-उत्तमबाबु श्रेष्ठ-

टेलिभिजन प्रत्यक्ष प्रसारणको फाइदा बेफाइदा दुबै छन्। यतिखेर गैर आवासीय नेपाली संघको काठमाडौंमा भइरहेको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको प्रत्यक्ष प्रसारण नेपालका केही फुर्सदिला टेलिभिजन च्यानलहरुले गरिरहेका छन्। विदेशमा यस्तो हुन्छ उस्तो हुन्छ, विदेशका मान्छे यस्ता राम्रा/सभ्य हुन्छन् भन्ने बानी परेको मध्यमवर्गीय नेपालीलाई लामो समय विदेशमा बिताएका गैरआवासीय नेपाली अगुवाहरुका गतिविधिलाई नियाल्ने मौका टेलिभिजनको प्रत्यक्ष प्रसारणले दिइरहेको छ। सँधै सँधै पट्यारलाग्दो सभासद र नेताहरुको चर्काचर्की, भनाभन आरोप-प्रत्यारोप र एकाध अवस्थामा हात हालाहालको मनोरन्जन लिइरहेको नेपाली दर्शकहरुले बिहीबार नयाँ स्वाद फेरे। दृश्य उही चर्काचर्की, भनाभन, आपसी आरोप-प्रत्यारोप र झण्डै हात हालाहालको अवस्था तर फरक पात्रहरुको साथमा। गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्षका दावेदार र उनीहरुका समर्थकहरु एक आपसमा आरोप प्रत्यारोप र गालीको स्तरमा ओर्लिए र झण्डै हात हालाहाल र झडपको अवस्था आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन नै रोक्नुपर्‍यो। विदेशमा बसेर सभ्यता सिकेका भनिएका सुटेडबुटेड नेपाली अगुवाहरुको यो चाला देखेर टेलिभिजन हेरिरहेका नेपाली दर्शकहरुले भने होलान्- ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखे बरु ढुंग्रो बांगिएला, पूच्छर बांगाको बांगै !’

अघिल्लो मेरो ब्लग ‘गैर आवासीयले सँधै माग्ने कि अब दिने?’ भन्ने शीर्षक मेरो आफ्नो थिएन, वास्तवमा गत वर्ष मे २०१० मा अमेरिकाको टेक्सासमा भएको संघको चौथो क्षेत्रीय सम्मेलनमा डा. उपेन्द्र महतो बोलेको कुरालाई मैले लेख शीर्षक बनाएको थिएँ। सम्मेलनमा उपेन्द्र महत्तोले भनेका थिए ‘हामीले सधैं कति दोहोरो नागरिकता दोहोरो नागरिकता भनेर मागिरहने अब यो छोडौं। हामीले नेपालमा केहि गरेर देखाऔं सरकार आफै हामीलाई दोहोरो नागरिकता दिन वाध्य हुन्छ, त्यस्तो वाध्य पार्ने काम गरौं।’ जलविद्युत, दुरसंचार, बैंकमा लगानी गरेर मात्रै होइन थुप्रै लोककल्याणकारी कामहरु गरेर धनको साथै ठुलो मन पनि देखाएका उपेन्द्र महत्तोले त्यहाँ सहभागीहरुलाई ‘नेपालमा केहि गरौं यो हरियो पासपोर्टलाई लिंदा गर्व गर्नसक्ने देश नेपाललाई बनाऔं’ भनेका थिए। उनले हाम्रो भनाई र गराई मिलेन भनेर सहभागीलाई झक्भकाएका पनि थिए। सम्मेलन सकियो घोषणपत्र जारी भयो उनी आफ्नै व्यवसायीक व्यस्ततामा लागे होलान्। कस्ले के भन्यो, कस्ले के गर्यो भन्ने हेक्का राख्ने फुर्सद अर्को सम्मेलन मुखमा नआउँदासम्म भएन। मेरो लेखको आशय शब्द केहि कडा भएपनि उनीहरुले गरेका वाचाहरु संझाउने थियो र लेखको निष्र्कष थियो — अब गफ मात्रै होइन काम गरेर देखाउ। त्यसो त यसपटक सबै पत्रिका अनलाइनहरुमा ‘अब गफ होइन काम’ भनेर छापेका छन्। उद्योग बाणिज्य संघका सुरज वैद्यले सम्मेलनको पुवार्धमा मुखै खोलेर भने ‘लगानी गछौं भनेर मात्रै भएन कुन कुन क्षेत्रमा लगानी गर्ने हो स्पष्ट पार्न पर्यो।’

मैले अघिल्लो लेखको निष्कर्ष कुनै आवेग वा पूर्वाग्रह राखेर निकालेको होइन त्यसका केही तथ्य कारणहरु छन्। छ बर्षको विदेश बसाई, यहाँको संघसंस्थाको ससानो अनुभव, पत्रकारितासँगको मितेरी, केही एनआरएन अगुवासँगको चिनजान, नेपाल जाँदा खुल्ला विश्वविद्यालय सम्बन्धी कामको जानकारी, नेपालीजनको एनआरएनप्रतिको आशा र पत्रिकामा आएका एनआरएन गतिविधी सबैलाई संश्लेषण गरेर उक्त निष्कर्ष निकालेको हुँ।

वाचा पूरा नभएको: यसभन्दा पहिलेका यस्ता सम्मेलनहरुमा गरिएका वाचाहरु १० करोड डलरको लगानी कोष निमार्ण गर्ने, प्रत्येक जिल्लामा एउटा सामुदायीक कार्यक्रम संचलन गर्ने, एक गाँउ एक उत्पादनलाई सघाउने, भ्रमण वर्ष २०११ मा प्रत्येक एनआरएनले एकजना विदेशी नेपाल पठाउने कुन पनि काम हालसम्म पुरा भएन। अझ भनौं थालनी नै भएन। अहिले त एनआरएनहरुले उक्त कुरा गर्न नै छोडिसकेका छन्।

प्रतिनिधपत्वको प्रश्न: एनआरएनका अगुवाहरुले ३० लाख विदेशीमा रहेका नेपालीहरुको प्रतिनिधीत्व गछौं भने पनि प्रत्येक देशका एनआरएन संघमा सदस्यता लिनेहरु त्यसदेशमा वसोवास गरेका नेपालीहरुको संख्याको ५ प्रतिशत भन्दा पनि कम छ। सदस्यता लिनेहरुको संख्या पछिल्लो समयमा बढ्ने भन्दा घट्दो छ। त्यसो त सबैभन्दा बढि नेपाली बसोवास गर्ने खाडी क्षेत्रका एनआरएनका नेतृत्ववर्ग नै अधिकांश म्यानपावरका संचालक भएकोले उनीहरुले त्यहाँका श्रमीक नेपालीको हकहितको लागि होइन उल्टै उनीहरुलाई उल्टै शोषण गर्ने गरेको समाचारहरु बारम्वार बाहिर आइरहेको छ। गैरआवासीय नेपाली अगुवाहरुको धेरै देशको चुनाव (अमेरिका, वेलायत, फ्रान्स) ‘इलेक्सन’ नभई ‘सेलेक्सन’ हुने कुरा बारम्वार बाहिर आइरहेको छ। अमेरिकामा त यो पदको झगडा अमेरिकी अदालतको ढोका ढक्ढकाउने स्तरसम्म पुगेको छ।

दोहोरो नागरिकता नै किन: करिब १५० वर्षभन्दा पुरानो आप्रवासको इतिहास भएको भारतीयहरुले भारतमा शिप पुँजी लगानी गरेको उदाहरण दिइन्छ तर प्रवासी भारतियलाई परिचयपत्रको मात्रै व्यवस्था भएको भारतमा प्रवासीहरुलाई संवैधानीक र राजनैतिक अधिकारबाट वंचित गरिएको तथ्य एनआरएन अगुवाहरु सुन्न चाहदैनन्। भारतमा प्रवासी भारतीयका छोराछोरीले त्यहाँको मेडिकल कलेजका परिक्षाहरु पनि दिन पाउदैनन्। सबैभन्दा उदेक लाग्दो माग विदेशीले नेपालमा लगानी गर्दा भन्दा नेपाली नागरिकता त्यागेका गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा बढि सुविधा लिन पाउनु पर्ने (कर कम तिर्न पाउनु पर्ने) माग गरिएको छ। साच्चै देशको माया लाग्छ भने, उनीहरुले त विदेशीले भन्दा बढि कर तिछौं हामी हाम्रो देशमा लगानी गछौं भनेर भन्न सक्नुपर्ने होइन र ? सबैभन्दा डरलाग्दो पक्ष, यतिवेला नेपालको सरकार सबैभन्दा कमजोर छ त्यसकारण दोहोरो नागरिकताको माग यहिवेला नै पुरा गर्नुपर्छ भन्ने बोलीहरु एनआरएन अगुवाहरुबाट सुनिन्छ। त्यसकारण दोहोरो नागरिकताको माग भित्र आशंका गर्ने प्रसस्त ठाँउ दिएको छ। लगानी सुनिश्चिता त धेरै हदसम्म अहिलेको गैर आवासीय ऐन र नियमावलीले नै गर्दछ। त्यसका भएका अप्ठ्याराहरुलाई समयक्रममा सहज बनाउन सकिन्छ। अब गैर आवासीय अगुवाहरुले कुरा नचपाईकन भन्न सक्न परयो हामीले विदेशी नागरिकता लिए (वाध्यता वा स्वार्थले?) पनि नेपालमा राजनिति पनि गर्न चाहन्छौं। दल खोल्न चाहन्छौं, चुनावमा भाग लिन पनि चाहन्छौं। आफ्नो दल/मान्छे नजिक भएको बखत संवैधानिक नियुक्ति पनि लिन चाहन्छौं।

अन्त्यमा, गैरआवासीय नेपाली आन्दोलनले शुरुवात दिनहरुमा केहि सकारात्मक कामको थालनी गरेतापनि पछिल्ला दिनहरुमा काम भन्दा कुरा ठुला भएकै हुन् भन्न हिचकिचाउने कुनै कारण छैन। गैरआवासीय नेपालीहरुले आफुलाई भाग्यमानी नै मान्नु पर्दछ, गर्व गर्न पनि सक्नुपर्दछ। काम कम ठुला गफै मात्रै गरेपनि एनआरएन भनेपछि राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि उच्च पदस्थ कर्मचारी र ठुला व्यापारीसम्मले रातो कार्पेट ओछएकै छन्। गरिब नेपाली जनताले तिरेको करको पैसा तारे होटलमा कक्टेलयुक्त सम्मेलन गर्न २५ लाख प्रत्येक सम्मेलनको लागि नेपाल सरकारले व्यवस्था गरेकै छ। मिडियाहरुले पनि उनीहरुलाई प्रसस्त स्थान दिएकै छ। सरकारका सबै अंगहरु एनआरएनको स्वागतमा तम्तयार छ तर यति हुँदा हुँदै पनि हामीलाई के ले रोकेको छ ? अहिले त नेतृत्वको लागि एकआपसमा पाखुरा सुर्काएपछि हामीले विदेशमा बसेर नेपालको नेताहरुलाई भ्रष्टाचारी र पदको लागि मरिमेटने भनेर आरोप लगाउने नैतिक सहास पनि अब समाप्त भएन भएको छ । हामीले त यस्तो रमित विदेशका प्राय सबै जसो संघसंस्थामा देखेकै हो। तर टेलिभिजनका नेपाल बस्ने दर्शकले भने होलान – विदेशको सफा र फराकिलो सडकमा गुडेकाहरुको मन कति कलुषित र सानो ?

64 Comments

  1. मेरो त मुडे कुरो हो ।
    एन आर एन भनौदाहरु यदि साच्चिकै राष्ट्र भक्त छन भने भिषा लिएर मिलाएर काम गरे भो । वा कोहि आफन्त होलान नि नेपालमा उनिहरुको नाम मा जे जे गर्ने हो गरे भो ।

    तर नागरिकता त ईईईईईईईईईईईईईईईईईईईई !!!

  2. Lots of talk on NRN – that is waste of time and Energy – What should we hope from the Non Reliable Neplese (NRN). Lets think of something positive and good not of NRN

  3. आफुलाई अरब पति भन्ने हरुले अहिले सम्म नेपालमा के कति लगानी गरे समिक्ष्य गरौ. अनि अरबपति हरुको सम्मेलन लाई गरिब जनताले तिरेको कर राजस्व बाट किन २५ लाख को सहयोग दियको, अनि लियको.

  4. बास्ताब मा यो NRN को बिषय मा कमेन्ट पढ्न पाएपछि के कुरा को खुल्दुली लाग्यो भने मा पनि यो बिदेसमा बसेको ५-६ वर्ष भन्दा बडी भैसक्यो तर अहिले सम्म कुनै NRN का आधिकारिक सदस्य भेटघाट भाको छैन अनि उनि हरुलाई कसरि भेटघाट गर्ने पनि थाहा छैन /आफु त काम मा गयो अनि कलेज गयो खायो साथी भाई संग गफ गरियो बस तेती हो तर साथी भाई संग यो प्रसङ्ग निस्के पछि उनि हरु लाई पनि सोध पुछ गर्दा राम्रो जानकारी कसैलाई भएको थाहा भएन जब कि साथी हरु सबै २४सै घण्टा कम्प्युटर मा बेस्त भएका हुन्छ र देस बिदेस का कुरा जानकारी लि रहेको देख्छु भने यो NRN बारे किन राम्रो सित थाहा नभएको होला ? कतै यो भूमिगत संगठन त होइन है ???

  5. दोहोरो नागरिकता, नेपालमा लगानी गरेको रकमको नाफा बिदेश लैजान पाउनुपर्ने, नेपालमा लगानीको वातावरण बनाउनुपर्ने, घरजग्गा र सम्पत्ति जोड्ने अधिकार दिनुपर्ने एनआरएनका मागसँग खाडीमा श्रम बेचिरहेको नेपालीको कुनै सरोकार छैन् । ४-५ सय रियाल र रिंगेटमा श्रम बेचिरहेका उनीहरु हरके महिना तलब बुझ्छन र घर परिवारको खर्च चलाउन नेपालमा पैसा पठाउँछन् । उनीहरुलाई न त नेपालमा घरजग्गा किन्न, लगानी गर्न मात्र हैन नेपालमा आएर मतदान गर्न वा चुनाव लड्न पनि कानुनले रोक्दैन् ।

    • वाहियात कुरो कालो धन सेतो बनाउने हो,एक सय अस्सी दिन विदेश बसेर गैर आवाशीय नेपालीको छाप लिएर नेपाल गए सबै सेतो भै हाल्छ|

  6. सब राजनीतिकरण भैसको, पार्टीगत भैसको | NRN को अस्तित्व छैन |

  7. याहाँ निर मैले कुरो अलि बुझिन, लौन साथिहरु सोधिदिनु पर्यो NRN का गन्य मान्य भनाउदा हरु सङ्ग। होइन भन्या बिदेश मा काम गर्ने श्रमिक हरु पनि NRN हुन् रे अनि दोहोरो नगरिकता पनि चाहियो रे NRN लाइ, साउदी कतार र मलेसिया मा काम् गर्न जाने लइ पनि दोहोरो नगरिकता चाइन्छ भनेको हो कि कसो हो ?? होइन भने ९५% बिदेश मा बस्ने हरु सबै श्रमिक त हौ नि , कस्ले भनेको छ तिमिहरलाइ हम्रोलागि नागरिकता मगिदिनुपर्यो भनेर ?? आच्चा !! अचम्म छ बा, बेच्ने बेला मा हाम्रो नाम बेच्ने, अनि हामिलाइ चाहिदै नचाहिएको कुरा माग्ने,,
    बिदेशी भुमिमा श्रम र पसिना बगाएर परिवार पाल्ने खाडी र मलेशिया का कुनै पनि नेपाली श्रमिक लाइ दोहोरो नागरिकता को आबस्यकता छैन, खबरदार हामी NRN होइनौ , के को आधार मा हामीलाई NRN भनियो ?? हामी हाम्रो नेपाल को हरियो passport मा नै खुशी छौ ।३० लाख नेपाली को प्रतिनिधित्व गर्छु भनेर गफ हाक्ने NRN हरु कस्को हित मा बोलेका रहेछन त ??
    तिम्रो NRN को कार्यसमिति भाँड मा जावोस, हामि ९५% बिदेश मा बस्ने श्रमिक को तर्फ बाट अविश्बाश को प्रस्ताब तिमिहरुलाइ । चाहिएको छैन तिमो पैसा सैसा राख तिमि नै सङ, पाल्छौ हाम्रो देश र परिवार श्रम नै गरेर भए पनि। बित्था मा ठुलो कुरा गर्छन् बा नेपाल मा आएर के के न।

  8. I think Nepalese Goverment must provided dual citizenship to all Neplase who are abroad for long time having the citizenship of that belonging countries. NRN forum should be condemned as must of the members and leaders who represents this organisation they dont represent Nepalese society at all here. I am in London over 9 years never saw any short of activities by this organisation at all. As far they never contributed themselves to the community. They are more concerned about their individual priority. I am not bothered who represent/leads this organisation as it is meaningless to me. Nepalese Goverment should not listen to these greedy people? Government should decide without their pressure. If they find it is beneficial for the country to provide dual citizenship they should if not let not be. Leave these barking NRN dogs as Jo kutte bhoktehai woh katthe nahin.(barking dogs never manage to bite)

  9. NRN meet is just a bunch of foolish foreigners, making idle nepalese believe they are doing something very clever, when they are only wasting their time.

  10. मोराहरु..काम भन्दा पनि राजनीति गर्नु आएकाहरु ..राजनीति नै गर्नु छ भने एउटा पार्टी को झन्डा बोक न……… के अध्यक्ष भए भने यो काम गर्छु…. त्यो काम गर्छु भनछस… ए NRN हरु….काम गरेर देखा धेरै नाभुक………

  11. *गु…. लाइ सुकिलो रुमालमा पोको पारेर दुइ चार बर्ष युरोप र अमेरिकामा लगेर थन्क्याउन्दैमा त्यो साँच्चै को गुन्द्पाक बन्दैन-(हो नेपालको न्युरोडमा बन्ने जस्तो बन्ला!) कुकुरलाई चन्द्रमा मा पुर्याए पनि उसले खाने आची नै हो र गर्ने भूक,न्ञार नै हो,…….कि कसो?जावो एउटा पदका लागि यसरि भुक्दै जुध्नेल अझै नेपालमा निस्वार्थ लगानी गर्ने रे……ह…ने लाइ भन्दा देख्नेलाइ लाज…..छ्या!!!

  12. जहासम्म एन आर एन को कुरा छ, हरिबंश को बोलीमा भन्न मन लाग्छ “त्यो भन्या तेस्तै हो!” अनि जहासम्म दोहोरो नागरिकता को कुरा छ यसमा धेरैको यसप्रतिको चाहना र आब्स्यकतामा आफ्नै आफ्नै किसिमको स्वार्थ छ कुनै जायज छ कुनै तेत्ति सान्दार्भिक छैन तेसैले यो माग आफैमा बिबिधता छ! उचित पनि छ सदुपयोग गर्नेको लागि र हानिकारक पनि छ स्वार्थपूर्ति र दुरुपयोग गर्नेको लागि, यसको दुरुपयोगमा व्यक्तिलाई भन्दा देशलाई हानि हुने छ र त्यो हानि खासगरी तेश्रोबिश्वोको देश र गरिब अनि पछौटे अबिकषित देशलाई बढी हुनेछ तेसैले यो दिनुअघि हाम्रो जस्तो देशले खुबी सोच्नु र अध्यायन गर्नु पर्ने देखिन्छ अनि यसको स्वार्थपूर्तिको प्रयोगले देश समाज र व्यक्ति आदिलाई नकारात्मक असर पर्न सक्दछ तेसैले दिनको लागि बढी नै सोचेर अध्यायन गरि कन्डिसनल प्रयोग हेतु दिनु पर्ने छ! आजको यो बदलिदो बिश्वो परिबेशमा दोहोरो नागरिकता दिनु असान्दार्भिक त हुने छैननै तेसैले मेरो बिचारमा,
    यो दोहोरो नागरिकता लिनेलाई सेकेण्डरी सिटिजनाशिप अन्तर्गत कुनै आबस्यक कंडीशनले बाधेर दिंदा नराम्रो होला जस्तो लाग्दैन! आखिर तिनिहरुपानी नेपालीनै हुन् बिदेशमा बसेपनि नेपालि पहिचान र नेपालि मनले बसेका छन् त नेपालि नागरिकता को परिचय दिनलाई किन हर्ज, हो तिनीहरुले देश, समाजलाई हानि गर्ने वा नकारात्मक असर गर्ने कुरामा सोची तेस्ता काम कुरामा बन्देज गर्ने कन्डिसन राख्नु उचित हुने छ! जस्तो कि, दोहोरो नागरिक ले कुनैपनि सार्बजनिक पद grahaN गर्न नसक्ने राजनीति र राजनैतिक नियुक्ति नपाउने आदि!
    तर आफुलाई त,
    “भयपनी ठिकै छ नाभायानी ठिकै, कल्लाई टाउको दुखाउनु छ दुइदिन जिन्दगीमा!” भन्ने हाम्लाईलाइराछ!

  13. ल्हासामा सुन छ कान मेरो बुच्चै भनेर हामी जति फलाके पनि,कराएपनि, खल्ती छामेपनि, कान छामेपनि नानीदेखि लागेको बानी कहिल्यै गएन । अर्थात माल पाएर चाल नपाउने हाम्रो बानी भएकोले नै होला सुनको खानी पारी, हामी वारी । पारीको सुन सम्झ्यो, राल काढ्यो बस्यो । भुइचालो आयो है” भन्दै जोरसँग एउटा फटाहाले मध्यरातमा हल्ला मच्चायो । जापानमा भर्खर घटेको घट्नाबाट सवै त्रसित थिए । न कसैले अनुभव गर्ने मौका पाए न अनुमान नै । हो न हो टोलमा हल्लिखल्ली मच्चियो । हो यो एन आर एन पनि तेस्तै हल्ला खल्ला गर्ने जमात हो यीनी हरुले सिन्को पनि दुई टुक्रा पार्ने वला छइन देशमा ।

  14. ल्हासामा सुन छ कान मेरो बुच्चै भनेर हामी जति फलाके पनि,कराएपनि, खल्ती छामेपनि, कान छामेपनि नानीदेखि लागेको बानी कहिल्यै गएन । अर्थात माल पाएर चाल नपाउने हाम्रो बानी भएकोले नै होला सुनको खानी पारी, हामी वारी । पारीको सुन सम्झ्यो, राल काढ्यो बस्यो । भुइचालो आयो है” भन्दै जोरसँग एउटा फटाहाले मध्यरातमा हल्ला मच्चायो । जापानमा भर्खर घटेको घट्नाबाट सवै त्रसित थिए । न कसैले अनुभव गर्ने मौका पाए न अनुमान नै । हो न हो टोलमा हल्लिखल्ली मच्चियो । हो यो एन आर एन पनि तेस्तै हल्ला खल्ला गर्ने जमात हो यीनी हरुले सिन्को पनि दुई टुक्रा पार्ने वला छइन देशमा ।

  15. लाखौ बिहारी ले नेपली र भारतीय नागरिकता बोक्दा केहि नहुने !! हजुरबाबा , पुस्तौ नेपाल मा जन्मिएका नेपाली ले म पनि नेपाली हु भन्दा, त बिदेशी भयिस भनेर एउटा मात्र नागरिकता पाइन्छ भन्नु बिहारी हुल्नु मात्र हो र पछि सिक्किम हुनु हो / अम्रिका , युरोप तिर पचास देश को नागरिक भए पनि केहि फरक पर्दैन तर तेहा को कानुन मान्नु पर्यो, tax तिर्नु पर्यो तेती मात्र हो तर हामी आफु लाइ नेपाली भन्छौ तर रछा मन्त्रि भण्डारी ले देश टुक्राउने कुरा गर्दा केहि नहुने / सुजाता जोस्ट को हो ? उनि पनि मन्त्रि भईन / तेसैले विदेश मा बसेका नेपाली लाइ दोहोर नागरिकता हुदै मा नेपाल लाइ केहि हानि हुदैन र तेसैले धेरैनै फाइदा पुग्छ / अब दोहोरो नागरिकता पनि नदिने भने विदेश बस्ने नेपाली ले नेपाल लाइ माया मार्दै जान्छ र छोरा छोरि देश भुल्दै जान्चन / अनि नेपाल मा दोहोर नागरिकता नदिने भन्ने तर मदेश तिर लाखौ बिहारी लाइ दोहोर नागरिकता दिने आफैमा हास्य्पद र नेपाल चाहि सिक्किमी कारण हुने पर्किया लाइ बढावा दिने मात्र हो /

    • कुनै पनि बिदेशीले नेपालको चुनाबमा भाग लिन पाउनु हुँदैन भन्ने आशय हो मित्र।
      यता पनि भाग उता पनि भाग खोज्नु भएन नि। लगानी गर्न, बस्न, काम गर्न र नेपालीपनको परिचय खुल्ने परिचय पत्रले पुगी हाल्छ नि। चिची पनि पापा पनि त अली सुहाएन।
      केही काम गरेर देखाएको भए त्यो पनि हुने। हिजो चुनाबमा पदको लागि आँफै आँफै झडप मै ओर्लेछन।
      जसले देशमा सबै दु:ख भोगेर बस्यो त्यसको र पछी आएर भाग खोज्नेहारुको अधिकार एउटै हुँदा अली मिल्दैन कि भन्ने हो।
      युरोपले पनि धेरै भाको छैन त्यस्तो सुबिधा दिएको, हामि पनि युरोपको स्थितिमा पुगौ न अनि युरोप संग तुलना गरौला.
      भारतमा भन्दा त नेपालमा ज्यादा नै अधिकार पाएकै रैछन त.

    • अनि दोहोरो नागरिकता को फाइदा चै के के रहिछ ?

  16. देशले रगत मागे मलाई बलि चढाउ……. / यदी देशको लागि, आफ्नो जन्मभूमिको लागि आफ्नो आमा को लागि केहि गर्ने मन भए सुटुक्क गरिहाल्थे नि किन दस थरि कुरा गरेर झ्याली पिट्थे र / बेकारमा कन्फरेन्स को नाममा २५ लाख खर्च गरेर /

  17. छाला जे को ओढे पनि स्याल ले गर्ने ‘हु ss ई ss या’ नै हो…..आगे तपाई///

  18. भनिन्छ हामीहरु बाँदर बाट बिकसित हुदै आजको मानब बनेका हौ . तर मलाई लाग्छ हामीहरु अझै १०० % मानब बनिसकेको छैनौ .

  19. मैले सुने अनि बुजेको कुरा चै के भने NRN लियो भने ,,,, नेपालमा केहि लगानी गरेर देश उभो लुला भनेर चै हैन …. पछि बुढेस कालमा अमिरिकाले(या आफु हाल बसेको देश ले ) दिने सेवा सुबिधा को पैसा ($) पछी नेपाल गएर खर्च गरुम्ला,,,बुढेसकाल नेपाल मा बितौला भनेर चै होला…. १०० मा २-४ ले धेश को निम्ति सोचे पनि धेरैले त आफ्नै दुनो सोझ्यौना खोजेको हो है..मेरो बिचारमा चै ….

  20. मैले कुरा बुझिन. नेपाली नागरिकता चाहियको हो भने किन अरु देश को नागरिकता लियको त.

  21. होइन यो N = नोंसेंसे अनि अर्को N = नेतागिरी भयो यो R को अर्थ चै के रहेछा ?

  22. यिनिहरु शशांक लामाको शब्दमा “एन आर एन = नौ रंगी नेपाली” वा मनोजको भाषामा “NRN = Non Returning Nepalese” नै हुन।

    अहिले दोहोरो नगरिकता दियो भने पछी हामीले चुनावमा पनि भाग लिन पाउनु पर्छ भन्नेछन यिनिहरुले।

    उपेन्द्र महतोले जस्तै काम गर्नु पर्‍यो नि, खुराफात गरेर हुन्छ? यो त भगौडा सैनिकले क्याटेन पद पाउ भने झै भएन र ?

    हिजो दलिय सहमती गरेर बाडिएका सबै नागरिकताको छानबिन हुनु पर्दछ र कैफियतवाला सबै नागरिकता खारेज गरिनु पर्दछ।

  23. NRN भनेको केहो ,?????,,उपेन्द्र महतोले र केहि दुइ चार जनाले केहि गरे होलान अरु सबै ठग …ल राम्रो संग हेर्यो भने सजिलै थाहा हुन्छा यी बिदेशमा सिन्को नभाच्ने हरु मात्रै छन् , विदेशको गल्लि मा एउटा रेस्टुरेन्ट खोलेर ,CAMPUS खोलेर जहाँ एक सुका नहुनेलेपानी जे पनि गर्न सक्छा अनि नेपालिलैनै ठगेर यसो सकेनह्यान्ड गाडी के चद्छान फुर्ति देखाउन सुरु भै हाल्छा ,,,,जसले केहि गरेको छ उसले कहिलेइ भन्दैन यी उम्मेदार हारु सबै आ आफ्नै भाइ भतिजा हरुलाई सदस्य बनाउछन अनि उनीहरुकै झुण्ड बनाए अनि सेलेक्सन भए अनि सुक्का टिकट मात्रै काटेर नेपाल पसे निसुल्क पाँचतारे मा सम्मेलन गरे फर्के …..के छ यिन को देन यिनीहरु मध्ये कति ले नेपाल बाटै ऋण लिएर बैंक मार्ने हरु छन् कति बिदेशमा टाट पल्टेका हरु छन् ,, कति को बिदेशमै कुनै स्टाटस नै छैन ,,,जो मेहनत गर्छन केहि कमाउछान र पढे लेखेका अनि माल भएका धनि वा बुद्धिमान र प्रतिष्ठित पनि छन् तिनीहरुले बरु तेसै सिधै नेपाललाई केहि गर्छन यो NRN अनि लग भग २०००-२५०० यस्ता नेपालीका नामका बुख्याचा संस्था हरु भनेका नेपालका नेताहरु भन्दा पनि बुर्जुवा खाते हरु हुन् …..यिनले कहाको पैसाले लगानी गर्ने हो अहिले जति पैसा नेपाली संग छ , चाइनिज हरु संग छ , भनौं एसिया मा छ तेती धनि भनौदा देशहरु अमेरिका , युरोप अस्ट्रेलिया मा कहाँ पाएर हुनु …यिनीहरुका आफ्नै जनता भोकै बस्ने बेला हुन्छा अब अनि यिनका यहाँ नोकरी गर्नेले एउटा सुट लगाउँदैमा फेरी आफ्नै देशमा गएर फुर्ति देखाउने बाहेक केहि गर्दैनन् बा अनि पत्याउने हामि कस्ता,,,,,NRN ले त बिदेशमा रहेका नेपालीहरुको हक हितका लागि यिनै देशमा पो आवाज उठाउने त अनि कोइ नेपाली समस्यामा पर्यो भने सम्भंधित रास्ट्रमा अनेक हार गुहार गरेर न्याय पो दिलाउने, नभए नेपालको सहयोग माग्ने पो त जस्तो गोर्खा हरुले गरेर देखाए दिवान ज्यु हरु ले जस्तो ……यहाँ केहि छैन ९५% लाई यो NRN को N पनि मतलब छैन अनि यिनीहरु नै हाम्रो देशमा गएर फुर्ति लगाउने …..हेर्नुस यी एक दुइ लाई छोडेर यी सब भाते हरु हुन् नेपाल मा हुँदा यिनले धेरै भन्दा धेरै गरेको भए कुनै एउटा पार्टीमा लागेर हड्ताल गरे होलान , टाएर बालेर चक्का जाम गरेहोलान, कसैलाई ठगे होलान तेतिनै हो ,,,,अब पनि केहि गर्दैनन् दोहोरो नागरिकता रे के हावा कुरा गरेको ,,,बरु नेपालमा जाँदा फ्रीमा बस्न देउ , खान देउ घुम्न देउ हामि तिमीहरु विदेश आउदा तेसै गरौंला नेताहो भनन,, जसको न टेक्ने डालो छ न समाउने हाँगो उसले नेपालमा लगानी गर्ने रे अनि नेपाललाई धनि बनाउने रे यस्तो पनि कहिँ हुन्छा ?

  24. महतो जी र बिसुद्दा केहि गर्ने भावना ले self-less भएर लागेका लाई भन्नु पर्ने त केहि छैन तर उहा हरुले के ‘एन. आर. एन. वाल्ला’ हरुलाई Guidelines दिन सक्नुहुन्छ/

    – हालसम्मको अनुभब र ब्यबहारले के प्रमाणित गरेको छ भने उत्तम जी ले अलि ‘सलिल’ भासमा प्रस्तुत गरे पनि सारांस मा :
    एन. आर. एन. वाला हरु भनेको ‘दलाली’ गर्ने हरुको जमात हो भन्ने कुरा हामि धेरै ले भोगेकै हो/ यिनीहरु को काम ‘सोझा साझा लाइ ‘confuse’ गर्ने र कानुन को loophole हरु लाइ manipulation & misuse गरि जति सक्दो ‘छिटो र धेरै पैसा कमाउने हो/एन. आर. एन. वाला हरु को ‘personal attitude’ को बारेमा ‘psychological study’ बाट के देखियो भने
    १)’यिनीहरु को ‘अध्यन को तह ‘पी.एच. डि.’ गरेको सम्म भए पनि ‘चिन्तन को स्तर सार्है तल्लो तहको पाइयो/ जस्तै, आडम्बर, घमण्ड र उत्तर्दाईत्व बिहिन’ ब्यबहार/
    २) एन. आर. एन वाला हरु भनेको ‘नेपालभित्रको’ नकारात्मक कुरा को ‘विदेश मा पनि ‘ प्रसारण गर्ने ‘Disease Career’ जस्तै भएको कुरा सबै लाइ थाहा भै हाल्यो/
    ३)अब यो रोग बाट कसरि बच्ने भन्ने तिर सबैले सोच्नु पर्छ र अनुभबी अनुभबी हरुले समयमानै अरुलाई सहयोग र सल्लाह दिनुपर्छा/
    ४) समाधानको उपाय – यिनीहरुसंग ‘Isolate’ हुने र “Isolation” गराउने’ ढिला भएमा सबैले सबै तिर यो रोग बाहक हरु को ‘मार मा पर्नु पर्ने हुन्छ/

    ५) विदेश मा बसेका नेपाली र सुभेछुक हरुलाई कसरि जुटाउने भन्ने कुरा आउन सक्छ – नेपाली उखान छ नि – खुर्सानी बिना भत्तेर अड्किन्छ र ? अथवा, हरेक देश मा विभिन्न संथा हरु स्वस्फुर्त रुपमा बन्नेछन र नेपाल र नेपाली को प्रबर्दन गर्ने छन्. खाडी देशमा चाही नेपाल सरकार आफै ले ‘राजदुताबास’ वा अन्य संस्था मार्फत काम गर्नु पर्छा/

    ६) बिशेशत नेपाल को सरकार ले ‘बिसुद्दा रुप मा Program हरु ल्याउन पर्र्यो कि जुन विदेश मा बस्ने हरेक नेपाली (दलाल र पैसावाला मात्रै नभएर -अरब बाट आउनेले पनि) ले ‘केहि सहयोग र राम्रो काम गर्न’ खोजेमा स्वस्फुर्त रुपमा काम गर्न पाउने गरि ‘नीति निर्माण गर्नु पर्छा/

  25. लुनाजी ले भनेको जस्तो दोहोरो नागरिकता भोलि गएर नेपालमा बस्नलाई नै हो भने , नेपालमा बस्न मन लागेपछि बिदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिन पाइन्न र ? किन झुट बोल्नु?

  26. लुना जी NRN को कुरो कति सत्य छ थाहा छैन तर म यहाँ को कुरोलै हृदय बाट सुविकार्छु. नेपाली नागरिक सरह कर को मांग गर्न सम्म सुहाउछ. तर कम कर को मांग चाहिं लाज लाग्ने कुरो हो. औला दिदा पुरा हात खान्छु भन्ने उखान तेसै होइन रहेछ ठ्याक मिलछ सबै भन्दा बेस सर्प पनि मर्ने लाठी पनि नाभ्चने अभियान ल्याउनु बुद्धिमानी हुन्छ. बिदेशी भाषा बोल्दैमा र राहदानी बोक्दैमा नेपालको कानुन र नेपाली जनता माथि अन्याय गर्न पयिन्छ र ? नेपाल छ तेसैले हामी नेपाली भन्न पाएको छौ भन्ने भावना हुनुपर्यो NRN मित्र हरु. हामी संसारको जुनसुकै कुना मा बसेपनि जेसुकै भाषा बोले पनि हामी लै खैरे भन्दैन क्यारे. तेसैले यथार्थ लै समेटेर आफ्नो मातृभूमि संगको सम्बन्ध बलियो पार्नु ले भोलि को हाम्रा सन्तति का लागि नया आयाम हुने छ. गयेर नेपाली नागरिक ले अरु बिदेशी भन्दा अलि सौलियत सम्म को मांग चाही अलि सन्धर्विक होला कि भन्ने मेरो मन्तब्य छ नमस्ते

  27. कमेन्ट गर्न कति संधार्विक छ जे भए पनि कुकुर को पुच्हार १२ वर्षा राखे पनि जस्ताको तेस्तै भन्ने कुरो चाहिँ ठ्याक मिल्छ . हामी नेपालीहरु काम कम कुरा धेरै गर्ने बानी छ तेसैले त नेपाल आज सम्म पुरानो इतिहासको पाना बाट नौलो भूगोलमा उत्रिन सकेको छैन. नेता देखि लिएर खाते सम्म गफ हाँक्न मात्र जान्ने काम गर्न नजान्ने. येस्तई छ हौ मित्र हरु हाम्रो तितो बिडम्बना.
    नमस्ते

  28. बिदेसमा बस्ने नेपाली जो नेपाललाई साच्चिकै माया गर्छन तिनीहरुको प्रतिनिधित्व गर्दै नेपालमा गएर पत्रकार सम्मेलनमा झन्डै कुटाकुट सम्म गर्न पछी नपर्ने यिनीहरु अवसरबादी मात्र हुन्| यस्ताबाट नेपाल र बिदेसमा बस्ने सबै नेपाली सचेत भया|

  29. एनआरएन वास्तवमा चिची पनि पापा पनि खोज्दै छन् / हुँदा खानेहरू हुनेखाने भएपछिको चुरुफुरी हो सबै !!

  30. कत्रा कत्रा महाशक्ति राष्ट्रको भन्सार छलेर, अर्थतन्त्र चौपट परेकाहरु, अनेक तिकडम गरेर त्येस देशको विभिन्न उद्ध्योगहरु कौडीको भाउमा हात पारेर, त्यहाँ माफिया तन्त्रको don को भूमिकामा बसेकाहरु येस्तई अनेक उपाय अपनाएर धनि बनेका हरु पनि not all but some आफुले कमाएका काला धन हरु नेपालमा लुकाउन चाहन्छन| नेपाल switzerland होइन देश अशिक्ष्या गरिबी र अभावले थालिंदा स्वदेशको नागरिकता समेत त्यागेर विदेशी passport बनाउन लालायित हुने अब देशले गति लिन खोज्दा भाजो हालेर कर कम तिरेर राज्यको श्रोत सुकाउन रकम विदेश ओसार्न यो देशको अर्थतन्त्रलाई धराशायी पार्ने ति धमिरा हरु चाहिन्न|

  31. उत्तम बाबु जी!

    नेपालको प्रचलित नागरिकता ऐनमा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा उसको नेपालको नागरिकता स्वत: खारेज हुने प्रावधान भएको ले नै दोहोरो नागरिकताको मा उठेको जगजाहेर छ!

    “नेपाली मुलका विदेशी नागरिक” (नेपाली नागरिकता त्यागेका वा नेपाली आमा बाबु बाट विदेशमा जन्मिएका) हरुको हकमा नेपाल सरकारले परिचय पत्रको प्रावधान गरेको छ! उनीहरुलाई यसमा कुनै आपत्ति न हुन पर्ने!

    तर रोजगारी, अध्यन र व्यवसाय गरेर विदेशमा बस्ने नेपाली नागरिकता वाहक नेपाली नागरिकले आवश्यकता अनुरुप सम्बन्धित मुलुकको नागरिकता लिएमा उसको नागरिकता नखोसियोस!

    कुरोको चुरो यही नै हो! धेरै बढाई चढाई किन?

    नेपालको प्रचलित नागरिकता ऐनमा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता खारेज हुने प्रावधान भएको ले नै

  32. लौ यो भएन| के खाएर एनआरएनलाई कन्फरेन्स गर्न २५ लाख नेपाल सरकारले दिएको हँ?
    दिने हैन लिने मात्र भयो|
    यंहा उल्लिखित उपेन्द्र महतो सरको कुरो “पैला काम गरेर देखाउँ” सठिक लाग्यो| उँहालाई खोजी खोजी पनि वधाई र धन्यवाद दिन पुग्नेछु| तर बदलामा व्यक्तिगत रुपमा मलाई केही चाहिंदैन, यसरी नेपालको माया गर्दै रहे पुग्छ| उत्तमजी मार्फत भए पनि यो मेरो भावना उँहा सम्म पुरयाईदिने कष्ट गर्नुहोला|

    वस्तुमा लगानी गरेर मात्र पुग्दैन| संचालन र व्यवस्थाको नमुना देखाई दिनपर्यो|

    नत्र भने कन्फरेन्स हालको बाटोमा चिनियाले बनाईदिएको ट्रलीबसको लाईनको वेहाल हेरेर पुर्पुरोमा हात राखेर बस्दा हुन्छ| नेपालीलाई खानेकुरा दिएर मात्र नपुग्ने, पकाई पनि दिन पर्ने र चर्पीमा पनि पुर्याउन पर्ने र त्यो पनि सफा नगर्ने? यही चाला हो भने दात्री संस्थाहरुले नेपाललाई खाते संस्थामा परिणत गर्न बेर छैन|

    नेपाललाई डाक्टर र इन्जिनियर चाहिएको छैन| जति नी छन्| manager चाहियो, skilled manager. के हामी नेपालीमा त्यो शीप छैन? दुर्भिक्ष छ भने त्यो हो skilled and dedicated manager को|

  33. Uttamji,
    Many thanks for clarification on the title of your previous article I am convinced. Once again the issues raised by you are logical and NRN committee members if at all are serious should look at these points one by one and address them, I feel that your article is still looking for an external solution for an internal problem. What I mean by that is that why are we expecting so much from these NRNs and wasting time. Personally I feel that dual nationality would benefit to Nepal as much as for the individuals if we look it from a wider perspective. I am also convinced that for NRNs to invest in Nepal “Dual Citizenship” is not necessary as we have the provision of the NRN card, which I believe comes quite handy.

  34. जगत रत्न गौचन जी! थाहा छैन तपाई एन आर एन को कुन चै पदमा पदासिन हुनुहुन्छ? तर तपाइको कमेन्ट हेरेर जो कोइले अनुमान लगाउन सक्छ, यो हबिगत हुने र यो लेख लेख्नलाइ मसला प्रदान गर्नेमा तपाई पनि एक हुनहुन्छ, अब जहाँ सम्म तपाइले नेपाली होटेलहरुलाई बुझाउनु भएको केहि रकम को रवाफ छ त्यो देखेर तपाईको स्तर निर्धारण भै सक्यो, होइन र ? कि नेपालका होटेल हरुमा पनि सित्तैमा खान पाइन्छ भन्ने लागेको छ? उत्तम जी उठाउनु भएको लेख को आसय, तपाई हरु लाइ गाली गर्नलाइ होइन, तपाइको गोबर भरिएको दिमाग लाइ सफा गर्न हो, कोइ होलान समझदार तपाईहरुकै सस्थामा पनि, जसलाई नेपाल प्रति साच्चिकै सदभाब र माया छ, केहि गरौ भन्ने सोच छ तर तपाई हरु जस्ता दुइ चार जनाले यो सस्थाको मर्म र आस्थालाइ धमिलो बनाउन लागि पर्नु भाको छ, तपाई देखि दया लागेर आउछ, तपाईले एस्तो चरित्र कुन देशबाट सिकेर आउनु भयो? तपाई जाबो होटल मा बसेर नेपाललै फाइदा भाकै छ नि भन्ने बाट के खै के लगानी को आस गर्नु नेपाली हरुले? l

  35. आज विदेशका मा आएर पनि राजनीतक गर्ने मानिस नेपाली मात्र देखे | इन्डियन, बगली, पाकिस्तानी,चिनीया ,र अरु देश का मानिसहरु मा तेस्तो दे खी न | नेपली प्राय सबै जसो संघसंस्थामा पदको लागि मरिमेटने हरु छन् एनआरएनए को नाम मा कलंक हरु ।

  36. हामीकहा“ प्रचलित गाईजात्राका यी एकाध नमुना मात्र हुन् । गाईजात्रा नभएको कुनै ठावै“ छैन ।
    गैर आवासीय नेपाली संघको काठमाडौंमा भइरहेको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा तेस्तै गाईजात्रा भयो, हामी येस्तो गर्छौ उस्तो गर्छौ, यो लगानी गर्छौ त्यो लगानी गर्छौ भन्दैमा यीनीहरुको आश गर्नु छेपाराको उखान जस्तै हो ।

  37. प्रिय सम्पादकज्यु,
    उत्तमबाबु श्रेष्ठज्यु को लेख सारै नै राम्रो लाग्यो ! येसकालागि श्रेष्ठ ज्यु लाई
    मुरी मुरी धन्न्यबाद !!

    हरि ओम तत्सत .
    हम्बुर्ग , जर्मनी

  38. मैले एक पटक कोम्मेंट लेख्द साथी हरुले गाली गरे त्यो कोम्मेंट भनेको “नेपाली हरु जति ठुलो, जहाँ गयेनी नैतिकता भन्ने पुन गाह्रो ६ “” सब भन्दा नैतिक पतन भएका मान्छे मा हामी नेपाली हरु नै पर्छु .यो कुरा नरन को अधिबेशन मा देखियो

  39. एउटा सहि कुरा कहो भने, धेरै देशमा बन्ने NRN क comittee हरु मा होटेल मा कम गर्ने, refugee भएर होटेल मा निन्म स्तर को कम गर्दै बस्ने र एकुनता रेस्टुरा चलाउने हरु मात्रै छन्. जसो कि जर्मनी को NRN हेर्नु भयो भने, एउटा दुइ तिन जना असभ्य, होटेल ब्यबसायी मात्र छन्, यद्दपी, तिनी हरु ले कहिले comittee बनौछान, के गर्छन, धेरै लै थाहा छैन/
    जर्मनी मा धेरै प्राज्ञिक व्यक्ति हरु पनि छन्, तर ति होटेल ब्यबसायी हरु ले प्राज्ञिक हरु लै कहिले पनि थाहै नदिई, आफु हरु NRN पदाधिकारी हौ भन्छन/
    मेरो विचार मा, नरन मा विदेश मा बस्ने pragik समुह पनि आउनु पर्छा जसले रन को गौरव बढौं सक्छा, देश बिकाश क लागि केहि गर्न सक्छा/

    तर NRN सस्त को कुरा गर्दा, यो धेरै राम्रो हो, विदेश मा बस्ने नेपाली ले नेपाल लै असध्येई माया गर्छन, देश मा फर्कन चाहन्छन, देश को बिकाशमा योगदान गर्न चाहन्छन र परेको बेला, देश को लागि जसो सुकै सहयोग पनि गर्न सक्छन/
    सौत कोरिया को उदाहरण लिनु भयो भने, सौत कोरिया ले आफ्नो देश को bikasha गर्ने बेला, उसका विदेश मा बस्ने, highly skilled मान्छे हरु फिर्ता बोलाई, उनि हरु को सिप तथा, पैसा को उपयोग गरेको थियो/
    त्यसैले, विदेश मा बस्ने नेपाली ले देश को लागि धेरै गर्न सके capacity राख्छन र देश को राजनैतिक पक्ष ले नडराई, नेपाली नागरिकता लिने नेपाली हरु नागरिकता दिनु पर्छा/

  40. नेपाली पानी विदेश रहुन्जेल त नपियको हो नि नेपाल छिरे पछी पानीको प्रकिर्ती जस्ताको त्यस्तै त हो नि यहाँ झगडा नगर्ने को छ ? घरमा लोग्ने-स्वास्नी स्क्कुलमा शिक्षक-बिद्यार्थी,राजनीतिमा बादी-प्रतिवादी,मान्छे एक्लै त झगडा गर्छन मार्ग र परिस्थिति मेल नखादा त्यहाँ त पक्ष-विपक्ष छ राय छन् घम्सा-घम्सी छ यो त साधारण हो र नै त नेपाल नेपाल हो चिनारी, पहिचान हो के हैन भन्न मन लाग्छ र ?

  41. I like the comments written by Uttam Babu shrestha.I am also living in USA.I did not find any benefits being a NRN.I even don’t know what they are doing for Nepalese living aboard.I just heard some meeting/convention during the year. Thay are now fighting for leadership .
    I am thinking this organisation is just for leadership not for people living aboard.I am writing this comments as a fact we are facing now in USA.This is the truth.
    Subash Joshi
    Virginia

  42. Interesting is the fact, they advocate endlessly about the high taxes imposed by the foreign governments. They are more happy to pay those high taxes and fees But when they talk about Nepal they starts demanding more.

    Gopal, New York

  43. –“सबैभन्दा उदेक लाग्दो माग विदेशीले नेपालमा लगानी गर्दा भन्दा नेपाली नागरिकता त्यागेका गैह्र आवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा बढि सुविधा लिन पाउनु पर्ने (कर कम तिर्न पाउनु पर्ने) माग गरिएको छ ।–”
    के यो सत्य हो ? हो भने यो गलत मात्रै होईन अन्याय पूर्ण माग हो !
    हैन यस्तो माग गर्न सुहाउछ ???!!!
    बिदेशमा हामीले काम – ब्यबसाय गर्दा नेपालमा तिरिने भन्दा धेरै ठुलो मात्रामा
    कर तिरिरहेका हुन्छौ ! यसरी बिदेशमा कर तिरेर काम गरेको नेपालीले कुन
    मनले नेपाल सरकारसंग नेपालीले भन्दा थोरै कर तिरी पाउँ ! भनेर माग गर्न
    सकेको !!!??? लाज लाग्दैन त्यस्तो माग गर्न !!!
    मैले त बिदेशमा बस्ने नेपालीले दोहोरो नागरिकताको माग भोलि गएर नेपालमा
    बस्नको लागि अन्य नेपालीले झैँ अधिकार पाउनको लागि माग होला भन्ने
    सोचेको ! यो माग जायज माग हो !
    तर त्यसरी कर कम गरि पाउँ भन्नें माग त सार्है भएन ! छि :

    • दोहोरो नागरिकता र करको कुरा लाइ संगै नामिसौदा हुने थियो कि,. हुनत करको माग गर्ने हरुनै NRN को नेत्रित्वोमा छन् र अहिलेको NRN को प्रतिनिदित्व गरेको हरुले ९५ % NRN को प्रतिनिदित्व गर्दैनन् . तर ९५ % NRN को लागि कर को प्रसंगा जोड्नु भनेको उनीहरुको भावनामा कुथारापात पुरयौनी हो .

  44. हा.. उत्तम जी को अर्काको खोट देख्ने र आफुलाई गतिलो देख्ने बानि कहिले जाने हो? संसार मा काम भन्दा कुरा बढी नगर्ने संस्था छ भने देखाइदिनुस न. देश भित्र फ्याक्ट्रीको संख्या ४००० बाट घटेर ३००० पुगेको छ यो गएको दश वर्षमा. यस्तो बेला एनआरएन ले कति लगानी गर्ने? जहा सम्म सरकार ले दिएको २५ लाख को कुरो छ, सम्मेलन को बेला नेपाल गएका ५००-७०० जनाले होटल आदिमा बस्दा गर्ने खर्चको कर त्यो भन्दा धेरै होला. हैन? यो सम्मेलन ले नेपाल सरकार लाई तात्कालिन रुपमै फाइदा पुगेको छ, होटल र अरु फ्रीमा खाने पल्केका नेताहरु, अर्काको खोट देखाएर रमाउने तपाईजस्ता गफादिहरु लाइ पनि दिन आएकै छ, हैन र?

    • तपाई चै कसको हनुमान हो जीबा को कि हिराचन को ….नाम सुन्दा चिने जस्तो लाग्यो पक्कै नेपालको धन्दा बिदेशमापनि चलौदैहुनुहुन्छा जस्तो छ है हनुमान गिरि ……जय होस्

  45. यी गैह्र आवासीय नेपालीले नेपालमा लगानी गरि देशको बिकाश गर्छु भनेको त नेपालमा हामी जान्ने सुन्ने मान्छे हौ भनेर झुक्याने खेल हो.अनि गर्न नसक्ने तर दोष मात्र दिन जानेका समुहको भिड हो.दसैँ सकछन अनि टिभी मा देखिन्छन अनि फर्कन्छन .अहिलेसम्म के नै राम्रा काम गरेका छन् र अहिले ठुला ठुला माग राखी सम्मेलन गर्छन कुन्नि?अस्ति भर्खर अमेरिकन नेपाली असोसिअशन को सम्मेलन भयो अनि के भयो तेहा भन्ने धेरै नेपालीलाई थाहा छ.नेपाली जहाँ गए पनि नेता रुप देखैहल्छां नि.

  46. यिनीहरुले १ प्रतिशत NRN लाई पनि समेट्न सकेका छैन् / सर्पको खुट्टा सर्पले मात्र देख्छ भने जस्तै यो सबै राजनीति भावनाले अभिप्रेरित भएकाहरुले गर्न लागेका मात्र हुन् / युरोप अमेरिकावासी र ठुला वडा, जानेका सुनेका र पढे लेखेका भनिएका नाक चुच्चे र घांटीमा जनै बेरेका NRN हरुले छातीमा हात हालेर आमाको कसम खाएर पहिला आफु भ्रष्टाचारी, राष्ट्रिय दलाल, तस्करी, कालाबजारियाहरुको छोरा छोरी हो कि होइन भनेर प्रमाणित गर्नु नत्र भने चोरको खुट्टा काट भन्ने बित्तिकै खुट्टा उचाल्लु पर्ला / यी नाक चुच्चे र घांटीमा जनै बेरेकाहरु यति रकमी, धुर्त, फटाहा, जाली, भ्रष्टाचारी हुन्छन भन्ने कुरा राजनैतिक इतिहाँसको पाना पल्टाएर हेरे छर्लंग हुन्छ / दशौँ लाख खर्च गरेर युरोप अमेरिकामा पढ्न, बस्न र मोजमस्ती गर्नेहरु ९९ प्रतिशत यिनीहरुकै सन्तानहरु हुन् / हामी नेपालका लाखौं निम्न-मध्यम बर्गीय छोरोछोरिहरुले प्रथम श्रेणीमा उत्तीर्ण गरे पनि पैसाको अभाबले आफ्नै देशमा उनीहरुले चाहेको बिषयमा पढाउन सकेको छैन /

  47. नेपालमा जन्मेका हरुले अरु देशको नागरिकता लिए पश्चात आफ्नो नेपालीत्व गुमाउनु पर्ने बाध्यता गलत छ| यस्तालाई दोहोरो नागरिकता दिएर राज्यले के गुमाउछ र?

  48. भतुवा मानसिकता भएको मान्छेहरु नेपालमा के के न गर्छु भनेर फुर्तिमात्र गर्ने त हो नि / त्यो मुलाहरु सस्तो लोकप्रियताको लागि नेपालमा भासणगरेर टिभी मा आफु देखिएर विदेशमा ठग्ने हतियार बनाउन आउने त हो नि / उनिहरुलाइ झगडा गराउनु पर्ने के / अनि एकले अर्काको भुडी कोट्याउछ / अनि कहिले पनि नेपाल नआउने गरि भाग्छ / आफ्नो देसमा केहि गर्ने सक्ने भए विदेश पलायन हुन्छ/ नेपालको खुकुलो कानुनको फाइदा लिन आएका अवसरवादी हुन् /फटाहाहरु / त्यो मुलाहरुको नागरिकता नै खारेज गर्नुपर्ने / अर्काको देसमा घरज्वाइ बसेर नेपालमा यो भएन उ भएन भन्छ सालेहरु /

  49. नेपालिपन जहा बसे पनि नहट्ने रहेछ
    यो नै एन.आर.एन मा समेत देखोयो गांठे
    हङकङ

  50. अब पार्टीगत एन आर एन जस्तै: एन आर एन (माओवादी), एन आर एन (कांग्रेस), एन आर एन (एमाले), एन आर एन (फोरम उ) र एन आर एन (बिजुक्छें) बनेर अध्यक्षको लागि हानथाप भएको देख्नुभयो भने अचम्भ नमाने हुन्छ| अनि पाँचजना नेपाली भेला भएको ठाउँमा एन आर एन बुद्विजिवी परिषद पनि खुलिहाल्छ| झन् बुद्विजिविको अध्यक्ष हुन त काटमार नै चल्ला| मैले एन आर एनलाई नौ रंगी नेपाली भनेर त्यसै भनेको होइन!
    *एन आर एन (जनजाती) छुटेछ |

  51. हाम्रो देशमा तापर्तुइयाँ नेताहरु को कमि थियो र तिमीहरु यो नौटंकी देखाउन आएको ???? एनआरएन भनेर के IMPORTED VIP जुत्ताको मालाले स्वागत गरौँ ???? सधै यो दे.. त्यो दे .. भनेर एती बुंदे .. उति बुंदे माग मात्र राख्ने… अर्बौ को गफ हान्ने… देश मा सूको लगानी नगर्ने… तिमीहरु जस्तो माग्ने हाम्रै देशमा जति भने पनि छन्… जहाँ बाट आएका हौ .. त्येहीं जाओ… हाम्रो देश हामि आफै बिकाश गर्छौं…. चाहिन्न कोहि एनआरएन…!!!!!!!!!!!!!!!!

  52. एक जमाना थियो जुन बेला एनआरएनए भित्र भावनात्मक सम्बन्ध अति गहिरो थियो / एक अर्काको आदर अनि अनुभवी र बुज्रुकहरुको सम्मान गरिन्थ्यो / संस्थाले आव्हान गरेको योजनामा सारा एनसीसी दिलो ज्यान दिएर लगिपर्थ्यो किनकि कुनै स्वार्थ बिना “FOR NEPALI BY NEPALI” भनेर लागि पर्नेहरुको जमात हुने गर्थ्यो /
    कसैले अनुमान नै गर्न नसकेको एउटा नौलो ताकतको रुपमा उदय भयो एनआरएनए / अकस्मात पर्न थाल्यो यो पवित्र संस्थामाथि धुर्त अनि चन्डालहरुको गिद्दे दृष्टि /
    यसले मुर्त रुप अनि सफलता हासिल गर्यो गत चौंथो महाधिवेशनमा / पुर्व दिशातिर बाट छिरेको यो भाइरसले एक दिन संस्थाले यत्रो दुखले हाशिल गरेको गरिमालाइ माटोमा मिलाई दिने छ /
    चौंथो महाधिवेशन पश्चातनै मैले भनेको थिएँ कि हामी विचको भावनात्मक सम्बन्ध चकनाचुर भयो र संस्थाले गति लिन सक्ने छैन / भयो पनि त्यस्तै /
    आदरणीय राम थापा ज्युले ठिकै भन्नु भएको छ कि “एनआरएनए को मर्म नबुझेको व्यक्तिहरुको घुसपैठ अनि नेतृत्वमा पुग्ने प्रयासले संस्थालाई खतरा पैदा गरेको छ “/
    (मनि राज थेबे, पुर्व २ कार्यकाल एनसीसी साइप्रस अध्यक्ष, वर्तमान प्रमुख संरक्षक)

    • After voting for “मन परे हरियो” I would like to ask you a question what are the practical ways to resolve the issues? Arguments are part and partial of democratic norms and practices. What sounds not appropriate after reading Uttamji’s article is lop sided discussion “Mero Goruko Bahrai Takka” attitude from contestents for so called NRN Executive Committee, which obviously is very shameful. One soluyion that comes to my mind is that the debate among contesting parties is to look for fact based “goodies” of the opposition candidates on which he or she would further work for improvement instead of talking all negative.

      • Koirala Sir,
        Regards and Thank you for your concern and pls excuse me for late response. I’ve been involved in NRNA since 2004. I do agree that Arguments and competition are parts of democratic norms and practices.
        In an Association like NRNA, obviously different levelled and natured personalities get involved from around the globe. This is one of the major achievement NRNA has gained so far and it was established for this purpose.
        Few well hearted souls, for the sole purpose of uniting scattered talents for the betterment of motherland did establish this Association. Their ideas were very warmly welcomed by everybody as they carried pure mission.
        No doubt NRNA is the latest power of Nepalese residing abroad. Even the pure spirits of the establishers never would have imagined for such level of success.
        Anyway, the major issue has been solved today. Eventhough i would like to write few sentences in relation to your query.
        “What i’ve been saying from the very first time, is that the seniority should be well counted. Here i don’t mean by age. What i mean by seniority is that a person who devotes himself mostly to reach the objectives of the Association”.
        We all know very well from the two contenders of the President, who has given so much for the developent of the Association.
        Since NRNA grew up in an environent of respect and mutual understanding, it will only thrive in such environent. One tenure for each senior personnels can also solve the issue. After all our moto is “FOR NEPALI BY NEPALI”

        • Maniji,
          I appreciate your spirit. I would like to quote what I wrote in this blog fewtimes earlier in this blog with respect to Baburamji becoming Prime Minister which I think is relevent to the issue under consideration.

          “Majority of the so called Nepalese “Intellect” are very good in criticising others. There is no atmosphere or willingness to look for “Goodies” in others and within. For example, I organized an informal round table discussion of 32 Nepalese that we gathered in East Timor in 2002 in my residence that for that particular evening, we should speak only good things that are happening in Nepal without any buts, and ifs, and howevers etc. There were only two people who could speak appreciating Nepal without any reservations one of them myself being the organizers. Otherwise all other thirty people started with positives thoughts but ended up with buts and ifs and howevers. Is there a way we can organize similar sessions among the main parties of Nepal to look for genuine support for what others are doing?”

          We have to generate this kind of atmosphere. For sure it can be done. What is needed is genuine committment.

          Thanks

Comments are closed.