व्यङ्ग्यः प्रधानमन्त्री–मन्त्री जम्काभेट

-चिरञ्जीवी पौडेल-

डाक्डर साहेब नमस्कार!

(प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकक्षमा शान्ति प्रक्रियाको रोडम्याप बनाउँदै थिए, एक मधेसी महिलाको आवाजले झस्के)

प्रधानमन्त्रीः (महिलातिर फर्किदै)! तपाईंलाई मैले चिनिन नि?

महिलाः कस्तो नचिनेको हुजुर! अस्ति भर्खर किरिया खुवाएको होइन?

प्रधानमन्त्रीः के भन्नुभएको? मैले तपाईंलाई कहिले किरिया खुवाएँ?

(महिलाको पछाडि रहेका पिएले उनलाई सिकाउँछन्, किरीया होइन, सपथ भन्नुस न!)

महिलाः मेरो मतलब, सुपथ खुवाएर मलाई मुन्त्री बनाएको थियो नि हुजुरले!

बाराभः ए, ए! तपाईं पनि मन्त्री है! साँच्चि तपाईं कुन मन्त्री रे?

महिलाः (पिएलाई कोट्याउँदै) म कुन मुन्त्री रे बौवा?

(पिएले कानमा खुसुक्क भन्छ।)

महिलाः म भूतिया मुन्त्री छु हुजुर।

प्रधानमन्त्री (छक्क पर्दै): कस्तो भूतिया मन्त्री भनेको?

पिएः उहाँले भौतिक योजना भन्न खोज्नुभएको।

प्रधानमन्त्रीः ए! अनि भन्नुस न त, के कामले आउनुभो ‘

महिलाः मेरो गडी जो छ, एकदमै थोत्रे भइहालेको छ हुजुर! मलाई एउटा पिजेरो गडी मिलाइदिहाल्नुस।

प्रधानमन्त्री(मुस्काउँदै): पजेरो त अहिले छैन, बरु तपाईंलाई मैले चढेजस्तै मुस्ताङ गाडीको व्यवस्था गर्दिन्छु नि त।

महिलाः ना बाबा ना! ओ मुस्ताङ्गे त म नचढ्ने बाली!

बाराभः किन र!

महिलाः मुस्ताङे त बहुत खटारा छ। बजरंगीको बापुले भनेको छ कि ढुसी भएको चिप्लो गाडी लिएर आइज! उसलाई बिहान–बिहान साइकलमा सब्जी बेच्नुपर्छ नि। त, एउटा ढुसीबाला गडी भयो भने बडा सजिलो भइहाल्छ।

पिएः उहाँले एसी भन्नु खोज्नुभएको!

प्रधानन्त्रीः को हो नी बजरंगीको बापु भनेको?

महिलाः मेरो मर्द छ हुजुर!

प्रधानमन्त्रीः ठीक छ, ठीक छ। म बिचार गरुँला।

महिलाः डाक्डर साहेब, दुसरी बात के छ भने….

प्रधानमन्त्रीः भन्नुस के कुरा हो?

महिलाः बजरंगीको बापुलाई पनि सरकारकोमा एउटा नोकरी मिलाइदिहाल्नु। भन्छ कि मलाई जिम बनाइदे।

प्रधानमन्त्रीः कति पढेको छ?

महिलाः चार किलास पढेको छ हुजुर।

बाराभः (हास्दै) जिएम त होइन, कतै मिल्यो भने पिएन बनाइदिउँला।

महिलाः जिएम र पिएनमा कुन ठूलो हुन्छ हुजुर?

बाराभः (मुसुक्क हाँस्दै) उस्तै उस्तै हो। अरु केही कुरा छ बाँकी?

महिलाः डाक्डर साहेब, मलाई मन्त्रालयमा एउटा अटैंची चाहियो!

बाराभः अटैंची कस्तो अटैंची?

महिलाः ओ गोल गोल हुन्छ नी, त्यसमा शहरीया लोग गन्दा गर्छ नि?

पिएः उहाँले एट्याच बाथरुमको कुरा गर्नुभाको!

बाराभः ठीक छ, त्यो म सचिवज्यूसित कुरा गर्छु।

महिलाः ओ सचिव छ नि डाक्डर साहेब, बहुत कमिना आदमी छ।

बाराभः किन र?

महिलाः त्यसले मैले भनेको कुरा केही पनि मान्दैन हुजुरु। मैले नबुझ्ने नबुझ्ने लेखापढीको कुरा गर्छ अनि फाइलमा ल्याप्चे हानिहाल्न लगाउँछ। त्यसलाई बदलेर मेरो बिरादरीबालालाई ल्याउनुपर्‍यो हुजुर!

बाराभः अनि आफ्नो सुविधाको कुरा मात्रै गर्ने कि आफ्नो मन्त्रालयमा केही सुधारको काम पनि गर्ने?

महिलाः ओ, साफसुधरीको काम त म गरिहाल्छु।

प्रधानमन्त्रीः कसरी गर्नुहुन्छ त? के योजना छ तपाईंसित?

महिलाः म बिहान–बिहान आएर झाडुपोछा गरिहाल्छु।

बाराभः (मुसुक्क हास्दै) मैले त्यस्तो सुधार भनेको होइन। तपाईंले आफ्नो भौतिक योजना मन्त्रालयलाई कसरी कसरी नेतृत्व गर्नुहुन्छ? तपाईंसित के कार्ययोजना छन्, भन्नुस!

महिलाः त्यस्तो लेखापढीको कुरा त म बुझ्दीन माई बाप!

प्रधानमन्त्रीः हेर्नुस मैले त देश र जनताको लागि केही काम गर्नुहुन्छ कि भनेर पो तपाईंहरुलाई मन्त्री बनाएको। तपाईंहरुले मेरो इज्जत धुलोमा मिलाउनुभो। हिजोसम्म सबैतिर मेरो हाई– हाई थियो। तपाईंहरुलाई मन्त्री बनाएपछि सबैले बाई बाई भन्न थाले। तपाईंलाई म आजै बर्खास्त गर्छु। अब जानुस घर!

(महिला अत्तालिदै प्रधानमन्त्रीको खुट्टामा छाँद हाल्न पुग्छिन् र डाँको छोडेर रुन्छिन्)

महिलाः ना… माइ बाप! यस्तो नगरिहाल्नुस।

प्रधानमन्त्रीः म अब कुनै पनि हालतमा तपाईंहरु जस्ता नालायकहरुलाई काखी च्यापेर हिँड्दिन। म आफ्नो राजनीतिक करिअर दाऊमा लगाउन चाहन्न। तपाई गइहाल्नुस् यहाँबाट।

महिलाः (एकाएक उठेर आक्रोशित मुद्रामा) ठीक छ। म पनि तपाईंलाई हेर्छु।

बाराभः के हेर्नुहुन्छ?

महिलाः म यो सरकार गिराइहाल्छु। हाम्रो पार्टी सरकारबाट हटेपछि कसरी चलाउनुहुन्छः? बौवा, अध्यक्षलाई फुन लगाउ। (पिएले फोन लगाउन थाल्छन्।)

प्रधानमन्त्रीः (हड्बडाउँदै) होइन, होइन के गर्न आँट्नुभएको! मैले त ठट्टा पो गरेको। तपाईंजस्तो सक्षम मन्त्रीलाई मैले हटाउँला त?

महिलाः त, ठीक छ। मेरो कुराहरु त सुनिलिनुभयो। मैले भनेको कुराहरु पूरा भएन भने सम्झिनुस्, सरकार गिर्‍यो।

बाराभः हस्, यहाँले कत्ति धन्दा मान्नु पर्दैन। म सबै पूरा गर्छु। ढुक्क भएर जानुस भन्ने मलाई लाइराछ।

महिला हिँड्न आँट्छिन्। तर झट्ट एउटा कुरा सम्झेर फर्किन्छिन्।

महिलाः डाक्डर साहेब अर्को एउटा सानो काम थियो।

प्रधानमन्त्रीः भन्नुस के काम हो, ज्यान हाजिर छ।

महिलाः मेरो घरमा भैंस चार दिनदेखि बिमार पडिरहेको छ। एकबार आएर ओखतिमूलो गरिदिहाल्नुस!

95 Comments

  1. बिषय र परिस्थितिले अर्को अर्थ नलागे यो व्यंगात्मक लेखमा महिले बुझेको कुरा पनि ‘बर्तमान विषम राजनैतिक सत्ता समीकरण (सौदाबाजी) मा भाग-बण्डा मिलाउन देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा विराजमान ब्यक्तिपनि कति निरिह र बिबश भएर एक अयोग्य, अशिक्षित् अनि नादान व्यक्तिसंग झुक्न पर्ने हुन्छ त्’ भनेर देखाइएको छ ! लेखमा कुनै किशिमको जाति बिसेशलाई मात्र कटाक्ष्य प्रहार वा घोचपेच युक्त पूर्वाग्रह छ जस्तो चाहि लागेंन ! व्यंगमा कहिले काँही अलिकति छिटा पर्न जानुलाई स्वाभाविक रुपमा लिनु पर्ला !

  2. बाहुनबादी सोचाईबाट गरिएको व्यंग्य हो यो! मपाइत्वको गन्ध ह्वास्स आईरहेको छ, खैर मधेसीको काल्पनिक चित्रण गर्न खोजेर, अझ उनीहरुकै expense मा व्यंग्य गरिएको यो राग, मीठो लागे पनि| सहि छैन| विभाजित संकीर्ण दिमागको सृजना हो यो, भन्दा फरक नपर्नु पर्ने हो|

    पढे-लेखेकाले अहिलेसम्म देश हाकेर कहा पुर्यायो!, तथ्य आफ्नै आँखा सामु नदेख्ने अन्धाहरुले यस्ता लेख उतार्छन| सायद नेपालका बौदिक वर्ग बिल्ला भिर्दै आफै मख्ख पर्नेहरुको नजरमा परेका यस्ता अनपड गवाँर, पाखे, भुसतिघ्रे, खर्पनेहरुलाई देश हाक्न दिउँ त, for a change किनकि देश यो भन्दा तल खस्छ भन्ने अबस्था नै रहेन नि हैन र?? देश त sea bottom मा छ| मलाई बरु बिस्वास छ, यिनीहरुले जरुर देशलाई माथी उकाल्ने छन्|

  3. बाबुराम ता एउटा पात्र मात्र हुन बस्ताब मा जो नेपाली नेता प्रधानमंत्री भए पनी नियति बाबुराम को जस्तै नै भोग्नु पर्छा यहाँ सांप्रदायिक र जतिबाद भन्दा पानी यथार्थ मा हाल नेपाल मा लागु गरिएको राजनितिक प्रणाली ले यसरी नै काम गर्नु पर्ने बाध्यात्मक परिस्थिति को चित्रण गरिएको छ बाबुराम ले काम गर्न सकेन भन्दा पनी उसलाई काम गर्ने बाताबरण नै बनाउन सकिएन भन्ने मूल भावना सबैमा आउनु जरुरी छ किनकी हाम्रो देश मा उपलब्ध सबै नेता मध्ये यी नै अहिले सम्म का उपयुक्त रास्त्रबादी सोच भएका नेता हुन यूरोप र अमेरिका पनी रातरात बिकसित भएका होइनन त्याहा पनी दूरगामी सोच राखेर र जो सुकी नै पनी रास्त्रप्रमुख भए पनी देश बिकाश का निम्ति नै योगदान गरेका हुनाले एस्तो स्तिति मा आइपुगेका हुन एसई हुनाले काम गंरना चाहना भएका भट्टाराई लाई प्रसस्ता समय दिन हामी नेपाली जनता ले साथ दिन जरुरी छ अबा राजनितिक दल ले साथ दिने ता कुरै आउदैना किनकी ती ता सबै एउटा न एउटा बखेड़ा झिकेर बारगेनिंग गरिरहेका हुन्छन् तसर्थ हामीले पनी एस्ता एकला परिएका भट्टाराई लाई गलत नजर ले हेर्नु हुन्ना यहाँ ता सबै मिलेर भट्टाराई जस्ता लाई एक्लौदई गई एको मात्र हो किनकी यहाँ सत्ता को लुचाचुदी मा भट्टाराई ले अद्को थाप्लन भनेर सबै राजनितिक नेता हरु ले डर मनिराहेका छान र उनिहरु आफ्नो घुस्याहा प्रणाली माथि कसैले औलो उठएको हेरना चाहदैनन येसैले पनी हामीले सच्चा नेपाली नागरिक भएर देश बिकाश को निम्ति भट्टाराई लाई हरतरह ले सहयोग गर्नु पर्छा भन्ने हामीलाई लागिराख्या छ

  4. लेख समय सान्दर्भिक छ तर बिसय बस्तु उठानको हिसाबले तराई केन्द्रित पार्तिभित्रको असक्षमता लाई केन्द्रित गरियको छ ।यासलाई पढनेले बिचार पुर्याएर पढदाखेरि राम्रो होला।

  5. हा हा बिचार कसले डा पनि मन्त्रि पनि हुन्न लगायो दूइ टोइ हात मा लाद्डू लिने प्रणाम भोग्नु परेछ प्रधान मन्त्रि ले जे होस् बेन्ग्य झक्कास लागि रा छ्य भन्ने हम लाई ला रैछ

  6. राधिका दिदी ज्यु नमस्ते !
    बाबुरामले बुज्नु पर्थ्यो ,मुर्खको सेनापति हुनु भन्दा
    विद्वानको पी. ए. हुनु बेस |
    दिदी यसो भनेर बाबुराम जस्तो योग्य व्यक्तिले देश यसरि भड्खालोमा गइ रहदा पनि हात बाधेर बस्ने कुरा त भएन, कुरा त्यति नै हो हाम्रा नेताहरुको मानसिकता नै यस्तो छ कसरि खुट्टा तान्ने, कसरि अरुलाई पछाडी पर्ने र कसरि हुन्छ राम्रो काम भयो भने जस आफुले लिने भन्ने मात्रै हो ! जे होस् व्यंग्य भित्रका पात्र निकै संदर्विक छन् लेखक लाई धन्यवाद !

  7. हेर नेपाली हरु आज नेपालमा इमान्दार पार्टी चाहिएको छ, जसले भ्रस्टाचार गरेर कमाएको सम्पत्ति रस्त्रियकरण गर्न सक्छ.नत्र भने खाली ‘ भ्रस्त्रचारी लै किरा परोस ‘ भनेर सराप्ता के हुन्छ र ? सबै नेपाली यस मा सहमत हुनुहुन्छ ??????????????????

  8. this is the reality of nepali politicians,, they just hug the chairmanship,never think for the nation, ohh shit,,, it was our bad expactions to appoint Mr. Babu ram as a PM of nepal… now we got the result like dust to dust …………..

  9. यस्ता सस्ता व्यंग हरुले नै समाज मा बिकृति लिएर आउछ अनि शान्त र सभ्य समाज लाइ अनाबस्येक खल्बलाउछन । के यस्तो लेख्नु अघि एकै छिन् विचार गर्न सकिदैन र ? यस्तै कुरा अर्कै तरिकाले लेखना मिल्दैन होला ?

    • बिकृति हैन बन्धु, हामी कहिले माथि उठ्ने ? कहिले खुला मनले काम गर्ने ? सधै एस्तै हो भने के देशको विकास हुन्छ ? भन्ने एक पल्ट साढे २ करोड नेपालीलाई सोच्न बाध्य गराउछ /

      एथार्थ कुरामा analysis गर्न नसक्नेले निकाश कहिले खोज्न सक्दैन तेसैले अजि देखि सोचौ अब कसरि अघि बढ्ने ////

  10. त्यसै नेपालीलाई भेडा भनेका होइनन रहेछ | अर्थ न बर्थ बाबुरामको खेदो गर्या छ गर्या छ | धेरै होइन एउटा मात्र बाबुरामले आफ्नो स्वार्थको लागि कुकाम गरेको कसैले देखाउन सक्छ ? हो म पनि भन्छु ठूलो मन्त्रि मण्डल राम्रो होइन तर यो प्रधानमन्त्रीको रहर होइन बाध्यता हो | यदि उहाले जम्बो मन्त्रि मण्डल नबनाए समर्थन फिर्ता गरि हाल्छन अनि सरकार ढली हाल्छ तब जुन जनता र देशको लागि राम्रा काम गर्दैछन त्यो कसरि सम्भव हुन्छ ? यस बारे कहिले तपाईहरुले सोच्नु भएको छ ?

    • के हो तपाई हारको मन्त्रि गोपाल किराती बैहल्यो त्यहि भएर तपाई हरुको मुटु दुख्यो होल्ला नि तर दुखाउने पर्चा गोपाल किराती एक्लै छ मधेशी दल धेरैचन कुन दिन गोपाल किराती लै पनि खेद्चन अनि छाल पौनुहुंचा खोइ शेर्पा हरु कहिल्ले मन्त्रि पौने खालि लोप्पा खुवाउने?राई लिम्बु पनि त धेर चिन्न त्यहि एक एक जना एक जना चित्त बुझुना लै राखेको छ दुवै जना लै जब लात हन्छ अनि छाल पौनुहुंचा बहु जति भनेर नारा लगाउने बाबुराम अहिलले एकै जति लै मात्र सरकार बनाउने ?

  11. चिरिन्जीवी पौडेलहरु आफुले गरिआएको हालीमुहाली गुमेर पाखा परेको हुनाले अहिले तिलमिलाएका छन् | आफूमात्र जान्ने,बाठो ठान्ने चिरिन्जिविहरु अरु जातीलाई तल्लो जात, हरुवा, चरुवा, थारु, घाँसे र पाखे ठान्छन| यस्तै मानसिकता बोकेको हुनाले नै बिगतमा जनयुद्व भएको थियो| लेख हास्य-ब्यङ्ग भएपनि कुनै जातिप्रति दुराशय भावना राखीएकोले चिरिन्जिविले यसै माइसंसार मंच मार्फत माफी माग्नुपर्छ| नौलो नेपालमा चिरिन्जिविहरुले आफ्नो द्द्रिष्टिकोणलाइ अलि फराकिलो पार्ने कि !!

    • शशांक जी!
      मधेशी जात हैन, यो आधा नेपाली हो / अनि यो सांकेतिक हो र तपाई जे भन्नुस समय सपेक्छ्य छ / एसले हामीमा भएको बिकृतिको पर्तिबिम्ब गर्छ / अब पनि नया नेपाल भनेर फुक्ने अनि पहिले भन्दा एक कदम नि अगाडी बढ्न नसक्ने ?

      हो, बाबुराम संबैले आशा गरेका व्यक्ति हुन् तर उनीले जे गरेनी हामी टुलुटुलु हेरिरहेने ? अरुको छाया देख्दा नै हामीलाई नराम्रो लाग्छ ! त्यो किन ? कामले हैन र ? तेसैले उनीलाई मात्रै जे मनलाग्यो त्यो गर्न छुट छैन /

      अनि तपाईहरु जस्तालाई जे हो त्यो कुरामा अलि पार्टी भन्दा माथि रहेर सोच्ने तारिकको बिकाश भैदिय कसो होला ? नराम्रो कुराको तो बाउको को बिरोध गर्छन नि हैन र ??

  12. Mr. poudyal! what I think about this blog is that u r being racist. There are many politicians in Nepal who doesnt know their duties and above that they keep on demanding the things for their comfort. Not only in Terai Politicians but you can find such behaviours everywhere in Nepal….

  13. So funnyy…i guess this is correct with this situation. I wish he will see this artical n improve himself n nepal too. Best of Luck.

  14. बकवास ………….अरु पार्टीका non – Madhesi नेताहरु मिलेर संबिधान निर्माण किन गर्दैनन् त ??????? !!!!!!………………यो देश त उनीहरुको पनि हो नि……….

  15. डाक्टर बाबुराम धेरै सिधा मान्छे हुन उनी जनता लाइ पन्यौ दिन्छ्न आफु चाही तेसको बदलामा खडकलो लिन्छ्न चौध लाखको गाड़ी चडेर सताईस लाखको चिया पिउने भनेसी कति मितबयी छन तेसैले म भन्छु “गर्नु गर्यौ बाबुराम मुस्तांग चडेर दिक्क लाग्न थाल्यो तिम्रो चाला देखेर “

  16. यस लाई साम्प्रदायिक रुप मा नबुझ्नु नै उत्तम हुन्छ होला, तराई मा धेरै सछ्यम मान्छे हरु छन्, तर तराई केन्द्रित पार्टी हरु ले जुन राजनीति गरिरहेका छन् मुलुक मा, त्यो घृणा योग्य छ ! त्यति धेरै तराई केन्द्रित पार्टी हुनु ले पनि प्रस्ट गर्छ साम्प्रदायिक सोच कुन सम्प्रदाय मा बढी हाबी छ भन्ने ! तराई मा बाढी आउदा पहाड लाई दुख्छ, पहाड मा पहिरो जादा तराई लाई दुख्छ तर तराई केन्द्रित राजनीति गर्ने नेता हरु लाई घुस खान र मन्त्रि हुन नपाउदा मात्रै दुख्छ ! मैले अरु पार्टी का नेता हरु चै पुरै चोखा भन्न खोजेको हैन, तर तराई केन्द्रित पार्टी का नेता हरु भन्दा अलिक कम नै छन् होला अरु पार्टी हरु मा !

  17. आज यो पढेर ठिक लाग्यो/ समय अनुसारको लेख लेख्नुभायकोमा धन्यवाद/ हाम्रो आसमा निरासा दिने प्रधानमन्त्रीलाइ हामीले सचेत वनाउन हमेसा खवरदारी आवश्यक छ/ यो कुर्शीको करामत खराव हुनु राम्रो होइन/ दिन्कादीन जेपयो त्यी गरेको सहन हुदैन/

  18. Abov lines may be right or wrong, we do not go to analyze one thing is sure 1990’s constitution was best one but political parties had no time to make run it. They always would like to new thing. Samething if we strictly use the dedcentrilization of power it will be good but political leaders and government have less attention over it.Earlier UML and Congress leaders did not adjust the Maoists militia but they had only gave their attention to overthrow the 240 year old monarchical institution. That is why people suffer. Come what may Maoists party leadersship were more inteligent than other party leaders. At the moment we people need peace and security without any violace.

  19. अती नै समय सान्दर्भिक र सापेक्ष लाग्यो । जोक जस्तो गरी लेखिएको भए पनि यसमा सत्य छ । डाउटर बाले प्रम भएर भएको मान, सम्मान सबै टुकुचामा बगाए । बरू प्रम नबनेकै भए आस त थियो नि कम्तीमा … ” बरू बाउराम प्रम भए केही गर्थेकी ” भन्ने अब त त्यो नी भन्न पाइएन ।
    लेखकलाइ धन्यवाद ।

    • होइन येस्ता गवार मधिशे मात्रै हुन्छन कि पहाडे पनि? के यो एउटा जातिबाद वा वर्ण भेद भन्दा फरक छ? हेरौ न, सबै पार्टी का पहाडे सांसद लाइ पनि जो प्राय जसो समानुपातिक मा परेर आएका छन, के तिनी हरु सबै सक्षम छन?. के माइ संसार ले बाबुराम र माओबादी को बद्नाम गर्ने मौका पायो भन्दै मा जे पनि लेख्ने? साउथ अफ्रिका वाट बिदा गरिएको वर्ण भेद ले माइ संसार मा आएर आराम गरेछ..

      • यथार्थ त्यही मित्र महेश, सत्य पचाउन गाह्रो भएर वर्णभेदको कुराको ढाल बनाउनु भएको होला,,, यो त एउटा प्रतिकात्मक चरित्र चित्रण मात्रै हो । पहाडै सांसदहरू गवाँर छैन कसले भनेको छ र ।।। विचरा महेश ।।। तपाईंको संकिर्ण बुझाई र सत्य लाई आत्मसात गर्न नसकेको पीडालाई दुख व्यक्त गर्नु बाहेक केही गर्न सकिन्न ।

        • अर्पण जी
          अरु को दिमाग संकीर्ण भन्दै मा आफ्नो फराकिलो हुदेन. तपाइँ संग सहमत नहुना साथ् अरु लाइ संकिन्र्ण भन्नु चाहि कहा को उदार सोचाइ हो?

      • महेश जी यसमा कहाँ बाट जातिबाद को कुरा आयो | एउटा समय सान्दर्भिक ब्यग्य लाई पनि तपाईले मधेशी र पहाडे मा कुरा लानु भएन | ब्यग्यलाई सामाजिक सुधार को पाटो मा लिनु होला |

    • थुक्क यी दुष्ट हुँडारहरुका जत्थाले पौने तीन करोड नेपाली र नेपालको भविष्य अन्धाकार बनाउने भयो|अव राम्रो शिकारीहरु तयार पारेर यी दुष्ट हुँडारहरुलाई सखाप पारेर देश र नागरिकको हितमा कदम चाल्नु अति आवश्यक छ|स्वाभिमानी,निस्छल,निस्वार्थ,देश भक्त नेपालीहरु हो आऊ यी दुष्ट हुँडार ब्वोसाहरुलाई निर्मुल पारौं |

  20. बाबुराम भट्टराईले पनि पढून यो लेख…कतै उनको गुमेको दिमाख फर्किन्छ कि…??

  21. मन्त्री बन्ने ती ‘मधेशी’ महिला को रहेछन् चिरञ्जीवीजी ? जानकारी पाउँ । होइन भने यसले ‘मधेशी’ जनतालाई हेर्ने तपाईंको गलत दृष्टिकोणलाई उजागरमात्र गरेको ठहरिनेछ । इतिहासमै जनजाति, दलित, पिछडिएका अनि ‘मधेशी’ वर्गहरूलाई नयाँ संविधान बनाउने, देश विकासमा सहभागी गराउने मौका दिएको छ र उनीहरू जिम्मेवारीका साथ राज्यको माथिल्लो तहमा पुगेका छन् । उनीहरू यसमा पूर्ण सक्षम नहोलान् वा केही खराबप्रवृत्तिका पनि होलान्, त्यो बेग्लै कुरा हो, तर पढेलेखेका भनाउँदाहरूले यो देशलाई कहाँ पुर्याएका हुन्, हामीले देखेभोगेकै कुरा हो । तसर्थ यस्ता कुराको विरोधलाई म ‘बाहुनवाद’को संज्ञा दिन्छु । बाहुनवाद भनेको बाहुन जातिहरूको वाद भन्न खोजेको होइन, बाहुवादबारे अलग्गै वहस हुनसक्छ ।

    • Mr. Know All,

      He is just potraying the strength of the supporting party to keep this alliance alive and make Mr.BRB in the post. There is no offense and it is your shortsightedness to deduct the story to an Ideological end. I followed your comments since a long time and find it totally onesided and never balanced. Today, I found it totally disgusting that you are commenting nonsense to a nonsense story.

    • पुष्प जी, बिश्वोमा साम्यवाद असम्भब वा असफल हुनु र समाजबाद जटिल अनि दुरी बढ्नु को मुख्य कारक फरक फरक मानबिय सोचाइ बिचार चिन्तन क्षमता र कार्य हुन् र यी माथिको कुरा पनि तेसैमा समाहित छ!
      बाबुरामको प्रयास प्रयत्न लाइ कसैले मनोरंजन ठान्दछन र मजाक गर्छन, कोहि होस्टेमा हैसे गर्नुपर्छा भन्छन र समर्थन दिन्छन सहयोग गर्छन! कोहि बिरोध गर्छन कोहि बखेडा गर्छन! किनकि कसैलाई कसैलाई आफ्नै तन्नन स्तरको मजाक नै प्यारो छ, कसैलाई बाबुराम सफल होलाकी भन्ने डर छ! कसैलाई देश समस्या मुक्त होलाकी भन्ने औडाहा छ, कोहीलाई देश प्रगति पथमा बड्लाकी शान्ति औलाको भन्ने छटपटी छ! यी यस्तै हो अझै त्यो पनि बहुरंगी बहु भाषी र बहु जातिको समाज अनि देश!
      यहा बाबुरामले मन्त्रि संख्या बढ़ायर रेकर्ड त्योद्यो भन्ने हरुलाई पहिले त कसैले भन्दथे, रेकर्ड तोड्नकै लागि बन्ने गर्छ भन्नु सान्दर्भिक देख्छु म! किनकि बाबुरामले रेकर्ड तोडेको देख्ने तेस पछाडी वा अघि केहि नदेख्ने हरुलाई अरु के पो भन्ने?
      बाबुरामले यी मन्त्रि नियुक्ति नगर्दा देशमा कति कसरि असर गर्दथ्यो वा गर्ने छ र तेस्ले कत्ति बिकराल समस्या सिर्जना गर्ने छ भन्ने कुरा यी र बाबुरामले आफ्नो कुर्ची जोगाउन मन्त्रि संख्या को रेकर्ड त्योद्यो भन्नेहरुलाई, यिनीहरुलाई कसरि बुझाउने हो कुन्नि? बाबुरामले मन्त्रि संख्या थपेर आर्थिक भर देको बारे बुझ्ने जान्ने हरु ले यदि बाबुरामको सरकार विघटन वा असफल भय देशको अर्थतन्त्र र राजनीति अनि समाजमा कसरि कति कस्तो असर पर्नासक्छा त्यो यो मंत्रिमंदको भन्दा कति गुणा बढी आर्थिक असर दिने खाले हुन्छा भनेर नदेख्ने हरुलाई के भन्नु देख्ने नचाहने वा देखि बुजी पनि आफ्नो बिरोधि धर्म निर्बाह गर्ने हरुलाई त के कुरा भो र!
      अनि,
      यसरि एक जाति प्रजाति माथि अन्यांत तल्लो मजाक गर्नु देश आन्तारिमाबस्था र संक्रमण कालमा भयको बेला यसले देश र जनतामाथि गलत असर गर्नेछा भनेर यत्रो लेखना सक्ने मान्छेलाई भन्नु नपर्ने हो गाठे! मजाक आफ्नो जाति माथि गर्नुमा जति मिठो मान्न सकिन्छ अर्को जातिलाई होच्यायर गर्नु तेतिनै नकारात्मक र प्रत्युत्पादक बन्न सक्छा भन्ने कुरा यतिबेला सबैले बुझ्नु पर्ने हो!
      सायद चिरंजिबिले पनि बुझेकै होला, उहाको सोचाइ बिचार ब्याबहार कार्य आदि चिरन्जिबी होस् भन्न मात्र सकिन्छ!
      जदौ!!

    • वोहाँको लेख भन्दा अगाडी पनि हेर्ने गर्नुहोस पुस्पा जी तर वोहाँ ले बंग्या गरेपनि ९० प्रतिसत सहि नै छ

  22. आजको नेपालको वास्तविक राजनीतिक बस्तुस्थितिलाई व्यंग्यमा परिणत गर्नु भएकोमा चिरन्जिबी पौडेलजीलाई बधाई छ. . वास्तबमा यो नेपाली राजनीतिको भागबण्डाको मनोवृत्तिको तितो यथार्थ हो.

  23. हाहा हाहा हा !! !!! सार्है हाँस उठ्यो / प्रधानमन्त्री ज्यु , ६०१ जनाको मात्र मुख नहेर्नुस , ३ करोड जनताको मन जित्ने कम गर्नोस तपाईंलै कुर्सिबाट कसैले हटाउन सक्दैन /

  24. बाबु राम जी को ब्यङ्ग त गर्नु ठिकै हो तर नबुझी कन वहा लै आरोप लागउनु गलत . मन्त्रि मण्डल विस्तार गरेर गल्ति गर्यो भन्नु पनि गलत हो . राम्रो काम गर्न को लागि धेरै मान्छे चाहिन्छ . कम नगर्ने भतुवा हरु ले मन्त्रि मण्डल बढाउनु गलत हो तर जसले देश मा धेरै काम गर्न खोजेको छ उसलाई दुइ चार जना मान्छे बड्डी नै चाहिन्छ . हेर्नुस नया बानेश्वोर मा एवेरेस्ट होटेल ले पंचायत कल देखि मिचेको जग्गा हिजो डोजर लगाएर खुलाए .. रिंग रोद्द आठ लेन को बनाउन लागक छन् . अस्ति बाटो भत्काएर हामी लै धुलो खुवाए भने तर हामी ले धुलो खाए पनि हाम्रा सन्तति ले खान पर्दैन . हामी लै चाहिएको बिकाश हो .. कुन चै माइ का लाल के बिकाश गर्यो . मधेशी का नेता हरु ले मधेश लै नै खोक्रो परे . हृदेश त्रिपाठी को सम्पति हेर्नुस . बरु बाबु राम ले त किसान क्रान्ति गर्ने भनेका छन् …. दुखि किसन ले जग्गा पौने भए . देश बनाउन लै हाते मालो गरौ साथी हो . देश मा कोइ पनि गास बस र कपास बाट बन्चित नहोस . कुरा काट्न सजिलो छ तर कम गर्न गारो छ … यो तपाई हरुले पनि भोगेको हुनु पर्चा… त्यसै सके साथ दिनुस नसके कुरा चै नकात्नुस…

    • मदन जी, म तपाइको प्रतिक्रिया को पक्ष मा छु

  25. article धेरी संदर्विक छ,बस्ताब मा वन्ने हो वने,नेपालको बिकाश yastai मन्त्री heru ले गर्दा ओरालो लागको हो.अनि बाबुराम जी जनता को मन जित्ने हो veane त कै राम्रो काम गर्नु परो नी.मुस्तांग chadera matra हुदिना नि.

  26. जुन जोगी आयपनी कानै चिरेको हो . we were expecting lot. this is a real fact. Now all young nepalese has to come up and improve the country. these people are useing nation funds and enjoying themself. ALL ARE CHEATER

  27. व्यंग नै किन नहोस, कसैको बोलि बिगार्नु असभ्यता हो/ हे व्यंगकार महोदयज्यु पहिला सभ्य भाषामा व्यंग सिक्नु होस्/ अरुको बोलि बिगारेर प्रस्तुत गर्नु भएकोले सहि कुरा पनि खल्लो लाग्यो/

    न कालो नराम्रो न गोरो सुन्दर
    बिचार-बोलि नराम्रो नै कुरूप हो/

    बुझ पचाउने सिटको डिग्री बेकाम
    आफ्नै मन्त्रि नचिन्ने “बाबुराम” !!

    राम्रो भनिएको बाट नराम्रो काम
    बाबुरामले गरे आफन्तकै बद्नाम!!

  28. अर्कोचोटी चिरिन्जीवी पौडेलजीले रामचन्द्र पौडेलको (राचपौ) बारेमा पनि यस्तै ब्यंग लेखेमा अनि हामी उनलाई मानौला!!!

    • मलाई पनि त्यस्तै लागेको थियो| तब पो पौडेलको जोक ठाउँमा परने थियो|

    • खोइ बाबुराम जस्तो हत्यारा प्रहरी अधिकृत र सर्बोच्च बाट हत्यारा घोषित व्यक्तिलाई पदोन्नती र आम माफी दिने काम त गरेका छैनन् है सर, रामचन्द्र बाजेले ! रामचन्द्र स्वच्छ छबी भएका नेतामानै पर्ने गर्छन जस्तो लाग्छ नेपाली कांग्रेसमा ! भित्रि कुरा त् भगवानलाईनै थाहा होला तर बाहिर भने खोइ अरुलाई जस्तो आक्षेप् लगाइएको जस्तो त लाग्दैन त् उनलाई ! हाम्रो लामा सरलाई पनि आजकल त् “भदौमा आँखा …………संधै हरियो देख्छ” भन्ने उखान चरितार्थ हुन् थाल्यो कि क्या हो ! चिरन्जिबी पौडेलजी को व्यंग अत्यन्त सान्दर्भिक र समय सक्षेप् छ आजकलको नेपाली राजनैतिक समीकरण र बाध्यात्मक राजनैतिक परिस्थितिमा ! नेपालको परिबेशमा ठुलो भनाउदा पार्टीका नेता पनि कसरि सत्ता समिकरणको लागि कति हद सम्म लाचार भई एक गवाँर र अन्गुठा छाप व्यक्तिलाई ज्यु ज्यु गर्नु पर्ने बाध्यात्मक परिथिति छ भनि चित्रित गरिएको छ ! यो परिच्छेद हर्नुहोश त, :- ” प्रधानमन्त्रीः (हड्बडाउँदै) होइन, होइन के गर्न आँट्नुभएको! मैले त ठट्टा पो गरेको। तपाईंजस्तो सक्षम मन्त्रीलाई मैले हटाउँला त?” हामी कल्पना गर्न सक्छौं कि करिब करिब येस्तै होला बाबुरामको अबस्था नत्र त्यत्रो जम्बो मन्त्रि मण्डल बिस्तार नहुनु पर्ने नि, कि कसो सर ? कसलाई अफसोच लाग्दैन यस्तो किसिमको नेपालको राजनीति को तितो सत्य देख्दा ?

      • पशुपतिको पुजारी नेपाली राख्ता गिर्जाउको आदेशमा बाटोमा उफ्री उफ्री बिरोध गर्दै हिड्ने ढेडु को थियो? राचपौ !

  29. गज्जब छ
    यस्तै निकम्मा मन्त्रीले नेपाल को गर्न सम्म बेइज्जत गरे.
    यस्ता मन्त्रीलाई नडामि नया नेपाल क्यारेर बन्छ

  30. बहुत मन परि लिएछ यी लेख हम्रको |

    कुर्ची मा के छ के छ ,कुर्ची मा के छ ?
    बाबुराम :- हो ………….. कुर्ची मे दिल हे मेरा ,कुर्ची हि ज्यान मेरा | ये कुर्ची मे नही डुंगा ….किसी को ना ना ना,,,,,,,,,,,,,,,,,, ना………. ना ना |हए

    कुर्ची के पिछे क्या हे?कुर्ची के पिछे ?
    बाबुराम :-हो ………. भारत भी साथ् हे मेरा , मक्खिचुस मद्धेसी दल हे प्यारा ,ज्यानमारा मन्त्रि भी साथ् हे मेरा हो हो हो …….हो हो हो |हए

    मन्त्रि :-लाखौ दिवाने तेरे लाखौ दिवाने ,

  31. बाबुरामले बुज्नु पर्थ्यो ,मुर्खको सेनापति हुनु भन्दा
    विद्वानको पी. ए. हुनु बेस |

  32. मलाई हास्य ब्यङ्ग सारै राम्रो लाग्छ. आज साथी (मेरो जस्तै विचार भएको) चिरन्जिबी पौडेल जी को कुरा १००% ठिक हो.आज मैले मन्त्रीहरु कति भ्रस्टचारी हुन्छन भन्ने POWER NEWS मा हेरेको थिए , बुझे ? नेपालमा एस्तो एउटा बिर ,स्वाभिमान,इमान्दार,नेता चहिएको छ. जसले कर नतिरी अरबौ रुपिया कमाउने लाई पाता कशेरा जेल मा हाल्न सक्न पर्छ . अनि मात्र घुष खोरी बन्द हुन्छ.अहिले ब्रामण,खस, छेत्री,समुदाय ले प्रोटेस्ट गरि रहेछ. हो नेपालमा हजारौ वर्ष देखि बाहुन, छेत्री हरुले राम्रो काम तथा सन्मान पाहुथ्यो. .तर त्यसको मतलब एउटा अनपद मान्छे लाई हिसाबकिताब गर्न लगाउने कुरा भयो,कसरि त्यस्ता व्यक्ति हरु लाई मन्त्रि ,राज्यमन्त्री बनाएर देसमा नौटंकी बनाएर हसाउने पो हो लि ? कसैले पनि जातियता आधार मा मात्र मन्त्रि जस्तो पद मा जानु हुदैन थियो. सुजाता, बेगम,देउबा,ओली,खनाल,पौडेल,कृपया तपाई हरु रात मा कसरि सुत्नासक्नु हुन्छ .प्लुस माओबादी का केहि नेता तथा कार्य कर्ता हरुले पनि करोडौ नाजायज रुप मा कमाएको छ ???म फेरी भन्छु कि नेपालमा अहिले एउटा राष्ट्र सेबी पार्टी चाहिएकोछ ,any nepali interested ????? come on ,what are you going to lose ?????

  33. समाबेसी नेपाल को नया रुप
    वा क्या छ समाबेसी करण अनि सत्ता को खेल
    भैसी चराउने मान्छे मन्त्रि मण्डल मा भएपछी जनता ले के आश गर्ने

  34. Obviously It is not good to make a big cabinet in a country like ours.But considering the nature of coalition partners and having less power in his own party,Dr Baburam Bhattarai cannt do much as per people’s expectation and his own determination.The current propoganda against Dr Bhattarai is being done by few media persons and a very small number of people of different parties doesnot make any difference to the popularity of Dr Bhattarai among the very large number of general people who are indifferent to any political ideology.I wish Dr Bhattarai every succcess in his political goals at this very difficult juncture of Nepalese politics.

  35. यो प्रधान मन्त्रि कार्यालयको दैनिकी लाइ व्यंग्य मा परिणत गर्नु भएको मा बधाई छ. . वास्तबमा यो नेपाली राजनीतिकको सत्य रुप र भागबण्डा को यथार्थ हो.
    राम्रो लेख छ

  36. यो मधेशे ले देश बिगार्यो ,यो कुरा सत्ते हो.

    • अब झन् देश नै टुक्राएर दिदै छन् ,यसले त राम्रो मोल पाए
      भारतलाई देश नै बेच्छ ,केवल कमिसन र पैसामा बाचेको छ
      यो जातिको पार्टीहरु
      |

  37. तितो सत्य फलव ,अध्यारोमा यो बलब
    चीसिक्क घोच्दा पनि आनन्दको झलक |
    चिरन्जिबी नाम कृति पनि त्यस्तै होस्
    साच्चै भन्या बाबुरामको खस्किएछ जोश ||
    पारा छैन त हाउ !! पिरले डाको छुट्ला जस्तो
    फेरी भोलि बाबु ड्वा-ड्वा गर्दै भक्कनेर रोला जस्तो |
    डर नमान बाबु ! नेपालीले जिउदोलाई भन्दा मर्यालाई सम्मान गर्छन
    भोलि कुर्शी बाट खसौलाकि भनेर पनि यसले सजगताको टेको भर्छ ||

  38. एक दम राम्रो लग्यो…..औता आइडिया मन मा आयो….. यो लेख चै बाबु राम भट्टराई लाइ पक्कै पढाउनु पर्छ | जसो तसो गरि please प्रधान मन्त्रि सम्म चै पुर्याउनु पर्यो लेखक जी….. जे होस् लेख को लागि फेरी धन्य बाद …….

  39. जनता बाहेक सबलाई खुशी पार्ने ‘राम्रा कदम’का बाबजुद पनि यिनको देश, जनता र सिदान्त भन्दा प्यारो कुर्सि उत्तानो पार्दैछन, आफ्नै प्रचण्ड कमरेडले | त्यसैले महिला मधेशी मन्त्रीको भैंसीलाई ओखतिमुलो गर्न जाने आग्रहमा दम छ है, प्रथम हुने अर्को अवसर पनि छ ! शुभकामना डाक्टर बबुवा !

  40. बाबु राम त झत्तो पो रहेछ | के के न गर्ने भो भनेको त आफ्नो हर्कत देखायो हरामीले | लेख राम्रो छ | हुनत यस्ता डाका हरुलाई जसले जे लेखे पनि के फरक पर्छ र ?

  41. अत्यन्त सटिक, व्यंगात्मक र वास्तविक यथार्थता ! बाबुरामलाई यतिखेर बास्तवमा ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको हुनु पर्छ यो सरकारको प्रधानमन्त्री !

  42. ओह हो !!! साचिकै है ! बाबुराम लाइ पनि सजिलो चाही छैन, यता खुसि पर्यो उता नमिल्ने उता खुसि पर्यो यता नमिल्ने ,मिलाउदै गर बाबुराम हामी हेर्दै छौ.आटीहाल्यौ गरेर देखाऊ

  43. यथार्थ र बस्तुपरक लेख लाई व्यंग्य मार्फत प्रस्तुत गर्नु भयकोमा चिरिन्जीबी जी लाई धन्यवाद ,हाम्रा प्र. म. बाबुराम जी राजनीति र आदर्शमा उच्च भावना भयपनी व्यवहार मा उहाको राजनीति स्खलित भयको छ/आखिरी अयुता उखान छ नि “जुन जोगी आयपनी काने चिरेको “/उहाका सहयोगी मन्त्रि लै नेइ चिन्न सक्नुहुन /

  44. हे साथी हो बिचरा बाबुराम ले मात्र के गरुन he tried best but lets suppot BMB …………..

  45. कुनै एक सम्प्रदाय को प्रतिक बनाएर लेखिएको व्यंग्यात्मक लेख सटिक छ ,वर्तमान मन्त्रीमंडलमा यस्तै चरित्रहरुको बाहुल्यता पाहिन्छ ,बाबुराम जी लाई काम गर्न अफ्ठ्यारो छ \

  46. देश को पिछडिएको बर्ग ,गरिब र जनजातिलाई देखाएर , ठुलो ठुलो कुरागरेर छुचो मुख बजाउने हरु बिहारीको ताबेदार भै काम गरेको देख्दा सरम लाइ पनि झनै सरम लाग्छ होला ,निर्लाज्जवाता को नाङ्गो लाखे नाच लाइ कलात्मक रुप मा प्रस्तुति तपाइको सिर्जनात्मक शक्ति को सदुपयोग हो भन्छु म |

  47. भुतिया मन्त्री जो छ उ हाम्रो पडोसी चाची लाग्छ | बाफ रे बाफ बहुत खतरनाक आदमी छ| हामी पाच्वा कलास मा तिन बार फैल भएको मान्छी जागिर को लागि फोन गरेथे झटसिन चाची ले भोलि नै काठमांडू बोलाई हाल्नु भे छ | किशोर तिवारी [अन्जान] -झापा,हाल- मलेसिया

  48. “मेरो घरमा भैंस चार दिनदेखि बिमार पडिरहेको छ। एकबार आएर ओखतिमूलो गरिदिहाल्नुस!…………………………..” तर मेरो देशमा हामी सबै बिरामी छ है doctor सब

  49. साथी हो
    यो लेख मलाई मन पर्यो/ अहिले योग्यता प्रदर्शन गर्ने बेलामा बाबुरामजी यक्लो बिरहस्पति झुटो भयका छन्/ यदि बाबुरामजीमा पुरुसार्थ छ भने पदको वास्ता नगरी नचाहिदो कुराको पछाडी पटक्कै नलागी संबिधान, बिकाश निर्माण,र सुरक्षा को पछाडी लागेमा सम्पूर्ण नेपाली जनता उनका साथ हुन्छन तसर्थ बेक्तिबादी सोचाई भयका मान्छेको कुरा दुरुस्त जनतामा आए ति बेक्ती हरु लाई तिरस्कृत गर्न यक छिन पनि कुर्नु हुदैन/

  50. chiranjibi ji , thanks for nice article !
    it is the real political situation of nepal .
    i hate all the political parties and their leaders .

  51. यो लेखमा सय प्रतिशत सत्यता छ !!!!! नेपालमा भैरहेको यहि नै हो !!!!! अब हामी आँफै सोचौं यस्ताबाट के कुराको आश गर्ने ?????????????? खालि कुर्सिकोलागि मरेका छन् !!!!!!!!!!! अरु मुलुकमा त प्रधानमंत्री वा मन्त्रीमा साधारण दोष लाग्ने बित्तिकै कित राजिनामा दिईन्छ नत्र झुण्डीएर आत्मा हत्या गरिन्छ !!!!!!!!!!!!!! तर नेपालमा त जनताको आत्मा हत्या हुन्छ प्रधानमंत्री र मन्त्रीको राजिनामा हुँदैन !!!!!!!!! राजनीति गरेको नै यश आराम र पैसा कमाउन लाई हो जोगी हुन लाई त होइन !!!!!!!!!!!!!!!!!!!!!!!

  52. गर्नु गर्योऊ बाबु राम मुस्तांग चढेर, जनतालाई राम राम भन्दै छुरा धसेर,
    भन्ने बेला मितव्ययी, चियै २७ लाख, हिसिला लाई प्राडो अनि जनता लाई लात,
    ४९ मन्त्रि पनि थोरै भन्दो रैछौ, गल्ति जति आफ्नो हैन पहिलाको भन्दो रैछौ,
    तपाइको भ्यागुतो कहाँ उफ्रेछा, बिकाश हैन मूल्य चाहिं छिटो बढेछ,
    सत्र हजार जनता मारी सत्ता पाएछौ, सत्ता पाई आफ्नो बन्दोबास्त गरेछौ,
    नातेदार सबै लाई नियुक्ति गर्नु, प्रचण्डको जस्तै थुप्रो नगद जिन्सी जोड्नु,
    Badhaai छ बाबु राम
    आशिष शर्मा, काठमाडौँ

  53. हा हा मजा आयो …. तर
    “….तपाईंहरुले मेरो इज्जत धुलोमा मिलाउनुभो। हिजोसम्म सबैतिर मेरो हाई– हाई थियो। तपाईंहरुलाई मन्त्री बनाएपछि सबैले बाई बाई भन्न थाले”

    “तपाईहरुले” याने कि मधेसीहरुले गर्दा ???? पौडेलजीले आफ्नो ब्यङ्गमा साप्रदायक सोचलाई बडो राम्रो संग प्रस्तुत गर्नु भएछ है बहुत राम्रो !!!

  54. क्या दामी रहेछ व्यङ्ग्य ! आफु टिम लिडर भए पछी टिमको प्रत्येक सदस्यको खुबी र कमजोरीको जानकारी राखी तेस्लाई गाईड गर्न सक्नु टिम लिडरको सफलता गाँसिएको हुन्छ ! कुन नैतिकताले बनारसी बाबुले सुफत खुवाए त ?

  55. सबै ठिकै लग्यो तर ब्यङ्गको नाममा सब्जी बेच्ने र झाडु-पुछ्ने जस्ता कुरा मिसाएको मन परेन | तर आ-आफ्नो बिचार | समग्रमा ब्यङ्ग राम्रो छ |

  56. व्यक्त गर्ने माध्यायम व्यंग भएपनि यथार्थपरक छ / भाषाशैली फरक हुनसक्ला तर यस्तै चिरा परेको धरातलमा सरकार उभिएको सत्य नकार्न सकिदैन / लेखन परिपक्क छ /

  57. वा वा वा…!! अन्तिम ब्यङ्ग ” मेरो घरमा भैंस चार दिनदेखि बिमार पडिरहेको छ। एकबार आएर ओखतिमूलो गरिदिहाल्नुस!” … सारै मन पर्यो…! अब बाराभ को हालत त्यो भन्दा पनि खत्तम होला जस्तो लग्यो… ! खुब मुस्तांगे नाटक गर्थ्योउ …!!

  58. चिरन्जिबी पौडेलज्यु यो लेख पढ्दा त ब्यङ्ग भन्दा पनि प्रधानमन्त्री कार्यालयमा सधैजसो हुने दोहोरी जस्तो पो लग्यो कतै भित्रि सम्बाददाता बाट प्राप्त भएको सुचनाको आधारमा लेखिएको त हैन? सार्है सान्दर्भिक लेख लग्यो धन्यवाद

  59. समयसापेक्ष लेख …………… जनताको विश्वास र भरोसाको केन्द्र बनेका डा भट्टराई माथि लेखिएको यो ब्यङ्ग भट्टराई ले छिट्टै हेरुन र बुझुन कि जम्बो मन्त्रीमंडल बनाउनु अघि र बनेपछि को छोटो समएमा नै उनीप्रतिको जनताको दृष्टिकोण कति परिबर्तन भैसकेको छ…. आशा गरौ जनताले गरेको विश्वास लै कायम राख्न केहि गर्लान भट्टराई ले भनेर नत्र त जुन जोगी आए पनि कान नै चिरेको भनेजस्तै हो …………..जय नेपाल …..

  60. सारै चित्ताबुज्दो लेख लाग्यो,
    हाम्रा मन्त्रि हरु को स्तर यो भन्दा बडी छैन

    • खुट्टामा मात्र बन्चरो हानेको भए त बरु उपचार गरे हुन्थ्योकी हरि जी, यहाँ त् मलाई मनुवाले आफुले कालिदाशको जस्तो हाँगोको टुप्पोमा बसेर फेद भए तिर आराले मस्त संग सुशेली हाल्दै कटान गरि रहेका पो हुन् कि भन्ने लाग्दै छ ! तर बाबुरामलाई रुखको हाँगो कटान गर्न प्रयोग गर्न दिएको आरा भने गच्छेदार बबुवाको हो कि जस्तो लाग्छ है मलाई त् ! बाबुराम लाई के थाहा तल सिस्नु नै सिस्नुको झ्यांग छ भन्ने कुरा !

      • बाबुराम पनि राजनीतिमा त बच्चै रहेछन !!!!!!!!! प्रचण्डले बलीको बोको बनाए पछि थाह हुन्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

        • बचो पनि कसरी भन्नु हो ,उनि देश चलाई रहेछन | बरु हजुरले घरमा ऐना किन्नु पारो |

Comments are closed.