‘भ्याटम्यारा’लाई गिरफ्तारीको डर, अर्थमन्त्रालयका हाकिमसित भोजभतेर

नक्कली भ्याट बिल प्रकरणमा संलग्न उद्योगपति-व्यापारीलाई के गिरफ्तारीको डरले सताउन थालेको छ ? अघिल्लो साता उद्योगपति-व्यापारीले अर्थ मन्त्रालयका हाकिमहरुसँग गरेको रमझमले यही कुराको संकेत गरेको छ।

नक्कली भ्याट बिल काण्डमा मुछिएका मारवाडी समुदायका ठूला हस्तीहरूले अघिल्लो साता अर्थका हाकिमहरुलाई भेटेका थिए। लाजिम्पाटस्थित स्काउट कम्पाउन्डमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले व्यापार गर्ने टोयोटाको सोरुम छ, त्यसैको माथिल्लो तलामा प्रमोद जैसवालले मेला रेस्टुरेन्ट सञ्चालन गरेका छन्। भारतीय खाना पाइने यो रेस्टुरेन्टमा गोप्य भेटघाटका लागि तीनवटा ‘प्राइभेट रुम’ बनाइएको छ।

यिनै रुममध्ये ट्वाइलेटछेउको रुममा दुई हाकिमसँग व्यापारीले गोप्य भेट गरेका थिए। ब्ल्याकलेबल मदिरा लिँदै सुरु भएको छलफलमा विशाल समूहका त्रिलोकचन्द्र अग्रवाल, शशिकान्त अग्रवाल, गोल्छा समूहका शेखर गोल्छा, शंकर समूहका शंकर गोल्यान, लक्की समूहका साझेदार रमेश गुप्ताको उपस्थिति थियो।

छलफलका क्रममा व्यापारीले सरकारबाट गिरफ्तारीको आदेश आए कम्तीमा सूचना दिन अनुरोध गरेको बताइन्छ। केही दिनअघि अर्थमन्त्री वर्षमान पुनले नक्कली भ्याट बिल प्रकरणका दोषीलाई आवश्यक परे गिरफ्तार गरेर छानबिन गर्न सकिने बताएपछि व्यापारीहरू झसंग भएका थिए।

त्यसलगत्तै व्यापारीहरूले लाजिम्पाटमा र्‍याडिसन होटलपछाडि पूर्वप्रधानसेनापति प्रज्वलसमशेर राणाको छिमेकी रहेका त्रिलोकचन्द्र अग्रवालको घरमा विनामदिरा बैठक गरेका थिए। हायात होटलमा मदिरा खाएर कुरा चुहिएजस्तै अग्रवालको घरमा बसेको बैठकको सूचना लिक नहोस् भन्नका लागि सीमित व्यापारीलाई बोलाइएको थियो।

अग्रवालको घरमा बसेको बैठकले राजनीतिक दलका नेता, प्रहरी अधिकृत र पत्रकारसँग सम्बन्ध सुधार्ने निर्णय गरेको थियो। लगत्तै चौधरीले एउटा वेबसाइटको रिलन्चिङ भन्दै होटल एभरेस्टमा, मुस्ताङमा बजाज सोरुम खोलेको उपलक्ष्यमा गोल्छा समूहले होटल हायातमा, स्लोभाकियाको मन्त्री नेपाल आएको उपलक्ष्य पारेर मोरङ अटो वर्क्सका विष्णु अग्रवालले होटल सोल्टीमा पत्रकारलाई भोज दिइसकेका छन्।

अग्रवालको घरमा भएको सहमतिबमोजिम नै मारवाडीहरूले हाकिमहरुलाई मेलामा भेट गरेका थिए। अर्कोतर्फ केही व्यापारीले बिना पैसा र केहीले पैसा तिरेर नक्कली भ्याट प्रकरणमा आन्तरिक राजस्व विभागको अनुसन्धानलाई चुनौती दिएपछि अनुसन्धान अधिकृतहरू रुष्ट भएका छन्।

स्रोतका अनुसार, विभागका अनुसन्धान अधिकृतलाई बयान दिने सबै व्यापारीले नक्कली भ्याट बिल बनाएर राजस्व छलेको भन्दै अन्तिमपटकका लागि माफी दिन आग्रह गरेका थिए। केही व्यापारी विभागमा बयान दिँदा रोएकासमेत थिए। सबैभन्दा बढी राजस्व छलेको शंकर समूहका निर्देशक साहिल अग्रवाल बयान दिँदा डाँको छोडेर नै रोएका थिए। उनले बयानका क्रममा गल्ती स्वीकार गर्दै आइन्दा राजस्व छली नगर्ने वाचा गरेको बताइन्छ।

गोल्छा समूहका निर्देशक शेखर गोल्छा पनि विभाग पुगेर अबदेखि राजस्व छली नगर्ने वाचा गर्दै सुँक्क-सुँक्क रोएका थिए। विभागले बयान दिन बोलाएपछि उनले आफ्ना कर्मचारीलाई वारेसनामा दिएर पठाए। ती कर्मचारीले बयान दिएपछि शेखर आफैं गाडी हाँकेर विभाग पुगेका थिए। –‘जनआस्था’बाट

के हुँदैछ भ्याट कान्ड?

भ्याट कान्डमा राजस्व अनुसन्धान विभागले शंकास्पद ५ सय १८ फर्मको अनुसन्धान गरेकोमा ३ सय ६५ फर्मको अनुसन्धान पूरा गरिसकेको छ। र ती फर्महरुबाट १ अर्ब ९१ करोड रुपैयाँ भ्याट तिराउने निर्णय भएको छ। ठूला औद्योगिक घरानाहरुले अरु नै मान्छेको नाममा दर्ता भएका स-साना फर्महरुबाट किन्दै नकिनेको सामान किनेको जस्तो देखाएर नक्कली भ्याट बनाई राजस्व ठगेको देखिएको छ। चौधरी ग्रुप जस्तो ठूलो कम्पनीले पत्याउनै नसकिने फुच्चे फर्महरु, जसका सञ्चालक भनिएका मान्छेहरु मलेसियामा रोजगारीका लागि गइरहेका छन्, त्यस्तो फर्महरुबाट सामान किनेको भन्दै भ्याट छलेको देखिएको अनुसन्धान स्रोत बताउँछ।

विभागले अनुसन्धान पूरा गरी जरिवाना तिराएका मध्ये १९ फर्मले राजस्व न्यायाधिकरणमा पुनरावेदन गरेका छन्। अब त्यसबाट टुंगो नलागेसम्म यो मुद्दा यत्तिकै थाती रहन्छ। को-को ठूला व्यापारी गएका छन् त पुनरावेदनका लागि ?

जगदम्बा स्टिल– शंकर ग्रुप- उत्पादन जगदम्बा छड र सिमेन्ट उत्पादन- २४ करोड १ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
बरुण वेभरेज नेपाल– उत्पादनः पेप्सी, मिरिन्डा आदि- ३ करोड ४ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स– निर्माण व्यवसाय, त्रिपुरेश्वरको UWTC चलाउने- ३ करोड ४३ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
युनाइटेड डिस्ट्रिब्युटर्स एन्ड इन्जिनियर्स प्रालि– विशाल ग्रुप-सञ्चार, बैंकिङ, उत्पादन क्षेत्र र ट्रेडिङमा लगानी- ३ करोड २२ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
मोरङ अटो वर्क्स इन्टरप्राइजेज- यामाहा लगायत मोटरसाइकल बेच्ने- २ करोड १७ लाख रुपैयाँ भ्याट तिर्नुपर्ने निर्णय
सिजिजिसी चमेलिया-चमेलिया जलविद्युत आयोजना-१ करोड ८१ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
अरुण इन्टरकन्टिनेन्टल, एआइटी प्रालि, सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्स प्रालि– चौधरी ग्रुप- ३ करोड ६० लाख रुपैयाँ भ्याट तिराउने निर्णय
हिम इलेक्ट्रोनिक्स- गोल्छा समूह-१ करोड ७० लाख रुपैयाँ तिराउने निर्णय
द एक्सप्लोर नेपाल-होटल, ट्राभल एजेन्सी- १ करोड २७ लाख रुपैयाँ

23 Comments

  1. हामी नेपाली मा देसभक्ति सुन्य छ.किन भने नेता देखि तल्लो तह को सरकारी कर्मचारी पनि घुस लिन्छन,त्यस ले देस को अर्थतन्त्र मा धेरै नोक्सान हुन्छ.ए यो त मेरो देस हो . मेरो आमा हो. मैले देस लाई सेबा गर्नु पर्छ.खोइ त्यो भाबना कति जनाले देखाएको छ आज सम्म ? आज मैले power news मा सुने कि भन्सार बाट धेरै smuggling हुदो रहेछ.त्यो त मलाई १९७३ मा कोशी भन्सार मा धन चामल कम्पनी मा कम गर्दा थाहा भयो कि ‘राजा देखि रन्क सम्म लाई थाहा छ कि भन्सार को कर्मचारी ले दस्तुर ??? उठाउछ रे ‘ मै ले भन्न खोजेको के भने ति कर्मचारी हरु ले घुस नखाए . तलब को पैसा ले उनीहरु बाच्न सक्दैनन्.त्यसै ले उनीहरु घुस खान्छन . तर हाम्रा इ नेताहरु र ब्यापारीहरु ले त देशलाई सखाप परेका छन्. सुरु गरौ , शेर बहादुर देउबा बाट , १९९० ताका उहा लण्डन मा नटराज retaurant मा २ फीट-५ फीट को कोठामा बस्नु हुन्थ्यो .दुइ चोटी प्रधान मन्त्रि भए पनि देउबा जी को तलब र भत्ता ले खरबौ जम्मा गर्नु सक्ने कुनै पनि उपाय छैन,ठिक छ देउबा जी ले कमाउनु भयो होला,आय कर तिर्नु भयो ? नत्र भने तपाई को बारीमा नोट फल्ने रुख छ ? ? अविकसित देसमा यी सबै समस्या छ. तर ति देस मात्र बिकाश तिर लाग्द छन्, जुन देस का जनता आफु भन्ने होइन हामी नेपाली भन्ने धारणा सबै लाई बिध्यमान नभए सम्म हामीले कुनै पनि छेत्रमा (राम्रो) पनि विकास गर्न सक्तैनौ .कृपया समस्त भ्रस्ट नेता तथा ब्यापारीहरु देस को विकास को लागि अनैतिक तरिका बाट कमाएको धन राष्ट्र को ढुकुटी मा देउ .आखिर एक दिन हामी सबै मर्छौ.नागे जन्मियौ नागे मर्छौ.त्यसले ति करोड, अरब तिमि संग जादैन.त्यको सत्ता मातृभूमि लाई लाभ हुने काम किन गर्दैनौ.यसमा हामी सबै नेपालीले स्वतन्त्र रुपमा सोच्ने हो कि ?म कल्पना गर्न सक्छु कि सबै नेपाली कुनै दिन नेपालआमा को सबै नेपालीले स्याहार गर्नु पर्छ. बस्तबता त धेरै भिन्न हुन्छ. त्यै पनि म सधैनै असाबादी छु ?

  2. सुटुक्क गएर भोज खाने हाकिमहरुको पनि भण्डाफोर गर्नु पर्यो /

  3. vat तथा राजस्वका कर्मचारीहरुको पनि सम्पत्तिको छानबिन तुरुन्त्त गर्नु पर्यो , त्यहाँका हाकिमहरुको कुरै छाड्नोस साना कर्मचारीहरुको पनि करोडौंको घर छ काठमाडौँ मा / जो पहिले slc को certificate मात्र बोकेर काठमाडौँ छिरेका थिए / र २, ४ बर्षमा नै घर बनाउन्छन् / अच्चमै !! हामी त हेर्या हेर्यै /

  4. मैले भखरै एक घन्टा लगाएर लेखेको ब्लग यो universe मा हराए छ.मैले के बुझेको छु भने यी भ्यात्मारा हरु लाई एमाले र कांग्रेस ले पुच्हर मात्रै हल्लाउ छन्, झन् मधेसी फोरम त यी ब्यापारीहरु को जुत्ता पुस्छान .त्यसै ले कि त माओबादी ले यी पापीहरु लाई सजाय दिनु पर्यो , कि एन आर. एन. ले औता पार्टी’नेपाल मातृभूमि पार्टी’ भनेर खोल्नु पर्यो , जसमा बाबुराम भट्टराई,गोकर्ण बिस्ट जस्ता इमान्दार मान्छे हरु लाइ अघाडी बढाऊ. माइती नेपाल ,अनुराधा कोइराला ,हेर्नुस हामी नेपालीको दुर्भाग्य हामी संग अनुराधा कोइराला हुनु हुन्छ.तर हामी संग सुजाता कोइराला जस्तो भ्रस्ट आत्मा पनि छ.बाकी का भनाउदा नेताहरु ले मा भन्छु, एक दिन तिमि मरछौ,तिम्रो सम्पति तिमि संग जादैन ,तिमि नांगै जन्मियौ ,नांगै मरछौ,एती हुदा हुदै पनि हामी लाई किन एस्तो drive छ कि मैले पैसा कमाउन पर्छ भनेर .यी कर मारा हरु लाई बाबुराम जी ले राम्रो संग हेर्नु पर्यो.

  5. आठौ योजनामा नै भ्याट सम्बन्धि कुरा उठाएपनि लामो समय ओझेलमा पर्यो / १९९४ मा एमालेको सरकारले भ्याट सम्बन्धि ऐनलाइ संसदमा पेश गर्न नमान्दा अर्थ विश्लेषकहरूले चिन्ता व्यक्त गरेका थिए /
    पछी १९९६ मा नेपाली कांग्रेसको सरकार आएपछि भ्याट ऐन १९९६ पारित गरि १९९७ मा भ्याट नियमावली समेत पारित गरेपछी नेपालमा भ्याट लागू भएको हो /
    भ्याट लागू भएपछी नेपालको आन्तरिक राजस्वले ठुलो छलांग मारेको सत्य कतै लुकेको छैन /
    तात्कालिन अर्थमन्त्री डा.महतले भनेका थिए; केहि व्यापारीको जमातले जति विरोध र जति सडक जलाए पनि कालान्तरमा भ्याट नेपालमा लागू भएको छ, यसको कार्यान्वयन राम्ररी भए देशको अर्थतन्त्र आफै बलियो भएर जानेछ /
    तर डा. महतले भ्याट लागू भैसके पश्चात कार्यान्यवनमा ध्यान दिएनन् वा विदेशबाट अर्थविज्ञहरू झिकाएर काम सिकाउन चुक्यो / त्यसको सट्टा ठुला व्यापारीहरूले विदेशबाट पढेर आएका दक्ष व्यक्ति प्रयोग गरि प्रयोगमा देखा परेका loophole बाट कसरि फाइदा लिने भन्ने तर्फ लागे र सरकारी अनुगमनको आँखा धमिलो पारिराख्यो /
    – यी व्यापारीहरूले बिगत १५ वर्षमा देशको अर्बौ लुटेका छन्, यिनीहरूलाई छोड्न हुदैन /
    – अहिले यिनीहरूमा ठुलो भुइचालो गएको छ, कोहि रुने, कोहि गठबन्धन गर्ने, कोहि हाकिम किन्न खोजले सम्मको काम गर्न खोज्दै छन् /
    * अर्थमन्त्री वर्षमान पुनज्यूलाइ म के अनुरोध गर्दछु भने अहिले सबै तिरबाट भ्याट्मारालाइ कारबाही गर्ने चाँजोपाँजो मिलेको अवस्थामा कुनै पनि कर्मचारीलाइ प्रलोभनमा फस्न नदिई, आफुपनि नफसी कारबाही गरि देशलाई गुण लगाउन हुन अनुरोध गर्दछु, त्यसपछि म तपाईलाई यस कार्यको लागि स्यालुट गर्नेछु* /

  6. यस्ता भ्रस्टाचार , हत्या , कालाबजारी त कर्मचारी र नेता वा मन्त्रीका लागि त मालामाल हो नि !!!!!!!!!! यिनीहरु यस्तैको पछि लागि रहेका हुन्छन !!!!!!! मंत्री र कर्मचारी काका भतिज को सम्बन्ध हुन्छ !!!!!!! एउटा बोक्सी हो भने अर्को धामी !!!!! कहिले काँही यिनीहरुको double role पनि हुन् सक्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  7. बाबुराम जी हजुरका मन्त्रि हरुलाई पनि यी मारवाडी दाई हरु बाट केहि तालिम दिलाउने हो कि, यी vat मारा मध्ये एक जना मारवाडी लाई नेपालको अर्थ मन्त्रि बनाइदिए नेपालको अर्थतन्त्र नै उकासी दिन्छन होला……. ४९ जना पुगिसक्यो अब एक जना नया मन्त्रि बनाउनुस मन्त्रालय को नाम चाही VAT मन्त्रालय राख्दा कसो पर्ला ?

  8. George B Shaw has written an important political play “The Apple Cart” about who has power in this present democratic form of governance. With a fictional monarch and his cabinet and their fight over power – a very interesting conclusion is drawn. It’s neither the king nor the people’s elected body who rules and has their “say” but the people with money who rules. Big two dozens of corporations in case of USA and people like these business families are ruling the country behind the curtain. Unlike in western democracies, they themselves are in the legislative body ( eg Chaudhary, Khetan, Golcha etc) in Nepal. In western democracies they hire lobbyist but in Nepal they are directly present in the governing body. Congress, UML, Maoist and all Madeshi parties are there to safeguard these people’s interest at the expense of poor Nepalese. Sometimes they too appoint their mouthpiece and muscle man for instance Bharat Mohan Adhikari. They are the real suckers of Nepal not the 240 years old monarchy who was scapegoated out with an emotional intensity. How an honest government official like Rameshwor Khanal is paralyzed gives solid evidence of how powerful and influential these corrupt businesspersons are.

  9. ती अर्थका हाकिमहरु पढेलेखेकै मान्छे हुन् जस्तो लाग्छ मलाई/ तिनीहरुलाई पक्कै थाहा छ कि “पेसागत इमान्दारिता” भनेको के हो भनेर/ पुलिसले अपराधीसंग पैसाको लेनदेन गर्नु, इन्जिनियरले ठेकेदारको पैसामा भोज गर्नु, कर अधिकृतले ब्यापारीसंग पैसा वा लाभ प्राप्त गर्नु, यी सबै कुरा हरु पेशागत बेइमनिहरु हुन्/ तिनीहरुले जागिर खादाको पहिलो दिनमा नै “म राष्ट्र र जनताको हितको लागि काम गर्छु, अनि पेशागत इमान्दारिता बहन गर्छु” भनेर कसम खाएका हुन्/ यिनलाई यहि कागज को प्रमाण बनाएर तुरुन्त कारवाही गरिनु पर्छ/

  10. भ्यात्मारा हरु को बिसय मा साथी हरे ले व्यक्त गरेको विचार सुन्दा कमसे कम हामी सबै जनता ले अहिलेको सरकार लाई पूर्ण समर्थन गरे दोषीहरु,ब्यापारी र अर्थमन्त्रालय का कर्मचारी हरु , लाई कानुनी सजाय दिन सकिन्छ. त्यस मा पनि माओबादी ले मात्रै यस्ता देस चुस्ने जुगा हरु को ठेगाना लगाउनु सक्छ.कांग्रेस र एमाले का नेताहरु त यिनी ब्यापारी का पकेट भित्र छन्. लौ समस्त नेपाली ले यस का लागि अभियान चलाउनु अत्यन्तै जरुरि छ.

  11. भ्याटमारहरुसंग भोज खाने अर्थका कर्मचारीलाई कारबाही गर्नु पर्छ ! कारबाही गरेर बाबुराम बन्ने होकी या गयाराम बन्ने हो हेर्न बाँकि छ!!

  12. बाबुरामले भ्यात्मारा मध्ये एक मन्त्रि बनाउन बेर छैन.

  13. PRABHAT PAUDEL FROM USA.

    यो vat को पैसा भनेको त जनता ले तिरेको पैसा हो अर्थात् सहि माने मा जनता को पैसा नै हो | यो जनता को पैसा लै कुनै हालत मा पनि असुल गर्ने पर्छ | यदि गलत काम गर्ने लै सजाय भयन भने उनि हरु को मनोबल बढ्नु को साथै अरुले पनि गर्ने साहस गर्छन र साथै system बिगार्ने नया परिपाटी को नै बिकाश हुन्छ | त्यसैले यो पैसा असुल गर्नु पर्छ |

  14. सोझो हिसाब ले धनि बन्न गाह्रो पो हुन्छ त हजुर ! अपराध गर्ने र अपराधी बचाउने दुवै लाइ सक्त कार्यबाही हुनु पर्छ \रोएर राम्री श्रीमती पाइन्छ र भ्याट मारा हरु ! हरेक क्षेत्रमा सिस्टम बसाल्नु पर्यो \कानुन तोड्ने हरेक लाइ कानुन बमोजिम सजाय हुनै पर्यो \ लोटा लिएर आउने हरु आज राज्य (कानुन ) हात मा लिने भै सके ! चप्पलेहरुले आट गर्लान त साथि हो कार्यबाही होला त ?

  15. संसारको हरेक कानुनमा आरोप लागेका आरोपित अपराधि र अख्तियारमा बसेका अधिकारिहरु बिचमा यसरि भोज हुनुलाई नराम्रो मानिन्छ!नेपालमा भने अनुसन्धानमा संलग्न अधिकारीहरु र भ्याट्मारा नै बसेर बिदेशी रक्शी धोक्छन—-अनि कसरि हुन्छ,निष्पक्ष छानबिन र कारवाही?भोजमा सहभागी हुनेलाई समेत भाटा लगाउनु पर्ने!दोश्रो कुरा-खरबौंको भ्याट मारेर अनि अहिले रोएको नाटक गरेको भरमा ति पापीहरुलाई छोड्न कसरि मिल्छ र?

  16. भ्याटमारा डाकाहरुको साथ साथै अर्थको हाकिम भनौदा डाकाहरुलाइ पनि कारबाइ गर्नुपर्छ….. अपराधीहरुसंग राष्ट्र सेवकले संगत गर्नु पाउछ ???? अग्रवालको घर होस् या गोल्छाको घरमा भोज दिदैमा फरक पर्दैन……. हामी नेपाली यो भ्याटमाराहरुको कर्तुत सहन सक्दैनौ …………….यो बिहारी डाकाहरुलाइ त लखट्न नै पर्छ ………..

  17. भ्याटम्यारा’लाई गिरफ्तारीको डर,होइन !
    अर्थ मन्त्रालयका हाकिमहरु र प्रहरीअधिकृतहरुको भर हो !!
    भ्याटम्यारा हरु’लाई गिरफफ्तार नगरे “खबरदार” मन्त्रालयका हाकिमहरु र प्रहरीअधिकृतहरु लाईनै जनताले गिरफ्तार गर्ने अधिकार छ |तिमीहरु
    जनताको नोकर हौं | नोकर तिमिहरु कुन् माला सूइकार गर्छौ,. फुलको माला कि
    जुत्ताको माला ?

  18. अर्थ मन्त्रालयका हाकिम हरुको नाम सार्बजनिक गरिदिन पाए राम्रो हुन्थ्यो, यतातिर पनि विचार गर्ने हो कि?

  19. Everybody Just ask yourself from your heart,
    Who can punish them??? Who is their supporters???
    And we have to support those who can punish them…….. just clear and simple answer……
    Lot of conspiracy are going on to save them… from media to politicians….. if this issues didn’t finalise till coming month, very difficult in the future….

  20. हल्ला धेरै भयो एक्सन कहिले देखन पाइन्छ होला ? कि रिहर्सल मै टुंगिने हो यो नाटक पनी |

  21. Everybody Just ask yourself,
    Who can punish them??? Who is their supporters???
    And we have to support those who can punish them…….. just clear and simple answer……
    Lot of conspiracy are going on to save them… from media to politicians….. if this issues didn’t finalise till coming month, very difficult in the future….

  22. vat bill काण्डमा अर्थ मन्त्रीको अग्नि परिक्षा आएको छ !!!!!!!! कारवाई गरेर नाम कमाउने कि एउटा ठुलो धनराशी लिएर किच किचे राजनीति छोडी मुग्लान ताप ठोक्ने !

  23. माफ़ी चाई हैन , चिसो खोर मा जाक्नु पर्छ | अनि पो थाहा हुन्छ -कस्तो हुन्छ जनता र देश लाइ ठग्ने जुकाहरुलाई ,. यदि अर्थ सचिबहरु पनि उनिहरु को साथमा हुन्छ भने
    तेही black label को कसम उनिहरु लाई त छोड़ने कुरै भयेन |

Comments are closed.