अझै रहस्यमय बन्दै प्रचण्ड दरबार

-गोपाल बुढाथोकी-

माई संसारका पाठक महोदय …………..!!

गरीब– सर्वहारा जनताको मुक्तिका लागि भनेर सशस्त्र संघर्षको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड राजधानीको लाजिम्पाटस्थित अत्याधुनिक, विलासी र फराकिलो विशाल घरमा सरेको र त्यो घरको स्वामित्वका बारेमा फरकफरक भनाइ सार्वजनिक भएको विषयमा साँघु साप्ताहिकले अनुसन्धान गरी २०६८ माघ ९ गते प्रकाशित गरेको समाचार अन्तर्राष्ट्रियकरण भएको छ। लाखौंको संख्यामा सुनिने र पढिने बीबीसी हिन्दी सेवा, द इण्डियन एक्सप्रेस, द हिन्दु दैनिक, एएफपी, दि टेलिग्राफ लण्डनका साथै नेपाली अनलाइन माई संसार डटकमका २६ हजार एकसय उनान्नब्बे जना पाठकले समेत यो समाचार पढे ।

मेरो पत्रकारिताको ३३ वर्षे जीवनमा र साँघु साप्ताहिकको स्थापनाको ३३ वर्षको अवधिमा समाचारको यो स्तरको अन्तर्राष्ट्रिय प्रचार पहिलो हो। एमाओवादीका अध्यक्ष प्रचण्ड केही समयभित्रै हालको अत्याधुनिक घरमा सर्दैछन् भनेर सर्वप्रथम साँघुले नै २०६८ पुस ११ गतेको अंकमा समाचार ब्रेकिङ गरेको थियो। अग्रवालको घर भाडामा लिएको भनेर प्रचारित समाचारलाई खण्डन गर्दै २०६८ साउन १३ गते शिशु अर्यालको नाममा सो घर–जग्गा पास गरेको प्रमाणित लिखत पनि यस साप्ताहिकले बाहिर ल्यायो।  ५ करोड २० लाखको (सरकारी मूल्याङ्कन मात्र हो, सो स्थानको जग्गाको मार्केट भ्यालू २० लाख रुपैयाँ प्रतिआना पर्दछ) लगानीमा घर किन्ने शिशु अर्याल को हुन्? उनको आयस्रोत र हैसियत के हो भन्ने कुरा अझै खोजीकै विषय छ।

शिशु अर्याल, घर पास गर्दा कागजपत्र तयार पार्ने लेखनदास र वकिल समेत यतिबेला सम्पर्क वाहिर हुनुले समाचारलाई थप रहस्यमय बनाएको छ। एमाओवादीका अध्यक्ष प्रचण्डका भतिज समीर दाहालले भने माघ २१ गते शनिवार एक वक्तव्यमार्फत् प्रचण्ड बसेको नयाँ घर करसहित एक लाख तीन हजार रुपैयाँ मासिक भाडामा नै लिएको भनेर आफ्ना भनाइलाई दोहोर्‍याएका छन्। समीरको सो बक्तब्यले भीआइपी एरियाको ३ रोपनी जग्गासहितको सो विशाल घर जग्गालाई मासिक एक लाख तीन हजार भाडा बताएपछि (दश करोड ३० लाखमा किनिएको दरवारलाई) अरु रहस्यमय बनाइदिएको छ ।

समाचारको अन्तर्राष्ट्रियकरण भइसक्दा पनि एमाओवादी प्रचण्ड र उनको स्वकीय कार्यालयले भाडामा लिएको सम्झौताको कागज र घरवालालाई पारदर्शी रुपमा सार्वजनिक गर्न सकेको छैन। ललितपुर, उ.म.न.पा.–१ निवासी हाल लाजिम्पाटको विशाल भीमकाय महलकी मालिक्नी, कृष्ण अर्यालकी छोरी गृष्मराम भण्डारीकी पत्नी र ठाकुरप्रसाद भण्डारीकी बुहारी अहिले कहाँ छिन्? अनि करोडौं करोडका मालिकको ब्यवसाय के हो हाल अर्याल, भण्डारीको यो धनाढ्य परिवार कहाँ छ त? एमाओवादी पार्टी र प्रचण्ड परिवारले सार्वजनिक गर्न सक्छ? यो कुरा सार्वजनिक भयो भनेमात्र समीर दाहालको बक्तब्यको अर्थ छ। नत्र यो दशौं करोडको दरबार झन् रहस्यमय बन्दै जाने छ।

गरीबको निम्ति लडेका पार्टीका नेताले त्यति महंगो र विलासी घरमा किन बसे भन्ने कुरा एकातिर छँदैछ, योसँगै घरको स्वामित्व नै विवादमा छ। यदि झुटो कागज बनाएर घर किनेका हुन् भने नेपालका सबैभन्दा ठूला पार्टीका अध्यक्षले कानुनी र नैतिक मूल्य चुकाउनु पर्नेछ। कालान्तरमा यो कुरा प्रमाणित भयो भने यति ठूलो जोखिमको नतिजा के होला? यसका बारेमा पछि बहस गर्दै जाऔंला। तर, आज उठाउन खोजेको विषय भनेको गरीबको निम्ति लडेका भनेका प्रचण्ड उच्चस्तरका धनाढ्यभन्दा पनि शाही परिवारले बस्ने महल नै खोजेर किन बसे होलान् ?

उनका निकटकाहरुले मात्र सुरक्षाका कारण बताइरहेका छन्। यदि सुरक्षाका कारण नै हो भने प्रचण्डले आफ्नो मात्र सुरक्षाको कुरा किन सोचे? आफूपछिका दोस्रो र हार्डलाइनरहरुका प्रमुख नेता मोहन वैद्य किरण, महासचिव रामबहादु थापा बादलको सुरक्षाका बारेमा किन चिन्ता गरेनन्? उनीहरु दुवैजना सर्वसाधारण जनताको सामान्य घरमा आमनागरिकको रुपमा बसिरहेका छन्। उपाध्यक्ष बाबुराम भट्टराई यतिवेला प्रधानमन्त्री क्वार्टरमा छन् र उनी बस्ने गरेको सानेपाको घर पनि राम्रै सुविधासम्पन्न छ। एमाओवादीका अन्य हार्डलाइनर नेताहरु सचिव सीपी गजुरेल, देव गुरुङ, नेत्रबिक्रम चन्दलगायतको सुरक्षाको प्रश्न पनि निकै गम्भीर हुनुपर्ने हो। शान्ति र संविधानको प्रक्रियालाई दायाँबाट बायाँ मोड्न निर्णायक काम हार्डलाइनरहरुले गरेको भनेर विभिन्न पक्षहरु यिनीहरुसँग रिसाएका छन् भन्ने कुरा एमाओवादीहरु नै बताउँदै हिंडेका छन्। त्यो पार्टीका अध्यक्षले अरु जे हुन्, हुन् आफू र आफ्नो परिवार सुरक्षित भए पुग्छ भन्ने मान्यताले काम गरिरहेको देखिन्छ। सशस्त्र संघर्षताका पनि प्रचण्डले आफू र आफ्ना सबै छोराछोरी, ज्वाँइ लगायत आफन्तहरुलाई भारतमै सुरक्षित राखेका थिए भन्छन्, उनकै पार्टीका नेता र कार्यकर्ताहरु। शान्ति प्रक्रिया सुरु भएपछि छोराछोरी, ज्वाइँ, भाइ, भतिजाहरुलाई काठमाडौंमा ल्याएर राजनीति गराइरहेको त हामीले देखिरहेकै छौं ।

संघर्ष, त्याग, जीवनदान जनताका छोरीछोराहरुले गर्ने, सुखसुविधा आफू र आफ्ना परिवारहरुलाई लुटाउने सर्वहारावादी भनिएको एमाओवादीको प्रचण्डपथ कति दिन टिक्ला? एमाओवादीमा प्रचण्डयुग सम्भवत अवसानको डिलमा उभिएको छ। उनले आफूसँगै सिङ्गै एमाओवादीलाई भीरबाट लडाउने तयारी गर्दैछन्। पछिल्लो समयमा राजनीतिक परिवर्तनको अगुवाइ गरेको एमाओवादीको अवसानले परिवर्तनका पक्षमा उभिएका सबैलाई घाटा पुर्यावउने छ। एमाओवादीले आफूभित्रको फोहोरलाई तत्काल बढार्न सक्यो भनेमात्र भावी समयमा आफ्नो अस्तित्वको रक्षा गर्नसक्ला। नत्र भने उही हो भीरबाट लड्ने गोरुलाई राम…राम…!! सर्वसाधारण जनताले हेर्ने भनेको सिद्धान्त होइन, नेता–कार्यकर्ताहरुको व्यवहार। (माघ २३ गते २०६८)

 

102 Comments

  1. धेरै किन बकवास गरेको । प्रचण्ड जी ले घोषणा गरीसक्नु भाछ कि उँहा एउटा भिन्न प्रकारको जोगी हुनुहुन्छ । अनि भिन्न प्रकारको जोगीलाई भिन्नै प्रकारको कुटी पनि चाहिए न र ? हो , ऐलेको प्रचण्ड निबास तेही भिन्न प्रकारको कुटी सम्झनु कुरो खलास । कि कसो ?

  2. दरबारमा बसेर पिडित नेपालीहरुको भाग्यमाथि खेल्न चाहाने जोसुकै भए पनि ढिलो या चांडो त्यहि दरबारबाट घोक्रेठ्याक लगाएको इतिहास हाम्रो लागि धेरै पुरानो भएको छैन / त्यसैले जानिराखे हुन्छ सुध्रिने अवसर जनताले दिने नै छन् नत्र ….दिनगन्ति सुरु भैसकेको छ /

  3. काम छैन ? महान नेता बसेको घरको मात्र कुरा गरिराखेको ?, महान जुद्दको महानपाटिको नेता को तेस्तो घर हुनुहुन्दै न र ? नचाहिने कुरा बढी गर्छन, सुनेको कुरा मात्र गर्छन, सुमार्गी मार्फत लगानी गरेको भन्ने पुस्टि छ ? बानेस्वर माइतीघर सडकका मुक्ति टावर, कृष्ण सदन, सुमार्गी कम्प्लेक्स, चाबहिल टावर, संखमुलको बराल थर को पत्रकारको नामको ८ तल्ले घर, इमाडोलको जग्गा प्लानिंग, लुभुको दुइ सय रोपनी, भक्तपुर सिपाडोल को ५० रोपनी, कपनको ६६ रोपनीका प्लतहरु, दुवाकोट को ४२ रोपनी, मछे गाउँको २५० रोपनी सम्पति सबै पार्टी को भन्ने प्रमान छ?, ससाना १, २ रोपनी कमान्डरका साला सालीले आफ्नै पैसाले किनेको हो, तेस्मा दाह गरेको?
    आशिष

  4. सर्बहारा बर्गको नेतृत्व गरेका प्रचण्ड जस्ता नेताले सुबिधासम्पन्न घरमा बस्नु एकदम गलत हो चाहे भाडामा नै बसेको होस्। सत्यतथ्य पत्ता लगाएर जनतासामु ल्याउनु पत्रकारको धर्म हो तर गोपाल बुढाथोकी कुनै दल बिषेशको समर्थनमा लेख्ने पत्रकार भएकोले यस्ता लेखलाई माईसंसारमा स्थान दिईनु पटक्कै राम्रो होईन। माईसंसारमा निष्पक्ष समाचारहरु मात्र प्रकाशित हुनुपर्छ। गोपालजी तपाईले गाउँबाट खाली खुट्टा राजधानी छिरेका अधिकांश नेताहरुको काठमाण्डौमा आलिसान महलहरु र अकुत सम्पतिको एक-एक सामाग्री खोजेर जनतासामु ल्याउनुस् न त्यो पो सच्चा पत्रकारिता हुन्छ।

    • कुरा एकदम साँचो हो प्रभातजी किन भने गोपाल बुढाथोकीले लेखेको लेख मा सत्यता छैन जस्तो लाग्छा मलाई. तेस्तै कुरा गर्ने हो भने किन मोहन बैध्य, बादल,विप्लप को मात्र कुरा राम कार्की लगायत अन्य नेताहरुको पनि यथार्थतालाई बाहिर ल्याउनु पर्यो अनि मात्र तपाई सांचिकै निस्पक्ष पत्रकार बन्न सकिनेछ. अब प्रचण्डको त कुरै नगरम किनकि जो मान्छेले गलत गर्छन तेसैले चाहिन्छ बढी शुरक्षा तेही बुझम की कसो ………………यस्तै हो भने एकदिन सर्बहारा बर्गको नेतृत्वलाई गोलि हान्ने को चिट्ठा वितरण गर्नू पर्ने दिन पनि नआउला भन्न सकिन्न उसैले जानुन

  5. गोपाल बुदाथोकी को हो भन्ने कुरा सबैलाई थाहा छ,एस्ता लेखक को लेखलाई माइ संसार ले नछापेकै राम्रो ।

    • एकदम सहि कुरा ! प्रचण्ड दरबारको मेरो कदापी समर्थन छैन तर गोपाल बुढाथोकीको बाइलाइनमा समाचार आउने बित्तिकै सहि समाचार पनि झुट्टा लाग्न थाल्छ । गोपाल बुढाथोकिको समाचार टुकुचा किनारको भट्टी पसलमा बन्छ जसरि ऋषि धमलाको समाचार इन्डियन दुताबास वा गिरिजपुत्रिको मंडिखाटारमा बन्छ । माइसंसार ब्लगर सर बिदेसमा तपाइंको ठुलो इज्जत छ । यस्ता कुतत्वहरुको लेख नछाप्नु होला । गोपाल बुढाथोकीहरुले तपाइंको ब्लगको केवल छवि बिगार्छन् ।

      • ल ठिकै छ गोपाल बुदा फटाहा रहेछन, के त प्रचण्ड त्यो घर मा सरेको होइनन ? हुन् भने १०३०० कहाँ बाट पाउछन ? मा प्रचण्ड बिरोधि होइन तर फताहीं को बिरोधि हो ? प्रचण्ड ले के गरे त अहिले सम्म जनता लाई?

        हामी ले खोजेको परिबर्तन हो देश मा,, तर देश अहिले बस्नु नसकिने भो अनि प्रचण्ड जसलाई धेरै ले आशा गरेका थिए भर्स्ताचार मा लिप्त हुने हो भने उनलाई चाही किन देउवा भन्दा फरक भन्ने ?

  6. नेपाली मुआम्मर गद्दाफी को नया घर त देखियो, यो आखाले पर्चंडे गद्द्फी जस्तै भएर मरेको हेर्न पाम भनि यमराज संग बिन्ति गर्छु . अनि हेरौ छातीमा के नै लिएर जाने रहेछ…..

  7. नेपाल का गरिब देश का धनि नेता हरु को चाला अरु केनै छ र देश बिकास तिर हैन देश र जनता लाई झन् गरिब बनाउनु बाहेक के गर्न सक्छ र

  8. लाग्छ अब प्रचण्डको राजनीतिक अवसानको काल ले उसको यात्रा शुरू गर्यो। आइज चरी लैजा जिउँदै प्रचण्डलाई अनि राख त्यो सन्त नेताको आश्रममा । छाता जुत्ता र सुराही बोक्ने ति बाहुन प्रधानमन्त्री मात्र एक थिए जसले भ्रष्टाचार गरेनन्। अहिले आश्रम खालि छ प्रधानमन्त्री पनि गोर्खाली भट्टराइ नै छन्। कपाली दिदीलाई अन्त डेरा खोजिदिएर प्रचण्डलाई त्यहाँ बस्ने व्यवस्था गरिदिए राम्रो । नत्र प्रचण्ड त्यो दरबारमा बसिरहे उनको खैरियत छैन। उनले अबको चुनाव रोल्पा र किर्तिपुर जित्दैनन्। बालुवाटर लाजिम्पाटबाट त उनको जमानत नै जफत हुन्छ।

  9. यो कुरा माओबादी ले नै नेपाली जनता लाई भनू पर्छ कि यस को लागि १० बर्से जनयुद लडेको कि नेपाली जनता र नेपाल को लागि किन यदि यसरि नै नेपाली जनता लाई लड़ायर
    अर्ब पति बन्ने चाहना हो भने नेता हरु को घर मा आगो लगाई दिनु बेस होला कि

  10. सरकारी निवास दिएर तेसमा श्री पुष्प कमल दाहाल बस्न अनुरोध | मासिक १०३०००/- पार्टी का लागि लड्ने गरिब परिवारलाई दिन अनुरोध | …….. तब त सच्चा नेता कहलिंछौ |

  11. नेपालमा कुनै पनि पार्टीका नेताहरु गर्ब लायकका छैनन् र भेडो हनुमान, भक्त बनेर तिनको बखान गर्नु , ओठ ठाक्नुको कुनै तुक छैन ……. हिजो जुत्ता चप्पल लगाउन र साइकल धरी किन्ने क्षमता नभएकाको आज राजधानीमा महल , गाडी छ त्यसैले यस्ता नकचरा नेताहरुलाई थुक्नु भनेको आफ्नै मुखमा छिटा पार्नु र तिनीहरुलाई ठिक देख्नु चम्चे ,हुक्के , दासहरुले मालिकको सेवा गर्नु जस्तै हो तर …..गर्नेलाई भन्दा देख्नेलाई लाज भने झैँ अति नै गरेपछि नकचरा नेताहरुलाई गाली गरेर भने पनि सन्तोष मान्नु पर्दोरहेछ , कांग्रेस एमाले र अन्य पार्टीका नेताले यस्तो घरमा भाडा त के किनेका भए पनि त्यति चर्चा पाउदैनथ्यो होला तर १५००० को ज्यान आहुति दिएर , ठुलो सपना देखाएर र योजना बाडेर आएका प्रचण्डको भएर नै चर्चा अबस्य पनि पाएको हो / चर्का कुरा गर्न जस्तो सजिलो ब्यबहारमा उतार्न अबस्य सजिलो छैन जुन हिजो माओबादी जे कारण देखाएर जंगल गएको थियो आज सत्तामा हुदा पनि पुरा गर्न नसकेको बाट प्रस्टै हुन्छ …… बाचा गरेको कुरा गर्न त सकेन सकेन सर्बहारा भनेर दाबी गर्ने माओबादी नेताहरुले विलासी जिबन जिउन मिल्छ ? बुर्जुवा शिक्षा पढेर कामछैन भनेर जंगल लगेका युबाहरुलाई घर न घाटको बनाउने आफ्ना छोरा छोरीलाई बोर्डिंग र विदेश पढाउन नैतिकताले दिन्छ ? यौबन र समय बर्बाद पारिएका लडाकुबाट अहिलेको समयको जाबो २/४ लाख बाट रकम काट्न कसरि मनले मान्छ ? रात दिन झरी बतास नभनी पूर्व देखि पस्सिम हिडेर पुगेका नेताहरु आज पेरिस डाडामा मिटिंग हुदा गाडी भरिएको देख्दा लज्जा अनुभूति हुन्छ कि हुदैन ? प्रचण्डको नया घरको भाडा छोराले ६०,००० भन्ने तर भतिजलाई १,०३,००० भन्न लगाउने , बास्तबिकता के हो ? माओबादी जे गर्दा पनि , जे गरे पनि जनताको लागि जनताले गरेको भन्ने गर्छ , जनतामा यति धेरै विश्वास हुनेले र सर्बहारा हु भनेर दाबी गर्नेले सुरक्षाको दृष्टिले महलमा बसेको भन्न सुहाउछ ? कांग्रेस एमालेको नेता पनि बसेका छन् माओबादीका किन नहुने भनेर तर्क गर्ने हो भने कांग्रेस एमालेले दैलामा आची गरेभने माओबादीले अगेनामा गर्नु नहुने भने झैँ हुन्न र ? ………. किनकि १५,००० ज्यान , समय र बैस फालेका युबाहरुको अन्धकार भबिस्य र ठुलो सपना देखाईएका सर्बसाधारणको लथालिंग जीवनको सवाल छ ……………..

  12. समय अनुरुप आफनै छायाले पनि आकार प्रकार परिबर्तन गर्छ

  13. के गर्ने अब गरिबले दिन रात काम गरेर ८-१० हजार महिनाको कमौछ अनि तेस्को पनि tax तिर्नु पर्ने अनि नेता हरुचाही बोलेर पैसा कमौछ सार्है अनमोल बोलि

  14. प्रचण्डले यो गरे प्रचण्डले त्यो गरे ……. हैन पत्रिका र ब्लग हरुले यो बाहेक समाचार पाउदैनन क्या हो….. अब प्रचण्ड लाई सुकुम्बासी बस्ति मा गयर बस भन्नु पर्यो… तेस्पछी पो प्रचण्ड को वावाहि हुन्छ कि….हैन त्या बाट पनि लाखेट्चन बस्ति कब्जा गरो भनेर…. गरुन त क गरुन ति बिचरा ले

  15. हामी सर्वसाधारण जनता हौ, हामीलाई हाम्रो प्यारो देशको नेतृत्व गर्छु भनेर गएका प्रतिनिधिहरूको चासो र सरोकार हुनु स्वाभाविक हो / यसर्थ; चर्चामा उठेका सवालहरूको जवाफ प्रचण्डबाट आउन जरूरी ठान्दछु /
    – को हो यी शिशु अर्याल ? सबै सम्बन्धित नालीबेली पारदर्शी रूपमा जनताको अगाडी आउनु पनि आवश्यक छ !!

    • खाएको, उठेको बसेको हिडेको अनि हासेको सबै कुराको जबाफ दिई राख्नु पर्दैन कम्तिमा मलाई चै. किनकि म बुझ्छु सबैको व्यक्तिगत जिन्दगि पनि हुन्छ चाहे त्यो नेताकै किन नहोस.

  16. यस्ता हावाधारी पित पत्रकार ! कति घृणित |

    एसको मतलब मैले प्रचद को मासिक १ लाख भाडा पर्ने घर को justify गरेको होइन | पत्रकार को खोटो नियत को घृणा गरेको हो |

  17. लेखक जी ले जम्मा जम्मी शिशु अर्याल को नाता गोता थाहा पाउने काम गरेछन !! एउटा छिमेकी लाइ सोद्धा थाहा हुने यति जाबो कुरो लाइ कत्रो पहाड बनाएका यी कथित पत्रकार मित्र ले !!! सत्य कुरो चाही जे भए पनि हामि लाइ बालै भएन } एउटा मालपोत को खरदार को त्यो भन्दा ठुलो हैसियत छ अरु के कुरो गर्नु !!!

  18. यो लेखक पनि फटाहा हो तेसैले यौटा फटाहाले अर्को फटाहाको समाचार थाहा पायो ,प्रचण्डले अलि कति माल देको भए यसले यो घर भाडाको हो भनेर छापथियो,चोर को साथी चोर डाका को साथी डाका

    • सहि भन्नु भयो । गोपाल बुढाथोकीलाई म चिन्छु । दुइ बोतल बियर खुवाएर कसैको बारेमा जे लेख्न लागौनुस उसले लेखि दिन्छा । माइसंसारले पत्रकारका नाउमा काला धब्बाहरुलाई स्थान नदिए बेश हुने थियो । प्रचण्डको घर बिबादका बारेमा लेख्नै पर्छ, तर इज्जतमा बसेको पत्रकारले ।

  19. प्रचण्डले अलिकती पनि देश र जनताको बारेमा सोचेको भए यस्तो अवस्था आउने सम्भावना कम रहन्थ्यो । उनी त समिरको भविष्यतर्फ लागेका छन । अनि बाबुको विँडो समाउदै समिरजीले पनि बाबुले अह्राएजस्तै नाम आफ्नो बोली बाबुको लेखेर विज्ञप्ती निकाले । गर गर मोज गर बाबु………. कुनै एक दिन पछुताउने छौ ।

  20. पत्रकार महोदय को खोज राम्रो छ, जारी राख्नुस

  21. घर को सत्य तथ्य बाहिर जनता सम्म आउनु पर्छ त्यो कुरा सहि हो तर काठमाण्डौ जस्तो ठाउ मा महिना को १ लाख ३ हज्जार तिरेर भाडामा बस्नु प्रचण्ड जस्तो मान्छे लाइ उपयुक्त नै हुन्छ,उनको सुरक्षा पनि अरु हार्डलाइनर को भन्दा धेरै नै गर्नु जरुरि छ,नेता भनेको नेता हो,त्यो भन्दा पनि ठुलो कुरा १० बर्षे जनयुद्द लाइ सफल तरिका ले हाकेको नेता हो प्रचण्ड,प्रचण्ड माओबादी को टाउको हो,त्यै भयर टाउको जोगाउनु जरुरि छ,तर जहा सम्म घर किनेको भन्ने कुरा छ यदि घर प्रचण्ड ले नै किनेको हो भने त यो कुरा को बिरोध पार्टी बाट झन ठुलो रुप मा हुने थियो नि,फेरी तेत्तिकै त बटारिएका हार्ड लाइनर हरु छदै छन् किन छोड्थे तेस्तो कुरा.जे होस् प्रचण्ड ले किनेको भय यो कुरा नेपालि जनता लाइ मान्य छैन,कुनै नै कुनै दिन सत्य तथ्य बाहिर आउने नै छ………..

    • तर कुरा त्यो १ लाख औता सभासद को तलब बाट कसरि तिर्ने भन्ने पनि होला नि? कि अरुले तिर्ने हो भने को हो पार्टी ले तिर्ने हो भने पार्टी को आए स्रोत किन न दिने ? कि प्रचण्ड पनि कोइराला र नेपाल जस्तै नेता हो जसलाई जनताको उत्तरदायित्व छैन.

  22. दुइतल्ले चाइनिज इँटाले बनाएको घरलाई गोपाल बुढाथोकीले दरवार भनेर हल्ला चलाएपछि बि बि सी पनि त्यो हल्लाको पछी कुदयो र यस कुराले ठुलै चर्चा पाएकोमा बुढाथोकी दङ्ग रहेछन, तर आफ्नो धोति खुस्केको थाहै छैन| यो हल्लाबाट बुढाथोकी चर्चामा त आयो, तर उनी फटाही कुरा गर्नेमा दरिए| प्रमाण छन् भटाभट भने भैहाल्यो नि ! भुत्रा गर्नु अर्याल र फर्याल गरेर बसेको! एमालेहरुसंग हुती छैन, अरुले गरेकोमा डाह गर्यो, बस्यो| कुन दिन प्रचण्ड राष्ट्रपति भवनमा गएर बस्छ, अनि एमालेहरु सबैलाई हार्ट एट्याक हुन् पनि बेर छैन| प्रचण्ड मर्दको छोरो हो, लुकिछिपी गरेन, खुलेआम सबैले देख्ने गरि बस्यो ! कुनै कुनै व्यक्ति “जिते है शान से, मरते है शान से “

    • “दुइतल्ले चाइनिज इँटाले बनाएको घरलाई…….”
      घर देखि दरबारसम्म सबै इँटाले नै बन्छन हो!!

      कुनै कुनै व्यक्ति “जिते है शान से, मरते है शान से “
      गद्दाफी पनि सान संगै बाँचेको थियो| तर मरण चाहिं खोइ के खोइ के| बिद्रोह सुरु हुँदा बिद्रोहीहरुलाई मुसा भन्थ्यो| पछी गनाउने पाइप (जहाँ मुसा बस्छन) भित्र ऊ आफैं फेला पर्यो|

      “यो हल्लाबाट बुढाथोकी चर्चामा त आयो, तर उनी फटाही कुरा गर्नेमा दरिए”
      कसले चाहिं उनलाई फटाहामा दरे थाहा भएन| को चाहिं फटाहा भनेर दरिए भन्ने कुरो त प्रतिक्रियाहरु र तिनले पाएका हरिया र राता टिका बाटै थाहा हुन्छ|

      अन्त्यमा भन्नु पर्दा मित्र यो कुन अमुक पार्टीको हार र जितको कुरो होइन| तपाइंले बिशेष रुपमा माओवादीको कृपा होला कसैलाई कांग्रेस-एमालेको| अस्ति कता हो पढेको थिएँ मैले, नेपालमा करिब १६ लाख मान्छेको बिसुद्ध पेसा भनेकै राजनीति हो रे| यो पेसाले अरु सबै पेसालाई तहस-नहस पारेको छ| १६ लाख इनिहरु र केहि लाख कर्मचारी र कालाबजारी बाहेकका करोडौं जनता त दिन दिनै हारी राखेका छन्| देश बिखन्डन तिर उन्मुख छ| हिजो भर्खर गुप्ताले मधेश टुक्र्याउने धम्कि दियो| पढ्नुस यो:

      http://www.ekantipur.com/np/2068/10/24/full-story/342475.html

      देशमा बाल्ने बत्ति छैन, खाने पानी छैन, इन्धन छैन, पकाउने ग्याँस छैन, रोजगार छैन, शान्ती सुरक्षा छैन| प्रचण्ड या कुनै अरु नेताको जीतमा तपाईं र ति १६ लाखमा पर्ने अरुले खुसि मनाउनुस, हामी बाँकी बिबस भएर हेरेर बस्छौं|

  23. सुनको घडी, छोरा र श्रीमतीलाई सरकारी खर्चमा अमेरिका लगेको, छोरीलाई संसद बनाएको, अहिलेको घर विवाद आदि सबै घटनालाइ हेर्दा हेर्दा प्रचण्डको विलासी जिन्दगि प्रष्टै झल्किन्छ । प्रचण्ड कुनै पनि दृष्टिले सर्बहारा बर्गको नेतृत्व गर्न सक्दैनन् । तर गोपाल बुढाथोकी जी पर्नु भो कसैले दुइ बोत्तल बीयर खुवाएमा जो कसैको बारेमा जे पनि लेखिदिने खालको पत्रकार! प्रचण्डको घर विवाद मैसंसार स्वयम् वा अरु कसैले लेखेको भए credible हुने थियो ।

  24. आखीर प्रचण्डले पनि यो पुस्टि गरे कि राजनीति जनताको लागि र देशको लागि होइन आफ्नो लागि गरिन्छ र सात पुस्तालाई पुग्ने कमाउ धन्दा हो यो | कृष्ण प्रसाद भट्टराइ मात्र एक थिए जसले कमाउ उद्योग गरेनन | नेपालमा अरु कुन चाहि नेता चोखो होला जसले सत्तामा पुगेपछि जनहितमा मात्र समर्पीत गरेका छन ? कृष्ण प्रसाद भट्टराइले चाहि पछी बुढी कन्या च्यापेर रक्सि धोकेर आफ्नो जीवन सार्थक बनाएको सम्झे त्यो उनको निनान्त व्यक्तिगत कुरा हो तर राष्ट्रलाई धोका दिएनन् | प्रचन्डले ठिक उल्टो गरे | गोपालजीको मुल्यांकन ठिक हो प्रचन्डपथमा हिड्ने एमाओबादिले उकालो होइन अब ओरालो लाग्ने दिन आए जस्तो छ |

  25. यो समाचार सत्य हो/यसमा आकलन गरिएका तथ्यहरु सत्य हुन्/सधै माओबादीको ज्यादती पूर्ण हैकम अबश्य चल्दैन/कत्रा कत्रा महापुरुष र धरोहरहरु त ढले भने भाडाका टट्टूहरु साथ् लिएर कहिले सम्म उभिने? नक्कली सेनाको नाममा राष्ट्रिय ढुकुटीबाट रकम निकाशा लिने र बिदा हुन लागेको सेनाहरुको चेक खोस्ने कामले यो पार्टीलाई मात्र पैसा चाहिएको छ र यस पार्टीका नेताहरुलाई दुनियाको आखामा छारो हालेर मोज गर्नु छ/आउछ एक दिन अदालतको कत्घारामा उभिएर बक्नु पर्ने दिन/

  26. “प्रचण्डलाई दरबारमा बस्ने अधिखर छ”**** किमार्थ छैन
    –बरु घुस खाएर कमाएको भए हुन्थियो नि किन १५००० नेपाली लै खाने ??
    –के परिबर्तन भयो नेपालमा—लुट, चन्दा आतंक, अपहरण, जातीय दोन्द??
    –प्रत्छ्य १५००० नेपाली मार्ने, तिनका परिवारको बिचल्ली पार्ने, पुल काटेर बनेको संरचना भत्काउने अनि आफ्ने घर बनाउने ????
    –हामी आए पछी बनि हाल्छ नि भनेर पुल काट्ने, भवन भत्काउने मयोबदी ले के गर्यो??

    काठमाडौँ मा मान्छे ले भात पकाएर खान नपाएको सुन्दा के हामी कहाँ छौ भनेर सोचेका छन् ति डाँकाहरुले / हो अरु नेता को नि हात छ नेपाल बिगार्नमा तर १० बर्षको उपलब्धि खोइ???

    १५००० नेपालीको रगतको र १० वर्ष समय उपलब्धि “Gynendre out Puspe in ” मात्रै हो त ???

  27. I would like to have about the similar house in that area with the same rental price? Are you kidding? How could you get two houses built in 3 ropanies with car park and other amenities with rental price 1 lakh 3 thousand? That is in Lazimpat?

    • प्रचण्डको त भयो अब पालो बाबुराम को त होला नि ?

  28. हिजो प्रचण्ड लड्दा पनि गल्ति नै गरेको देखनेले आज जे कारण ले तेस्तो घरमा बस्दा यस्तो लेख्नु केहि अचम्मको कुरा हैन आफ्फु पनि गर्न नसकने अरुले गर्दा पनि खैरो काट्नु आफ्नो बदनियत के हो भने कुरा भनि राख्नु पर्दैन होला कि कसो हो ?

    • लड्ने लडाकुको भुडी लाग्नै पाउदैन….चेतना भया !
      संसारको कुन कम्युनिस्ट नेताको भुडी प्रचण्डको जत्रो छ ?

      पुकदाले कहिले र कहाँ लडे ? उसले त सोझा नेपालीका बच्चालाई लड्न उक्साए ? स्कुल बाटै अपहरण गरेर गुरिल्ला तालिम दिए ! पहिले तिनै लडाकुले कब्जा गरेको सम्पतिमा मोज गरे अहिले तिनै लडाकुको भत्तामा !

      • कोही चाक देखाउने, कोही भुँडी; क्या गज्जबको विरोधशैली ! शान्तिप्रक्रियामा आउनेबेला पनि प्रचण्ड-बाबुराम-वैद्य-बादलहरूको भुँडी हेर्नु त भाथ्यो ? कि शान्तिप्रक्रियामा आइसकेपछि पनि संसदमा विरोधको साटो गोलाबारी गर्नुपर्थ्यो भन्न खोज्नुभएको ? सक्नुहुन्छ भने अपहरण गरेर माओवादीले लडाकु बनाएको हो एकजना मान्छे अगाडि ल्याउनुस् । होइन भने कनकशैलीमा आरोप लगाउन जसलाई पनि आउँछ ।

        • पुश्पजी माओबादी को अन्धो भक्त हो भन्ने अर्को प्रमाण हो यो. प्रचंडे ले जति लूट गरे पनि पुस्पजी हरुलाई राम्रै लाग्दो रहेछ. एउटा सार्बजनिक पद मा बसेको मान्छेको हरेक कुरो पारदर्शी हुनुपर्छ भन्ने कुरो मात्र हो. तर प्रचंडे र बाबुराम को भुँडी पनि बढेकै हो नेपाली जनता सक्छि छ.

          • मीठामीठा कुरा खाएरमात्र होइन, खाएसरी काम नगरी, उमेर लागेपछि, वंशाणुगतरूपमा पनि भुँडी लाग्छ, अझ “लाग्ने बेला त पानी खाएर पनि भुँडी लाग्छ भन्ने भनाइ नै छ” । यस्ता सामान्य कुरा पनि सरुजीले बुझ्पचाउनु अन्धविरोधी चाला हो कि मेरो अन्धभक्ति आफै खुट्याउनुस् ।

      • पुस्पे तिम्लाई thaha छैन प्रचण्ड ले लडेको? तिमि त अर्कै प्लानेट बाट आएको हो कि क हो?

  29. समाचारमा सत्य छ कि छैन पुष्पकमल दाहाल जी बोल्नु परो…..किन चूप /

  30. लाग्छ अब प्रचण्डको राजनीतिक अवसानको काल ले उसको यात्रा शुरू गर्यो। आइज चरी लैजा जिउँदै प्रचण्डलाई अनि राख त्यो सन्त नेताको आश्रममा । छाता जुत्ता र सुराही बोक्ने ति बाहुन प्रधानमन्त्री मात्र एक थिए जसले भ्रष्टाचार गरेनन्। अहिले आश्रम खालि छ प्रधानमन्त्री पनि गोर्खाली भट्टराइ नै छन्। कपाली दिदीलाई अन्त डेरा खोजिदिएर प्रचण्डलाई त्यहाँ बस्ने व्यवस्था गरिदिए राम्रो । नत्र प्रचण्ड त्यो दरबारमा बसिरहे उनको खैरियत छैन। उनले अबको चुनाव रोल्पा र किर्तिपुर जित्दैनन्। बालुवाटर लाजिम्पाटबाट त उनको जमानत नै जफत हुन्छ।

  31. जनयुद्दले राम्रै फलिफाप भाको हो उनिलाइ। अनि हिजो आफैलाइ प्रधान्मन्त्रि बनाउन उनिले जनबिद्रोहको प्रपन्च रचे। अहिले रास्ट्रपतिको सपना बुन्दैछन्। देशको मालिक अनि अलिशान महलमा बस्ने उनको सपनाले १३ हजारको ज्यान त गयो नै। महलको सपना त पुरा भो, अब बाकि रह्यो पदको। जय प्रचन्ड! जय सर्बहारा भ्रान्ति! अनि निरिह जनता!

  32. लूटै लूट

    पहिले क्रान्ति को नाममा देश लूटे लूटेराको शैलिमा, त्यसपछी बिद्रोह को शैलिमा देश लूटे, फेरी लूटे जनयूद्द को शैलिमा,त्यसपछी  फेरी लूटे देश लाई रगत बगाउने शैलिमा ,कसैले बन्दको नाममा देश लूट्दैछन, कसैले जातभातको नाममा लूट्दैछन त कसैले भ्रष्टाचार गरेर देश लुट्दैछन 
    आखिर लूट्ने थलो रहेछ राजनिती, राणा लूटे, राजाले लूटे त्यसपछी अब पालो दलहरूको पहिले पन्चेले लूटे देश लाइ अनि काँग्रेस, एमाले , राप्रपा , तराइ, मधेश  हँुदै अब माओवादी अध्यक्ष प्रचण्डको पहिले ब्यक्ति लूटे अनी बस्ति फेरी गाँऊ , बैंक लूटे , संस्था लूटे अब काठमाण्डौं बसेर देश लूट्दैछन यसको उदाहरण करोडौं को लूटको पैसाले दरबार खरीद्ने अनि भाडाको भन्ने ??? त्यो पनि रू१३००००/- रे त्यो भाडा अाउने स्रोत पनि र लूटेका बैंकका बहुमूल्य बस्तु र पैसाको हिसाब किताब माइ संसार मार्फत चाहीयो ??

  33. प्रचण्डको घरको पैसा कुनै सकारी खजानाबाट आको हैन क्यारे पार्टीको लेबी बाट उठेको को हो, यदि कार्यकर्ताले नै केहि बिरोध गरेका छैनन् भने तपाई-हामीले टिप्पणी गरेर समय को मात्र खर्चहोला. Mysansar.com ले प्रचण्ड ले बसेको घर उनकै आफ्नै हो या उनले बिना पैसा कसैलाई धम्क्यार बसेको भन्ने पत्तालगायो भने धन्यबाद भनौला. पत्रकारिता निस्पकछे हुनुपर्छ. माधब कुमार नेपाल, झलनाथ खनाल, के. पी ओली. रामचन्द्र पौडेलहरुका घरहरु बाले बनाइदिएका होइन त हो. सबै भन्दा ठुलो पार्टीको नेताले निकालेको बक्तब्यको पनि विश्वास मान्नु पर्दैन त??????? भोट दिने त हामीनै होनी.

    • हो एदी पार्टको लेबी बात आएको भए भन्नु पर्यो नि त होइन भने कसरि तिर्दै छ त्यो? पार्टी ले तिर्ने हो भने पनि प्रस्ट भन्नु पर्यो अनि आए स्रोत देखाउनु पर्यो . निर्वाचन आयोग मा आए स्रोत देखौना सकेको छैन कुनै पनि पार्टी ले अनि तेस्को अर्थ क हो ?

    • लेबी ? लडाकु बाट जबरजस्ती खोसेर लागेको पैसाले चाहि कोक बियर खाको हो ? लेबिले चाहि भाडा तिरेको ? थुइक्क सर्वाहारा नेता |

    • प्रमोद जी जय होस् /
      प्रचण्ड का मात्र हैन सबै राजनीति कर्मीका आय र आयस्रोत र उनीहरुको जीवन स्तर को ताल मेल मिल्छ मिल्दैन त्यो अनुसन्धान र कारबाहीको बिषय हुनु पर्छ, कानूनी आयस्रोत बाट तिरेको भाडा ओ भने भाडा को आम्दानी गर्ने ले कर तिर्छ तिर्दैन त्यो त्यो पनि हेर्न पर्छ /
      हाँसो उठ्तो कुरा त के भने अरुको कुरा किन हुन्न प्रचण्डको मात्र भन्दै विद्वान हरु प्रतिक्रिया लेख्नुहुन्छ, नेपाली राजनीतिमा ९५% र नोकरशाहीमा ९८% भ्रस्ट वा भ्रस्ट मतिका छन् भन्ने कुरा थाहा नभए जस्तो / तिनलाई बिना भेद भाव कानूनको दाएरामा ल्याउनु पर्यो नेपाल कानूनी राज्य हुनु परो, कानूनको अधिनमा सबै आउनु परो र युवा हरुले त्यस्तो पो आवाज उठाउनु पर्छ त /
      बर्तमानमा जिउँदा मानिसको आय व्यय को स्रोतको कुरा गर्दा न्युयोर्क बाट अमेरिकन कमरेड ज्ञानेन्द्र शाह का च्याप्जुका कुरा गरेर कम्युनिस्टको लाज ढाक्ने दुस्साहस गर्नु हुन्छ / क. पी.एम. बाबुराम नै सत्ता मा छन् जी. शाह को सम्पति छानबिन र कारबाही गर्न / हामि किन तर्क का लागि तर्क मात्र गर्छौं ? कुनै पनि मानिसको व्यक्तिगत रुपमा खेदो/समर्थन गर्नु भन्दा पनि सबै मानिसलाई समान रुपमा कानुनको मातहतमा ल्याउने कुरामा हामि किन एक मत हुँदैनौ ? मुलुकको राजनीतिको केन्द्रमा रहेका पुकदा जसले यो परिबर्तनको नेत्रित्वो(??!!)गरे ले नैतिक रुपमा आफ्ना सबै आर्थिक कारोबारलाई पारदर्शी राख्नु पर्छ भनेर हामि किन सहमत हुदैनौ र शेबदे, माकुने , हरुको आर्थिक सैलिसंग तुलना गर्छौ ? के असुर हरुका बिचमा महिसासुर को उदय गराउन मात्र यो जनयुद्द वा यो परिबर्तन भएको थियो ?
      पुष्प जी को सैलिमा आ आफ्ना आस्थाका दल का नेताको बचाउ गर्न युवा उपयोग भै रहेछन / देशका युवा किन भ्रस्ट ठग र ढाँट हरुका प्रबक्ता हुँदैछन ? यो मुलुक को भविस्यको उदासिलो पक्ष हो

    • पार्टीले जनतालाई धम्कि दिएर, लूट पात गरेर, पिटेर, forced donation दिन लगाएर उठाएको पैसा त हो नि.

  34. पहिले क्रान्ति को नाममा देश लूटे लूटेराको शैलिमा, त्यसपछी बिद्रोह को शैलिमा देश लूटे, फेरी लूटे जनयूद्द को शैलिमा,त्यसपछी फेरी लूटे देश लाई रगत बगाउने शैलिमा ,कसैले बन्दको नाममा देश लूट्दैछन, कसैले जातभातको नाममा लूट्दैछन त कसैले भ्रष्टाचार गरेर देश लुट्दैछन
    आखिर लूट्ने थलो रहेछ राजनिती, राणा लूटे, राजाले लूटे त्यसपछी अब पालो दलहरूको पहिले पन्चेले लूटे देश लाइ अनि कँाग्रेस, एमाले, राप्रपा, तराइ मधेश, र अहीले पालो माओवादी अध्यक्ष प्रचण्डको , व्यक्ति लूटे, बैंक लूटे, संस्था लूटे, गँाऊ लूटे अब काठमाण्डौं बसेर जनता झूक्काउदै देश लूट्दैछन , यसको

  35. कुरा सहि नै हो / प्रचण्ड ले पारदर्शी बन्न थप स्पस्टिकरण दिनु जरुरि छ / तर एउटा पार्टीको झोला बोक्ने पत्रकारले अर्को पार्टीको नेताका बारेमा लेखेको हुनाले सोरै आना पत्याउन चै सकिएन गोपाल बुढाथोकी का कुरा / यदि उनी स्वतन्त्र पत्रकार हुन्थे भने कुराको दम बढ्ने थ्यो / तेसैले यस्ता खोज समाचार झोले कार्यकर्ता मार्काका पत्रकारले नलेखी उमेशजीले आफै खोजि गरेको भए समचार यति सारो बिबादित हुने थिएन /

    • स्वतन्त्र पत्रकार कनक लाइ ,स्वतन्त्र विज्ञ कुल चन्द्र गौतम लाइ पनि त गालि गर्छौ नि तिमीहरु, गर्दैनौ र?

  36. नेता चोर,फटाहा भए पछि जनता ले गर्ने के?बिचरा जनता बनेका त नेता को पिचालागु नै त हुन् नि जसले जे जस्तो गरे पनि सहेर बस्नु को विकल्प नै कहाँ छ र?जे होस् प्रचण्ड लै बधाई छ किनकी उनि सर्बहारा वर्ग का नेता हुन् नि नेपाली जनता को tax लाई उनि जस्ता धेरै नेता ले आफ्नो लागि सदुपयोग गरेर राज्य आनी जनता लाई गुण लाएको मा नेपाल का सबै नेता लाई हार्दिक समबेदना छ/जनता लाई सदै गोंरू जस्तै ठान्ने नेपाली महान नेता हरु लाई पुन एक पल्ट हार्दिक समबेदना छ.

  37. सुख सुबिधा ,पद ,मान ,सम्मान आफुलाइ मात्र चाहने हरेक व्यक्ति को नियति एक दिन दुखदायी नै हुन्छ \ त्यसमा पनि देश र जनता को लागि लड्ने व्यक्ति यस्तो कुरामा चुके भने व्यक्ति को कुरा छोड्नुस देश र जनता को उज्वल भबिस्य नै अध्यारो हुन्छ \ नेपालि नेता,शाशक हरुको बुद्धि को बिर्को किन खुल्दैन ? देश बन्न एउटा पिडि ,नेता ,पार्टी ले त्याग नगरी देश बन्दैन भन्ने सानो कुरा पनि किन मनन गरिदैन र बारम्बार गल्ति दोहरी रहन्छ \ बोलि भन्दा ठुलो काम र ब्यबहार हो भन्ने कुरा सत्य होइन र ? घाटो देश र जनता लाइ ठुलो घाटो ! यो तितो सत्य हो \

  38. हावा नचली पात हल्लिदैन ..राज्यको चौथो अंग पत्रकारले त्यसै हावाको भरमा समाचार पक्कै छाप्दैन होला र समाचार अन्तरास्ट्रिय स्तरमा चर्चाको बिसय भै सकेको हुनाले यो बिसयले पक्कै पनि प्रचण्डको मुटु हल्लेको हुनु पर्दछ !

  39. इनिहरु को,लागि कुनैठुलो कुरा होइन यो! हामी जनता सजक हुनु पर्छ कसैले भनेर तेस्को पछि लागनु भएन अनि चोर हरुकोकुरा बाहिर जनता सामुने ल्यानु पर्छ. ई त गुन्डाका पनि गुन्डाहरु र देश द्रोही हुन् !

  40. बार्ह वर्ष रामायण पढायो छोरो त क्रिस्चियन भयो / बार्ह बर्ष जनयुद्ध गर्यो प्रचण्ड त करोडपति भयो /

    • तेसैले बन्धु त्यो “धनयुद्द” थियो…..जनयुद्द होइन क्या !

  41. खै अब कसको विश्वास गर्ने , नेताहरु आफ्नो मात्र भलो गर्छन. यो खबर पढेर सारै देश को माया लागेर आयो. देश को बारेमा सोच्ने को होला ?

  42. भने पछी गोपाल जी पनि कनक मणि बाट प्रशिक्षित हुनुभएछ/ गोपाल जी तपाई ले नै अकाट्य प्रमाण पेश गरेर त्यो घर प्रचण्ड वा उनको परिवार कै स्वमित्वो मा छ भनेर प्रमाणित गर्नुहोस , अनि के गर्नु पर्ने हो जनता ले गर्नेछन/ नत्र भने जोसेफ म्यकर्थी को नेपाली संस्करण बन्ने प्रयास नगर्नु नै राम्रो होला/
    तपाई आफै बागडोल का बिन्दु लाल श्रेष्ठ को घर मा काम गर्दै पढेर पत्रकार भएको मान्छे को चाहि कसरि काठमाडौँ मा महल भयो नि ? तपाई को पत्रिका ठुलो आकार को र दैनीक पनि होइन /पत्रकार जस्तो मान्छे ले अरु कुनै धन्दा त गर्नु भएको छैन होला नी/

  43. प्रचण्ड को भनाइ सधै चिप्लिन्छ ,तेसैले विदेशीले पनि उसलाई विश्वास गर्दैन | आजकाल त आफ्नै पार्टी ले पनि विश्वास गर्न छोडेको छ |
    उसको सक्तिखोरको प्रसिछ्यन गरेको भिडीयो हेर्नुस न |उसको चर्तिकला |
    सारै चलाख तर एसको रंग देखिसक्यो |

  44. Well done! Very good article. We are eagerly waiting to see what is going to happen. We will not allow him to live like a king when poor Nepali people are drying of hunger.
    This is not going to happen. New Revolution will come, NOT from any parties but from the people of Nepal, who know nothing about politics and they had enough of these corrupted politicians and they are sick of living in dark hell!

  45. हैन है किन हाम्रा महान कमरेडको यसरी खेदो खनेको भन्या? त्यो घर किनेको भए पनि,भाडामा लिएको भए पनि किन अरुको टाउको दुखेको? ल ल हामीले थर्काएर लिएको भए घर धनिलाई सोधे हुन्छ नि? हैन किनेको जस्तो लागे पनि ठिक्कै छ,पैसा हामी एनेकपा माओवादीका जनताले नै दिएका हौ। हाम्रा राजाको लागी हामी जे गर्न पनि तयार छौ। हामिले पनि अलि अलि पैसा त कमाएका नै छौँ है । हामीले क्रान्ती गर्दा लुटेको पैसा त अहिले सरकारले मान्यता दिइसक्यो भने कसको के लाग्छ? लौ लछारपाटो के लगाउन सक्छौ लगाए हुन्छ। हाम्रा राजाको बारेमा जथाभावि लेखेको हामीलाई मन पर्दैन। मुला यत्रो बर्ष लुकि लुकि खाँदा केहि नभन्ने अनि अहिले चै हल्ला गर्दिने? हाम्रो राजाको पेट हेरेर पनि थाहा त हुनु पर्ने हो नि पत्रकार भनाउँदालाई……पहिला पनि सुकेको पेट त थिएन नि.?.खाएर नै पेट ठुलो हुन्छ भन्ने कुरा पनि थाहा छैन? पेट बोकेको भन्न हो भने हाम्रा राजा त पुरुष पो त अनि पत्रकारलाई पुरुषले पेट बोक्दैन भन्ने कुरा त थाह हुनु नै पर्ने हो नि?
    हामीलाई पनि हाम्रो राजाको सुरक्षाको चिन्ता छ। पहिला तेत्रा प्रतिक्रियावादि मरेका छन..ति मध्ये कसैको प्रतिक्रियावादि सन्तानले हान्दियो भने के गर्ने?हाम्रो राजाको ज्यान अरुको जस्तो सस्तो त छैन नि हौ। लुकेर आक्रमण गर्ने कायरहरुको के भरोसा? लुकेर हान्न कति सजिलो हुन्छ त्यो त हामीलाई पनि थाहा नै छ नि। हान्ने बेलामा राती लुकेर हान्ने अनि पछि माफि पाएर खुल्ला भए पछि आफुलाई योध्दा भन्न कति सजिलो हु्न्छ त्यो त हामीलाई पनि थाहा नै छ नि ।
    जे भए पनि हाम्रा राजालाई यसरी खेद्न मिल्दैन।हाम्रा राजा सबैको साझा। सबैलाई हाम्रो राजा र राजपरिवारलाई जिन्दावाद भन्न अनुरोध गर्छु। हाम्रो राजा नयाँ दरवारमा सुकुला हुनुभएको खुसियाली सबै मिलेर मनाउनु पर्छ।

    • एउटा नेपाल राज्य को राजा त नारायण हिटी दरबार बस्थे भने हाम्रा प्रचण्ड राजा त >११ संघिय राज्यका राजा पो होत……त्यतिकै बिरोध गर्न पाइन्छ र. हाम्रा प्रचण्ड राजा जिन्दाबाद ……………..

  46. प्रचण्डको पछि लाग्नु बेकार हो साथिहरु, कुकुर को पुच्छर बार्ह वर्ष ढुङ्ग्रो मा राखे पनि बांगै भनेको जस्तै हो, पहिला पनि खाट काण्ड, घडी काण्ड,नक्कली जनसेना संख्या काण्ड,फर्जी सेना को तलब भत्ता काण्ड, ठेक्का पत्ता काण्ड,क्यासिनो काण्ड,बिदाई भएर जान लागेका लडाकुहरु बाट लिएको चेक तथा कमिसन काण्ड, काण्ड दै काण्ड ले भरिएको माओबादी पार्टी को एउटा नया प्रचण्ड दर्बार काण्ड,……अझ हेर्दै जौं के के काण्ड देखिन्छ. इ सब काण्ड को पछाडी एउतै कुरा छ त्यो हो पैषा………..लुट हो लुट अझ कति लुट्नु छ लुट. हिसाब किताब त एकदिन जनता ले अबस्य गर्ने छन्. किनकि त्यो पैसा तिमीहरुको ससुराली चीन,भारत,यूरोप रस्या ल्याएको होइन हामि जनताले रगत पसिना एक गरि कमाएको पैसा बाट तिरेको ट्याक्स हो..

  47. पत्रकार ले भ्रम नाछारेको हो भने प्रचण्ड ले कि पास्दर्शी हुनुपर्यो कि त भ्रम छर्ने पत्रकार र पत्रिका लाइ कारवाही गर्न सुक्नु पर्छा जनता मा विश्वासिलो बन्न !! नत्र अब पर्दा फास गरेर चुनौती दिएको कुरा पत्याउने पर्यो नि हैन र !! प्रमाण नभई कसले चुनौती दिन सक्छा ??

  48. मने, यो हाम्रो महान पार्टीका महान नेताको महान जीवन सैली भएको अवस्था हो …
    अब यी गोपाल बुढाथोकी पनि जनदुस्मन घोसित हुने भए …
    मोज गर्न देउ न किन टाउको दुखाई रा भन्ने हाम्लाई लाईराछ …

  49. कसैको खेदो खन्ने नै हो भने जतिसुकै साधारण जिबन जिउनेको पनि खेदो खन्न सकिन्छ …यसको मतलब यो होइन कि प्रचण्डको वाह वाह गरेको ..प्रचण्ड पनि कम्तिको चाही छैन यस आराम अनि आफ्नै सुरक्षा…कुनैपनि कुराको प्रस्ट संग पुष्टि नहुदा सम्म जसले पनि जुनसुकै दृस्टीले हेर्न र खण्डन गर्न पाउनु अधिकारको कुरा हो ….गद्दाफी जस्तो हुन लागेको हो भने सफल हुदैन…त्यो कुरा राम्ररी थाहा छ बजियालाई ……..

  50. Land prize gone all time high when maost making black money into the White money. Now they moving towards bilasi house included almost all facilities when there is no gas, electric and water for citizen. Thank you so called people leader.

    • प्रचन्द ले भ्रस्टाचार गरेर कमाको पैसा ले पनि जग्गा किन्न नपाउनु? कत्ति बैंक लुटेरा, मान्छे मारेर कमाए को पैसा हो त्यो.

  51. धिक्कार छ हामीलाई | हुदा खादाको राजालाइ मुर्तिचोर हत्यारा आनेक आरोप लगाई सत्ताच्युत गर्नेको पछि लगियो के के न होला भनेर, आज आएर सब झुटा साबित भयो | न ज्ञानेन्द्रले कसैलाई मार्नु न कतिको मुर्ति चोर्नु, मारे दीपेन्द्रले (मैले हैन संसारले भनेको कुरा ) अनि मुर्ति जतिसब माओबादीका लडाकुले चोरेर बेचे | बिर इतिहास बोकेर पनि कम्जोर हामी, प्रकिति धेरै धनि भएर पनि गरिब हामी, अब यिनै फटाहाहरुको कुरा सुन्दै गरे येही जन्ममा इन्डियन नागरिकता लिने दिन आउछ जस्तो छ| देश बेचेर खाए, लुटेरा खाए | हाम्रा बिर पुर्खाले रगत बगाएर कोरेको सीमारेखा, बनाएको रास्त्रियता के येही हो त ?

    कसैलाई मन नपरेर नपरोस, भन्छु मा सत्य कुरा जय देश जय नरेश | अत्ति भयो

  52. यस्ता छक्कापञ्जा कानुनी कुरा त नगर्दा हुन्छ; घरजग्गाको सरकारी भाउ र बजारको भाउमा आकाश-जमिनको फरक छ भन्ने कुरा घरजग्गा नभएकाहरूलाई पनि राम्ररी ज्ञात हुनुपर्छ । यदि प्रचण्डले नै उक्त घर किनेका हुन् भने उनले नैतिक मूल्य चुकाउनुपर्छ । जे होस्, ‘खुट्टा तान्दै गर’, मने खोजी गर्दै गर्नुस्, वर्तमान समयमा … । पुङ न पुच्छरका नेताहरू भएको र भाले न पोथीको अवस्थामा पुग्दा त एमालेको ‘अस्तित्त्’व कायमै छ; भ्रष्टाचारको पर्याय बनाइएको कांग्रेसको ‘अस्तित्त्व’ त कायमै छ; प्रचण्डले १० करोडमा घर किन्दैमा पनि माओवादीको अस्तित्त्वको चिन्ता गर्न कष्ट नगर्दा हुन्छ, वर्तमान समयमा … ।

    • हा हा हा……. हामी पनि एकै दयांगका मुला त हौनि भन्न खोजेको जस्तो छ नि पुष्प जी

    • यो हिसाब होइन -*-=+ हुनलाई ! एमाले , कांग्रेसको बिरुद्ध माओबादी ले हतियार उठाको थियो ! यो त अहरिसे कुरा भयो ! मैले किन गर्न पाइन भनेर १३००० को ज्यान गको जस्तो भयो ! तेसैले यो बखेडा निकलनी मौका पाको हो सबैले ! महेन्द्र ले पंचायत आएपछि नारायणहिटी फेरी बनाको जस्तै भयो यो त !

      • प्रचण्डको घर नभएको प्रमाणित भई उनीप्रति ‌औंला तेर्स्याउनुको तुक छैन । १३ हजारको हिसाब हुँदैछ – संविधान सभामार्फत् । त्यसैले नयाँ संविधान बन्न यति गाह्रो भइरहेको हो ।

        • काम गरेपछि लिएको भए कसैले केहि भन्दैन थियो ! १३००० को हिसाब होइन कसरि खल्ती भरनी भनेर हिशाब भाको भएर कुरा निस्केको हो ! अन्दभक्त जवाफ आयो ! हुनालाको छ ! हुने छ ! भनेर उधारो कुरा गरेर हुदैन ! मान्छे आज जिउछ भोलि होइन ! २ बर्ष भनेर ४ बर्ष लौनि अनि महल मा गएर बस्नी ? २ बर्ष मै सबै काम सिद्धिएको भए अहिले महल मा बसे पनि कसैले खोइर खंदैना थियो ! गर्छ गर्छ भनेर गधा लै घोडाको खुराक ख्वाएर घोडा दौड मा लगाउनु मुर्ख हो ! अहिले तेही खुराकको कुरा निस्केको हो, कित घोडा हो भनेर देखौना सक्नु पर्यो नत्र गधा लाइ घोडाको खुराक खुवाएको मा प्रस्न त उठ्छ नै !

          • बच्चा चाहियो भन्दैमा तुरुन्तै हुने हो र अंकितजी ? साधारणतया नौमहिना लाग्छ, नौमहिनामै हुन्छ भन्ने ग्यारेण्टी पनि हुन्न फेरि । डाक्टरले दिएकै मितिमा पनि तलमाथि हुन्छ ।

    • किन ?बुढाथोकी ले दुख्ने ठाउमा हात राखिदिए ?
      प्रचण्ड रुबेल काण्ड ,शक्तिखोर काण्ड ,खात काण्ड ,घडी काण्ड न जाने के के गर्दै हिड्ने ,तपाइँ सकी न सकी थस थस गर्दै बोकी हिड्ने ?कि म पनि पुष्प उ पनि पुष्प कमल
      मित मित भैयो भनेर हो ?
      आखा खोल्नुस पुष्प जी ,आखा खोल्नुस |
      ढिलो होला फेरी ,उ आफै जान कारबाहीमा पर्नु बा अयोग्य लडाकु बा उ द्व्वारा टुहुरा बनाइएका हिजो का बाल्बचा ,अथवा ”र ” को चक्र मा पर्नु अगाबै चिन्दा ढिलो हुदैन |

      • के गर्नु द्रोण जी ओरालो लागेको मिर्गलाई बाच्छोले पनि लाखेत्च भने जस्तै पत्रकार हरुले त छोडेनन् छोडेनन् हुँदा हुँदा आफ्नै प्यारो वाई सी एल ले पनि छोडेनन्, कुकुर मर्न लग्यो भने जुम्राहरुले पहिले सात छोडछन् रे……….जिउदा जन्त मोर्दा मलामी भने जस्तै जिउंदोमा भोट दिएयो भने मर्दा मलामी पनि जानु पर्ला

        • ढकाल जी
          नेता ले मात्र ठुलो माछा खाने ,बाइ सी यल लाइ चै भुरा दिएर का चुप् लाग्छ त् |
          यो खाने पिउने मौसम मा गजुरेल ,बैद्द्य भोक भोकै ,बाइ सी यल लाइ थोरै , माने सरिर अनुसार को आहार न भए पछी बिद्रोह हुने नै भयो |
          बाबुराम मेरै नेत्त्रित्त्व मा सरकार बनाउनु पर्छ भन्ने गर्दा प्रचण्ड लाइ चस्का पसेको देखिन्छ |
          बाजे बाजे मिलेर खाने हामीलाई न दिने भनेर बादल उता ठुस्स |
          सबैलाई अगाउँन दिनुस अनि प्रचण्ड -बाबुराम को नया नेपाल सकिन्छ ,अनि बैद्द्य हरुको नया नेपाल को कुरा आउछ ,तेस्पछी मात्रिका को नया नेपाल आउछ | अनि फेरी
          कार्यकर्ता ताते कांग्रेस ,एमाले को पालो औला ,राजाबादी को सत्य युग पनि आउँन बेर छैन | हरेक चोटी जनताले मुक्ति पाउछ ,जनता कै लागि लडिन्छ , जनताकै लाइ नेता धनि भैदिन्छां | जे हुन्छ जनताकै लागि हुन्छ नेपाल मा |

          • यो घर प्रचण्डले नै किनेको भन्ने पुष्टि भइसकेको छैन । वाइसीएलले आफ्नो माग तेर्स्याएजस्तै प्रचण्डको एक बोलीका भरमा कसरी उनीहरू शान्त छन् भन्ने कुराले माओवादीभित्र ‘चेन अफ कमाण्ड’ कति बलियो छ भन्ने कुरा प्रष्ट पार्छ । जनताको कुरा चुनावले नै प्रष्ट्याइसकेको छ । फेरि भन्नुहोला जनतासँगको पकड कमजोर हुँदै गएको छ । चुनावअघि पनि ओलीहरूले पाँच सीट पनि ल्याउन गाह्रो पर्छ भने ‘डिङ’ हाँक्थे; परिणाम त उनीहरूले भोगिहाले । स‌ारा संसारले नजीकबाट हेरेक चुनावलाई गोलाबारुद र बन्दुकका भरमा जितेको भनेर अहिले भुकदै हिँडिरहेका छन् । त्यसैले यत्तिछिट्टै खुच्चिङ भनिनहाल्नुस्; तपाईंहरूको खुच्चिङले तपाईंहरूलाई नै जिस्काएको धेरैचोटि भइसक्यो । चेतना भया द्रोणजी अनि महेश्वरजी ।

            • बडो रमाइलो कुरा गर्नु भो पुष्प जी
              प्रचण्ड को बिरोध गर्नु ओली जाबो को समर्तःन गर्नु हैन | यहा जसले देश र जनता प्रति घात गर्छ तेस्को खुलेरै बिरोध गरिन्छ |आम जनाता ले ठुला ठुला भासन गर्ने ,सपना बाढ्ने योगी ,भोगी को नाटक गर्ने सबै नेता भोगिसक्यो |
              तपाइको कुरा ले एस्तो लाग्छ मावोबादी भित्र प्रचण्ड ,बाबुराम ,बैद्द्य ,बादल को खुट्टा तानातान सबै मिथ्या हो |उनीहरु बीच व्यक्तिगत महत्त्वाकंश्या र अप ग्रेड को लागि कुनै तनाब छैन ,देश को हित को लागि उनीहरु ढुंगा जस्तै एक ढिक्का छन् के यहि हो तपाइले भन्न खोजेको ?
              हो त्यो बेला धेरै जनता ले भोट दिएकै हो ,जनता परिबर्तन चाहन्थ्यो |तर अब त्यो बेलाको चुनाब को कुरा आज सान्दर्भिक हुन्न|
              एक त् त्यहि बेलामा चुनाबी आचार संहिताको उल्लङ्घन भएको चुनाब थ्यो त्यो ,अब त् येत्रो काल बितिसक्यो एउटा नया जेनेरेसन आइसक्यो |

              • एउटै पेटबाट जन्मेकाहरू नै एकअर्काका सबैभन्दा ठूलो शत्रु हुन् भन्ने उखानै छ । विभिन्न परिवेशबाट उही उद्देश्य उही जोशका साथ एकसाथ उभिँदैमा चोचोमोचो सबै मिल्छ भन्ने छैन । वैचारिक मन्थन, खिचातानी सामान्य हो; अझ भन्नुपर्दा यसो भएन भने त अधिनायकवाद भइहाल्यो नि । यसलाई अन्यथा व्याख्या गर्न सबैलाई छुट छ, यसमा मेरो थप भन्नु केही छैन ।

                ५ वर्षको अन्तरालमा नयाँ पुस्ता पक्कै अगाडि आएको हुनुपर्छ । तर उनीहरूले प्रचण्डको घर, भुँडी अनि चाकमात्र हेरिरहेका छैनन् होला । कनकमणिजस्ताले डलर बाँडेर जतिसुकै ब्रेनवाश गर्न खोजेपनि के सही के गलत छुट्याउने सामर्थ्य नयाँ पुस्तामा पनि छ ।

                • भाइ भाइ को झगडा सामान्य हैन ,त्यो सब भन्दा ठुलो हो |
                  इतिहास हेर्नुस ,बर्तमान हेर्नुस र भबिस्य मा पनि तेही ठुलो हो
                  माहाभारत ,दर्बार हत्या काण्ड ,गिरिजा र गणेशमान ,किसिन जी ,ओली ,माकुने र झाले के त्यो सामान्य द्वांड मात्र हो ,रास्ट्रिय राजनीतिमा तेस्ले प्रभाब पार्दैन ?
                  अनि त्यो कसरि सामान्य हुन्छ ?
                  आफ्नै व्यक्तिगत स्वार्थ को लागि लडिरहेको नेता बाट आम जनता ले के अपेक्ष्या राख्ने ?
                  घर ,भुडी मा मात्र कुरा सिमित छैन ,देश को अस्त्तित्त्व ,अस्मिता ,सग प्रश्न जोडी इ सक्यो |
                  नया पुस्ता हरु प्रचण्ड ,र बाबुराम को लोरी सुनेर मात्र पनि बिस्वास गर्दैन पुष्प जी | यो याक्सन मा जानुपर्ने टाई म हो ,
                  काम चाहिन्छ अब |

                  • दाजु-भाइको झगडा भन्दैमा मारकाटै हुन्छ, कोइराला-भट्टराइकै बोलचालै बन्द हुनेजस्तो हुन्छ भन्ने पनि छैन द्रोणजी ।

                    सदियौंदेखिको फोहोरको थुप्रोलाई हटाउन दुइचार वर्ष पर्याप्त हुँदैन भन्ने कुरा नयाँ पुस्तालाई राम्ररी थाहा छ । धैर्य गरुम् ।

                    • मार काट भयो च्याप्टर कोल्ज भयो ,तर यो सधैको जाल झेल ,छिर्के हाना हान ले सधै को अन्योल लाइ निम्त्याउछ |जनता नेतृत्त्व तह को अनिर्णय को बन्दि हुन्छ ,यो झन् खातार्नाक हो |
                      झगडा ,खुट्टा ताना तान ,बिबाद ले कटुता नै पैदा गर्ने हो सुरुवात सानो तिनो झगडा बाटै हुन्छ |पछी मात्र बम फुट्ने र मिसाइल दौडने हो ,|मावोबादीको
                      भूमिगत अबस्था मै पनि बाबुराम लाइ नाकाबन्दी लगाउने ,आस्ति आस्ति बैद्द्य ले बिद्रोह गर्ने धम्कि ,
                      गजुरेल ले बाबुरामको अन्धाधुन्द बिरोध ,बादल ले प्रचण्ड लाइ र को एजेन्ट भनेर गालि गरेको देश र जनताको लागि हो पुष्प जी ?
                      व्यक्तिगत स्वार्थ त् उहा हरुको छदै छैन ?
                      अनि फोहोर फाल्ने भनेको पनि यहासम्म सिमित हुनु हो कि ?फोहोर फालेको हो कि फोहोर गरेको हो यो नै भन्न गाह्रो छ |यो जाति गत फाटो को बिजारोपण ,यो तिन चार गुणा बढेको अपहरण ,
                      बिहारी संस्कृति र सैलिको अभुत्पुर्ब आयात ,
                      यो के हो ?
                      गुप्ता को ,गच्छेदार को को अँगालो न्यानो त्यति सहज छैन ,??
                      यो देश अनिर्णयको बन्दि हुने जिम्मा ,(ठुलो पार्टी ,बहुमत ,उसकै सरकार ,उसग को बलियो बाइ सी यल
                      र देश र जनता प्रति जिम्बेबार बन्छु भनेर सपथ खाएको हुदा )मावोबादिलाई नै जान्छ |
                      जसरि घर मा बलियो बाङ्गो र चल्ता पुर्जा छोराले राम्रो ,न राम्रो को जिम्बेबारी लिन्छ या भनौ नेपालि समाज ले दिन्छ |आम जनताले सोच्ने यसै गरि हो |
                      अब येत्रो बहुमत ,जन बिस्वास लिएर आएको मानिस हरु व्यक्तिगत स्वार्थ मा आफै खिचातानी गर्दैछ ,महल खडा गरेको ,धादली गरेको एक पछी आर्को खबर दिदैछ ,देश द्रोही सन्धि गरेर आयो ,धमाधम आर्को लुम्बिनी बन्दा खेरि बिरोध को एक लबज बोल्न सकेको छैन ,
                      अस्ति भर्खर भारतीय ले सिमा स्तम्भ सार्दा चू सम्म बोलेंन ,खालि खोक्रो बिज्ञापन मा बिस्वास राक्छ यहि हो फोहोर फालेको ?
                      खै कुचो /खै ढ्वांग ??

                    • पुष्प जी ले पार्टी ले लगायको काम गर्नु भयको छ. माओबादी ले पुष्प लाई my संसार को कमेन्ट सेक्शन हेर्न जागिर दियको हो. पुष्प जी श्रवन महिना मा अन्धो भयको ले सधै हरियो देख्नु हुन्छ. खाल्टो मा नपर्दा सम्म येस्तई हो.

                    • गाली त भगवानलाई पनि गर्न पछि पर्दैन मान्छे, एकअर्कालाई गर्न किन चुक्थे । परालको आगोजस्तै हुने लोग्ने-स्वास्नीबीचको झगडामा त ठुस्किनेदेखि हातहालाहालसम्म हुन्छ । यो एउटा स्वाभाविक कुरा हो । यदि यसो नहुँदो हो त सोच्नुस् त के हुँदो हो ?

                      ठूलो दल भएकैले मात्र माओवादीलाई मात्र यो देशको कायापलटको जिम्मा दिनुहुन्छ भने माओवादीविरोधीको जिम्मा कसले लिने ? के सबैलाई पेलेरै अगाडि बढ्न भन्न खोज्नुभएको ? हो कतिपय स्थितिमा गर्नु पनि पर्छ । तर शान्तिप्रक्रियामा आइसकेपछि मा‌ओवादीको हात पनि केही बाँधिएको कुरा बुझ्पचाउनुहुँदैन ।

                      बिप्पालाई राष्ट्रघाति सम्झौता ठहर गर्नेजस्ता तुच्छ कुरा गर्ने कोहीसँग पनि मेरो वहस हुन सक्दैन । राष्ट्रघाति हो भने किन हो त्यसमाचाहिँ वहस गरौं पहिला । प्रचण्डको प्रमाणितै नभएको घरलाई महल खडा गर्यो भन्नु पूर्वाग्रहबाहेक अरु केही होइन । विश्वले नै मान्यता दिएको लुम्बिनोको नक्कली स्वरूप बनायो भन्दैमा त्यसको विरोध त्यो पनि माओवादीले नै गर्नुपर्छ भन्नुजस्तो पूर्वाग्रह अरु के होला । होइन, मैले पूजा गर्ने गरेको मूर्तिजस्तै अरु कसैले बनायो भनेर विरोध गर्नुको कुनै तुक छ र ? सारा संसारलाई थाहा छ नि मैले पूजा गर्ने गरेको मूर्ति नै ऐतिहासिक र पुरातात्विक मान्यता राख्छ भनेर । अनि किन कसैले मेरो नक्कल गर्यो भनेर आरिस गर्नु, विरोध गर्नु ?

                      सीमा अतिक्रमणका विषयमा त माओवादीले खुला राजनीतिमा आइसकेपछि पनि धेरैपटक विरोध गरेको कुरा कसैबाट लुकेको छैन । तर विपक्षीहरूले नै केही भएको छैन भनेपछि तत्कालका लागि माओवादीले यो मुद्दालाई तत्कालका लागि थाँति राखेको देखिन्छ । यसको छिनोफानो कुनै दिन पक्कै लाग्ला । संविधान बनाउन सकेन भनेर पनि दोष माओवादीमाथि नै थोपर्ने अनि भारतीय दलालहरू भरिएको विपक्षीका अगाडि सीमाको कुरा पनि उठाउने भएपछि हामी कहाँ पुगिन्छ, अनुमान गर्नुभाछ ? यस्ता चालाले त न संविधान बन्छ, न त जनता अनि राष्ट्रको मुद्दा नै किनारा लाग्छ । प्रतिक्रियावादीहरू पनि यही चाहन्छन् र यस्तै वातावरण कायम राख्न दिलोज्यान लगाएको त हामीले भोगेकै कुरा हो । तपाईंले पनि सबै कुरा माओवादीले नै गर्नुपर्छ, एकैचोटि गर्नुपर्छ भन्नु कतै …? होइन-होइन के सोच्न पुगेछु मैले त, तपाईं त केही पनि दायित्त्व नभएको एक स्वतन्त्र आमनागरिक पो त हगि ? जो केही विचार नगरी मात्र विरोध गर्छ ।

                      जनतामुखी र राष्ट्रमुखी संविधान बनोस् भन्ने आमनागरिकको चाहनाजस्तै मा‌‌ओवादीको प्रमुख ध्येय पनि अहिले यही नै हुनुपर्छ । अरु त तपसीलका कुरा हुन्, विरोध गरेन भन्दैमा समर्थन गर्यो भने राग अलाप्नु पूर्वाग्रहबाहेक अरु केही होइन ।

                    • पुश्प्जी
                      गालि के कस्ता आरोप लगाएर गरिएका छन् ?तेस्मा भर पर्छ ,प्रमुख जिम्बेबार बहन गरेकाहरुले
                      यो गालि त् सामान्य हो भनेर सोच्नु आफ्नो कार्यसिलता प्रति को उदासिन ता हो |

                      सरकार जसको छ ,देश को बजेट मा जो होलि खेलिरहेछ उसले जिम्बेबारिको बोध गरोस सम्म भन्ने चाहना हो ,कायापलट त् उही बादर ले
                      हबेली बनाको देख्नु भा छ कतै ?

                      मावोबादिले सिमा अतिक्रमण को बिरोध गरको छ त् भन्नु भो ?उही बाबुराम भोको उडुस जस्तो भा बेला लेखेको ४२ बुदे माग मा बिरोध गरेको चै
                      प्रस्ट थ्यो ,नत्र एक चोटी कमिला लाइ हाती को घोडा चढ्न मन लागेछ र चढेछ ,अनि खुरुरु कान मा दौडेर गएर सोधेछ ,दुख्यो तिमीलाई |
                      तेस्तै खाल को बिरोध भो ,हालै लग बाग एक महिना जत्ति अगाडी सिमा स्तम्भ सारिएको कुरा गर्दैछु म |
                      हरेक बिषय लाइ राजनीति सग जोडेर हेर्नु हो भने
                      अमर सिंह ,बलभद्र किन जन्मन्थे ?
                      हरक दाजु भाइ ले पहिले दाइ ले बा आमा हेरोस अनि म हेर्छु बा भाइ ले हेरोस अनि म हेर्छु भन्ने सोच्यो भने बा आमा को के हालत हुन्छ ?

                      अन्त मा जग्गा दलाल ले दलाली गरिसकेपछि सुटुक्क आफुले पाउने ५ प्रतिसत लिएको जस्तो हिसाब मा भएको सम्झौता लाइ रास्त्र्घाती न भने के भन्ने ? घर मा अधेरो भएको बेला दुश्मन सग कसैले अगालो हाल्छ ?
                      तपाइको पार्टी ,तपाइको चार पास नेता ले भन्यो भन्दैमा यहि नै सहि हो भनेर सोच्नु लाइ म तुच्छ सोच नै चै भनि हाल्दिन |स्व बिबेक र सुझ बुझ को कमि चै भन्छु म |
                      अब रह्यो शान्ति र संबिधान ले हात बाधिएको कुरा ,देश को ढुकुटी बाट लाख ,लाख रुपिया खर्चेर आफ्नो फर्जी सेना बनाएर पोस्न र पोस्ने नाउ मा खोस्न तपाईहरु को हात बाधिदैन ,
                      हरेक रकमी कुरा गर्न र प्रोपोगान्डा मचाउन बाधिदैन , तुरुन्त प्रतिक्रिया जनाउनु पर्ने जस्तो सिमाना अतिक्रमण , कुन नियत ले लुम्बिनी बनाइएको छ त्यो बुझ्न चै हात र दिमाग पनि बाधिएको छ हैन प्यारेलाल |

                    • द्रोणजी,
                      माओवादीले सीमा अतिक्रमणको विरोध कहाँ, कहिले गरे भन्ने कुरा गुगल गरेमात्र पनि पुग्छ । सीमास्तम्भको के कुरा, यहाँ त सीमा नै मिचिएको छ, सुस्ता मिचिएको छ । तर विपक्षीहरूले साथ नदिएको भएपनि विरोध गर्नुको एउटा तुक हुन्थ्यो, यहाँ त विपक्षीहरू नै खुलेर केही भएको छैन भनेर उल्टो विरोध जनाउँछन् । अब भन्नुस्, संविधान बनाउनेतिर ध्यान दिने कि संविधान र शान्तिप्रक्रिया नै भड्खालोमा पार्ने गरी सीमा सारिएको विरोध गर्ने ? सीमाका विषयमा त वातावरण बनेपछि विरोध गरे भइहाल्यो । अहिलेको भताभुंगको चालामा के-केकोमात्र विरोध गर्नु ? अनि विरोध गरेन भन्दैमा सहमति जनाएको मान्ने कुरो कहाँ पढ्नुभो ? यो त एउटा अबला नारी जिउ बेच्न बाध्य हुँदा उसलाई वेश्याको दर्जा दिएजस्तो अन्यायपूर्ण व्यवहार भएन र ? कमसे कम द्रोणजीजस्ता बुझेका मान्छेले यस्तो दर्जा दिनु नपर्ने हो ।

                      बिप्पा कसरी राष्ट्रघाति भो, माओवादीले कति कमिशन पाए यसको साटो, कृपया यसबारे प्रष्ट पार्नुहोला । होइन भने मननपर्ने मान्छेको सासै गन्हाएजस्तो, भारतसँगका हरेक कुरामा विरोध जनाउनु पूर्वाग्रह नै हो । घरमा अँधेरो छ भन्दैमा अँध्यारोमै बसिरहने कि दुश्मनकोमा गएर भएपनि उज्यालो पार्नेतिर लाग्ने ? भारतको उसका कुनै पनि छिमेकीसँगको नीति असल पक्कै छैन । तर आफूलाई खाँचो परेको बेला ठुस्स परेर बसिरहनु बुद्धिमानी हुँदैन । त्यसमाथि संसदबाट पारित नभएकोले बिप्पा कार्यान्वयन भइसकेको छैन । कहिलेकाहिँ राजनीतिका लागि पनि राजनीति गर्नुपर्छ भन्ने मैले अनुभव गरेको कुरा हो । त्यसकारण बिप्पालाई दानवीयरूपमा प्रस्तुत गरेर माओवादीलाई धारेहात लगाउनुको कुनै अर्थ छैन । साँच्चिकै बिप्पा राष्ट्रघाति भए किन हो भन्ने कुरा बुझाउनुहोला अनि लुम्बिनी कुन नियतले बनाइएको हो ? त्यो पनि जानकारी गराउनुहोला । होइन भने विश्वमान्यता पाइसकेको ठाउँको नक्कल बनाउनुका पछाडि पनि कुनियत देख्नु र विरोध गर्नुलाई फेशबुके स्यालहुइँला भन्छु म ।

                      स्वेच्छिक अवकाश लिनेहरूबाट निश्चित रकम पार्टीले लिने भनेर माओवादीले उहिल्यै भन्या हो । त्यसै क्रममा ४० प्रतिशतको हौवा फिँजाइयो । ४० प्रतिशत लिने कुनै निर्णय नभएको त प्रष्टै पनि भनिसकेको छ । ४० प्रतिशत भन्दै पार्टी निर्णयविपरीत चेक खोस्नेहरूको बुझाइमा भएको कमजोरीभन्दा बढी केही होइन । यसलाई अन्यथा विश्लेषण गर्नुको तुक छैन ।

                • द्रोण जी, वहाँ संग धेरै बहस नगर्नुस| वहाँ सित तर्क गर्ने ठाउँ धेरै छैन किनकि वहांको पाइला सत्यमा छैन| त्यसपछि वहाँलाई रिस उठ्छ अनि तपाईं हामीलाई “चाक” देखाइदिनुहुन्छ|

                  • बिस्वास जी
                    पुष्प जी संयमित भएरै जबाफ दिनुहुन्छ मैले जानेसम्म ,उहा पढेलेखेको हुनुहुन्छ ,कटर मावोबादी पनि हैन अरु कुनै बिकल्प न देखेर नया बुहारी को पछी लाग्नु भएको हो
                    ,म लाइ पनि सुरुसुरु मा प्रचण्ड ले नया नेपाल राम्ररि हाक्छ कि भन्ने भ्रम थियो ,फेरी बाबुराम को पनि आश थियो तर दुइतै पत्रु भन्ने चिन्न समय पर्खिन परेंन |
                    उनीहरु अझै असल श्रीमान होलान ,छोरा छोरीको असल बा होलान ,असल साथि होलान बा आफुले पोसेको कार्यकर्ता को लागि मसिहा होलान तर हामि जस्तो देश को लागि राम्रो ड्राइभर पर्खेर बसेको साधारण जनताको लागि बिस्वास गर्न लायक र भर पर्दा नेता हैनन् |

      • हिजो लड्नेलाई ycl बनायो अनि भाडाको लडाकु ब्यारेक मा थुपारे अनि आज पैसा लाने बेला भाडा को लडाकु ले लागेको देख्दा ycl लै आफ्नो भाग को याद आयो नि अनि माग्नु परेन ?

  53. लेख सन्दर्बिक छ |संघर्ष, त्याग, जीवनदान जनताका छोरीछोराहरुले गर्ने, सुखसुविधा आफू र आफ्ना परिवारहरुलाई लुटाउने सर्वहारावादी भनिएको एमाओवादीको प्रचण्डपथ कति दिन टिक्ला?

  54. नेता ले देश खाए, के गर्नु गाली गर्दीन भन्चू……..नगरी हुन्न……असतिले डूबाय देश !!

  55. एदी यो लेख लाइ र बाहिर आएको हल्ला लाइ Challange दिने हो भने प्रचण्ड ले लाजिम्पाट दरबार को सब कागजात मेडिया र जनता लाइ सार्बजनिक गर्नु पर्दछ / यो समाचार रोल्पा /रुकुम का जनता ले अझै थाहा नपाएको हुनसक्छ तर विस्वका विभिन्न मेडिया मा फैली सकेको छ दन दन्ति (सर्बहारा कम्निस्ट नेता को luxurious महल भनेर ) /एदी उनि इमान्दार राजनीति गर्ने हो भने प्रचण्ड ले एथार्थ सार्बजनिक गर्ने पर्दछ नत्र भने प्रचण्ड पनि राजनीति बाट बाहिरिने छन् /

  56. गोपाल बुढाथोकी जी , प्रचण्ड को दरबार संगै गोठाटार को तपाइको झुपडी को पनि स्रोत खुलाई दिने हो कि?? दैनिक लाखौ प्रति छापिने, करोडौको बिज्ञापन पाउने पत्रिका का मालिक हरु टाट पल्टेको समयमा तपाइको साँघु को कमाईले बनेको झुपडी को पनि सचित्र विस्तार पाउन सकिन्छ कि??

    • बुढाथोकीजीले पनि आफुले गर्न सके जति गरे होलान नि, तर यी सर्बहाराको नाइके बन्दै राष्ट्रपतिको पद ताक्ने मध्ये परेनन् | खैर जे भए पनि प्रचण्डले लाजिम्पाटको ठूलो महलमा बस्न नपाउने भन्ने छैन तर अलि पारदर्शी हुनु पर्यो कारोबारहरू | यिनले उठाएको छद्म नाम शिशु अर्याल इत्यादिका कारणले यो मामला अलि रहस्यमय नै देखिन्छ |

    • बिचार बुडाथोकी जी,

      जसको खेदो खन्दै हुनुहुन्छ (प्रचण्ड) उहा पनि उस्तै अनि जसले खेदो खन्दै हुनुहुन्छ (बुडाथोकी) हजुर पनि उस्तै. कमसे कम येत्रो लेख लेख्नु भन्दा अगाडी आफ्नै घर को श्रोत पनि खुलौनी भाको भए त हजुर को लेख पनि सुपर नै मान्न हुन्थ्यो के गर्नु हात्ती र हात्ती छाप उस्तै भए पछि कसको कुरा पत्याउनु.

  57. हाम्रो नेता हरु को दिमाग मा देश र देशबासी को भावना कहिले आउने होला. मलै लाग्छ, यौ घर त प्रचण्ड ले किनेको नै हो. नत्र येत्रो अन्तररस्त्रिये करण भै सक्दा पनि किन सुकिलो सबूत दिन नसकेको यो घर को स्वमित्वो को बारेमा. यति नैतिकता पनि बाकी रहेन अब. यो देश को क हुन्छ हो, सारै मान आतिएर आउछ.

Comments are closed.