नयाँ वर्ष नेपाल संवत् ११३२ को शुभकामना


देशको नाममा प्रचलनमा रहेको विश्व कै एकमात्र संवत्‌ नेपाल संवत् अनुसारको नयाँ वर्षको दिन काठमाडौँको बसन्तपुरमा ठूलो सांस्कृतिक र्‍याली निस्कने गर्छ। देशको नाममा एक सर्वसाधारण श‍ंखधर साख्वाले चलाएको यो संवत्‌ले तीन वर्ष अघि सरकारबाट राष्ट्रिय संवत्‌को मान्यता पाइसकेको छ। यो वर्षदेखि यसलाई सरकारी क्यालेन्डरमा पनि समावेश गर्ने निर्णय भइसकेको छ। सांस्कृतिक र्‍यालीका केही फोटो हेर्नुस्-

36 Comments

  1. वाह, यो हो नि त तरिका एक आपसमा मिलेर बसौ भन्ने | नेपाल संवत् ११३२ को शुभकामना |

  2. Do u know my friends more than 90% of all the festivals are celebrated in Nepal according to Nepal Era. It is also very important to study the history of Nepal. That’s why it is the truely Nepalese Era.
    Happy New Year 1132 NS.

  3. सर्वप्रथम नेपालीको रमाइलो चाड तिहार तथा सम्पूर्ण नेपालीको गौरव नेपाल सम्वत ११३२ को सुखद उपलक्ष मा सुस्वास्थ, शान्ति र उज्यालो भविष्यको लागि मंगलमय शुभकामना!!!
    प्रधानमंत्री को भनाइ स्वागतयोग्य रहेको छ । मेरो तर्फ वाट साधुवाद्!
    क्यानाडाको क्युवेक प्रान्तमा बस्ने प्राय क्यानाडालीहरु स्पानीस भाषा जान्दछन । यसरी अंग्रेजी र स्पानीस भाषा दुवैमा पोख्त हुन पाएकोमा गर्व गर्दछन । न्यूजिल्याण्ड र अष्ट्रेलियाका अंग्रेजी मूलका मैले भेटेका विद्वान मित्रहरुले (वासिन्दाहरु) यौटै भाषामा मात्र सिमित रहनु परेकोमा दु:ख व्यक्त गरेको पाएँ ।
    युरोपका वासिन्दाहरु अंग्रेजी भाषाका अतिरिक्त त्यहाँ विद्यमान फ्रेन्च्, जर्मन्, स्पानीस्, डच्, डेनिस्, पुर्ट्गीज मध्य एक वा दुइ भाषा जानेका हुन्छन र विद्यमान भू-राजनीति का कारण त्यो सम्भव भएकोमा आफुलाई सौभाज्ञशाली ठान्दछन । नेपाल विविध भाषा सिक्ने अपार अवशर भएको देश हो तर हामी मध्य कतिपय नेपालीहरु एकले अर्को भाषालाई हेय दृष्टी राख्ने गर्दछौ । हामी जुना भाषा प्रति अनुदार रहेका हुन छौ त्यही भाषा मातृ भाषा भएका आफ्ना असल मित्र रहेका हुन्छन ।
    यस अर्थमा हामी नेपालीहरु जहाँ सयौं भाषाहरु छन र प्राय: सवै नेपालीहरु दुइ वा वढी भाषामा पोख्त छन जुन गौरव को कुरो पनि हो । उपत्यकामा वस्नु हुने गैर ने वा र समुदाय मध्य कतिपयले नेपाल भाषाको पनि राम्रो ज्ञान हासिल गरेका छन भने कतिपयले आफुले पाएको भाषा सिक्ने मौंका पाउदा पनि सिक्ने अवशर गुमाएका छन । आफ्नो मातृ भाषा वाहेक पनि अरु भाषा सिक्नाले कसैलाई हानी हुंदैन बरु विशेष समय र अवसरमा त्यसले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
    तसर्थ सवै नेपालीले अंग्रेजी, हिन्दी मात्र होईन नेपालामा भएका अन्य जनजातीका भाषाहरुलाई सम्मान दिने र सकेजति सिक्दा कालान्तरमा जीवनोपयोगी हुन सक्ने कुरामा निश्चिन्त होऔं
    पुन: एकचोटी सवैलाई न्हूदँ नेपाल सम्वत ११३२ या उपलक्षसं यक्को यक्को भिन्तुना !!!

  4. यो राम्रो कुरा लेख्दा नि रातो लगाउने सबै – मुर्दाबाद
    नेपाल सम्बत को सुभकामना

  5. हेर्नुश त सस्कृति अनि परम्परा ले हामीलाई कति नजिक बनाउदो रहेछ / हामी नेपाली हाम्रो देश नेपाल /देश हाम्रो घर / अनि हामी सबै नेपाली आफ्नो मान्छे / लडाई झगडा गरेर हाम्रो घर किन बिगार्दै छौ / सबै ले बुझ्नु पर्ने कुरा /न्हुदया भिंतुना ११३२ सबै नेपाली हरुमा

  6. नेपाल सम्बत राष्ट्रिय सम्बत हो संसारमा आफ्नै देशको नामबाट चलेको यो मौलिक सम्बत हो हाम्रो । कुनै जाति बिशेषको होईन यस्मा सम्पूर्ण नेपालीले गौरब गर्नु पर्छ । अहिले सम्म त हामीले बिदेशको सम्बतलाई चलाई आयौं तच्यस प्रति कृतज्ञ भएर अब देखि हाम्रै सम्बत चलाऔं केहि समय अलि अप्ठेरो होला जस्तै ब्रम्हा भन्न अरुलाई सजीलो लाग्छ तर म्हः भन्न विरलैले सक्छन् । देशको सबै भाषा सबै लिपी संस्कृतिको सम्मान गर्नु पर्छ ।

    • नया बर्षको शुभ कामना
      नेपाल सम्बतलाई राष्ट्रिय पात्रोमा राखौं. तर माफ गर्नुस हामीले बिदेशी पात्रो चलाएका खासै छैनौं. बोर्डिंग स्कूल मा र पासपोर्टमा मात्रै म बिदेशी पात्रो को प्रयोग देख्छु. देशको सबै भाषा सबै लिपी संस्कृतिको सम्मान गर्नु पर्छ ।

  7. नेपाल संवतको सबैलाई सुभकामना.तर एउटा कुरा ख्याल गर्नुस,नेपाल संवतलाई सरकारी संवत बनायो भने राम्रो होला त?यो देशमा गुरुङ छन्,उनीहरुको पनि आफ्नै संवत छ, मगरको आफ्नै छ,किराँतको आफ्नै छ,मुस्लिमको आफ्नै छ,मैथिलीको आफ्नै छ,तामांगको आफ्नै संवत छ.अब भन्नुस भोलि सबैले आफ्नो अम्वात्लाई रास्ट्रिय संवत बनाउन पर्यो भने के गर्ने?एउटी देशमा ५० वटा रास्ट्रिय संवत राख्ने?कि नेवारहरु चाही काठमाडौँको बासिन्दा भएकोले उनीहरुलाई बढी ग्राह्यता दिनु पर्छ र अरुको संवत रास्ट्रिय हुन सक्दैन भन्ने?
    यो सब कुरा वाहियात हो.हो, नेपाल संवत हाम्रो आफ्नै हो,हामीले य्तेस्लाई माया गर्न पर्छ तर सरकारी संवत त एउटी हुन पर्यो नि.बिक्रम सम्वत्मा के त्यस्तो खराबी छ र?जुगौं देखि चली आएको संवत हो यो,अब हाम्रो दैनिक जीवन पनि यसमा नै आधारित भै सक्यो.खालि परिवर्तन को लागि परिवर्तन गर्ने कि कुनै राम्रो कामको लागि परिवर्तन गर्ने?यो भनेर मैले कसैको इमोशनमा चोट पुर्याको भए माफी पाउँ तर चली आएको पुरानो कुरा भन्दैमा त्यो नराम्रो,सामन्ती आदि आदि हुन जरूरी छ र?
    र अन्त्यमा एकपटक फेरी भन्छु, नेपाल संवत हाम्रो आफ्नो हो,यहि धर्तिको हो तर एस्लाई सरकारी संवत चाही मान्न मिल्दैन.

    • कुलदीप जी तपाईले एकदमै साचो कुरा भनुभयो कि नेपालमा नेवारहरुले मनाउदै आयको नेपाल सम्बत राष्ट्रिय सम्बत समस्या हुन्छ, तर बिक्रम सम्बत त नेपालको होइन त्यस माथि बिक्रम सम्बत त चन्द्र सम्सेर्ले राष्ट्रिय सम्बत गरेको हो जुन नेपाल सम्बतलाइ हटायर चालको हो, अब तपाईनै भनुस बाहिरको सम्बत चलाउने कि आफ्नै गरको चलाउने, म मनी तपाई जस्तै पहिला सोचाथ्य पछि यसो विचार गर्दा ठिकै लग्यो, कि कसो,

      समस्त नेपालीहरुमा नेपाल सम्बत ११३२ को शुभकामना छ,

      • म नेपाल सम्बत को सम्मान गर्छु र राष्ट्रिय पात्रोमा देखियोस भन्छु साथै अरु जे जे नेपालका परम्परागत पात्रो छन् सबैलाई राष्ट्रिय मान्यता दिनु पर्छ. खासै त्यसले ठुलो असर नेपाल लाई र पात्रोलाई गर्ला जस्तो लाग्दैन.

        राजुजी बिक्रम सम्बत नेपालको हैन भन्ने केहि आधार मा देख्दिन. अनि नेपालमा बिक्रम सम्बत नयाँ पनि हैन. पहिले देखि नै थियो. काठमाडौँ उपत्यकामा पो नेपाल सम्बत थियो बाहिर त हैन नि.बिक्रम सम्बत पुरानो र परम्परागत पात्रो नै हो नेपाल सम्बत जस्तै. अनि यो सुर्य चन्द्र मास दुवै को लागि उपयुक्त पनि छ. हाम्रा चाडपर्व ले दुवै मास लाई समेट्छ. जस्तै बिबाह ब्रतबन्ध अनि कार्यालय काम कारवाहीलाई सुर्यमास र चाडपर्व श्राद्ध को लागि चन्द्रमास. हामीलाई दुवै चाहिन्छ. एक तर्फ बाट मात्रै सोचेर हुदैन. नेपाल सम्बतले सुर्यमास लाई समेट्छ कि समेट्दैन मलाई थाहा भएन. तर बिक्रम सम्बत लाई बिदेशी भन्न खोज्नु भएको हो भने त्यो गलत हो. बिक्रम सम्बत संग नेपालीको गहिरो सम्बन्ध छ.

  8. नेपाल सम्बत ११३२को सम्पूर्ण नेपालीलाई हार्दिक शुभ-कामना अनि संस्कृतिमा असाध्यै धनि नेवाल समुदायलाई बिशेष शुभ-कामना!

  9. न्हू दया भिन्तुना| आफ्नो संस्कृति आफ्नो पहिचान| नेपालको पहिचान सांस्कृतिक बगान|

  10. नेपाल सम्बत: ११३२ या लसताये सकल नेपाली भाजु मईजु पिन्त दुनुगल निषे यको-यको भिन्तुना !!

  11. फोटोहरु त राम्रै लग्यो तर कसैको गाला अनि टोपी को राष्ट्रिय झन्डा चाँहि उल्टो पो रहेछ है !!!!!!!!

  12. नेपालको विकास क्रम अनि नेपाली मानसिकता अनुसारको नेपाल सम्बत ११३२ को पवन अवसरमा सम्पूर्ण नेपाली हाम्रो सदबुद्धिको कामना !!!!!! विश्व बाँचीरहेको २१ औ सताप्दी र हामी बाँचिरहेको १२ औँ सप्ताब्दी बीच अन्तर भेटाउने सक्ति हामीमा पैदा होस |||||||| जय नेपाल आमा !!!!!!!!!!!!

  13. म नेवार नभए पनि नेवारी परिबेस र नेवारी संस्कृति सारै मन पर्छ.

  14. कति रमाइलो! देशमा सबैजना येसरी मिलेर अगाढी गयेपो देश बन्थियो!

    जेनिश श्रेष्ठ

    • यो नेवार को मात्रै सम्बत होइन, हामी सबै नेपालीहरुको हो, तेसैले सबै नेपाली हरुलाई नव बर्ष को सुभकामना………
      साथै यसलाई नेवार हरुले मात्रै प्रवर्दन गर्ने परम्परा तोडेर सबै नेपालीले मनाउनु पर्छ
      नेपाली भाषामा पनि यसको प्रचार हुनु पर्छ…………
      सबै जात जाति को भेष भूसा हुनु पर्छ…….

  15. नयाँ वर्ष नेपाल संवत् ११३२ को शुभकामना भिन्तुना !! भिन्तुना !!भिन्तुना !! दू

  16. न्हुँ दँ नेपाल सम्वत ११३२ या लसताय् नेपालय् च्वंपिं व नेपालं पिने च्वंपिं सकल नेपा:मी पिन्त भिन्तुना देछाना च्वना ।

  17. म्ह: पूजा व नेपाल सम्बत् ११३२ या लसताय सकल नेपा: मि पिन्त दुनुगलं भिन्तुना
    Happy Mha Puja & New Year

    विदेश मा बस्नु भाको साथी हरु ले मह पूजा मिस गर्नु भाको भए http://nepalooks.com/virtual-mha-puja/
    गएर आफ्नो कलचर सम्झिनु होला .

    • एकदमै राम्रो अति राम्रो धेरै धेरै धन्यवाद. तस्क हे वाला एक्को एक्को सुभाय

  18. हाम्रो देशमा येस्तई बि-विधाताले नै हामीलाई नेपाली भनेर चिनाउचा – सबै जनालाई सुभकामना

  19. नेपाल सम्बत ११३२ या लसताये सकल नेपाली भाजु मईजु पिन्त दुनुगल निषे यको यको भिन्तुना /

  20. very nice, Thanks Mysansar!
    Happy New Year 1132 to all.
    नेपाल सम्बत ११३२ या भिन्तुना
    शान्ति व संबिधान झिगु मंतुना !

  21. नेवार समुदायको साथ साथै यसलाई क्रियाशील सकारात्मक रुपमा अन्य समुदायको संस्कृतिक जगेर्ना र बिकाशको रुपमा हेर्नु पर्दछ
    नेपाल संवत् ११३२ को शुभकामना !!!
    सुरज श्रेष्ठ

  22. सबैमा नेपाल संवत् ११३२ को शुभ अबसरमा मंगलमय शुभकामना ! यो पनि हाम्रो आफ्नो नै संवत् हो /

  23. न्हूँ दं नेपाल संवत ११३२ व सुन्ती नख: या लसताय दुनुगलय निसें भिन्तुना!!

Comments are closed.