पाँच मिनेटमा विश्व भ्रमण [समयान्तर भिडियो]

[नेताहरुको जनता उल्लु बनाउने भाषण र दिक्कलाग्दा खबरहरुमात्र कति हेर्नु, आउनुस् अब माइसंसारमा केही फरक विषयमा पनि ब्लग गरौँ]

मान्छेको रुचि पनि अचम्मको हुन्छ। मरी लानु के छ र, अनि कति नै बाँच्नु छ र! आफ्नो इच्छा पूरा गरिहाल्नु पो पर्छ त। शायद् यस्तै सोचेर होला सान फ्रान्सिस्कोका कियन लामले एक दिन अचानक छँदाखाँदाको जागिर छाडे, आफ्नो ब्याग प्याक गरे र हिँडे विश्वभ्रमणमा। ३ सय ४३ दिनमा उनी १७ देश पुगे। १० हजार वटा समयान्तर (टाइम ल्याप्स) भिडियो र थप १५ हजार फोटो र भिडियो खिचे। ती मध्ये ६ हजार २३७ वटा समयान्तर फोटो प्रयोग गरेर उनले एउटा भिडियो बनाएका छन्- समय केही पनि होइन (टाइम इज नथिङ)। उनकै भाइ विलियम लामले यो भिडियोमा संगीत दिएका छन्। आउनुस् हेरौँ पाँच मिनेटमा उनको विश्व भ्रमणको यो गज्जबको भिडियो।

आफ्नो ब्लगमा उनले लेखेका छन्- मैले आफ्नो बचत गरेको पैसाबाट यो भ्रमण गरेको हुँ। त्यसो भए कति खर्च लाग्यो त उनको यात्रामा ? हिसाबै राखिनँ रे। दिनमा ३३ देखि ५० डलरसम्म खर्च भएको हुनसक्छ रे।

उनी गएको १७ देशमा मात्रै हो त्यसैले नेपाल, भारत जस्तो देश त्यसमा परेको छैन। ५८ बस, १९ प्लेन, १८ बोट र आठ वटा रेल उनले चढेछन्। एक्लै भ्रमणमा निस्केका उनले Panasonic Lumix GF-1 क्यामेरा र 20mm f/1.7 र 14-45mm f/3.5-5.6 लेन्सहरु र एउटा सानो ट्राइपड बोकेका थिए।

हेरौँ, उनको ३ सय ४३ दिनको यात्रा पाँच मिनेटमा-

यस्तो भिडियो कसरी खिचिन्छ ?
ट्राइपडमा क्यामेरा राखेर केही समयको अन्तरमा लगातार धेरै वटा फोटो खिचेर त्यसलाई एकै ठाउँमा राख्‍दा यस्तो समयान्तर भिडियो बन्छ। उनले यो भिडियोमा भएका फोटोहरुमा केही सेकेन्डदेखि एक मिनेटसम्म अन्तर राखेको बताएका छन्। उनले यसको दोस्रो भाग पनि चाँडै बनाउने भनेका छन्। उनको बारेमा थप जान्न क्लिक गर्नुस्।

17 Comments

  1. नेपालीई फोटो र भिडियो लिने भन्दा गास वास र कपासको नै चिता छ/ दाम काम को मूल्य छैन/ यो रमाइलो संसार त उनीहरुकै हो जसले यसरीनै उपयोग गर्छ/

  2. video अतेन्त राम्रो छ life भनेको एस्तो पो होत तर नेपालको mt .everest ,अरु राम्रा हिमाल अनि नेपालको culture र चीनको ग्रेट वाल indiako ताजमहल पनि भएको भए video सुनमा सुगंदा हुन्थ्यो………..

  3. नेपाल अर्थात् एवेरेस्ट हेर्न चाहनु हुन्छ भने येह जानुहोस http://vimeo.com/१४६२२०८७ यो time lapse video पनि एकदमै राम्रो लग्यो सायद अर्को पार्ट मा उनि नेपाल औंचा होला

  4. Amazing but कमेन्ट गर्न मन लागो|
    १. Great wall
    2. Mt Everest
    3. Amazon river/Jungle
    etc
    are missing!

  5. भिडियो राम्रो छ तर नेपाल को पनि भयो को भयो कति राम्रो हुन्थो होला है

  6. सन्तान थरिथरिका !! New taste of Photography, could have been better..without Mt.Everest and Amazon river/jungle can not be completed of rapid World Tour !! Overall very good.

  7. नया कुरा पस्किनु भएको मा सालोक्य जी र माइसंसार युनिटलाई धन्यवाद,
    मान्छेको सोचाइ,भोगाई,रोजाइलाई दुनियासामु प्रस्तुत गर्ने यो कार्य निकै अनौठो र रमाइलो लाग्यो.
    साँची,हाम्रो गरिब नेपालमा ,कोहि धनि नेपालि छैनन्?
    मन भएर के गर्ने हो नेपाली हरुले कहिले अवसर पाउदैनन.न त राज्यले केहि दिन्छ,न त पार्टीहरुले नै.

    जय नेपाल आमाको

  8. ठुलो यात्राको लामो विडियो लाइ सानो बनाउदा धेरै छिटो दौडने रहेछ | लाग्छ पाँचको सट्टा दस मिनेटको भएको भए ठाउँहरु अलि राम्रो संग हेर्न पाइने थियो | जे होस् आफ्नो सम्पूर्ण यात्राको छोटो विडियो बनाउन सकिने रहेछ | आफ्आफ्नो तरिका न हो | राजनीतिले नराम्ररी गाँजेको दिमागलाई बिश्राम दिने छाख्लाग्दा अरु बिषयहरु पनि समाबेश गर्दा राम्रो हुने रहेछ |

  9. पांच मिनेटमा संसारघुम्न पाउदा रमाइलो लाग्यो!

Comments are closed.