बलियो पासवर्ड लेख्ने काइदा

अनिश भट्टराई , धरान / सुनसरी
“असफल पहिलो प्रेमी/प्रेमिका भविष्यको पासर्वड हुन्छन ” भन्ने चलन चल्तीको जोक बाट नै अनुमान गर्न सकिन्छ अधिकाँस प्रयोगकर्ताहरु सम्झीन सजिलो होस भन्ने बाहानमा सबैले अनुमान गर्न सक्ने कुरालाई ईन्टरनेटमा आफ्नो  पासवर्ड बनाई दिन्छन । त्यस खालको पासवर्डको रुपमा धेरैको रोजाई आफनो जन्ममिती , बिध्यालयको नाम, परिवारका सदस्यको नाम , आफ्नो मन पर्ने हिरो हिरोईनको नाम, घरको फोन नम्बर, कम्पुटरको किबोर्डको सिक्वेन्सीयल नम्बर , अक्षर आदी हुने गर्दछ । यसरी निश्चीत ब्यक्तीसँग सरोकार राख्ने शब्दलाई पासवर्डको रुपमा प्रयोग गर्दा धेरैले अनुमान गरेर नै  वा बिस्तारो टाईप गर्नेहरुको हकमा कतिपयले टाईप गरेको दुई तिन वटा अक्षरको आधारमा तिनीहरुको पासवर्ड पत्ता लगाउछन । यसरी पासवर्ड चोरी भएको अवश्थामा कतिपयको नैतिक, भैतिक र आर्थीक क्षती भएको सुन्नमा पाइन्छ ।

आफुले सम्झीरहने सजिला कुराहरुलाई पनि निश्चीत नियमले नियमबद्द गरेको अवश्थामा त्यस्ता पासवर्डको साहायताले आफ्नो ईन्टरनेटमा उपस्थीतीलाई सुरक्षीत बनाउन सकिन्छ  । यस खालको नियम भनेर सर्वमान्य कुनै नियम भने बिकास भै सकेको छैन त्यसैले अनुभवको आधारमा धेरैले धेरै खालको नियम प्रश्ताब गरेको भेटिन्छ । त्यस्तै एक पासवर्ड नियम तल बर्णन गरीएको छ ।

  1. एक वा एक भन्दा बढी वेबसाईटको लागी एकै खालको पासवर्ड प्रयोग नगर्नु राम्रो हुन्छ ।
  2. साधारणतय:  कुनै पनि वेबसाईटले “फर्गेट पासवर्ड” भन्ने लिङ्कमा क्लीक गरेर पासवर्ड रिट्रिभ गर्न खोज्दा नयाँ पासवर्ड पठाई दिन्छ भने त्यस किसिमका वेबसाईटहरुले पासवर्डलाई तिनीहरुको डाटाबेसमा ईन्क्रीप्ट गरेर राखेका हुन्छन । जसलाई त्यस वेबसाईटको डाटाबेसमा नै पँहुच हुने मान्छेले पनि त्यो ईन्क्रीप्टेड पासवर्ड हेरेर सजिलै वास्तबिक पासवर्ड थाहा पाउन सक्दैन । तर पासवर्ड रिट्रिभ गर्न खोज्दा पुरानो पासवर्ड नै पठाई दिने वेबसाईटहरुको डाटाबेसमा पासवर्डलाई जस्ताको त्यस्तै भण्डारण गरिएको हुन्छ । त्यस खालको वेबसाईटमा राखीने ब्यक्तीगत सुचना बारे चनाखो हुनु पर्छ ।
  3. यदी तपाईलाई नेपाली टाईप गर्न आउछ भने कुनै नेपाली शब्द वा नाम लाई कुनै ट्रेडीशनल नेपाली फन्ट (प्रिती, कान्तीपुर आदी) मा जसरी लेख्नु हुन्छ । रोमनका अग्रेजी फण्टमा त्यसरी नै लेख्नु भयो भने पनि आफै बलियो पासवर्ड बन्छ ।
  4. पासवर्डको रुपमा प्रयोग गर्न चाहेको शब्दको अक्षरलाई अंकमा र सम्भव भए सम्म अंकलाई अक्षरमा मिलाएर लेख्नु राम्रो हुन्छ । उदारणको लागी यदी तपाईको पासवर्ड Gyanendra हो भने यसलाई सजिलो गरी Gy4n3ndr4 लेख्न सक्नु हुन्छ । यहाँ सानो a लाई ठुलो A वा अंकमा A जस्तै देखिने 4 को प्रयोग गरिएको छ । त्यस्तै e लाई उल्टो E जस्तै देखीने 3 को प्रयोग गरीएको छ ।
  5. अंक र अक्षर मिलेर बनेको पासवर्ड हुदैमा सबै पासवर्ड सुरक्षीत छन भन्न सकिन्न । त्यसमा कुनै सम्झीन सजिलो हुने खालको अंक पनि अनिवार्य जोड्नु राम्रो हुन्छ । जस्तो आफ्नो गाडीको नम्बर, स्कुल/ कलेजको रोल नम्बर आदी उदारणको लागी Gy4ndr42O। यहाँ 20 को शुन्यलाई अङग्रेजी ठुलो अक्षरको ओ लेखिएको छ ।
  6. शुरुमै मेरो सुझाब एउटै पासवर्ड सबै वेबसाईटको लागी प्रयोग नगर्नु भन्ने थियो त्यसैले वेबासाईट पिच्छे त्यही माथी बनाएको Gy4ndr42O भन्ने पावर्ड प्रयोग गर्नको लागी केही निश्चीत नियम बनाउनुहोस । उदारणको लागी Yahoo को लागी पहिलो र अन्तीमको अक्षर YO, Gmail को लागी GL, Hotmailको लागी HL, Facebook को लागी FK आदी । जस्तो ,  याहुको लागि  Gy4ndr42OYO,  जिमेलको लागि Gy4ndr42OGL,  हटमेलको लागि Gy4ndr42OHL,  फेसबुकको लागी Gy4ndr42OFK
  7. पासवर्ड छिटो र घरि घरि टाईप गरी रहनु पर्ने भएकोले धेरै लामो उपयुक्त हुदैन । माथी दिएको फेसबुकको पासवर्ड Gy4ndr42OFK एघार अक्षरको भएक छ त्यसलाई अलि सानो आकारको बनाउन Gyanendra लाई छोटकरीमा Gyan मात्र अर्थात Gy4n मात्र लेख्न सकिन्छ । अब यस पासवर्डमा राखिएको अंक 20 र यो पासवर्ड प्रयोग गरीने साईटको कोड FK राख्दा Gy4n4OFK अर्थात आठ अक्षरको पासवर्ड बन्दछ ।
  8. पासवर्डलाई अझ बलियो बनाउन !@##$%^&&**() +” जस्ता स्पेशल क्यारेक्टर राख्नु राम्रो मानिन्छ । सम्झन सजिलो होस भन्नाको लागि स्पेशल क्यारेकटर सहित हाम्रो पासवर्डलाई ईन्भर्टेड कमा भित्र राख्दा यस्तो देखीन्छ “Gy4n2OFK”

माथि उल्लेख गरे अनुसारको नियमले बनाएको पासवर्डलाई सबैजस्तो वेबसाईटहरुले स्वीकार्छन । तर कुनै वेब साईटमा पासवर्ड सम्बन्धी कम्तीमा 11 अक्षरको हुनु पर्ने,  स्पेशल क्यारेटर नभएको हुनु पर्ने , अंकबाट शुरु भएको हुनु पर्ने वा त्यस्ते केही विशेस हुनु पर्ने भएको अवश्थामा आफ्नो नियम आफुले बुझ्ने र सम्झीन सजिलो हुने गरी परिमार्जन गर्न उत्तम हुन्छ ।  यी त भए एउटा बलियो पासवर्ड बनाउने तरीका ! तपाईले हाल प्रयोग गरी रहनु भएको पासवर्ड कति बलियो छ भन्ने जाँच्न यहाँ क्लीक गर्नुहोस
[email protected]

27 Comments

  1. अनिश जी ब्लगकोलागि धेरै धन्यबाद.एदी आफ्नो व्यक्तिगत कम्पुटर हो भने त ठिक छ तर आफ्नो बाहेक अरुको कम्प्युटर मा हामीले आफ्नो पास्वोर्ड किबोर्डमा टाईप गर्यो भने keylogger software ले थाहा पाउन सकिन्छा. यहालाई मेरो अभ्यास भन्न चाहन्छु. मैले मेरो पास्वोर्ड पेन drive मा सेव गर्छु र कम्प्युटर मा आफ्नो user id मात्र टाईप गर्छु र पास्वोर्ड चाही pen drive बाट copy एंड paste गर्छु. धन्यबाद.

  2. सम्भवत यो छापिने छैन। तैपनि सबैजना सावधान!!!
    Don’t test your password from the link provided at the end of this article. That is a PHISING site! Its easy to trace the IP number of your computer. If you test your password for anything (your email, facebook or even your bank account) that is collected together your computer ID.

    Mysansar, please be careful with such articles!

    • नबिन,
      The website uses javascript only with no response back to the server so you are safe with that website.

      Btw, I’m sad that my comment was not posted here 🙁

  3. लौ धेरै दिन पछी फरक प्रस्तुतीको लेख पढ्न पाईयो ।

  4. धेरैदिन पछी तपाईको सूचना प्रबिधि सम्बन्धि लेख पदना पाइयो . तपाईलाइ स्वागतछ आनिश जी

  5. कुरा ठिकै हो ,तर एउटा मात्र इन्टरनेट आइ .डी हुने हरुको लागि ठिक छ | सबै भन्दा बलियो पास वोर्ड नै छिटो छिटो change गर्ने बानी बसाल्नु नै हो

  6. Besides above we can also add following two points;
    1. Change your passwords in regular interval.
    2. Longer is your password, the longer it will take hackers to crack it.

  7. Strong password बनाउने सरल तरिका को जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद छ |

  8. To protect your security you should use Paraphrase not Password.
    For example if you want to use ‘ilovenepal’, then it can be
    I10veNep@1. The good thing of this is it contains Capital letter, Number and non-alphanumeric character which hugely improve your account security.
    Another Example: savemycountry=>$@veMyC0untry

  9. समय सान्धर्भिक लेखको लागि लेखक र माइ संसार ब्लग दुबैलाई धन्यबाद, थप अरु यस्तै लेखको अपेछा /

  10. Very good suggestions.
    I think we also need to change the password frequesntly, may be after each birthday!

  11. आजकलको जमाना कसले सिकेको ज्ञान भन्छन याँहा? केहि कुरा सिक्न पैसा तिर्नु पर्ने जमानामा तपाइले यो ब्लग राखिदिनु भएकोमा धेरै धेरै धनेबाद दिन चाहन्छु / हो आजकल हाम्रो दिनचर्या इमेल इन्टरनेट बाट सबै चल्नु पर्ने बेला आइसक्यो जति सुबिधा खोज्छन तेय्ती नै समस्या हरु पनि थपी रहन्छन नै र तेस्को समाधान चाहिएको हुन्छ,एस्तो बेलामा यो लेख धेरै नै समय सान्दर्भिक छ , लेखक लाई पुन एक पटक धनेबाद दिंदै आउँदो दिन हरु मा पनि येस्तई सान्दर्भिक लेख को अपेछा पनि राख्दछु धनेबाद .

    • मेरो त बलियो रे !! अलि बलियो नै चाहिन्छ है शैलेनजी ! के गर्दा बलियो बनाउन सकिन्छ त्यसै गर्नुस /

      • तपाइको कुरो पनि ठिकै हो.भुत पूर्व प्रेमिकाको नाम लाई उल्टो बाट लेखेको थिय तर वेरी वीक भनेर आयो.नम्बर र स्पेसल क्यारेक्टर नभयकोले तेसो भनेको भएपनि मेरो नजर मा स्ट्रोंग नै छ.

  12. लौ धेरै दिन पछी फरक प्रस्तुतीको लेख पढ्न पाईयो । आजकल माईसन्सारमा राजनैतिक कुरा मात्र धेरै हुन थाले जस्तो लागेको छ । अनि कहिले काही लाग्छ, यो ब्लग पढ्नेलाई थाहा नभएको र तिनीहरुले नजानेको कुरा केही छैन । अनावश्यक रुपमा बिबाद गर्ने गरेको देख्छु ।

    यो लेख पढे पछी मैले मेरो पासवर्ड परिवर्तन गर्ने निर्णय गरे । लेख राम्रो छ । कति राजनितीक र नेताको कुरा पढ्नु । कहिले काही यसो ज्ञानगुनका कुरा पनि राम्रै हुन्छ ।

  13. अनिश जी ,धेरै धेरै धन्यवाद छ ,strong password बनाउने सरल तरिका को जानकारी दिनु भएकोमा |

  14. होइन हो यो mysansar लाई के भा ????? म त संसद भवनमा bomb blast भयो अरे ,,पार्टी कार्यालयमा आफ्नै कार्यकर्ताले नेता माथि गोलि प्रहार गरे अरे जस्ता news को लागि mysansar खोल्ने गरेको त बेकार भयो यस्ता कथा ,कविता ,शिलोक त पुस्तकमा पड़न पाई हालिन्छ नि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • रिमा जी ले ब्यङ्ग गरेको कि गाली गरेको बुझिएन है :p तर पनि तपाईलाई माथी दिएको कुरा पहिले नै थाहा थियो भने ठिकै हो नत्र कहिले काही यस्ता खालका कुरा पनि जान्न पाँउदा खुसि लाग्दो रहेछ ।

      • एस्ता कुरा हरु शेयर गर्नु त राम्रो हो, तर नेपाली हरुलाई के भाको, साभार: (Reference) भनेर लेख्नै आउदैन.

        • यो लेख कतै बाट साभार गरेको हो ? हो भने लिङ्क दिम, हामी पनि दाज्छौ अनि लेखकलाई गाली गर्छम नत्र यस्तो अप्ठ्यारो कुरा नगरम त ब्रो ; मान्छेहरु जे पनि किन खोट नै खोज्छन हँ :O

  15. Thank you !
    हिजो आज password धेरै Hack हुने घटना भैरहेको छ |
    जानकारी दिनु भएकोमा धन्यबाद

Comments are closed.