पात झर्दाको रमाइलो


उत्तर अमेरिका पतझडको कारणले पनि मनमोहक छ। यहाँको न्यु इंगल्यान्ड क्षेत्रका उत्तर पुर्वी पाँच राज्यहरुमा त पतझडको मौसममा हजारौँ पर्यटक ओइरिन्छन्। राताम्य र पहेँलपुर जंगल हेर्न अमेरिकाका मात्र होइन, युरोप र जापानसम्मका पर्यटक आउँछन्। आउनुस् हेरौँ, विमल नेपालले माइसंसारका लागि खिचेका केही फोटो हेरौँ।


यो क्षेत्रमा मध्य सेप्टेम्बरदेखि अक्टोबर र नोभेम्बेरमा दिन छोटो अनि तापक्रम पनि चिसो हुनाले हरियो जंगलले अकस्मात रंग बदल्छ र झर्न थाल्छ। मेपलको जंगल यो सिजनमा सबैभन्दा रमाइलो देखिन्छा मेपलको रुखबाट निकालिएको रसबाट बनाइने खुदो निकै स्वादिलो हुन्छ।


न्यु इंगल्यान्ड क्षेत्र मेप्पल सिरपको लागि पनि प्रसिद्ध छ। यस्तो मनमोहक सुन्दर दृश्यको बेला हिउँ पनि नपर्ने हुनाले मानिसहरु पदयात्रा, सिनिक ड्राइभिङ, बोटिङ, बाइकिङ, क्याम्पिङ आदिमा रमाउँछन्। पतझडको बेला यहाँको पर्यटन र आर्थिक गतिबिधिमा चहलपहल आउँछ।

बोस्टन अमेरिकाको सुन्दर पर्यटकीय सहरहरुमा पर्छ। त्यहाँ पनि यो मौसममा निकै रमाइलो हुन्छ।


47 Comments

  1. पहिला (टोलेड़ो) ओहायो, त्यसपछि लेक्सिंगटन (केन्टकी), त्यस पछी फल्स चर्च (भर्जिनिया) र त्यस पछी पिट्सबर्ग (पेंसलभानिया) यी सबै स्थानहरुमा माथि बिमल नेपालजीले माईसंसारको लागि खिचेका फोटोहरु जस्तो रोमान्चक, मायालु, सुन्दर र अलौकिक ब्रिक्ष्यहरु देखेको थिएँ ! तर आजकल टेक्सासको कुनै पनि शहर भने यस्तो दृश्य देखिंदैन ! यस्तो ब्रिक्ष्यहरु भएको पार्कमा घुम्दा भने उदाश रहेको मनमा एकाएक उमंग छाउने, भित्र मनमा कता कता खुशी तरंगित हुने अनि अझ बढ्ता उन्माद थपिने र झन् साथमा प्रेमी वा प्रेमिका छिन भने त सुनमा सुगन्ध हुने गर्थ्यो युगलजोडी हरुलाई र घन्टौं सम्म प्रेमलापमा लीन हुन्थे उनीहरु ! कहिले काँही लाग्थ्यो हाम्रो देशको पार्कहरुमा पनि यस्ता सुन्दर र लालायित रंगिन ब्रिक्ष्यहरु भईदिएको भए र त्यहा गुंराश, सुनगाभा, सयपत्री र पारिजातलाई पनि संगै तापमान र हावापानी मिल्ने ठाउँमा क्रम मिलाएर राख्न सक्ने भए स्वर्गीय आनन्द र सुन्दरताको लागि बर्षेनी ठुलै पयर्टकहरुको संख्या भित्रिन्थ्यो होला ! अत्यमा, निकोंन क्यामेराको उपरोक्त तस्बिरहरु र बिमल नेपालजीको फोटो ग्राफी अत्यन्त कौशल र सुन्दर रहेको व्यक्त गर्दछु !

  2. सुन्दरतामा नेपाल पनि किन कम हुन्थोर हाम्रा त नेता नै खराब भय फेरी जनता पनि उस्तैछान तेस्ता नेता को सदै पछी लाग्छन

  3. धेरै राम्रो छ तस्बिर हरु तर हाम्रो लागि गुराँस पनि कम भने pattakai छैन .

  4. Lovely pictures! नोर्थ अमेरिका का Northern parts or North eastern parts मा जहाँ फल सिजन मा हिउँ पर्छन, तेहा एस्तो दृश्य देख्न पाइन्छ | यी फोटो हरुमा देखिने रुखका पात (Maple Leaf), क्यानाडा को झन्डा मा पनि प्रतिबिम्बित छन् | मलाई यो निकै मन पर्यो..|

  5. तस्बिर कै कुरा गर्ने हो भने नेपाल धेरै राम्रो छ….

  6. एक दम राम्रो रमणीय द्रिस्य nepal मा पनि यस्तै बनाउन सके कति राम्रो हुन्थ्यो.

    • Thanks Dtipesh for liking my creative photographs. I took them in Boston, USA where I do photography. Umesh ji and I jointly published them. To see my photographic work please visit my web Bimal Nepal dot com and wait to see more pictures on mySansar. thanks for your concern.

  7. प्रकृतिले मात्र वर्णन गर्न सक्ने यस्ता अनुपम सुन्दरताहरुलाई मेरो सलाम ! प्राकृतिक वरदानहरुमा पनि राष्ट्रवाद खोज्ने मुर्खहरुलाई मेरो राम! राम !!

  8. नेपाल का jungle मा फुल्ने लाली गुराँस का आगाडी त यो फिक्का छ / तर राम्रो भने छ / photographer लाई धन्येबाद /

  9. In Nepal there are so many netural स्चेनेस better than this. Please visit the inner Mahabharat mountain region of Salyan, Rukum, Rolpa, Mugu यौ’ll get excellent natural स्चेनेस.

    • Lasha मा सुन छ कान मेरो बूचै भनेजस्तो भयो नी भरतजी! कुरामात्र गरेर के गर्नु….खै त capture गरेर ल्याउनु पर्यो नी! Please don’t take it personal, take it as motivation to do something then just criticizing. Thank you.

  10. माईसंसारमा एस्तो खाले विदेशतिरको रमणीय ठाउँहरुको फोटोब्लग राख्नु पर्ने जस्तो लाग्छ /

  11. अमेरिकाका तस्बिरहरु भन्दा नेपालका हिमालि अनी पहाडी क्षेत्रका रमाइला तस्बिरलाई
    प्राथमिकता दियर प्रकाशन गरे सबैको मन अझ खुशी हुन्थ्यो होला पाठक ज्यु !!!!!!

  12. अति सुन्दर र मनमोहक …
    यो रुख लै नेपालीमा चै के भन्छन होला ?? जान्न पाए हुन्थियो ..

  13. नेपालमा पनि यो रुखको पात हरुले रंग फेर्ने र जर्ने गर्छन! येतिमात्रै फरक हो नेपाल मा सम्म मैदानमा बने यो पाइदैन. हेर्नेहो बने उत्तरी पहाडी भू-भाग मा जानु पर्छ. जयहोस

  14. कहिले हरियो
    कहिले रातो पहेलो
    कहिले उजाड नहुदा पात
    हेर्दा ,झर्दा रमाइलो लाग्ने त्यो अरे हिउपात !
    त्यस पछी को कस्टकर जिबन भोग्दा लाग्छ
    आफ्नै निधार मा लगाई रहू धारे हात ! !

  15. बिमलजी ! सार्है मनमोहक लाग्यो / अहिले न्यूयोर्कको वृक्षहरू पनि अर्ध नग्न हुदै गएका छन्…
    सर्पले काँचुली फेर्न लागेजस्तो लाग्ने !
    उन्मत्त सुन्दरीले कपडा फेर्न लागे जस्तो लाग्ने !!
    निभ्न लागेको बत्ति बेस्सरी धपक्क बलेजस्तो लाग्ने !!!
    बाटो भरि प्रकृतिले आफ्नो बैश बिच्छ्याएर आऊ भोग भने जस्तो लाग्ने !!!
    Wow.. Awesome !!

      • सबै श्रेय तपाईलाई नै जान्छ बिमलजी..तपाइको फोटोग्राफीको परिधिमा कैद हुन पुगेका दृश्यहरू म मा जस्तो जच्यो त्यस्तै ब्लगमा उतारे…धन्यबाद !!

    • मित्र द्रोण.. हुनत आ-आफ्नो मनपराउने अधिकार हो तरपनि मैले भोगेको केहि सुनाउछु..
      यो फूल इन्द्रको बगैचाबाट कृष्णले चोरेर ल्याएर धर्तीमा सारेको हुनाले यसलाई इन्द्रले सरापेकोले टिप्न नमिल्ने, माला गास्न पनि नमिल्ने र बिहान उठ्दा सबै भुइमा झरिसकेको हुने हुनाले वासना औधि मिठो आउने भएपनि अलि काममा नआउने रहेछ /
      मैले मेरो घर अगाडी बगैचामा करिब १२ वर्ष रोपेको अहिले जब्बरको भएको छ / तर पात चाडै सुक्ने, हाँगाबिंगा जताभावी निस्कने अनि विहान उठ्दा प्राय सबै झरिसकेको हुने / त्यो झरेको ठाउमा नाघ्न नहुनेरे ! मलाइ त यो फूल अपजसी फूल जस्तो लाग्यो /

      • सखे
        कल्पना गर्नुस बिहान को सुर्योदय ,दुर मन्दिर मा घंट बजिरहेको छ |घर अगाडिको पारिजात
        को ब्रिक्ष्य बाट जमिन मा झरेर पवित्र सित मा लतपत सुगन्धित टलक्क टल्केको पारिजात को फूलहरु के करोडौ पर्ने हिरा ,जबाहारत भन्दा कम लाग्छन ?

    • द्रोण जी यहा पात झरेको कुरा छ ,|
      पात को बयान फुलको पनि नाउ आउछ र ?

  16. एस्तो मनमोहक दृश्य हेर्ने अवशर न्यु योर्क सहर घुम्ने बेलामा मलाई पनि यसपाली प्राप्त भयो |सारै रमाइलो भयो |

  17. मैले अमेरिकाको बोस्टन क्षेत्रमा खिचेका पतझड को रामाइला तस्वीर हरु मन पराउनु भएको मा सबैलाई धन्न्यबाद छ . अरु धेरै फोटोग्राफ को लागि मेरो वेब साइट bimalnepal . com वा मेरो facebook page मा जानुहोला! – [email protected]

    • राम ! राम !! राम !!!
      यति धेरै रातो ?

      यति मेहनत गरेर मनै दंग पर्ने फोटो देखाउनु भो के पाउनु भो नेपाल जी ?
      कम्प्युटर / इन्टरनेट सम्म पहुच हुने शिक्षित नेपालीहरुको मानसिकता त यस्तो छ भने अरुको कस्तो होला ?

      • धन्यबाद हिमालीजी,
        पाउने आसा मा गरेको काम भन्दा सिर्जनात्मक संतुस्तिकोलागी गरेको काम को आनन्द बेग्लै हुन्छ !
        तपाईं को मन दङ्ग हुने काम गरेंछु ! कमसेकम एउटा आत्मा लाई त मेरो सिर्जनात्मक काम ले खुशी पारेछ नि, यो पनि सानो कुरा हो र ? मानिस लै खुसि पार्नुजस्तो गारो काम यो दुनिया मा केहि छैन. सामान्यतया मान्छे नकारात्मक प्राणी हो तर पनि कमेन्ट हेर्दा केहि मान्छे हरु अरुको काम लाई कदर गर्ने सकारात्मक हरु पनि त रहेछन भन्ने थाहा भयो.
        अरु सिर्जनात्मक फोटो हरु को प्रतीक्षा गर्नुहोला.

    • बिमलजी ले राम्रो फोटोहरु खिच्नु भएको रहेछ . तपाई को वेब साइतमा पनि राम्रो फोटोहरु रहेछन् . तपाइले कुन मोडेल क्यामरा र कस्तो कस्तो खालको लेन्स प्रयोग गर्नु भएको हो ?

      • धन्यबाद राजेन्द्र जी. तपाइले कुन मोडेल क्यामरा र कस्तो कस्तो खालको लेन्स प्रयोग गर्नु भएको हो भन्ने जिज्ञाशा राख्नु भयो…… यो कुरा ले मलाई कुनै मास्टर फोटोग्राफर को भनाइ याद आयो उनले भनेका छन्- ” Cameras don’t take pictures, photographers do. Cameras are just another artist’s tool.” यो मेरो जीवन मा पनि भोगेको छु यी तस्वीर हरु NikonD7000 -18 -200mm ले लिएका हुन् तर केहि यो भन्दा पनि राम्रा iPhone र point and shoot camera बाट पनि आएका छन् जुन मेरो वेब मा छन् . फोटो राम्रो हुन क्यामेरा भन्दा पनि प्रकाश को र composition मा मेहनत गर्नुपर्छ. तपाइलाई थाहा नै छ नि सुर्य सित प्रकाश को के कुरा गर्नु? तपाईं का flickr मा भएका बेजोड तस्वीरहरु नै एसका प्रमाण हुन् नि.

  18. Beautiful. I miss fall in the east coast. Now I am in the Northen plain, there is no fall. Summer changes to winter directly.

  19. colorful trees को पातहरु सुन्दर छन् ! बनेपा देखि तिब्बतको सिमा सम्म जोद्न्ने महेन्द्र मार्ग को दाँया बाँया यस्तै रुखहरु भैदिए कति सुन्दर हुन्थ्यो ! सरकारी ढुकुटी बात पार्टीका कार्यकर्ता पाल्नु भन्दा त्यो पैसा महेंरा राजमार्गमा लागौन्दा कस्तो होला !!

    • गौरव जी तितो त पोख्नु भयो तपाइले पार्टी का नेता र कार्यकर्तालाई तर ति रुख हरु हामीले त्यंहा रोपेर हुने होइनन ! प्रकृतिले जँहा जे दिएको छ त्यसको प्रबर्दन र संरक्षण गर्ने कुरा गर्नु भएको भए कति प्रसन्न हुने थियो यो मन ! हामीलाई यंहाको पात झर्ने रुखको किन खाँचो पर्यो जब हामीसंग पात नझारिकनै राताम्मे र पन्हेलपुर जंगल हुने रुखहरु छन् भने ! कुनै फोटोग्राफरले लोभलाग्दो गरि फोटो खिचेर हाल्यो भन्दैमा हाम्रो अनमोल लाली गुराँसलाई पात झरेर पंहेलीएको क्षणिक आकर्षण भन्दा कम्जोर बनाइदिनु भयो तपाइले ! म साह्रै खिन्न भएँ आज ! यदि यंहा लाली गुराँस फुलाउन सक्ने भए यी अरु कुनै पात झरेर मात्रै १ हप्ताको लागि सुन्दरता दिने रुख हरुको नाश गरेर यंहाका मान्छेले जताततै लाली गुराँस फुलाउने थिए ब्रदर !

  20. फोटा हरु धेरै नै राम्रा छन् . मौका मिले तेस ठाउमा जाने इच्छा छ.

  21. All the pictures are awesome and many many congratulations to the photographer.Hope to see more of your collections in the near futre and thanks to MY sansar for posting it.

  22. सारै सुन्दर र रमाईलो लाग्यो विमलजीको फोटोहरु / माईसंसारमा हप्ता वा पन्द्र दिनको एक चोटी चाहिँ एस्तो खाले विदेशतिरको रमणीय ठाउँहरुको फोटोब्लग राख्नु पर्ने जस्तो लाग्छ /

  23. तस्बिर आफैमा राम्रो हुन्छ त्यसमा “सुगन्ध” थप्ने काम “विमल” जीले गर्नु भयो,आफनो सेरोफेरोमा!मौसम त हाम्रो पनि त्यस्तै छ,उमेशजीको क्यामराबाट हाम्रै सेरोफेरो यसै गरी हेर्न पाए अझै “सुनमा सुगन्ध” हुन्थ्यो नि!

  24. aaha !! nepalma pani yestai भैदिए कस्तो राम्रो हुन्थ्यो हगी? तर अहिले नेपालमा मनसून लागेको छ , राजनीति जस्तो आंधेरो र दिक्क लाग्दो. /

  25. नेपालको पुर्बी पहाडको ‘ तिनजुरे’को याद आयो . गुरास फुलेको बेला यस्तै रमाइलो हुन्छ

  26. बिमलजी तपाईंको फोटोहरु अत्यन्तै राम्रा छन् | मैले तपाईंको फेसबुकमा पनि हेर्दछु| लाग्दछ ,तपाईं अवस्य नै यो क्षेत्रमा सफल हुनुहुन्छ|

  27. साच्चिकै मनमोहक दृश्य ।
    यी रुखहरु त्यहाँ मात्र उमि्रने कि नेपालमा ल्याएर रोप्दा पनि हुन्छ त्यो पनि अनुसन्धान गरौ न ।

Comments are closed.