‘लालमाईको पोइ’को ससुराली अनुभव


काठमाडौँमा र अनलाइनमा मेरो जस्तो परिचय भए पनि गएको साता ससुराली गाउँ रामेछापको दोरम्बामा जाँदा त्यसले काम दिएन। त्यहाँ मलाई ‘लालमाईको पोइ’ भनेर चिन्ने धेरै थिए। एउटा बिल्कुल फरक परिचय। जीवन साथीको नाम फरक भए पनि गाउँमा लामाले जुराएको त्यही नाम पो प्रचलित रहेछ। अनि त्यही नामसित जोडेर बल्ल मलाई चिन्दा रहेछन्। रमाइलो लाग्यो। यो कुरा मैले उतैबाट ट्विट पनि गरेकोले यहाँसमेत यो नाम चलिसकेको रहेछ 🙂

बिहेको धेरै वर्षपछि यस पटक औपचारिक रुपमा ससुरालीमा भित्रिने समारोहबाहेक त्यहाँको अर्को बिहेमा पनि सहभागी हुन पाइयो। धेरै नयाँ अनुभव भए। अनुभवहरु तपाईँहरु समक्ष बाँड्नेछु। यसै क्रममा लालमाईको पोइको ससुराली अनुभवको पहिलो भागमा फोटोसहितका केही अनुभवमात्रै-


दोरम्बामा बाटो त पुगेको छ तर उही ट्र्याक खोलेको बाटो। एउटा बस काठमाडौँबाट दैनिक सैलुङ हुँदै आउँथ्यो तर बाटो बिग्रेपछि त्यो बन्द। बर्खामा आउँदैन। यसपालि बेमौसममा बर्षात् भएपछि बिग्रेको बाटो खुलेको थिएन। विभिन्न ठाउँमा बाटो खनेको हुनाले दोरम्बामा घुमेर पुग्न भने सकिन्छ तर फोर ह्विल गाडीमा मात्रै। मलाई थाहा थिएन, यस्ता फोर ह्विल गाडीले कस्ता कस्ता खराब बाटो पनि पार गर्ने रहेछन्। हामी भने चरिकोटबाट तामाकोशी हुँदै मन्थली जाने बाटो एकछिन गुडेर त्यहाँबाट अर्को ट्र्याकमात्र खोलिएको बाटो उकालो लागेर घण्टौँको यात्रापछि पुग्नुपर्ने रहेछ। बाटो त यति खराब थियो कि कति ठाउँमा आफैले ढुंगा ओछ्याएर बाटो बनाएर गुड्नु पर्थ्यो। अस्ति नै दुर्घटना भएको नेपालथोकको बाटो भएर नजाने भनेको त यस्ता बाटोमा नगुडी धरै नपाइने रैछ।


ठाउँका नामहरु गजब गजबका थिए सुन्दा पनि अनौठो। ढुङ्गे, मुढे….पहाडमा ढुङ्गामुढा धेरै हुन्छन् भनेर रैछ कि क्या हो ठाउँको नाम पनि त्यस्तै। एउटा ठाउँको नाम भने बडो गज्जबको लाग्यो- कुखुरे आहाल! ठाउँको नाम मात्र हैन, वातावरण पनि रमाइलो रहेछ। हेर्नुस् त हिमाल खुल्दा यो घरबाट कति राम्रो दृश्य देखिन्छ! कुखुरे आहालसम्म चाहिँ बस आउने रहेछ।


यही हो दोरम्बा बजार र बाटो खुल्दा यहीँसम्म बस आउँछ। ससुराली जान भने यहाँबाट पनि अझ आधा घण्टाभन्दा बढी ओरालै ओरालो हिँड्नु पर्छ। दोरम्बाको नाम त्यति प्रख्यात हुँदैन थियो होला यदि युद्धविरामको बेला आर्मीले माओवादीलाई नमारेको भए। इतिहासमा एउटा दुःखद घटना नै भए पनि यही घटनाले दोरम्बालाई चिनाएको छ। (हत्या भएको ठाउँको बिजोग फोटो ब्लग चाँडै नै राख्नेछु)


२ हजार ५० मिटरको उचाइमा पर्ने दोरम्बा ट्रेकिङ रुटमा पनि पर्छ। हिँड्दै घुम्न त मज्जा पनि हुन्छ। ट्रेकिङ गर्दा त मोटर बाटो नबने नि हुन्थ्यो जस्तो लाग्छ। तर सामान ढुवानी गर्न र बिरामीको उपचार गर्नुपर्‍यो भने बाटो नहुँदा कम्ति हैरानी हुँदैन। ट्रेकिङका लागि उति चलेको रुट हैन होला यो। मैले यहाँ खासै मान्छे देखिनँ ट्रेकिङ गर्दै आएका। हुनत यो डाँडामा धेरै बसिएन पनि, आएका भए नि नदेखेको हुनसक्छ।


हामी घर फर्कने दिनमा एक सुत्केरीलाई बोकेर घर लग्दै। यहाँ एम्बुलेन्सको ठूलो अभाव छ। तल गाउँमा केही भयो भने डोकोमा बोकेर यहाँ डाँडामा ल्याउनु पर्छ। यहाँको हेल्थपोस्ट भनेको उस्तै हो फेरि। उपचारका लागि काठमाडौँ नै लानुपर्छ।


मौसम अलि ठीक भएपछि यसले बाटो सफा गर्दै गाडी गुडाउने गर्दा रहेछन्। बाटो पनि गाउँलेहरु मिलेर श्रमदान, चन्दा गरी बनाउँदा रहेछन्। पिच बाटो बन्ने त कहिले हो कहिले !


यी आमैले लगाएको गहना ठीक लाग्यो। उनले पैसाको माला लगाएकी हुन्। तर यो पैसा नेपालको भने हैन। नेपालको भइदिएको भए राष्ट्र बैँकले कति खर्च गरेर बनाएको पैसा प्वाल पारेर काम नलाग्ने बनाएछन् जस्तो लाग्थ्यो होला मलाई। तर उनले लगाएको सिक्का भने भारतीय रहेछ।


गाउँको भोजमा मासु नखानेको बिजोग हुने रहेछ। भोज भनेकै भात र मासु। मासुको रससित मुछेर भात खाने रहेछन्। कति मीठो मानी खाने रहेछन् फेरि सबैले। म मासु नखानेलाई त धेरै गाह्रो पो भयो त। दाल पनि नहुने रहेछ। सालोको बिहेमा जन्ती जाँदा एक दिन दूधसित खानु पर्‍यो, एक दिन त भोकै!


तामाङ संस्कृतिमा पोङ (जाँडरक्सी)को खुबै महत्व हुने रहेछ। घरैमा बनाए पनि बोतल भने बियरको प्रयोग गर्ने रहेछन्। बियर कम्पनीहरुले जानेको भए यसलाई राम्रो विज्ञापनको विषय बनाउने थिए होलान्। फोटोमा डम्फुरेको अगाडि सगुनका रुपमा रक्सी बियरको बोतलमा राखेको देखिन्छ।


राजधानीमा किन हो, मैले यस्तो उन्मुक्त हाँसो कमै देख्छु। जो पनि हतारमा र जेमा पनि गुनासो गरिरहेका भेट्छु। ट्राफिक जामको चिन्ता पनि उसैलाई हुन्छ, देशका नेता बिग्रेको चिन्ता पनि उसैलाई हुन्छ, लोडसेडिङको चिन्ता पनि उसैलाई हुन्छ। गाउँमा भने धेरै कुराको अभावका बीच पनि हाँसीखुसी मान्छे बसिरहेका हुँदा रहेछन्। लोडसेडिङको त यहाँ चिन्तै छैन। किनभने विद्युत प्राधिकरणले यहाँ खम्बा गाडेकै छैन। बिहान सूर्य उदाएपछि उज्यालो छेक्ने तागत कसैको हुन्न। त्यही सूर्यको उज्यालोबाट राति बत्ती बाल्न धेरैको घरमा सोलार राखिएको रहेछ।

नेपाल टेलिकमको मोबाइलको टावरले जिस्काउँछ घरीघरी। हावा चलेको बेलामा घरी सिग्नल टिपे जस्तो गर्छ। स्काइ फोन र एनसेलको टावर भने टिप्ने रहेछ त्यो पनि त्यति भरपर्दो भने हुन्न। एफएम रेडियो भए तराई र काठमाडौँसम्मका एफएम टिप्ने रहेछन् तर यो तामाङ बाहुल्य भएको बस्तीमा एफएम सुन्ने संस्कृति त्यति धेरै रहेनछ। काठमाडौँका नम्बर एक भनिने पत्रिकाहरुको वास्तविक हैसियत यहाँ देखिने रहेछ। मिडियाको अप्रभावकारी उपस्थिति- शायद् त्यसैले पो मान्छेहरु मिडियाको जालो बिछ्याइएको ठाउँमा भन्दा खुसी पो देखिएका हुन् कि!

हामी सहरमा इन्टरनेट मानव अधिकारको विषय भएको गफ पढ्छौँ। ट्विटर र फेसबुक चलाएर विश्वस्तरको कल्पना गर्छौँ। तर यहाँ इन्टरनेटको मधुरो सिग्नल टिप्न डाँडा चढ्नु पर्छ। एकछिन स्काइ डाटामार्फत् इन्टरनेटको सिग्नल टिप्दा के-के न भए जस्तो लाग्दो रहेछ।

यस पटक झण्डै एक साता यहाँ रहँदा पहिलो तीन दिन ल्यापटप छुँदै छोइनँ। मोबाइलको सिग्नल टिप्दैन थियो आनन्दै। घरमा रेडियो, टिभी पनि थिएन। सँधै सूचनाको संसारमा व्यस्त हुनुपर्ने मान्छे ती सबबाट टाढा रहँदा पनि खासै ‘मिस’ गरिएन। दिक्कलाग्दा खबरहरुबाट टाढा हुँदा झन् राम्रो महसूस पो हुने रहेछ। बाँकीका केही दिन फेसबुक र ट्विटर चलाइयो, तर ब्लगमा केही न केही सामाग्री राख्नै पर्ने बाध्यताले मात्रै। जति दिन यता बस्नुथियो, त्यति दिनका लागि अग्रिम ब्लग तयार पारेर सेड्युल पोस्ट गरेको भए यहाँ एक दिन पनि इन्टरनेट नचलाएरै बसिन्थ्यो होला।

[अझै धेरै कुरा तपाईँसित बाँड्न बाँकी छ। थप अनुभव बिस्तारै लेख्दै जानेछु यदि तपाईँहरु दिक्क नमान्ने हो भने]

58 Comments

  1. मलाई लेखकको लेख धेरै मन पर्यो. गाउले जुवाई पर्नु भय छ खुसि लग्यो .नेपाल र नेपालीलाई चिन्नु परयो भने गौन्माई गइ बास्तबिक नेपाली जीवनको स्मरण गर्नु पार्छ. नेपाल भनेको काठमाडौँ मात्र होइन .दोरम्बा मेरो जन्म थलो हो .जुवाईले उत्क्रिस्ता र स्तरीय भासमा ससुराली गाउको परिचय दिनुभयकोमा अति खुसि लग्यो मैले पनि जति परिचय जन्म थलोको बारेमा दिनु पर्ने हो त्यो गर्नु सकेको छैन यसमा दोरम्बाको बारेमा लेख्दा महातोपुर्ण कुरो छुटेको रहेछ त्यो हो .दोरम्बामा प्रिथ्विनारायांले राज्य विस्तार गर्नु भन्दा पहिले घिसिंग थरका तामांगले राज्य गर्थे .जसको दरबारको आझै बकग्नाबेस अहिले आर्मी बसेको ठाउमा रहेको छ. जुन ठाउको नामहो तलाचुई जसको अर्थ हो दस तला .त्यसबेला गिसिंग को दस्ताला दरबार थियोरे.अहिले अति विद्या सगर योन्जन हाल अमेरिका . कैलिफोर्निया.

  2. भने पछी तपाईं पनि तामाङ को ज्वोइसाब पर्नु भएछ बधाई शुभकामना, यात्रा राम्रो मिठो छ।

  3. लाल्माइको पोइ जी सहरमा हुर्केका पूर्ण परिपक्क सक्छयम र एक ब्यवसायी पत्रकार तथा ब्लगर हुन्, यहाका यो बल्ग नियमित हेर्दै आइरहेको छु, तपाइको ब्लगले दिक्दारीलाइ ताजा बनौछ, अझ राजनैतिक प्रदुषणलाइ छोडेर यस्तै गाम ठामका रचनात्मक काम र कुनै तेस्तै समासेबी बेक्तिहरुका कथा बेथा लिएर आउनु भो भने झन् आहा…!!! काठमांडूको प्रदुसनबाट टाढा गाउ पाखाको यो रोचक फोटो सहित अनुभब बाड्नु भएकोमा हार्दिक धन्यबाद जसले आन्तरिक पार्टकहरुका मनलाई पनि लोभ्याउन सकोस ..!! अझ रोचक त के लाग्नेछ भने काठमान्डूको रैथाने नेवार सालोक्य जीले दुर्गम गाउबात जोडेको अन्तरजातीय सम्बन्ध लाल्माइको पोइको सत्य प्रेमकथालाइ पनि बिसयबस्तु बनाएर एउटा लेख हाल्नु भने…., अहिलेको यो जातीय अराजक दोंध्यलाइ केहि निरुत्साही बनाउनमा मद्दत पुग्ने थियो कि………

  4. माइसंसार मार्फत हामि पाठकहरुलाई विविन्न विधाका खुराकहरु दिदै गर्दा कतिबेला लालमायाको पोइ हुनु भएछ ??बल्ल पो थाहा लग्यो.
    ससुराली गाउको यात्रा अनुभव र फोटोहरु मन छुने खालका छन् . बाकी पनि राख्दै जानु होला भन्ने आशा राख्छु …..

  5. कुखुरे आहाल को फोटो high resolution मा download गर्न मिल्दैन? मलाई wallpaper राख्न मन लग्यो.

  6. सालोक्य जी लाइ धन्यवाद मिठो लेख लेख्नु भएकोमा “राजधानीमा किन हो, मैले यस्तो उन्मुक्त हाँसो कमै देख्छु….जो पनि हतारमा र जेमा पनि गुनासो… लोडसेडिङको चिन्ता…गाउँमा भने धेरै कुराको अभावका बीच पनि हाँसीखुसी मान्छे बसिरहेका हुँदा रहेछन्”;
    सारै मन पर्यो यो लेख /

  7. सामान्य बिषय लाइ सुन्दर अनि जोडदार तरिकाले प्रस्तुत गरेको
    लेख राम्रो लाग्यो, आगामी दिनहरुमा बाकि अंश पढ्न पाउने आशामा छु

  8. अर्को पटक ससुराली जादा यो बुढाबालाइ एक सरो लुगा लियेरजनुस है .. कस्तो मझा लग्यो हासोमा
    मुटुनै छुने खालको छ
    जे पर्य पनि मा गर्ने छु

  9. शालोक्य जी तपाई लाइ धेरै धेरै बधाई छ, अन्तर्जातीय बिबाह गर्नु भएछ झन् राम्रो लाग्यो, मैले जातपातको कुरा गरेर कसैलाई राम्रो/नराम्रो भन्न खोजेको होइन तर हाम्रो समाज नै तेस्तो छ तेसैले कुरा गर्न मन लाग्यो / बाहुन भएर तामांग केटि बिबाह गर्नु भएछ धेरै कुरामा सम्झौता गर्नु पर्यो होला? कसरि मनाउनु भयो आफ्नो परिवारलाइ?????? त्यो पनि share गर्नुस न ???????

    • नेवार हुन् सालोक्य दाजु त ….!! हो अहिलेको आबसेक्ता भानेकै अन्तरजातीय बिहा हो जसले जातियातामा एक रुपता ल्याउन ठुलो भूमिका यसले खेल्ने छ,

  10. आहा कति सुन्दर फोटा …. डाँडा काँडा , गाउघर बस्तीको याद आयो , सफा हराभरा बाताबरण, आफ्नै रितिरिवाज परम्परा …… अझै अरु फोटा पनि पोस्ट गरौ न हो ……
    कति घिनलाग्दो राजनीति मात्र पढ्ने र हेर्ने ?

  11. ओ…. लाल्मायाको पोइ. धेरै राम्रो लग्यो. बधाई छ है. येस्तई खालको लेखहरु अरु गाउँमा गएर पनि रखिदिनुसन..तपाइको धेरै धेरै भलो हुनेछ.
    किन हामी ति भरौटे नेताहरु र नेपालको नेगेटिभ लेखहरु मात्र पढ्ने र सुन्ने…..
    हामी बिदेशका नेपालीहरुको आखाबाट आशु आउछन नेपालको हालत देख्दा….. हाम्रो नेपालको धनसम्पति भनेकै ति डाडाकडा हुन संसारको सबै मान्छेहरुले मनपराउछन.
    फेरी गाउँ घरमा गएर, लाटा देशमा………..गाडा……… होलानी.हाहा.
    ओके लाल मायाको पोइ धेरै धान्नेबाद….

  12. लाल माया र उनको पोइको यो कथा त रैछा नि हो सारै नै रसिलो,
    तेस माथि प्रेम मोक्तान को कोमेंट ले त, बनायो मेरो मन झनै हसिलो!

  13. सोल्टीले राखेको फोटोहरु सारै राम्रो लाग्यो

  14. विदेशको मुर्दा शान्तिको कोठामा एका बिहानै उठेर नेपालि एफ एम र सगरमाथा टि.भी .सुन्दा र हेर्दा बैराग्य लागेको क्षणमा लालमाइको पोइको लेखले सात समुन्द्र पारीको जन्मथलोको दृश्यलाई स्मरण गरायो /धन्यवाद लेखकलाई /अरु बढी पढ्न पाउँ /

  15. शान्त जीवन जिउनको लागि गाउँ घरनै धेरै उपुक्त ठाउं हो जस्तो मलाईपनि लाग्छा.
    धेरै खुसि लग्यो धेरै पछी गाउँ घरतिरको कुराहरु सुन्न पाइयो. अनेक अनेक धन्यवाद तपाईको लालमाईको पोइलाई . ह हाहा ….

  16. यस ब्लगको पहिलो फोटोमा रुख काटेर डाडालाई नाङ्गो परेको देखेर सारै नमज्जा लागो !! आखै बिझ्ने! प्राकृतिक शौन्धर्य मै आघात पर्ने गरि|| यस्तो लापरवाहीले पहिरोको खतरा पनि ह्वात्तै बढाउछ !! त्यसमाथि यस्तो बिकट ठाउँमा पहिरो गए उपचार पाउन निकै कठिन हुने! अरु कुरो त त्यस्तै हो नि, अलि जोखिम तिर ध्यान दिनु पर्यो !

  17. लाल्मै को पोइले त पहिलो ससुराली अनुभाव + स्थानीय पर्यटन प्रबर्धन पनि भयो यस्तो यात्रा अझै गर्नुस है लाल्मैको पोइ जी . क्या फरक नाम ललिमैको पोइ . नो सालोक्य अब लेख्ने गर्नुस – लाल्मैको पोइ

  18. छलकपट र उचाल पछारको राजनीति, नातागोता र आफन्तलाई मात्र उकास्ने सरकारी व्यवहार, घुसखोर र घुश्खोरीको खबरले दिक्क भएको बेलामा यो ब्लग पढेर मनै आनन्दित भयो| फोटोहरुले काठमान्डौ बाहिरको सुन्दर नेपालको याद दिलायो|
    विकाश र विद्याको ज्योती पुग्न नसकेको धनी संस्कृतिका तामांग जातिका थलोका बारेमा विरलै पढ्न पाईन्छ| तामांगहरु उपेक्षित, सीमान्तकृत र अवहेलित छन्| तामांग वाहुल्य भएका गाउँहरुमा जाँदा यो अझ प्रष्ट हुन्छ| सिंगै नेपालको विकाश गर्ने हो भने सबै जातिले बराबर फस्टाउने अवकाश पाउन पर्छ र राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्ने नीतिको अन्त्य गर्न पर्छ| सबै जातिको फुलबारी भनेर गोडा एक दुई लाई मात्र मलजल र बाँकीलाई वास्ता नगर्ने नीतिको निरन्तरताले लोकतन्त्रमा प्रश्रय पाउनु हुँदैन| राणाको क्रुर शासनमा तामांग जातिले धेरै पल्ट दरबारमा अत्यचार र शोषणको विरुद्ध आवाज उठाउँदा राणाहरु चंखो भएर तामांग जातिलाई पाखा लगाएको इतिहासले बताउँछ| लोकतन्त्रमा पनि तामांगले त्यस्तो व्यवहार भोग्न नपरोस|
    सालोक्यजी, सुन्दर लेख, मनोरम फोटो र मनछुने प्रस्तुतिका लागि हृदय बाटै धेरै धन्यवाद|
    पत्रकारिताका बिज्ञ साथै निस्पक्ष नेपालीको हैसियतमा तपाईको समझदारीपन, निस्पक्ष हेराई र आफ्ना अनुभव प्रकाशमा ल्याउने काम जारी रहनेछ भन्ने आशा गर्दछु| आखिर सय थुंगा फुलको एउटा माला हौ हामी सबै|
    थप अनुभव पढ्ने प्रतिक्षामा| फ्याफुल्ला!!

  19. शालोक्य जी,
    तपाइले पस्किएका फोटाहरु अनि तपाइको ससुराली गाउँतिरको यात्रा विवरण हामीलाई एकदमै रमाइलो लागिराछ! आखिर नेपाल भनेको अधिकांस गाउँ नै हो| त्यसैले “जसले गाउँ बुझ्यो उसले नेपाल बुझ्यो!”
    त्यसैले होला नेपालसापेक्ष परिपक्क (well-rounded) जनशक्ति उत्पादन गर्ने हेतुले एकताका त्रिविले मास्टर्स डिग्रीको पढाइ सक्किए लगत्तै राविसे कार्यक्रम अन्तर्गत गाउमा गएर केहि समय सेवा गर्नु पर्ने प्रावधान राखेको थियो! पछि बजेटको अभाव वा के भएर त्यो कार्य क्रम ले निरन्तरता पाउन नसके पछि भिलेज प्रोभाइल लेखेर बुझाए हुने भएको थियो| अहिले के छ, थाहा भएन!
    ————–
    “राजधानीमा किन हो, मैले यस्तो उन्मुक्त हाँसो कमै देख्छु…जो पनि हतारमा र जेमा पनि गुनासो… लोडसेडिङको चिन्ता…गाउँमा भने धेरै कुराको अभावका बीच पनि हाँसीखुसी मान्छे बसिरहेका हुँदा रहेछन्”; हो गाउँघरको विशेषता भनेको नै येही हो नि..!–Well Said!

  20. द्वन्द को समयमा चर्चित होलेरी र दोरम्बा घटनाले हामीलाई ज्यादै अशान्त पार्थ्यो /त्यो गाऊ, त्यो ठाउँ, तिहाको अवस्थिति कस्तो होला ! मनमा अनेक कौतुहलता आइरहन्थ्यो / त्यो गाउ त उही परिचित लाल मायाको पोइको शशुराली पो त रहेछ / तब न तेती धेरै तस्बिर हरु क्यामरामा कैद गरी पठाएको तस्विरहरुको आकर्षण ले एक पटक मललाई पनि लाल्मयाको पोइको सशुराली जाउ जाउ लाग्दै छ हेरु ! समए ले कहिले डोर्याउने हो ?>

  21. फोटो हरु राम्रै छन्. तर लेखाई चाही मलाइ दमदार लागेन है,

  22. एकदमै राम्रो रेपोर्टिंग लेख्नु भयो उमेश जी / दोरम्बाको लालमयाको कथा उच्चा स्थानको लाग्यो / फुर्सद मिल्छ भने पोकली,ओखाल्धुन्गा को लालमयाको कथा लेख्नपनि निम्तो दिन्छु / जहाँ पोकली झरना स्वागत गर्न तयार रहेकोछ, तल लिखु दोभान शीर माथि गौरीशंकर ,तपाइको क्यामरामा कैद हुन् हतारो गरेझै लाग्छ / अनि अहिले राजनीति वृत्त मा चर्च को शिखरमा रहन सफल माओबादी सभासद बालकृष्ण ढुंगेलको राजनैतिक पृष्ट भाग पढ्ने अबसरपनी / तर लालमाया को कथा भने दोरम्बाको जस्तो छैन / द्वन्द ताका माओबादीले घरमा भोज गरिरहदा सेनाको गोलीले छेत-बिछेत रगताम्मे लासमाथि दुध चुस्दै गरेको दुधे बालकको वास्तविक उप्पन्यास लेख्नु पर्ने हुन्छ / आजलाई एती /

  23. खुशी लाग्यो यो ब्लग पढेपछि मलाई पनि मेरो घर अनि गाउ का ति डाँडा पाखा हरु को याद आयो …एस्तो गाउले लेखहरुलाई निरन्तरता दिनु होला ….

  24. खुसी लाग्यो पढेर अनि हेरेर पनि l गाउँले परिवेश अनि गाउँको स्वच्छ मन, धन्यवाद लेखको लागि l शालोक्य जी होइन होइन लालमाईको पोइ जी अबको ब्लग मा सम्भव भए गाउँलेको हाँसो संगै लालमाई र लालमाईको पोइको पनि फोटो राख्नुस त कसको हाँसो मा प्राकृतिकता भेटिने रहेछ !! पक्कै पनि सबै पाठकहरु खुसी हुनु हुनेछ तपाईंहरु संगै गाउँलेको फोटो हेर्न अनि पढ्न पाएर l

  25. लालुमाई को ससुराली को सेरोफेरो अनि अनुभव पर्ढा र फोटो हरु हेर्दा नीकै राम्रो लाग्यो तपाई kathamandu को नेवार ले कसरि त्यहा बाट बिवाह गर्नु भो त्यो पनि अन्तरजाति बिवाह अनि अन्तरजाति बिवाह गर्दा समस्या के के भो त्यो बेला को कुरा पनि एसो जान्नु मन लाग्यो
    पुरानो कुरा पनि share गर्नुस सोलाक्य जी.

  26. सबै साथी हरुलाइ एउतै उत्तर, सालोक्य एउटा परिपक्व र सक्षम ब्लगर अनि पत्रकार हो जस्तो लाग्छ…. नेपालमा प्रबिधि को सहि सदुपयोग गर्न सक्ने मान्छे नै सालोक्य हो कि !! तपाईहरु के भन्नु हुन्छा मलाई चै तेस्तो लाग्छ….. आफ्नो आफ्नो विचार…………….

  27. कस्तो राम्रो लग्यो यो तपाईं को लेख….एकदमै खुशी लग्यो यो पढेर…धेरै पछी रमाइलो लेख पढ्न पाईयो!!!! फेरी अर्को पल्ट ससुराली जादा पनि येस्तई रमाइलो फोटोस राख्नुस ल please !!!

  28. ‘लालमाया’ तपाई को, ‘ब्लग’ तपाई को, ‘ससुराली’ तपाई को जे लेखे नि हेर्ने हामी तर नि देश त हाम्रै त होनी राम्रो लग्यो/अलि ‘शहर-बासी’ गन्द आउछ तपाई को ‘गाऊ’ वा यो चार भन्ज्यांग पारि को परिवेश आधारित लेख मा/अत्याधुनिक प्रबिधि प्रयोग गर्ने पत्रकार भन्न रुचाउने तपाई ले येसो गुगल मै भने नि ‘स्याटलेट’ फोटो हेरे हुने नेपाल मा कति दुर्गम गाउँ हरु छन….तर नि काठमाडौँ भन्दा धेरै राम्रा छन/////

  29. मलाई पनि यो नेपालको राजनीति ध्रिना बाट टाढा भयर यो गाउले जिबनको कुरा पढ्न पाउदा सारै रमाइलो लग्यो … मलाई त काठमाडौँ मा भन्दा नि गाउले जिबन नै राम्रो लग्यो … खास गरि त्यो बुढो को हासो ले गर्दा .. सहर मा बस्ने मान्छेको यति राम्रो हासो कोहि संग पनि हुँदैन

  30. कति नेचुरल कति राम्रो फेरी लेखनुश है, मलाई त तेही गयजस्तई लागयो,

  31. सुन्दर प्रस्तुति, मिठो शब्द चयन र अनि मन चंगा बनाउने तस्बिरहरु !

  32. सालोक्य जी,
    हैन के हो एस्तो रक्सि नि नखाने मासु नि नखाने ….. शुद्द शाकाहारी हो! यो त सारै भएन अनी भाउजु सग तामांग सस्कृतिमा बिहे गरेको फोटो नि पोस्ट गर्नु होला
    गज्जब छन् फोटोहरु अनि राम्रो छ आर्टिकल ..

  33. कस्तो रमाइलो यात्रा अनुभव लेख्नु भयो तपाई लाइ धेरै धेरै धन्यवाद अझैँ लेख्दै जानुहोस .

  34. ज्वाई साहेबले बडो मज्जाको रिपोर्ट लेख्नु भएछ / गाउँ घरको कुरा सुनेर यो जेठानलाई सारै खुसी लाग्यो / आगे पनि यसरी नै लेख्दै जानुस् भन्ने शुभ-कामना छ / गाउँ घरको फोटा हेरेर यो मन हरहर भो / अनी ती डाँडाकाँडा र जीवन-यापनको बखान जसरी ज्वाई साहेबले गर्नु भएको छ – त्यसलाई शब्दमा लेख्न सकिन्न /

    “राजधानीमा किन हो, मैले यस्तो उन्मुक्त हाँसो कमै देख्छु…जो पनि हतारमा र जेमा पनि गुनासो… लोडसेडिङको चिन्ता…गाउँमा भने धेरै कुराको अभावका बीच पनि हाँसीखुसी मान्छे बसिरहेका हुँदा रहेछन्”; हो गाउँघरको विशेषता भनेको नै येही हो नि..!

    अँ, आगे लेख्दै जानुस् ‘परेको यो जेठानले बेहोर्छ’ /

  35. लालमाया को पोइ को लेख फोटो सारै मन पर्यो . सामान्य बिषय बस्तु पनि लाइ मिलायर पस्कने सैली सारै मन पर्यो.

  36. सुन्दर गाउ सुन्दर छटा अनि सुन्दर छ मेरो देश
    पहाड तराई हिमाल लेक यस्तै छ मेरो देश
    स्वास्थ्य र सिक्ष्छ्या बाटो र पौवा बनाऊ मिलेर
    आजको नेपाल सुन्दर शान्त विश्व लाई चिनाउ
    सद्भाव र बिश्वास बिकाश गरौ भाइचारा बढाउँ
    यी भेष भूषा जात र पात नेपाली बनाउ

  37. शालोक्य जी, तपाईका हरेक लेखहरु ,अनुभवहरु , यात्रा संस्मरण आदि बडो चाख लाग्दा हुन्छन ,केहिनाकेही संदेश बोकेका हुन्छन तेसैले बडो इन्तजार हुन्छ | तेस कारण लेख्न अल्छि नगरी दिनुहोला है | बरु लेख्नु भएन भनेचाही दिक्क लाग्छ |

  38. आफ्नो त ज्वाइ साहेब पो पर्नु भएछ??!! ठिकै छ है| तपाइको अनुभव बाँड्नु भएको मा धन्यवाद छ| अनि निम्न हरफहरुले मन छुएको अनुभब गरें|

    “राजधानीमा किन हो, मैले यस्तो उन्मुक्त हाँसो कमै देख्छु। जो पनि हतारमा र जेमा पनि गुनासो गरिरहेका भेट्छु। ट्राफिक जामको चिन्ता पनि उसैलाई हुन्छ, देशका नेता बिग्रेको चिन्ता पनि उसैलाई हुन्छ, लोडसेडिङको चिन्ता पनि उसैलाई हुन्छ। गाउँमा भने धेरै कुराको अभावका बीच पनि हाँसीखुसी मान्छे बसिरहेका हुँदा रहेछन्। लोडसेडिङको त यहाँ चिन्तै छैन। किनभने विद्युत प्राधिकरणले यहाँ खम्बा गाडेकै छैन। बिहान सूर्य उदाएपछि उज्यालो छेक्ने तागत कसैको हुन्न। त्यही सूर्यको उज्यालोबाट राति बत्ती बाल्न धेरैको घरमा सोलार राखिएको रहेछ।”

  39. कस्तो राम्रो लेख मलाई त बाकी पनि पढ्न मन लग्यो. दोरम्बा कति राम्रो रहेछ, मानिस हरु पनि कति राम्रा. येस्तई राम्रो कुरा मात्र लेख्नु होला . पैसा को गहना लगाउनु भएको आमै, बुबा को उन्मक्त हासो, भोज, रक्सि, तामांग संस्कृति ..कति पढौ पढौ लाग्ने.
    कृपया दोरम्बा को अरु राम्रो कुरा लेखनुस मलाई त धोरम्बा घटना को बारेमा जान्न कुनै इच्छा छैन …सधै नराम्रा कुरा मात्रै ..हामी पाठक ले दोरम्बा घटना बारेमा धेरै पढ़ेउ सुनेउ अब दोरम्बा अतित को घटना बाट होइन त्येहाको रमणीय, मनमोहक ठाउँ, सरल मानिस, तामांग संस्कृति …. बाट चिनिनु पर्छ .

  40. सालोक्यजी !
    सरल जीवनलाई सहज रुपमा लिनुभएकोमा खुशी लाग्यो !
    व्यक्तिगत जीवनका सानातिना घटनालाई पनि हुबहु उतार्नु भयो;उदार लाग्यो /
    – अर्को कुरा; तपाइले मुसाले भकारी काट्यो’ भनेर ब्लग राखे पनि…अस्ति किनेको जुत्ता फाट्यो’ भनेर ब्लग राखेपनि..पढ्ने बानि परिसक्यो / यसै पनि रोचक नै प्रस्तुति हुन्छ !!

  41. कृपया अरु सामग्री र तपाई का अनुभबहरु पोस्ट गर्दै जानुहोस, हामी तपाई संगै भर्चुयेल यात्रामा हुनेछौ/

  42. सालोक्यजी माइसंसारको निश्चित मितीको पुरानो ब्लग कसरी हेर्न सकिन्छ ? जस्तो मलाई २०६७ को भदौको २५ गते पोस्ट गरेको ब्लग पढ्न मन लग्यो |
    Ananta

  43. सालोक्य जी
    एउटा बन्दुकको गोलीबाट दुइवटा चरा मार्ने कोसिस गर्नु भयको रहिछ ,तपाइको ससुराली गाउको धेरै राम्रो तर लुकेको समाचार पाउदा निकै खुसि लाग्यो,

  44. Of course we are familiar with Doramba because of that incident, we are looking for the after war condition and impact of war on Doramba. Hope, it will come soon on mysansar!

  45. लालमाइ को पोइ ले गर्छ कि जस्तो छ ल ल बाकी पनि पोस्ट गरे हुन्छ हुन्छ…..

  46. सिन्धुपल्चोव्क गाउँ रहेछ ,म पनि येही गाउँ जाने मौका पाएको थिए | मावोबादी को फुस्रे नेता हरुले थर्कमान गरेर राखेका रहेछन | तेहाका शोझा हरुलाई अब तामांगले राज गर्छ जस्ता गफ दिने रहेछन | हामी बसेका सान्नानी दिदीको बाबा र आमालाई मतलब थिएन जो सुकैले राज गरोश तर हामीलाई खेतीपाती सिकाउने, पशुपालन सिकाउने कोहि आए हुन्थ्यो , सानो स्वस्त उपचार केन्द्रमा तलब लिने तर नभेटिने डाक्टर ( Health Assistant ) लै केहि भनौ भने मावोबादी समर्थक , एउटा झाक्री छ तर ५०० घटी लिन मान्दैन | गाउको रुख काटेर थाम हरु सहरमा बेच्छन नेताले | पहिरो गएर जात्र |
    हामीले के जागिर गरेको छैन ,बर्समा दुइवोता बाख्रा बेच्छु| मान्छे मर्दा ,५०० उठाउछ ,मोटर बाटोको पैसा उठाउनु औच्छ ,चन्दा कति उठायो देश बनाउने रे मावोबादिले भनेर , २२ जना लै एकैचोटी ख्वाको छु | बाबु गाउँमा झन् बसी नसक्नु छ |
    येस्तई पिडा यो गाउमा मात्र होइन ,थुप्रै गाउमा भेटे |खै कसले भुझने हो उनीहरुलाई | एती राम्रो ठाउँ ,कति सोझा मान्छे छन् तर केहि मान्छे भने यो सोझोपनको फाइदा उठाउदै रमाउदै छन् | बिचारा बुढी बजे ,

    • तिर्थ जी, एस्तो राम्रो लेख छ five star पाको…. comments पनि उत्तिकै राम्रा कसैले dislike नगरेका…. तपाइलाई यहाँ पनि राजनीति घुसाउनुपर्या… त्यसैले होला तपाइको comment मा मात्रै dislike भाको…. 🙂

  47. सालोक्य सर
    घुमफिरको लेख राम्रो छ आफै गाउँ घर घुमे जस्तै लग्यो ,बाँकि पनि पडन पाइयोस है त
    धन्यबाद
    लाल अधिकारी
    दोहा कतार

  48. किन दिक्क मान्ने? एती राम्रो अनुभव बाट्नु भैराछा. कति त्येस्तो राजनेतिक कुरा मात्र पड्नु? धेरै राम्रो अनुभव छ, हामीलाई पनि अनुभव गरे जस्तो.

    बरु छिटो निरन्तरता दिने पो हो कि? मलाई त तस्बिर र तपाइको अनुभव छिटो पदना मन लागि सक्यो.

    धेरै धन्यवाद, अनुभव र तस्बिरको लागि.

  49. उमेश जी, सायद महिला बादी हरु अहिले मक्ख परे होलान , पहिला लोग्ने को नाम बाट चिनिन्थ्यो अहिले लोग्ने लाइ नि चिनैयो भनेर . तस्बिर हरु उत्कृष्ट छन् . बियर को बोतलमा पोंग सायद भुमंदलिकरनको एउटा पाटो हो . परम्परागत चिन्दो पाउन छाडे पनि पुनग स*स्कृति त जोगाउनु पर्यो नि बियरको बोतालामै भए पनि . के गर्ने , हुनेखाने हरु बोसो लाग्छा कि भनेर शाकाहारी हुन थाले हाम्रा गाम घरमा त मासु खाना कि दशैं कि बिहे आउन पर्छा नि .

  50. लु..लु…लालमाया को पोइ को बखान पडन पाईनो भो अब…सालोक्य भन्दा त लालमाया को पोइ नै मन पर्यो मलाई त ….;)

Comments are closed.