चित्रमा महाकवि

सन्दर्भः आज देवकोटा जयन्ति, पहिलो पटक प्रकाशित मितिः Aug 17, 2009
केहीअघि नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाका चित्र प्रदर्शन गरिएको थियो। विभिन्न कलाकारले महाकवि देवकोटालाई आफ्नो क्यानभासमा उतारेका थिए। हेरौँ, केही चित्रका फोटोहरु।

थप फोटोहरु महाकवि देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौँ यात्री’ गीतका साथ यो भिडियोमा हेर्न क्लिक गर्नुस्

थप फोटोहरु महाकवि देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौँ यात्री’ गीतका साथ भिडियोमा हेर्नुस्

66 Comments

  1. Mysansar lai dherai dhanyabad! Remind my old high school days. Such a great Human/Poet/Writer/Novelist….lots . Laxmi Prasad Devkota.

    I Like the compilation of his pictures and Songs a lots. Thanks again

  2. जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि !! उहाँको कल्पनाको कुनै मापन नै छैन /

  3. “कसरी खायो आगोले दिदी कमलको शरीर
    कसरी खायो आगोले दिदी मुनाको शरीर
    म कहाँ पाउँ ती मुनालाई छातीमा लगाउँ
    खरानी तिनको देउन मलाई छातीमा लगाउँ”

    सरल,सहज र सुष्पष्ट अभिब्यक्ति नै कवी तथा गीतकार लक्ष्मी प्रसाद् देवकोटाका बिशेषता हुन| जनजिब्रोमा भएको भाषालाई नै कवितात्मक भाखा दिएर लेखिएको उनको कविता तथा गीतहरु सबैले गुनगुनाउँछन| माथिको हरफलाई नै लिउँ न! प्रेमानुभुती,प्रेमालाप र प्रेमाभिब्यक्तिको यो भन्दा उच्चत्तम आलाप कहाँ भेट्टाइएला? डिल्ली बजारको एउटा कुनामा चौथाइ प्रतिमामा सिमित हुनुपर्ने ब्यक्तित्व उनी पटक्कै होइनन| नेपालका प्रमुख शहरहरुको नाभिमा उनको बिशाल कदको प्रतिमा ठड्याइनु पर्छ र उक्त प्रतिमाको मुनी उनको निम्न कालजयी अमरबाणी ठुला अक्षरमा लेखिनु पर्छ:

    हाथका मैला सुनका थैला के गर्नु धनले
    साग र सिस्नु खाएको बेस आनन्दी मनले

    ******************************
    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन

    यदी कुनै नेपालीले नेपालीपन,नेपालीत्व र नेपाली राष्ट्रियताको सँगम खोज्छ भने त्यो लक्ष्मी प्रसाद देवकोटा हो|उनको रचनामा नेपालको ढुकढुकी छ| आजको दिनमा यि महान ब्यक्तित्वलाई म श्रद्वासुमन अर्पण गर्न चाहन्छु|

    • आहा कति सुदर अभिव्यक्ति | मेरो मुख लाइ बन्द गर्दिनु भो ,हात लाइ रोकिदिनु भो
      ,सधै सधै येस्तई पढ्न पाउ |

  4. ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुंदैन
    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन | ‘

    आजकाल महान कविहरु पनि कविता लेख्छन बाबै ! नपत्याए तस्विर देखाइ सोध्नू, “यो मरन च्याँसे बुढो पनि कविता लेख्थ्यो र ? महाकवि रे नाम चैं ! लक्ष्मी प्रसाद देवकोटा नै ठान्छ क्या हो यो बुढो आफुलाई ” भन्ने नव महाकविहरु छयास छ्यास्ती भेटिन्छन आजकाल एफ एम रडियो देखि दैनिक पत्रिकामा अन्तर्वार्ता दिंदै | ३ महिने पत्रकारिता सिकेकाहरुले आजकाल ‘महान’ कविको घोषणा गर्दै हिँडछन | त्यसैले आजकाल कविताहरु ज्यूँदो लाश भैसके | कविताको सम्मान त आजकाल जाँड रक्सीले मात्र गर्दो रहेछ – “आज भट्टी जानै पर्ने भो एउटा कविता बडो निसासिरहेको छ |”

  5. अगेनाको डिलमा अनि चौरमा घामको पाहारमा बसी हुने गफगाफमा मैले नेपाली साहित्यका धरोहर देवकोटाको बारेमा सुनेका केहि कुराहरु-
    १. त्यो बेला शाहित्यमा नोबेल पुरस्कार पाउनु पर्ने मान्छे हुन् भन्ने चर्चा| अनि उनको अंग्रेजी लेखन पनि राम्रै थियो रे| उनले मुनामदनको उल्था (अंग्रेजीमा) गरेर नोबेल पुरस्कार गुठीलाई पठाएको चिठी नेपालको एयरपोर्टमा गायब गरियो रे!!!!!!(?)!!!!!!!

    २. महाकविको भाइले हामीलाई त्रिचन्द्रमा पढाउदा साथीहरुले “सरको दाजु त महाकवि- वहांको वारेमा केहि कुरा हजुर कै मुखबाट सुन्न पाइन्थ्यो कि?” भन्ने प्रश्नको उत्तरमा प्राध्यापक बुढोले व्यंगात्मक रुपमा “त्यो मेरो दाजु पागल, त्यसको के कुरा गर्ने! एकपटक उ के लेख्न बस्या थ्यो; भाउजुले दैलो पोत्न ठिक्क पारेको गोबर-माटो हलुवा भनेर ग्वाम ग्वाम खाएछ!” भनी उत्तर दिएछन्! अर्थात, देवकोटा त्यति गहिरो गरी भावनामा डुब्ने गर्थे रे|
    ३. कल्पना/सोचाईको गहिराइमा डुबेको अर्को क्षण, बनारसमा: विशाल भागीरथी गंगाको तटमा पुछारको सिढीमा बसी दुवै खुट्टा पानीमा डुबाएर, बच्चाले जस्तै गरी हातले पानीमा झ्यापुल झ्यापुल हान्दै, गंगाजीको पारी पट्टि हेरेर कल्पनाको सागरमा डुब्ने गर्थे रे!

    • भखरै फेसबुकमा बीबीसीको अडियो सुनें- त्यसमा चाहिं शाकुन्तल महाकाव्यको उल्थाको कुरा छ है!!

  6. महकबी लक्ष्मी प्रसाद देवकोटाको शन्देश

    हातका मैला, सुनको थैला के गर्नु धनले
    साग र सिस्नु खाएकै वेश आनन्दी मनले।”

    यो कुरो नेपालका अगुवा बाटो हगुवा पाखण्डी नेताहरुले बुझेको भए आज नेपालको गरिमा विश्वमा सगरमाथा झैँ उच्हो हुने थियो.

  7. धन्यवाद| जे लेखो, देखो, सुनो सब जतिगत हुन थालो | थुक्क हाम्रो नया नेपाल, के मा मर्ने हामी, रास्ट्रियता त हुनु पारो नी यार |

  8. लोड सेदिंग त्यो बेला पनि रहेछ , यौटा फोटो मा देवकोटा लेखिरख्नु हुदै छ , प्रकाश को लागि कुप्पी बालेर तर देवकोटा को पछाडी को भित्ता मा बत्ति को स्विच देखिराछ
    पक्कै पनि लोड सेदिंग नै भाको हुन सक्छ

  9. I find this a very creative work admiring someone who truly contributed in development of Nepali literature. Of course salute to the MAHAKAVI and more importantly hats off for someone who came up with this idea.

  10. अमर ब्यक्ती देबकोटामा कोटिकोटी लालसलाम !

  11. मेरो पनि है ……………..
    मुरी मुरी धन्न्य्बाद ।

  12. आदिकवि भानुभक्त होइन-लक्ष्मी प्रसाद देवकोटा हुनु पर्छ । भानुभक्त कवी होइन रामायण उल्था गरेर हिन्दू आर्यन राम र सितालाई ढोग गर्न सिकाउने-भाइ भाइ र बाबु छोरालाई लडाउने भिडाउने उल्थाकार हुन् । स्वास्नी मान्छे मात्र भएको घर ताकेर बास माग्न पुग्ने-लोग्ने मान्छे नभएको घरमा बास नदिए बदनाम गरेर लेख्ने बदमास हो र भ्रष्टचार गर्दा जेल परेका फटाहा हुन् । महाकवी लक्ष्मी प्रसाद देवकोटा सर्ेपा र बाहुन माझ अंगालो हालेर मानिस ठूलो दिलले हुन्छ जातले हुंदैन भनेर लेखी हिन्दू समाजको छेद बाहुनवादको बडपनलाई धुलोमा मिसाउने ढुंगालाई त्यसमा पनि शिवको लिंग -मुतने) लाई दूध मान्छेलाई मूत खुवाउने संस्कारको विरोधी खुला हृदयका फुका भएर लेख्ने महान आंसुकवी हुन् लक्ष्मी प्रसाद देवकोटा ।

    • ”बन्दर क्या जाने अदरख का स्वाद ” कहिले भानु भक्त को रामायण पढेको भए पो थाह हुन्थ्यो ?
      मन मा त् लक्ष्मी प्रसाद प्रति पनि द्वेस छ ,मुखले चै भानुलाई मात्र गालि |हामि हिन्दु आर्य हौ ,राम हाम्रो देउता हो | हामि पुजा गर्छु तपाइको के बिग्र्यो ?
      तपाइको देउतालाई त् हाम्ले गालि गरेको छैन ?
      सिब लिंग को पुजा गर्ने भनेको आस्था हो |तपाइहरुले दलाइ लामा को गु लाइ प्रसाद भनेर खाए जस्तो हैन |
      तेत्रो दार्जलिंग ,सिक्किम को चोक चोक मा भानु जयन्ति मनाउने हरु ,नेपाल को तेत्रा स्वद्दलु हरु बेबकुफ हुन् हैन ?
      थाह न भएको कुरामा आफ्नो मुख बन्द गरेपनि हुन्छ नि , किन बिष बमन गर्नु ?

    • हे मित्र हो भ्रमर झैं भित्र भित्र घुसिकन,
      गुण खोजेर फूलमा लौ मोजै मोज मार है|
      फोहरमा रमाउने अन्त आँखा नलगाउने,
      झिंगाले घाउ खोजे झैं दोषी दोष नखोज है|

      • भ्रमर झैँ फुल मा ,घुसी घुसी कन|
        मधु समान मकरंद,चुसी चुसी कन |
        मगन मस्त सखे ,किन मात्तियेउ,
        नबुझी द्वन्द अनर्थ ,तिमि पात्तियेउ |

    • मैले केहि भन्दिन यो शेर्पालाइ , भन्ने जति सबै रानुले भनिसक्नु भयो/ तेत्ति हो नजानेको कुरामा मुख नखोल्नु.

    • लेख्न सबैले जानेको हुन्छन जसले क देखि ज्ञ सम्मको मात्रा मिलाउन सक्छ / जसमा भाव हुनु पर्यो नि ति लक्ष्मी प्रसाद अनि भानु भक्तको नि लेखाई, तिमि शेर्पा (मात्रै माथि कमेन्ट गर्ने ) को नि लेखाई, सबै नेपालका सन्तान / जे होस् आज अरू भन्दा नि लक्ष्मी प्रसाद पार्टी नै श्रद्धा सुमन अर्पण गरौ /

  13. यात्री

    कुन मन्डिरमा जान्छौ यात्री
    कुन मन्डिरमा जाने हो?
    कुन सामाग्री पुजा गर्ने
    साथ कसोरी लाने हो?
    सानीसको काँड चदी
    कुन देबपुरीमा जाने हो?
    ……..

    मनको सुन्दर हिसासनमा
    जगडिसको राज।
    चेतनाको ज्योती हिरण्य
    उसको सिरको ताज।।
    शरिरको सुन्डर मन्डिर
    विशव क्षेत्रको माझ।
    भित्र ईश्वर छ बाहिर आँखा
    खोजि हिडछौ कुन पुर?
    इश्वर बस्दछ गहिराईमा
    सतह बहन्छौ कती दुर।
    खोजी गर्छौ हृदय उगाउ
    बत्ती बाली तेज प्रचुर।
    ………

    तर तपाईको देशमा कसैले हृदय भित्र बत्ती बाल्दैन्न…….

    • यो त टोखाको लक्ष्मी रत्न महर्जनले लेखेको कबिता जस्तो लाग्यो !!

    • डिल्लीबजारमा जन्मे हुर्केकाले नेपालभाषा पनि फर्रै बोल्थे रे |

  14. Devkota is a great poest in Nepal.

    Devkota sadaiko lagi amar rahun.

    ;Manis thulo dilale hunchha jaatle hundaina ::

    Great!!

  15. “हातका मैला, सुनको थैला के गर्नु धनले
    साग र सिस्नु खाएकै वेश आनन्दी मनले।”

    Amazing timeless classic piece of Maha Kabi.

  16. “हातका मैला, सुनको थैला के गर्नु धनले
    साग र सिस्नु खाएकै वेश आनन्दी मनले।”

    वाह! कती सत्य छन् देवकोटाका रचनाहरू। महकवी, तिमी धन्य छौ। हामी सम्पूर्ण नेपाली तिम्रो देनको लागि आभारी छौँ।

  17. I think he is one of the all time greatest minds of nepal.

  18. Thanks for your good job.
    You have placed some photos of our great poet Laxmi Parsad Devkota as well as song Kum Mandir Ma Jan……..you know early in the morning i downloaded and heard this song really it tinged my heart.Well i like singer of this song Rabin sharma who is learned guy.He has done full justice for this song preserving devkota’s sentiment so Rabin sharma is vital singer in our country in my aspect.

  19. My utter and utmost respect goes to Late Mr. Devkota. He is a true gem of Nepal and Nepali literature. An idealist by nature, his works have influenced me since childhood.

  20. महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपाली साहित्यको जिउँदो ढुकढुकी र नेपाली जातिको श्रीपेच हुनु हुन्थ्यो. मुना मदन नेपालीको एकमात्र साचो आत्म कथा हो . यस्ता सत्य अंगाल्ने कवी लेखक र साहित्य रथी हाम्रो युगले पाउनु हाम्रो लागि अत्यन्तै गरिमामय अवसर हो . उँहालाई पच्छ्याउने अहोभाग्य पाएर हाम्रा धेरी साहित्य कर्मिहरुले नेपाली साहित्य खजाना भर्ने कम गरेका छन्. स्कूलदेखि कलेज सम्मक बिद्यार्थीहरुले उंहाको साहित्य अमृत सेवन गर्ने मौका पाई धन्य बन्ने मार्गदर्शन पाएका छन् . त्रि रत्न (कवि शिरोमणि लेखनाथ पौड्याल, लक्ष्मी प्रसाद देवकोट अनि बालकृष्ण सम) का देनहरुमा रत्न श्री देवकोटाको कृति सर्ब श्रेष्ठ छ जस्तो मलाइ लाग्छा . यी रत्नहरु पाएर नेपाल धन्य बनेको छ र हामी जिवान्त ऋणी छौ .

  21. My Salut to Mala Kabi – Laxmi Prasad Devkota and thanks to organizer for selecting such a theme.
    Mohan
    Sudan

  22. लक्ष्मीप्रसाद देवकोटा जस्ता महापुरषका बारेमा जति लेखेपनि थोरै हुन्छ । मानव जातीको इतिहासमा विरलै जन्मने यस्ता चेतनाका हस्तीहरुका जीवन भोगाइका बारेमा चित्र कोरेर आगामी पुस्ताका लागि केही दिन कोशिश गर्ने चित्रकार बान्धुहरु तथा चित्रकला पर््रशर्दनी गर्नेहरुलाई मेरो मुरी मुरी धन्यावाद ।

  23. Freind,
    Singer is Rabin Sharma.If you know the song ‘TIMI YASAI LAJAYAU’ you know the singer.

  24. उद्देश्य के लिनु उडी छुनु चन्द्र एक

  25. लक्ष्मी प्रशाद देवकोटा अत्यंत बैभवशाली ब्यक्तित्व होइबक्सन्थ्यो / म उहालाई कोटि कोटि प्रणाम गर्दछु/ उहा लाइ म नेपालको अब्राहम लिंकनको रुपमा लिन्छु /उहा ब्राहमण पुत्र भएर पनि जात पातको भयकर बिरोध गरी बकस्यो / धनको ब्याख्या र ख़ुशीको ब्य्ख्या गारी बकस्यो तेस्कारण म उहा लाइ नेपालको उच्चकोटिको सामाजिक र सांस्कृतिक क्रातिकारीको रुपमा लिन्छु उहालाई साहित्यकार र महाकवि को रुपमा मात्र हेर्नु हास्यास्पद हो / नेपाली बिकृत राजनीतिज्ञ हरु ले उहालाई सिमित पार्ने काम गरेको छ /न उहा त्यों सम्मान बाट खुसी भाई बक्सनुहुन्थ्यो न त म नै /

    • अलिकति थपौ गुरुङ जी
      उहाले ”बक्सेको ” भनेको चै मन पर्दैनथ्यो |उहा बेस्करी मासु खानु हुन्थ्यो ,तर मासु बिरुद्द कबिता लेख्नु हुन्थ्यो यो पनि यथार्थ हो |

  26. Maha Kabi Devkota jee, sworga bata bhaye pani indian Dalal haru lai swabhiman Nepali banna Prerana dine khalko kabita lekhi pathaidinush.

Comments are closed.