‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking Nepal को ‘छोटकरी’ रुप ’’NRN’’ हो। र केहीलाई लाग्दो हो, ‘NRN’ को ‘लामकरी’ रुप Now, Returning Nepal हो!

तर, यी उडन्ते शब्दार्थसँग मेरो पटक्कै सहमती छैन। किनभने ‘NRNA’ को बिधान अनुसार, ’’NRN’’ भनेको Non Residential Nepali हो जो नेपाल बाहिर रहेर पनि ‘नेपाल र नेपाली’कै हितमा सोचि रहेको हुन्छ। र उ, कम्तिमा १८३ दिन नेपाल बाहिर बसेको हुनुपर्छ। यस बिधानलाई आधार मान्ने हो भने ‘एनआरएन’को प्राचिन इतिहासलाई पनि बिश्लेषण गर्नु जरुरी छ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ, एनआरएन अभियानको शुरुवात कहिले भयो? ऐतिहासिक रुपमा जनकपुत्री ‘सीताजी’लाई प्रथम महिला ‘NRN’ मान्न सकिन्छ। पहिलो पटक जनकपुरबाट भारत हुँदै श्रीलंका पुगेकी उनी थुप्रै महिना त्यहाँ बसिन्। कैदी भएर नै सही, १८३ दिनभन्दा बढि बिदेश बसोबास गर्ने उनलाई पहिलो ‘एनआरएन शहीद’ पनि मान्न सकिन्छ। किनकी, लंकाको शंकाकै आधारमा उनलाई ‘अग्नी परिक्षा’को नाममा ‘आत्महत्या’ गर्न बाध्य पारिएको थियो।

त्यसैगरी, कलाकार ‘अरनिको’ प्रथम ‘पुरुष एनआरएन’ हुन्। ‘कलाकारिता’ देखाउन भनेर चाइना गएका उनि, कहिल्यै नेपाल फर्किएनन्। यस अर्थमा अरनिको Never Returning Nepali हुन्, जसलाई हामी राष्ट्रको ‘विभुती’को रुपमा सम्मान गर्दछौं। चिनमा स्थायी बसोबास गर्न पुगेका अरनिको ‘राष्टि्रय बिभुती’ भएझैं बिभिन्न देशको ‘सिटिजनसीप’ लिएका थुप्रै नेपाली कलाकारलाई ‘अन्तराष्टि्य बिभूती’ घोषणा पनि गर्न सकिन्छ– यो मेरो नितान्त ब्यक्तिगत धारणा हो।

त्यसो त महात्मा गौतमबुद्धलाई पनि ‘मानार्थ एनआरएन’ मान्न सकिन्छ। नेपालमा जन्मिएर भारतहुँदै वर्मा, मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायत थुप्रै देशहरुमा समय बिताएकाले– उहाँमा एनआरएनको ‘ब्राण्ड एम्बेसडर’ बन्ने योग्यता पनि छ। तर, महात्मा बुद्धले यो प्रश्ताबलाई स्वीकार गर्ने संभावना ज्यादै न्यून छ, किनभने ‘नागरिकता’भन्दा माथी उठेर ‘मानवता’को प्रचार गर्ने महात्मालाई ‘डबल नागरिकता’को नारा स्वीकार गर्न निकै अप्ठ्यारो पर्दछ।

भृकुटी, सीता, अरनिकोजस्ता थुप्रै ‘प्राचिन एनआरएन’हरुलाई राष्ट्र्ले सम्मान गरको छ, गर्नै पर्छ। तर, केही कुराको बिश्लेषण हुनु जरुरी छ। राष्ट्र्कवि माधव प्रसाद घिमिरेज्यूको शब्दमा ‘सीताले सारा भिजाईन, दक्षिण लंका भारत।’ उनले लंका, भारत भिजाएर हाम्रो देशको नामलाई ‘शितलता’ त दिइन् तर ‘राष्ट्र् बिकास’मा ‘उर्जा थप्ने काम कहाँ भयो? ‘भृकुटी तारा उदाइन् र उत्तर चीन तिब्बत।’ चिन र तिब्बतमा भृकुटीले माइतीको ‘नाम’ त चम्काईन्’ तर माइतीको ‘घर’ रङ्ग्याउन कहाँ पहल गरिन्? ‘बुद्धले यहीं पाएथे, ज्ञानको पहिलो मुहान।’ कुरा एकदम सही हो, तर त्यतिबेलाका सत्ताधारीले त्यो ‘बुद्धत्व’लाई स्वदेशमा टिक्न दिएनन्, बाध्य भएर बुद्धले बिदेश पलायन हुनु पर्यो!

यस ऐतिहासिकताका आधारमा, नेपालको नाम चम्काउन ‘एनआरएन’हरुको ठूलो योगदान छ। तर, ‘एनआरएन’हरुलाई ‘ए,नारान!’ मान्दै धुपबात्ती बाल्नु जरुरी छैन, किनभने उनीहरु गैर आवासीय भए पनि ‘नेपाली’ नै हुन्, ‘नारायण भगवान’ हैनन्। ‘नेपाली’ले नेपालको लागि केही गरेछन् भने ‘एनआरएन जिन्दाबाद’ भनौंला, गरेनछन् भने ‘गफै त रहेछ सम्धी’ भन्ने बुझौंला!

बुझ्नै पर्ने कुरो के हो भने, ‘कुरा’ले देशको ‘नाम’ चम्किएला, देशको ‘मुहार’ उज्यालो हुन सक्दैन। मुहार चम्काउन ‘काम’तिर लम्किनु पर्दछ। काम गर्ने भनेको त्यसैले हो– जो जहाँ बसे पनि मन र मष्तिष्कमा ‘नेपाल’ बोकिरहेको हुन्छ।

27 Comments

  1. नेपालमा बसेर निरास बनेका हरु NRN बन्ने हुन् . आफ्नो आमा नान्गिदा आमालाइ छाडेर विदेश भाग्ने कि आमा को लाज बचाउने? अहिले आएर आफ्नो आमाबाट केहि पाउने देखे पछि नेपाल को नागरिकता पनि चाहिने? नेपालमा लगानी गर्न तिमीहरु मात्र हैन सबै tom, dick र harry चाहिरहेका छन् आजकाल! आफुलाई म नेपाली हु भन्न लाज लाग्नु पर्ने जस्तो लाग्छ यिनीहरुलाइ !

  2. नरन को परिभासा नै गलत छ. बैदेसिक रोजगारीमा जाने नेपालीलाई नरन को संज्ञा दिनु मिल्दैन. किनकी उनीहरु को राहदानी उइ हरियो नै हुन्छ. सायद भारतले पनि बैदेसिक रोजगारीमा जाने लै न र आइ को संग दिएको छ जस्तो मलाई लाग्दैन. न र न, ति बेक्तीहरु हुन् जसले आफ्नो देशको नागरिकता त्यागेर विदेशको नागरिकता लिएका हुन्छन. अब तिनीहरुले नागरिकता त्याग गर्दा सरकार संग स्वीकृति लिएका पनि हुदैनन् र नेपाल सरकारले बिदेशमा काम वा कुनै प्रसङ्गमा लामो समय सम्म बस्ने नेपालीलाई तिमीहरुले नागरिकता त्यागनु वनेर सूचना जारी गरेको पनि छैन. अब आफ्नै फाइदाको लागि पहिले नागरिकता त्यागेर विदेश बन्ने, आफ्नो गाउको भीरपाखामा खैरे बनेर घुम्ने अनि अब आएर फेरी नेपाली नागरिकता खोज्ने कुराले अरु केहि हैन “ताक परे तिवारी नत्र गोतामे
    ” वन्ने उखानलै अनुसरण गरेको कुरा इस्पस्ता पर्छा. बिदेशमा जहाँ गएर जति नै बसे पनि तेहाका नागरिकले त बिदेसीलाई हेलागरिहल्छां तेही हेपाई बाट बच्न दुइटा नागरिकता चैहिएको यिनीहरु लै . सार्है वायो भने भीर पखलाइ भैसी एन्ग्लिश सिकौछां इनीहरुले अरु कुरात उइ “भालुलाइ पुरण सुनाएको जस्तै हो
    “.

  3. आफू अनुकुल देशको नागरिकता बेचेर बिदेशमा शरणार्थी बन्ने र अहिले फेरि नेपाली नागरिकता माग्नेहरुलाई मैले चाहि Nascent Refugee Network (नवजात शरणार्थी सन्जाल)भन्ने नाम दिएको छु।

  4. मेरो बिचारमा ए’नारन हरुलाई दुइ पाटो मा बिभाजित गर्नुपर्ने बेला आ’को छ . एकथरी ति जुन श्रम बाट ठप्पा ला’र गा छन् अनि अर्का थरि ति जुन, भा’को राहदानी पनि फालेर नेपाली भन्ने सब्दलाई नै त्यागेर गा’छन् . श्रम बाट ठप्पा ला’र गाका हरुले ले एक पैसा कमाएपनि त्यो नेपालमै आउछ तर दुभाग्य के भन्दा $ कमाउने हरु को चै शंकै छ. अब तेरो घरमा त शेर मेरो घरमा मा शेर भनेझै यो घर कसको हो अनि को शेर अनि रस्त्रियेता, नेपालबाद, कसमा बढी छ भनेर नाप्ने फिता बना’का छैनन क्यारे त्येही भएर यो पुजीबाद युगमा , बाप बडा ना भैया सबसे बडा रुपैया , भन्न पछी पर्दैनन् नेपाली टाउके हरु . हेरी राख्नु न. बाकी पशुपति नाथ ले हाम्रो रक्छा गरि बक्सियोस.

  5. मनोज जी धन्यबाद/
    ********** महात्मा बुद्धले यो प्रश्ताबलाई स्वीकार गर्ने संभावना ज्यादै न्यून छ, किनभने ‘नागरिकता’भन्दा माथी उठेर ‘मानवता’ को प्रचार गर्ने महात्मालाई ‘डबल नागरिकता’को नारा स्वीकार गर्न निकै अप्ठ्यारो पर्दछ/***********

    त्यसको ठिक उल्टो – हालका NRN ले नागरिकता माग्नु भनेको ‘अमानिबिय’ भएर नै हो भन्ने कुरो प्रमाणित भैसकेको छ/
    -गैर कानुनि काम गर्ने मानब स्रोतका दलाल र – हरुको जमात ले अरु के नै गर्न सक्छन र?

  6. संसारको जुनसुकै कुनामा पुगे पनि नेपालीको बानि भनेको “बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले” जस्तै हो | नेपाली राजनैतिक रंगमंचमा मन्चन भईरहेको नेताको खोल ओडेपछी सबै जन्तुलाई नेतृत्वदाई पद नभई नहुने रोगको नाटक विदेशको जुनसुकै कुनामा रहेका नेपालीमा पनि स्पस्ट देख्न सकिन्छ | यो रोग नेपालीहरुलाई चिनाउने एउटा पहिचान नै बनिसकेको छ | मनोजजीको यी व्यंग्यले हाम्रा NRN का अँध्यारा घैंटोमा घाम लागे त हुन्थ्यो भन्ने लाग्छ मलाई |

  7. अमेरिका को ARN बेलायत को BRN जर्मन को GRN !! मेरो विचार मा पाउन्ड को नभए ,डलर को बराबर नेपाली रुपैया भए के को NRN ????? नेपाल त सरकारी कर्मचारी र ठुटे नेता को मात्रै पेवा भो के गर्नु म पनि देश मै फर्किने थिए नि म एक्लो हुट्टीट्याऊँ ले आकाश थाम्न सकिन / नेपाल को र मेरी आमा को मलाइ धेरै माया लाग्छ / NRN चाही ठगि खाने भाँडो नै हो जसले जे भने पनि ? सिमित अधिकार दिएर यो काम सरकार ले गरे हुने भन्ने चाही मेरो पनि विचार हो / जन्मेको देश मा बिना भिषा बस्न , घर , जग्गा , किन्न पाउने अधिकार बाट चाही बन्चित नगरे नेपाल लाइ पनि राम्रै आम्दानी हुन्थ्यो कि जस्तो लाग्छ !!!!! खै के खै के ???????

  8. यिनको कुरा र काम हेर्दा Nonsence Roaring Nepali (वकवास गर्जने नेपाली) पनि भन्न सकिन्छ कि?
    एकोहोरो फाईदा खोज्ने देशको लागि नसोच्ने Nasty Ruthless Nepali (छुद्र निर्दयी नेपाली) पनि भन्न सकिएला?

  9. जो जहाँ गए पनि खुट्टै तान्छन . एउटा miniature नेपाल बसारै छोड छन् .

  10. euta ले सोझो र चोखो मनले दिन्छ अर्को ले मिठो मानेर खान्छ यो NRN पनि उही ड्यांगको मुला त हो नि !!

  11. nrn भनेको अझै अर्को परिभाषा पनि छ , N- न, R- राम्रा N- नेपाली . यी सब खाली गफ गर्ने अनि उही माथि साथी हरु ले भने झैँ २, ४ पैसा कमाएर नेता हुन् खोज्ने अवसरवादी हरु नै हुन् . यसका नेता हरु हेर्नु भयो भने धेरै जसो विदेश मा नेपाली दाजु भाई,दिदि वहिनी हरु लै दुख दिएका हरु छन् होला … उही खोक्ने मात्रै हुन्

  12. हाम्रो देशमा केही नगरी बस्ने कोही पनि छैन, सबैले गरेको नै छन, गर्छो नै भन्छन तर हुने भने केही पनि होईन, मेलम्चीको पानी काठमान्दोमा धर..र..र.र..भने जस्तै हो हे नारण….

  13. मनोजजीले NRN को एउटा अर्को परिभाषा छुट्याउनु भएछ: त्यो हो नौ रंगी नेपाली!

  14. मेरो विचार मा चाही एन आर एन भनेको नेपाली नागरिकता त्यागी बिदेशी नागरिकता लिएको व्यक्ति हुनु पर्छ किन कि १८३ दिन विदेश बस्दै मा उसले आफ्नो देश को नागरिक हक गुमाई सकेको हुदैन. नेपाल को कानून ले १८३ दिन विदेश मा बिताएर आएको व्यक्ति लाइ कुनै पनि अधिकार बाट बन्चित गरेको छ जस्तो मलाई लाग्दैन. नेपाली लाइ नेपाल मा लगानी गरि देश को विकास गर्न कुनै पनि कानून ले छेकेको छैन तब सम्म जब सम्म उसले नेपाली नागरिकता परित्याग गरेको हुदैन. नेपाली नागरिकता परित्याग गर्न कुनै बाध्यात्मक कानून पनि छैन रह्यो कुरा बिदेशी राष्ट्र को नागरिकता लिन को लागि उद्गम देश को नागरिकता त्याग्ने भन्ने प्राबधान त्यो त बेदेशी राष्ट्र को नागरिकता लिन भन्दा अगाडी नै सोच्नु पर्ने हो. देश को माया भए किन लिनु पर्यो विदेश को नागरिकता ?? अनि यो एन आर एन भन्ने जन्तु कुनै पनि हालत मा देश को विकास गर्ने लक्ष्य बोकेको देख्दिन म त. गफ मात्र ठुलो हाक्ने मात्र हो. देश को लागि त्यति सारो पिर भए कसले रोकेको छ र काम गर्न लाइ. दोहोरो नागरिकता को कुरा खाली विदेश मा आफ्नो दुनो सोझ्यौना को लागि मात्र हो . एक से एक ब्यापारी मात्र छन् भोलि बिहान आफ्नो कर्मथलो को सरकार ले समस्या खडा गर्ने भयो भने नेपाली को नागरिकता देखाएर ल हेर तैले समस्या खडा गरिस भने सबै आफ्नो सम्पति बेचेर नेपाल जान्छु भन्ने तुरूप मात्र हो. तेसैले यो एन आर एन देखि सावधान.. अरबौ को सम्पति राखेका एन आर एन हरु जसले चाहने हो भने देश मा अरबौ को नया लगानी हुन सक्छा र खरबौ रोजगार सिर्जना हुन सक्छ कुनै माखो भुत्लो गरेका छन् र ? नेपाल मा आएर आफु बसेको देश को नागरिकता को तुरूप फाल्ने अनि आफु बसेको देश मा गएर नेपाली नागरिकता को गुड्डी हाक्ने काम मात्र गर्ने हुन्. खुला र इमान्दार मन ले देश को लागि केहि गर्छु भन्ने लाइ नेपाल को कुनै पनि कानून बाधक छ भन्ने जस्तो लाग्दैन मलाई ..उपेन्द्र महतो जी तपाई लाइ देश को तेती नै सारो माया छ भने आउनुस नेपाल मा तपाई ले त आज सम्म पनि नेपाली राहदानी नै प्रयोग गर्नु भएको छ क्यारे तपाई को रुस को व्यापार नेपाल मै बसेर चलाउनुस र जति मन छ लगानी गर्नुस कुन कानून ले रोकेको छ तपाई लाइ अहिले सम्म ? होइन भने मान्छे मुर्ख बनाउने खेति नगर्नुस.

  15. भारतीयहरूले विदेशमा बसोवास नगर्ने भारतीयहरूलाइ एन आर आइ अर्थात नन रिलायबल इण्डियन भन्ने गर्छन भने हामी नेपालीहरूले पनि एन आर एन अर्थात नन रिलायबल नेपलीज भन्दा खासै फरक परोइन । राज्यले विकशित देशमा विदेशीएका ति एन आर एनवालाहरूबाट खासै आशा नगरे हुन्छ। यसो भन्दा एन आर एनका मित्रहरूको सानो चित्त दुख्ला तर खासमा त त्यही हो। उनिहरू पलायनवादीहरू हुन्। देशमा पानी पर्दा विदेशी छातामूनि बस्छन् र घाम लाग्दा जन्मदेशको मायाँले ओतप्रोत भएको स्वाँग गर्छन्। पढेका मूर्ख र कपडा लगाएका नङ्गाहरूले भरिएको छ एन आर एनको बौद्धिक जमात । अष्ट्रेलिया न्यूजिल्याण्ड जर्मनी बेलायत फ्रान्स र केही अन्य यूरोपेली देशहरू लगायत उत्तर अमेरिकी महाद्विपमा छात्रबृत्तीमा पढ्न गएका पाए सम्म आध्ययन विदाको पैसा पनि त्रिवि र नेपाल सरकारबाट बुझेका, पढिसकेर स्वदेशको सेवा गर्न गरेको कबूल लत्याउँदै आफ्ना सन्तान उतै बोलाएका र उनिहरू लगायत आफू स्वयम विदेशी नागरिक बनेका र बनाएका यि पाखण्डी एन आर एनहरूले नेपालमा एक डलर लगानी गरेका छैनन्। उल्टो नेपालमा भएको घरजग्गा बेचेर र मातृभूमिलाई लुटेर आफू बसेको देशमा लगेका छन्। यिनलाई नेपाली नागरिकता त के प्रवेश निषेध गर्नुपर्छ। आगे यो ब्लगका मित्रहरूको बिचार ।

  16. सबै भन्दा ठुला NRN खाडी मुलुक मा छन् जसले ले नेपाल को अर्थतन्त्र मा सहयोग गरेको छन् तर ऊनी हरु गरिने बेबहार हेरौ त ,TIA, मन्त्रालय र नेपालका Manpower कम्पनी हरु ले जनावर ले भन्दा तल्लो स्थर को बानि ऊनीहरु पार्टी देखौचन, त्यो देख्दा मन खिन्न भएर आउछ. अब अरु NRN को पालो हो केहि गरेर देखाउने , दोहोरो नागरिकता को माग नान्ग्लो ठटाएर हाती तर्साउनु खोजे जस्तो हो

  17. यो लेख पढेर नागरिकता धितो बन्धकी राखी रास्त्रियता बेचेर NRN भनाउने हरुको आखा खुल्छ कि ?

  18. विदेशमा बसेको नेपालीहरुको पहिलो अन्तर राष्ट्रिय सम्मलेन सन् २००० को जुलाई १ देखि ३ सम्म अमेरिकाको एटलान्तामा भएको थियो। पुग न पुग ७०० विदेशमा बसेका नेपालीहरु बाहेक शेर बहादुर देउबा, झलनाथ खनाल, डा. ऋसीकेश शाह (मृत), डा. प्रकास सरण महत, दामोदर गौतम (राजदूत), गान्धी पण्डित (वकिल) र अन्य सहभागीहरुपनि थिए। माओबादीका गतिबिधि चर्चाको बिषय तर बिशेस महत्वको थिएन।
    त्यस बेला दोहोरो नेपाली नागरिकताको कुरापनि उठेको थियो र अहिले पनि उठ्दै छ। मेरो विचारमा दोहोरो नेपाली नागरिकताले विदेशमा बसेका नेपाल मूलका व्यक्तिहरुलाई अवश्यपनि लाभ हुन्छ तर नेपाललाई लाभ हुन्छ भन्ने कुरा को ठेगान छैन।

    सुरज श्रेष्ठ
    अमेरिका

  19. मनोज जी! यो पटक को लेख चाँही ठीक ठीकै हो | राम्रो भएन भन्दा नराम्रो लाग्ला; हुन त तपाईंको लेखले पनि बुद्ध, भृकुटी, सीताहरुलाई नराम्रो लाग्थ्यो होला | १८३ दिनभन्दा बढि बिदेश बसोबास गर्नेमा त तपाईं पनि पर्ने बेला भयो कि भएन विदेश जाँदा जाँदा?

  20. ठिक कुरा NRN नेपाली नै हुन् ,भगवान होइनन्,जहाँ भएपनि जहागएपनी मनमा केहि नेपाली पन बोकेको हुन्छ,क्ष्यमत र गच्छे अनुसार आफ्नो माटो लाई गोडमेल गरेर केहि फलाउन,फुलौना चाहेको हुन्छ

  21. मनोज जी, यो एकदमै राम्रो लाग्यो, कसैले पनि साएद नसोचेको NRN लाई बाहिर ल्याउनु भएकोमा, धन्यवाद
    प्रस्तुति धेरै राम्रो .

  22. ऐ आफुलाई NRN भन्न चाहनेहरु हो । बिदेशको बैँकमा .05% मा राखेको पैसाले 1% मा सरकारि रिण पत्र खरिद गर र उक्त रकम 3% ब्याज दरमा कुनै गाउँको पशुपालन तरकारि खेतिमा लगाउने र गाँउलाई आत्म निर्भर बनाउने काम गरेत भैहाल्छनि किन 12/27 गफमात्र गर्नु पर्छर । यसो गरे कसो होला ?

  23. NRN को प्रमुख उद्देस्य बिदेसमा रहेका नेपालीको हित र हकको लागि काम गर्नु हो जस्तो लाग्दछ मलाई ,यसको अलवा “एक पटकका नेपाली हामी सधै का नेपाली ” भन्ने मुख्य नारा बोकेको यो बिस्वभरीका नेपालीको छाता संगठनले देशको माया पनि भुल्दैन भन्ने बिस्वास लिएको छु
    न्यौपाने श्री (पर्वते कान्छा )
    हाल वारसा पोल्याण्ड

  24. चोटिलो प्रहार,,, सक्छौ केइ गर, सक्दैनौ चुप लागेर बस, ये नारन अब धेरै नभूक हाहाहा

  25. मलाई त NRN भनेको गफाडी हरुको अखडा जस्तो लाग्छ / धरै जसो देश को लागि मरिमेट्ने NRN भनेको मलेसिया र कतारका हरु हुन् / जो १ $ पनि बचाएर आफ्नो देशमा पथाउछन / अरु त गफाडी र देश को सम्पति बेचेर लैजाने मात्र हुन्/

Comments are closed.