नेपालका खलासी (फोटो कथा)

-शिखर भट्टराई-

लक्ष्मणसिंह खड्का आफूलाई नेपालको खलासीका रुपमा चिनाउँछन्, तर धेरैले उनलाई मानवतुलका रुपमा लिन्छन्। “मान्छेहरु अक्सर मलाई बहुला ठान्छन्,” खड्का प्रष्ट पार्छन्। उनी भने आफूलाई सामाजिक कार्यकर्ता मान्दछन्। उनी कहिले सडक सफा गरिरहेका हुन्छन्, कहिले बितेका राजाहरुको सालिकमा रङ्ग पोतिरहेका हुन्छन् र कहिले भने सडकको किनारामा बसेर समकालीन राजनीतिक अवस्थाकाबारेमा भाषण ठोकिरहेका हुन्छन्। उनको पहिचान बनिसकेको सेतो कुर्तामा राजनीतिक, धार्मिक र सामाजिक विभिन्न नाराहरु छापिएका हुन्छन्। र, नेपालको कुनै राष्ट्रिय दिवस वा कुटनीतिक जमघट उनको सन्देश भएको तुल नटाँगिइकन मानौं सम्पन्नै हुँदैनन्। काठमाडौंका सडकमा, पूर्व ट्रक चालक खड्काको तुललेखन शुरु भएको करीब १८ वर्ष भयो। राजधानीका बासिन्दा भएकाले यो शहरको ‘विकास’ लाई उनले आफ्नै आँखाले देखेका छन्। यो शहरको महिमापूर्ण दिनहरु सम्झिँदै खिन्नता प्रकट गर्न चुक्दैनन् उनी। भन्छन्, “ती दिनहरुमा काठमाडौं दिव्य देखिन्थ्यो।”

सबैले उनलाई सडकमा देख्छन्, तर उनी कहाँ र कसरी बस्छन् भनेर धेरैलाई थाहा छैन। चार जना सन्तानका पिता यिनको निजी जीवन धेरैको कल्पना बाहिर छ।



लक्ष्मणसिंह खड्का (६३) को जीवन धेरै मानिसहरुले सोचेभन्दा नितान्त फरक छ। उनको कलंकीमा घर भएपनि, उनी विगत पाँच वर्षदेखि सुन्धारास्थित एउटा होटलको सानो कोठामा बस्दै आएका छन्।


“मेरो परिवारले मेरो जीवनशैली स्वीकार नगरेकाले म एक्लै बस्न थालेको हुँ। त्यसरी सोचेकामा म कसैलाई दोष दिन्न, यो मेरो जीवन हो र यसरी बाँच्न रोजेको पनि मैले नै हो।”


सडकमा हानिनुअघि कपाल कोर्ने, नुहाउने र पूजा गर्ने काममा यिनको दुई घण्टा बित्छ। सबभन्दा पहिले उनी शहीदगेट जान्छन्, त्यसपछि भद्रकाली मन्दिर जान्छन् र परेवालाई चारा ख्वाउँछन्। परेवाहरुलाई लगभग सात किलो चामल दैनिक ख्वाउने उनी बताउँछन्।


नयाँ बानेश्वरस्थित संविधानसभा भवन अघिल्तिर चोकको बीचमा स्वस्फूर्त भाषण दिँदै। बटुवाहरु उनको कुर्तामा छापिएका नाराहरु पढ्दैछन्।


होटलको सानो कोठामा ज्यादा ठाउँ छैन। त्यसैले उनका सारा सामान कोठाको अर्को विछ्यौनामा छरिएको छ।


एक पटक बाहिर निस्किएपछि उनी राति ८ बजे मात्रै कोठामा फर्किन्छन्, दालभात पकाउँछन्, भाँडा माझ्छन् र ११ बजेअघि सुत्छन्। कुनै दिन नेपालको प्रधानमन्त्री हुने उनको सपना छ।

नेपालमा फोटो कथा खिच्ने चलन भर्खरै भित्रिएको हो। पत्रिका र म्यागेजिनहरुमा भने यसको प्रयोग निकै कम भएको छ। फोटो कथामा एउटा फोटो मात्र हैन, विभिन्न फोटोहरुले उनेर एउटा कथा तयार पारिन्छ। यस्ता फोटोहरु तयार पार्न खिच्नेसित सिर्जनशील दिमाग हुनुपर्छ। नेपालमा पनि फोटोग्राफी भन्ने बित्तिकै एपर्चर, ह्वाइट ब्यालेन्स, आइएसओ जस्ता प्राविधिक कुरा मै बढी ध्यान दिइन्छ। फोटोमा हुनुपर्ने ‘कला’ लाई खासै महत्व दिएको पाइँदैन। पत्रपत्रिकाहरुमा पनि सिर्जनात्मक फोटोग्राफीको प्रयोग निकै कम भएको देखिन्छ। खाली उद्‌घाटन, औपचारिक कार्यक्रमका फोटोलाई प्राथमिकता दिइन्छ।

डेनिश स्कूल अफ मिडिया एण्ड जर्नालिजमसँग मिलेर फोटो सर्कलले आयोजना गरेको १४ हप्ते मास्टरक्लासको बेलामा माथिका फोटो खिचिएका हुन्। उक्त मास्टरक्लास प्रख्यात डेनिश फोटोग्राफर म्यास निस्सेनले सञ्चालन गरेका थिए। माथिका फोटोसहितको ‘नित्य परिवर्तन – बाह्र नेपाली फोटोकथा’ शीर्षकमा यी फोटोकथाहरु पुस्तकको रुपमा प्रकाशित भएको छ। यसलाई पुस्तक पसल र अनलाइनमा पनि बेच्न राखिएको छ। अस्ति कात्तिक १८ गतेदेखि २७ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा यी फोटोहरुको प्रदर्शनी पनि हुँदैछ। एक हजार रुपैयाँ पर्ने यो पुस्तकको पीडीएफ प्रति हेर्ने मौका पाएको थिएँ। पुस्तकमा समाजका विभिन्न पाटालाई समेटिएको छ। हाम्रै वरपर देखिने घटनाहरुको एउटा अर्कै पाटो उदाङ्ग पारेको छ यी फोटोले। नेपालका खलासीदेखि राउटेको जीवनशैलिसम्म, अग्ला अपार्टमेन्ट बनाउने हातहरु, एचआइभी संक्रमितदेखि शारीरिक रुपमा अशक्तहरुको संघर्षसम्मलाई पुस्तकमा समेटिएको छ।

थोरै शब्दको आधारमा धेरै कुरा फोटो आफैले बताउँछ यस्ता फोटो कथाहरुमा। एउटा उदाहरण- नेपाल बहुभाषीय र बहुजातीय देश हो। तर अहिले भाषा, पोशाकका आधारमा जातीय पहिचान दिन खोजिन्छ। नयनतारा गुरुङ कक्षपतिको एउटा फोटो कथामा त्यसलाई प्रयोग गरिएको छैन। मात्र अनुहार छन्। नेपालका भिन्न जातिका पुरुष र महिलाका अनुहार। यसमा समानता र भिन्नता खोज्ने जिम्मा फोटो कथाकारले पाठकलाई नै दिएकी छन्।

किशोर के. शर्मा, शिखर भट्टराई, फुर्पु छिरिङ्ग गुरुङ्ग, नरेन्द्र श्रेष्ठ, प्रशित स्थापित, निरञ्जन श्रेष्ठ, नयनतारा गुरुङ्ग कक्षपति, प्रेम छिरिङ्ग शेर्पा, शैलेन्द्र खरेल, उमा विष्ट, गौरवध्वज खड्का र निर्माण श्रेष्ठका फोटोकथाहरु पुस्तक र प्रदर्शनीमा समावेश छन्।

42 Comments

  1. लोभ नभएको, भबिष्य प्रति भरोशा नभएको, तिरस्कृत व्यवहार, साधा मन, छत्पताहत जिन्दगि, प्रधानमन्त्री बनेमा कि दास ढुंगा बाट खस्छ कित काठमाडौँ आइ सिन्घदर्बार छिर्छा कि भीमसेन बंछा कि सडक मा खलासी काम सुरु गर्छा

  2. यसरी सबै संग पैसा मागेर राजा परिवारको जय जय को तूल ताग्नु भन्दा सो पैसा ले गरिब जनता को सेवा गरेको भए उहाँ नाम इतिहास मा कोरिन्छा होला / पशुपति वृद्धाश्रममा बेसाहारा लाई रकम खर्च गरिदिएको भए सबैले मनपराउद थ्यो होला / आफै पनि बेसाहारा हुदा वृद्धाश्रममा सहारा लिन सक्थ्यो होला होइन त ? अनाथ बालबालिकहरुलाइ सहायोग गरि दिएको भए पनि हुन्थ्यो /

  3. लक्ष्मन् खड्कालाई नानाथरी संका गर्नु भन्दा देशलाई मेरो के भूमिकाले सहयोग हुन् सक्छ , या म संग देशलाई के कुरा को जरुरत भनेर सबैले सोची दिए राम्रो हुने थियो कि ?

  4. Consistency is a thing which Mr Khadka has Maintained as he has started his political live.
    And,
    I want to emphasize that Nepalese wouldn’t loose anything, significantly if he becomes a Prime Minister of Nepal.
    Should we dare to micro-anaylse the Duty of Care Towards Nepal & Nepalese Since – Krishna P Bhattarai to Babu Ram Bhattarai !!!

  5. लक्ष्मन् खड्का लाई नेपाल को प्रधान मन्त्रि बनाउदा केहि फरक पर्दैन लक्ष्मन् खड्का ले हरेक एम्बेसी मा जाने सहयोग को रुप मा आर्थिक संकलन गर्ने अनि नेता हरुको मा जाने रकम माग्ने अनि ठुला ठुला ब्यापारी को मा जाने चन्दा माग्ने गरि आफ्नो जीवन चलाई रहेको हुनाले फाइदा त आखिर मा उनै ब्यपारी ,नेता हरुलाई हुने देखिन्छ

  6. मा पनि अब २-४ वर्ष मा एस्तै हुन्छु होला.. मेरो नि येसरी नै समाचार छापिन्छ होला :-)… केहि केहि लक्षण त मिल्न थालिसकेछ .

  7. I have been seeing this person for long time too on the streets of KTM and everyone has the same question in mind, who is he and why he is doing so? i also had written a blog on him long time back. http://sangesh.com.np/blog/2008/02/is-he-a-real-patriot/ Now i am thinking can he lead some movement which can change the Sytem of Nepal like ANNA HAZARE doing in India ? We need some one inspirational person to lead a movement so that these politicians get a good education that they are nothing wiht out puluc support, they can raise them high and same public can bring them down

  8. मा रोशन जी को विचार सोरे आना ठिक. मा १९५४ मा काठमाडौँ मा जन्मेर , हुर्किएर , १९७८ को क्रिस्त्मस पछी लण्डन मा बसो बास गर्दैछु. हो , म किन लण्डन आए ,पंचायेती कालमा तपाई भुक्न सक्नु हुन्थेन , तर सान्ति र सुरछ्या थियो.नेपाल को c d o ले सान्ति सुरछ्या ऐन मुताबिक छ महिना सम्म कोहि लाई पनि बिना अदालत ,वोकिल ,किन मलाई कारागार मा राखिएको हो भन्ने सूचना पनि दिनु नपर्ने थियो , त्यसैले म बेलायत आएको थिए. सायद तपाई यश लाई सजिलो बाटो मैले खोजेर समस्या को समाधान खोज्नु को सत्ता पलायाँबधि भयो भन्नु होला, तर सबै जना क्रान्तिकारी हुन् सक्दैनन् . मलाई हिंसा मन पर्दैन .चाहे यस बाट मात्र सिस्टम परिबतन हुन् सक्छ .तर जनता ले चाह्यो भने बिना हिंसा समस्या हल हुन् सक्छ .गान्धी को कुरा गरु ,सान्ति बाटै उनीले इंडिया स्वाधीन परे .तर अहिले नेपालमा दुइ चार नेताहरु बाहेक सम्पूर्ण नेताहरु खाली आफ्नो पोल्टा मात्र भर्न खोजिरहंचन . इन ओडेर वोर्ड्स ऑल ओफ them are currupt .६० /ओर ७० तपाई काठमाडौँ को कहिँ पनि हिड्नु सक्थ्यो , खाली भुस्याहा कुकुर को डर हुन्थ्यो . तर अहिले बिग बोस को डर सबै नेपाली लाई छ .त्यसैले मैले my संसार मा थेरैये कमेन्ट पठाएको थिए . कुनै पनि देश को सासन कानुन र कानुन भित्र हुनु पर्छ.अनि कसले tax नतिरिकन कसरि पैसा जम्मा गर्यो .द्वन्द को समय बाहेक ,कसैले कानुन बिपरित कार्य गरेको छ भने त्यो व्यक्तिले सजाय पाउनै पर्छ

  9. यम जी धन्यबाद , लक्ष्मन् खड्का लाई प्रधान मन्त्रि बनाउदा का फाइदा हरु लाई बुदा गत प्रस्तुत गर्दा
    १. सरकारी काम कार्य गोपनीयता हुदैन र कुन कार्य कसरि हुदै छ तत्कालै थाहा हुन्छ
    २ राष्ट्र भक्ति को प्रचुर मात्र मा प्रचार प्रसार हुन्छ
    ३ सरकारी कार्य लाई घरायेसी कार्य जस्तो तुरन्त गर्नु पर्ने नियम कानुन बन्ने छ
    ४ सम्पति बिबरण तुरुन्त बुजाउनु हुनेछ
    ५ ठाउँ कुथाऊ जहाँ पनि बोल्दै हिड्ने छ जसले गर्दा सहानुभूति प्राप्त हुने छ

    तर जहाँ सम्म मैले थाहा पाए अनुसार लक्ष्मन् खड्का ले हरेक एम्बेसी मा जाने सहयोग को रुप मा आर्थिक संकलन गर्ने अनि नेता हरुको मा जाने रकम माग्ने अनि ठुला ठुला ब्यापारी को मा जाने चन्दा माग्ने गरि आफ्नो जीवन चलाई रहेको हुनाले फाइदा त आखिर मा उनै ब्यपारी ,नेता हरुलाई हुने देखिन्छ तैपनि उसको एकल जिबन भएको ले कृष्ण प्रसाद भट्टराई लाई माथ गर्ला जस्तो भास्ताचार नगरी तेही सेतो लुगा लगाएर लगाएर नै मर्ला जस्तो छ

  10. अत्ती प्रेम अनि अत्ती घृणा दुवै देश का लागि हानीकार हुन्छ

  11. लक्ष्मणसिंह खड्का को जीवनशैली देखेर म पनि केहि सोच्न बाध्य भएको थिए
    मैले उहाँ लाई धेरै पटक भेटेको छु कहिले सिंहदरबार अघाडी को शालिक म रंग रोगन गरी रहेको, कहिले सडकका पेटीहरु सफा गरी रहेको त कहिले नेपलको झन्डा बोकेर हिडिरहेको …

    मेरो विचार म नेपाल को एक मात्र देशभक्त र राष्ट्र बादी नागरिक हुन् यो कुरा त उनीले लगाउने कपडामा पोतिएका सब्दहरु बाट नै प्रस्ट हुन्छ… चाहे उनले बानेश्वोर गणत्रन्त्र को बिरुद्द म बोले पनि चाहे उनले राजा को गुनगान गाए पनि ..
    उनमा एउटा विचार छ “मेरो देश” भन्ने यो नै सबभन्दा ठुलो कुरा हो अहिले को समय र परिप्रेछ्य मा…

    र जसले उहालाई PSYCHO भन्छ त्यहि मान्छेनै महा PSYCHO हो ..

    आज केहि थोरै भए पनि उहाँ को बारेमा जान्न पाउदा धेरै खुशी छ यसको लागी धेरै धेरै आभार ..

  12. नेपाली जनताले मान समान कदर पत्र दिने पर्ने हो l

  13. सधै भरी अपच र वाकवाकी लाग्ने राजनैतिक समाचार को बिच मा माईसंसार ले पस्किएको नेपाल का खलासी फोटो कथा निकै स्वादिस्ट लाग्यो !

  14. This photo story was a nice read for me. People are borne different,no doubt. Khadka’s way of life is surely one of humble eccentricity and impassioned insanity that encapsulates the fervence and cynicism of our turbulent age. He seems to uphold individual’s freedom while trying to bring order and organization in society

  15. लक्ष्मण सिंह खडका लाई physco भन्ने हरु को दिमाग कता घास चर्न गएछ……..र खदगा लाइ पागल भन्ने ले राची गएर दिमाग को एकपटक टेस्ट गराए हुन्छ / यस्ता निस्वार्थ मानिश लाइ पागल भन्ने तर खुमे , वाग्ले, जोशी, गुप्ताहरु जस्ता लाइ चुनाब जिताएर कुर्ची मा पुर्याएर देश लुट्नु लाइ के भन्ने ?

  16. देश र जनताको नाममा दलहरु खोलेर देश र जनताका छोरा छोरीलाई लोभ र लालचामा पारि उनीहरुको बलको भरमा देश र जनताकै रगत चुस्ने अरु मखुन्ड़े भातमारा भुसतिघ्रेहरु भन्दा त यी बुढा पो नेता मान्न लायक मान्छे रहेछन!!!तर के गर्ने यो देशमा त्यागि र सच्चा लाइ त सधैं सडकमै थिचेर राख्छन-अपराधीहरुले……!!!हाम्रो दुर्भाग्य…..!!!

  17. यिनलाई खाना बस्न चाहि कहा बाट पैसा आउने रहेछा . त्यो पनि लेख्नु पर्यो नि

    • अब खलासीलाइ खाना खानी पैसा ड्राईभरले दिने होला

  18. भ्रस्ट नेता हरु भयको देश मा सोजो ळक्ष्मन् खड्का ले क गर्नु..PM बनैदा पनि गिद्द हरु ले क हालत गर्लान /तर पनि एदी लक्ष्मन् खड्का PM मा उठ्नु भयो भने मेरो तर्फा बाट सक्दो योगदान दिन्छु/

  19. ए ! म त यी बुढालाई प्रधानमन्त्री बनाउनलाई भोट दिनु पर्छ भने खुसि भाको तर हैन हो डाक्टर बैद्य तथा चोर सुकुल्गुन्दाले सम्म सम्हाल्न नसकेको देश कठै त्यो बुढाले एक्लै के सम्हाल्थे यस उसले मानवताको रामकहानी सुन्नु नै बिसाइको थलो हो र कार्य क्षेत्र त्यता हुनेहो भने बासको झाडीमा आगो लाग्छ | यो सबको उपज धरातल बिनाको राजनीति र बन भित्रको मनले बाचेका हामी त्रसित जनताको कातारता सिवाय अरु के नै छ र ?

  20. अन्तमा :- राम्रो काम गर्ने, राम्रो सोच हुनेको गति एस्तो हुन्छ भन्न खोजेको |

  21. भेडा बाख्रा को हुल मा यिनी गधा परेछन कि जस्तो पो छ त >>>

  22. यो बहुला हो यस ले आफै सुत्ने ठाउँ सफा राख्न सकेको देखिदैन .

    • के गर्ने भिम जी,आफ्नो शयन कक्षे सफा राख्नेहरुले त सिंगो देश र जनताकै भाग्य र भबिष्यलाइ समेत सफा(चट्) पारेर राख्दिइ हाले नि!भित्र दुर्गन्धित र पाकेको पाप राखेर बाहिर सफा भएको मखुण्डो भिरेर हाम्रो मासु खाने ब्वाँसाहरु भन्दा त् यी फोहोरी नै धेरै ठिक—भन्ने हामीलाई लागि’राछ/

  23. जसले जे भने पनी लक्ष्मण सिंह खडका को देश प्रति को निस्वार्थ प्रेम ले मन छोयो
    नेपाल का निकम्मा नेता हरु भन्दा त ईन को सोच लाख गुना बढ़ी राम्रो छ .कास सबै नेपाली को सोच यस्तो भैदिए ………….
    लक्ष्मण सिंह खडका लाई physco भन्ने हरु को दिमाग कता घास चर्न गएछ……..

  24. माई संसारले काम नपायर हुँदा हुँदा PSYCHO हरु को पनि जिबन कथा लेख्न थालेछ

  25. यी तुल हरु बनाउन , विभिन्न नारा लेखिएका कपडा हरु लगुना लगाएत क दैनिक गिजर चै कसरि चल्दो रहेछा भन्ने बारे मा पनि जानकारी गराही दिएको भए राम्रो हुने थियो/

  26. laxman खड्का नेपाली माटो मात्र होइन मानब सभ्यता का साधारण तर बिशिष्ठ चिन्तन ले सुशोजित चेतना का प्रकास हुन् मानिस स्वार्थ का लागि कुदे को कुदै हुन्छ तर खड्का मानबिय सस्कार को बत्ति बाल्दै दिदै हिडेका छन जय होस् तपाई को .

  27. हिजो सम्म राजा को बिना अर्थ को गुण गान गर्दै हिड्ने यी खलासी लाई, मैले राष्ट्र भक्त को दर्जा दिन सक्दिन. उनको भाषण अथवा भनाइ हरु मैले पनि सुनेको छु, सबै औचित्य हिन कुरा मात्र बोलेका हुन्छन, उनीमा न त चेतना नै देख्छु न त उत्तेजना नै छ, काम गर्नको दुखले जोगी भए जस्तो भान पर्छ , उनले त यो पनि सोचेको छैनन् कि उन को एस्तो बहुलाहा पारामा परिवारमा कति चिन्तित छ , गन्तब्य बिना को यात्रा र लक्ष्य बिना को कार्य सबै निरर्थक हुन्छ , उनको यात्रा पनि त्येस्तै छ ,

  28. कुनै डाइरेक्टर ले राम्रो तालिम दिएर सिनेमा मा एक चोटी प्रधानमन्त्री को बनाइदिन पाए हुन्थ्यो यी भला मानुस लाइ |
    आज काल पी यम हुन् कि गैडा हुनु पर्छ ,कि अर्जुन दृस्टी ,कि येक्लाब्य दृस्टी ,
    न भए प्रभु कृपा ले गोठालो रास्ट्र पति भए झैँ इनिपनि प्रभु को पछी लाग्नु पर्यो |

  29. शिखर भट्टराई जी उहा को घर कलंकी हैन /पहिला को तीनथाना गा बि स को ओडा न ८ मा हो/त्यो ठाउँ ढुंगा अड्डा हो/

    • वाः ले भने अनुसार नै लेखेको हु मैले, तीनथाना गा बि स को ओडा न ९ हो रहेछ, तर त्यो ठाउँ कलंकी मा हो भनेर भन्नु भो, त्येई भएर लेखे, भुल भए माफ पाउ/

  30. जो संग भेट्दा पनि बर्सौं देखि चिने जानेको जस्तो गरि आत्मियता पुर्वक बोल्ने यी बुडाको बानि त् असाध्य राम्रो हो तर के गर्नु खै उनको हुलिया, दिनचर्या र जिबनको राम-कहानी देख्दा र सुन्दा चाहि दिक्क लाग्थ्यो अनि दुख पनि लाग्थ्यो र मसंग त्यतिबेला अफसोच जाहेर गर्नु बाहेक अरु कुनै उपाय हुन्थेंन ! उनको राजनीतिक दर्शन, परिकल्पना, भविष्यबाणी र समानताको अबधारणा चाहि तर्क संगत हुने गर्थ्यो हो ! मन मनै लाग्थ्यो ‘लक्ष्मन् बुडा……. युरोप, अमेरिका वा जन्मेको भए दार्शनिक सुकरात हुन्थ्येउ होला, नेपालमा जन्मेउ ‘पागल बुडो’ को उपमा पाई राछौ !’

  31. रत्न पार्क मा भासन गरेर बस्ने त्यो मुकुन्द को बारेमा पनि पढ्न र देख्न पाईनेहो कि ,

  32. देश प्रतिको उहाँको निश्छल प्रेम… अटल प्रतिज्ञा..निश्वार्थ भावबाट म धेरै पहिले नै प्रभावित भएको थिए / आज उहाँको बारेमा थप जानकारी लिन पाए / उहाँ नेपालको अन्ना हजारे जस्तै लाग्छ !!
    शिखरजीलाइ धन्यबाद, माइसंसारलाइ आभार !

  33. इतिहास जोगाउन मुर्तिमा रंगरोगन गर्ने ,बातावरण जोगाउन सडक सफा
    गर्ने ,लोभ – लालच नभएको सन्त लाई कलियुगमा पागलनै भन्नुपर्छ .

    • राधिका जी ले ठिक भन्नु भो, देश प्रति निस्वार्थ प्रेम गर्ने व्यक्ति पागल हुन्छ सद्धे मान्छे त् सभासद भएर कुर्सि र व्यक्तिगत स्वार्थ को लागि संसद भवनमा कुस्ती खेल्छन

      • मान्छे पिच्छे फरक फरक सोचाई हुन्छ अनि आफ्नो आफ्नो physco पनि, भन्नेले त यो बूढा लाई psycho भने मान्छे को खुबी अनुसार जसले जे बुझे बुझे आखिर बुझ्ने को पनि गल्ति होइन किनकि उनि हरु ले जति बुझे बुझे त्यो भन्दा बढी बुझ्न उनीहरुको खुबी थिएन अनि तेही बुझे यहाँ मान्छे हरु ले laximi प्रसाद देवकोटा लाई पागल भनि बुझे खै के बुझे के बुझे.

  34. १. फोटोग्राफी एउटा कला रहेछ, विधा रहेछ, अभिव्यक्तिको सशक्त माध्यम रहेछ- शिक्षणमा होस् या पत्रकारितामा या आफ्नै व्यक्तिगत अभिलेख/रुचीको लागि! भनाई पनि छ: “एउटा तस्बिरले हजार शब्दहरुले गर्ने काम गर्दछ (A picture is worth a thousand words.)- यदि दिमाग, परिश्रम र प्रविधि खर्च गरेर फोटो खिच्न सक्यो भने! हामीले National Geographic, PBS, Discovery जस्ता च्यानलहरुमा यसका केहि उदाहरणहरु देख्न सक्दछौं|

    २. लक्ष्मण सिंह खड्कासंगको जम्काभेट-
    गत श्रावन महिनामा बानेश्वर चोक क्रश गर्ने क्रममा, उनको बोली सुन्नु पर्यो भनेर मान्छेको घुइंचोको बीचबाटै “के छ सांसदज्यू” भन्दै हात हल्लाएँ| तर उनले “म सांसद होइन” भन्दै अरु कुरा गर्ने मुद्रामा देखिएनन! म पनि हतारमा भएकोले उनको बौद्धिकता नाप्ने हिसाबले कुराकानी गर्न भने पाइएन!

  35. नेपाल का जुनै सुकै नेता लाई खड्का संग दाज्न त मिल्दैन तर तिनी हरु भन्दा यिनी चै पक्कै महान नै हुन् /फोहर सफा गर्ने ,गाडी जाम भएको ठाउमा ट्राफिक को काम गर्ने ,स्वागत को सन्देस दिने कार्य जो गर्छ त्यो कुनै नेता ले गरेको छैन र त उ आफु लाई कुनै दिन प्रधान मन्त्रि को सपना देख्छन/ येसरी सपना देख्नु र माधब नेपाल . प्रचण्ड , बाबु राम ,रामचन्द्र ,सेरे भन्दा फरक केहि छैन किन कि आज सम्म यी सबै नेता ले यो भएन यो नराम्रो इत्यादी मात्र भन्ने गरेका छन् तर कसैले पनि म यो यो किसिम बाट देश लाई विकास गर्छु भनेर योजना प्रस्ट गरेका छैन मात्र हावादारी गफ दियो प्रतिबद्द गर्यो तेस बाट केहि हुने वाला छैन तेसैले अव बाबुराम ले गरेको काम मा सहयोग गरेर यो यो किसिम बाट काम गरे देश विकास गर्न सकिन्छ भनेर किन यिनी हरु बोल्दैन ????कुन चाई नेता को हिम्मत छ ल मेरा भाबी योजना हरु यो किसिम का छन् र मेरो सत्ता हुदा मैले कर्मचारी लाई येस् किसिम बाट परिचालन गर्छु र उनि हरु बाट येस् किसिम ले सहयोग प्राप्त गर्छु अनि आर्थिक खर्च एती सम्म को गर्छु भनेर कुनै नेता ले हामी जनता मा प्रस्ट पार्न सकेको छ ?? खाली ०७ साल मा एस्तो भयो एती साल जेल परे इत्यादी इतिहास बताएर कुनै हुने वाला छैन त्यो त नेपाल को खलासी लक्ष्मन् ले सधै भन्ने गरेको छ तेसैले एदी येसो हो भने किन लक्ष्मन् लाई नै एक चोटी प्रधान मन्त्रि नबनाउने ????? आखिर देश चलाउने अरु नै हो क्यारे उ त मात्र कुर्सि मा बस्ने त हो ……..
    देश को लागि रगत बुलन्द पारौ ,फटाहा हरु लाई निर्मुल पारौ ////

    • रोशन जी, म तपाईं को विचारसंग पूर्ण सहमत छु / यी लक्ष्मन् खड्का लाई नेपाल को प्रधान मन्त्रि बनाउदा केहि फरक पर्दैन / किन भने हाल सम्म का सबै जसो प्रधान मन्त्रि हरु ले राष्ट्र लाई कंगाल बनाउने काम भन्दा अरु के पो गरेका छन् र ? तेसै ले आगामी प्रधान मन्त्रि लक्ष्मन् खड्का नै हुनु पर्छ है / खड्का जी जिन्दाबाद….

Comments are closed.