेछ !
    मेरो मन परेको कथा ! कथाकारको अघिल्लो कथाबाट कथाकार केहि बर्ष अघिनै स्वर्गवाश भएको जानकारी हुन् आयो तसर्थ वहाँ प्रति हार्दिक श्रद्दान्जली !

  7. सशक्त शन्देश दिन सफल छ कथा !
    बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बिंड ——

    • कथा निशन्देह गहिरो छ!
      तर साहित्यलाइ पस्किने पनि त तौर तरिका हुन्छन होला नि- श्रींगार, अलंकार, …! होइन र?
      त्यहि आलु र त्यहि आटाबाट कसैले कति मीठा परिकार बनाउछ त कसैले लोतिकाने!
      सामाग्री उही हो भन्दैमा हुन्छ र? अलि मीठो पारेर पकाउन, पस्किन जान्नु पर्यो नि!

    • सत् प्रतिशत सहि कुरा उठाउनु भयो लुनाजीले ! त्यसो त् ‘फुलको आँखामा फुलै संसार !’ लघुकथामा प्राय सरल र सटिक शब्दनै प्रयोग गरिएको पाउँछु म त् ! लघु कथामा भावना, शिलाशिला र दर्शन भने प्रष्ट हुनु पर्छ ! अर्को तर्फ सबै लघु कथामा अलंकार र शृंगार रशको स्वाद प्रयाप्त् हुनु पर्छ भन्ने लाग्दैन है !त्यसको लागि त् कथा, आत्म कथा, उपन्याश र साहित्यिक संरचनातर्फ लम्किनु पर्ने हो कि ?

  8. कथा राम्रो छ ! निश्चित रुपमा कथाले एउटा दुर्घटनाबाट गुमाउन परेको नारीको सतित्व र त्यस पछी उसले अपराध मनोवृत्ति भएका युवा नेताहरुलाई गरिएको संजायलाई कथाकारले अत्यन्त आकर्षक किसिमले छोटो र सरल रुपमा पस्किनु भएको छ ! यो कथालाई म पनि लघु-कथा भन्न रुचाउछु !

    जाँदा जाँदै कथाको तल केहि अभद्र आलोचना देंखे र उक्त आलोचना गुर्नु हुने महानुभावहरु प्रति खेद लाग्यो ! दया लाग्यो मलाई वहाहरुको आलोचनाको स्तर देखेर ! मलाई लाग्छ, आजकल माइसंसार डट कमको बिभिन्न कथाकार, लेखक वा सम्पादकको कथा, लेख र साहित्य प्रति केहि असभ्य, दुष्ट (आफु माखो नमार्ने, अरुलाई कुनै राम्रो काम प्रति अभिप्रेरित गर्नु भन्दा हतोत्साही बनाउन खोज्ने) र कुण्ठित भावनाबाट ग्रसित कटु-आलोचकहरु बिभिन्न छदम नाम परिवर्तन गरेर प्रहार गरिरहेका छन् !

    प्रिती थापाजीको प्रतिक्रिया राम्रो लाग्यो ! “माइ संसार खुल्ला बहशको अदालत हो तर यसको मतलब यो कदापी होइन कि आलोचना गर्दा कथाको भन्दा कथाकारको व्यक्तित्वलाई पुर्बाग्रहबाट ग्रषित जस्तो देखिने गरि आलोचना गर्नु !”
    कथाकार सदा-सर्वदा र हर-सम्भव पाठकलाई रोचक खुराक पस्केर पाठकको मनमा रुम्मलिन चाहन्छ ! स्व. प्रा. डा. सुर्यमणि अधिकारीले पृथक किसिमको कथा पाठक माझ प्रस्तुत गर्नु भएको रहेछ ! फरक यत्ति हो !

  9. May be this story tempted to put light on changeability of one’s heart with the circumstances that you encounter but he hasn’t given enough ground for it to get justified and I would expect the consequences too

  10. ठमेलको मसाज सेन्टर .. केबिन रेस्टुराको पाहुना…. डान्स रेस्टुराका पाहुनाहरुलाइ अति राम्रो शिक्षा…..

  11. डा. सब ले ‘दम’ को उपचार गरेर कथा लेखेछन,’दम’ त एक रत्ति छैन कि सानी छोरि ले लेखेकी हुन्??

    • औचित्यहिन आलोचना ! यस्तो आलोचनाले राम्रो संस्कारको विकास गर्दैन ! कथाकारलाई दमको भन्दा पनि साथीले आफ्नो संस्कार र शैलीको उपचार गर्नु पर्ने हो कि ?

  12. ताल न तुलको कथा, नामको अगाडी पाएको डा. को बेइज्जत हुने कथा, ” अर्थ न बर्थ गोबिन्द गाइ मुसाको ओखती लुतोमा लाइ”

  13. यो कथामा मलाई अति मन परेको सालिन अभिव्यक्तिहरु; “मनको कुनै ठेगान रहेनछ। त्यहि मन कहिले कठोर र कहिले कोमल बन्दो रहेछ। प्रतिशोधको ज्वालाले सल्किरहेको मेरो मन उसको अन्तरमनलेनै प्रायश्चित् गरेको देखेर पग्लियो। ममा उसप्रति माया पलायो।”

    “पाजी, पापी। तिमीहरुले बलात्कार गरेकी त्यहि निर्मला हुँ म। आज म तिम्री स्वास्नी हुन आइपुगेकी छु। नारी कसैको छोरी, बुहारी, दिदी-बहिनी अर्थात् आमा हुन् भन्ने कुरा तिमीहरुले सोचेनौ। अब मलाई के गर्न सक्छौ, गर।”

    “जति रोए पनि आँसुका बलिन्द्र धाराले मेरो अंतर्बेदना पखाल्न सकेनन्।”

    उत्कृष्ट कथा स्वर्गीय अधिकारी सरको !

  14. स्व. प्रा. डा. सुर्यमणि अधिकारी सरको अघिल्लो कथा ‘आत्मावतार’ पनि रोचक, गहन, मार्मिक, समय-साक्षेप् र सान्धर्भिक लागेको थियो मलाई यो कथामा त झन् मानिसको मनको कोमल र कठोर पनको जुन रुपमा ज्वलन्त र यथार्थपरक बिबेचना गर्नु भएको छ कि सो कुराले वहांको दुरदर्शिता, कथाको गहनता, सहज र सरल प्रस्तुतिलाई अभिव्यक्त गर्छ !

    मन कथाले नारीले एक खराब आदतको दलदलमा फँसेको आजकलको पुरुषलाई मनो-वैज्ञानिक किसिमले सहि बाटो वा तहमा ल्याउने साहसिक कदमको दर्शन दिएको छ भने बलात्कार जस्तो जघन्य अपराध गरेको व्यक्ति सो अपराध पछि कुनै न कुनै कारणवाट उसले आफ्नो अपराधको संजाय पाउँछ पाउँछ भनेर अत्यन्त रोचक र शिलशिलायुक्त किसिमबाट व्यक्त गरिएको छ !

    उपरोक्त कथामा पुरुष बलात्कार गरेर उम्कन त् सफल भयो तर उसले कानुनले दिने भन्दा अत्यन्त कठोर मनोवैज्ञानिक दण्ड त् आँफु स्वतन्त्र हुँदा हुँदै पनि आफुले पहिला इज्जतहरण गरेको नारीवाट आफ्नो अर्धांगिनी भईसकेपछि पायो जुन कुरालाई कथाकारले यो लघु कथामा सटिक र सुन्दर किसिमले प्रस्तुत गर्नु भएको छ!

  15. कथा यहाँ केहीले भनेजस्तो नराम्रो भएजस्तो लागेन | लघुकथामा उपन्यास खोजेर कहाँ हुन्छ ? कथाले व्यक्त गर्न खोजेको भावनाको बारेमा सहमति-असममति प्रकट गर्नु अर्कै कुरा हो |
    PS: कथा र लेखकको बीचमा आएको यो ‘प्रा. डा.’ पाठकसम्म आइपुग्दा अर्थहीन बोझ बनेको जस्तो लाग्यो | कुनै प्राज्ञिक लेख भएको भए सायद यसको केही अर्थ हुने थियो होला |

  16. सतही रुपमा हेर्दा कथा सामान्य र छोटो जस्तो लाग्छ तर गहिरिएर सुक्ष्म रुपमा कथालाई विश्लेषण गर्ने हो भने यहाँ एउटा नारीको बलात्कार भईसकेपछिको मनोदशा, पुरुष प्रतिको प्रतिसोधको भावना, बिबाह पश्चात पुरुषलाई उसले गरेको अपराधको अनुभूति दिलाउन उप्रति दर्शाइएको कठोर व्यवहार र अन्तमा जब पुरुषले आफ्नो गल्तिको पश्चाताप सम्पूर्ण रुपमा हृदयबाट गर्छ त्यस पछी मात्र उसलाई नारीले स्वीकार गरेको घटनाक्रमलाई अत्यन्त सरल, सान्दर्भिक, शिलशीलाबद्द र संदेशमुलक किसिमले दर्शाइएको छ ! यो कथाको अर्को सुन्दर पक्ष् कथाको शब्द चयन र प्रस्तुतिकरण पनि हो!

  17. कथाको प्रस्तुति यकदमै फितलो छ / कथा छाप्दा अलि राम्रो हेरी छापिदिय पढ्नेहरुको सम्मान हुने थियो /

  18. डा. साब !
    राम्रो कथा लेख्न जानेको बच्चाले लेखेको कथा जस्तो लाग्यो !!

  19. कस्तो बच्चा बचिले पदने जस्तो लेख….न त केहि सार नै छ..न त केहि संदेश नै दिने खालको..खै क खै क……..

  20. माफ गर्नुहोला, कथामा कुनै दम छैन, कृपया यस्तो कथा लेख्दा कथाको मुल्यांकन आफैले गरि यो प्रा डा जस्ता अति मर्यादित र आदरार्थी शब्द को प्रयोग नगरिदिनु भय प्रा डा हरुको मान अलि बढ्ने थियो कि !

    • मलाई अफसोच लाग्यो यो आलोचनाको हरपहरु देख्दा ! अल्ली सभ्य र शिष्ट भाषामा आलोचना गर्न राम्रो होला साथी! म मान्छु, माइ संसार खुल्ला बहशको अदालत हो तर यसको मतलब यो कदापी होइन कि आलोचना गर्दा कथाको भन्दा कथाकारको व्यक्तित्वलाई पुर्बाग्रहबाट ग्रषित जस्तो देखिने गरि आलोचना गर्नु !

  21. यसलाई नि कथा भनिन्छ र ? हैन नेपाली साहित्य त धेरै माथि पो पुगिसक्या छ त ! मलाई त ढुङ्गे युगमा पुगेझैँ लाग्यो । भाषामा कुनै मिठास पाइन, जबरजस्ती नाटकीय तरिकाले कथाका प्लटहरु जोडिएका छन् । डा.साबले कथाका पात्रहरुको मनोविश्लेषण गर्न मेहनत गर्नुपर्छ । माइसंसारले यस्ता कथाहरुलाई महत्व दिनु भनेको आफ्नै साख गिराउनु हो ।

    • यसरी यौटै ब्लगको एक कथाकारले अर्को कथाकारको सम्बन्धमा यो हद सम्म आलोचना गर्नु उचित् होला र भन्या ?

      • लेखकले आलोचना सहनुपर्छ तब पो लेखक बनिन्छ उषा जी ।

    • राजेश नातांशजी, तपाईको आलोचनामा पूर्वाग्रहको गन्ध छ ! तपाईको बेश्या कथा प्रति गरिएको केहि पाठकहरुको कमेन्टहरु हेर्दा त तपाईको आलोचकहरुको बदलाको रिस् यस कथाका कथाकार माथि पोख्नु भएको देखिन पो आउँछ त् ! कथाकारको काम कथा लेख्ने पो त् विवेचना त् पाठक ले अनि यस ब्लगका सम्पादकले पो गर्ने कि कसो ! फेरी पनि आलोचना गर्ने मन भए स्वच्छ आलोचना गर्दा राम्रो नि होइन ?

      • Puspalata jee, कथा लेख्ने कथाकार नै हो । कथाको विषयमा आलोचना खप्ने कथाकार नै हुन्छ । कथा र कथाकार किञ्चित् बेग्लै होइनन् । अनि म कथाकार भन्दा पनि पहिले असल पाठक हुँ । मैले लेख्ने कथाहरु यौटा पाठक भएर पढेर सिकेका भाषा र प्रस्तुतीकरणलाई कथाको विषयवस्तु, प्लटमा ढालिएका हुन्छन् । माइसंसारलाई म मेरो खुराक मान्दछु, मैले माइसंसारबाट धेरै कुरा सिकेको छु ।

        मलाई कथाले किञ्चित् सन्तुष्ट पारेन । मेरो असन्तुष्टीलाई कथाकारप्रति गरेको पूर्वाग्रह भन्नुहुन्छ भने मलाई लज्जाबोध हुनेछैन । म गलत छु भने अरु पाठकका प्रतिक्रिया पढ्दा हुन्छ १० प्रतिशले मात्र कथा मन पराएका छन् । कथा पढेर मेरी बहिनीले भन्दै थिई, “दादा म पनि माईसंसारमा कथा पठाम ?” । माईसंसारले छाप्छ या छाप्दैन तर तपाईंको इमेल पाएभने मेरो १४ वर्षिया बहिनीको कथा पढ्न दिने थिएँ । :पी

        • जुन गोरु को सिंग छैन उसको नाम तिखे ! अत्यन्त अहंकार रहेछ रहेछ राजेश भाइ तिमीमा ! आफ्नो कथामा प्राप्त आलोचनालाई पनि एक नजर देउ हो ! केहि दिन अघि तिम्रो कथाको प्रशंसा गरेको थिएँ तर अरु कथाकार प्रति गर्ने तिम्रो दुर्ब्यबहार भने मलाइ चित्त बुझेंन ! कति संकुचित रहेछौ तिमि त् ! मन को कथाकारको त् खुट्टामा बाध्न पनि सुहाउदैन है तिमीलाई ! मलाई लाग्छ कथाकार को नाममा कलंक हौ तिमि !

          • मैले आफ्नो कथामा पाएका प्रतिक्रियाहरुलाई हृदयगम गरेको छु । आउँदा दिनहरुमा सुधार्दै लानेछु । तर यसरी छद्म(Fake) नाम धारण गरेर आफ्नो कथालाई शिखरमा पुर्याउँदै आलोचना गर्नेलाई तथानाम गाली गरेको छैन । कथामा आएका आलोचनाहरुलाई थाम्न नसक्ने कथाकार नै कलङ्क हुन्छ । राम्रो लेखेको भए पो राम्रो भन्नु । ताज्जुब लाग्छ, यौटा पाठक भएर कथाप्रति धारणा राख्दा कस्तो निम्नकोटीका शब्दहरुको प्रयोग गरेको ? ल तपाईंहरु नै सर्वैसर्वा । तपाईंहरु सही, म गलत छु । सायद् यसैकारणले भोलि पृथ्वी पल्टनेछ ।

            • अब हुँदा हुँदा यहाँ प्रतिक्रिया दिने जति सबै fake भए ! हिजो तपाइको प्रशंशा गर्दा ठिक, आज तपाइको आलोचना गर्दा चाहि बेठिक ! लौ, नसकिने भयो तपाई संग पनि ! तपाई संग मतभिन्नता राख्नु, मनको तितो पोख्नु मात्र हो ! समय मात्र बर्वाद र नदुखेको टाउको दुखाउनु ! ल राजेशजी जे भएता पनि आफु चाहि राम्रो रचनाहरु सृजना गर्दै जानुहोला ! मलाई चित्त नबुझेको एक मात्र कुरा मधुपर्क वा गरिमा जस्ता राष्ट्रिय साहित्यिक पुस्तकमा प्रकाशित भैसकेका स्वर्गीय कथाकारको कथाको समिक्षा पहिलानै ति पुस्तकका सम्पादकहरुले पनि अबश्य गरेका हुँदा हुन् ! यदि कम स्तरको कथा हुँदो हो त् प्रकाशित नहुनु पर्ने होइन र ? खण्डन गर्दा सबैको मनोभावनाको कदर हुने गरि गरेको भए हुन्थ्यो नि त् ! तपाइले माथि कुनै ठाउँमा एस्तो कथा प्रकाशित भएमा माइसंसारको साखमा असर पर्छ भन्नु भएको छ, के उमेशजीले पनि एकपटक कथानै नपढी यो कथा प्रकाशित गर्नु भयो होला त् ? तपाइको आलोचना हद भन्दा बढ्ता तिक्ष्न हुँदै गएको परिप्रेक्ष्यमा उक्त कुरा मेरो ब्रम्हले अनुचित देखि इँटको जवाफ दिएको हो मैले !

  22. semi story भन्न रुचाएँ।खासै दम छैन कथामा।कथाले गलत शिक्षा पो दियो कि?जब सम्म अपराध लुकाइन्छ आफै अपराधि होइन्छ,अपराधिलाई मौका हेरेर सजाय दिने होइन समयमै सजाय दिनुपर्छ।पती बनाएर बदला लिनु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो।खोइ कथाकारले कुरा बुझेको??

  23. कथाको शुरुवात हेर्दा यस्तो भान पर्छ कि अब केहि ठुलै माहोल जम्ने वाला छ l किनकि चुनाव जस्तो संवेदनशिल बिषयवस्तु उठाइएको छ l क्रमश पढ्दै जाँदा हलिवुड मुभी को कुनै कथा जस्तो अन्त्यमा त झन् मानवता संगै मनको अन्त्यष्टि ? काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर, डा. साबले लेख्नु भएको कथा हो अलिकति स्तरीय हुनु पर्ने जस्तो लाग्छ l

  24. यसलाई म लघुकथा भन्छु . राजनैतिक सामाजिक विषयबस्तुको आधारमा लेख्न खोजिएको हो तर बिषयबस्तु को सन्दर्भ फिटिक्कै मिले जस्तो लागेन . राजनैतिक विषय बस्तु समेट्न सकेको पनि देखिदैन . न त नारीलाई शक्तिशाली रुप दिन सकेको छ . यो कथामा नारीलाई शक्तिशाली बनाइ प्रतिशोध को भावना लिएको देखाउन सकेको भए कथाले अर्कै मोड लिन्थ्यो . हुनत हाम्रो समाजमा प्राय पुरुष प्रधान बिचारमा आधारित लेखहरु नै बढी छन् . त्यसैले नारीको कम्जोर पक्ष लाइ उजागर गर्नु भएको छ . नारी समय र परिस्थिति अनुसार नरम र कडा हुन्छिन भनेर देखाको भए अझ रसिलो लेख हुने थियो .

  25. मैले यो कथाबाट यस्तो शिक्ष्या पाए :

    १. बलात्कार जस्तो अपराधलाई लुकाएर राख्नु पर्छ
    अनि भाग्यले साथ दियो भने
    २. बदला लिने समय आउछ तर प्रतीसोधको सट्टामा माफी दिनु पर्छ

    प्राडासाब्को जय होस् !!!!!!

    • हिमालीजी, के वास्तबमा नै कथाले तपाइँलाई ज्ञान भए जस्तै दिशा निर्देश गरेको छ होला त ! कामना गुरुङ जी र दिलिप सारंगकोटीको प्रतिक्रियामा एकपटक नजर लगाउनु न ल ! दिलिप सारंगकोटी, ” कथा आखिर कथानै हो ! कथाले शब्द रचनाको तालमेलवाट समाजमा घटन सक्ने कुनै एक बिषय बस्तुलाई पाठक समक्ष् रोचक किशिमले प्रस्तुत गरेको हुनु पर्छ ! कथामा बिषय बस्तु यहि हुनुपर्छ र यो कथाले यस्तोनै शिक्षा दिनु पर्छ भन्ने छैन ! बिषय बस्तु जस्तो पनि हुन् सक्छ ! अर्को कुरा कथा शिर्षक बमोजिमको हुनु पनि जरुरि छ ! यो कथामा मानिसको मन कति सम्म कठोर र कति सम्म उदार हुन् सक्दो रहेछ त् भनेर मनको उतार-चढावको सम्बन्धमा एक बलात्कृत महिलालाई आधार मानेर ब्याख्या गरिएको पाइन्छ ! समग्रमा कथामा प्रयाप्त दम छ !” कामना गुरुङ, ” स्व. प्रा. डा. सुर्यमणि अधिकारी सरको अघिल्लो कथा ‘आत्मावतार’ पनि रोचक, गहन, मार्मिक, समय-साक्षेप् र सान्धर्भिक लागेको थियो मलाई यो कथामा त झन् मानिसको मनको कोमल र कठोर पनको जुन रुपमा ज्वलन्त र यथार्थपरक बिबेचना गर्नु भएको छ कि सो कुराले वहांको दुरदर्शिता, कथाको गहनता, सहज र सरल प्रस्तुतिलाई अभिव्यक्त गर्छ ! मन कथाले नारीले एक खराब आदतको दलदलमा फँसेको आजकलको पुरुषलाई मनो-वैज्ञानिक किसिमले सहि बाटो वा तहमा ल्याउने साहसिक कदमको दर्शन दिएको छ भने बलात्कार जस्तो जघन्य अपराध गरेको व्यक्ति सो अपराध पछि कुनै न कुनै कारणवाट उसले आफ्नो अपराधको संजाय पाउँछ पाउँछ भनेर अत्यन्त रोचक र शिलशिलायुक्त किसिमबाट व्यक्त गरिएको छ ! उपरोक्त कथामा पुरुष बलात्कार गरेर उम्कन त् सफल भयो तर उसले कानुनले दिने भन्दा अत्यन्त कठोर मनोवैज्ञानिक दण्ड त् आँफु स्वतन्त्र हुँदा हुँदै पनि आफुले पहिला इज्जतहरण गरेको नारीवाट आफ्नो अर्धांगिनी भईसकेपछि पायो जुन कुरालाई कथाकारले यो लघु कथामा सटिक र सुन्दर किसिमले प्रस्तुत गर्नु भएको छ!”

  26. अत्यन्त सुन्दर कथा ! नारीको मनको सजिब चित्रण !

  27. डा. साबको कथा के नमिल्या नमिल्या जस्तो लाग्यो । खासै दम भए जस्तो लागेन, माफ गर्नु होला ।

  28. मनले पाठकको मनमा समेत घृणा र सहानुभूति प्रकट गराउँछ ! बलात्कृत नारीको बदला लिने भीषण प्रतिक्षादेखि पाठक विस्मित हुन्छ ! यहाँ नारीको कोमल र कठोर दुवै रुप देखिन्छ ! एउटी अबलाले परिस्थितिको आडमा अबला भएर एउटा बलात्कारी पुरुषको टाउको झुकाएर नारीको गोडामा छाँद हालेर रुनेसम्म तुल्याउनु नारीको अदभूत शक्तिको परिचय देखाउनु हो ! नारीहरु आत्मोत्सब वृतिसंग संघर्षशील हुन् सके पुरुषहरुलाई सहि बाटोमा डोर्याउन सक्छन भन्ने यो भन्दा सुन्दर दृष्टान्त अरु के हुन् सक्छ ? मनले प्रतिसोध र मायाको नयाँ पाठ सिकाएको छ ! मन कतिसम्म कठोर र कोमल हुनसक्छ ! निर्णायक मोड र परिस्थिति मनमा संचारित छन् !

  29. ” मेरो मायाले उसको असलपन बौरिएको छ। आजभोलि म उसको चिरायुको कामना गर्न थालेकी छु।” Perfect words’ utilization.

  30. नारी समबेदना र सहनुभिती बटुल्ने अभिप्रायले लेखेको कथा हो कि जस्तो लगेउ ! प्रस्ट भन्नु पर्दा कथामा रस छैन, बिषयबस्तु अति अश्वाभाबिग लाग्छ ! बरु कथा बस्तुलाई लोगकथामा रुपान्तर गरेको भए कथामा मिठास आउने थियो !

  31. यो कथा त मैले धेरै पहिला नै गरिमा या मधुपर्कमा पढी सकेको छु. कतै प्रकाशित भएको लेख छाप्दा यहाँ यो दिन प्रकाशित भएको भनेर पनि लेख्नु राम्रो हो जस्तो मलाई लाग्छा

  32. प्रा थोप्लो डा थोप्लो ले लेखेको जस्तो त लागेन है मलाइ त! अलि मरमसला कम भए जस्तो लाग्यो है!

  33. के बेकार को कथा हो यो? न कुनै इमोशन छ, न कुनै भावनाहरुको विस्तृत विवरण छ. न कुनै सत्य को नजिक छ. केहि दार्शनिक कन्टेन्ट पनि छैन. युधिर थापाको उपन्यास भन्दा हल्का ढंगले लेखिएको छ यो कथा. यस्तो कथा लेख्नेको र पढ्नेको दुबैको समय बरबाद हो.

Comments are closed.