किरणका १० किस्सा (ठट्टा)

सबभन्दा ठूलो पार्टी माओवादी र त्यसमा संस्थापन पक्षसँग फरक मत राख्‍ने उपाध्यक्ष मोहन वैद्य ‘किरण’। शान्ति सम्झौता टुङ्ग्याउन हालै भएको सहमतिले धेरैलाई खुसी बनाए पनि किरणको त्यसमा विमति रह्यो। उनको पक्षले आन्दोलनै घोषणा गर्‍यो। मिडियामा उनलाई शान्ति र संविधानविरोधी भन्दै ‘राक्षसीकरण’ गरिएको छ। चिरञ्जीवी पौडेलले भने किरणलाई उडाउने केही ठट्टा तयार पारेका छन्। राजनीति नै राजनीतिबाट दिक्क हुनुहुन्छ भने राजनीति मिसिएको यो ठट्टाले तपाईँलाई अर्कै स्वाद दिन सक्छ।

१. दुई झगडिया आइमाई धनमाया र मनमाया धारे हात लाएर एक अर्कालाई सत्तोसराप गर्दै थिए।

धनमायाः तेरो परिवारलाई हैजा लागोस!

मनमाया : तेरो घरमा मोहन वैद्य किरण पसोस!

 

२. कार्यालय जान बाइक स्टार्ट गरेर हिँडेका एक सज्जन अचानक घर फर्किएः

श्रीमतीः किन अफिस नगएर घर फर्किनुभो?

सज्जनः हेर न। भर्खर हिँडेको मात्र थिएँ, मोहन वैद्य किरणले बाटो काटे!

३. मोहन वैद्य किरण कपाल काट्न भनेर सैलुन गएका थिए। हजामले उनलाई कपाल काट्न भनेर कुर्सीमा बसाए। तर, एक छिनपछि त्यहाँ ठूलो होहल्ला र भिडभाड भएछ। के भयो भनेर यसो चिहाउँदा त हजाम कुर्सीमा घोप्टो परेर बसेको थियो भने मोहन वैद्य किरण हातमा छुरा समातेर उतिर तेर्स्याइरहेका थिए।

पत्रकारले सोधे : के भयो कमरेड?

मोहन वैद्य किरणः यसले मलाई छुरा देखाएर शिर निहुर्‍याएर आत्मसमर्पण गर्न लगायो। अब कि यो छैन कि म छैन!

४. अचेल माओवादी पार्टीको बैठकमा जाँदा मोहन वैद्य किरणले छलफल सुरु हुनुभन्दा पहिले नै निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेखिसकेका हुन्छन्। एक दिन त्यसैगरी नोटअफ डिसेन्ट लेखिदिएर बैठक सुरु नहुँदै हिँडेछन्। तर पाँच मिनेटपछि बैठक स्थलमा फर्के। उनलाई देखेर प्रचण्डले कुम हल्लाउँदै भने, ‘ल, हेर्नुस, कमरेड गल्ती महसुस गरेर फर्किनुभएको स्थिति हो।’

मोहन वैद्य किरणले घुर्दै भने, ‘भ्रममा नपर्नुस कामरेड। खल्तीमा बोकेको कालो झण्डा यहीँ छुटेछ, त्यही लिन आएको।’

५. मोहन वैद्य किरण बेलुकी घरमा टिभी हेर्दा सँधै कालो झण्डा हातमा लिएर बस्छन् रे। टिभीमा प्रचण्ड वा बाबुरामलाई देखायो कि कालो झण्डा उठाइहाल्छन्।

६. मोहन वैद्य किरण चैत/वैशाखको गर्मीमा राती ज्याकेट लगाएर सुत्छन् भने पुस/माघको ठण्डीमा पंखा चलाएर सुत्छन्। पूँजिवादी मान्यताहरुलाई चुनौति दिने यो उनको आफ्नै शैली हो भनिन्छ।

७. एक दिन बूढा घुम ओढेर लुखुरलुखर रत्नपार्कमा हिँडिरहेका थिए। (काठमाडौंमा घुम कहाँबाट आयो भन्नुहोला, त्यो हाम्रो समस्या होइन)। बाटोमा कसैले सोध्यो : कमरेड, पानी त परेको छैन, किन यो घुम ओढेर हिँड्नुभो?

कमरेडले एक झापड दिँदै भनेः चीनमा त्यत्रो पानी परिरहेको छ, समाचार सुन्नुहुन्न कि क्या हो?

८. प्रचण्ड एक दिन टिभी किन्न भनेर एउटा शोरुमा छिरेछन्।

साहुजीः कस्तो मोडेलको कुन कम्पनीको टिभी देखाउँ?

प्रचण्ड जस्तो भए पनि हुन्छ, मोहन वैद्य किरणलाई नदेखाउने टिभी दिनुस।

९. मोहन वैद्य किरण सानोमा फुटबल खेल्थे। रमाइलो चाहिँ के हुन्थ्यो भने जब उनको विपक्षी टिमले गोल हान्थ्यो, गोल हान्ने खेलाडी धुरुधुरु रुन थाल्थ्यो। किनभने जब उसले गोल ठोक्थ्यो, मोहन वैद्य किरणले उसैलाई ठोक्थे। खेल भइरहँदा कहिल्यै गोल हान्न नसक्ने उनी खेल सकिएर सबै हिँडिसकेपछि खाली पोष्टमा एक गोल हानेर मात्रै घर फर्किन्थे।

१०. मोहन वैद्य किरणलाई आजकाल कसैको बिहेमा पनि निम्तो आउँदैन। किन होला? यो चाहिँ आफैं अनुमान लगाउनुस्।

72 Comments

  1. नेपाली क्रान्ति मा प्रचण्ड बनाउने महान क्रान्तिकारी नेता मोहन वैद्य किरण जस्तो क्रान्तिकारी नेताको विरुद्ध यस्ता वायियात लेख लेखनेलाई इतिहासले मुल्यांकन गर्ने छ .

  2. किरणजी जस्तो सच्चा कम्युनिष्ट यो नेपाल मा कोइ पनि छैन…उनले जति गाली गर्न कसैले जानेको chha…सच्चा कम्युनिष्ट ko परिचय व्यवहार जे भए पनि गालि गर्न जान्नु पर्छा, खास त उनि ज्याकेट पनि सुद्ध अमेरिकन नोर्थ फेस कै लाउछान नि ,,,,

  3. “ह न सबैले मंत्री पड्काउने हाम्रा चैं रित्तो हात भएछि नीउ नखोजेर के खोज्ने ल भन्नुस् त ” – बैद्य बाजे

  4. बिपा सम्झौता लगानी ठिकै हो तर सुरक्छ्या सहित लगानी गलत हो किनकि कालापानीमा भारतीय सेनाहरु लगानी बिना नेपाली भुमि प्रयोग गर्दै आएकाछन लगानीको बिसय लिएर भारतियासेना पुरै नेपाल भरि भित्रन सक्छन .४ बुंदे समजदारी पार्टीभित्रका केहि नेताहरुबतामत्र भयकाले यो पुनः हेर फेर गर्न जरुरीछ .सान्ति प्रक्रियाबारेमा सबै बिसयाहरु बिसर्जन गरेर जानु हुन्न थियो

  5. नेपाल को पछौटेपन को कुरा गर्दा जनता लाई ढेर ठोर दोष नदियी सुख छैन! हामी तुरुन्तै रोटी चाहन्चौं किनकी भोकएका छौं – सधै दाल भात खाने बाताबरण को परिकल्पना गर्न सक्दैनौं!

    हामी ले न नेताहरुलाई बेलामा चिन्न सक्यौं न त समय लाई नै उपयोग गर्न सक्यौं! त्यसैले १९९७ साल का शहीद हरू को बलिदान लाई त्यों बेलाका कोइरालाहरू को राज गर्ने सरंचना मा परिणत गर्यों! २०१५ साल को उपलब्धि लाई राजा को पोलता मा सुम्पने बाताबरण बनायौं! २०३६ साल को आंधी लाई चिस्यौना दियौं! २०४७ साल को संघर्ष लाई उपलाब्धिमुलक बनाऊंन सकेनौं! १० बर्ष को युद्ध, १४,००० को बलिदान बाट जन्मेको २०६३ को आंदोलान लाई क्रांति मा परिणत गर्न सकेनौं! संचिकई जनमुखी नीति पाऊँन अब सायद २०७७ कुर्नू पर्ने हुन्छ!
    सिलीगुड़ी भेतघात को आधार म़ा नितिहरू बंदा ख़ुशी हुन उर्लेका छौं! सोच्नुपर्ने कुरा – हिजो सम्म का आगो र पानी आज कसरी हात जोडन पुगे! आखिर माँ जे मान्दैनौं भन्दै थिए त्यों सबैले माने! एक मात्र फरक यो हो की येस्पली बिपा माँ मसि लगायियो!

    फेरी कुरो चलने भयो गंडक, कोशी, टनकपुर पछि बिपा को कुरा! अंग्रेजहरू ले नगलयेका गोरखालीहरू हिंदुस्तान को दरबान हुने थाऊँ माँ आफ्नै देश म़ा बिदेशी का गुलाम हुने कुरा! चिल्लौने रे कन्यौने कुरा अरुमा उपयुक्त होला तर गुरु र चेला म़ा लागु हुँदैन! अहिले को तापक्रम हेर्दा २०७७ सम्म कुर्ने पर्ने भयो जस्तो छ!

  6. काँग्रेसले समाजबादी धार छोड्यो र जेभयो, एमालेले बामपन्थि धार छोड्यो र जेभयो माओबादिले क्रन्तिकारी धार छोड्यो भने अरु केहि हुदैन अबको 10 बर्ष पछि फेरि अर्को आन्दोलन बा युध्द हुन्छ किनकि पुजिबादि ब्यबस्थामा उच्च बर्गको मात्र जिबनस्तर बड्ने हो । निम्न बर्ग सधै तलको तल हुन्छ । क किरणलाई अहिले गलत देख्नेहरुलाई – यो मुतको न्यानो साबित नहोस /वालस्ट्रिट कब्जा गरौं भन्दै हिड्न नपरोस यहि मेरो सुभकामना

  7. किरणजी बस्ताबमा परिबर्तनको बाधक भयको छ / यहाँ मलाई मदन भण्डारी र गणेश मान सिंह को जिबन को अन्त संग चर्चा गर्न चाहन्छु त्यो के भने मदन भण्डारी आफनो सफलताको शिखरमा पुग्दा मृत्यु भयो उनले धेरै राम्रा कामगर्न सक्थीय / यहाँ भन्न खोजे को गणेश मान सिंह सबैको सर्बमान्ने नेता भयको बेलामा बितेको भय सदै को लागि सबै को सर्बमान्ने हुनेथियो त्यसैले किरण कमरेड सबैले मान्ने समयमा नै पार्टीमा सिइद बसिदिय को भय सदैको लागि किरण कमरेड हाइहाइ हुने थियो नकी बाइबाइ ////////////

  8. – मोहन बैद्य सानोमा फूटबल खेल्दा, अरुको पोस्टमा गोल हान्न सकेन भने आफ्नै पोस्टमा गोल हान्थे|

    – अब आफ्नै पोस्टमा गोल हने पछी हारी हाल्छ नि, त्यसमा पनि note of dissent लेखेर नै छोड्थे, मोहन बैद्य ले|

    – मोहन बैद्यले आफ्नो घर पनि बनाऊदैन, अर्काले बनाएको घर पनि भत्काउछ|

    – भारतको आखाका डाक्टरहरु त नहुने! मोहन बैद्यको आखाको अपरेशन त्यहि गरेको भन्थे, खोइ त!

    – मोहन बैद्य प्रधान मन्त्रि भयो भने आफ्नो गाडीमा नेपालको झन्डा होइन कालो झन्डा राकछ रे|

    – माओबादी युद्ध ताका नेपालको जंगलहरु र भारतको शहरहरुमा धेरै सर्पहरु मरेछन, बिचराहरु, मोहन बैद्यलाई तोक्न गए पछी त्यस्तै हुन्छ नि|

    – मोहन बैद्यको श्रीमतीको नाम शान्ति थियो| बिहा भए पछी मोहन बैद्यले नाम परिवर्तन गरेर क्रान्ति नाम राख्यो|

    – यो मोहन बैद्यलाई कति जंगल जान हतार भएको, बिहान चर्पी गर्न बिर्स्यो कि कसो?

    – एका देशमा, सबै भन्दा बढी बिरोद गर्ने मान्छेको प्रतियोगिता भएछ| मोहन बैद्यले त्यो प्रतियोगिता पूँजिवादी भयो भनेर प्रतियोगिता स्थल बाहिर धर्ना दिएछ| पछी प्रतियोगिता संचालक समिति नै बाहिर आएर मोहन बैद्यलै प्रथम पुरष्कार दिएछन|

  9. भोको पेट शान्ति हैन रोटी माग्छ ………..

    ०५२ साल अगाडि पनि नेपालमा शान्ति थियो ।तर खै त्यो शान्ति गरीबलाइ रुचेन ।े। भोको पेटलाइ शान्ति हैन खानाको आवश्यक्ता छ ।बेरोजगार लाइ रोजगारीको आवश्यक्ता छ । नाँगो शरीरमा एक सर्को लुगाका ।रोल्पाको थबागमा उपचार नपाएर मर्ने सुन्तलीलाइ शान्त मानिने तर खोक्रो नेपाल हैन मन्त्रिको सोर्सबिना र उपचार गर्दा घर खेत लिलामी गर्नु नपर्ने खालको शान्ति चाहिएको छ।शहरमा शान्तिका नारा छन ।रोल्पाको थबाग, जाऔ सल्यानको बुराँसे जाँउ ,रुकुमको सिस्ने जाँउ ,हुम्ला जुम्ला ……… त्यहाँ मात्र शान्ति का नभएर रोटी र एक सर्को लुगाको माग छ ।परिवार पाल्न १२ मा करीब १० महिना परिवार सँग छुटीएर कालापहाड जान बाध्य हर्के दाइलाइ स्वदेशमै पाखुरा खियाएर परिवार पाल्न सकिने अवसरको खाँचो छ ।युद्धकालमा परिवारै गुमाएर पार्टि नै परिवार ठानी बाँचिरहेको क बिजयलाइ विगतजस्तै पार्टीभित्रका साथीहरुबाट पारिवारीक भावनात्मक सम्बन्धको खाँचो छ ।नेपाल काठमाण्डौ मात्र हैन ,नेपाल पीच सडक वरपरको बस्ती मात्र पनि हैन ।नेपाल पहाडको चुचुरोमा पनि छ ,चिसो हिमालको फेदमा पनि नेपाल छ ।त्यहाँका जनता का आवाज पत्रपत्रीका या अन्य सञ्चार माध्यम मा आँउदैन ।उनीहरु धेरै बोल्दैनन तर जब बोल्छन ।ज्ञानेन्द्र हरु नारायणहिटी छाडन बाध्य हुून्छन ।आफुलाइ सिँहदरबार मा रहेर सिँह ठान्ने हरु बिरालोमा परिणत हुन्छन।

  10. लेखकले बास्तबिकता नबुझि हचुवा भरमा जोक गर्नु एक छिन को लागि मज्जा भए पनि एक महान नेता जसले नेपालमा गणतन्त्र को कस्ल्पना गरेर संभिधान सभा सम्म ल्याए त्यसैलाई एक मजाक बनाउनु देश लाई गाली गरे जस्तो हुने छ | मोहन बैद्य किरण कहिले गलत थिएन र सिध्वनता मा अडिग बेक्ती हो | कहिले पदको लोभ भएन | बरु पुस्पा कमल को बोलि कहिले सफा भएन र अवसर बादी मात्रै भए | आज तेही अवसर बादी ले एक देश भक्त नेतालाई अफ्ठ्यारो परेको बेला जोक गर्नु ? किरण जी ले गरेको बिरोध गलत भए क गलत हो भानु पर्यो |

    • हा……. हा……… हा…………मोहन बैद्य……… महान अनि देशभक्त ………. …..नारायण ………… नारायण ………..नारायण …………. योभन्दा महान जोक के हुन सक्छा ?
      जेमा पनि बिरोधको राग अलाप्दा मान्छे महान हुन्छ है ? ….. …..नारायण ………… नारायण ………..नारायण ………….|

  11. किरंजिलाई उदाउने गुदौने ठट्टाको रुपमा देख्न अलिक गलत जस्तो लाग्छ देशको नया संरचना को निमित्त नया बहस प्रस्तुत गर्नुभा हो अगुल्ठो नठोसी आगो बल्दैन १० बर्सको महान जनयुद्दमा करिब १४००० जनताको बलिदान भएको छ के यो ठट्टा हो ? जनमुक्ति सेनाको साहसले निरंग्कुस राजतन्त्रको अन्त भएको के यो ठट्टा हो ? खोइ त रास्तियता जनतन्त्र जनजीविकाको सवालहरु सुनिस्चित भयको ? खोइ राष्ट्रिय स्वाधीनता र नागरिक सर्बोच्चता सुनिस्चित गरेको ? कमेन्ट लेख्नु अगावै किरणको बिचारलाई अद्यन गर्नुभय उचित हुने थियो .

    • कुरो चाही बिपाको बिरोधको हो, कुरा चाहि ४ बुदे सम्झौताको हो, अनि कुरा चाहि सान्तिस्थापनाको लागि सहमतिको हो. त्यसैले बैद्य जीहरुले भन्नु पर्यो बिपार ४ बुदे कसरि रास्त्रघाती भयो, लडाकुहरु नै खुसि भएको सम्झौता कसरि अपमानित भयो? लडाकुहरु सम्मानित हुने Gold Standard के हो र त्यो Gold Standard कसले बनाउने हो ?

    • येही कुरा त तपाई हरु जस्ता अलि बढी सासत्रिये विचार राख्ने अनि अठारौ सताब्दी को जस्तो कम्युनिष्ट बन्न खोज्ने नीति नै गलत छ / नेता भनेका सार्बजनिक बेक्ती हुन्, उनीहरु ले जनता बाट प्राप्त गाली, बेंग, आदि लै सिरोपर गर्न जान्नु पर्छ / बैध मात्र होइनन , संसारका सबै नेता हरुलाई गाली गर्न हुन्छ, बेंग हान्न हुन्छ / खोइ कुरा बुझेको आँध भक्त कामरेड हरु हो ………. 🙂 🙂

      बले

  12. बैद्यजी देशलाई अरु रोगि नबनाऊ …
    तिम्रो खासै आवश्यक छैन देशलाई ..
    बरु धर्म गर्न काशीतिर जाऊ…

  13. माओबादी ले २०५२ साल मा ‘जनयुद्ध’ सुरु गर्नु भन्दा अगाडी तत्कालिन सरकार संग प्रस्तुत गरेका कति माग पुरा भए त्यो जनता (कम्तिमा पनि उसका कार्यकर्ता) लाइ जानकारी दिनु पर्छ कि पर्दैन ? सर्बहारा को लागि भन्दै १३ हजार जनता को बलि चढाउने हरु आज महँगो गाडी कसले चढ्ने, विलाशी सामान को प्रयोग मा प्रतिस्पर्धा गर्ने, (स्मरण रहोस हिजो को केन्द्रीय कमिटि को बैठक मा १ जना केन्द्रीय सदस्य IPad बाट फोटो खिच्दै थिए)..हिजो रुकुम रोल्पाका जनताले भुटेको मकै र खान लागेको गास काटेर आफ्नो लागि केहि गर्छन को भन्ने आश मा पालेकाहरु अहिले करोडौ भ्रस्टाचार गर्दै छन् तर ति जनता अझै पनि त्यहि २ छाक को लागि दिन रात संघर्ष गर्दै छन्,..प्रचण्ड, बाबुराम, हिसिला र महरा ले स्विस बैंक मा पैसा राखेको हल्ला चलिरहदा ति जनता दिनमा ५० रुपैया कमौना पशिनाको खोलो बगाउदै छन् ..हिजो रास्ट्रीयताको आन्दोलन मा जनतालाई भ्रम छर्दै भारत बिरोधि अभियान मा लगाउने आज उनैका चरण मा लम्पसार पर्दै छन् सत्ता टिकाउनको लागि…यदि आज गरिएका कुरा नै सत्य हुन् भने हिजो किन निहत्था जनतालाई समानता र रास्ट्रीयता को असम्भव भ्रम छरियो? आज माओबादी का नेता कार्यकर्ताले (मुख्य गरि प्रचण्ड र बाबुराम पक्षीय) करोडौ अबैध धन आर्जन गरेको समाचार मिडिया मा आइरहदा ति टाउके हरु जवाफदेही बन्नु पर्छ कि पर्दैन ? त्यत्रो लडाई लड्न लगिएका ‘जनमुक्ति’ सेना लाइ फेरी छाती नापेर व्यक्तिगत आधार मा सेना मा छिराउने र त्यो पनि बनपाले र चौकीदारी को जिम्मेबारी दिने हो भने हिजो जनायुध्धमा झुटो अस्वशन किन बाँडेको? उनीहरु आजभन्दा १० वर्ष अघि नै नियमित सेना प्रहरी मा व्यक्तिगत क्ष्यमताको आधार मा प्रवेश गरिहाल्थे नि ..अनि जिम्मेबारी पनि नियमित सेना सरह नै हुन्थ्यो/ त्यसैले मोहन बैद्य को अन्धो बिरोध गरिरहदा हिजो को जनयुद्धलाइ न्याय दिने काम के के भए त्यसको पनि मुल्यांकन गरौ साथी हो.हैन भने बाबुराम प्रचण्डले जनयुद्ध ऐतिहासिक भुल थियो भनेर सार्बजनिक रुपमा माफी माग्नु पर्छ ..हिजो जनता बिरुद्ध सोझिएका बन्दुक अब तिनीहरु बिरुद्ध सोझिए भने कुनै आश्चर्य मान्नु पर्दैन .

  14. माओ ले चीन मा आफ्नो बाद हालेपछि ‘देंग’ ले गरेका पूजीको प्रयोग ले नै चीन आज तेहा छ यो सर्ब बिधितै छ/म नाथे ले त यो कुरा बुज्छु भने किरण जी ले नबुझ्ने कुरै छैन/किरण जी ‘सिद्धान्त’ मा अडिक हुनु होला तर सोच्नुस तपाई कै अग्रज हरु को निर्वाण ‘चीन’ अनि ‘उत्तर कोरिया’ अनि हामी सबै ले, किरण को सहयोगी ले नि यो बुझौ कि हामी ‘नेपाल’ लाई कुन धरातल मा उभिएको हेर्न चाहने..’चीन’ वा ‘उत्तरकोरिया’!!!!तपाई को पार्टी को ‘सिद्धान्त’ को कुरा गर्ने हो भने त लडाकु हरु लाई “पछि तेही सेना मा तिमेरु लाई नि हाल्छौ,अहिले लाई चै तिनेरु लाई मार” भन्नु भाको थियो कि “‘………..000 जनबाद ‘ को निम्ति शंघर्ष गरौ” भन्नु भाको थियो??????जब ति ‘योद्धा'(तपाई कै शब्द)हरु लाई ‘क्यानटोनमेन्ट’ नामक जेल मा कोच्नु भो,बिबश हरु ‘योद्धा’ सालका पात मा नुन र भात खादै गर्दा तपाई का सहानुभूति कहाँ थिए????जब अब उनि हरु जेल बाट मुक्त हुदै छन् र साथ मा घर जादा नानी हरु लाई ‘पापा’ लान सक्ने रकम खोलती मा हुने भो भनेर उनीहरु प्रति आघात स्नेह,सम्मान….ह्वात्तै निक्लन लाग्यो???????अब ति ‘योद्धा'(तपाई कै शब्द)हरु ले सोध्ने छन किरण जी तपाई चै कहाँ बाट संचालित हुनु हुन्छ ???????१२ बुदे मै तपाई हरु को ‘सिद्धान्त’,धरातल,जमिर, आत्मा, विचार ,सबै स्खलित भैसकेको थियो …….आगे यहाँ को विचार….

  15. यो सबै नाटक भन्ने कुरो प्रचण्डले स्वीकार गरि सकेका छन् फेरी किन किरणलाई बलिको बोको बनाएको होला? तर कांग्रेसको पुछार बनेर सान्ति भन्नु दलाली सिबाय बढी केहि होइन

    • मर्ने बेलामा कमिलाको प्वाख पलाउछ भन्छन …… सधै क्रान्ति , सधै जन बिद्रोह जपेर के गरौला र कहाँ पुगौला भनेको होला ? अझै कति मर्न र मार्न मन लागेको होला ? लिट्टे लाई ५० हजार मारेर नपुगेर फेरी क्रान्तिको मात लाग्दा १०/१५ मरेपछि आफै खरानी भएर गयो / यो बैधेलाई पनि १५ हजारले नपुगेर ५/७ हजार अझै मारेर नासिन मन लागेको छ क्या रे ? अब पनि कुन मुर्ख मर्न र मार्न यिनको पछी लाग्ने होला ? के गर्नु ….भीरको गोरुलाई राम राम मात्र भन्न सकिन्छ …………..

  16. महान नेताहरुका महान बानि व्यहोरा ……हहह्छ

  17. पक्ष-पाति छ यो ठट्टा (लेख), वैद्यको राम्रा पक्षलाई समेट्दै न-समेट्ने; अर्को ‘note of देचेंत’ पनि ठोक्दिउ कि क्या होए !

    वैद्य आफ्नो सिदान्त मा अडिक हुन सक्ने एकमात्र व्यक्ति हुन् र माओबादीको सफलता मा उनको ठुलो देन छ |

    येतिखेर, जनता सिदान्त भन्दा समझदारी चाहन्छन, बर्सौ-बर्षको राजनीतिक चपेटाबाट बाहिर निस्कन चाहन्छन; यो नै समय-स्थितिको माग हो | एस्लाई स्वीकार, मनन गर्न नसक्नु वैद्यको कमजोरी हो| तर, येतिकैमई वैद्य लाई ‘किरा’, ‘घाँस खुवाएको’, ‘झुकेको’ जस्ता titileहरु र येस्तई शब्दहरु उचित हुदैन |

  18. मदन जी,
    नेवार, राई, लिम्बु, गुरुङ र मगर हरुले जात को नारा चलाउन हुने तर मधेसी ले बोलनी नपाउने/ पहाड बाट जातीय नारा हटाउ/ नेवार लै नेवार राज्य चाहिए मधेश लाइ किन नहुने/ जातीय नारा पहाडिया बाट आय्र्को हो र माओबादी पनि जातीय नारा बाट आएको पार्टी हो/

    देश बचाउने हो भने जातीय राज्य हुनुहुदैन/ भूगोल को आधार मा प्रदेश बिभाजन हुनु पर्छा/ नत्र भने नेपाल मा सधै काटमार हुन्छ/

    • लेख सार्है राम्रो लाग्यो. हुनपनि हो देस ले शान्ति खोजि रहेको बेलामा, लड़नुनै पर्छ भनेर बैद्य ले अड्डी कसेका छन्. उहाको बिरोध, मात्र बिरोध को लागि हो. एक चोटी उहालाई सोध्नुहोस, सम्झौताको बिकल्प के छ भनेर? शान्तिको बिकल्प के छ भनेर? छ उहा संग यसको उत्तर? यस्तै नेताहरुको कारण अहिलेसम्म देस मा शान्ति न आउन सकेको.

    • राम चौधरी ज्यु
      पहिला यो कुरा त् स्पस्ट गर्नुस कि “मधेसी” भनिने कुन कुन कुन जातिकाको हो?
      तराईको जनजाती थारु आदिले आफुहरु मधेसी नभएको भनेर आन्दोलन नै गर्दै आएको छ र मधेश बादी नेताहरुले उनीहरुलाई मधेसी भएको प्रमाणित गर्न नसकेर “मधेसी बन्न खुसामत गर्दै आएको छ/

      मधेसी भन्ने कुनै जाति हो भनेर प्रमाणित गर्न नसकेर मधेशबादी नेताहरु अहिले मधेसी भन्ने कुनै जाति होईन एउटा समुदाय हो भन्न थालेको छ तर तराईको कुन कुन जाति र बासिन्दाहरु “मधेसी समुदाय” भित्र पर्दछन भनेर भन्न समेत सकेको छैन/

      तपाईं मधेश्बादिहरुले “मधेश” भनेको तराईमा नेपालको सबै जातिका मानिसहरु बसोबास गर्छन तर तपाईंहरुले तिनिहरु सबैलाई मधेसी मान्न तयार नभएको मात्रै होईन तिनीहरुलाई उठी बास समेत गर्दै आएकोछ/

      तराईमा नेपालको कुल जनसंख्याको ४०% प्रतिशत नागरिकहरुको बसोबास छ/ भन्नुको अर्थ तराईमा १ करोड भन्दा बढी बिभिन्न जातिका नेपालीहरु बस्छन तर मधेश बादी दलहरुको संबिधान सभाको चुनावमा चुनिएको ३९ नेताहरुले मात्र केहि लाख मत पाएकोछ/ त् भन्नुस तराईको ९० लाख भन्दा बढी जनताले “अस्विकार गरेको” मधेश बाद कुन आधारमा मान्नु पर्छ?

      “मधेश” सब्द मध्य देसको अप्रभंश हो/ नेपालको दछिंन भूभाग तराईको सिमाना भारतको बिहार सिट जोदियेकोछ त् यो कसरि नेपाल र भारत बिचको “मध्यदेस” अर्थात मधेश हुन् सक्छ?

      मधेसी सब्द को अर्थ दुईटा छ;
      ०१. मध्य देस बासि लाई मधेसी भन्न मान्न सकिएला तर तपाईं मध्य देस बादीहरू “मधेश” मा बस्ने सबैलाई मधेसी भएको मान्नै हुन्न त् मधेशलाई कुन
      जातिको राज्य बनाउने? छ उतार तपाईं सिट?
      ०२. के मधेसी भन्नेहरु ” मदेसी”हुन्? “देसी” त् भारतियेहरुले आफुलाई भारतिय भएको जनाउने सन्द हो/ के मधेसी भन्ने तिनै मदेसी हुन्? होईन भने कुन हो त?

      चौधरीजी, जातिय राज्यहरु बनाउने सहमति भएको पक्कै हो तर कुनै पनि जातको राज्यमा अर्को जातिको नेपाली बस्न नपाउने कुरामा कुनै सहमति भएको छैन र हुन् पनि सकिंदैन/ अर्को जातिकालाई पहाडी भन्दै लखेट्ने तपाई मधेश बादीहरु अपराधीहरु हुन्/येस्ता अपराधीहरुको जात “अपराधि” मात्रै हो/ जातिय राज्य बनाउन सकिएला तर अपराधीको राज्य बनाउन सकिंदैन/

    • बैद्य बाजे ले माओले क्रान्ति गरेको इतिहास मात्र पढे छन्. तर क्रान्ति पछी देस मा शान्ति ल्याएको र देस बिकास गरेको कुरा पढ्न भुले छन्.

  19. जो झुकेको वा झुकेको देखिएको भएतापनि अबचाहिँ पक्का हाम्रो देश उँभो लाग्ने भो । बधाइ छ ‘हामी’लाई ।

  20. किरणजी कुन सताब्दिमामा ? दुनियाभारी यो स्पस्थ भै सक्यो कि अहिलेको समयमा दुइ चार बन्दुकधारी ले कति सम्म पुरा समाज लाई बन्धक बनाउनु सक्छ र ?यो त तुनिसिया,इजिप्ट,लिब्या,बाट जानकारी भया !!!! बैध्यजी अब जनता लाई बन्दक बनाउने सपना नालिनोश .२१स्त सताब्दी मा सक्ति जनता संघ छ .नेपाल र नेपाली लाई सान्ति चाहिएको छ.देशमा भ्रस्टचारी,माफिया,उन्मुलन गर्न बलियो राजनैतिक तन्त्र हुनु पर्यो ,जसमा कोहीपनि नियम र कानुन भित्र हुनु पर्छ .जो सुकै ले अबैध तरिका ले जमाएको सम्पति रस्त्रियाकरण हुनु पर्छ.यो आज को नेपाल को समस्या हो.’बिपा’ आबस्यकता हो ,त्यसको कुनै विकल्प छैन.अमेरिका,बेलायत जस्ता बिकसित देशहरु,बिदेशी लगानीको लागि सधै कोसिस गरिरहेका छन् ,भने किरणजी तपाई बिकाश को लागि उत्तर कोरिया मा जाने हो कि ?यदि जानु भयो भने तपाई र तपाई को पुछर त्यहि बस्दा कस्तो होला,कमरेड ?त्यहाँ भुक्न पनि पाइदैन ,खान पनि पाइदैन.

  21. बल्ल बल्ल काकी (कामरेड किरण) प्रधान मन्त्री भएछन
    प्रथम प्रेस तथा कार्यकर्ता भेलाको दृश्य ;

    पत्रकार अनि कार्यकर्ता एकै स्वरमा : सबै प्रधान मन्त्रि को सधै बिरोध गर्नु हुन्थ्यो अब तपाई नै प्र,म, हुनु भो अब हाम्ले के फरक देख्नु पाइन्छा होला काकी ?????

    काकी:( प्रधान मन्त्रीको मोटरको रास्ट्रिय झण्डा तिर देखाउदै ) उ त्यो झण्डाको रंग हेर्नुस त्

    हिमाली

  22. समयको मागलाई नबुझे बैद्यबाले नरदेवीमा एउटा जडिबुटी पसल खोल्दा राम्रो होला!

  23. मोहन बैद्य किरणको राति सुत्ने पलंग ९० डिग्रीको कोणमा आकास तर्फ ठाडो छ , सुत्ने बेलामा पलंगमा बेल्ट बाधेर सुत्ने गर्छन किन कि साधारण मान्छे जस्तो सुत्दा सामान्ती हरुको सामु झुकेको जस्तो हुन्छ भन्ने ठान्छन .

  24. बुढोले न त उपहारको पोको ल्याउन जानेको छ न त सुक्को झार्छ !! अनि कसले बोलाउछ त ??

  25. कुनै पनि बिषयबस्तु आफैंमा राम्रो या नराम्रो हुँदैन-यो ठट्टालाइ ठट्टाके रुपमा हेर्दा खासै फरक नपरे पनि मोहन बैद्य माथि यो ठट्टा प्रयोग हुनुपरेको देख्दा भने मलाइ केवल मोहन बैद्य मात्र नभएर कुनै मान्छे को बिबश अबस्था या उसमाथि समयले गरेको ठट्टा प्रति भने निक्कै टिठ लाग्यो—–र बिमिराको याद आयो—-तिहारको भाइटिका को बिहानसम्म पनि काठमान्डूमा एउटा बिमिराको १०० रुपैया सम्म पर्छ-र केवल ४ घण्टा पछी वा बेलुकातिर ति बिमिराहरुको मूल्य हुनु त परे जावस—जताततै दोबाटोमा मान्छेहरुले तिनलाई लात्त्याउँदै हिँडछन्—————-मेरो मतलब—कुनै व्यक्ति या चिजको महत्व भनेको समयले निर्धारण गर्दोरहेछ………………फेरी हाम्रा बैद्यमा नै आउँ—————————–बास्तवमा उनि त्यति निर्गतिलो स्तरका मान्छे होइनन जति अहिले उनि सबैको नजरमा हुँदैछन—त्याग नगरेका पनि होइनन—-मान्छेहरु भन्छन अझै पनि उनीजस्तो मिहिनेती,त्यागि,कम विलाशी, भ्रस्टाचारमा नपरेका निर्मल नेता नेपालमा पाउनु गाह्रो छ—होला पनि—-खरोपना र अनुसासनमा उनि सबैलाई पछी पार्नसक्ने नेता हुन् भन्छन सबै—माओबादीले बिगतमा जुन ढंगले युद्ध गर्यो र त्येस्मा देश र जनतालाई जे जति क्षेती भयो—-माओबादी कार्यकर्ताले समेत गुमाएको ज्यानको हिसाब किताब गर्ने हो भने पार्टीगत हिसाबले माओबादीलाई किरणले भने झैं—–स्खलन भएकै मान्नुपर्ने हुन्छ,यो परिपक्षेमा—————————–फेरीपनि बिगतको बार्हबुंदे संझौतादेखि हालसम्म भएको प्रगति,जनताहरुको युद्धप्रतिको बित्रिष्णा, देशको अबस्था र रास्ट्रिय अन्तरास्ट्रिय परिस्थितिलाई विचार्दा माओबादीले यस प्रकारको संझौता गर्नु बाहेक उ संग अरु ब्यबहारिक विकल्प नै देखिन्न///यो अर्थमा प्रचण्ड र बाबुरामले अपनाएको बाटो ठिक मान्नु पर्ने हुन्छ र किरण यहींनिर एक्लो हुन्छन/सैद्धान्तिक रुपले उनि ठिक भए पनि ब्यबहारिक रुपले उनि यथार्तता र बस्तुस्थिति बुझ्ननसक्ने असफल नेता बन्न पुगेका छन————जो उनीलाई समयले दिएको उपहार नै मान्नुपर्छ!!!!!!

  26. म भर्खरै मोहन किरण साब लाई भेटेर ओफ्फिस आउदा सबै साथीहरु हास्न थाले.
    कारण बुज्ददा मेरो कालो कोट को पछाडीको भाग काटिएको रहेछ. पछि थाहा भयो बैध जीले कालो झन्डा बनाउन काटेका रहेछन. 🙂

    • ह़ा हा हा हा हा………………………………..सार्है हसौनुभो अनुपजी तपैले | मज्जा आयो

    • अनुप जी, पत्रिकाको कार्टुन लाइ (चोरेर) आफ्नो जोक नबनाउनुस न | तपाइँ मात्र पत्रिका हेर्नु हुन्छ भन्ने नसोच्नुस न |

  27. प्रश्न नं १० को उत्तर मसंग छ:
    किनकी बिहे नहुँदै उनिहरुको सम्बन्धमा भाँडैभैलो मच्चाएर सम्बन्ध नजोडिदै छुट्याइ दिन के बेर भनेर भाँड बैध्यलाई आजकाल कसैको बिहेमा पनि निम्तो आउँदैन।

  28. हामि जनतालाई क्रान्ति आन्दोलन बाद आदि बात वाक्क लागेको पक्कै हो/ हामीलाई अहिले शान्तिको ठुलो आबस्यकता पनि छ, देसमा संबिधान छैन त्यो पनि तुरन्तै चाहिएको पनि छ/ तर “पहाडीमारा मधिसे दलहरुको मधिसेजातीलाई तराईको आत्म निर्णय गर्न सक्ने, राज्यको कुनै पनि पद तथा अबशरमा पाउने बिशिस्ट नागरिक बनाउनु पर्ने नभएमा देस बात तराई नै टुक्राउने धम्कि दिने मधेसी दलहरुलाई ” सरकार नामको हातिको माहुते” बनायर अनेकौं बिबादास्पस्त निर्णयहरु गर्दै गरेको मा किरण बैद्यले आपति जनाए त् के गल्ति गरे? सक्छ भने किरण बैद्यले उठाएको कुराहरु गलत छन् भन्न सक्नु पर्ने थियो त्यो त् सकेनन अनि किरणलाई मिलाउनु पर्छ मिल्नु पर्छ आउनुस पद दिन्छौं भन्न थालेको छ/

    भोक लाग्यो भन्दैमा के जे पनि खाईन्छ/ अहिलेलाई शाति चाहियो भन्दैमा भोलि अशान्ति हुने निर्णयहरुको स्वागत गर्ने पर्छ? किरण बैद्यको भनाईहरु सहि छैन भने बाबुरामको सरकारले यो यो कुरा गलत छन् बैद्य ज्यु भन्न किन सकिरहेको छैन/

    अहिले जातिय राज्यको अबधारणा सहितको लोकतन्त्रको लागि संबिधान बनाउने कुरामा हामि सबै अल्मलिएर बसेको छ/ हुनत हामि आम नागरिक हरुलाई जातिय राज्यको कुरा सुन्दैमा रिस उठ्छ तर के गर्ने हाम्रो लोकतन्त्रमा आम नागरिक हरुको कुनै हैसियत नै छैन यो त् नेताहरुमात्रै “लोक” मानिने नागरिक हरु मात्र भोट दिन सक्ने “जन्तु” मानिने यो नेताहरुको लोकतन्त्रमा हामि आम पहाडी हिमाली नेपाली फसिने सकेकोछ त्यो पनि आफ्नै बुद्धिले/ त् भुगत्नै पर्छ/

    किरण बैद्यले मधेसीलाई नेपालको “जाति” मानेर मधेश राज्यबादी सिट सम्झौता गरेकोमा आपति जनाएको छ त् के मधेसी भन्ने कुनै नेपालको जाति हो होईन भनेर हामीले सोच्नु पर्दैनन्? मधेसी भन्नेहरु आफुलाई नेपालको जति मान्छ? के मधेसी भन्ने कुनै जात हो ? मधेसी भन्ने कुनै जाति होईन मात्र “एउटा समुदाय” हो भनेर ईने मधेसी दलहरुले अहिले भनेको छ त् नेपालको लोकतन्त्रमा जातिय राज्य पो बनाउने कुरा भएको छ कुनै समुदाएको राज्य बनाउने कुरा त् भएकै छैन त् किरण बैद्यले मधेसीलाई जातिको दर्जा दिएर मधेसीको राज्य बनाउने सम्झौताको बिरोध गरे त् के गल्ति गरे बैद्यले?

    जातिय राज्यको कुरा गर्दा नेपालमा नेवारलाई जाति मानिन्छ खस ब्राम्हानलाई जाति मानिन्छ राई लिम्बुलाई गुरुङ थारु मैथिली भोजपुरी आदिलाई जाति मानिन्छ/ ई जातिहरु भित्र को को पर्छन सबैलाईए थाह छ/ तर मधिसे भन्ने को को हुन्?

    तराईको थारु, मैथिली भोजपुरी आदि आफुहरु मध्सिसे नभएको कुरा गर्दै आएकोमा ई मधिसे बादी दलहरुले तिनीहरुलाई जवर्जस्ती मधेसी बन्नु पर्ने दवाव दिंदै आएको हाम्रै सामुन्ने छन् त् के हामीले सोच्नु पर्छ कि पर्दैन ई आफुलाई मधिसे भन्ने हरु बास्तवमै को हुन् भनेर? के मधेश बादी हरुले भन्दैमा नेपालको तराई मधेश हुन्छ लाई मधेश बनाउने पर्छ ; तराईको जनजातिलाई जवर्जस्ती मधेसी बनाउने पर्छ?

    अझ खतरनाक कुरा त् ई मधेशबादीहरुले नेपालको तराईमा बस्ने मुसलमान जातिलाई मधेसी समेत मानेको छैन/ तराईको मुसलमानहरुलाई मधेसिबादी हरुले एउटा अलग्ग धार्मिक समुदाय को रुपमा मात्रै मान्यता दिनु पर्ने कुरा उल्लेख गरेकोछ/ त् ई मधेशबादीहरु कतै नेपालाई अहिले धर्म निर्पेछ्य बनाउने कुराको बिरोध गर्दै आएको भारतिय कट्टरपन्थी अतिबादी हिन्दुहरु नकली नेपाली बनेका जमात त् होईनन?

    अब उपेन्द्र यादव जो नेपालको विदेशमन्त्री उप प्रधान मन्त्रि समेत बनिसकेको मदेसी दलको नेताकै कुराहरुलाई केलाउँ/ उपेंद्रकै सब्दमा तराईमा ३० लाख भारतियेहरुले नेपालको कानुन र संबिधान मिचेर नेपालको नागरिकता लिएकोछ/ उपेन्द्रले यो कुरा भनेकै बेला नेपालको निर्वाचन आयोगले पनि तराईको मतदाता लिस्टमा २५% प्रतिशत नकली मतदाता भएको भनेर उपेन्द्रले ३० लाख भारतिय हरुले नेपाली नागरिकता लिएको कुरालाई पुस्टि गरेकोछ/

    निर्वाचन आयोगले यसैकारणले अब को मतदाता लिस्टमा नाम चधाउन्दा नेपाली नागरिकता जाँचेर मतदाताको तस्विर भएको मतदाता परिचय पत्र बनाउने निर्णय गरेको थियो/ अनि सर्वोच्च अदालतले मतदाता परिचय पत्र बनाउँदा नेपाली नागरिकाता हेरेरै तस्विर भएकै मत दाता परिचय पत्र बनाउनु पर्ने फैसला पनि गरे/ तर मधेसी दलहरुले सर्वोच्चको यो फैसलाको बिरोध गर्दै तस्विर भएको मतदाता परिचय पत्र बनाउन गएका निर्वाचन आयोगको कर्मचारीहरुलाई तराई बात लखेटे/

    ई मधेसी दलहरु त् मधेसीहरुले नेपालको कानुन र संबिधान अन्तर्गत होईनन उनीहरुको मधेसी दलको सिफारिसमै मधेसी ले नेपालको नागरिकता पाउनु पर्ने माग गर्दै आएकोछ/ यो भन्दा पनि खतरनाक कुरा त् भारतको बिहारमा बसेर तराईमा पहाडी नेपालीहरु माथि हतियार आतंक मच्चाउन्दै आएको राजन समुहको मधेशबादी दलले तराईमा पहाडी जातिको हात बात नागरिकता र मतदाता परिचय पत्र समेत नलिने घोसना नै गरेको छ/

    भर्खरै पनि उपेन्द्रले नेपाको सेनामा मात्र १० हजार मधिसेको छुट्टै मधेसी सेना बनायर पुग्दैनन मधेसीको जनसंख्या हेरेर तेही अनुशार्ले मधेसी सेना बनाउनु पर्ने भनेकोछ/ के त् अब नकली नागरिका लिन सकेका सबै बिहारीलाई सेनामा भर्ति गर्ने? कतै ई मधेसी सेनाको छुट्टै सेनाले तराईलाई नेपाल बात अलग्ग गरेर “मध्य-देश” बनाउने योजना त् गरिरहेको छैन?

    मधेसीको “आत्म निर्णय गर्न सकिने राज्यको छुट्टै मधिसे सेना” बनाउनु पर्ने कुरा श्री लंकाको जाफ्नामा तामिलहरुको “छुट्टै तामिल सेना भएको तामिलहरुको आत्म निर्णय गर्न पाउनु पर्ने राज्य बनाउने” माग भन्दा फरक छ? श्री लंकको जाफ्नालाई पनि श्री लंकार भारत बिचको “मध्य देस बनाउने योजनात तुहियो तर के नेपालको तराईलाई भारत र पहाडीको नेपाल बिचमा मधेसीको ” मध्य देस” बनाउन दिने हामीले? बैद्य यसैले कराएको हो, बिरोध गरेको हो/

    उपेन्द्रले अहिले मावोबादी सैनिकलाई जस्तै समस्त मधेश बादी दलहरुको सनिक दस्ताहरुलाई पनि नेपालको सेनामा समाहित गर्नु पर्ने आवाज उठायेकोछ/ मावोबादीको सैनिकलाई त् नेपाली सेनाको छुट्टै सनिक एकाई नबनाउने, उनीहरुलाई मात्र उद्द्योग निर्माण आदिमा सुरछ्या दिन खटाउने भनिरहेको अबस्थामा मधेसीको चाहिं नियमित तथा छुट्टै सैनिक ईकाई बनाउने कुरा के सहि हो?

    तराईमा पहाडी नेपालीलाई काट्ने मार्ने बस्ने नदिने मधेसीलाई नेपाली सेनामा हाललाई १० हजार भनि असिमित संख्यामा मधेसीको छुट्टै सैनिक ईकाई गठन गर्ने तर हामि नेपालीलाई लोकतन्त्र दिलाउन लडाई लड्ने मवोबादि सेनालाई सिमित संख्यामा त्यो पनि उद्द्योग कल कारखाना को पाले बनाउने? त् किरण बैद्य ले बिरोध गरे/

    हो जनयुद्ध ताका ठुला साना गल्ति भएको छ तर मावोबादी सेनाले मधेश बादीको सेनाले जस्तै नेपालको तराईलाई मधेसीको आत्म निर्णय गर्न पाउने राज्य बनाउनु पर्ने र तराईमा पहाडीलाई लखेट्न युद्ध गरेको होईन नेपाली जनतालाई लोकतन्त्र दिलाउन युद्ध गरेको थियो / मावोबादीको सेनाले युद्ध लडेर ल्याएको लोकतन्त्र को चाहिं वाह वाह गर्ने तर ती मावोबादी सेनालाई अपमान गर्दै मधेसीको पहाडी नेपालीलाई काट्ने मार्ने लखेट्ने सेनालाई समान जनक तरिकाले नेपाली सेनामा छुट्टै ईकाई गठन गर्न दिने यो कृतघ्न निर्णय र सम्झौताको किरण बैद्यले बिरोध गरे त् के गल्ति गर्यो बैद्यले?

    शान्ति शान्ति भन्दैमा संबिधान संबिधान भन्दैमा मधेसी बन्न नचाहने पहाडी नेपाली जति पहाड पछाडिको नेपालमै कैद हुनु पर्ने “मधेश्बादिको शान्ति र संबिधान” बैद्यले चाहेनन् त् कुन नेपालीले चाहन्छ?

    • मदन दाई,
      अति नै जाति / समुदाय बादी मानसिकता रहेछ तपाई को … तपाइको सैयोउ प्रतिक्रिया ले येस्तई जनौछ ..
      जे प्रसङ्ग मा पनि घुमाई फिराई मधेस जोडी हाल्यो …महेशी सेना त तपाई लाई बिसय उठान गर्न लाई मात्र हो तपाई को मुख्य दोष नै सधै मदेश दोसी देख्नु हो ..एउटी कुरा ५० चोटी भनि राख्नु पर्दैन, जाति बादी सेनाको कसैले स्वागत गरेका छैनन् , तपाई को लम्बा तान लेख मा छुटेको कुरा चै यो जाति बादी राजनीति को बिजारोपण कसले गर्यो भन्ने हो , नेपाल लै जतियेता को आधारमा बिभाजन गर्नु पर्छ भन्ने को हो ?? युद्धमा जन समर्थन जुटाउन जे पनि जायेज हुन्छ भनेर देशै टुक्रिने सम्म को जातिवादी निर्णय गर्नु नै आज को बिडम्बना हो ..तेही आगो अहिले सल्की रहेछ .. रोग र औसधि फरक पर्नाले एस्तो हुन गाको हो ..
      तपाई जस्तै संकुचित अति बादी ले नै यो नेवारी उखान बनाको होला ” मनु मखो मरस्या ख: ” ..यानी ” मान्छे होइन मधेसी हो “.. हेर हेर कस्तो निक्रिस्त सोच …हिजो आज पनि काठमाडौँ मै कालो बर्णको मान्छे लै अति निम्न कोटी को व्यवहार गरिन्छ ,मेरो आफ्नो भोगाईमा यो सत्य हो ,छ्या छ्या एउटा उप बुजुर्क अहंकारी सोचाई … भारत संगको हाम्रो / तपाइको रिश किन सारा भुमि पुत्र तराईबासी सम्पूर्ण नेपाली लै येउतई घानमा सधै पिसी राख्नु हुन्छ .. म आफै पहाडी हु तर के यो देश पहाडी जनता को मात्र हो र ?? हामीले बिरोध गर्नु पर्ने त नव नेपाली हरु को हो जो अधिकाम्सा भारत र केहि तिब्बत बाट छिरी नेपाली बन्दै छन् र नेपाली रास्त्रियता माथि प्रहार गर्दै छन् ..

      बिसय बस्तु एका तिर प्रतिक्रिया एका तिर !!

      • शिशिर ज्यु
        तपाईंमा नेवार जाति माथि घृणा भएको स्पस्ट आभाष पाईन्छ/ आजको जातिय र मधेसी मुद्दा नेवारहरुले तराई बाशिलाई “मधिसे बा मर्स्या” भन्ने गरेकोले उठेको होईन, उनीहरु त् आफुलाई मधिसे भन्नु पर्ने र उनीहरु बस्ने भूमिलाई मधेश भन्नु पर्ने भन्दै आएकै छ/

        शिसिरज्युहरुको तथाकथित पहाडी जातिको शासक समुदायले तराईको भूमिलाई आफ्नो “बिर्ता भुमि बनाउंदै तराईको जनजातिलाई आफ्नो कमारा कमैया बनाउदै आएको थियो/

        यति मात्रै हो र शिशिर ज्युहरुले त् तराईमा नगरपालिकाहरुमा तराईको जनाजातिये भाषा मथिली आदि भाषा प्रयोग गर्न नदिन सर्वोच्चमै मुद्दा ठोक्नु भएको थियो रोक्नु भएको थियो/

        नेपालको कुनै पनि जनजाति समुदाय बादी होईन, नेपाली भाषानै मातृ भाषा नभएको नेपालको मधिसे लगायत जनजातिहरु माथि कमारा कमैयाको ब्यबहार गर्ने तपाईं शिसिर्ज्युहरुको गलत पहाडी-शोच हरुकै कारण आज यो परिस्थिति आएको हो/

  29. there was joke (?) where a student was asked ‘जापान को राजधानी को नाम क हो?’. the student having no clue stood there counting minutes before he would get a severe thrashing suddenly struck luck when he was bitten by an ant on his foot n he yelled out ‘टोक्यो’ . माथि का सबै joke येही catagory एंड class का छन्.

  30. जबसम्म सबै नेताहरुले कुर्सी पाउदैनन् तवसम्म यो क्रान्ति नामको ब्यापार चलिरहन्छ।

  31. कारण के होला चै अनुमान गर्न सकिन तर तर मलाई किन हो किन संस्थापन पक्ष र किरण पक्ष भित्र भित्रै मिलेर ” म चिलायेजस्तो गर्छु, त कनाये जस्तो गर” भनेर मिलेमतोमा मा नै यो सब गरिरहेको हो की जस्तो लाग्छ

    • उत्तम जी! मेरो अनुमान नि त्यहि हो…. एमाले र कांग्रेसलाई घाँस खुवाएको हो माओबादीले……केहि गरेनी मान्दैनन भनेर यो रणनीति अपनाएका हुन्…. अरु केहि होइन…. तर पार्टी फुटेन भने मात्र है….

  32. किरण जी लाई शान्त पार्ने एक मात्र औसधि हो उल्लाई PM अर्थात् प्रधानमन्त्री बनाउने, नभए यो बुढो कराई रहन्छा, कोहि आवारा हरुले साथ् देलान पनि उनलाई तर जनता चाही छैनन है किरण कामरेड संग, फुर्ति मात्र हो………

    • हो साथी, बरु उनीलाई अहिले नै बिना विभागीय प्रधान मन्त्रि बनाउनु पर्ला जस्तो छ|

  33. बिहे मा निम्तो नआउनु को कारण चाही नोट अफ डिसेन्ट लेख्छन भनेर नै होला ||

  34. मलाई यो लेखको कुनै पनि भागले कत्ति पनि स्वाद दिएन/ सबै उदाहरण हरु राजेश हमाल र राज्निकांत का जोकहरु संग मिलाउन खोजे जस्तो छ / एस्ता लेखहरुलाई माई संसारले स्थान नदिएकै राम्रो/ बेक्कार मा ५ मीनेट झ्वाम/

    • एकदम ठिक म संग कुरो मिल्ने कमेन्ट खोज्दै थिए .बल्ल भेटियो.

  35. यो मोहन बैध किरण हो की किरा चाँही हो पत्तो पाउनै गार्हो भो। कति आन्दोलन गर्ने हो सेरे ? अब आन्दोलन देखि देश् थकित भैसके चाहियेना येस्ता आन्दोलन। कहीले काही त सकरात्मक सोचाइहरु पनि गर्ने बनी बसाल्नु नी .

  36. किनकि उनि बिरोध स्वोरुप कालो सूट लाएर जान्छन अनि अरुलाई कालो सूट लगाउन प्रतिबन्ध हुन्छ एदी कोइ लगाएर आयो भनेनी ठोकी हाल्छन बैद्य पक्ष्यले |

  37. मोहन वैद्य उल्टो परेर जन्मनु भयकोले सबै कुरा उल्टो गरेका त होइनन | मोहन वैद्य किरणलाई आजकाल कसैको बिहेमा नबोलाउनुको कारण , बिहेमा बाजा बजाइन्छ , मोहन वैद्य बिहेमा गया भने दुला – दुलही लाई बिहे पछी झगडा गर्नु पर्छ | बिद्रोह गर्नु पर्छ | भनेर कुरा गर्छन होला , त्यसैले कसैले नि उनलाई बिहेमा निम्ता गर्दैनन् |

    • खयर जे सुकै भएता पनि जे सुकै गरेता पनि जस्तो सुकै सन्धि सम्झौता गरे पनि नेपाल आमाको छात्ती छिया छिया नपार.ति सिधा साधा सोझा जनतालाई नझुक्याउ,आफ्नो घरमा आघो सल्काएर दुनियालाई नहाँसाउ,देश भक्त हुँ भन्ने नि तिमीहरु नै,देश द्रोहीहरु नि तिमीहरु नै,सोझा नागरिकलाई हत्तियर बनाएर आफ्नो स्वार्थ लुट्ने नि तिमीहरु नै,भ्रष्टचारी नि तिमीहरु नै,भ्रष्टचार निर्मुल गर्नु पर्छ भन्ने नि तिमीहरु नै,देशको अर्थतन्त्र लुट्ने नि तिमीहरु नै देशको नागरिक मार्ने नि तिमीहरु नै,तिमीहरु मारेर जान्छौ,तर सास नजाने सम्म किरा परेर छटपट्टि एर अनेकौं सास्ती पाएर मात्र मर्छौ र देश र नागरिकले युगौं युग दुख भोग्नु पर्ने हुन्छ|

  38. * किरणले लिफ्ट कहिल्यै चढ्दैनन रे किन भन्दा लेलीन लिफ्ट चढेका थिएनन रे ।

  39. बुझ्ने हरुले पनि बुझ्नु पर्ने भन्दा धेरै बुझे , ठट्टा गर्ने हरुले पनि आनन्द लिए ठट्टा गरेर ,
    तर मूल कुरा चै मावोबादी एमाले को बिसर्जन बाद को बाटो मा गुज्रदा अझै क्रान्ति सकिएको छैन भन्ने धार त्यहा रही रहन्छ | जस्तो कि मात्रिका को ,बैद्द्य को | हुन् सक्छ भोलि यी दुइ बीच एकीकरण होला | पर्सि बैद्द्य बा मात्रिका सत्ता मा पुगे आर्को अझै क्रान्ति सकिएको छैन भन्ने आउला|
    केहि समय उग्र बाम राजनीति गरेर एक थरि नेता ,कार्यकर्ता थाके पछी सत्ता को बिछयूनी मा आराम गर्दा रहेछन ,त्यो उनुहरुको हक बन्दोरहेछ | आर्को थरीले क्रान्ति अझै सकिएको छैन भन्ने चै ,हाम्ले ठुलो भाग पायेनम हाम्रो पालो अझै आएँन भन्ने हो |
    जनता भनेको उनीहरुलाई हास ,बकुला ,बोका हो | उनीहरुको स्वार्थ पूर्तिको को लागि जनता काटिनु पर्छ ,मारिनु पर्छ |
    एक्लै देश लुटे ——-चोर ,भ्रास्टाचारी
    ३-४ जना सशस्त्र समुह मिलेर लुटे —–डाका
    १०००-२००० कार्य कर्ता मिलेर ,संगठित भएर लुट्न सके —राजनीतिक पार्टी

    • ठिक भन्नु भो / कम्युनिस्टको क्रान्ति कुनै एक तानाशाह भएर अरू सबैलाइ निर्मुल नपारेसम्म जारि रहन्छ / खाट्टी कम्युनिस्टहरू अप्रजातान्त्रिक स्वाभावको हुन्छन /

  40. बिचरा बैद्य बाजे,
    खाऊ भने दिन भरिको शिकार, नखाऊ भने कान्छा बाऊको अनुहार

  41. जसरि भए पनि बाबुराम र प्रचण्ड ले बाजी मारे, किन शान्तिको लागि बिरोद गर्छौ किरण जी

  42. ११. कामरेड किरण केहि महिना अगाडी फेरी जंगल पस्न गएछन.. तर जंगली जनताहरुले जंगल को शान्ति व्यवस्थामा खलल आउन सक्ने भन्दै उनलाई जंगलबाट बहिस्कार गरेपछि पुन काठमाडौँ फर्केछन्…

  43. मोहन बैद्यले अम्लेट दिदा उसिनेको अनि उसिनेको अण्डा दिदा अम्लेट खोजेर निहु मात्रै खोज्ने भएर श्रीमतीले उसिनेको अण्डा पनि अम्लेट पनि एकै चोटी लगिदिएछिन् बैद्यले के भन्यो थाहा छ??? उसिनेको अण्डा चाहि अम्लेट अनि अम्लेट बनाको अण्डा चाही उसिन्नु पर्दैन?/? भन्दै नोट अफ डिसेन्ट पो लेखेछन….

  44. अब यस्तै रबैया कायम राखिरहने हो भने मोहन बैद्य किरणको राजनीति समाप्ति तर्फ उन्मुख हुनेछ भन्ने कुरामा कसैको बिमति हुन् सक्दैन !!!

  45. किरण उडेका छैन गुडेका हुन् ! किस्सकार चाँही उडेका हुनकी ? माओबादीले दुइवोता तुरूप फ्याकेको छ ! तृप १ किरण तुरूप २ प्रचण्ड गुलाम एमाले कांग्रेस र छक्क मोर्चा जनता एक्क भूपू शाह बस्सा अनि अरु कार्ड सङ तिना मसिना दल !

    • प्रचण्ड चाही joker होला, घडी चीनसंग मिल्छ घडी भारत संग| बाबुराम चाही पानको गुलाम, बैद्य चाही चिडको गुलाम|

Comments are closed.