क्या गज्जबको देखिएको आकाश !

शुक्रबार दिनभर काठमाडौँको आकाशमा बादल गज्जबको देखिएको थियो। नीलो आकाशमा छरपस्टिएका बादल। कपासका टुक्रा झैँ। यस्तो आकाश देखिएका बेला गज्जब गज्जबका फोटो खिच्‍न सकिन्थ्यो होला। मैले भने आफ्नै छतबाट सामान्य केही फोटो र एउटा समयान्तर भिडियोमात्रै खिच्न भ्याएँ।

फोटोमा तपाईँ बादलको स्थिर आकार मात्रै देख्‍न सक्नुहुन्छ। झट्ट हेर्दा त्यही नै बादलको आकार जस्तो लाग्छ। तर माथि आकाशमा हावाको चालसँगै यी बादलले आकार बदलिरहेका हुन्छन्। अलि ध्यान दिएर हेर्ने हो भने देखिन्छ कति छिट्टै बादलले आकार बदलिरहेको हुन्छ। बादल हेरेरै मानिसहरुले अनेक कल्पना गर्छन्। दीपक खरेलले त ‘बादल बनाइदेऊ, आकार बदल्न सकूँ..’ भनी गीतै गाएका छन्। फोटोमा बादलको बदलिएको आकार नदेखिए पनि अनेक फोटोको संयोजित भिडियोले भने यो हेर्न संभव हुन्छ। आउनुस् हेरौँ बादलको समयान्तर भिडियो।


हेर्नुस् सूर्य डुब्दै गर्दा कस्तो देखिएको थियो आकाशमा बादल यो समयान्तर (टाइम ल्याप्स) भिडियोमा। ५ बजेर ३ मिनेट जाँदादेखि ११ मिनेटसम्म आकाशमा खिचिएका ६१ फोटोहरुको संयोजन छ यसमा। समय अन्तर १० सेकेन्डको छ। ११ मिनेटको अवधिलाई खुम्च्याएर १० सेकेन्डमा राखेर हेर्दा कसरी बादलले स्थान बदल्यो हेर्न रमाइलो हुन्छ। हेर्नुस् भिडियो-

7 Comments

  1. मलाई त यो हार्प ( HAARP ) ले बनाएको बादल जस्तो लाग्यो…

  2. संयोगबस मैले पनि त्यति नै बेला केहि फोटो हरु खिच्न भ्याएछु , निकै रमाइलो लागेको थियो त्यो दिन को आकाश को दृश्य देख्दा ………..

  3. धन्यवाद सालोक्य जी एती राम्रो दृश्य हामी संग श्येर गर्नु भएको मा आफु त कहिले घर पुगेर एस्तो राम्रो राम्रो दृश्य अवलोकन गर्न पाउने होला उफ्स्स्सस्स्स्स

  4. जहाँ पुग्दैन रवि; त्यहाँ पुग्छ कवि !!
    सिर्जनशील व्यक्तिलाई रमाउन माथि फर्के बादलको नृत्य छ.. तल हेरे खोलाको संगीत छ /
    संसारमा सबै भन्दा अद्भुत भनेकै प्रकृति हो; जहाँ जे पनि सम्भव छ /
    सालोक्यजीको भूगोल माथिको जिज्ञाशा मलाई मनपर्छ ! जुन कहिले तृप्त हुदैन /

  5. आकासको तिरिमिरी तारा म गन्नै सक्दिन
    आकासको यो सौन्दर्यलाई म भुल्नै सक्दिन
    आकास भरिको कपासले यो चिसोनै भुलायो
    आकासमा छायेको शान्तिले अशान्ति भगायो

    आकास भरि कपास जस्तै बादल छायेको तस्विर देखायर अशान्तिको शीतलहरले कठांग्रिएको मनलाई केहि न्यानो दिनु हुने सालोक्यज्युलाई धेरै धेरै धन्यबाद/

  6. सालोक्य जी एस्तो बेला मा छत मा अथवा चौर मा उत्तानो परि सुतेर आकाश हेर्नु को मज्जा नै अर्कै हुन्छ. मानौ मा पृथ्बी मा तंगेको छु र मेरो मुनि निलो आकाश मा बादल खेली रहेको छ. बेला बेला मा मा खस्न थाले भनि झसङ्ग पनि भइन्छ . कहिले फेरी येस्तई भएछ भने try गर्नुहोला.

Comments are closed.