एन्सिमाइनेन लाप्सी (पहिलो बच्चा)

-बिजेता, फिन्ल्यान्ड-

‘को हो र त्यो बच्चा?’

‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’

‘नेपालीको?’

‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’

‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’

‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि हुन्छ नि। मेक्सिकन, ब्राजिलियन अरु पनि थुप्रै देशहरु छन् जहाँका मान्छेहरुको कपाल कालो हुन्छ।’

‘के भन्दैछ र उसले?’


म घरमा एक्लै हुँदा काहिलेकांही खेल्न आउथ्यो यहाँ। पर्सि आमासँगै स्पेन जाँदै रै’छ। त्यही भएर यहाँ छुटेका खेलौनाहरु लिन आ’को। यति भनिसक्दा बिनोदले खेलौनाहरु बटुलेर एउटा प्लास्टिकको झोलामा राखिसकेको थियो। झोला त्यै बच्चालाई दिदै फिनिस भाषामा खै के -के भन्यो सबिताको दिमागमा एउटै कुरा पसेन। अनि त्यो बच्चाले खेलौना भएको झोलाबाट एउटा नरम भुत्ला भएको सेतो रङको कुकुर निकाल्दै गर्दा बिनोदले उस्लाई पछाडिबाट जुरुक्क उचालेर आफ्नो काखमा लियो। अनि उस्को गालामा म्वाईँ खाँदै केही भन्यो। त्यो बच्चाले पनि उसैगरी बिनोदको गाला र निधारमा म्वाईं खायो।

कस्तो मायालाग्दो बच्चा, ईंग्लिश बुझ्छ? सबिताले सोधी।

ईंग्लिश त बुझ्दैन, अलिअलि नेपाली बोल्छ।’ बिनोदले त्यै बच्चातिर फर्केर सोध्यो- ‘तिम्रो नाम के हो?’ मुसुक्क हाँस्दै उस्ले भन्यो- ‘मेरो नाम रोज हो।’ सबिता दङ्ग परि। ‘हजुरले सिकाउनु भा’को हो? अरु के-के भन्न जानेको छौ तिम्ले?’ रोज केही बोलेन। ‘धेरै त जान्दैन। अलिअलि मात्रै। नमस्ते, धन्यवाद, हुन्छ, मिठो छ भन्न जानेको छ।’

‘हेइ हेइ’ भनेर हात हल्लाउदै रोज बाहिर निस्कन लाग्दा सबिताले हाँस्दै ‘हेइ हेइ’ भनी।

त्यै दिन चार बजेतिर घण्टी बजेर सबिताले ढोका खोल्दा रोज बाहिर उभिइराखेको थियो। एसपल्ट उस्को साथमा एउटी राम्री बिदेशी आईमाई पनि थिई।

हेल्लो, आइ थिंक यू आर सबिता, एम आइ राईट?’सबितालाई देख्ने बित्तिकै उस्ले भनी।

‘एस आइ एम’ सबिता अली अलमलमा परी।

‘ आइ एम एल्सी, इट्स् रिअल्ली नाइस टु सी यू इन फिन्ल्यान्ड’ उस्ले थपी।

सबिताले उनीहरुलाई भित्र बोलाई। एल्सी र बिनोद कुरा गर्न लागे। उनीहरुको भाषा बेग्लै थियो। तर पनि अनुहारको हाउभाऊ हेर्दा लाग्थ्यो उनीहरु कुनै गम्भिर बिषयमा कुरा गर्दैछन्। सबिताले उनीहरुको भाषा बुझ्दिन भन्नेप्रति वास्तै गरेनन्। सबिताले बिनोदसँग ‘चिया बनाउ?’ भनेर सोधी। प्रतिउत्तरमा बिनोदले एल्सिसँग अंग्रेजीमा सबिताले उस्लाई चिया पिलाउन चाहान्छे भनेर जानकारी गरायो।’ धन्यवाद, आज म अली हतारमा छु, अर्कोपल्ट है’ उस्ले मुस्कुराउदै सबितालाई भनी। एकैछिनमा ऊ निस्केर गई।

‘कुराकानी सुन्दा त उस्लाई केही समस्या पर्या जस्तो थियो है।’

‘ओहो, एक हप्तामै तिम्ले फिनिस बुझ्न लागिसक्यौ, गूड’ बिनोदले जिस्काउने पाराले भन्यो।

‘हैन, अनुहारको एक्स्प्रेसशनले तेस्तै बताइरा’थ्यो।’

‘त्यस्तै हुन् यिनिहरुका समस्या’ छोटो उत्तरमै प्रसंगलाई टुङ्गाउदै बिनोदले भन्यो।

जाडो सकिएर अलिअलि घाम देखिनासाथ अचानक नाटकीय पारामा धर्तीको रंग सेतोबाट हरियोमा बदलिदै गयो। फूलहरु फुल्दै गए। जताततै रमाइलो हुँदैगयो। नेपालबाट आएको दुई महिनामै सबिताले भाषा सिक्ने स्कुलमा भर्ना पाई। बिनोद एउटा सफाइको कम्पनीमा काम गर्थ्यो। सबितालाई फिन्ल्यान्ड नआउदासम्म बिनोदले के काम गर्छ भन्ने बिषयमा राम्रोसँग थाहा थिएन। नेपालमा सबैलाई यतिमात्र थाहा थियो- बिनोद फिन्ल्यान्डको पि .आर (स्थायी बासिन्दा)हो। त्यती भएपछी सबै दङै थिए। ‘बिदेश बस्ने केटो’ मै इस्टमित्र, आफन्त र घर परिवार सबैको चित्त बुझ्यो। त्यो भन्दा अगाडि गएर न त कसैले बुझ्न खोजे, न त बुझाउनुपर्ने परिस्थिती नै आइलाग्यो।

एकदिन स्कुलबाट फर्केर घरमा पस्ने बित्तिकै सबिताले बिनोदलाई रोजसँग खेल्दै गरेको भेटी। देख्ने बित्तिकै उस्ले खुशी हुँदै सोधी- ‘ओहो, कहिले आएको स्पेनबाट?’

‘हिजो आ’को, उसको नाम सबिता हो।’ बिनोदले फिनिस भाषामै रोजतिर फर्केर भन्यो

‘फिनिस बोल्न बिर्सेंको त छैन स्पेन गएर?’ सबिताले सोधी। सबिता पनि सामान्य फिनिस बोल्न सक्ने भैसकेकी थी। त्यसोहुँदा उस्लाई रोजसँग कुरा गर्न अरु बढी रमाइलो लाग्दै थियो।

‘छैन म आमासँग सधैं फिनिस भाषामै कुरा गर्छु। भाषा बिर्सिएला भनेर नै फिन्ल्यान्ड फर्केर आएको।’

‘अब जान पर्दैन स्पेन फेरी?’

‘म अब जान्न। तर आमालाई अझै एक बर्ष उतै बस्नुपर्छ।’

‘किन?’

आमाको जागिर अझै एक बर्ष बाँकी छ।’

‘अनी तिमी कोसँग बस्छौ त यहाँ?’

‘बुवासँग’

कहाँ हुनुहुन्छ त बुवा अहिले?

‘तिमिलाई थाहा छैन र? यही त हो मेरो बुवा’बिनोदलाई देखाउदै रोजले भन्यो।

सबिताको अनुहार रातो भयो। मुटुको धड्कनको गति तीब्र हुनलग्यो। उसले काँपेको स्वरमा बिनोदतिर फर्केर भनि-‘के हो र यो सब?’

बिनोद केही बोलेन। ‘तिमी जिस्केर भनेको हो? बिनोद कसरी तिम्रो बुवा हो त?’ यसो भन्दै गर्दा सबिताको आँखा रसाएर गालाको बाटो हुँदै आसुँ च्यापुको किनारमा पुगेर भुइँतिर तपतप खस्दै थियो।

‘मैले जिस्केर भनेको होइन। बिनोद नै मेरो बुवा हो। पहिला हामी यै घरमा संगै बस्थ्यौ। यहाँ भएको कुकुर पनि मेरी आमाले नै किनेको हो। गएको डिसेम्बरमा बुवा नेपाल जानुभन्दा पहिला मेरो बुवा र आमाको झगडा परेर सम्बन्ध बिच्छेद भयो। त्यसपछि म आमासँग बस्न लागेको हो।’

‘मलाई तेस्तरी झुक्याउनु भयो? मैले के बिगारेकी थे’र?’ भन्दै सबिता बेस्सरी रुन लागी। रोज अलमलमा पर्‍यो। एकैछिन चुप बसेपछी बिनोदतिर हेरेर ‘सबिता किन रोएकी हो र?’ भनेर सोध्यो। अहिले पनि बिनोद केही बोलेन।

सबिता एकोहोरो रोइराखी। ‘भयो अब चुप लाग।’ अलि झर्किएको आवाजमा धेरैबेरपछी बिनोदले भन्यो।

‘हजुर यस्तो बेइमान हुनुहोला भन्ने त मैले मेरो सपनामा पनि सोचेकी थि’न’ सबिताले रुदै भनी।

‘यो मेरो रहर होइन, बाध्यता थियो। तिमी बुझ्ने कोशीस गर। त्यसै बच्चाजस्तो रोएर समस्याको समाधान हुन्छ र? तिमी त अली बुझ्ने छौ होला भन्ने लागेको थियो मलाई त। फेरी बिग्रेको नै के छ र? एक बर्षसम्म त हो नि रोज हामीसँग बस्ने। आमा आएपछी उसैले लैजान्छे। तिमी कुरालाई धेरै ठुलो बनाउन खोज्दैछौ त्यसै।’ सबितालाई एकदमै रिश उठेर आयो। माफ मग्नु, फकाउनु त परै जवोस् के नै भा’को छ र? भन्ने पाराले कुरा गर्दै थियो बिनोदले। दुबैको बेस्सरी भनाभन भयो।

सिनेमाको पर्दामा र कथाहरुमा भेटिने जस्ता घटनाहरु उस्को आफ्नै जीवनमा पनि घट्न सक्ला भन्ने सबितालाई कहिले लागेको थिएन। सबैकुरा राम्रै चलिरा’को थियो। राम्रो स्तरको जागीर त थिएन बिनोदको। तर पनि वरपर रहेका नेपालीहरुलाई हेरेर बिनोदको जागीरप्रति सबिताको चित्त दु:खाई थिएन। उस्ले राम्ररी बुझेकी थी राम्रो स्तरको काम पाउन यहाँ कमचुनौतिपूर्ण छैन भनेर। नेपालतिर पनि सबै दङ्गै थिए। वरपर छर छिमेकमा छोरी फिन्ल्यान्डमा छ भनेर गफ गर्नलाई बाटो बनेकी थी ऊ। बिनोदका घरमा पनि कम फूर्ति गर्दैनथे। उस्को बिहे हुने बेलामा ठूला-ठूला खान्दानी घरका थुप्रै छोरीहरु हेरेर तिनीहरुमध्ये छनौटमा परेकी थी सबिता। बिहे भएको चार महिनामै फिन्ल्यान्डको लागि भिसा लाग्यो उस्को। त्यसपछिका दिनहरु रमाइलोसँगै बित्दै आएका थिए।बिनोद साँझ र बिहान काममा जान्थ्यो। सबिताले आउने बित्तिकैबाट भाषा पढ्न थाली। राम्रोसँग भाषा सिकेपछी नर्सको पढाई पढ्ने उनीहरुको योजना थियो। नर्सको पढाई गर्न सके काम पाउन सजिलो हुने हुँदा उनीहरु यसप्रति आकर्शित थिए। तर आज एउटा तीतो सत्य सबिताको सामु छर्लङ हुनआयो। जसले गर्दा उसका सम्पूर्ण सपनाहरु डगमगाउन लागे। मनबाट बिनोदकाप्रति रहेका सम्पूर्ण आस्था, श्रध्दा र विश्वाश अचानक उडेर कता पुगे कता। जता हेर्यो अध्यारो मात्रै आँखा अगाडी आउनलाग्यो।

साँझको छ बज्नलाग्यो। बिनोदको काममा जाने बेला भयो। अरु दिन जस्तो न त सबिता उठेर उसको लागि चिया बनाउन गै, न त ढोका खोलेर बाहिर निस्कनै लाग्दा ‘छिटो आउनुस् है’ नै भनी। बिनोदले ढोकानिर पुगेर ज्याकेट र जुता लगायो। आफूतिर हेर्छे कि भन्ने आशाले आँखा सोफामा घोप्टो मुन्टो गरेर बसेकी सबितातिर नै केन्द्रित थिए। तर उताबाट कुनै खालको प्रतिक्रिया आएन। सबिताको मनमा ठूलो आँधिहुरी चल्दै थियो। त्यै हुरिको बहावले उस्लाई अन्तै कतै पुर्याइदिएको थियो।

‘अब मसँगै हिड् तँ पनि। कसैको घरमा लगेर छोड्छु। काम सकिएपछी लिन आउछु।’बिनोदले एकपल्ट फेरी सबितालाई हेर्दै भन्यो। यसपल्ट पनि सबिता प्रतिक्रिया बिहिन नै बसी। रोजको हातमा समाएर बिनोद ढोका खोलेर गयो।

सबितालाई झन् नराम्रो लाग्यो। सबै कुराहरु सम्झदै गै। नेपाल सम्झी, माइती सम्झी, मन पिरो भएर आयो। बिनोद त्यो हदसम्म पुग्न सक्ला भन्ने सबिताको कल्पना बाहिरको कुरा थियो। त्यत्रो ठूलो झुटको बारेमा झुक्किएर पनि कुनै दिनमा थोरै सुइंको समेत दिएन। अलि-अलिसम्म थाहा पाएको भए यती बढि पीडा हुने थिएन शायद। धेरैबेरसम्म सोफामा बसेर पुराना कुराहरु सम्झदै रुदै गरी। बिनोद कामबाट फर्कने बेला हुन लागेपछि सबिता बाहिर निस्की।

घरभन्दा पर रहेको पार्कमा पुगेर एक्लै बसी। दिमागमा धेरै कुराहरु खेल्दै थिए। बिनोदसँग धेरैपल्ट साँझमा डुल्न आएको पार्क हो त्यो। तर आज त्यहाँ सबथोक अर्कै लाग्यो उस्लाई, निरस, शून्य। सोची -‘अब फर्केर नेपाल जान्छु। केही न केही काम त कसो नपाएला?’बिहे नभएको भए उस्ले काम पाउनै आटेकी एउटा बैंकमा । उस्का दाईले कुराकानी मिलाएर काम लगाइदिनै लागेको बेलामा उस्को बिहे भयो। भिसा लाग्ने बित्तिकै फिन्ल्यान्ड जाने भन्ने कुरा भएपछी किन बेकारमा काम सुरु गर्ने भनेर त्यो कुरा तेसै सेलायो। आज लाग्दै थियो दाईले भनेको मानेर दाईसँगै क्याम्पसमा पढाउने भरत सरसँग बिहे गरेको भए आज यी सबै त भोग्नुपर्ने थिएन। नेपालमै बसेकी भए अहिले ऊ पनि बैंकमा काम गरेकी हुन्थी। अर्कै इज्जत र आत्मसम्मानपूर्णको जीन्दगी हुन्थ्यो। सम्झेर झन् मन दुखेर आयो। फेरी सोची-‘अब फर्केर म नेपाल गए भने बुढा भएका बुवा-आमालाई कस्तो लाग्ला? अहिले भ्रममै भए पनि छोरी खुशी छे भनेर मनमा शान्ति त छ कमसेकम। फेरी पेटमा बढ्दै गरेको बच्चाको भविस्य? नेपाल छोडेको पनि दुई बर्ष भैसक्यो। सबैकुरा पहिलजस्तो सहज पनि छैन अब। काम पाइएन भने कति दिन माइतिमै बस्ने?’ अन्तत: उसले फिन्ल्यान्डमै बस्ने निर्णय गरी। ज्याकेटको खल्तीबाट फोन निकालेर हेरी। बिनोदका १२ वटा मिसकल्स रहेछन्। फोनमा समय हेरी, रातीको साढे दस भैसकेको थियो। रातभरि बाहिर बस्न पनि भएन। कता गै भनेर हल्लाखल्ला पो भयो कि? जे-जे भए पनि उस्ले चाहिन यी सब कुराहरु बहिर जाउन्।

बिस्तारै ढोका खोलेर सबिता कोठामा गै। बिनोद रोजसँगै भूइँमा बिस्तार लगाएर सुतेको थियो। सबिता भित्र पसेको चाल पाएर ‘किन हो र फोन पनि नउठाउने? मान्छेलाई बेकारमा टेन्सन दे’र’ भन्यो। सबितालाई झनै रिस उठेर आयो। त्यति सबै भैसक्दा पनि क्षमायाचना त थिएन नै, आवाजमा पनि कुनै नरमता अनुभूत गरिन सबिताले। के नै गरेको छु र? भने झै गरी ‘किन हो र फोन पनि नउठाउने?’भन्दै थियो। एक मनले भन्यो ‘हो यही भएर हो’ भनेर भूइँमा सुतेको बिनोदलाई लात्तै लात्ताले हान्न पाए पनि आन्नद हुने थियो। तर त्यसो गर्न कहाँ सक्थी र? पलंगबाट सिरक निकालेर मुर्मुरिदै बाहिर सोफमा गएर सुती। सुतेपछि भोक लागे झै भयो। दिउसोबाट नै उसले केही खाएकी थीइन। उठेर भान्छमा गै। टेबुलमाथि दुई टुक्रा पिज्जा राखेको थियो। कामबाट फर्केर आउँदा घरमा केही नपाकेको देखेर बिनोदले पिज्जा लिएर आएको हुनुपर्छ। आफुहरुले खाएर त्यो सबिताको लागि छोडिदिएको होला। पिज्जा देख्दा कताकता हाँसो पनि लगेर आयो उसलाई। धारामा थापेर एक गिलास पानी पिएर फेरी सोफामा गएर सुती।

रातभरी निद्रा परेन। मनमा अनेक तर्कनाहरु आइरहे। बिहानपख भर्खर निदाएकी मात्र थि, बिनोदको आवाजले निद्रा खुल्यो। ‘लौ चिया छ यहाँ टेबुलमा।’ सबिता केही बोलिन। सधैं बिहान बिनोद काममा जानभन्दा पहिला उठेर सबिताले नै चिया बनाउथी। दुबैजना सँगै बसेर चिया पिउथे। तर आज सबथोक बेग्लै लाग्दैथियो सबितालाई। बिनोद पनि केही नबोली चिया पियो। उठेर जानलाई ढोकानिर पुग्दा सबिताले सिरकबाट मुख बाहिर निकाल्दै भनी- ‘त्यो आफ्नो सन्तानलाई पनि सँगै लगे हुन्छ, मलाई केही मतलब छैन।’

‘कस्तो निर्दयी बनेको तिमी? निदाइरा’छ बिचरा।’

‘आफ्नो अनुहार ऐनामा हेरे हुने नि एकपल्ट दयावान् ,महान मान्छेले। म दुनियाँभरका आईमाईहरुको बच्चा स्याहार्न यहाँ आएकी होइन। आफु जहाँ जाने हो, सँगै लाने आफ्नो सन्तान पनि।’ झगडा झन् -झन् चर्किदै गयो। बोल्दा बोल्दै सबिताले’बिहेजस्तो सेन्सिटिव बिषयमा पनि त्यस्तो ठूलो झूट लुकाउने? यही कुरा मैले गरेको भए आज के हुन्थ्यो यहाँ? के थाहा यहाँका तेस्ता छाडा आईमाईसँग बसेको मान्छेलाई रोग पो लाग्या छ कि’भनेर भनी। बिनोद जुत्तैसँग सरासर आएर सोफामा बसेकी सबिताको गालामा दुई थप्पड हिर्कायो। सबिता रुन लागी। झगडा सुनेर रोज पहिले नै उठेर आइसकेको थियो। ऊ पनि डराएर रुन लाग्यो। उसले जीवनमा पहिलोपल्ट आफ्नो बाबुले कसैलाई थप्पड हानेको देख्दै थियो। बिनोदले रोजलाई बाथरुममा लगेर मुख धोइदियो। अनि आफुसँगै लिएर गयो।

एघार बजेतिर सबिताको फोनमा घण्टी बज्यो। मायाले फोन गरेकी थी। माया बिनोदको साथी रमेशकी श्रीमती र सबिताकी एकदमै मिल्ने साथी हो। ऊनीहरु दुबैजना एउटै स्कुलमा पढ्दैछन्। स्कुलभन्दा बाहिरको समयमा पनि बहिरतिर घुम्न जाँदा,पसलतिर जानुपर्दा सँगै भेटिन्छन् उनिहरु।

‘आज दिउसोको लागि केही प्लान छ?’

‘त्यस्तो केही प्लान छैन। ‘

‘त्यसोभए आऊ हाम्रोतिर।’

‘खै, जागर नै छैन आज त’

‘किन सन्चो भएन र?’

‘सञ्चै त छ ,अल्छी लागेर’

‘ल तिम्लाई अल्छी लाग्या भए म नै आउछु’ मायाले भनी। सबितालाई कसैसँग भेटघाट, कुराकानी गर्नै मन थिएन। तर आँफै आउछु भन्दा नआउ भन्न पनि मिलेन।

बाह्र बजेतिर माया आइपुगी। बिनोद कामबाट फर्किएन। शायद रोजलाई लिएर कतै खाना खान गयो होला।

‘खै त बिनोद बाबु?’ मायाले भित्र पस्ने बित्तिकै सोधी।

‘काममा’ सबिताले छोटो उत्तर दीई।

‘एघार बजे सकिने होइन र काम?’

‘खै कुन्नी’

‘अनि खाना खान त आउनुहोला नि।’

‘खै थाहा भएन’ सबिताको जवाफले माया अलि अलमलमा परी।

‘अनि तिम्ले खायौ त खान?’

‘अँ, ब्रेड खा’को हो। भात त आज पकाएकै छैन। ‘

‘किन? के भयो र? तिमीहरु बुढाबुढिको झगडा पर्‍यो कि के हो?’ सबिता केही बोलिन।

‘के भयो र सबिता?’मायाले फेरी कोट्याउदै सोधी। सबिताको अहिलेसम्म थामिएको मनको बाध अचानक फुटेर आयो। दुबै हत्केलाले अनुहार छोप्दै घुक्क-घुक्क गर्दै रुन लागी। फिन्ल्यान्डमा माया मात्रै उसकी एक साथी हो, जस्लाई ऊ आफ्ना हरेक कुरा, समस्या बताउन अप्ठेरो मान्दिन। माया पनि आफ्नो सुख-दु:ख पोख्ने साथी भने पनि बहिनी भने पनि सबितालाई नै ठान्दछे। अहिलेसम्म त्यस्तो माया गर्ने, विश्वाश गरिएको मान्छेबाट अप्रत्याशित घात पाउँदा सबितालाई सहिसक्नु थिएन नै। यस्तो बिरानो ठाउँमा त्यसरी उस्को ढु:ख-मर्काप्रति चासो देखाउने मायाको सोधाईले उस्लाई झन् ढु:खी तुल्यायो। लुकाउन चाहंदा-चाहँदै पनि मायाका अगाडि आफूलाई रोक्न सबिता असमर्थ भै। अन्तत: आफ्नो अन्तरहीर्दयलाई छर्लङै पारेर पोखी मायाका सामु। तर अचम्म के भयो भने न त यी कुराले माया आश्चर्यचकित परी, न त उस्ले यस्लाई कुनै ठुलो समस्या नै ठानी। उल्टै सबिताले आज त्यस्तो मिल्ने साथी मायाको जीवनको एउटा अध्यारो पाटोको बारेमा जानकारी पाई, जस्को बारेमा सबिता पूर्णत: अनभिज्ञ थी। सबिताले मायाको घरमा जाँदा धेरैजसो मायाका छोराछोरिसँग खेल्दै गरेका भेटिने पाइभी र पेट्री बिबाहको बन्धनसँगै उपहारमा पाएकी रै’छे। उनिहरु कहिले आमासँग, कहिले बाबुसँग बस्ने रै’ छन्। माया जतिजती कुरा गर्दै गै, सबिता झन्- झन् अचम्मित हुँदै गै। ‘हेर सबिता यहाँ तिमी र मजस्ता धेरै आईमाईहरु छन्, जसका लोग्नेहरुका यहाँका आईमाईहरुबाट बच्चा छन्। फलानाको लोग्नेको यतिवटा बच्चा… ,फलानाको लोग्ने यतिबर्ष फिनिससँग बसेर नेपाल गएर बिहे गरेको…. ,फलानो फलानो अहिले फिनिससँग बस्दैछन….।’ लिस्ट यति लामो भयो कि, जुन सबिताको कल्पनामा पनि अट्न सकेको थिएन कहिले। यहाँ धेरै छन् त्यस्ता मान्छेहरु, जो आफ्नो मेसो नमिलेसम्म यहाँका केटीसंगै बस्छन्। पछि आफ्नो ब्यवस्था मिलेपछी छुट्टीन्छन् र नेपाल गएर सकेसम्म राम्रो चरित्र भएकी केटी छानेर बिहे गर्छन्। यिनिहरुमध्ये धेरै कमको बाध्यता पनि हुनसक्छ। पढ्न आएकाहरुले यहाँ काम नगरि नेपालबाट पैसा ल्याएर पढ्न सक्ने अवस्था हुन्न। लगातार क्याम्पस गएर पढेन भने भिसा थप्नको लागि पढाईबाट पर्याप्त क्रेडिट हुँदैन। कामबाट भिसा पाउन पनि सजिलो छैन। पढाईबाट पर्याप्त क्रेडिट नहुने अनी कामबाट पनि भिसा नलाग्ने अवस्थामा नेपाल फिर्ता जानुको बिकल्प यहाँकै केटीसँग बिहे गरेर बस्नु भन्दा अर्को छैन। र, बिनोद बाबु पनि यही बर्गमा पर्नुहुन्छ। केही बर्ष संगै बस्यो, आफ्नो ब्यवस्था मिलेपछी यहाँको केटीसँग छुट्टीएर नेपाल गएर बिहे गर्छन्। तर हिजोआज बाध्यताबिना नै यस किसिमको जिन्दगी बिताउन चाहनेहरु पनि बढ्दैछन् यहाँ’। मायाले भनी।

‘तर तपाईंले मलाई किन आजसम्म केही नभन्नु भा’को वहाँको बारेमा?’

‘राम्रो कुरा पनि त भएन सुनाउनलाई। रोजकी आमाले अरु एक बर्ष स्पेनमा बस्न नपरेको भए तिमीले केही थाहै पाउने थिइनौ। उसकी आमा यहाँ आएपछी आफुसँगै लैजान्छे, तिम्लाई केही समस्यै हुन्न नि। मलाई हेर न, नेपालबाट कस्तो सपना बोकेर आएकी थिए। आएको एक महिनापछीबाट नै दुई बच्चालाई स्यहार्न पर्‍यो।’ मायाले भनी।

केटीसंगै बसुन्, मलाई केही गुनासो छैन। उनिहरुको जीन्दगी जसरी जीउन मनलाग्छ, जीउन्। तर नेपाल गएर हामीहरुलाई ढाट्ने किन? सबै कुरा थाहा भएको भए त म कुनै हालतमा बिहे गर्ने थि’न। बिदेशमा आउने भनेको नेपालमा हुँदा ठुलै कुरा थियो, तर बिदेशमा आउनकै लागि थाहा पाएको भए मैले आफ्नो जीवनसँग यति ठुलो सम्झौता गर्ने थिईन दिदी। त्यस्ता मान्छेहरुको के भर, रोग पनि त लाग्या हुनसक्छ। थाहा पाएर त कुन केटीले गर्छन् होला र यिनिहरुसँग बिहे। हेर्नुस् न उस्को ठाउँमा मैले यस्तो गरेको भए के

हुन्थ्यो? अस्ति मेरो बर्थडेमा एकजना साथीले बर्थडे विस गरेर पठाएको ईमेल देखेर को हो ? के हो? भनेर रिसाउदै सोध्याथ्यो। आफ्नो भित्र-भित्रै यस्तो रै’छ। मेरो पनि चित्त बुझ्ने थियो यदी यहाँ बच्चा जन्माएर बसेकाहरुले नेपालमा गएर युध्दको कारणले बिधवा भएका अथवा अन्य कुनै कारणले लोग्नेसँग छुट्टीएका नेपाली आईमाईलाई स्वीकार्न सक्थे भने। तर सक्दैनन्। सबै आडम्बरी छन्। यहाँ केटी राखेर बस्नुलाई आफु आधुनिक सँस्कृतिको पालक भएको तर्क गर्छन्। तिनिहरु नै नेपाल गएपछी सच्चारित्र, कसैले दोस नलगाएकी, कुनै कुरामा नमुछिएकी केटी खोज्दै हिड्छन् बिहेको लागि। सबै ढोंगीहरु हुन्।’ बोल्दा बोल्दै सबिताको अनुहार रिशले रातो भयो।

‘अब यिनी कुरा गरेर केही फाईदा छैन। जसरी हुन्छ परिस्थितीलाई स्विकार्नुको बिकल्प छैन हामीसँग।’

‘त्यो त हो तर सम्झौता पनि कुन हदसम्म गर्ने?’

‘नगरेर के गर्ने? सम्झौताको बिकल्प बिद्रोह हो। र, हरेक बिद्रोहको अन्तिम गन्तब्य सुखद् नहुन पनि सक्छ। ‘ ‘त्यसो भए जे भए पनि चुपचाप सहने त?’

‘होइन, मैले भन्न खोजेको त्यो पनि होइन। समस्याको प्रकृति हेरेर त्यसको समाधान खोज्नुपर्छ। यो समस्यामा परीस्थितिलाई स्वीकार्नु नै बुध्दिमानी हुने देख्छु म। आखिर रोज बिनोद बाबुकै छोरा हो, त्यो सत्यलाई केही गरी मेटाउनै सकिन्न। बिद्रोह गरेर तिमी बिनोद बाबुबाट छुटकारा पाउन चाहन्छेऊ? के अब बिनोद बाबुसँग छुट्टीएर बस्न परे तिमी तेस्लाई आफ्नो जीत ठान्छेउ त? तिमी खुशी हुनसक्छौ त्यो बेला? त्यसोहुँदा सबैकुरा छोडेर परिस्थितीलाई स्वीकार गर, त्यै नै जीत हो भन्छु म त। के गर्ने हामी त्यस्तै संस्कारमा जन्मियौ। अन्याय भो, मन परेन भन्दैमा छोडिहाल्न नसकिने।’

तीन बज्न लागेपछी बच्चालाई स्कुल लिन जानुपर्ने भएकोले माया त्यहाँबाट गै। माया गएपछी सबिता पनि नुहाउन बाथरुममा पसी।

सबिता नुहाएर निस्कंदा कामबाट आएर बिनोद सोफामा एक्लै एकोहोरिएर बसेको थियो। रोजले भूइँमा बसेर केही लेख्दै थियो। बिनोदले पुलुक्क सबिताको अनुहारमा हेर्यो। सबिता केही नबोली बेडरुमतिर पसी। भित्र गएर कम्प्युटर खोली। हिजोदेखी फेसबूक हेरेकै छैन उस्ले। तसर्थ सबैभन्दा पहिला फेसबूक खोली। फेसबूकमा रहेको आफ्नो प्रोफाइल पिक्चर हेरी, ऊ कति खुशी, सुखी देखिन्छे फोटोमा। उसका धेरै साथीहरु अमेरिका, अष्ट्रेलिया र यूरोपका बिभिन्न देशहरुमा पुगेका छन्। उनिहरु नयाँ-नयाँ फोटोहरु अपलोड गारिरहन्छन् फेसबूकमा । फोटोहरु हेर्दै गै, समुन्द्रको किनारमा, हिउंमा, पार्कमा, पानी जहाजमा, ठूला- ठूला सापिङ् मलको अगाडि उभिएर; कसैले टाउकोमा, कसैले आँखामा चस्मा राखेर खिचेका छन् फोटोहरु। फोटोमा उनिहरु पनि अत्यन्तै प्रसन्न र सुखी देखिन्छन्। मनमनै सोची- के उनीहरु बसेको शहरहरुमा पनि मेरो जस्तै अद्रिश्य पीडाहरु नहोलान् र ?

‘म कम्प्युटरमा गेम खेल्न सक्छु?’ यो रोजको सोधाई थियो सबितालाई।सबिताले फर्केर हेरी। ऊ दबिएको स्वरमा बोल्दै थियो। सेतो छालामा कालो कपाल र आँखाले उस्लाई अत्यन्तै सुन्दर गराएको थियो। साच्ची नै मायालाग्दो देखिएको थियो रोज त्यो बेला। ‘हुन्छ’ सबिता अनायासै मुसुक्क हांसी। रोजलाई कम्प्युटर छोडिदिएर सबिता पलङमा गएर पल्टीई। बिनोद बाहिर एक्लै बैठक कोठामा टिभि हेर्दै थियो। साँझको काममा जाने बेला भएपछी कोठामा आएर कपडा लगायो। सबिता अर्कोपट्टी फर्किएर पल्टिरही। बिनोद पनि केही बोलेन। आफु तयार भएपछी रोजलाई कपडा लगाइदिन खोज्दा रोजले ‘आज म यही कम्प्युटरमै गेम खेलेर बस्छु, जान्न’ भन्यो। बिनोद पनि यही चाहान्थ्यो। यसपल्ट सबिताबाट पनि कुनै नकरात्मक प्रतिकृया आएन। परिस्थिति सम्झौतातर्फ उन्मुख देखियो।

बिनोद निस्केर गयो। रोज कम्प्युटरमै गेम खेल्दै थियो। अब बल्ल सबितालाई रोजसँग कुरा गर्ने मौका मिल्यो। सबितालाई लाग्यो, रोज पनि आफुजस्तै निरिह छ। आमा टाढा छे। बाबु पनि निर्धक्कसँग माया गर्न हिच्किचाउँछ। सबिता रोजलाई आफ्नो नजिक ल्याउन चाहान्थी। शुरुमा अलि डराएको जस्तो गरे पनि बिस्तारै कुरा गर्दै जाँदा रोज पनि सबितासँग निर्धक्कसँग कुरा गर्न लाग्यो। धेरैबेरसम्म कुरा गरेपछि सबिताले सोधी- ‘बाहिर पार्कमा खेल्न जाने मसँग?’ ‘हुन्छ’ रोजले सहजै उत्तर दियो। ‘तिम्ले मलाई आमा भने पनि हुन्छ।’ सबिताले उस्को गाला मुसार्दै भनी। ‘तर तिमी मेरो आमा त होइन नि, अरुलाई मैले आमा भन्न हुन्छ र?’ रोजले सीधा प्रश्न गर्‍यो। उसले आजसम्म कोही देखेको छैन जस्ले आफ्नो आमा बाहेक अरु कसैका निम्ति ‘आमा’ शब्द प्रयोग गरेको होस्। ‘म तिम्रो आमा नभए पनि मलाई आमा भन्न सक्छौ।’ सबिताले भनी।

पार्कमा सबितालाई फिनिस भाषा पढाउने टिचर सान्ना पनि आफ्नो बच्चालाई खेलाउन लिएर आएकी रै’छ। सबितालाई भेट्ने बित्तिकै सबिताको र उस्को पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यको बारेमा कुरा गरी। उनीहरु कुरा गरेर बसिरहेकै बेला रोज अचानक दौडिदै आयो र ‘आमा मेरो ज्याकेटको बटन लगाइदिनुस् न, मेरो हातको पन्जाले गर्दा मिलेन’ भन्यो। सान्ना अलि अलमलमा पर्दै सोधी- Kuka hän on?( ऊ को हो?) सबिताले तुरुन्तै जवाफ दिई –hän on mun ensimainen lapsi (ऊ मेरो पहिलो बच्चा हो।) सान्ना अचम्म परी। उस्लाई विश्वाश नै लागेन। फेरी सोधी- ‘तेरो बिहे भएको बल्ल दुई बर्ष हुन लाग्यो भनेको होइन र? तिमीहरुकोमा त बिहे नहुँदै बच्चा जन्माउने चलन छैन होइन र?’

सबिताले मुसुक्क हाँसेर भनी- अं, पहिला हो। तर हिजोआज ती परम्परागत मान्यताहरु बिस्तारै तोडिदैछन्। प्रतिउत्तरमा सान्ना पनि मुसुक्क हाँसी मात्र।

54 Comments

  1. “तर हिजोआज ती परम्परागत मान्यताहरु बिस्तारै तोडिदैछन्।”
    नेपाली नारीहरु कति सहनसिल हुन्छन भन्ने कुरा यहाँ देखिन्छ|
    कथाले दिन खोजेको संदेश धेरै छन्| हेर्ने आखामा फरक पर्छ| कसको द्रिस्तिकोण बाट हेरिन्छ –
    सविताको द्रिस्तिकोण बाट हेर्दा- सधै नारिले नै सम्झौता गर्नुपर्ने? भन्ने देखिन्छ |
    यहा सबै जनाले सबितालाई बोकेर लेख्नु भएको रहेछा तर मैले चाही विनोदको पक्ष्यमा लेखना मन लाग्यो|
    “बाबु पनि निर्धक्कसँग माया गर्न हिच्किचाउँछ।” यसबाट थाहा हुन्छा विनोदलाई पनि आत्मग्लानी महसुस भैरहेको छ| उ कुनै रहरले बिदेशमा आएको होइन उसका पनि आफ्नै बाध्यता होलान| यदि नेपालमै राम्रो अवसर हुदो हो/राम्रो जीवनशैली जिउन सक्ने हुदो हो त बिदेसिको गुलामी गर्न पक्कै आऊथेन होला| विदेश आइसकेपछि जसरि हुन्छा विदेशमै बसम भन्ने सबैलाई हुन्छ| उसले पनि रहरले होइन बाध्यताले नै सम्झौता गरेको होला नि|

  2. स्टोरी राम्रो लग्यो , स्टोरी को धेरै कुरा हरु ले मेरो मन छोयो, कथा ले औता राम्रो संदेश दिन खोजेको छ ” हरेक बिद्रोह को अन्त्य सुखद नै हुन्छ भन्ने छैन अनि समस्या को प्रकृति हेरेर समाधान खोज्नु पर्छा” भन्ने संदेश ले मेरो मन छोयो . धन्यबाद लेखक ज्यु .

  3. कसैको भावना संग पनि खेल्नु हुदैन. सबै कुरा भनेर पनि त बिहे गर्न सकिन्छा नि. के संझेउता सधै केटीले मात्र गर्नुपर्ने होर, मेरो जीवनमा भएको घटना भएको भए म त्यो सम्झेउता गर्नेनै थिन.

    • किन सम्झेउता केटि लाई मात्र. तेसरी सत्ते लुकाएर बिहे गर्दानि माफी नमागी खाए खा नखाए घिच भन्दा, सहेर बस्नु कमजोरी हो. साहसी बन नारिहो पुरुसले जे गर्दानी सहेर नबस. यो सानो कुरा हो भन्ने मान्छेले बिहे भन्दा अगाडी पनि भन्न सक्नु पर्थ्यो, किन लुकाउनु पर्यो. तेसैले बिचार नबन सबिता.

  4. कथा साह्रै राम्रो छ. सामाजिक बिसय्बस्तुलाई सरलताका साथ् प्रस्तुत गरिएको छ.

    तर यो कथामा देखाइएको बिसयबस्तु हाम्रो समाजमा घट्ने घटनाको एउटा पाटो हो, जहा एउटा अबोध नारीले बिनादोश,बिनाकारण धोका पाउछे र सामाजिक…को कारणले यथास्थितिसंग compromise गर्न बाध्य हुन्छे|
    हाम्रो समाजमा यस्तै आर्को पाटो पनि छ जहा नारीहरु जानाजान एस्तो परिस्थितिमा होमिन्छन- बैदेशिक जीवन र सुखसयलको लोभमा| कथाकार बाट त्यो बिसयलाई पनि समेटेर एउटा राम्रो कथा पढ्न पाइयोस, भन्ने आशा छ|

    राम्रो लेखको लागि धन्यबाद| माइसंसारलाई पनि राम्रो लेख छाप्नुभयेकोमा धन्यबाद छ|

  5. बिजेता ले सम्पूर्ण नेपाली नारी को प्रतिनिधितो गर्नु भयो. लोग्ने मान्छे भनौदा हरु ले आइमाई लाई झुट बोलेर ठगेर जिन्दगि बितौना चाहन्छन . तेही कुरा उसको श्रीमती ले गर्यो भने घाटी रेट्न पछि पर्दैनन् . विदेश मा बसेको केटा को कुरा आउदैमा आखा चिम्लेर कम मान्छे ले मात्र बिहे गर्छन. जब केटा ले नै झुट बोल्छ, कुरा लुकौछा विश्वास कसको गर्ने. आफ्नो जिबन साथि लाई ठग्ने वर्ग धेरै छन् येहा. मेरो नै उदाहरण दिन चाहन्छु .

    मेरो उहा संग बिहे भएको एक वर्ष भयो . उहा ले सुरु मा मेरो घर मा हात माग्नु भयो. डिग्री पढेको , विदेश को बैंक मा काम गर्ने, जाड रक्सि नखाने, परिवार राम्रो भनेर मलाई बिहे को कर आयो. तेस पछि मैले उहा संग ONLINE तथा फोन मा उहा संग कुरा गर्न थाले. मैएल सोधे हजुर को कोहि GF छ भनेर. उहा ले मेरो कोहि छैन . मा एकदम बीजी मान्छे हो नानु मेरो कोहि केटि छैन . बैंक मा काम गर्ने मान्छे तेस्तो छैन मा भन्नु भयो. उहे ले मलाई आफ्नो राम्रो राम्रो कुरा मात्र भन्नु भयो . तिमीलाई संसार भरि को खुसि दिन्छु. आफुलाई भन्दा बादी माया गर्नेछु. म संग तिमीले चित्त दुखुनु पर्ने केहि कुरा छैन जस्ता कुरा गर्नु भयो. तेस पछि हाम्रो बिहे भयो. बिहे को १ हप्ता पछाडी उहा को फोटो अल्बुम मा केटि को फोटो देखे को हो भन्दा सानो हुदा को gf हरु हो भन्नु भयो. मा चागा बाट खसे. रोए . कराए मलाई किन नभनेको भन्दा यो सानो बेला को कुरा हो तिनी हरु को बिहे भैसक्यो ऐले मेरो मन मा तिनी हरु को लागि केहि छैन भन्नुभयो. बिहे को एक हप्ता मै मैले सहे

    तेस्पछी उहा को ले facebook हेर्न दिनु भयो. हे भगवान उहा को frenlist मा २ हजार केटि हरु अनि माया प्रेम को chat कति हो कति …. मा तेही बेहोस जस्तो भए. रोए कराए को हो यिनी हरु सब…. उहा ले भन्नु भयो timepass को लागि तेतिकै कुरा गरेको. अब गर्दिन ….एस्तो मैले गरेको भए के हुन्थ्यो उहा केहि बोल्नु भएन .

    रुदै रुदै मन दुखुदै दिन बिताए तेस्पछी विदेश आइयो. सुरु सुरु मा घुम घाम मा रमाइलो केहि समय पछि उहा को पेन drive मा केटि video देखे को हो भन्दा कोइ होइन साथि को हो भन्नु भयो पछि थाहा पौड उहा को gf रैछ. उफ्फ़

    ऐले आएर श्रीमान को mobile मा देखे उहा केटि लाई तिमीलाई भूल सकिन. तिम्रो याद सदै आउछ जस्ता संदेश पठुनु भाको रैछ उता बाट पनि उतर रैछ हामीले संगै बिताएका सुन्दर रात हरु घुमेको चुम्बन अनि esparsa भुल्न सक्दिन …..

    मैले mobile लिएर सोदे त को होस् मेरो बुदा लाई किन message गरेको .. उता बाट उत्तर आयो तेरो बुदा मेरो प्रेमी हो.. हामी २०/३० पल्ट sex गरेको तेरो बिहे अगाडी …… मैले बुदा लाई mobile देखाए र मा कराए उसले मलाई लातिले छाती मा हान्यो. मुख मा हानेर रगत निकल्दियो, आखा मा हान्यो. मा भागे तर उसले रोकेन

    बाटो मा डर लाग्दा मान्छे मात्र भेटे सोद्चन कता जाने हो मा स्नाग janchas … सोचे rakhchas अनि ठग नै भए नि auta घर त छ अनि रुदै रुदै फर्के उ सुतिरक्को थियो … mobile हेरे उसले तेही केटि लाई msg पथको रैछ चिन्ता नगर मेरो बुडी लाई केहि थाहा chiana …. उसलाई २/३ हजार $ दिएको रैछ तर होइन भन्यो. मा राति बिरा जादा रोकेन मेरो खोजि गर्नु को सत्ता तेही केटि लाई msg गर्दै बसेको रहेछ .. अर्को facebook रहेछ मेरो लोग्ने भनौदो को केटि को नाम बाट तेही गएर तरुनी हरु संग कुरा गर्ने रहेछ..

    मेरो घर मा फोन गरे रुदै सबै कुरा भने .. उता बाट जबाफ आयो .. ऐले को केटा हरु झन् विदेश गको चोको त कहाँ हुन्छन क गर्ने सोजो केटा भनेर छोरि देको ठग निस्क्यो. छोडेर आइज नभए सहेर बस अब आइन्दा एस्तो गल्ति दोहोरौना नभन …

    म क गरौ भगवान कुमार हो कोहि केटि छैन भन्ने लोग्ने को एस्तो रुप छ.. अरु मैले थाहा नपाको कति कुरा होला … divorce गरु त बाबाआमा को लागि जिन्दगि भर बोज अनि समाज मा लोग्ने खुसि बनाउन नसक्ने नारी भन्ने सहनुपर्नेचा.

    आज भोलि दिनहु कुटी khadaichu .. बिना कारण … छोडेर जौ भने कहाँ जौ.. अर्काको स्वास्नी लाई कुन असल पुरुष ले सहारा देला. बुदा भएका babaama को कति बोज बनु…. धन्य भगवान नारी लाई कति satauchuau

    • प्रतिक्रिया मार्फत गुनासो पोख्ने बहिनी, तपाईको बेदना सुन्दा अफसोच लाग्यो ! यस्तो अबस्थामा कुनै एक (भए सम्म मन मिल्ने) नेपाली नभए तपाईको छिमेकी बिदेशी महिलालाई हात लिई नजिकको मानब अधिकारबादी संस्थामा सम्पर्क राख्नु हुन् सुझाब गर्दछु ! अत्याचारीलाई अत्याचार गर्न दिई रहनु झन् ठुलो अपराध हो ! सम्भव हुन्छ मिलेर बस्नुहोस, हुँदैन पथ भ्रस्टलाई महत्व दिनु कुनै औचित्य देखिदैन ! आफ्नो बाटो लाग्नुहोस र ईख लिएर केहि गरि देखाई दिनुहोस ! आफुमा आत्मबिश्वाश विकास गर्नुहोस ! कुन मुलुकमा हुनुहुन्छ ? यदि बिरानो मुलुक हो र कोहि नेपाली सहायताको लागि भेटिंदैन भने, माई संसार मार्फत पाठक साथीभाई बाट सुझाव वा मद्दत लिन सक्नु हुन्छ ! आखिर माई संसार, संसारमा छरिएर रहेका समस्त नेपालीले दिनहुँ पढने र सुख दुख एक अर्कामा बाँडीचुंडी गर्ने ब्लगमा गनिन्छ त !

  6. बिजेता ले सम्पूर्ण नेपाली नारी को प्रतिनिधितो गर्नु भयो. लोग्ने मान्छे भनौदा हरु ले आइमाई लाई झुट बोलेर ठगेर जिन्दगि बितौना चाहन्छन . तेही कुरा उसको श्रीमती ले गर्यो भने घाटी रेट्न पछि पर्दैनन् . विदेश मा बसेको केटा को कुरा आउदैमा आखा चिम्लेर कम मान्छे ले मात्र बिहे गर्छन. जब केटा ले नै झुट बोल्छ, कुरा लुकौछा विश्वास कसको गर्ने. आफ्नो जिबन साथि लाई ठग्ने वर्ग धेरै छन् येहा. मेरो नै उदाहरण दिन चाहन्छु .

    मेरो उहा संग बिहे भएको एक वर्ष भयो . उहा ले सुरु मा मेरो घर मा हात माग्नु भयो. डिग्री पढेको , विदेश को बैंक मा काम गर्ने, जाड रक्सि नखाने, परिवार राम्रो भनेर मलाई बिहे को कर आयो. तेस पछि मैले उहा संग ONLINE तथा फोन मा उहा संग कुरा गर्न थाले. मैएल सोधे हजुर को कोहि GF छ भनेर. उहा ले मेरो कोहि छैन . मा एकदम बीजी मान्छे हो नानु मेरो कोहि केटि छैन . बैंक मा काम गर्ने मान्छे तेस्तो छैन मा भन्नु भयो. उहे ले मलाई आफ्नो राम्रो राम्रो कुरा मात्र भन्नु भयो . तिमीलाई संसार भरि को खुसि दिन्छु. आफुलाई भन्दा बादी माया गर्नेछु. म संग तिमीले चित्त दुखुनु पर्ने केहि कुरा छैन जस्ता कुरा गर्नु भयो. तेस पछि हाम्रो बिहे भयो. बिहे को १ हप्ता पछाडी उहा को फोटो अल्बुम मा केटि को फोटो देखे को हो भन्दा सानो हुदा को gf हरु हो भन्नु भयो. मा चागा बाट खसे. रोए . कराए मलाई किन नभनेको भन्दा यो सानो बेला को कुरा हो तिनी हरु को बिहे भैसक्यो ऐले मेरो मन मा तिनी हरु को लागि केहि छैन भन्नुभयो. बिहे को एक हप्ता मै मैले सहे

    तेस्पछी उहा को ले facebook हेर्न दिनु भयो. हे भगवान उहा को frenlist मा २ हजार केटि हरु अनि माया प्रेम को chat कति हो कति …. मा तेही बेहोस जस्तो भए. रोए कराए को हो यिनी हरु सब…. उहा ले भन्नु भयो timepass को लागि तेतिकै कुरा गरेको. अब गर्दिन ….एस्तो मैले गरेको भए के हुन्थ्यो उहा केहि बोल्नु भएन .

    रुदै रुदै मन दुखुदै दिन बिताए तेस्पछी विदेश आइयो. सुरु सुरु मा घुम घाम मा रमाइलो केहि समय पछि उहा को पेन drive मा केटि video देखे को हो भन्दा कोइ होइन साथि को हो भन्नु भयो पछि थाहा पौड उहा को gf रैछ. उफ्फ़

    ऐले आएर श्रीमान को mobile मा देखे उहा केटि लाई तिमीलाई भूल सकिन. तिम्रो याद सदै आउछ जस्ता संदेश पठुनु भाको रैछ उता बाट पनि उतर रैछ हामीले संगै बिताएका सुन्दर रात हरु घुमेको चुम्बन अनि esparsa भुल्न सक्दिन …..

    मैले mobile लिएर सोदे त को होस् मेरो बुदा लाई किन message गरेको .. उता बाट उत्तर आयो तेरो बुदा मेरो प्रेमी हो.. हामी २०/३० पल्ट sex गरेको तेरो बिहे अगाडी …… मैले बुदा लाई mobile देखाए र मा कराए उसले मलाई लातिले छाती मा हान्यो. मुख मा हानेर रगत निकल्दियो, आखा मा हान्यो. मा भागे तर उसले रोकेन

    बाटो मा डर लाग्दा मान्छे मात्र भेटे सोद्चन कता जाने हो मा स्नाग janchas … सोचे rakhchas अनि ठग नै भए नि auta घर त छ अनि रुदै रुदै फर्के उ सुतिरक्को थियो … mobile हेरे उसले तेही केटि लाई msg पथको रैछ चिन्ता नगर मेरो बुडी लाई केहि थाहा chiana …. उसलाई २/३ हजार $ दिएको रैछ तर होइन भन्यो. मा राति बिरा जादा रोकेन मेरो खोजि गर्नु को सत्ता तेही केटि लाई msg गर्दै बसेको रहेछ .. अर्को facebook रहेछ मेरो लोग्ने भनौदो को केटि को नाम बाट तेही गएर तरुनी हरु संग कुरा गर्ने रहेछ..

    मेरो घर मा फोन गरे रुदै सबै कुरा भने .. उता बाट जबाफ आयो .. ऐले को केटा हरु झन् विदेश गको चोको त कहाँ हुन्छन क गर्ने सोजो केटा भनेर छोरि देको ठग निस्क्यो. छोडेर आइज नभए सहेर बस अब आइन्दा एस्तो गल्ति दोहोरौना नभन …

    म क गरौ भगवान कुमार हो कोहि केटि छैन भन्ने लोग्ने को एस्तो रुप छ.. अरु मैले थाहा नपाको कति कुरा होला … divorce गरु त बाबाआमा को लागि जिन्दगि भर बोज अनि समाज मा लोग्ने खुसि बनाउन नसक्ने नारी भन्ने सहनुपर्नेचा.

    आज भोलि दिनहु कुटी khadaichu .. बिना कारण … छोडेर जौ भने कहाँ जौ.. अर्काको स्वास्नी लाई कुन असल पुरुष ले सहारा देला. बुदा भएका babaama को कति बोज बनु…. धन्य भगवान नारी लाई कति satauchuau

  7. यो कथाले एउटा नेपाली केटा लै अर्की फिनिश केटि संग प्रेम समन्ध राख्न बाट बन्चित गरुन सक्छ. सम्भावित एउटा प्रेमलाइ पैसा र पीआर मा लगेर जोडेको छ.

  8. नेपाल मा बिहेगर्दा कुरा लुकाउन नहुने.. अरु सबै ठिक छ.. जिन्दगि को अर्को नाम सम्झौता हो …

  9. जीवन एक सम्झौता ! मानिस स्वभावले जति बिद्रोही भए पनि जीवनको कुनै एक मोडमा पुगेर आफुले केहि गुमाउनु पर्ने हुन्छ ! यदि परिस्थितित संग समय साक्षेप् भई सम्झौता गर्न नसकी बिद्रोह मात्र गरेमा त्यसको परिणाम डी.आई. जी. रंजन र गीता ढकालको जस्तो दुखत अन्त्य सम्म पुग्न सक्छ ! कथाले केहि यस्तै संदेश दिन खोजेको देखिन्छ ! कथामा विदेश गएको व्यक्ति भनेर सम्क्षिप्त परिचयको आधारमानै चेली बेटी दिने बर्तमान सामाजिक मान्यता, लक्ष्य प्राप्तिको लागि बिदेशमा टिकी रहनु पर्ने बाध्यता र त्यसको लागि आवश्यक कागजात बन्ने प्रलोभनमा आफ्नो जीवन वा यौन बन्धकी राख्ने विवशता अनि एक निश्चल र अबोध बालकको बाल सुलभले एक सभ्य, संस्कारयुक्त र कोमल हृदय भएको नेपाली नारीलाई कसरि सम्झौताको संघारमा उभ्याई दिएको छ भनि सजिब चित्रण गर्न यस कथाका कथाकार सफल भएका छन् ! तर यति हुँदा हुँदै पनि कथामा नारीको सोच, उ वाट भएको सम्झौता र अनि जीवन प्रतिको कुनै ठोस विश्लेषण बिनानै निष्कर्समा पुग्नु चाही कथाले नारीहरुको कमजोर वा सिघ्र परिवर्तित मनको चित्रण पनि गरेको छ है भन्नु चाहि अत्योक्ति नहोला !

    • हेल्लो मदन जी, तपाई को कुरो राम्रो लग्यो र साथ-साथै कतै तपाई मैले चिने को मदन दाई त होइन जस्तो लगेर एउटा प्रश्न सोध्न सक्छु कि ? के तपाई सेयाटल washington को मदन श्रेष्ठ त होइन ? धन्यवाद

      • प्रतिक्रियाको लागि धन्यवाद साथी, किरण ! हजुरले चिन्नु भएको मदन श्रेष्ठजी चाही म परिन, माफ गर्नुहोला ल !

  10. सम्पत्ति र विदेश को मुख ताक्ने आइमाई हरु लाई येस्तै गर्नु पर्छ. के को चुरी-फुरी गर्नु पर्या ईनीहरुलाई. जति गरे पनि आखिर आइमाई तलै (कोम्प्रोमैज़) गरि हाल्छन…

  11. सत्य कथा, हेलसिन्कीमा भएका ९०% बिद्यार्थी भिसा भन्दा अरु भिसामा आउने केटाहरु ] जिबनी हो यो…..यस्तै फुंडाका स्वास्नीहरुको अहिले तिन बित्ता फुर्ति देख्दा हासो लाग्छ…बिचार नेपालीहरु खैरीको चाक माडेर भने पनि PR लिन्छन…अनि तिनैका कान्छीहरुका तिन बित्ता फुर्ति………………..

    • अदितीजी ठिक भन्नु भयो! यस्ता पिडित कान्छीहरू जर्मनीमा पनि धेरै नै छन। यस्ताको अहिलेको फुर्ती ३ बित्ता कै छ। जहाँ पनि यस्ता चटुवाहरू यस्तै गर्दा रहेछन।

    • हो आज भोलि यस्ता सत्य कथाहरु धेरै सुन्न देख्न पाइन्छ. अदिती जी कतै यस्तै हिरोसंग चानस नपाएकोले झोक चलेको त होइन.

  12. लेखक ले फिनिस नेपालि समाज को यथार्थ चित्रण लाइ कथाको माध्यम बाट राम्रो प्रस्तुत गर्नु भो |
    धन्यबाद

  13. धेरै राम्रो छ| बिदेशका सबै देशको कुरा हो यो , राम्रो भन्ने कि नराम्रो/ नारी स्वतन्त्रताले होला सायद| लेखकको प्रस्तुति अत्यन्तै रोचक लाग्यो है |

  14. सारै राम्रो लाग्यो यो कथा | मनमा सारै गाड्यो यो पार्ट: ” यहाँ केटी राखेर बस्नुलाई आफु आधुनिक सँस्कृतिको पालक भएको तर्क गर्छन्। तिनिहरु नै नेपाल गएपछी सच्चारित्र, कसैले दोस नलगाएकी, कुनै कुरामा नमुछिएकी केटी खोज्दै हिड्छन् बिहेको लागि। सबै ढोंगीहरु हुन्।”

    येस्तई सोचाई भएका धेरै देखिन्छन यता अमेरिकामा भएका नेपाली पनि |

  15. कुरो त गहिरै हो है, जथाभाबी बच्छा जनमाउनेले नेपालमा गएर राम्री र अशल केटी खोजी खोजी बिहे गर्नु पर्ने ?
    बस्तबिकता को लागी लेखक लाई धन्यबाद !!

  16. this is an extraordinory piece of creation. i had hardly bumped into any work of nepalese literature past high schooling- this story has captivated me and already read two times in a row.

    kudos to the writer and i am a proud reader today!

  17. कथा मार्मिक छ। बिदेश पसेपछि PR पाउनको लागि जे गर्न पनि तयार नेपाली केटाहरु र बिदेशमा बस्ने केटा भनेपछि दायाबाया नसोची बिहे गर्न राजी हुने केटीहरुको वास्तविकता उजागर भएको छ। नारी बिद्रोहलाई केही प्रष्फुटन गर्न खोजिएपनि अन्तत आफ्नो संस्कारलाई दोष दिएर सम्झौता गर्नुपरेको आसयले कथालाई केही कमजोर बनाएको छ।

  18. “विदेशमा बस्दा धेरै केटिहरु संग मोज मस्ती गरिसके पछी नेपाल फर्केर राम्री चरित्र केटि खोजेर बिहे गर्ने रे, तेस्ता केटाहरुले नेपालमा बिधुवा नारिलाई बिहा गर्न किन हिच्कौछन.?”

  19. धेरै राम्रो कथा बिजेता जी.यौटा महिला को मन को चित्रण सहि ढंग बाट भएको छ l यौटा महिला ले कुनै निर्णय लिनु अगाडी धेरै कुरा मा विचार पुराउनु पर्छ l
    बिचरी सबिता !!!

  20. भने पछि आफ्नो मतलब निकाल्न जे पनि गर्दो रहेछ विदेशमा!! कति पुरुषलाई लाग्दो होला यो त विदेश भुमिमा गर्नु पर्ने संघर्ष हो, कडा परिश्रम हो, मेहनत हो !! आफ्नो मतलब निकाल्न कै लागि परदेशी संग प्रेम, मोहबतको नाटक गर्ने अनि घरजम गर्ने?? (नेपाली चेलीहरुले नि यस्तै खाले ‘संघर्ष’ गरे उहाहरु जस्ता नै कराउनेमा पर्ने छन् ) फिनल्याण्ड, नोर्वे, स्वीडेन आदि देशले नेपाल जस्तो गरिब देशका जनतालाई सुबिधा स्वरूप केहि पढेर गरि खाऊ भनेर सुबिधा दिएको त यसरि आफ्नो मतलब निकाल्दै बस्ने?? उल्टो धातेर नेपाली चेली पनि बिहे गर्ने ?? किन आफ्नो जातको खुनलाई निरन्तरता दिन मात्रै नेपाली चेली चाहिने?? नेपाली जाति सोझा हुन्छन भन्ने बिधेसीहरुले त यिनीहरु अवसर नपाएर पो सोझा भएका रहेछन भन्ने भो !!

  21. लेख अत्यन्त राम्रो छ| कथाबस्तु समय सान्दर्भिक छ| आधुनिक युगमा रम्न खोज्ने महिलाहरुको लागि राम्रो संदेश हुन सक्छा यो लेख|
    महिला साथीहरुको र अझ फिन्लेंडबासीसाथीहरुको response पढ्न पाए हुन्थ्यो|

    बिजेताजिलाई धेरै धन्यबाद राम्रो लेखको लागि | भविष्यमा पनि येस्तई समसामयिक लेखहरु पढ्न पाइयोस|

  22. यदी यहाँ बच्चा जन्माएर बसेकाहरुले नेपालमा गएर युध्दको कारणले बिधवा भएका अथवा अन्य कुनै कारणले लोग्नेसँग छुट्टीएका नेपाली आईमाईलाई स्वीकार्न सक्थे भने। तर सक्दैनन्। सबै आडम्बरी छन्। यहाँ केटी राखेर बस्नुलाई आफु आधुनिक सँस्कृतिको पालक भएको तर्क गर्छन्। तिनिहरु नै नेपाल गएपछी सच्चारित्र, कसैले दोस नलगाएकी, कुनै कुरामा नमुछिएकी केटी खोज्दै हिड्छन् बिहेको लागि। सबै ढोंगीहरु हुन्।’
    सारै चित्त बुझ्यो !कागज को लागि हजुर आमा उमेरका , गजडी, जड्याही आइमाई बिहे गर्ने, राम्रै केटी पनि बिहे गरेर कागज बने पछी अनेक निहु थापेर छाडी दिने प्रबृत्ति पहिला इन्डियन र पाके हरु मा थियो, अहिले त्यो आचरण पुरै नेपाली हरुले पालना गरि रहेका छन्/ पैसा र कागज को लागि जति सुकै निच अवस्था बेहोर्न पनि तयार हुने हजारौ नेपाली हरु अहिले यूरोप र अमेरिका तिर छयास छ्यास्ती भेटिन्छन/ यो कथा मा केटी लाई अलि कमजोर ठानेको पाए / जुन ठिक होइन/

  23. लेख साहित्तिक र येथार्तपरक छ, यूरोप मा पनि येस्ता धेरै घटनाहरु छन् |

  24. अरुले जे भनेपनि कथा बस्ताबिकताको नजिक छ, तर बिहे गरेको, बच्चा बच्ची भै सकेको खबर पनि के लुकाऊन सकिन्छ र ??? एस्तो खबर त नेपाली समाजमा एक कान दुइकान मैदान भने झैँ सारा छिमेकी, आफन्तको मध्याम्बता केटीको आफन्त र परिवारलाई पहिलेनै थाहा भयको हुनु पर्ने थियो होइन र ?

    कथा मेरो जिबन संगपनि केहि हद सम्म मेल खान्छ , फरक येत्ति हो कि म visa न लम्बियारा या pr को लोभमा नभई आफुलाई मायागर्ने गोरी संग माया बसेको कारणले बिहे गरेको हु, र म यहाकी गोरिलाई धोका दिन चाहन्न र एदी कथाम कदाचित सम्बन्ध अगाडी नाबधेरा अर्को बिहे गर्नु पर्ने स्थिति आयो भने आफ्नो बारेमा सबै कुरा थाहा दियर मात्रै बिहेको कुरो सुरु गर्ने छु , र मलाइ यहाँ बिहेगरेकोमा कुनै पछुतो पनि छैन , एदी बिदेसमा बस्ने नै भय पछी किन आफ्नो जवानीको महत्तोपुर्ण समय एक्लो र उदाश्मय बनाउने रहर कसलाई पो हुन्छ र एस अर्थमा पनि म त त आँफैलाइ सार्है भाग्यमानि ठान्छु /
    अन्त्यमा यहाका केटीहरु तेती सस्ता पनि छैनन् कि यिनीहरु जो पायो तेही ऐरे-गैरे संग सम्बन्ध राखून , येथार्ताता त यो हो कि यिनीहरु पनि केहि खुबी भयका, पढेलेखेका लाएक र लक्काजवान केटाहरुलाई मात्रै आफ्नो विश्वास दिन्छन, नत्र बिनाकामको तोरी-लाहुरेहरुले आफ्नो न्वारन देखिको बल लगायपनि केटि को त के कुरा ४०-५० बर्ष पुगेकी बुढी पनि पाउनेपनि कुनै चान्स नै छैन नत्र यो प्रश्नको उत्तर इमान्दारिताको साथ आँफुलाई र आफ्नै वरिपरी हेरेर दिने कि !!

  25. अरुले जे भनेपनि कथा बस्ताबिकताको सार्है नजिक छ तर बिहे गरेको, बच्चा बच्ची भै सकेको खबर पनि के लुकाऊन सकिन्छ र ??? एस्तो खबर त नेपाली समाजमा एक कान दुइकान मैदान भने झैँ सारा छिमेकी, आफन्तको मध्याम्बता केटीको आफन्त र परिवारलाई पहिलेनै थाहा भयको हुनु पर्ने थियो होइन र ?
    कथा मेरो जिबन संगपनि केहि हद सम्म मेल खान्छ , फरक येत्ति हो कि म visa न लम्बियारा या pr को लोभमा नभई आफुलाई मायागर्ने गोरी संग माया बसेको कारणले बिहे गरेको हु, र म यहाकी गोरिलाई धोका दिन चाहन्न र एदी कथाम कदाचित सम्बन्ध अगाडी नाबधेरा अर्को बिहे गर्नु पर्ने स्थिति आयो भने आफ्नो बारेमा सबै कुरा थाहा दियर मात्रै बिहेको कुरो सुरु गर्ने छु , र मलाइ यहाँ बिहेगरेकोमा कुनै पछुतो छैन , एदी बिदेसमा बस्ने नै भय पछी किन आफ्नो जवानीको महत्तोपुर्ण समय एक्लो र उदाश्मय बस्ने रहर कसलाई हुन्छ र एस अर्थमा मलाइ त सार्है भाग्यामय ठान्छु /
    अन्त्यमा यहाका केटिहरु तेती सस्ता पनि छैनन् कि यिनीहरु जो पायो ऐरे गैरे संग सम्बन्ध राखून , येथार्ताता यो हो कि यिनीहरु पनि केहि खुबी भयका, लायाक र लक्काजवान केटाहरुलाई मात्रै आफ्नो विश्वास दिन्छन, नत्र बिनाकाम को तोरी लाहुरेहरुले केटि को त के कुरा ४०-५० बर्ष पुगेकी बुढी पनि पाउने कुनै चान्स नै छैन नत्र यो प्रश्नको उत्तर इमान्दारिताको साथ आँफुलाई र आफ्नै वरिपरी हेरेर दिने कि !!!

  26. जिन्दगि केहि हद अझ भनौ ,धेरै हद सम्म सम्झौता नै हो ,,सम्झौता गर्न पनि पर्छ तर कुन बिन्दु सम्म हो // नेपाली नारी पत्रहरु दमित हुनुमा येसरिनै हरेक कुराहरुमा सम्झौता गर्नु नै त हो // तेत्रो ठुलो धोखा //आत्मा सम्मानमा ठेस पुगिसकेपछि सधै सम्झौता मा जिन्दगि कसरि चल्न सक्छ // वास्तविक नारि पात्रहरु यो युगमा योस्तो निरिह नहोस भन्छु मत //तर कथाको लेखन ,अनि बिषय-बस्तु सारै मनपर्यो // अगाडी सफल दिनको शुभकामना छ है सृजनात्मक कलमलाई //

  27. राम्रो त राम्रो नै हो तर मेरो बिचार मा महिलाको भाबना को कदर भएन. आत्माबिस्वास लै दमन गरिएको छ. खाए ख नखाए घिज़ भने जस्तो देखाएको छ. समस्या पर्यो भन्दैमा जे पनि गर्ने!! पुरुस लै अलि बादी प्रथामिकता दिए जस्तो लागो हाउ मलाई त !!

    मनिस अस्ट्रेलिया

  28. बिचरा सबिता..आखिरी महिला ले जे पनि accept/compromise गर्नु नै पर्ने भन्ने चित्रण गरियो ..बिनोद ले सबिता लाई वास्तविकता भन्न अवास्कियक समेत ठानेन..माफी माग्न त परै जाओश..दया लग्यो मलाई सबिता को.

  29. बिदेशमा बस्ने केटो भनेपछि अघि पछी नबुझी छोरीले विदेश देख्ने र सुख पाउने लालसामा हामफालेर छोरी टकराउने बाउ आमाको प्रवृति माथिको झापड हो | केटा केटी आफै पनि बिदेशमा बस्ने भनेपछि हुरुक्क भएर हाम फल्छन | विदेशको कथा व्यथा के छ बुझ्ने कोशिश हुँदैन | पहिला नेपालमै जिल्ला गाउँमा जाने कर्मचारीको यस्तै हुन्थ्यो | जति जिल्ला गयो त्यति ठाउँमा गुण बनाउथे रे | अहिले ठाउ र पात्र मात्र फरक हो | कथा ब्यबहारिक छ धन्यबाद कथाकारलाई |

  30. कथा निक्कै लामो अनि पढ्दा पढ्दै हराउने खालको भयो . अनि कुनै ठाउमा त भेग लाग्छा

  31. मायालु बच्चाको आगाडी कसको क लाग्छ र. लेख राम्रो लाग्यो. धन्यवाद बिजेता जी

  32. कथा ले विदेश मा आएर नेपाल फर्कन नचाहने मानिसहरुको यथार्थ चित्र प्रस्तुत गरेको छ. विदेश मा आइ सकेपछी मानिसहरु सकभर स्वदेस फर्कन मन गर्दैनन् . र pr पाउन अनेक उपाए गर्छन. तेस्मा पनि बिवाह एक भरपर्दो माध्यम को रुपमा उनीहरुले उपयोग गर्छन.र अर्को कुरा नेपाल मा बिदेस मा बसेको केटा भनेपछि केहि नबुझी छोरी दिने र केटि ले पनि केहि नसोची बिदेसी सपना देखि बिवाह गर्ने र पछी पछुत्यउनु पर्ने नेपाली परम्परा लै यस कथा ले प्रस्ट रुप मा प्रस्तुत गरेको छ. तर कथा आफै मा प्रस्ट छैन. नारी को बिद्रोह देखाउना खोजे जस्तो पनि छ.तर असफल छ. नारी ले सधै सम्झौता गर्नु पर्छा भन्ने परम्परागत मान्यता ले यस कथाले पनि छोड्न सकेको देखियेया. कथाकार ले नारी बिद्रोह देखुना सकेको भए अझ राम्रो हुन्थ्यो.

  33. यो त सारासर गलत हो आफु अनुकुल हुन्छा भने जे पनि गर्ने विदेश को जीवन मा संगर्ष गर्नु पर्छा त्यो सत्य हो तर बिहे गर्नु पूर्व यो कुरा लुकायर नारी माथि को दमन लाद्न खोजेको जस्तो देखियो, विदेश बस्ने ले कमायारा स्वास्नी पाल्न सक्छ खुसि संग भन्ने बाबु आमा को लागि यौटा गतिलो झापड हो यो ……..कथा समय संधर्विक छ

  34. कति वास्तविक लेख ,अति मन पर्यो .बिदेस मा बस्नी नेपाली हरु को वास्तविक कुरा हो यो..pr को लागि नक्कली,सक्कली बिहा चलन नै भैसक्यो….तर यहाँ pr लिएर सम्बन्ध-बिछेद पछि नेपालमा चै कुमारी,कन्या,पढेकी धनि केटि रोज्नु,खोज्नु नेपाली चेलीहरुको लागि घात नै हो..प्राय:यस्तै मानसिकता बोकेका युवाहरुको जमात ठुलो छ..महिला हरु पनि बिदेस र pr छ भनेर आखा चिम्म गरि विश्वास गर्नु नै भुल…..नत्र सविताले र मायाले जस्तै पोइको हुर्केका छोराछोरी लाई my kids भन्दै सम्हाल्नु बाहेक अर्को विकल्प छैन….लौ सोच,विचार,खोज खबर गरेर जिबनसाथी रोज्नु होला ..

  35. खुब राम्रो, ब्यबहारिक र समाज मा भएको एक चोट को नमुना हो. केटा र केटि दुबैले भोगेको अफ्नै पिडा चोट अनि रसरंग. समय संग सम्झौता नै ठुलो कुरा हो परिवारमा. येस्तई हो जीवन को बाटो मा . धेरै देखेको छु , सुनेको छु . समग्रमा मुटु छुने लेख छ .

  36. परिस्थितिको यथार्थ परक चित्रण गर्नु भएको मा लेखक लाई धन्न्यबाद ,,

  37. बडो मज्जा आयो बिजेता जी । १००% यथार्थ हो यो फिन्ल्यान्डबासी नेपालीको, यो बिनोदको मात्र कथा हैन, यस्ता सयौँ बिनोदहरु छन यहाँ फिन्ल्यान्डमा । विद्यार्थीहरु मात्र हैन यहाँ रेस्टुरेन्ट ब्यवसाय गर्नेहरु धेरैको बिगत यही हो । सबिताले त बिहे गरेको २ बर्ष सम्म आफ्नो लोग्नेको बिदेशी केटीसँगको सम्बन्ध थाहा पाइनन तर अन्य कतिको नेपालमै बच्चाहरु भईसकेपछी श्रीमती र छोराछोरीहरु यहाँ आईसकेर यस्तो कुरा थाहा पाउँदा झन कस्तो भयो होला ?

  38. समस्यालाई देखाएर, केलाएर र त्यसको समाधान गरेर लेखिएको कथा साह्रै चित्त बुझ्यो| साहित्यले दुखेसो बर्णन मात्र नगरेर समाजलाई सकारात्मक संदेश दिन सक्नुपर्छ|

  39. राम्रो, एकदम सहि लेख, कति NRN लै त रिस उठ्यो होला , पैले देखिको फोर्मुला रैछ, यो / कि बिहे गर्ने कि सरनार्थी बन्ने ……. आज सम्मकै Hit फोर्मुला 😀

  40. Tämä on yleistä kuin Suomessa …यो फिनल्याण्ड मा मात्र होइन सबै ठाउँ मा हुने कुरा हो…..

Comments are closed.