ल्होसार आशिमला !


बसन्तपुरबाट टुँडिखेलसम्म भएको र्‍यालीमा सहभागी। फोटो सौजन्यः रोयटर्स
गुरुङहरुको नयाँ वर्ष तमु ल्होसार शुक्रबार मनाइयो। ०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि गुरुङहरुले काठमाडौँको खुलामञ्चमा भव्य रुपमा ल्होसार मनाउँदै आएका छन्। बूढाबूढीहरु मात्र हैन, भर्खरका गुरुङ केटाकेटीहरुसमेत परम्परागत पहिरनमा सजिएर टुँडिखेल आउँछन्। आफ्नोपन र आफ्नो संस्कृतिप्रतिको यो सचेतना साँच्चिकै गर्वलायक हुन्छ। आफ्नै गुरुङ दाजुभाइ दिदीबहिनीको संस्कृति र परम्परा बुझ्न र देख्‍न पाउँदा हामी पनि दङ्ग हुन्छौँ। अहिले त काठमाडौँका केही विद्यालयमा विद्यार्थीको जन्मदिनमा आफ्नै जातको पहिरन लगाएर आउँदा हुने छुट पनि दिइएको हुँदो रहेछ। पक्कै पनि बहुजातीय, बहुभाषीय र बहुधार्मिक देशमा एकअर्कालाई नजिकबाट यसरी बुझेर नै राष्ट्रिय एकता बलियो हुन्छ। सबै तमुहरुलाई ल्होसार आशिमला!


टुँडिखेलमा साबुन पानीको फोका हेर्दै गुरुङ पहिरनमा बाबुछोरा। फोटो सौजन्यः एपी

थप फोटोहरु हेर्नुस्-

16 Comments

  1. लौ गुरुङ दाजुभाई दिदीबहिनी सबैलाई तपाईहरुको चाडको सुभकामना | म पनि एक चोटी गुरुङ साथि संग टुडिखेलमा लोह्सर हेर्न गएको थिए निकै रमाइलो गर्दो रहेछ | आफ्नो सस्कृति जोगाउने भेसभुसामा रौनक नै आनन्दको हुदो रहेछ |

  2. कोल्मै त छेदु खोज छेदु , क्र तिदु ङ्गहो तिदु , फो अतिदु , all of you तमु बन्धु haru तथा सम्पूर्ण शुभ chintak हरुमा हार्दिक ashimala ….

  3. मध्य पस्चिमका जिल्लाहरुमा धेरै बसेको अनुभवका आधारमा भन्दा पहिला पहिला विभिन्न थरिका जात्राहरु प्रसस्तै हुन्थे र ति जात्राहरुमा यस्ता संस्कृतिक झाँकीहरु प्रसस्त देख्न पाइन्थ्यो | हिजो आज क्रान्तिको आगोले गर्दा त्यस्ता जात्राहरु हुन गाह्रो भएकोथ्यो | यस परिप्रेक्ष्यमा सार्बजनिक ठाउमा भव्यताका साथ् मनाइने यस्ता संस्कृतिक समारोहको छुट्टै महत्व छ | विभिन्न पहिरन, भेषभुसा, गर गहना, खानाका परिकार ले आफ्ना जात जातिका पुरै संस्कृतिक झल्को दिन्छ जुन अरुले पनि बडो खुसि र उमंगका साथ् भाग लिनु वा संलग्न हुन पाउनु पनि खुसीको कुरा हो | आफु जान हेर्न र अनुभव गर्न नपाएकोमा चुक चुक छ | नयाँ वर्ष तमु ल्होसारको अबसरमा गुरुङ समुदायमा थुप्रै शुभेछ्या !!!

  4. तमु महान पर्व मुप्र्हु ल्होसारको पावन अवसरमा देश-विदेशमा छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरुलाई क्ल्हेसोँदि-प्र्हेसोँदी, सिल्दो-नाल्दो, सिमी-भूमि, आजिखे-आजिमाँ, खेकु-माँङी, छ्योप र्‍हेबरु र फैलु र्‍हेबरुले हामी सबैको रक्षा र कल्याण गरुन् भनी प्रार्थना गर्दै यस ल्होले हामी सबैलाई शुख, शान्ति, सम्वृद्धि, दीर्घायु तथा खुशीयाली एवं शुभलाभको शुभ अशिमलाँ दिऊन् भन्ने शुभेच्छा सहित यहाँहरुको उत्तरोत्तर प्रगति तथा सुखमय जीवनको लागि हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु।

    -बुद्धि तमु।

  5. बिस्वलाई नेपाल बिरहरुको देस भनि चिनाउने “गुरुङ” समुदाएको यस पुनित दिनमा हार्दिक शुभकामना/

  6. ल्होसारै आशिमाला सम्पुर्ण स्वदेश तथा बिदेश तिबल्या दजुभाइ, दिदि बहिनि, आमा बाबा इष्टमित्रजन साथै सम्पूर्ण तमुदे सिल्दो-नाल्दो, सिमि-भूमि, कुल-कुलानले खनइ तीले बनि छाब लारखे !!

  7. It is wise to respect the culture. But I am concerned of showing your prosperity by means of golden ornaments. The Gurung families who are poor in terms of gold and finance can be self – humiliated and consider themselves very low in the society because of not having those things. This society is very much materialistic.

  8. ल्होसार आशिमला ! तमु लोछारको शुभकामना सबैलाई !

  9. मुप्रु ल्होसारै आशिमाला सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुहुने दजुभाइ, दिदि बहिनि, आमा बाबा इष्टमित्रजनमा साथै सम्पूर्ण तमुहरुलाई सिल्दो-नाल्दो, सिमि-भूमि, आजिखे-आजिमाँ, कुल-कुलानले जहाँ गए पनि रक्षा गरुन !!

  10. छ्याजलो आशिमला? जात जातीय, भाषा भाषी,हरु भिन्दै भएता पनि हामी नेपाल आमाको छोरा, छोरी,हौँ पुस १५ को २०६८ साल ल्हो सर पर्ब!!! बिरालो वर्ग लाई बिदाही गरेर | क्र्वे ल्हो वर्ग लाई सवागत आशिमला गर्दै २०६९ ल्हो सर पर्ब फेरी भेटौला छ्याजलो |

  11. सानो छंदा गुरुङ समुदायको निकट रहेर घाटु लगायत गुरुङ संस्कृति केहि मात्रामा बुझेकाले मलाई चाहिं गुरुङ संस्कृतिमा असाध्यै रस लाग्छ ! संस्कृतिक रुपमा नेपालको सबै भन्दा धनि समुदायहरु मध्यको एक हो गुरुङ समुदाय !

  12. राइ ,लिम्बु ,गुरुङ ,तामांग साथि हरु लाइ सुभकामना | आज काल त खै सम्बन्ध पनि फाट्दै गएको पो हो कि ?केहि फटाह हरु ( तथाकथित नेताहरु ) ले आफ्नो राजनीतिक स्वार्थ ले उचालिदिएको छ ,उनीहरु बुर्लुक्क उफ्रेका छन् |
    उनीहरु लिछाबी काल पुर्ब देखि बसोबास गर्दै आएका बाहुन छेत्री लाइ तिमीहरु यो देश को हैन भन्न् पनि पछी पर्दैनन् | आफ्नो देश छुट्टाए ,बाहुन छेत्री को भाग राखेनन् | जागिर र अवसर मा पनि तेस्तै छ |
    तर फेरी अधिकांस सिर्सस्ता नेता ,सरकारी कर्मचारी बाहुन छेत्री कै बाहुल्यता छः |
    सायद संबिधान न बन्नु , देश भारत को चंगुल मा पर्दै जानु को एक बजह यो पनि हुन् सक्छ |

    • शंकरजी,

      सर्बप्रथम तपाई ले गुरुङ, मगर, राई साथिहरुलाई दिनु भयको शुभकामनाको लागि धन्यबाद त उहा हरु ले नै दिनु होला तर यहाँ मलाई तपाई को लेखाइ मा देखियको केहि त्रुटि लाई सच्यायर सहयोग गर्न खोजेको मात्र हो |

      १) बाहुन क्षेत्रीहरु लिछावी काल देखि नेपाल मा बसोबास गर्दै आयका हुन् भने गुरुङ, मगर राई हरु अझ त्यो भन्दा पनि अगाडी देखि नै नेपाल मा बसोबास गर्दै आयका हुन् | पक्का गते, तिथि, मिति हेर्नु छ भने देखि इतिहास पढ्नु होला |
      २) देश छुटयार न्याय पूर्ण तरिका ले भाग नराख्ने उनि हरु होइन त्यो अरु हरु नै हुन् | जागिर र राम्रो अवसर मा त अझ झन् कुरै नगरौ यहाँ | यो कुरा स्वदेशी र बिदेशी सबै अनुसन्धान कर्ता हरु ले देखेका र भोगेका कुरा हुन् |
      हामी सबै ले सत्य को सामना गर्न सिकौ |
      ३) तपाई को भनाइ अनुसार देश भारतको चंगुल मा पर्दै गैरहेको छ भन्ने कुराको प्रमाण तपाई आफै ले नै माथि “कारण” नलेखी “बजह” लेखेर दिनु भयको छ |
      कुनै पनि कुराको विश्लेषण गर्दा खेरि दुवै पक्षलाई हेरेर गर्नु न्यायपूर्ण देखिन्छ |

      • बशन्त जी
        यहा को पहिले र पछी को बहस गर्न खोजिएको हैन ,लिछाबी बंस भन्दा पहिले नेपाल मा किरात बंस थ्यो ,त्यो भन्दा पहिले गोपाल बंस थ्यो ,तराइको यादब हरु गोपाल भएको दाबि छ | माने ति त् सासक को कुरा भए , नेपाल तपोभूमि भएकोले तपस्या गर्न आउने हृसी मुनि हिन्दु हरु ,जनता हरु लिछाबी बंस को सासन भन्दा पहिले पनि थिए |इतिहास यहि हो ,हामीले जाने सम्म बाहुन छेत्री पनि आदि बासि नै हो |
        हामीले थाह पाए सम्मम हेटौडा पनि जंगल थ्यो ,काठमान्डू पोखरी ,पुरै नेपाल पहाड ,जंगल हिमाल | जनकपुर को सभ्यता ,राजा जनक को इतिहास धेरै पुरानो हो |
        हिजो आएको बिहारी त् आज बकैदा नेपाल को नागरिक भएर ,१०० प्रत्सिअत नेपालि भएर बसेको छ ,बस्ने मात्र के सदन मा पुगिसक्यो | छोडी दिउ यी कुरा ,नेपालि नेपालि आपसी कटुता भुलेर अगी बढ्नु पर्ने समय हो यो |सुगौली सन्धि एता को भूभाग ,नेपालि भू भाग र
        जनता पनि छिट्टै सिमाना नियन्त्रण गरेर निश्चित मापदण्ड तयार गरिनु पर्छ |

  13. सय थरी बाजा यौटै ताल, सय थरी गोडा यौटै चाल !
    हामी नेपाली – हाम्रो नेपाल !! हाम्रा दाजुभाईहरुको यो पर्व जस्तै अब सन् २०१२ ले सम्पूर्ण नेपालीहरुमा खुशी बाड्न सकोस !! शुभकामना !!!

Comments are closed.