जीर्ण भइसकेछ रानीपोखरीको पुल


रानीपोखरीको बीच भागमा रहेको महादेवको मन्दिर भाइटीकाको दिन मात्र खुल्छ। त्यसो त लोकतन्त्र आइसकेपछि रानीपोखरी छठको दिन पनि नखुल्ने हैन, तर मन्दिर खुल्ने भने यही एक दिनमात्र हो। खासमा दिदीबहिनी नहुनेहरुले यहाँको महादेवको दर्शन गरी टीका लगाउने चलन हो। तर घुमघामका लागि पनि मान्छेहरु त्यहाँ पुग्छन्। पोहोरपरारभन्दा यसपालि मन्दिरमा धेरै सुरक्षाकर्मी थिए र निकै कडाइ गरिएको थियो। दरबार स्कूलअगाडिको गेटभित्र छिर्ने बित्तिकै लेखिएको थियो- रानीपोखरीको मन्दिर जाने पुल जीर्ण भइसकेकोले सावधानी अपनाउनु होला। हेरौँ केही फोटो र भिडियो



त्यही भएर होला, सुरक्षाकर्मीहरुले पुलमा धेरै मान्छेलाई हिँड्न दिएका थिएनन्। धेरै बेर पुलमा बस्न पनि दिएका थिएनन्। फोटो खिच्न बसेकाहरुलाई समेत छिटो छिटो जान भन्थे। जान र आउन दुई वटा लाइन बनाइएको थियो। मन्दिर दर्शनपछि पनि पोहोरपरार जस्तै रानीपोखरी पूरै घुम्न दिएका थिएनन्। दायाँपट्टीबाट रत्नपार्क हुँदै निस्कने बाटोमात्र दिइएको थियो।





समयान्तर (टाइमल्याप्स) भिडियो हेर्नुस्-

12 Comments

  1. प्रताप मल्लले त्यो बेला बनाए पछी अरुले खासै वास्ता नगर्दा त्यस्तो वको हो. बिदेशमा पुराना चिजको खुब महत्व दिएर संरक्षण गरिन्छा रे . त्यस्तै बुध्धी नेपाल सरकारलाई पनि आए कति राम्रो हुन्थ्यो होला.
    कौशल भट्टराई
    सम्पादक नया विमर्श साप्ताहिक

  2. पुल जिर्ण,मन्दिर जिर्ण कवि कुन्ज अझै जिर्ण
    रगत चुसी मासु लुछी नेताको भुँडी भने अजीर्ण
    पार्टपुर्जा खसाल्दै कुदने बिचरो बस अनि ट्याक्सी पनि जिर्ण
    भीरबाट बस गुड्न दिएर पुराणको नाटक रच्ने
    त्यो सीदिओको मन र बिचार अनि आस्था कति संकीर्ण!
    राजनीतिक दलहरु जिर्ण-तिनका नेताहरु जिर्ण-कार्यकर्ता हनुमानहरु पनि जिर्ण
    नियतिले हाम्रो खटाएकोरहेछ यी सबैलाई केवल हामीलाई मात्र पिर्न
    हवाइजाहाज जिर्ण,दमकल जिर्ण-बिरामी बोक्ने एम्बुलेन्स समेत जिर्ण
    एरपोर्टका कर्मचारी ठाडै घुस माग्न थाले अफिस बाहिर छिर्न
    सुडान जाने सामाग्री जिर्ण,आर्मीका हतियार जिर्ण सडक एरपोर्ट सबै जिर्ण
    यी सबै देखेर पनि केहि नदेखे झैँ गरि बस्ने हाम्रा प्र म पर्छ अब सडकमा फिर्न!!!

    • कविता राम्रो छ . तर अन्तिम वाक्यले यसको स्तर तल पारिदियो . एक पटक सोच्नुहोस यति छोटो समयमा एक प्रधानमन्त्रिले के के नै गर्न भ्याउने हो र? केहि नभए पनि उहाको निस्वार्थ लगाव त छ देश प्रति. सबै नागरिक को सोचाई र व्यबाहर नाफेरियेसम्म तपाई नै प्रधानमन्त्री हुनु भो भने नि केहि गर्न सक्नुनहुने छैन.
      Before commenting, we have to think what could I have done in a given time if I was in the responsible position.

      • जमुना जी,सटिक र रचनात्मक टिप्पणीको निम्ति हजुरलाई धन्यवाद! औपचारिक रुपमा जिम्मेवारी लिने सवालमा मात्र मैले सबै बिक्रितिहरुको निम्ति राष्ट प्रमुखको हैसियतले प्र म ले जिम्मेवारी लिनु पर्छ भनेको हो- बर्तमान प्र म लाइ तोकेर होइन/ तोकेरै भन्नुपर्यो भने त-मैले जानेका कम्युनिस्ट प्र म मध्यमा मनमोहन पछिका आशाका किरण यिनै हुन् भन्नको निम्ति मैले हिच्किचाउनु पर्ने देख्दिन-बाँकी अरुहरु त “भातमारा” बाहेक अरु केहि नभएको कुरा त् सबैले देखेकै सत्य हो/
        I was just telling in general not particular,Jamunaa Jee.Actually I appreciate the deeds of this woriking PM who is really trying to do something for people’s interest,but not his own!!!

  3. पुल भत्केर २ / ४ सय लाश पोखरी बाट ननिकाले सम्म सम्बन्धित निकायको ध्यान जादैन यता पनि ……….हरेक ठाउमा जस्तै ………………

  4. ठुलो दुर्घटना हुनसक्छ जिर्ण पुलले..समय मा मर्मत गर्दा,वर्षमा एकदिन खुल्ने रानिपोखरीमा घुम्न आउने दर्शनार्थी आराम ले घुम्न पाउथ्यो / केहि नराम्रो हुनु अगाडी साबधानी अपनाउनु बेश /

  5. बिर प्रताप मल्ल ले आफ्नो परिवार को नाउमा बनाउनु भएको रानीपोखरी को धेरै ठुलो एतिहासिक महत्त्व छ |एस्लाई सफा गरेर, त्यहा कायाक ,डुंगा को ब्यबस्था गरे देश लाइ निकै आर्थिक फाइदा हुन्छ |

  6. माइसंसार बाट थुप्रै कुरा सिकिन्छ, आज एउटा कुरा सोधु क्यारे साथी हरु लै… यो समयाँतार भिडिओ फोटो एकै ठाउँ बाट खिचेर बहको हो कि भिडिओ खिचेर फस्ट फरवार्ड गरेको …… यो कसरि बनाइनछ वस्ताब मा ??

    • वास्तवमा यो भिडियो हैन फोटो नै हो। यसलाई अंग्रेजीमा टाइमल्याप्स फोटोग्राफी भनिन्छ। केही सेकेन्डको अन्तरमा धेरै फोटोहरु खिची त्यसलाई एकै ठाउँमा राखेर भिडियो बनाउँदा यस्तो देखिन्छ। माथिको भिडियोमा ३ सेकेन्डको अन्तरमा पाँच मिनेटसम्म खिचेका फोटो प्रयोग भएका छन्।

      • धन्यबाद सालोक्य सर, जानकारी को लागि, धेरै आभारी छु, समय अन्तर को camera मा नै अप्सन हुन्छा कि प्रत्येक ३ (चाहिएको) सेकेन्ड मा mannually फोटो खिच्ने हो ??

        तपाइँ त नया technology को त किरा नै हो है!!

        • हजुर, सबै जसो प्रो क्यामेरा मा यो अप्सन नै हुन्छ . manually खिज्दा हल्लेर बिग्रिन सक्छ(निकै कम सम्भब हुन्छा), त्रिपोद मा राखेर automatic नै चलाउनु उत्तम हुन्छ time laps को लागि. धन्यवाद

Comments are closed.