एन्टी भाइरस किन्नै पर्छ र, सित्तैमा पनि पाइन्छ त

अहिले काठमाडौँमा क्यान इन्फोटेक भइरहेको छ, केही अघि आइसीटी एक्सपो भएको थियो। यस्ता प्रदर्शनीहरुमा पेन ड्राइभ र एन्टी भाइरस प्रोग्रामहरु जति केही पनि बिक्दैन। क्यान इन्फोटेक काठमाडौँ बाहिर पनि हुने गर्छन्। त्यहाँ पनि एन्टी भाइरसहरुको बजार नै धेरै हुन्छ। सागर इन्फोसिसले कास्परस्की सस्तो मूल्यमा ल्याएर एन्टी भाइरसको बजार नेपाल पनि हुनसक्छ है भन्ने देखाएको थियो। अहिले त्यसैलाई पछ्याउँदै म्याकक्याफे, पान्डा, बिट डिफेन्डर, क्विकहिल पनि नेपाल भित्रिसकेको छ। जारी क्यान इन्फोटेकमा ‘मुर्गा फँसाउन’ यिनीहरुबीच चर्को प्रतिस्पर्धा छ। हेर्दाहेर्दै नेपालमा वार्षिक ३ करोड रुपियाँ बराबरको एन्टी भाइरसको कारोबार हुने भइसकेछ गत वर्षसम्ममा।

कम्प्युटरको भाइरसलाई ‘भूत लाग्ने’ जस्तै हौवाको रुपमा लिएका कारण धामीझाँक्रीरुपी यी एन्टी भाइरसका लागि नेपालीको ३ करोड रुपियाँ खर्च भएको हो। अलिकति मात्रै दिमाग चलाउने हो भने ती पैसा तिरेर किन्नुपर्ने एन्टि भाइरस सफ्टवेयरले जत्तिकै र त्योभन्दा राम्रो काम गर्ने एन्टी भाइरसहरु प्रशस्तै पाइन्छन्, त्यो पनि निःशुल्क। यदि तपाईँ पनि व्यक्तिगत प्रयोजनका लागि एन्टी भाइरस किन्न खोज्दै हुनुहुन्छ वा तपाईँको कोही साथीभाइ, आफन्तले किन्दै हुनुहुन्छ भने कृपया यसलाई पनि एक पटक पढेर त्यसपछि निर्णय गर्न अनुरोध छ।

भाइरसलाई हौवाको रुपमा नलिउँ-
अस्ति नै भएको आइसीटी एक्सपोमा राउटर किन्न गएका एक दाजु हजार रुपियाँभन्दा बढी तिरेर एउटा एन्टी भाइरस सफ्टवेयरको सीडी पनि बोक्दै आए। हामीले यो चाहिँ किन किन्नुभएको भनेर सोध्दा उनले ‘यसले सबैखाले भाइरसबाट बचाउँछ रे नि त’ भने। भाइरसबाट बचाउने त सित्तैमा पाइने पनि सफ्टवेयर छ नि भनेर भन्दा यो ओरिजिनल रे नि त भन्ने जवाफ दिए। भरे उनको ल्यापटपको अपरेटिङ सिस्टम चाहिँ पाइरेटेड भिस्टा रहेछ। अपरेटिङ सिस्टम चाहिँ पाइरेटेड राखेर एन्टी भाइरस चाहिँ ओरिजिनल किन राख्‍नु ? यो अपरेटिङ सिस्टम २५ रुपैयाँमा पाइने सीडीबाट हाले जस्तै यही एन्टी भाइरसको पनि पाइरेटेड सीडी २५ रुपैयाँमा पाइन्छ भनेपछि उनी अलमल्लमा परे।

वास्तवमा भाइरसलाई हौवाको रुपमा लिनु नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो। पहिले पहिले त कम्प्युटर भएको कोठामा जुत्ता लगाएर छिर्नु हुन्न, भाइरस लाग्छ भन्ने गरिन्थ्यो। कति कम्प्युटर रुममा मानिसहरु चुरोट खाँदैन थिए। अहिले सुन्दा अचम्म लागे पनि हाम्रो मनस्थिति झण्डै त्यस्तै छ। भाइरस यत्तिकै आफै लाग्ने कुरा हैन। अहिले तपाईँको कम्प्युटरमा भाइरसको मुख्य स्रोत इन्टरनेट हुनसक्छ। आफू विश्वस्त नभएका साइटका लिङ्रुहरुमा क्लिक गर्ने (विशेष गरी पोर्न साइटमा सावधानी अपनाउनु पर्छ), इमेलमा आएका शंकास्पद एटेचमेन्टहरु खोल्ने गर्नुभयो भने भाइरस सर्छ। अर्को पेन ड्राइभ। भाइरसग्रस्त कम्प्युटरमा हालिसकेको पेनड्राइभ तपाईँको कम्प्युटरको युएसबी पोर्टमा हालियो भने तपाईँको कम्प्युटरलाई पनि त्यसले संक्रमित पार्न सक्छ। त्यसरी अर्काको पेन ड्राइभ प्रयोग गर्दा चाहिने फाइलमात्र झिकेर अरु फाइललाई छुन चलाउनबाट बचे मात्र पनि भाइरसबाट केही हदसम्म सुरक्षित हुन सकिन्छ।

किनेको एन्टी भाइरसले के गर्छ ?
किनेका एन्टी भाइरसले भाइरसको संक्रमण हुन लाग्यो भने त्यसलाई रोक्ने र संक्रमित भइसकेका फाइलहरुलाई अलग्गै राख्‍ने वा हटाउने काम गर्छ। विश्वमा नयाँ नयाँ भाइरस बनिरहेका हुन्छन्, त्यसको लागि उनीहरुले पनि अपडेट उपलब्ध गराइरहेका हुन्छन्। यी अपडेटहरु इन्टरनेटमा गरिरहनु पर्छ। तपाईँले पैसा तिरेर किन्नुभएको एन्टी भाइरसको अवधि जम्मा एक वर्षका लागि हो। यो अवधिसम्म तपाईँले अपडेट गर्न पाउनु हुन्छ। एक वर्ष सकिएपछि भने तपाईँले फेरि पैसा तिरेर रिन्यु गर्नुपर्ने हुन्छ। एक पटक एन्टी भाइरस किन्दैमा सँधैका लागि कम्प्युटरमा हुने भाइरस संक्रमणबाट सुरक्षित भइन्छ भन्ने सोच छ भने दिमागबाट त्यसलाई हटाइहाल्नुस्।

किन्नै पर्छ त ?
पैसा तिरेर किन्नुपर्ने एन्टी भाइरसले गर्ने काम निःशुल्क पाइनेले पनि गर्छन्। अझ कतिपय अवस्थामा त त्योभन्दा राम्रो काम पनि गर्छ। त्यसो भए किन मानिसहरुले पैसा तिरेर एन्टी भाइरस किनिरहेका छन् त ?

विज्ञापनले। कास्परस्कीले नेपालमा बजार विस्तार गर्न होर्डिङ बोर्डहरुको व्यापक प्रयोग गरेको थियो। पत्रपत्रिकामा आउने प्रचार सामाग्रीले पनि यसलाई साथ दिन्छ। अर्को कारण पैसा तिरेपछि राम्रो हुन्छ भन्ने हाम्रो सोच हो। त्यसबाहेक सित्तैमा यस्तै काम गर्ने सफ्टवेयर पनि पाइन्छ भनेर थाहा नहुनु पनि कारण हुनसक्छ।

कहाँ पाइन्छ त निःशुल्क एन्टी भाइरस ?
इन्टरनेटमा। अथवा कम्प्युटर प्रोग्राम बेच्ने सीडी पसलमा। यहाँ म तपाईँहरुलाई पैसा तिर्नुपर्ने सफ्टवेयरको पाइरेटेड संस्करण प्रयोग गर्न उक्साइरहेको छैन। निःशुल्क चलाउन पाइने सफ्टवेयर इन्टरनेटमा डाउनलोड गर्न गाह्रो भए त्यसको सीडी पनि किन्न पाइन्छ मात्रै भन्दैछु। सजिलो त इन्टरनेटबाट डाउनलोड गर्दा नै हुन्छ। आजभोलि धेरैको घरमा एडिएसएल जोडिएको हुन्छ। लोडसेडिङको तालिका हेर्नुस्, अलि लामो समय बत्ती आउने समय रोज्नुस्, डाउनलोड गर्नुस्, छाडिदिनुस्।

के छ त सित्तैमा पाइने एन्टी भाइरस ?
प्रशस्त छन्। यहाँ हामी केही मात्रै सुझाउँदैछौँ-

Microsoft Security Essentials
माइक्रोसफ्ट आफैले विकास गरेको एन्टी भाइरस हो यो। पछिल्लो समयमा निकै लोकप्रिय हुँदैछ यो। यो राखेपछि तपाईँले अरु कुनै पैसा तिर्नुपर्ने एन्टी भाइरसको झण्झट गरिरहनु पर्दैन। भाइरस, स्पाइवेयर र अरु खतरनाक प्रोग्रामहरुलाई यसले निस्क्रिय बनाउँछ। यसको आकार पनि ठूलो छैन। ७ देखि ९ एमबीसम्ममात्रै हो। यो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

यो राख्‍नलाई तपाईँको कम्प्युटरको अपरेटिङ सिस्टम भने जेन्युइन हुनुपर्छ। धेरैजसो ल्यापटपहरुमा त जेन्युइन अपरेटिङ सिस्टमै हुन्छन्। जेन्युइन हैन भने चाहिँ अघि दाइलाई दिएको डायलग दिन सकिन्छ- अपरेटिङ सिस्टमदेखि प्रोग्रामसम्म सबै पाइरेटेड राख्‍ने, एन्टी भाइरस एउटा चाहिँ जेन्युइन खोज्ने ?

जोक मात्र गरेको, यदि तपाईँको कम्प्युटरमा जेन्युइन अपरेटिङ सिस्टम छैन भने पनि तपाईँका लागि यी सफ्टवेयरहरु सित्तैमा पाइन्छ-

AVG Antivirus Free Edition 2012
गत वर्ष डाउनलोड डट कममा सबैभन्दा बढी डाउनलोड भएको सफ्टवेयर हो यो। ५ करोड ८८ लाख ४ हजार ८४० पटक यो डाउनलोड भएको थियो। एभीजी एन्टिभाइरसको पहिलो संस्करण सन १९९२ मा बजारमा आएको हो। चेक कम्पनी एभीजी टेक्नोलोजिजले विकास गरेको यो सफ्टवेयरलाई १९९७ मा जर्मनी र बेलायतमा बेच्न थालिएको थियो। अमेरिकामा भने १९९८ मा मात्रै यसले बिक्री थालेको हो। विन्डोज, लिनक्स र म्याकमा समेत प्रयोग गर्न मिल्ने यो सफ्टवेयर छोटो समय मै यति लोकप्रिय भयो कि यसको निःशुल्क संस्करण सन् २०११ को सबैभन्दा बढी डाउनलोड गरिएको एन्टिभाइरसमात्र हैन, सफ्टवेयर मध्येकै सबैभन्दा बढी डाउनलोड गरिएको सफ्टवेयर हुनपुग्यो। वर्ल्डलिङ्कले यो सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएको छ। नेपालका प्रयोगकर्ताले यहीँबाट डाउनलोड गरे छिटो हुन्छ

AVG Free Edition 2012.0.1901 (32-bit) (Freeware) 162 MB
AVG Free Edition 10.0.1382 (64-bit) (Freeware) 181 MB

Avast! Free Antivirus
कूल डाउनलोड ४ करोड २३ लाख ९२ हजार २४२ पटक भएको यो एन्टी भाइरस गत वर्ष बढी डाउनलोड भएका सफ्टवेयरमध्ये तेस्रो नम्बरमा थियो। अभास्टको यो छैटौँ संस्करण हो। यसमा व्यवस्था गरिएको स्क्रिप्ट सिल्डले शंकास्पद स्क्रिप्ट भएका वेबसाइटहरुलाई लोड हुनबाट रोक्छ। गुगल क्रोम, फायरफक्स र एक्रोब्याट रिडरमा यसले काम गर्छ। डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुस्-

Avast! Free Antivirus 6.0.1367 (Freeware) 55.8 MB

Avira Free Anti Virus
गत वर्ष डाउनलोड डट कममा कूल १ करोड ६१ लाख ७५ हजार ९०२ पटक डाउनलोड भएर टप टेनमा परेको अभिराको १२ औँ संस्करणले इन्स्टल गर्न अझ सजिलो बनाएको छ। दुई क्लिकमा इन्स्टल हुने दावी कम्पनीले गरेको छ। यसको पैसा तिरेर किन्नु पर्ने संस्करण पनि छ तर निःशुल्क अलग्गै सफ्टवेयर पनि छ। निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

अरु निःशुल्क एन्टिभाइरस
Cloud Antivirus 1.4.0 (Freeware) 33.1 MB
ANTIDOTE for PC Viruses (Freeware) 6.67 MB
AntiVir Personal 12.0.0.870 (Freeware) 50.2 MB

यति धेरै एन्टी भाइरसको नाम देखेर अलमल्लमा पर्नुभएको छ भने मेरो सुझाव Microsoft Security Essentials चलाउनुस्। तपाईँको अपरेटिङ सिस्टम जेन्युइन हैन भने तपाईँको सुविधा हेरेर अरु कुनै पनि चलाउनुस्। यति मात्रै हामीले बुझाउन सक्यौँ भने एन्टी भाइरसको नाममा वार्षिक ३ करोड रुपियाँ विदेशिनबाट जोगिन्छ।

के तपाईँले पनि यस्ता प्रदर्शनीहरुमा एन्टी भाइरस किन्नुभएको छ ? कस्तो सेवा पाउनु भयो ? कृपया आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुहोस्। त्यसैगरी प्रविधिसँग जानकार साथीहरुले निःशुल्क पाइने राम्रा एन्टी भाइरसको बारेमा थाहा नपाएकाहरुलाई तल कमेन्टमा लेखेर जानकारी गराइदिनुस्।

83 Comments

  1. वास्तवमा यो लेख धेरै पाठकहरूको लागि जानकारीमूलक छ। कमेन्टहरूले अरू जानकारीमूलक बनाएको छ। धन्यवाद सबैलाई।

    मैले पनि बिगत १२/१३ बर्षको दौरान धेरै भाइरस गार्ड चलाएँ। अहिले म आफ्नो ब्यक्तिगत ल्यापटपमा ‘एभिजी 2012 फ्री भर्सन’ राखेको छु, भने कार्यालयमा ‘नोर्टन इन्टरनेट सेक्युरिटी’ सब्स्क्राइव (किनिएको) गरेको छ र बर्षेनी ‘रिन्यु’ गरिरहन्छ मेरो हेडक्वार्टरले। मैले यो किनिएको भर्सन र माथि भनिएका थरिथरिका फ्री भर्सन बिच ‘बेन्चमार्क’ गर्दा एभिजी चाहिँ बढी प्रभावकारी पाएँ। तेसैले ‘फ्री’ गार्ड राख्नेहरूका लागि ‘एभिजी’ नै ठीक छ भन्ने मेरो ठम्याइ छ। अनि मैले धेरै साथीहरूको ‘पिसी’मा यहि नै राखिदिएको छु। पाठकको जो इच्छा।

    जय होस्।

  2. कान छाम्नु छैन काग को पछाडी लग्नु भनेको येही हो, जब फ्री मा नै अनगिन्ति एन्टी भाइरस पाइछ भने किन तेत्रो पैसा तिरेर किन्नु,. जना चेतना नहुनाले एस्तो भा हो. प्रोफेसनल एन्टी भाइरस त ठुला ठुला कम्पनी जसको पैसा धेरै छ अनि सूचान अति गोप्य छ तिनी हरुले प्रयोग गर्ने हो. बयक्तिगत रुपमा फ्री नै प्रयोग गर्दा झन् सुरत्छित छ . मैले Microsoft Security Essential antivirus प्रयोग गरेको आज ३ वर्षा भो र मधुक्क छु. अनि संतुस्ती पनि. तपैहरुको विचार चै के छ हो?

    • फ्री मा पाइने भन्दा केहि बढी सुबिधा पाइने भएको ले मात्र पैसा तिरेर किन्नु पर्ने हो | फ्री मा पाइने हरु पनि राम्रो नभएका भने होइनन तर यो राम्रो छ यो किन्नुस भनेर विभिन्न तरिकाले बिज्ञापन गरेको हुन्छ र हामी त्यहि किन्छौं, kaspersky किनेर २ महिना चलाए २ महिना पछि Virus लाग्यो र त्यो फालेर अर्को फ्री मा पाइने Avira राखे अहिले सम्म ठिकै चलिराको छ | किनेको ले सबै Virus रोक्छ भन्ने सोच्नु पर्दैन माथि उमेश दाजुले लेख्नु भएको छ ती फ्री मा पाइने antivirus चलाउदा ठिक हुन्छ |

  3. धेरै राम्रो topic .. नेपाली लाइ यसको जानकारी दिनु जरुरि छ..

  4. नेपालीहरुलाइ यस बारेमा बुझाउनु अत्यन्त जरुरि छ… म एक computer engineer भएपनि मेरा आफ्ना आमा बुआ त free मा आको antivirus मा विश्वास गर्दैनन्.. मेरो favorite चाई Avira antivirus हो.

  5. मेरो नोतबुकको कि मेतियो कसरि फेरि पाउने ?

  6. सबैभन्दा सजिलो सानो अनि मुफ्त र साह्रै राम्रो काम गर्ने एण्टीभाइरस चाहियो ? लौ डाउनलोड गर्नु एकमिनेटमा तर काम तपाई ले किनेको एण्टिभाइरस भन्दा दशगुणा राम्रो गर्छ….www.smadav.net. (smadav 2011 rev.8.8)

  7. मलाई यो कुरा आसध्है मन परयो. मा पनि आफ्ना सहि हरुलाई येस्तई सल्ला दिन्छु मेरो कम्प्युटर मा पनि मा आफै antivirus न राखी चलाउदै आएको छु आइले सम्म virus संक्रमणले छोएको छैन.

  8. Whatever software you use, don’t forget to install either Malwarebytes or super-antispyware on your computer. These are the two best anti-malware softwares in the market that you can download for free. Paid version provides real time protection if you are ready to pay. It is the time of malwares, not virus. These are two different things though most of the time we consider them as one. Virus destroys your operating system and it has the capacity of replicating itself, so that if you use your flash drive on an infected pc, you flash drive will get a copy of it. In today’s world of internet business, hacking is a very big issue and it is done with malwares or spywares, not virus. Malwares usually don’t replicate themselves. You get malwares from the internet when you click an infected link, or install some pirated software that you download from the internet. Your email gets hacked, your bank account password gets stolen all because of malwares. Some malwares can even alter your operating system so that they don’t get discovered. Hackers scan IP addresses looking for a Trogen Horse (a kind of malware). If they found one on your computer, they get control over your computer. Key logging malwares on the other hand log your key strokes and send the it to a hacker. In this way, your passwords can be hacked.
    Another way malwares get into your computer is when the programs you installed on your computer is not up to date. Outdated softwares have vulnerabilities which malwares use to get into your computer and this can happen no matter how good your anti-virus or anti-malware software is. Software vendors issue security patches or the update version of their Softwares regularly. We all know that Microsoft issues security updates to patch the new vulnerabilites that if discovers from time to time. No software is perfect. We should try to keep all the softwares installed on our computer up to date as far as possible. For this purpose, I suggest downloading and installing Secunia PSI for free. This program tell you as soon as any new software updates are available.
    Apart from using good anti-virus and anti-malware programs, you should also a good firewall program. Windows firewall is very basic. You can download Comodo firewall for free. If provides better protection against hackers. If you don’t have a firewall, you are open to hackers even if you don’t have any malwares on your computer.
    Safe internet browsing !

  9. ESET NOD32 is the best antivirus I have used so far. It does not slow down the computer, it’s footprint is small, and gets virus definition updated every day!

    • ठिकै भन्नुभो तर प्रत्येक हप्ता update गर्न चाहिभुल्नु हुदैन कि कसो ? यदि update गर्न भुलियो भने यसले नया नया भाइरस लाइ चाहि काम गर्दैन तर ” computer status – protected ” चाही देखाउछ , ख्याल राख्नु पर्नेकुरो : Microsoft Security Essential को icon पहेलो रंगको देखियो भने तुरुन्त update गरिहाल्नु पर्छ ! मेरो अनुभवमा full scan चाही हप्ताको 1 पटक र quick scan चाही २ पटक गरेमा सदा सुरक्षित रहन सकिन्छ !

  10. जानकारीमुलक लेखको लागि माइसंसार परिवार प्रति आभार प्रकट गर्दछु.
    धन्यबाद!

  11. सबै साथिहरुले सबै कुराहरु सिकाउनु भयो तर जेन्युन कसरि बनाउने भनेर भन्नु भएन किन होला ? हामि नजानेको ले सिक्न पाए कसो हुन्थ्यो होला ? कृपया यो उपाए हामि नजान्ने लाइ सिकाइ दिनु हुन्छ कि ?

    • जेन्युन बनाउने हैन , किन्ने हो. window ७ , window xp जस्ता operating सिस्टम को cd तपैले माहाबौध मा रु २५ तिरेर किन्नु भो भने त्यो पैरेट हो, जुन बास्तव मा गैर कानुनि हो. एदी सम्बन्धित कम्पनि जस्तै माइक्रोसफ्ट बाट किन्नु भो भने त्यो चाहि जेन्युन हो, जुन महँगो हुन्छ. जेन्युन software तपाई को आफ्नै नाम मा register हुने भएको ले यो चलाउदा समस्या नहुने र तपाई लै विभिन्न अरु सुबिधा थप हुन् सक्छ, जसमा माथि उल्लेखित Microsoft Security Essentials फ्री मा download गर्न सक्नु हुन्छ.

  12. अघिल्लो महिनामा बिराट CAN infotech मा मैले एउटा येस्तई anti -virus किन्न लागेको थिए तेस्तै १२०० कि १५०० सयमा … तेस्को बट्टामा वास्तविक मूल्य छोपेर माथि बाट अर्कै कागज टासी MRP लेखिएको थियो … येसलई ३ जनाले १ वर्ष वा १ जनाले ३ वर्ष चलाउने सुबिधा छ भनेर बिक्रेता भन्दै थिय … भारतको कुनै नया कम्पनीले बनाकोरे तेसैले प्रमोशनको लागि मात्र अलि सस्तोमा यो मूल्य भन्दै थियो … म किन्नलाई पैसा झिक्न लागेको मात्रै के थिए तेत्तिकैमा एक जना आएर भन्न थाले बाहिरै ७००-८०० पौने यो anti-virus यहाँ मेलामा झनै किन महँगो … हा हा मेरो पैसा जोगियो … मेरो रोजाई भने avira free antivirus हो ..i tried many free antivirus but till now this is the best one for me ..

  13. Microsoft Security Essential राख्न को लागि हामी ले जुन इन्स्टल गरेको windows हो त्यो genuin हुनु पर्छ / product key ओरिजिनल हुनु पर्छ होइन?
    हामी ले एस्तो पनि गर्न सक्छ forefront endpoint protection पनि फ्री मा download गर्न सकिन्छ / यो पनि microsoft कै product हो / राम्रो छ

  14. कानुनी – गैर कानुनि कुरा को प्रसङ्ग अर्कै होला, तर एकदम सामान्य कुरो के हो भने हामीले Torrent file कसरि download गर्ने भन्ने सिकेयौ भने कम्प्युटर का जस्तासुकै software होस्, सित्तैमा downlaod गरि प्रयोग गर्न सकिन्छ ! (Torrent भनेको मसंग भयको तपाईलाई दिने र तपाई संग भयको मैले लिने भन्ने जस्तै हो- उत्पादकलाई थाहा नदिकन एक-आपसमा file साटासाट गर्ने बिधि हो) र ध्यान दिनुस कुनै पनि genuine trial software लाई Fully Functional गर्ने सजिलो उपाय भनेको तेस्को असली serial number खोज्ने हो ! संसार का सबैजसो paireted software लाई असली serial number राखी दिने हो भने तो genuine software हुन्छ ! (सबै अवस्तामा चाही हैन है) महत्वोपुर्ण कुरा के हो भने, software लाई patch गरेर crack गर्ने भन्दा मेहनत गरेर, अलि बढी मेहेनत गरेर serial number बाटै crack गर्नुस अनी सुखी हुनुस ! यदि तपाई आफ्नु व्यक्तिगत प्रयोग को लागि crak गर्नु हुन्छ भने यो ठुलो अपराध हैन !

  15. सित्तैमा पाइने आन्टी वाईरस सफ्टवेर धेरै पैसामा किन्नु भनेको सिनेमाको टिकट प्वालमा पाइदा पाइदै ब्ल्याकमा किन्नु सरह हो | यत्तिनै हो आफ्नो आबस्यकता कम्प्युटरको क्षमता, अवस्था हेरेर कुन चाही हो छान्नु पर्छ | कति ठाउमा त कम्प्युटर किन्दा अपरेटिंग
    सिस्टमको साथमा हालिदिएको अनि हुन्छ | छैन भने धेरै मुल्यमा किन्नु मुर्खता हो | सलोक्यजिको सुझाब सहि हो |

  16. I have been using bitdefender for a year… it was great now i have shifted to nod32 both are best….
    apart i suggest the use of unix based platform.. and promote open software 🙂

  17. Avast antivirus सबभन्दा राम्रो छ येस्मा भाको boot time scan system ले तुलनात्मक रुप मा अरु किनेको anti-virus ले भन्दा राम्रो कम गर्छ . मैले धेरै नै प्रयोग पछी यो नै राम्रो लगेर प्रयोग गर्दै छु .अझ धेरै इन्टरनेट मा कम गर्ने को लागि यो राम्रो विकल्प नै हो …http://www.filehippo.com/download_avast_antivirus/

  18. साथीहरु सबसे पहिला त तपाइको पर्सनल कम्प्युटर मा एन्टी भाइरस राख्न जरुरि हुन्न जस्तो लाग्छा मैले 6 वर्ष देखि नेट प्रयोग गर्दै आको छु तर अहिले सम्म कुनै एन्टी भाइरस राखेको छैन किन यसले सिस्टम लै सुस्त त बनाऊ छ नै अनि कुनै नया फ्री सफतवेर लोड गर्न परे बाधा मात्र गर्छ अनि यसलाई खरिद गर्न पर्ने जरुरि न इ छैन सालोक्य जीले बताहेनुसार फ्रीमा लोड बहिहाल्छ

  19. सालोक्य जी……….. एकदम सहि कुरा । मैले कम्प्युटर क्षेत्रमा काम गरेको लगभग १५ वर्ष जति भयो । आजसम्म एन्टीभाईरसको किन्नको लागि १ रुपैया खर्च गरेको छैन र सम्भवत गर्ने पनि छैन । किनकी किनेका सफ्टवेयर भन्दा सस्तो त इन्टरनेट डाउनलोड हुन्छ । किनेका सफ्टवेयर पनि अपडेट नगरी काम गर्दैन । यसै इन्टरनेटलाई पैसा तिर्नु उसै तिर्नु……… Free Download छदै छ नि………ब्यापारीका चलाखी………. साथीहो Free Antivirus download गरौ‌ मुर्ख बन्न बाट बचौ ।

  20. I am using symantec end point for my organization. In my experience the Symantec service is worse. The recent incident with IBM Lotus iNotes with attachment issue is due to symantec latest release, which tries to track the last attachment date/time to exclude re-scanning mails. However symantec is aware of problem and some official wrote “it will be fixed in next release” in IBM support site. But it never happened till now. I leterally fought with symantec support engineer while he wanted me to do test the issues and advise to disable the features. I am not paying thousands of dollars to disable the features, of course. The IBM tech support already did research and result is in hand, while I found the symantec service is worse.
    And the funny part is my IT guys are removing virus from free version of AVIRA to clients while symantec doesn’t work on those viruses — no virus definition update on new release.

    The symantec team work is also very poor while they don’t assign a subject ticket for those engineers who is not aware of current issues.
    The symantec for large enterprise is not recommended. Sabailai gyan bhaya!

  21. मेरो विचारमा यो लेख लाई राम्ररी बुज्ने ले torrent को बारे मा पनि राम्रो ज्ञान राख्न सक्छ …अनि अरु के चाहियो जे पनि फ्री मा….जसले जाने को छ उसले पैसा तिर्न पर्ने पनि फ्री मै download गरि हाल्छ…न जान्ने ले फ्री होस् कि पैसा तिर्न पर्ने होस्……कुरा बुज्न भयो होइन??

  22. उमेश जी,
    तपाइले कुनै दिन यस्तै एउटा topic मा ब्लग लेख्नुस अनि ब्लगर बीच मा आफ्ना आफ्ना बिचार , सोच share गर्दा राम्रो हुन्थ्यो कि ? मेरो व्यक्तिगत सुझाब मात्र हो/ बर्सौ सम्म यी गनाएका राजनीति कि प्रचण्ड, कि शेर बहादुर, कि राम चन्द्र, कि माकुने , कि खनाल, कि ओली को बारे चर्चा कति सुन्ने बर्सौ बर्स तेसैले कहिले काही ब्लगर पाठक बीच एक आपस मा यस्तै एन्टी virus sofware जस्तै अरु कुरा हरु पनि share गर्न सकिन्छ कि ?

    My Faith: What people talk about before they die

    Editor’s Note: Kerry Egan is a hospice chaplain in Massachusetts, and the author of “Fumbling: A Pilgrimage Tale of Love, Grief, and Spiritual Renewal on the Camino de Santiago.”

    http://religion.blogs.cnn.com/2012/01/28/my-faith-what-people-talk-about-before-they-die/?hpt=hp_c1

  23. कुन एन्टी भाइरस भाइरस राख्ने भन्ने कुरा तपाई कम्प्युटर के को लागि प्रयोग गर्नु हुन्छ भन्नेमा पनि निर्भर गर्छ .सामान्य फेसबुक र अन्य साइट चलाउनु हुन्छ अनि घरेलु प्रयोग कै लागि हो भने फ्री एन्टी भाइरसले काम चल्छ! विसा कार्ड हरु प्रयोग गर्नु हुन्छ वा संबेदनसिल गोपनियता कायम गर्नु हुन्छ भने सित्तैमा पाउने हरुको भर नपर्नु. नरटोन वा कास्पर्सकी चलाउदा हुन्छ.अनि ए भा इन्स्टल गर्नु भन्दा पहिले पुरानो ए भा लाई अन इन्स्टल गर्न भुल्नु हुन्न.फ्री ले सब काम हुने भए त्यो महँगो एन्टी भाइरस किन्नु पर्दैन थियो .म कास्पर्सकी को प्रयोगकर्ता हु.खासै महँगो पनि छैन अनि राम्रो काम पनि गर्छ.सामान्य प्रयोग गर्ने हरुको लागि भने फ्री को एन्टी भाइरस चलाउने सुझाब दिन्छु.

  24. Normally Antivirus are Auto Protect enabled. No need to scan full USB disk, if you are using it temporarily. Save your 10-15 minutes time.

  25. उमेश जी,
    तपाइँ ले भनेर मैले माइक्रोसफ्ट essential download गर्दै छु / ब्लग भनेको येस्तई हुनु पर्दछ जहाँ हरेक व्यक्ति हरु आफ्ना राम्रा बिचार ,ज्ञानहरु आपसमा साटा साट होस् जसले हरेक मानब/अरु अमानव पन्छी , बिरुवा (समग्र मा बाताबरण )लाइ हित गरोस तेस्बारे सबैले आफ्ना विचार साटा साट होस् / मैले सबैको कमेन्ट पढे सबै जना ले आफुले जानेको बारे लेखिदिनु भएको छ तेसैले लेख्ने को पनि केहि जाने वाला छैन आर्थिक रुपले र वहा को कारण ले गर्दा लाखौ मध्यम बर्गिया, गरिब मानिस युवा , कम्प्युटर ज्ञान नभएको हरु को हजाउरौ रुपया बच्ने तेसैले जसले बताई दिनु भयो उहा हरु लाइ पुण्य हुने छ र अर्को जन्म मानब नै हुनु हुनेछ र स्वर्ग को बास पनि मिल्ने छ नकिता नर्क को तेल को कराई मा येम्राज संग जानु पर्ने छैन / राम्रो कुरा अरु लाइ बताइदिने भयो भने पुण्य हुन्छ अनि पछि स्वर्ग मा पुगिन्छ र पछि मानब भएर निस्किन्छ /

  26. लेख एकदम राम्रो र उपयोगी छ त्यसको लागि धन्यवाद .
    http://www.filehippo.com/ यो website मा जानुस तपाईलाई चाहिने program free मा download गर्नुस .
    आफुलाई चाहिने prog मा double click गर्नुस र त्यसपछि right side को छेउमा Download Latest Version मा click गर्नुस, अब तपाइको prog file खुल्छ र त्यसलाई save/download गर्नुस .
    भरपर्दो छ यो website. धन्यवाद .

  27. Overall, this is informative article and gud suggestion for people. I would like to add one more thing, there is no antivirus that is yet 100% secure yet.
    About pirated software, why do we Nepali people dont use Free and Open Software.
    It cost you more the Rs 20000 for genuine Window OS but if you use Linux Os like Ubuntu its free and much more safer to use frm antivirus even without any anti virus program. Best part its free and genuine.
    So go for Linux

  28. Virus and anti-virus are basically same thing.
    Their function is to make your computer slow.

    BUT There is one big difference;

    Virus are always freeware but you have to buy antivirus.

    So get out of the mesh of virus and antivirus ::> USE Linux.
    Its fast, its free and it is also available in nepali language.

  29. म चाही kaspersky प्रयोग गरि रा को छु किनकि यहाँ युके मा Barclays bank account online banking प्रयोगकर्ता हरु लाइ सित्तैमा दिएको छ बैंक ले |

  30. म संग Symantec Endpoint Protection नामको antivirus थियो तर कम्प्युटरको गति सुस्त पार्थ्यो. कति पटक त भाइरसलाई समेत चिन्थेन . पछी माइक्रोसफ्ट को सेक्युरिटी इसेंसिअल्स इन्स्टल गरेपछि भाइरस पनि गायब, कम्प्युटर पनि द्रुत !

  31. सबै भन्दा पहिले AVG चलाएँ। मेरो प्रयोगशालाका सबै कम्प्युटरहरुमा एउटा भाईसले निकै दुःख दियो। त्यही भएको एन्टिभाईरसले कामै गरेको रहेनछ। त्यो पनि पैसै तिरेर कलेजले राखेको थियो। मेरो कम्प्युटरमा भएको AVG ले समेत त्यसलाई रोक्न सकेन। मैले कयौ एन्टिभाईरसहरुले त्यसलाई हटाउन खोजेँ तर सकेन। कम्प्युटरमा महत्वपुर्ण डाटाहरु भएकाले ब्याकअप राखे पनि पुरै फर्मेट गर्ने मन लागेन। अन्त्यमा एभिराले मलाई सहयोग गर्यो। सबै सफा गरिदियो। त्यस पछि मैले मैले बिगत ४ बर्ष देखि avira चलाउदै आएको छु। सुरुको पहिलो बर्ष निशुल्क भर्सन चलाए। डाटाहरुमा आक्रमणको डरले र $19 तिरेर एक बर्षकको प्रिमियम भर्सन डाउनलोड गरे। त्यस देखि आज सम्म मैले हेरेक बर्ष रिन्यु गरिरहेको छु। मेरो घरमा रहेको अर्को ल्यापटबमा भने त्यसैको निशुल्क भर्सन छ। मैले पैसा तिरेको र नतिरेको भर्सनमा त्यती फरक पाईन र जुन तरिकाले भाईरसबाट जोगाउनु पर्ने हो निशुल्कले पनि गरेको छ। तर किनेका भर्सनहरुमा बिभिन्न सुबिधाहरु पक्कै हुन्छन र केही बढी क्षेत्रमा यीनीहरुको प्रभाव पक्कै हुन्छ। सबै भन्दा बढी यसको कस्टमर रेस्पोन्स राम्रो भएकोले पनि मैले यही चलाइरहेको छु। आफ्नो अनुभबहरु बाडौँ, ताकी राम्रो कुन हो र के के हुन सबैलाई जानकारी मिलोस। अनि माईसंसारलाई धन्यबाद।

  32. मा माइक्रोसफ्ट एस्सेन्तिअल् चलौचु.. पहिला १ बर्सको लागि कस्पेर्क्य किनेर चालको थिए.बुट अहिले त यो फ्री को अन्तिविरुस ले गजब को काम गर्दो रहेछ..धन्न मेरो अर्को हजार चुना लागेको…

  33. ब्लग मा सेरिंग गरिनु पर्ने कुरा हरु यस्तै हुनु पर्छा / तपाइको हानि हुन्न भने सबैलाई भन्दा के फरक पर्छ र ? मलाइ त विन विन को सिद्धान्त मन पर्छ /

  34. खोइ मैले त धेरै वर्ष भयो norton 360 use गरेको जुन disc तिन जनाले share गर्न मिल्छ र मुल्य पनि तेस्तै 75 èuro जति पर्न जान्छ; free anti virus ले बिष्णुजीले भने जस्तै मुर्गा मात्रै बनाउछ एक दुइ महिनाको लागि भन्दै बरु साथी हरुलाई थाहा भए कुन चाही राम्रो छ अनि वर्ष भरिको लागि पनि??? कृपया बताइदिनु होला धन्यवाद //

    • निरज जी, सुरुमा तपैले सोध्नुभएकै प्रस्न को उत्तर दिन चाहन्छु. बर्ष भरिको लागि र free मै antivirus चलाउनु छ भने avast वा avg वा Microsoft Security Essentials राम्रा छन्. ति मध्ये जुन चलाउनु भए पनि राम्रेई हो. तर Microsoft Security Essentials मेरो विचार मा सर्बोत्तम हो.

      Antivirus जस्तो software बनाउन र maintain गर्न धेरै नै मेहेनेत र परिश्रम खर्च हुने भएको ले किन्न लाइ पैसा पर्नु स्वभाभिक हो. तर कति पए Antivirus कम्पनी को मुख्य business Persnal Antivirus बेच्नु नभएर कम्पनीलाइ बेच्नु हुन्छ तै भएर तिनीहरुले साधारण घरेलु प्रयोग को निम्ति सित्तै मा दिएका हुन्.

      तपैले चयन गर्नु भएको Norton-360 विश्वकै सर्बोत्तम Antivirus मध्ये पर्छ, ढुक्क हुनुहोस. माथि को लेख केहि हिशाब ले राम्रेई भए पनि एकतर्फी र एकोहोरो पारा ले लेखिएको छ. म आफेई Microsoft Security Essentials चलाउछु. मेरी बहिनि को कम्प्युटर मा genuine windows नभएका कारण ले उसलाई चाही मैले Avast हाल्ने सल्लाह दिए. मेरो बुवा ले चाही आफेई download गरेर हाल्न नजान्ने भएकाले उहालाई मैले Kaspersky किन्ने सल्लाह दिए. व्यक्ति व्यक्ति मा फरक पर्छ, एकोहोरो हिसाब ले सोच्नु गलत हो.

  35. मेरो विचार मा norton सबै भन्दा राम्रो. कम्प्युटर मा भाइरस लाग्छ भनेर जुत्ता कोठा बाहिर राखेर कम्प्युटर कोठामा पस्ने समय थियो कुनै बेला नेपाल मा भन्दा यौटा कुराको याद आयो. टनकपुर तिरको साथी नाम हरि (राम) गिरीले आज भन्दा करिब ५ वर्ष पहिला पहिलो पटक कम्प्युटर किनेको तो पनि chat गर्न को लागि अनि यौटा साथी लाई रुघा लागेको हुनाले नेपाल बाट ल्याको सन्चो नाक मा लगायको देखेर मागेर आफ्नो कम्प्युटर को वोरी परि, स्क्रीन मा key board मा दलेको. अनि के गरेको भनेर सोधेको त हिजो कम्प्युटर किनेर लियायको. भाइरस लाग्छ रे कम्प्युटर मा तेही भयर यो सन्चो लगायर भाइरस मारेको रे. हा हा हा. UK मा त यस्ता अनपड नेपाली हरु छन् नेपाल को के कुरा.

  36. being myself a computer technician at pokhara I believe you also need some extra knowledge about how computer virus spreads or is able to infect your system. people who don’t, gets their system infected in less than a second even he/she have any kind of antivirus installed. and I also believe paid antivirus are better the free ones. there is lot of things inside free antivirus software who collects user usage data etc.

    • Well, there are antiviruses free for enterprise use. They are Comodo Internet Security, Spyware Terminator, Moon Secure AV and PC Tools AntiVirus Free Edition. However, these are not the best of antivirus softwares.

  37. म एउटा अमेरिकन इन्टरनेट सेवा दिने कम्पनीको कर्मचारी हुँ र मलाइ मैले प्रयोग गरेका एन्टी भाइरस सफ्टवेयर हरु मध्ये राम्रो लागेको AVG नै हो तर यसको अर्थ तपाइँले प्रयोग गरेको कमसल छ भनि नबुझ्नोस, त्यो त तपाइंको प्रयोगमा हुने कम्प्युटरमा तपाइंले भोगेका समस्या संग तुलना गरेर हेर्नोस !
    मलाइ लाग्छ एन्टी भाइरस सम्वन्धि सबै जनाको ख्याल रहनु पर्छ जसले कम्प्युटरको प्रयोग गर्छ त्यस मध्ये पनि इन्टरनेट बढी प्रयोग गर्ने र बढी USB (पेन ड्राइभ ) प्रयोग कर्ता बढी चनाखो हुनु पर्छ ! संगै कम्प्युटरको भित्रि सफाई पनि गर्ने बानि बसाल्नोस यसले तपाइको कम्प्युटरलाई तपाईं जस्तै सुन्दर र फुर्तिलो हुन मद्दत पुर्याउनेछ ! तल उल्लेखित साइटमा गएर तपाइले आफुलाई चाहिएका थुप्रै निशुल्क र आफ्नो कम्प्युटरको क्षमता अनुसारको बिभिन्न सफ्टवेयर (एन्टी भाइरस र यो बाहेक अरु पनि ) रोजेर डाउनलोड गर्न सक्नु हुने छ !
    http://www.filehippo.com

  38. Having antimalware, antivirus, firewall etc doesn’t mean that your machine is fully protected. It requires users’ common sense, if you keep on running executable files from the unknown users, go to hacked website, connect external devices without scanning then your computer is going to get infected at some point. Some security expert may know, some killer virus can disable ‘antivirus’ function resulting to accumulate tons of viruses on user’s machine.
    Yes, antivirus can help, but I would say computer users should be aware of these potential threads and be very careful when they are using the computer.

    Jenish

  39. मैले त ऐले सम्म किनेकी छैन… ४ वर्षा भैसक्यो लप्तोप किनेको ESET NOD32 antivirus chha crack gareko तेसैले काम चलेको छ मल्वेर पनि प्रोटेक्शन गर्छ, भाइरस भएको साईट पनि ब्लक गर्छ गज्जब छ नि !!

  40. I was using AVG antivirus(this is free!). Its very good and can save your computer from any kind of virus attacks. The only problem was it made my system very slow.So, recently, I removed AVG, and installed Microsoft Security Essentials, and I found it perfect. It should be far better than other anti viruses because it is developed by Microsoft itself; thus making more effective to save your computer.

    So, it is good idea not to invest any money for antivirus, rather if possible, make your OS genuine & install Security Essentials by Microsoft ..

  41. मेरो अफिस मा मैले सर्बर पी सी बाहेक सबै क्लाइँट कम्पुटर मा
    त Microsoft Security Essentials नै राखेको छु! जेन्युइन अपरेटिङ सिस्टम छैन भने पनि तपाइको अपरेटिङ सिस्टमलाइ जेन्युइन बनाउने उपाए पनि छन् !!

  42. Avast is more than enough. I have been using it since last 4 years. Anti virus software are just to protect normal attacks. Mainly, as suggested above, do not click any unknown links in anywhere like chat, facebook, twitter. And take care while using the pen drives and/or other external storage devices even the memory cards of mobiles and digital cameras.

  43. Anti virus सफ्टवेयरहरु आफैंमा कुनै न कुनै प्रकारका भाइरस हुन् । सबैले कम्प्युटर ढिलो बनाई दिन्छन । तर Microsoft Security Essentials भने त्यस्तो छैन । एक वर्षदेखि मेरो windows 7 मा Microsoft Security Essentials चालौन्दै छु । मेरो कम्प्युटर perfectly सुरक्षित छ ।

  44. एन्टि भाइरसमा अहिलेसम्मकै बेस्ट भनेको माइक्रोसफ्ट इसेन्सियल हो । यो पछि माइक्रोसफ्टले माइक्रोसफ्ट फोरफ्रन्ट र त्यसपछि इन्ट्युन ल्याएको छ । अभिरा, इ–स्क्यान लगायतका एण्टिभाइरस र मालवेयर किलरहरु इन्टरनेटका केही वेभसाइटहरुमा सित्तैमा फूल भर्सनका पाइन्छन् । साथै पाइरेटिड नै भए पनि कुनै पनि विण्डोजलाई जेन्युइन बनाउने कुरो कुनै ठूलो पनि भएन । वागा ट्रे लगायत धेरै टुल्सहरु पाइन्छन्, जसले सजिलै जेन्युइन बनाउन सकिन्छ । साथै यसका विविध विकल्प पनि छन् । अझ माइक्रोसफ्ट इसेन्सियल लगायतका एण्टिभाइरसलाई लाइफ टाइम बनाउने टुल्स पनि उपलब्ध छन् । नेपालमा कुनै विण्डोज र एण्टिभाइरस किन्नु पर्दै पर्दैन । सित्तैमा पाइन्छ भने किन प्रयोग नगर्ने ? के बाटोमा भेट्टाएको हिराको हार टिप्नु हुन्न र ? अर्काको गलाबाट चोर्नु पो भएन त ?

  45. For personal use, its better to use free antivirus as they are also really effective. For example i am using Avira in my personal computer, which is really good with a good virus database. However for professional use, i would still prefer antivirus such as Kaspersky in your office systems, even if you have to pay a little bit. This can sometimes prevent your big loss because of malwares and viruses hits to your whole system and you can directly ask them for help. Kaspersky is also one of the best in business to update new virus databases.

  46. एस्तो कुरा पत्र पत्रिका मा पनि खासै पढन पाईदैन| जानकारीको लागि धेरै धेरै धन्यवाद| माइसंसारलाई र सालोक्यजीलाई| आझै भाबीस्यमा पनि जनतालाई येस्तई येस्तई लेख लेखेर सतर्क गराउनु हुन्छ भन्ने आस सहित फेरी पनि धन्यवाद|

  47. आफुले त सबै crack गरेर OS र antivirus चलाई राखेको छु GENUINE नै हो. नेपाल मा कसले GENIUNE किन्छ

  48. माइक्रोसफ्टले बनाएको भएर होला, Microsoft Security Essentials को तालमेल windows सँग राम्रो छ। यो antivirus ले रत्तिभर नि कम्प्युटर slow बनाउँदैन। जबकि प्रायः अरु सबै antivirus हरुले धेरै वा थोरै computer लाई स्लो बनाएकै हुन्छ। So मेरो recommendation Microsoft Security Essentials नै हो।

    • जानकारी मुलक लेखको लागि शालोक्यजीलाइ धेरै धेरै धन्यवाद / बिगत एक दशक देखि Internet नियमित रुपमा चलाउदै आइरहेकोछु / मलाइ मनपर्ने र सजिलो antivirus मा Microsoft Security Essentials हो / जुन सित्तैमा डाउनलोड गर्न मिल्छ अनि सजिलो पनि छ / हाल आएर AVIRA पनि प्रयोग गर्ने गर्छु / तर कहिले पनि Antivirus software किनेर प्रयोग गरेको छुइन /
      मानिसहरुले Antivirus software किनेर प्रयोग गर्नुमा पैसा तिरेको चिज प्रति ज्यादा विश्वास हुनु नै हो भन्ने यहाँको तर्क प्रति म पनि सहमति जनाऊदछु /

  49. Read all, but some thing to say. In my laptop, here is windows7, while buying the laptop there was maccafe , and that’s for 30 days. After 30 days finished, I have downloaded avira, and that was too for 3 months I think. After that free version’s trial period finished again I have checked eset nod32, later on I have downloaded Avg 012 free edition, the trial period is 30 days, now that’s too date expires and I bought the same 012 edition via credit card for 2 years and the price was 38€. i know better about that we have so many free antiviruses But we can just hold on for trial version and for a month around. Knowingly I became MURGA lol.

    • Hey Bishnu bro,
      you need to choose as personal /home use
      if you do that then those free software never expires.
      i believe, you downloaded trail version which expires in 30 days so go back and download personal use one which never expire.

  50. मित्र, नेपाली तीन करोड रुपिया त्यो पनि १ वर्षमा एन्टी भाइरस प्रोग्राममा खर्च किन गर्ने भन्ने तपाइंको सुझावप्रति म असहमत छु, नेपाली ३ करोड केहि होइन, तर त्यति खर्च गरेपछि कति करोड रुपियाको बचत हुन्छ सिस्टम सुरक्षित राखेपछि? त्यो पनि हामीले बुझ्नु पर्छ | नेपाल बिस्तारै आइ टीमा अघि बढ्दैछ, २४ घण्टा लगातार चली रहने कम्प्युटर सिस्टम शुरु भै सकेकोछ जस्तै ब्यांक, कलेज, डिप्लोम्याटिक मिसनहरुमा, एयरलाइन्स बूकिंग सिस्टममा, एयरपोर्ट, कस्टम, होटेल आदि ठाउंहरुमा | व्यक्तिगत प्रयोजन को लागि तपाइंले भनेजस्तो फोकटले काम चल्ला तर तेस्तै फोकटेहरु माथि भनिएका कार्यालयमा काम गर्न गएभने तिनिहरुलेनै सिस्टम डाउन पार्ने छन किनभने तिनीहरुको घरको सिस्टम मा फोकटे र सस्ता भाइरस प्रोग्राम चलेको हुन्छ जो कुनैपनि समयमा क्र्याश हुन सक्छ वा अफिसको सिस्टममा पेन ड्राइभमा लागेका असुरक्षित फाइलहरु कपी गरेर | तेसैले अब बेला आएको छ, राम्री स्वास्नी भित्र्याउने हो भने उसलाई सक्कली सुन कै गहना किनी दिनु बेश हुन्छ | कि कसो ? एन्टी भयो भनेर न झोक्किनु होला यो मेरो स्वतन्त्र बिचार हो |

    • मित्रले भन्नु भएको कुरो मा म ठाडेइ असहमति जनौदीन. हो, antivirus मा देशब्यापी रुप मा बर्ष को ३ करोड केहि पनि हैन र कति पए फ्री अन्तिविरुस हरु कम्पनीहरुमा प्रयोगको लागि allowed छैन. तर Microsoft Security Essentials घर र साना व्यापारि हरुले सित्तै मा प्रयोग गर्न पाउँछ , र यो सर्बोत्क्रिस्ट छ.
      “पैसो पर्ने डर छैन, अरु भन्दा कम छैन” 🙂

  51. मैले आफैले चलाइरहेको चाही Avira Antivir Personal हो . शुरु देखि नै . धेरै राम्रो छ अनि माथि भनिए जस्तै निशुल्क पनि . Anti Virus मा पैसा फाल्नु चाही बेवकुफी नै हो .

  52. मैले त Microsoft Security Essentials नै चलाउछु. जेन्युइन अपरेटिङ सिस्टम छैन भने पनि तपाइको अपरेटिङ सिस्टमलाइ जेन्युइन बनाउन, (देखाउन) कुनै ठुलो कुरो होइन.

  53. लेख राम्रो लाग्यो. But, Virus is also a software program which we can define as a subset of Malware. Having a antivirus does not guarantee the protection of your system. Normally viruses are not self propagating whereas malware is self propagating. You need antimalware/antispyware to protect your system in addition to antivirus. One of the best and free antimalware tool available these days is antimalwarebytes. Please follow the following link to download and install it. Make sure you have internet connection to update it every week.

    http://download.cnet.com/Malwarebytes-Anti-Malware/3000-8022_4-10804572.html

  54. Do you think downloading Avira Personal for free is same as buying Avira Premium from the market ? So far I know most of the Anti Virus Software are two kinds; 1. free with less protection features (which might be adequate for many of us who are exposed to less virus threats) and 2. priced once with more protection features (which is essential for those who are exposed to more virus threats). If we are buying free version from the market, it foolishness but buying priced ones with better protection feature is certainly better better choice.

Comments are closed.