सरकारलाई एनआरएनको पत्र

-चर्चित ढुंगेल, दोहा-

श्रीमान्/श्रीमति/सुश्री ६०१ को सरकारमा हामी एनआरएन अर्थात् ‘नव रङ्गी नेपाली’को हार्दिक नमस्कार, ढोग, नमन, साष्टाङ्ग दण्डवत्, सलाम, रामराम, लाल सलाम, जय नेपाल र लास्टाँ सलामवालेकम!

सर्वप्रथम त हाम्रो नामाकरणको रहस्य सरकारलाई सुनाउँन चाहन्छौँ। नयाँ नयाँ देशमा गएर नेपाली राजनितिको नयाँ रङ्गले, नयाँ ढङ्गले प्रचार प्रसारमा लाग्ने भएकाले र समस्यामा परेका नेपालीदेखि कोशौँ टाडा भाग्ने भएकाले हामीले हामीलाई एनआरएन भनेका हौँ र यो एनआरएनको पूरा रुप ‘नव रङ्गी नेपाली’ हो। हामी छेपारोले झैँ रङ्ग फेर्न र चुनावका बेला चेपारो घस्नमा माहिर छौँ। हामी यो नयाँ जमानामा नेपाललाई नयाँ बनाउनमा लाग्ने प्रणले संस्थागत भएकाले पनि हाम्रो नाम सार्थक छ भन्ने हामीलाई लाग्या छ। नामको सार्थकतापछि कामको सार्थकतातिर हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।

स्थापनाकालदेखि हामीले गर्दैआएका महान उपलब्धीलाई हामी यहाँ बाँढ्न पाउँदा खुसीले गद्गद् भएका छौँ। हामीले गरेको सवैभन्दा महान काम हाम्रो संस्थाको स्थापना हो। पृथ्विनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेजस्तै ‘हाम्रा साना स्वार्थले आर्ज्याको संस्था होइन’। संस्था गठनपछि हामीले विश्वभरि शाखा खोलेर यो रसियाब्यापी संस्थालाई विश्वब्यापी बनाउन महान भुमिका खेल्यौँ। त्यसपछि हामीले बर्षैपिच्छे नयाँ पार्षद् थप्यौँ र पुराना पार्षद्लाई नविकरण गरायौँ। पार्षद् थप्दा र नविकरण गराउँदा हामीले मोटो रकम बटुल्ने नितिलाई निरन्तरता दियौँ। मोटो रकम असुल्ने तर परिआउँदा लुक्ने हाम्रो रणनितिले गर्दा हामीले उन्नाइसौँ लाख नेपालीमा एक लाखभन्दा कम सदस्य बनाउन सफल भएका छौँ। तर यस्तो हुनुलाई हाम्रो कार्यशैलीसँग बितृष्णा भएर सदस्य नबढेका हुन् भन्ने सरकारलाई लाग्छ भने हामी गम्भिर असहमति जाहेर गर्दछौँ। खास कुरो के हो भने ‘धेरै विरालाले मुसो मार्दैनन्’ भनेर प्रवाशी नेपालीहरुले ‘नव रङ्गी नेपाली’ जस्तो महान संस्थालाई चुस्त, दुरुस्त र तन्दुरुस्त पारीराख्न जम्बो टोली नबनाएका हुन्। चार करोड जनतामा छ सय एक सभाषद् हुनु पनि नेपाली जनताको यस्तै उदार भावनाले हो भन्ने हाम्रो बुझाइ छ। त्यसैले सदस्य संख्या बढाउन नसक्नु भन्दा पनि नचाहनुमा सरकारको पनि हाम्रैजस्तो बुझाइ हुनुपर्छ भन्ने हाम्रो माग छ।

अन्य केही महान उपलब्धीलाई हामीले यहाँ उल्लेख गरेनौँ भने गम्भिर त्रुटी हुने देखिएकाले हतारहतार हामी भनाइ र गराइमा कठिबद्ध नभए पनि यो पत्रमा लिपिबद्ध गर्न चाहन्छौँ। हामीले खाडी र मलेशियामा रहेका नेपालीलाई समेट्नुका पछाडिको कारण गुह्य छ। र त्यो के भने अन्य मुलुकमा भन्दा ति मुलुकमा काम गर्न गएका लाटासिधा नेपालीलाई फस्ल्याङ्गफुस्लुङ्ग पारेर सदस्य बनाउन सकिन्छ भन्ने भित्रि ‘ग्राइनडिजाइण्ड’ हो। यसरी एकपटक चिप्लो घसेर बसमा पारियो भने रकम हातालागी भइहाल्छ। फेरि तिनै देशमा अन्य देशमा भन्दा धेरै संख्यामा नेपाली कामदार छन्। हाम्रा सदस्य पनि तिनै देशमा धेरै छन्। यो यसै निति अनुसार सम्भव भएको हो।

एकसय वियासी दिन कटेकालाई सदस्य बन्न पाउने नियम बनाउनुको पनि बेग्लै कथा छ। हाम्रो मुख्य सदस्य भएका खाडी राष्ट्र र मलेशियामा तिनले चाहेर पनि युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि देशमा जस्तो ‘ग्रिन कार्ड’ पाउँदैनन्। बरु पाए भने सिधै ‘रेड कार्ड’ पाएर नेपालै फर्किन्छन्। खाडी र मलेशियामा भएका श्रमिकको लागत पनि ख्वाप्पै र खटाइ पनि दह्रो अनि कमाइ पनि कम हुने भएकाले छुट्टिमा आउँदैजाँदै गरे पनि धेरै बर्ष बस्ने गरेका छन्। यसो हुँदा धेरै बर्ष दुहुनु गाईलाई जस्तै तिनलाई हामीले दोइरहन पाउँछौँ। कहिलै थारो नहुने गाईका रुपमा हामीले तिनलाई बर्गिकरण गरेका छौँ। एजेण्ट वा म्यानपावर कम्पनिलाई विदेश्याएवापत दिएको रकम उठाउनै तिनलाई एक सय वियासी दिन भन्दा बढि लाग्छ र करैले पनि बस्नुपर्छ। त्यही मौकामा हामी तिनलाई पार्षद् बनाइहाल्छौँ। खास कुरो यही हो।

हामीले सामुहिक लगानीको कुरो जोडतोडले उठाएका छौँ। किन पनि भने हामी नेपालीमा कहीँकतै कोहीसँग पनि मेलमिलाप छैन। खुट्टा तान्ने, छिर्की हान्ने गर्नमा हामीले ‘पिएचडि’ गरेका छौँ। कहिलै मिल्न नसक्ने नेपाली स्वभाव थाहा पाएर नै हामीले यो कुरोलाई अघि बढाएका हौँ। मिलाउनै नसकिएपछि लगानी गर्नै परेन। त्यसै पनि यो नारा लोकप्रिय भएकै छ। नारा लोकप्रिय हुनु भनेको ‘नव रङ्गी नेपाली’ लोकप्रिय हुनु हो र यो लोकप्रिय हुनु भनेको बर्षेनी पार्षद् बढ्नु र अर्थतन्त्र बलियो हुनु हो। नेपालमा चुनाव गर्नु चाहीँ सरकारलाई जनबल देखाएर मनोवल गिर्न नदिनु हो। यत्ती गरेपछि आलोचित हुनु पर्दैन भन्ने हाम्रो ठम्याइ छ। नेपालमा दर्ता गछौँ भन्ने चैँ ‘हात्तीको देखाउने दाँत’ हो। दर्ता गरेर केही गर्न नसकिने सत्यलाई गोप्य राखे पनि काम नगरेको आधारमा सरकारले खारेज गर्ला र फोकटमा आउने नाम र दामलाई गुमाइएला भनेर हो।

सरकारसँग हाम्रा केही मागहरु छन्। हामी नेपालीहरु म्ाागेरै काम चलाउँछौँ, यो हाम्रो राष्ट्रिय चरित्र हो। त्यही भएर हामीले दोहोरो नागरिकता मागेका हौँ। खासमा यसरी हामीले दोहोरो नागरिकता माग्नुका पछाडिको राज पनि गज्जबको छ। हामीमध्येका उमेद्वारहरु सवै केही न केही ब्यावसाय गर्नेहरु छौँ। यो एनसिसि र आइसिसि दुवैमा लागु हुन्छ। मन मात्रै हुनेलाई हामीले पार्षद्मै थन्क्याएर धन हुनेहरुलाई मेजर पोष्टमा तानेका छौँ। यि सवै पउँचवालाहरुलाई कालान्तरमा ग्रिन कार्ड मिल्ने देशमा ल्याउने हाम्रो योजना हो। त्यसमा पनि खाडी र मलेशियामा भएकाहरुका लागि यो दोहोरो नागरिकताका कुरा सकेसम्म लुकाउने गरेका छौँ। लुकाउनकै लागि तिनले श्रमिक ल्याएर अलपत्र पार्दा पनि ‘तैँ चुप मैँ चुप’ गरेर बसेका हौँ। किनकी हामी पश्चिमी देशमा भएकाहरुलाई बसेको देश र नेपालको नागरिकताको खाँचो छ। खाँचो किन पनि परेको हो भने यो ‘नव रङ्गी नेपाली’को संस्थामा हामीलाई हाम्रो पार्टीका मान्छेले धकेलेर/बोकेर पठाएका हुन्। भोली नेपालमा राजनिति गर्न र त्यो नभए पनि कमसेकम दशैँमा ससुरालीमा टिका थाप्न भए पनि जानै पर्छ। त्यसैका लागि मात्रै दोहोरो नागरिकताको खाँचो हो। दिने भए आउँछौँ, नदिने भए यत्रैसित्ती!

क्यान्सर कार्की
‘दमाहा’ सचिव
तथा नव रङ्गी नेपाली परिवार
अमेरिका/युरोप/रुस/क्यानाड र अष्ट्रेलिया

56 Comments

  1. चर्चित जि ,
    लेख अन्त्यन्दै मन परो प्रगतीको कामना गर्दछु

  2. चर्चित ढुंगेलजी, आकास तिर फर्केर थुक्यो भने कसको मुखमा पर्छ रे ? नेपालीको चरित्र को निकै गुनगान गर्नु भयो, अनि तपाई चाही के पर्नु भयो कुन्नि?

    • प्रदिप जी तपाईलै पनि हाम्रा प्यारा नेपाली नेता संगै एउतै खाल्टो मा गाड्न पर्न जस्तो हुनुहुदो रैछा . तिनीहरु पनि नेपाली नै हुन् क्यार .त्यसैले सत्य को समर्थन गर्नुस. नेपाली सपुत को समर्थन गर्नुस कपुत नेपाली को होइन.

  3. सम्बेदनशील बिषयलाइे चर्चामा ल्याएकोमा माइे संसारलाइे धन्यबाद !
    एन आर एन लाइे नेपालको संबिधानमा अब राजनीतिक पदमा उम्मेद्वार हुन र मतदान गर्न नपाउँने र अन्य सम्पूर्ण कानूनी सुबिधाहरू अन्य नागरिक सरह कायम रहने,हाल भएकै नागरिकता नम्बर कायम हुने,तर सो नागरिकता को प्र पत्र मा छुट्टै चिन्ह हुने खालको नागरिकता को ब्यबस्था गरिने र सो नागरिकता कायम राख्न चाहने ले करीब ५ डलर वार्षिक नबिकरण दस्तुर सम्बन्धित राजदूताबासमा बुझाउनु पर्ने,र बिदेशी नागरिकता त्यागेर सो को जान्कारी पेश गर्ने साथ पूर्ववत नागरिकता स्वत:प्राप्त हुने ब्यबस्था हुँदै छ भन्ने भित्री कुरा हामी लाइे कस्तो लाग्छ ?

  4. Hi Mr. Karki,

    Please be realistic and understand different situation and different issues and don’t bias. Several positive and negative issues are still exits there and try to minimize to solve problems for different prespectives. Try to everyone understand different perspective and different issues in hetrogeneous interests and geographical locations.

  5. Truth is always truth. NRN as an organisation has never done anything and will never do nothing in Nepal. There is a group of businessman running NRN so whatever they do is for their business. Why do they need dual citizenship to invest in Nepal??? Because they want to pay less tax and all those saying we r nepali and get more profit from their business. Obviously the money they make goes out from Nepal because they r not staying in Nepal, they just doing business there to earn. Can somebody tell me what benefit Nepal get if it gives dual citizenship??????
    NRN has been barking alot. It says we invest in Nepal but they take money from nepal’s government to do their election in Nepal, why???

  6. दिपक chhetri लाई एउटा जवाफ, अरु हरुले युरोप अमेरिका तिर भाडा माझछन् लेखे छौ , आफ्नो नेपाली लेखाई हेर त भाई(भै) तिम्रो जस्तो योग्यता ले त नेपाल मा नै भाडा माझ्ने काम पनि पाइदैन होला, माथि भने जस्तै ८-१० पटक DV भर्दा पनि नपरेको कुण्ठा निकाल्या पो हो कि ? युरोप अमेरिका तिर आजकल नेपाली हरु एती माथि पुगी सके कि भाडा माझ्ने मान्छे पनि तिमि भन्दा बढी योग्यता भएका खोज्छन, कमेन्ट लेख्नु भन्दा पहिला २ पटक सोच्ने बानि गर्दा फाइदा पुग्ला कि ?

  7. मलाइ पनि लेखुम लेखुम लाग्यो | चर्चिल जि को लेख लेखाइमा राम्रो भए पनि , सब्द को जबर्जस्ति समायोजन गरे पनि , भाबनामा बगे पनि …… यथार्थ भन्दा टाढा , भ्रम को खेति गर्न योग्य र आफैले आफैलाई स्खलित पार्ने उद्देलित छन् | देश को माटो , सिमांकन लाइ मात्र लाइ रास्ट्रियता देख्ने अनि राज्य बाट शोषित ,उत्पीडित , लखेटिएका , हिन भाब मा बाच्न र पलाएन हुन बाद्ध पारिएका आम नेपालि लाइ दोस्रो दर्जाका देख्ने लोभी आखाहरु र द्रिस्तिकोद बाट नियोजित छ | एन आर एन नेतृत्व लिने केहीमा त्यस्तो देखिएता पनि समग्रमा रास्ट्र भाब ,रास्ट्रियता र देश बिकासमा समर्पित छ भन्ने बुझे अनि नेपाली को नेपाली नेपाली भान्ने कुरा लाइ बिस्लेषण गर्न सके ….. सायद यो लेख को खण्डन गरि स्वयम चर्चिल जि को अर्को लेख आउने छ | नत्र तपाइको लेख नेपाली लाइ धार्ने हात लागाएर सराप दिए जस्तै हो भन्ने हाम्रो बुझाइ छ |

  8. अरु कुरा त तेस्तै हो तर खाडी , मलेसिया आदि देशमा सस्तो श्रम गर्न २-३ बर्से फ्री भिसालाई पनि लाख जति तिरेर केवल जीविकाको लागि जोहो गर्न जाने नेपालीलाई चै NRN भन्नु चै उचित हुदै होइन .. NRN को परिभासा बाट यो हटाउनु पर्छ … यो खाली संख्या ठुलो देखाउने मेलो मात्र हुन् र उनिहरु ठुलो लगानी गर्ने हैसियत पनि राख्दैनन् … असली NRN को संख्या जम्मा जम्मी १-२ लाख जति होला .. काम गर्नेलाई यो संख्या प्रयाप्त छ ..

  9. पहिलो कुरा त एनआरएन हरुले दोहोरो नागरिकता पाउने सम्भावना कमै छ । यदि कसै गरि पाइहाल्यो भने पनि त्यसको सुविधा ती मुलुकमा रहेका एनआरएनहरुले मात्र उपभोग गर्न पाउँछन् जुन मुलुकमा पनि दोहोरो नागरिकताको कानूनी प्रावधान हुन्छ । उदाहरणको लागि अमेरिकामा बस्ने एनआरएनहरु दोहोरो नागरिकताको प्रावधानबाट लाभन्वित हुन्छन् भने चीनमा बस्ने एनआरएनहरुको लागि यो कागलाइ बेल पाकेसरह हुनेछ किनभने चीनमा दोहोरो नागरिकता लिन पाउँदैन । त्यसैले दोहोरो नागरिकताको प्रावधानले सीमित देशमा बस्ने सीमित एनआरएनहरुलाइ मात्र लाभ पुर्याउने भएकोले बेलैमा होस पुर्याउने कि ।

    • कुरा ठिकै हो, भनेको मतलब एदी चीन अथवा नेपाल बाट कोहि अस्ट्रेलिया गयो र त्यहाँ को नागरिकता लियो भने चीन अथवा नेपाल को automatic cancel हुन्छ, तर USA or Britian बाट गयो र नागरिकता लियो भने दुवै देश को नागरिक हुन्छ . तेस्मा पनि केहि special law हरु हुन्छ जस्तै दुवै अस्ट्रेलिया र USA दुवै ले दोहोरो नागरिकता मान्ने भए पनि Rupert Murdoch लै USA को नागरिकता लिदा अस्ट्रेलिया को छोड्न लगाएको थियो .Kunai कुनै बेला ३ ओटा देश को citizen भएको आबस्था हुन्छा ,kohi मान्छे जन्मदै २ ओटा देश को नागरिकता को लागि eligible हुन्छा , त्यसै ले जसले जे माग्यो दिन हुन्न , देश लै पहिला लात हान्ने अनि फेरी अंगालो हाल्छु माया लग्यो भनेर पैन्छा ?

  10. नेपाली मानसिकता को राम्रो उदाहरण …
    किन होला सधै नकारात्मक कुरा धेरै मन पर्ने …. अर्काको खिसी गर्न पाए उफ्री उफ्री गर्ने … अनि आफ्नो मुख चै ऐनामा कहिले हेर्ने ??? हात होइन खुट्टा तान्न नेपालीहरु माहिर छन् भनेर कसैले भन्थियो … उपेन्द्र महतोले सामाजिक काममा गरेको करोडौ खर्च पनि हामीले भुल्नु हुदैन … अरुको येत्रो खिसी गर्ने हामी महान नेपालीहरुले चै अहिले सम्म यो देशको लागि भौतिक उपस्थिति भन्दा ज्यादा के के गर्यौं त ??
    हो मलाई थाहा छ यो प्रतिक्रिया रुचायिने छैन , कुनै कुरालाई सकारात्मक रुपले लिन हामीले सिकेकै छैनौ ..

    • भने पछी साथी एन आर एन मद्ध्ये को नै पर्नु भो | तपाइको कुरा ठिकै हो तर खोइ त तपाइको कमेन्ट मा तेस्तो सकारात्मक कुरा गर्या ?

      • तपाईको जानकारीको लागि म तपाईले भने जस्तो NRN होइन मित्र , केवल सिक्कको अर्को पाटोको कुरा मात्र गर्न खोजेको हुँ ..

  11. आर बि तपाइ को कुरा १००% ठिक छ |कुरा राम्रै हो |

  12. लेख याथर्थपरक छ । मेरो बुझाईमा दोहोरो नागरिकताको माग भन्दा भएको नागरिकता बदर नहोस भन्ने हो । बिदेसको नागरिकता लिने वितिकै नेपाली नागरिकता स्वत: समाप्त हुने बेवस्ता सच्याई राजनीति बाहेक अन्य अधिकार सबै नेपालीलाई समान होस भन्ने हो ।
    दिपक
    न्यूयोर्क

  13. चर्चित जी नाम बाट नै चर्चित हुनुहुन्थ्यो अब यो लेख पछि त “के खोज्छस कानो आखो” भने झैँ झन् झन् “चर्चित” हुनु हुने भयो !कतार मा बस्नु हुदो रहेछ अनि किन दोहोरो नागरिकता को बिरोध नगर्नु त ? कतार मा कुनै बिदेशी लाई नागरिकता दिने चलन नै छैन क्यारे ! NRN हरुले दोहोरो नागरिकता मागेका छैनन् , पहिले देखिको नेपाली नागरिकता नखोसियोस मात्र भनेका हुन् ! खाडीमा बस्दैमा यस किसिम को सोचाई राख्नै पर्छ भन्ने छ र ? चर्चित जी भबिष्य मा तपाईलाई पनि भाग्यले अमेरिका युरोप तिर पुर्यायो भने चाही दोहोरो नागरिकता माग्नु लाई जायज मान्न सकियेलाकी ? जे होस् ८-१० पटक DV LOTTERY भरेर पनि नपर्ने लाई चाही तपाइको लेख उत्कृष्ट नै लाग्ला !

    • होइन यत्रो सपोर्ट गर्नु पर्ने NRN मा के छ र कुनै मान्छे खाडी बाट बसेर सत्य कुरा लेख्छा भने उसको यत्रो बिजेत गर्नु पर्ने तिमि अमेरिका युरोप भय पनि भाडा माझेर बसी राखेको जस्तो दिमाग छ यार कि कतै सबै भन्दा पहिले सत्य हेर भै अनि बोल , लेखेको लेख १००% ठिक छ …

  14. NRN in NEWZEALAND
    Thanks Cancer ji for your touchable article. NRN New Zealnd is also having the same problem. Pocket full of people try to establish autocratic system in NRN although they know they are living in the democratic country like New Zealand. Story starts from the Election committee formed to elect next Executive committee for next term. But they were compelled to resign because of threat, email pressure to the election committee. Special AGM call to solve the problem but President hack the power and started to run the NRN on his own on backing of some controvesial persons here in New Zealand. Please have a look on the following link to know what type of people are living here in NEw Zealnad.
    http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/1442-2011-09-07-05-04-43
    The so called election was called by President without any mandate from AGM and also so called uncontested committee is also formed.let’s have a look what type of people are in the committee.
    1)Person who is running away from Inland Department to escape from tax fraud became president.
    2) As in above news link the person who did ghotala in the fund received from Nepal Embassy, Australia to organize Nepal day became Co ordinator.
    3)The person who submit the false receipt on Nepal day event and became Treasurer.
    What a shame. This is the real face of NRN New Zealand.
    Really New name ‘Nawa Rangi Nepali Association’ suits with the present situation of NRN NEw Zealand.

    • त्यहाँ मात्र होइन जता ततै औतई तरिका हो ब्रो ..चोर र गुन्डा मात्र छन् नेपाल बाट भागेर आयका ..

    • माइ संसारका प्रिय पाठकहरु
      न्यूजिल्याण्डको कुनै पनि शहर र ठांउमा बिरेन्द्र गोर्खाली नामका कोही नेपाली छैन । न्यूजिल्याण्डमा नरहेका छद्म नामधारीले सम्प्रेषण गरेको प्रतिकृया त्यस अर्थमा पनि १०० प्रतिशत झूठ रहेको कुरा दोह्र्‍याइ राख्नु परेन । यदि एन आर एनको प्रतिस्था, इज्जत माथि धावा वोल्न खोजेको हो भने आफ्नो सही पहिचान सहित आउन हामी न्यूजिल्याण्डवासी सवै चुनौती दिन चाहन्छौं ।
      प्रतिकृया हेर्दा लाग्छ – न्यूजिल्याण्डको नेपाली समुदाय संग मिल्न नसक्ने औंला मा गन्न पनि नपुग्ने दुष्ट चरित्र को मानिसले सम्प्रेषण गरेको आभास हुने त्यो प्रतिकृयाले गर्दा न्यूजिल्याण्डको नेपाली समुदायमा यीनि कति गिरिसकेका रहेछन भन्ने कुरा प्रष्ट नै छ ।
      हामी उक्त छद्मभेषीलाई चुनौती के दिन चाहन्छौ भने आरोपित कुरामा प्रमाण सहित अगाडि आउ र हामी सप्रमाण ती आरोपहरु को एक एक मुकाविला गर्न तयार छौ । के हिम्मत छ ?
      चक्र बहादुर थापा

  15. नारान का कुरा गरेर के साध्य !!!!

  16. NRN को अर्थ त बिदेस मा बसेर बिदेस को रातो पस्स्पोर्ट लिने लाई मात्र भन्नु पर्ने हो .जो हामी कम गर्दै नेपाल फर्किने आउने जाने गर्छोउ NRN नहुनु पर्ने हामीले एती मात्त्र बुजे पनि सजिलो हुन्छा कि ?

  17. NRN भनेका सबै चोर हरु हुन्.नेपाल गरिब छ,हामी धनि चम भन्ने इनी हरु चोर हरु को धारणा छ.इनीहरु ले देश मा कर चलेका छन्.आफु नेपाली आमा को सन्तान हुन् भने नेपाल मै बसेर पसिना बगाएर देश बनाउन लागुन नि.म एति सम्म भन्न सक्छु कि,जता बाट NRN आए पनि ,इनिहरु ले नेपाल मा एउटा सिन्को भज्ना सक्दैनन्.रसिया मा पदना नसकेर,फेल भएर,रुस्सियन केटि हरु संग लागेर,कलेज नजाने हरु आज आफु लै NRN भंचन.नेपाल सरकारको scholarship मा पदेर,देश बट्टाई पलायन भएका हरु को के इजत छ र?
    आफु लै सज्च्याम NRN भन्छौ भने ,नेपाल मा बसेर,नेपाल को विकास मा लागि देखाऊ?सक्छौ?
    इने NRN हरु ले नेपाल मा चोर नेता हरु लाई पालेका छन्?पैसा ले देश बन्दैन,तेजिलो दिमाग चाहिन्छ.,विदेश मा बसेर नया नेपाल को सापन देख्ने होइन,नेपाल मै अएर देश को विकास गर्नु पर्छ.
    NRN हरु लाई,एति तपाई हरु ले पाएको डिग्री ,phd ,अन्य अन्य योग्यता छ भने,नेपाल मा अएर बस्न सिक,अनि मात्र बन्छ नेपाल.त्यो डिग्री ,PHD,किनेको हो भने ,तेस्को कहीं काम छैन.

  18. नव रंगी नेपाली,
    चर्चित जी ले राम्रो नाम जुराउनु भयो न्वार्नामा जुरयाजस्तो, आफुलाई ठुलाबडा मान्ने,सर्बसदारण को पिर मर्का हैन आफ्नु स्वार्थ मात्र हेर्ने, केहि बिजनेस गरि पैसा कमायका सधै टिवी र मेडियामा टाउको देखाउना खोज्ने र सोजा नेपाली मा ठुलो देखिनु पर्ने भरसक नेपाली राष्ट्रिय राजनितिमा पनि टाउको उठाउन खोज्ने हरुको ठुलो समूह हो यो नब रंग नेपाली / सब भन्दा उदेकको कुरा त बिसौ लाख नेपाली विदेश मा हुदा एक लाख पनि सदस्य नहुन यो सस्था को लाज लाग्दो रुप हो र ति थोरै सदस्य बनाइदिने डोनर पनि उनीहरु नै हुन् / मेरो १० वर्ष विदेश बसेको expirence यहि हो /

  19. NRN सग सम्बन्धित केहि तथ्यहरु
    १. यसको मुख्य तथा शाखा कार्यालयहरु कहाँ/कति छन् ??
    – अहिले सम्म कतै कहिँ/ कुनै ठाउमा छैन
    २. आधिकारिक/ सस्थागत रुपमा नेपालमा लगानी गर्नको निमित्त NRN सग कति रकम होला ??
    – केहि हजार $
    ३. उपेन्द्र महतो , जीवा लामिछाने अनि देवमान हिराचन मात्र NRN हुन् र ??
    – होइनन
    ४. यसको चुनाव जहिले पनि २/२ बर्षमा नेपाल मा नि किन हुने गर्दछ ???
    – चुनाबको बहानामा आफन्त , साथीभाई र परिवार भेट्नलाई
    ५. चुनाब कहिले पर्छ ??
    – जहिले पनि दशैँ र तिहार को बिचमा
    ६. आफ्नो चुनावी कार्यक्रम त् गर्न नेपाल सरकार सग २७ लाख माग्ने सस्थाले अरबौ लगानी गर्ला भन्ने कुरामा बिश्वास गर्न सकिन्छ ??
    – पटक्कै सकिन्न
    ७. दोहोरो नागरिकता किन चाहियो ??
    – बिदेशी नागरिकता लिएर पनि नेपाल मा भएको आफ्नो सम्पति को सुरक्षा गर्न, किनकि यहाँ ग्रीन कार्ड/ नागरिकता जे लिए पनि त्यसको सतप्रतिसत ग्यारेन्टी हुदैन

    हस त् अहिले लाइ यति मात्र ………………..

  20. आर्टिकल एकदम राम्रो छ………. NRN मेरो नजर मा एनआरएनए भनेको धनी र हुनेखानेहरुको संस्था अनि मै हु भन्ने अगुवाहरुको लागि आफ्नो बखान आफै गर्ने ठाउँ हो…………………..

  21. मलाई मन पर्यो / मलाइ त के लाग्छा सानोतिनो भए पनि राजनीति गर्ने नेपाली हरुको बानि भैसक्यो / तेसैले तेस्तै मन भएका हरु ले मुन्टो ठड्याउने ठाउँ भन्दा अरु केहि होइन जस्तो लाग्छा NRN पनि, लगानी गरेर धन कमौना पनि पाइने अनि राष्ट्रिय राजनीतिमा उपस्थिति पनि गर्न पाइने होइन भने तिनले ट्रस्ट खोलेरै भए पनि काम गर्दा केहि फरक पर्दैन… /

  22. धेरै दिनपछि यहाँ आज राम्रोलेख पढ्ने मौका मिल्यो, देशको नाममा हाम्रो नेताहरु र विभिन्न बहाना बनाएर हामी सिधा..साधा श्रमिकहरुलाई चुस्ने जुकाहरुको बास्तबिकतालाई व्यग्यात्मकशैलीमा सारै राम्रो चोटिलो प्राहर…चर्चित जी तपाईलाई धन्यवाद छ, अनि…. दिनेश सर तपाईको बुझाई उल्तो होकी जस्तो लाग्यो यो लेख व्यग्यात्मकरुपमा छ .

    • रस्सियाँन नेपाली माफिया ग्यांग बाट संचालित नव रंगी नेपाली संस्थाले नेपालका माफिया सरकारलाई भारी टेवा पुगेको छ| नेपाल सरकारलाई एन आर एन भनेको नव रंगी नेपाली संस्थानै हो भन्ने महशुस भएको छ|त्यसैले नेपाली नागरिक नेपाली राहदानी बोकेर दुइ चार महिना या बर्ष काम गर्न खाडी मुलुक कोरिया जापान रुस गएका नेपालीहरुलाई एन आर एन भनि लालमोहोर छाप लगाई दिएका छन्| खाडीमा भएका नेपालीहरुले केकस्ता समस्या भोग्नु पर्छ भन्ने कुरा नेपालका गरिवमारा दलाल सरकारलाई के थाहा ?खाडीमा भएका नेपालीहरु नव रंगी नेपाली हुने सक्दैन|

  23. यथार्थत्मक व्यंगिक लेख !!

  24. मित्र संग आर्थिक कारोबार नगर्दै राम्रो
    पैसा को मुखै कालो मित्र लाई पनि शत्रु बनाई दिन्छा

  25. ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेजस्तै ‘हाम्रा साना स्वार्थले आर्ज्याको संस्था होइन’ !!! यिनीहरु पनि काम भन्दा हल्ला धेरै गर्ने परे, ठयाक्कै हाम्रा महान चोर नेता जस्तै….

  26. चर्चितजीले आप्रबासी नेपालीको संस्थालाई व्यंग गरेर लेख्न खोज्नु भएको रहेछ| लेख मलाई सामान्य मात्र लाग्यो| व्यंगमा कुनै मिठास पाईन मैले र लेखको अन्त्य पनि त्यति घत लागेन| प्रयास राम्रो छ लेख्दै गर्नु होला|

  27. गिरीजाले नेपालविरोधी ‘ग्र्याण्ड डिजाइन’ को रहस्य नखोलीकनै नर्कवास भए, खास एनआरएनले खासा एनआरएन (उही खासाको माल अर्थात् खाडीवाला, अस्थायी एनआरएन भन्न खोजेको) लाई पनि खास एनआरआउन बनाउनुको ‘ग्र्याण्ड डिजाइन’ खोल्नुभएकोमा धन्यवाद । तर क्यार्नु चर्चितजीले भन्नुभएझैं खासा एनआरएनहरूलाई एउटा कार्डमात्र त हो, उनीहरू खास एनआरएन बन्ने पनि छैनन्, त्यसको सपना पनि देख्दैनन् । त्यसैले खासा एनआरएनले ती खास एनआरएनको चतुर्याइँ बेलैमा बुझ्नुपर्छ । होइन भने “गाँठ भी गुमाना, बेकुफ भी बन्ना” भ‍न्ने भारतीय उखान चरितार्थ हुनेछ; हुन त कतिका लागि भइपनि सक्याहोला; तर अब हुन नदिनु ।

    • गिरिजाको नर्कवास भए भनेर किटान गर्ने तपाईं यमदुत हो कि, प्रचण्ड दुत ? असभ्यताको पराकाष्टा !

      • अनि तपाई चाही नि ? गिरिजा जस्ताको नर्क बस नभए के स्वर्ग बस हुने त ? तिमि या त भाडा क तत्तु हौ ,अ दुइ खुट्टे जनावर

  28. हुम्म्म..अत्ति सत्य,घत लाग्दो लेख ढुंगेल जी सलाम !!!!! बरु यता अस्ट्रेलिया को किचलो नि थपम कि ????हेहेहेहे….

  29. लेख त पढें तर अलि राम्रोसंग बुझ्न सकिएन ! यो त ति तो र मिठो को पोका पोका जस्तो लग्यो ! त्यो पोकाहरुको बिचमा या अन्तिममा भनौ तुस्टिको पोको पो होकी लग्यो ! हुन सक्छ, ६०१ र नवोरंगी नेपाली एकै( एस्तैको ब्याख्या) हुनकी ?? खैरा, को गलत को सहि हो छुत्तौन नसकिने ब्येथाले नेपालीको मस्तिकमा खडेरी नै लागेको अबस्थामा थिल थिल परि यो मस्तिक थकि रहेकै हो र हो !

  30. चर्चित जी तपाइको लेखमा मैले बुझे अनुसार ६०१ जना सांसद कम भएको अझ बढी हुनुपर्ने हो, सरकारले जनताप्रति सद्भाव राखेर कम सांसदले काम चलाएको हो भन्ने तपाइको आसय भएजस्तो लाग्यो, तर एक अरब जनसंख्या नाघिसकेको भारतको संसद कति मान्छेले चलाएका छन् थाहा छ .. ५४५ ( अधिकतम भएमा ५५२ हुन सक्छ http://www.mapsofindia.com/events/republic-day/indian-parliament.html ) … त्यसकारण नेताको चाकरी गर्ने यस्ता खुराफाती दिमाग नचलाए राम्रो होला है मित्र…

  31. एनआरएनएको काम गराई पनि नेपालको संबिधान जस्तो नहोस । कमि कमजोरीहरु सुदार गर्दै मजदुरहरुको वास्थबिक समस्याहरुलाई सम्बोधन गर्दै अगाडी बडोस ! चर्चित जी यहाँ लाई धेरै धेरै धन्यवाद छ एनआरएनएको कमि कमजोरीहरु औलाई दिनु भएको मा।

  32. व्यंगात्मक रुपमा लेखिएको लेख भएता पनि व्यंग भन्दा पनि पूर्वाग्रह छताछुल्ल हुने गरि लेखिएको जस्तो देखिन जान्छ ! एन. आर. एन. को कमि कमजोरी नहोला भन्न सकिंदैन तर लेखकले लेखलाई व्यंगनै बनाउनु परे पनि व्यंगात्मक रुपमा प्रस्तुत गर्न अल्ली अलंकार, रस, रोचकता, कौतुहलता र काउकुती लगाउन प्रयाश गरेको भए सुन्दर हुन् जान्थ्यो !

    • भन्नत सजिलो हुन्छ आक्रोशजी,तेसै हो भने लौन हेरौनत यो लेखलाई तपैले भनेजस्तो अल्ली अलंकार, रस, रोचकता, कौतुहलता र काउकुती थपेर लेखेको I मेरो लागि त यो लेख पूर्ण छ I

  33. “… हामी नेपालीमा कहीँकतै कोहीसँग पनि मेलमिलाप छैन। खुट्टा तान्ने, छिर्की हान्ने गर्नमा हामीले ‘पिएचडि’ गरेका छौँ। कहिलै मिल्न नसक्ने नेपाली स्वभाव ….” खै किन हो कुन्नि एकदम मनको कुरा गर्नु भयो…| धन्यवाद!

  34. this story is based on a truness–because NRN did nothing in the past for the nation–n also do nothing in future for poverty public–this association is just for proud of richness persons–

    • शुद्ध अंग्रेजी आउँदैन भने नेपाली मै लेखेको राम्रो बाबुराम जी.. धेरै grammar mistakes छन् ..

  35. यो लेख भनू वा व्यंग्य मलाई चाहिँ सार्है मन पर्यो है साथीहरु I

  36. यो मलाई सरे मन पर्यो अनि छोयो पनि हामी खाडीमा काम गर्ने मान्छे त जे जस्तो कुरा गरे पनि तेही को तेंही नै हो,सबैले आ आफ्नो स्वार्थ पुरा मात्र गर्ने हुन् एन र एन का नेता भनौदाहरु,

  37. I think its a frustration. I am neither member of NRN nor citizen of other country. I have citizenship of Nepal and I left Nepal about 6 years ago.If situation of Nepal not changed I will take citizenship of this country and live better life, secure life in this country. I don’t see any problem to issue dual citizenship who was Nepali citizen before settle down in other country. If we honest mostly educated professionals are well settled in other country and they are not even member of NRN. Neither they are interested to involve in politics. If a man can’t do anything in life but he has enormous desire he choose politics. They started doing organised crime in the name of Nation, in the name religion, in the name of freedom.
    World become global village and where ever people get better opportunity and security they can move. If Nepali politician think for the future they should think about dual citizenship issue seriously. If politician create stable government and if they could apply law and order in the country, Nepal could be one of the best place to live and work. We have seen lots of possibilities in Nepal. We can do lots in Nepal.
    Politician of Nepal fear with out drain brain. They need fool people whom they can rule forever. If country remain like this all creative people leave Nepal day by day.
    Cat fight doesn’t help to solve the problem, analyse strength, opportunity, weakness and threats, What can we do if we issue dual citizen for Nepali who has already Nepali citizenship?

    • विदेश बसेर नेपाली लेख्नै बिर्सेको भए त त्यस्तै हो, नत्र आउँछ भने नेपाली मै लेखेको राम्रो राज जी.. अंग्रेजी धेरै कमजोर रहेछ तपाईंको.

  38. सारै राम्रो पत्र रैछ, रमाइलो भाषा, तथ्य खुलाशा र व्यंग्य वाण, अन्तमा खास खोजेको कुराको जोडदार मांग | क्यान्सर ज्यु लाइ मुरी मुरी धन्यबाद | हामीलाई नया नागरिकता चाहिंदैन, हाम्रो छदैं छ नि, नेपाली नागरिकता पेश गरेर न पासपोर्ट लिएको हो, र त्यो पासपोर्ट लिएर विदेशिएको हो | होइन र? तेसैले एन आर एन ले वाक्क ब्याक्क हुने गरि दोहोरो नागरिकता मागी रहनु पर्दैन, हाम्रो भएको नागरिकता चाहिं नेपाल सरकारले छुन पाउंदैन |

Comments are closed.