किन हान्ने डाक्टरलाई थप्पड?

-डा. बद्री चापागाइँ-

चिकित्सक कुटिनु कुनै नौलो समाचार रहेन अब नेपालमा। तर पनि हिजोको एउटा घटनाले भने चिकित्सकहरु कति सुरक्षित छन् र उनीहरु कति दबाबमा काम गरिरहेका छन् भन्ने कुरामा चाहिं सोच्न बाध्य तुल्याएको छ।

प्रसङ्ग इटहरीको हो। हिजोका केही दैनिक पत्रिकामा भङ्गेरे अक्षरमा एउटा चिकित्सकले थप्पड खाएको समाचार निकै महत्वका साथ प्रकाशित गरिएको थियो। मानौँ उसले नोबल पुरस्कार नै पाएको थियो, तर नराम्रो विधातर्फको। बालिकालाई थप्पड हान्ने डाक्टरलाई बिरामी पक्षको थप्पड भन्ने अभिप्रायको उक्त समाचारमा डाक्टरलाई यसरी चित्रित गर्न खोजिएको थियो कि मानौं ऊ एक पाशविक आततायी हो र उसलाई दन्डित गरेर बिरामी पक्षले चित्रगुप्तको निसाफ गरेका थिए। तर, कसैले पनि यस घटनाको पृष्ठभूमि वा विगत खोजेन वा भनौं सनसनीपूर्ण समाचार बनाउने धुनमा खोज्न चाहेन।

हिजोको अन्नपूर्ण पोस्टमा छापिएको फोटोः डाक्टरले पिटेपछि डाम बसेको बिरामी बालिकाको गाला अनि डाक्टरलाई चुट्दै बिरामीका आफन्त।

मैले बुझेको घटनाक्रम चाहि यस्तो रहेछ है।

एक साँझ भर्‍याङबाट लडेर दाँत भाँच्चिएकी एउटा बालिकालाई इटहरीको सुस्वास्थ्य डेन्टल हस्पिटलमा पुर्‍याइन्छ। त्यहाँ थिए अभागी डाक्टर कृष्ण नेपाल। बालिकाको दाँत भाँचिएको हुँदा उक्त दाँतको जरा (स्टम्प) उखेलेर निकाल्नु पर्ने हुन्छ। अब, दाँत निकाल्नु पर्ने भएपछि नदुख्ने सुइ त दिनै पर्‍यो। तर, सुई देखेर डराउने बाल मानसिकता अनुसार बच्ची झन् रुन थालिछन्। डा. कृष्णले पनि बच्ची फकाउने भरमग्दुर प्रयास गरेछन्। तर, बिरामी झन्-झन् रुन थालेपछि केही डर देखाउन गालामा एक थप्पड हानेछन्। थप्पडपछि बच्ची चुप लागिछन् र दाँत पनि निकालिएछ। आफ्नो काम सकिइसकेपछि डा. कृष्णले बालिकालाई आफूले बाध्यतावश केही चोट पुर्‍याउनु परेकोमा अभिभावकसँग माफी मागेछन् र आफूले गरेको कामलाई अन्यथा नलिइदिनुहुन अनुरोध गरेछन्। अभिभावकहरु पनि उक्त घटनालाई सहज रुपमा स्वीकार गरी घर फर्केछन्।

तर अचानक भोलिपल्ट दिउँसो उक्त बालिकाका बाबु केही लठैतलाई लिएर रौद्ररुप धारण गरेर प्रकट भएछन्। डाक्टर साबले आफूले उक्त कार्य गलत मनसायबाट नगरेको र हिजो नै क्षमा मागिसकेको र परे अझै पनि माफी माग्न तयार रहेको बताउँदाबताउँदै बिरामी पक्षले थप्पडको वर्षा सुरु गरेछन्।

हो, भएको सिर्फ यत्ति रहेछ। हो, सोझो हिसाबले उपचारको लागि आएकी बालिकालाई थप्पड हान्न गलत हो तर अभिप्राय (intent) र कार्य (action) को समिक्षा गर्ने हो भने त्यो त्यति अक्षम्य अपराध नहुन सक्छ।

ल अब आफै सोचम् न। बालबालिकाले जहिले पनि हामीलाई नटेर्न सक्छन्। अझ कुनै तनाव वा भयको बेलामा त उनीहरुलाई शान्त पार्न झन् हम्मे पर्छ। सुई देखेर डराउनु वा रुनु बाल मानसिकता नै हो। सम्झाउँदा, फकाउँदा वा शान्त पार्न जति प्रयास गर्दा पनि नसकिने बच्चालाई ध्यान अन्तै खिच्न पनि सामान्य एक थप्पड हान्नु अपराध नै चाहीँ मान्न सकिन्न। आखिर, भाँच्चिएको दाँत निकाल्नु नै पर्ने थियो र त्यसको निम्ति नदुख्ने सुई पनि लगाउनु अनिवार्य नै थियो। मैले हरेक बच्चालाई थप्पड नै हान्नु पर्छ भनेर भन्न चाहिं ठ्याम्मै खोजेको होइन है। कुन वयस्क मान्छेलाई बच्चालाई कुट्दै हिंड्न मन लाग्छ होला र। तर, तपाई आफ्नै सम्झना गर्नुस्। के तपाईंले कहिल्यै आफ्नो अभिभावकको गाली, थप्पड खानु भएको छैन? के तपाईले आफ्ना बच्चालाई कहिलेकाहीँ बदमाशी गर्दा एक थप्पड पनि हान्नु भएको छैन त? शायद यसको अपवादमा निकै कम पर्नुहुन्छ होला।

ल ठिकै छ, मानि लिउँ डाक्टरले त्यसो गर्नु गलत थियो रे। तर, उनले उपचारको अन्त्यमा आफू केही रुखो हुनु परेकोका अभिभावकसँग क्षमा पनि मागेका रहेछन्। र अभिभावकले पनि यसलाई बुझे जस्तो गरेछन्। तर, के भोलिपल्ट आएर हिजोको तुष फेर्नु जायज हो त?

अझ उनीहरुको नियत नै डाक्टरलाई थप्पड हानेको दृष्य छायाङ्कन गरेर मेडियामा प्रसारण गराएर बहादुरी गरेको भन्दै चर्चित हुने पनि रहेछ। त्यसैले त उनीहरु बकाइदा भिडियो क्यामेरा र पत्रकारहरु बटुलेर अस्पताल पुगे। बग्रेल्ती खुलेका मेडिया हाउसहरु, जो सधैं सनसनीपूर्ण समाचारको पर्खाइमा बसेका हुन्छन्, उनीहरुले पनि यो समाचारलाई निकै हाइलाइट गरेर प्रचारप्रसार गरिदिए।

राम्रो नियतले डाक्टरले बालिकाको गालामा हानेको थप्पड त उक्त बालिकाले बिर्सी सकिहोलिन् तर केही उदण्ड, हुल्याहा र सम्पूर्ण मेडियाले डाक्टरको गालामा हानेको थप्पडको मर्म कसले बुझिदिने?

यो त एउटा प्रतिनिधि घटना मात्र हो। आजकाल दैनिक जसो समाचारमा चिकित्सक र अस्पतालको गल्तीको कारणले बिरामीको मृत्यु भएको भनी समाचार आइरहेका छन्। कुनै पनि घटनामा चिकित्सकको गल्ती छैन भनेर मैले दलिल गर्न खोजेको होइन। तर प्राय: घटनामा मेडियाले चिकित्सकलाई नै गल्ती देखाउने प्रयास गरिरहेको भेटिन्छ। किनकि, बिरामी कालगतिले वा आफ्नै कारणले मर्दा त्यो एक स्वाभाविक प्रक्रिया मात्र देखिन्छ भने चिकित्सक वा अस्पताललाई यसमा मुछ्दा यो समाचार बन्छ। र, समाचारका खेती गर्नेहरु, जेमा फाइदा देख्छन्, त्यही गर्छन्।

हुनत यसमा चिकित्सकहरु पनि उत्तिकै दोषी छन्। उनीहरु, आफ्ना भनाइहरु वा बिरामीको अवस्था र आफूले गरेका प्रयासहरु जनमानसलाई बुझाउनेतर्फ पनि लाग्दैनन्। चुपचाप, मेडियाले पहिर्‍याइदिएको ‘लापरवाह डाक्टर’को ट्याग घाँटीमा झुण्डयाएर हिँडिरहन्छन्। खाँदै नखाएको बिषले छट्पटिँदा पनि लाचार छन् चिकित्सकहरु।

हो, कुनै निष्पक्ष निकाय वा अदालती बहसपछि, दोषी देखिएमा चिकित्सकहरु कानुन अनुसारको सजायको भागीदार पनि हुनुपर्छ। तर, के हाम्रो समाजमा कुनै चिकित्सकलाई दोषी देखाउनु वा लापरवाह प्रमाणित गराउनु मेडियाको क्षेत्राधिकारभित्र पर्छ ? यदि संचार माध्यमले नै कसैलाई दोषी सावित गराउने र बिरामी पक्षले मनपरी सजाय दिने हो भने किन चाहियो राज्यमा न्यायिक निकाय अनि किन चाहियो प्रहरी ?

[polldaddy poll=5837172]

95 Comments

  1. I have only one question for Dr. Badri : is there any ethics for a doctor while treatment ? If there is any : under which ethics “slapping” to a patient falls? Please answer.

  2. हैन डाक्टर भनेको त बिरामीलाई निको बनाउने मान्छे पो हो त | झापड हानेर आफ्नो सुबिस्ता हेर्ने त हैन नि | जाबो दातलाइ झापड भने हात-खुट्टा नै भाचिएको भएत दुख्यो भनेर रुनेको त करंग नै भाचिने गरि कुट्दा खासै ठुलो कुरा त नहोला हैन त डाक्टर साब ?

  3. झापड काण्ड इटहरी मा कुनै नौलो होइन… झलनाथले पनि खाएकै हो…. यो येसकै प्रभाव हो

  4. -डा. बद्री चापागाइँ- जी ले डाक्टर भएर सहनाभुती दिन खोज्नु भा हो! र आफ्नो पेसा पनि डाक्टर नै भएको ले डाक्टर लाइ SAFE ठाउमा राख्न खोज्नु भा हो .
    यो डाक्टर Dr कृष्ण प्रसाद नेपाल लाइ म निकै राम्रो संग चिन्छु . एसले DHARAN को B . P मेमोरिअल बाट BDS गरेको हो. थोरै Treatment ले हुने ठाउमा पैसा को लागि निकै damage छ
    भनेर राम्रो दात लाइ पनि Tools हरु ले घोटेर झन् धेरै बिगारेको मेरो आखा ले देखेको छु .

    अर्को case मा यो डाक्टर ले मेरो UNCLE को मासु खादा दात को gap मा अड्किने कसरि हटाउने भनेर advice लिन जानुभा थियो Last November मा , तर यो Dr कृष्ण नेपाल ले त त्यो सानो gap लाइ घोटेर ठुलो दुलो बनाएर Cement ले फीलिंग गर्नु पर६ भनेछ, अनि त्यो Uncle को दात मा प्राक्टिस गर्न पो थले६….र त्यो Uncle को दात को nerve नै Damage त गर्यो नै बढी घोटेर दुइटा दात पो केहि पनि खान खाने नहुने बनाई दिएछ, ….. पछि काठमाडौँ मा गएर पो थाहा पाएछन् दात को गप मा मासु अड्कियो भने घोटेर फीलिंग गर्ने होइन , अड्किएको कुरा लाइ DENTAL Floss (एउटा मसिनो धागो ) use गरेर सफा गर्नु पर्छ भनेर ….
    तेसैले त Sign Board मा Su-Swastha Dental and Research Center भनेर राखेको , मुला BDS गर्ने ले के को Research गर्छ र ,,,,,, प्राक्टिस गर्ने र मान्छे को सद्दे दात लाइ धेरै पैसा को लागि झन् बिगारेको मैले देखेकोछु …. एस लै त् अझै लात नपुगे को हो …

  5. एस्लाई नया नेपालको नबिन क्रान्तिकारी उपचार पद्दति भन्नु पर्ला …
    कसै माथि हातपात गर्नु अपराध हो , झनै बालबालिका माथि हातपात गर्नु महा अपराध हो … यो त मेडिकल नोर्म्स भित्रका कुरा हुनै सक्दैन …
    यहाँ डाक्टर र अभिभाबक दुवै दोषी छन् … माफी माघी सकेको डाक्टरलाई भोलि पल्ट पल्टन लिएर आक्रमण गर्नु सारासर गुन्डागर्दी हो … सत्य तथ्य नबुझी हचुवाकै भरमा समाचार दिने मेडिया पनि उत्तिकै दोषको भागेदार छन् …

  6. समाचार र बस्तुगत परिस्थिति हेर्दा उनि बिरामी नानीका डा. मात्र हैन डा. अंकल थिए जस्तो छ / नेपाली समाजको चरित्र उनीहरुको पारिवारिक चिनजान हेर्दा डाक्टर मा ओभर कन्फीडेंस भो, ब्यबसायिक दृष्टिले यो उनको कमजोरी हो / तर माफ मागी सके पछी भोलिपल्ट फेरी बदला लिनुले डा. को भन्दा अर्को पक्षको गल्ति ज्यादा हुन्छ /
    कि त उसै मौका झगडा हुनु पर्थ्यो नत्र त शारीरिक बदला लिनु आपराधिक मानसिकता हो / एउटा ले ब्यबसायिक कानून को र अर्कोले फौजदारी कानूनको उल्लङ्घन गरेका छन् भन्ने हाम्लाई लाइ रा…छ /

  7. के खाले डाक्टर होला गाला मा थप्पड हानेर दात निकाल्न खोज्यो होला अनि कहाँ बाट हुन्छ त ! कुनै कुनै डाक्टर पो बुद्दी पनि हुदैन ! कसरि बोल्ने कसरि बिरामी को उपचार गर्ने, येस्ता लाई त थप्पड मात्र हैन अरु कुनै सजाय दिनु जरुरि पर्छ जस्तो भन्ने मलाई लागि र छ!

  8. उपचारको क्रममा बच्चालाई पिट्नु डाक्टरको गल्ति हो र डाक्टरले माफी मागिसकेका छन्, माफी मागीसकेपछी अनि अभिभाबक सग कुरो मिलिसकेपछि फेरी पछी आएर डाक्टरलाई पिट्नु महागल्ती हो, डाक्टरलाइ पिट्नुको बिकल्प कानुनि सहयोग अथवा पुलिस थानामा रिपोर्ट गर्न सकिन्थियो,मान्छेले अलिकति अरुले गरिखाको हेर्न सक्दैनन्,साएद नाम चलेका डाक्टर थेहोलन,अरु केहि होइन तिललाई पहाड बनाको जस्तो देखीन्छा गल्ति दुवै तर्फको हो. मेरो बिचारमा दुवै तर्फकलाई पनिश्मेंट हुनुपर्छा.अभिभावकले पनि डाक्टरले माफी मागीसकेपछी डाक्टरको बिबस्तालाई बुझ्न सकेको भा हुन्थो अनि डाक्टरले पनि बिरामीलाई तेसरी रिस नपोखेको भा हुन्थो.नेपालको फितलो कानुन मियो बिनाको दाई जस्तै भाको हो ….

  9. यो घटनालाइ जसरि बुझन खोजे पनि डाक्टर र बच्चीको अभिवक एक अर्कामा परिचित हुन् /,त्यसो भएकोले पनि डाक्टर पनि एउटा अभिवकको रुपमा मान्न सकिन्छ ,/ डाक्टर विभिन्न उपाय अबलम्बन गर्दा पनि बच्चीले सुइ लगाउन नमाने पछि बाध्य भएर झापड लागेको हुनु पर्छ /, फेरी डाक्टरले सत्य बोलेकाछ्न शाचो र सत्य बोल्नेले हानेको झापड राम्ररी कामको लागि हो भन्ने कहिले कहिँ मन नमान्दा नमान्दै पनि मनलाई मनले बुझाउने कोशिस गर्न सक्नु पर्छ /त्यसैलाई भन्ने गरिन्छ चेतना /,चेतना सधै जीवित हुन् जरुरीछ खुशीमा दुखमा आपत बिपतमा बैठक भासणमा दिने र लिने अर्ति उपदेसको कुनै मुल्य हुदैन सद्भाव र हार्दिकतामा भन्दा ठुलो प्रेम अन्त भेटिंदैन खोज्नु पनि हुदैन

  10. अमेरिका,बेलायत,क्यानाडा को कुरा नगरम साथी हो यो नेपाल हो,घर मा बा र स्कुल मा मास्टर हरु को पिटाई खादा,खादा यति भा नि पडीएछ….आजकल भनेको ठाम मा काम लाग्दा बुडा सर हरुको र बा को याद आउछ ….अब ति डाक्टर साब लाई औसधि नगरे ए किन दबाई गरिनस भनेर पिटिए का हुन्थे,अब कसो कसो उपचार गरे झापड हाने…हे इश्वोर तिम्रो लिला….अब जिन्दगि भर ति बालिका को कहानी फेरी -फेरी भन्नी भय…

  11. मलाइ अचम्म लागि रहेको छ यो घटनाको बिषयमा, डाक्टर जसले बिरामीको उपचार गर्दा थप्पड लगाउछ,
    त्यो डाक्टर बन्न सक्ने दिमाक भएको मान्छेलाई एउटा सुई देख्दा रुने बालिकालाई सुई लगिदिने कुनै अरु उपाए भेटाउन नसक्नु पनि बिडमबना कै कुरा हो जस्तो लग्यो,
    अनि अर्को कुरा फेरी अभिभाबक पनि गजबकै भन्नु पर्छ डाक्टरले थप्पड छोरीलाई लगाई हालेछ अब चित्त बुझेन भने यो डाक्टरको एगेस्टमा लेगल एक्सन लिनु सकिन्नर ? किन डाक्टरलाई पिट्न जानु होला ???
    यो सबै मुर्खता हो जस्तो लाग्छ

  12. It’s wrong to hit the child, Next time, just leave the child and ask such child to go to Kathmandu or India to get treatment, where they have got Nitrous Oxide( laughing gas). Defensive medicine is what Nepalese Dr.s have to practice. “If patient can choose a doctor, doctor should also can choose the patient.”

  13. यो एकदम दुर्भाग्यको कुरा हो। म पनि एक स्वास्थ्यकर्मी नै हुँ। मैले पढेको बिषयमा कहि कतै पनि यसरी बिरामीलाई नमान्दा झापड या यातना दिनुपर्छ भनेर पढेको थिइन अथवा कतै लेखेको थियो भने मैले पढ्न नभ्याएको होला। तर यो जुन चिकित्सकले गरेको पाशविक कार्य भने हदैसम्मको निन्दनिय कार्य हो। अझ कानुनी राज्यमा यस्ता चिकित्सकलाई जरिवाना र लाईसेन्स खारेज या केही समयको लागी काम गर्न नपाउने गरी निलम्बन गर्न सकिन्छ।

    अब नेपाल न पर्यो यहाँ जे गर्दा पनि हुन्छ भन्ने संकिर्ण मानसिकताको उपज हो यो झापडकाण्ड। यदी बिरामी मानेन भने उसको खुशी गर्न दिनुपर्छ यदी मान्दै मानेन भने उपचारनै नगर्ने अनि त्यसपछि बिरामीको अभिभावकसंग छलफल गरेर सल्लाह राय बुझ्ने र बुझाउने गर्नुपर्छ ताकी झापड या हिंस्रक गतिबिधि बिकल्प होईन। चिकित्सा बिज्ञानमा प्रथम प्राथमिकता बिरामीलाई दिनुपर्छ र उपचार गर्नपुर्व बिरामीको सहमती (Consent) लिनुपर्छ। यदी बिरामी १६ बर्षमुनि छ भने अभिभावकको सहमती लिन जरुरत पर्छ।

    अब यो घटनाको मुलमर्म बुझ्दा के चाही निष्कर्ष निकाले भने त्यो बिरामीले उपचार गर्नै मानेन अर्थात उपचारै भएन, त्यसपछि त त्यो चिकित्सकको खल्ती पनि रित्तिने भईहाल्यो नै। यही खाली खल्तिको पिरले झापड हान्नुपरेको होला।

    पेशाप्रति समर्पित हुने व्यक्तिहरु प्राय संयमता र सहनशिलताको उचाई बढाउनु जरुरत पर्दछ यदी एक सफल पेशाकर्मी बन्न चाहाने हो भने।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

  14. I think this gunda Bhandari should immidiately be arrested. This is a total example of lawlessness. This should be reported to the primeminister’s office and Bhandari should be arrested. Well there is some mistake from the doctor in a legal point of view and he has already apologized. Nevertheless, this case should be given a legal justice and I am sure more than the doctor, hooligan leader Bhandari well be punished.
    एदी doctor बाट गल्ति भए प्रथम कुरा त इलाका प्रहरी कार्यालय इटहरी मा गएर प्रहरी प्रसाशन लाई खबर गर्नु पर्छ र doctor लाई कानुनी रुपमा सजाय दिनु पर्छ.. तर येसरी एउटा गुन्डाले कानुन लाई नै हात लिएर doctor माथि हात हाल्नु अबस्य नै राम्रो होइन..तेसैले प्रथम कुरा त यो गुन्डा लाई समातेर तह लाउनु पर्छ..इटहरी मा येस्ता काम नभएका गुन्डा हरु धेरै देख्या छु मैले..doctor भन्दा हजार गुना बढी कारबाही यो गुन्डा लाई हुने पर्छ…हुन त कुन party को खाते कार्यकर्ता होला..क कारबाही गर्थे र?

  15. घटनाक्रम हेरियो,पहिले नै सुनिसकेको पनि हो…..हुन त म डाक्टर होइन तर पनि मासु लटयाएर सिलाउने,घाऊ चिर्ने आवश्यकता परेमा दाँत पनि झिक्ने आदि इत्यादि काम गरेको छु…. काहिँ हामीले नै गर्ने अवस्था आउँछ र कानुनले दिन्छ पनि……,डाक्टर भने पछी देख्न नसक्ने हाम्रा बुद्धिमान COMMENTकर्ता हरुलाई के भन्नु छ भने…….. त्यस्ता साना नानिहरुलाई शुरुमा फकाउने नै हो ५ वा १० मिनट जति…….!अनि नमानेमा तर्साउने नै हो हल्का कुट्नु पनि पर्ने हुन्छ,त्यस्ता बालमनोविज्ञानको काम छैन त्यस अवस्थामा…. मैले त त्यसै गर्ने गरेको छु अनि गर्छु पनि उसको भलो हुने कार्यमा…..!!यो COMMENTलाई LIKE कसैले गरे पनि नगरे पनि मलाइ भन्नु केहि छैन||धन्यवाद||

  16. अनि अर्को फोटो को केटा हेर्नुस न कहिँ कतै बाट डाक्टर जस्तो देखिन्छा र? पुरा गुन्डा जस्तो छ | के उपचार गर्ला खै तेस्त ले | पढेर पास भएको त पकै होइन जस्तो छ | बाउ को पैसा मा कुनै university बाट डिग्री ल्यायो होला | अनि गुन्डा गर्दी गर्ने बनि त कता जावोस | हजार कापी मा रातो लागेको देखेर पारो तात्यो होला डाक्टर को | अनि ठोकी दिए छ |

  17. आफु डाक्टर भएर  होकी यो लेखकले थप्पड़ हनु पर्छ भनेर भन्न खोजेको …. सुरु का दुई चार हरफ पढ़े पछि पुरै नपदी कमेन्ट गर्न मन लाग्यो ….. थपड हान्नु कोई कसैले पनी अपराध हो जून कुनै अबस्थामा, तेस्माथी पनी बालबालिका नमिठो बोल्नु, रिसाएर या डर देखौनाई को लगी भये पनी नराम्रो संग हेर्नु पनी ठुलो  अपराध हो !!

  18. केहि हैन ,
    नमाने पछी काठमाडौँ वा इंडिया रेफेर गर्दिनु पर्ने थियो अनि बल्ल एस्तो हुन्न थियो

    हुन त सब ले खुब मज्जा लिए समाचार को
    तर डाक्टर लै पिट्नु को नतिजा सोझा लै पर्छा फेरी

    पहिला जस्तै कुनै पनि रिस्की वा एमेर्गेंच्य कैसे कुनै अस्पताल ले लिदैन, बेद छैन भनेर
    अनि बिरामी घुमेको घुम्यै हुन्छः

    सब कुरा सोच्नु पर्छा

  19. यो बद्रि भन्ने को मानसिकता सारै खत्तम रहेछ
    त त सारै बिग्रिस नि बद्रि भनेको ठिकै रहेछ

  20. होइन हो चापागाईंजी ले डाक्टरी नै पढेका त हुन्? इनको लेख हेर्दा मलाई चाहिं संका लाग्यो है| डाक्टरले कुनै पनि बहाना या कारणमा बिरामी बच्चालाई कुट्नु र त्यसको बदलामा डाक्टरलाई कुट्नु दुवै गलत काम हो| कस्तो घुमाई फिराई डाक्टरको कामको जस्टिफाई गर्न खोज्या?

  21. उपचार को क्रममा डाक्टरले थप्पड हान्नु गल्ति हो तर गल्ति भएको भनी मफ्फ़ मगीसकता पनि भोलिपल्ट मेडिया सहित आएर तेसो गर्नु मेडियामा औनालाई झलनाथ जस्तै मात्र हो.डाक्टरको अनुपति पत्र रोक्न पहल गर्नु पर्थ्यो .परिस्थिथि अनुसार इन्टेन्सनली तेसो पक्कै नगरेको हुनु पर६.कुत्नैको लागि डाक्टर भएको होइन पसिम मुलुक कुरा के उठाउनु १८ वर्ष कहिले पुगिन६ भनेर दिन कुरेर बसेका हुन६न् .येत्लिस्ट हाम्रो देसमा बौअमामा मान ६.तेसैले सरी भन्ने बनि बसाल्नु राम्रो होला.कानुन नै नभएको देसमा के कुरा गर्नु जे गरेपनि हुन६ मन्त्रिको भासन अंग्रेजीमा सुन्नु भएकै होला .तेसैले जो पनि अवसरको प६इ लागेको हुन६ .आफै होसियार भए राम्रो

    • तपाईं कि छोरी लै थपड हानेको भए कस्तो लाग्थ्यो | के गर्नु हुन्थ्यो तपाईं?

  22. भएको के भने डाक्टरले माफी माग्दा बालिकाको गालामा नील दाम देखिएना / त्यस्तो निल दाम तुरुन्त देखिन्न / जब गाला फुलेर आयो अनि सरो नै हानेको पो रैछा / उपचार अग्रण लागेको झन् गालामा नील दाम ? ल त्यसलाई नि दाम बसालेर छोड्नु पर्यो भन्ने पर्यो / बालिका रुना थालिन होला पछी झन् / अनि दाम लगेसी कत्ति दुख्छा देखैदिम हामी नी / अनि पछी अरु बिरामीले पिटाइ खानु पर्दैन भनेर शिक्षा दिनै / दाक्तारे पढ्दा नपाएको शिक्षा पायो डाक्टरले एकै झापड मा / उसैलाई फाइदा भो /

    • त्यो निलडाम त भर्यांगबाट लडेर भएको हुन सक्छ. अनि सद्य दात निकाले पछि औसधिको प्रभाबले छोडेपछि केहि दिनको लागि गाला सुन्निनु स्वभाभिक हो. मैले डाक्टरहरुको गल्ति छैन भनेको हैन. बिर हस्पिटलका डाक्टरहरु बाट धेरै रुखो ब्यवार र गालि खाएको छु. डाक्टरको ब्यवार देख्दा लाग्छ मानौ हामीले अपराध गरेर आएका हौ. त्यो सम्झेर नि हत्तपत्त बिर अस्पताल त जाने मनलाग्दैन.

  23. “सम्झाउँदा, फकाउँदा वा शान्त पार्न जति प्रयास गर्दा पनि नसकिने बच्चालाई ध्यान अन्तै खिच्न पनि सामान्य एक थप्पड हान्नु अपराध नै चाहीँ मान्न सकिन्न। ”
    Ha Ha Ha …..
    Dr. Badri, Please come to USA or Canada and open clinic or hospital and do this intervention to my son. Please do it, I need multi-million dollars. How come you get your medical degree, is it from Bihar or Russia?
    You could you your cell phone, ipod or any new things to distract her or you just ask nurse or other staff to hold her tight. But slapping? FIY: In US or Canada it is called “Battery” and a person can be sentenced for 20 years in prison. You are lucky you are in Nepal and that doctor is lucky he just got few slaps from victims family. Ha ha, I am still laughing reading this sentences.
    But I like your last line “हो, कुनै निष्पक्ष निकाय वा अदालती बहसपछि, दोषी देखिएमा चिकित्सकहरु कानुन अनुसारको सजायको भागीदार पनि हुनुपर्छ। तर, के हाम्रो समाजमा कुनै चिकित्सकलाई दोषी देखाउनु वा लापरवाह प्रमाणित गराउनु मेडियाको क्षेत्राधिकारभित्र पर्छ ? यदि संचार माध्यमले नै कसैलाई दोषी सावित गराउने र बिरामी पक्षले मनपरी सजाय दिने हो भने किन चाहियो राज्यमा न्यायिक निकाय अनि किन चाहियो प्रहरी ?” True and not only in medical in all areas media and leaders act like they are court.

  24. ओइ सालोक्य तेरो गलामा पो हान्नु पर्ने चड्कन त

    • लौ न मैले के गर्‍या छु र ? मलाई किन बित्थामा हान्ने हजुर?

      • सालोक्य जी, त्यो छाडा बोल्ने पनि Doctor नै हो जस्तो छ…यस्तै छन् नेपालका नया Doctor भनौदाहरु..

      • हाहाहा, हसाउछ्न साथी हरु पनि| फेरी बिना फ्वाक को झापड हान्ने कुरा गर्छन यी खपांगी का अनुयायी हरु !!!

    • सौगात जी भ्रममा पर्नु भयो जस्तो छ। यो लेख सालोक्य जी ले लेख्नुभएको होईन। यो अर्कै व्यक्तिले लेख्नुभएको हो जो व्यक्ति पनि सायद चिकित्सक डाक्टर नै होला पिएचडी डाक्टर त अवश्य होईन होला।

      “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

  25. कुरो हेर्दा के लाग्छ भने डाक्टरले फकाउन खोजे होलान्, तर झन् रून थाले पछि झनक्क रिस् उठेछ क्यारे, बच्चा सच्चा ख्याल नगरी कसेरै एक दे छन् । यस्ता रिसको ठेगान नभा डाँक्टर के काम् ?

  26. थप्पड हान्ने डाक्टर भन्दा थप्पड हान्नु लाइ जस्तिफाई गर्न खोज्ने डा बद्रि झन् खत्तम …बालिकालाइ थप्पड हान्ने घटना कुनै कानुन भएको देशमा भएको भए ति डा. को license अइले खुस्कि सक्या हुन्थ्यो..नेपालमा डा. हरुमा सेवा भाव भन्दा घमण्ड बढी छ .

  27. “ओ हो, राम्रो नियतले थप्पड हानेको भए त्यसरी डामै चाही बसी हाल्ने थिएन होला हौ चापागाई सोल्टी।सोल्टीले क्या गफ दिनु भयो भन्या।हैन यस्तो पिटेर,डर देखाएर उपचार गर्ने प्रबिधीलाई साईन्समा के भन्दा रै’छन सुनाउन हो सोल्टी।भनि हाल्दिनु न सोल्टी नेपालमा मात्रै उपचार गरिन्छकि संसारको अरु मुलुकमा पनि गरिन्छ होला यसरी उपचार?

    हैन आजभोलीको डाक्टर महाशयहरुलाई के भा’को हो?झापड लगाएर गरेको उपचारलाई पनि राम्रो भन्दा रै’छन त।जाबो बच्चा रुयो भन्दैमा थप्पड हानी हाल्ने तर अरु उपाय नसोच्ने मान्छे डाक्टर हैन ऊ अर्धपागल हो।यो चरम लापर्बाही हो दुर्ब्यबहार हो।बाउ-आमाले छोरा-छोरी पिटे जस्तो भनेर लेख्नेहरुले बुझ्नु पर्ने के हो भने अबिभाबक र डाक्टर एकै हैनन।छोरा-छोरीलाई पिटेर तह लगाउन खोज्नु र एउटा डाक्टर पेशा अंगालेको मान्छेले उपचार गर्न बिरामीलाई पिट्नुमा कति फरक हो?अझै सोच्नुहोस, बिचार गर्नुहोस।..अनि साथीले ढोका फोर्ने डाक्टरको बारेमा त केहि लेख्नु भएन छ।सायद ऊ तपाइको चिनजानको थिएन होला।चिनजानको या आफन्त कोही हुन्थ्यो भने सोधेर अनि खोजेर पानीलाई पनि दुध भन्न पछि पर्नु हुन्थेन होला।’केहि दिन अघि एउटा मन्त्रीले भनेका थिए, मान्छेलाई मर्नु मन लागे नेपालको हस्पितल जानु।”बास्तबमा उनले ठिकै भनेका रै’छ।

    चिकित्सकले नगर्नु गल्ति गरेकै हुन तर पिडितका अबिभाबकले पनि कसैको लहैमा लागेर अरुको कुरा सुनेर मुर्ख माथि महामुर्ख बन्न खोज्नु गल्ति थियो।

  28. I am not a medical doctor. But, many of the comments in this thread are biased and judgmental. We cannot say that all doctors are bad and all patients do not have preconceived beliefs about doctor’s superiority, wrong-doing, and insecure feeling of patients themselves. The third provocative and catalyst party is MEDIA. It reports the news without compiling the pieces of evidence and without any anticipated (bad) outcomes in future (please see the following link about this article: http://nagariknews.com/opinions/98-opinion/35423-2012-01-13-09-38-13.html ). So, my suggestion is that we all parties have to recognize this
    mess-up and try to manage ourselves. Doctors have to put aside their superiorty complex and put their professional ethics as their priority (i.e., humanity is more than everything else; docs. should focus on their treatment as worship regardles the socio-economic status of the patient); patients and their relatives should respect the doctors as they have some specialization we do not have (as they are recognized by the related authority of the country in terms of curing us); medias should think twice when they publish/report the news that affects the well harmonization of the community/society or it may lead to worst results such as creating prejudice, fighting, and even sucieds (which we have seen in past).

  29. डा. (का) चापागाईले अर्को डा (का) को रौद्ररुपलाई बडो फुर्तिसंग साथ दिनु भएछ !

    “आखिर, भाँच्चिएको दाँत निकाल्नु नै पर्ने थियो….” वा वा वा कस्तो सुन्दर तर्क ! नोबेल पुरस्कार नै दिउ जस्तो ! अब के डा साहेबहरुले अपरेसन गर्नु नै थियो भन्दै बेस्सरी कुटेर बेहोस पर्ने ??? किड्नीबाट पत्थर निकाल्न घाऊ गर्नु नै थियो भन्दै पेटमा छुरी घोप्ने?? कुनै रोगको उपचार गर्दा अपनाउनु पर्ने सामान्य बिधि वा प्रक्रिया छ भन्ने भुस्सुकै बिर्सियो हगी साला !! थुक्क तेरो कुबुद्धि !!!

  30. मेरो विचार मा यो र योजस्ता सबै घटनाहरुको मुख्य कारण डाक्टरहरुले आफुलाई निकै महत्वपुर्ण ठान्नु हो. यदि सबै डाक्टरहरुले “फलेको रुख झुक्दछ” भन्ने कुरालाई आत्मसाथ गर्न सक्ने हो भने यस्ता घटनाहरु सायदै घट्नेछं. यो घटनामा भने के पनि सत्य हो भने यदि त्यो बालिका कुनै सम्पन्न परिवारबाट भएकी भए “डाक्टर शाहबले” पक्कै पनि चड्कन हान्ने थिएनन्. यो सामाजिक अपहेलनाको एउटा उताहरण पनि हो.

  31. कुरा सिधा गरे पनि घुमाएर गरे पनि, डाक्टरले विरामीलाई सहानुभूति, माया, उपचार… गर्नु पर्ने हो पिट्न कदापी हुदैन/

  32. कुन देशमा पढेर डाक्टर सा’ब हुनु भा’ तपाईं ? यूरोपमा हुन्थ्यो भने उपाचर गर्ने क्रममा बालिका कुट्ने डाक्टर जेलको चिसो छिंडीमा हुनु पर्ने थियो । साथै डा. सा’बको उपाधिमा पनि रातो गोलो लाग्ने थियो । या डाक्टर आँफै मानसिक रोगी भएकोले उपचारको लागि अस्पताल भर्ना भैसकेका हुने थिए । यहाँ त डा. सा’ब नै कुर्लिदै पो छन । अजबको नेपालमा गजबका डाक्टर ।

  33. Well written Dr.Badri,this article of yours is just a step towards showing to the media personnel that we medico’s people also have a heart and we feel bad when people without knowing the core issue start blaming us for everything,its a well known fact people that medico’s are also human and at times they make mistake,but why small mistake are being highlighted so much every time,despite of getting negative responses from the highly elite class of people in this site I stand up to support you, i consider all the viewers of this popular news site educated ones and with the logic to differentiate what is wrong and what is right but at times i feel so disheartened when i read the comments of people which are so much negative towards the profession as a whole,well give us a chance to prove,do not kill our spirit with the negative thoughts of yours and do not let us build the negative attitude towards the whole society.enlightening about the incident of Dr.Nepal, i just want to ask all of you a simple question, How many of you have visited a dentist or atleast sat in the dental chair?? if you have than just imagine which part of face will be more visible and prone to slap for a right handed dentist and the answer will be it will be a left side of the face,but see the marks at the child face,its in the right face,than how can anyone lamely accuse that the mark was caused due to the slap by the Dentist??regarding the dentist saying sorry after the incident,it was just for the sake of saving oneself from the kick of the gooms,when Dr.nepal was working with other patient the other day(as it is a busy hospital he might have forgotten treating the patient also)local gooms entered and started thrashing him,the pictures which journalist made public were the second time he got thrashed by the gooms,at that moment only thing concerned for the doctor was his safety and safety of the Hospital,so he plead for the apology,
    dear everyone the top of the building is the site for Dental Clinic,the ground floor is the Clothes shop owned by the child father,child was grown up in the vision of Dr.Nepal, if his character was sort of harrassing children why did child father (who knew Dr.nepal since 5 years and was a good friend) took his daughter to the same clinic which was in the same place and running since 5years ???
    when ever a clinician treats the patient he or she always sees the risk and benefit for the patient at times there will be some unpleasant behavior management technique which needs to be rendered for the benefit of the patient,no one is appreciating the treatment rendered by the doctor to the child with bleeding socket after a fall,which if left intact would have been a source of infection and cause for uncontrolled bleeding.
    please people do not only see the negative things out of everything,anarchism is not and will not help anyone and any profession,
    BEING INDIFFERENCE TO OTHER MAN’S SUFFERING IS THE WORST MISTAKE OF HUMAN BEING,let us all work together in making the Nation a beautiful place to live and secure state to work

    • Please don’t give some stupid logic of movie or TV shows lawyer that “a right hand person can not hit right cheek of another person”. Can you hit someone on left cheek with your flipped right hand? When you are angry, you don’t consider your hand. So it can be his right hand, left hand, or any hand in flipped way or straight .

  34. जे नै भए पनि त्यसरी निल डाम बस्ने गरी थप्पड् हान्ने डाक्टर ले नेपालमा कुटाइ खाए ठिकै भयो। कानुन ले केही गर्ने हैन नेपालमा।
    घटना हेर्दा डाक्टर बद्रीले भने जस्तो पनि देखिएन। डाक्टर बद्री ले नानीको गालाको निल डाम देखेनन कि।

    • कुरा त ठीक हो अर्जुन बाजे । डाक्टर ले डाक्टर को प्रोस्पेक्टिब बाट लेख्छ नि । यहाँँ त बाल अधिकारको हनन भको पनि देखिन्छ। चाईल्ड psychology चेन्ज गर्ने धेरै उपायहरु छन। डाक्टर ले त्यती त जान्न पर्‍यो नि कसो।

  35. डा.ले जुन थप्पर हान्यो त्यो ठुलो थिएन । बच्चिको उपचार भयो त्यो ठुलो थियो ।बच्चिको दांत निस्कियो त्यो राम्रो भयो ।उपच्रर न पाएको भए बच्चिलाई पछी के गर्नु पर्थ्यो के हुन्थ्यो कसै ले सोचको थियो त ?

  36. होइनबा आजकलका डाक्टर हरु पैसा को भर मा पढेका हुन्छन. अनि यिनीहरुको क्वालिफिकेसन हेर्नुस न बि. ए. भन्दा पास हुदैनन्. एउटा नर्स ले जति पनि तालिम लिएका हुदैनन्. राम्रोसंग कुरा गर्ने हो भने सहि रुपमा सिटामोल पनि बाध्हना जान्दैनन्. तेसैले त घाँटी छिर्नु पर्दा पेट चिर्ने, एउटा को औसधि दिनु पर्दा अर्को को दिने . जसरि ड्राइभर लाई मान्छे किच्दा जेल हलिंचा तेसैगरी डाक्टर लाइ पनि मान्छे मार्दा जेल हाल्नु पर्दछ. अनि यिनीहरुमा जेम्मेवारी को भावना औदाचा.

  37. यति मात्र हैन ,प्रेसक्रिप्सन मा राम्रो बुझिने गरि नलेख्ने सबै डाक्टर साब हरुलाई २/४ झापड हान्नु पर्छ ! सामान्य व्यक्तिले नबुझ्ने अक्षर लेखेर औषधि पसले सग कमिसनको खेल गरि बिरामीलाई कुनै निश्चित पसल बाट महगो मुल्यमा किन्न बाध्य पार्ने कथित डाक्टर हरुलाई बहिस्कार गर्नु पर्छ !!!!

  38. एउटा बच्चीलाई सान्त गर्न झापडको प्रयोग गर्नु कदापी बुद्धिमानी कार्य होइन.डाक्टरको कर्तव्य हुन्छ,उसलाई ललैफुलाई ,केहि प्रलोभन देखाई आफ्नो काम फत्ते गर्ने.उमेर अनुसार बिरामी को मनोभावना बुझ्ने खुबी भएका डाक्टर हरु सायदै केहि पर्तिसत होलान हाम्रो देशमा .
    -डा. बद्री चापागाइँ ज्यु को लेख ,किन हान्ने डाक्टरलाई थप्पड? आफै मा रुमल्लिएको छ.एउटा अभियुक्तको पक्ष्य मा आफ्नो मत राख्नु अलि उचित भएन .उनि हानिनुमा,पिदित्पक्ष्य को आक्रोश छ,र आक्रोश मा मानिसहरु बिबेक्सुन्य हुन्छन .
    ti daktarle kina माफी मागे त,yedi उनले गल्ति गरेका थिएनन् भने?
    चेतना भया……..

    जय नेपाल आमाको

  39. हैन अब त्यो बच्चो तेस्तो अटेरी रैछा र ठपप्द खाय्यो, अब बच्चो को दात फुस्क्यो उम्म्रेर औछ, डाक्टर को कहाँ बाट औछ, डाक्टर ले माफी माग्यो, अब बच्चो को अभिभावाक ले पनि माफी माग्नु पर्छ..डाक्टर लै दात को झ्यतिपूर्ति दिनु पर्छ… बीई त वाय ..म पेशा ले डाक्टर चै होइन

  40. This is one of the worst justification i have ever heard. The best thing for the doctor to do was to tell the parents that if she keeps on crying she cannot be sedated and i can’t do the procedure. So please calm her down.
    If she doesn’t do it, i can’t help you. I am very sorry.

  41. इन्टरनेट मा ब्लग पढ्ने भनेका अलि पढे-लेखेका ले नै हो त्यसैले लगभग ३८% नेपाली पाठकले “बचचालाइ कुटेको ठिक हो” भएर लगाएको देख्दा धेरै दुख लाग्यो | कृपया सबभन्दा सुरुको रविको कमेन्ट पढ्नुस | Child abuse in our society is rampant and even the so-called educated do not realize how serious it is.

  42. डाक्टरलाइ कुट्नु अबस्य पनि नराम्रो काम हो | तर यो लेख मा येसरी चित्रण गर्न खोजिएको छ कि, डाक्टर ले बालिका लै थपड हान्नु बेठिक होइन | कुनै पनि हालात मा, चाहे त्यो उपचार क लागि नै किन नहोश, थप्पड हान्नु गलत हो | यसलाई त्यति ठुलो कुरा हैन है भन्नु भएन नि डाक्टर साब | अन्नी त्यो ढोका फोड्ने को बारे पनि केहि लेखि दिनु हुन्छ कि ?

  43. उपचार गरि सके पछी dr ले माफी नमागेको भए कुरो नै सिध्धिने थियो / माफी मागेको हुनाले, घर गए पछी सो कुरा issue बन्न पुग्यो र media सम्म पुग्यो / media एस्तै कुराको ताकमा हुन्छ ……………

  44. At first shame to you Mr. Badri, so called Doctor. It is illegal and unlawful that doctors uses fears for treatments experience. That’s what you have learned during your lfietime in medical practice. Do you imagine the psychological negativity to the children? Its shame for your clarifying that the doc did a pretty good job.

    On the other side, the parents should confront him at the same time and once the Doc already apologized , the parents shouldn’t practice that kind of wild behaviour.
    Bikash

  45. बिकसित देश को अनुसरण गर्न पहिला नेता जी हरु बात सुरुवात गर्नु पर्यो अनि जनता ले अनुकरण गर्छन जस्तै बेगम मन्त्रि ले सिडिओ कुटिन र तो केश तेती कै हरायो, रेग्मी ले खनाल माथि थप्पड.. अहिले डाक्टर ले बाछा माथि थप्पड …

  46. बालबालिकालाई आफूअनुकुल बाध्य बनाउन प्रयोग गरिने जुनसुकै शारिरीक बल प्रयोग वा मानसिक प्रताडना, हिंसा या बाल अपराध हो/ बिदेशमा यस्तो कार्य भए कोर्ट मा जान्थ्यो अनि व्यक्ति जतिसुकै ठुलो भयपनी कानुनका अगाडी बराबर हुदा जेल जानुपर्थ्यो, धन्न यो नेपाल पर्यो एक दुइ थप्पड लगायर सन्तोष माने फेमिली ले/ अझ अर्को डाक्टर को नाममा हिंसा लै प्रबर्धन गरिने खालका ब्लग padna पाइन्छ, धन्य हो नेपाल अनि अजिब नेपालीहरु/

  47. झारपात किरा फट्यांग्रा सबै डाक्टर बनेपछि यस्तै हो,,,,, महँगो शुल्क पनि तिर्नु छ..आफ्नु बच्चाले पिटाइ पनि खानु छ/ म मेरो बच्चा भयपनी पिटने ट हैन अदालती प्रकिया तिर जान्थे होला/ युरोप अम्रिका तिर हुन्थ्यो भने डा. साब ५ वर्ष जेल चलान पक्का थियो/ डा . त के बा आमा ले पनि पिट्न पाउदैनन बिकसित मुलुकतिर !
    आफ्नु नेपालमा त बच्चाबच्चीलाई गलैचाको धुलो टकटकया जसरि टक टक्यौछन / अभिशाप !!!

  48. ए ओ तेसो भए थप्पड हानेर उपचार गर्ने बिधि पनि नेपाल ले अविस्कार गर्ने भयो , २१ औ सताब्दी को क्रान्तिको अविस्कार नेपाल गरेजस्तै /

  49. बद्रि sir ले धोका फोड्ने को त प्रसंगई निकाल्नु भए न नि के उ चै condoctor थियो र ????
    बिचरा ति बालिका तेसै पिडित थिन ति माथि झापड हान्ने तपाई को के अधिकार .पक्कै पनि बाबु आमा साथ मा थिए होला उनि हरु लै प्रोब्लम सुनौ न सक्नु हुन्थ्यो नि .

  50. उपचार गर्ने क्रममा फकाउदा केहि नलागेको अवस्था मा १ थप्पड हान्नु नराम्रो होइन | तर डामै बस्ने गरि हान्नु गलत हो मेरो बुझाइमा , आफ्नु बाउ आमाले हान्ने थप्पड र अरुले हान्ने थप्पड धेरै फरक हुन्छ | त्यसैले यस्तो घटना हुनु भयको हो | तर मिडिया लाई बोलायर आफु हिरो बन्न खोज्नु मुर्खता हो | मिडियाले पनि जता भाबी खबर छाप्नु राम्रो होइन | मा त यहि भन्छु |

    • डाम बस्नु र नबस्नु संग कुरै भएन नि ख. जी ,यँहा त morality र professionalism को कुरा आइसक्यो//// भने पछी तपाइलाई घाउचोट डाम नबस्ने गरि जे गाली दिए पनि हुन्छ ???? युरोप अनि अमेरिका मा मात्र हैन नेपाल को कानुन मा पनि तेसो गर्नु अपराध मानिन्छ र सजाय को भागीदार हुनुपर्छ law enforce गर्ने निकाय गतिलो नभएर मात्र हो ///यँहा भए डाक्टर को पेशा छाडेर अर्कै काम गर्नु पर्ने स्थिति आउन सक्थ्यो// म त यहि भन्छु !!!!!

  51. जेल जानु पर्ने डाक्टर भनौदोले कुटाइ मात्र पायो. भाग्य मानी रहेछ |

  52. यो घटना जे जस्तो भएपनि नेपालमा डाक्टर ले बिरामी लाइ गर्ने व्यवहार चाही सन्तोषजनक छैन. डाक्टरहरु आम रुपमा आफु त्यहि समाजको अंग भन्दा पनि आफु अर्कै ग्रहबाट आए जस्तो निकै बिद्द्वान, सम्भ्रान्त, र सभ्य ठान्छन, र बिरामी चाहे त्यो जो सुकै होस्, हेपेर ब्यबहार गर्ने चाही सामान्य जस्तै हो..यो संस्कार चाही सुधार्ने पर्छ..

  53. बद्रीजी बालिकाले नमाने पछी चुटि चुटि उपचार गरिदिन पर्ने बाध्यता त नहुन पर्ने हो | तपाई की छोरीले मानिनन, भनेर छोड्नु पर्ने हो | अर्काकी छोरीलाई कुनै पनि बहाना मा पिट्नु सही हुदै हैन |

  54. “जेमा फाइदा देख्छन्, त्यही गर्छन्।” के नेपाली डाक्टरले बिरामीलाई सित्तैमा उपचार गरेका छौ? मरेका मान्छे संग अस्पतालका संचालकले पैसा असुल गर्छ भने तिमि कुन चाई ड्यान्ग़का मुला हौ र?

    यदि बच्ची सुइ देखि तर्सिन्छिन भने “बाल मनोविज्ञान” को उपयोग कहा गयो त्यो “दाते”को?

    भोलि पाठेघरको सल्यक्रिया गर्न गएको महिला एकदम डराइन भनेर महिला लाइ बलात्कार गर्ने अनि मैले यसो गर्नु पर्यो भनेर माफी माग्न आउँने “गाइनेकोलोजिस्ट” को बारे के धारणा छ मिस्टर छापागाइ (पैसा छाप्ने फाइदा र काइदा भएको हुनाले चापागाईलाइ छापागाइ भनेको हु!)?

  55. नेपाली ले कैले पनि राम्रो पाठ सिक्दैन .. प्रमाणित भो .. किन ??.. हेर्नुस हामी पश्चिमा मुलुक का सिको गर्न चाहन्छौ तर के त भन्दा .. तै लट्टा पाल्ने .. हुने नहुने खाने … बार डिस्को , night out तेस्तै… यो नाबालक लाइ थप्पड हान्नु त्यो पनि रातो डाम नै देखिने
    गरि … यो पश्चिमा मुलुक हरु मा महाअपराध हो … चेतना भया .. डाक्टर हरु त यो कुरा बाट अज्ञात छ भने अरु कसलाई हेरौं त ..

  56. डाक्टर ले उपचार मा डर देखाउने नाममा गालामा रातो डामनै बस्ने गरेर पिट्न हुदेइन , डाक्टरले त्यसो गर्नु गलत थियो र यो कानुनी रुप मेई अपराध हो

  57. पत्रिकामा फोटो देखाउने रहर ले गरेको घटना हो . बिबेकहिन झोले पत्रकार को कारण देस ले दुर्गति भोग्दै छ ! यो देसमा राम्रा कुराहरु लाइ हतोत्शाहित गर्ने गराउने सबै पत्रकार हुन् ! तेस्मा पनि पुर्बका पत्रकार को त दिमाग नै छैन ! ९१ लाख फिर्ता गरेको केटि को कथा रच्ने पनि तेतैका हुन् ! यो घटनामा सबै भन्दा दोषी पत्रक्कर हुन् ! सबै सत्यकुरा समाचार बन्दैन भनेर इन्लाई पढाउने कसले ?

  58. हुन त बिरामीका समस्या राम्ररी सुन्दै नसुनी आफू नै बिरामीजस्तो उपचार प्रक्रिया अपनाउने डाक्टरहरूको कमि छैन, जान/अञ्जान उपचारमा लापवाही नगर्ने डाक्टरहरूको पनि कमि छैन । तर यो घटनाका सम्बन्धमा आएका समाचारहरूअनुसार डाक्टरले बालिकालाई थप्पड हान्नु एउटा सामान्य पारिवारिक घटनाभन्दा फरक लागेन ।

    बालिकाका बाबुको पसल भुइँतलामा र हस्पिटल माथिल्लो तलामा रहेछ । दुइ पक्षबीच राम्ररी नै चिन्जान रहेछ । यस अर्थमा डाक्टरले चिनजानकै आधारमा बालिकालाई थप्पड हान्ने ‘साहस’ गरेछन् । हुन त बाल-बालिकालाई पिट्नु ठीक होइन । तर को होला यो स‌ंसारमा, जो बाबुआमाको पिटाइ नखाई हुर्किएका ?

    बालिकाका बाबु पनि शान्त स्वभावकै देखिन्छन्, तर उनका आफन्तहरू परिस्थितको आँकलन नगरी आवेशमा डाक्टरमाथि थप्पड बर्साएछन् । वास्तवमा दुवै पक्षको दोष देखिन्न यहाँ । जे होस्, अहिले दुवैपक्षबीच मिलापत्र भएछ, दुवै पक्षले एकार्कासँग माफी मागेछन् । यो घटनालाई अन्य कुराहरूसँग दाँज्नु र बचाइचढाइ गर्नुको तुक छैन ।

    • पुष्प जी संग मा सहमत छु / समाचार र बस्तुगत परिस्थिति हेर्दा उनि बिरामी नानीका डा. मात्र हैन डा. अंकल थिए जस्तो छ / नेपाली समाजको चरित्र उनीहरुको पारिवारिक चिनजान हेर्दा डाक्टर मा ओभर कन्फीडेंस भो, ब्यबसायिक दृष्टिले यो उनको कमजोरी हो / तर माफ मागी सके पछी भोलिपल्ट फेरी बदला लिनुले डा. को भन्दा अर्को पक्षको गल्ति ज्यादा हुन्छ /
      कि त उसै मौका झगडा हुनु पर्थ्यो नत्र त शारीरिक बदला लिनु आपराधिक मानसिकता हो / एउटा ले ब्यबसायिक कानून को र अर्कोले फौजदारी कानूनको उल्लङ्घन गरेका छन् भन्ने हाम्लाई लाइ रा…छ /

  59. “डर देखाउन गालामा एक थप्पड हानेछन्”. यो तर्क डाक्टर को पेशागत तर्क होइन, लेखक डाक्टरले बालकलाई थप्पड हान्ने जस्तो अमानवीय र मुर्ख प्रबृत्ति लाइ पुष्टि गर्ने प्रयास गरे, बालक लाइ पिट्ने कुरा कुनै पनि तरिकाले पुष्टि गर्न सकिन्न, यस्ता तर्क बालक ले बालक लाइ पिट्दा गर्ने हो डा. लाइ सुहाउदैन,

  60. हामी नेपालीले गरिराख्ने भोगिरखने समस्या यस्तै छ साथीहरु आज पनि पाटन हस्पिटलमा मोतार्सैकल दुर्घटना भयको चालकलाई सेतो कपडा लैदियर हस्पिटलले मरेको घोसना गरेपछि तेस्को आफन्तले तिन घण्टा पछी मुटुको चाल payachha र अहिले त्यहि होस्पितलमा Icu मा छ रे साथीहरु.. कसको गल्ति हो डाक्टर साहेब?

  61. बालिकाका आफ्नै बा-आमाले थप्पड हाने पनि त्यो अपराध हो भने आर्काको छोरा छोरी लाइ हान्ने भनेको अचम्मै हो, डाक्टर अलि मध्ययुगीन परे जस्तो छ |

  62. झापड हान्नुको सट्टा मिठाइ दिएको भए बालिका चुप लागि हाल्थ्योनी. झापड नै हान्नु पर्थ्यो र?

  63. डाक्टरले पिट्नु पनि हुँदैन् डाक्टरलाई पिट्न पनि हुँदैन । कसैले कसैलाई पिट्नु राम्रो हुँदै होइन । तर डाक्टर साबहरु पिटाइ खान्छन् । बिरामीलाई कमाउने भाडो सिबाए केही नठान्ने उपचारलाई व्यपार बाहेक अरु नदेख्ने डाक्टरहरु बढ्दै जाँद्या डाक्टरको सम्मान पनि घटेको हो । डाक्टरको। बिरामीलाई राम्रो ब्यबहार गर्न बढ्दैछन् त्यसैले यी डाक्टरहरुले पिटाइ खाएभन्द्या मलाई कठै भन्ने पनि मन लाग्न छाड्यो ।

  64. गाँठी कुरो के भने नि डा. चापागाईँ, डाक्टरहरु पनि यहि नेपाली समाजमा जन्मिएका हुन्, हामि जुन संस्कारमा हुर्के बढेका हौँ उनीहरुको पनि त् त्यहि संस्कारमा पर्वरिस भएका हो , हामीले जे जे खान्छौं उनीहरु पनि त्यहि प्लेटमा त्यहि खाने कुरा खाने हो र हामी जे जे लगाऊछौं उनीहरु पनि त्यहि लगाउने हो, फरक केवल एक अर्कालाई हेर्ने दृष्टिकोण हो ! मलाई थाहा छैन किन हो नेपाली समाजमा जब एक व्यक्ति डाक्टरको डिग्री हात पार्न सफल हुनुहुन्छ तब उसलाई किन लाग्छ कि उनीहरु यस धर्तिको प्राणी नभई मंगलग्रह वा कुनै अर्को ग्रहबाट टपकीएका हुन् ! खुब रबाफ देखाउनु पर्छ हो आजकलका डा. भनाउदाहरुलाई ! सफा कुरा गर्ने हो भने आजकल ८० % डाक्टरहरु सम्पति पेलेर डाक्टर भएका त् छन् ! हो यस्तै बाबु साहेब प्रबृत्तिका, संस्कारहिन र डाक्टर भए पछि जे मा पनि आफ्नो हाली-मुहाली चल्छ भन्ने खराब मनाशिकता भएका डाक्टरहरुले मुलुकबाशी बिरामीहरुलाई झन् मानशिक रुपमा बिरामी बनाई राखेका छन् ! कतिपय डाक्टर त् राम्रो संग बिरामी संग बोल्दा पनि बोल्दैनन ! बिरामीलाई सान्त्वना दिने, औषधिको कति मात्रा कसरि खाने बिस्तारमा भनि दिने, मनोबैज्ञानिक हिसाबले बिरामीलाई खुसि बनाई राख्ने, अनावश्यक औषधि नलेख्ने जस्ता कार्य गर्नु त कता हो कता उपचारको लागि ल्याइएको बालिकामाथि हातपात गर्ने गर्नु त् राम्रो भएन नि ! हुन् सक्छ, उपचारको क्रममा बालिकाले भनेको नमान्दा रिस उठ्नु स्वाभाविक हो तर डाक्टरहरुले त उच्च शिक्षा हाशिल गरि सकेको पो हो त, उनीहरुलाई त पढाईको क्रममा उपचार गर्दा यदि बरामी अल्ली नटेर्ने खालको छ भने कसरि मनिबैज्ञानिक हिसाबले उसलाई उत्प्रेरित गरि उपचार गर्नु पर्दछ भनेर पनि त पढाईएको होला नि त् ! यसरि भनेको मानेन भनेर बिरामी बालिका माथिनै झापड लगाउने कार्य त् झार फुक गर्ने झाँक्रीले पनि गर्दैन होला हो !

  65. एस्तो घटनाले उग्र रुप लिई सक्यो ,अहिले दर्घटनामा परेको बिरामी लिई अस्पताल जानुस कुनै ले लिन मान्दैन !कारण तोडफोड र थप्पद्नैहो ,चिनेको मान्छे तेंहिको स्टाफ जमानी राखी कबुलियेत कागज तयार गरि सहिछाप गरुन्जेल बिरामी को हालत के होला ?यो घटना मैले बेहोरेको छु !य्रेसैले येस्तो राछेसी बेबहार कसैले नगरी दिनु होला ,डाक्टर भगवानको अर्को रुप हो !तर डाक्टर पनि आफ्नो पेसागत धर्ममा रहन पर्यो !राम्रा डाक्टरको हातको स्पर्सले बिरामीको आधा पिडा कम हुनु पर्छ !डाक्टरको हात सरीरको कुनै अंगमा लानु पर्ने हुन्छ ,खराब मनासायेले त भएननी होइनर ?

  66. doctorle thapad hannu को बदला उसको आफन्तको सहयोग लिएर कुनै उपाय गर्न सक्थ्यो तर ठिकै ६ उ बाट गल्ति bhayo ra माफी पनि मागी सके पछी सबै कुरा ठिक भैसकेप६इ पुन आएर हतपत गर्नु चै बिरामी पक्ष्य गल्ति जस्तो लग६ खै k खै k बुझ्ने गारो

  67. आजकल नेपालमा न अदालत बाट निसाप पाइन्छ न त पुलिश बाट ….डाक्टर साबले झापट हानेर गल्ति गरे, भोलि पल्ट त भन्दा म के कम भनेर बिरामी समूहले झापट हाने….हाम्रो देशको अहिलेको जस्तो दयनीय स्थिति आएको पनि येही “त भन्दा म के कम ” भन्ने सिद्दान्तले हो….नेतृत्व देखि कार्यकर्ता सम्म येही त् भन्दा म के कम भन्ने सिद्दान्त चलेको छ … २/४ जना लठेतहरुको समूह नबनाई आजकाल गाउ/सहर मा बाच्न गार्हो छ…

  68. घटना आफैमा सानो हैन | यदि बच्छी सुइ देखेर डराएँ भने अभिभावक लाई बोलाएर अरु उपाय लगाउन सकिन्थियो होला | फेरी अगिलो दिन सम्म्य भयको घटना लाई पछिल्लो दिन पहाड बनार आफन्त हरु ले गरेका गुण्डा गर्दी असह्य छ |

  69. डाक्टर साहेबले जानेको भए बच्चीकै बाउलाई थप्पड हान्न लगाउनु पर्ने | आफैले हानु गतली नै हो | तर उनको गल्तीलाई फेरी उनको गालामा थप्पड हानेर बदला लिनु अर्को गल्ति हो | त्यो त उनि माथिको डाक्टरलाई कम्प्लेन गर्नु पर्ने | कताको कुरो कता गए जस्तोछ | उसले उसलाई उसेल उसलाई थप्पडको सृंखला कहाँ सम्म पुग्ने हो | हप्काउदा मात्र त मसला हुने पत्रिकालाई झन् थप्पड ठुलै मसला भैहाल्यो | यस्तै छ हाम्रा दुनिया !!!

  70. भने पछी अब डा. बद्रि संग उपचार गराउन जानु पर्यो भने चाही मन दरो परेर जानु पर्ने भयो, कति लात , घुस्सा खाइने हो!!

  71. I am wondering why Mysansar publish such kind of article from stupid people? This article is complete statement of madness. Why not this stupid fellow went to Ranchi for some sort of medical treatment of himself. ???

  72. झापड हान्नु सट्टा अर्को उपाय लगाएको भए हुन्थ्यो नि, अनि चड्कन खानु त पर्थेन | अब चाँही राम्रै पाठ भयो होला उक्त dr लै |
    सबै dr हरुलाई येही चेतना भया …..

  73. “भाँच्चिएको दाँत निकाल्नु नै पर्ने थियो र त्यसको निम्ति नदुख्ने सुई पनि लगाउनु अनिवार्य नै थियो” माने मैले तर मलाई चित्त नबुझेको चै के भने डर देखाउने नाममा गालामा रातो डामनै बस्ने गरेर पिट्न हुन्थ्यो त?

    • Not that I am trying to defend the doctor, but I really doubt the mark in her cheeks is due to his slap. She broke or tooth by falling down, I would guess that mark just outside her jaw is from the same fall.

      • kamal, your thinking is कमाल,
        do you think the kids skin and an adult skin of the same nature? on top, dentist may have rings in his finger so sometimes even without knowing it gets a mark! I wonder your thought of alternative way of calming the girl – child psychology?

        • I am really sorry, If I offended you.
          I do see a point in your argument but if i had to make a guess, I would still think the mark was not due to the slap. I have gotten enough slaps by my teacher growing up to know what kind of mark it leaves.

          Regarding my view on child psychology, i definitely think slapping her is/was a bad idea.

          Lets think from the parent’s perspective, if it was really an issue and had he hit her that hard, they would have objected the day before when he apologized.

          Having said all this, I am not justifying what the doctor said and just for a full disclosure, i am not related to the field of medicine by any means, but i am questioning the parents’ motive.

      • I gave a good look at mark on her face. It is almost vertical which seems unnatural for reported mark from a slap. When somebody slaps you that bad and you get a mark I believe it won’ get vertical.
        Also the way patient side have publicised the picture of slapping Doctor, it all looks planned.

  74. प्रेम जी को समर्थन
    डाक्टर ले उपचार मा थप्पड प्रयोग गर्न थाले ,मास्टर ले क्लास जादा ये के फोर्टी सेवेंन लिएर जाने ?

  75. दूधको साक्षी बिरालो भने जस्तो कुरा गर्यो बा यो डाक्टर ले

  76. “(बच्चालाई) सामान्य एक थप्पड हान्नु अपराध नै चाहीँ मान्न सकिन्न”

    अमेरिकामा यसो भन्नु भयो भने मात्रै पनि जेल जानु पर्छ | डाक्टर साबले पनि तेसो भन्दिए पछि अरु कम पढेकाहरु त थप्पड नै समाधान हो भनेर सोच्ने नै भए नि, यसलाई पनि सामान्य नै लिनु पर्यो | हैन भने तोड-फोड, झापड, थप्पड, भौतिक कारवाही सबै असभ्यताका परिचायक हुन् चाहे त्यो डाक्टर ले गरोस या शिक्षकले |

    • Premji,

      I do not think that’s true. I accept its tabu but by law just slapping with no marks left is not considered abuse even if the witness is present. Trust me, i worked at a summer camp for few years and we could not indict a foster parent in a similar situation.

  77. i don’t know if the parent’s retaliation was right or wrong because i am not a judge or jury but i think beating children is one of the worst abuse we Nepalese do and i think it should stop. It doesn’t matter if you got abused by your parents but it is our duty not to follow it. that’s my thinking

Comments are closed.