ह्यापी बाला चतुर्दशी


आज बाला चतुर्दशीको दिन सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक बिश्वास छ। हेर्नुस् केही वर्षअघि यो दिन खिचेका फोटोहरु-


पशुपतिका विभिन्न सत्तल, पाटीहरुमा बिहानदेखि रातिसम्म दियो जलाएर बस्छन्। कोही त सिरकै ओढेर त्यो चीसोमा बसेका देखिन्छन्। केहीले भने त्यसरी जलाएर नबसे पनि गएर दियो बागमतीमा बगाउने गर्छन्।

भिडियो हेर्नुस्। यो भिडियोमा बाग्मती नदीमा बग्दै गरेका दियो रमाइलो देखिन्छ। भिडियो हेर्न तल क्लिक गर्नुस्-

2 Comments

  1. ओ हो….! कोहि अन्नको नाउमा एउटा गेडा पनि देख्न नपाएर छ्त्पताई रहेका हुन्छन कोहि बाटोभोरी छरी हिड्छन, धर्म र सस्कृति मानौ, तर समय र सभ्यतासंगै थोरबहुत परिवर्तनलाई पनि रोज्ने कि..?

  2. म पनि भर्खरै गएर आएको, ३ घण्टा लाग्यो, परम्परा हो ठिक छ, तर मान्छेहरु हिड्ने बाटोहरुमा, भर्यांग हरुमा अन्नहरू नछारे हुन्थ्यो जस्तो लाग्यो किनभने मान्छेहरु चिप्लेर लडिरहेका थिए, अन्न पनि कुल्चिएर हिड्नु पर्यो, फोहर पनि थुप्रियो, खै के गर्ने ?

Comments are closed.