कथा: सुबोध, अप्सरा र अमेरिकी घर

-प्रदीप गौतम “अंकित”-

“My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार सुबोधको छ दिने गोरु जोताइपछीको बिस्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो “सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये”, “ठिक है भाई साहेब” यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। “अलिकति पैसा बच्यो भने त यो धोतीको ग्यास स्टेसन लात हानेर हिड्छु, आफ्नो त केही पनि चल्दैन यार। सधैं नोकर जस्तो भएर बस्नु पर्ने त्यो पनि ग्रीन कार्ड भएको मन्छे।” हल्का क्रोध मिश्रित बदलाको भावना लिएर फत्फताउदै बेडतिर फोन हुरर्‍याएर शान्त पार्न खोज्यो आफ्नो क्रोध । सुबोध! हो, त्यहि सुबोध जो अमेरिकाको डि.भि. भरेर छ बर्ष अघि सपनाको देशमा सगरमाथा भन्दा अग्ला सपनाहरु बुनेर आएको थियो। गाऊमा सरकारी स्कुल पछि आर. आर. क्याम्पसमा स्नातक तिर हल्लिने क्रममा अमेरिकाको ग्रीन कार्ड पाउने शुभ समाचार सुन्दा सुबोध कम्ता खुशी थिएन। सच्चिकै भन्नुपर्दा सुबोध त्यहि नेपालमा बिताएका अन्तिम बर्षमा सबैभन्दा खुशी भएको थियो। अमेरिकामा आएपछि पनि उसले हल्का फुल्का डलर जोडेकै थियो, एउटा दश वर्ष पुरानो भएपनि जापानीज होण्डा कारमा चढेको थियो, घरमा नेपालको जस्तो लोडसेडिङ थिएन, तातोपानी, ए. सी. , हिटर सबै चलेकै थियो, श्रीमतीको पनि साथ थियो तर एउटा कुराको साह्रै कमी थियो – मनभित्रको खुशी। सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस।

अमेरिका टेकेको पहिलो दिनमा एअरपोर्टबाट कोठामा जाने समयमा देखेका गगनचुम्बी भवनहरु, काठमाडौंको पुतलीसडकतिर साइबर बस्दा देखेका तस्बिरहरुभन्दा पनि आकर्षक रहरलाग्दा पुलहरु, फराकिलो बाटो, सफा शहर, चिल्ला गाडीहरु देख्दा मनमनै खुबै भाग्यशाली ठानेको थियो सुबोधले आफुलाइ। तर त्यो खुशी ४/५ दिनपछी एउटा ईण्डियन रेस्टुराँमा काम शुरु गर्दा देखिनै खोसिएको थियो जसले उसलाई नेपालमा बस्दा चियाको चुस्की सगै राजनैतिक गफ चुटेर आफूलाई जानकार र बुद्धिमानी छु भन्दै पालेको आत्मरती ईण्डियनको भांडा उठाउदा पहिलो रातमै तातो पानीले जूठा भांडा पखालेजस्तै गरि पखालीदियो। अमेरिका आउँदा लागेको ऋण, बर्षेनी पानी चुहिने छानोको घर, आमाको त्यहि पुरानो पछ्यौरी, बाको दुईठाउंमा टालेको टोपी, भाई-बहिनिको पढाई सबै कुराले सुबोधलाई जस्तो सुकै काम गरेर भएपनि पैसा पठाउनु पार्ने बाध्यता थियो।

यस्तै गरेर सुबोधले दु:ख-सुख (हुन त उसको शब्दकोशबाट सुख भन्ने शब्द हराइसकेको थियो) ४ बर्ष बितायो। भाई-बहिनीलाई बोर्डिङ स्कुल पढायो, घरमा ढलान गर्‍यो, अलिकति पाखोबारीको पनि जोहो गर्‍यो तर आफूले शायदै कहिल्लै मस्ती गर्‍यो यो बिसाल शहरमा। जिन्दगी संघर्ष हो, दु:ख गरेपछी सुख गर्ने दिन पनि आउछ भन्ने राम्रै बुझेको थियो सुबोधले। काम पनि ३ बर्षको रेस्टुराँबाट मुस्किल ले ग्यास स्टेसनमा प्रमोशन भएको थियो यध्यपि पैसा उही न्युनोतम ज्यालानै थियो। अरु धेरै सपना देख्न छोडिसकेको थियो सुबोधले किनकी नेपालमा पढाइ नसकिदै भिषा लागेकोले आफ्नो अधकल्चो पढाईको भबिष्य खासै छैन भन्ने लगिसकेको थियो। आफ्नो उमेर, आफन्तको करकाप अनि जवानीको रौनकतामाझ सुबोध दुई बर्ष अघि नेपाल हानियो बिहे गर्न। धेरै ठाउबाट राम्रा-राम्रा घरहरुबाट बिहेको प्रस्ताब आए सुबोधलाई बिशेषगरी उसको ग्रीनकार्ड देखेर। सुबोध अन्योलमा पर्‍यो किनकी जति पनि घरमा जान्थ्यो, केटीका बाबु आमाले अमेरिकाबाट आएको भनेर सत्कार गरेर छोरीसँग कुरा गराउन छोडिदिन्थे, जब केटी सित कुरा गर्थ्यो, प्राय सबैको एउटै जवाफ आउथ्यो। “बुवा-आमाको करले तपाइसँग कुरा मात्र गरेको हो, मेरो पहिल्लै लव परिसकेको छ अर्कैसित त्यसैले मेरो बारेमा केही दु:ख नगरी अन्तै कुरा चलाउदा हुन्छ” यस्तै-यस्तै। खिन्नतामा रुमलिरहदा सुबोधलाई उसका मामा पर्नेले अप्सरासित बिहेको कुरो चलाए। सुबोध खासै उत्साहित थिएन तैपनि एकपटक हेरौ न त भनेर कुरा गर्न सहमत भयो। अप्सरा, नाम सुन्दै सुबोधको मनबाट निराशाका बादलहरु बिस्तारै हट्न थालिसकेका थिए। धनी बाउकी कान्छी छोरी। अप्सरा; सलक्क जिउडाल, हसिली, एट्टिटुड भएकी, बेच्लर इन होटेल म्यानेज्मेन्ट सकेकी, शहरिया टांठी केटी थियी। अप्सरा आफ्नो भबिष्य सुन्दर बन्ने देखेर सुबोधलाई सहर्श स्वीकार गरी। अप्सरामा राम्रै खुबी देखेर सुबोधलेपनि आफ्नो अमेरिकी गोरुजोताइ कम हुने आशाहरु सङालेर धुमधामपुर्बक बिहे गरेको थियो।

हुन पनि अप्सरा लक्की अनि स्मार्ट दुबै रैछ। आएको १ महिनामै राम्रो होटेलमा ब्रान्च असिस्टेन्ट मेनेजरको जागिर पाई। पाँचदिन काम, अनि सुबोधको भन्दा धेरै कमाइ। सुबोध दु:ख बुझेको अनि मनको साह्रै असल मान्छे थियो भलै शारिरिकरुपले त्यति धेरै आकर्षक नभएको होस। समय सामान्यरुपमा अबिच्छिन्न चलिरहेको थियो। समय सगसगै अप्सरामा बिस्तारै आफ्नो क्षमतामा र कमाइमा घमण्ड पलाउन थाल्यो । नपलाओस पनि कसरी, सुबोध ५ बर्ष देखि त्यहि ईण्डियनको रेस्टुराँ र पेट्रोल पम्पभन्दा माथी उठ्न सकेको थिएन, उता अप्सरा १ महिनामै अफिसियल काम गर्ने र राम्रो कमाई गर्ने भैसकेकी थियी । अब बिस्तारै सुबोधको महत्वो काम हुँदै गैरहेको थियो अप्सराको मनमा। सुबोधपनि घरी-घरी आफ्नो अप्सराप्रतीको निष्छल मायामा कतै पैसा तगरो बन्ने त हैन भन्ने अज्ञात भयलाई यत्तिकै तिलान्जली दिन सक्दैनथ्यो। “ह्या, मेरो सोचाइ पनि कति संक्रिण हो, बिचरी कति काम गरेर जेनतेन दुइजनाको राम्रै गुजरा चलिरहेको छ, पैसा बुढा-बुढी जसले कमाए पनि एउटै त हो नी! आखिर परिवारको न हो” यस्तै-यस्तै सोच्दै आँफैलाई ढाडस दिन्थ्यो र दैनिकीमा लाग्थ्यो।

सुबोधले बिस्तारै अप्सरामा साच्चिकै गम्भीर परिवर्तन आएको महसुस गर्न थल्यो। अप्सरा यी दिनहरुमा सुबोधलाई कम अनि अफिसको काममा बढी समय दिन थाली। सुबोधको सानो कुरामा पनि बिबाद सुरु गरिहाल्थी अप्सरा। सुबोधका राम्रै आग्रहहरुलाई पनि अप्सरा लाजवाफ ब्यवास्था गर्थी बरु आफ्नै जिद्दीले सुबोधलाई चुप गराउथी। अप्सरा बिगत केही हप्ताहरुदेखी अली धेरैनै परिवर्तन भएको भान हुन्थ्यो सुबोधलाइ। अप्सरा घर पनि धेरै ढिलो आउने अनि अरु बहाना बनाएर घरका कामहरु सबै सुबोधलाई अराउन थालेकी थीई,। सुबोध घरीघरी त मुर्मुरिन्थ्यो बिचरा तर परदेशमा आफ्नो नियती र भाग्यलाई धिक्कर्दै चुपचाप सहन्थ्यो। पछिल्लो रात धेरै ढिलो गरि अप्सरा घर आई, राता आँखा अनि मादक मुहार लिएर। सुबोध मनमनै चिढियो तर केही बोलेन।

आज पनि ढिलो आउने सूचना पाइसकेको थियो टेक्स्ट मार्फत। “आज केही सम्झाउनु पर्‍यो, आखिर मेरै बुढी त हो नी” मनमनै गुनगुनाउदै भान्सामा खाना बनाइ रहेको थियो सुबोध। धेरैबेरपछिको कुराईपछी अबेर रातमा अप्सरा आफ्नो बोसको गाडीमा लड्बडाउदै घर आइपुगी। मध्य रात्मा आफ्नी श्रीमती रक्सीको नसासगै बोसले छोड्न ल्याइदिएको देखेर सुबोधको मनमा असुरक्षित चिसो पस्यो र सोध्ने आँट गर्यो। “हैन तिमी आजकाल धेरै परिवर्तन भएको छौ, राती पनि धेरै ढिलो आउछौ त्यो पनि रक्सीको नसामा, यो त अती भयो हेर, अब म सहन्न, तिमीलाई लाज लाग्दैन आफ्नो मति बिगारेर यसरी हिड्न?” महिनौदेखी सँगालेको रिस छताछुल्ल पोख्यो सुबोधले। “तिमी बढी नकराउ, लोग्ने मान्छे भएर त्यहि धोतीकोमा ट्वाइलेट सफागर्न बाहेक तिमीले अरु के प्रगती गरेका छौ र मैले मस्ती गरेकोमा डाहा गर्छौ? जमना बदलियो बाबु, यस्तो सोझो भएर अब काम चल्दैन, हेर मेरो बोस कस्तो ह्यान्ड्शम अनि स्मार्ट छ। तिमी त नमर्द हौ, यो देश् तिमीजस्तालाई हैन, म जस्तालाई हो बुझ्येउ। घण्टाको ७ डलरबाट सुरु गरेको अझै ७ मै छौ। तिमी मेरो लागि एक कायर र नालयक पुरुष हौ”।

सोझो सुबोधलाई आफूले कलपनै नगरेका कुराहरु आफ्नी अर्धङिनीले बारुद र बम जस्तै गरी पड्किरहदा आफ्नो निस्कपट ममताको एफील टावर क्षणभरमै टाउकोमा बज्रे जस्तै भयो सुबोधलाई। सुबोधको रीसको पारो यति माथी पुग्यो की अब उसलाई कसैले रोक्न नसक्ने भयो। अप्सरा र सुबोधबिच धेरै भनाभन भैरह्यो। मध्य रातमा सुबोध र अप्सराको ठुलो बिबाद, अपशब्द, घम्साघम्सी जारी रहिरह्यो। एकैछिन पछि छिमेकीको फोनकलले सिटी प्रहरी सुबोधको घरमा साइरन बजाउदै झुल्कियो। अप्सरा सुबोधलाई अब कुनै हालतमा पनि जीवनसाथी स्वीकार्न तयार थियिन भने सुबोध घरयसी इस्सु हो भन्दै प्रहरीलाई फर्किन आग्रह गरिरहेको थियो। अप्सराको जीवनमा सुबोध अन्जानमै काढा बन्यो। सुबोध होम भायोलेन्स र वोमन डिस्क्रिमिनसनको आरोपमा जेल पर्ने भयो। सुबोधका निर्दोस आंसुहरुभित्र अप्सराले अपत्यारिलो चैनको श्वास फेरिरहेकी थियी। नाटकिय घटनाले गर्दा सुबोध केही महिना जेल बस्नुपर्ने भयो। जेलबाट छुटेको दिन सुबोध सुन्नियेको मुख लियर सरासर घर आयो। ६ बर्ष अघि नेपालबाट लिएर आएको लगेजमा एकसरो कपडा राखेर तिनै पुराना जुत्तामा तना कसेर, काम गर्ने साहुकोबाट लिनबाँकी रहेको पैसा लिएर एअरपोर्टतिर हानियो फेरि कहिलै नफर्किने गरि। जीवनसाथीबाट धोका, असैह्य पिडा र कस्टदायी कामले अमेरिकाको मोह सकीसकेको थियो सुबोधलाई। यता अप्सरा भने बढार्नुपर्ने कसिङर हावाले लगीदिएकोमा गमक्क थिइ। सुबोध जेल गएदेखिनै अप्सराको बोस सुबोधको घरमा बाक्लै देखिन थालेको थियो। अप्सरा आफूलाई गोरे अंमेरिकी बोसले यतिधेरै माया गरेकोमा ‘स्मार्ट’ साम्झिन्थी । अब अप्सराको मनमा सुबोध एउटा मायालाग्दो पती हैन दयालग्दो पात्रझै भएको थियो ।

समय सधैं एकैनासको कहाँ हुन्थ्यो र? केही महिना पछि अप्सराको बोसको ट्रान्सफर धेरै टाढाको स्टेटमा भयो अनि आर्थिक मन्दीको कारण देखाएर अप्सरालाई कामबाट बिदा दिइयो। बल्ल अप्सराका मनमा उदबेगको आधीहुरी चल्न थाल्यो अनि सुबोधको सम्झनाले तड्पाउन थाल्यो। अप्सरालाई जीवनदेखी बिरक्त लागेर आयो अनि आफूले आफ्नो लोग्नेप्रति गरेको अक्षम्य पापको प्रायस्चित गर्न टाउको ठोक्क्याउदै बेहोसिमा लट्पटिरही अप्सरा रातभर। अब सायद धेरै ढिलो भैसकेको थियो, अप्सराका कुनै पनि आसुहरुसामु सुबोधको निस्कपट र निस्छल मायाहरुले कदापी माफीदिने थिएनन्। सुबोध आफ्नै गाऊको बगैचामा मुक्तिको श्वास फेर्दै स्‍मृतीमा हराइरहेको थियो भने यता उसको अतितको अमेरिकी घरमा सन्नटा थियो।

कसैले चाल पाएन अप्सरा फेरि बिटुलो जवानी लिएर जीवनको कुन गोरेटोमा अनि कुन घुम्तिमा गएर कता बिलय भई। सुबोधको अथक मेहनतले जोडीएको अमेरिकी घरमा सदाका लागि ताला लागेको खबर आयो ।

70 Comments

  1. कथा काल्पनिक भए पनि डिवी परेर अमेरिका पुगेका नेपालीहरुको वास्तविक चित्रण रहेछ यो कथामा ..लेखक लाई धन्यबाद ….

  2. DV पारेर अमेरिका आउन चाहने मित्रहरु होसियार ! मेरो अनुभब मा DV परे पछी निल्नु न ओकेल्नु हुन्छा है /

  3. हैन हो प्रदीप जी, मान्छे त पहिले देखी नै साहितिक हौ तर एती मिठो पनि लेख्दो रैछौ धेरै खुशी लाग्यो| लेख सारै रेयालिस्टिक र मार्मिक छ| नेपाली युवा सबै बाहिर छन् धेरै को बिहे गर्ने समय पनि आउदै होला यो लेख ले दुवै यौबा र युवती लाइ सचेत बनाएको छ| साथि हो मेरो बुढी एस्तो पर्यो भने के गर्ने हो ? …….
    अर्को बिहे गर्नु पर्ला ह़ा हा !!!!!

  4. कथा को शुरुआत राम्ररी नै भए पनि अन्त्य भने बाटैमा बिचलित भएर हराएछ . DV परेर गएको अनि ४-५ वर्ष अमेरिकामा नै बसिसकेको कुनै पनि व्यक्ति कथाको पात्र जस्तै निरिह भने हुँदैन र त्यति समय सम्ममा अमेरिकी रितिरिवाज तथा संस्कृति सित घुलमिल भै सकेको हुन्छ . त्यसै गरि कथामा भनिए झैं सहपत्र ले हाकिमको गाडीमा उठबस पनि गर्नु पर्दैन किनकि अमेरिकामा आउने प्राय सबै बिदेसी हरुले १-२ बर्स भित्र मा आफ्नै गाडी चलाई सकेको हुन्छ. जे होस् लेखकको प्रयास सह्रानीय छ. परिमार्जन गर्न सकेको खण्डमा स्तरीय रचना तयार गर्न सक्ने कुरामा कुनै दुविदा छैन.

    धन्यवाद

    • यो कथा होइन बास्तबिकता हो. ।
      ठिक यस्तो नभए पनि,
      करिब यस्तै यस्तै
      धेरै उदारणहरू धेरै पाइन्छन् ।
      अहिले पनि यु़॰एस॰ए ॰को
      आकर्षण जस्ता को तेस्तै छ
      के गर्ने ?
      हात्ति र हत्ति छाप चप्पल भने जस्तै हो ।
      कथा: पुर्णरूपमा न सकिंदै अन्त्य भ​एको रहेछ |
      तै पनि पाठक वर्गमा चेतना जगाऊन ,
      गरिएको प्रयासको लागि……..

      कोटि कोटि धन्यवाद​

  5. मेरो ५ बर्षको अमेरिकाको बसेको अनुभब
    यहाँ नेपालीहरु आफुले क गर्न सकिन्छ भनेर होइन अरुले क गरेको रहेछ भनेर काम गर्दो रहेछ. आफ्नो इच्छा र चाहना बिपरित काम गर्ने पनि थुप्रै छन्/ जस्तो कि एक जना नेपालीले NY मा TAXI कुदायो भने अर्कोलाई पनि TAXI DRIVER हुनु पर्ने. काम भनेको त आफ्नो इच्छा र गर्न सके काम पो गर्नु पर्छा/ फेरी अर्को कुरा कहिले पनि सत्य कुरा भोल्दैन जस्तो कि काम GAS STATION गरेपनि NASA मा काम गर्छा भने जस्तो, कामको जात हुदैन. काम जस्तो गरे पनि हुन्छ. काम भनेको काम हो”

    जय देश जय नेपाल

    MINGMA T SHERPA
    KHUMJUNG SOLUKHUMBU
    NEPAL

  6. प्रवास बसाईलाई सधै सबैले होच्चाउने किन? आफु भीत्र भएका खुन्ठालाई निकालेर हेर एकपटक तिमीले भोगेको भन्दा धेरै राम्रो जीवन यापन गर्ने धेरै छन यहाँ…जदौ !

    • साथी “खुन्ठा” भनेको कुण्ठा भन्न खोज्नु भएको हो कि त् ?

  7. कथा मार्मिक का साथै सान्दर्भिक लाग्यो / अपबाद बाहेक आफ्नो सानो प्रगतिलाई पचाउन नसक्ने भनौं वा अरुको क्ष्यमता लाइ होच्याउने प्रबृत्ति नेपाली महिलाको प्रमुख बिशेषता को रुपमा देख्दै र भोग्दै आइरहेको तथ्य हो / तर कथामा जस्तै पुरुष पात्रले अमेरिका/बिदेसमा मा आएँ भन्दैमा आफ्नो हैसियत र क्ष्यमता बाहिरको फुर्ति देखाएर बिबाह लगायतका सामाजिक गतिबिधि हरु गर्ने भएको कारणले पनि समस्यालाई मलजल दिइरहेको छ जस्तो लाग्दछ मलाइ / मानब समाज हो , आफुलाई आफैले राम्रो संग मुल्यांकन गर्न सकेको खण्डमा जीवन यापनमा सहज होलाकी !!!

  8. कथा त दामी छ , आफु पनि DV परेर अमेरिका आइयो, सारै दुखः पाइयो , तैपनि दुइ चार वर्ष सहिन्छा, केहि पैसा जम्मा गरेसी नेपाल फर्किन्छा , कि कसो ? मन परे हरियो ल !

  9. कठा वास्तविक छ भनेर कमेन्ट लेख्ने मित्र हरु कुन दुनियामा हुनुहुन्छ मलाई सोध्न मन लग्यो. कथा मिठो छ यसमा मेरो भन्नु छैन तर कमेन्ट गर्ने मित्र हरुलाई के थाहा भएन भने कुनै पनि ठाउँ अमेरिका होस या अरब कन्ट्री होस या अफ्रिकन देश होस. आफ्नो सानो समाज बनेको छ. अहिले अमेरिकामा नेपालीहरुले राम्रो गर्दै छन् आफ्नो सामाजिक मर्यादा कायम राख्न . र नेपाली हरुको पारिबारिक समस्याहरुमा लोग्ने स्वास्नीको आपसी सम्भंध बिग्रद पनि अरु नेपालीले सम्झाउने गरेका छन्. मैले त के पनि देखें भने मेरो एउटा साथी अमेरिका आयो. अहेले हामी नजिकै बस्छोउ. पहिले दिन मेरो घरमा बस्यो. उसले के भन्यो भने उसको स्स्यस्नी को र आमाको सधै झगडा हुन्थ्यो रे नेपाल मा यो सासु बुहारीको झाघदाले कुनै अप्रिय घटना हुन्छा कि भन्ने डर त अब मलाई रहेन भन्यो उसले त्यो दिन. ४ बर्ष पछी उसको आमा अमेरिका आइन र करिब ६ महिना बासिन. अचम्म के पाएँ भने ति सासु बुहारी त आमा छोरी जस्ता पो छन् त . मैले भन्न के खोजे को भने अमेरिका आए पछी पारिबारिक सम्भंद बिग्रन्छ स्वास्नी आफ्नो बोस संग पल्कंछे अथवा आफ्नो पोइ कुनै आइमाई संग लाग्छ भनेर निराश नहुनु राम्रो हो जस्तो लाग्छ मलाई.

  10. कथा को सुरुवात मै थाहा हुन्छ लास्ट मा के हुन्छु तर पनि मध्यम खाल को छ यो स्टोरी .

  11. प्रदिप जी मैले तपाइको कथा पढे धेरइ राम्रो लग्यो, काल्पनिक भएर पनि बास्तबिकता संग मेल खाने. यधपी मेरो एउटा कमेन्ट- कथालाई अलि काट छात गरेर अझै बास्तबिकता नै झल्किने बनाउन सकिन्थ्यो कि? जस्तो,१. अप्सरा लाइ एक महिना मा नोकरी मिलेर प्रोमोशन हुने कुरा अलि वास्तविक भएन कि! २ घरमा भनाभन हुदै मा सायद पुलिस ले जेल नलागी हल्ला! ३. अनि अप्सराले नोकरी गुमाको ठिक छ तर सुभोध नेपाल फर्केर गएको सन्दर्भ लाइ अलिकति मिलाउन सकिन्थ्यो कि!
    यो मेरो प्रतिकिया मात्र हो. लेख राम्रो छ.

  12. प्रदिप जी, कथाको काल्पनिकता राम्रो छ,
    रेडियो र एफ एम बाट आउने स्वोर संगम जस्तो छ कथा,………..
    कति रुन्छ्यौ ? हेर, हाम्रो जीवन यति सस्तो कहाँ छ र ? ….. आँसुमा बग्न दिने ? …. संसारलाई हेरेर बाँच्न सिक्नु पर्छ अब त …. ।

  13. के गर्ने .सन्तुलित जीवन बाच्न नसक्दा अमेरिका मात्र होइन ..नेपालमै पनि बूढी पोइल गएको ..र जिन्दगी अस्त ब्यस्त भएको प्रशस्तै उदाहरण छन्…बुझ्नेलाई यो जिन्दगी श्रीखण्ड न बुझ्नेलाई ……!!!!!!!!!

  14. कुरों सहि हो.यो कथा एक प्रतिनिधि को को रुप मा देखा परेको छ.अमेरिका महिला ,बालबच्चा ,बुडा बुढी को देश हो..हामि जस्ता दुख गरेर जीविकोपार्जन गर्नेको महत्वो छैन.बिशेस त अमेरिका मा काम गर्ने नेपाली महिला babyseating वा Nail मा काम गरेर श्रीमान को डबल पैसा कमौछान
    श्रीमान office मा काम गरे पनि तेती पैसा कमाउन सक्दैनन् अनि कथा ले भने जस्तै आफ्नो स्वोभिमान नै बिर्सिन्छन .धन्य आइमाई ………

    • साथी तपाई को घरमा पनि महिला छन् होला ति महिला को पनि भर छैन सो बोल्दा अलि विचार पुराउनु होला mr ब. आर लामा जी

  15. अब यो कथाको आधारमा फिल्म बनाउछु, सारै राम्रो कथा लाग्यो.

  16. एस्तै घटनालाई मैले पनि नजिक बाट नियाल्ने मौका पाएको छु. हामी संगै सेरिंग मा बस्ने एक मित्रको जीवनमा एस्तो घटना घटेको छ. साएद विदेश आएर (बिशेष गरि गोराहरुको देशमा) दुख गर्ने धेरजसो बिबाहित लोग्ने मान्छेको जीवनमा यो घटना मिल्दोजुल्दो छ !!

  17. येस्तई हो पश्चिमा गोरा हरु को फेला परेपछि उनीहरुलाई न आमा न बहिनि अनि बुवा कसैको मतलब छैन भने अर्काको देश को स्व्स्नी लाई क बाकी राख्ला

  18. मलाई पनि यो स्टोरी राम्रो लग्यो किन कि मैले पनि देरै देखि सके जब बाहिर औचन महिला हरु ,पैसा कमौना थाल्चन अनि आफू लै लोग्ने वन्द माथि ठंचन तर त्यो भूल हो .

  19. कथा लेख्ने मित्र,
    समय काल अनुरूप कथा ठीकै लाग्योl कथाको सुरुवात राम्रो छ…………………………………………………………. प्रकाश k c
    जी सग मेरो पनि १००% सहमत
    अ साची एउटा कुरा – कथाकारले भने जस्तो अमेरिकामा DV परेर बस्दै आएको मान्छेले १/२ बर्ष बसेर नेपाल मा गएर बिबाह गरेर १/२ महिना भित्रै श्रीमती ल्याउन कहाँ सजिलो छ र ??? कथाको अन्त्य खासै राम्रो नभए पनि सार चाही राम्रो छ !!!
    क्यानाडा टोरोन्टो

  20. यो कथा नभयर एउटा बास्तबिकता हो, अमेरिका मा मात्र हैन थुप्रै पश्चिमा मुलुकमा यस्तो प्रवृति देखियको छ, देखासिकी र परिवर्तनको छलांग मार्न चाहने थुप्रै महिलाको एउटा प्रतिनिधि पात्र हो कथाकी अप्सरा ! क्षणिक भोग बिलाश, काल्पनिक संसार र स्वार्थ भन्दा माथि उठ्न नसक्नुको दुस्परिणाम हो! सबै विदेश मा रहेका नारीहरुलाई चेतना भया !!

  21. यो अमेरिका हो यहाँ जे पनि हुनसक्छ…सुबोध नौलो मुर्गा होइन ! कथा राम्रो छ /

  22. Thank you so much for writing such a nice story.This brought tears in my eyes and I honestly developed goosebumps.I am also in USA now. I can imagine the situation although personally I have not faced such challenges.Only God knows!! How my life will be in this country.Hoping for the best…..

  23. कथा राम्रो छ ,दुइ ठाउँ टालेको टोपी पटक्कै मिलेन !टालेको टोपी मैले आज सम्म देखेको छैन !प्वाल परेको लेख्नु ठिक हुन्थियो कि ?

  24. सुबोधले भारतीयकोमा लिसो भएर जिन्दगीभर टाँसीरहनु पर्छ र ? अप्सरा अर्कोसंग लहसियो भनेर पत्नी वियोगमा छाती पिटेको सुबोधलाई सुहाउन्दैन क्या! अप्सरा गइ त के भयो ? परी आइहाल्छे नी! अनि बिदेशमा आएर स्वदेश मात्रै जप्ने काम नगरेर विदेश बसाइक्रममा ५, १० बर्ष बेस्कन खटेर नगद कुम्ल्याएर देश फर्के भैहाल्यो नी! यहाँ म एउटा सानो सत्य कथा भनुँ है : पश्चिमतिरका एकजना गुरुङ भाइले अमेरिकाको एउटा निर्माण कम्पनीमा ज्यामी काम गरेर ५ बर्षभित्र काठमांडुमा भब्य बिल्डिंग ठड्याए| मध्यमवर्गीय परिवारबाट आएका उनले आफ्नो एम. ए. को डिग्रीलाई कसैले भाउ नदिएपछि डिग्री थन्काएर इँटा र सिमेन्टसंग लाप्पा खेल्न पुगे, जुन काम उनले नेपालमा कहिल्यै गरेका थिएनन| घन्टाको ८, ९ डलर खाएर data entry, cashier, आदि काममा उनले अल्मलिन चाहेनन्| घन्टाको २० डलर पाउने हिसाबले उनि बुल्डोजरसंग नारिए| सुबोधमा हिम्मत र अठोठको कमि देखियो| कसैले माया मार्दैमा के आफु चैं लत्तो छाडेर हिंडने ? प्रतिकजीको कथा वास्तविकतासंग ठ्याम्मै मेल खान्छ, कथा सलल बगेको छ| त्यसै त नेपालीहरु दुखी छन्, झन् यस्तो कथाले नैराश्य घोलेर कति दुख छरिरहने?

  25. राम्रो सुरुवात जुर् अन्त / बिहान तिन बजे पत्रिकामा dateline भएको रिपोर्टरले राति एक बजे कोरेको रिपोर्ट जस्तो अन्त / पुरुष पात्रको अवस्ता र मनोदशाको चै उपस्थित छ, महिला पात्र चै केवल बस्तु जस्तो / तेस्रो paragraph सम्म कथाको गति राम्रो छ, पछि हतारमा लेखे जस्तो / राम्रो बिषय र प्रसङ्गमा उठान गरेको यो कथा एकदम राम्रो बन्न सक्ने थियो / अझ “classic बन्थ्यो होला /“अंकित”- जी तितो कमेन्टको लागि चित्त नदुखाउनु होला / गलत प्रसंसा म गर्न जान्दिन /

  26. अरुलाई कस्तो लाग्यो कुन्नि, तर यो लेखले मेरो चाहि मन छोयो है! यस्ता घटना यत्र-तत्र सुनिन्छन, जसलाई भयो भयो, तर भविस्यमा भोग्न कसैलाई नपरोस!
    Bitter truth !

  27. केहि हदसम्म संक्रिनताको घेरा भित्र, कुनै पनि कामलाई परिश्र्वोमको को रुपमा लिन नसकन्नु, परिश्रोम आफैमा ठुलो वा सानो कदापी हुँदैन ! सबै सपनाहरु साकार हुँदैन जिबनमा ! जीवन एक बहाई हो बगिरहन्छ र टुंगिन्छ ! सुरु र अन्तेको सम बिन्दु सबैको एकै हो, न ठुलो न सानो! सबै कुरा सोच को परिणाम हो ! कथामा पात्रको काम प्रति सोच्ने नकारात्मक भएकोले त्यो पत्रको जीवन पनि नकारात्मक रुपमा इन्ड भएको देखिन्छ ! समग्रमा दुवै पत्रहरु(नेपालीहरु) पारि पट्टिको पाखो जहिले पनि हरियो देख्छन या देख्नु हो ! हामीले बुझ्नु पर्छ जीवन भनेको घाम, पानि छाया को उत्कर्सा हो, यसलाई भित्रबतै बुज्दा राम्रो हुन्छ माने, अरुलाई हेरेर होइन आफुले आफैलाई हेरेर जीवन जिउँदा सकारात्मक मोड लिन्छ !

  28. क्यानाडा को पनि हाल उस्तै उस्तै हो साथि हो …………………….भन्न मात्रै पेर्मनेंत रेसिदेंत हो …………………………..

  29. यो कथा होइन बास्तबिकता हो. | ठ्याक्कै यस्तै नभए पनि, करिब करिब यस्तै धेरै उदाहरण छन् | के गर्ने अहिले पनि डिभी को आकर्सन जस्ता को तस्तै छ क्यारे? के गर्नु

  30. येस्तई हुन्छा साथी धेरै ठुलो सपना देख्यो भने अनि पोथी बास्यो भने अब गोराले पो अब एउटा संग मिल्दैन एउटी अर्कै लै अंगाल्न सक्छ अनि अर्कोले अर्की अँगाल्छ र समाज ले पनि अर्काको केहि मतलब हुन्न अब हाम्रो जाबो दुइ पैसा देख्दा दुइ दिनको रमाइलो देख्दा आफ्नो देसै भुल्ने आफ्नो बुदाले बुडी भुल्ने बुढीले बुध ठुलो पल्टिने आखिर हामी त मानब समाज मा हुर्केर बढेको होनी हैनर युरोप अमेरिका को ठुलो सपना देख्छन बुढीलाई माया गरेर नखाई नह्खई दस नंग्रा खिएर पैसा जम्मा गरेर येह ल्यौछां भरे बुढीले नाठो खेल्छन बुढा घरमै बसी बसी डाडु पन्यो खेलाउदै खान पकाएर बुढी कुर्छन हाहाहा जे भएनी कथा मार्मिक थियो धन्न्यबाद पक्का मज्जा गर्यो !!!!

  31. कथा लेख्ने मित्र,
    समय काल अनुरूप कथा ठीकै लाग्योl कथाको सुरुवात राम्रो छ, कथा राम्रैसंग बग्दै गर्दा आउने घटनाक्रम पनि मीलेकै छ तर अन्त्येमा आयर हतारमा कथालाई टुन्गाउन खोजिएको प्रस्ट देखिन्छ। साथै अन्तमा एकजना अमेरिका बर्षौ देखि बसेको बेक्तिले गर्न सक्ने सामान्य कुराहरु – छोड्पत्र, सम्पति बेच-बिखन, आदि नगरी आफुले गरेको कामहरुबाट आफै ग्लानी भै भागेको, भोली आइपर्ने समस्याहरुको पुर्ब-अनुमान नगरेको, अरु कुनै विकल्प अमेरिकामा नरहेकों देखाइयेको छ जून अली बेतुक छl आफ्नु झ्यालबाट देखिने भन्दा बाहिर पनि संसार हुन्छ र छ भन्ने सोची दिनु पर्यो साथीहरुले।
    मित्रहरु लेखनको लागी अध्यन, अनुभब, सृजनसिलता, लगाब आदि कुराहरुको आबस्यकता रहन्छ जस्तो लाग्छ। यो कथामा सबै छ तर लगाब र अनुभबको कमी देखेl कमजोरी लेखेरै घटाउने हो, लेख्ने कार्येलाई नारोक्नु होला। समय संगै आफ्नु कलमलाई परिवर्तन गराउनु होला सुभकामना छ मेरो।

  32. नेपाली नेपालीनै हो र पश्चिमा पश्चिमानै हो भन्ने हामीले बुझ्न पर्छ भन्ने लाग्यो । सहनशिलता, धैर्य र विश्वाश मान्छेमा हुनु पर्ने गुणहरु हुन । यदी यि गुणहरुको एक आपसमा सन्तुलन भएन भने जीवनमा उतार चढाव आउने यो कथा बाट पनि प्रस्ट हुन्छ । कथा वास्तविक जीवन सँग मेल खाने खlलका छन । साह्रै नै राम्रो लाग्यो ।

  33. अति नै राम्रो लाग्यो, वास्तविक अमेरिकामा(बिदेशमा) यो त सामान्य जस्तो लाग्छा किनकि हरेक दिन यस्तो घटना नौलो होइन येस्मा नेपाली पात्र भएर नौलो भयको हो.

  34. संसार को कुनै पनि देश मा जानु होस् मात्र कुशल र पढेलेखेको मान्छे मात्र ले सफलता पाउना सक्छ .चिट्ठा पर्दैमा सबै हुन्छ भन्ने सोच्नु गलत हो र गलत रास्ता लिएर सफलता देखाउनु पनि झन् नराम्रो हो .कथा सारै प्रेणा दाएक र संदेश मुलक छ. धन्यवाद छ प्रस्तुति को लागि.

  35. कथा त मन छुने नै हो तर मा प्राय ठाउमा dekh6u १०० मा ५ केटि तेस्त होला तर atleast ६०-८० केटा vane झनै घर बार नहेर्ने र wife लै trouble दिने vetiyeko छ .

  36. अमेरिकन सामाजिक जिबनमा घटिरहने यस्ता घटनाले,व्यक्तिगत फुस्रो आडम्बर,अहमता,
    घमंदिले र क्ष्ह्यादिक उन्माद बाट पारिबारिक जिबन कसरि बिथोलिन्छ भन्ने वास्तविक चित्रण कथा मार्फत सामाजिक संदेश दिनुभयको ६, लेखक प्रदिप जी लाई धन्यवाद|

  37. उडायो…..सपना सबै ….हुरीले ,अमेरिका ! कल्पना को सुन्दर संसार हरेक नेपालीको नजरमा तर जब यो स्वप्निल सहरमा आएर वास्तविकता को अनुभव गर्छ तव थाहा पाहिन्छ,सपना र यथार्थ मा कति फरक हुँदो रहेछ भन्ने ,मानसिक शुख ,शान्ति र चैन आफ्नै माटोमा पाहिन्छ

    “लाखौ र करोड कमाए पनि के गर्नु धनले ,
    शान्ति र चैन केहिपनि जब पाउदैन मनले,
    साग र गुन्द्रुक खाएर बस्नु आनन्द मनले “!!!

    • खुब मन छोयो बद्री जी, तिन हरप ले !

    • अरुलाई कस्तो लाग्यो कुन्नि, तर यो लेखले मेरो चाहि मन छोयो है! यस्ता घटना यत्र-तत्र सुनिन्छन, जसलाई भयो भयो, तर भविस्यमा भोग्न कसैलाई नपरोस!
      Bitter truth !

  38. कथा जस्तो लागेन / यथार्थ मा आधारित छ जे होस् मन छुने खालको छ /लेखक लाई साधुबाद/ लेख्दै गरम /

  39. आपसी माया, आत्मियता, भावना, सद्द्भाव, बिश्वाश अनि सदाचारको अहमियत बुझ्न नसक्नु, अनाबश्यक र अप्राकृत रुपमा आधुनिक वा प्रगतिशील विचारधारा वा क्रियाकलापमा हाबी हुन् खोज्नु, नारी मुक्ति आन्दोलनको अपब्याख्या गर्नु र अनि परिवारमा आफ्नो बाहुल्यता प्रदर्सन गर्न चाहे त्यो पारिवारिक मुल्य, मान्यता अनि मर्यादा बिपरित किन नहोस, यस्ता नाजायज महत्वाकांछाको पछी लाग्नुनै तमाम युगल (विकासोन्मुख वा अविकशित देशबाट सुन्दर सपना, समुज्वल भबिस्य र अनि आफ्नो शिक्षा एबम योग्यताको खातिर बिभिन्न मुलुकको बिभिन्न भूभागमा छरिएर रहेका) जोडीहरुको भई रहेको र बसी सकेको सुन्दर, शान्त र अनि मायालु संसार लथालिंग र भताभुंग हुन् जाने मूल जडहरु हुन् जस्तो लाग्छ ! अन्त्यमा कथा राम्रो छ ! यथार्परक र सांधर्भिक छ ! कथाले अहम सवालमा दृष्टि गोचर वा दिशा निर्देश गरेको छ !

  40. धेरै मन छुने कथा . कति को त बेथा पनि होला / कसैको पनि यस्तो नहोस /

  41. कथा साह्रै राम्रो छ| मन छुने खालको छ|

    खोइ??!!! कहिले कहिँ त आफ्नो life पनि त्यस्तै होला कि भन्ने पो डर लाग्छ| लाग्छ, परदेश पस्ने कुरा पनि उम्किनै नसक्ने दल दलमा भासिए जस्तो रहेछ| दुई चार पैसाको आशमा परदेश लागियो| एक पछी अर्को समस्या, एक पछी अर्को बाध्यताले गर्दा ६ वर्ष हुदा पनि स्वदेश जान पाइएको होइन| देशको अनि आफ्ना आफन्त जनको माया लाग्छ| फर्केर जान मन लाग्छ| तर साना नानीहरु छन्| जसलाई नेपालमा लगेर उचित शिक्षा दिन सकेन भने के गर्ने भन्ने डर| न यतालाई त्याग्न सक्छ| न उतालाई त्याग्न सक्छ| मलाई लाग्छ बिदेशमा रहने धेरैको समस्या यस्तै छ| न यता र न उताको पो हुने भयोकि भन्ने डर लागिरहेछ त? एक दिन सुबोधले जस्तै टप कस्नु भन्दा अर्को बिकल्प छैन जस्तो लाग्छ|

  42. एकदम मन छुने खालको कथा लेख्नु भएछ. यो कथा नभएर वास्तविक घटना सग मेल खाने खाल को छ, सबै नेपाली हरु ले भोगेको एथार्थता लाई राम्रो सग चित्त्रण गरिएको छ.

  43. यो निकै मार्मिक कथा छ. रेअल अमेरिकी नेपाली जीवन मा पनि येस्तई हुन्न भन्न सकिन्न .

  44. “सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस।”
    “गोरु जोताई ”
    गाँठी कुरा यिनै हुन्!
    बिचरा सुबोधको त अर्धांगिनी नै त्यस्ती परिन, तर राम्रै पर्नेको पनि बाकि कथाब्यथा त उस्तै हो- अनि बिदेशमा जन्मेका केटाटीको कुम ठोसाई त छुटे छ कथामा!

  45. नया बोत्तल रक्सि उही पुरानो. लेखक को प्रस्तुति राम्रो हुदा हुदै पनि मैले स्वीकार्ने पर्ने हुन्छ कि यस्तो कथा धेरै पढियो. मलाई कता कता लागिरहेको छ …. नया title तर उनि पुरानो कथामा पस्किने नेपाली चलचित्र .

  46. कथा ठिकै लाग्यो. सङ्ग्लो पानि बगे जस्तो संग कथा नबगे पनि ठिकै लाग्यो .. अन्तिम तिर का हरफ मा अलिकति मल जल थपेको भए कथा सुन्दर हुने थियो …

    प्रयास राम्रो छ …

  47. यस्ता घटनाहरु घटी रहन्छन आजकल नेपाली परिवारमा! आफ्नो संस्कृति छोडेर पश्चिमी संस्कृति अंगाल्न खोज्दा यी परिणामहरु देख्न पाइन्छ . जतिनै बर्ष अमेरिकामा बसेपनि आफ्नो Race र ethinic origin भन्ने सब्द यहाँ प्रयोग भै रहन्छन कागज पत्रहरुमा. त्यसैले आफ्नो ethnic culture पनि नछोडेको बेस हुन्छ. गहुगोरो छाला परिबर्तन भएर गोरो हुदैन, यही जन्मे पनि ethnic origin भन्ने ठाउमा एसियन भनेर click गर्ने पर्छ. यहि जन्मेर अमेरिकी मुकुट लगाए पनि नलगाए पनि, नेपाली /एसियन कहलिन्छ नै! अनि किन नखरा !
    सबैलाई चेतना भया!

  48. कथा वास्तविकतासग निकै नजिक रहेको पाए। कथामा बिषयबस्तुलाई निकै सुन्दर ढंगले प्रस्तुती गरे पनि कथाको अन्त्य निकै हतारमा टुङ्गाएको पाए।

  49. यो लेख मा सत्य छ ,,, यो नै मलाई पनि यही कुरा को सधै डर लाग्छ. अनि सिंगले नै छु

  50. परिबर्तनशिल महिलामनमा आधारित छोटो मिठो कथा लेखन शैली मन पर्यो प्रदिप जी. धन्यबाद !

  51. येस्तई घटना मैले भर्खरै स्पेनमा पनी देखेको छु / आखिर दुख पाउने तेही छड़ौलीले नै हो / यहाँ पनी येस्तई भाको छ /

  52. एकदम राम्रो अनि वास्तविक कथा , ग्रीन कार्ड भयो भनेर गमक्क कोहि नपर्नु र अमेरिका भनेर बाठो नहुनु , बाठो ले खान्छ ४ बल्द्यंग , नेपाल मा बसेको ले खान्छ २ बल्द्यंग . नेपाली उठ्छ र प्रगति गर्छ , ग्रीन कार्ड ले गर्दैन.

  53. लौ है ….DV परेर अमेरिका जाने को असली कथा चै एई नै हो जस्तो लग्यो मलाई त..अझ पदाई बिचैमा छोडेर DV पर्यो वनेर आत्तिदै जानेलाई त आफ्नै कथा हो कि झैँ लग्यो होला है..

Comments are closed.