ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म

समृद्घ भनिएको विश्व कै सबैभन्दा शक्तिशाली देशका मानिस किन सडकमा आएर आन्दोलन गर्दैछन्?

-उत्तमबाबु श्रेष्ठ-

एरिजोनामा भएको प्रदर्शन। फोटो सौजन्यः रोयटर्स

न्युयोर्क शहरका गगनचुम्बी भवनहरुको जंगल बीच रहेका रुखहरुका पातहरु पहेंलो, रातो र खैरो रंगमा परिवर्तन हुने भएकोले सरद ऋतुमा यो शहर झनै सुन्दर लाग्छ । रंग परिवर्तन गर्ने रुखहरुले गर्दा यहाँका पार्कहरु अन्य मौसमहरुमा भन्दा बढी आकर्षक देखिन्छ । यतिबेला न्युर्योकको जुकोटी पार्क संसारको आकर्षणको केन्द्र बनेको छ र पार्कको सुन्दरतालाई आन्दोलनकारीहरुले नयाँ रंग थपिदिएका छन् । ‘वालस्ट्रिट कब्जा गरौं’ भन्ने आन्दोलनकारीहरुले विश्वै कै आर्थिक राजधानीको मुटुलाई नयाँ रगत भर्ने जमर्को गरिरहेका छन् । सेप्टेम्बर १७ बाट न्युर्योकको जुकोटी पार्कबाट शुरु भएको यो आन्दोलनको यतिखेर अमेरिकाको करिब १०० वटा शहरहरु फैलिएको छ, जहाँका मुख्य आर्थिक इलाकामा मानिसहरु क्याम्प बनाएर दिनरात धर्ना दिइरहेका छन् । गत शनिबार मात्रै विश्वभरका १५०० शहरहरुमा यो आन्दोलनको समर्थनमा जुलुस निस्किएको थियो । हिजो सोमबार काठमाडौंमा पनि यो अभियानको समर्थनमा जुलुस निस्किएको छ । शुरुवातका दिनमा सयौंको संख्यामा भएका आन्दोलनकारीहरु यतिखेर हजारौंको संख्यामा पुगेका छन् । अहिलेसम्म उनीहरुले आन्दोलनको लागि करिब ३ लाख डलर आर्थिक सहयोग जुटाएको दावी गरेका छन् । टाइम म्यागेजिनले गरेको पछिल्लो सर्वेक्षण अनुसार, ५४ % अमेरिकीहरुले यस आन्दोलनलाई जायज ठहराएका छन् । संभवतः करिब ५० वर्षपछि अमेरिकीहरु यसरी सडकमा आएका छन् र भनेका छन् —अब अति भयो (ENOUGH!)

प्रश्न उठ्न सक्छ, समृद्घ भनिएको विश्व कै सबैभन्दा शक्तिशाली देशका मानिसहरु किन सडकमा आएर आन्दोलित हुन पर्‍यो ? कोलम्बिया युनिभर्सिटीका प्राध्यापक तथा नोबल पुरस्कार विजेता अर्थशास्त्री जोसेप स्टिग्लीजसँग यसको सटिक जवाफ छ — उदारीकरणको नाममा आर्थिक नीतिहरुलाई यसरी विकृत गरियो कि ‘प्रजातन्त्र १ प्रतिशतले १ प्रतिशतद्वारा १ प्रतिशतको लागि शासन गर्ने व्यवस्थामा रुपान्तरित हुन पुग्यो ।‘ आफ्नो भनाइलाई स्टिग्लीज अझै प्रष्ट पार्छन्-‘ठूला वित्त कम्पनी र कर्पोरेसनहरुले सबैजसो राजनीतिज्ञलाई चन्दा दिन्छन् । उनीहरुले पैसाको आडमा चुनाव जित्छन् त्यसैले उनीहरु वित्त कम्पनीहरुको हितमा काम गर्न बाध्य हुन्छन् र उनीले त्यसो गरेनन् भने उनीहरुले अर्को चुनावमा सजाय पाउँछन् अर्थात हार्छन् ।’ ओपन सेक्रेटडटअर्गका अनुसार वित्त कम्पनीहरुले सन् २००९ देखि अहिलेसम्म ५७ करोड डलर गठियारहरु (Lobbyist) पोस्नको लागि र १७ करोड डलर चुनावी अभियानहरुमा चन्दाको रुपमा खर्च गरेका छन् । त्यस्ता नाफाखोर कम्पनीहरुको नीतिनिर्माण तहमा प्रभाव पार्ने हुनाले आर्थिक संकटको अवस्थामा पनि ठूला बैंक तथा वित्त कम्पनीहरु भने अरबौं डलर नाफा कमाइरहेका छन्, बोनस बाँडिरहेका छन् । तर आम मानिसहरुको अवस्था भने झन् भन्दा झनै खस्कँदो छ ।

टोरन्टोमा भएको प्रदर्शन। फोटो सौजन्यः रोयटर्स
टोरन्टोमा भएको प्रदर्शन। फोटो सौजन्यः रोयटर्स

तथ्यांकहरु भन्छन्, अमेरिकामा राज्यको एक चौथाई आय १ प्रतिशत धनाढ्यहरुको पोल्टामा जान्छ । धनी १ प्रतिशतले राज्यको कुल ४० प्रतिशत सम्पत्तिमाथि कब्जा जमाएका छन् । करिब ४०० धनी अमेरिकनहरुको सम्पत्ति १५ करोड गरिबहरुको कूल सम्पत्ति बराबर छ । सन् १९७० मा एक सामान्य कामदारको भन्दा बैंकको सिइओको तलब २० गुणा बढी थियो भने अहिले त्यो १००० गुणासम्म पुगेको छ । ‘खराब आर्थिक नीति कै कारण उपल्लो १ प्रतिशतका लागि राम्रो घर, राम्रो शिक्षा, राम्रो स्वास्थ्य व्यवस्था, राम्रो जीवनशैली हुनपुग्यो बाँकी ९९ प्रतिशत मान्छेहरु शिक्षा, स्वास्थ्य र सबैखाले अवसरबाट बन्चित हुन पुगे र पुग्दैछन्’ अर्थशास्त्री स्टिग्लीजको ठम्याई छ । अमेरिकामा यतिखेर धनी गरिबबीचको खाडल इतिहास मै सबैभन्दा गहिरो भएको छ । मुद्रा स्फितिलाई समायोजन गर्ने हो भने अमेरिकीहरुको सरदर आय घटेर हाल १९९७ पछि कै सबैभन्दा कम बिन्दुमा पुगेको छ । यही आर्थिक असमानता र दिग्दारी नै वालस्ट्रिट कब्जा गरौं अभियानको अनेक कारकहरु मध्ये एक प्रमुख कारक हो – सीएनएन आफ्नो अनलाइन संस्करणमा लेख्छ । त्यसो त वालस्ट्रिट कब्जा गरौं आन्दोलनले अहिलेसम्म ठोस लक्ष्य हासिल गर्न सकेको छैन र यसका प्रर्दशनकारीहरुले नाफाखोर बैंक, भ्रष्ट राजनितिज्ञ, सरकारी सुविधा कटौति र धनी र गरिबबीचको खाडलका विरुद्वमा आवाज उठाएका छन् । उनीहरुले आफुहरु अरब देशहरुमा यसैबर्ष भएको बसन्त बिद्रोहबाट प्रभावित भएर परिवर्तनको लागि आन्दोलनमा लागेको वताइरहेका छन् ।

असन्तोषका भावनाहरु घरबाट निस्केर सडकमा पोखिएपछि आन्दोलन बन्छ । आन्दोलन कुनै मिठो खान पकाए जस्तो हुँदैन ठीक सूत्र, ठीक सामाग्री र उचित समयको समायोजन गरेर गर्ने । समयक्रममा आन्दोलनले लक्ष्य निर्धारण आफै गर्न सक्छ । तर आन्दोलन आफैले कुनै नीति वा विधान बनाउन सक्दैन जबसम्म यसमा राजनीति वा राजनीतिज्ञ मिसिदैन । त्यसैले यो आन्दोलन अहिलेसम्म राजनीतिक वा नीतिगत परिवर्तनको चरणमा भन्दा पनि सामाजिक जागरणको चरणमा छ । हाललाई यसको प्रभाव, संलग्नता र नेतृत्व हेर्दा वालस्ट्रिट कब्जा गरौं आन्दोलनले अमेरिकालाई नयाँ दिशादिने नीतिगत परिवर्तनको आशा अहिले नै गर्नु धेरै छिटो हुनेछ । आन्दोलनकारीको वेबसाइटमा उनीहरुले २०१२ सम्मका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । तर सरद ऋतुको समाप्तिसँगै न्युर्योक र अमेरिकाका थुप्रै सहरहरुमा हिउँले ढाकेपछि टेण्ट नै टाँगेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरु यहाँको चिसोमा टिक्लान्/नटिक्लान् यो अहिले भन्न सकिन्न । यद्यपि यो आन्दोलनले सुदखोरहरुको केन्द्रलाई (पुँजीवादको होइन) भने एकपल्ट हल्लाइदिएको पक्कै हो ।

25 Comments

  1. Lets talk about capitalism in Nepal. After democracy, Nepali Congress was elected as ruling party. It mentioned socialist economic in its manifesto. Capitalism, market economy, or privatization were nowhere mentioned in the constitution but just after forming government, government went for capitalism, market economy, and privatization. Market prices went high, government subsidy in education, health, and agriculture were cut. People were forced to pay 10 times more but its Nepali Congress, talk socialism in front of people but advocates market economy in parliament and with donors.

  2. साथीहरु को कमेन्ट पढ्दा पनि अचम्म लागेर आयो, काठमाडौँ मा फोहोर फाल्ने सम्म को व्यवस्था छैन , अमेरिका ले कसरि अमेरिकामा सुधार ल्याउने भनेर सिकाउदै छन् |

  3. पुँजीवादको चरम बिकास संगसंगै आर्थिक सम्बन्धहरुलाइ समाजवादी सुत्र अनुरुप सम्बोधन गर्नुपर्नेमा पुरानो संयन्त्रले नै संचालन गर्न खोज्दा संयुक्त राज्य अमेरिकामा मात्र होइन बिकसित देशहरुमा समाज बिकासमा अवरोध सृजना भयो| समाज विकासबारे मार्क्स र लेनिनले राखेका अवधारणाहरु अझैपनि सान्दार्भिक छन्| तर अतिरन्जित रुपमा बाख्या गरिएको अमेरिकी आर्थिक मन्दीलाइ हात्ती दुब्लाएको भन्दा बढी यथार्थपरक होला|

  4. पुजिबाद को अबसान भैसक्यो | बचे खुचेको हरुले मिस्रित अर्थ तन्त्र मा नगई सुखी छैन | अमेरिकी जनतामा राजनीतिक चेतना बल्ल आयो | १ पर्तिसत ले ९९% को पसिना चुसेको छ |
    प्रजान्त्र भन्ने खोल ओढेर यी बुन्वासा हरुले यसरी नै चुस्चन Slow poison हो पुजिबाद | तेंह गरिब को केहि जुनी नै हुन्न |
    सच्चा प्रजतान्न्त्र भनेको के हो ? खोज्नु पर्ने बेला अको छ | Theoritically मात्र नभएर practically पनि यो के हो बेबहार मा हेर्नु पर्ने बेला अको छ | नत्र भ्रस्ट चारीहरु ले विभिन्न बहानामा गरिब हरुको पसिना चुसी राखचन है मित्र हो होसियार हुनु पर्चा |

  5. अमेरिका ले हामी सम्पूर्ण नेपाली हरुलाई अमेरिका मा लगेर निशुल्क शिक्षा, स्वस्थ, गास, बास, र कपास एवं सम्पूर्ण सुबिधा दिन सक्नु पर्दछ ! अथवा, सम्पूर्ण नेपाली हरुलाई लगेर जागिर को पनि CEO/ Manager मा राख्नु पर्छ | हैन त ?

  6. हामीले खोजेको अबसरको समानता हो नकी कम्युनिष्ट ले भने जस्तो आर्थिक समानता | यसको मतलब के भने, अहिले धनीका छोरा मात्र हार्वर्ड/वा MIT जान्छन अनि तिनै पछी ठुठुला संथाका प्रमुख हुन्छन अनि यो क्रम दोहोरिन्छ निरन्तर | तर क्षमता भएको लाई जिम्मेवारी दिने, र उसको आबस्यकता पुरा हुन् सक्ने गरि पारिश्रमिक दिने व्यवस्था गर्ने हो भने संसारको अर्थ व्यवस्था मा ठुलो परिबर्तन हुन्छ | अमेरिका मा अहिले भै राखेको जस्तो एउटा CEO लाई ५-६०० xmillion दिने प्रबित्ति त्यागेर बडीमा ४०-५० हजार dallar सम्म दिने व्यवस्था गर्ने हो भने अर्थ तन्त्र को रुप मा परिबर्तन आउछ | तेस्तै १०,००० दल्लर भन्दा बादी खाने लाई बोनुस नदिने, बोनुस को बैज्ञानिक प्रणाली विकास गर्ने हरेको व्यक्ति ले हरेको वर्ष ख्स्मता बिकसि गर्ने पर्ने आदि कर्म ले अमुल परि वर्तन ल्याउन सहायो गर्छ|

    तेस्तै राजनीतिक रुपमा पनि बडी सहभगिता मुलक हुनु पर्छ | सहकारी लाई बढावा दिने, स्थानीय रुपमा नै आबस्यकता पुरा गर्ने प्रयास गर्ने हो भने बहु राष्ट्रिय कम्पनी किन चाहियो ? “small is beautiful ” , हुनु पर्छ आर्थिक विकास को आधार |

    बस्ताबा मा पुजी बाद आफैमा खराब होइन यसको नीति र नीति निर्माता खराब हुन् | जस्तो को मनु , बोनुस मा tax लाउने तर स divident मा नलाउने हो भने
    क्रमस …..

  7. उत्तमजी !
    सार्है राम्रो समसामयिक लेख पस्कनु भो ! हुन पनि हो, अहिले न्यूयोर्कको डाउनटाउन तातेको छ, वरिपरिका कयौ सडक बन्द गर्नु परेको छ, प्रहरीको ज्यादतिको बिरुद्धमा New York Post ले NYPD Shame भनेर मुख्य पृष्ठमा छाप्नु परेको छ /
    – वास्तवमै तपाइको कुरा सहि हो कि आर्थिक उदारीकरणसंगै आर्थिक शक्तिहरूले विश्वव्यापीकरणको नाममा आज अमेरिकाको बजार चाइनिज सामानले ढाकेको छ. अमेरिकाको ठुला/साना व्यापारीहरूको लाइनले चिनिया दुताबासमा(42St.+12Av.) भिड देखिन्छ / सस्तोको होडबाजीमा अमेरिकी उत्पादन कम्पनीहरू ओझेलमा परेको छ /
    – सामुदायिक सन्तुलन मिलाउने नाममा अमेरिकाले यति धेरै बिदेशी झिकायो कि अहिले ति सबैको Social Security, health benefit, insurance, tax return को नाममा अरबौ डलर खर्चिरहेको छ / (हरेक वर्ष सबै महादेशका गरि ५५,००० व्यक्तिहरूलाइ अमेरिकामा कम जनसंख्या भएका देशका नागरिकहरूलाई झिकाउछ्न /) त्यस देखि बाहेक अन्य भिसामा आएर Asylum मार्फत गर्ने त कति कति !! टिबेटन बोल्ने र देखिनेहरूलाइ त झन् सजिलै गरेको पनि देखियो, चलन चल्तीको भासामा लामा भिसा आदि भन्दो रहेछ / (फेरी एक पटक आइसकेपछी गम्भीर अपराध नगर्ने हो भने, बिना कागजपत्र राम्रो व्यक्ति बनेर बिसौ वर्ष खुल्लम खुल्ला घुमी हिडे पनि कसैले केहि डिपोट सिपोट गरेको पनि सुनिदैन/)

    (बिरोध एकातिर छ, यति हुदाहुदै पनि अमेरिका अमेरिका नै हो, किनकि यहाँ जे छ अन्त संसार भर कतै छैन ! केहि साथीहरूको जिज्ञाशा आएमा मोटामोटी व्यक्त गर्ने प्रयास गर्नेछु /) गरिबको छोराछोरीले एउटा सिसाकलम, हात्तीछाप चप्पलको लागि रोएको र धनीको छोराछोरीले ब्रान्डेड जुत्ताको र मोबाइलको लागि रोएको जस्तै पनि हो /

  8. समयसंगै यात्रामा साम्यवादी र पुजीबादी दुबै विचारका अार्थिक प्रणालीहरूले गंभिर धक्का खान पुगेका छन् । धक्काको शिक्षा लिएर जुन जुन विचारले समयको गति समात्न सके ती मात्र अतित्व बचाउन सक्छन् । अहिले एक दशकको अन्तरालमा पुजीबादले फेरी धक्काका खान थालेको छ यध्यपी पुजीबादले अाफुलाइ निकै सपारेको पनि हो विगतमा । कल्याणकारी समाजको मिश्रित अर्थ ब्यबस्थाको कार्यान्वयन यही बाध्यताले दिलाएको ज्ञानहो । के चेन्ज गर अाफुलाइ कि मुत्यूका लागी तयार हैा !!! यो नयाँ समयको अाह्वान हो !

  9. यो सहि कदम हो भन्न पर्छ किन भने धनि र गरिब बिचको यो खाडल अति गहिरो र फराकिलो भयो जसमा पुल्हाल्न सम्भव छैन. जम्मा १% भन्दा कम धनि हरुले ८ अर्ब मानिसहरु लाई दास बनाएका छन् येस्मा सबैले आफ्नो भाग पाउनु सबैको अधिकार हो. यो भयो विश्वको संधर्व, अब हाम्रो संधर्व हाम्रो देश मा भ्रस्टाचार गरेर भएका धनीमानी पिउन देखि मन्त्रीसम्म को सोषण र रातारात करोडपति भएका गिरोह हरुलाई चाहिं सजाय दिनेकी फूलको माला दिने. मुलुक जनताले र नेताले के गर्ने यो एउटा सोंचनु पर्ने बिषय बनेको छ. नेपालमा माओबादी को दब्दाबीमा पनि भ्रस्टाचार रोकिएको थिएन.नेपालमा घुस्नाखाने कर्मचारी छैन भन्न त सकिन्न तर ९९.९% ले घुस खान्छ कि भन्ने आकडा चाही गर्न सकिन्छ. येस्मा कसले कसलाई कारवाही गर्ने? के नेपालको नया संविधानले यी पिडित हरु लै न्यायको ठाउँ देला त ? हाम्रो मुलुकमा भ्रस्टाचार देखेर मलाई त कुनै पनि सरकारी कार्यलाय जानु भने पछी उल्टी आउछ पेट दुखेर आउछ . गा बि.स देखि मन्त्रालयसम्म यात्रा गरियो सबै चोर र दलाल मात्र बसेका रहे छन्. के गर्ने एस्तो छ हाम्रो प्यारो जन्म भुमि नेपाल को बिडम्बना. नमस्ते

  10. * उदारीकरणको नाममा आर्थिक नीतिहरुलाई यसरी विकृत गरियो कि ‘प्रजातन्त्र १ प्रतिशतले १ प्रतिशतद्वारा १ प्रतिशतको लागि शासन गर्ने व्यवस्थामा रुपान्तरित हुन पुग्यो ।‘
    * करिब ४०० धनी अमेरिकनहरुको सम्पत्ति १५ करोड गरिबहरुको कूल सम्पत्ति बराबर छ । सन् १९७० मा एक सामान्य कामदारको भन्दा बैंकको सिइओको तलब २० गुणा बढी थियो भने अहिले त्यो १००० गुणासम्म पुगेको छ ।

    !!!!!!!!! ENOUGH IS ENOUGH !!!!!!!!!!!!

  11. There are so many levels of life. The complexity goes on into infinity. Just thinking of all the millions of people all whom hold their own beliefs, opinions, ideals and realities. Perhaps we have a shared common reality but we can not see it for what it is… only imagine what is like. The senses that we hold currently are not only limiting but in our current state of society are dimmed down due to distraction of non important things, our constant state of doing (but not feeling!), our unhealthy diets and lack of self care. If we could only slow down to feel and ask questions… we may start taking advantage of the senses that we do have and perhaps even gain new ones since we’d, as a collective would evolve into a higher level of species. We do not need to keep living in a war driving slavery world. We need to stop and look up at the sky, take a breathe and smile for no reason. We need to search for a reason to live and live that without fear. When we become into our true selves, embrace all our colors and differences… we become god. As a collective all embracing ourselves we are consistently inspiring others and ourselves.

    I want to be your challenge. May you question and challenge everything I say or think. I am not the answer, you are. Never stop asking questions. When we are comfortable and figured out we are stuck, stagnate, with a loss of growth, loss of purpose loss of life………….

  12. सेप्टेम्बर ११, २००१ पछी अमेरिका आरालो लाग्दै गए पछी ठुला साना ब्यापारी र धनाद्द्यहरुले कसरी बढी नाफा लिने र सम्पति थुपार्ने मात्र ध्यान छन् / अमेरिकामा रोजगारी गुमेको मुख्य एक कारणमा ठुला साना सबै ब्यापारीहरु मिलेर उदाहरणको लागि १० जनाले गरी राखेको काम ५ जनालाई मरी मरी गराएर शोसन गरी राखेका छन् / म काम गर्ने ठाउँमा गोराहरु यो त दासप्रथा जस्तो भयो भनेर काने खुशी गरेको सुनेको छु / पहिला पहिला गोराहरुले दास बनाउन अफ्रिकाबाट ल्याउन्थ्यो भने अहिले काला, गोरा र विश्वका मान्छे ल्याएर “नखाउँ भने दिन भरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार” बनाई राखेका छन / यसरी काम गर्दा पनि गाँस,वास, कपास र अपचार गर्न धौ धौ हुन्छ / यिनीहरु अव “कालो गए गोरो आउँछन” भन्ने सिद्धान्त अंगालेर सबैलाई दास बनाउन खोजि राखेका छन् / अलि बढी गार्हो सार्हो काम गर्ने प्राय: तेस्रो मुलुककै मात्र हुन्छन / सक्ने बल, बुद्धि भएकाले त गरी खाएका छन् भने नसक्नेहरुले हावा खाई राखेका छन् / तेस्रो मुलुक बाट आएका अमेरिकामा मै पढे लेखेकाहरुलाई पनि यिनीहरुले “थाल खाउँ की भात खाउँ” बनाई राखेको गुनासा सुनेको छु / संसारको जुनसुकै मुलुकमा ९९ प्रतिशत ठुला ब्यापारी र धनाद्द्यहरुले शासन गरि राखेको हुन्छ भन्ने कुरा यो लेखले प्रष्ट भै सकेको छ /

  13. उत्तम जी को लेख अतिनै उत्कृष्ठ छ / उत्तम जी तपाइँ नेपाल मा गएर यी टेस्ट पास पनि नभएका ले देश, अर्थ मन्त्रालय र अरु मन्त्रलाये चलाएका छन् तपाइँ भने अम्रिका मा हुनुहुन्छ / प्रयास गरौ उत्तम जी , येस्तई तपाइँ हरु जस्ता व्यक्ति देश छोडेर बाहिर जाने अनि औठा छाप हरु नीति निर्माण गर्ने ….मैले तपाईलाई मनै देखि भनेको हो यसलाई नकारात्मक नलिनु होला…

    अम्रिका मा तप्पाई जस्ता बसेर ८-१० लाख डलर कमाउनु होला तर नेपाल को गरिबी टेलिभिजन मा हेरेर बस्न सक्नु होलार …?

  14. एक दिन सर्ब हारा को दिन पनि आउने छ ( अर्थ समानता). यै संकेत दिदै छ दुनियाले चेतना भया.

    • हामीले खोजेको अबसरको समानता हो नकी कम्युनिष्ट ले भने जस्तो आर्थिक समानता | यसको मतलब के भने, अहिले धनीका छोरा मात्र हार्वर्ड/वा MIT जान्छन अनि तिनै पछी ठुठुला संथाका प्रमुख हुन्छन अनि यो क्रोम दोहोरिन्छ | तर क्षमता भएको लाई जिम्मेवारी दिने, र उसको आबस्यकता पुरा हुन् सक्ने गरि पारिश्रमिक दिने व्यवस्था गर्ने हो भने संसारको अर्थ व्यवस्था मा ठुलो परिबर्तन हुन्छ | अमेरिका मा अहिले भै राखेको जस्तो अमेरिका मा ५-६०० xmillion दिने प्रबित्ति त्यागेर बडीमा ४०-५० हजार dallar सम्म दिने व्यवस्था गर्ने हो भने अर्थ तन्त्र को रुप मा परिबर्तन आउछ |

      तेस्तै राजनीतिक रुपमा पनि बडी सहभगिता मुलक हुनु पर्छ | सहकारी लाई बढावा दिने, स्थानीय रुपमा नै आबस्यकता पुरा गर्ने प्रयास गर्ने हो भने बहु राष्ट्रिय कम्पनी किन चाहियो ? “small is beautiful ” , हुनु पर्छ आर्थिक विकास को आधार |

      क्रमस …..

  15. श्रोत, साधन र शक्तिको अन्यायपूर्ण (असन्तुलित मात्रै हैन) बितरण नै गरीबिको खाडललाई अझै गहिर्याउने र धनी-गरिब बीचको दुरिलाई दिन दुई गुणा रात चौगुणा बढाउने मूख्य कारक तत्व हो । पहिले सुदखोर साहु महाजनको सयकडा ५%< त्यो पनि चक्रबर्ती ब्याजले गरिबको थातबास उठाइ रहेका थिए भने अहिले त्यै काम बैधानिकताप्राप्त कृषि बिकास बैंक लगायतका गरिबमारा बित्तिय संस्थाहरुबाट भै रहेको छ नेपालमा । अमेरिका होस् कि सोमालिया, ब्रिटेन होस् कि नेपाल सबै बित्तिय संस्थामा सत्ताधारीहरुकै प्रत्यक्ष्य अप्रतक्ष्य संलग्नता छ किन कि त्याहाँ तिनिहरुकै परिवार, नातेदार र राष्ट्रिय अन्तरराष्ट्रिय धनीमानी साहुहरुको लगानी छ । तिनिहरु पारस्परिक स्वार्थमा चल्छन र एक अर्कालाई परेको बखत मद्घत गर्छन् (सत्ताधारीहरु धनाढ्यहरुको अनुकुलको नीति नियमहरु बनाएर अनि धनाढ्यहरु सताधारिहरुलाई चुनाव ताका लगायत आवश्यकता परेको बखत अन्य समयमा समेत आर्थिक सहयोग गरेर) । यसरी सिमित बर्गले देशको श्रोत, साधन र शक्ति आफ्नो कब्जामा राखेर आफ्नो स्वार्थ र इच्छा अनुकुल प्रयोग गरी राखेका छन । त्यसैको परिणाम हो विश्वमा आएको आर्थिक मन्दी र चरम गरिवी । अती गरिब देशका साशकहरु पनि अकुत सम्पत्तिवाल हुनु र आर्थिक संकटको अवस्थामा पनि ठूला बैंक तथा वित्त कम्पनीहरुले अरबौं डलर नाफा कमाइरहनु र बोनस बाँडिरहनु त्यसैको एक उदाहरण हो ।

    यहीबाट शुरु हुन्छ बर्गिय स्वार्थ, बर्ग बिभेद, बर्गिय शोषण र बर्ग संघर्ष । यसरी देशको नियम कानुनलाई प्रभावित पारेर अकुत सम्पत्ति आर्जन गर्ने नाफाखोर बर्ग र सो गर्न सहयोग गर्ने सत्ताधारी बर्ग जात, धर्म, क्षेत्र, राष्ट्र, राष्ट्रियता सबै बिर्सेंर जहिले पनि एक ठाउँ हुन्छन्, यिनिहरुको नेटवर्क हुन्छ अर्थात यिनिहरुको बर्गिय स्वार्थ मिल्छ र आफ्नो बर्गिय स्वार्थ पुर्ती गर्न अहोरात्र लागि पर्छन । यसो गरेर यिनिहरुले नेपाल जस्ता गरिब राष्ट्रको मात्रै हैन बिश्वको आर्थिक महाशक्ति राष्ट्रहरुको अर्थतन्त्रलाई समेत तहसनहस पारी दिएका छन ।

    शोषित बर्गको तर्फबाट यिनिहरुलाई दरो चूनौती दिने कम्युनिष्ट या त अव्यबहारिक उग्रपन्थी धार पक्डेर हिंडेका छन या त कम्युनिष्टको खोल ओढेर नाम मात्रको कम्युनिष्ट भएर यिनिहरुकै पाउमा त्वम शरणम् गरेर लम्पसार परेका छन (नेकपा एमाले जस्तो) । अझ नेपालका शोषित बर्गको स्वघोषित मशिह एनेकपा माओवादीले त आफ्नो संगठन बिस्तार र बिकास गर्ने लोभमा आधारभूत कम्युनिष्ट सिद्धान्तकै खिलाफमा बर्ग संघर्ष र बर्गिय राजनीतिलाई पुरै तिलान्जली दिएर जात, थर, गोत्रै पिच्छेको संगठन बनाएर श्रोत, साधन र शक्तिको अन्यायपूर्ण बितरण बिरुद्धको संघर्षलाई बिर्सिएको मात्रै हैन, देशमा बिद्यामान जातिय सद्वभावलाई भडकाएर देश बिखण्डनको भयंकर खतरनाक बिषको बिऊ छरेर मख्ख परेर बसेको छ । यस्तो अवस्थामा यी छद्मभेषी कम्युनिष्टभन्दा 'स्वार्थी पुँजीवादको केन्द्र' वाल स्ट्रिट कब्जा गर्न संघर्षरत प्रदर्शनकारी माथि विश्वास गर्नु र साथ दिनु उपयुक्त र फलदायी हुन्छ भन्ने मलाई लाग्दछ ।

  16. सर्बहारा बर्गको लागि भनेर १७००० नेपालीको चिहान बनाउने अर्थात् एसु प्रभुका चेला हल्का प्रम बाबुराम भट्टराई त पुन्जिबाद्तिरा लम्कदै छन् भने यता नाराहरुको कुनै अर्थ छैन नेपालमा !

  17. यो जायज आन्दोलन हो |अमेरिकाको हालत दिनानुदिन बिग्रिन्दै गइ रहेको छ |

  18. अमेरिका सरकारलाई कुन देश माथि युद्द छेड्ने भन्ने चिन्ता मा बेस्त भैरहेको बेला यस्ता झिना मसिना कुरू संग रुमल्लिन उसले कसरि जरुरि ठान्छ / उसलाई ईरानको आन्तरिक मामलामा चिन्ता लाग्छ , चीनको प्रगतिमा मुर्मुरिन्छ,लिबिया धोस्त बनाउन लागि पर्छ / बिश्सो माथि उसको दादागिरी कायम राख्न पैस्सा चाहिन्छ / अनि पुजीपतिको हितमा काम नगरी कसरि अरुको लागि गर्न सक्छ ?

  19. No Borders !
    No Wars !
    No Banks !
    No Debts !

    यो मानबिय नारालाई सबैले आ- आफ्नो फेशबुक भित्ता आदिमा टासौ !
    सचेत चेतनशील मान्छेहरुले यो आन्दोलनलाई सपोर्ट गर्नु पर्छ !
    कैले सम्म मान्छे मान्छे भएर बाच्न नपाउने ?
    बिस्वभर घन्कियोस यो नारा !

  20. “पैसा” ले नै यो संसार चलाएको छ, “सरकारले” होइन ! पहिले पहिले ‘सुन’ धितो राखेर पैसा छापिन्थ्यो तर आजकल केहि धितो नराखी ‘क्रेडिट’ मा पैसा छापिन्छ ! तेसैले आजकल पैसा एउटा कागजको टुक्रा बराबर हुन गएको छ ! अमेरिकामा हुन लागेको ‘इकोनोमिक कोल्याप्स’ येसैको एउटा उदाहरण हो !

    पैसाले नै धनि र गरिब छुट्यायो, पैसाले नै धर्म र जातभात छुट्यायो, पैसाले नै देश देश बीच लडाई भिर्यायो ! आजको दिनमा, यो संसारमा हरेक दिन करिब २५ हजार मानिसहरु खाना खान नपाएर भोकै मर्छन, करिब ८० लाख मानिसहरु हरेक बर्ष गरिबीले मर्छन, करिब ८ करोड जनताहरु हरेक दिन एक छाक खान्छन, र करिब १ अरब भन्दा बढी यो संसारका जनताहरु हरेक दिन १ डलर भन्दा कम ज्यालामा जिन्दगी बिताईरहेका छन् !

    तेसैले अब हामीले यो ‘पैसा’ भन्ने चिजलाइ हटाई, सबै मानब-जातिको कल्याणलाइ ध्यानमा राखी सबै मानब-जातिलाइ बराबर धनि बनाउने ‘सिस्टम’ ल्याउनु जरुरी छ, जुन “श्रोतमा आधारित अर्थ-ब्यवोस्था” (Resource Based Economy) बिना सम्भव छैन ! जब “पैसा” हट्छ र “श्रोतमा आधारित अर्थ-ब्यवोस्था” लागु हुन्छ तब हामीलाई सरकार पनि चाहिंदैन, पुलिस-आर्मी पनि चाहिंदैन, सिमाना पनि चाहिंदैन…. सोच्नुहोस कस्तो होला हाम्रो त्यो संसार … हामीले “स्वोर्ग” येही पृथ्वीमा नै पाउनेछौ… !

  21. जायज आन्दोलन ! आकाश र पातालको यो विभेदलाई मेटाउनै पर्छ, हो ! धेरै ब्रम्हलुट र असमानता छ यँहा ! एउटा क्रेडिट कार्डको $ 1.50 due छ तर due date कटेको भोलि पल्ट penalty बुझाउन पर्यो भने उही $ 35.00 नै बुझाउनु पर्ने बाध्यात्मक परिस्थिति छ ! यसको साथै कथंकदाचित overdraft भइहाल्यो भने चाहे त्यो $01.10 होश वा 1000 .00 यो त् सानो उदाहरण हो ! यस्तो त् धेरै ठाउँमा हुन्छ ! Finance बाट ऋण लिंदा होश वा कुनै समान किस्तामा किन्दा यती धेरै hidden cost लादिन्छन कि भनि साध्य छैन ! अर्को तर्फ इन्सुरेन्स कम्पनिको कुरा नगर्नु नै बेश ! पार्किंगलटमा गाडी पार्क गर्दा कसैले ठोकेर भाग्यो ! भोलि इन्सुरेन्स कम्पनीले भनेको कोलिसन सेन्टरमा लग्यो बाहिर त्यहि गाडीलाई $350 .00 को इस्टमेट गरेको छ भने उनीहरुले $1400 .00 बिल देखाउछन ! सेल फोनको बिल आउँदा त्यस्तै ! किन यस्तो ज्याजतिलाई रोक्न सकी रहेको छैन अमेरिकन सरकार ! यदि यसरि नै ठुला पार्टीका राजनितिज्ञंहरु संधै ठुला कम्पनीको हस्तीहरुको अगाडी सर्पको अगाडी गरुड हुने हो भने सर्बसाधारण संधै कंगाल मात्र होइन कंकाल ( अस्थिपन्जर) पति हुनेछन !

  22. यो सब अति अनियन्त्रित पुजिबाद र भ्रस्टाचारको परिदाम हो.. साम्राज्यबादको प्रतिफल हो .. शक्ति र सत्ता मोहले गर्दा लोक कल्याणकारी कर्तब्य बाट राज्य बिमुख भाको उदाहरण हो ..
    >>करिब ४०० धनी अमेरिकनहरुको सम्पत्ति १५ करोड गरिबहरुको कुल सम्पत्ति बराबर छ । अफगानिस्थान र इराकमा लडाई गर्न खर्च गरेको पैसा हाम्रो जस्तो गरिब देशमा लगानी गरेको भए संसार बाटै गरिबी उन्मुलोन हुने थियो … अन्नमा खर्च हुनु पर्ने पैसा गोलीमा लगानी भै रहेछ ..अम्रिका संग पैसा टन्न हुदो हो त उत्तर कोरिया र इरान लै पनि अहिले सम्म हानी सक्ने थियो , भित्र भित्रै अमेरिकी अर्थतन्त्र टाट पल्टिसकेको छ ..
    >>करिब २०० परिवार नेपालीले कुल बैंक कर्जाको ८०% मा कब्जा जमाएका छन् , तेस्को पनि ८०% मारवाडीको हातमा … कुनै नेता राजनीति गरेर गरिब भा उदाहरण छैन … अधिकांश नेता पाउरोटी चप्पल बाट कुनै निश्चित रोजगारी बिनै महल बसी भा छन् … आफ्नो नाममा घर जग्गा नभएको बताउने कमरेड हरुको जीवन सैली कुनै नव युवराज भन्दा कम छैन , किन चाहियो त आफ्नो नाममा घर बार गाडी आदि , त्यो भन्दा ज्यादा अहिले मिलि रा छ भने ..यो हो बर्गीय असमानता, भौतिक प्रेम र राजनीतिक अबसरबाद ..
    >>बिस्वोको दोस्रो अर्थतन्त्र चीनमा करिब ३० -४० करोड चिनिया गरिबी को रेखा मुनि छन् .. सहर र गाउका मानिसको आम्दानीमा आकाश जमिनको अन्तर छ … केहि सिमित सहरिया चिनी संग देशको आधि सम्पति छ … छोटै समयमै चिनिया अरबपति को संख्या ह्वात्तै बढेको छ … आर्थिक असमानताको ब्रिधि दर बिश्वोमै चिनमा उच्च छ ..
    >> स्पेन मा पनि बेरोजगारी लगायत को समस्याले चर्को रुप लियो ..
    >> भारतमा पनि १% जनतासंग देशको ५० करोड जनता भन्दा धेरै सम्पति छ .. दिनमा १ डलर भन्दा कम आम्दानी गर्ने को जन संख्या ४० करोड जति छ .. भोकमरी झनै डर लाग्दो छ … गाऊ र सहर बाशीको जीवन सैली नै मेल खादैन … यो देशमा पनि धेरै करोडपति नेता छन् नेपालमा जस्तै …
    >> रुसमा पनि सिमित व्यक्तिको हातमा मुख्य अर्थतन्त्र छ .. ठुला ग्यास र कोइला खानीका मालिक देशका सबै भन्दा धनि व्यक्ति छन् …असिमित कच्चा पदार्थको धनि मानिन्छ रुस … ७० बर्से एक्दलिए फासिस्ट साशन रुसलाई अभिसाप भो, राज्य १७-१८ टुक्रा भो .. नत्र अहिले अमेरिकाको ठाउमा रुस हुन सक्थियो ..
    >> अधिकाम्स यूरोपली मुलुक को हालत पनि तेस्तै छ

  23. अमेरिकीहरुले गरेको यो आन्दोलनले बिस्वो ब्यापी माने रक्दछ. जबसम्म साधारण कर्मच्रिले पनि सजिलै जिबिको पार्जन गर्न सक्ने आवस्था सिर्जना हुदैन र समाजमा धनि र गरिब बीचको खाडल कम गर्न ठोस काम हुदैन आन्दोलन जारी राक्नु पर्छ. आउनुहोस हामी पनि नेपालमा यस्तै दवाब सिर्जना गरौ र अमेरिकीहरुको यो कदमको स्वागत र समर्थन पनि .

Comments are closed.