पशुलाई पशुले मार्न लगाउने क्रुर परम्परा

हुर्राहुर्रीका लागि किसानहरू आ-आफ्ना गाई-भैंसीलाई जीउमा रातो रङको धर्को हालेर गाउँदेखि टाढा खुला चउरमा ल्याउँछन्। गाउँमा चुमान (पूजा) गरेर अपरान्ह चार बजेको साइतमा बाजागाजासाथ चउरमा ल्याइने डुम समुदायको सुँगुरको पाठोलाई डोरीले बाँधेर गाई-भैंसीको सिङमा फ्यालिन्छ। घाइते सुँगुर र आत्तिएका गाई-भैंसीका बथान एकैसाथ दौडन थाल्छन् गाई-भैंसीले कुल्चेर थप घाइते सुँगुरलाई रमितेहरू लाठीले हिर्काउँछन्। यति गर्दागर्दै बेहोस भएको सुँगुरलाई पोखरीमा डुबाउँदा बिउँतियो भने खेल फेरि शुरु हुन्छ।

सुँगुर मरेको निधो भएपछि निकालेर बाँडिने त्यसका दाँत गाउँलेहरू आ-आफ्नो गोठमा लगेर गाड्छन्। सुँगुर मारेर फर्कने गाई-भैंसीलाई तिसी, तेल र बकाइनोको मिश्रण खुवाइन्छ, ढोल बजाउने चमारहरूले चामल र खेलमा मरेको सुँगुर पारिश्रमिक पाउँछन् र यसरी यो नृशंस खेल सकिन्छ।

सुँगुर कुल्चिएर मार्ने गाई-वस्तुले मोक्ष प्राप्त गर्छन् भन्ने रुढीका पछाडि पशुपालनप्रतिको आस्था छ र यसलाई फलिभूत पार्न मधेशका कतिपय गाउँमा अझै पनि गोवर्द्धन पूजाका दिन पशुद्वारा पशु मारिने हुर्राहुर्री पर्व मनाउने चलन छ, धनुषाको बेंगा शिवपुरमा यो वर्ष पनि धुमधामका साथ मनाइयो। स्थानीय रामअषर यादवका अनुसार हात्ती, गाई, भैंसी लगाएर सुँगुर मार्ने हुर्राहुर्री पौराणिक कालदेखि चलेको पर्व हो।

खासगरी यादव बहुल क्षेत्रमा आयोजना हुने हुर्राहुर्रीबारे जनकपुरका सञ्चारकर्मी नवलकिशोर यादव भन्छन्, “परम्पराको नाउँमा पशुमाथि गरिने यस्तो निर्दयी व्यवहारलाई निरुत्साहित गर्न सबै पक्ष लाग्नुपर्छ।”

कतिपय ठाउँमा यो परम्परा आफैं बन्द भएको पनि छ। धनुषाको ठाढी-झिझा गाविसका यादवहरूले गत वर्षदेखि हुर्राहुर्री मनाउन छाडेका स्थानीय महेश्वर गोइतले बताए। किसानका छोराछोरी अन्य पेशामा लागेका, आयआर्जनका लागि विदेश गएका र गाई-भैंसी पालन पनि घटेकाले हुर्राहुर्री हुन छाडेको उनको अनुभव छ। यो वर्ष धनुषा, महोत्तरी, सिरहा र सप्तरीका केही गाउँमा मात्र हुर्राहुर्री आयोजना भए। शब्द सौजन्यः अजय अनुरागी/हिमाल भिडियो सौजन्यः न्युज२४ टिभी

पशुलाई पशुले यातना दिन लगाउने नृशंस खेलको भिडियो हेर्नुस्-

तपाईँलाई यो परम्परा कस्तो लाग्यो ? तल कमेन्टमा आफ्नो विचार राख्नुस्।

53 Comments

  1. यो अतिनै खराब चलन हो/ आजको समय मा पनि यी कुरुती हेर्न सुन्न नेपालीको पछौटेपन हो/

  2. खस गरि नेपाली वेब सा ई ट मा राखेको पिक कुअलिटी टू पूर दयागरेरा मिलाउ है

  3. यस्तै गलत र पासविक कार्य ले गर्दा हाम्रो हिन्दु धर्म मा समेत अनेकौ आक्षेप लाग्ने गरेको छ l कृपया यस्ता गलत प्रथा लाई हटाऊ र अलि सभ्य र दयालु हुने बनि बसालौ !!

  4. चार खुट्टे पशु पन्छिलाई किन एस्तो गरेको होला यो पशु हरुले कस्तो अलिकति पनि मन नभएका पसुहरु बिचरा सुँगुर को पाठो को ठाउमा तेस को बच्चा लै राखेर तेसो गर्दा के भन्दो हो यी पशु हरुले !!!!!!हुनत यो देसमा सबै पराए पशु जनावर भन्दा माथि चै छैन सबै आफनी मतलब मात्र पुरा गर्न तिर लाग्छन झन् आफ्नो मान्छेले मान्छेलाई मान्छेले गर्नु पर्ने बेबहार गर्दैन के पसुअलाई गर्थ्यो बिचरा मान्छे पसुअहरु!!!!

  5. पशुले पशुलाई मार्न लगाउने भन्दा पनि पशु को प्रयोग गरेर अर्को पशु मार्ने भन्दा पो अलि मिथ्यो होला.. कस्तो परम्परा. मान्छे ले हतियार लाई मान्छे मार्न लगायो भने जस्तो ?
    भैशी ले सुँगुर लाई मारेको हो र? गाउले हरुले मारे जस्तो लाग्यो मलाई त .

  6. हे आतार्ताही मानब हो मर्नुनई छत चट् काटी मार न किन यस्तो चरम यातना दिन्छौ? एक चोटी आफुलाई तेस्को ठाउमा राखेर सोचत! के यो साचै आतार्ताही होकी होईन???????????

  7. Totally crab, insufficient knowledge.
    will god be happy seeing all this ? my people wake up these things are not good for human civilization.
    isn’t there any animals rights organization???????????
    Proper education is needed.

  8. मान्छे को आ आफ्नो चलन हुन्छ ,एक को चलन आर्को लाइ न राम्रो लाग्छ |
    मुसलमान को रेटेर मार्ने हिन्दुलाई ,बुद्दिस्ट र क्रिस्तानी लाइ मन पर्दैन } हिन्दु को छप्काउने चलन मुसलमान लाइ मन पर्दैन |
    हिन्दु को लाश पोल्ने मुसलमान लाइ ,क्रिस्तानी लाइ मन पर्दैन ,उनीहरु को गाड्ने हिन्दुलाई
    तेस्तै चाड बाद को ज्ञाप छ | सहिष्णु बनौ ,तनाब हटाउ |

    • ठिक छ सहिष्णु बन्नु पर्चा तर , कसै ली पनि आफ्नु मानावोता गोमौनु हुदैन , the day we loose our humanity we are no more humans, in old days we used to sacrifice humans, so according to your opinion should we also continue that?

      • These questions should go to those who follows these traditions .Personally ,it is not my recommendation.
        For me all kind of sacrifice is inhuman.

    • हो मान्छे को आ- आफ्नो चलन हुन्छा तर केहि चलन हरु अज्ञानता को कारण सुरु भएका चलन हुन्छन जसलाई सुधार गर्नु पर्ने हुन्छा र यसमा धार्मिक सहिष्णुता को कुरा मुछ्नु गलत हो किन भने यो कुनै धर्म बाट प्रेरित परम्परा हैन जस्तो मलाई लाग्छ. मलाई मैथिली भाषा न आए पनि interview मा एक महिला ले भनेको कुरा बुझ्न खोज्दा यस्तो लाग्यो “सुँगुर भैशी को सत्रु हो त्यसैले भैसी ले सुँगुर लाइ मार्छ”, तर यस्ता निराधार र अन्ध्विस्वाशी कुरा को आधार मा जबर्जस्ति एउटा पशु बाट अर्को पशुलाई मार्न लगाउने यस्ता निरङ्कुश परम्परालाई निरन्तरता दिनु के सहिष्णुता भित्र पर्छ र ?

      • ज्युदो गाइ को घाटी रोपेर ,रगत निकाले पिउने चलन छ , बोकालाई पोखरीमा फालेर लुछी लुछी मार्ने जात्रा पनि छ ,आइमाईलाई बीच सडक मा गाडेर दुंगा ले हानेर मार्ने चलन पनि छ (इरान ), अपराधी लाइ मानिस को अगाडी हात पछाडी बाधेर टाउको छिनाउने चलन पनि छ (साउदी ) हाम्रो लाई यी सब घोर अनैतिक र पाप लाग्छ ,तर यो चलन चलाउने र फलो गर्ने ले उसको कारण दिन्छ |
        अझै समाज मा र आजको २१ सताब्दी मा पनि यो अझै छ |
        मुसलमान को ज्युदो जनावर को घाटी मा छुरी घोपेर भटाभट छाला लाइ लुगा तानेको जस्तो तानेको देख्न सकिन्छ ,उसको भनाइ त्यो दुखेर पीडाले अल्लाह अल्लाह भन्छ र जन्नत मा जान्छ |
        हिन्दुहरुको पनि सानै देखि घर मा माया गरेर बोका पाल्छन , सुम्सुमाउछां ,अनि एक दिन आफै ले घाटी छिनाल छन् |
        तेसैले मेरो भनाइ हैन , म कन्भिन्स भएर हुन्न|यहा चेन्ज गर्नु पर्ने ,चलन धेरै छन् |
        सिमित जान जाति को चलन लाइ ये तेरो चै चलन अमानविय भन्दा उसले चै बिस्वास गर्नु पर्यो |

  9. निहत्थालाई मारी दिने धर्म कस्तो होला?
    त्यै रमिता रमाउने शर्म कस्तो होला ?
    अन्धविश्वास विकृतिलाई त्याग्ने हैन अझै ??
    दुःख दिई पुण्य पाएँ भ्रम कस्तो होला ??

  10. हुर्राहुर्री मनायार पुण्य कमाउने हरु मेरा देसका
    हे प्रभु कति निर्दई मान्छे हरु !

  11. कति ठाउमा हटिसकेका भनेकाछन्, तेसैले नया पिढिका साथ साथै यो परम्परा पनि अवस्य हट्नेछ |

  12. यो त अत्ति नै निर्मम भयो ! अलिकति परिमार्जन गरेर, क्रुरतालाइ न्यूनीकरण गरेर परम्परालाइ चलाउँदा अलि सान्धर्विक हुन्थ्यो कि ?!

  13. मेडिया ले समाचार नपाएको बेलामा यही भएपनि भेटाएछन् ठिकै छ
    तर यिनको टाउको दुखाइ किन?
    अरु बेला मासु खाँदा जनावरको हत्या गरेको नहुने तर जब कसैले आफ्नो संस्कार
    मनाउदा कुनै पनि जनावरको हत्या गर्छ त्यो किन समाचार हुने ?

    जुन देश मा मान्छे मरेको मान्छे ( हत्त्यारा ) कानुन बनाउन जान्छ,
    मन्त्रि हुन्छ अनि त्यो देश मा कोहि जनजाति ले आफ्नो संस्कार आफनै
    तरिकाले मनाउदा के फरक पर्छ ! मान्छे ले मान्छे मार्दा कठै भन्न नसक्नेले
    किन पशुको लागि माया देखाउंछ ? प्रकृति को नियमलाई नै मान्ने हो भने पनि
    एक जनावरले ( मानिस ) ले अर्को जनावर लाई मार्नु जीवनचक्र (Ecosystem)
    सन्तुलित बनाइराख्नु लाई नै हो.

    होइन भने
    अरु काम केहि छैन भने
    आफ्नै सरिरको लुतो कन्याएर बसे भैगो नि
    किन अर्का को सरिर मुसार्नु?
    कि कसो …………………………….

    • पहिलो कुरो त ecosystem भनेको जीवनचक्र हैन .. त्यो त ठिकै छ आज भोलि चाहिएको बेला मा नेपाली शब्द आइदिदैन … त्यो कुरो आफ्नो ठाउमा छ तर परम्परा को नाम मा क्रुरता देखाउनु र त्यसलाई कुनै धार्मिक गतिबिधि को रुप मा चिनाउनु गलत हो .. हो उनि हरुको चलन त्यस्तो छ परम्परा त्यस्तो छ के त्यो अज्ञानको कारण भएको हैन र? जब अहिले आएर कसैले उनीहरुलाई यो कुरा हिन्दु धर्म अर्थात् वेदिक संस्कृति अन्तर्गत पर्दैन अन्धविस्वास को आधार मा चली आएको चलन हो भन्ने कुराको जानकारी दिन खोज्दा उसलाई “लुतो कन्याएर बस्ने” कुरा गर्नु भनेको आफैमा लज्जास्पद कुरा हो .. दिउसो २ बजे देखि ७ बजे सम्म एउटा सानो प्राणी लै निरन्तर यातना दिनु र त्यसमा आनन्दित हुनु जति लज्जास्पद छ त्यसलाई “ecosystem” को नाम दिनु पनि त्यति नै अज्ञानता पूर्ण कुरा हो….

      • Darshan ji
        प्रतिक्रियाको लागि र मेरो भाषिक कमजोरी लाई औलाइदिनु भा’को मा धन्यवाद .
        म पनि हिंसा मन पराउदिन तर पनि …………….

        ” आफ्नो अंग को भैसी नदेख्नेले अर्का को अंग को जुम्रा” कसरि देख्छ भन्ने हो !

        • त्यो पनि राम्रो विचार हो…. दियो मुनि अध्यारो हुन्छ नै, तर कसैले अर्को बत्ति बालेर अलि उज्यालो पर्न खोज्दा त्यसलाई नकारात्मक तरिका ले लिनु भन्दा सौहार्दपूर्ण भावनाका साथ एकले अर्को को भैशी अथवा जुम्रा जे भए पनि देखाएर दुवै लाई हीत हुने वातावरण बनाउनु नै बेश हुन्छ जस्तो लाग्छ. हो आंग मा भैशी भएको मान्छे ले देखाएको भन्दै मा मेरो आंगको जुम्रा फल्दिन भन्न त मिलेन नि सर….

  14. चाहे मानव होश चाहे पशु, तडपाई तडपाई तमाशा बनाएर मारेर त्यसबाट मनोरंजन लिनु जघन्य अपराध र अत्यन्त क्रुरता हो ! तुरुन्त बन्द गरिनु पर्छ यस्तो राक्षसि संस्कार, जुन संस्कारले धर्मको आडम्बरमा अथाह-अथाह पाप बोकेको हुन्छ !

  15. कसै को पनि परम्परालाइ नराम्रो भनि हाल्न चै मिल्दैन. परम्पराहरु बिना मानब जिबनको महत्व नै रहदैन. बिकसित देशहरुमा पनि धेरै राम्रा नराम्रा क्रुर खालका परम्पराहरु छन्, उनीहरु तेस्ता परम्पराहरुलाई प्रत्येक वर्ष झन् भन्दा झन् रमाइलो गरि मनाइ रहेका हुन्छन. हामि चै भए भारको सबै नराम्रो भन्दै गर्न हुदैन भनेर लागि पर्छौ. अमेरिका मा थ्यांक्स गिविंगमा अरबौ वोटा टर्की मर्छन. अमेरिकाका किसानहरुले हामीले जसरि नै रेटेर हत्या गर्छन टर्कीको. खसी, बोका, सुँगुरलाइ त गोलि हानेर मार्छन अनि खान्छन. यस्तै हो साथीहो.

    बरु तिनीहरुलाइ एउटा अलि गतिलो सुंगूर दिएर यो साल चै मोज संग यो चाड मनाउ भनेर सहायोग चै गरे राम्रो.

    • in old days we तhad tradition to sacrifice humans, so according to your opinion should we also continue that? or you that that except humans no other animals have right to live on earth? in my opinion bad traditions are meant to be eradicated, or we humans will eradicate our self killing each others

  16. धर्मको नाममा महापाप सभ्यताको अभाव, २१ सौ शताब्दीको एउटा प्रमाण ,

  17. मान्छेहरु किन यतीधेरै निर्दयी बनेका होलान ? यी सबै पापी र अधर्मीका जमात जस्तो लाग्छ / छिटो भन्दा छिटो बन्द हुनु पर्छ यस्तो कुरितीहरु /

  18. परम्परा को नाममा यो सब गरिनु मुर्खता बाहेक की होइन, हामी खाली मान्छेको बारेमा मात्रै सोच्छौ, अझ धेरैले त यो पनि छाडीसके, बिचार ति निर्दोष पशुहरुको दुख: हामी मान्छे भएर पनि किन बुझ्दैनौ? आफ्नो लागि केहि पनि गर्न बाकी नराख्ने स्वोभवले एकदिन हामीलाई पनि बाकी राख्ने छैन | सबैले यी यस्ता खराब परम्परागत बिषय मा आवाज उठाउनु आवस्यक छ |

  19. मान्छेहरु नै एकापसमा लडेर मरीरहेको यो देशमा पसु लडाएर मार्नु त्यती ठुलो र आपतीजनक बिषय हुन सक्ला जस्तो लाग्दैन मलाई । तर मलाई चाहि यो कुरा साहै्र नराम्रो लाग्यो, मान्छेहरुले पशुहरुमा भएको सम्वेदना बुझ्ने कोशिस किन गर्दैनन् । यसै प्रसंगमा पश्चिम नेपालको अछाम जिल्लामा पनि त्यहाको खड्का गाउमा पन्चेउली गर्ने नाममा वर्षेनी सयौको संख्यामा रागाहरुलाई एकदम निसर्ंस तरीकाले कुदाएर मार्ने चलन रहेको कुरा त्यहीको एक जना मेरो साथीले मलाई बताएका थिए । त्यो सुन्दा मानविय सम्बेदना के लाई भनिन्छ भनेर प्रश्न गर्न मन लाग्छ ?

  20. हे परमात्मा कृपया सद्बुद्धि देउ यी कुबुद्धिहरु लाई.

  21. यस्तो व्यवहारले कसैको भलो गर्दैन, बरु समाज लाई हिम्स्रक र निर्दयी बनाउदछ । तसर्थ यस्तो परम्परालाई निरुत्साहित गर्न सबै पक्ष लाग्नुपर्छ ।

  22. अझै पनि मानिस मा चेतना आएको छैन बुद्द जन्मेको देशमा यस्तो हिम्साह कहिले लाग्ला यिनीहरुको घैटमा घाम

  23. मलाई त मावोबादी कालमा मेरो छिमेकि दाईको याद आयो !!!!!! यस्तै शैलीको हत्या थियो त्यो मेरो छिमेकि दाईको पनि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  24. यस्ता कुराहरु एउटा अशिक्षाको कारणले भएको हो | यो राम्रो काम हैन तर भन्दैमा समुदायको अन्ध विश्वाशको कारणले गर्दा यसलाई अहिल्यै नै रोक्न पनि सकिन्न | तर यसलाई रोक्न गार्हो भने अवश्य छैन |
    शिक्षाले जना चेतनाको विकास हुन्छ र त्यहि जन चेतनाको प्रभाब संग-संगै यो नराम्रो परम्परा पनि नासिएर जानेछ |

    जबसम्म आम नेपाली शिक्षित हुन्नन् तब सम्म यस्ता प्रबितिहरु सदैब दोहोरिरहनेछ्न अनि यसको सम्पूर्ण दोष हाम्रा भ्रस्ट नेताहरुलाई जानेछ |

  25. नेपाली को मान्छेहरुलाई बुद्धि कहीले आउने? Very disturbing to watch! Cruelty of animals must be banned. Greater awareness is needed in the country!

    Jenish,

  26. खेल निकै क्रुर छ । परम्परा भएकोले सजिलै हटाउन नसकिए पनि नया पुस्ताले विस्तारै हटाउनु पर्छ ।

  27. परम्पराको नाममा गरिने यस किसिमका बाधहरुले मनोबिज्ञानलाई हिंसामा अगाडी बढाउन मद्दत गर्दछ . अत यो यस्ता किसिमका हिंसात्मक संस्कारहरु रोकिनु पर्दछ . कुनै पनि निर्दोष प्राणीहरुलाई मार्नु धर्म होइन पाप हो .

  28. कसरि हेर्न सकेका होलान रमिते ले पनि….. मलाइ चै मन परेन है…….. मारे पनि एकै छ्प्को मा मारे राम्रो…………

  29. यिनले भैंसी लगाएर सुंगुरको पाठोलाइ स्वाहा पार्छन-त्येसको प्रतिफल स्वरूप-नियतिले यिनलाई क्यान्सर,एड्स,डाइबिटिज,झाडापाखाला आदि आदि लगाएर खलाश पार्छ—!यस्तै यस्तै छ यहाँ………………!!!

  30. अहिले सम्म पनि परम्पराको नाममा गरिने यस्ता कामहरु सामाजिक रुपमा नै बहिस्कार गर्नुपर्छ| यस्तो हिम्श्रक परम्परा तोडीनै पर्छ| तर सरकारी स्तरबाट नै यस्ता क्रियाकलापलाई बन्देज लगाउनु जरुरि छ| मान्छे कसैको ज्यान त्यति भयानक तरिकाले गएको कसरि हेर्न सक्छन| जे भए पनि हरेक समुदाय मा शिछित मानिसहरुको कमि छैन, त्यहि पनि कसरि आफ्नो समाजमा भएको यस्ता कार्यहरुको बिरोध नगरी बस्न सक्छन| परम्परा भन्ने कुरा मान्छेले आफ्नै सजिलोको लागि बनाउदै आएको कुरा हो| यस्ता कुरालाई परम्परा भन्दा पनि कुरीति र अन्धबिश्वाश भन्न सकिन्छा| यस्ता कुरीतिको अन्त हुनैपर्छ|

  31. बेईजत्ति मोराहरु | पशु भन्दा निच मान्छे नामधारी पशु हरु |

  32. सारै अनौठो समाचार लागि धन्यबाद ,,,,,,,
    अलि क्रुर रैछ…. हुन त हाम्रो देसमा अचेल मान्छे मर्ने हरु लाई जे गर्दा नि छुट छ खै क भन्नु ……..

    • १६इ आना सहि!
      जहा चोर लाइ चकटी र साधु लाई शुली चढाइन्छ
      त्यहाँ
      एउटा पशु (मानिस) ले अर्को पशुलाई मर्नलगाउदा के भो र !

  33. मैले यो vedio हेरिसके पछी लागेको कुरा – यो क्रुर, मुर्ख, अन्धबिस्वासीको खेलमा सहभागी भएका दुइ खुट्टामा उभिएका मान्छेहरु भन्दा चार खुट्टामा उभिएका भैसीहरु बढी बुद्दिमान, दयालु र इमान्दार हुँदा रहेछन कि ??? त्येसैले भैसीहरुमा त्यो हिच्किचाहट आएको हो जस्तो लाग्यो !!!!

    मान्छेको नाममा कलङ्क !!!!!

  34. कुनै पनि पर्ब, जात्रा आदि मा गरिने परम्परागत पूजा र हुने बिधि हरुको सहि मुल्यांकन गरि त्येस्तो परम्परा किन र कसरि सुरु भयो अनि त्यो अहिले को सामजिक संधर्व मा कति जायज/नाजायज छ भन्ने कुरा को बिस्तृत अध्यान गरि हाम्रो देश मा चलिआएका परम्पराहरुलाई ब्य्बस्तित गर्नु राम्रो हुन्छ /
    एसको लागि Ministry of culture ले एउटा विज्ञ हरुको committee बनाएर कम थाल्नु आबस्यक छ/

  35. हामी यस्तै पाशविक तथा निर्मम संस्कृतिमा हुर्केका भएर त हो नि पाशविक तथा निर्ममहरुले एक पछी अर्को विलक्षण निर्णय गरेर आफ्ना मतियारहरुलाई ठुलो पदमा पठाउने र आफ्नै पाशविक कृत्यलाई समेत अभयदान दिनेजस्ता कुकर्म गर्दा समेत चुप चाप सहेर बसी राखेका छौँ . जब सम्म यस्तो क्रुर परम्परालाई हामी गर्बका साथ धानी राख्छौं तब सम्म क्रुरहरुले हामी माथि शासन गरिनै रहन्छन. आजको आबश्यकता भनेको जुन सुकै रुपको हिंसा चाहे त्यो संस्कृतिमा होस् वा चाहे त्यो राजनीतिमा होस् जोडदार रुपले विरोध गर्नु हो . पहिला हामी आफ्नै समाज स्वच्छ पारौं तब राजनितीको माध्यमबाट समाज परिवर्तन गर्छु भन्ने नारा बोकेर हामीलाई नै झुक्याई कसैले पनि हामी माथिनै क्रुर शासन गर्न सक्दैन .

  36. एकदम नराम्रो परम्परा . पापी हरुले मात्र गर्छन एस्तो….दया नभएका हरु…पापी….

  37. मानबिय मुर्खताको कुनै सिमा हुन्दैन भने कुरा लाई यो हुर्रा हुर्री नामको कु-पर्ब ले पुस्ति गरेको देखियो। यो र यस्तै खालका कयौ कु-पर्ब, कुरिती, कु-परम्परा हरु अहिले सम्म चलिरहेको सुन्दा मानिसले आफुसंग रहेको बिकृत मानसिकतालाई परिबर्तन नगरेको देखियो। समाजको मानसिक सन्तुलन खराब पार्ने यस्तो क्रुर परम्परा जे जस्तो आस्थाको आधारमा चलेको भएपनि हामीले अब बन्द गर्नु पर्दछ। आशा गरौ, अर्को बर्ष त्यहि दिनमा सोहि ठाउमा, सामजिक सद्भाभाब बढाउने, सबैलाई प्रेम गर्न सिकाउने कुनै नयाँ पर्बको सुरुवात भएको खबर सुन पाउने छ।

  38. यो मानब क्रुरता को चरम उत्कर्ष हो ! परम्परा को नाम मा निर्दोष पशु हरु को हत्या गरेर लियिने यो आनन्द रक्षेसी चेतना को उदाहरण हो !

  39. यस्तो निर्दयी खेल कस्तो लाग्नु नि , यो त पशु माथि गरिएको घोर अत्त्याचार हो /

Comments are closed.